Thursday, July 2, 2015

वेदना पूर्णाड्क - ६७


वेदना
पूर्णाड्क  ६७, वर्ष २९, अंक ३, चैत्र २०५९

सम्पादक 
निनु चापागाई
मातृका पोखरेल 

प्रकाशक 
दिल बरदान
सुवास श्रेष्ठ

सम्पादकीय
प्रलेस र यसको छैटौ राष्ट्रिय सम्मेलन




कविता
अमर गिरी ः आफैंस“ग प्रश्न
ललित बस्नेत ‘भिमाली’ ः संकटकाल
घनश्याम शर्मा पौड्याल ः देश जलिरहेको बेला
आहुति ः ट्राफिक जाम
अनिल शर्मा ः छोरीलाई पत्र
गंगा श्रेष्ठ ः पराजय
धनकुमारी सुनार ः आमाको आस्था
यज्ञराज प्रसाईं ः श्रापित मेरा नपुंसक सिर्जनाहरू
कृष्णमोहन जोशी ः स्वतन्त्रताको लागि

लेख÷निबन्ध
इस्माली ः प्रलेसको पचास वर्षको यात्रा ः एक सिंहावलोकन
श्यामप्रसाद शर्मा ः दुई चिठ्ठीहरू

कथा÷लघुकथा
घनश्याम ढकाल ः माटोको खोजी गर्दा
नवीन विभास ः हरियो सर्प
समालोचना÷चिनारी÷संस्कृति चिन्तन
डा. जगदीश चन्द्र भण्डारी ः ‘इच्छुक’ अग्रगामी चेत र विद्रोहका उत्कृष्ट कवि
विष्णु प्रभात ः शारदारमण बहुआयमिक व्यक्तित्व
शम्भुनाथ ः उत्तरआधुनिकतावादको प्रत्युत्तर


सम्पादकीय
प्रलेस र यसको छैटौ“ राष्ट्रिय सम्मेलन
आनो स्वर्णजयन्ती वर्षको अवसरमै प्रगतिशील लेखक संघ, नेपालको छैटौ“ राष्ट्रिय सम्मेलन फागुन २४ र २५ गते काठमाडौ“मा हु“दैछ । २००९ साल असोज ५ गते स्थापना भएको प्रलेसले लामो समयसम्म क्रियाशील रहेर नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा खेलेको भूमिका हाम्रो इतिहासको उल्लेखनीय र गौरवमय पाटो हो भन्ने हामीलाई लाग्दछ । 
नेपालको आमूल परिवर्तनकारी आन्दोलन र सांस्कृतिक आन्दोलनमा आएको विभाजनस“गै यसको भूमिका र पहलमा निकै हेरफेर र आरोह–अवरोह आउने गरेको छ । वीरगंजमा स्थापित भएर २०१६ सालतिर प्रगतिशील नेपाल लेखक संघ बनेको यो संस्था २०३६ देखि २०४४ सम्म प्रगतिशील कलाकारहरूको समेत साझा संस्था थियो र प्रगतिशील लेखक–कलाकार संघका रूपमा परिचित रहेको हो । प्रथम सम्मेलन २०४४ सालमा सम्पन्न गरेयता यसले प्रगतिशील लेखक संघ, नेपालको नाममा आजपर्यन्त प्रगतिशील लेखकहरूलाई नेतृत्वप्रदान गर्दै आएको छ । २०३६ को नया“ ऐतिहासिक परिस्थिति र अवस्थादेखि यो संस्थाले संयुक्त मोर्चाको रूपमा आनो कार्यभार सम्हाल्दै आएको हो । साझा मोर्चाको स्वरूप ग्रहण गरेयता पनि यसलाई वास्तविक रूपमा साझा मोर्चाको रूपमा चलाउन एक पक्षमा रहेको हिचकिचाहट र गलत सोचको कारण चौथो राष्ट्रिय सम्मेलनमा यसमा फेरि विभाजनको स्थिति आयो । त्यो दुःखदायी घटनाबाट शिक्षा लिंदै पा“चौ“ राष्ट्रिय सम्मेलनमा जस्तै आगामी दिनमा प्रलेसको संचालन गर्नु प्रलेसको नेतृत्वको प्रथम दायित्व हो भन्ने हामीलाई लागेको छ । प्रलेस सामान्य साझा मञ्चको रूपमा नरहेर युद्धरत परिवर्तनकारी शक्तिदेखि अहिलेको संसदीय व्यवस्थालाई नै सुदृढ गर्नुपर्ने चिन्तन समेत राख्ने स्रष्टाहरूको संगठन समेत हो । यी सबैलाई समायोजन गर्नुपर्ने विषयमा संवेदनशील नेतृत्वको निर्माण गर्न सकियो भने मात्र प्रलेसले आगामी दिनमा प्रभावकारी भूमिका निर्बाह गर्न संभव छ ।
प्रगतिशील लेखक संघ विभिन्न सांस्कृतिक संगठनहरूको मात्र साझा मोर्चा नभएर देशभरि छरिएका रहेका प्रगतिशील स्रष्टाहरूको पनि संगठन हो । देशका विभिन्न भागमा छरिएर रहेका प्रगतिशील स्रष्टाहरूको संख्या निकै ठूलो छ । ती सबैलाई समेटेर आनो संगठनमा ल्याउने काममा प्रलेसले जति ध्यान दिनुपथ्र्यो, त्यति दिन सकेको जस्तो लाग्दैन । यसलाई अबका दिनमा केन्द्रीय विषयका रूपमा लिएर कार्य गर्नु अत्यावश्यक छ । 
नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा देखापरेका वैचारिक विचलन, नैतिक स्खलन र भनाइ र गराइका बीचमा रहेको पार्थक्यको प्रभाव प्रलेसमा पर्नु हामी अन्यथा ठान्दैनौं । प्रगतिशील लेखक संघमा संगठित भएका केही सर्जकहरूमा रूपान्तरणकारी, वर्गीय एवं प्रगतिवादी चेतना भुत्ते हु“दै गएको गुनासो आम रूपमा सुनिन थालेको छ । यसलाई आनो एजेण्डाको प्रमुख विषयका रूपमा ग्रहण गर्नसक्ने सक्षम नेतृत्वको चयन गर्नु र त्यसअनुरूप नया“ पुस्तालाई मार्गदर्शन एवं प्रशिक्षित गर्नुपर्ने योजनालाई आनो पहिलो कार्यसूचीमा प्रलेसले राख्नुपर्ने हामी ठान्दछौं । यस विषयलाई समुचित रूपमा ध्यान दिन सकिएन भने आगामी केही वर्षभित्र प्रगतिशील लेखक संघ अर्कै चिन्तन बोकेको लेखक संघको रूपमा परिवर्तित हुने संभावना प्रबल छ । यसका लागि प्रलेसले आन्दोलनलाई दिशाबोध गर्न, गराउन सक्ने नेतृत्वको चयनमा सचेत रहनुपर्छ भन्ने हामीलाई लाग्दछ । 
प्रलेसको यो सम्मेलन अत्यन्त संवेदनशील घडीमा हु“दैछ । युद्धरत विद्रोही शक्ति र सरकारका बीच युद्धविराम भएको छ र यसबाट आम जनताले केही मात्रामा भए पनि राहतको अनुभव गरेका छन् । तर युद्धविरामको बहानामा भित्रभित्र हतियारमा सा“ध लगाइन थालिइएको आशंका धेरैलाई हुन थालेको छ । पू“जीवादीहरूले प्रजातन्त्रको अभ्यासको आदर्शको रूपमा लिने गरेको संविधानसभाबाट तत्कालका निम्ति समस्याको समाधान निकाल्न विद्रोहीहरू सहमत भएको स्थितिमा त्यसलाई उपेक्षा गरेर किचलो उठाइरहनु युद्धपिपासु बन्नु नै हो । शान्ति चाहने कि फेरि हत्याहिंसाका श्रृंखलाहरू सुरु गर्ने ? स्रष्टाहरू लगायत सम्पूर्ण सचेत नागरिकहरूले गम्भीर भएर सोच्नुपर्छ भन्ने हामीलाई लाग्दछ । युद्धबाटै गणतन्त्र स्थापना गर्न कस्सिएको शक्तिले जनताको निर्णय मान्न तयार हु“दै संविधानसभाको निर्वाचनमा जोड दिएको अवस्थामा यसलाई अस्वीकार गर्नु हामी युद्ध चाहन्छौं, नरसंहार चाहन्छौं, शान्ति चाह“दैनौं भन्नु नै हो । प्रतिगमनकारी शक्तिको प्रतिगमनलाई रोक्ने तत्कालको संभव उपाय यही हो । 
चैत्रमा प्रकाशन हुनुपर्ने ‘वेदना’को यो अंक प्रलेसको सम्मेलनलाई दृष्टिगत गरेर केही दिनअघि प्रकाशित गरिएको छ । हाम्रो प्रयासलाई पाठकहरूले उचित रूपमा नै ग्रहण गर्ने आशा हामीले लिएका छौं ।  

कविता
आफैंस“ग प्रश्न 
– खमर गिरी
जब मौसम आउ“छ 
र वृक्षमा फुल्छन् फूलहरू 
एक–एक गरी झर्दै जान्छन् फूलहरू 
फूलको ठाउ“मा देखापर्छन् क्रमशः फलहरू । 

मौसम आउ“छ 
फलहरू पाक्छन् 
र सम्पूर्ण वृक्ष 
बन्छ पन्छीहरूको वासस्थान 
फेदमा सुरु गर्छ 
जमघट हुन बालकहरूको 
पहेंलै पाकेका फलहरूले लटरसम्म वृक्ष 
सुनका गहनाले सजिएकी 
स्त्री झैं देखिन थाल्छ 
बिल्कुल सुनका गहनाले सजिएकी स्त्री झैं ।

र म कविता लेख्न सुरु गर्छु 
त्यसको सौन्दर्यको, 
फूल, फल, पन्छी, बालक, 
सबै एक–एक गरी आउन थाल्छन् 
कवितामा 
तर आउ“दैन त्यो अनुहार 
जसले रोपेको थियो यस वृक्षलाई 
मलजल गरेको थियो 
र यसको जीवनका निम्ति 
खटेको थियो झण्डै झण्डै चौबीसै घण्टा 
आउ“दैन त्यो अनुहार कवितामा । 

र अन्तिममा 
जब म थालिरहेको हुन्छु 
बिट मार्न कविताको 
लाग्छ आफैंलाई
म कस्तो कविता लेखिरहेछु ?

संकटकाल
– ललित वस्नेत  ‘भिमाली’
छयालीसमा सडक तताउ“दा 
दुई कोटि खुट्टा थ्यो यौटे चाल 
मनमा सबले सा“ची राखे थे 
एक आङ्ग लुगा, भात एक थाल 
सपना सबै भताभुङ्ग पारेर 
कताबाट छिरेथ्यो, संकटकाल ? 

चुनावको बेला च्या“खे थाप्नेले 
बनाए संसद् नै जुवाको खाल 
दाउ जित्नेको सधै“ चल्दैछ 
त्यही“बाट भए मालामाल 
कुकर्म तिनको सबै लुकाउन 
लाउनैपर्ने लाए संकटकाल
भ्रष्टहरू, तर खुब मोटाए
लाग्दा खेरी यहा“ संकटकाल । 


