Wednesday, July 1, 2015

वेदना पूर्णाङ्क- ६६

वेदना
पूर्णाङ्क - ६६, वर्ष -२९, अंक -२, माघ २०५९

सम्पादक 
निनु चापागाई
मातृका पोखरेल

प्रकाशक 
दिल बरदान
सुवास श्रेष्ठ

सम्पादकीय
हाम्रो प्राथमिक सरोकारको विषय

कविता
कृष्ण सेन ‘इच्छुक’ ः रोगी देश
मित्रलाल पंज्ञानी ः दुई कविता
अमर गिरी ः कृष्ण सेन
ईश्वरचन्द्र ज्ञवाली ः चोभारको समाधिस्थल
जनकप्रसाद हुमागाईं ः गंगालाल
राजेन्द्रप्रसाद अधिकारी ः मृत्यु जीवनको अन्तिम बिन्दु
गौरा रिजाल  ः पहाडको अग्लने रहर
कमला श्रेष्ठ ः म पनि आधा आकाश हु“
पञ्चकुमारी परियार ः सपना र आ“खाहरू

निबन्ध
रुद्र खरेल ः आषाढस्य प्रथम दिवसे
डा. नरेन्द्र चापागाईं ः दिङ्लाको पात्ले घारी
नरनाथ लुईंटेल ः दूरसञ्चारको जय

कथा÷लघुकथा
खगेन्द्र संग्रौला ः गाउ“तिरको एउटा कथा
पुण्यप्रसाद खरेल ः जनकार्बाही
इन्द्रकुमार श्रेष्ठ ः जड्डलको रुवाइ

समालोचना÷संस्कृति चिन्तन
रामसुजान अमर ः उत्तरआधुनिकताको वास्तविकता
महेश मास्के ः इतिहासको कसीमा सांस्कृतिक क्रान्ति
डा. ताराकान्त पाण्डेय ः समकालीन प्रगतिवादी निबन्धलेखन र त्यसका प्रवृत्तिहरू

सम्पादकीय

हाम्रो प्राथमिक सरोकारको विषय
वेदनाको पूर्णाड्क –६५ प्रकाशन गर्दा हामीले संकटकाल भोगिरहेका थियौं । वेदनालाई पाठकहरूको हातमा पु¥याउन त्यसबेला थुप्रै हिंस्रक र दमनपूर्ण आ“खाहरूलाई छल्नु परेको तीतो यथार्थले हामीलाई अहिलेसम्म झस्काइरहेको छ । घोषित संकटकालको समयमा नेपालको प्रगतिवादी साहित्यले अपूरणीय क्षति ब्यहोर्नु प¥यो । यस अवधिमा इच्छुक र डी.कौडिन्य लगायतका कतिपय क्रियाशील होनहार प्रतिभाहरूलाई गुमाउनु परेको पीडा हामीस“ग छ । अघोषित संकटकालबाट अहिले पनि हामी मुक्त हुन सकेका छैनौं । यथास्थितिका विरुद्ध दह्रोस“ग उभिने पत्रपत्रिकाहरूले सत्ताको आ“खाबाट असुरक्षित महसुस गर्नु परिरहेको छ । क्रान्तिकारी, परिवर्तन, प्रगतिशील, माक्र्सवाद जस्ता शब्दहरूलाई राज्यले एकान्त जंगलमा भेट्टिएको सिंहझैं ठानिरहेको आजको स्थिति छ । प्रगतिशील पत्रपत्रिका, पुस्तकहरू अहिले पनि जफत भइरहेका छन् । कति पत्रकार एवं संचारकर्मीहरूले क्रूर यातनाको स्मृति बोकेर यातनाशिविरबाट मुक्ति पाए भने अझैै पनि कति यातना भोगिरहेका छन् । यस्तो क्रियाकलापले छयालीस सालको महŒवपूर्ण उपलब्धि अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको छ । यी क्रियाकलापहरूले वर्तमान राज्यसत्ता साहित्य, कला, ज्ञान र चेतनाप्रति कति शत्रुतापूर्ण दृष्टि राख्दोरहेछ भन्ने कुराको प्रमाण त प्रस्तुत गर्छन् नै, कला साहित्यविरोधी यस्तो कार्यले स्वतन्त्र सृजनको उत्कर्षलाई समेत नराम्रोस“ग धराशायी बनाएकोे छ । भय र त्रासको वातावरणमा समाजमा पुलुक्क चियाउने साहित्यिक पत्रिकाहरू पनि प्रकाशित हुन सकेनन् अथवा तिनको वितरणमा व्यवधान आयो वा पढ्न सकिने स्थिति रहेन भने त्यसले त झन् वर्तमान विकृति र कुरूपतालाई नै फस्टाउन सघोट गर्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले वेदनाको प्रस्तुत अंकको प्रकाशन एक किसिमले धृष्टता जस्तो देखिए पनि आनो थाप्लामा यो जिम्मेवारी बोक्नु हामीले आवश्यक र उचित ठानेका छौं ।
वर्तमान यथार्थलाई दृष्टिगत गर्ने हो भने सरकारद्वारा भैरहेका क्रियाकलापहरूले सरकार स्वयंले समर्थन गरेको कानुनी राज्यको अवधारणालाई खिल्ली उडाएको कुरा घामझैं छर्लड्ड पारिरहेका छन् । ०४६ सालको आन्दोलनको महŒवपूर्ण उपलब्धि अभिव्यक्ति स्वतन्त्रता नकुल्चियोस्, स्रष्टाहरूमाथि प्रजातान्त्रिक मूल्यमान्यता अनुरूप मृत्युदण्ड निषेधित भइरहेको अवस्थामा स्वेच्छाचारी ढंगले जस्केलाबाट स्रष्टाहरू सहित आम नागरिकहरूको हत्या गर्ने निन्दनीय कार्य तुरुन्त रोकियोस्, आम नागरिकहरूको जस्तै हाम्रो पनि यत्ति मात्र भनाइ हो । सरकारले कानुन मान्ने कि नमान्ने ? यदि मान्ने हो भने गैरकानुनी थुना र झुट्टा मुठभेडहरूको नाममा चलेका आपत्तिजनक श्रृङ्खलाहरूको अर्थहीन र मानवद्वेषी घटनाहरूको पुनरावृत्ति रोकिनुपर्छ र वर्तमान समस्याको समाधान वार्ता बाहेक अर्को हुन सक्दैन भन्ने जननिक्र्यौललाई व्यावहारिक रूप दिन एकदमै ढिलो भैसकेको छ ।
असोज १८ गते चालिएको कदमले देशलाई प्रतिगमनतिर धकेलेको छ भन्ने निष्कर्ष सचेत नागरिकहरू सबैले व्यक्त गरिरहेका छन् । संविधानहीनताको यस स्थितिमा समस्यालाई समाधान गर्नुको साटो झनै उकुच पल्टाउने बाटो अ“गालिएको एकातिर देखिएको छ भने अर्कातिर हत्या र हिंसाको श्रृङ्खलालाई झनै तीब्र पारिएको आम नागरिकहरूले अनुभव गरिरहेका छन् । मुठभेडका नाममा निर्दोष मानिसहरू मारिएका र चेलीबेटीहरूलाई गिरतार गरेर सैनिक व्यारेकमा बलात्कार गरिएका तथ्यहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले समेत औंल्याइरहेका छन् । नुवाकोटको काउले र बर्दियामा भएका हालैका घटनाहरू यसका ताजा उदाहरण हुन् । यथास्थितिको रक्षाका लागि एकाथरीले आतंक मच्चाएका छन् भने अर्कोतिर परिवर्तनका नाममा विद्रोही शक्तिले पनि जथाभावी राजनैतिक कार्यकर्ता, शिक्षक एवं पत्रकारहरूको हत्या गर्ने, लुटपाट गर्ने, धम्क्याउने, आनै सार्वजनिक प्रतिबद्धताका विरुद्ध भौतिक संरचनाहरू ध्वस्त पार्ने आदि विध्वंसात्मक कार्य गरी साधारण मानिसलाई समेत त्रसित तुल्इयाएको छ । नेपाली जनताहरू यतिबेला दोहोरो मारमा परिरहेका छन् । निश्चित रूपले समस्याको निदान र समाधान बन्दुकीकरणबाट हु“दैन र जनताका अधिकारहरू खोसेर पनि हु“दैन । द्वन्द समाधानको सबैभन्दा उपयुक्त बाटो जनतालाई अधिकारसम्पन्न बनाएर मात्र हुनसक्छ । जनशक्तिलाई न्यूनीकरण गरेर कुनै पनि शक्तिले समस्याको समाधान फेला पार्न सक्दैन भन्ने हाम्रो आजको निष्कर्ष हो । ०४६ सालको उपलब्धि भनेकै आम जनतालाई रैती ठान्ने शासक वर्गीय मानसिकताबाट मुक्त गरी आम जनतालाई सार्वभौमसत्तासम्पन्न ठान्ने जनपक्षीय मानसिकताको निर्माण हो । आम नागरिकको त्यस अधिकारलाई कटौती गर्दै एक्काइसौं शताब्दीको राजतन्त्र र प्रजातन्त्रको दुहाई दिनेहरूले जनताको यही अधिकारमाथि निर्मम प्रहार गर्ने प्रयत्न गरिरहेका छन् । देशको शासक कस्तो हुने र कसरी शासन संचालन गर्ने यसको निर्णय गर्ने अधिकार आम जनता बाहेक अरू कसैलाई छैन । यसकारण संविधानसभाको मागप्रति तर्सिएर रगतको अरू ठूलो भेल बग्न दिनु मूर्खता हो । यसतर्फ बैलैमा सबैको ध्यान नपुग्ने हो भने हत्या र हिंसाको अझै लामो श्रृङ्खलामा हामी फसिरहनेछौं । यस विषयमा सबै विद्वत्वर्ग, संस्कृतिकर्मी तथा लेखकहरूको ध्यान पुग्न जरुरी भएको हामीले ठानेका छौं । आज यो सबै लेखक–कलाकार एवं बौद्धिकहरूको प्राथमिक सरोकारको विषय हो भन्ने पनि हाम्रो ठम्याइ छ ।

कविता
रोगी देश
इच्छुक
ठूलो आ“धीले ढालेको बुढो बृक्षझैं
अस्पतालको शैøयामा
अशक्त र रोगाक्रान्त भएर ढलिरहेछु म
वर्सातको बेला
बलेनीमा उठ्ने पानीका फोकाहरू जस्तै
मनभित्र पीडाका असह्य सोलाहरू उठिरहेछन्
र, यस्तो लाग्छ
आज म होइन
पुरै देश नै कष्टप्रद रोगले जर्जर भएर
अस्पतालको शैøयामा ढलिरहेको छ ।
मेरो चारैतिर
दीर्घरोगले छटपटाइरहेका
पिण्डेरोगीहरू छन्
र, मृत्युको गीतजस्तै
पीडाले कराइरहेका तिनका चित्कारहरूको
करुण संगीत बजिरहेको छ
र, यस्तो लाग्छ
जीर्ण रोगीहरूको उपचार गर्ने
यो कुनै अस्पताल होइन
स्वयं मेरो देश हो
जो आफैं सन्निपातले थला परिरहेको छ ।
म रोगी छु
मभन्दा बढ्ता मेरो देश रोगी छ
म पीडाग्रस्त छु
मभन्दा बढ्ता मेरो देश पीडाग्रस्त छ
यो बेला देशै निरोगी नभई
व्यक्ति स्वस्थ र तन्दुरुस्त हुनुको
कुनै अर्थ हु“दैन
र, यस्तो लाग्छ
अस्पतालको शैøयामा
अइया र आत्था गर्दै
आज म होइन
सिंगो देश नै दुसाध्य रोगले थला परिरहेको छ ।
हरेक आ“खामा हेर÷आ“खामा पीडा छ
हरेक अनुहारमा हेर÷अनुहारमा पीडा छ
मनको नीलो आकाशमा हेर
त्यहा“ पनि उस्तै पीडाको खाडी छ
यो पीडा मेरो होइन
देशको पीडा हो
यो पीडा तिम्रो होइन
युगको पीडा हो
विदा भएर गएको बुढो शताब्दीजस्तो
अस्पतालको शैøयामा
अशक्त र रोगाक्रान्त भएर ढलिरहेछु म
बाढी आइरहेको बेला
छालहरू उर्लिरहेजस्तै
मनभित्र चिन्ताका हिमतालहरू फुटिरहेछन्
र, यस्तो लाग्छ
आज मलमपट्टी होइन
यो देशले पूर्ण रोग नै जड निर्मूल पार्ने
एउटा ठूलो चिरफार खोजिरहेको छ ।
२ माघ ०५६
वीर हस्पिटल

कथा
गाउ“तिरको एउटा कथा एकाबिहानै भुकभुके उज्यालोमा घरमुनिको कान्लोमुन्तिर दिसा गरेर झमक आनो आ“गन टेक्न आइपुग्दा तल काभ्राको रुखमा एकाएक काग करायो काक्, काक्, काक्, काक् । हातको ट्वाक हातैमा लिएर उसले सशड्ढित मुन्टो उतातिर फनक्क घुमायो । ऊ झसड्ड भयो । काग त सुकेको थुरमा पो बसेको रहेछ) कुनै अज्ञात अनिष्टको आशङ्काले गर्दा उसका नसा–नसामा डर–त्रासका पीडादायी तरड्डहरू सल्बलाए ।
“सुबो बोल कौवा ।” झन्डैजसो आपैmले मात्र सुन्ने गरी भित्रभित्रै दबिएको स्वरमा उसले कागलाई निवेदन ग¥यो ।
नैनी, उसकी जोई, कम्मरमा सिलाबरको गाग्री बोकेर बाहिर निस्किई । काग खैरो घा“टी तन्काउ“दै खरको छानोको धुरी हेरेर एकनासले कराइरहेकै थियो– काक्, काक्, काक्, काक् ।
“ए...ए... ⁄ त्यसैत्यसै अताल्लिएको स्वर नैनीका ओठबाट बाहिर चिप्लियो । “हेर, हेर । डढे त सुक्या थुरा“ पो बस्या छ है । के ननिको खबर लेर आर होला यो ?”
जहानको तीव्र खुल्दुलीको किञ्चित् पर्बाह नगरीकन झमकले एकसुरले डढेस“ग पुनः बिन्ती बिसायो, “सुबो बोल कौवा ।”
तैपनि डढेले शुभ बोलेन । थुरको रड्ड घेर्मैलो कालो थियो । कालो थुरमाथि कालै डढे बसेको थियो । र कालो डढेले कालसरीको डरलाग्दो खबर पो ल्याएको हो कि भनेर झमक र नैनीले भय–मिश्रित मौन भावमा मुखामुख गरे ।
(हरे) अब फेरि के हुने हो ? उठ्न पार छैन, एकाबिहानै यस्तो.....⁄ तल कुवामा जान ओरालो लाग्दै नैनीले अत्यास प्रकट गरी ।
“त“ हेरिराख्न, अब फेरि क्यै न क्यै उपध्रो नभई छाड्दैन ।”
झमक ट्वाक लिएर लुसुक्क भित्र पस्यो । अब के हुने हो ? नैनीको स्वर उसका चस्को पसेका कानका कोमल, आहत जालीमा एक तमासले गुन्जिरह्यो । के हुने हो
अब ? समयकाल ठीक छैन । सबैतिर गड्बडी छ, उत्पात उल्का भएको छ जताततै ।
ऊ पि“डीको डिलमा खुट्टा खसालेर गुन्द्रीमा बस्यो । नहेरू“ भन्दाभन्दै उसका आ“खा उही सुकेको थुरमा गएर स्थिर हुन पुगे । चाल निको छैन । अब के के हुने हो ? चिन्ताले बिथोलिदिएको उसको घायल चित्तमा बितेका दिनका नानावली घटना, नानावली दृश्य र नानावली कुराकानी तर “पछि तर”, तरेलीपछि तरेली भएर उठ्न थाले । गाउ“मा दुई साता अघिसम्म त्यस्तो चाल थियो, अहिले दुई सातापछि नै ईः चाल यस्तो भयो )
हो, गाउ“मा दुई साता अघिसम्म चाल अलि अर्कै थियो । निकै अघि रैथाने सरकार भनिने वार्ड समितिका जरा उखेलिएका थिए र प्राथमिक विद्यालयको छेवैमा बसेको प्रहरी चौकीका जबानहरूले गोलीगठ्ठा र झोलीतुम्बा बोकेर रातारात उता सदरमुकामतिर टाप कसेका थिए । गाउ“मा वनपट्टिका बाघछापेहरूको एकछत्र राज चलेको थियो । तिनले जे बोल्यो त्यहा“ त्यही हुन्थ्यो । तीस“ग सवाल–जबाफ गर्ने दम कसैमा थिएन । तर दुई साताअघि शहरपट्टिका बाघछापेहरूको लावालस्कर गाउ“मा आइलाग्यो । उताका यता आए र यताका चाइने कता हो कता बेपत्ता भए ।
कलिलो झुल्के घामको बेला थियो । झमकले आ“गनको छेउमा टुक्रुक्क बसेर आतड्ढित मुद्रामा त्यो हे¥यो । माथि का“धका“धमा बन्दुक बोकेका छन्, तल धरती नै डग्ने गरी दुरुम्–दुरुम् बुट बज्रिएका छन् । ती त हिंड्दै होइन, मेरी बास्सै, हुरीको बेग सरी कुद्दै पो आए । तिनले एउटै नबिराइकन गाउ“भरिका घरहरू खोतल–खातल गरे, दूधमुखे बालखहरू बाहेक एउटैलाई नबिराइकन तिनले लछार–पछार पारे । ऐया–आत्थो, कोलाहल र चित्कारले गाउ“माथिको समस्त आकाश छियाछिया भयो ।
तैपनि जीवनका जटिलतालाई सरल आ“खाले हेर्ने झमक ढुक्कै थियो । शहरपट्टिका बाघछापेहरू मकहा“ आउने छैनन् । मैले के गरेको छु र मकहा“ ती आउनु ? उसमाथि मकहा“ के छ र मेरो रामझुपडीसम्म तिनले बित्थामा धाइरहनु ? तर उसको पनि पालो आयो, र उसको लख कटाइलाई झुटो साबित गर्दै ती आए । उसले आ“गनमा ठिड्ड उभिएर पि“डुला कमाउ“दै सातोपुत्लो उडेका फुस्रा आ“खाले ती आएको टुलुटुलु हे¥यो ।
“भन्, त“ पनि आतंककारी होस् ?” सुद्धि गुम भएको झमकले यो प्रश्न सुन्दा एकजना बाघछापेले अघि नै बाघे पन्जाले उसको गर्धन अँठ्याइसकेको थियो ।
भनु“ भने घर नै उसको सा“गुरो संसार थियो । उसले आतंककारी भन्ने शब्द सुनेको त्यो पहिलो पटक हो । उसै त ऊ हिजोको “लड्डडे”, आजको झमक । उसले के बुझोस् त्यसो भनेको के भनेको हो ? तैपनि उसले अताल्लि“दै भन्यो, “हैन, म त्यस्तोउस्तो क्यै हैन ।”
“भन्, गाउ“मा आतंककारी को को छन् ?”
“हजूर म त्यस्तो हैन । मलाई त्यस्तो क्यै थार छैन ।”
“अझ कुरा चपारर बोल्छस् साला ?” उसका थाप्लामा बत्ति“दो घन सरहको भालु मुक्का बज्य्रो ।
“थार छैन । सतोसत् मलाई क्यै थार छैन । म चाइने त्यस्तोउस्तो क्यै हैन ।”
उसले चाल पाउ“दा निर्मम कुटाइको भुङ्ग्रोमा परेर उसको सर्वाड्ड थिल्थिलो भइसकेको थियो । कतिजनाले कुटे, के केले कुटे, के केमा कुटे ⁄ आतड्ढका त्रूmर पन्जाले गा“जेको त्यो क्षणमा उसलाई अत्तोपत्तै भएन । उसलाई त केवल थलैमा मारी पो हाल्लान् कि भन्ने डर मात्र थियो । आनै आ“गनमा त्यसरी कुटिएको ऊ आनै आ“गनमा ढलेर पसारो प¥यो । जब उसको होस फर्कियो त्यसबेला आ“गन एकदम चकमन्न थियो । उसकी नैनी झुम्राले उसका निधारको रगत पुछिदि“दै बिरक्तलाग्दो गरी सु“क्कसु“क्क रोइरहेकी थिई ।
हत्या र बलात्कारले एकदमै आतड्ढित भएको त्यो गाउ“  संज्ञाशून्य भयो । दुई–तीन दिनसम्म त आनो आ“गनको चार किल्ला नाघेर कोही पनि बाहिर निस्किएन । के बेर र, फर्किएर गएकाहरू फेरि फर्किएर आए भने– गाउ“मा बाह्रजनाको ज्यान गएको थियो । चोटपटक लागेका त कति हो कति– बा“च्नेहरूका डरले खुम्चिएका हात मर्नेहरूका लास उठाउनसम्म पनि अग्रसर भएनन् । तल पुछारघरे कामी माइलाको छोरो घरमाथि तेर्सो बाटोमा मारिएछ । तीन दिनपछि हेर्दा उसको शव त हाडखोड र मलमूत्र मात्र बा“की थियो । त्यो देख्दा गा“वै एक स्वरमा रोएको आवाज अहिलेसम्म पनि झमकका कानमा गुन्जिरहेकै छ ।
कथाको अर्को पाटोमा बाजेहरू थिए । वार्ड अध्यक्ष श्याम सुन्दर पुरोहित बाजे गोविन्दनाथको एक्लो छोरो थियो । त्यो बिघ्नै हुनेखाने त हैन तैपनि हकडकका हिसाबले भने बाजे परिवार गाउ“को अधिपति र भूपति नै थियो भने पनि हुन्छ । भूपति पुत्र श्याम सुन्दर वनपट्टिका बाघछापेहरूको डरले कटीमुन्तिर उष्ण जल प्रवाहित गर्दै गाउ“बाट पोहोरैदेखि शहरतिर कतै सुइत्त अलप भएको थियो । अहिले, धेरै दिनपछि, ऊ फर्की आयो । बडो साखुल्य भएर शहरपट्टिका बाघछापेहरूलाई बाटो देखाउ“दै डो¥याएर गाउ“सम्म ल्याउने अगुवा उही नै थियो । पछिल्लो चुनावमा झमकले जे भए पनि ठूलाबडा पुरेतको खलक हो भनेर उसैको रुखमा भोट हालेको थियो । अहिले ऊ त्यसरी कुटि“दा उसैका भोटको बलले नेता हुनेले हाई सन्च मानेर रमिता हेरिरह्यो ।
“कालले टपक्क टिपेर लान नसकेको भगुवा भाते” झमकले स्वास्नीलाई पुलुक्क हेरेर दाह्रा किट्यो ।
“वनपट्टिकाले त्यसै मर्काका हुन् र त्यसका पापी पि“डुला ?” नैनीले आ“सु पुछ्दै लोग्नेको रोषमा रोषको राग मिसाइदिई ।
त्यो दिन त्यसरी बित्यो । आज ईः यसरी काग करायो । उदास मुद्रामा घोत्लि“दै झमकले बिर्सन खोेजेको उही कुरो फेरि सम्झ्यो ⁄ अब के हुने हो ?
“गुत्थ फुलेर त्यसरी त्या“ के बसिराख्या हौ ? पानीको गाग्री बोकेर स्या“स्या“ गर्दै आइपुगेकी नैनी फत्फताई, “अड्डा गर सरखारा“ नाउ“ चढाइहाल ।”
“ह“ ⁄ हाम्ले पर्ला र ?”
“गा“वै उल्टेर गइसके, तिमी मात्रै भद्रो हेरेर या“ बस्छौ ?”
हो त नि, म वनपट्टि छैन भनेर सरकारमा नाम दर्ता गराउन गा“वै उल्टेर सदरमुकाम गइसकेको थियो । जो जा“दैन उसको छाला सद्दे रह“दैन भन्दै श्याम सुन्दर भष्मासुर मुद्रामा घरघरै चहारेको थियो । उसो त ऊ उसकहा“ पनि नआएको होइन । तर झमक भने त्यत्तिकै अटेर गरेर बसिरह्यो । नबिराउनु, नडराउनु ⁄ जगत्को कुटिलतास“ग उस्तो परिचित नभएको झमकको सरल सिद्धान्त यही थियो । अहिले सुस्तरी खुट्टा हल्लाउ“दै उसले गम खायो ⁄ यस्तो नाथे सिद्धान्तको के को भर ? अस्ति मात्रै बिनबित्थामा आनै आ“गनमा, आनी स्वास्नीका मुखेन्जी त्यसरी भक्कुचुर कुटेर गए ⁄
“ह“ ⁄ म जानुपर्ला र ?”
“आज्जै गइहाल । श्यामे ब्याधाले– यी पनि उतैका हुन्र भनेर पोल लाइदियो भने..... ”
जाउ“m कि नजाउ“m, जाउ“m कि नजाउ“mको दोमनको चक्रमा उसको मथिड्डल रिङ्न थाल्यो । किन जाने ? मैले के बिराम गरेको छु र जाने ? उसको एक मनले यसो भन्यो । सिड्डै गाउ“ उल्टिएर गइसक्यो । आपूm मात्रै नजा“दा झनै शड्ढा गरेर बिताए भने ⁄ उसको अर्को मनले यसो भन्यो । उसको मनको चक्करस“ग तालमा ताल मिलाउ“दै पि“डीको डिलमुनि झुण्डिएका उसका खुट्टा झन् छिट्छिटो हल्लिए ।
ऊ बिलखबन्द परेको त्यो क्षणमा गत कालको विप्लवको विचित्रको नाटकका दृश्यहरू एकएक गरी उसका अगाडि प्रत्यक्ष हुनथाले । पहिले–पहिले वनपट्टिकाहरू लुकिछिपी, फाट्टफुट्ट गाउ“मा डुल्थे । तिनीहरू रात–सा“झको मौका पारेर लुसुक्क ओरालो झर्थे, अनि उसैगरी लुसुक्क उकालो लाग्थे । बाटो उसको घरनजिकै भएर जान्थ्यो । तैपनि उसकहा“ कहिल्यै कोही छिसिक्क छिरेको होइन । तर आ“ गर्दा अलड्ढार बुझेभैmं तिनीहरू हिंडेको भने ऊ सहजै भेउ पाइहाल्थ्यो । त्यो बेला तिनले बाघछापे बर्दी लगाएको उसलाई मेसो भएन । एक रातको कुरा हो, तिनले चौकीलाई ताकेर पृथ्वी नै थर्किने गरी ड्याङ बम पड्काए । कसैको ज्यान गयो भनेको त सुनिएन तर बिहान उठेर हेर्दा चौकीमा चरोमूसो केही पनि थिएन । बमको प्रहारले भित्तो भत्किएको चौकी चकमन्न र उदास थियो ।
ऊ पि“डीमा बसेर कल चलाउ“दै थियो, चारजना बाघछापेहरू कतै शून्य आकाशबाट खसेभैंm गरी एकाएक उसको आ“गनमा उपस्थित भए । चिताउ“दै नचिताएको त्यो दृश्य देख्दा ऊ त ट्वा“ परेर निकैबेर तिनलाई हेरेको हे¥यै भयो । यिनले अब के भन्ने हुन् ? अब यिनले मलाई के गर्ने हुन् ? उसको अन्तर आसन्न विपत्तिको ननिको खुल्दुली र भयले त्यसैत्यसै काम्यो । बाघछापेहरूमध्ये एउटी केटी थिई ⁄ होचो कद, थेप्चो नाक र गठिलो जीउ भएकी मस्त तरुनी । फेसन छ त्यस्तो, अनि त्यसमाथि बन्दुक बोकेकी छे । उसलाई त पत्याइनसक्नु चित्र–विचित्रको सपना देखेभैंm लाग्यो । हेर, हेर, आइमाई जातकीले कसरी बन्दुक बोकेकी ⁄ कत्रो जोश, कत्रो आ“ट ⁄ अनि यस्तायस्ता अल्लारे पठ्ठाहरूस“ग कुम जोडेर हि“ड्न कस्तो लाज नलागेको ? कस्तो डर नलागेको ? झमकले सोच्यो, संसार पर्लक्कै उल्टियो । हिजोको आजै देख्नु नदेख्नु तमास देखियो ⁄
एउटा बाघछापेले भन्यो, “दाइ, भोकले मरियो, केही न केही पकार खानुप¥यो । के छ ?”
“त्यै ढि“डो ओडालेर खाए न हो ।” सोचविचारै नगरीकन झमकका ओठ यन्त्रवत् चले ।
“चामल छैन र ?”
“भए अलिकता त्यै च्या“ख्लो होला, गरीपका घरा“ अर्थोक के हुनु र ?”
बाघछापेहरूले हत्तपत्त आ“गनमा चम्का लगाए र आगो जोरे । अनि बाटुलो अनुहार, गोरो वर्ण र फुर्तिलो चालढाल भएकी त्यो ठिटी मच्चि“दै ढि“डो मस्काउन थाली ।
“ए दाइ ⁄ त्यो भाले काट्नु परो ।” फतरफतर बोलिरहने, हेर्दैमा छट्टुछट्टुजस्तो लाग्ने एकजना बाघछापेले आ“गनको पल्लो छेउमा खुट्टो घुमाउ“दै पोथीलाई गा“ज्न लागेको रहरलाग्दो भालेतिर हेरेर लोभी लबजमा भन्यो ।
“यो त नून–तेलको जोहो गर्ने डोको पो हो । पाइन्थ्यो त्यसै काटेर खान ⁄”  गुन्द्रुक र नून–खुर्सानी लिएर बाहिर निस्किएकी नैनीले जर्कटो स्वरमा ओठे जबाफ दिई । उसको ठाडो र कर्कश बोलीले झमकलाई भित्रभित्रै झस्कायो । चोर औंलाको इसाराले उसले जहानलाई सतर्क गरायो” त“ चूप् ⁄ उता बाघछापे पठ्ठो उही फतरफतरको शैलीमा भाषण गर्नथाल्यो, “हामी भने दिन र रात नभनीकन, खाई नखाई, ज्यान हत्केलामा राखेर तपाईंहरूको मुक्तिका लागि लड्ने, तपाईंहरू भने एउटा जाबो भालेका लागि पनि दा“तबाट पसिना चुहाउने ? खाने हो । ल, तताउ“m पानी, समाउ“m भाले ।”
नभन्दै ऊ झोलाबाट डेक्ची निकालेर सा“च्ची नै पानी तताउन पो थाल्यो । भय र क्षोभ मिस्रित निरीह र मौन दृष्टिले झमक र नैनीले एकअर्कालाई हेरे । अनि झमकले हारेका नजरले नैनीलाई इसारा ग¥यो– त“ चूप् ⁄ घिचे घिचून् ।
छा“टले भालेलाई भुत्ल्याउन तम्सिने त्यो पठ्ठो टोली नेता हु“दो हो । किनभने भुत्लेस“ग भुत्ल्याएर खाने उसको प्रस्तावलाई मुन्टो हल्लाएर कसैले पनि समर्थन त गरेन, तर त्यसलाई नकार्न पनि कोही अघि सरेन । पि“डीको डिलमा बन्दुक अड्याएर, हातमा ढुड्डा लिएर ऊ भालेलाई लखेट्न थाल्यो । त्यत्तिकैमा अर्को बाघछापे टोली झमकको आ“गन टेक्न टुप्लुक्क आइपुग्यो । टोलीको मुली ठूलै मान्छे रहेछ क्यार, उसले आ“गनमा टेक्नासाथ ती चारैजना सतर्क फौजी मुद्रामा तनक्क तन्किएर उभिए ।
“खाना तयार भो, कमरेड ?” मुलीले सोध्यो ।
“गुन्द्रुक पाक्दै छ ।” नेप्टी बोली ।
“यो पानी केलाई हो ?” डेक्चीमा भक्भकी उम्लिरहेको पानी हेर्दै उसले सोध्यो ।
तीनजनाले असहज मुद्रामा मुखामुख गरे । उता फतरफतरचाहि“ कालो–निलो भयो ।
“ह“, केलाई हो यो ?”
“भाले काटीखान भनेर....” झमकले आशाको त्यान्द्रो झुण्डिएको स्वरमा भन्यो ।
“किनेर कि सित्तीमा ?”
“खै, मोलिमोलाउ त भा छैन केरे ।” अहिले भने झमकको स्वरमा अलिकता पाइन चढ्यो ।
झो“क्किएको मुलीले लात बजारेर उम्लिरहेको पानी घ्वाप्पै पोखिदियो । “कुन महाशयको बुद्धि हो यो ?”
ती चारैजनाले एकअर्कालाई सुकेका ठुटाले सुकेका ठुटालाई हेरेभैmं गरी भावशून्य दृष्टिले हेरे ।
धन्न बाघछापे मुली आएर भाले जोगिने भो ⁄ मन हलुड्डो भएको झमक उधुमै प्रसन्न भयो । यिनको फौजीमा दुई का“टका बाघछापे रैछन् क्यार ⁄ मुलीको अनुहारमा भयमुक्त दृष्टि एकाग्र गरेर उसले गम खायो । एक का“टका चोट्टा र अर्को का“टका सद्दे । अनि “खाइस् चोट्टार भनेभैंm” गरी उसले फतरफतरलाई पुलुक्क हे¥यो ।
झमकको स्मृतिपटमा अर्को दृश्यको पर्दा खुल्यो । त्यो गाउ“मा जातपात र छुवाछूतलाई साम्यगाम्य पार्ने दिन थियो । अघिल्लो दिन बाघछापेहरू कटुवाल कराउ“दै घरघरै घुमेका थिए । पुरेत बाजेका घरमा भेला हुनैपर्छ । हातगोडा लागेकाजति जम्मै । बिहान सबेरै । नत्रभने......।
“ए बूढा, जाने हो र ?” के होला, कसो होला भनेर गम्दै नैनीले खसमलाई सोधी ।
“नजानेलाई ठोक्ने भन्या सुनिनस् र तै“ले ?”
“भो, म त जान्न“ । तिमी गए भैगो नि । घरै उल्टेर जानुपर्ने ?”
“हातगोडा लागेका जतिलेर भनेर भन्या छन् के रे ।”
निकैबेरको छलफल र कचकचपछि ती जोइ–पोइ उतिबिधि जा“गर नमानीकन उकालो लागे । काखको दूधे बालकलाई नैनीले काखमा बोकेकी थिई । ठूलो प्यान्टे फुरफुर गर्दै आमा–बाबुको बीचमा हि“ड्यो ।
गोविन्द बाजेको आ“गनमा अघि नै मानिसहरूको टिनो लागिसकेको रहेछ । बाफ रे, मानिस पनि कतिबिधि हुन् ⁄ त्यहा“ त गा“वै पो उल्टिएर आएछ । बाजेका चुलामा अछूत नारीहरू हेमानको ताउलोमा चिया पकाइरहेका छन् । हे दैव ⁄ पुरेत बाजेका चुलामा साना जातका आइमाईहरू ⁄ त्यो तमासा देखेर ती जोई–पोइ तीन छक् परे । उल्कै भो ⁄ पिर्थिवी त गा“ठ्ठे, पर्लक्कै पल्टियो ⁄
गोविन्द बाजे आ“गनको डिलमा टुक्रुक्क बसेर शून्यमा टोलाउ“दै थियो । अनुहार निचोरिएकी बज्यै चाइने पि“डीको थाम समातेर उभिएकी थिई । बाजे वनपट्टिकाका पन्जाबाट छुटेको हप्ता दिन पनि भएको थिएन । ऊ झोसपोलको माम्लोमा पक्राउ परेको थियो । उसलाई वनतिर घिसारेको दिनदेखि गाउ“मा सुन्दैमा आड्ड सिरिड्ड हुने नानावली कथा–किस्साहरू पैmलिएका थिए । बाजेका त हातै काटे रे ⁄ बाजेका त पिंडुलै छ्याकछ्याक भए रे ⁄ बाजेको त गर्धनै पो कलमी भो रे ⁄ तर आखिरमा बाजे सद्दे फर्कियो । ऊ दुब्लाएर सिद्रो भएको थियो । नूर गिरेको उसको अनुहारमा नून खाएका कुखुराको तस्बीर तुन्द्रुङ झुण्डिएको थियो । उसको बक् बसेको थियो र ऊ जिउ“दै मरेतुल्य भएको थियो । मानिसहरूले कानकानमा साउती गरे ⁄ बाजेले त जरिमाना तिरेर पो ज्यान जोगाएछन् है । त्यो पनि थोरै हो र ? नखत दस हज्जार ⁄
“नैनी दिदी, ल बाजे–बज्यैलाई चिया टक््रयाउनुस् ।”
ए, त्यो कसले भनेको हो ? नैनीले चकित र विस्फारित नेत्रले अगाडि हेरी । त्यहा“ त बाघछापे पठ्ठो पो बन्दुक बोकेर उभिएको रहेछ । ह“, त्यो भनेको उसैले होला र ? हैन, उसले उसको नाम कसरी चाल पायो ?
“नैनी दिदी.....”
नैनीले बिच्किएका नजर उठाएर झमकलाई पुलुक्क हेरी । ऊ पनि उसैगरी वाल्ल परेको थियो । दुबैजनाका त्रस्त दृष्टि बन्दुकमा गएर स्थिर भए ।
“नैनी दिदी, चा“डो ।”
“जा भन्ने भावमा झमकले इसारा ग¥यो । भारी पाइला चाल्दै ऊ भित्र पसी । उसका हातगोडा त्यसैत्यसै बिलाएजस्ता भए । पुरेत बाजेका घरभित्र अछूतको प्रवेश ⁄ उसलाई कसोकसो अचम्मको अपराधबोध भयो । हे भगवती माई ⁄ मलाई साह्रैबिधि पाप पो लाग्ला कि ⁄
बज्यैले भयाक्रान्त दृष्टिले बन्दुक हेर्दै चिया सुरुप्प पारी । आ“धी उठे सरी उसको पेट हु“डलियो । र, मुख बिगार्दै उसले आ“गनमा पिच्च थुकी । पुरेत बाजेले चियाको पहिलो घुट्को निलेको मात्र के थियो उसले त ह्वाल्लै छादिहाल्यो । उता बाजेलाई त्यस्तो भयो, यता झमकलाई भनन्न रि“गटा लागेर आयो । आपूm पनि बाजेसरहको मान्छे बन्न पाए कस्तो हुन्थ्यो भन्ने उसको चिर सपना थियो । तर त्यो सपनाले बाजेका आ“गनमा साकार रूप लिन लाग्दा भने उसको सिड्डो ब्रम्हाण्ड नै हल्लियो ।
त्यसपछि पुरेत बाजेका आ“गनमा फौजी ढाचाको नौलो नाच–गान सुरु भयो । गीतमा हृदयलाई स्पर्श गर्ने कोमल भाव केही पनि थिएन, न त नाचमा नै आ“खा रमाउने छरितो हाउभाउ र ताल थियो । तर अचम्म के थियो भने बाघछापे बर्दी लगाएका पठ्ठापठ्ठीहरू हात–हातमा बन्दुक बोकेर भद्दा चालले खुट्टा हुत्याउ“दै नाचेका थिए । गीतमा “सामन्तवाद”, “साम्राज्यवाद” जस्ता बिराना शब्दहरूको बिगबिगी थियो । र त्यसमा चुसाइ र मिचाइलाई मेटेर सुखका उज्याला दिन ल्याउने भन्ने कुराको छनक पनि थियो । गीतको गूढ तŒव बुझ्न खोज्दै झमकले निधार चाउरी पारेर गम खायो – फौजीहरुले कुरा त ठीकै गरेका हुन् ।
पहिले त्यस्ता दिन आएका थिए, अहिले ईः यस्ता दिन आए । सम्झेर ल्याउ“दा झमकलाई त्यो उथलपुथल, त्यो उलटपुलट सपनाको संसारभित्रको तमासको सपनाजस्तो लाग्यो ।
अब ज्यानको भिख माग्न सरकारी अड्डामा नगई नुहुने छा“ट आयो । झमक भित्र पसेर अन्यमनस्क भावमा लुगा फेर्न थाल्यो । नैनी हस्याङ्–फस्याङ् गर्दै हिजो बेलुकीको बासी ढि“डो उसलाई तताइदिन अघि सरी । झमकको एउटा खुट्टो अलि छोटो थियो । ऊ हि“ड्दा ढिकी कुटेजस्तो देखिन्थ्यो । त्यसैले ऊ गाउ“को सेरोफेरो नाघेर सित्तिमिती बाहिरफेर कतै जा“दैनथ्यो । बराबरीका खुट्टा हुनेलाई सदरमुकाम आधा दिनको बाटो थियो । तर झमकलाई भने पूरै एक दिन लाग्थ्यो । जाइ एक दिन, आइ एक दिन, बसाइ कति दिनको हुने हो केही थाहा छैन । सरकारी अड्डा भन्यो कि उसका आङमा का“डा उम्रिन्छन् । अझ त्यसमाथि “म आतङ्कारी हु“, आइन्दा म यो बाटोमा हि“ड्ने छैनर भनेर सरकारी अड्डाका मुखेन्जी घु“डा टेकेर कसम खान जानु छ । के बेर र, ड्याङ गोली हानेर सुल्याइहाले भने....)
त्यसका बाउको क्या भाउ“तो आइलाग्यो– झमकले झर्कि“दै मनको अन्तरमा कुरा खेलायो । गाउ“मा विप्लवको हुरी आउ“दा ऊ त्यसको क्रियाशील कर्ता थिएन । खुट्टो छोटो थियो, बाबुका पालाको कबाडी भन्न लायकको लुगा सिउने कल थियो, ऊ छोटो खुट्टो पसारेर त्यही कल क्यारक्यार–क्यारक्यार चलाउ“दै जसोतसो गुजारा चलाउ“दै आएको थियो । त्यत्तिकैमा चारै दिशाबाट विप्लवकारी हुरी चल्यो । हुरी न हो, त्यसको बबण्डर बेगले रुखहरूलाई मात्र हल्लाउ“दैन, बुच्का र बुट्यानहरूलाई पनि हल्लाएरै छाड्छ । हो, हुरीको भुमरीमा पर्दा झमक पनि हल्लियो । अनि हेर्दाहेर्दै, आना आ“खै अगाडि, पहिले कहिल्यै सपनामा पनि नचिताएको उल्का भयो । शहरपट्टिको सरकार गाउ“बाट भागेर शहरमै शरण पर्न गयो, र यता गाउ“मा चाइने वनपट्टिकाको एकछत्र राज खडा भयो । तिनले राखेको त्यसको नाम गरिबको राज थियो । हो, त्यही गरिबको राजले उसलाई “ल”डेरबाट झमकमा फेरिदिएको हो । तिमीलाई जसले ल“डे भन्छ, आजका मितिले उसलाई तिमीले यही छोटो खुट्टो उचालेर एक लात् दिनु भन्ने उर्दी भयो । बन्दुक बोक्नेहरूको उर्दी न हो, त्यसलाई नाघ्न कसका बाबुको पिताम ⁄ नया“ सरकारलाई धन्यधन्य भन्दै झमक हृदयदेखि नै कृतज्ञ भयो ।
“ल, म हि“डें ।” चार गा“स ढि“डो टिपेर आ“गनमा उभि“दै नैनीस“ग उसले भन्यो ।
“तिनले अड्डा“ के के सोध्लान्, होस गरेर बोल्नु नि ।” उसले लोग्नेलाई चनाखो तुल्याउन खोजी ।
“आ.. तिनका बाउको जेसुकै सोधुन् । हामीस“ग लुकाउने कुरो क्यै छैन केरे ।” त्यसपछि प्यान्टेको कपाल मुसार्दै उसले भन्यो, “त“ रगरग चारतिर नहि“ड्नु नि । जमाना ठीक छैन । यसो घा“स काटेर बाख्रालाई हाल्नु, कुखुरा हेर्नु । अब पढ्नु–लेख्नु त्यत्तिकै भइहाल्यो ।”
लौरो टेकेर ढिकी कुटाइको शैलीमा खोन्च्या“–खोन्च्या“ गर्दै ऊ सरकारमा नाम चढाउन ओरालो झ¥यो । नैनीले आ“गनको डिलमा उभिएर उदास दृष्टिले लोग्नेका एकएक पाइला पछ्याउ“दै उसलाई हेरी । ऊ तल कान्लामुनि छेलियो । अन्यौल र आशाको भुमरीमा फसेको नैनीको चित्तमा एउटा प्रश्न उठ्यो ⁄ बूढाले काखका चिचिलाको नाउ“ लेखाउन बिर्सेलान् कि ? उसले लामो लेग्रो तानेर लोग्नेलाई डाकी । तर त्यतिखेरसम्ममा ऊ उसको स्वरको दुरीभन्दा धेरै पर पुगिसकेको थियो ।
नैनीका आ“खा काभ्राको फुर्कोबाट हाम्फाल्दै तल गैह्रीगाउ“को विद्यालयमा पछारिन पुगे । ऊ हठात् स्तब्ध भई । उसका हृदयको चक्रमा एउटा भयानक दृश्य फन्फनी घुम्न थाल्यो । त्यही विद्यालयको मैदानमा त हो हेडमास्टर रघुनाथ टुकटुक भई काटिएको । ऊ आ“गनमा त्यही“नेर उभिएकी थिई । विद्यालयतिरबाट सा“झपख बास बस्न आएका सारौंको जस्तो खल्बली सुनियो । माथिबाट आ“खा झिमिक्क नपारीकन ऊ हेर्दैछे ⁄ वनपट्टिका बाघछापेहरूले मास्टरलाई घिसार्दै र घचेट्दै मैदानको माझमा ल्याए । अताल्लिएका केटाकेटीहरू रु“दा छन्, चिच्याउ“दा छन्, चिरिएर कोलाहल मच्चाउ“दा छन् । माथिबाट ऊ त्यो सब सुनिरहेकी छे ।
तिनले मूढोजस्तो अचानोमा राखेर मास्टरको एउटा हात काटे । ऐय्या र आत्थो, मरो–मरो र गुहार–गुहारको चित्कार गर्दै मास्टर धूलामा मडारिन थाल्यो । अनि उसको अर्को हात काटे । मर्मान्तक चित्कार र भयावह कोलाहल फेरि पनि उस्तै छ । त्यसपछि तिनले उसका पि“डुला छिमले । पहिले एउटा अनि त्यसपछि अर्को । चित्कार र कोलाहल बिस्तारै–बिस्तारै थाक्दै, सेलाउ“दै र बिलाउ“दै गयो । ऊ हेरिरहेकी छ ⁄ उः उसको घा“टी रेटियो । अनि सुराकीको बात लागेको मास्टर सदाका लागि अचल र मौन भई आनै रगतको आहालमा  डुब्यो ।
हेर्नै नसकी आ“खा छोपेर उसले मनमनै तर्कना गरी – मेरी आमा ⁄ त्यसरी पनि मार्नु ? कत्रो रिस ? कति निठुरी ?
प्यान्टे मृत्युको वीभत्स छायामा हराएको मुद्रामा विद्यालयबाट घर आयो । उसको अनुहार डढेलोले खाएको खरबारीजस्तो थियो, उसको बक् ठ्याप्पै बसेको थियो । रु“दारु“दा राता भएका उसका आ“खाका डिल सुन्निएका थिए, र उसका कलिला ओठ कले“टी परेका थिए । ऊ चाइ“चुइ“ केही नबोलीकन भित्र पसेर लमतन्न सुत्यो । नैनीले निधार छाम्दा उसलाई त भक्रन ज्वरो पो आएको रहेछ । ऊ निदायो र निन्द्रामै ऊ चित्कार गर्न थाल्यो– नाइ“, नाइ“, मारे, मारे ⁄
सिलाइको बक्यौतो बाली उठाउन पल्लो गाउ“ गएको झमक खाली हात हाल्लाउ“दै आइपुग्यो ।
“मेरी आमा ⁄ त्यसरी पनि मार्नु ?” नैनीले आ“सु पुछ्दै भनी । “मार्नै परे कतै एकलासमा लानु र चालै नपाउने गरी छ्याक्क एकै चोटमा मार्नु । छ्याः त्यस्तालाई मान्छे भन्नु कि राछ्छेस भन्नु ⁄”
“चुप् । त“ बढ्ता बाठी न हो ।” कसैले सुनी पो हाल्यो कि भनेर झस्कि“दै चङ्ख आ“खाले वरिपरि हेर्दै झमक गज्र्यो, “यस्ता बेला“ हावाका पनि कान हुन्छन्, त“लाई थारछैन रा“ड् ।”
“आ....त्यसरी मारेको देख्नुभन्दा त बरु मलाई नै प्वाक्क मारुन् ।”
झमक आतड्ढित भयो । र आनै स्वरले आपैm तर्सिने गरी ऊ जड्डिएर फेरि गज्र्यो, “त“ चुप् भन्या, रा“ड् ।”
त्यो झमक अहिले घरमा छैन । अड्डा गएको छ ऊ सरकारमा नाम लेखाउन । हिजो बेलुका आइपुग्नुपर्ने हो, ऊ आएन । ऊ गएको आज चौथो दिन हो । झमक्कै सा“झ परिसक्यो, खै अभैm उसको चालचोल छैन । काखको चिचिलोलाई बोकेर नैनी आ“गनको डिलमा उभिएकी छे । के भयो होला ? पोइको बाटो केले छेक्यो होला ? चिन्ताले उसको चित्तमा छट्पटी पैदा भएको छ ।
“प्यान्टेका बा हउ.....” लेग्रो तानेर उसले डाकी ।
त्यति टाढा भएको झमकले उसको झिनो स्वर के सुनोस् र ? ऊ त उता सदरमुकाममा एकलासको सरकारी खोरमा एक्लै चिसा सुस्केरा हालिरहेको थियो । केरकार गर्ने मानिसले उसलाई दुईवटा आदेश दिएको थियो । एक, प–पन्ध्र दिनमा तारिख खेप्न आउनू । दुई, आउ“दाखेरि आतंककारीका नाम लिएर आउनू । झमकले जुम्लाहात गर्दै बिन्ती बिसाएको थियो, “सर, मेरो खुट्टो छोटो छ । घरिघरि आउन मलाई गाह्रो पर्छ ।”
त्यत्तिकैमा उसको पिठ्यू“मा सरको बूट बज्रियो । ऊ ढुन्मुनिदै घोप्टिएर लड्यो । बेत्तोडले मुख भुइ“मा बज्रि“दा उसको मुखबाट रगत आयो । र त्यसपछि उसलाई घिसार्दै लगेर खोरमा हुलियो ।
“प्यान्टेका बा हउ.....” अताल्लिएकी नैनीको हृदय विदारक स्वर अन्धकारमा कता बिलायो कता ⁄