प्रलेसको पचास वर्षको यात्रा ः एक सिंहावलोकन
– इस्माली
विषयप्रवेश
साहित्य, कलालगायत वाङ्मयका विविध विधाहरू समृद्ध नभइकन मुलुक समृद्ध बन्दैन । सांस्कृतिक आन्दोलनको अभावमा साहित्य, कला पनि समृद्ध हु“दैन । संस्कृतिकर्मीहरूको एकताबद्ध र संगठित प्रयासको अभावमा सांस्कृतिक आन्दोलनले गति लिन सक्दैन । यस्तो संगठित प्रयासका रूपमा पेन, साहित्यकार संसद्, नारी लेखक मञ्च जस्ता केही समूहको चर्चा पनि यदाकदा सुनिन्छ तर प्रलेस स्पष्ट दिशा लिएर गठन भएको लेखकहरूको वैैचारिक आन्दोलनकारी संस्था हो । सांस्कृतिक आन्दोलनलाई अग्रगामी दिशा दिनका लागि गठित प्रगतिशील लेखक संघले ५० वर्षको यात्रा पूरा गर्दैछ । तीन सयभन्दा बढी लेखकहरू आबद्ध भएको तथा दशवटा अञ्चल र पच्चीसभन्दा बढी जिल्लामा संगठनसञ्जाल विस्तार भएको राष्ट्रिय संगठनात्मक स्वरूप प्राप्त गरेको प्रलेसको ५० वर्षको यात्राका विभिन्न कालक्रममा देखापरेका आरोह–अवरोहबारे मोटामोटी जानकारी दिनु यस लेखको उद्देश्य रहेको छ । 
ऐतिहासिक विकासक्रम
आधुनिक नेपालको निर्माणमा महŒवपूर्ण स्थान ओगटेको २००७ सालको राजनीतिक क्रान्तिको पृष्ठभूमिमा र सोही क्रान्तिको चेतनाको आलोकमा वर्गीय तथा पेशागत हकहित एवं सुदृढीकरणहेतु मुलुकमा विभिन्न संघ, संस्थाहरूले स्पष्ट आकार लिन थालेथे । अखिल नेपाल किसान संघ, मजदुर संघ, महिला संघ, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन, अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघ (९ फागुन २००७) जस्ता जनवर्गीय र पेशागत संगठनहरू बनिसकेका थिए । नागरिकमा प्रजातान्त्रिक हक अधिकारप्रतिको जागरुकता बढ्दै थियो । समाजलाई चेतनाको गोरेटोमा डो¥याउने आशयले फलित प्रयासलाई गरिएको निर्मम दमनको नग्ननृत्यस्वरूप घटित मकैपर्व, पुस्तकालयपर्व आदिको द्रष्टाभोक्ता नेपाली समाजको बुद्धिजीवीवर्गको एउटा उल्लेखनीय जमात तयार थियो जो साहित्यको माध्यमबाट नेपाली जनमानसमा चेतनाको बीज छरिरहेको थियो । रुसको समाजवादी क्रान्ति, चीनको नौलो जनवादी क्रान्ति र भारतीय स्वाधीनता आन्दोलनको प्रभाव र प्रेरणाले र मुलुकमै पनि कांग्रेस र कम्युनिष्ट पार्टी स्थापना भैसकेको हु“दा नेपाली बुद्धिजीवीहरू पनि स्वदेश र विदेशमा रही राष्ट्रियमुक्ति अभियानमा प्रतिबद्धतासाथ लागेका थिए । आवश्यक जनचेतनाको अभावमा २००७ सालको क्रान्ति धोकाधडीमा परिणत भएको प्रष्ट आभास कतिपय बुद्धिजीवीहरूले बोध नगरेका होइनन् । यस्ता बुद्धिजीवीहरूमध्ये कतिपय साहित्यलाई माध्यम बनाएर नेपाली समाजमा चेतनाको खेती गरिरहेका थिए । सन्देश जस्ता हस्तलिखित पत्रिकाहरू लगायत सेवा, प्रगति, इन्द्रेणी, जनयुग, जनविकास, जनसाहित्य आदि साहित्यिक पत्रिकाहरूमार्फत् तत्कालीन प्रगतिशील र देशभक्त लेखकहरूले दिल्ली सम्झौता र त्यसपछिका शासकीय गतिविधिका विरुद्ध असन्तोष र विरोधको स्वर मुखरित गरिरहेथे । शासकवर्गका विरुद्धको यो युद्धमा विखरित व्यक्तिगत बौद्धिक प्रयासभन्दा सामूहिक र एकताबद्ध स्वर दरिलो, चोटिलो र बलियो हुने सार्वभौमसत्यलाई आत्मसात् गरी नेपाल कम्युनिष्ट पार्टी (२००६)ले संगठित लेखक संघको आवश्यकताबोध ग¥यो । त्यही क्रममा पार्टी निकटस्थ र प्रतिबद्ध एवं प्रगतिशील विचारप्रति आस्थावान् साहित्यकारहरूको संयुक्त प्रयासबाट श्यामप्रसाद शर्मा (लामिछाने)को सक्रियतामा वीरगंज (गहबा)मा ५ असोज २००९ (२० सेप्टेम्बर १९५२) का दिन प्रगतिशील लेखक संघको स्थापना भयो । साहित्यकार भवानीप्रसाद शर्मा (भवानी घिमिरे)द्वारा उद्घाटन गरिएको तथा कविराज बलभद्र शर्माको सभापतित्वमा आयोजित मुलुकका विभिन्न भागबाट प्रतिनिधित्व भएको सो सम्मेलनले सात सदस्यीय कार्यकारिणी – श्यामप्रसाद शर्मा (अध्यक्ष), रत्नदास वैद्य (महासचिव), चित्ररत्न (सहायक सचिव), देवीप्रसाद किसान (कोषाध्यक्ष), बालकृष्ण रुपावासी (संगठन मन्त्री), महावीरप्रसाद अग्रवाल (प्रचार मन्त्री), बलभद्र शर्मा (निरीक्षण मन्त्री)को चयन ग¥यो । यस कार्यसमितिले पूर्वमा मेचीदेखि पश्चिममा नारायणी, बागमती अञ्चलसम्म समेटेको भए तापनि राजधानीलाई प्रतिनिधित्व गराउन समर्थ भएन र संभवतः राजधानीमा जनवादी लेखक संघको नाममा कृष्णचन्द्रसिंह प्रधान आदिको सक्रियतामा प्रगतिशील लेखकहरू संगठित भए । स्थापनाकालमा प्रलेसले वर्गीयताभन्दा साममन्तवाद र साम्राज्यवादविरोधी नेपाली लेखकहरूको साझा संगठनको रूपलाई जोड दिएको देखिन्छ । प्रलेसको गठनपश्चात् पहिलेदेखि हु“दै आएको संगठनात्मक गतिविधिमा तीब्रता आयो । साहित्यिक प्रकाशनहरू बढे । तत्कालीन साहित्यकारहरूको उल्लेख्य जमातलाई विश्वलाई नया“ ऊर्जा दिइरहेको प्रगतिवादी विचार र दर्शनले आकर्षित ग¥यो । संघ सुव्यवस्थित नभएको तथा संचार र यातायातको असुविधाका कारण संगठनात्मक गतिविधिको खासै विस्तार हुन नसकेको र अन्य कतिपय कारणले विचारमा प्रगतिशील भएर पनि कतिपय लेखकहरू यसमा समेटिन सकेका देखिन्नन् । ‘कृषिवाला’, ‘पहाडी पुकार’ लगायत आना कतिपय रचनाहरूमार्फत् समाजवादउन्मुख विचारलाई प्रखर समर्थन गर्ने लक्ष्मीप्रसाद देवकोटा ‘नेपाली लेखक संघ’मा आबद्ध देखिन्छन् र सोही संघमार्फत् वि.सं. २०१३ मा दिल्लीमा भएको एशियाली लेखक सम्मेलन र वि.सं. २०१५ मा रुसको तासकन्दमा भएको अफ्रोएशियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका थिए । हुन त नेपाली लेखक संघ प्रलेसको सहधर्मी संगठनको रूपमा देखिन्छ । साहित्य र राजनीतिको अन्तर्सम्बन्धको विवादले गर्दा प्रलेसले त्यतिखेर त्यतिविधि गतिशीलता पाउन सकेन तर पनि २०१६ सम्म यसका तीनवटा कार्यसमितिहरू बने । प्रलेसको तेस्रो कार्यसमिति दलीय नियन्त्रणको विवादका कारण विघटित भयो । 
यसरी विघटित प्रलेसलाई पुनः २०१६ मंसिर २१ (६–१२–१९५९) मा नेपाल कम्युनिष्ट पार्टीको सहयोग र संयोजनमा १२ जना लेखकहरूद्वारा पुनर्गठित गरियो । यो पुनर्गठनमा पहिले काठमाडौ“मा खुलेको लेखक संघकै नाममा ‘प्रगतिशील’ विशेषण थपियो र अब ‘प्रगतिशील नेपाल लेखक संघ’ भयो । तारानाथ शर्मा (इलाम) सचिव भएको सचिवीय प्रणालीको कार्यसमितिका सदस्यहरूमा केदारनाथ न्यौपाने (काठमाडौं), श्यामप्रसाद (वीरगंज), आनन्ददेव भट्ट (बैतडी), पूर्णमान विद्रोही (भादगाउ“) रहेका थिए । सुरुमा २०÷१५० कमलपोखरीमा यसको कार्यालय रहेकोमा पछि यो ६÷३१३ खिचापोखरीमा स¥यो । २० चैत्र २०१६ मा साधारणसभा बसी यस प्रलेसको कार्यसमितिको पुनर्गठन ग¥यो । अध्यक्षीय प्रणालीको यस कार्यसमितिमा धर्मराज थापा अध्यक्ष, तारानाथ शर्मा सचिव, आनन्ददेव भट्ट सहसचिव र सदस्यहरूमा कमल दीक्षित, केदारनाथ न्यौपाने, कृष्णप्रसाद पराजुली, पूर्णबहादुर मानव, शशिकला शर्मा र श्यामप्रसाद थिए । सदस्य संख्या १०० पुगेपछि राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य लिएको८ तत्कालीन प्रलेस २०१७ को प्रतिगामी कदम र आन्तरिक विग्रहका कारण सक्रिय रूपले सांगठनिक निरन्तरतामा जान सकेन । यसअघि नै प्रलेसले अन्तर्राष्ट्रिय लेखक संगठनहरूस“ग सम्बन्ध विस्तार गर्ने प्रयास गरेको देखिन्छ । प्रलेसको आधिकारिक ठेगानाको अभावमा सोवियत दूतावासमार्फत् आएको सोवियत लेखक संघको प्रत्युत्तरपत्रले यस कुराको पुष्टि गर्दछ ।८८ 
यसरी कहिले सक्रिय त कहिले निष्क्रिय हु“दै चलिरहेको प्रलेसलाई २०१६ सालमा पुनर्गठन गरी क्रियाशील बनाइए तापनि त्यसलाई सैद्धान्तिक मार्गदर्शन गर्ने राजनीतिक पार्टीमा वैचारिक विग्रह बढ्दै गएको र त्यसले साहित्यिक–सांस्कृतिक फा“टको संचालनमा परिपक्वता देखाउन नसकेकोले साहित्यकर्मी र राजनीतिकर्मीहरूबीचको सम्बन्धबारेको विवाद तीब्र्र हु“दै गयो र संगठनात्मक आधार पनि फितलो हु“दै गयो । यसैताका सोवियत कम्युनिष्ट पार्टी र चिनिया“ कम्युनिष्ट पार्टीबीचको विवादले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमै गम्भीर मतभेद ल्यायो र त्यसको असरबाट हाम्रो कम्युनिष्ट पार्टी पनि प्रभावित हुनु स्वाभाविक थियो भने यता राष्ट्रिय राजनीतिमा पनि २०१७ पुषदेखि प्रतिगामी राजनीतिले जब्बर मुन्टो उठाइदियो र जनताका तमाम प्रजातान्त्रिक अधिकारहरू प्रतिबन्धित भए । रायमाझीको नेतृत्वमा रहेको नेकपा राजावादी पार्टीमा पतन भैसकेको थियो र पार्टी छिन्नभिन्न भूमिगत अवस्थामा पुगिसकेको थियो । यस्तो अप्रत्याशित प्रतिगामी कदमले उब्जाएको विषम परिस्थितिपछि प्रगतिशील साहित्यकारहरूको ठूलो जमातका कतिपय क्रमशः निष्क्रिय बन्दै विस्मृतिको गर्भमा हराए भने कतिपय रायमाझीपथका अनुयायी बनी प्रतिगामी सत्ताको झण्डा उचाल्न पुगे भने कतिपय विचारलाई खोपामा थन्क्याएर लेख्दै पनि रहे । ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु’ भन्ने आहानलाई चरितार्थ पार्न पनि प्रगतिवादी साहित्यिक आन्दोलनलाई हम्मे हम्मे प¥यो । जन्मकालदेखि नै प्रलेसलाई क्रियाशील नेतृत्व दिइरहेका श्यामप्रसाद पछि राजनीतिक दमनलगायतका कारणले प्रलेसलाई नेतृत्व दिन सक्रिय हुन सकेनन् । हुन त संकटको यस कठोर घडीमा पनि साहित्य, स्वास्नीमान्छे, भानु जस्ता पत्रिकाहरूले प्रगतिशील साहित्यको विकास र निरन्तरतामा उल्लेखनीय योगदान गरिरहे । 
वि.सं. २०२३ देखि चीनमा थालिएको सांस्कृतिक क्रान्तिको तातो हावाले नेपाली युवा बुद्धिजीवी, विद्यार्थी, राजनीतिज्ञ र लेखक–कलाकारहरूमा फेरि नया“ ऊर्जा संचार गर्न थाल्यो । एकातिर भारतीय विस्तारवादले सीमा अतिक्रमण गरेर जन्माएका सुस्ता, महेशपुरजस्ता घटना र विभिन्न क्षेत्रका झोराकाण्डहरूले जनमानस उद्वेलित हु“दै थियो भने अर्कोतिर प्रतिगामी व्यवस्थाको दमनले कुण्ठित भएको चेतना खरानीभित्रको आगोझैं झिंजामिंजाहरू पाउने अवसरको प्रतीक्षामा थियो । वि.सं. २०२१ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको स्थापनापश्चात् संगठनात्मक गतिविधिहरूमा पुनः चासो बढ्न थाल्यो । २०२४–२५ ताका त देशका विभिन्न भागहरूमा प्रगतिशील पत्रिकाहरू निकाल्ने, साहित्यिक गोष्ठी र सम्मेलनहरू गर्ने लगायत सांस्कृतिक चेतना फिंजाउने गतिविधिहरू क्रमशः बढ्न थालेथे । झापाबाट पञ्चामृतको प्रकाशन, बुटवलमा रेलिमाई सांस्कृतिक मण्डलको स्थापना, धरानमा स्थानीय रूपमा प्रगतिशील लेखक संघको पुनर्गठन, युद्धप्रसाद मिश्रको अध्यक्षतामा स्थापित नेपाली जनवादी सांस्कृतिक संघ, जनकपुरबाट प्रकाशित ‘प्राची’ र ‘आ“खा’ साहित्यिक प्रकाशन आदि बीसका दशकका उल्लेखनीय सांस्कृतिक उपलब्धिहरू थिए । ठाउ“–ठाउ“मा स्थानीय युवाहरूको सक्रियतामा प्रगतिशील नाटकहरूको प्रदर्शन हुने गर्दथ्यो । नेकपा विच्छिन्न भई केन्द्रीय क्यूक्लस, ‘चौथो महाधिवेशन’ र ‘को–अर्डिनेशन केन्द्र’को स्थापनापश्चात् नेपालको विश्रृंखल कम्युनिष्ट आन्दोलन नया“ ऊर्जासाथ मूलतः दुई धारमा विभाजित भयो र यसले प्रगतिवादी सांस्कृतिक आन्दोलनमा पुनः नवीन ऊर्जाको संचार ग¥यो । तीसको दशकमा त विभिन्न गतिविधिलगायत प्रगतिशील पत्रपत्रिकाहरूको पनि ओइरो लाग्यो । अधिकांश सांस्कृतिककर्मीहरू वेदना र संकल्प साहित्यिक धु्रवमा धु्रविकृत हुन थाले । सांस्कृतिक कलाकारहरू वेदना सांस्कृतिक परिवार र संकल्प परिवारका रूपमा गाउ“ शहरका ठाउ“–ठाउ“मा सांस्कृतिक चेतना फैलाउ“दै हिंडे । 
राष्ट्रिय राजनीतिमा गाउ“ फर्क राष्ट्रिय अभियान (२०२४)को दबदबा र शिक्षामा नया“ शिक्षा योजना भनिने राष्ट्रिय शिक्षा योजना (२०२८) को कार्यान्वयनले नेपाली जनमानसमा हुर्कंदो नागरिक चेतनालाई सक्दो दबाउन खोज्यो≤ नागरिक हकअधिकार र स्वतन्त्रताका पक्षमा क्रियाशील कतिपय राजनीतिक कार्यकर्ता र नेताहरूको हत्या गरियो । यिनै दमन र हत्याप्रतिको असन्तोषको विस्फोटका रूपमा २०३५–०३६ को विद्यार्थीआन्दोलन देखाप¥यो । यो आन्दोलनले विभिन्न आस्था र सिद्धान्तमा विभाजित प्रजातन्त्रप्रेमी राजनीतिक शक्तिहरूलाई छोटै समयका लागि भने पनि नजिक पारिदियो । फलतः आन्दोलन ‘सुधारिएको पञ्चायत वा बहुदलीय पञ्चायत’को जनमतसंग्रहमा गएर टुंगियो । जनमतसंग्रहमा बहुदलको पक्षमा कतिपय वाम दलहरूले अभिमत जाहेर गरे तापनि दुई सशक्त वाम दलहरूमध्ये एउटाले बहिष्कारको मार्ग अख्तियार ग¥यो भने अर्को दलले कहिले बहुदललाई समर्थन त कहिले बहिष्कारको ढुलमुले नीति अख्तियार ग¥यो । यस कालखण्डसम्म प्रगतिशील साहित्यिक पत्रिकाहरूको संख्या उल्लेख्य बनिसकेको थियो । तिनले जनमतसंग्रहमा आ–आना आस्था–विवेकअनुसारका चेतनाप्रवाह गरे । विभिन्न आस्थामा विभाजित साहित्यकारहरूलाई ‘भानु’ले चाहि“ संयोजित नेतृत्व दिई बहुदलको पक्षमा सडक कविता क्रान्तिमा ओराल्नु एउटा महŒवपूर्ण उपलब्धि थियो । 
२०३६ सालको यही होलो वातावरणमा विभिन्न पेशा र वर्गका नागरिकहरू पुनः संगठित हुन थाले । प्रतिबन्धित विद्यार्थी संगठनहरू फुकुवा भई पुनः संगठनात्मक विस्तारमा लागे । प्राध्यापकहरूले आनो संगठनलाई पुनर्जीवन दिए, शिक्षकहरू संगठित बने । 
२००६ सालमा स्थापना भएको एकल कम्युनिष्ट पार्टी ३० वर्षको यात्रामा पटक पटक विभाजित भई एक दर्जनभन्दा बढी समूहहरूमा बा“डिएको थियो । त्यसैले जनवादी सांस्कृतिकर्मीहरू पनि विभिन्न शिविरहरूतिर आस्थावान् हुनु स्वाभाविक थियो । खोसिएका जनअधिकारहरू फिर्ता लिन र अग्रगामी आन्दोलनलाई गति दिन समान उद्देश्यका लागि संघर्षशील सांस्कृतिककर्मीहरूबीच न्यूनतम साझा सहमतिको आवश्यकताबोध टड्कारो बनिरहेको थियो । यही आवश्यकताबोधबाट प्रेरित भएर उपत्यकामा कार्यरत दलीय र स्वतन्त्र जनवादी सांस्कृतिककर्मीहरूको सक्रियतामा प्रगतिशील लेखक र कलाकारहरूको संगठन बनाउनका लागि प्रयासहरूको थालनी भयो । यस प्रयासले विभिन्न समूहमा छरिएका जनवादी सांस्कृतिककर्मीहरूमा नया“ ऊर्जाको संचार गर्नु स्वाभाविक थियो । फलतः २०३६ मंसिर ७ का दिन पद्मरत्न तुलाधरको सभापतित्वमा काठमाडौ“को न्हैकन्तलास्थित विप्लवी पुस्तकालयमा बसेको जनपक्षीय लेखक र संस्कृतिकर्मीहरूको एक भेलाद्वारा प्रगतिशील लेखक र कलाकारहरूको संघ निर्माण गर्नेहेतु झिसमिसेका सम्पादक रघु पन्तको संयोजकत्वमा पद्मरत्न तुलाधर, मल्ल के. सुन्दर, भावुक घिमिरे, सुवास श्रेष्ठ, मोहन श्रेष्ठ, नारायण ढकाल, त्रिरत्न शाक्य, तुल्सीलाल सिंह, जागृतप्रसाद भेटवाल र कन्हैया जोशी सदस्य रहेको एघार सदस्यीय राष्ट्रिय सम्मेलन तयारी समिति गठन ग¥यो । यस समितिले अपील प्रकाशित गर्दै प्रगतिशील लेखक कलाकारलाई आपसी छलफलका आधारमा आपसी अन्तर्विरोधलाई न्यून पार्दै एकाबद्ध भएर शत्रुस“ग लड्न न्यूनतम सहमतियुक्त संयुक्त मोर्चाका आधारमा संगठित हुनुपर्ने कुरामा जोड दिंदै प्रगतिशील लेखक कलाकार संघ बन्नुपर्ने आवश्यकताबोध गर्दै ‘विश्वमा शोषण–उत्पीडनबाट मुक्ति प्राप्त गर्न विगतमा भएका वा हु“दै गरेका वा पछि हुने सम्पूर्ण न्यायोचित जनसंघर्षहरूलाई सक्रिय रूपमा सघाउने र जनताका यस्ता संघर्षहरूले विजय पाउ“छ भन्ने संकल्पलाई दृढ बनाउने पक्षहरूमा समान धारणा राख्ने देशका तमाम लेखक कलाकारहरूस“ग एकता हुन सक्ने’ भनी प्रगतिशील लेखक कलाकारलाई संघमा संगठित हुन अनुरोध ग¥यो । 
यसरी प्रलेस फेरि पुनर्गठित भयो । २००९ को स्थापना र २०१६ को पुनर्गठनका अस्पष्ट खुकुला आधारहरूभन्दा २०३६ मा स्पष्ट आधारहरूको जगमा प्रलेस पुनर्गठित भएको थियो । 
२०३५–०३६ को आन्दोलनले साहित्यिक गतिविधिहरूमा पनि बढोत्तरी हुनुका साथै थुप्रै नया“ प्रतिभाहरू आन्दोलनमा उतारेको थियो । प्रायःजसो क्याम्पसका यूनियनका मुखपत्रका रूपमा साहित्यिक प्रकाशन निस्कनुका अतिरिक्त साहित्यिककर्मीहरूबाटै पनि साहित्यिक प्रकाशनहरूको उभार आयो । वेदना, संकल्प, सुस्केरा, उत्साह लगायत झिममिसे, नौलो साहित्य, लहर, भानु, कालीको छाल, राप्ती, राप्ती सन्देश, विहानी, त्रिकोण, हलकारा, प्रभात, कटिबद्ध, नौलोकोसेली, अठोट, लालुपाते, मधुमास, सेरोफेरो, श्रृंखला, घोषणा, अनुभूति आदि साहित्यिक पत्रिकाहरूले प्रगतिवादी साहित्यको उत्थानमा यथेष्ट योगदान दिए । कवितागोष्ठी लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रगतिवादी साहित्यकारहरूको जन्मजयन्ती मनाउने गोष्ठीहरू भए । 
२०३६ मंसिरमा प्रलेक संघ राष्ट्रिय तयारी समिति बनेपछि विभिन्न अञ्चल समितिहरू पनि बने । २०३७ साउन १३, १४ मा जनकपुर अञ्चलन सम्मेलन, २०३७ चैत्र २८–३० मा कोशी अञ्चल सम्मेलन, २०३८ चैत्र २०–२१ लुम्बिनी अञ्चल सम्मेलन गरिनुका साथै बागमती, गण्डकी आदिमा अञ्चलतयारी समितिहरू पनि बने तापनि तत्कालीन दुई ठूला वाम दलहरूमा आन्तरिक विवाद, विद्यार्थी राजनीतिमा पा“चौ“ र छैठौ“को उग्र विवाद अनि अन्तर्राष्ट्रिय राजनीतिमा चीनमा प्रतिक्रान्तिको विवाद आदिका कारण संगठननिर्माणले गति लिन सकेन । ‘२०३६ मा जुन उद्देश्य र आकांक्षा राखी लेखक कलाकारहरूको प्रलेक संघ स्थापना गरेका थिए, त्यसैअनुरूप पूर्ण तीब्रताका साथ संघ अगाडि बढ्न सकेन । यसका पछाडि वामपन्थी राजनैतिक क्षेत्रको विभाजित स्थिति र त्यसले साहित्यिक क्षेत्रमा पारेको प्रभाव र तद्जन्य आकर्षण विकर्षण पनि एउटा प्रमुख कारण रह्यो’ ।८ सैद्धान्तिक रूपमा साझा मोर्चाका रूपमा प्रलेक संघको गठन भएको भए तापनि त्यसको व्यावहारिक रूपान्तरण हुन सकिरहेको थिएन । तर पनि प्रयास जारी रह्यो । २०३८ मा मुखपत्रको रूपमा प्रलेकको प्रकाशन तथा २०३९ मा विधान तर्जुमा भयो । यस अवधिमा प्रलेकसंघ लगायत विभिन्न संघ÷संस्थाहरूबाट पनि साहित्यिक गतिविधिहरू हुन थाले । साहित्य सन्ध्या, प्रतिभा प्रवाह, प्रतिभा संगम, प्रतिभा गोष्ठी, साहित्ययात्रा जस्ता नियमित संस्थागत कार्यक्रमहरू पनि भए । उत्साहको सामूहिक प्रकाशनले पनि यस अवधिमा साझा मञ्चको प्रारूप तयार पार्ने कार्यमा सघाऊ पु¥यायो । 
२०४२ को प्रायोजित बमकाण्डपछि मुलुकमा पुनः चर्को दमन सुरु भयो । अग्रगामी चेतनाका वाहक राजनीतिक कार्यकर्ता, शिक्षक, बुद्धिजीवीहरू सुधारिएको पञ्चायती सत्ताको चर्को कोपभाजन बने । २०३५– ०३६ को आन्दोलनले दिएको खुकुलोपन पुनः कसिलो बन्यो । प्रेसमा सेन्सरसीप र कडा निगरानी बढ्यो । प्रलेकका संयोजक लगायत कतिपय वामपक्षका लेखक पत्रकारहरू बन्दी बनाइए र प्रलेकको गतिविधि पुनः सुस्त हुनु स्वाभाविक थियो । तयारी समिति गठन भएको छ वर्षसम्म पनि राष्ट्रिय सम्मेलन हुन नसकेको तथा विद्यमान क्रियाकलापहरूमा पनि साझा मोर्चाको व्यावहािरक रूपान्तरण हुन नसकेकाले विद्यमान तयारी समितिबाट सम्मेलन हुन सक्ने अवस्था नदेखिएकाले सो सुस्तता हटाउन सो तयारी समिति विघटन÷पुनर्गठन, विस्तार आदि गरी सम्मेलन गर्ने उद्देश्यले २०४४ जेष्ठ ९ पारिजातनिवास म्हैपीमा उहा“कै अग्रसरतामा विशेष भेला डाकियो । शक्ति लम्सालको सभापतित्वमा सम्पन्न सो भेलाले लामो छलफल र विचारविमर्शपछि सम्मेलन गर्ने तयारीका लागि सबैलाई ततायो । शक्ति लम्सालको अध्यक्षतामा पुनः जेठ २० गते अर्को पूरक भेला बस्यो । यस भेलाले २०४४ मंसिरसम्म सम्मेलन गर्नुपर्ने कुरामा जोड दियो । सम्मेलनका लागि तयारीसाथ जुट्ने उद्देश्यले २०४४ भाद्र २७ मा पुनः अर्को राष्ट्रिय भेलाको आयोजना भयो र पद्मरत्न तुलाधरको सभापतित्वमा भएको सो भेलाले निर्धारित समयमै राष्ट्रिय सम्मेलन गर्ने निर्णय ग¥यो । तदनुसार २०४४ पुस १७ र १८ गते नेपाल कानुन क्याम्पसको सभाकक्षमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । प्रमुख अतिथि बयोबृद्ध कवि युद्धप्रसाद मिश्रद्वारा उद्घाटन गरिएको सो सम्मेलनमा देशका विभिन्न जिल्लाहरूका १२५ जना लेखक कलाकारहरूको सहभागिता रहेको थियो । यसरी दोस्रो पुनर्गठनको ८ वर्षपछि भएको सम्मेलनले २००९ सालमा स्थापित प्रलेसको निरन्तरतालाई कायम राख्दै प्रगतिशील कलाकारहरूको छुट्टै संघ बनाउनुपर्ने आवश्यकता बोध गरी ‘प्रगतिशील लेखक संघ’लाई संस्थागत आधार प्रदान ग¥यो । २००९ देखि २०१६ सम्म भेला र सभाहरूमा मात्र सीमित रहेको प्रगतिशील लेखकहरू स्थापनाको ३५ वर्षपछि पहिलो राष्ट्रिय सम्मेलन गर्न सफल भए । यस सम्मेलनले संयुक्त मोर्चाको अवधारणाअनुरूप ३५ सदस्यीय राष्ट्रिय परिषद्मध्येबाटै रमेश विकल अध्यक्ष र मोदनाथ प्रश्रित महासचिव रहेको १८ सदस्यीय केन्द्रीय समितिको चयन ग¥यो । २००९ को प्रलेसको विच्छिन्नतामा निर्माण गरिएको हुनाले यसलाई तत्कालीन अवस्थामा २०३६ मा स्थापित नया“ संगठन मानियो । यसरी यतिन्जेलसम्म राजनीतिक दलको भ्रातृ सांस्कृतिक समूहको रूपमा वा स्वतन्त्र व्यक्तिगत प्रयासहरूमा सीमित रहेको सांस्कृतिक आन्दोलनले साझा मोर्चामार्फत् संयुक्त र एकताबद्ध स्वरूप पनि पायो । तर सम्मेलन सकिएको लगत्तै नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई स्वस्थ सरसल्लाह सुझाव दिई आन्दोलनलाई अगाडि बढाउन सहयोग गर्नुको साटो संघबारे नकारात्मक टीकाटिप्पणीहरू विविध कोणबाट हुन थाल्यो । यसले दलीय विग्रहलाई झन् बढाउने काम ग¥यो । राष्ट्रिय जनसांस्कृतिक मंचको गठनपश्चात् प्रलेसको विग्रह झन् चर्को रूपमा देखाप¥यो । राजसामको अध्यक्ष मोदनाथ प्रश्रित प्रलेसका महासचिव थिए र राजसाम तत्कालीन नेकपा (माले)को सांस्कृतिक संगठन थियो । यसको गठनले आन्दोलनलाई टेवा पुग्नु स्वाभाविक थियो । तर व्यवहारमा चाहि“ यसले प्रलेसको गतिविधिलाई प्रत्यक्ष असर पारी निष्क्रिय बनाएको गुनासो सुनिन्थ्यो । फलतः पारिजातबाट प्रश्रितउपर लगाइएको ‘साइलक’को आक्षेप विवादले अस्वस्थ रूप लियो । हुन त यो लगायत यसपछि स्थापित इसास, आस्था परिवार, भ्याली सांस्कृतिक संगम र अखिल नेपाल जनसांस्कृतिक संघ जस्ता सांस्कृतिक संस्थाहरूको स्थापनाले सांस्कृतिक आन्दोलनलाई झन् टेवा पुग्यो । जनआन्दोलनमा प्रलेसको तत्परतामा मुखमा कालोपट्टी बा“धी गरिएको चैत्र ३ को विरोध कार्यक्रमले २०४६ को जनआन्दोलनलाई अझ उचाइ दिने कार्य ग¥यो । 
२०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनस्र्थापना गरेपछि भूमिगत राजनीतिक दलहरू खुला भए । मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भयो । प्रजातान्त्रिक नेपालको संविधान (२०४७) बन्यो । वालिग मताधिकारको आधारमा २०४८ वैशाखमा नेपाली कांग्रेसले सत्ता सम्हालेको प्रजातान्त्रिक परिवेशमा प्रलेसको दोस्रो राष्ट्रिय सम्मेलन विधानमा निर्धारित अवधि नाघेर वर्ष दिन ढिलो भई २०४८ असोज ५ मा नेपाल उद्योग वाणिज्य संघ जमलको सभाकक्षमा सम्पन्न भयो । 
२०४८ सालसम्म पनि प्रलेसको आनो कुनै कार्यालय थिएन । आरम्भका केही वर्षहरूसम्म स्थानीय शुभेच्छुक सदस्यहरूका सक्रियतामा वडा कार्यालयको मातहत रहेको चावहिल गणेशस्थान नजिकको क्लबलाई कार्यालयको रूपमा प्रयोग ग¥यो । त्यहा“बाट विस्थापित भएपछि चावहिल मुरारी अर्यालको बैठक कोठालाई प्रलेस र उत्साहले कार्यालयको रूपमा प्रयोग ग¥यो । दोस्रो सम्मेलनले श्यामप्रसादको अध्यक्षतामा खगेन्द्र संग्रौला महासचिव रहेको १७ सदस्यीय केन्द्रीय समिति र १८ सदस्यीय राष्ट्रिय परिषद्को चयन ग¥यो । दोस्रो सम्मेलनपश्चात् पनि साझा सहमतिको संघभित्र सुमधुर भावनात्मक वातावरण तयार हुन नसकेकोले प्रलेसले गति लिन नसकेको गुनासो प्रलेस (१, १) मा उल्लेखित यी पंक्तिले व्यक्त गर्दछन्, “प्रलेस वामपन्थी आन्दोलनका विभिन्न पक्षहरूसम्बद्ध रहेको साझा मञ्च भएकाले सम्बद्ध सबै पक्षबाट पुग्दो मात्रामा सरसहयोग प्राप्त हुन सकेको छैन । दोस्रो कुरा, वामपन्थी आन्दोलनभित्रका अनेक मतमतान्तर र द्वन्द्वहरूको प्रलेसका कार्यकलापहरूमा कहिले प्रत्यक्ष र कहिले अप्रत्यक्ष रूपमा प्रभाव पर्नाले संघभित्र आत्मीय वातावरणको सिर्जना हुन पाएको छैन” (पृष्ठ ४४) । 
प्रलेसको तेस्रो राष्ट्रिय सम्मेलन २०५० पुस १६, १७ मा काठमाडौ“ थापाथलीस्थित इञ्जिनियरिङ अध्ययन संस्थानको सभाकक्षमा सम्पन्न भयो । प्रगतिवादी लेखक गोविन्द भट्टले त्यसको उद्घाटन गर्नुभएको थियो । पछिल्लो पुनर्गठनपश्चातको यो सम्मेलनमा पहिलो पटक दलीय प्रतिनिधित्वका रूपमा विभिन्न वाम राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो । पम्फा भुसाल (संजमो), सीताराम तामाङ (मालेमा), नारायणमान बिजुक्छे (नेमकिपा)ले सम्मेलनमा शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो । यो सम्मेलनले विद्यमान प्रलेसलाई २००९ मा स्थापित प्रलेसको उत्तराधिकारी संस्था ठहर गर्दै २०४४ देखि प्रलेसको छापमा अंकित स्थापित २०३६ लाई संशोधन गरी स्था. २००९ लेख्ने ठहर ग¥यो । ऐतिहासिक निरन्तरताको पक्षमा लिइएको यो महŒवपूर्ण निर्णय थियो । 
तेस्रो राष्ट्रिय सम्मेलन भइसक्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय रंगमंचमा थुप्रै फेरबदल भैसकेका थिए । सोवियत ढा“चाको समाजवाद रुसमा विस्थापित भैसकेको मात्र हैन, त्यहा“ विकृत पू“जीवादले दरो खुट्टा टेकिसकेको थियो र प्रतिद्वन्द्वीहीन एक धु्रवीय साम्राज्यवादको रूपमा अमेरिकाको हा“कडा“क र ङार्रङुर्र सुरु भैसकेको थियो । पूर्वी यूरोपका समाजवादी सत्ताहरू एकपछि अर्को क्रमशः ढल्दै गैरहेथे । पूर्वी जर्मनीको समाजवाद पश्चिम जर्मनीको पू“जीवादमा विलय भैसकेको थियो र संसारका कतिपय ठूलठूला वामपन्थी दलहरू कायान्तरण भई समाजवादी प्रजातान्त्रिक स्वरूप ग्रहण गर्दै थिए । माओको नौलो जनवादी क्रान्ति र सांस्कृतिक क्रान्तिको भावनालाई उछिन्दै चीन आधुनिकीकरणको पू“जीवादी मार्गमा अघि बढिरहेको थियो । नेपालको वाम राजनीतिमा चारु मजुमदारको नेपाली उत्तराधिकारग्रहण गरेको कोअर्डिनेशन केन्द्रले नेकपा (माले) हु“दै बहुदलीय जनवादी चोला भिरिसकेको र संवैधानिक राजतन्त्रात्मक सत्ता व्यवस्थाको संसद्मा नेकपा (एमाले)रूपी प्रमुख प्रतिपक्षीको हैसियत ग्रहण गरेको अवस्था थियो । सत्ताच्यूत गरिएर तीस वर्षसम्म उपेक्षित राजनीतिक जीवन बिताएको कांग्रेस पार्टी सत्ताको सिंहासनमा आरूढ थियो । चौथो महाधिवेशन पुनः विभाजित भई बनेको माओवादी घटक ‘संसदीय वैधानिक सत्ताबाट जनसमस्या समाधान नहुने हु“दा जनवाद स्थापनाका लागि सशस्त्र संघर्ष’को उद्घोष गर्दै जंगल पसिसकेको थियो । मोटामोटी रूपमा नेपालको आफूलाई वाम आन्दोलन तीन धारमा धु्रवीकरण भैरहेको थियो– वैधानिक, अर्धवैधानिक र अवैधानिक । वैधानिक धारको उर्लंदो शक्तिले आफूलाई वाम आन्दोलनको मूल धार ठानिरहेको अवस्था थियो र अरूलाई नगण्य रूपमा हेर्ने गथ्र्यो । यता संगठनमा अध्यक्ष श्यामप्रसाद पुरस्कार प्रकरणमा विवादित रहेको अवस्था थियो । 
यही परिप्रेक्ष्यमा प्रलेसको चौथो राष्ट्रिय सम्मेलन २०५२ फागुन ११, १२ काठमाडौ“ थापाथलीस्थित नेपाल राष्ट्र बैंकको बैकर्स क्लबको सभाकक्षमा सम्पन्न भयो । केवलपुरे कवि देवीप्रसाद किसानद्वारा उद्घाटन गरिएको सो सम्मेलनमा १७३ भन्दा बढी लेखकहरू सहभागी भएका थिए । सहभागीहरूको प्रतिनिधित्वका हिसाबले यतिन्जेलसम्मको सम्मेलनमा यो बृहत् जस्तो देखिए तापनि प्रलेसको इतिहासमा यो एउटा पीडादायी दुर्घटनाको रूपमा स्थापित हुन पुग्यो । 
चौथो राष्ट्रिय सम्मेलनबारे संस्थापन पक्षले आना छापाहरूमा जिब्रो चपाएर बोलेको स्पष्ट आभास भएको जानकारहरूको अनुभव छ । 
सम्मेलनको उद्घाटन सत्रमै पुरस्कार विवादका कारण श्यामप्रसादको राजीनामा प्रसंगले अस्वस्थ विवादहरू सुरु भए । एमाले र इतर पक्षका हरेक वक्ताहरूका सम्बोधनका शब्द शब्दमा उग्रविवाद उठ्दै प्रतिवेदनमा पनि जबर्जस्ती विवादहरू हु“दै गए र त्यो विवाद निर्वाचनको संयुक्त मोर्चाको स्वरूपमा पनि उठिरह्यो । एमाले पक्षले लेखकहरूको विशाल पंक्ति आना पक्षमा रहेको दम्भका साथ अध्यक्ष, महासचिव र कोषाध्यक्षमा आनो दावी कुनै हालतमा नछोड्ने हठ बारम्बार दोहो¥याइरहेपछि एमालेइतर सम्पूर्ण पक्षले सम्मेलन बहिष्कार गरी सभाकक्षबाट बाहिरिएको थियो र सम्मेलन एमाले पक्ष एकतर्फी नेतृत्वको चयन गरी टुड्डिएको थियो । 
सम्मेलनको मोटामोटी विवाद बुझ्न सजिलो होस् भनी अध्यक्ष गोविन्द भट्ट, बहिष्कार पक्षका लेखक निनु चापागाई र त्यसताका थुनामा रहेका लेखक खगेन्द्र संग्रौला तथा संस्थापन पक्षद्वारा प्रलेसमा प्रकाशित रिपोर्ट तल उद्धृत गरिएको छ । 
८ ... अन्त्यमा सोही सम्मेलनले गोविन्द भट्टको अध्यक्षतामा नया“ केन्द्रीय समितिका साथै राष्ट्रिय परिषद्को निर्वाचन गरेको थियो । यसैबीच केही कुरामा असहमति जनाउ“दै केही सहभागीले चुनावप्रक्रियामा भाग लिनुभएन (प्रलेस (४, ४) वैशाख–असार (२०५३, पृष्ठ १०७, प्रलेसका गतिविधि) । 
‘साथी’ (वर्ष १२, अंक २, असार र श्रावण २०५३) साहित्यिक मासिकमा प्रकाशित अध्यक्ष गोविन्द भट्टको अन्तर्वार्ताबाट उद्धृत अंशहरू (पृष्ठ ९–१३) 
(प्रगतिशील लेखक संघको चौथो राष्ट्रिय सम्मेलन विवादमय वातावणमा सम्पन्न भयो । केही पार्टीहरूका सांस्कृतिक विचारस“ग सम्बन्ध राख्ने र केही स्वतन्त्र मत राख्ने लेखकहरूले सम्मेलनको अन्तिम अवस्थामा सम्मेलन बहिष्कार गरेका थिए । ... यी विवादहरूको सम्बन्ध .... सन्दर्भमा हालै संघका वर्तमान अध्यक्ष गोविन्द भट्टस“गको कुराकानी ....) (सम्पादकीय नोट) 
०हाल प्रलेस बारेको विवादको स्थिति के छ ? यो समाधान भयो कि भएको छैन ? 
– प्रलेस बारेको तथाकथित विवाद मुख्यतः केही अध्ययनहीन र अनावश्यक शंका उपशंकाहरू उब्जन पुगेको यौटा कृत्रिम विवाद हो र गहिरिएर हेर्दा म त्यसको कुनै तथ्यगत औचित्य पाउन सकिरहेको छैन । 
०प्रलेस किन विवादको भा“डो भैरहेको होला ? यसको जरो कारण के होला ? 
– ... हाम्रो देशका विभाजित वामपन्थी शक्तिहरू र तिनका माझका वर्तमान मतभेदहरू पनि प्रलेसमा प्रतिबिम्बित हुन पुगेको छ । 
०प्रलेसलाई एमालेकरण गरिएको छ र त्यसको वर्तमान नेतृत्व नेकपा (एमाले)बाट निर्देशित÷संचालित छ भन्ने खालका आरोपहरू एक पक्षबाट बरोबर आउने गरेका छन् । प्रलेसका अध्यक्षको हैसियतबाट त्यस्तो आरोपबारे तपाईंको प्रतिक्रिया के रहेको छ ?
– प्रलेसको एमालेकरण भयो भनेर वर्तमान प्रलेस र एमालेलाई गाली गर्ने अहिले केही क्षेत्रहरूमा फेसनै चलेजस्तो छ । ... केही पक्षहरूबाट प्रलेसमा पूर्ण नियन्त्रण जमाउने र त्यसलाई कुनै समूहविशेषका विरुद्ध हा“केर लग्ने उद्देश्य राखिराखेको थियो र त्यो नभएपछि नै उनीहरूले एमालेकरणको दोषारोपण गरेका हुन् । ... हाल केही व्यक्तिहरू बाहेक अरू सबै प्रगतिशील लेखकहरू यसैमा बसेर काम गरिरहेका छन् ।
इन्द्रेणी (वर्ष ५, अंक ५, नववर्ष २०५३) सामयिक संकलनमा प्रकाशित निनु चापागाईंको अन्तर्वार्ताबाट उद्धृत अंशहरू (पृष्ठ ५३–७२)
(प्रलेसको ... हालको नेतृत्वमा रहेको प्रवृत्तिको समूहगत ठालुवाद, बलमिच्याइ“ र अराजकतापूर्ण प्रस्तुतिका कारण साझा मंचको अवधारणालाई निर्वाह गर्न र निरन्तरता दिन असफल भई टुंगिएको छ । ... प्रलेसको चौथो महाधिवेशनको द्वन्द्व, पीडा र समग्र यथार्थलाई प्रत्यक्ष सहभागीका रूपमा अनुभूत गर्ने पूर्व महासचिवको अन्तर्वार्ता ... ले राष्ट्रिय अधिवेशन असफल हुनाका कारण र त्यससम्बन्धी अत्ताहरू, अन्यौलहरू र वाक्छलहरू ठम्याउन सहयोग पु¥याउनेछ ...) (सम्पादकीय नोट) 
०तपाईंहरूले सम्मेलन किन बहिष्कार गर्नुभएको हो ? 
– ... अखिल नेपाल जनसांस्कृतिक संघ, इन्द्रेणी सांस्कृतिक समाज, रक्तिम सांस्कृतिक परिवार, जनकला सिर्जना समाज, प्रतिभा प्रवाहस“ग सम्बद्ध लेखकहरू लगायत अन्य स्वतन्त्र लेखकहरूले समेत सम्मेलनको बहिष्कार गर्नुको कारणमा पहिल्यै भनिसकेका छन्– सम्मेलनको क्रममा उठेका आचारसंहितासम्बन्धी मान्यताका बारेमा रहेका विवादहरू एवं केन्द्रीय समिति लगायत राष्ट्रिय परिषद्को निर्माणजस्तो महŒवपूर्ण सवालमा राष्ट्रिय जनसांस्कृतिक मंचको निकट रहेका लेखकहरूले एउटा पार्टीविशेषको विचारलाई लागू गर्र्दै एकलौटी संगठन स्थापित गर्ने प्रयत्न गरेका मात्र नभई अन्य लेखकहरूको साझा सहमतिमा लैजाने हरसंभव प्रयासका विरुद्ध आनो हैकमवादी प्रवृत्तिद्वारा प्रलेसको साझा मंच र साझा सहमतिको अवधारणालाई मिच्ने कार्य गरेकाले सो प्रवृत्तिको विरोधस्वरूप सम्मेलन बहिष्कार गरिएको हो । 
०पूर्वकालमा एमालेविरोधी मंचका रूपमा प्रलेसलाई संचालन गरियो भन्ने कुरा पनि आएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ? 
– ... एमालेको एउटा अखबारले सम्मेलनसम्बन्धी समाचार दिंदा विगतमा प्रलेसको नेतृत्वले साझा अवधारणालाई कुठाराघात गर्दै एमालेप्रति आरोप लगाएको, गोष्ठी र सेमिनारहरूमा एमालेको व्यापक विरोध गरेको र पूर्व महासचिव निनु चापागाईं लगायत रुद्र खरेल कसैले पनि यस आरोपको खण्डन गर्न नसक्नुभएको भनी रमाइलो समाचार छापेको छ । ... केन्द्रीय समिति र सेक्रेटारियटको सर्वसम्मत निर्णयविना प्रलेसका कुनै पनि गतिविधिहरू संचालन भएका छैनन् । ... जहा“सम्म विचारगोष्ठीहरूमा कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताहरूले आलोचना गरेको प्रश्न छ, यो सम्बन्धित व्यक्तिहरूको निजी विचारस“ग सम्बन्धित प्रश्न भएकाले त्यसलाई प्रलेसको नेतृत्वले बन्देज लगाउने सामथ्र्य राख्ने कुरै होइन । 
०वर्तमान प्रलेस नेतृत्वले २१ जनाले बहिष्कार गरेर केही फरक पर्दैन भन्दै आफूस“ग १५० लेखक रहेको दावी गर्दैैछ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ? 
– यही संख्या, शक्ति र परिमाणको उन्माद र अहंकार नै अहिलेको दुर्घटनाको कारण रहेको छ । ... प्रलेसजस्तो संयुक्त मोर्चाका सन्दर्भमा प्रवृत्तिगत वा समूहगत रूपमा एकपक्षमा रहेका सयौं व्यक्तिको जति महŒव हुन्छ, उत्तिकै महŒव अर्को प्रवृत्तिको एउटै व्यक्तिको हुन्छ । संख्या र परिणाम स्वयं गुणको विकल्प बन्न सक्दैन । ... सम्मेलनको बहिष्कार गर्ने कार्य वक्तव्य निकाल्ने २१ जनाले मात्र गरेका होइनन्, वक्तव्यमा हस्ताक्षर गर्न अवसर नपाउने अरू पनि प्रशस्त छन् । ... अहिलेको नेतृत्वमा २१ जनाले त बहिष्कार गरेको हो भनी अपमानित गर्ने र आफू सयौं भएको भनी घमण्ड गर्ने जुन प्रवृत्ति मौलाएको छ, त्यो पूर्णतः असंगत एवं बेइमानीपूर्ण छ । 
०रिक्त स्थानमा समावेश भएर एकतालाई बल दिनुपर्छ भन्ने वर्तमान नेतृत्वको सदाशयतालाई किन बल नदिनु भएको हो ? (उपाध्यक्ष, सचिव र सदस्य गरी केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्मा केही स्थान रिक्त राखिएको थियोे) 
– आफू एकताको पक्षमा रहेको देखाउने र पछि आनै मान्छेहरूबाट ती रिक्त स्थानहरू भर्ने ⁄ पद रिक्त राख्नुको आन्तरिक उद्देश्य एकताको सदाशयता नभएर पार्टीविशेषको जनसंगठनका रूपमा प्रलेसलाई लैजाने कुटनीतिक कार्यनीतिको एउटा अंग मात्र हो । 
‘साझा मंच’लाई प्रवद्र्धन गर्ने कुनै प्रस्ताव नल्याई रिक्त स्थान पूर्ति गर्ने सार्वजनिक अनुरोध गर्नु बाहेक केही (अरू प्रयास) गरेन । एकतालाई अघि बढाउन जहा“बाट छुटेको हो, त्यहींबाट जोड्नु आवश्यक थियो । त्यसकारण गोविन्द भट्टजी सामु हामीले आनो प्रस्ताव राख्नु उचित ठान्यौं । ‘साझा मंच’लाई निरन्तरता रिक्त पदको पूर्तिले दिंदै पूरक सम्मेलन गरिनुपर्छ र त्यसअघि एकता समिति गठन गरी काम गरिनुपर्छ भन्ने हाम्रो प्रस्तावलाई .... उहा“हरूले स्वीकार गर्नुभएन र प्रस्ताव गएकै भोलिपल्ट आना मान्छेहरू राखेर रिक्त पदपूर्ति गरेको समाचार सार्वजनिक भैसकेकै छ । 
रातो थु“गा (वर्ष ६, पूर्णाड्ढ ४, २०५३ असोज)मा प्रकाशित स्वतन्त्र साहित्यकार खगेन्द्र संग्रौलाको अन्तर्वार्ताबाट उद्धृतांशहरू (पृष्ठ १११–१३२) ः 
रातोथु“गा ः अध्यक्षमा प्रस्तावित तपाईंको नामप्रति सम्मेलनमा भएको प्रतिक्रियाबारे तपार्इंको केही भन्नु छ ? 
संग्रौला ः प्रतिक्रिया मलाई बडो रोचक लाग्यो । विशेष गरेर प्रश्रितजीको ममाथिको आक्रामक प्रतिक्रिया । पक्राउ पर्नुअघि मैले भट्टजीको नाम अध्यक्षमा प्रस्तावित गरिसकेको थिए“ । त्यसैले मैले सम्मेलनमा हाजिर हुने अवसर पाएको भए सो पदमा मेरो नामको प्रसंग नै उठ्ने थिएन । तर म खोरमा थिए“ । कसैले अध्यक्षमा मेरो नाम प्रस्तुत गरिदियो । सामान्य मर्यादाको कुरा गर्ने हो भने प्रतिपक्षको आवाजको रक्षा गर्ने संस्थाको सम्मेलनमा सत्ताको कठोर दमनको शिकार भएको आनै कुनै सदस्यको कुरा त्यसरी उठिहालेपछि औचित्यवश होस् वा लोकाचारवश होस्, त्यस्तो प्रस्तावमाथि वादविवाद नै नगरी ऐक्यबद्धताको दृष्टिले स्वीकार गर्ने गरिन्छ । खोरबाट छुटेपछि त्यस प्रस्तावलाई सकार्नु मेरो आनो कुरा थियो । तर प्रश्रितजीले ठाडै भन्नुभएछ– संग्रौलाले मेरो समेत आलोचना गरेको हुनाले ऊ किमार्थ स्वीकार्य हु“दैन । 
रातोथु“गा ः प्रलेसको वर्तमान नेतृत्व आफूबाट प्रलेसको साझा भावनाको प्रतिनिधित्व भैरहेको कुराको दावी गरिरहेको छ । साथै आनो पक्षले हरकुरामा प्रलेसको साझा प्रकृतिअनुरूप काम गरिरहेको र सम्मेलन बहिष्कार गर्ने पक्षबाट हरकुरामा गल्ती हुन गएको पनि दावी गरिरहेको छ । 
संग्रौला ः ‘बुधबार’ साप्ताहिक, ‘पौरख’ र ‘साथी’मा भट्टजीका यस आशयका विचार मैले पढेको हु“ । मेरो विचारमा उहा“को आशयलाई तीन बु“दामा टिप्न सकिन्छ । पहिलो, प्रलेसको सम्मेलन बैध छ । दोस्रो, सम्मेलनको चयन गरेको नेतृत्वले प्रलेसको साझा प्रकृतिअनुरूप काम गरिरहेको छ र तेस्रो, प्रलेसले आम प्रगतिशील लेखकहरूको प्रतिनिधित्व गरेको छ र बहिष्कार गर्नेहरू त्यै २२÷२३ जना लेखक हुन् र अहिले प्रलेसको नेतृत्वप्रति असहमति प्रकट गर्ने र यसको विरोध गर्ने लेखकहरू “केही” जना मात्र छन् । 
मेरा विचारमा भट्टजीका यी तीनैटै तर्कहरू प्रलेसको साझा प्रकृति र मर्मविरुद्ध लक्षित छन् । यिनले तथ्यस“ग मेल खा“दैनन् । तथ्यहरूलाई उल्टोपाल्टो पारेर प्रस्तुत गर्दैमा सत्य उल्टिहाल्दैन । 
प्रलेस (वर्ष ५, पूर्णाड्ढ ११, वैशाख जेठ २०५७) मा प्रकाशित हरिगोविन्द लुईंटेलको मन्तव्यबाट उद्धृत अंश ः पृष्ठ (२८–२९)
... अध्यक्ष र महासचिव पद नपाएमा कोही छोडेर गए पनि हामीलाई फरक पर्दैन भन्ने कुराहरू त्यो (चौथो राष्ट्रिय सम्मेलनको) तीन घण्टाभित्र धेरै सुनेको थिए“ । बाहिर गएका साथीहरूलाई पनि यही“ आएर केही मिल्ने संभावना हुनसक्छ कि भन्दा उहा“हरूले आश मारेको स्थिति थियो । ... छोडेर जाने साथीहरूमध्ये केहीले समानान्तर प्रलेस बनाउने पनि कुराहरू निकाल्नुभएको थियो, अन्तक्र्रिया भयो र त्यो बेला उहा“हरू रोकिनुभयो । उहा“हरू पनि आज यो सम्मेलनमा सहभागी हुनुहुन्छ । यो खुशीको कुरो हो । अर्को कुरो, बस्नु हुने साथीहरूले इगोको मसला नबनाइकन हिजो गल्ती भएको थियो है भनेर स्वीकार गर्नुभयो र आव्हान गर्नुभयो त्यो पनि ठूलो कुरा हो ।
यो साझा मंचमा विभिन्न सोचको प्रतिनिधित्व गर्ने साहित्यकारहरूका बीचमा साझा मंच संचालन गर्ने पद्धतिका आधारभूत कुराहरूमा यथोचित ध्यान पुग्न नसकेकाले यो संघको चौथो राष्ट्रिय सम्मेलन विवादास्पद रही सो सम्मेलनले छानेको नेतृत्व सर्वपक्षीय हुन नसकेको सर्वविदितै छ । ... स्थापनाकालदेखि नै आना घटकबीच सहअस्तित्व र सहकार्यको उचित वातावरण कायम गर्दा प्रलेस पुनर्गठित एवं सुदृढ रहेको र यस्तो सहअस्तित्व र सहकार्य हुने वातावरण खलबलिंदा प्रलेस टुटफुट र कमजोर रहेको तथ्य हाम्रासामु छ । ... चौथो राष्ट्रिय सम्मेलनमा देखापरेको असमझदारीमाथि भनेझैं तालमेल गडबडिएको स्थितिका उपज हुन् । त्यसकारण प्रलेसलाई सुसंगठित एवं प्रभावकारी बनाउने कुरा गर्दा माथिका शक्तिबीचको सन्तुलनलाई अत्यधिक प्राथमिकता दिनुपर्दछ । ... यही प्राथमिकताकै क्रममा चौथो राष्ट्रिय सम्मेलनमा भएका कमीकमजोरीहरूको समीक्षा गर्दै सम्बन्धित सबैले स्थितिको मूल्याड्ढन गरी पा“चौ“ राष्ट्रिय सम्मेलनलाई एकीकृत सम्मेलनको रूपमा सम्पन्न गर्न गराउन विशेष वातावरण बनाउने प्रयत्न भयो (पा“चौ“ राष्ट्रिय सम्मेलनमा प्रस्तुत महासचिवको प्रतिवेदन≤ प्रलेस पूर्णाड्ढ ११, पृष्ठ ३०–४६) ।    
यसरी दुर्घटना बनेर रहेको प्रलेसको चौथो राष्ट्रिय सम्मेलनको एकांगी नेतृत्वले प्रारम्भका वर्षहरूमा केही राम्रा कार्यहरूको थालनी पनि ग¥यो । बैठक आदि बस्दा महासचिवले झोलामा माइन्यूट बोकी हिंड्नुपर्ने, बैठक बस्न ठाउ“ देऊ न भन्दै हिंड्नुपर्ने अवस्थालाई तात्कालिक रूपमा समाधान गर्दै काठमाडौं माइतीघरस्थित भक्तबहादुर पण्डितको कार्यालयकक्षलाई कार्यालयको रूपमा प्रयोग गर्ने व्यवस्था ग¥यो । अघिल्लो केन्द्रीय समितिले त्यहा“ कार्यालय राख्न थालिसकेको थियो र अलि व्यवस्थित बनाउने काम यसले ग¥यो । अध्यक्ष गोविन्द भट्ट र महासचिव गंगाप्रसाद उप्रेती रहेको सत्र सदस्यीय केन्द्रीय समिति र १८ सदस्यीय राष्ट्रिय परिषद्मा दुई सीट पछिसम्मै रिक्त रहिरह्यो । छैठौ“ महाधिवेशनपश्चात् एमालेमा भएको विभाजनको कारण प्रलेसको तत्कालीन नेतृत्वबीच पहिलेझैं सुमधुर र सौहाद्रपूर्ण सम्बन्ध रहिरहन सकेन । फलस्वरूप ०५४ पछि प्रलेसले कुनै उल्लेखनीय काम पनि गरेन मात्र हैन, विधानतः ०५५ मा हुनुपर्ने सम्मेलनको सोचसम्म पनि हुन सकेन । यसबीचमा संस्थापन पक्षकोे विगतको रबैयाले प्रलेसको संयुक्त मोर्चाको स्वरूपलाई आघात पुगेको कुराहरू महसुस गरी सबै पक्षलाई समावेश गरी संघलाई क्रियाशील बनाउने कुरामा आग्रह गरियो, वक्तव्य निकालियो र पुनः सबै पक्ष मिली विगतका गल्ती–कमजोरीबाट शिक्षा लिंदै पा“चौ“ सम्मेलनको तयारीमा जुटे । उत्साहप्रद वातावरणमा ०५६ फागुन २८ र २९ मा पा“चौ“ राष्ट्रिय सम्मेलन काठमाडौ“ थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसको सभाकक्षमा सम्पन्न भयो । उक्त सम्मेलनमा बीसभन्दा बढी जिल्लाका दुई सयभन्दा बढी लेखकहरूको सहभागिता रहेको थियो । विभिन्न राजनीतिक दलका नेताहरू ः नारायणमान बिजुक्छे (नेमकिपा), अमिक शेरचन (संजमो), झलनाथ खनाल (एमाले), लोकनारायण सुवेदी, विष्णुबहादुर मानन्धर (संयुक्त), नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्यको उपस्थिति रहेको सो सम्मेलनको उद्घाटन वरिष्ठ प्रगतिवादी साहित्यकार भवानी घिमिरेले गर्नुभएको थियो । उद्घाटन समारोहलाई श्यामप्रसाद, मोदनाथ प्रश्रित, शक्ति लम्साल, खगेन्द्र संग्रौला जस्ता विगतमा प्रलेसका महŒवपूर्ण जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ साहित्यकारका साथै विभिन्न सांस्कृतिक संगठनका प्रतिनिधिहरू– रुद्र खरेल (इसास), जेवी टुहुरे (राजसाम), घनश्याम ढकाल (अनेजसासं), जीवन शर्मा (रक्तिम), जगदीशचन्द्र भण्डारी (जनकला सिर्जना), चन्द्रबहादुर उलक (क्रान्तिकारी सांस्कृतिक संघ), लोकनारायण सुवेदी (नेप्र सांसं), माधव प्रधान (राजसांसं), डा. ऋषिकेश उपाध्याय (नेकपा संयुक्तका संस्कृति विभाग)हरूले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो । 