संस्कृति िचिन्तन
उत्तरआधुनिकताको वास्तविकता रामसुजान अमर
पश्चिमी बौद्धिक जगत्मा एउटा शब्दले गएका केही वर्षदेखि ज्यादै उधुम मच्चाइरहेको छ । त्यो शब्द हो–उत्तरआधुनिकता । उत्तरआधुनिकतालाई आजको सर्वाधिक महŒवपूर्ण दर्शन–चिन्तनका रूपमा प्रचारित गरि“दैे छ । अनेक समकालीन पश्चिमी बुद्धिजीवीहरूका विभिन्न विचारहरूको तालमेललाई यो नाम दिइएको छ र यसलाई पूरै विश्वको चिन्तन बनाएर प्रस्तुत गर्ने जोडदार प्रयत्न भैरहेको छ । पश्चिमी देशहरूको वैचारिक परिदृश्यलाई त यसले एक सीमासम्म आनो परिधिभित्र ल्याइसकेको पनि छ । त्यहा“ साहित्य, संस्कृति, इतिहास आदिका क्षेत्रहरूमा उत्तरआधुनिक टंकार सुन्न थालिएको छ र तेस्रो विश्वका अनेक बुद्धिजीवी पनि “ज्ञान”को यस परिधितिर लालायित देखि“दैछन् । भारत पनि यसबाट अछुतो रहेको छैन । यस्तो अवस्थामा यसको वास्तविकता के हो बुझ्न उत्तरआधुनिकताको नाममा पश्चिमी चिन्तनमा के भैरहेको छ हेर्नु आवश्यक छ । यसका निम्ति उत्तरआधुनिकताको इतिहासप्रतिको दृष्टिकोणमाथि विचार गर्नु सबभन्दा प्रासड्डिक हुनेछ, किनभने यसको सहयोगले जीवन तथा चिन्तनका सम्पूर्ण क्षेत्रहरूप्रतिको यसको दृष्टिकोणलाई जान्न सकिन्छ । आखिर इतिहासमा नै त सबै थोक घटित हुन्छ । तर होइन, यहा“ नै हामी उत्तरआधुनिक दृष्टिबाट गलत हुन पुग्यौं । आजसम्म जे जति हामीले जानेका–पढेका–बुझेका छौं त्यो सबै बेकार छ, त्यसैले आउनुहोस् हामी ज्ञानको, विचारको, इतिहासको एक नया“ “उत्तरआधुनिक पाठ” पढौं ।
  उत्तरआधुनिकताका एक आधारस्तम्भ फ्रान्सेली सिद्धान्तकार ज्या“ फ्रांक्वा ल्योतार उत्तरआधुनिकतालाई परिभाषित गर्दै के भन्दछन् भने यो “महावृत्तान्तहरूप्रति एउटा अविश्वास” हो । ल्योतारको चिन्तनप्रणालीमा “महावृत्तान्त” इतिहासकै दोस्रो नाम हो । यसरी, इतिहासलाई निसाना बनाएर नै उत्तरआधुनिकताको थालनी हुन्छ । यसमा के प्रश्न उठ्न सक्छ भने यदि इतिहास छ“दै छैन भने अहिलेसम्म जे जति हाम्राअघि छ त्यो के हो ? यसको उत्तर उत्तरआधुनिकताका दोस्रा नायक ज्याक देरिदाबाट सुन्नुहोस्– “हरेक चीज मात्र शब्दहरूको संयोजन हो, हरेक चीज विमर्श वा पाठ हो । भाषा– जुन अर्थहरूको अनन्त खेल हो–भन्दा बाहिर कुनै चीजको पनि अस्तित्व छैन । हामी मात्र र मात्र भाषाको माध्यमबाट नै संसारलाई बुझ्दछौं, त्यसैले हरेक चीज पाठ हो । यसको अर्थ के भयो भने लेखकको आनो लेखनको कुनै निश्चित अर्थ कदापि हुन सक्तैन, किनभने हरेक पठनपछि पाठको अर्थ बदलिन्छ । यसमा आनो अर्थ पाठकले हाल्दछन् र सबै अर्थ नियमतः एक समान सही हुन्छन् । यस आधारमा के दाबी गरि“दैछ भने यो “बहुअर्थ” विविधता एवं लोकतन्त्रात्मकताको स्वीकार र विस्तार हो । तर “बहुअर्थ”लाई सिद्धान्ततः अनिवार्य बनाएर उत्तरआधुनिकता संस्कृति, साहित्य, इतिहास आदिमा वस्तुतः एक अराजकता एवं व्यर्थताको दर्शन निर्माण गरिरहेको छ, यसमा वस्तुनिष्ठता एवं भौतिक सत्यको अवधारणालाई नकार्ने प्रयत्न छ । इतिहासको सन्दर्भमा पाठको “अनन्त अर्थ”को वैधताले के नया“ अप्ठेराहरू उत्पन्न गर्न सक्छ भन्ने बुझ्न सकिन्छ, किनभने इतिहास साक्ष्य एवं विश्लेषणको माध्यमबाट सत्यसम्म पुग्ने एउटा इमानदार प्रयास हो । प्रतिष्ठित अमेरिकी इतिहासकार लरेन्स स्टोनले एकदमै सही भनेका छन् “यदि पाठबाहिर केही छैन भने अहिलेसम्म हामीले जुन रूपमा इतिहासलाई हेरेका छौं त्यो एकैचोटि ध्वस्त हुन्छ र तथ्य एवं कपोलकल्पनामा भिन्नता मेटिन्छ ।”
“तथ्य एवं कपोलकल्पनामा भिन्नता मेटाउने”यस उत्तरआधुनिकतावादी अभियानलाई अरू अनेक बुद्धिजीवीहरूले अघि बढाएका छन् र आनो एक चमत्कारी “इतिहास–दृष्टि” प्रस्तुत गरेका छन् । उत्तरआधुनिकतावादी इतिहास–दर्शनका एक “मानक विचारक” डच दार्शनिक फ्र्याङ्क ऐंकरस्मिट भन्दछन् – “इतिहास अब हाम्रो जीवनका विभिन्न चरणहरूमा जे जति घटेको छ त्यसको पुनर्रचना होइन, उल्टो त्यसको स्मृतिस“ग सततः क्रीडा हो ।” अतीतको यथार्थको खोजी एवं त्यसको वैज्ञानिक पुनर्रचनाको इच्छाबाट प्रेरित भएर अतीतको विस्तृत अन्वेषण अब इतिहासकारको निर्विवाद काम होइन । .....कस्तो समय आएको छ भने हामी अतीतका बारेमा “कल्पना गरौं” त्यसको “अन्वेषण” होइन ।” यसरी इतिहासलाई वस्तुनिष्ठ मूल्यांकनको ठाउ“मा केवल “कल्पना गरिने” चीज भनेर उत्तरआधुनिकता त्यसलाई “आधारभूत चुनौती” दिएको दाबी गरिरहेको छ । यही श्रृङ्खलामा अनेक उत्तरआधुनिकतावादी विचारक इतिहासलाई “तथ्यहरू”बाट “मुक्त” गराएर कल्पनालोकको वासी बनाइरहेछन् । कारणहरूको खोजीको सट्टा–जसलाई “पुरानो” इतिहासको आधार मानिन्छ–इतिहासलाई भाषाको कसरतमा परिवर्तन गरि“दैछ । इतिहासलाई अनेक विमर्शमध्येको मात्र एउटा विमर्श प्रमाणित गरि“दैछ । के भनि“दैछ भने “आनो आनो परिप्रेक्ष्यको सापेक्ष एउटै घटनाका बारेमा विपरीत कुराहरू सत्य हुन सक्तछन् ।” एक परिप्रेक्ष्यको सापेक्ष के सा“चो हुन सक्तछ भने नाजी ग्यास च्याम्बरको अस्तित्व थियो भने दोस्रो परिप्रेक्ष्यको सापेक्ष नाजी ग्यास च्याम्बर थिएन भन्ने पनि सत्य हुन सक्तछ । यही आत्यन्तिक सापेक्षवादको आधारमा उत्तरआधुनिकतावादीहरूद्वारा इतिहासका बारेमा अद्भुत अद्भुत उचित–अनुचित आदेशहरू दिइ“दैछन् । प्याट्रिक ज्वायस के भन्छन् भने “सामाजिक इतिहास म¥यो”, एलिजाबेथ डीड्स अरमार्थ घोषणा गर्दछिन् “काल एक काल्पनिक निर्मिति हो”, रोला“ बार्थ घोषणा गर्दछन् सम्पूर्ण दुनिया एक पाठ हो, मिशेल फुको के भन्छन् भने इतिहास साक्ष्य वा तथ्यको उपज होइन, प्रभुत्वशाली सत्ता–विमर्शको “वैचारिक उपज” हो, ह्यान्स क्यालर इतिहासकारले वास्तवमा घटेका चीजहरूजस्तो सम्झेर तिनको छानवीन गर्न छाडून् भन्ने आकांक्षा राख्तछन् , डाइनी परकीसको के शिक्षा छ भने हामीले सत्य हुन् कि होइनन् कुनै वास्ता नराखी कथाहरू भन्नुपर्छ, फ्र्याङ्क ऐंकरस्मिट के दाबी गर्दछन् भने अतीतका बारेमा कहिले पनि केही पनि भन्न सकिन्न र कीथ जेन्कींस अति “विश्वास”का साथ के घोषणा गर्दछन् भने “इतिहासको आधुनिक अवधारणाको अन्त भएको छ ।” यी सबै घोषणाहरूको एउटै मात्र अर्थ छ र त्यो हो प्राथमिक स्रोतहरूको कठोर छानवीनमा आधारित वैज्ञानिक इतिहासको अवधारणाको अन्त ।
यी “मानसिक” वा “भाषाका” उडानहरूको आधारमा उत्तरआधुनिकतावादी लेखकहरू ऐतिहासिक सत्य वा वस्तुनिष्ठता नामको कुनै चीज हुन्छ भन्ने कुरालाई निरन्तर अस्वीकार गरिरहेका छन् । तर तथाकथित उत्तरआधुनिक दृष्टिले इतिहासको अध्ययन–विश्लेषणको कुनै सीमातिर संकेत गरेको वा त्यसका निम्ति कुनै नया“ पद्धति दिएको भए केही कुरा बुझ्न पनि सकिन्थ्यो । तर यसले त इतिहासको वैधता एवं अस्तित्वलाई नै अस्वीकार गर्दछ । इतिहासको विश्लेषणको पद्धतिमा परिवर्तन भैरहेको छैन वा आज केवल एउटै दृष्टि प्रचलित छ भन्ने होइन । तर सबैमा इतिहासको अस्तित्वको स्वीकृति छ । दुई ब्रिटिस इतिहासकार ई. एच. कार (ह्वाट इज हिस्ट्री ?, १९६१) एवं जी. आर. एल्टन (दि प्राक्टिस अफ क्रिटिसिज्म) का दृष्टिकोण धेरै महŒवपूर्ण छन् र माक्र्सवादी पद्धतिले व्यापक मान्यता प्राप्त गरेको छ । ई.एच. कारले अतीतप्रति समाजशास्त्रीय दृष्टिकोणको पक्षपोषण गरे भने जी.आर.एल्टनले इतिहासको कुनै पनि गम्भीर अध्ययनमा राजनीतिक घटनाहरूको वर्णन प्रमुख रूपमा हुनुपर्दछ भन्ने मान्यता अघि सारे । माक्र्सवादी विधि उत्पादनविधिहरू एवं उत्पादनसम्बन्धहरूको आधारमा ऐतिहासिक विश्लेषण गर्दछ । यी प्रकार वा पद्धतिमा अन्तर हुन सक्तछन्, तर लक्ष्य वस्तुनिष्ठ सत्यको खोजी हो । के सा“चो हो भने यस खोजीमा इतिहासकारको विचार वा विचारधाराको प्रभाव पर्दछ नै, तर यसको के अर्थ होइन भने वस्तुनिष्ठतालाई अनावश्यक मानेर इतिहासलाई तथाकथित उत्तरआधुनिक पाठ एवं गल्पमा परिवर्तन गरियोस् ।
उत्तरआधुनिकताको यो “इतिहासदृष्टि”को खोक्रोपन एवं खतराहरू दुवैमाथि थुप्रै प्रसिद्ध इतिहासकारहरूको ध्यान गएको छ । स्वयं जी.आर.एल्टनले मृत्यु हुनुभन्दा केही दिन पहिले १९९१मा इतिहासका बारेमा उत्तरआधुनिक विचारहरूलाई “भीषण”, “विध्वंसक”, “अनर्गल” एवं “अर्थहीन” भनेर बहिष्कार गरेका थिए । उनले विस्तृत विवेचन गर्दै के घोषणा गरेका थिए भने “पूर्ण सापेक्षवाद एउटा एकदमै गलत सिद्धान्त हो, यो एक असार शून्यवाद हो ।” वामपन्थी उदार इतिहासकार लरेन्स स्टोन उत्तरआधुनिकतावादी “बौद्धिक असभ्यहरू”लाई इतिहासको ढोकैमा रोक्ने आह्वान गर्दै के चेतावनी दिन्छन् भने उत्तरआधुनिकतावादीले अरू बढी प्रभाव पार्न सफल भएको खण्डमा “इतिहास एक लुप्त प्रजाति हुने खतरा छ ।” समाजवादी–वामपन्थी इतिहासकार रफेल स्यामुएलको भनाइ छ–“समकालीन चिन्तनमा विखण्डनवादी मोडबाट इतिहासलाई कमबेसी एक तथ्य आधारित अतीतका विवरणको सट्टा एक कपोलकल्पना वा गल्पका रूपमा हेर्ने प्रवृत्ति” उत्पन्न भएको छ । उनी स्पष्ट रूपमा यस प्रवृत्तिलाई अस्वीकार गर्दछन् । नाम चलेका ब्रिटिस इतिहासकार अर्थर मार्विक प्रस्ट भन्छन् “उत्तरआधुनिकतावादी विचार गम्भीर इतिहास–अध्ययनका निम्ति एक खतरा हो ।” हामी के देख्न सक्तछौं भने उत्तरआधुनिकतावादको विवेक एवं विज्ञानविरोधी दृष्टिकोणका विरुद्ध स्वयं पश्चिममा एउटा सशक्त वैचारिक संघर्ष र जागरुकता विद्यमान छ ।
उत्तरआधुनिक इतिहासदृष्टि एवं त्यसको “आत्यन्तिक सापेक्षवाद”को न्यूयोर्क युनिभर्सिटीका दर्शनशास्त्रका प्रोफेसर पल बोगोसियनले “जस्तालाई त्यस्तै”को शैलीमा अनावरण गरेका छन् । प्रो. बोगोसियन के भन्दछन् भने उत्तरआधुनिकताका अनुसार वस्तुनिष्ठताका शब्दजालको प्रयोग खालि एक वर्चस्वको खेल हो, यो “ज्ञान हासिल गर्ने अन्य तरीकाहरू”लाई समाप्त पार्ने एउटा साधन हो । उत्तरआधुनिकतावादको के दाबी छ भने मिथक “त्यत्तिकै मान्य” हुन सक्तछन् जति पुरातात्विक सिद्धान्त । यसरी, अतीतको कुनै घटनाका बारेमा मिथक एवं पुरातात्विक दृष्टिकोण दुवै  सही हुन्छन्, तर पहिलो दृष्टिमा नै यो असम्भव लाग्दछ किनभने यिनले एक दोस्रालाई खण्डन गर्दछन् । उत्तरआधुनिकतावादी यसको उत्तर के भनेर दिन्छन् भने दुइवटै दाबी सा“चो हुन सक्तछन् । किनभने दुवै आ–आनो परिप्रेक्ष्यको सापेक्ष सत्य हुन् – एक पुरातात्विक नियमको सापेक्ष एवं दोस्रो मिथक–निर्माणको सापेक्ष र परिप्रेक्ष्यको बाहिर सत्यताको प्रश्न नै उठ्तैन ।
प्रो. बोगोसियनले यस उत्तरआधुनिक सापेक्षवादको जवाफी उत्तर यसरी दिएका छन्–“यस दृष्टिकोणलाई स्वयं यसैमाथि पनि लागू गर्न सकिन्छ । उदाहरणका निम्ति, यदि एउटा दाबी र त्यसको उल्टो दाबी दुवै समान रूपले सत्य हुन सक्तछन् भने, यदि कुनै परिप्रेक्ष्य छ, त्यसको सापेक्ष हरेक सत्य हुन्छ भने एक परिप्रेक्ष्य छ यथार्थवाद । यसको सापेक्ष सत्य के छ भने एउटा दाबी एवं त्यसको उल्टो दुवै सत्य हुन सक्तैनन् । त्यसैले उत्तरआधुनिकतावादले के स्वीकार गर्नुपर्दछ भने यो स्वयं त्यत्तिकै सा“चो छ जति यसको उल्टो यथार्थवाद । तर उत्तरआधुनिकतावाद यसलाई स्वीकार गर्न सक्तैन, किनभने यसको सम्पूर्ण दृष्टिकोण यथार्थवाद झुटो हो भन्ने कुरामा आधारित छ । यसरी, हामी के देख्तछौं भने उत्तरआधुनिकताको त्यो उक्ति– जसलाई सत्यको विषयमा एक दृष्टि मानिन्छ– ले स्वयंलाई नै नष्ट गरिदिन्छ । विशेष परिप्रेक्ष्यबाट स्वतन्त्र सत्यका बारेमा तथ्य स्वयं यस दृष्टिमा पहिलेदेखि नै निहित छ । यसरी, उत्तरआधुनिक सापेक्षवाद आनो आन्तरिक अन्तर्विरोधको दबावमा नै बाटो बिराउन पुग्दछ ।
उत्तरआधुनिक सापेक्षवादको यस अतिका बारेमा विश्वविख्यात इतिहासकार एरिक हक्सबाउमले पनि चर्चा गरेका छन् । रमाइलो कुरो त के छ भने यस सन्दर्भमा उनलाई रामजन्मभूमि–बाबरी मस्जिद–विवादको सम्झना आउ“छ । उनी भन्दछन्–“कपोलकल्पनाका रूपमा इतिहासलाई पनि एउटा नया“ शक्ति त्यस सिद्धान्तबाट प्राप्त भएको छ, जसलाई एक अस्पष्ट शब्द उत्तरआधुनिकताको नामबाट जानिन्छ । उत्तरआधुनिकता तथ्य एवं कपोलकल्पना, वस्तुनिष्ठ सत्य एवं काल्पनिक विमर्शमा अन्तर छ भन्नेमा सन्देह गर्दछ । यो अत्यन्त सापेक्षवादी छ । यदि सत्य र कल्पनामा कुनै भेद छैन भने मेरो यथार्थ पनि त्यत्तिकै सत्य छ जति तपाईंको वा अरू कसैको । यसरी, साक्ष्यको आवश्यकता नै समाप्त भयो । तर इतिहास त सत्यापनीय तथ्यमाथि आधारित छ, मनगढन्त कथामाथि होइन । ...... राजनीतिक वा वैचारिक दाबीहरूको ऐतिहासिक सत्यापनीयता अत्यन्त महŒवपूर्ण छ यदि ऐतिहासिकता यस्ता दाबीहरूको आधार हो भने । यो खालि राज्यहरू वा समुदायहरूद्वारा भूभागीय दाबीहरूका निम्ति मात्र सा“चो होइन, जुन सामान्यतः ऐतिहासिक हुन्छन् । एकात्मक हिन्दू पार्टी भारतीय जनता पार्टीद्वारा मुस्लिमविरोधी अभियानलाई– यसले गर्दा भारतमा ठूलो मात्रामा जनसंहार भए– इतिहासका आधारमा उचित मानियो । अयोध्यालाई भगवान् रामको जन्मभूमि भएको दाबी गरियो । त्यसैले एउटा त्यस्तो पवित्र स्थानमा एक हिन्दू मन्दिरको ठाउ“मा तथाकथित रूपबाट मुगल बादशाह बाबरद्वारा मस्जिदको निर्माण गरि“दा हिन्दूधर्मको मुसलमानहरूले अपमान र एक ऐतिहासिक अत्याचार गरेको भनियो । यसलाई भत्काउनु र यसको ठाउ“मा एउटा हिन्दू मन्दिरको निर्माण गर्नु आवश्यक भनियो (वास्तवमा, मस्जिद १९९२ मा हिन्दूहरूको धर्मान्द भीडद्वारा ध्वस्त बनाइएको थियो जसलाई यही उद्देश्यले भारतीय जनता पार्टीले एकत्रित गरेको थियो) । यसमा त्यस पार्टीका नेताहरूले “यस्ता सवालहरूको फैसला अदालतमा हुन सक्तैन” भन्ने घोषणा गर्नुमा कुनै अनौठो कुरो किन छैन भने उनीहरूको दाबीको ऐतिहासिक आधार थिएन । यदि उत्तरआधुनिक इतिहासदृष्टिलाई यहा“ लागू गर्ने हो भने नजाने यस्ता अरू कति विवादले ऐतिहासिक आधार प्राप्त गर्ने होलान् र परिणाममा सा“च्चै नै “इतिहासको अन्त” हुन पुग्ला । त्यसैले साक्ष्यको महत्ता एवं सत्यापनीय तथ्य एवं कपोलकल्पनाको भेदमाथि जोड दिनु अति जरुरी छ । इतिहासको रूपमा प्रस्तुत गरिने राजनीतिक–सामाजिक मिथकहरूको खण्डन लामो समयमा इतिहासकारहरूको पेशागत कर्तव्य हुने गरेको छ, तर उत्तरआधुनिकता यिनलाई “पक्का इतिहास” बनाएर प्रस्तुत गरिरहेको छ ।
जुनसुकै अवस्थामा पनि, उत्तरआधुनिक इतिहासदृष्टिको यो आलोचनाको अर्थ प्रचलित इतिहासदृष्टिहरूका सीमाहरू छैनन् भन्ने होइन । माक्र्सवादी पद्धति पनि यसको अपवाद छैन । तर यदि यसमा खराबीहरू छन् भने– जस्तो माक्र्सवादी दृष्टिद्वारा इतिहासमा व्यक्तिहरू, मिथकहरू, विचारहरू, सांस्कृतिक पहिचानहरू आदिको भूमिकामाथि अपेक्षित ध्यान नदिनु–तिनलाई “जीवित इतिहास”को अधीनमा सच्याइनुपर्दछ । यसका निम्ति इतिहासलाई नै “मारिदिने” आवश्यकता छैन । उत्तरआधुनिकतावादीले यही गर्नु नहुने काम गरिरहेका छन् । उनीहरूस“ग त विवेक एवं मानवताआधारित हरेक कुराको “अन्त” एवं “मृत्यु”को मात्र सन्देश छ । बा“चिरहून् त केवल पश्चिमी साम्राज्यवाद एवं त्यसका मूल्यहरू । उत्तरआधुनिकताले कसको हितसाधन गर्दछ यो जान्न धेरै विचार गरिरहनु पर्दैन । इतिहासको सत्य खोज्नमा निषेध वास्तवमा जनताको आनो जीवन–स्थिति परिवर्तन गर्ने संघर्षको निषेध हो । इतिहासका तथ्यहरूले सामन्तवाद, पू“जीवाद, साम्राज्यवादका बदमासीहरू अनावरण गर्दछन् , उनीहरूको वास्तविक अनुहार देखाउ“छन् । यसैलाई दृष्टिगत गरेर के भ्रम फैलाइ“दै भने अतीतका सत्यहरू जान्न सकि“दैनन् । त्यसैले इतिहासको अन्वेषणको होइन, केवल काल्पनिक स्मृतिहरूमा बा“च्ने आवश्यकता छ । के भन्नु आवश्यक छैन भने ती “काल्पनिक स्मृतिहरू” पनि आम जनताका आना हु“दैनन्, उत्तरआधुनिक विमर्शका माध्यमबाट उनीहरूमा भरिन्छ । त्यसैले प्रसिद्ध अमेरिकी माक्र्सवादी चिन्तक फ्रेडरिक जेम्सनले उत्तरआधुनिकतालाई अकारण नै “साम्राज्यवादको सांस्कृतिक तर्क” भनेका होइनन् । उनी भन्दछन्–“जुन क्षण अमेरिकी सत्तामाथि प्रश्नहरू उठाउने गरिन्छ, त्यतिखेर अमेरिकी सत्तालाई कायम राख्नका निम्ति एउटा नया“ सांस्कृतिक उपकरणको आवश्यकता उत्पन्न हुन्छ । उत्तरआधुनिकता एक नया“ किसिमको वैचारिक वर्चस्वको वाहकको रूपमा छ यसको आवश्यकता सायद पहिले थिएन ।”
विचारणनीय के छ भने सोभियतकालमा समाजवादी विचारको विश्वव्यापी विस्तारलाई रोक्न थुप्रै किसिमका वैचारिक सांस्कृतिक अस्त्रहरूको उपयोग अमेरिकी साम्राज्यवादले गरिरहेको थियो । त्यही क्रममा १९६० को दशकमा नै उसका विचारकले यो नया“ अस्त्रको परीक्षण प्रारम्भ गरिसकेका थिए र विचारधाराको अन्तको व्यायाममा लागिसकेका थिए । तर त्यतिखेर अपेक्षित सफलता प्राप्त हुन सकेको थिएन । आज सोभियत संघको पतन एवं समाजवादी चिन्तनमा एक भ्रमको स्थितिबाट लाभ उठाएर अमेरिकी साम्राज्यवाद आनो वैचारिक कुहेलिकाको जालमा सम्पूर्ण संसारलाई फ“साउन चाहन्छ । त्यसैले नब्बेको दशकमा उत्तरआधुनिकताको सोर चर्काे भएको छ, यसको उद्देश्य एकातिर समाजवादी चिन्तनको व्यर्थता देखाउनु र अर्कातिर भूमण्डलीकरणको नाममा संचालन भैरहेको नवसाम्राज्यवादको विश्वव्यापी स्वीकृतिका निम्ति मानसिकता तयार गर्नु रहेको छ । नोम चोम्स्की यसलाई सहमति निर्माणको उद्योग भन्दछन् । भूमण्डलीकरणका विरुद्ध तेस्रो विश्वका देशहरूमा अमेरिकाले पाउन सक्ने सम्भावित चुनौतीको सामना गर्नका लागि विशेषतः यस नया“ सांस्कृतिक उपकरणको आवश्यकता परेको छ । कुनै नया“ समाजवादी उभारका विरुद्ध उत्तरआधुनिकता एक साम्राज्यवादी वैचारिक प्रपञ्च बनेर आएको छ ।
तर उत्तरआधुनिकताको पोल खुल्ने पूर्वानुमान निरन्तर लगाएको यसका पुरोधाका विचित्र दर्शनले प्रस्तुत गर्दछन् , जसले हामीलाई आनै देशी “बाबा नाम केवलम्”को सम्झना गराउ“छन् । उत्तरआधुनिकतावादका एक प्रखर प्रवक्ता इतिहासकार कीथ जेन्कीन्स भन्दछन् “आज हामी उत्तरआधुनिकताको आम स्थितिको अधीनमा बा“चिरहेका छौं । यसमा हाम्रो अभिरुचि वा अरुचिको प्रश्न नै छैन । उत्तरआधुनिकता कुनै विचारधारा वा दृष्टिकोण होइन, जसस“ग सहमत वा असहमत हुनु हाम्रो बशमा हुन्छ, उत्तरआधुनिकता ठीक हाम्रो स्थिति हो, यो हाम्रो नियति हो ।” अब भन्नुस् के बा“की रहन्छ ? सुनिरहनुस् यस अपौरुषेय वाणीलाई । यो उत्तरआधुनिकता हो वा पूर्वआधुनिकता, मध्ययुगीन, अन्धपुरातनता, यो त त्यस्तै कुरो हो जस्तो कुनै बाबा भन्दछ–“ बच्चा सुन, सरस्वतीले नयन उठाएर उसलाई हेरिन् र त्यो गूढ प्राणी एकछिनमै विद्यामा पारङ्गत भयो.....न, न, कुनै तर्क गर्ने होइन ।
यो तिमीले मान्ने–नमान्ने कुरै होइन.....यस्तै भएको थियो” यस्तै उत्तरआधुनिकतालाई मान्ने–नमान्ने हाम्रो वशको कुरो होइन, यो आम स्थिति हो, हाम्रो नियति हो । यिनीहरूस“ग प्रश्न गर्नुस् त कुनचाहि“ उत्तरआधुनिक स्थिति ? कस्तो नियति ? त्यस्तो के भएको छ र हामी उत्तरआधुनिक भएर आनो भोकमरी, गरीबी, बेरोजगारी, सामन्ती, पू“जीवादी, साम्राज्यवादी लुटलाई बिर्सिन पुगौं, त्यसको “इतिहास”लाई बिर्सिऔं, यसको अनुसन्धान नगरौं, यसबाट शक्ति प्राप्त नगरौं । अरू केही नगरी बौद्धिक लम्पटतामा पश्चिमी साम्राज्यवादी विचारकहरू पूर्ण रूपमा डुबिरहून् , हाम्रा निम्ति यो मह“गो रोग हो । तर केचाहि“ अत्यन्त दुःखद छ भने तेस्रो विश्वका देशका केही बुद्धिजीवीहरू पनि यस खेलको हिस्सा बन्न पुगेका छन् । भारत पनि यसको अपवाद छैन ।
हाम्रो देशमा उत्तरआधुनिकताको इतिहासविरोध एवं यथार्थविरोधको भूत केही मानिसहरूको मस्तिष्कमा चढिसकेको छ । यसबाट पुराना “ब्रम्ह सत्यम् जगन्मिथ्या”वादीहरूलाई नया“ कुरो फेला परेको छ । हाम्रो हिन्दी साहित्य विशेष गरी यसको प्रवाहमा फ“स्नै लागेको छ । केही मानिसहरू “यथार्थाेत्तर” एवं “इतिहासभन्दा परको” साहित्य रचना गर्न पनि लागिसकेका छन् । आलोचनामा पनि केही अनौठो कार्य देखिन थालेको छ । तर यसबारेमा चर्चा पछि कुनै समयमा गरौंला । अहिले त हामी भारतमा उत्तरआधुनिकताको मोहपासमा फ“स्तै गरेका वा यसलाई जान्न–बुझ्न नपाएको पीडाबाट ग्रस्त मानिसहरूलाई आना दुई महान् बौद्धिक चिन्तकहरूले उत्तरआधुनिकताका बारेमा गरेका दुईवटा टिप्पणीहरू स्मरण गराउन चाहन्छौं । अन्तर्राष्ट्रीय ख्यातिका इतिहासकार रामशरण शर्मास“ग जब उत्तरआधुनिकताका वारेमा एक अन्तर्वार्तामा प्रश्न गर्दा उनले उत्तर दिएका थिए–“उत्तरआधुनिकता भनेको के म जान्दिन । तपाईं नै भन्नुस् न ।” यसरी नै, भारतीय चिन्तनका शलाका पुरुष रामविलास शर्मास“ग सोध्दा उनले भने– “उत्तरआधुनिकता कुन चीजको नाम हो म जान्दिन ।” यी दुवै विचारकले एकै किसिमको जवाफ दिनु कुनै संयोगको कुरो थिएन, न त यो जानकारीको अभाव नै थियो । उनीहरूको उत्तरले त्यही आलोचनात्मक दृष्टिलाई प्रतिबिम्बित गर्दछन्, जसअन्तर्गत जी.आर.एल्टन उत्तरआधुनिकतालाई “अर्थहीन” भन्दछन् वा एरिक हब्सबाउम एउटा उत्तरआधुनिकतावादी इतिहासको पुस्तकको समीक्षा गर्दै “जड्डलमा उत्तरआधुनिकता” संज्ञाको प्रयोग गर्दछन् । त्यसैले, हाम्रो देशका यी दुई विद्वान्हरूको भनाइको अर्थ के हो भने आनो समयका स्थितिहरूलाई विवेक एवं तर्कका आधारमा बुझ्दै ती स्थितिहरूअनुरूप चिन्तन–लेखन–कर्म गरौं कुनै साम्राज्यवादी षड्यन्त्रअन्तर्गत या“किएका “चिन्तन कणिकाहरू”लाई हतार–हतार बटुल्न व्यर्थ समय नबिताऔं । विडम्बना त के छ भने भारत सहित पूरै विश्वमा आफूलाई माक्र्सवादी भन्ने केही मानिस पनि यसको भ्रमजालमा परेका मात्र छैनन् यसको प्रचार–प्रसारमा पनि लागेका छन् । सत्य के हो भने उत्तरआधुनिकताको एउटा ठूलो भाग व्यर्थको बकवास हो, यसको कुनै अर्थ छैन र यसको कुनै अर्थ ननिक्लनुमा पाठक दोषी छैनन् । दोस्रो जुन भागले अर्थ पनि दिन्छ त्यो पूरै साम्राज्यवादीहरूको हितमा छ । यसरी, ज्ञानको एक शाखाका रूपमा पनि “स्वान्त सुखाय” यसलाई पढ्ने श्रमले अन्ततः कुनै “सुख” दि“दैन, न त यसको प्रभावले हाम्रो युगबोधलाई नै समृद्ध बनाउ“छ । त्यसैले संस्कृति, साहित्य वा इतिहासको दृष्टिले आज पनि हाम्रा लागि डेनियल बेल, ल्योतार, रोला“ बार्थ, मिशेल फुको, देरिदा, फुकुयामा वा स्यामुअल हंटिगटनको अपेक्षा ज्योतिबा फुले, पेरियार, अम्बेडकर, सहजानन्द सरस्वती, भिखारी ठाकुर र जगदीश मास्टर बढी आबश्यक छन् ।
(रामसुजान अमर फ्री लान्सर हुन् । यो लेख हिन्दीमा प्रकाशित हुने साहित्यिक पत्रिका पहलको पूर्णांक ६१,सन् १९९९ को अप्रैल–जून अंकमा छापिएको थियो ।–सम्पादक)