सबै वाम दलका र स्वतन्त्र जनवादी साहित्यकारहरूको सहभागिता यस सम्मेलनको विशेषता बन्यो । तथापि अझ पनि कतिपय स्वतन्त्र प्रगतिशील साहित्यकारहरूलाई प्रलेसले आकृष्ट गर्न सकेको छैन । 
०४४ सालमा हलभाडा तिर्नसम्म साह्रो–गाह्रो प्रलेसले पा“चौ“ राष्ट्रिय सम्मेलनमा झण्डै दुइृ लाख रुपैया“को आय–व्यय विवरण सभाले अनुमोदन गरेको थियो । पा“चौ“ राष्ट्रिय सम्मेलनपछि बागबजारमा रु. १५०० मासिक भाडा तिरी कार्यालय संचालन गरेर बसेको छ । 
अहिले मुलुकको अवस्था विषम छ । मुलुक प्रतिगमनको संघारमा उभिएको छ । समान प्रवृत्तिका कतिपय वाम दलहरूमा धु्रवीकरण भैरहेको छ । अग्रगामी आन्दोलनका हकमा यो धु्रवीकरण शुभसूचक भए तापनि मुलुकको राजनीतिक अवस्था एकदम तरल देखिएको छ । यस स्थितिमा यही फागुन २४, २५ मा त्रि.वि. त्रिभुवन स्मृति भवन कीर्तिपुरमा छैठौं राष्ट्रिय सम्मेलन हु“दैछ ।
उद्देश्य तथा कार्यक्रम
उपलब्ध स्रोत सामाग्रीका आधारमा ‘जनवादी साहित्यको प्रचार गर्ने, नेपालका तरुण लेखकहरूलाई संगठित गर्ने, क्रान्तिलाई अमर राख्न र सामाजिक क्रान्ति गर्न संसारभरका प्रतिक्रियावादीको विरोधमा कलमद्वारा संघर्ष गर्ने र संसारभरका साम्राज्यवादी, पू“जीवादी र सामन्तवादी शक्तिविरुद्ध संघर्ष गर्ने’ जस्ता उद्देश्यले २००९ मा प्रलेस स्थापना भएको देखिन्छ । 
२०३६ मा प्रलेकसंघ तयारी समितिले तयार पारेको विधानमा १९ सूत्रीय उद्देश्य तथा कार्यक्रम लिपिबद्ध भएको छ । तीमध्ये सामन्ती र साम्राज्यवादी संस्कृतिविरुद्ध संघर्षरत रही वैज्ञानिक तथा मौलिक राष्ट्रिय जनसंस्कृतिको निर्माण, भाषागत समान अधिकार, राष्ट्रियता, जनताको न्यायपूर्ण संघर्षप्रति ऐक्यबद्धता, अन्तरअनुवाद आदि रहेकामा २०४४ को राष्ट्रिय सम्मेलनले ती उद्देश्य तथा कार्यक्रमहरूलाई परिमार्जन गरी १२ सूत्रीय उद्देश्य तथा कार्यक्रम तय ग¥यो । तयारी समितिले सम्पूर्ण लेखक कलाकारका हकहितको संरक्षण–सम्बद्र्धन गर्ने भनेकोमा सम्मेलनले प्रगतिशील लेखक कलाकारको हकहित भनी संशोधन ग¥यो तथा अन्य बु“दाहरू आवश्यक भाषिक परिमार्जनका साथ अद्यापि लगभग यथावत् नै छन् । हरेक सम्मेलनले अग्रगामी आन्दोलनलाई टेवा पुग्ने समसामयिक तथा दीर्घकालीन महŒवका प्रस्तावहरू पारित गर्ने गरेको छ । 
सदस्यता, सांगठनिक स्वरूप, विस्तार र नेतृत्व
सदस्यता
प्रलेसको कार्यक्रम तथा उद्देश्यस“ग सहमत लेखक, सम्पादक यसको सदस्य बन्नसक्ने व्यवस्था विधानले गरेको छ । २०४४ को राष्ट्रिय सम्मेलनले सदस्यता शुल्कसम्बन्धी निर्णय केन्द्रीय समितिलाई दिएकोमा त्यसपछिका सम्मेलनले विधानमै किटान गरिदिएको देखिन्छ । साधारण, आजीवन र मानार्थ गरी प्रलेसको सदस्यता वर्गीकरण गरिएको छ । वार्षिक रु. ५०।– का दरले एकमुष्ठ रु. १५०।– नवीकरण शुल्क, नया“ सदस्यका लागि थप रु. ५०।– प्रवेश शुल्क तथा रु. २०००।– आजीवन सदस्यता शुल्क सम्मेलनद्वारा निर्धारण भएको छ । सामान्यतः पुस्तकाकार एउटा कृति वा तीन गद्य रचना वा दश कविता प्रकाशित भएको प्रगतिशील सर्जक यसको सदस्य बन्नसक्ने व्यवस्था गरिएको छ । प्रगतिशील साहित्यको क्षेत्रमा दीर्घसेवा गर्ने विशिष्ट सर्जकहरूलाई प्रदान गर्न सकिने मानार्थ सदस्यता हालसम्म कवि देवीप्रसाद किसानलाई मात्र प्रदान गरिएको छ भने कतिपय सर्जकहरू आजीवन सदस्य पनि बनेका छन् । 
सांगठनिक स्वरूप
पहिलो राष्ट्रिय सम्मेलनले ३५ जनाको राष्ट्रिय परिषद् निर्वाचित गरी त्यसमध्येबाट १८ जनाको केन्द्रीय समिति चयन गर्ने व्यवस्था गरेकोमा चौथो राष्ट्रिय सम्मेलनले ३९ सदस्यीय राष्ट्रिय परिषद्मध्येबाट १९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने व्यवस्था गरेको देखिन्छ । राष्ट्रिय परिषद् र केन्द्रीय समिति गठन गर्दा साझा मञ्चको अवधारणालाई दृष्टिगत गर्नुका साथै विभिन्न भाषा साहित्यका सर्जकहरूको समेत प्रतिनिधित्व गराउनतिर जोड दिएको देखिन्छ । केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरू रहने व्यवस्था छ । केन्द्रीय समितिले पदाधिकारीहरूको सचिवालयमा सल्लाहकारहरूको मनोनयन सर्वसम्मतिबाट गर्ने गर्दछ । मुलुकका संभव भएका स्थानहरूमा स्थानीय एकाइका रूपमा शाखाहरू गठन हुनसक्ने व्यवस्था छ । हालसम्म मेची (इलाम, झापा), कोशी (सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम), नारायणी (झापा, चितवन, मकवानपुर), बागमती (सिन्धुपाल्चोक), गण्डकी (कास्की), लुम्बिनी (रुपन्देही, बुटवल, पाल्पा, बागलुङ), राप्ती (दाङ, सुर्खेत, दैलेख) अञ्चल समेत दश वटा अञ्चल तथा पच्चीसभन्दा बढी जिल्लामा यसका शाखाहरू बनिसकेका छन् भने अधिराज्यभरिका प्रगतिशील लेखकहरूको साझा मोर्चा संगठनको रूपमा प्रलेस रहेको छ । 
प्रलेसले संस्थागत स्वरूप गठन गरेपश्चात् नेतृत्वतहका पदाधिकारीहरू निम्न छन् ः 
सम्मेलन वर्ष अध्यक्ष महासचिव  
२०४४ रमेश विकल मोदनाथ प्रश्रित
२०४८ श्यामप्रसाद खगेन्द्र संग्रौला
२०५० श्यामप्रसाद निनु चापागाईं
२०५२ गोविन्द भट्ट गंगा उप्रेती 
२०५६ निनु चापागाईं जीवेन्द्रदेव गिरी 
पहिलोदेखि पा“चौ“ सम्मेलनसम्म १७७ जनाको केन्द्रीय नेतृत्वमा जम्मा ११५ जनाले बढीमा चारपटकसम्म प्रतिनिधित्व गरेको देखिन्छ । 
संकेत चिन्ह 
केन्द्रीय समिति 
राष्ट्रिय परिषद्
जगदीशभन्द्र भण्डारी
अमर गिरी, गंगा उप्रेती
रुद्र खरेल
विष्णु प्रभात, घनश्याम ढकाल, निनु चापागाईं, खगेन्द्र संग्रौला
अनिल पौडेल, बासुदेव अधिकारी 
दिल साहनी, इस्माली, हरिहर खनाल, आनन्ददेव भट्ट, हरिगोविन्द लुईटेल 
नारायणप्रसाद शर्मा, अनिरुद्ध्र तिमल्सिना, ऋषिराज बराल, जीवेन्द्रदेव गिरी, नरनाथ लुईंटेल, गोविन्द भट्ट, श्यामप्रसाद, रामहरि पौडेल
रामप्रसाद प्रदीप, महेश मास्के, ईश्वरचन्द्र ज्ञवाली, ताराकान्त पाण्डेय, कृष्णसेन इच्छुक, मोहन दुवाल, जनकप्रसाद हुमागाईं, भक्तबहादुर पण्डित, सुधा त्रिपाठी, रामचन्द्र भट्टराई, पूर्णविराम, आहुति, राजभाइ जःकमी, पारिजात 
डि.आर. पोखरेल, मातृका पोखरेल, राम विनय, नन्दु परिश्रमी, पवित्रा सुवेदी, ऋषिराम भुसाल, त्रिरत्न शाक्य 
चूडामणि रेग्मी, देवीप्रसाद गौतम, रमेशप्रसाद भट्टराई, पुष्पराज कर्णिकार, केशव नेपाल, विमल निभा, रविकिरण निर्जीव, रमेश विकल, शक्ति लम्साल, मोदनाथ प्रश्रित, मञ्जुल, शारदारमण नेपाल, मल्ल के. सुन्दर, रघु पन्त, हुकुमबहादुर सिंह, बलभद्र भारती, लीला उदासी, आर.आर. चांैलागाई, शितविन्दु, राजेन्द्र सुवेदी, शोभा गौतम, पूर्णबहादुर वैद्य, दुर्गालाल श्रेष्ठ ।
निर्माेही व्यास, मुरारी अर्याल, सुरेश आले मगर, शुभशंकर क“डेल, रणेन्द्र बराली, आशकुमार चिक“बञ्जार, यकिना अगाध, प्रेमसागर पौडेल, नारदमणि हार्तम्छाली, नवराज शर्मा, सीता शर्मा, पोषराज पौडेल, कपिल लामिछाने, पुष्पकमल सुवेदी, कृष्णमोहन जोशी, यज्ञबहादुर डा“गी, बद्रीविशाल पोखरेल, सुदर्शन श्रेष्ठ, पुण्यप्रसाद खरेल, बु“द राना, पदमरत्न तुलाधर, माणिकलाल श्रेष्ठ, रविलाल अधिकारी, मोहन श्रेष्ठ, अमर शाह, चन्द्र भण्डारी, पुरुषोत्तम शर्मा, विजय सुब्बा, मित्रलाल पंज्ञानी, विवश वस्ती, पुण्य कार्की, विदुर चालिसे, विवेक वाइबा, होम भट्टराई, दिनेश भुजु, कणाद महर्षी, भास्कार, गोविन्द विकल, महेश्वर राय, झपेन्द्र जिसी, घनश्याम शर्मा पौड्याल, मणि थापा, गोविन्द्र पौडेल, दिनेश मैनाली, भीष्म उप्रेती, लोकबहादुर थापा मगर । 
प्रलेसको दिशा, दायित्व, समस्या र चुनौती
जनवादी साहित्यको प्रचार गर्न सामन्तवाद र साम्राज्यवादविरोधी नेपाली लेखकहरूलाई संगठित पार्ने उद्देश्यले २००९ मा स्थापना भएको प्रलेसले २०३६ को पुनर्गठनमा आनो उपस्थितिको औचित्यलाई ‘देशमा विद्यमान सामन्ती संस्कृतिको र विदेशबाट आयात गरिएको साम्राज्यवादी संस्कृतिको विरोधमा संघर्षरत रहेर स्वच्छ, वैज्ञानिक तथा मौलिक राष्ट्रिय जनसंस्कृतिको निर्माणको लागि प्रयत्नशील रहने साझा र स्वतन्त्र संगठन, भनी मूर्त बनायो । यसलाई अझ स्पष्ट पार्र्दै पा“चौ“ राष्ट्रिय सम्मेलनद्वारा पारित विधानको प्रस्तावनामा भनिएको छ, ‘साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको आमूल रूपान्तरणका निम्ति सहयोग पु¥याउनुपर्छ भन्ने चिन्तन राखी वर्ग विभक्त समाजमा वर्गसंघर्षलाई प्रमुख कारक एवं प्रेरकतŒव ठान्ने र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक तथा भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनका रूपमा अ“गाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने र आमूल परिवर्तनका पक्षधर समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध तथा अप्रतिबद्ध समेत रहेका साहित्यसर्जकहरूको संयुक्त मञ्चका रूपमा विद्यमान राष्ट्रिय स्तरको संगठन नै प्रगतिशील लेखक संघ हो ।’ प्रस्तावनाको यही भावना प्रतिबिम्बित हुने गरी संघले आनो उद्देश्य तथा कार्यक्रमहरू निर्धारण गर्ने गरेको छ । यसले गर्ने गरेका कार्यक्रमहरू विचारधारात्मक (विचारगोष्ठीहरू), प्रचारात्मक (समसामयिक विषयवस्तुमा आधारित गोष्ठीहरू तथा कविगोष्ठीहरू, अग्रज स्रष्टाहरूप्रति सम्मान, श्रद्धा प्रकट गर्न आयोजित जन्मजयन्ती कार्यक्रमहरू), विरोधात्मक कार्यक्रम (वक्तव्य प्रकाशन), विरोध प्रदर्शन, सांगठनिक, विकासात्मक (कविगोष्ठीहरू, प्रलेसको प्रकाशन आदि) आदि विविध प्रकृतिका छन् । राष्ट्रिय सम्मेलनहरू अझसम्म राजधानीमै गरिने गरिएको भए तापनि अन्य कार्यक्रमहरू सहआयोजक स्थानहरूको तत्परताअनुसार पूर्वाञ्चलदेखि मध्यपश्चिमाञ्चलसम्मका मोफसलहरूमा हुने गरेका छन् ।
२०५३ जेठमा संघ विधिवत् दर्ता (दर्ता नं. ६९०÷५२–५३) भैसकेकोले यसको स्वरूप वैधानिक, स्वायत्त र संयुक्त छ र यसअर्थमा यो पार्टीका जनवर्गीय संगठनसरहको सांस्कृतिक संगठनहरू भन्दा भिन्न छ । 
प्रलेस अग्रगामी सांस्कृतिक आन्दोलनको बाहक वैचारिक स्वयंसेवी साझा संस्था हो । यसको आर्थिक स्रोत भनेको सदस्यता शुल्क र शुभेच्छुकहरूबाट प्रदान गरिने आर्थिक सहयोग मात्र हो । आर्थिक अभावका कारणले गर्दा कार्यालयसम्म राख्न सकिने स्थिति जेनतेन धानिने गरेकाले चाहेर पनि ठूलठूला र महŒवाकांक्षी कार्यहरू संचालन गर्न धौ धौ पर्छ नै । ‘प्रलेसले केही गरेन’ भन्ने प्रायशः थेगो भैसकेको छ । प्रलेसले केही नै नगरेको भने होइन≤ गरेको छ तर ती न्यून छन् र शुभेच्छुकहरूले अपेक्षा गरेअनुसार नपुग देखिन सक्छ । विभिन्न विचारगोष्ठीहरू भएका छन् तर पनि दीर्घकालीन स्वरूपको कार्य त्यतिविधि भए गरेको देखिंदैन । संयुक्त मोर्चारूपी संगठन भएकाले कतिपय अवस्थामा यो चाहेर पनि चाहेजति सक्रिय हुन सक्दैन । 
पा“चौ“ राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा प्रलेसको केन्द्रीय नेतृत्वमा ११५ जना लेखकहरू रहिसकेका देखिन्छन्≤ अहिले तीमध्ये कतिपय प्रगतिशील भनाउन चाह“दैनन्, आन्दोलनबाट पलायन भई तिनको उठ्बस गैरप्रगतिशीलहरूस“ग बढी हुन्छ । हुन त यो प्रलेसको मात्र हैन मुलुकको वाम आन्दोलनकै कमजोरी हो । आन्दोलनले आफूलाई चाहिने विचारवान् र प्रगतिशील आचरणयुक्त न्यूनतम संख्यामा पनि कार्यकर्ताहरू जन्माउन सकेको छैन तर पनि आन्दोलनले केन्द्रीय नेतृत्व तहमा चयन गर्ने व्यक्तिको आचरण र निष्ठाका बारेमा राम्रो विचार पु¥याउनुपर्दछ । केन्द्रीय नेतृत्वमा चयन हुने लेखक स्थापित भएको हुनुपर्ने भनी अपेक्षा राख्नु अस्वाभाविक होइन । विद्यमान केन्द्रीय नेतृत्वमा ३९ जना आवश्यक पर्छ । यो संख्या औसत सदस्यसंख्याको झण्डै षष्टांश हुन खोज्छ । अर्थात् छ जनामध्ये एकजना केन्द्रीय नेतृत्वमा चुनिन्छ । राष्ट्रिय परिषद्ले केन्द्रीय समितिलाई राय–सल्लाह दिने तथा केन्द्रीय समितिको क्रियाकलापको मूल्याड्ढन गर्नुपर्ने भएकाले तुलनात्मक रूपले यस परिषद्मा पाका लेखकहरूको चयन हुनु वाञ्छनीय देखिन्छ । संयुक्त मोर्चा संगठनको स्वरूप भएकोले दलीय र स्वतन्त्र प्रतिनिधित्व त हुने नै भयो तर पनि दलहरू निकटस्थ सांस्कृतिक संगठनहरूले प्रलेसको गरिमा धान्न सक्ने लेखकहरूको प्रतिनिधित्व गराउने कुरामा यथोचित ध्यान खुट्याउन सक्नुपर्छ । दलीय प्रतिनिधित्वका नाममा कुनैबेला गैरलेखक व्यक्तिहरूको उपस्थितिले संघले एकातिर आम प्रगतिशील लेखकहरूको सहयोग र समर्थन पाउन अप्ठेरो परिरहेको मात्र हैन, कतिपय प्रगतिशील कहलिएका लेखकहरूका लागि भने चैतमा आ“खा फुटेको गोरुले सधै“ हरियो देख्छ’ भन्ने आहान चरितार्थ भैरहेको छ । अर्कोतिर चाहि“ प्रतिनिधित्वमा दलीय सहभागिता हावी भएको तर काममा चाहि“ दलीय सक्रियता नदेखिएको गुनासो पनि सुनिने नगरेको होइन । नेतृत्वको आकार ठूलो भएकोले सिकारु र नवप्रवेशीहरू पनि केन्द्रीय नेतृत्वमा सहजै पुग्ने गरेको देखिन्छ तर त्यस्ता कतिपय लेखकहरू आस्थाको राजमार्गमा तुरुन्तै विपथगामी बनेका उदाहरण पनि पाइन्छन् । यसले प्रलेसको गरिमालाई धमिल्याउने कार्य गर्दछ । त्यसैले प्रलेसको पदाधिकारी कम्तीमा यस्तो व्यक्ति हुनुपर्छ, जो पछि परन्तु विरोधी वृत्तमा नजाओस् । त्यसैले प्रलेसमा को व्यक्ति कतिपटक नेतृत्वमा रह्यो भन्नु भन्दा पनि नेतृृत्व कसरी चयन गरिंदा मोर्चा मर्मअनुसार संचालित हुनसक्ला भनी यथोचित विचार पु¥याउनु पर्छ । वैधानिक संघर्षमा सीमित र सशस्त्र संघर्ष गरिरहेका धारहरूलाई संयोजित र सन्तुलित पारेर प्रलेसलाई अघि बढाउने कार्य त्यसै पनि कम चुनौतीपूर्ण छैन । नेतृत्वले प्रलेसमा आबद्ध नभएका तर प्रलेसप्रति सहयोग र शुभेच्छा राख्ने स्वतन्त्र प्रगतिशील लेखकहरूलाई पनि समेट्न सक्नुपर्छ । प्रलेस वैचारिक आन्दोलनकारी सांस्कृतिक संगठन भएकाले संगठनलाई परिमाणात्मक रूपमा अनावश्यक विस्तार गर्न बल गर्नुभन्दा संगठनमा बा“धिएकाहरूको गुणात्मक विकास गराउने कार्यक्रमहरूमा जोड दिनु नितान्त आवश्यक छ ।  
यसपालिको सम्मेलन प्रलेसको स्वर्ण सम्मेलन पनि हो । प्रलेसले आनो प्रारम्भिक यात्रामा बरु अन्तर्राष्ट्रिय लेखक संघहरूस“ग सम्बन्ध विस्तारको प्रयास गरेको, अफ्रो एशियन लेखक संघस“ग पनि सम्बन्ध कायम भएको, नेपालका प्रगतिशील कविहरूका रचना त्जभ अबिि मा प्रकाशित भएको, रुसी लेखक संघस“ग सम्बन्ध कायम गर्ने प्रयास भएको देखिन्छ । तर पुनर्गठनपछिको प्रलेसले यस दिशामा प्रयास अगाडि बढाएको देखिएको छैन न त प्रगतिशील नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने प्रयास नै गरेको देखिन्छ । यस्तो प्रयास गरिंदा कम्तिमा पनि कोरिया, चीन, भारत, बांगलादेश, पाकिस्तान आदि मुलुकका सहधर्मी लेखक संघस“ग वैचारिक आदान–प्रदान र सम्बन्ध विस्तार हुनसक्ने संभावना रह“दो हो । सार्क मंचकै अवधारणा अनुकूल पनि प्रगतिशील सार्क लेखक मंचको संभावनाउपर प्रयासहरू परिचालन गर्न सकिंदो हो । 
मुलुकका अग्रज पुस्ताका प्रगतिशील स्रष्टाहरूको सार्वजनिक सम्मान गर्ने परम्पराको प्रारम्भतिर पनि प्रलेसको ध्यान आकृष्ट हुनु आवश्यक छ । इतर खेमाका स्रष्टाहरूलाई राज्यले थरीथरीका पुरस्कारद्वारा सम्मानित गर्ने गरेको छ भने समकक्षी प्रगतिशील स्रष्टाहरू आजीवन अभाव र उपेक्षापूर्ण जीवन बिताइरहेका छन् । सिकिस्त थला पर्दा पनि राज्यको ध्यान पुगेको देखिंदैन । राजनीतिक नेताहरू बिरामी नै नभए पनि उपचार गराउन विदेश पुगेका हुन्छन् भने साहित्यकारहरू चाहि“ थलै पर्दा पनि स्वदेशमै पनि राम्रो उपचार पाउन सक्दैनन् । साहित्यकारहरू सदा अवैतनिक भई वाङ्मयको सेवा गर्दछन् र नेताहरू सधै“ ढुकुटीमा हाली मुहाली गरी सत्ताको सिंहासन तानातान गर्दछन् । त्यसैले प्रलेसले अब राज्यकोष र जनताका कोषबाट चल्ने साहित्यसम्बद्ध संस्थाहरूमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बेला आएको हो भन्ने लाग्छ । २०३६ मा पुनर्गठित प्रलेकसंघको विधानको नवौ“ बु“दामा उल्लेखित उद्देश्य तथा कार्यक्रम– साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, चलचित्र संस्थान, रेडियो नेपाल (नेपाल टेलिभिजन) जस्ता संस्कृतिस“ग सम्बन्धित निकायहरूद्वारा केवल यथास्थितिवादी र सत्तापक्षस“ग सम्बन्धित लेखक कलाकारहरूलाई मात्र दिइने सहयोगको विरोध गर्दै सबै विचारका लेखक कलाकारहरूका कृतिहरूलाई समान रूपमा प्रकाशन र प्रसारण गर्ने हकको माग गर्दै त्यस्ता संस्थाहरूको स्वायत्तता र स्वतन्त्रताको निम्ति आवाज उठाउने कार्यक्रम आज पनि उत्तिकै सान्दर्भिक छ । राज्यको ढुकुटीबाट दिइने प्रतिभा पुरस्कार लगायतका पुरस्कारहरूको बा“डफा“ड प्रगतिशील प्रतिभाहरूलाई पन्छाएर मनोमानी ढंगले हुने गरेकोमा प्रलेसले सशक्त विरोध गर्नुपर्छ भन्ने लाग्दछ । राज्यद्वारा वा संस्थागत रूपमा चले चलाइएका साहित्यिक प्रकाशनहरूमा पनि प्रगतिशील स्रष्टाहरूले यथोचित स्थान पाउन सकेको देखिंदैन । त्यसैले प्रलेसले आना सर्जकहरूलाई इतर मञ्चहरूमा स्थान दिलाउन संघर्ष गर्नुका साथै आफैंभित्र पनि सम्मान गर्ने परिपाटी बसाल्नु अपेक्षित छ । त्यतिमात्र होइन, गैरप्रगतिशील स्रष्टाका प्रगतिशील रचनाको लागि टोकन सम्मान दिने परिपाटी पनि बसाल्नु गैरमनासिव नहोला । यस्तो परिपाटीले अन्तक्र्रियात्मक सम्बन्धको विकासलाई सघाउ पु¥याउ“छ । प्रगतिशील साहित्यकै पनि व्यवस्थित अध्ययनको परिपाटी विकास गर्ने आवश्यक क्रियाशीलता हुनु आवश्यक छ । प्रगतिशील कृतिहरूको सन्दर्भ सूची तयार पार्नु पनि उत्तिकै जरुरी देखिन्छ । प्रगतिशील लेखनको स्तर उकास्नका लागि पनि आवश्यक क्रियाशीलता देखाउन प्रलेस लागि पर्नुपर्छ । प्रलेसको उद्देश्य तथा कार्यक्रममा परेर पनि क्रियान्वित नभएको अर्को कार्यक्रम हो– विदेशी भाषामा नेपाली प्रगतिशील साहित्यको अनुवाद । 
उद्देश्य र कार्यक्रममा उल्लेख भएको पहिलो बु“दामा पनि प्रलेसको ध्यान आकृष्ट हुनुपर्छ भन्ने लाग्छ । ‘प्रगतिशील लेखकहरूको हकहितको संरक्षण र सम्बद्र्धनको निम्ति प्रयत्नशील एवं कार्यरत रहने’ भनी पहिलो प्राथमिकता पाएको यस उद्देश्यको व्यावहारिक रूपान्तरणका पक्षमा विचार गर्दा केही प्रश्नहरू उब्जेको स्थिति छ– प्रलेसको वर्तमान राष्ट्रिय पार्षद र भूपू केन्द्रीय सदस्य कृष्णसेन ‘इच्छुक’को प्रहरी हिरासतमा हत्या हु“दा पनि प्रलेस वक्तव्यमा सीमित रहनुपर्ने स्थिति रह्यो भने पत्रकार संघले छानवीन आयोगसम्म गठन गराउने दबाबमूलक संघर्ष ग¥यो । २०५२ मा खगेन्द्र संग्रौलाको गिरतारीका बेला लगायत अरू कतिपय बेलामा पनि वक्तव्यमै सीमित रह्यो । हुन त प्रलेसको संगठन संरचना पृथक् छ । अर्कोतिर, कुमारबहादुर जोशी, यज्ञनिधि दाहाल जस्ता गैरप्रगतिशील लेखकहरूलाई पनि वर्गीय औ मानवीय आधारमा आर्थिक सहयोग नै गरेको पनि छ । त्यसैले प्रलेस प्रगतिशील लेखकको मात्र होइन, सामाजिक न्याय र राष्ट्रिय हितको पक्षमा कलम चलाउने लेखकको हितबाट आ“खा चिम्लिंदैन भन्ने कुरा व्यवहारमै देखिएको छ । बचने किम् दरिद्रता ? 
उद्देश्य तथा कार्यक्रममा उल्लेख गरिएअनुसार प्रगतिशील साहित्यको संरक्षण, सम्बद्र्धनमा सहयोग पु¥याउन आवश्यक कार्यक्रमहरू तर्जुमा गरी लाग्नुपर्ने स्थिति टड्कारो देखापरेको छ । मुलुकमा विभिन्न निजी प्रकाशन संस्थाहरू रहेका भए तापनि व्यक्तिगत तजबीजमा चलेकाले तिनमा आम प्रगतिशील स्रष्टाहरूले स्थान पाउन सकेका छैनन् । प्रगतिशील साहित्यको अध्ययनलाई व्यवस्थित पार्न प्रगतिशील साहित्यको इतिहास र प्रगतिशील साहित्यिक कृतिहरूको पुस्तकसूची तयार पार्नतिर पनि प्रलेसले यथोचित ध्यान दिनु आवश्यक छ भने प्रगतिशीललेखनको स्तर अभिबृद्धि गर्न उद्देश्यमूलक समीक्षापद्धतिको थालनी गरिनु पनि आवश्यक देखिएको छ । 
प्रलेस पुनर्गठित भैसकेको झण्डै सोह्र वर्ष बितिसक्दा पनि प्रगतिशील कलाकारहरूको संगठन अझसम्म बन्न सकेको छैन । यस दिशामा प्रलेसले आवश्यक अग्रसरता लिई प्रकसको निर्माणमा सहयोग गर्नु ढिलो भैसकेको छ । 
आसन्न सम्मेलनले विगतको दुर्घटनाबाट शिक्षाग्रहण गर्दै प्रलेसको संयुक्त मंचको अवधारणा अनुकूलको र प्रलेसलाई गतिशील जीवन्त बनाइराख्न सक्षम हुनसक्ने कर्मठ र सक्रिय नेतृत्वको चयन गर्नेछ भनी आशावादी हुनु जरुरी छ । 
सन्दर्भ सामग्रीहरू 
१. अर्याल, विष्णुप्रसाद (विष्णुप्रभात) ः शोधपत्र 
२. प्रलेस, केन्द्रीय समिति ः प्रलेसका विभिन्न अंकहरू 
३. प्रलेस, केन्द्रीय समिति ः प्रलेसका विभिन्न सम्मेलनका प्रतिवेदन र विधानहरू 
४. प्रलेक, राष्ट्रिय सम्मेलन तयारी समिति ः प्रलेकको विधान 
५. साथी, इन्द्रेणी, रा“तोथु“गा साहित्यिक पत्रिकाको सम्बद्ध अङ्कहरू । 

कविता
देश जलिरहेको बेला 
– घनश्याम शर्मा पौड्याल 
हिटलरका बुटहरूले 
छाती–छातीमा कुल्चिरहेको बेला 
मुसोलिनीका जर्नेलहरूले 
हाम्रो विवेकमा 
सिस्नोपानी लाइरहेको बेला 
इदी अमिनहरूले 
मान्छेका मुटुकलेजो खाइरहेको बेला 
ए मान्छेहरू हो, मौन नबस ⁄

इतिहासका चिहानबाट ब्यू“झेर 
पहेंलाटाउके मसानहरूले
सडकमा लाखे नाचिरहेको बेला 
भुस्याहा कुकुरहरूको बिहेमा 
गधाहरूले गाइरहेको र 
याउराहरूले ताता दिइरहेको बेला 
ए कलाकारहरू हो, राम हेरेर नबस ⁄

नाड्डा बादशाहहरूले 
मध्य शहरमै 
शोभायात्रा निकालिरहेको बेला 
निर्वस्त्र हिंजडाहरूले 
सिंहदरबारमा रत्यौली खेलिरहेको बेला 
बुख्या“चाहरूले 
राजधानीका डबलीहरूमा 
सुन्दरीप्रतियोगिता गरिरहेको बेला 
केही कुपुत्रहरूले 
वेश्यावृत्तिको जयगानमा कविता लेखिरहेको बेला 
लेखकहरू हो, पराजयका गीत नलेख ⁄

घाइते बाघ बौरेर 
बस्ती–बस्तीमा धावा बोलिरहेको बेला 
ब्वा“साहरूले कोक्राबाटै 
दूधे बालकहरू खोसिरहेको बेला 
दैत्यहरूले हाम्रै आ“गनमा 
नरभेधको भोज खाइरहेको बेला 
पाइला–पाइलामा 
मृत्युुको आतंकले पच्छ्याइरहेको बेला 
गा“स–गा“समा 
बारुदको गन्ध आइरहेको बेला 
ए देशका नौजवानहरू हो, 
हात बा“धेर नबस ⁄

आ“गनभरि 
प्रियजनका लाशहरूको चाङ लागिरहेको बेला 
आनै आ“खासामु 
कुमारी छोरीहरू 
बलात्कृत भैरहेको बेला 
बुहारीहरू विधवा बनी 
छाती पिटीपिटी रोइरहेको बेला 
मेलापात गएका खसमहरू 
लापत्ता भइरहेको बेला 
आमाहरू हो, 
घुम्टोभित्र रोएर नबस ⁄

भिक्षुको भेषमा 
‘ओम् शान्ति’ जप्दै हिंड्ने युद्धपिपासुहरूले 
बुद्धको टाउकोमै 
गोली दागिरहेको बेला 
खेतखलियानमा 
बमगोला बर्षिरहेको बेला 
गण्डकी, कोशी र कर्णालीमा 
तातो रगतको भेल उर्लिरहेको बेला 
देशै ह्वार–ह्वार जलिरहेको र 
बस्तीहरू खरानी बनिरहेको बेला 
ए देशबासीहरू हो 
चीसो अ“गेनो खोस्रेर नबस ⁄
ए किसानहरू हो, लाम लाग 
ए मजदुहररू हो, सडकमा निस्क ⁄
ए युवाहरू हो, नारा लगाऊ 
ए देशभक्तहरू हो, मुठी उठाऊ ⁄
२०५९ पौष २० 