अनुवादक ः निनु चापागाईं

कविता
दुक्ष्ई कविता
– मित्रलाल पंज्ञानी
प्रणाम गोरु ⁄
प्रणाम ए आदरणीय गोरु
लाग्यो सधैं यी दुई हात जोरू“
गर्दैन कामै घिचुवा छ सा“ढे
तिमी म भै बन्ध्य जमीन फोरू“

परिश्रमी शान्त इमानदार
जोती रहन्छौ जग बारबार
हेप्छन् अझै ती अनमत्त सा“ढे
परन्तु तिम्रा गुण छन् हजार

राख्दैन जो कत्ति विवेक तन्तु
तिम्लाई त्यै भन्दछ मूर्ख जन्तु
लाजै नभै खान्छ कमाई तिम्रो
सक्तैन सम्मान दिनै परन्तु
संघर्ष
यो पृथिवीको अधिकार जम्मै
लिएर आफै र फुली अचम्मै
सताउ“दा सज्जनलाई खालि
उठे लडाइहरूका उकाली

क्वै जन्मदै राजकुमार हुन्छन्
कोही दरिद्री घरभित्र रुन्छन्
यो भेद मेटे समभाव डाकी
कुनै लडाइ रह“दैन बा“की

खाए“ म एक्लै त“ न खा भनेर
मान्थ्यो र कल्ले सह“दैन धेर
बा“डेर खाए त विवेक डाकी
कतै लडाइ रह“दैन बा“की ।

सांस्कृतिक चिन्तन
इतिहासको कसीमा सांस्कृतिक क्रान्ति जनवादी गणतन्त्र चीनमा सन् १९६६ देखि १९७६ सम्मको दश वर्षको अवधिभरि चलेको ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’को महŒवलाई विभिन्न राजनैतिक दृष्टिकोणहरूले भिन्न भिन्न तरीकाले मूल्याड्ढन गर्ने गरेका छन् । पश्चिमी मुलुकहरूमा, विशेषतः अमेरिकाको प्राज्ञिक वृत्तमा लोकप्रिय एउटा मतले सांस्कृतिक क्रान्तिलाई चिनिया“ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओ त्सेतुङले नया“ पुस्ताका कार्यकर्ताहरूलाई प्रशिक्षण दिनको निम्ति गरिएको एक “रिहर्सल”को रूपमा हेर्छ । अर्थात् सांस्कृतिक क्रान्ति वास्तविक संघर्ष थिएन, संघर्षको एउटा नाटक मात्र थियो१ । पश्चिमी जगत्मै त्यो भन्दा बढी लोकप्रियता पाएको मतले भने सांस्कृतिक क्रान्तिलाई माओको उत्तराधिकारी बन्नको निम्ति चलेको सत्तासंघर्षको रूपमा हेर्छ– अर्थात् सर्वोच्च शक्ति हत्याउन विभिन्न व्यक्तिहरू पछाडि रहेका विभिन्न गुटहरूको संघर्ष नै सांस्कृतिक क्रान्ति हो । माओको मृत्युपछि क्रमशः शक्तिशाली हु“दै आएको तेङ श्याओ पिङको संशोधनवादी नेतृत्वमा रहेको चिनिया“ कम्युनिष्ट पार्टीको मूल्याड्ढनमा सांस्कृतिक क्रान्तिको अवधिलाई चीनको इतिहासका दश अ“ध्यारा र विध्वंशपूर्ण वर्षको संज्ञा दिइएको छ । यस्ताहरूको शब्दमा यो दश वर्षको लामो विनाशकारी अवधि “राज्य र जनताले जनगणतन्त्र चीन स्थापना भएयता बेहोर्नुपरेको गम्भीरतम क्षति र अधोगतिको लागि जिम्मेवार छ ।”२
साम्यवादका विरोधीहरूले सांस्कृतिक क्रान्तिका क्रममा भएका हिंसा, यातना र शक्तिको दुरुपयोगलाई स्टालिनकालीन रुसका अतिवादी क्रियाकलापहरूस“ग पनि तुलना गर्दै साम्यवादी चिन्तनभित्र यस्तो हिंसात्मक प्रवृत्ति र सत्तासंघर्षको अनिवार्यता रहने तर्क औंल्याएका छन् । उनीहरूका निम्ति “वर्गसंघर्ष” र “सर्वहारावर्गको अधिनायकत्व” जस्ता शब्दहरू त्यस हिंसात्मक प्रवृत्ति र सत्तासंघर्षका परिचायक बनेका छन् । तर विश्वभरि नै क्रान्तिका जटिल कार्यभार सम्पन्न गर्न नया“ नया“ चुनौतीहरूको सामना गरिरहेका क्रान्तिकारी शक्तिहरूले भने सांस्कृतिक क्रान्तिप्रति सकारात्मक दृष्टिकोण मात्र होइन, त्यसको अनुभवको साम्यवादी चिन्तन र व्यवहारमा नया“ र उच्च आयाम थपेको दाबी गर्दछन् । चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिका अनेकन गल्ती–कमजोरीहरूको आलोचना गरे पनि त्यसको उद्देश्य र प्राप्तिले क्रान्तिमार्गलाई प्रशस्त गरेको कुरामा उनीहरू विश्वस्त छन् । सांस्कृतिक क्रान्तिप्रतिको उनीहरूको यो दृष्टिकोण तेङ समूहको संशोधनवादी मूल्याड्ढन र साम्यवादविरोधी पश्चिमेली राजनीतिशास्त्रका विद्वान्हरूका मतहरूभन्दा नितान्त भिन्न छ । उनीहरू विश्वप्रसिद्ध समाजशास्त्री विलियम हिन्टनको मूल्याड्ढनस“ग सहमत देखिन्छन्, जसले सन् १९७२ मै के घोषणा गरेका थिए भने “चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति संभवतः बीसौं शताब्दीको उत्तरार्धको सबैभन्दा महŒवपूर्ण राजनैतिक विकास हो ।”३
निःसन्देह, सांस्कृतिक क्रान्तिको आदर्शलाई व्यवहारमा प्रयोग गर्ने क्रममा थुप्रै विसंगतिहरूले जन्म लिएका छन् । तिनै विसंगतिहरूको अत्यधिक प्रचार गरेर सांस्कृतिक क्रान्तिको आत्मालाई नै मार्ने प्रयत्न चीन र विश्वभरिकै क्रान्तिविरोधी शक्तिहरूले नगरेका होइनन् । र, त्यो प्रयत्न अहिले सांस्कृतिक क्रान्ति सुरु भएको छत्तीस वर्षपछि पनि जारी छ । त्यस्ता प्रचार र प्रहारबाट सांस्कृतिक क्रान्तिको रक्षा गर्दै त्यसका मूलभूत शिक्षाहरूलाई आनो देशको वस्तुगत स्थितिमा सिर्जनात्मक रूपले लागू गर्न चाहनेहरूको निम्ति सांस्कृतिक क्रान्तिको सारलाई पक्रनु र भएका कमी–कमजोरीहरूलाई ठम्याउनु एउटा अपरिहार्य आवश्यकता हो । यो लेख त्यसै उद्देश्यले अभिप्रेरित छ । लेखको पहिलो भागले सांस्कृतिक क्रान्तिको सारलाई पक्रने कोशिस गर्नेछ र दोस्रो भागले यसका कमी–कमजोरीको विश्लेषण गर्नेछ ।
क्रान्तिको उद्देश्य ः समाजवादी दृष्टिकोण
तेङको नेतृत्वमा रहेको चिनिया“ कम्युनिष्ट पार्टीले चिनिया“ इतिहासकै दश अ“ध्यारा र विनाशकारी वर्षहरू भनेको सांस्कृतिक क्रान्तिको मूल उद्देश्य के थियो ? यसको उत्तर निश्चय नै तेङमण्डलीले तयार गरेका दस्तावेजहरूबाट उपलब्ध हुन सक्तैन । त्यसका लागि हामीले माओको नेतृत्वमा रहेको चिनिया“ कम्युनिष्ट पार्टीका ती दस्तावेजहरू हेर्नुपर्ने हुन्छ, जुन सांस्कृतिक क्रान्ति सुरु गर्ने बेलामा तयार गरिएका थिए । ती दस्तावेजहरूको सार के हो भने “सांस्कृतिक क्रान्ति चिनिया“ जनताको आत्मालाई स्पर्श गर्ने एउटा महान् क्रान्ति हुनेछ ... जसले चीनको भविष्यलाई प्रभावित पार्नेछ र चिनिया“ जनताको प्रकृतिलाई नै परिवर्तित गर्नेछ ।”४
चिनिया“ जनताको आत्मालाई छोएर, उनीहरूको प्रवृत्तिलाई नै परिवर्तन गर्दै चीनको भविष्यलाई नया“ रूप दिने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकता वर्गसंघर्षले नया“ उचाइ र रूप लिएपछि भएको थियो । यसअघि माक्र्सवादी चिन्तनले भौतिक क्रान्तिको साथसाथै सांस्कृतिक क्रान्तिको आवश्यकता र महŒवलाई स्वीकारेको त थियो तर यो कुनै एक विशेष कालखण्डमा प्राथमिक महŒवको विषय हुन सक्छ भन्ने प्रष्टता थिएन । समाजवादमा संक्रमणका चुनौतीहरूले, त्यसभित्र चलिरहेका तीब्र द्वन्द्व र अन्तरसंघर्षहरूले र तिनको हल खोज्ने प्रयत्नले सांस्कृतिक क्रान्तिको अनिवार्यतालाई स्थापित गरिदिएको हो ।
सन् १९४९ मा चिनिया“ जनताहरू नौलो जनवादी क्रान्तिद्वारा जनवादी गणतन्त्र चीनको स्थापना गरेपछि पहिले जनवादी कार्यक्रमहरू सम्पन्न गर्दै समाजवादी संक्रमणको दिशातर्फ अघि बढेका थिए । क्रान्ति सम्पन्न भएको एक वर्षभित्रै नया“ चीनले १९५० मा कृषि सुधार ऐन ल्यायो, जसअनुसार जमिन्दारहरूको अतिरिक्त जमिनहरूको वितरण, जोत्नेको पोत जस्ता जनवादी कार्यक्रमहरूद्वारा भूमिमा रहेको दुई हजार वर्ष पुरानो सामन्ती सम्बन्धलाई ध्वस्त पारियो । र, त्यसपछि पारस्परिक सहयोग ९mगतगब िबष्म०, सहकारी आन्दोलन ९अय(यउभचबतष्खभ mयखझभलत० हु“दै उत्पादनको साधनमाथि रहेको निजी स्वामित्वलाई समाजवादी रूपान्तरण गर्ने कार्य पनि प्रायः चीनभरि नै सन् १९५६ सम्ममा पूरा भैसकेको थियो ।
उद्योग–वाणिज्यको क्षेत्रमा त्यसरी नै राज्यको निर्देशनमा पहिले निजी आर्थिक व्यवस्थालाई विकास गर्न दिइयो । राज्यले निजी क्षेत्रलाई कच्चा पदार्थ उपलब्ध गराउने र तिनको उत्पादनलाई बजारको व्यवस्था गरिदिने कार्य ग¥यो । बैंकहरू र ठूला नोकरशाही पू“जीपतिहरूको मातहतमा रहेका उद्योगहरूलाई मात्र प्रारम्भिक चरणमा राष्ट्रियकरण गरिएको थियो । त्यसपछि समाजवादतर्फ अघि बढ्न उद्योग –वाणिज्यको क्षेत्रमा राज्यको भूमिकालँई बढाउन थालियो । अब राज्यले निजी क्षेत्रका उत्पादनहरूको खरिद गर्ने तथा बिक्री–वितरण गरिदिने भयो । उनीहरूलाई उत्पादन गर्नको लागि काम दिने भयो र राज्य र निजी स्वामित्वको संयुक्त लगानीमा कतिपय उद्योगहरू सञ्चालन गर्ने निर्णय पनि ग¥यो ।
यसरी कृषि र उद्योग–वाणिज्यको क्षेत्रमा समाजवादी संक्रमणतर्फ अघि बढिरहेको चीनले १९५८ मा देशव्यापी जनकम्युनहरूको स्थापना गर्ने अभियान चलाएर एउटा ठूलो फड्को मा¥यो । कम्युनले सहकारीभन्दा उन्नत स्तरको आर्थिक, राजनैतिक, प्रशासनिक एकाईको रूपमा विकास गरेको थियो जसमा थुप्रै सहकारीहरू सम्मिलित भएका थिए । अब कम्युनले स्थानीय स्तरमा कृषिको साथसाथै कृषिमा आधारित साना–मझौला उद्योगहरू पनि सञ्चालन गर्न सक्ने भयो, जसमा कृषि औजार कारखाना, जलविद्युत् आयोजना, कृषि मल उत्पादन आदिजस्ता उपयोगी उद्योगहरू थिए । कम्युन राज्यको विकेन्द्रीकरणको एउटा नमूना नै बनेको थियो जहा“ एकीकृत व्यवस्थापन अन्तर्गत उद्योग, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, सुरक्षा जस्ता क्षेत्रहरू सञ्चालन गरिएका थिए । जनकम्युनमार्फत् चलाइएको सामाजिक, आर्थिक परिवर्तनको अभियानलाई चीनमा “महान् अग्रगामी फड्को” ९नचभबत भिबउ ायचधबचम० भनिएको थियो । र, यो अभियानमा निजी क्षेत्रको भूमिका शून्यप्रायः हु“दै गएको थियो ।
तर यी सबै परिवर्तनहरू विचारधारात्मक र राजनैतिक क्षेत्रमा चलिरहेको कठोर वर्गसंघर्षपछि मात्र संभव हुन सकेको थियो । चीनभित्र राष्ट्रिय र निम्नपू“जीपतिहरूलाई समाजवादको पक्षमा ल्याउन सर्वप्रथम उनीहरूभित्र रहेको बुर्जुवा प्रतिक्रियावादी विचारहरूस“ग अर्थात् मुनाफामुखी व्यक्तिवादी चिन्तनस“ग संघर्ष गर्नु आवश्यक थियो । त्यो संघर्ष चलाउ“दै उनीहरूको विचारलाई परिमार्जन गर्ने दायित्व चिनिया“ कम्युनिष्ट पार्टीमाथि आइपरेको थियो । अर्कोतिर अन्तर्राष्ट्रिय बुर्जुवाहरू र सोभियत संघका नवसंशोधनवादीहरूको बाह्य परिवेशमार्फत् चीनमा पुराना र नया“ बुर्जुवा विचार, मूल्य–मान्यताको संक्रमण भई नै रहेको थियो । यी चुनौतीहरूका बीच चीनले समाजवादतर्फ कसरी अघि बढ्ने भन्ने सवालमा चिनिया“ कम्युनिष्ट पार्टीभित्र मुख्यतः दुई भिन्न मत टकराइरहेका थिए । एउटा मतको प्रतिनिधित्व लिउ शाओ ची जस्ता शीर्षस्थ नेताहरूले गरेका थिए भने अर्को मतको प्रतिनिधित्व स्वयं माओले नै गरेका थिए ।
माओले नेतृत्व गरेको मत ती वैचारिक संघर्षहरूमा विजयी भएको हुनाले नै चीन सहकारी आन्दोलन र “महान् अग्रगामी फड्को” हु“दै समाजवादको दिशातर्फ अघि बढेको थियो । ‘जोत्नेको पोत’ र अन्य जनवादी कार्यक्रम लागू गर्दा माओ र लिउबीच रहेको सहमति समाजवादी प्रणालीतर्फ उठाइएको पहिलो पाइलो पारस्परिक सहयोगदेखि नै फाट्न थालेको थियो । सहकारी र जनकम्युनतर्फ बढ्ने माओको नीतिलाई विरोध गर्दै उनले निजीकरण, मुनाफा र पारिवारिक जिम्मेवारीको महŒवलाई प्राथमिकता दिएका थिए । उनले प्रतिनिधित्व गरेको मतमा नौलो जनवादी व्यवस्थाले एउटा लामो समय ओगट्छ, त्यो अवधि मिश्रित अर्थव्यवस्थाको अवधि हो, त्यसैले निजी स्वामित्वलाई एउटा लामो अवधिसम्म मान्यता दिनुपर्ने हुन्छ र समाजवादतिर सावधानीपूर्वक, क्रमशः मात्रै कदम उठाइनुपर्छ भन्ने थियो । “महान् अग्रगामी फड्को” र कम्युनहरूको स्थापनाको सम्बन्धमा त यी दुई लाइनबीचको संघर्षले निकै चर्को रूप लिएको थियो । त्यसतर्फ इड्डित गर्दै बर्खेट र एले भन्छन् ः
“माओको चीनले भविष्यतर्फ मारेका सबै फड्कोहरूमध्ये १९५८ मा जनकम्युनहरूको स्थापना एउटा अति निर्णायक, अति विवादित, चीनभित्र दुई लाइनको संघर्षलाई उद्घाटित गर्ने अति दृढ प्रतिज्ञ र अन्तर्राष्ट्रिय क्षेत्रमा समाजवादी खेमाभित्र चीनको स्थानलाई धु्रवीकरण गर्ने छलाड्ड थियो ।”५
सम्पूर्ण चीनमा जनकम्युन स्थापनाको महान् अग्रगामी फड्को मार्ने नीतिको विरोधमा लिउ शाओ चीस“गै चिनिया“ क्रान्तिका अर्का प्रभावशाली व्यक्तित्व र तत्कालीन रक्षामन्त्री मार्शल पेङ ते हुई पनि उभिएका थिए । उनीहरूको विचारमा महान् फड्को, कम्युन आदि सबै मानवशक्ति र स्रोतको दुरुपयोग मात्र थियो, निम्नपू“जीवादी उन्माद मात्र थियो । उता सोभियत रुसबाट खु्रश्चेभले पनि उक्त नीतिको विरोधमा त्यस्तै शब्दावली प्रयोग गरिरहेका थिए । सन् १९५९ मा भएको लुशान सम्मेलनमा पेङ ते हुईहरूको पराजय भएपछि चीन जनकम्युनकै बाटोमा अघि बढ्यो । पछि “महान् फड्को” अवधिका उपलब्धि र कमजोरीहरूको प्रकाशमा समाजवादमा संक्रमणको गतिलाई अलि मन्द पारियो, सो अनुरूप नीतिहरूलाई अलि मत्थर पारियो । “महान् फड्को”का आलोचकहरूको मतस“ग केही सम्झौता गर्ने प्रयत्नस्वरूप यी परिवर्तनहरू देखापरेका थिए ।
यसरी केही सम्झौता र केही तालमेलका बाड्डाटिड्डा बाटाहरू पार गर्दै समाजवादको दिशातर्फ अघि बढिरहेको चीनले सन् १९६० को पूर्वार्धमा नया“ र गहिरा प्रश्नहरूको सामना गर्नुप¥यो । चीनभित्र रहेका राष्ट्रिय पू“जीपति र निम्नपू“जीपतिवर्गहरूलाई समाजवादतर्फ कसरी उन्मुख गराउने, उनीहरूको वर्गचरित्रलाई कसरी रूपान्तरण गर्ने भन्ने चुनौती त पहिलेदेखि नै थियो । त्यो भन्दा पनि गम्भीर प्रश्नको रूपमा समाजवादी देशहरूभित्र आम जनता र स्वयं कम्युनिष्ट पार्टीहरूभित्रबाट बुर्जुवा चिन्तन, मूल्य र मान्यताको उदय हुनसक्ने संभावना देखाप¥यो । समाजवादी देशहरूमा पनि नया“ बुर्जुवावर्गको उदय हुन सक्छ र उनीहरूले सत्ता कब्जा गरेर समाजवादलाई भित्रैबाट खोक्रो बनाइदिन सक्छन् भन्ने कुराको उदाहरण सोभियत रुस र अन्य पूर्वीय यूरोपेली देशहरूले प्रस्तुत गरेका थिए । समाजवादी कित्ताभित्र, कम्युनिष्ट पार्टीभित्र नवबुर्जुवाहरूको पुनर्उदय हुनुबाट सोभियत रुस र अन्य समाजवादी देशले आफूलाई जोगाउन सकेनन् । समाजवादी क्रान्तिहरूले एक हदसम्म आर्थिक आधारहरूलाई रूपान्तरण गर्नमा सफलता प्राप्त गरे तापनि बुर्जुवाहरूको पुनरुदयका समस्यालाई हल गर्न उनीहरू असफल भए । जनताको चेतना आंंिशक रूपले मात्र मोडिएको र समाजको अधिरचना आंशिक रूपले मात्र बदलिएको अवस्थामा समाजवादी भनिएको आर्थिक संरचना यथार्थमा नोकरशाही राज्य पू“जीवादको रूपमा परिवर्तन हु“दै गयो । राज्यका पदहरूमा बसेकाहरूबाटै नया“ बुर्जुवाहरू जन्मिन थाले । तिनीहरूले नै सत्ता हत्याउन पुगेपछि बिना कुनै रक्तपात राज्यसत्ताबाट श्रमिक वर्गको शक्ति अपदस्थ हुन पुग्यो । साठ्ठीको दशकमा रुस र पूर्वी यूरोपेली देशहरू यो स्थितिमा पुगिसकेका थिए भने चीन र अन्य समाजवादी मुलुकहरूले यसप्रकारका गम्भीर चुनौतीहरूको सामना गरिरहेका थिए ।
समाजवादी रुसको अनुभवबाट पाठ सिकेर चीनले आनो आर्थिक आधारलाई भिन्न र उन्नत प्रकारले समाजवादी लक्ष्यतर्फ मोड्न सफल भएको थियो । तर अधिरचनालाई पनि त्यसरी नै समाजवादतर्फ मोड्न भने सफल भैरहेको थिएन । आर्थिक आधारमा परिवर्तन आउनासाथ राजनीति, संस्कृति, शिक्षा जस्ता अधिरचनामा स्वतः परिवर्तन आइहाल्छ भन्ने यान्त्रिक सोचाइ चीन र विश्वको अनुभवले गलत सावित गरिरहेको थियो । शोषकवर्गलाई राजनैतिक रूपले सत्ताच्यूत गरिसकेपछि पनि र आर्थिक संरचनालाई समाजवादी दिशातर्फ मोडे तापनि शोषकवर्गका पुराना विचार, संस्कृति, परम्परा, चालचलन र आदतले आम जनसमुदायको मनोमस्तिष्कलाई भ्रष्ट बनाउने, दिग्भ्रमित पार्ने र तिनमाथि अधिकार जमाई तिनीहरूभित्रैबाट बुर्जुवा विचार, मूल्य र मान्यताहरू उत्पन्न हुनसक्ने रहेछन् । त्यसैले आम जनसमुदायलाई बुर्जुवावर्गको त्यस संक्रामक प्रभावबाट कसरी जोगाउने र नया“ बुर्जुवाहरूबाट समाजवादी सत्ताको कसरी रक्षा गर्ने भन्ने प्रश्न चीनको लागि अहम् महŒवको प्रश्न भएको थियो । त्यस अभिभारामाथिको थप कठिनाइ के थियो भने रुस र पूर्वी यूरोपमा झैं बुर्जुवा पुनस्र्थापनाको निम्ति नेतृत्वदायी भूमिका खेल्ने व्यक्तिहरू कम्युनिष्ट पार्टीहरूबाटै निस्किरहेका थिए । समाजवादको आवरणभित्र बुर्जुवाकरणलाई सजिलो बनाइदिन माक्र्सवादका मूल प्रस्थापनाहरूलाई संशोधन गर्ने यी आधुनिक संशोधनवादीहरूले समाजवादी सत्ताको अन्तर्यलाई परिवर्तन गरी बुर्जुवा–सत्ता प्रत्यारोपण गरिरहेका थिए । रुसमा खु्रश्चोभहरूको त्यही भूमिका रहेको थियो र बाहिर समाजवाद र साम्यवादको कुरा गर्दागर्र्दै पनि रुस भित्री रूपमा एक नोकरशाही राज्य पू“जीवादमा परिणत भैसकेको थियो ।
चीनमा सांस्कृतिक क्रान्तिको विष्फोट चीनको परिणति पनि रुसको झैं नहोस् र समाजवादको बाटोमा चीन निरन्तर अघि बढ्न सकोस् भन्ने उद्देश्यले भएको थियो । र, संघर्षको मुख्य थलो विचारधारात्मक क्षेत्र भएको थियो । माओको नेतृत्वमा चिनिया“ कम्युनिष्ट पार्टीले औंल्यायो ः यदि बुर्जुवावर्गका पुराना विचार, संस्कृति, परम्परा, चालचलन, आनीबानीले जनताको मनोमस्तिष्कमा कुप्रभाव पारिरहन सक्छ भने सर्वहारावर्गले त्यसको ठीक विपरीत कार्यबाट त्यसको सामना गर्नुपर्नेछ । त्यसै अनुरूप सांस्कृतिक क्रान्तिको महŒवपूर्ण दस्तावेज “सोह्र बु“दे निर्णय”ले के प्रष्ट उल्लेख ग¥यो भने “यसले (सर्वहारावर्गले– ले.) विचारधारात्मक क्षेत्रमा बुर्जुवाहरूका प्रत्येक चुनौतीहरूलाई डटेर सामना गर्नुपर्नेछ र सर्वहारावर्गको नया“ विचार, चालचलन र बानीबेहोराको प्रयोगद्वारा सम्पूर्ण समाजको मानसिक दृष्टिकोणलाई बदलिदिनुपर्नेछ ।”६
बुर्जुवा पथिकहरू विरुद्ध संघर्ष
सिद्धान्ततः समाजवाद भनेको पू“जीवादलाई फालेपछि साम्यवादतर्फ समाजविकासको मार्गलाई प्रशस्त गर्ने एक संक्रमणकालीन अवधि हो । अर्थात् समाजवादले एउटा त्यस्तो समाजनिर्माणको लागि भूमिका खेल्छ, जुन समाज मानव मानवबीच समानता र मातृत्वको जगमा उभिएको हुन्छ, जहा“ प्रत्येकले आनो आवश्यकताअनुसार सामाजिक उत्पादनको एक अंश उपभोग गर्छन् जहा“ मानवद्वारा मानवको शोषण र मानवहरूको वर्गमा विभाजित हुने स्थिति विलोप हुन्छ र त्यसको साथै राज्यको अस्तित्व पनि हराएर जान्छ ।७
तर यो संक्रमणकालीन अवधि विभिन्न अन्तर्विरोध र असमानताले जेलिएको हुनसक्ने रहेछ, यहा“ पनि पुराना वर्गका अवशेषहरूले निरन्तरता पाइरहन सक्ने रहेछन् र तिनले नया“ पिंढीको चेतना, मूल्य र मान्यतालाई प्रभावित पारिरहने रहेछन् । हजारौं वर्ष पुरानो वर्गीय समाजले हुर्काएको व्यक्तिवादी मानसिकता, पू“जीवादी सोच र प्रवृत्तिको लागि मलिलो जमिन बन्न सक्ने रहेछ । मानव सुख र समृद्धिलाई सामूहिक प्रयत्न र सन्तुष्टि हैन व्यक्तिगत प्रयत्न र सन्तुष्टिको रूपमा बुझ्ने संकीर्ण व्यक्तिकेन्द्रित सोचबाट समाजलाई मुक्त नगरेसम्म पू“जीवादको पुनस्र्थापनाको खतरा रहने भएको हुनाले सांस्कृतिक क्रान्तिको आवश्यकता पर्न गएको थियो । सांस्कृतिक क्रान्तिको अभीष्ट व्यक्तिवादी सोचबाट मुक्त त्यस्ता नया“ समाजवादी मान्छेहरू हुर्कने वातावरण बनाइदिनु थियो जसले सामूहिक जीवनको महŒवलाई अंगीकार गर्न सक्थे र व्यक्तिगत स्वार्थलाई सामाजिक स्वार्थस“ग एकरूप गर्न सक्थे । अर्को शब्दमा सांस्कृतिक क्रान्ति, व्यक्तिगत स्वार्थले उत्पन्न गर्ने मूल्य र मान्यताविरुद्धको संघर्ष थियो र त्यसका प्रवक्ता भएर देखापरेका बौद्धिक, प्राज्ञिक व्यक्तित्वको विरुद्धको संघर्ष थियो ।
मानवसमाजको विकासक्रममा व्यक्तिगत सम्पत्तिको उदय भएपछि दासयुग, सामन्तीयुग आदि विभिन्न सामाजिक–आर्थिक संरचनाहरूमार्फत् हुर्कंदै गएको व्यक्तिवाद पू“जीवादी युगमा चरम उत्कर्षमा पुगेको थियो । आर्थिक आधारलाई परिवर्तन नगरी व्यक्तिवादी मानसिकतालाई परिवर्तन गर्न सकिंदैन थियो । तर आर्थिक आधारलाई परिवर्तन गरेपछि पनि व्यक्तिवादी मानसिकताद्वारा निर्मित सांस्कृतिक अधिरचना आफैं परिवर्तन नहुने रहेछ, सामाजिक–आर्थिक आधारबाट उत्पन्न भएको सो सांस्कृतिक अधिरचना आफैंमा एउटा भौतिक शक्ति बन्नेरहेछ र त्यस अधिरचनालाई नै पूर्ण रूपले परिवर्तन नगरेको खण्डमा त्यसले आर्थिक आधारलाई समाजवाद र साम्यवादतर्फ पूर्ण रूपले रूपान्तरण गर्दै जाने प्रक्रियामा पनि अवरोध खडा गर्दो रहेछ । यहा“सम्म कि पू“जीवादबाट साम्यवादतर्फ लैजान अहम् भूमिका खेल्ने समाजवादी राज्य नै नया“ बुर्जुवाहरू उत्पन्न गर्ने कारखाना बन्न सक्ने रहेछ । राज्य यदि जनताको नियन्त्रणमा भएन भने सत्तामा रहेका व्यक्तिहरूले आनो पदको दुरुपयोग गर्नसक्ने रहेछन् । जनताको श्रम र राष्ट्रको उत्पादन निजी स्वार्थमा प्रयोग गर्दै उनीहरूले आनो निम्ति सुविधाको जालो निर्माण गर्नसक्ने रहेछन् । जनताको श्रम चोरेर सुविधा लुट्न पल्कने तर “कामअनुसारको माम” भन्ने समाजवादी सिद्धान्त आफूमाथि चाहि“ लागू नहुने बनाउन सक्ने रहेछन् । यसरी न्यायपूर्ण शासनप्रणालीको अभिभारा बोकेको राज्य आफैं सत्तामा बसेका सुविधाभोगी, नोकरशाह शासक र सत्ताविहीन शासित जनताको खाल्डो खन्ने काममा प्रयोग हुनसक्ने रहेछ । यस्ता नोकरशाह शासकहरूबाटै नया“ बुुर्जुवाका नेतृत्वदायी व्यक्तिहरू उदाउने रहेछन् र राज्यको स्रोतमा तिनीहरूले आनो एकाधिकार स्थापित गर्न सक्ने रहेछन् त्यस्ता व्यक्तिहरू सांस्कृतिक क्रान्तिका क्रममा र पछि पनि “बुर्जुवा पथिक” ९अबउष्तबष्कित चयबमभचक० का नामले चिनिए ।
सत्तामा रहेका यी सुविधाभोगी नोकरशाहहरूको कब्जाबाट राज्यलाई मुक्त गरी जनताको प्रत्यक्ष नियन्त्रणमा ल्याउनु सांस्कृतिक क्रान्तिको अर्को उद्देश्य थियो । त्यसैले यो एउटा राजनैतिक क्रान्ति पनि थियो । सांस्कृतिक क्रान्तिको यही राजनैतिक उद्देश्यमाथि प्रकाश पार्दै “सोह्र बु“दे निर्णय”ले घोषणा गरेको थियो ः
“अहिले हाम्रो उद्देश्य सत्तामा रहेका ती व्यक्तिहरू विरुद्ध संघर्ष गर्नु र तिनीहरूलाई अपदस्थ गर्नु हो जसले पू“जीवादी बाटो अनुसरण गरिरहेका छन्, प्रतिक्रियावादी बुर्जुवा विशेषज्ञ र सबै शोषकवर्गको विचारधारालाई आलोचना गर्नु र खण्डन गर्नु हो र शिक्षा, कला र अधिरचनाका अन्य सबै अड्डहरू जुन समाजवादी आर्थिक आधारस“ग तालमेल राख्दैनन्, तिनलाई रूपान्तरण गर्नु हो ताकि समाजवादी व्यवस्थालाई सुदृढ र विकसित गर्न सकियोस् ।”८

क्रमशः
पाद टिप्पणी
१. ज्ष्लतयल।ध, ज्ञढठद्द। त्गचलष्लन उयष्लत ष्ल ऋजष्लब स् बल भककबथ यल तजभ
ऋगतिगचब िच्भखयगितष्यल, ल्भधथयचप स् ःयलतजथि च्भखष्भध एचभकक।
२. ःभष्कलभच ः।, ज्ञढडट। ःबयुक ऋजष्लब बलम बतभच स् ब् ज्ष्कतयचथ या उभयउभिुक च्भउगदष्अि। ल्भध थ्यचप स् त्जभ ँचभभ एचभकक।
३. ज्ष्लतयल, ध्। ज्ञढठद्द। पूर्ववत् ।
४. ऋऋए। ज्ञढटठ, म्यअगmभलत या तजभ न्चभबत उचयभितबचष्बल अगतिगचब ि
च्भखयगितष्यल ज्यलनपयलन स् इलष्यल च्भकभबचअज क्ष्लकतष्तगतभ।
५. द्यगचअजभतत ध्। ब्ििभथ च्।, ज्ञढठट। ऋजष्लब तजभ त्तगबष्तिथ या षिभ ःबचथबिलम स् एभलनगष्ल द्यययपक ीष्mष्तभम।
६. ऋऋए। ज्ञढटठ। म्यअगmभलत या तजभ नचभबत उचयभितबचष्बल अगतिगचब ि
चभखयगितष्यल। पूर्ववत् ।
७. ऋएक्ष् ९ःी०, ज्ञढडद्द। क्ष्ल म्भाभलअभ या ऋयmचबमभ ःबय बलम ःबय श्भ मयलन तजयनजत। ज्थमभचबदबम स् ऋएक्ष् ९m(०ि एगदष्अिबतष्यल।
८. म्बगदष्भच व्।, ज्ञढढद्ध। ब् ज्ष्कतयचथ या तजभ ऋजष्लभकभ ऋगतिगचब िच्भखयगितष्यल ग्क्ब् स् च्बलमयm ज्यगकभ क्ष्लअ।
९. ऋऋए। ज्ञढटठ, म्यअगmभलत या तजभ नचभबत उचयभितबचष्बल अगतिगचब ि
चभखयगितष्यल, पूर्ववत् ।

कृष्ण सेन
– अमर गिरी
कृष्णसेन
हिरासतमा
रक्षकहरूका बीच
रक्षकहरूबाटै
मारियो
मध्यरातमा
र होशियारीपूर्वक
आर्यघाटमा
गरियो उसको दाह–संस्कार ।

निरंकुश सत्ताको
असंख्य छिद्रहरूमध्ये
कुनै एकबाट
उसको मृत्युको समाचार
पुग्यो अखबारको कार्यालयसम्म
अखबारले दुःखका साथ
छाप्यो उसको समाचार
र कुनै बेला आफैं समाचार
लेख्ने पत्रकार
आफैं बन्यो समाचार अखबारको
कुनै बेला आफैं कविता लेख्ने
एउटा कवि
आफैं बन्यो शीर्षक कविताको

धेरै दिनपछि
एउटा आयोग बनायो नागरिक सरकारले
उसको मृत्यु छानवीन गर्न
र निर्लज्जतापूर्वक घोषणा ग¥यो
उसलाई पक्राउ नै गरिएको छैन
र पटाक्षेप गर्न खोज्यो
क्रूरताको अध्यायलाई
त्यसैगरी ठीक त्यसैगरी
जसरी
एउटा अपराधी
निर्दोष सावित गर्न
प्रयास गर्छ आफूलाई
लुकाएर सबै अपराधहरू ।

निबन्ध
आषाढस्य प्रथम दिवसे
– रुद्र खरेल
आज असारको पहिलो दिन । असारले श्रम, प्रेम र बैंसलाई एकैसाथ जनाउ“छ । अझ भन्ने हो भने असार भन्नासाथ हाम्रो स्मृतिमा सुन्दर गाउ“ र त्यसमा रमाएका जा“गरिला किसानहरूको जीवनको चित्र कोरिन्छ । भूपीले असारलाई दूर लाहुरबाट छोटो विदा लिएर बादललाई गुन्टा बोकाएर घर फर्केको लाहुरेस“ग दा“जे । असार महिनालाई नै कालिदासले ‘मेघदूत’ काव्यका लागि रोजे । ‘मेघदूत’ले त असारलाई बैशाखलाई भन्दा पनि माथि पु¥यायो । संस्कृत काव्यमा डुब्नेहरूको जिब्रामै कालिदासको “आषाढस्य प्रथम दिवसे ...” भन्ने पदावली झुन्डियो ।
आज म पनि ‘मेघदूत’ काव्यलाई सम्झ“दैछु, अलिक बेग्लै किसिमले । ‘मेघदूत’मा त यक्षलाई सराप लाग्यो, शिवपूजनका लागि कुबेरलाई फूल नलगिदिनाले । नया“ दुलहीलाई ग्वाम्लाड्ड अ“गालो हाल्न पल्केको यक्षले आफूलाई पस्केको कर्तव्य नै बिर्सिदियो रे ⁄ त्यति जाबो गल्तीका लागि एकेक बर्खसम्म यक्षलाई निर्वासित गर्नु कुबेरको हदैसम्मको स्वेच्छाचारिता हो । तर बिचरा यक्षले कसको इजलासमा कुबेरको विरुद्धमा मुद्दा हालोस् ⁄ झन्डै झन्डै म पनि त्यसरी नै बा“चिरहेको छु आज– संकटकाल, आतङ्क, हत्या, हिंसा र अधिकारहीनताको सराप बोकेर । यसैले मलाई पनि आज मेघस“ग एउटा प्रस्ताव राख्न मन लाग्यो, यद्यपि यो प्रस्ताव यक्षको जस्तो प्रेम, वियोग, कामुकता र आवेगपूर्ण छैन । म पनि मेघ अर्थात् बादलस“ग संवाद जोर्न चाहन्छु ।
हो, म आज एक प्रकारले आनै कोठामा कैद छु । संकटकालमाथि कर्यु खाब्जे परेको छ । कहा“ तिमी नीलो आकाशमा आफूखुशी घुम्ने मेघ, कहा“ म कोपरामा पिसाब फेर्ने नेपाली मनुवा ⁄ मलाई त हरेक भोलिको उज्यालो देख्न पाउ“छु कि पाउ“दिन भन्ने चिन्ता छ । हे मेघ, बा“च्नुको मुखेन्जी प्रेम, यौन, बैंस र वसन्त केही होइन रहेछ । खोइ, यसचोटि कसैले धाराप्रवाह असारे गीत गाएको ? मसानघाट भन्दा पनि शून्य गाउ“हरूमा कसले गाओस् दोहोरी गीत ? तन्नेरीहरू बिनाको जन्तीको लस्कर देख्दा छातीमा भक्कानो छुट्छ । माथि आकाशमा हतियार बोकेर हेलिकेप्टर उडिरहेछ, तल धरतीमा कोही मूर्ख बिहा गरिरहेछ । कोही नवविवाहिता पत्नीलाई अ“गालामा बा“धिरहेछ । तैपनि, च्या“हार ... च्या“हार गर्दै धरतीमा शिशुहरूले खुट्टा टेकिरहेका छन् । एकातिर च्या“हार ... च्या“हार अर्कातिर गोलाबारुद र मेसिनगनको भीषण गर्जन ⁄ आज नेपालमा के मात्र भैरहेको छैन ? तिमी आफैं घुमेर हेर, सा“च्चि नै यस देशमा के भैरहेको छ ?
हे मेघ, तिमी बंगालको खाडी हु“दै सबैभन्दा पहिला का“करभिट्टामा आऊ । छातीमा घरबुना पेटानी लाएर धुलाबारीमा धान रोपिरहेका मेचे र धिमाल युवतीलाई देखेर बैंसको आशक्तिले तिमी नडोरिनू् । बरु, खुदुनाबारी गएर भुटानी शरणार्थीका रु“दा–रु“दा थाकेका आ“खामा शीतल वर्षाका थोपा भएर फट्याक–फुटुक टप्कनू । भ्याउ“छौ भने सुखानीमा गएर सहिदहरूलाई आ“सुको श्रद्धाञ्जली चढाउनू । त्यतैबाट इलामको माइपोखरी छिन्तापु, गुरा“से भन्ज्याङ, जौबारी, लामिधुरा, पुवा मझुवा हु“दै उत्तरतर्फ लाग्नू् । यी गाउ“हरूमा बत्तीस थरीका गुरा“सका बोटहरू पाइन्छन् । गुरा“स फुलेको बेला यी गाउ“लाई हेरेर कसैले आफैंलाई सोध्न सक्छ– ‘म बिउ“झै छु कि एउटा मीठो सपनामा सौन्दर्यको झरनामा उन्मादका साथ नुहाइरहेको छु ।’ तर तिमीले गुरा“सका थरीथरीका फूलहरू चाहिं देख्न पाउने छैनौ । बारुदको गन्ध बोकेर फूलहरू मौन र अव्यक्त वेदनास“गै ओइलाइएर झरिसके । मादलको खरीमा ढु“डी प¥यो । स“धैझैं का“धमा मादल भिरेर कुनै तन्नेरी नाचेन । चाडपर्व, मेलापातहरूमा प्रेमको सुरिलो भाका पनि सुनिएन≤
साहिलीलाई म माया लाउ“छु
चानचुने पिरती लाउ“दिन ... ।
तैपनि, गुरा“सका हरिया रुखहरूलाई हेरेर तिमीलाई मनमा शान्ति हुन्छ भने अलिक पच्छिमतिर पुगेर भोजपुरको ट्याम्के र त्यसपछि तीनजुरे– मिल्के–जलजला हु“दै ताप्लेजुङतिर लाग्न म तिमीलाई सल्लाह दिन्छु । पाथीभरामाथिबाट उड्दै तिमीले कञ्चनजङ्घा हिमाललाई एकचोटि म्वाई खानू । सुन, बंगालको खाडीबाट हान्निएको मेघले कञ्चनजङ्घाको स्निग्ध ओठमा एकचोटि म्वाइ“ खाएरै छाड्छ । त्यसपछि तिमी ओलाङ्चुङ गोलातिर लाग्नू । त्यहा“ तिमीलाई जिउ तताउन कोदाको मीठो तोङ्बाले स्वागत गर्नेछ । बरु, तोङ्बाले जिउ तातेपछि छेलिङ गुम्बा हु“दै पा“चथरको याशोकतिर लाग्यौ भने मलाई थाहा छैन, तिमी कति खिन्न हुनेछौ । सुन, यसचोटि त्यहा“ बर्सेनी लाग्ने रा“के मेला लागेन, पालम र धाननाच पनि नाचिएन । बर्खभरि पालेर राखेको तरुनी तन्नेरीहरूको सपना हावाको बेलुनझैं फुस्स भयो । खोइ, मायापिर्ती लाउने त्यो व्यग्रता ? बेग्लाबेग्लै ठाउ“को मुलको पानी एकै ठाउ“मा जम्मा भएझैं तन्नेरीहरू भेला भएर तरुनीहरूलाई सङ्लो मायाको प्रस्ताव पनि राखेनन्≤
नौ मुलको पानी च्वाजुप्सेरो
थुमथुमको जिउ ए आजुप्सेरो
मधेसै मैदान तोरीबारी
सफाहिक लाङमा एरीबारी
माझीले खियाउ“छ हातै खोङ्बे
साम्माप्मा माया आक्केपोङ्बे
साप्लाफुङ काटी साप्तेसारे
आकेपोङ्बे विचार पातेसारे
तन्नेरीहरूको मीठो गीतमा हुरुक्किएर न त तरुनीहरूले घाम जस्तो उज्यालो र न्यानो मायापिर्तीको स्वीकृति नै दिए≤
लिप्सिङ्गे धागो के भुरुरइछ
खेप्सुङले ताजेङ के सुरुरइछ
नौगेडी कन्ठा उन्दाउन्दै
केसुरु ताजेङ सुन्दासुन्दै
निरैको टिको साप्तुङ सारुङ
मेङबाबा पानहा पातुङ सारुङ
धानकाटी पा“जाया सोदुम्लो
सामेत्नु माया पौवादुम्लो
माझीले खियाउ“छ हातेखोङ्बे
लगाउनु माया नुबै पोङ्बे
पोहोर साल हर्कमानले यही पालम गीत गाएर आनी लुङ्गास“ग धान नाच्यो, आधा राततिर समूहबाट छुट्टिएर आनी लुङ्गालाई घ“गरुको झाडीमा लगेर काखमा राख्यो । मायापिर्ती सा“ट्दै फूलमतीस“ग छुट्टिंदै नछुट्टिने कसम खायो । यस साल त मेरीबास्सै ⁄ घ“गरुको झाडीमा छातीमा सातु र चाउचाउ बोकेका तन्नेरी–तरुनीका लासहरू सढिरहेका छन् । त्यहा“ हर्कमान र फूलमती लुङ्गा होइन, झिङाका जोडीहरू पो अ“गालामा बा“धिएका छन् । हे मेघ, अद्र्ध बेहोस भएका विधवा युवती र वृद्ध बाबु–आमाहरूको होस खुलाउन मद्दत पुग्ने गरी सितल हावाका साथ सिमसिमे झरी वर्षा गर । त्यसपछि तिमी उड्दै जाऊ । आठराईको पोखरी, चुहानडा“डा जलजला हु“दै संखुवासभाको खा“दबारी, हेदाङ्ना, छोयाङ, नाम्चे, याम्दाङ, तुम्लिङटार, चैनपुर, सिसुवाखोला र बकाङ खर्कमाथिबाट उड । हिउ“ले सेतै ढाकिएको खर्क र लेकहरू हु“दै मकालु हिमालबाट पहिलो नवजात सन्तान काखमा च्यापेर प्रसूतिगृहबाट हा“स्दै घर फर्केकी नवप्रसूति जस्तै ना“च्दै बहेकी अरुण हिमनदीलाई छातीमा टा“सेर म्वाई खाऊ । तर, तिमीले मकालु वरुण निकुञ्जमा खुसीले नाचिरहेका डा“फे र कस्तूरी मृगका पाठाहरूलाई निष्ठुरतासाथ गर्जेर नतर्साउनू । तिनीहरू बम र बन्दुकबाट त्यसै पनि त्रसित छन् । बरु, मन लाग्छ भने त्यतैबाट ट्याम्के हु“दै दुधकोसीलाई भेट्न खोटाङ आऊ । हलेसीको प्रसिद्ध गुफामा वर्षा गराएर खोक्सेली, अर्खौले, नुनथला हु“दै बुइपा जाऊ । बुइपाको सौन्दर्यले तिमीलाई मात लाग्यो भने एकचोटि सिरिसे बामराङलाई अ“गालामा बा“ध, जसलाई लोकगीतले आफैं परिचय दिन्छ, “घर हाम्रो सिरिसे बाम्राङ ... ।” सुन, आज त्यहा“ मादल बज्दैन, गीतको रन्कोले पाखा पखेरा घन्किंदैनन् । जताततै त्रास, अन्योल, शोक र मृत्युको एकोहोरो बीभत्स नाच मात्र देख्न पाइन्छ । अहिले अर्खौले नुनथला लेक र मुडेको उकालो ओर्तिर पर्तिरका गुरा“सका बोटहरू मौन र स्तब्ध छन् । ती कोरो बारेर बसेका किरियापुत्रीझैं ठिड्ड उभिएका छन् ।
हे मेघ, तिमी आना कल्पनाहरूलाई सार्थक पार्न चाहन्छौ भने एकपटक खुम्बु क्षेत्रमा अवश्य जाऊ । सल्लेरीका सल्लाको सुसाइ स“गाल्दै तिमी स्याङबोचे, थाङ्बोचे र नाम्चेबजारमाथिबाट उड । लुक्लाबाट उडिरहेका हेलिकोप्टरहरूलाई छातीमा राखेर हुत्याउ“दै तिमी विश्वको सर्वोच्च चुचुरो सगरमाथाको शिरमाथिबाट उड । हे मेघ, यो साल सगरमाथालाई जुठो परेको साल हो । नपत्याए तिमी त्यहा“बाट नेपालको सम्पूर्ण धरतीलाई एकचोटि हेर, जताततै नदीका छेउहरूमा धु“वा पुत्पुताएको देख्नेछौ । त्यो धु“वा तन्नेरी तरुनीहरूको लास डढेको धु“वा हो, विद्युत्गृह, विद्यालय, टावरहरू, ब्यारेक र गाउ“ विकास समिति भवनमा बम विष्फोटका कारण रुमल्लिएको धु“वा हो । नदी घाटहरूमा तिमी केही मानिसहरूलाई देख्नेछौ जो आनो छोरो, लोग्ने, छोरी वा प्रियजनहरूको शवसंस्कार गर्न आएका आफन्त र मलामीहरू हुन् । मर्नेहरूमा भाग्यमानी तिनै हुन्, जसको लास सनाखत भई सद्गति हुनसक्यो र जसको लास माया गर्नेहरूले कम्तीमा पनि पाउन सके । यहा“ त हे मेघ, लासहरू कुहिएर दुर्गन्धले नाक भा“चिरहेछ । हत्या गर्नेहरूलाई झिङाहरूले हृदयदेखि धन्यवाद दिइरहेछन् । तिमी तिनीहरूलाई धिक्कार एकपटक सगरमाथााको शिखरबाट । त्यसपछि तिमी त्यसको नजिकै सय मिटर गहिरो खरपस हिमनदीलाई एकचोटि नियाल । बिना अक्सिजन एक्काइस घण्टा सगरमाथामा बस्ने बाबुछिरीलाई एक पटक हार्दिक अभिवादन गर जसको अटल साहस र जीवनको दुःखान्त कथा छातीभरि बोकेर खरपस हिमनदी युगयुग बगिरहेनछ । तिमी चौंरीखर्क गाउ“ विकास समितिको सुर्के गाउ“मा पुग्यौं भने साहसी महिला पासाङ ह्लामुको जन्म गाउ“लाई वर्षाका सङ्ला थोपाहरूले अलिक झुकेर अभिवादन गर । अनि त्यसपछि चोयु हिमाल, गौरीशंकर हिमाल हु“दै च्छोरोल्पाको हिमतालमा आनो अनुहार एकचोटि हेर । हे मेघ, मानिसको छातीका आ“शुका भलहरू बाहिर निस्कन पाएनन् भने ठूलो विध्वंश मच्चिन्छ । तिमी यहा“ सयौ“ विधवाहरू, टुहुराहरू र असहाय बुढाबुढीहरूका आ“खाहरूमा अविरल आ“शुको भेल देख्नेछौ । च्छोरोल्पा हिमतालको पानीलाई निकास दिएर फुट्नबाट बचाउन सकिन्छ । मानिसको छातीमा जमेका नदेखिने च्छोरोल्पाहरूलाई फुट्नबाट बचाउने हो भने आ“खाका परेलीका बा“ध फुटेर आ“शुका नदीहरू बग्नुपर्छ, बग्न दिनुपर्छ । फरक यति मात्र हो कि ऊ च्छोरोल्पा चिसो र संवेदनाशून्य छ, यी च्छोरोल्पाहरू ताता र संवेदनशील छन्≤ दुवै प्रकृति, दुवै प्रकृतिका सिर्जना ⁄ च्छोरोल्पाबाट यसो पश्चिमतिर लाग्यौ भने हेलम्बुका अमृतमय स्याउका हा“गाहरूमा सैंसला खेल्दै सिन्धुपाल्चोकको जलबिरे गाउ“का तन्नेरी छोराहरूको किरिया गर्न बसेका बुढाबुढीहरू र मृतकका नवविवाहित विधवा पत्नीहरूलाई मायाले म्वाई खाऊ जो एकोहोरो एकातिर हेर्दै सम्झनामा आ“शु तप्तपी चुहाइरहेका छन् । हे मेघ, यहा“ आइसकेपछि एकपटक लाङटाङ र गणेश हिमालको निधार चुम्न पनि नबिर्स ।
यद्यपि बाटो बाड्डो पर्छ, तिमी काठमाडौ“ उपत्यकामा पुगेरै छाड । दिनमा पुग्यौ भने भ्रष्टाचारले ठडिएका कैलाशकूट भवनहरू, विदेशी अत्तर लाएर पजेरोमा सयर गरिरहेका भु“डीवाल मैयाहरू, जम्बो मन्त्रीपरिषद्का भत्तावाल मन्त्रीहरू, नेता, उपनेता, कामरेड–कामरेड्नीहरूलाई मात्र होइन, सुकेका गालामाथि कचेरे आ“खा झिम्क्याउ“दै भाग्यलाई दोस्ने सोझा कमकरी मान्छेहरू पनि देख्न पाउनेछौं । तर राति बाह्र बजेपछि पुग्यौ भने बढ्ता गर्जेर हल्का विदेशी रक्सी पान र अविच्छिन्न रतिक्रीडापछिको मीठो निद्रामा लोलाउन थालेका घागडान युवा मन्त्री, मन्त्रिनी, तस्कर, उच्च पदस्थ लुटारहरू र तिनका नवविवाहित पत्नीहरूको निन्द्रा चाहि“ नबिथोल्नू । क्यासिनो, डान्स तथा क्याबिन रेष्टुरा“बाट भर्खरै बेड फ्रेन्डस“ग यौनाचार भ्याएर फर्केका अधबैंसे नवधनाढ्यहरूको निद्रा पनि तिमीले नबिथोल्नू । बरु भुस्याहा कुकुरस“ग सडकमा बोरा ओडेर निदाएका बालकहरूलाई एकचोटि जिस्क्याइटोपल्नू र चौबाटामा बलात्कारमा परिरहेकी तरुनी बौलाहीको उद्धार गर्न नसके पनि कानुनको नुन खानेहरूको सक्कली अनुहारमा पिच्च थुक्नू । हे मेघ, समय अलिकति बच्यो भने तिमी आर्यघाटतिर जानू, डढेर सिद्धिएको कुनै विद्रोही कविको खरानीलाई वर्षाका चिसा थोपाले बागमतीमा सेलाउनू । चितामा तेस्र्याइएकै अवस्थामा पुग्यौ भने तिमी आफैंले अ“जुलीभरि पानी दिनू ।
हे मेघ, रुपा र बेगनास ताल पृथ्वीकै आ“खाका नानी हुन् । तिनको छातीमाथिबाट उड्दा तिमी धितमरुन्जेल नाच । त्यसपछि तिमी पोखराको फेवा तालमाथिबाट उड । यति बेला पोखराका भिरपाखा र रुखका टोडकाहरूमा ढकमक्क फुलिरहेछन् सुनाखरीका फुलहरू । तिमीलाई कस्तो रङ मन पर्छ ? सेता, नीला, राता, पहेंला, छ्यास्मिसे कति हो कति रङका सुनाखरीहरू । दुई सयभन्दा बढी नै प्रजातिका सुनाखरीहरू एकै ठाउ“मा पाएर तिमी आनन्दित हुनेछौ । तिमीलाई जति हे¥यो उति हेरौं लाग्ला । तिम्रो हृदय सुनाखरीका फूलमा अल्झियो भने, तिमी हृदयविहीन हुनेछौ । बरु सुन, फेवा तालमाथिबाट उड्दा भरिसक्के माछापुच्छ«े हिमाललाई नछेल्नू । त्यो प्रतिविम्बित भैरहोस् फेवाको सङ्लो पानीमा । फेवा र सुनाखरीले तिमीलाई माया लाए पनि अन्नपूर्ण हिमाल र तिलिचो ताल हु“दै तिमी मनाङको चामेतिर उड । म्याग्दीको बेनी मेलामा छ्याङ खाएर दोहोरी गीतमा नाच्ने तरुनी–तन्नेरीलाई ईष्र्या गरेर तिमीले मुसलधारे वर्षा नगराउनू । बरु, हिमाच्छादित खरीबाराही लेकखर्क र टुकुचे हिमाललाई म्वाई खाई धौलागिरी हिमालको फेदी मुस्ताङतिर लाग्नू । लेतेखोला हु“दै भूपीको गाउ“ पुग्यौ भने हे मेघ, तिमी पनि काव्यमय हुनेछौं≤
जहा“
घर फर्कन वसन्त भुल्दछ≤
जहा“
बटुवालाई भन्ज्याङमा रोकेर
हिमाल पंखा हम्कन्छ≤
जहा“
एक अर्काको मुख हेरेर
नीलगिरी र धवलागिरी चम्कन्छ
जहा“
प्रत्येक रातमा आकाशले
मंगलदीप सजाउ“छ
जहा“
प्रत्येक भोरमा धरतीले
एक गोरो छोरो जन्माउ“छ
जहा“
हरिया–हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, न्यानो र स्वच्छ घाममा
हिमालले स“धैं ढाड सेकेको हुन्छ ...
भूपीको यो कविता आज आफैंमा व्यङ्ग्य बनेको छ । आजसम्म उनी बा“चीबर्ती रहन्थे भने सायद, यसको ठीक उल्टो यथार्थ उनको कवितामा ध्वनित हुन्थ्यो≤
जहा“
एकबाजि होइन
हजारबाजि नाइटभिजन हेलिकेप्टर घुम्छ≤
जहा“
बटुवालाई बीच बाटामै रोकेर
सुरक्षा सेना र माओवादीले खानतलासी लिन्छ
जहा“
एक अर्काको मुख हेरेर निरीह मानिसहरू
आफूभित्रको त्रासको अभिव्यक्ति दिन्छन्
जहा“
नीलगिरि र धौलागिरि शोकाकुल भएर रातभरि रुन्छन्
जहा“
प्रत्येक रात मृत्युले
बीभत्स नाच नाच्छ
जहा“
प्रत्येक भोरमा धरतीले
सयौ“ गोरा छोरा गुमाउ“छ≤
जहा“
हरिया हरिया पहाडका फरिया
अलिक तल सारेर
आ“खा पोल्ने बारुदको धु“वा
र कानको जाली फोर्ने राच्छेसी आवाजस“गै
काखको सन्तान गुमाएको धरतीले बिरहको सास फेर्छ
जहा“
स्वचालित विदेशी बन्दुकको चाङले
गरिब नेपालीको ऋणले दिनहु“ ढाड सेक्छ ... ।
हे मेघ, धवलागिरी हिमाल हु“दै तिमी मुक्तिनाथ पुगेर कालीगण्डकीको सङ्लो पानीमा आनो कालो अनुहार हेर । सुन, तिम्रो सौन्दर्य शारीरिक होइन भावात्मक हो । वास्तवमा, तिमी सङ्लो पानी हौ छोउ“–छोउ“ लाग्ने कपासझैं सुन्दर असिना हौ, सेतो हिउ“ हौ । कालो गाईको कालो फा“चाबाट दुहिएको सेतो दुधझैं अमृत हौ । सुन, तिमीले कहिल्यै म कालो छु भन्ने हीन भाव नलिनू । तिम्रो अनुहार कालै भए पनि हृदय उज्यालो छ । हे मेघ, बरु यो देश गोरा र बान्की परेका अनुहार ओढेका अपराधीहरूबाट सबैभन्दा बढी लुटिएको छ ।
तिमीलाई मन लाग्यो भने कालिगण्डकीको सङ्लो पानीले मुख धोएर मुक्तिनाथ हु“दै तिमी दुनै जाऊ । डोल्पाको फोक्सुन्दो ताल ओरिपरि नाचिरहेका कस्तूरी र डा“फेहरूलाई निष्ठुरतासाथ गर्जेर नअत्याउनू । उनीहरू त केही महिना अघि दुनैमा भएको गोला बारुदको विस्फोटबाट त्यसै पनि नराम्ररी तर्सिएका छन् । बरु, फोक्सुन्दो तालमाथिबाट उड्दाको मजा लिइसकेपछि मुगुको रारा तालमा नपुग्नु सा“च्चि नै तिम्रो मूर्खता हुनेछ । सृष्टिको सबै सुन्दरता एकै ठाउ“ पोखिएको छ रारामा । शिरमा सूर्य र चन्द्रमा, निधारमा नौ लाख तारा, ओठमा गुरा“स र छातीमा उच्च पर्वत श्रृङ्खला बोकेको रारालाई खोइ कसस“ग दा“जौं ⁄ अलग र बेजोड अस्तित्व बनाएर आकाशलाई झनै सुन्दर पार्ने बिरस्पतिलाई कि म बैंसालुहरूले देख्ने सुन्दर सपना भनौं ?
फेवा ताल भुन्यौ त पनि ताल ठूलो छ रारा
साती छन् कि एक्लै घुम्छौ बिरस्पति तारा ⁄
बरु तिमीले उसको बिछट्ट राम्रो रूपस“ग लठ्ठिएर निश्चल परेलाले हेरेको–हे¥यै चाहिं नगर्नू । सुन्दरीहरूले वास्ता नगरेको अभिनय गरे पनि यस्तो कुरा छिट्टै थाहा पाउ“छन् । यसरी लठ्ठिएर हेर्नेमा तिमीले आफूलाई एक्लो नठाने हुन्छ, सयौं–हजारौं तिर्खालु आ“खाहरू सौन्दर्यको मादकताले लठ्ठिइरहेका हुन्छन् । सके उसको एउटै उपेक्षा र व्यङ्ग्यपूर्ण मुस्कानले तिमीलाई हुरुक्क पार्छ । सा“च्चि नै तिमीले राराको प्रेमको निम्तो पायौ भने अ“गालामा बा“धेर धित मरुन्जेल उसलाई म्वाई खानू । फेरि, वसन्तलेझैं एकबाजि आएर घर फर्कन चाहिं नबिर्सिनू है ⁄
मुगुको राराको प्रेममा नुहाएर हुम्लाको सिमिकोट हु“दै मानसरोवरको लामो यात्रा पूरा गरी टिड्ढर भन्ज्याङलाई पछिल्तिर पार्दै हे मेघ, लिपुलेकको माथिमाथि उड । कुटियाङ्दी नदी वारि विदेशी सेनाले परेड खेल्दा तिमीले आश्चर्य नमान्नू । यस देशको माटामा विदेशी सेनाले कवाज खेलिरहेको छ तर माटाका हकदारहरू चाहिं आत्मविस्मृत छन् । हुन्छ, दार्चुलामा पुगेपछि रहर लाग्यो भने त्यतैबाट यस्सो सा“फे बगरतिर लाग । त्यहा“ पुगेपछि तिमीले आना मुटुका धडकनहरूमा बैंस, वसन्त, प्रेम र प्रकृतिको श्रुतिमधुर गीत गुञ्जित भएको अनुभूत गर्नेछौ≤
“डोटी राम्रो ड“डेलधुरा अछाम राम्रो सा“फे
मलाई पनि उडाई लैजा हिमालको डा“फे ...”
तिम्रो हृदयको गुनगुनस“ग आजको यथार्थले पटक्कै मेल खा“दैन । अहिले त यो गीत डोटी, ड“डेलधुरा र अछाममा सा“च्चै नि व्यङ्ग्य भैसक्यो । त्यहा“ त तरुनी–तन्नेरी नै सिद्धिन लागे । खालि बुढाबुढीहरू, टुहुरा बालबालिका र विधवाहरू रोएर दिन काटिरहेका छन् । गीत र प्रीतका ठाउ“मा त्यहा“ त मध्यरातको चकमन्नता तोड्दै मृत्युको संगीत मात्र सुन्न पाइन्छ– भटटट, ढ्वाङ .... ढ्वाङ ... डुढुम्म ... ।
हे मेघ, अछामपछि पूर्वतर्फ दैलेख जाजरकोट हु“दै रुकुम पुग्न तिमीलाई धेरैबेर लाग्नेछैन । मुसीकोट, छिवाङको डा“डो, सेरी गाउ“, सल्ले, पिपलनेटा, गोतामकोट, स्यालापाखा, झुलनेटा, ज्यामिरे चोरजहारी जस्ता गाउ“को आकाशमा अलिक होस पु¥याएर उड्नू, गोलाबारुद बोकेका सैनिक हेलिकेप्टरहरू पनि त्यहा“को आकाशमा उडिरहेका हुन्छन् । अब तिमीले कसैलाई पनि छोट्टी बसेको देख्ने छैनौं रुकुममा । न कसैले झाम्रे गाउ“छ, न कोही सोरठीमा ना“च्छ । त्यहा“ कुनै महिलाले डा“फे चरा जस्तो नाचेर पहिलाझैं रातभरि रतेली खेल्दैनन् । मेलापात, गोठालो, खर्कजा“दा, पिपलका छहारीमुनि वा गोठभित्र सधै“झै“ मादल र डम्फु पनि घन्किंदेैनन् । त्यहा“ त एउटै नरसंहारकारी मृत्युको बाजा बज्छ– भटटट ... ढ्वाङ ... ढ्वाङ ... डुढुम्म ।
पहाडका काखका कतिपय गाउ“हरू खाली छन् । छुनुमुने बच्चाहरू नाच्ने आ“गनहरूमा बन्साका झा“ङहरू मौलाएका छन् । बा“की रहेका धेरैजसो घरहरू युवाविहीन छन्, संवादविहीन छन् । डरलाग्दो मृत्युको सन्त्रास र जीवनको असुरक्षा गोमन सापझै“ फणा फुलाएर स्या“क्क–स्या“क्क गरिरहेछ । सहयोग, सद्भाव र विश्वासमा बा“चेको समाज ध्वस्त भैसकेको छ । अब त युद्धमा कसैको घर डढे आगो निभाउन कोही अघि सर्दैन । परिचय विहीन लासहरू त्यत्तिकै कुहिरहेका छन् । लाग्छ, अब मादल घन्काउ“दै तन्नेरी–तरुनीहरू प्रेमको गीत गाएर नाच्ने छैनन्≤
“हाट जान्या होइनौ तिमी, हटारु पठाउन्या
हटारु पठाउन्या नानै हटारु पठाउन्या
माया गर्ने होइनौ तिमी कलेजी कटाउन्या
कलेजी कटाउन्या नानै कलेजी कटाउन्या ... ”
जहा“ बहिनीको अघिल्तिर दाजुलाई थुतेर मारिन्छ, जहा“ आमा र नाबालक छोराछोरीका मुखेन्जी बाबु वा छोरालाई टुक्रा टुक्रा पारेर काटी वा गोली हानेर मारिन्छ, जहा“ मान्छेका कुहिएका बीभत्स लासहरूको साक्षी बनेर भेरी नदी बगिरहेको छ, त्यहा“ हे मेघ, प्रेमको गीत र सांस्कृतिक उत्सवहरूको कुनै अर्थ छैन । नदी किनारमा बैंस र प्रेमको गीत रन्काउने तरुनी तन्नेरीहरूको अब कहिल्यै भेट हुनेछैन≤
एति ठुली काली गंगाकई झा“जा छिरी
माया“ तसै भन्यी हौ कि भेट होला कि फिरी
हे मेघ, रुकुमस“गै जोडिएको सल्यानको दामाचौरको युद्धस्थल हु“दै तिमी रोल्पामा आऊ । होलेरी, भवाङ, धवाङ, गुन्चाला, बुढागाउ“, जैकोट, जिनाबाङ, राङकोट, पाखापानी, इरिबाङ, खुमेल, जोरबाङ, नेर्पा र लिस्ने लेकको आकाशमाथि आइसकेपछि तिमीले हल्का वर्षा गराउनू, जसबाट बुढाबुढी र विधवाहरूका निसहाय आ“खाका परेलीहरूलाई शीतलताले चुमिदेओस् । त्यसपछि अलिक दच्छिनतिर हान्नियौ भने तिमी दाङ पुग्छौ । लमही नजिक सतबरियामा पुगेर तिमीले भीषण वर्षा गराउनू । मुसलधारे वर्षाले राप्तीमा कुहिएका लासहरूमा बुुर्कुसी मारिरहेका झिङाहरूमा भागाभाग मच्चियोस् । तिमीले त्यहा“ बिजुली चम्काइस“गै हल्का गर्जन गरे झनै बेस हुन्छ, जसबाट वियोगले मूच्र्छित आमाहरू, विधवाहरू, दिदीबहिनीहरू होसमा आउन सकून् ⁄ हे मेघ, नेपाली महिलाहरू कहिल्यै डा“को छाडेर एकैचोटि ह्वा“ ... गरेर रु“दैनन् । उनीहरू आ“सु बगाउ“छन्, फेरि आ“सु बगाउ“छन्, सारीको सप्कोले पुस्छन् तर बोल्दै बोल्दैनन्≤
राम्रै छ खलङ्गा अड्डा बिजुली बल्याको
क्या ओख्तोले भन्लो गर्ला हिर्दय जल्याको ?
लास, गिद्ध, झिङा, धु“वा, खरानी, गोली रगत र आ“सुमा मेरो देश डुबिरहेको छ, म त्यहीं बा“चिरहेको छु । पीडितहरूका आ“खामा राप्तीको भेलझैं अविरल बगेको अव्यक्त पीडाको भेल देखेर तिम्रो पनि छाती चिरिएर ढक्क फुल्नसक्छ । तिम्रो छाती यसरी पग्लियो भने दर्के मनसुनी वर्षा गराउनू । हे मेघ, त्यतैबाट त्यसपछि तिमी लुम्बिनी जान्छौ भने जाऊ । लुम्बिनीको आकाश भएर जब तिमी उड्न थाल्छौ, तिम्रो मन वेदना, छटपटी, द्वन्द्व र अझ यसपछि के हुने हो भन्ने चिन्ताले बिथोलिन थाल्दछ≤
कहिल्यै केही नखाए पनि
गर्मी भए पनि, जाडाले सताए पनि
हा“सिरहेको हुन्थ्यो बुद्धको मूर्ति
धेरै भयो चुपचाप रुन थाल्यो
भन्छन् क्युरियो पसलका मालिकहरू
अहो ⁄ यस देशमा के हुन थाल्यो ?
यो मूर्ति अझै कति रुने हो
अब के के हुने हो ⁄
– श्यामल
हे मेघ, यसचोटि म तिमीलाई बुद्धको जन्मस्थलबाट गह्रौं मन लिएर बिदा दिन्छु । दशैंमा घर फर्केको लाहुरे असारको “गुन्टा बोक्ने भरिया” बनेर आगौं साल यसै बेला फेरि पनि मेरो देशमा आउन तिमीलाई म निम्तो गर्दछु । बरु, जानुअघि माथिल्लो मुस्ताङका पासाङहरूलाई भन– मरेका मानिसहरूका लासलाई टुक्र्¥याएर धर्म र परम्पराका नाउ“मा गिद्धहरूलाई ख्वाउनु व्यर्थ छ । मारिएका मानिसहरूका लास खाएर गिद्धहरू गलगिद्ध छन् ⁄

चोभारको समाधिस्थल
– ईश्वरचन्द्र ज्ञवाली
आज घाम पनि कालो लाग्यो
फूल पनि मुस्कुराएन
र चराहरू चिर्बिराएनन् ।
आज रातैभरि जून पनि हा“सेन
चीसा थोपा–थोपामा रोइरह्यो
नदीका कलरव पनि मृत्युगीत झैं भए
समीरका शीतलहर आगोका लप्काझैं भए
अशान्त–अशान्त ‘जनयुद्ध’मा प्रतिबद्ध नेपाली धरती पनि
स्तब्ध र शून्य भयो
कृष्णसेन जब तिम्रो मृत्युको सम्चार आयो ।

इच्छुक जल्लादी ग्यास च्याम्बर जस्तै
अघोर यातनामा तिमी छिया–छिया भएको
तिम्रो सम्चार र
तिम्रो स्निग्ध, सरल निःस्वार्थ अनुहार
जब एकसाथ
आ“खा–सामुन्ने आयो र मन्त्रमुग्ध तिम्रो भाव झलमलायो
सिड्डो देश भावप्रवण भयो
तिम्रो पवित्र रगत तिम्रा ब्रणहरूबाट
जब धरतीमा पोखिएको आभास भयो
त्यो रगतको आहालमा तिम्रै कविताको भाषा पोखिएझैं लाग्यो ।

यातना शिविरमा अपराजित–अविचलित
जब तिमीले गर्जन ग¥यौ–
‘म मुक्तिको निम्ति आगोस“ग खेल्न तयार छु’
‘म माटोका लागि मृत्युस“ग जिस्किन तयार छु’
‘म देश र जनताका लागि गरल पनि सुधाझैं पिउन तयार छु’
‘म क्रान्ति र परिवर्तनका लागि
भीष्म पितामहझैं तिम्रा संगीन–शैøयामा
सुतिदिन तयार छु’
‘परन्तु क्रान्तिको गोप्यता भंग गर्न तयार छैन’ तब
शत्रुहरू रोष र रोबले का“पे रे ⁄
तिमी त एक चट्टान थियौ
जति फोरे पनि उनीहरू नै चोइटिए
तिमी टुक्रिएनौ ।
टक्कराउ“दा तिमीस“ग उनीहरू नै चकनाचुर भए
तिमी हल्लिएनौ
‘म एक तुफान हु“ जति छेके पनि बगिरहन्छु’
‘मलाई राइफलका बारले छेक्न सक्दैनन्’
‘तिम्रा संगीन र तरबारले जति घोचे पनि
तिमीहरू नै छिया–छिया हुन्छौ हामी घोचिन्नौं’
‘मभित्रको अविदग्ध भावना
क्रान्ति र परिवर्तनप्रतिको मेरो अविचल आस्था
त्यो रोपिन्न र मर्दै–मर्दैन’– ‘तिमीले उद्घोष ग¥यौ ।
‘यातनाका असंख्य अत्याचारले मेरो ‘प्रचण्डपथ’ खण्डित हु“दैन’
‘ग्यास च्याम्बरका क्ष–किरणका तापमा पनि
मेरो विश्वास गल्दै–गल्दैन’– तिमी गर्जियौ ।

‘इच्छुक’ मेरो ‘कवीन्द्र ⁄’
महान् बलिदानको तिम्रो त्यो चुलिएको सगरमाथाझैं
उ“चाइलाई अब कसैले जित्न सक्दैन
त्यो तिम्रो आस्थाको फलामे किल्ला अब तोडे पनि तोडिंदैन
निभेर पनि शुक्रतारा झैं प्रज्ज्वलित
मरेर पनि धु्रवतारा झैं अमर–दीप ‘इच्छुक’ ⁄
तिम्रो ‘जेल’ जस्तो देश अहिले ‘महाजेल’ भएको छ
तिम्रो रगतले भिजेको चोभार
अब सुखानी, भिमान, पिस्कर र छिनताङ् भएको छ ।
त्यसैले तिम्रा प्रत्येक थोपा–थोपा रगतबाट
जन्म“दैछन् लाखन् समीक्षा छोरीहरू
तिम्ले रोपेको रगतका बीजबाट
जन्मेका छन् क्रान्तिपुत्रीहरू (उत्तरदेनमा)
तसर्थ तिमी मर्दैनौ÷मरेका छैनौ ।

तिमीले भनेजस्तै ‘बन्दी र चन्द्रागिरीमा’–
‘मैले आनो लागि केही मागिन
मेरो माया देशको लागि हो
मैले मेरो सुखका लागि कहिल्यै केही सोचिन
मेरो सोचाइ देशकै लागि हो’
सो तिम्रो बलिदानले प्रमाणित ग¥यो
‘इतिहासको यस घडीमा’ कृष्णसेन
एउटा मोड आएको छ÷त्यो मोड तिमी नै हौ ।
तिम्रो मृत्युमा सामन्तवादको मृत्युको पूर्वाभास आएको छ
तिम्रो बलिदानमा अत्याचारी–शासनको पतनको आभास आएको छ
यातनाशिविरमा तिमीले ‘म मेरो विचारका लागि मर्छु’ भन्नु
नेपाल आमाको मुक्तिको आवाज भएको छ ।

प्रत्येक संगीनका रोपाइमा तिमीले दर्दको रुवाइ होइन
स्वतन्त्रताको– गीत गायौ
प्रत्येक कोर्राको प्रहार र कुन्दाको चोटमा
तिमीले समर्पणका स्वर होइन
अत्याचारी परिपाटीका विरुद्ध ‘मुर्दावाद’ घन्कायौ
प्रत्येक बेलनका पेलाइबाट फुटेर निस्कने पीडामा
तिमीले ‘शोकाञ्जली’ होइन ‘इन्कलाव’ घन्कायौ
त्यही आवाज सिड्डो नेपालीको आवाज भएको छ ।

कृष्णसेन ⁄ यतिखेर म
तिम्रो ‘शोकाञ्जली’ झैं भाव साभार गरेर
तिम्रो शोकगीत लेख्न सक्दिन
त्यो तिम्रो अपमान हुन्छ
बरु तिम्रो यादमा विजयगीत गाउ“दै
म तिमीलाई संकल्पका पुष्पाञ्जली अर्पण गर्छु र
एउटा स्वतन्त्रताको गीत लेखिरहेछु
तिम्रो ‘अन्तिम समाधिस्थल’ चोभारमा
शब्दका फूल चढाउ“दै
एउटा स्वतन्त्रताको मूर्ति उठाउन
तिम्रो बलिदान– गीत युग–युगसम्म गाइरहनेछु ।
भद्रगोल, आश्विन १८ गते