समालोचना
‘इच्छुक’ ः अग्रगामी चेत र विद्रोहका उत्कृष्ट कवि१. विषयप्रवेश
वि.सं. २०१३ सालमा भारतको देहरादुनमा पिता यमबहादुर सेन र माता भीमकुमारी सेनका जेठा छोराका रूपमा जन्मनुभएका कृष्ण सेन नेपाली कविता परम्परामा ‘इच्छुक’ नाउ“ले परिचित हुनुहुन्छ । सानै उमेरमा परेको मातृवियोगको पीडा र आघातले ‘इच्छुक’लाई भावमुखी, संवेदी बनाएको पाइन्छ । वहा“मा स्कूलमा पढ्ढादेखि नै साहित्यतर्पm आकर्षण बढेको हो भने परिवर्तनका निम्ति विचारको प्रवाह गर्ने आना अग्रजहरू र विभिन्न साहित्यकारहरूको प्र्रेरणा एवं माक्र्सवादी दर्शनको प्रभावमा साहित्य लेखनतर्पm सक्रियता थपिंदै गएको हो । वहा“को पहिलो प्रकाशित कविता ‘भोलिप्रति’ शीर्षकको हो । यो कविता वि.सं. २०३२ सालमा ‘मातृभूमि’ साप्ताहिक पत्रिकामा छापिएको पाइन्छ । साहित्यलाई आमूल परिवर्तनको सहयोगी–साधन बनाउने ध्येयबाट अग्रसर हु“दै त्यसपछिका अवधिमा वहा“ले कविता सिर्जनालाई परिष्कृत र परिमार्जित गर्दै आउनुभएको हो । अग्रगामी संघर्षमा होमिंंदै, शासकवर्गको यातना, दमन र यन्त्रणा भोग्दै करिव आठ वर्षसम्म जेलको कठोर जीवन बिताउ“दै वहा“ सिर्जनसंघर्षमा लाग्नु भएकै हो । साहित्यकार ‘इच्छुक’ योद्धाका साथै, क्रान्तिकारी र सर्वहारावादी कवि हुनुहुन्छ । शासकहरूको अनेकौं यन्त्रणा र शासनाबाट कहिल्यै विचलित नहुनुभएका र जनसंघर्षमा होमिंदै आउनुभएका ‘इच्छुक’को त्रूmरतापूर्वक हत्या भएको छ । नेपाली प्रगतिवादी कविता परम्परामा कृष्णसेन ‘इच्छुक’को पृथक् पहिचान रहेको छ । रचनात्मक उच्चता र सर्बहारावर्गप्रतिको निष्ठा एवं प्रतिबद्धताले गर्दा इच्छुकको कवि व्यक्तित्व बढी चम्किलो बनेको छ । साहसिलो, निर्भीक र अदम्य व्यक्तित्वका कारण ‘इच्छुक’ सत्ताका निम्ति सधै“भरि डरलाग्दो बनिरहनु भयो । विक्रमको २०३० को दशकको आरम्भदेखि कवितायात्रामा लाग्नुभएका कवि ‘इच्छुक’का तीनवटा काव्य–कविताकृति प्रकाशित भएका छन् । फुटकर कविताबाट आनो काव्य–यात्रा आरम्भ गर्नुभएका कविले खण्डकाव्य र लामो कवितासम्म आनो प्रतिभालाई व्यापकता प्रदान गर्नु भएको छ । वहा“का पुस्तकाकारमा छापिएका कृति शोकाञ्जली (शोककाव्य, २०४८), इतिहासको यस घडीमा (कवितासंग्रह, २०५६) तथा बन्दी र चन्द्रागिरि (लामो कविता, २०५७) हुन् । यिनै तीन कृतिका आधारमा कृष्णसेन ‘इच्छुक’को काव्य—प्रवृत्ति र योगदानको पहिचान र मापन गर्न सकिन्छ । वहा“को शोककाव्यका रूपमा रहेको ‘शोकाञ्जली’ २०४८ मा प्रकाशित भएको हो र पुस्तकाकारमा छापिएको पहिलो कृति पनि यही हो तर वहा“को काव्ययात्रा भने विक्रमको बीसौं शताब्दीको तेस्रो दशकको आरम्भतिरबाट आरम्भ भएको हो र जीवनको यथार्थबाट परिचित हुनुभएका इच्छुकको सम्बद्धता आरम्भमै संघर्षकारी शक्तिस“ग भएको अनुभव हुन्छ । वहा“का कविताले पनि उक्त कुराको पुष्टि गरेका छन् । ‘त्रिकोण’ पत्रिकामा २०३८ मा छापिएको ‘त्यो प्यारो प्यारो पहाडी गाउ“को नाम थवाङ हो’ शीर्षकको कविताले वहा“लाई आभ्यासिक कविभन्दा पनि खाारिएको र माझिएको कविको रूपमा उपस्थित गराएको छ । शोषकवर्ग तथा वर्गबैरीविरुद्ध भित्रैसम्म भेदन गर्ने कवि भएकाले शोषकवर्ग तथा फासीवादी सत्ता वहा“को कलमविरुद्ध बन्दुकका साथमा उभिएको (अलिकति स्रस्टा र सिर्जनाका बारेमा) मात्र होइन, बन्दुकले निर्ममतापूर्वक हत्या समेत गरेको छ । आनो काव्य संसारमा इच्छुक अमर हुनुहुन्छ र वहा“का मूल्यवान् सिर्जनाले नया“ पुस्ताका सर्जकहरूलाई सिर्जनकर्ममा लाग्न प्रेरणा दिइरहनेछन् । कर्म र शब्दलाई एकात्म बनाई रचनात्मक संघर्षमा होमिनुभएका इच्छुकको काव्य–कविताको अध्ययन–विश्लेषण कविता–काव्यकै फलकमा गर्नुपर्ने हुन्छ र तिनका प्राप्ति के कस्ता रहेका छन् भन्ने कुराको निक्र्योल गर्न सकिन्छ । 
२. शोकाञ्जली ः करुणा र विद्रोहको काव्य
वि. सं. २०४८ मा प्रकाशित ‘शोकाञ्जली’ काव्य सहिद मित्रमणि आचार्यको हत्यालाई आधार बनाई सिर्जिएको हो । संघर्षशील, योद्धा विद्यार्थी मित्रमणि आचार्यको हत्याबाट कविका हृदयमा परेको पीडा र त्यसबाट योद्धा सहिदप्रति उम्लिएको प्रेमभावलाई श्रद्धाञ्जलीस्वरूप काव्यको रूप दिइएको पाइन्छ । २०४८ सालमा छापिएको भए तापनि यस काव्यको सिर्जना भने २०४२ सालमै भएको कविको भूमिकामा रहेको आत्मस्वीकृतिबाट थाहा पाइन्छ । बन्दी जीवन बिताइरहेका कविले आनो मित्रको हत्याबाट विव्हल बनी शोकाञ्जली काव्य रचना गर्नुभएको हो । भावुक र प्रबल सम्वेदना भएका कविलाई ‘हत्या’ काव्य–सिर्जनाको प्रमुख कारण बनेको कुरालाई कवि आपैmंले यस रूपमा उल्लेख गर्नुभएको छ ः
सहिद मित्रमणि आचार्यसितको मेरो वैचारिक मित्रता, सांगठनिक हार्दिक आत्मीयता, म जेलभित्र हु“दा उनले मलाई लेखेका भावपूर्ण दुई चिठ्ठीहरू र सबैभन्दा महŒवपूर्ण कुरा त एकाएक उनको दुःखद हत्याको तीतो खबरले मेरो व्याकुल हृदयमा परेको असह्य बज्रप्रहार नै यो ‘शोकाञ्जली’ जन्मनुको मूल कारण र त्यसको पृष्ठभूमि हो । मेरो बन्दी जीवनको पीडा र घोेर एकाकी क्षणको त्यो बेलामा एउटा प्रिय मित्रको निर्दयतापूर्ण हत्याको खबरले मलाई जस्तो गहिरो शोकको गरम अनुभूति गरायो, त्यसैलाई यहाँ“मैले निश्छल अभिव्यक्ति दिएको छु (मेरा केही कुराहरू, पृष्ठ ६) ।
आना प्रिय मित्र मित्रमणि आचार्यको हत्याद्वारा उद्वेलित कवि सेन काव्यभरि नै शोकाकुल, व्यथित हुनुहुन्छ । कविले पाठकलाई आनो नायकप्रति सम्मोहित गराउ“दै उसको अटल आस्था, उसको नायकत्व, उसको वैचारिक प्रतिबद्धतालाई देखाउनुभएको छ । काव्य–नायकका बीच वैचारिक सम्बन्ध छ । अपरिचितको पर्खाललाई  वैचारिकताको हतियारले भत्काएर सहगमन गरेको छ । तीन खण्डमा विभाजित शोकाञ्जलीको केन्द्रीय कथ्य मित्रहत्याजन्य पीडा, दुःखभाव र विद्रोहको बोध हो । साहित्यकार पारिजातका दृष्टिमा कारागारभित्र जन्मिएको ‘शोकाञ्जली’ कर्मठ साथीको मृत्युपछि सेनको कलम छटपटिनु, एउटा शोककाव्य लेखिनु साहित्यिक मात्र नभएर वैचारिक उपलव्धिका रूपमा रहेको देखिन्छ । एकालापीय शैलीमा रचित उक्त काव्य वैचारिकता र कलात्मकता दुवै दृष्टिबाट उत्कृष्ट छ । यस काव्यमा कवि स्वयं पात्र भएर उभिएका छन् र सम्बोध्य नायकलाई आनो पीडा, दुःख, वेदनाबाट सम्बोधित गरिरहेका छन् । कोठा, आ“गन दिन, रात सबै शून्य शून्य लाग्नु, आनो प्रिय पात्रको अभाव महसुस हुनु, स्मृतिले चिथोर्नु, स्पर्शको रमाइलोपन पाउन नसक्नुको पीडाबोध यहा“को काव्य–पात्रले गरेको छ । काव्यकार मित्रको अभावबाट विह्वल बन्नुभएको छ र बादल, हावा, जून, बिहान, पहाडस“ग प्रश्न गर्नुभएको छ । काव्यमा प्रकृतिलाई मानवीकरण गरी आफूजस्तै दुःखित, उद्वेलित र उत्पीडित भएको देखाइएको छ । ः
के सोध“ू ⁄ शीत रोइरहेको छ 
उजेलोमा हेर्छु दिन रोइरहेको छ 
पूmल रोइरहेको छ÷कली रोइरहेको छ 
को सित मैले के सोधू“ र खोई ? यस घडी
जता हेर्छु सारा प्रकृति रोइरहेको छ । 
(शोकाञ्जली, पृ. १.)
गंभीर संवेदनायुक्त भावका पंक्तिमा कवि–हृदय उद्वेलित बनेको छ । कविपात्र र नायकका बीचको सम्बन्धलाई काव्यकारले यसरी देखाउनुभएको छ ः
मेरो कविताका प्रिय पाठक तिमी
अब ती कविताहरू पढिदिने तिमी नै हुनेछैनौ 
मेरो गीतका प्रथम गायक तिमी 
अब ती गीतहरू गाइदिने तिमी नै हुनेछैनौ 
मेरो जीवनको अमिट प्रेरणा तिमी
अब मभित्र उत्साहहरू भरिदिने तिमी नै हुनेछैनौ
(पृ. ११.)
पाठक, गायक, प्रेरणादायक, उत्साहबद्र्धक मित्रका रूपमा हेर्दै योद्धा नायकको जन्मस्थलको चित्रण र जनमुक्ति पथका लालयोद्धाको अभावमा शोकाकुल बनेका मित्रजनको आहत हृदयलाई शमन गर्न नसकिने भाव अभिव्यक्त गर्दै आपूm शोकाकुल भएजस्तै कालो बादल, चिसो हावा र नीलो पहाडलाई फाट्न, बग्न र भास्सिन अनुरोध गरिएको छ । कविपात्र रोएको देखेर वर्गशत्रु खुसी हुन सक्नेतर्पm संकेत गर्दै काव्यकारले आ“सु रगतमा, शोक शक्तिमा, पीडा प्रतिशोधमा परिवर्तन हुने कुरा औंल्याउनुभएको छ । यहा“को काव्य–पात्र रोएर मात्र बसेको छैन । उसले सामाजिक जीवनको सांघर्षिक यथार्थता र वास्तविकतालाई आत्मीकरण गरेको छ । उसले निर्धक्कसाथ क्रन्तिको निरन्तरतालाई देखाएको छ ः
पराइ आ“सुले पग्लेर तप्केको बलेनीजस्तै
क्षण भर प्रबल सम्वेदनाले चटक्क छाती चक्र्यो 
र म रोए“
हर पल भावुकताले मलाई थिचिरहने छैन ।
यो रक्तिम युद्ध हो वर्ग–संघर्षको 
हाम्रो विकट जिन्दगीका हर संकटपूर्ण घडीमा 
यो कठोर वास्तविकतालाई भुल्ने छैन ।
(पृ. १८)
दुःखद अनुभूति र पीडादायक स्मृतिमा काव्य लेखिएको हुनाले आरम्भदेखि अन्त्यसम्म नै भाव–संवेदना विस्तारित भएको छ । पहिलो खण्ड वा सर्गमा शोकभाव र दोस्रोमा काव्य–नायकको जीवनको पृष्ठभाग र स्वाभिमानपूर्ण जीवनको सम्झना गरिएको छ । तेस्रो खण्डमा त्रूmर जल्लादका हातहरूबाट भएको हत्या र त्यसबाट सहयात्रीका हृदयमा परेको चोटलाई अभिव्यक्ति दिइएको छ । न्याययुद्धको संघर्षका गाथाहरूमा एउटा अमरगाथा थपिएको र न्यायका निम्ति अन्यायका विरुद्ध गरिने युद्धका अग्रपंक्तिमा काव्य–नायक स्थापित भएको कुरा देखाइएको छ । न्यायपूर्ण समर लड्नै बा“की रहेको अवस्थामा पीडा र शोकलाई महान् बलिदानी संचेतनाद्वारा बिर्सन, भुल्न र अग्रगामी परिवर्तनका निम्ति आ“सुका शोकाञ्जली नचढाऊन् भन्ने कामना गरिएको छ । प्रतिरोधात्मक युद्धकामी स्वरबाट काव्यलाई टुङ्ग्याई काव्यको महत्ता बढाइएको छ । काव्यको अन्त्यमा भनिएको छ ः
ए, मेरो प्रिय सखा ⁄⁄⁄
तिम्रो सुन्दर सपनाको रमणीय बगैंचामा 
सुखद विपनाका पूmलहरू नफुलेसम्म
तिम्रो सम्मानमा यही नै सा“चो श्रद्धाञ्जली हुनेछ 
यो रक्तिम युद्धको निर्मम संघर्षमा लड्दा लड्दै 
निराशाको मझेरीबाट
आ“सुका शोकाञ्जली नचढाऊन् कोही ।
(पृ. ३४)
शोकमूलक कथ्यमा संकेन्द्रित भएता पनि काव्यिक कलाका दृष्टिबाट ‘शोकाञ्जली’ काव्य बेजोड रहेको छ । संवेदनाको गर्भ रहे तापनि प्रस्तुति गहन अर्थयुक्त छ । दुःखद यथार्थको गुम्फन र त्यसको आलड्ढारिक कलात्मक अड्ढनमा काव्यकार सेनको विशिष्टता झल्किन्छ । प्रकृतिस“ग तन्मय भएर, प्रकृति झैं उभिएर उपस्थित हुनुभएको छ । शोकलाई विद्रोह र युद्धमा परिवर्तित गर्ने अभीप्सित कामना र त्यसको उठानमा काव्यको नायकलाई राखी सर्वहारावर्गीय चिन्तन प्रकट गरिएको ‘शोकाञ्जली’मा शोकभाव वर्ग–सम्वेदनामा रूपान्तरित भएको छ । काव्यको आरम्भमा सहिदपात्रको हत्याजन्य स्थितिबाट पीडाबोधी पात्र आकुल–व्याकुल भएको छ र मानवीय सम्वेदनाको उच्चतम अवस्थामा पुगेको छ तापनि वर्ग–सीमाबाट कविपात्र बाहिर गएको छैन । ऊ आनै वर्गीय धरातलमा उभिएको छ र काव्यको अन्त्यसम्म पुग्दा दुवै एकाकार बनेका छन् । उद्देश्य, विचार, संलग्नता र प्रतिबद्धताबाट दुवैलाई एकअर्काबाट छुट्याउन नसकिने अवस्थामा पुगेका छन् । काव्य एउटा निश्चित वैचारिक परिणतिमा पुगी टुड्डिएको छ । विभिन्न प्रतीक र बिम्बको उपयोगमा यहा“का काव्यकार सहज बन्दा पनि वर्गचेतनाबाट विमुख हुनुभएको छैन । काव्यको सुरुको पंक्तिबाट नै वहा“ले आफूलाई अग्रगामी चेतनाद्वारा परिपुष्ट, वर्गीय सम्वेदनाद्वारा सम्पन्न, काव्यिक कलाका दृष्टिबाट विशिष्ट रूपमा उभ्याउनुभएको छ ः
स्पात जस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर
अब म गरमजोशीका साथ
फेरि तिम्रो अभिवादन गर्न सक्ने छैन
भेट हु“दाको प्रिय घडीमा
गहिरो आत्मीयताले डोरिएर
पहिले जस्तै फेरि तिमीलाई
अब म बलियो अ“गालोमो कस्न सक्ने छैन ।
(पृ. ९)
‘स्पात जस्तै, दरिलो हात, गरमजोशी, भेटहु“दाको प्रिय घडी, बलियो अ“गालो जस्ता आलड्ढारिक, अर्थगाम्भीर्य र वर्गबोधी शब्दको विशिष्ट प्रयोग काव्यका थुप्रै ठाउ“मा भएको छ । भाव सामान्यीकरण विना काव्यको अन्र्तगर्भमा पाठक पुग्न सक्दैन, वैयक्तिकताबाट सार्वजनिकतातर्पmको उन्मुखतामा नै काव्य बढी रसग्राही, आकर्षक एवं प्रभावशाली बन्छ भने यस काव्यमा काव्यकार सेन त्यही उच्चबिन्दुमा आरूढ हुनुभएको पाइन्छ । विवेच्य काव्यको सर्गबन्धन वा प्रबन्धन पनि कसिलो ढा“चामा भएको छ । अभिव्यक्ति, भाषा, अलड्ढार, प्रतीक–बिम्ब आदिको उपयोग–प्रयोगमा काव्यकार सहज र सौन्दर्युक्त हुनुहुन्छ । आख्यानको प्रगाढता छैन तापनि व्यक्ति–पीडालाई वर्गीय–पीडामा आत्मीकरण गरी अभिव्यक्ति प्रदान गरिएको छ । मित्र–सहिदको सन्दर्भस“ग नेपाली जीवनका उत्पीडन, शोषण र तिनका विरुद्ध भएका संघर्ष, मुक्ति प्रयासहरू एवं अनिवार्य मुक्तियुद्धको मार्गको आकलन–संकेतन उक्त काव्यमा भएको छ ।
३. इतिहासको यस घडीमा ः वर्गसंघर्षको कलात्मक अभिव्यञ्जन
‘इतिहासको यस घडीमा’ कवितासंग्रहमा वि.सं. २०३८ देखि २०५५ सम्म लेखिएका र विभिन्न समसामायिक पत्र–पत्रिकामा केही प्रकाशित र केही अप्रकाशित कविता छन् । सेनको कविता–यात्राको आरम्भविन्दुलाई समेत देखाउने र अन्य विविध समयावधिमा सिर्जित कविताले सेनको काव्यगत उत्कर्षतालाई देखाएका छन् । यसै भूमिकामा “यस संग्रहमा संग्रहित सबैभन्दा जेठो कविता ‘त्यो प्यारो प्यारो पहाडी गाउ“को नाम थवाङ हो’ हो र सबभन्दा पछिल्लो कविता ‘प्रतिबन्ध’ हो । भिन्न भिन्न राजनीतिक परिस्थितिमा लेखिएका दुवै कविताले राज्य–आतंकको कुशल चित्रण गर्नुका साथै त्यसका विरुद्धको विद्रोहात्मक भावनालाई पनि मूर्तता प्रदान गरेका छन् । प्रकाशनका दृष्टिले प्रस्तुत कृति कविको दोस्रो काव्यकृति हो । .....शव्द र कर्मको मेलमा जोड दिने कवि ‘इच्छुक’का कविता सजीव छन्, जीवन्त छन्, लयात्मक र सम्प्रेषणयुक्त छन् । तिनमा एक किसिमको संगीतात्मकता अनुभूत हुन्छ । अनुभूतिको तीब्रता, विषयगत विविधताका साथै स्थानीय रंग र भूगोलको व्यापकताभित्र उहा“का कविताहरू सिर्जित छन्” भनेझैं यस संग्रहमा संकलित एकतीस वटा कविताले ‘इच्छुक’लाई बर्बर सत्ता वा शासकवर्गका विरुद्ध उभ्याएका छन् । नेपाली समाजको वर्ग–स्वरूप, त्यसभित्रको अन्तद्र्वन्द्व र निरन्तर रूपमा प्रवाहित वर्गसंघर्षलाई नजिकबाट स्पर्श गरेका कविले आना भावनाहरूप्रति इमानदारी देखाउनुभएको छ । अनुभूतिको तीव्रतामा वहा“का सम्पूर्ण कविता लेखिएका छन् र तिनले नेपाली समाजको वर्गसांघर्षिक अन्तः चेतनालाई जीवन्तताका साथ मुखरित गरेका छन् । पञ्चायती निरंकुश शासकद्वारा गरिएको निर्मम दमन र यातनाविरुद्ध प्रतिरोधको गीत गाउने गाउ“ थवाङ नेपाल राष्ट्रकै प्रतीक भएर कवितामा उपस्थित छ । चारैतिर घेराबन्दी गरेर सैनिकका बुट, संगीन र कुन्दाद्वारा कुल्चिएको, नङ्याइएको र थिल्थिल्याइएको ‘थवाङ’ले क्रान्तिलाई पिठ्यू“मा बोकेर बचाएको छ भन्ने अभिव्यक्ति प्रशंसापूर्ण छ । क्रान्तिप्रति कवि आशावादी मात्र हुनुहुन्न, ‘थवाङ’ले क्रान्तिको निरन्तरतालाई समेत संकेत गरेको छ । कविताको आरम्भमा त्रासद र भयावह यथार्थको अभिव्यक्ति भएको छ र कविताको मध्यमा पुग्दा नपुग्दै उक्त त्रासद र भयावह यथार्थलाई क्रान्तिधर्मी यथार्थमा रूपान्तरण गरिएको छ । कवि ‘इच्छुक’को यथार्थलाई भेदन गर्ने प्रवृत्तिको सुन्दर उदाहरणका रूपमा ‘त्यो प्यारो प्यारो गाउ“को नाम थवाङ हो’ रहेको छ । अर्काकै मुलुकका निम्ति मरेका लोग्नेबाट बिधवा बन्न विवश नारीको पीडा र मुक्तियुद्धमा लाग्नुपर्ने सन्देश दिने ‘आइती’ शीर्षकको कविता यथार्थवादी रहेको छ । मुक्तियुद्धको असल योद्धा, नेता, शिक्षक, मुक्तिदाता एवं क्रान्तिको पथ प्रशस्त गर्ने नायकहरूप्रतिको सम्मोहन अभिव्यक्त ‘प्रिय कामरेड’ र सहिद र आमाप्रति लेखिएको ‘यो घाम पनि रापिएर तातो तातो छ आज’ विदेशमा गुलामी गर्न विवश बनाइएका लाहुरेप्रतिको भावना व्यक्त गरिएको ‘लाहुरे’मा नेपाली समाजको यथार्थ, त्रूmर वास्तविकतालाई अभिव्यञ्जित गरिएको छ । विश्व जनमतको उपेक्षा गर्ने र विश्वका मानिसहरूलाई युद्ध थोपर्ने युद्ध पिपासुका विरुद्ध आवाज उराल्दै स्वभिमानी, निर्भीक, प्यालेष्टिनी मुक्तिकामी जनताको युद्धप्रति समर्थन ‘प्यालेष्टिनी मित्रहरूका नाममा’ शीर्षकको कवितामा गरिएको छ । श्रमजीवीवर्गप्रति अभिरम स्नेह र ममताको अभिव्यक्ति भएको ‘तिमी र तिम्रो पसिना’मा संसार सुन्दर बनाउने सर्वहारावर्गको गौरवगान गरिएको छ । 
कवि यहा“ भन्नुहुन्छ ः
तिमीस“ग पसिना छ र तिमी महान् छौ
तिमीस“ग पसिना छ र तिमी श्रद्धेय छौ
तिमीस“ग पसिना छ र तिमी सुन्दर छौ
संसार ह“साउने कर्मीहरू हो
तिम्रा आ“सुले रुजेका परेलाका डोबहरू
बोलून्÷नबोलून्
म सत्य सत्य बोल्छु,
तिमीबिना घर÷घर हुने थिएन
तिमीबिना महल÷महल हुने थिएन
तिमीले पसिना नपोखेको भए
आज जस्तै यो दुनिया“ झलमल हुने थिएन
संसार सजाउने श्रमिकहरू हो
तिम्रा मूक वेदनाका मौन पीडाहरू
बोलून्÷नबोलून्
म सा““चो–सा“चो बोल्छु,
संसार तिम्रो हो÷तिम्रै पसिनाको हो 
(पृ–१८)
माथिका पंक्तिहरूमा श्रमिकवर्गको महानतालाई गौरवपूर्ण रूपमा देखाइएको छ≤ ऐतिहासिक यथार्थलाई वर्तमानका पीडास“ग गा“सेर अर्थवान् बनाइएको छ । जनशत्रुका पक्षमा उभिन खोज्ने निरीह मान्छेहरूलाई सम्बोधन गरी लेखिएको ‘जनताको ढाल या बैरीको अचानो’, दक्षिण अफ्रिकाका अश्वेत कवि बेन्जामिनको समर्थनमा ‘बेन्जामिन मोलाइसको सम्झनामा’ कवितामा भग्न–विभेदको नग्न साम्राज्य धेरै दिन टिक्न नसक्ने सगर्व घोषणा गरिएको छ । अबोध नानीहरूलाई दास–दासी वा कमारा–कमारी बनाएर राख्ने सामाजिक संरचनाका विरुद्धमा ‘झुल्केको घामका राता किरणहरू’ कविता सिर्जित छ । यसमा साना–साना नानीहरूलाई आलम्वन बनाई इस्पाती तरवार बनेर युगको विकल्प र निर्माणको संकल्प बोकी उठ्न, ब्यू“झन र बज्रन आव्हान गरिएको छ । ‘इच्छुक’ यथार्थविरोधी, जनविरोधी र मानवताविरोधी भावमा आधारित कविता लेख्ने कविहरूप्रति तीव्र विरोधको भाव प्रकट गर्नुहुन्छ ः
छुन छन्द र कुन रसमा तिमीले
भन आजको कविता लेख्छौ
कुन प्रतीक र बिम्बहरूले सजाई
शब्द–शब्दमा जादु भर्छौ
किन जनमनको हृदय चुमेर
तिम्रो कविता खुसीले रम्न सकेन
किन युग युगको धड्कन बनेर
गला गलामा बज्न सकेन ।
(कविस“ग, पृ–२७)
यस संग्रहमा संकलित काठमाडौं मेरो देशको राजधानी, कान्छी भट्टी र देश, इतिहासको यस घडीमा, जेल, भाउजू, बन्दी, सुगा र उन्मुक्तिको चाहना, बहिनीको सम्झनामा, हात लाग्यो शून्य, बर्मझिया, दार्बोटको जंगलमा, घोमपाल, सेतु जैसीको घर, तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध, पुर्खे सुनारकी आमा, यक्ष–प्रश्न, सलाम जेलवाङ, गोचाली, सिम्ठारो धान, बन्दी छोराको पत्र, प्रतिबन्ध आदि शीर्षकमा रहेका कविताले यौद्धिक र विद्रोहधर्मी परिवेशलाई चित्रण गरेका छन् । ‘इच्छुक’का कवितामा यथार्थिक जीवनको भित्री र बाहिरी द्वन्द्व जीवन्तता, कलात्मकता र काव्यात्मकताका साथ व्यक्त भएको पाइन्छ । वहा“का कविता विविध विषयमा लेखिएका छन् र ती कविता जीवनको सत्यताबाट उद्वुद्ध भई सिर्जिएका छन् । सामान्यताबाट कविता आरम्भ भएर भावस्तरमा असामान्यता वा सघनतातर्पm उन्मुख हुनु, जीवनको अनुभव मात्र होइन, जीवनलाई स्पर्श गर्नु, वर्ग–सम्वेदनालाई समात्नु र पाठकलाई वर्ग–पीडामा चुर्लुम्म्याउनु, वाग्वैदग्घता वा वक्र अभिव्यञ्जना हुनु, कविताका प्रत्येक पंक्ति–पंक्तिमा योद्धा उभिनु, शब्द–शब्दमा काव्यात्मकता पाइनु ‘इच्छुक’का कविताका प्राप्ति हुन् । कवि कतै पनि आना कवितामा हतास, भयभीत, शड्ढालु र विस्मयवादी भएर उपस्थित हुनुभएको पाइ“दंै । बरु साहस, आत्मविश्वास, निर्भीकता र प्रतिबद्धताका साथ काव्य–पथमा उभिएर कवितामा सामरिक अभिव्यक्ति दिनुभएको छ ः
तिनै बिपनाहरूको अर्चनामा 
मेरो रगत देशकै लागि बगोस् आमा ⁄
म जहा“ मरु“ देशकै लागि मरु“
मुक्तियुद्धको हवन–कुण्डमा
मेरो जीवन पवित्र समिधा बनोस्
मेरो प्राण प्रज्ज्वलित अग्नि बनोस्
र म जैले मरु“ देशकै निम्ति मरु“ ।
(बन्दी छोराको पत्र, पृ–७१–७२)
कविको परिवर्तनप्रतिको तीब्र चाह, प्रतिबद्ध संकल्प, दृढ आस्थामा रत्तिभर कमी नआएको कथ्यलाई निम्न पंक्तिले देखाएका छन् ः 
त्यसैले गति रोकिंंदैन
अ“धेरो युगको कायाकल्प हुन्छ आमा ⁄
इतिहास फेरिन्छ÷इतिहास फेरि रचिन्छ 
र, फेरि नया“ युगको नया“ यात्रा सुरु हुन्छ 
र, फेरि नया“ जीवनको नौलो कथा सुरु हुन्छ 
(बन्दी छोराको पत्र, पृ–७२)
वस्तुतः ‘इच्छुक’ यस युगका सशक्त र कलात्मक हस्ताक्षरका रूपमा रहनुभएको छ । जीवनका संघर्ष र त्यसको अनुभवबाट सिर्जित हुनाले वहा“का कवितामा रागात्मकता र तीव्र काव्यात्मकता पाइन्छ । रुग्ण जिन्दगानीका विपरीत ‘इच्छुक’ समग्र कवितामा कठोर, दृढनिश्चयी, संघर्षी देखिनु हुन्छ । जीवनको कठोर र द्वन्द्वात्मक अवस्थाजन्य अनुभूतिको उपज हुनाले वहा“का कविता गद्य हु“दाहु“दै पनि संगीतात्मक बनेका छन् । उहा“का कवितामा राजनीतिक स्वर तीव्र छ र अनुभूत यथार्थको अभिव्यक्तिमा वर्गीय पक्षधरता छ । कतै कतै अभिधाधर्मी भए तापनि धेरैतिर अर्थमयी वक्रता वा व्यञ्जनाधर्मी भएर ‘इच्छुक’ उभिनुभएको छ । 
४. बन्दी र चन्द्रागिरि ः मुक्तिको गीत 
प्रगतिवादी स्रष्टा ‘इच्छुक’को ‘बन्दी र चन्द्रागिरि’ लामो संरचना भएको कविता हो । यो ‘भट्टेडा“डा चौकीमा साहसिक आक्रमण’ लेख लेखेको फलस्वरूप तत्कालीन सत्ताले हातहतियार खरखजानाको मुद्दा लगाई कैद गरेको अवस्थामा झ्यालखानामै लेखिएको काव्य हो । यसमा काठमाडौ“को दक्षिणपश्चिमतर्पmको क्षितिजलाई छुन खोज्ने चन्द्रागिरि पर्वत–श्रृंखलालाई आलम्बन बनाइएको छ≤ उक्त पर्वतलाई प्रतीकका रूपमा उभ्याइएको छ र काव्यकारले चन्द्रागिरिलाई सम्बोधन गरी आना मुक्तिकामी सुन्दर भावनालाई अभिव्यक्ति दिनुभएको छ । यहा“ काव्यकारले आपैंmले आनो धारणा अभिव्यक्त गर्ने कविप्रौढोक्ति कथनपद्धतिलाई अ“गाली चन्द्रागिरि पर्वतस“ग रागात्मक, भावात्मक सम्पर्क स्थापित गर्दै मुक्तिको सपनालाई लयात्मक अभिव्यक्ति दिनुभएको छ । श्रृंखलाबद्ध रूपमा लेखिएको ‘बन्दी र चन्द्रागिरि’भित्र (क) चन्द्रागिरि म तिमीलाई हेरिरहने गर्छु, (ख) मेरो छातीभित्र मुटुमा छ मेरो देश, (ग) हा“डी गाउ“को जात्रा सधैं जात्रा रहनेछैन, (घ) मन देश–देशान्तर घुमिरहन्छ, (ङ) तिम्रो छातीभित्र एउटा रातो गुलाफ रोप्नु, (च) सम्झनामा नाचिरहेकाहरूको सम्झना, (छ) ए ⁄ सिन्धुलीकी महान् आमा ⁄ (ज) जारी रहने छ हाम्रो संकल्पको यात्रा शीर्षकका छुट्टाछुट्टै कविता भए पनि केन्द्रीय कथ्य वा अन्तर्वस्तु एउटै छ । समालोचक डा. ऋषिराज बरालले “यो लामो कवितामा भावुकता पनि छ । तर भावुकतालाई विचारको चमकले उज्यालो पारेको छ । क्रान्तिकारी आशावाद छ । यसको लयात्मकता, यसको प्रवाहपूर्ण अभिव्यक्ति र चेतना प्रवाहात्मक शैलीले मलाई बढी प्रभावित पा¥यो । त्यसैले यस श्रृंखलाबद्ध कवितालाई लामो कविता भन्न मन लाग्यो” भनेका छन् । वास्तबमा यो कृतिले ‘इच्छुक’लाई युगको सार्थक प्रस्तुति गर्ने सिद्धहस्त काव्यकारका रूपमा उभ्याएको छ र वर्ग–संवेदना उमार्नमा काव्यकारले औधी महŒवपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । यस लामो कवितामा ‘इच्छुक’को सर्जक व्यक्तित्व गम्भीर यथार्थस“ग सम्पृक्त र एकाकार बनेको पाइन्छ । काव्यकारको अभिव्यक्तिले यहा“ प्रौढता प्राप्त गरेको छ र भावावेगमा प्रवाहित भएर पनि वर्गीय–संवेदना, वर्गीय–चेतनाबाट काव्यकार सुसज्जित हुनुहुन्छ । पर्खालभित्रको एक्लो मान्छेका रूपमा यहा“को बन्दी नायक देखिंदैन । यहा“को मुक्तिपथको योद्धायात्रीले चन्द्रागिरिस“गको सामिप्यमा आत्मीयता पाएको छ ः
प्रिय चन्द्रागिरि ⁄
बन्दी जीवनको पीडा र विषादमय घडीमा
तिम्रो आत्मीय उपस्थिति मलाई
मध्यान्हको चर्को गर्मीमा 
डा“डाको शीतल चौतारीजस्तै भएको छ ।
तिम्रो एक झलक मीठो मुस्कान 
मरुभूमिको थकित पथिकलाई
मनको तृष्णा मेटाउने
मनोरम हरियाली जस्तै भएको छ ।
(पृ. २) 
बन्दीले चन्द्रागिरिस“ग मौनसंवाद गरेको छ र त्यसै संवादले एकालापी काव्य वा लामो कविताको स्वरूप प्राप्त गरेको छ । आपूmलाई, आनो उद्देश्यलाई र जीवनको मार्ग वा पथलाई खुलस्त रूपमा बन्दीले यहा“ प्रकट गरेको छ । सहजता र लयात्मकताका साथ बन्दीले आना विचार राखेको छ ः 
मैले चाहें सधै“ आ“धी र हुरीमय जीवन
मैले चाहें संधै“ सार्थक र गरिमामय जीवन
मैले कुरूपताहरूबीच पनि सधै“
जीवनको सुन्दरता खोजें
अर्थ खोजें महŒव खोजें
र सधैं नीचता र दुष्टताहरूलाई
हरपल घृणाले पिच्च थुकें । 
(पृ. ४)
हुरी र आ“धीमय जीवनको खोजी र त्यसैमा समर्पण हुने चाह, कुरूपताबीच सुन्दरताको अन्वेषण, नीचता र दुष्टताप्रतिको घृणाको प्रतिरोधीभावमा बन्दी परिचित हु“दै गएको छ । अझ अगाडिका पंक्तिमा बन्दी नायकले मानवद्वेषी सत्ताका विरुद्धमा उम्लिने झञ्झावात र उल्कापात एवं गतिवान्, जलप्रपातमय जिन्दगानी प्रिय लाग्ने विचार प्रकट गरेको छ ः
मलाई वसन्तस“गै आउने 
झञ्झावात र उल्कापात प्रिय लाग्छ
कहा“ हुन्छ जीवन सपाट सुख्खा बगर जस्तो 
मलाई बेगवान् पहाडी नदी 
र जलप्रपात प्रिय लाग्छ । 
(पृ. ५)
राष्ट्रिय स्वभिमान स्खलित हु“दै गएकोमा बन्दी चिन्तित भएको छ । अर्धसामन्ती र अर्धऔपनिवेशिक सामाजिक संरचनाजन्य शोषण–उत्पीडन, दमन, आतंकद्वारा ग्र्रसित स्वाभिमानी व्यक्तिहरूले जब आनो मुलुकलाई स्नेह गर्न खोज्छन्, त्यतिबेला स्वाभिमानी, राष्ट्रप्रेमी मानिसहरूलाई शासकहरूले ठिंगुरामा ठोक्ने गरिएको यथार्थतालाई ‘मेरो छातीभित्र मुटुमा छ मेरो देश’मा देखाइएको छ । राष्ट्रिय स्वभिमान अ“ध्यारो खोपीमा मिल्क्याइएको, कालापानी कहालिएको, सुस्ता लुटिएको, महेशपुर कुल्चिएको, टनकपुर टन्किएको, दसगजाबाट सीमा स्तम्भ हराइरहेको, देशको अस्मिता लुछिएको, राष्ट्रियता विखण्डित भइरहेकोमा बन्दी दुःखित छ र नालापानीको युद्ध पर्खिरहेको छ । राष्ट्रियता, मुक्ति, स्वतन्त्रता, न्याय, समानताका निम्ति उठाइएको आवाजका विरुद्धमा जनताका वैरीहरूले स्वाभिमानी राष्ट्रप्रेमीलाई आतंककारी घोषित गरेर, आ“खामा पट्टी बा“धेर गुप्त शिविरमा थुने पनि देशभित्रको उज्यालो ज्योति निभाउन नसक्ने यथार्थलाई अभिव्यक्ति दिइएको छ । बन्दी यहा“ दावानल भएर उभिएको छ र उसले आकाश थाम्न खोज्ने हुटिट्याउ“का विरुद्ध विद्रोही स्वर उरालेको छ । 
महानिर्वाचनको कुजात्राको सन्दर्भमा बकम्फुसे आश्वासन, अर्थहीन र सारहीन भाषण, भोका जनतालई भ्रम दिने क्रिया, शान्ति, सु–व्यवस्थाका नाउ“मा मुक्तिका सुन्दर सपना रेट्ने प्रस“ड्ड, रामराज्यका सपना बा“ड्ने कुरा, हिंस्रक चितुवा र बाघहरूमध्ये एउटाको छनौट जस्ता कुरूप व्यवस्थाका साधनद्वारा शासकहरूले मानवीय हक–अधिकारलाई ध्वस्त पारेका छन् भन्दै बन्दीले सुन्दर सपना र महान् आदर्शलाई आनो आस्था बनाएको सन्दर्भलाई अभिव्यक्ति दिएको छ । जीवनग्रासी यथार्थताविरुद्ध रक्तक्रान्तिका रातारेखाहरूले ज्वालामुखीको लप्का पग्लाइरहेको, नया“ इतिहासको अग्रगामी धारा बगिरहेको र कही“ नदेखिने हा“डी गाउ“को जात्रा अर्थात् कुरूप व्यवस्थाको आतंक सदा नरहने निष्कर्षमा बन्दीपात्र पुगेको देखिन्छ । त्यसरी नै ‘अटल छ मेरो आस्थाको सगरमाथा’मा जुलुश यात्राको सन्दर्भ आएको छ र यसले अघिल्लो श्रृंखलाको चुनाबी सन्दर्भपछिको विजय जुलुसतर्पm संकेत गरेको छ । यस श्रृंखला वा भागमा काव्यकारले आनो आस्था अटल रहेको कुरा देखाउनुभएको छ । कठिनतम संघर्षमा यहा“को बन्दीले आपूm अभिएको धरातललाई देखाएको छ । ऊ कुरूपता, दुष्टता र दासताका विरुद्धमा सुन्दरता, भद्रता र स्वाधीनताका पक्षमा छ । बन्दी आपूmलाई यस रूपमा प्रस्थापित गर्छ ः
म त चाहिरहेछु फगत
मेरो देशको छातीमा 
अन्तिम गोली थाप्ने पछिल्लो सिपाही बन्न
म त चाहन्छु
मेरो लाभको निम्ति
देशमा ब्रम्हलुट मच्चाउने छुट
मैले पाउनु हु“दैन 
म त चाहन्छु
मेरो स्वार्थको खातिर
देशै बन्धकी राख्ने छुट
मैले पाउनु हु“दैन
मेरो सुख सयलको निम्ति
अरू कसैले नर्कको दुःख पाउनु हु“दैन ।
(पृ–२१, २२)
मानवजातिका मुक्ति प्रयास, सार्थक जीवनको निम्ति गरिएका संघर्षप्रति आनो अभिमत व्यक्त गरिएको छ काव्यमा । साम्राज्यवादी, प्रभुत्ववादी र विस्तारवादी शोषकवर्गको विरुद्धमा तीखो अभिव्यक्ति प्रकट गर्दै जनमुक्तिको अविश्राम यात्राप्रति समर्थन जनाइएको छ । काव्यमा महान् मुक्तियुद्धमा आत्मउत्सर्ग गर्ने वीराड्डनाको सन्दर्भलाई देखाइएको छ र महासमरकी महायात्रीको गौरवगान गरिएको छ । प्रियनजको स्मृति, जनगायक र बादकहरूको सम्झनामा बन्दीनायक करुणाद्र्र बने पनि समरयात्राको पथबाट विचलित भएको पाइ“दैन । समरमा मारिनेहरूप्रति श्रद्धाभाव व्यक्त गर्दै पर्खालबाहिरको संसारलाई बन्दीले हेरेको छ र मुक्तिकाम्य स्वप्न, आस्था, यौद्धिक–संकल्प र सहगमनलाई प्रतीकात्मकताका साथ व्यक्त गरेको छ ः
तर यस पर्खालभित्रबाट पनि
देख्दछु म पर्खालबाहिरको उन्मुक्त संसार
जहा“ मेरो मन
स्वतन्त्रताको साथ रमन गरिरहन्छ
यहा“बाट पनि देख्दछु म मेरो लक्ष्यको धरहरा
यहँ“बाट पनि देख्दछु म मेरो विश्वासको नागार्जुन
यहा“बाट पनि म देख्दछु म मेरो संकल्पको भट्टेडा“डा
जहा“ मेरो मन
मेरा प्रिय सहयात्रीहरूस“गै परिभ्रमण गरिरहन्छ । 
(पृ–५१, ५२)
बन्दी कारागारभित्र पनि लक्ष्यको धरहरा, विश्वासको नागार्जुन र संकल्पको भट्टेडा“डामै दृढताका साथ उभिएको छ । बन्दीले चन्द्रागिरिलाई कही जनछापामार, महाजनसमरको योद्धा, नवयुगकी नवदुर्गाका रूपमा उभ्याउ“दै आपूm नरहे पनि महान् आशा र अभिलाषाहरू, सपनाहरू, रहिरहने भावना व्यक्त गरेको छ । सा“चो अर्थमा जबसम्म कुरूप धर्ती सुरूप धर्तीमा बदलिंदैन तबसम्म सुन्दर संसारनिर्माण गर्ने संघर्षको यात्रा जारी रहनेछ भन्दै यहा“को बन्दीले तेस्रो सहस्राब्दी विजयको सहस्राव्दी हुने उद्धोषमय अभिव्यक्ति प्रकट गरेको छ । 
‘बन्दी र चन्द्रागिरि’ लामो कवितामा संघर्षकारी क्रान्तिकारीको अन्तव्र्यक्तित्व र बाह्यव्यक्तित्व सुस्पष्ट रूपमा आएको छ र यहा“ बन्दीले चन्द्रागिरिलाई सम्बोधन गरेको छ । चन्द्रागिरि नेपाली जीवनको यथार्थ परिवेशको साक्ष्य हो । जुन भित्र र बाहिर दुवैतर्पm विस्तारित छ । बन्दीको जीवन मात्र होइन, बन्दीको अटल आस्थाको प्रतीकात्मक आधार हो । यहा“ नेपाली जीवनका विविध सन्दर्भ, कुरूप यथार्थ, शोषण, दोहन, अत्याचार, अन्यायका रूपहरू, तिनका विरुद्ध सुरूपता, नया“ निर्माण, न्याय, समानता र स्वतन्त्रताका पक्षधरका संघर्ष र समरका प्रयत्नहरू कवितामा आएका छन् । भद्रगोल जेलमा बन्दी भएको योद्धा–नायकले चन्द्रागिरि पर्वतलाई साक्षी बनाएर क्रन्तिधर्मी आना विचार, कुरूप यथार्थको अनावरण, आनो सामरिक निष्ठा, सर्वहारावादी भावना, वर्गशत्रुको अन्तर्वाह्य स्वरूपको सहज चित्र, नेपाली जीवनमा स्थापित, विकसित र परिष्कृत हु“दै गएको वर्गयुद्धको कलात्मक अभिव्यक्ति गरेको छ । कवि इच्छुक यहा“ असुन्दर, विद्रुप, कुरूप र निषेधमुखी तŒवका विरुद्ध दावानल भएर उभिनुभएको छ । नेपाली प्रगतिवादी कविता परम्परामा भाव, भाषा, बिम्ब, प्रतीक र अलड्ढारका दृष्टिले इच्छुकलाई वहा“का कविताले उच्च शिखरमा उभ्याएका छन् । आत्मचरितात्मक हु“दाहु“दै पनि सार्वजनिन वर्गीय चरित्राख्यान बन्न पुगेको छ ‘बन्दी र चन्द्रागिरि’ । बन्दी नायक मानवीय पात्र र चन्द्रागिरि भूगोलसन्दर्भस“ग गा“सिएको पात्रको समन्वय र प्रस्तुतीकरणमा इच्छुकको अभिव्यक्ति र कलाविधानले महŒवपूर्ण भूमिका खेलेको छ । आना आगोका फिलुड्डा जस्ता भावनालाई काव्यभूमिमा उतारेर क्रान्तिकारी उद्देश्य र सन्देशमा रूपान्तरित गर्नमा ‘इच्छुक’ सफल हुनुभएको छ ।
५. निष्कर्ष 
विक्रमको २०३० को दशकको आरम्भदेखि कवितायात्रामा संलग्न रहं“दै आउनुभएका ‘इच्छुक’ले छोटो समयावधिमा नै थुप्रै कविता र एउटा खण्डकाव्य र एउटा लामो कविता लेख्नुभएको छ । त्रूmर यातना र दमनबाट कहिल्यै पराजित र समर्पित हुन नचाहने ‘इच्छुक’लाई गिरतार गरी शासकहरूले अमानवीय रूपमा हत्या गरे । वहा“को क्रान्तिकारी र संघर्षशील व्यक्तित्वबाट शासकहरू त्रसित भएर निर्मम हत्या गरे पनि वहा“का कलात्मक विशिष्टता बोकेका कृतिहरू पाठकसामु रहेका छन् । यी कृतिहरूका आधारमा के देखिन्छ भने ‘इच्छुक’ क्रान्तिकारी भाव–दृष्टि भएका सर्वहारावादी कवि हुनुहुन्छ । नेपाली जीवनमा विकसित वर्गसंघर्ष र त्यसको तीब्रतालाई नजिकबाट स्पर्श गर्दै जीवनका वास्तविकतालाई नेपाली जनताको मुक्तिसंघर्ष र संघर्षशील प्रवृत्तिलाई ‘इच्छुक’का कविताले अभिव्यञ्जित गरेका छन् । वहा“का कविता सहज, सुबोध र हृदयसंवेद्य छन् । गद्यशैलीमा लेखिएका भए पनि अन्तः संगीतात्मक विशेषताले गर्दा गेयात्मक बन्न पुगेका छन् । वहा“को अभिव्यक्ति पद्धति एकदमै प्रभाविलो छ र आकर्षक छ । वहा“ले नेपाली जीवनका विविध दृष्य, बिम्ब र विचारधारात्मक भाव–सत्यलाई कलात्मकताका साथ अभिव्यक्ति दिनुभएको छ । वैचारिकता, शैल्पिक–उच्चता र यथार्थवादी पद्धतिका दृष्टिबाट वहा“का फुटकर कविता, खण्डकाव्य र लामो कविता उत्कृष्ट रहेका छन् । अनुभूतिको तरलता र रागात्मकतामा वहा“ले वस्तुगत जीवनको यथार्थलाई केलाउनु भएको छ र जीवनको सत्यतालाई जीवनकै सन्दर्भमा पस्कनुभएको छ । ‘इच्छुक’ सर्वहारावर्गको मुक्तिका योद्धा हुनुहुन्छ र वहा“ले आना काव्य–कृतिमा सर्वहारावर्गकै पक्ष लिई तिनीहरूकै संघर्षको अभिव्यञ्जना गर्नुभएको छ । वास्तवमा सहजतामा पनि व्यञ्जनात्मकता छ वहा“का कवितामा । साथै सत्ताको त्रूmरताको अनावरण र सर्वहारावर्गीय जीवनादर्शको अभिव्यक्तिमा मिठास छ । विचारोेत्तेजकता भए पनि कोमलता छ र सामाजिक यथार्थ र प्राकृतिक सौन्दर्यको अपूर्व एवं उदात्त सम्मिलन छ । व्यङ्य–विद्रोहका साथै अनुभूत यथार्थ र अग्रगामीचेतको अभिव्यक्ति छ ।