कथा
जनकार्वाही
–  पुण्यप्रसाद खरेल
‘उदानेलाई आज पनि मातेर रल्लिंदै, सडकमा तथानाम बोल्दै गरेका बेलैमा भेट्टाएछन् नि क्रान्तिकारीले ⁄’ यो हल्ला बस्तीमा चैतको हावासरी हुनहुनाएर पस्यो । केटाकेटीदेखि बुढाबुढीसम्म सबैका आ“खा तल्तलाए । ‘फलानालाई सय भाटा र ढिस्कानालाई डेढ सय भाटा’का हल्ला त प्लेगझै“ फैलिएको थियो । सबैको विश्वास थियो– ‘आज उदानेले पनि कतिसय भाटा भेट्छ । मार्न चाहि“ पक्कै पनि मार्दैनन्’ भन्नेमा ढुक्क थियो बस्ती ।
धर्ममा विश्वास गर्नेहरू भन्थे– ‘कलीले व्याप्त भ’र सर्वनाश हुन आ“टेको छ मान्छे जति ⁄ यस्ता बेला कल्की औतार लिएर आएजस्ता छन् यी ...’
कोही भन्थे– ‘रक्स्याहालाई, बाह्रमासेलाई यिनीहरूले मात्र तह लाउने परे । पुलिस त पैसा उठाउ“छ, अझै खाऊन् अझै खेलून् झैं ठान्छ ।’
कोही भन्थे– ‘घरमा सा“ढे भए । अनि अर्काका छोरीचेलीमा आ“खा लाउ“दै हिंडे । ठीक पारे है क्रान्तिकारीहरूले ⁄’
अथवा गाउ“लेहरू सबै नै ल्याप्चे ठोक्थे क्रान्तिकारीहरूका यस्ता कामहरूको खबरमा । ‘ठीक पारे ⁄ .. ठीक छ ⁄ ... ठीक छ ⁄⁄⁄ ...’ भन्थे गाउ“लेहरू ।
कसले दुईटी स्वास्नी ल्याएको छ, कसले घरमा स्वास्नीलाई अलिक दमन गरेको छ, कसले लुकीचोरी अर्काका छोरी–चेली, स्वास्नीमा आ“खा लगाएको छ, कसले तासमा समय बर्बाद गरेको छ, को रक्सी–रण्डीमा लाग्छ, को गाउ“का सोझासिधा किसानलाई मह“गो ब्याजमा पैसा लगाएर शोषण गर्छ, को जाली–झेली कीर्ते काम गरेर गाउ“बासीलाई रुवाउ“छ, त्यस्तालाई क्रान्तिकारीले कार्बाही गर्दै जिल्लै–देशै थर्कमान पारेको बेलामा यहा“ यस सानो बस्तीमा पनि त्यसको प्रभाव आउनु कुनै अचम्म थिएन । उदानेकी स्वास्नी त बेला–बेला दुःख पोख्थी– ‘आउनू नि हौ हाम्रा गाउ“मा पनि तिनेरु ⁄ .... यस ... लाई दसबीस भाटा लाउनू ⁄ अलिक त यो ‘कुकुरको मुत’ खान छाड्थ्यो कि ⁄ ....’
तर उदाने स“गस“गै जवाफ लाउ“थ्यो– ‘हात लाउन् त मेरा जिउमा ? तिनेर्को के खाइद्या छ ? ... धेर बक्बक् नगर कालुड्डेकी आमा ⁄ ... तेरा ड“ढेल्नाले दुःख पाउला ⁄ ...’
भन्दा नभन्दै एक महिना जति अघि आएर– कान समाउन लाएर, आइन्दा खान्न भन्ने पारेर गएथे उदानेलाई । तर उसले फिटिक्कै टेरेन । एकदिन पनि छाडेन । उसरी नै खाइरह्यो । आज फेरि पक्राउ प¥यो । अब आज साह्रो पार्छन् । छाला उक्काउन बेर लाउ“दैनन् ।
क्रान्तिकारीले गाउ“लेलाई भेला गराए चौरमा । उदान सिंलाई हात पछाडि बा“धेर उभ्याए बीचमा । घेरा लाए छापामारहरूले वरिपरि र बाहिर बसाए गाउ“लेलाई र सोधपूछ गर्न लागे–
‘एक महिनाअघि चेतावनी दिएको बेला आइन्दा नखाने भनेर मानेको होइन ? ...’ छापामार युवाले प्रश्न गरे ।
‘हो ⁄ ...’ पक्राउ परेको उदानेले न दप्कीकन उत्तरमा भन्यो ।
‘किन फेरि खाएको त ?’ ... छापामारले फेरि प्रश्न गरे ।
‘खाउ“ खाउ“ लाग्यो ⁄ ... खाए“ ⁄ ... हामी खाने नै जात हो ⁄ ... आनै पैसाले खाए“ ⁄ ...’ उदानेले कुनै ख्याल नगरीकन जवाफमा बोल्यो ।
उदाने अन्नाजी पैंतीस छत्तीस वर्षको जस्तो देखिन्थ्यो । उसलाई चौरका माझमा हात पछाडि डोरीले बा“धेर उभ्याइएको थियो । उसका आ“खा राताराता देखिन्थे । उभिएको ठाउ“मा जिउ थाम्नका लागि सन्तुलन मिलाउन गरेको कोसिस हेर्दा ऊ मातेको कुरामा कुनै शंका थिएन ।
तीन चार बलिया बलिया अठार बीस वर्षे युवाहरू उसलाई बयान लिइरहेका थिए । सय, सवा सय जति त गाउ“लेहरू पनि भेला भएका थिए । तर उनीहरू कसैले ती युवालाई को हुन् ? कहा“बाट आएका हुन् ? चिनेका थिएनन् । सोधेका पनि थिएनन् । गाउ“लेहरूले चिनेका एकैवटा युवा पनि त्यहा“ थिएनन् । ‘उनीहरू क्रान्तिकारी हुन्’ सबैको अनुमान यत्ति हो । अहिलेको व्याप्त हल्लाले यस्तो दृश्य देख्नेबित्तिकै मान्छेहरू ठोकेर भनिहाल्थे– ‘ती क्रान्तिकारी हुन् ⁄’ गाउ“लेहरू बाहिरपट्टि घेरा हालेर उभिएका थिए । ‘अब के गर्ने हुन् नि ⁄ ... सबैका अनुहारमा यही त्रास थियो । टाढा टाढाबाट करिब एक वर्ष अघिदेखि नजिकिंदै नजिकिंदै आएको हल्लाको प्रभाव यस्तो थियो कि त्यहा“ कसैले बोल्नु, प्रतिवाद गर्नु हु“दैन । ‘बोल्यो कि ज्यान गयो’ हुन्छ । ‘क्रान्तिकारी’हरू यस्तो शिकार हान्छन् मानौं उनीहरू बाघ हुन् । बाघले झम्टिएपछि शिकार मार्न उसले दोहो¥याउनु पर्दैन रे ⁄ उनीहरू चुनीचुनीकन पक्रन्छन् । पक्रिएपछि पक्रिए पक्रिए । अब दुःख–पुकाराका, माफीका कुनै शब्दकोष छैनन् उनीहरूस“ग । प्रभाव यही हो हल्लैहल्लैमा आएको ।
उदाने बीचमा थियो । उसलाई बयान लिइ“दै थियो । बयान लिने छापामारका साथमा गाउ“लेहरूबाट अपरिचित तीन चार युवाहरू थिए । त्यस बाहिर घेरा लाएर बीस पच्चीस जति रुमालले मुखनाक छोपेका कम्ब्याट लुगा लगाएका मिलीटरी जस्ता देखिने आ“खामात्र देखाएका केटाहरू–केटीहरू थिए । धेरैजसो घ“गारुका लाठी र खुकुरी बोकेका, दुई जनाले राइफल बोकेका, दुई जनाले पिस्तोल भिरेर लाठी बोकेका थिए । त्यस यता दुईचार हात जमिन छोडेर गाउ“लेहरू वरिपरि थिए । पक्राउ परेको मान्छेकी श्रीमती पनि थिइन् जमातमा । भन्दैथिन्– ‘दुईचार भाटा लाएर छोडिदिए अलिक तह लाग्थे कि ⁄ दिनहु“ रक्सी खाएर हामीलाई नर्र्कैमा हाले ⁄ ...’
‘अबदेखि खाने कि नखाने ? ...’ छापामारले सोधे ।
‘खाउ“ खाउ“ लाग्यो भने खाने । लागेन भने नखाने...’ उसले भन्यो ।
‘खान्छु ⁄ ... खान्छु ⁄ ... आनै पैसाको खान्छु ⁄ कसैको लुट्तिन, कसैस“ग भिक्षा माग्दिन ⁄ ...’ रक्स्याहाले पनि ठा–ठाडो उत्तर ग¥यो । उसको उत्तर गराइ हेर्दा लाग्थ्यो मानौं क्रान्तिकारीहरूस“ग ठा–ठाडो बोल्न उमात्रै सक्छ । मानौं उसले न अध्यात्म जानेको छ, न कुनै राजनीतिक सिद्धान्त या दर्शन । उसले त पिउन जानेको छ र पिउ“छ । मानौं ऊ घरकी श्रीमतीलाई दास समान सम्झन्छ, गाली गर्छ, अझ मुखमुखै लागी भने दुईचार घुस्सा मार्छ । उसको परिश्रम र उसको भोटबाट के के तिगडम् भए, को को राजामहाराजा भए उसले देखेको छ । ती महाराजहरूलाई अहिले उसको बारेमा सोच्ने फुर्सत नै छैन । तर ऊ जस्ताको तस्तै छ । आज पाखुरा बजाएर खाए खायो नत्र आज भोकै । भोलि त उसको शब्दावलीमै छैन । त्यसैले उदाने पिउ“थ्यो र आत्मतुष्टि लिन्थ्यो । उसलाई पिउनमा कसले रोक्ने ? ऊ ठान्थ्यो आनो जिन्दगीको बादशाह ऊ आफैं हो । त्यसैले उसको उत्तर ठाडो थियो । उसको ठाडो उत्तरले प्रश्नकर्तालाई अप्ठेरो पा¥यो ।
‘के गरौं कमरेड ? ...’ प्रश्नकर्ताले त्यही“ नजिकैको टोलीनेताको मुखमा हेरे ।
टोली प्रमुख आनो ठाउ“मा उठे । मुठी बा“धेर सबैलाई अभिवादन गरे । सबैतिर नजर दौडाए र भने– ‘हामी यो कुहिएको समाज बदल्न चाहन्छौं । हामी नया“ र सुन्दर समाज सिर्जना गर्न चाहन्छौं । हामी शोषकको सरकारको नाश गर्न हपातमा ज्यान राखेर हिंडेका छौं । हामीलाई हाम्रो शरीरको केही माया छैन । हामी हा“सीहा“सी मृत्यु सकार्छौं । मुठीमा मृत्यु बोकेर, टाउकोमा कात्रो बा“धेर हिंडेको मानिस कहिल्यै हार्र्दैन । हामी हार्दैनौं । हाम्रो जीत सुनिश्चित छ ।
..... यसरी रक्सी खाएर, जुवातास खेलेर, रण्डी–बाजी गरेर हिंड्नु भनेको हाम्रो समाजको खराबी हो । हामी यस्तालाई सुधार्न चाहन्छौं । हामी सप्रन सुझाव दिन्छौं । यस फटाहालाई पनि हामीले एक महिनाअघि नै आइन्दा रक्सी नखान, सुध्रन चेताउनी दिएकै हो । अब आज यसलाई सुधारात्मक कार्बाही गरिन्छ । त्यति गर्दा पनि नसुध्रिए यस्ता समाजको का“डोलाई हामी सधै“को लागि सफाचट पार्छौं ।’
‘... सधै“को लागि सफाचट पार्छौं’ ...’ यो भनाइ रक्स्याहाकी श्रीमतीलाई छुरी जस्तै लाग्यो । तर पनि अनुहार मलिन पारेर सुनिरही । टोली प्रमुख बोल्दैरहे–
‘... आज यस उदान सिंहलाई सुधारात्मक कार्बाहीको रूपमा हाम्रो चेताउनीलाई उल्लंघन गरेको अपराधमा, रक्सी खाएर जतासुकै हल्ला गरिरहेको अपराधमा, रक्सी खाएर रात–बिरात आनी श्रीमतीलाई हप्काइ दप्काइ गर्ने गरेको तथा कुटपिट गर्ने गरेको अपराधमा हाम्रा छापामारले भाटा हान्ने सजाय गर्नेछन् । कति भाटा भन्ने कुरा हामीले उसलाई हाम्रा भाटाहरूको बिटोबाट छान्न दिंदा उसले छानेको भाटोमा जतिको संख्या लेखिएको हुन्छ, त्यति नै भाटा हानिनेछ । ...’ यस्तैमा रक्स्याहालाई भाटाको बिटो लगेर रोज्न दिइयो । हात पछाडि बा“धिएकाले ऊ यादै नगरी बसिरह्यो ।
उसका हात खोलिए । उसलाई फेरि भाटाको बिटोबाट एउटा भाटो छान्न लगाइयो तर उसले कसै गर्दा पनि आफैंलाई हिर्काउने भाटो छानेन । उसलाई निकै कोसिस गरियो भाटो छान्न लगाउनका लागि तर उसले भाटो छान्ने काम गरेन । यसपछि टोली नेताले उसको प्रतिनिधित्व गर्दै एउटा भाटो ताने र हेरे त्यसमा तीन सयको संख्या लेखिएको रहेछ । उसलाई सोही मुताविक तीन सय भाटा हान्ने निर्णय गरियो ।
ती तीनचार युवाहरू र वरिपरिका बीस पच्चीस युवाहरूले एकैसाथ ताली पड्काए । ती युवकहरू पनि अलिक पर हटे । उदान सिंहकी श्रीमती तीन सय भाटाको सजाय सुनेपछि एक्कासी अ“ध्यारी भई । एकजना छापामारले त्यस रक्स्याहाका छेउमा आएर भाटो हातमा समाते । अर्को एकजनाले कागजमा भाटाको गन्तीका धर्का कोर्न तयार भए । भाटो करिब डेढ इन्च घोप्टो र करिब अढाई फीट लामो थियो । छिप्पिएको बा“सको यो भाटो भा“चिने – फुट्ने जस्तो देखिन्नथ्यो ।
वरिपरिका रुमालले नाक–मुख छोपेका युवाहरू चार हात जति पर एकदम तयारीमा उभिए ।
त्यसपछि बन्धनबाट हात खोलिएको रक्स्याहा बीचमा उभियो । उसले चारैतिर हे¥यो । हेर्दा लाग्थ्यो कुनै उम्कने ठाउ“ पाए ऊ भागेर ज्यान जोगाउ“थ्यो । तर मानिसहरूले घेरिएको, नजिकै त्यस्ता जवान छापामारहरू तयारीको तालमा उभिएका ठानेर ऊ एकोहोरोरिएर उभिरह्यो । उसले वरिपरिका गाउ“लेका कसैका अनुहारमा आ“खा जुधाएन । यही बेला भाटा हान्नेले भाटो एक हातमा बोकेर अर्को हातले भाटाको चेप्टोपन छाम्न थाल्यो । टोली नेताले पनि यही बेला उसलाई भाटा हिर्काउन सुरु गर्न आदेश गरे ।
‘ड्याम्म ⁄ ...’ रक्स्याहाले थाहै नपार्ई दाया“ चाकमा बज्रियो पहिलो भाटो । छुलुल्ल सुरुवाल भिजायो उसले । वरिपरिको गाउ“लेको समूह अ“ध्यारो कालो भयो ।
‘ड्याम्म ⁄ ...’ अर्को भाटो बज्रियो त्यही ठाउ“मा । रक्स्याहा चिच्यायो– ‘किन हात छाड्छस् ए रा“डीका छोरा ? .... तेरो के खाएको छु ? खाए पनि आनै सम्पत्ति खाए“ ⁄ ....’
‘ड्याम्म ⁄ .... ड्याम्म ⁄⁄.... ड्याम्म ⁄⁄⁄ ....’ भाटावालले उसका तिघ्रा, कुम, जा“घ इत्यादिमा धमाधम भाटा जोडतोडले बजाए । भाटाको गन्ती कोर्नेका खातामा दर्जनको संख्या पुगेकै थिएन । एकजना गाउ“लेले ‘भयो अब भयो ⁄’ भनेको सुनियो । यसैबेला ‘चूप लाग ⁄ यो कार्बाही फैसलाअनुसार तीन सय भाटामा मात्र पुग्छ’ भनेर एकजना छापामार चिच्यायो ।
लगभग बीस–पच्चीस भाटा हान्दासम्म उदानेले भाटा हान्नेलाई गाली बकिरह्यो– ‘खाए“ भने मेरै पैसा खाए“ ⁄ त“स् रा“डीका छोराको के खाएको छ ? .... किन हात छाड्छस् अर्कालाई ? ... बदला लिन भेटें भने मैले जान्या छु ...’ भनिरह्यो । भाटाको आवाज सुन्दा यस्तो लाग्थ्यो कि अहिलेसम्ममा त्यो रक्स्याहा मरिसक्नुपर्ने ।
‘कालुड्डेकी आमा’, उदानेकी स्वास्नीका मनमा उसका लोग्नेको आकृति फनफनी घुम्यो । हुन त उसले कहिल्यै पनि हा“सेर मायापिरतीका कुरा उस“ग गरेन, ऊ कुनै दिन ऊ बिरामी हु“दा घरका जो भएका कुखुरा भए पनि सु“गुर भए पनि बेचेर थपक्क उसलाई हेल्थपोष्ट दौडाउ“थ्यो । कुनै गाउ“लेले कालुड्डेकी आमा यस्ती–उस्ती भनेर बचन लाए पनि कम्मरको सिरुपाते खुकुरी नचाउ“दै जाइलाग्थ्यो तर जिन्दगीबाट हार खाएझैं गरी अचेल बढी रक्सी पिउन लागेथ्यो । अहिले अब भाटाको प्रहारबाट कालुड्डेको बाबु गाली गर्न पनि नसक्ने भयो, भाटा हान्नेको प्रतिकारमा औंलो उठाउनसम्म नसक्ने भयो । त्यसपछि उसकी श्रीमती “भयो ⁄ भयो ...” भन्दै रुन थाली । प्रत्येक भाटा आनै आङमा परेको जस्तो उसलाई हुनथाल्यो । “रक्सी खाए पनि मै खप्छु अब ⁄ भयो ⁄ भयो ⁄⁄ ... अब छोडिदेऊ ⁄” ऊ चिच्याई र छुटाउन बीचमा जान कोसिस गरी । एकजना छापामारले उसलाई बाहिरतिरै धकेलिदियो । बीचतिर घेराभित्र पस्न दिएन । रु“दै कराउ“दै गाउ“लेका माझमा गई । पच्चीस तीस भाटा हानिसकेपछि त कालुड्डेको बाबु बोल्न छोड्यो र चालीस पैंतालीस भाटा हानिसक्दा जिउ नथामेर भुइ“मा लड्यो ।
भाटा हान्ने छापामार एकछिन टोलाए । टोलाएका बेलामा उनले चिनिया“ क्रान्तिताका एकजना गाउ“ले युवा लालसेनामा भर्ना हुनका लागि माओ त्सेतुङलाई भेटेर अनुरोध गर्दाको कथा सम्झन पुगे । त्यो गाउ“ले युवालाई माओ त्सेतुङले उत्साहित गर्दै लालसेनाको भान्से काम गर्न प्रेरित गरेथे । तर त्यो युवाले लालसेनामा भर्ना भएर दुश्मनलाई राइफलले उडाउने आकांक्षा भएको कुरामा ढिपी कसेका थिए । यही बेला माओ त्सेतुङले ती युवालाई भनेथे, ‘सबैजनाले राइफल बोक्ता खाना कसले बनाउने नि ⁄ त्यसकारण हाम्रो क्रान्तिका लागि राइफल बोक्ने लालसेनाको जति महŒव छ, ती लालसेनाको लागि मिठो खाना बनाएर खुवाउनेको त्यत्तिकै महŒव छ । त्यसकारण प्रिय युवक ⁄ तिमी खाना बनाऊ ⁄ खाना बनाउन दाउरा चिर ⁄ दाउरा चिरेको बेलामा मुढामा बन्चरो हान्दा प्रत्येकपटक त्यस मुढालाई दुश्मनको टाउको ठान र बन्चरोले यस्तो तोडले हान्ने प्रयत्न गर कि तिम्रो एकै प्रहारले त्यो मुढो दुई याक बनोस् वा दुश्मनको टाउको दुई याक बनोस् ....’
‘ए किन टोलाएको कामरेड ? ...’ टोली नेताले टोलाएको भाटा हान्ने छापामारलाई सजग गराए । छापामार झसड्ड भए । भाटो फेरि बर्साउन थाले त्यस रक्स्याहाका जिउभरि ।
छापामारले जोडले उदानेको कुममा भाटो बजारे । उदानेले चोट परेको कुम चिप्ले कीराले आनो अड्ड लुकाउन खोज्दा झैं भुइ“पट्टि पा¥यो । अर्को भाटो छापामारले उसका दाया“ फिलामा बजारे । बिचरा रक्स्याहा भुइ“मा घोप्टियो । छापामारले अर्को भाटा पछाडि चाकमा बजारे । बिचरा रक्स्याहा भुइ“मा यस्तो पसारियो कि उसलाई असह्य पीडा भयो । वरिपरिका मानिसहरूले गोमन सा“पलाई लठ्ठीले बजारेको निर्मम दृश्य सम्झे । “म¥यो ⁄ म¥यो ⁄ ...” भनेर साथीहरूले भन्दा पनि नछोडिकन लठ्ठीले टाउको र पुच्छरमा बजारेको जस्तै दृश्य थियो त्यो । छापामारले उदानेलाई भाटा हान्दा यस्तो लाग्थ्यो मानौं ऊ प्रतिक्रियावादी शासनको प्रधानमन्त्रीलाई हान्दैछन्, गृहमन्त्रीलाई हान्दैछन् । अहिले भाटा हानिरहेका बेलामा उनी यस्तो ठानिरहेका छन् कि उनी प्रभुत्ववादी शासकलाई भाटा हान्दैछन् या साम्राज्यवादीलाई हान्दैछन् । जे होस्, उनले भाटा हानिरहेका बेलामा बढी क्रूरतापूर्वक भाटा हानिरहेको कुरा प्रस्ट बुझ्न सकिन्थ्यो ।
आइमाईहरूका आ“खाभरि आ“सु आए । ‘भो ⁄ भो ⁄⁄’ भने । तर जब भाटो उनीहरूतिर सोझिने डर भयो चुपचाप आ“खा बन्द गरे । ‘ढुड्डाको दिल छ मेरो’ भन्नेले समेत रक्स्याहामाथि बर्सिरहेका भाटा निर्निमेष हेरिरहने हिम्मत गरेनन् ।
रक्स्याहा भुइ“मा पूरै पसारियो घोप्टो परेर । सायद पिठ्यू“पट्टिको भागले अलिक भाटाको पीडा खप्न सक्छ भन्ने ठान्यो होला । छापामारले उसका चाकमा ड्याम् हाने । फिलामा अर्को ड्याम् हाने । डढेल्नामा ड्याम् ड्याम् हाने र हानिरहे । बल्लतल्ल दुई सय भाटा भयो । एकसय भाटा अझै बा“की रह्यो । भाटा हान्ने छापामार पनि थाके । अर्को छापामार अर्को अझ चौडा र उत्तिकै लामो भाटा लिएर आए । पसारिएको रक्स्याहाको छेउमा आएर खुम्च्याएका खुट्टालाई भाटाले नै सिधा पारिदिए ।
‘ड्याम्म ⁄’ उसका पैतालामा एक भाटा बसाले । रक्स्याहा मानौं मरेको हो कुनै प्रतिक्रिया जनाएन । अर्का पैतालामा फेरि ‘ड्याम्म’ हाने । एवम् रितले मृतप्रायः त्यस रक्स्याहालाई भाटा दोहोरिइरहे । उसकी श्रीमतीलाई कहा“बाट कुन शक्ति प्राप्त भयो, सारा त्यो घेरा तोडेर ‘कालुड्डेको बाबु’माथि घोप्टिन पुगी र चिच्याई चिच्याई रुन लागी– “भाटा मलाई हान ⁄ ... मेरा थाप्लामा हान भाटा ⁄⁄ यो निर्दोषलाई नहान भाटा ... कुन बुद्धिले मैले छिमेकीस“ग उसले रक्सी खाएर मलाई कुटेको कुरा सुनाए“छु नि ⁄ भयो नकुट उसलाई । निठुरी ज्यानमारा हो मलाई मार बरु । मलाई मार ... मेरो स्यु“दोको सिन्दुर नलुट ⁄ ...” यस्तै दुई तीन छापामारले उसलाई कड्याप्प समाएर घेरा बाहिर ल्याए । तर पनि हार नखाई उसले विद्रोह गरिरही । भाटा हान्ने कुरामा उनीहरूले रत्तिभर सौलियत गरेनन् । अहिले भाटाको वजन अलिक घट्यो । तर तीन सय भाटा पु¥याउनै पर्ने भएकाले अरू थप बा“की पच्चीस ड्याम् हिर्काएर छापामारहरू ज¥याकजुरुक उठे ।
टोली नेताले शोकमग्न झैं देखिने जनसमूहलाई भने ‘हामी जा“डरक्सी, तासजुवा, अनैतिकता आदिका शत्रु हौं । हामी शोषण र अन्यायका विरोधी हौं । हामी जनताका सच्चा मित्र हौं । हामीले दिएका निर्देशन र चेताउनीहरू राम्ररी पालन गरिनुपर्छ । पालन भएनन् भने यस्तै हो ।’ उनीहरू बाटो लागे ।
गाउ“लेहरू उदाने सिंलाई उठाउन र अस्पताल लाने तरखरमा लागे । यही बेलामा छापामार समूहको एकजना कमरेडले फर्केर चर्को स्वरमा भने– “तपाईंहरू जुन बाटो आउनुभएको थियो, त्यो बाटो आ–आनो घर तुरुन्त फर्किहाल्नुहोस् । यहा“ कोही पनि नपर्खनुहोस् । यस रक्स्याहालाई यही“ छोड्नुहोस् । कसैले यसलाई सहयोग गर्छ भने, अस्पताल लान्छ भने त्यसलाई पनि यही कार्बाही हुनेछ । .... तपाईंहरू फर्कनुहोस् । फर्कनुहोस् । ...”
बिस्तारो बिस्तारो घोसे मुन्टो लाएर धेरैजसो बाटो लागे । तर उदाने सिंहकी स्वास्नी लोसेलोसे हु“दै चौरमा पसारिइरहेको आनो लोग्नेका छेउमा गई । उसको लोग्ने मरेसरह बेहोस पसारिएको थियो । हात समातेर उठाउन प्रयत्न गरी । हात आगो जस्तो तातो थियो । उसले शरीरका अरू भाग छामी । अगुल्टो जस्तो तातेको थियो छामेको भाग । मरेतुल्य बेहोस पसारिएको लोग्नेलाई उसले उठाउन सकिन । उसले छापामारहरूतिर हेरी उनीहरू गैसकेका थिए । गाउ“लेहरूतिर हेरी उनीहरू पनि गैसकेका थिए । पुलिसहरूस“ग भन्दा गाउ“लेहरू ती छापामारहरूस“ग डराए । पुलिसहरूले यस्तो गरेका भए गाउ“लेहरू उसलाई धेरै सहयोग गर्नेथे । यति धेरै डराएर लुसुलुसु घरतिर पुच्छर लुकाएर जाने थिएनन् ।
घाम डुबे । दिन डुब्यो । आज उदान सिङ्की स्वास्नीको सपनाको घाम पनि डुब्न डुब्न खोजेको छ । उसले सम्झी– ‘बरु अस्ति पल्ला गाउ“को हरेलाई चारपाटा मुढेर, आ“खीभौं खौरेर, परेला काटेर अनि कान समातेर उठबस गर्न लाएका थिए रे ⁄ त्यसो गरेका भए यस्तो साह्रो त हुने थिएन कि ⁄’ कुन ठीक कुन बेठीक ऊ सजायका प्रकारहरू मनमनमा तौलिन थाली । औंसीका रातकै झैं अन्धकार पसिंदै पसिंदै उदानसिं भएतिर आउन लाग्यो ।
कालुड्डेकी आमाको मनमा अनेकन कुराहरू मडारिए– ‘के उदान सिं चोरडाका थियो ? के ऊ जिम्दार थियो ? के ऊ प्रतिक्रियावादीहरूको सुराकी थियो ? किन आज यसले यत्रो सजाय पायो ?’ अनेकन कुराहरू मनमा खेलाइरही । सुधारात्मक कार्बाहीको यो स्वरूप उसको कफल्लो मनले बुझ्नै सकेन । ऊ पनि त्यही“ घोप्टो परेर घु“क्क घु“क्क गर्न थाली ।
उसले लोग्नेलाई उठाएर घर लग्न प्रयत्न गरी । ऊ हात समातेर उठाउन बल गर्थी । भाटाको प्रहारले आगोजस्तो तातेको हात मात्र उचालिन्थ्यो जिउ चट्पटाउ“दैनथ्यो । टाउको दुई हातले उठाउ“थी । जिउ नउठ्ता फेरि क्यैनकाम हुन्थ्यो । बल्लतल्ल गरेर घोप्टिएको उसको लोग्नेलाई उसले उत्तानो फर्काई । उसका लोग्नेका दुवै आ“खाबाट बलिन्द्र धारा बगेको उसले प्रस्टै बुझी । उसले उसका आ“खा आनो मजेत्राको फेरले पुछिदिई । उसको भक्कानो फेरि फुट्यो । आ“सु पछ्तै साउतीको स्वरमा छापामारहरूको निठुरताउपर उसले धेरै गाली बकी ।
‘कालुड्डेको बाबु ⁄ ... हौ कालुड्डेको बाबु ⁄⁄’ उसले उदान सिंलाई होसमा ल्याउन बल गरी । अह“ ‘कालुड्डेको बाबु’ले ऐया आत्थु केही गरेन । आ“खा उघारेन । उसले ‘कालुड्डेकी आमा ⁄’ भनेर बोलाए कस्तो हुन्थ्यो भनेर यता र उता झाड्डल झुङ्गुल पारी । तर अह“ उसका आ“खा खुलेनन् । उसलाई गाउ“का एक दुई उदानेका संगतीहरूस“ग खुब रिस उठ्यो– ‘रक्सी खान पस्दा स“गै पस्ने असत्तीहरू त अहिले आउनु पर्ने ⁄ ...’ उसले सम्झी ।
यस्तैमा रक्सी खाने संगती नआए पनि पल्ला घरे साइ“लो आइपुग्यो । उसले पत्तै पाइन । साइ“लो बोल्यो– भाउज्यू ⁄ ...’
‘भाउज्यू’ पनि झसड्ड भई र यताउति हेरी । आ“सु लत्पतिएका आ“खास“ग ऊ बोली– ‘ए ⁄ साइ“ला पो ⁄ कताबाट आयौ फेरि ? ... हेर न ⁄ तिम्रो दाजुलाई ...’
‘घरतिर लैजाऊ“ दाइलाई भनेर आएको । तपाईं हिंड्नुहोस् । काका र म आएका छौं हामी लिएर आउ“छौं । दाइलाई रक्सी खाए भनेर कुटेकै होइनन् । तपाईंले त रक्सी खायो दाइले भनेर कुटेको ठान्नुभयो होला तर यो कुट्नुको कारण हामीलाई थाहा छ । पोहोर भदौमा तल खेतमा पानी लाउन जा“दा त्यो रामबहादुरस“ग दाइको झगडा परेन ? हो, त्यही कारण हो । त्यो रामबहादुर अचेल क्रान्तिकारी भएको छ नि त ... ⁄
२०५८÷३÷१२

गंगालाल
– जनकप्रसाद हुमागाईं
मान्छेलाई मान्छे खोज्छ
ढुक्कुर खोजेसरी
मान्छेलाई मान्छे मार्छ
ढुक्कुर मारेसरी ⁄

राती–राती मान्छे हिंड्छ
बाघ हिंडेसरी
घरबाट मान्छे लान्छ
बाख्रो लगेसरी ⁄

सन्तानब्बे, सात साल
कुन साल भनौं
छत्तीस र छयालीस
कुन साल गनौं ⁄

कति मरे देशमारा
कति गंगालाल
फेर्न खोज्दा यो देशको
बिग्रिएको हाल ।

एकदिन लेखाजोखा
पक्कै त्यसको होला
जुन दिन जीतबाजी
गर्ला गंगालाल ।
०५९÷६÷१४

मृत्यु जीवनको अन्तिम बिन्दु
– राजेन्द्रप्रसाद अधिकारी
मृत्यु जीवनको अन्तिम परिणति हो
हतार गर्नु पर्दैन मृत्यु भेट्टाउन
हतार गर्नु पनि पर्दैन मृत्युसम्म पु¥याउन
मात्र धैर्य भए पुग्छ
मृत्यु नै जीवनको अन्तिम बिन्दु हो ।

तिमी जोखिम उठाउन सक्छौ भने
तिमी सा“च्चै नै सुन्दर जीवनप्रति समर्पित छौ भने
अञ्जु, रविन र रविनाको८
कसूर म जान्न चाहिरहेको छु
कान्छामान, भोक्तामान, परिमान, चन्द्रबहादुर र जीतबहादुरको८
अपराध म थाहा पाउन खोजिरहेको छु
सर्लाहीको गणेश चोकको घटना
कि नुवाकोटको काउलेको घटना
मानिसको जीवनदानतिर केन्द्रित थियो ?

गुडिरहेको बसमा लगाइएको आगो
कि सेनाले ताकेर हानेको गोली
मानवसभ्यताको धरोहर थियो ?
भाइटीका लगाउन बस चढ्नु
कि बाजेको घेवा गरी घर फर्कनु
सुराकी थियो कि आतंककारी ?

म योद्धाहरूस“ग जीवन मागिरहेको छु
म सेनाहरूस“ग मानवता खोजिरहेको छु
के मारिइसके सम्पूर्ण जीवनहरू
कि जलेर खाग भइसके मानवताहरू ?
फेरि पनि बौरिनु पर्छ आस्था र विश्वासहरू
किनभने
मरेका लास खा“दैनन् सिंहहरू

निहत्थाहरू लाश हुन् हतियारका अघिल्तिर
तिमी हतियार उठाएर मस“ग बोलिरहेका छौ भने
मेरो मानव–बुद्धि तिम्र्रो बन्दूक भैसकेको छ
मेरो मानव–विवेक तिम्रो गोली भैसकेको छ
बुद्धि र विवेकहीन म फगत लाश हु“ तिम्रो लागि
तिम्रो गोली नपड्क“दै म अब मरिसकेको छु
तिम्रो आदेश नपाउ“दै म अब ढलिसकेको छु ।

म एक आम नेपाली
बन्दूकको कुन्दाले हानेर
दुख्ने चेतना बा“की भएझैं लाग्दैन
संगीनले घोचेर
निक्लने रगत बा“की भएझैं पनि लाग्दैन
सर्लाहीको गणेश चोकमा लगेर आगो लगाउ
कि नुवाकोटको काउलेमा लगेर गोली ठोक

दिङ्लाको पात्लेघारी
– डा. नरेन्द्र  चापागाईं
भोजपुर जिल्लाको उत्तरपूर्वमा दिङ्ला नाउ“को विस्तृत इलाका अवस्थित छ । म त्यस इलाकामा अठार वर्षको उमेरसम्म अघाउ“जी डुलेको छु, किनभने म जन्मी–हुर्की गरेको ठाउ“ त्यही हो । मेरो शारीरिक तथा मानसिक संरचना त्यही“को प्रकृतिबाट भएको हो । एक अर्थमा त्यस ठाउ“को सम्झनामा भावविभोर पनि बनिरहन्छु भने एक अर्थमा त्यस ठाउ“को सम्झना हुनासाथ वितृष्णाको पीरो रागले निसास्सिन पनि पुग्दछु । आफू जन्मेको, खेलेको र हुर्केको ठाउ“ले मलाई सधै“ सपनामा समेत झस्काइरहन्छ, किनभने मेरो नसा–नसामा र श्वास–प्रश्वासमा त्यहा“कै हावापानी तरड्डित भैरहेको छ । त्यहा“को र त्यहा“का वरपरको जनजीवनस“ग मेरो आत्माका रागविराग दुवै सम्बन्धित रहेका छन् । खासगरी दिङ्ला भन्ज्याङ्का परिसरमा वर्षको दुईचोटि लाग्ने मेलाका समयमा त्यही“कै छेउछाउमा रहेका पात्ले घारीमा भएका रमझमहरूलाई भने म कहिल्यै पनि बिर्सन सक्तिन“ । जुन प्रसड्डले मनोमस्तिष्कमा गहिरो छाप बसाएको छ, त्यसलाई बिर्सिऊ“ भनेर पनि बिर्सन सकि“दो रहेनछ ।
त्यहा“ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीले त्यहा“कै जनताबाट सहयोग पाएर स्थापना गरेका पाठशाला, मन्दिर, पाटीपौवा, बरबगैंचा आदिको सौम्य आकर्षण मात्र होइन, उनैले बसाएको परम्पराअनुसार लाग्ने भव्य मेलाको प्रभाव पनि जीवन्त रहेको मान्न सकिन्छ । आजभोलि त्यस किसिमका आकर्षण र प्रभावमा न्यूनता आइसकेको पनि हुन सक्तछ र धूमिलता छाइसकेको पनि हुनसक्छ तर म आजभन्दा लगभग चार दशक पहिलेको सम्झनालाई उतार्ने प्रयास गरिरहेको छु । त्यहा“का प्राकृतिक, सांस्कृतिक एवं सामाजिक संरचनाका बारेमा त्यसै ठाउ“मा जन्मी–हुर्की गरेका अन्य महानुभावहरूको दृष्टिकोण अर्कै पनि हुनसक्छ । फरक दृष्टिकोण अज्ञानताको उपज पनि हुन सक्तछ र अभिमानको परिणाम पनि हुन सक्तछ । यस कुरालाई मैले विद्यावारिधिका सन्दर्भमा हुने मौखिक परीक्षाका क्रममा गर्नु परेको टर्रो अनुभवद्वारा पुष्ट गर्नु उपयुक्त हुने ठानेको छु । मैले पूर्वाञ्चलमा बोलिने नेपाली भाषाको मानकमा र दिङ्लाको केन्द्रीयतामा जनभाषामा प्रयोग हुने अनुकरण शब्दको व्याकरणिक स्वरूपका बारेमा शोध–प्रबन्ध तयार गरेको थिए“ । त्यसको मौखिक परीक्षाका क्रममा एकजना दिङ्लामै जन्मी–हुर्की गरेका डाक्टरसाहेबले दिङ्लामा बोलिने नेपाली भाषामा यति धेरै अनुकरण शब्द हुनु असम्भव रहेको विचार प्रकट गरेका थिए । मैले त्यस शोधप्रबन्धको परिचयखण्डमा आफैं आधिकारिक सूचक रहेको उल्लेख पनि गरेको थिए“ । उनलाई यस विषयमा पनि आपत्ति रहेको हुन सक्तछ । उनको अनुकरण शब्दका बारेमा रहेको अज्ञानता वा आनो विद्वत्ताको अभिमान केले हो, यस्तो फरक दृष्टिकोण रहेको थियो । यसकारण म दिङ्लाको पात्ले घारी शीर्षकअन्तर्गत जुन विचारहरू व्यक्त गरिरहेको हुन्छु, ती मेरा कलिला उमेरका अनुभवस“ग सम्बन्धित पनि रहेका छन् । ती अनुभवहरू मेरा मनोमस्तिष्कमा खिल पल्टिए जस्ता भएर पनि रहेका छन् । वस्तुतः दिङ्लाको पात्ले घारी मेला लागेका बेला लोकसांगीतिक अधिवेशन–स्थलका रूपमा र अरू समयमा स्थानीय देउते बोकाहरूको अर्काका छोरीबुहारीहरूको सतीत्व हरण गर्ने स्थलका रूपमा पनि परिचित रहेको थियो, म यसैका सेरोफेरोमा रहेर मनोग्रन्थिलाई फुकाउन चाहिरहेको छु ।
त्यहा“को प्राकृतिक सौन्दर्य अवर्णनीय नै रहेको छ । पात्ले घारीको अर्को नाउ“ जगडाको वन वा पालेको वन पनि हो । दिङ्ला भन्ज्याङ्मा उभिएर हाट लाग्ने डा“डातिर फर्कंदा दाया“तिर सानो पात्ले घारी र बाया“तिर ठूलो पात्ले घारी रहेका छन् । सानो पात्ले घारीमा सांगीतिक अधिवेशन हुने गर्दथ्यो भने ठूलो पात्ले घारीमा रति र कामदेवको सम्मिलन हुने गर्दथ्यो । ठूलो पात्ले घारीको उत्तरपूर्वी छेउमा पाठशाला, पाटी र मन्दिर रहेका छन् । खासगरी मन्दिरका परिसरमा चाहि“ धर्मभीरुहरूको सम्मेलन हुने गर्दथ्यो । दिङ्ला भन्ज्याङ्को दक्षिणतिर उठ्तै गएको अग्लो अधित्यका रहेको छ जो अति नै रमणीय रहेको छ भने पाठशालाको पूर्व र दक्षिणतिर घना रुद्राक्षारण्य रहेको छ । यसको प्राकृतिक संरचना यति सुन्दर छ जसको अवलोकन गर्दा जुनसुकै पत्थरहृदयी पनि भावविभोर बन्न सक्तछ । त्यहा“ अग्ला–होचा डा“डाहरू, उकाला–ओराला बाटाहरू, गगनचुम्बी वृक्ष एवं तिनका सेपमा ठिङ्गुरिन बाध्य भएका बुटाबुटीहरूले सामाजिक असमानताका तीता अनुभवहरूको स्मरण गराइरहेको भान हुन्छ । कतै पहारिलो त कतै ओसेप्लो भू–भागहरूले सामन्त–संस्कारका विषम परिस्थितिको आभास दिइरहेझैं लाग्दछ । यसर्थ, यहा“को प्राकृतिक रमणीयताले दर्शकका बाह्येन्द्रियलाई जादूले झैं क्षणिक आकर्षण दिए पनि सामाजिक असन्तुलनको चिसो अनुभवले मनको भित्री तहमा असन्तुष्टि, आक्रोश र विद्रोहलाई जगाइरहेको छनक दिइरहे झैं पनि लाग्दछ ।
त्यहा“को सांस्कृतिक संरचना अन्तर्विरोधयुक्त देखिन्छ । एकातिर हिन्दूधर्मबाट अभिप्रेरित संस्कृतिले सामन्त–संस्कारको पृष्ठपोषण गरिरहेको देखिन्छ भने अर्कातिर विविध जातजातिका बीचमा परम्परादेखि पन्पिंदै आएको लोकसंस्कृतिले समाजमा मिथ्या अवधारणाको विकास गरिरहेको पनि पाइन्छ । हिन्दूधर्मका स्रोतबाट विकसित भएको संस्कृति र लोकपरम्परा नै स्रोतका रूपमा रहेको लोकसंस्कृतिका बीचमा नजानि“दो किसिमले द्वन्द्व पनि भैरहेको अनुभव गर्न सकिन्छ । हिन्दूधर्म प्रेरित संस्कृतिको संवाहक वर्ग उपेक्षक र लोकसंस्कृतिको संवाहक वर्ग उपेक्षित बन्न पुगेको पनि देखिन्छ । हिन्दूधर्मप्रेरित संस्कृतिमा केही जटिलता, विकृति तथा विसंगति, अन्धविश्वास एवं रहस्यमयताको बाहुल्य रहेको पाइन्छ भने लोकसंस्कृति पनि यी दोषहरूबाट मुक्त रहेको चाहि“ देखिंदैन, तथापि हिन्दू संस्कृति बाध्यतास“ग गा“सिएको र लोकसंस्कृति स्वतःस्फूर्तातास“ग टा“सिएको पाइन्छ । त्यस भेकमा तिनै दुईखाले संस्कृतिको वर्चश्व रहेको पाइन्छ । त्यस भेकमा हिन्दू संस्कृतिको उत्थान र विकासमा षडानन्द अधिकारीको योगदान सह्राहनीय रहेको देखिन्छ भने त्यस भेकलाई विविध जातजातिका लोकसंस्कृतिको सड्डमस्थलका रूपमा विकसित गर्ने कामको श्रेय पनि षडानन्द अधिकारीलाई नै दिन सकिन्छ । किनभने उनले मङ्सिरमा पर्ने बालाचतुर्दशीका उपलक्ष्यमा र चैतमा पर्ने रामनवमीका उपलक्ष्यमा तीन तीन दिन लाग्ने ठूलठूला मेला लगाउने परम्परा बसाएको देखिन्छ । त्यसै मेलामा पूर्वी पहाडी जिल्लाका विविध ठाउ“बाट विविध उद्देश्य राखेर भेला हुने लोकसमाजबाट त्यस इलाकालाई लोकसंस्कृतिको सड्डमस्थल बनाउन सहयोग पुगेको देखिन्छ ।
ती मेलाहरूमा त्यहा“का मन्दिरका परिसरमा हिन्दूसंस्कृतिबाट निर्दिष्ट क्रियाकलापहरू हुने गर्दछन् । हिन्दूसंस्कृतिबाट अभिप्रेरित संस्कृतिका केही पक्षहरू पनि लोकसंस्कृतिमा विकसित भएका पाइन्छन् । बालाचतुर्दशीका उपलक्ष्यमा लागेका मेलामा धर्मभीरू मानिसहरू टाढाटाढाबाट आएर त्यस ठाउ“मा पितृका नाउ“मा सद्मी (शतबीज) छर्ने गर्दछन्, मन्दिरका वरिपरि रातभर बत्ती बालेर जाग्राम बस्दछन्, उत्साहका साथमा भजनकीर्तन गर्ने, बालुन खेल्ने र स“गिनी गाउ“दै नाच्ने आदि काम गर्दछन् । बत्ती चेतनाको प्रतीक र स“गिनी सामूहिक भावनाको प्रतीक हो भन्ने कुरामा अनभिज्ञ रहेका र पापमोचन एवं धार्मिक प्राप्तिका निमित्त विश्वस्त रहेका धर्मभीरुहरू अज्ञात रूपमै भए पनि लोकरञ्जित संस्कृतिको उत्थान र विकासमा सहयोग पु¥याइरहेका देखिन्छन् । बालुन, भजन आदिका माध्यमबाट अदृश्य शक्तिप्रति भावविभोर बनेका भक्तहरूको आन्तरिक उद्देश्य आनो दुर्बल मानसिकतालाई सबल बनाउनु रहे पनि बाह्य उद्देश्य मनोरञ्जन नै रहेको देखिन्छ । सद्मी छरेर आना पितृहरूप्रति भक्तिभाव दर्शाइरहेका भक्तहरू अज्ञात रूपमा भए पनि कृषिकर्मप्रति चेतना जगाउने काममा आस्थारत रहेका देखिन्छन् । पितापुर्खाले गरिल्याएको कृषिकार्यलाई निरन्तरता दिने प्रण गरिरहेका भक्तहरूले यस कार्यको गौरवबृद्धिमा बल पु¥याइरहेको देखिन्छ ।
नेपाली संस्कृतिका कतिपय पक्षहरू हिन्दूधर्मद्वारा निर्दिष्ट मानिएका भए पनि लोकरञ्जित रहेका भए पनि कृषिकार्यप्रतिको समपर्णभाव एवं चेतनशीलता जागृत गराउने र त्यस किसिमका भावचेतनालाई उदात्तीकृत गर्दै लैजाने आन्तरिक लक्ष्यस“ग सम्बन्धित रहेका भए पनि अज्ञानताका कारणले गर्दा तिनलाई विकृत एवं विसंगत रूपमा व्यवहारमा ल्याउने काम गरेर समाजले तिनका गरिमालाई धूमिल बनाइरहेको पाइन्छ । यस प्रसङ्गमा दशैं–तिहार जस्ता महŒवपूर्ण चाडमा कृषिप्रतिको आस्था अन्तर्भुक्त रहेको पाइन्छ । दशैंका सन्दर्भमा घटनास्थापनाका दिन जौ र मकैका यमल बीजहरू छर्ने, त्यस दिनदेखि नौ दिनसम्म एक वर्ष, दुई वर्ष आदिका क्रमले नौ वर्षसम्मका कन्याहरूको पूजा गर्ने, दशौं दिनमा चामल दहीमा मुछेर आफूभन्दा ठूला आदरणीय आफन्तका हातबाट टीको तथा नवाङ्कुरित जमराहरू लगाउने र आशीर्वाद ग्रहण गर्ने एवं मान्यजनप्रति आदरभाव दर्शाउने अनि दही, केरा र चिउरा मुछेर खाने अत्यन्त महŒवपूर्ण चाड कृषिमहोत्सवका रूपमा स्थापित भएको पाइन्छ । यस महोत्सवमा कुनै जातजातिको एकाग्रह रहेको देखिंदैन । यसमा सम्पूर्ण जातजातिका नेपालीको सामूहिक अस्तित्व प्रतिबिम्बित रहेको पाइन्छ तर यसमा आर्य र अनार्यका बीचमा संग्रालिएको द्वन्द्व र अनार्यप्रति आर्यको विजय गा“सिएको तथाकथित क्षेपककथाको महŒव फलाकेर कपितय जातजातिप्रति अपमानभावको सिर्जना गर्नु उपयुक्त नहुने देखिन्छ । तिहारकै पा“च दिन पनि कृषिउत्सवस“गै सम्बन्धित रहेका देखिन्छन् । मानिसका अति सन्निकट रहेका काग, कुकुर, गाई तथा गोरुको पूजा गर्नु, हलीको सम्मान गर्नु, दिदीभाइ वा दाजुबहिनीप्रति आदर र स्नेहभाव प्रकट गर्नु, चामलका पीठाको टीको र सयपत्री फूलको माला लाउनु, सेलरोटी, अनर्सा आदि खानु, घरघरमा देउसीभैलो खेलेर भाइचाराको सम्बन्ध गा“स्नु, शारदीय उजेली रातमा लिड्डेपिङ खेल्नु आदि विशुद्ध नेपाली संस्कृतिका उपज देखिन्छन् । बालीनाली भिœयाउनुभन्दा अघिको यसप्रकारको रमाइलो, पारिवारिक एवं सामाजिक सु–सम्बन्धको विकास गर्ने तथा मानवतावादी भावचेतनाको प्रस्फुटन गराउने संस्कृति नेपालीको मौलिक जीवनशैलीस“ग सम्बन्धित रहेको पाइन्छ । यसकारण यो नेपाली जातजातिको विघटन होइन, संगठन गर्ने खालको संस्कृति हो । यस्ता चाडपर्वस“ग गा“सिएका संस्कृतिको उपयोग र यसको व्याख्या सम्पूर्ण नेपालीको समान मर्यादाका आधारमा गरिनुपर्ने कुरालाई दिङ्लाको सर्वजातीय सांस्कृतिक संगमका अभिप्रेरणाले पनि अनुभूत गर्न सकिने देखिन्छ । दशैं तथा तिहार जस्तै बालाचतुर्दशीमा छरिने सद्मी पनि कृषिमहोत्सव अन्तर्गत नै रहेको माथिल्ला अनुच्छेदमा उल्लेख गरिसकिएको छ र तिनलाई त्यसै रूपमा आत्मसात् गरिनुपर्ने देखिन्छ ।
दिङ्लाको मन्दिर, बजारक्षेत्र, सुर्के पाटाबारी, पात्ले घारी, खेतका गरा आदिमा लाग्ने मेलाहरूको सबैभन्दा आकर्षक पक्ष स्वतःस्फूर्त रूपमा हुने गरेको सांगीतिक अधिवेशन नै रहेको देखिन्छ । पूर्वोक्त सद्मी तथा रामनवमी मेला नै त्यसप्रकारको अधिवेशनका आधार देखिन्छन् । अन्यत्र लाग्ने मेलामा पनि यस प्रकारका अधिवेशन हु“दा हुन् तर यहा“ दिङ्लामा लाग्ने उक्त दुई मेलाका अनुभवका आधारमा तिनका स्वरूप र विशेषताको परिचय दिने काम गरिएको छ । ती मेलामा भोजपुर, खोटाङ, उदयपुर, ओखलढुड्डा, धनकुटा, तेह्रथुम, संखुवासभा आदि विविध जिल्लाका मानिसहरू व्यापारिक उद्देश्यले, धार्मिक उद्देश्यले र मनोविनोदका उद्देश्यले भेला हुने गरेका देखिन्छन् । नजिकका वा सीमावर्ती जिल्लाहरूबाट बढी संख्यामा र टाढाका जिल्लाहरूबाट कम संख्यामा मेला भर्ने मानिसहरूको उपस्थिति हुनु स्वाभाविक हो । यहा“ यस अनुच्छेदमा मनोविनोदका लागि मेला भर्न आउने मानिसहरूका बारेमा वा सांगीतिक अधिवेशनका बारेमा केही लेख्नु आवश्यक ठानिएको छ किनभने ती मेलाको सबैभन्दा आकर्षक र प्रभावकारी विषय नै यही रहेको हुनाले यसैलाई लक्षित गर्र्दै यस लेखको शीर्षक पनि राखिएको छ । हुन त यस लेखको उक्त शीर्षक राख्नुको तात्पर्य त्यहा“ निरन्तर भैरहने अश्लील एवं दुराचारी कार्यको संकेत गर्नु पनि हो । पहिले त्यहा“ हुने सांगीतिक अधिवेशनकै परिचय प्रस्तुत गर्नु उपयुक्त ठानिएको छ । त्यस मेलामा लोकगीतका नया“ नया“ भाका फेर्ने काम गरिन्छ । सद्मी मेलामा जुन किसिमका नया“ भाका फेरिएका हुन्छन्, रामनवमीको मेला नलागुन्जेलसम्म गाउ“घर, वनपाखा, मेलापात आदि हरेक ठाउ“मा तिनै भाकामा लोकगीत गाउने गरिन्छ भने रामनवमीका मेलामा फेरिएका भाकामा लोकगीत गाउने काम सद्मी मेला नलागुन्जेल हुने गरेको पाइन्छ । यसरी ती मेलाहरूमा पुराना भाकाहरूको परित्याग गर्ने र नया“ भाकाहरूको सुरुआत हुने भएकाले यस प्रक्रियालाई साहित्यिक भाषामा सांगीतिक अधिवेशनको संज्ञा दिइएको हो, जुन दिङ्लाको पात्ले घारीमा वर्षको दुईचोटि हुने गरेको पाइन्छ । स्वतःस्फूर्त रूपमा गाइने, सामूहिक भावदशा झल्कने र जीवनका तितीमिठीहरूलाई व्यक्त गरिने सुगम आधारका रूपमा गाइने लोकगीतहरूमा ग्रामीण जनजीवनको मार्मिक चित्र प्रस्तुत हुने मात्र होइन, नेपाली जातजातिको चोखो र मौलिक संस्कृति पनि अभिव्यञ्जित हुने गरेको पाइन्छ ।
ती मेलाको अर्को महŒवपूर्ण पक्ष लोकगीतजुवारी रहेको देखिन्छ । यो एक प्रकारको हारजितको खेलका रूपमा पनि परिभाषित भएको देखिन्छ भने लोकगीतको भाका फेर्ने काम पनि यसै प्रसड्डमा गर्ने गरिएको पाइन्छ । यस खेलमा नजिकनजिक वा टाढाटाढाबाट भेला भएका कुनै पनि युवायुवतीहरूले भाग लिने गरेको पाइन्छ । यो खेल लुकीचोरी खेलिने नभइकन सरसमाजका चिनेजानेका, नातागोता, साथीस“गी एवं अभिभावक सदृश व्यक्तिहरूलाई साक्षी राखेर खेल्ने गरिएको देखिन्छ । साक्षी बस्ने, रमिता हेर्ने वा केटा अथवा केटीको पक्षमा उभिने मानिसहरू दुई वर्गमा बा“डिएर बसेका हुन्छन् भने मुरली वा बा“सुरी, मुरचुड्डा, बिनायो तथा मादल जस्ता बाजा बनाउनेहरू उत्साहपूर्वक गीतको लय सुहाउ“दो किसिमबाट बाजा बनाउनमा व्यस्त देखिन्छन् । जुवारीमा भाग लिनेहरू एकजना युवक र एकजना युवती मुख्य रूपमा रहेका हुन्छन् भने दुवै पक्षलाई साथ दिने, थप्परी मार्ने र सुसेला हाल्ने साथीस“गीहरू पनि रहेका हुन्छन् । सर्वप्रथम त्यहा“ भेला भएकाहरूमध्ये केही बुज्रुकहरूले जुवारीका नियम र त्यसको परिणामलाई दुवै पक्षले सहर्ष स्वीकार गर्नुपर्ने कुरा अवगत गराउ“छन् । ती युवायुवतीले नया“ भाका झिक्तै दुवैले एउटै लयमा गीतबाटै धैर्यपूर्वक सवालजवाफका शैलीमा आना मनका भावनाहरू व्यक्त गर्नुपर्ने, सवालजवाफ उत्कर्षमा पुगेका क्षणमा एउटाले गाइरहेका स्थितिमा अर्काले कुशल नृत्य प्रदर्शन पनि गर्न सकिने र यस खेलमा केटीले जिते केटाले पैसा राखी केटीका खुट्टामा ढोग्नुपर्ने तथा तिहारमा संभव भए भाइटीका थाप्नुपर्ने अनि केटाले जितेमा केटीलाई दुलहीका रूपमा घरमा लैजानुपर्ने तर कसैले पनि त्यस कुरामा नाइ“नास्ती गर्न नहुने कुरा नियमभित्र रहेका हुन्छन् । यसअनुसार केटा र केटी नया“ भाकामा गाउन थाल्छन् । बाजा बजाउने, थप्परी मार्ने तथा सुसेला हाल्नेहरू ती गायकहरूलाई उत्साहित गरिरहन्छन् । गीतका सुरिला भाकामा प्रस्तुत गरिएका सवालजवाफले ती जब उत्तेजित हुन थाल्छन्, तब एउटाले गाएका बेला अर्काले सुन्दर शारीरिक भड्डिमाका साथमा नाच्ने पनि गर्दछन् । जब उनीहरूका बीचमा हारजितको स्थिति देखापर्दछ, तब उनीहरू सहर्ष पूर्वशर्तको परिचालन गर्न वचनबद्ध हुन्छन् । यसमा कुनै किसिमको रागविराग रहेको पनि पाइ“दैन र असन्तुष्टि वा आक्रोश पनि देखिंदैन । लोकसमाजको यो सुन्दर परम्परा पवित्र रहेको देखिन्छ भने लोकसंस्कृतिको पावन स्वरूपको पहिचान पनि यसबाट भएको अनुभव हुन्छ ।
एकातिर यस्तो स्वच्छ आदर्श रहेको पाउन सकिन्छ भने अर्कातिर जग्गा–जमीन, श्रीसम्पत्ति एवं तथाकथित कुलीनताका उन्मादले औताएका सा“ढे र देउते बोकाहरूले त्यस पात्ले घारीलाई दुर्गन्धित पारेको पनि पाइन्छ । असमर्थहरूका पसिनाले बा“च्ने सौभाग्य पाएका वर्गमा जन्मने सुयोग प्राप्त गरेका कामदेवका पुजारीहरूले ललाइफकाइ गरेर, पैसाको बल्छी थापेर वा हप्काइदप्काइ गरेर टाढाटाढाबाट धार्मिक मरीचिकाले वा रमाइलोका तृष्णाले ती मेलामा उपस्थित भएका साधु स्वभावका युवती वा अधबैंंसे नारीहरूको सतीत्वलाई कलड्ढित पारेका कुराहरू पनि चर्चामा नआउने गरेका होइनन् । तिनै कुलीनता र सम्पत्तिका दम्भले अन्धा बनेका लठैतहरूबाट लाटासोझा एवं निरीह व्यक्तिहरूले लात्ती, मुड्की, घुस्सी, लाठी र खुकुरीका प्रहार भोग्नुपरेका मार्मिक कथाहरूलाई ती मेलाहरूले जन्म नदिएका होइनन् । त्यस्ता व्यक्तिहरू स्वास्नीको अस्मिता लुटिएका निर्धा लोग्नेहरू र बैंस जुठ्याइएका बहिनीका निमुखा दाजुहरू नै पनि हुन सक्तछन् । रक्सीका नशाले रन्थनाएका ती निरंकुश सा“ढेहरू तथा कुखुरे बैंशले छटपटाएका देउते बोकाहरूका अवैध सन्तान जन्माउन बाध्य भएका र तिनको न्वारान गर्न विवश रहेका स्त्रीपुरुषहरू भुसको आगोझैं मनोग्रन्थिमा पीडाको रन्कोस“गै बा“च्ने अभिशाप भोगिरहेका पनि हुन्थे≤ मुटुभरि विद्रोहको रा“को बालेर जीवित रहन्थे ।
खासगरी किशोरकालका यी मीठा र तीता सम्झनाहरू दिलाएर दिङ्लाको त्यस पात्ले घारीले मलाई कहिले सपनामा चुम्बन गरिरहन्छ भने कहिले ऐठन गरिरहन्छ । दिङ्लाका मन्दिरका परिसरले मलाई कहिले चेतनाका दीपहरूले उज्यालातिर डो¥याइरहेका हुन्छन् भने कहिले सामन्तसंस्कृतिको पीरो रागले निसास्सिने परिस्थितिको सिर्जना गरिरहेको हुन्छ । तथापि लोकसंस्कृतिका सुवासले मीठो कुतकुती लगाउ“दा सहानुभूतिको निस्स्वासले सुमसुमिन पुगेको म दिङ्लाको पात्ले घारी कहिले सम्झिरहन चाहन्छु त कहिले बिर्सिहाल्न चाहन्छु ।

कविता
पहाडको अग्लिने रहर
– गौरा रिजाल
हरेक पाहाडहरू अग्लने रहरमा,
आकाशको उचाइ छुने हडबडमा,
कोही सगरमाथा बन्न पुग्छन्,
कोही पाथिभरा जस्तै हुन्छन्,
कोही मैदानका थुम्काथुम्की,
ज्वालामुखी र भूकम्पले,
कहिले अग्लने हुन्छन्,
कहिले होचिने गर्छन्,
तर ⁄
आज मेरो प्रतिष्ठाको पाहाड,
बेलायती कुकुर झैं, लिलिपुट भएछ,
चुरीफुरी गर्छ, न चढ्छ न बढ्छ,
मेरो मनोबल कैद गर्दै,
षड्यन्त्रको चा“जो मिलाउ“छ ।

मिरमिरेमै उठ्न खोज्छु,
बन्दुक र वारुदका अनिंदा रातहरू,
बुटभित्र कोचिएका लडखडाउ“दा खुट्टाहरू,
चेतनाका अंगहरू दबाउ“छन्,
उठ्नु सट्टा निदाउ“छन्,
अनि ब्यू“झ“दा ⁄
उग्र तापले तातेको धर्ती,
झस्केको दिमाग, पोल्ने पाइतालाहरू,
शीतलताको खोजीमा बहकिंदै,
कोही जंगल बसेका छन्,
कोही मुग्लान पसेका छन्,
पहराबाट कोही उद्घोष गर्छन्,
कालो सीसामा छोपिनेहरू,
झरिबादलमा देखिने गर,
मार्वल टेक्नेहरू जमीन टेक्न उठ,
कहिले नबिग्रिने गरी बन्न उठ ।

धर्तीभरि फैलने धोको,
टिस्टा–का“गडाबाट मेचीमा सा“घुरिएर,
खप्न विवश म खपें,
दीर्घ घाउमा मलम लगाए“,
आनै आकाशको विशालतामा,
सन्तान हुर्काउने चा“जो मिलाए“,
तर ⁄
भ्रष्ट, अनैतिक र अनाचारभित्र
अन्यायपूर्वक कैद गरिएकी म,
मृत सन्तानहरू लिंदै रु“दै,
अस्थिरपञ्जर हु“दै बा“चेकी म,
प्रसवपीडा झैं छटपटिएकी,
कुन सन्तान जन्म“ला फेरि,
हिटलर कि, बुद्ध जस्तो,
खु्रश्चोभ कि लेनिन जस्तो,
आउ शुभ धुनको, शुभ साइतको,
शुभ घडीको संकल्प गरौं ।

निबन्ध
दुरसंचारको जय
– नरनाथ  लुईंटेल
लखरठ्याक फेरि डेरा स¥यो । उसलाई डेरा सर्न खासै गाह्र्रो परेन । एक दुई ओटा थोत्रा स्टोभ, खटिया भन्न लायकको एउटा पलङ्ग, दुई तीनवटा प्लास्टिकका जर्किन, दुई तीनवटा निगालोका ¥याक र ¥याकमा भएका केही थोत्रा–मोत्रा कितापहरू “प्याक” पारेर मिनी ट्याक्टरमा हालिदिएपछि लखरठ्याकले छोड्ने कोठा खाली भइहाल्यो । त्यहीं नजिकैको अर्को कोठामा ऊ स¥यो । छोडेको कोठा र सरेको कोठा बीचको दूरी मुस्किलले साँडे दुईसय मिटर होला । केही समयदेखि लावारिस रहेको एउटा टेलिफोन लाइन पनि लखरठ्याकले फेला पारेको थियो । डेरा सर्दा उसले सोच्यो– यति नजिकैको दुरीमा रहेको टेलिफोन सार्न त्यस्तो गाह्रो नै के पर्ला र ?
डेरा सरेको भोलिपल्टै त्यही “साइट”को दूरसञ्चारको एकजना “फिल्ड टेक्निसियन”स“ग लखरठ्याकको जम्काभेट भयो । संयोगवश गल्लीमै भेट भए पनि उसले टेक्निसियनलाई आफू डेरा सरेको कुरा बतायो र फोन सार्न के कसो गर्नुपर्ला भनी संक्षिप्त विचारविमर्श ग¥यो । टेक्निसियनले पनि हाल बहाल रहेको ठाउ“ र सानर््ुपर्ने ठाउ“को सामान्य अवलोकन गरेपछि लखरठ्याकलाई जानकारी दियो– “तपाईंको “क्याबिनेट” र “डिपी” नै फरक पर्ने भएछ, त्यसकारण अब तपाईंको ढिपीले पनि केही गर्दैन, त्यस्तो नभएको भए म अहिले नै यताको तार थुतेर उता सिउरीदिन्थें भइहाल्थ्यो । त्यसकारण अब तपाईं सुनधारामा गएर ठाउ“सारीको दर्खास्त दिनुहोस् । बिना “प्रोसेस” त यो सम्भव नै छैन ।” टेक्निसियनको कुरा प्रस्ट थियो, लखरठ्याकले नबुझी धरै थिएन । कुरो बुझेर र ऊ आफ्नो कोठामा फर्कियो । उसको टेलिफोनको गट्टो नया“ कोठामा, तारको लहरो पुरानो कोठामा । आज गर्नुपर्ने कामको फेहरिस्त संझियो– कति काम त ऊ टेलिफोनबाटै सम्पन्न गर्न सक्थ्यो तर अब सम्भव छैन । न त नजिकै सार्वजनिक टेलिफोन छ, न त “प्राइभेट सेक्टर”को सञ्चार सेवामा गएर मिनेटै पिच्छेको रु. ५।– तिर्ने हिम्मत नै उसले ग¥यो ।
अरू सहस्र काम छोडी लखरठ्याक हान्निएर त्यसै दिन सुनधारा पुग्यो । ठाउ“सारीको दरखास्त लियो र फटाफट त्यही“ भ¥यो । दर्ता शाखामा पुगेपछि उसले थाहा पायो– दर्खास्तमाथि निश्चित कारवाही पूरा नभई दरखास्त नै दर्ता हु“दो रहेनछ । सारा सरकारी अड्डा–अफिसमा निवेदन दर्ता भएपछि कार्वाहीको प्रक्रिया सुरु हुने गर्छ– लखरठ््याकलाई थाहा भएको कुरो यही हो । तर दूर सञ्चारमा त्यस्तो नहु“दो रहेछ । ठाउ“सारीको दरखास्त दर्ता हुनुपूर्व नै दरखास्तसम्बन्धी आधारभूत प्रक्रिया पूरा हुनुपर्ने ज्ञान प्राप्त गरेर ऊ सबभन्दा पहिले पुग्यो शुल्क शाखामा । भद्रकालीको फेरो मारी दरखास्तमै फलानो महिनासम्मको शुल्क बुझाइसकेको व्यहोरा उल्लेख गराइसक्दा नसक्दै त्यस दिनको अफिस समय सकियो ।
आधारभूत प्रक्रिया अन्तर्गतको अर्को महŒवपूर्ण काम थियो– सेल्स शाखाले पुरानो रेकर्ड हेरी त्यसमा केही अगडबगडम उल्लेख गर्नुपर्ने । दोस्रो दिन पनि सहस्र काम छाडेर दूर सञ्चार पुगेको लखरठ्याक दुई घण्टा कुरेच काटेर रित्तो हात फर्कियो । यो कोठाबाट ऊ कोठा, ६ नं. बाट ८, त्यताबाट पनि उता, उताबाट पनि यता दौडिए र दौडाइएपछि उसलाई भनियो– “तपाईंको टेलिफोनको पुरानो रेकर्ड भेटिएको छैन, भोलि आउनुस् है ⁄ अनि फेरि भोलिपल्ट अर्को लफडा आइलागेको जानकारी पायो” “तपाईंको टेलिफोन उताबाट ”एक्सचेन्ज” भई यता आएको रहेछ, यसको रेकर्ड त छाउनी एक्सचेन्जमा हुनुपर्ने, तपाईं त्यहीं जानुहोस् ।” हातमा टोपी लिएर लखरठ्याक ठाउ“सारीको दर्खास्त खल्तीमा च्यापी चौथो दिन छाउनी एक्सचेन्ज हाजिर भयो । प्रक्रियामाथिको प्रक्रिया बेहोर्दै त्यहा“ पनि उसले निकैवटा कोठा चाहर्नु प¥यो । अन्ततः त्यो दिन पनि र त्यहा“बाट पनि उसको काम फत्ते भएन । तपाईं भोलि आउनुस् या फलानो नम्बरमा फोन गरी सोधखोज गर्नुहोस्, यहा“ फेला नपरे तपाईंको रेकर्ड कीर्तिपुर एक्सचेन्जमा हुनसक्छ । तपाईंले त्यतै बुझे पनि हुने ।” लखरठ्याकले हस् भन्दै टाउको हल्लायो । उस“ग अर्को विकल्पै थिएन । दरखास्त दर्ता गर्न पूरा गर्नुपर्ने प्रक्रिया सुरु भएको पा“चौ दिन सार्वजनिक विदाको दिन प¥यो । छैटौं दिन पनि लखरठ्याकले आफ्नो सबै समय टेलिफोनको टनटनमै समर्पण गर्ने विचार ग¥यो । उसले मनमनै सम्झियो– यो ठाडो नभई पनि नहुने, हु“दा पनि नहुने के आइलागेको ह“ ? हैरान, हैरान हु“दै ऊ कीर्तिपुर जाने बस चढ्यो । बर्खेझरी, कीर्तिपुर रुटको मिनिबस । बसभित्रै छाता ओढ्दा पनि लखरठ्याक निथ्रुक्कै भिजेर कीर्तिपुर एक्सचेन्ज अफिस पुग्यो र पुकारा ग¥यो– “प्रभू, यो फजितिबाट मलाई मुक्ति बक्सियोस्”– त्यहा“ पनि उसको दरखास्त फारमले सम्बन्धित शाखाको टेबुलमा घण्टा दुएक कुरेच काटेपछि मात्र मौखिक फरमान जारी भयो– “यसको रेकर्ड त फलाना मितिमा यहा“बाट छाउनी पठाई सकिएको छ । लौ तपाईं उहीं जानुहोस् ।” लखरठ्याक फिर्ता भएको बैरपत्र जस्तै पुनः छाउनी पुग्यो । पुनः सबै सबै वृतान्त सुनाएपछि दुईजना कर्मचारी मित्रहरूले खूब जा“गर देखाए– शाखामा भएका नया“ पुराना सारा फाइल उधिनियो, खोजियो तर खोजेको कुरा अह“, मरे फेला परेन । बरु एउटा खातामा उल्लेख भएको कुरालाई हवाला दिंदै “यो त सुन्धारा क्षे.का. मा पठाई सकिएको रहेछ, लौ तपाईं त्यहीं जानुहोस्” भनियो । त्यसदिन पनि लखरठ्याक रित्तै हात डेरा फर्कियो । र, टेबुलमा गजक्क परेर बसेको लाइन बेगरको टेलिफोनको गट्टोलाई टपक्क टिपेर खाटमुनि घचेट्यो । अनि खाटमा उत्तानो टाङ लाएर दलिन गन्दै उसले यो हप्ताभरि चौपट भएको कामको हिसाब लगायो । उसको टाउको त्यसै त्यसै चक्कराएर आयो ।
अरू थप चार दिन लखरठ्याकले सुनधारामा खर्च गरीसक्यो तर सा“ढे दुईसय मिटरको दुरीमा रहेको टेलिफोन ठाउ“सारीको दर्खास्त दर्ता गर्नुपूर्वको एउटा प्रक्रिया अझै पु¥याउन सकेको छैन लखरठ्याकले । त्यो प्रक्रिया पूरा गरी दर्खास्त दर्ता भएपछिको प्रक्रिया त बा“की नै छ । हेरौं, लखरठ्याकको टेलिफोन ठाउ“सारी भई जडान हुन कति महिना लाग्ने हो । लखरठ्याकको यो सबै टेलिफोन टनटन सुनाएपछि डेरा सर्न खनखन गरिरहेकी लखरठ्याककी पत्नी रामप्यारीको मनोविज्ञान भने राम्रैस“ग परिवर्तन हुनपुगेको छ । यसका निम्ति सभक्तिपूर्वक दूर सञ्चारको जय गाउन मन तुलबुलाउनुसम्म तुलबुलाइरहेछ । धन्य धन्य ⁄ दूर सञ्चार ⁄ हजूरको जय होस् ।

कविता
म पनि आधा आकाश हु“
– कमला श्रेष्ठ
जीवनयात्राको प्रवाहमा
सगरमाथा चढ्नबाट नरोक,
शिखर पुग्ने तिम्रो यात्रामा हरपल साथ दिइरहेकै छु
रोक्न नखोज शिखर चढ्नबाट
तिम्रा बलिष्ठ पाखुरीहरू जति सबल छन्
त्यति नै सबल छन् मेरा पाखुरीहरू
म नारी हु“, वर्तमान सृष्टिको आधा आकाश हु“ ।

ननिमोठ चेतनाका मुनाहरूलाई,
इतिहासलाई नकुल्च,
पितृसत्ताको बुटले बजार्न नखोज, कोमल अनुभूतिहरूमाथि
सन्तानउत्पादनको काम मात्र होइन मेरो
म नारी हु“ वर्तमान सृष्टिको आधा आकाश हु“ ।

एकपेट बा“च्ने रहरमा पिरोलिएका जिन्दगीहरू
पाशविक यातनाभित्र जीउन बाध्य जिन्दगीहरू
अर्धाड्डिनीको नाममा हर रात बलात्कृत जिन्दगीहरू
बुझ्न सिक आ“शुभित्र पनि जीवन छ भनेर
हेर्ने आ“खाहरूलाई फेर र चिन्न सिक सभ्यताका पहिचानहरू
खोज्न सिक निर्माणका यात्राहरू
म क्लाराजेट्किन हु“, रोजा लक्जेम्बर्ग हु“,
लक्ष्मी बाई पनि हु“, मेडम क्युरी पनि हु“
म युगौंदेखि नारी हु“, वर्तमान सृष्टिको आधा आकाश हु“ ।

घरको जग जब तिमी थाल्नेछौ, तला थप्न सघाइरहेकै छु
बाटाभरि बिछ्याइएका का“डाहरू पन्छाएकै छु
यात्रा अगाडि बढाउन तिमी जति हिम्मत र साहस गर्छौ
साथ दिएकै छु,
मैले पनि आस्थाको चुचुरो चढ्न जानेको छु,
हिम्मत र साहसका साथ
पाउमा पाउ मिलाई का“धमा का“ध मिलाई
म पनि अघि बढ्न सक्छु, बढेकै छु
मलाई घेराभित्र कैद गर्ने कोशिश नगर

जड्डलको रुवाइ
– इन्द्रकुमार श्रेष्ठ
दिनभरि दाउरा काटेर लखतरान भई फर्केकी देवी, रुखोसुखो खाना खाएर भुइ“तलामा सुतेकी छे । रातको अन्तिम प्रहर । भालेको पहिलो बोली, कुखुरीका“स“गै सपनाको संसारबाट ऊ आ“खा उघार्छे । त्यत्तिकैमा, घरमास्तिरको गल्तीतिर एकनासको आवाज हि“डेको सुनिन्छ– गडप .... गडप ... गडप ... । आवाज क्रमशः नजिकिन्छ
ढक्ढक्ढक् ... ढक्ढक्ढक्
“ऐ, यतिखेरसम्म सुतिरहने कसको घर हो ?”
दिनभरिको कामले सबैजना थाकेका हु“दा बुबाआमा, भाइबैनी कोही बिउ“झेका हु“दैनन् ।
“किन, कसलाई खोज्नु भा’ ?” झ्यालबाट हेर्दै देवी जवाफ दिन्छे ।
“हामीहरूले देवकुमारीलाई खोजेको” दुई जनाको चड्किलो जवाफ ।
“त्यो त मै हु“”
“ए, बहिनी, तिमी नै हौ, एकछिन तल झर त, हामी तिमीलाई नै भेट्न आएका”
पुसको सिरेटो झ्यालबाट मात्र छिरिरहेको हुन्छ । वातावरणमा ठण्डी घुमिरहेको छ । देवीले, फित्ता गा“सिएका प्लास्टिकका चप्पल यताउति खोजी, भेटिन । एउटा पुरानो खद्दरको बर्को ओढेर ऊ लिस्नोबाट तल ओर्ली । ढोका उघारेपछि देखी– आ“गनमा पन्ध्रबीसजना हतियारधारी जवानहरू छन् । सबैतिर आ“खा डुलाउन नपाउ“दै उनीहरूले ‘ल हिंड्’ भनेर ओरालो झारे । बाटोमा जवानहरूले देवीस“ग, कालीको घर सोधे । उसले, काली आनै काकाकी छोरी भएको बताई ।
भालेकुखुरा तीनपटक बासिसकेको थियो र उज्यालो भुइ“मा छरिइसकेको । तर बादलले चारैतिर ढाकिएको हु“दा कतै केही देखिन्नथ्यो ।
जवानहरूले कालीलाई पनि बोलाए । आ“खा मिच्दै ऊ पनि आ“गनमा आइपुगी । देवीका बाबुआमा मास्तिरबाट झरे । कालीका बाबुआमा पनि तलामाथिबाट ओर्लिए । हाम्रा छोरीहरूको किन खोजी गरिएको हो भनेर सोधनी गरियो । जवाफमा जवानहरूले ‘यसो सोधपुछ गर्नलाई हो, ल दुइटी नै हि“ड’ भने । भाउजू चाहि“ले “बैनी, बिहानै जाडो छ, यो ओढेर जानोस्”, भन्दै आनो बिहेको रातो दोसल्ला कालीको हातमा थमाइदिई ।
अघिपछि जवानहरू, बीचमा १६÷१७ वर्षे दुईटी केटीहरू । यस्ता मान्छेहरू कहिलेकाही“ भेटे पनि आनै घरमा आएको भने दुवैले थाहा पाएका थिएनन् । किन हो, कसो हो, के सोध्ने हो, मनभरि तीब्र कौतूहल लिएका केटीहरू एक त जाडो, अनि अर्को डर– दुवै काम्दै हिंडिरहे– दुवै कुराले, खाली खुट्टा ।
आनो गाउ“ छ्याड्डै देखिने, अलि परको जड्डलमा पु¥याएपछि अघिपछिका जवानहरू आमनेसामने अनुहार गरेर रोकिए । एउटाले प्रश्न ग¥यो–
“ए फुची हो ⁄ तिमेरु गाउ“तिर के कुरा गरी हि“ड्छौ ?”
“खै, त्यस्तो नराम्रो कुरो त केही गरेका छैनौं हामीले”
“आफूले गरेका कुरा फटाफट भन्ने, होइन भने ...” एकजना भुस्तिघ्रे जवानले देवीको चल्नीमा बन्दुक तेस्र्यायो ।
थर्किएको स्वरमा कालीले भनी, “हेर्नोस्, हामीले गाउ“–घरमा गरेको कुरा भनेको, धनीमानी तथा ठूलाबडाहरूले, निर्धानिमुखाको पसिना अझै पनि खाइरहेछन्, नेताहरूले र उच्चमध्यम पदीय व्यक्तिहरूले बढ्ता भ्रष्टाचार गरिरहेछन्, तिनीहरूले सजाय पाउनुपर्छ भनेका हौं । हामीले किताबमा त्यही पढ्यौं, त्यही जान्यौं । आफूलाई राम्रो लागेको कुरा अरूलाई सुनायौं ...”
काली र देवी दुवैका आ“खा रुमालले बा“धिए । वारिपट्टि आमाहरूका आ“खा बर्सिरहेका थिए पारिपट्टि जड्डलमा छोरीहरू तर्सिरहेका थिए । उनीहरूलाई विद्यालयमा मुसोबिरालो खेल खेलेको सम्झना भयो । नरम गालाहरूमा साह्रा हातहरूले सुमसुम्याए, चिमोटे, कपाल लुछे । काली र देवीले एकअर्कालाई बोलाए, रोए, कराए, चिच्याए, आमाबाबु गुहारे । एक घण्टाजसो जड्डलको पीडामय रुवाइबाट चराहरू कहालिए, प्रकृति खिन्न भयो तर मान्छेको मन ढुड्डाको ढुड्डै रह्यो ।
ड्वाङ् .... ड्वाङ् ... ड्वाङ् ... ड्वाङ् ... सररर ...
चारपटक बन्दुक पड्केको नमीठो आवाजस“गै, पारिपट्टिको पहाडमा ठोक्किएर आएको कर्कश प्रतिध्वनिले पूरै गाउ“ मौन र त्रासमा डुब्यो ।
पूर्वपट्टि सूर्य उदाउनै आ“टेका थिए ।

कविता
सपना र आ“खाहरू
– पञ्चकुमारी परियार
सपना देख्न
न भन्सार कर छल्नुपर्छ
न भ्याट तिर्नुपर्छ
न बिल बनाउनुपर्छ

बिना अवरोध
मैले धेरै सपनाहरू देखें÷देखिरहें
मेरो सपना
पहाड सम्मिएर मैदान हुन्थे
लहलहाउ“दो धानको बाला झुलेर
सहकालीन मंसिर हुन्थे
गुरा“स र चा“पस“गै
खुशीहरू फक्रिन्थे
म हरेक ठाउ“लाई आलिशान महल
चौरासी व्यञ्जन
र फेसनमा सौखिन काठमाडौ“ देख्थें
मेरो सपनामा
कोही भोको थिएन
कोही नाड्डो थिएन
कोही बाड्डो थिएन
कोही असमान थिएन
आहा ⁄ क्या आनन्दमय सपना
कति मनमोहक इन्द्रेणी सपना
अनायास
मेरो स्वप्न भड्ड गर्दै
मेरो कानमा एउटा आक्रोश पोखिन्छ
म सपनाको गोरेटोबाट विचलित हुन्छु
मेरो अगाडि एक हुल याचकी उभिएको देख्छु
कोही साहुकोमा बन्धक धनीपूर्जा माग्छन्
कोही नाना र पापा माग्छन्
कोही न्याय र समानता माग्छन्
कोही शान्ति माग्छन्
अर्को सनसनीपूर्ण खबर आउ“छ
कतै पहिरोले किचिएर
कतै उत्पीडनले थिचिएर
कतै पाशविक बलात्कार भएर
कोही एम्बुसमा परेर
हजारौं मरे रे ⁄
म नाजवाफ भए“ ।