कविता
ट्राफिक जाम 
– आहुति

१. उता अस्पताल÷यता रासन बजार 
बाया“तिर कारखाना÷दाया“तिर धेरै धेरै कार्यालयहरू 
चारैतिर फर्किएको छ चिल्लो सडक
चिल्लो सडकमा लम्पसार परेका छन् 
किर्नाजस्ता चिल्ला कारहरू, साङ्लाजस्ता मोटरसाइकलहरू 
चारै दिशाका पेटीमा अलपत्र छन् 
खडेरीका कमिलाजस्ता दुब्ला मानिसहरू 
रोकेर सबलाई सवारी चलाउन तम्तयार छन् 
दौरा सुरुवालमै ट्राफिक बनेर उपस्थित 
रबरस्टाम्पजस्ता मन्त्रीहरू 
सडकका हर्न बजाइरहेछन्÷पेटीका लगातार कराइरहेछन् 
‘जाम खुल्नुप¥यो, जाम खुल्नुप¥यो ⁄’ 

तर के गर्ने ? 
आज विशेष सवारी छ 
ट्राफिक जाम छ ⁄

२. हुइ“किएर आएको मारवाडी सेवा समितिको एम्बुलेन्स 
बाटो नपाएर हर्न बजाइरहेछ 
तरुनी मधुमास अजीर्ण पल्टेर एउटै डल्लो परेको बुढो कांग्रेस 
झुसिलो डकारको अवाजमा एम्बुलेन्सभित्रबाट कराइरहेछ
‘अस्पताल चा“डै पुग्नुप¥यो, जाम खुल्नुप¥यो ⁄’ 

  एम्बुलेन्सलाई ‘ओभरटेक’ गर्दै आइपुगेको रातो पजेरो 
छटपटाउ“दै हर्न बजाइरहेछ 
नौ महिनामै पारपाचुके माग्ने धनी बाउकी छोरीको 
निमन्त्रणामा रात्री भोज खान हिंडेको पागलप्रेमीजस्तो एमाले 
रातो पजेरोभित्रैबाट रू“दै कराइरहेछ 
‘जाम खुल्नुप¥यो, भोजमा जान पाउनुप¥यो ⁄’ 