सुनेथें सपना बिग्रनु
बिपनाको अनिष्टको लक्षण हो
अफसोच
बिपनै बिग्रिए
यथार्थै भत्किए
थाहा छैन
खै कुन प्रलयको लक्षण हो
मिथ्या सपना देखेर
समय बर्बाद गर्नुको पीडा
आनै अगाडि आनै बिपना जल्नुको पीडा
म पीडैपीडाको बीचमा चिच्याउ“छु
“थुइक्क तेरो सपना” भनेर
आफैंलाई हप्काउ“छु ।

कान पक्रिएर कसम खान्छु
यथार्थभन्दा पृथक् सपना
कहिल्यै नदेखून् यी आ“खाहरू ।

समालोचना
समकालीन प्रगतिवादी निबन्धलेखन र त्यसका प्रवृत्तिहरू१. आमुख
विश्वविद्यालयीय परिभाषालाई पन्छाएर समकालीनताको कुरा गर्दा सामान्यतया २०४६ यताको अवधि नै समकालीन भनेर ज्यादा बुझिन्छ र धेरैका लागि त्यो स्वीकारयोग्य पनि हुन्छ । प्रलेसले पनि सम्भवतः यसै तात्पर्यमा समकालीन निबन्धका प्रवृत्तिविषयक छलफल चलाउन खोजेको छ । त्यसैले प्रस्तुत पत्रमा २०४६ यताकै समयमा लेखिएका निबन्धहरूलाई आधार बनाई तिनका प्रवृत्तिको चर्चा गरिएको छ तर त्यसो गर्ने क्रममा वर्तमानको प्रतिकूलताले २०४६ यताका सम्पूर्ण सामग्री (विशेषतः पत्रपत्रिकामा प्रकाशित फुटकर रचना)को प्राप्तिलाई असहज बनाएको स्थिति र अध्ययन–लेखनका लागि उपलब्ध गराइएको समयको अपर्याप्ततासमेतले गर्दा २०४६ यता देशभरि प्रकाशित त्यस्ता सम्पूर्ण निबन्ध–सामग्रीको सम्यक् पर्यवेक्षण गर्न नसकिएको यथार्थलाई यहा“ इमानदारीपूर्वक राख्नै पर्दछ । उपर्युक्त विविध प्रकारका प्रतिकूलताका बावजुद पनि जेजति मोठ सामग्री (विशेषतः संग्रहका रूपमा प्रकाशित) फेला पार्न सकियो, मुख्यतः तिनकै अवलोकन–पर्यवेक्षणमा आधारित रही यो पत्र तयार गरिएको हो । यसलाई प्रस्तुत पत्रको सीमाका रूपमा बुझ्दा पनि हुन्छ । प्रस्तुत आलेखमा विशेषतः प्रगतिवादी निबन्धलाई विवेच्य सामग्री बनाई प्रगतिवादी निबन्धका प्रवृत्तिको आकलन गर्ने प्रयास भएको छ । यद्यपि त्यस क्रममा विशुद्ध प्रगतिवादी मात्र नभई प्रगतिशील अर्थात् आलोचनात्मक यथार्थवादी प्रवृत्तिका निबन्धसमेतको समावेशन भएको छ तर सम्पूर्ण आलोचनात्मक यथार्थवादी निबन्धहरू पर्न सकेका छैनन् । विशेषतः प्रगतिवादी निबन्धमै यो आलेख आधारित रहेको छ ।
२. वर्तमानमा प्रगतिवादी निबन्ध–लेखनको स्थिति
समकालीन प्रगतिवादी निबन्धका प्रवृत्तिको चर्चा गर्नुअघि प्रगतिवादी निबन्ध–लेखनको स्थिति कस्तो छ भन्नेबारे संक्षेपमा चर्चा गर्नु उपयुक्त देखिन्छ । निबन्ध आफैंमा वा आफ्नो विधागत स्वरूपमा अनौपचारिक लेखनको र आत्मपरक अभिव्यक्तिको माध्यम हो भन्ने कुरा स्पष्टै छ । यसै कारण निबन्धप्रति आम पाठकको सरोकार वा चासो त्यति बेलासम्म हु“दैन जबसम्म त्यसमा सार्वजनिक सरोकारका विषयले स्थान पाउ“दैनन् । यही कारण हो– आत्मगन्थनका रूपमा वा नितान्त वैयक्तिक अनुभूतिका रूपमा लेखिने निबन्धप्रति आम पाठकको चासो वा आकर्षण त्यति देखिंदैन । त्यसैले वर्तमानमा कविता वा आख्यानका पाठक जति छन्, निबन्धका पाठक त्यति छैनन् भन्ने मेरो आफ्नो अनुभव छ । साहित्यिक पत्रपत्रिकामा बाना वा बान्की मिलाउनकै लागि निबन्ध खोजेर राख्नुपर्ने स्थिति रहेको अनुभव पनि साहित्यिक पत्रकारिताका क्षेत्रमा व्याप्त रहेको छ भन्नु त्यति असत्य होइन भन्ने म ठान्छु । निबन्धको पाठकीय यो पक्ष आफ्ना ठाउ“मा छ“दैछ । यसबाहेक जहा“सम्म लेखकीय वा सिर्जनस्थितिको सन्दर्भ छ २०४० का दशकमा जति धेरै संख्यामा प्रगतिवादी निबन्धकारहरू देखापरेका थिए, २०५० को वर्तमान दशकमा त्यो संख्या अपेक्षाकृत घटेको अनुभव हु“दैछ । यद्यपि संख्या मात्रै हेर्ने होे भने समग्रमा वर्तमानमा सक्रिय निबन्धकारहरूको संख्या ठूलै देखाउन पनि सकिन्छ । अझै आलोचनात्मक यथार्थवादी स्तरका निबन्धकारहरूको संख्या ठूलै हुनसक्तछ । तर प्रतिबद्ध प्रगतिवादी निबन्धकारहरूको संख्या भने अपेक्षाकृत थोरै नै रहेको छ ।
यस दशकमा कलम चलाइरहेकाहरूको नाउ“ लिनु पर्दा मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौला, चूडामणि रेग्मी, नरेन्द्र चापागाईं, राजेन्द्र सुवेदी, गंगाप्रसाद उप्रेती, विष्णु प्रभात, रुद्र खरेल, माधव पोखरेल, प्रदीप नेपाल, दिल साहनी, होम सुवेदी, अनिल पौडेल, मोहन दुवाल, नारायण ढकाल, पुण्य खरेल, रविकिरण निर्जीव, घनश्याम ढकाल, विमल निभा, जगदीशचन्द्र भण्डारी, नरनाथ लुइ“टेल, सुधा त्रिपाठी, सुनिल पौडेल, मुक्तिबन्धु, राजव, कुलप्रसाद खनाल, हरिगोविन्द लुइ“टेल, मनोज गजुरेल, गोपीन्द्र पौडेल, मित्रलाल पंज्ञानी, सुकुम शर्मा  आदिको नाउ“ लिन सकिन्छ । त्यसमा पनि साप्ताहिक पत्रिकाको स्तम्भलाई निबन्धकै रूपमा लिने हो भने यस सूचीमा अरू नाउ“ पनि थप्न सकिन्छ । यसो भए पनि जब सक्रियता र विधागत प्रतिबद्धताको कुरा आउ“छ उपर्युक्त सूचीमा परेका सबै लेखकहरूकै पनि स्थिति एकनासको देखिंदैन । निबन्धलेखनलाई र विशेषतः प्रगतिवादी निबन्धलाई आफ्नो मूल विधाक्षेत्र बनाएर त्यसमा प्रतिबद्ध र सक्रिय रहेका लेखकहरू निकै थोरै हुन आउ“छन् तथापि तिनको सक्रियताले प्रगतिवादी निबन्धलाई गति दिइरहेको कुरामा शंका छैन । त्यस्ता स्रष्टाहरूका केही प्रमुख निबन्ध संग्रहहरूले वर्तमान निबन्धसिर्जनाको स्थितिलाई मोठ रूपमा प्रस्तुत गरिरहेका छन् । त्यस्ता संग्रहहरूमा पारिजातको आधी आकाश (२०४८), श्यामप्रसाद शर्माका गुप्तवासको सम्झना र उनी कति राम्री, मोदनाथ प्रश्रितका आस्था र प्रथाः एक विवेचना(२०४७), केही सांस्कृतिक निबन्धहरू (२०४७) र मानसपटका तस्वीरहरू (२०४९), राजेन्द्र सुवेदीको खाली सिसी पुराना कागज (२०४९), मेरो यात्रा ः मेरै परिवेशभित्र (२०५४), अब मेरो क्यासेट बन्द हुन्छ (२०५६),  रुद्र खरेलका तपाईंको नाम के हो ?(२०४९), तोरीलाहुरे चोकमा एकछिन् (२०५२) र बिर्सिस्यो कि ? (२०५७), खगेन्द्र संग्रौलाको जनआन्दोलनका छर्राहरू (२०४७) र इतिहासमा कालो पोतिएको अनुहार(२०५८), चूडामणि रेग्मीको घुमेका कुरा(२०५७), नरनाथ लुइ“टेलका छेपन (२०५१), सिङ न पुच्छर (२०५३) र चम्चा चिन्तन(२०५५),  रविकिरण निर्जीवको सोझा निर्जीवका बाङ्गा निबन्धहरू (२०४७), विमल निभाको चौथो कालम (२०४६), पुण्य खरेलको घुमिफिरी रुम्जैटार (२०५९), अनिल पौडेलको सिक्किमदेखि कार्फोकसम्म (२०५८), गोपीन्द्र पौडेलको कामरेडमा नाउ“ दरिएन (२०५६), सुधा त्रिपाठीका बादल, धर्ती र आकाश (२०५०) तथा जीवनसूत्र र स्वप्नाभास (२०५३), राजवको माननीय बनोट (२०५३), माधवप्रसाद पोखरेलको मेरो मान्छे (२०५४), मनोज गजुरेलको लुखास्त (२०५८) आदि यस लेखकका जानकारीमा आएका संग्रहहरू हुन् । यो सूची अझै लामो हुनसक्ने कुरा भने स्पष्टै छ ।
उपर्युक्त संग्रहहरूमध्ये सुधा त्रिपाठीलगायतका कतिपय निबन्धकारका निबन्धसंग्रहहरू प्रायः नियात्रासाहित्यका रूपमा आएका छन् र तिनमा आत्मपरक आत्मानुभूतिकै अभिव्यक्ति ज्यादा छ । तिनमा वर्तमानका जटिल अन्तर्विरोधहरू र समसामयिक ज्वलन्त सार्वजनिक समस्या र सरोकारहरूको सार्वजनिक अभिव्यक्ति अत्यन्त कम छ । तिनमा प्रगतिवादिताभन्दा रोमाण्टिक चेत नै ज्यादा भेटिन्छ र यो प्रवृत्ति  प्रगतिवादी निबन्ध–प्रवृत्तिभन्दा पृथक् रहेको छ । भावनाप्रधान वैयक्तिक अनुभूतिको रागात्मक अभिव्यक्तिले यस्ता निबन्धलाई केही भिन्नै पहिचान र परिधानमा प्रस्तुत गर्छन् ।
जे होस्, उपर्युक्त संग्रह र पत्रपत्रिकामा प्रकाशित निबन्धहरूले प्रगतिवादी निबन्धलेखनको वर्तमान स्थिति दयनीय भएको निष्कर्ष निकाल्न भने दिंदैनन् ।
३. प्रमुख प्रवृत्तिहरूको आकलन
समकालीन प्रगतिवादी निबन्धका प्रमुख प्रवृत्तिहरू के हुन् ? यही मूल प्रश्नमा आजको यो गोष्ठी केन्द्रित छ र प्रस्तुत पत्र पनि यसै प्रश्नमा केन्द्रित रहेको छ । प्रवृत्तिको तात्पर्य यहा“ समकालीन निबन्धले व्यक्त गरेका र गरिरहेका मूलभूत कथ्य र कथ्यसन्दर्भ तथा तिनको अभिव्यक्ति शैली नै हो । समकालीनता त्यसो त आफैमा एउटा प्रवृत्ति हो भन्न सकिन्छ । यद्यपि यो स्थूल छ र यसले कुनै खास पक्षलाई संकेत गर्दैन तर पनि समकालीनताले वर्तमानतालाई, तात्कालिकतालाई इंगित गर्दछ र त्यस इंगितिभित्र वर्तमानको जीवनसन्दर्भ, राष्ट्रिय परिवेश र ताजा सामाजिकता समाविष्ट हुनपुग्छ । यसरी कुनै रचना समकालीन छ भनिन्छ भने त्यसभित्र स्वभावतः उपर्युक्त किसिमको वर्तमानताको अभिव्यक्ति हुनै पर्ने हुन्छ । यसै आधारमा समकालीन कवि राजवले समकालीन कविताबारे आफ्नो धारणा राख्ने क्रममा भनेका छन् ः
“आजका वास्तविक समकालीन कविहरू जीवनको प्रतिबद्धतास“ग विमुख हुन सक्दैनन् किनभने जीवनमूलक संघर्षको दबाव अत्यन्त घनत्वपूर्ण छ । आनू लेखनमा ती सबै दबावको चापबाट उम्कन सक्दैनन् । जो यस चापबाट पृथक् लेख्न खोज्छ, त्यो समकालीन चेतनाको कवि हुनबाट पनि वञ्चित हुन्छ” (राजव, कविता– सन्दर्भ, २०५६, पृ. ४३) ।
यो भनाइ केवल कविताबारे होइन, समकालीन निबन्ध (र अन्य विधा)बारे पनि त्यत्तिकै सत्य  ठहरिन्छ । समकालीन प्रगतिवादी निबन्धहरूको अध्ययनबाट पनि के पुष्टि हुन्छ भने निबन्धकारहरूले आफ्नो समकालीन सन्दर्भ बनेर देखापरिरहेका विषयस“ग तीब्र सरोकार राखेका छन् र वर्तमानका जटिलता र अन्तर्विरोधका चापबाटै कथ्य ग्रहण गरेर त्यसलाई निबन्धको आकार दिएका छन् । यस किसिमको वर्तमानता वा समकालीनताको बोध जुन स्रष्टामा जति तीव्र छ तिनको निबन्ध पनि त्यति नै तिख्खर छ ।
वर्तमानताको बोध प्रतिबद्ध निबन्धकार रुद्र खरेल कसरी गर्दछन्, उनकै शब्दमा हेरौं ः “शब्दकोष र सामान्य प्रयोगका आधारमा आजका शासकका लवजहरू अर्थिन नसक्नु भनेको सा“च्ची नै एउटा विडम्बना  हो । ....मानवता, समाजवाद, मुलुकको हित, परिवर्तित सन्दर्भ, समीकरण, प्रजातन्त्र, शान्ति, इमान्दारी, देशभक्ति र अहिंसा जस्ता शब्दले भु“डी धु“दा फाल्न उल्टाइएको बोकाको लाद्रोतिर संकेत गरेका छन्”     (“समवेदना–आमुख”, तोरीलाहुरे चोकमा एक छिन् ) ।
कवि विमल निभाले “शब्दकोश” शीर्षकको कवितामा लोकतन्त्रको शब्दकोशमा प्रजातन्त्र, संसद, सांसद, आन्दोलन, सरकार,... लगायतका शब्दहरूले आफ्नो अर्थ हराएको अनुभूतिलाई व्यक्त गरेझैं रुद्र खरेलले पनि यहा“ आफ्नो निबन्ध संग्रहको भूमिका लेख्दै वर्तमानमा शासकका लवजहरू र हिजोका आदर्श र सुन्दर अर्थ दिने शब्दहरू खसीबोकाको भु“डी धु“दा उल्टाइएको लाद्रो (लादी) जस्तै बनेको तीखो व्यङ्ग्य गरेका छन् । दुवै स्रष्टाको अनुभूति र त्यसको ताŒिवकतामा समानता छ । सा“च्चिकै आजका स्रष्टा वर्तमानमा आदर्श लादीमा परिणत भएको नमीठो र कुरूप यथार्थ अनुभूत गर्न बाध्य छन् र आजका कविता, कथा, निबन्ध सबैजसो साहित्यिक विधाले त्यसै अनुभूतिलाई वाणी दिएका छन् । यस सन्दर्भमा आजका प्रगतिवादी निबन्धमा पनि यही आदर्श लादीमा परिणत भएको र शब्दहरूले आफ्नो मौलिक अर्थ हराइरहेको कुøप यथार्थकै अभिव्यक्ति बनेका छन् र निबन्धकारका मुख्य सरोकारभित्र यही कुरूप यथार्थ घनीभूत रूपले अवस्थित रहेको छ ।
समकालीन प्रगतिवादी निबन्धको प्रवृत्तिजन्य यो आधारभूत पहिचान हो । तर यत्ति मात्र भनेर हाम्रो अपेक्षा पूर्ण हु“दैन । कुरूप वर्तमानका कुन–कुन पक्षलाई विशेष गरी निबन्धकारहरूले आफ्ना निबन्धमा मुखरित गरेका छन् ? यस प्रश्नको उत्तर पनि यहा“ खोज्नु पर्नेछ । यस कोणबाट समकालीन निबन्धलाई हेर्दा तिनमा निम्न स्वरहरू–कथ्यसन्दर्भहरू व्यक्त भएको देखिन्छ ।
(क) राष्ट्रिय राजनीतिमा विकसित र व्याप्त विकृतिहरू र तिनको चिरफार
वि. सं. २०४६ पछि वा जनआन्दोलनपश्चात्का अवधिमा सबभन्दा बढी प्रदुषण कही“ देखाप¥यो भने त्यो हो राजनीति । राष्ट्रिय राजनीतिमा आदर्श र नैतिकताले माथि भनेझैं अर्थ गुमाउन पुगे र तिनका ठाउ“मा आदर्शहीनता, अनैतिकताको प्रवृत्तिले घरजम गर्न पुग्यो । जसरी पनि सत्तामा पुग्ने, सत्तामा पुगेपछि जसरी पनि टिकिरहने र राजनीतिलाई व्यक्तिगत भविष्य सुरक्षित बनाउनका लागि प्रयोग गर्ने खाओवादी संस्कृतिले राजनीतिलाई टुकुचातुल्य बनाएर हुनसम्म प्रदुषित ग¥यो । सांसदहरूको किनबेचको घिनलाग्दो घटना यसै वर्तमानमा घट्यो । अरू कुरामा संसद् अवरुद्ध भए पनि खाने कुरामा संसद वा सत्ताका पक्ष–विपक्षबीच अनौठो र ऐतिहासिक एकता हाम्रै समकालीन परिवेशमा घटित भयो । सानो मुलुृकको सानो संसद्मा अर्धशतकका हाराहारीमा मन्त्रीमण्डलको संख्या पु¥याउनै पर्ने र सांसद भएपछि सबैलाई मन्त्री हुनैपर्ने अनैतिक माग र अभ्यासले राजनीति र अन्ततः राष्ट्रकै जुन हविगत र दुर्गति भयो त्यो यस देशका नागरिकहरूले बिर्सिनै नसक्ने गरी अनुभूत गरेको कुरा हो । यो पक्ष प्रगतिवादी निबन्धकारहरूको एउटा प्रमुख सरोकारको विषय बन्न गएको छ । वास्तवमा अधिकांश निबन्धहरू हाम्रो वर्तमानको यही कुरूप पक्षलाई उधिन्ने र त्यसका पत्र–पत्र केलाएर पाठकसामु राख्ने उद्देश्यले लेखिएका छन् ।
रुद्र खरेलको “बिर्सिस्यो कि ?” निबन्धले राजनेताहरूले आफ्नो कर्तव्य र आदर्श बिर्सिएकोमा व्यङ्ग्य गरेको छ भने उनकै “खाली कुर्सी” निबन्धले कुर्सीको होडबाजीप्रति तीखो व्यङ्ग्य गरेको छ । उनको “कानुनको आत्मसंस्मरण” निबन्धले देशलाई कानुनी राज्य भनिए पनि कानुनकै बलात्कार भएको विडम्बनालाई पाइनदार भाषामा अत्यन्त प्रखर ढंगले व्यक्त गरेको छ र समग्रतः मुलुकमा कानुनको “गान्धारी नियति” व्याप्त भएकोमा व्यङ्ग्यको मट्याङ्ग्रो हिर्काएको छ । गोपीन्द्र पौडेलको “आवश्यकता” शीर्षकको निबन्धले मुलुकमा सत्तालिप्साका कारण जम्बो मन्त्रीमण्डल बनाउने र मन्त्रीका लागि अनैतिकतालाई नै योग्यता मानिने  विकृत प्रवृत्ति विकसित भएकोमा त्यसप्रति व्यङ्ग्यको झटारो हानेको छ भने उनकै “पजेरो रोग” र “मैने पजेरो सर्कारको लौटा दिया” निबन्धहरूले गरीब देशका सांसदहरूमा विकसित विलासी पजेरो संस्कृति र सभ्यताको विकृतिप्रति चोटिलो व्यङ्ग्य गरेका छन् ।
नरनाथ लुइ“टेलको “बोका बिक्रीमा छ” निबन्धले सांसदहरूको किनबेचको विकृति आरम्भ भएको र सत्तालिप्सा तथा सम्पत्तिमोहमा सांसदहरू आफ्नो स्वाभिमानलाई तिलाञ्जली दिएर स्वयं बोकाझैं किनिन तथा बेचिन तयार भएको विडम्बनाजन्य कुरूप यथार्थलाई राम्रैस“ग उदङ्ग्याएको छ भने “गाईजात्राको जात्रा”ले मुलुकमा बेथिति र विकृतिको गाईजात्रा सधैं र सर्वत्र व्याप्त रहेको यथार्थलाई उद्घाटित गरेको छ । लुइ“टेलकै “आतंक अध्याय” निबन्धले देशमा धेरै थरीका आतंक व्याप्त रहेको चर्चा गर्दै तीमध्ये राजनैतिक क्षेत्रमा व्याप्त आदर्शहीनताजन्य विकृति र बेथितिको आतंक चर्को रहेको संकेत गरेको छ । “क माने कांग्रेस” शीर्षकको निबन्धमा व्यङ्ग्य निबन्धकार लुइ“टेलले काङ्ग्रेस पार्टीमा विकसित सर्वसत्तावादी चरित्रको चिरफार गरेका छन् भने “छेपारो र ⁄” मा राजनीतिमा विकसित र फेर्ने अवसरवादी छेपारे प्रवृत्ति विकसित भएकोमा त्यसप्रति व्यङ्ग्य गरेका छन् । यसैगरी निबन्धकार विष्णु प्रभातका “भाते युगका कुरा”, “देखाउनका निम्ति”, “ओम वासुदेवाय नमोनमः” जस्ता निबन्धहरूले पनि राजनीतिक क्षेत्रमा विकसित विकृतिहरूलाई नै मूल कथ्य बनाउ“दै तीप्रति व्यङ्ग्यको झटारो हिर्काएका छन् ।
वास्तवमा राजनीतिक भ्रष्टाचारले जन्माएको प्रदुषणले सिङ्गो देशलाई गा“जेको छ र सिंगो राष्ट्र नै रुद्र खरेलले भने झैं तोरीलाहुरे चोकमा परिणत भएको छ । यस्तो अवस्थामा मुलुक केवल प्राविधिक रूपमा मात्र मुलुक रहेको र त्यसको आत्मा मरिसकेको बोध गर्न स्रष्टाहरू बाध्य भएका छन् । मुलुकको यस अवस्थालाई निबन्धकार रुद्र खरेल “फास्नर बिग्रेको” अवस्थास“ग तुलना गर्दछन् र मुलुकको लाज छोप्ने फास्नर बनाउने वा फेर्ने कार्यप्रति राजनीतिज्ञहरूको चासो नरहेको बरु लाज पचाएर बिग्रेकै फास्नर–नियति भोग्न मुलुकलाई बाध्य पारिएको कुरूप सत्यलाई मार्मिक व्यङ्ग्यस“गै व्यक्त गर्दछन् । मुलुकमा २०४६ पछि स्थापित सीमित प्रकारको प्रजातन्त्र कसैका लागि स्वर्गतुल्य आनन्ददायी भए पनि जनतंत्र र जनजीविकाको वास्तविक अनुभूति गर्न नपाएका बहुसंख्यक नेपाली जनताका लागि यो “प्रजातन्त्र” रुग्ण रहेको  व्यङ्ग्यकार मनोज गजुरेलको अभिव्यक्तिले पनि राष्ट्रिय राजनीतिको विकृतिलाई राम्रोस“ग उद्घाटित गरेको छ । “प्रजातन्त्रको मर्मत संभार”मा उनी लेख्छन्, “उपरोक्त सम्बन्धमा नेपालमा रहेको “प्रजातन्त्र” नामको सार्वजनिक भवन हाल अजीर्णको रोगीजस्तो जीर्ण अवस्थामा ठिङ्रिङ्ग उभिएको छ । बेलैमा बुद्धि नपु¥याए प्रजातन्त्रले नै कति जनालाई “यमराजको खाजा” बनाउन पु¥याउने हो थाहा छैन । यसर्थ उक्त “प्रजातन्त्र”को मर्मत सम्भारका लागि यो टेण्डर आह्वान गरिएको छ– (लुखास्त, पृ. ९१) । त्यो जीर्ण प्रजातन्त्र असोज १८ को घटनापछि माथि गजुरेलले भनेझैं  जीर्ण अवस्थामा ठिङ्रिङ्ग उभिएको अवस्थाबाट अब भुइ“मै ढल्न पुगेको छ जसलाई पूर्ववत् अवस्थामा उठाएर मात्रै अब पुग्ने स्थिति छैन, त्यसको जनपक्षीय रूपान्तरणसहितको उपचारकै अवस्था छ । मनोज गजुरेलकै “दिल्ली पुग्ने सात दोबाटो” निबन्धले व्यङ्ग्यपूर्ण शैलीमा वास्तविक प्रजातन्त्रका सन्दर्भमा बहुदलीय व्यवस्थाको भ्रमपूर्ण अवस्थालाई उद्घाटित गर्दै प्रजातन्त्रका नाउ“मा विकसित राजनीतिक विकृतिको चिरफार गरेको छ । हाल क्रियाशील रहेका राजनीतिक दलहरूका राजनीतिक नीति र मोडेलहरू घुमिफिरी दिल्लीतिरै पुग्ने खोलुवा गरेर यसमा निबन्धकार गजुरेलले नेपाली राजनीतिको विकृतिलाई उद्घाटित गरेका छन् ।
निबन्धकार माधव पोखरेल पनि वर्तमान “प्रजातन्त्र”को प्रजातन्त्रबाट सन्तुष्ट छैनन् । उनको अनुभूति यस्तो छ ः
“म नेपालमा भइरहेको राजनीतिक परिवर्तनबाट सन्तुष्ट छैन । सात सालको परिवर्तनको फल जुन वर्गले पायो, वेश बदलेर त्यसै वर्गले सत्र सालको परिवर्तनको फल लुट्यो र छयालिस सालको परिवर्तनको फल सोहोरिरहेको छ” (मेरो मान्छे, पृ. ५) ।
‘कुनै पनि राजनैतिक पार्टीका सरकारले ‘सम्पूर्ण’ जनताको भलो गर्न सकेनन् भने राष्ट्रिय टाठाबाठाहरूले मात्र अंशबण्डा गरेको निमुखा जनताले पुलुपुलु हेरेर आफ्नै टाउकाको जा“तालाई सिसीफसको ढुंगो झैं बोकेर हेर्नै प¥यो भने पशुपतिनाथले नै फकाउन आए पनि म फकिन्न । मभित्र सुतिरहेको विसुवियस ज्वालामुखी अनि विस्फोट हुन्छ (मेरो मान्छे, पृ. १०२) ।
वि. सं. २०४६ यताका समयमा राष्ट्रिय राजनीतिले नेपाली जनतालाई प्रजातन्त्रको अनुभूति दिलाउन नसकेको र प्रजातन्त्रको सुखभोग अर्कै वर्गले गरेको विडम्बनालाई पोखरेलले आफ्ना निबन्धमा स्पष्ट रूपमा राखेका छन् । जे होस्, यसरी समकालीन प्रगतिवादी निबन्धहरूको अनुशीलनले के सिद्ध गर्दछ भने यस अवधिका निबन्धहरूमा मुख्य रूपमा राष्ट्रिय राजनीतिमा विकसित विकृतिहरू र तिनले सिंगो मुलुकमा पारेको नकारात्मक प्रभावकै चित्रण गरिएको छ र निबन्धकारहरूले वर्तमानप्रति आफ्नो गहिरो चासो र सरोकार रहेको देखाएका छन् ।
(ख) वामपन्थी राजनीतिक शक्ति र बुद्धिजीवीहरूमा आएको विचलनको आलोचना
    वि.सं. २०४६ पछि अथवा बहुदलीय पद्धतिको पुनस्र्थापनापश्चात् कम्युनिष्ट पार्टीकै नाउ“मा सत्तामा जाने प्रक्रिया आरम्भ भयो । ठूलो संख्यामा बुद्धिजीवीहरूसमेत त्यस्तो प्रक्रिया देखेर हौसिए र वाम परिचयपत्र बोकेर बुद्धिजीवीहरूको ठूलो लर्को त्यस प्रक्रियामा सामेल भयो । तर परिणाम कति सुखद र सकारात्मक रह्यो त ? समकालीन प्रगतिवादी निबन्धकारहरूका निबन्ध पढ्दा यसको सकारात्मक उत्तर प्राप्त हुन्न । रुद्र खरेलको ‘भालेको डाकको प्रतीक्षामा’ शीर्षकको निबन्धले भाले अर्थात् हिजोको परिवर्तनकारी शक्ति र त्यसका नायक आज सत्ताको स्वाद पाएपछि सुविधाभोगी बन्न पुगेको र सुविधाभोगी बनेपछि ती (काठे) भालेबाट बोइलरमा रूपान्तरित हुनपुगेको विडम्बनालाई  अत्यन्त खिरिलो ढंगले व्यक्त गरेको छ । खरेलकै ‘सुनको चुराले’ वाम राजनीतिज्ञ तथा बुद्धिजीवी सबैमा पुस्तकभन्दा सुनप्रतिको लालसा बढ्दै गएको तथा नव कामरेडहरूमा सुनचाहनाको पू“जीवादी प्रवृत्ति विकसित भएकोमा आलोचना व्यक्त गरेको छ भने “प्रगतिवादहरूको आत्मपरिचय’मा २०४६ यता पेन्सनपट्टावादी प्रगतिवाद, एनजिओवादी प्रगतिवाद, खोयाबिर्के प्रगतिवाद लगायत विभिन्न खाले “प्रगतिवाद”को विकास भएको भनी प्रगतिवादी चिन्तनभित्र विकसित अवसरवादी प्रवृत्तिको राम्रो चिरफार गरिएको छ । नरनाथ लुइ“टेलले “छेपाराको र” मा वाम राजनीतिज्ञका साथै बुद्धिजीवीहरू समेतमा “छेपाराको र” फेर्ने अवसरवादी प्रवृत्ति मौलाएकोमा त्यसको लेथ्नो काढ्ने काम गरेका छन् भने आफ्नै “चम्चा चिन्तन” शीर्षकको अर्को निबन्धमा चम्चागिरी अर्थात् चाकरीको प्रवृत्ति मुलुकमा सर्वत्र व्याप्त रहेको बताएर वाम क्षेत्रसमेतमा यस प्रवृत्तिको उपस्थितितर्फ औंलो ठड्याएका छन् ।  कलमजीवी लेखकहरू समेतमा अवसरवादी चिन्तनको ऐंजेरु पलाएको तीतो यथार्थलाई निबन्धकार लुइ“टेलले “ऐंजेरु महात्म्य”मा उद्घाटित गरेका छन् ।
गोपीन्द्र पौडेलको “कामरेडमा नाउ“ दरिएन” शीर्षकको निबन्धमा कामरेडको आदर्श परिचयमा आएको विचलन र सत्ताको नजिक पुगेर वा सत्ताको शक्ति र आशीर्वाद प्राप्त गरेपछि समाज र राष्ट्रका साझा समस्याप्रति आ“खा चिम्लिने प्रवृत्तिको  विकासप्रति तीखो व्यङ्ग्य गरिएको छ भने उनकै “कामरेड सर्कारको दशैं” र “मैने पजेरो सर्कारको लौटा दिया” जस्ता निबन्धमा संसद् र सरकारसमेतमा पुगेको वामपंथी पार्टीमा पजेरोप्रेम, सत्ता, भत्ता र पेन्सनप्रेमका रूपमा देखापरेको पू“जीवादी प्रवृत्तिको आलोचना गरिएको छ । यसै गरी विष्णु प्रभातले “मंगलाचरणको चक्करमा” शीर्षक निबन्धमा लेखकदेखि राजनैतिक तहसम्म नेतृत्वको चाकरी गर्ने प्रथा व्याप्त रहेको औंल्याएका छन् ।
मनोज गजुरेल पनि वामपंथी राजनीतिज्ञ तथा बुद्धिजीवीमा आएको विचलनलाई नांगेझार पार्न कस्सिएका छन् । “थरीथरीका क्रान्तिकारी मित्र” निबन्धमा उनी क्रान्तिकारी आवरणमा गैरक्रान्तिकारी चरित्रको अभ्यास गर्ने र व्यक्तिगत स्वार्थका लागि जनघात एवं राष्ट्रघात गर्न पनि पछि नपर्ने पात्र र प्रवृत्तिलाई नंग्याउ“छन् । यसै गरी उनले “दिल्ली पुग्ने सात दोबाटो” शीर्षक निबन्धमा “बल्खु दरबारको बहुदलीय जनवादको बाटोबाट हिंड्दा पनि अन्ततः दिल्ली दरबार नै पुगिने” बताएर वामपंथी राजनीतिको विकृतिलाई उद्घाटित गरेका छन् । यसरी समकालीन निबन्धमा वामपंथी वा प्रगतिवादी क्षेत्रमै पनि व्याप्त विचलन र अवसरवादको प्रवृत्तिलाई मोलाहिजा नगरी निबन्धकारहरूले आलोचना र व्यङ्ग्यको अस्त्र प्रहार गरेका छन् ।
(ग) दमन–उत्पीडन तथा राज्यआतंकको व्याप्तिप्रति चिन्ता
वि.सं. २०४६ पछि पनि आफ्ना जायज मागका निमित्त नागरिकहरूले राज्यको लाठी र गोली खानु पर्ने र उत्पीडन खप्नु पर्ने विडम्बनापूर्ण स्थिति कायम रहनु र त्यसले अद्यावधि निरन्तरता पाइरहनु आम नागरिकलगायत स्रष्टाहरूका लागि पनि अप्रिय कुरा हो । त्यसैले प्रजातन्त्रमा नागरिकले राज्यबाटै अप्रजातान्त्रिक व्यवहार अर्थात् दमनको दुव्र्यवहार खप्नु पर्ने यस स्थितिलाई स्रष्टाहरूले आलोच्य र अशोभनीय ठह¥याए । कुनै स्रष्टाले यस स्थितिलाई हिंजोको निरंकुशता कायमै रहेको निष्कर्षका रूपमा प्रस्तुत गरे भने कसैले सत्ता अर्थात् बन्दुकको स्वभावै त्यस्तो हुन्छ भनी व्यङ्ग्य गरे ।
निबन्धकार रुद्र खरेलले “नरेन्द्रको आतंक”मा नरेन्द्र अर्थात् २०४६ अघिको निरंकुश शक्ति आफ्नो सारतŒवका रूपमा २०४६ पछि पनि कायमै रहेको निष्कर्ष निकाल्दै त्यसकै परिणतिस्वरूप राजकीय उत्पीडन तथा  राज्यआतंकले निरन्तरता पाएको विचार व्यक्त गरेका छन् । बिर्सिस्यो कि ?  संग्रहको भूमिका– निबन्ध लेख्ने क्रममा निबन्धकार खरेलले पच्छिमा चुसाहा संस्कृतिको विरोध गर्दा सत्ताको कठबा“सका लाठा खानु परेको र राज्यकै संरक्षणमा मुलुकमा गैरन्यायिक हत्या, अपहरण, बेपत्ता र सामूहिक बलात्कार भइरहेको स्थितिप्रति गम्भीर प्रश्न उठाएका छन् । गोपीन्द्र पौडेलले “मुठभेड” शीर्षकको निबन्धमा मुठभेडका नाउ“मा निहत्था र निर्दोष नागरिक मारिएकोमा चिन्ता व्यक्त गरेका छन् । नरनाथ लुइ“टेलले “बन्दुकाय नमोनमः”मा २०४६ पछि “ज्यु“दा फिस्टा” अर्थात् हिजोको आन्दोलनमा बा“चेका आन्दोलनकारी सत्तामा पुगेपछि तिनले आन्दोलनमा ज्यान गुमाएका आफ्नै सहयात्री–सगोत्री सहिदका परिवारलाई बिर्सिएको कुरा बताउ“दै हिजोको निरंकुश सत्ताको बन्दुक आज तिनैको सेवा र संरक्षणमा हाजिर भएको र तिनले अर्थात् आजका सत्तामा बस्नेहरूले बन्दुकको पूर्ववत् प्रयोग गरिरहेको उल्लेख गरेका छन् र लेखेका छन् ः “बन्दुक समाउने हातहरू फेरिएका होलान् तर बन्दुक चलाउने दिमागको तन्तुमा कुनै परिवर्तन आएको छैन” (चम्चा चिन्तन, पृ. ५९) ।
यसरी प्रजातन्त्र भनिएको कालमा पनि निरंकुशताको सारतŒव कायमै रहेको र नागरिकले जायज कुराका निम्ति आवाज उठाउ“दा पनि सत्ताको कठबा“स र तातो गोली खानु पर्ने अवस्था विद्यमान रहेको कटु यथार्थप्रति समकालीन प्रगतिवादी निबन्धकारहरूको चासो र चेत चम्चमाउ“दो रहेको निष्कर्ष समकालीन निबन्धहरूको अध्ययनबाट प्राप्त हुन्छ ।
(घ) राष्ट्रियताप्रतिको चिन्ता–अतिक्रमण र त्यसलाई स्वीकार्ने प्रवृत्तिको विरोध र आलोचना
“यो जन्मिंंदै जगतमा कैयौं प्रहार आए
सम्राज्य दुई हारे, हारेन शान हाम्रो”
यसो भनेर गोपालप्रसाद रिमालले राष्ट्रिय ध्वजाको महिमागान गरे पनि हाम्रो तीतो यथार्थतामा हामीले दक्षिणको छिमेकीबाट हाम्रो शान र मानको मर्दन बेलाबेलामा भइरहेको र लामो कालखण्डदेखि हु“दै आएको पीडाबोध गर्न विवश छौं । कालापानीको लिम्पियाधुरादेखि महाकाली हु“दै महेशपुर र मानेभञ्ज्याङसम्म यो पीडा बल्झिएको छ । यो अतिक्रमण केवल भूगोलमा मात्र छैन, हाम्रो संस्कृति र राजनीतिमा समेत यो अतिक्रमण यसरी व्याप्त भएको छ कि त्यसले हाम्रो राष्ट्रलाई नै रुद्र खरेलले भनेझैं मात्र “प्राविधिक राष्ट्र”का रूपमा रूपान्तरित गरिदिएको छ । “आयो हल्लाउ“दै झमझम इस्टकोट” निबन्धमा अतिक्रमणको यसै प्रसंगलाई कोट्याउ“दै निबन्धकार खरेलले भक्तपुरे घरेलुलाई बाइबाइ गर्दै गोरखपुरी कुर्तापाइजामामा प्रजातन्त्र रूपान्तरित भएको पीडा व्यक्त गरेका छन् । प्रजातन्त्रको दक्षिणीकरण गरेर विकसित भएको राजनीतिक रूपवादले हाम्रो राष्ट्रवाद किचिमिची भएको अनुभूति खरेलका निबन्धमा पाइन्छ ।
राजेन्द्र सुवेदीको “खाली सिसी पुराना कागज” र “हाम्रो शान्ति सुरक्षा चढ्यो हिमाल चुचुरा’ निबन्धहरूमा पनि हाम्रो राष्ट्रिय अस्मिता बिटुलिएको र हाम्रा राष्ट्रिय पहिचानहरू मुलुकबाट बाहिरिइसकेको पीडा व्यक्त गर्दछन् ः
“हामीले बुद्धत्व अर्कैलाई दियौं, अब हामीस“ग बुद्धुहरू मात्र बा“की छन् । हामीले अरनिको र सीता अर्कैलाई दियौं, अब हामीस“ग कान्तिपुर र जनकपुर मात्र बा“की छन् । हामीले पर्वतारोहणको जिम्मा अर्कैलाई दियौं, अब हामीस“ग पर्वतारोहीहरूका भरियाहरू मात्र बा“की छन्” (मेरो यात्रा  मेरै परिवेशभित्र, पृ. २) ।
“आतंक अध्याय” शीर्षकको निबन्धमा व्यङ्ग्यनिबन्धकार नरनाथ लुइ“टेलले राष्ट्रलाई विभिन्न खाले आतंकले गा“जेकोमा तीमध्ये एउटा आतंक भारु आतंक रहेको उल्लेख गर्दै भारतीय अतिक्रमणको आलोचना गरेका  छन् । गोपीन्द्र पौडेलको “पार्टीमाथि टेकेर कालापानी खोज्दा” शीर्षकको निबन्धमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीहरूमा कालापानीको पीडा नभएकोमा चिन्ता र गुनासो व्यक्त गरिएको छ । उनको अन्वेषणले संसद्मा पुगेर सत्ताको स्वाद र सुखभोग गरेकालाई कालापानी दुख्दैन भन्ने सत्य फेला पारेको छ । त्यसैले त टनकपुर होस् वा पञ्चेश्वर होस् ⁄ सम्झौताका नाउ“मा राष्ट्रघाती सन्धिहरू आम सहमतिमा संसद्बाट सजिलै पारित हुन्छन् । निबन्धकार पुण्यप्रसाद खरेलले पनि आफ्नो “राष्ट्रघातको ससानो चोट टनकपुर” निबन्धमा पञ्चायती शासनदेखि बहुदलीय शासनसम्मका नेताहरूले टनकपुरमा गरेको राष्ट्रघातको घाउलाई कोट्याउने काम गरेका छन् । यद्यपि टनकपुरको राष्ट्रघातमा मुलुकको तत्कालीन प्रतिपक्षको भूमिकाप्रति लेखक जति आलोचक हुनु पथ्र्यो त्यति हुन सकेका छैनन् तथापि राष्ट्रियताप्रतिको चासो र चिन्ताका सन्दर्भमा भने निबन्ध उल्लेखनीय रहेको छ र त्यसले समकालीन प्रगतिवादी निबन्धको प्रवृत्तिलाई राम्रैस“ग उद्घाटित गरेको छ ।
विष्णु प्रभातको “पुच्छर हल्लाउने संस्कृति” निबन्धले अस्तित्व धान्न र ठूलो बन्न अन्धानुकरण गर्ने प्रवृत्ति विकसित भएको बताउ“दै त्यो प्रवृत्ति राजनीतिमा समेत व्याप्त रहेको उल्लेख गरेर राष्ट्रमा भित्र्याइएको  बहुलवादलाई पनि पुच्छरवादकै संज्ञा दिएका छन् । बहुलवादको यो पुच्छरवादले हाम्रो राष्ट्रिय अस्मिता बिटुलिएको भाव यस निबन्धमा पनि पाइन्छ । यसरी अत्यन्त ज्वलन्त र महŒवपूर्ण बनेको राष्ट्रियताको यो सन्दर्भ पनि समकालीन प्रगतिवादी निबन्धकारहरूको प्रमुख सरोकारभित्रै परेको देखिन्छ ।
(ङ) सांस्कृतिक विकृतिको चिरफार र आलोचना
जुन अवधिलाई हामी समसामयिक भनिरहेका छौं त्यो वस्तुतः एउटा राजनीतिक युग वा कालखण्डस“ग सम्बन्धित पनि छ । २०४६ यता आरम्भ भएको यस राजनीतिक कालखण्डमा कति असल कुरा भए त्यो मूल्याङ्कनको बेग्लै पाटो हो र त्यसको थलो पनि बेग्लै होला । यहा“ सन्दर्भ विकृतिको छ र यस अवधिमा विकसित विभिन्न क्षेत्रका विकृतिमध्ये सांस्कृतिक क्षेत्रको विकृति राजनीतिक विकृतिपछिको सर्वाधिक विकृतिको क्षेत्र हो ।
संस्कृतिको कुरा गर्दा यसको क्षेत्र निकै विशाल र व्यापक रहेको देखिन्छ । राजनीतिक संस्कृति पनि व्यापक रूपमा संस्कृतिकै एउटा अङ्ग बनेर देखापर्दछ तर त्यसको बेग्लै चर्चा आवश्यक छ र आरम्भमै त्यो चर्चा भइसकेको छ । यहा“ संस्कृतिका अन्य पक्षको चर्चा गरौं ।
मृत्युपछि गरिने संस्कारमा अत्यन्तै अवैज्ञानिकसमेत रहेको काट्टो ख्वाउने संस्कृति सांस्कृतिक विकृतिको एउटा वीभत्स–कुरूप पक्ष हो । खगेन्द्र संग्रौलाले “काट्टो, जदौ र जो हुकुम सर्कार”मा यस विकृतिप्रति अत्यन्तै तीखो व्यङ्ग्य गरेका छन् । जिउ“दै मानिसलाई प्रेत बनाउने र काट्टो ख्वाएर जातिच्युत गराई घरको न घाटको बनाउने यो संस्कृति दरबारपर्वमा जसरी नाङ्गो रूपमा देखा प¥यो, त्यो वैज्ञानिक तथा स्वाभिमानचेत भएका व्यक्तिलाई सहज ग्राह्य हुनु स्वाभाविक थिएन । त्यसैले खगेन्द्र संग्रौलाले उक्त निबन्धमा काट्टे संस्कृति र त्यसका संवाहक–संरक्षकको लेथ्नो काढ्ने काम गरेका छन् । यही भावसन्दर्भ मनोज गजुरेलका “काला पदार्थहरू” तथा “नगरबधूको अ“गालोमा बा“धिंदा” निबन्धहरूमा पाइन्छ ।
नेपाली राजनीतिज्ञहरूमा दास मनोवृत्ति संस्कारकै रूपमा विद्यमान छ । यस सांस्कृतिक विकृतिको अनावरण पनि दरबारपर्वमै नराम्रोस“ग भयो । सभामुख, प्रधानमन्त्री, मन्त्री, प्रतिपक्षी नेता, सांसदलगायतका राजनीतिज्ञमा त्यति बेला देखापरेको जदौको संस्कृति प्रजातान्त्रिक राष्ट्र र त्यसका अगुवा नागरिकलाई सुहाउने कुरा थिएन । त्यसैले त्यो कुरूप दृश्य प्रिय लाग्नु पनि स्वाभाविक थिएन । यही कुरूपताप्रति विरोधको चैतन्यले कुत्कुत्याएपछि खगेन्द्रले उक्त “काट्टो, जदौ र जो हुकुम सर्कार” निबन्ध लेखेका हुन् र यसै श्रृङ्खलामा उनीबाट अन्य थुप्रै निबन्धहरू पनि लेखिएका छन् जसको संकलन ‘इतिहासमा कालो पोतिएको अनुहार’मा भएको छ । यस संग्रहका निबन्धमा सांस्कृतिक विकृतिका विभिन्न पक्षको चिरफार गरिएको छ ।
संस्कृतिकै कुरा गर्दा २०४६ यताको परिवेशमा हाम्रो राष्ट्रिय जीवनमा व्याप्त र विकसित भएको सांस्कृतिक विकृतिको एउटा रूप जा“डसंस्कृति पनि हो । कतिसम्म भने प्रधानमंत्रीको कुर्सीमा बस्नेले समेत जा“डलाई अति प्रिय वस्तुका रूपमा प्रस्तुत गरेको र तिनका लागि राज्यले नै जा“डको व्यवस्था गरिदिनु पर्ने आग्रह सारा राष्ट्रवासीले सािर्वजनिक रूपमा नै देख्नु–सुन्नु पर्ने विडम्बना पनि हामीले भोग्यौं । अचेल टेलिभिजनमा जा“डको विज्ञापन रोकिए पनि निकट विगतको एउटा समय यस्तो पनि थियो जतिबेला राष्ट्रिय समाचार प्रसारण भइरह“दा त्यसलाई रोकेर बीचबीचमा जा“डको विज्ञापन दिइन्थ्यो । अन्य समय त जा“डको विज्ञापनको स्वर्णिम समय नै थियो र सिंगो टेलिभिजन कार्यक्रम नै जा“डमय हुन्थ्यो । यसै विडम्बनालाई नरनाथ लुइ“टेलले “जा“डभिजन” शीर्षकको निबन्धमा प्रस्तुत गरेका छन् । जा“डसंस्कृतिले राष्ट्रिय सञ्चारमाध्यमलाई गा“जेको कुरूपतामाथि यसमा तीखो र तीव्र व्यङ्ग्य प्रहार गरिएको छ ।
निबन्धकार रुद्र खरेलले “साहित्य र जा“ड” शीर्षकको आफ्नो निबन्धमा जा“डसंस्कृतिको विकासले गर्दा राष्ट्र, प्रजातन्त्र सबैको मौलिक परिचय नै बदलिएको अनुभूति व्यङ्ग्यका आवरणमा प्रस्तुत गरेका छन् । जा“डमय वर्तमानलाई हेर्दै  उनी “यो जा“डको प्रजातन्त्र हो कि प्रजातन्त्रको जा“ड हो” छुट्याउन मुस्किल परेको बताउ“छन् । यस निबन्धमा उनले केवल राजनीतिमा मात्र नभई साहित्यमा पनि जा“डको दुष्प्रभाव परेको औंल्याएका छन् र औंल्याएका मात्र छैनन् जा“डसंस्कृतिग्रस्त साहित्यकारहरूको लेथ्नो काढ्ने काम पनि गरेका छन् । जा“डको यही संस्कृतिले गा“जिएका राजनीतिक नेताहरू जा“डको सेवनपछि कसरी महिलाहरूस“ग छिल्लिने र जिस्किने गर्छन् भन्ने कुरूप यथार्थलाई उनले “प्रजातन्त्रको अभ्यास” शीर्षकको अर्को निबन्धमा अनावृत गरेका छन् ।
जा“डसंस्कृतिको उछितो काढ्ने काममा हास्यव्यङ्ग्यकार मनोज गजुरेल पनि निकै सचेत र सक्रिय देखिन्छन् । उनको “मानिस ठूलो मा“डले हुन्छ, जा“डले हु“दैन” शीर्षक निबन्ध यस प्रवृत्तिको उल्लेखनीय निबन्ध हो । यस्तै “दशैं आयो, बसाइ“ जाउ“ला” शीर्षकको निबन्धमा उनले दशैंको सांस्कृतिक परम्परालाई वैज्ञानिक र सामयिक बनाउन नसक्दा त्यसले कमजोर आर्थिक अवस्थाका मानिसहरूको उठिबास लगाइरहेको समस्यालाई हास्यव्यङ्ग्यात्मक मुद्रामा प्रस्तुत गरेका छन् ।  
पाश्चात्य संस्कृतिको प्रवेशले हाम्रो समाजमा सिर्जना गरेको सांस्कृतिक विकृति पनि हाम्रो समग्र संस्कृतिकै एउटा अर्को पाटो हो । निबन्धकारहरूले यसतर्फ पनि आफ्नो चासो देखाएका छन् । रुद्र खरेलले “सरस्वती पूजा” निबन्धमा सरस्वती पूजाका नाउ“मा मुन्द्रे ठिटाहरूले जबर्जस्ती चन्दा उठाउने र उठेका पैसाको दुरुपयोग गर्दै रेस्टुरा“ जाने प्रवृत्तिको तीव्र आलोचना गरेका छन् । यस्तै “भ्यालेन्टाइन डे” शीर्षकको अर्को निबन्धमा उनले राष्ट्रको थिति एकातिर र आधुनिक भनाउनेहरूको चेतना र चासो अर्कोतिर रहेको भन्दै भ्यालेन्टाइन डेले निम्त्याएका सांस्कृतिक विकृतिको चिरफार गरेका छन् । यसै गरी “मिलेनियम डे” शीर्षकको निबन्धमा गोपीन्द्र पौडेलले पाश्चात्य संस्कृतिको अन्धानुकरण आजको युवा पुस्ताले गरिरहेको कुरा बाबु–छोराको सम्वादमार्फत् व्यक्त गरेका छन् । पाश्चात्य संस्कृतिको अन्धानुकरणको एउटा विकृत उदाहरण सुन्दरी प्रतियोगिता पनि हो । नारीलाई नंग्याउने र विज्ञापनको साधन बनाउने यस विकृत पु“जीवादी संस्कृतिले नेपाललाई पनि गा“जेको र त्यसले हाम्रो समाजमा सांस्कृतिक प्रदुषण फैलाइरहेको कुरा मनोज गजुरेलले आफ्नो “सुन्दरी बाजी ः मनुष्यले मच्चाएको उखपात” शीर्षकको निबन्धमा राम्रैस“ग व्यक्त गरेका छन् । हास्य र व्यङ्ग्यको बान्की दिएर लेखिएको यो निबन्ध सांस्कृतिक अन्धानुकरणप्रति तिखो आलोचना गर्न सक्षम रहेको छ । विष्णु प्रभातको “पुच्छर हल्लाउने संस्कृति” निबन्धले पनि आधुनिक र ठूलो हुने नाउ“मा आजका मानिसहरूले अर्काको र विशेषतः विदेशीहरूको नक्कल गर्ने गरेको यथार्थलाई उद्घाटित गरेको छ । बहुलवाद पनि अन्धानुकरणकै उपज भएको र हामीकहा“ आइपुग्दा यसले बहुलावादको रूप लिएको बताउ“दै प्रभातले यहा“ अन्धानुकरणको प्रवृत्तिलाई राम्रै झटारो हानेका छन् ।
खाओवाद हाम्रो राष्ट्रिय राजनीतिमा हावी रहे पनि यसले राष्ट्रिय जीवनका अन्य पक्षमा पनि विकृत संस्कृतिकै रूप लिएको छ । मिडियाका क्षेत्रमा काम गर्ने सञ्चारकर्मी होउन् वा अथवा मानवअधिकारका क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मी होउन्, सबैमा खाओवादी संस्कृति व्याप्त रहेकोे अनुभव निबन्धकारहरूको छ । यसै संस्कृतिले ग्रस्त बनेका मानवअधिकारकर्मी मानवअधिकारको काम कम र डलरको खेती ज्यादा गर्छन् भन्ने बोध भएपछि नरनाथ लुइ“टेल “मानवधिक्कार” निबन्ध लेख्न पुग्छन् । मिडियाका क्षेत्रमा काम गर्नेहरूमा खाओवाद व्याप्त भएको देखेपछि तिनलाई व्यङ्ग्यको झटारो हान्न यिनै नरनाथ “भेंडियाम्यान” निबन्ध लेख्छन् । यस्तै श्रम नगरी बसी–बसी अर्काको वस्तु लु“ड्याउने प्रवृत्ति रक्षाकर्मीमै व्याप्त रहेको देखेर विरोधको चैतन्यले कुत्कुत्याएपछि रुद्र खरेल “विल्टुवाहरूको भीडमा” निबन्ध लेख्न पुग्छन् । मनोज गजुरेलका “मातापितादेखि मम्स ड्याडसम्म”, तथा “राष्ट्रिय अल्छी सम्मेलन” जस्ता निबन्धहरू पनि संस्कृतिविषयक उल्लेखनीय निबन्धहरू हुन् ।
यी संस्कृतिका विविध पक्ष र पाटाहरू हुन् र समकालीन निबन्धकारहरूले संस्कृतिका यी विविध पक्षमा व्याप्त विकृतिहरूलाई उद्घाटित गर्दै विना मोलाहिजा सबैप्रति व्यङ्ग्यको झटारो हिर्काउने हिम्मत गरेका   छन् ।
(च) पितृसत्तात्मक चिन्तन र तज्जन्य नारीउत्पीडनको  व्याप्तिप्रति विरोध र आलोचना
वि. सं.२०४६ यता प्रजातन्त्रको पुनस्र्थापना भयो भनिए पनि नारीउत्पीडनको कारक रहेको पितृसत्तात्मक चिन्तन र संस्कार कायमै रहेको र नारीप्रतिको दृष्टिकोण र व्यवहारमा प्रजातन्त्र आउन नसकेको अनुभव नारीहरूले मात्र होइन, समानताप्रेमी पुरुषहरूले पनि गर्नु हाम्रो साझा अनुभव हो । वास्तवमा अझै पनि पितृसत्तात्मक संस्कार र चिन्तनले हाम्रो समाजका राजनीतिज्ञदेखि लेखक–साहित्यकारसम्मलाई ग्रस्त बनाएको छ । नारीप्रतिको दृष्टिकोणमा अझै पनि प्रजातान्त्रिकता आउन नसक्नु विडम्बना र आफैमा व्यङ्ग्यको विषय हो । अझ यो विडम्बना र व्यङ्ग्य त्यतिबेला तीखो र मर्मभेदी हुनपुग्छ जब एउटा प्रगतिवादी स्रष्टाका आ“खाले अर्को प्रगतिवादी स्रष्टाकै लेखनमा नारीको चित्रण उत्ताउलो र अशोभनीय (प्रकृतवादी) भाषामा गरिएको देख्नु र पढ्नुपर्ने विवशता तेर्सिन्छ । निबन्धकार रुद्र खरेललाई यही विवशता तेस्र्याएका छन् रमेश विकल र विष्णु प्रभातका रचनाले । उनका विचारमा वर्तमानको साहित्य र संस्कृतिमा अझै जु“गेपना अर्थात् पितृसत्तात्मकता व्याप्त छ । ‘शव, शालिक र सहस्र बुद्ध’ कथासंग्रहमा रमेश विकलले  नारी शरीरको चित्रण गर्दा उत्ताउलो र प्रकृतिवादी शैली अ“गालेकोमा खरेल विकलको सातो लिन्छन् र भन्छन्– “नारी जातिको शारीरिक अवस्था र संवेदनशील अंगलाई प्रस्तुत गर्दै त्यसलाई “विचित्रको दृश्य” भनेर टिप्पणी गर्दा पछौटे चिन्तन भएका र शोषक–उत्पीडक संस्कृतिका खम्बा भएका पुरुषहरूले त विकललाई “स्याबास ⁄” भन्लान् तर समाजमा विवेक भएका लोग्ने मान्छेहरू र आधा आकाशचाहि“ धुरुधुरु रूनेछन्– (“जु“गे साहित्य–जु“गे संस्कृति”, तोरीलाहुरे चोकमा एक छिन् , पृ.५६) ।
यसैगरी हास्यव्यङ्ग्यमा हा“सो उमार्ने नाउ“मा हास्यव्यङ्ग्यकारले नारी शरीरको उत्ताउलो चित्रण गरेर नारीहरूको अपमान गरेकोमा खरेल त्यस्ता हास्यव्यङ्ग्यकारको  लेथ्नो काढ्न पनि पछि पर्दैनन् । उपर्युक्त निबन्धमा उनले विष्णु प्रभातका “सबभन्दा प्यारो वस्तु” र “आधुनिक कलाका तीन रूप” (दुवै खुर्सानी पुराण, पृ. २६ र ९५) निबन्धमा त्यस्तो उत्ताउलो चित्रण गरिएकोमा त्यसको आलोचना गर्दै यस्तो प्रतिक्रिया व्यक्त गरेका छन् ः “यस्तो लेख्नु भनेको इत्तरिनु र छिल्लिनु हो, आफ्नो आदर्श र स्तरको हेक्का नराख्नु हो । माक्र्सवादी सिद्धान्त र व्यवहार, चिन्तन र सौन्दर्य, खुर्सानी पुराण र सर्जकहरूलाई वैचारिक रूपमा नेतृत्व दिने संस्थागत पदीय दायित्वजस्ता चारचारवटा जाल खाप्नेको त यो हाल छ भने गरिबगुरुवाको के हाल होला ?” (पूर्वोक्त, पृ.५७) । खरेलका दृष्टिमा यस्तो साहित्य पितृसत्तात्मक संस्कारको प्रभाव बोकेको जु“गे साहित्य हो ।
“साला” शीर्षकको अर्काे निबन्धमा साला शब्दको प्रयोग गालीको रूपमा गरेर हाम्रो समाजले नारी (दिदीबहिनी)माथि अपमान गरेको बताउ“दै खरेलले त्यसलाई पनि पितृसत्तात्मक संस्कारकै उपज ठह¥याएका छन् । पितृसत्तात्मक चिन्तनको आलोचना गर्ने क्रममा खरेल स्वयं महिलाहरूलाई पनि बा“की राख्दैनन् । एक थरी महिलाहरू अझै पितृसत्तात्मक जु“गे संस्कारबाट ग्रस्त रहेको विचार व्यक्त गर्दै उनी लेख्छन्–
“उनीहरू त झन् जु“गाको जेलमा पो छन् । चिन्तन–पद्धति र संस्कार जस्तो माउ कुरो चाहिं पुरुषको तर लिन्ठिङ्ग ज्यान र सारी चोलो भने नारीको भएपछि त्यस्तालाई अर्धनारी भन्न सकिन्छ । .... पुरुषका अघि आकर्षक देखिइरहू“ भन्ने निठ्ठा चेत, अनावश्यक आभूषण तथा वस्त्रचेत, मन्त्रिनी, सचिवनी र जर्नेल्नी हुनै पर्ने जंगली आकांक्ष्ाँ, मालिक्नी हुने मोह र दक्षिणकालीमा गएर “छोरी हैन है छोरो” भनेर बोको कबुल गर्ने प्रवृत्तिले धेरै जसो माथिल्ला वर्गका नारीहरू आफूलाई कत्तिको बिर्संदा रहेछन् भन्ने तथ्य स्पष्ट गर्दछन्” (पूर्वोक्त, पृ.५४–५५) ।
यसरी खरेलका निबन्धहरूले पितृसत्तँत्मक जु“गे चिन्तन बोकेर नारीलाई होच्याउने र अपमान गर्ने जो कोहीलाई पनि बिना मुलाहिजा व्यङ्ग्यको वज्र प्रहार गरेका छन् ।
राजेन्द्र सुवेदी पनि पितृसत्तात्मक सत्ता र संस्कृतिमा आधारित नारी उत्पीडनको सन्दर्भलाई आफ्ना निबन्धमा प्रस्तुत गर्छन् । “मर्चामानदेखि मरीचमानसम्म ः मेरो सल्यानसम्मको यात्रा” शीर्षकको निबन्धमा उनले राजधानीदेखि सल्यानसम्मको यात्रा गर्दा प्राप्त गरेको नेपाली भूगोल र सांस्कृतिक विविधताको रागात्मक अनुभूतिलाई प्रस्तुत गर्ने क्रममा विशेषतः सार्वजनिक सवारीसाधनमा चालकहरूद्वारा महिलाहरूमाथि हुने गरेका यौनजन्य दुव्र्यवहारको पनि आलोचनात्मक प्रस्तुति गरेका छन् ।
समकालीन प्रगतिशील निबन्धकारहरू नारीमाथि हुने विविध प्रकारका उत्पीडनलाई कुरूप यथार्थका रूपमा प्रस्तुत गर्दै त्यसका पोषकहरूप्रति आलोचना व्यक्त गर्दछन् । आज हाम्राबीच पारिजातको उपस्थिति छैन तर जतिबेलासम्म उनले लेखिन् नारीमाथि हुने वर्गीय र लैङ्गिक उत्पीडन उनका वैचारिक र ललित दुवै खाले निबन्धको महŒवपूर्ण विषय भने बनिरह्यो । उनको ‘आधी आकाश’ यस प्रवृत्तिको महŒवपूर्ण वैचारिक निबन्ध–कृति हो । पारिजातको अवसानपछिका समयमा केही नारी निबन्धकार यस क्षेत्रमा क्रियाशील छन् तापनि उनीहरूमा विषयलाई बोध गर्ने र प्रस्तुत गर्ने प्रखर प्रगतिवादी दृष्टिको अभाव खट्किन्छ । समष्टिमा भने समकालीन प्रगतिवादी निबन्धमा नारीविषयक भावबोधले राम्रै स्थान पाएको छ ।    
(छ) दार्शनिक विषयवस्तुको अभिव्यक्ति
समकालीन निबन्धहरूलाई हेर्दा अधिकांशमा  वर्तमानका व्यावहारिक विषयलाई नै मूल कथ्यसन्दर्भ बनाइएको देखिन्छ तथापि केही निबन्धमा दार्शनिक विषयवस्तुको अभिव्यक्ति पनि गरिएको छ । निबन्धलाई अनौैपचारिकताबाट अलि माथि उठाएर औपचारिक लेखनतिर पु¥याउने हो भने दार्शनिक निबन्धकारमा निनु चापागाईं प्रभृत्ति विचारप्रधान लेखकहरूको नाउ“ पनि यस सूचीमा समावेश गर्न सकिन्छ र त्यस्ता निबन्धको उदाहरणका लागि “वेदना”को पूर्णाङ्क ६५, (असार २०५९) मा प्रकाशित चापागाईंकै “प्रगतिवादी साहित्य र यसको विशेषता” शीर्षक लेखलाई अगाडि सार्न सकिन्छ । उनकै सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण शीर्षकको भर्खरै बजारमा आएको पुस्तक पनि विचारप्रधान सांस्कृतिक लेखहरूको संग्रह हो । तर लेख–निबन्ध भनेर हामी प्रायः दार्शनिक विषयवस्तुको औपचारिक प्रस्तुतिलाई लेखका रूपमा  छुट्टै वर्गीकृत गर्छाैं, त्यसैले अनौपचारिक लेखनलाई नै यस कोटिमा राख्नु उपयुक्त हुन्छ ।
यसरी हेर्दा दार्शनिक विषयवस्तुको अनौपचारिक निबन्धात्मक आलेखन पनि केही मात्रामा यस अवधिमा भएको पाइन्छ । यस सन्दर्भमा विष्णु प्रभातका “मान्छे र कला”, “पिरोलिने साथीहरू” र “घर्ती बुढाको अर्ती” जस्ता निबन्धलाई अगाडि सार्न सकिन्छ । “मान्छे र कला”मा कला कलाका लागि भनेर पु“जीवादी स्रष्टा र चिन्तकहरूले जतिसुकै “फत्तुर लगाए” पनि कला जीवनोपयोगी नै हुन्छ र हुनुपर्छ तथा त्यस्तो कला नै मूल्यवान् हुन्छ भन्ने विचार व्यक्त गरिएको छ । “घर्ती बुढाको अर्ती”मा परिवर्तनका नियमहरूको उल्लेख गरिएको छ भने “पिरोलिने साथीहरू”मा व्यवहारबाट सिक्ने कुराको उल्लेख गर्दै सिकेर गर्ने चिन्तन उल्टो भएको र गरेर सिक्दै जाने चिन्तन सुल्टो तथा वैज्ञानिक रहेको निष्कर्ष दिइएको छ । यस्ता दार्शनिक निबन्धहरूको रचनात्मक प्रवृत्ति निकै प्रचुर नभए पनि केही मात्रामा रहेकै छ ।
(ज) व्यङ्ग्यात्मकता ः निबन्धरचनाको मूल शैलीगत प्रवृत्ति
निबन्ध भनेको कुनै विषयबारे स्रष्टाको अनौपचारिक गद्य अभिव्यक्ति हो । त्यसैले लक्ष्मीप्रसाद देवकोटाले यसलाई “टेबुल गफ”को संज्ञा दिएका हुन् । देवकोटाको युग त्यस्ता शैलीका निबन्धको स्वर्णयुग पनि हो तर समकालीन अवधिमा निबन्धको स्वरूप निकै मात्रामा बेग्लिएको छ । अहिलेको निबन्ध हँस्यव्यङ्ग्यको पर्यायजस्तै बन्न पुगेको छ । त्यसमा पनि हास्य कम र व्यङ्ग्य प्रबल रहेको निबन्ध नै आजका निबन्धको स्वरूप र शैली दुवै बन्न गएको देखिन्छ । यस सन्दर्भमा निबन्धकार रुद्र खरेलको विचार उल्ल्ेखनीय देखिन्छ । उनी भन्छन् ः
“आजको निबन्धले हिजोका कतिपय निबन्धमा झैं अनावश्यक वर्णन, विवरण, व्याख्या र टिपोटहरूको मोटो सीमालाई नाघिसकेको छ । आजका सशक्त व्यङ्ग्यकारहरूले व्यङ्ग्य निबन्धलाई मात्र होइन समग्र निबन्ध विधालाई नै यस दृष्टिले स्तरीयता प्रदान गरेका छन् ।.... समाजबाट भागेर घाम, जून, खोला, पहाडको रोमाञ्चक वर्णन गर्ने निबन्धकारहरू युगबहिष्कृत भइसके । तसर्थ जसरी आजको व्यङ्ग्य कवितालाई सशक्त कविता मान्न सकिन्छ, त्यसरी नै आजको सशक्त निबन्ध पनि व्यङ्ग्यात्मक निबन्धलाई माने हुन्छ । चाक्लो कविता, चाक्लो निबन्धलाई युगले विदा दिइसक्यो” (वेदना, पूर्णाङ्क ५९, २०५४, पृ. २३) ।
निबन्धकार खरेलका उपर्युक्त भनाइले आजको निबन्धको स्वरूप र शैली व्यङ्ग्यात्मकता नै रहेको पुष्टि गर्दछ । यस भनाइमा अन्य स्रष्टा तथा समीक्षकहरूको पनि सहमतिजस्तै रहेको पाइन्छ । प्रस्तुत पत्रमा चर्चा गरिएका र पत्र–तयारीका क्रममा अनुशीलन गरिएका अधिकांश निबन्धहरूले पनि यसै कुरालाई सत्यापित गरेका छन् । रुद्र खरेल, विष्णु प्रभात, नरनाथ लुइ“टेल, मनोज गजुरेल, गोपीन्द्र पौडेल, रविकिरण निर्जीव प्रभृत्ति निबन्धकारका निबन्धले यसै तथ्यको पुष्टि गर्दछन् । वास्तवमै व्यङ्ग्य आजका निबन्धको स्वर र शैली दुवै भएको कुरा निःसंकोच भन्न सकिन्छ । जहा“सम्म व्यङ्ग्यको निर्माणका लागि आवश्यक अन्य उपकरणको सन्दर्भ छ– समकालीन निबन्धमा व्यङ्ग्यका लागि आवश्यक धारिलो तथा पाइनदार भाषा–प्रयोग राम्रैस“ग भएको देखिन्छ । त्यसै गरी व्यङ्ग्यलाई सुग्राह्य तथा सुस्वादु बनाउनका लागि भाषिक स्तरमै अन्तर अनुप्रासको प्रयोग पनि पर्याप्त मात्रामा भएको छ । यसका अतिरिक्त व्यङ्ग्यका लागि सहकारी तथा उपकारक हुने व्यङ्ग्योक्ति (आइरनी), अतिरञ्जना, वाग्वैदग्ध्य–उक्तिवैचित्र्य (विट–कन्सिट), विपर्यास (प्याराडक्स), चरित्रानुकरण (क्यारिकेचर) तथा हास्य (ह्युमर) जस्ता उपकरणको प्रयोग पनि कुशलतापूर्वक गरिएको पाइन्छ । यसरी निजात्मकताभन्दा वस्तुपरक व्यङ्ग्यात्मकता समकालीन निबन्धको मुख्य शैलीगत प्रवृत्ति रहेको  देखिन्छ ।
४. उपसंहार ः निष्कर्ष
समकालीन प्रगतिवादी निबन्धहरूको अध्ययनबाट प्राप्त हुने मोठ निष्कर्ष के हो भने तिनमा वर्तमानप्रति गहिरो चासो र सरोकार छ । विशेषतः २०४६ यताका अवधिमा राष्ट्रिय जीवनमा विकसित भएका विकृति–विसंगति, बेथिति–व्यभिचारको उद्घाटनका साथै त्यसका कारक तथा संवाहक तŒवप्रति वेधक व्यङ्ग्य गर्नु यस अवधिका प्रगतिवादी निबन्धको एउटा महŒवपूर्ण तथा केन्द्रीय प्रवृत्ति हो । त्यस क्रममा राजनीतिका क्षेत्रमा देखापरेका भ्रष्ट र अनैतिक चरित्र तथा चिन्तन र व्यवहार निबन्धका मुख्य कथ्यसन्दर्भ तथा व्यङ्ग्यको आलम्बन बनेका छन् भने वामपंथी राजनीतिक शक्ति र वामपंथी वा प्रगतिवादी बुद्धिजीवीहरूमा आएको विचलन र विकसित भएको अवसरवादी प्रवृत्ति पनि निबन्धको कथ्य र व्यङ्ग्यको विषय बनेको छ । भूगोल मात्रै नभएर भावना र संस्कृतिसमेतमा भइरहेको छिमेकी अतिक्रमणको आलोचना गर्दै राष्ट्रवादी चेतको निबन्धात्मक अभिव्यक्ति पनि यस अवधिका निबन्धको विशेषता हो । साथै संसद्मा पुगेका राजनीतिक पार्टीहरूलाई अतिक्रमणको घाउ नदुखेकोमा निबन्धकारहरूले गरेको पीडाबोधको अभिव्यक्ति तथा त्यस्तो पीडा जन्माउने राष्ट्रियताप्रति उदासीन राजनीतिक शक्तिहरूप्रति व्यङ्ग्यवेधन पनि यस अवधिका निबन्धको प्रमुख प्रवृत्ति नै हो । कर्मकाण्डीय संस्कारदेखि संस्कृतिका विभिन्न क्षेत्रमा व्याप्त सामन्ती पुरानता–अवैज्ञानिकता तथा पाश्चात्य प्रभावको विकृतिलाई पनि समकालीन निबन्धकारहरूले महŒवका साथ प्रस्तुत गरेका छन् र सांस्कृतिक क्षेत्रका विकृतिको चिरफार गर्दै ती र तिनका संवाहक–संरक्षकप्रति व्यङ्ग्य गर्ने प्रवृत्तिलाई आत्मसात् गरेका छन् । प्रजातन्त्रको पुनस्र्थापना भइसकेको भनिए पनि अन्य क्षेत्रझैं नारीस्वतन्त्रताका क्षेत्रमा प्रजातान्त्रिक संस्कार र व्यवहारको  अनुभूति हुन नसकेको तथा राजनीतिज्ञदेखि लेखक–साहित्यकारसम्ममा पितृसत्तात्मक जु“गे चिन्तन र संस्कार व्याप्त रहेकोमा त्यस्तो कुरूप यथार्थलाई कथ्यको मुख्य सन्दर्भ बनाएर त्यसका संवाहकहरूप्रति तीखो व्यङ्ग्य गर्नु पनि यस अवधिका निबन्धकारहरूको एउटा प्रमुख प्रवृत्ति हो । व्यङ्ग्यात्मकता समकालीन प्रगतिवादी निबन्धहरूको स्वर र शैली दुवै बनेको छ । व्यङ्ग्य र निबन्ध एकअर्काका पर्यायवाची झैं बनेका छन् र सशक्त व्यङ्ग्य नै सशक्त निबन्ध हुनसकेको स्थिति सिर्जना भएको छ । त्यसैले व्यङ्ग्यात्मकता यस अवधिका निबन्धको स्वरगत र शैलीगत दुवै प्रवृत्ति भएको निष्कर्ष पनि विवेच्य निबन्धहरूले दिएका छन् । यति हु“दाहु“दै पनि एउटा कुरा भन्नै पर्ने हुन्छ– त्यो के भने आलोचनात्मक यथार्थवादलाई समेत एकै ठाउ“मा मिसाउ“दा प्रगतिशील निबन्ध–लेखनको वर्तमान अवस्था समृद्ध देखिए पनि प्रष्ट र प्रखर प्रगतिवादी–समाजवादी यथार्थवादी निबन्ध–लेखन भने त्यही स्तरमा समृद्ध र सशक्त छैन । त्यसका लागि अझै पनि स्रष्टाहरूको सिर्जनात्मक सक्रियता र वैचारिक प्रतिबद्धताको खा“चो अपेक्षित छ ।
(यो कार्यपत्र प्रगतिशील लेखक संघ नेपालद्वारा २०५९ भदौमा का“कडभिट्टामा आयोजित निबन्धविषयक गोष्ठीमा प्रस्तुत गरिएको थियो ।)

वेदना
पूर्णाड्ढ ६६, वर्ष २९, अंक २, माघ २०५९

सम्पादक स्(
निनु चापागाई
मातृका पोखरेल

भ्mबष्स्(ि  mबतचष्पबउयपजबचभ२िथबजयय।अयm
सम्पादकीय
हाम्रो प्राथमिक सरोकारको विषय
कविता
कृष्ण सेन ‘इच्छुक’ ः रोगी देश
मित्रलाल पंज्ञानी ः दुई कविता
अमर गिरी ः कृष्ण सेन
ईश्वरचन्द्र ज्ञवाली ः चोभारको समाधिस्थल
जनकप्रसाद हुमागाईं ः गंगालाल
राजेन्द्रप्रसाद अधिकारी ः मृत्यु जीवनको अन्तिम बिन्दु
गौरा रिजाल  ः पहाडको अग्लने रहर
कमला श्रेष्ठ ः म पनि आधा आकाश हु“
पञ्चकुमारी परियार ः सपना र आ“खाहरू

निबन्ध
रुद्र खरेल ः आषाढस्य प्रथम दिवसे
डा. नरेन्द्र चापागाईं ः दिङ्लाको पात्ले घारी
नरनाथ लुईंटेल ः दूरसञ्चारको जय

कथा÷लघुकथा
खगेन्द्र संग्रौला ः गाउ“तिरको एउटा कथा
पुण्यप्रसाद खरेल ः जनकार्बाही
इन्द्रकुमार श्रेष्ठ ः जड्डलको रुवाइ

समालोचना÷संस्कृति चिन्तन
रामसुजान अमर ः उत्तरआधुनिकताको वास्तविकता
महेश मास्के ः इतिहासको कसीमा सांस्कृतिक क्रान्ति
डा. ताराकान्त पाण्डेय ः समकालीन प्रगतिवादी निबन्धलेखन र त्यसका प्रवृत्तिहरू

सम्पादकीय
हाम्रो प्राथमिक सरोकारको विषय
वेदनाको पूर्णाड्ढ–६५ प्रकाशन गर्दा हामीले संकटकाल भोगिरहेका थियौं । वेदनालाई पाठकहरूको हातमा पु¥याउन त्यसबेला थुप्रै हिंस्रक र दमनपूर्ण आ“खाहरूलाई छल्नु परेको तीतो यथार्थले हामीलाई अहिलेसम्म झस्काइरहेको छ । घोषित संकटकालको समयमा नेपालको प्रगतिवादी साहित्यले अपूरणीय क्षति ब्यहोर्नु प¥यो । यस अवधिमा इच्छुक र डी.कौडिन्य लगायतका कतिपय क्रियाशील होनहार प्रतिभाहरूलाई गुमाउनु परेको पीडा हामीस“ग छ । अघोषित संकटकालबाट अहिले पनि हामी मुक्त हुन सकेका छैनौं । यथास्थितिका विरुद्ध दह्रोस“ग उभिने पत्रपत्रिकाहरूले सत्ताको आ“खाबाट असुरक्षित महसुस गर्नु परिरहेको छ । क्रान्तिकारी, परिवर्तन, प्रगतिशील, माक्र्सवाद जस्ता शब्दहरूलाई राज्यले एकान्त जंगलमा भेट्टिएको सिंहझैं ठानिरहेको आजको स्थिति छ । प्रगतिशील पत्रपत्रिका, पुस्तकहरू अहिले पनि जफत भइरहेका छन् । कति पत्रकार एवं संचारकर्मीहरूले क्रूर यातनाको स्मृति बोकेर यातनाशिविरबाट मुक्ति पाए भने अझैै पनि कति यातना भोगिरहेका छन् । यस्तो क्रियाकलापले छयालीस सालको महŒवपूर्ण उपलब्धि अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको छ । यी क्रियाकलापहरूले वर्तमान राज्यसत्ता साहित्य, कला, ज्ञान र चेतनाप्रति कति शत्रुतापूर्ण दृष्टि राख्दोरहेछ भन्ने कुराको प्रमाण त प्रस्तुत गर्छन् नै, कला साहित्यविरोधी यस्तो कार्यले स्वतन्त्र सृजनको उत्कर्षलाई समेत नराम्रोस“ग धराशायी बनाएकोे छ । भय र त्रासको वातावरणमा समाजमा पुलुक्क चियाउने साहित्यिक पत्रिकाहरू पनि प्रकाशित हुन सकेनन् अथवा तिनको वितरणमा व्यवधान आयो वा पढ्न सकिने स्थिति रहेन भने त्यसले त झन् वर्तमान विकृति र कुरूपतालाई नै फस्टाउन सघोट गर्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले वेदनाको प्रस्तुत अंकको प्रकाशन एक किसिमले धृष्टता जस्तो देखिए पनि आनो थाप्लामा यो जिम्मेवारी बोक्नु हामीले आवश्यक र उचित ठानेका छौं ।

No comments:

Post a Comment