खटाई खटाई खाएर ‘इभनिड्ड वाक’मा पचाउन निस्केको 
खेलाडी पोशाकको राप्रपा 
एउटा हातले ट्राफिकलाई गर्दै ‘हाई’
अर्को हातले एमालेलाई गर्दै खुचिङ ‘बाई बाई’ 
स्वरमा स्वर मिलाइरहेछ 
‘जाम त खुल्नुप¥यो, बाटो त तर्नैप¥यो ⁄’ 

तर के गर्ने ? 
आज विशेष सवारी छ 
ट्राफिक जाम छ ⁄

३. चक्काजामको विरोध गरिरहने
मोटरसाइकलहरूको मेख मार्न तम्सेझैं 
यो ट्राफिक जामलाई तोड्न 
केवल मैनबत्ती जुलुस गरेर फर्किएको जनमोर्चा 
आनै जुलुसलाई असन्तुष्टि पोखेझैं चिच्याइरहेछ 
‘जाम तोड्नुप¥यो, अगाडि बढ्नुप¥यो ⁄’ 

आजको भक्तपुरलाई पर्यटकको जिम्मा लगाएर 
जाममा फसेको नगरपालिकाको गाडीमा उपरखुटी कसेर 
सय वर्षपछिको भक्तपुरको बारेमा सोचमग्न छ 
भूपतीन्द्रको शालिकझैं ध्यानमग्न छ 
नेमकिपा दल बिनाहलचल ⁄

यो ट्राफिक जामको भीडमा बारमाथि उक्लिएर 
लम्बु कोटले छोपेर लागेका घाउ र उम्रेका खटिराहरू 
का“धमा उभ्याएर एउटा सेतो परेवा 
खल्तीभित्रको पिस्तोलको घोडामा तम्तयार राखेर चोर औंला 
शान्तभावमा मुसुमुसु हा“स्दै कुनै जादुगरको भा“ती उभिएको छ 
यो ट्राफिक जाममा फस्न पुगेको माओवादी 
ऊ पनि सबैलाई खिसी गरेझैं स्वरमा स्वर मिलाइरहेछ 
‘जाम खुल्नुप¥यो, आनो बाटो लाग्न पाउनुप¥यो ⁄’ 
तर के गर्ने ? 
आज विशेष सवारी छ 
ट्राफिक जाम छ ⁄

४. यो अशान्त ट्राफिक जामको भीडमा 
अस्पताल पुग्न बाटो काट्न नपाएर चिच्याइरहेकी छ 
प्रसूतिव्यथाले छटपटाइरहेकी छ 
एउटी आइमाई 
ऊ कसलाई पुकारा गरिरहेकी छ बुझिन्न 
ऊ कसलाई गाली गरिरहेकी छ बुझिन्न 
तर एउटा कुरा प्रस्ट बुझिन्छ 
ऊ नवजात शिशु जन्माउन तम्तयार छ ⁄ 

तर के गर्ने ? 
आज विशेष सवारी छ 
ट्राफिक जाम छ ⁄
१ फागुन २०५९

छोरीलाई पत्र 
– अनिल शर्मा 
अनगिन्ती यातनामय रातहरूपछि 
अथाह यातना शिविरबाट 
प्यारी छोरी ⁄ 
तिमीलाई एउटा पत्र लेखिरहेको छु 
भाग्यमानी नानीहरू त 
गर्भमा सल्बलाउ“दादेखि नै 
बाबुको न्यानो स्पर्श अनुभूत गर्दछन् 
तर समरमा दौडने तिम्रो बाबुले 
तिमीलाई त्यो माया दिनै सकेन 
प्यारी छोरी ⁄
दुईटा उथलपुथलमय हिउ“दपछि 
तिम्रो उमेरका साना नानीहरू 
बाजे–बज्यैको काखमा बसेर 
बाबुस“ग ‘देउतीबाजे’ टिपिमाग्छन् 
त्यो उमेरमा तिमीले भनेकी थियौ रे 
आमा ⁄ मेरो बाबा खोई ? 
तिम्री आमाले मुटु गा“ठो पारेर 
आ“शु लुकाउन खोज्दै भनेकी थिइन्– 
बाबा “अफिस” जानुभएको छ 
बतासे डा“डातिरबाट एकसा“झ स्याल कराउ“दा 
कहालिंदै मेरो छातीमा लुक्न दौडेकी थियौ रे 
जापानी सेनाले लखेटिएकी कोरियन छोरी झैं 
तिमीले निसास्सिएर सहारा खोज्दै गर्दा 
तिमी लिस्नोमा ठोक्किएर रगताम्मे भएकी थियौ 
तैपनि तिमीले मलाई देख्नै सकिनौ । 
तिमीले बारम्बार मेरो खबर सोध्दा 
तिम्री आमाले चित्तबुझ्दो जवाफ दिन नसेपछि 
अब त तिमीले मेरो खबर सोध्नै छाडेकी छौ रे 
र तिमी माया नपाएका बुढाबुढीझैं 
झर्को–फर्को मात्रै गर्ने भएकी छौ रे 
हलुवावेदका चराझैं चञ्चल हुनुपर्ने यो उमेरमा 
जब सा“झपख करेंसामा झ्याउ“किरी कराउ“छ 
तिमी आ“टीको कुनामा एक्लै कराउ“छेउ रे 
प्यारी छोरी ⁄
निर्दयी बाजको पञ्जाबाट 
आ“खा झिकिएको अथवा बुर्कामा बेरिएको 
ओखलमा मरिच पिसिएझैं 
अड्ड–अड्ड सर्वाड्ड पिसिएको 
जीवन र मृत्युको दोसा“धमा पुगेको 
अथवा मूर्छाबाट भर्खरै ब्यू“झेको बेला 
म सोचिरहेको छु– 
कतै तिमीले मलाई ‘निष्ठुरी बाबु’ भन्यौ कि 
अथवा टोलाएर आ“शु झा¥यौ कि ⁄
प्यारी छोरी ⁄
मलाई पनि अरूले झैं तिमीलाई पि–पि बाजा किनिदिने रहर थियो 
तिमीस“ग “ची मुसी ची” खेल्ने मन थियो 
म तिमीलाई माया नगर्ने कहा“ हु“ र 
तर प्यारी छोरी ⁄
मैले पोल्टामा सा“चेको स्वतन्त्रता नबेच्दा 
यो दुष्ट वर्तमानले 
तिम्रो बाबालाई खोसेर लग्यो 
तिम्रो खुशी दुट्यो÷भविष्य खोस्यो 
बिछोडको सन्त्रासमय यो क्षणमा 
म मरें भनें या मारिए“ भने 
मेरो अपूरो यात्रा÷शहीदको सपना 
तिमी जस्तै लाखौं छोरीहरूको खुशीको सपना 
सायद तिमीले पहिलो टाउको ननुहाउ“दै 
तिम्रो का“धमा पर्नेछ
त्यतिबेला तिमीले 
मेरोभन्दा पनि महान् बाटो रोज्नु 
र नौलाखे ताराभन्दा माथि÷धेरै धेरै माथिको यात्रा गर्नु 
जहा“ एकदिन
कुरूप वर्तमानको चिताको छेऊमा 
हाम्रो अवश्य भेट हुनेछ । 
२०५९ भाद्र ६ 


कथा 
माटोको खोजी गर्दा 
– घनश्याम ढकाल 
स्याङ्जा र कास्की जिल्लाको सीमानास“गै जोडिएको आरुखर्क भन्ने गाउ“ छ । कुविन्डे भन्ज्याङबाट पश्चिम हु“दै गएको तेर्पाए“ ठाडो बाटोमाथि पुगेपछि दोबाटोमा फाट्छ । एउटा बाटो गाउ“माथिको भिर छिचलेर गल्याङ पन्चासेतर्फ लाग्छ भने अर्को तलतिरको बाक्लो बुट्यान हु“दै गाउ“ प्रवेश गर्छ । गाउ“ छरिएजस्तै बाटा पनि छरिएका छन् । बुट्यान सकिनेबित्तिकै एउटा खोल्सो आउ“छ । अनि सानो चउरमा बाटो फराकिएको छ । यही“ दुईटा रक्तमुछेल लास लम्पसार परिरहेका थिए । शरीरबाट प्राण निस्किए पनि तिनको कलिलो अनुहारमा त्यति असर परेको प्रतीत हु“दैनथ्यो । त्रस्त आ“खा खुलै थिए र तिनका निस्प्राण शरीर रक्तकुण्डमा विश्राम लिन लापरवाहीसाथ पल्टिरहेझैं लाग्दथे । 
“कतै आफन्त पो परे कि ?” करुणायुक्त सन्त्रास र उत्सुकताले थाहा पाउनेलाई बिहानैदेखि उग्र अशान्त बनाइरहेको थियो । तर ती कोही पनि दगुरेर लास हेर्न जान सक्दैनथे । “कसैले यो पनि हेर्न गएको थियो भनेर पो सुल्का लगाइदिने हो कि ?” हरेकको मनममा अज्ञात भय मडारिएको थियो । जरुरी काम विशेषले गएझैं कोही त्यतापट्टि जान्थे र चुपचाप टाढैबाट त्रसित नजरले देखोनदेखो गरी हिंड्थे । आनो परिवेशमा केही नभएझैं, केही थाहा नपाएझैं ग्रामवासीहरू शान्त हुन खोज्थे । कसैस“ग त्यस विषयमा खुलेर कुराकानी गर्न सक्दैनथे । एकआपसमा शंका र अविश्वास मात्र होइन, कहिल्यै नदेखेको अपरिचित जस्तै हेराहेर गरिरहेका हुन्थे । 
“को होलान् ह“ ?” 
“यतातिरका होइनन् जस्तो छ, यतैका बा आसपासका भए चुहिछिरी अहिलेसम्म हल्ला चलिसक्थ्यो ।” 
“एक ठँम्को मान्छे अर्को ठाम्मा मारियो भने कसले कसलाई चिन्नु ? को म¥यो ? को म¥यो ?” 
खासखुसमा चलेका चर्चा थिए यी । बिहानै रेडियोले यस्तो समाचार दिएको थियो ः 
“... खोजतलासको क्रममा कास्की र स्याङ्जा जिल्लाको सीमानामा पर्ने जङ्गलमा भएको मुठभेडमा दुई आतंककारीको मृत्यु । आतंककारीबाट बन्दुक, सकेट बम, राइफलका गोली र आतंककारी दस्तावेज बरामद ... ।” 
तर गोली हानाहान भएको आवाज कसैले सुनेका थिएनन् । “कतै मरे होलान् ⁄” लास नदेखेको भए सबैको यस्तै टिप्पणी हुन्थ्यो होला । त्यति सम्वेदनशील हुने थिएनन् होला । 
बिहान एघार बजेतिर हरियो टाटेपाटे वर्दी लगाएको फौजी टोली लास भएको ठाउ“मा आइपुग्यो । गाउ“ विकास समितिको अध्यक्ष पनि स“गै थियो । हरिया मान्छेले बोलाएपछि वरपरका बासिन्दाहरू डराई डराई नजिकै आए । 
“यी को हुन् चिन्नुहुन्छ तपाईंहरूले ?” फौजी प्रमुखले सबैको मुखमा दृष्टि फाल्दै प्रश्न ग¥यो । उसको बोली नरम थियो र स्वरमा नजानिंदो कम्पन थियो । अन्तरहृदय दुखे जस्तो लाग्थ्यो तर ऊ यस्तो भाव बाहिर प्रकट हुन दिन चाह“दैनथ्यो । 
फौजी अधिकारीबाट आएको यस्तो अकमस्मात् सवालले उपस्थित सबैलाई सतर्क बनायो । तिनका आ“खा लासतिर सोझिए । भयले मुटु काम्यो । एकआपसमा चोराचोर गरेर हेरे पनि फौजी हाकिमतिर । तर केही बोल्न सकेनन् । 
“हजूर यी यताका मान्छे होइनन् । न यहा“ उग्रवादी माओवादी कोही छन्, न तिनलाई चिनेर साइनो गा“स्ने मान्छे । पक्कै पनि यी गाममा उप्रदो मच्चाउन आएका थिए । मौका चानसले फेला परेर पो, नत्र भने के के गरिसक्थे ।” गाविस अध्यक्षले भन्यो । 
“कसैलाई चिन्नु नै के अपराध होला र ?” एउटा पचास वर्ष जतिको किसानले अगाडि भन्यो, “यी त गोपिनाथका छोराछोरी जस्ता छन् । धेरै वर्ष भयो नदेखेको । सानै छ“दा झस्स एकपटक देखेको थिए“ बाबुस“ग आउ“दा ।” 
“को गोपिनाथ ?” 
“उही क्या गैह्राघरे रामनाथ लामिछानेको दाजु ।” 
“उ क्या त ⁄ रामनाथ यतै आउ“दैछ सोधे भैहाल्यो नि ।” 
“यिनलाई चिन्नुहुन्छ ?” फौजी अधिकारीको उही सवाल थियो । 
रामनाथले धकार नमेट्दै लासतिर हे¥यो । दाजुका छोराछोरी लडेको देखेर उसको छाती नराम्रोस“ग भ्याटभ्याट ग¥यो । करुणाले मन भरियो र त्यसै त्यसै रुन मन लाग्यो, तर रुन सकेन । शरीर लगलग काम्यो । चिटचिट पसिना आए । के भनौं के नभनौंको दोभानमा उभिन पुग्यो ऊ । 
“आतंककारीलाई कसरी चिनोस् यसले ?” अध्यक्षको आवाजले रामनाथलाई राहत दियो । छोराछोरीको करुणा र माया अज्ञात भएको आ“धीबेहरीभित्र विलीन भयो । 
“अध्यक्षले ठीकै भन्यो । यस्तो बेला छ, दाइका छोराछोरी भनेर सकार्नु हु“दैन । के भर छ र ? आफैंलाई आपत आइलाग्यो भने ?” उसले मनमनै सोचिरहेको बेला मुखबाट फुत्त निस्किहाल्यो । 
“ख्यै म त चिन्दिन“ ।” 
“के भन्लान् ए पितृले । आनै आ“गनमा आएर पल्टिएका छोराछोरीलाई चिन्दिन भन्दा ?” अरू केही सहारा नपाएर किसानले पितृको सहारा लियो । रामनाथ एकोहोरिंदै गएको थियो, पितृ वा धर्मको प्रसंगले उसलाई छुन सकेन । 
“आफन्त भनेर सकारेपछि त भित्री सा“ठगा“ठ छ भनी लाटाले पनि अनुमान गर्छ । यसले मलाई फसाउन खोजिरहेको छ ।” रामनाथ भित्रभित्रै किसानसित आक्रोशित हु“दै गएको थियो । अन्तमा खप्न नसकेर भनिहाल्यो, “पितृका नाममा दुनिया“लाई सिहार्दै हिंडू म ? तिम्ले चिनेका रहेछौ, तिम्ले नै सकारे भइहाल्यो नि ?” 
“आतंककारी भनेपछि सकिइहाल्यो नि ⁄ यिनको परिचय त्यत्ति हो । अनि नाम, थर, घर, कसका छोराछोरी भनेर किन खोजीनीति गर्नुप¥यो ?” अध्यक्षले झर्किंदै भन्यो । फौजी अधिकारीले सन्तोषपूर्वक टाउको हल्लायो । 
“भयो, भयो, कसैलाई परिचय नचाहिने भएपछि म नै झूटो ठहरिए“, फाल्तु भए“ । यी कसैका छोराछोरी रहेनछन्, यिनको घरबास पनि रहनेछ । मर्नु मरिहाले । दाह–संस्कार गर्न के बिग्रन्थ्यो र ?” किसान केहीबेर रोकियो र व्यङ्ग्यात्मक शैलीमा भन्यो, “ख्यै उमेर ढल्कन लागेर हो कि मेरो त बुद्धि र चित्त पनि ठेगानमा छैन ।” 
“छोराछोरी त गोपिनाथकै हुन्, तर के गर्नु जमाना गतिलो नभएपछि । आनै कान्छो बाउले त हो भन्न सकेन भने .. भो जाम् ।” खुसामद गर्दै मान्छेहरू लुसुलुसु हिंड्न थाले । रामनाथ पहिल्यै हिंडिसकेको थियो । 
लासको औपचारिक सनाखत भएन । 
“मिल्छ भने यी लास हाम्लाई जिम्मा दिनोस्, हामी दाहसंस्कार गर्छौं ।” डराई डराई किसानले भन्यो । 
फौजी प्रमुखले एकपटक तलदेखि माथिसम्म किसानलाई हे¥यो । अनि भन्यो ः 
“हुन्छ, त्यसो भने यही“नेर खाल्टो खन्नोस् ।” 
“तल खोलासम्म लैजान्छौं ।” 
“त्यस्तो झन्झट किन गर्ने ? धर्मकर्म नमान्ने आतंककारीलाई विधिपूर्वक दाहसंस्कार गर्न जरुरी छैन ।” फौजी प्रमुख चुप भयो तर उसको मनले भन्दैथियो, “खोलामा झार्न दिएको भए हुन्थ्यो, तर ठीक छ, यिनको मृत्युबाट कसैमा सम्वेदना जाग्न दिनु हु“दैन ।”
किसानको पहलमा वरपरका मान्छे फेरि जम्मा भए र खौला खन्न थाले । 
“दुईटा खौला किन ? अलि ठूलो बनाएर एउटै खने हुन्छ । यी लोग्नेस्वास्नी होलान् क्यारे ... ।” फौजी प्रमुखले भन्यो । 
“यी दाजुबैनी हुन् यी ⁄ ... तर यो सत्य यिनका लासस“गै पुरिने भो ।” किसानको मनले भन्यो, तर मुखले केही भन्न सकेन । 
“भो एउटै खाल्टो खनौं, सा’पले भनेपछि” खन्दै गरेको एकजनाले आत्तिएर प्रस्ताव राखिहाल्यो । कसैले असहमति जनाएनन् । 
दुईटै लास एउटै खाल्टोमा पुरिए । यो चिहान हो भन्ने जानकारी भैरहोस् भन्ने आशयले बाह्र–पन्ध्र जनाले मुस्किलले पल्टाउ“दै ल्याएर दुईटा अजङ्का ढुङ्गा पुरिएका लासमाथि राखे । तिनले सबै काम चुपचाप गरे । 
फौजी पल्टन धुलो उडाउ“दै तल झ¥यो । 
“मेरो त मन कामेको थियो लगलगी, धन्न आजलाई खड्गो टरेजस्तो छ ... ।” 
“हो त नि ⁄ त्यसरी सवाल जवाफ गर्न हुन्छ ? चुपचाप बस्नु पो पथ्र्यो । मलाई त कस्तो डर लागेको थियो ।” 
“तल खोलामा झरेर नुवाइ धुवाइ गर्न पाएको भए हुन्थ्यो ।” 
“भो घरै गएर हातगोडा धोए हुन्छ । कर्फूको समय भैसक्यो, बीचमा परियो भने फेरि .... ।” 
मलामीहरू हतारिएर हिंडे । घाम पछाडिको डा“डोमा छोपिइसकेका थिए । मृतकहरूको लास पुरिए पनि तिनको कथा भने उधिनिंदै थियो । 
धेरै वर्ष अगाडिको कुरा हो, आरुखर्कबाट दाताराम पौडेल नामको एउटा पन्ध्र वर्षीय केटो भारततिर लागेको थियो । भौतारिंदा भौतारिंदै ऊ आसामको पाटगाउ“मा पुग्यो । समयक्रममा उसले ठूलै गाई–गोठ राख्न सफल भयो । गाईको लेनदेन र दूध बिक्री गर्ने हुनाले पाटगाउ“मा मात्र होइन, आरुखर्कमा पनि महाजनको नामबाट परिचित भयो । 
“यसो दुई–चार पैसा आउने बाटो केही छैन । यसलाई पनि कतै काममा लगाइदिनुहोस् न बाजे ... ⁄” एकपटक महाजन घर आएको बेलामा गोपिनाथकी आमाले गुनासो पोखी । 
“गोठमा काम गर्ने भए त मैलाई एउटा मान्छेको खा“चो थियो” महाजनले गम खा“दै सहानुभूति प्रकट ग¥यो । 
“त्यसो भए झन् राम्रै भयो नि ⁄” लामिछाने बुढी खुसी भइन् । 
“जान्छस् त केटा ? यहा“ काम गर्छु भनेर जाने, उता बिभिन्निभएर हिंडिस् भने मैले तेरी आमालाई के बुझाउने ?”
“जान्छु” गोपिनाथले यताउति त्यस्तो केही नगर्ने भन्दै स्वीकृति जनायो । उसको बाबु बुटवल नून लिन जा“दा बाटैमा हैजा लागेर मरेको थियो । एउटा भाइ र बैनी थिए । 
गोठालो बसेको पनि सात–आठ वर्ष बितिसकेछन् । यस बीचमा ऊ दुई–तीनपटक घर आवात–जावत ग¥यो । यसरी बसिराखेर केही उन्नति गर्न सकिंदैन भन्ने उसलाई लागिरहेको थियो । “महाजनले दिने भए एउटा गाईको बाच्छी रिनमा लिएर छुट्टै कारोबार गर्ने थिए“” वर्ष दिन अगाडिदेखि नै उसले कल्पिरहेको थियो । तर भन्न भने सकेको थिएन । 
“बिग्रेछ भने बाउको थलो छ, त्यही खालान्” एकदिन आ“ट गरेर कुरो बिसायो पनि । 
“हुन्छ, तेरो त्यस्तो विचार छ भने” महाजन कठोर भएन । गाई पाउ“दा गोपिनाथको हर्कको सीमा रहेन । 
पाटगाउ“मा थुप्रै नेपालीहरू थिए । जङ्गल फा“डेर खेती गर्न सके जमिनको खा“चो थिएन । गोपिनाथले आनो बासस्थान बनाउन जङ्गल फा“ड्यो । काठैैकाठ ठोकेर कटेरो बनायो । एक खण्डमा आफू बस्यो र अर्को खण्डमा गाई बा“ध्यो । बीस–बाइस वर्षको लक्का जवानलाई एउटा गाईले मात्र काम पुगेन । खेतीका लागि उसले जग्गा आवाजद गर्न थाल्यो । 
पहिलोपटक घर जा“दा बहिनीको बिहा गरेर आएको थियो । “तेरो बिहा नगर्नाले भाइको बिहे रोकियो । जसरी पनि माघा“ घर आइज” आमाले चिठ्ठी लेखेकी थिई । “भाइको बिहे गरे हुन्छ, मलाई कुर्न पर्दैन” उसले भनी पठाएको थियो । 
“यो बाच्छी नबियाइकन घर जान्न” गोपिनाथले मनभित्र समयको एउटा सीमारेखा कोरेको थियो । गाईको धन्दा मात्र होइन, अब उस“ग खेतीपातीको धन्दा पनि थपिएको थियो । 
तेस्रो वर्षमा गोपिनाथको इच्छा पूरा भयो गाई ब्याएर । तर उसको घर जाने इच्छा अझै पूर्ण भएको थिएन । पहिलो बेते भएर पनि गाई दुधालु निस्क्यो । बाच्छीलाई दिएर पनि दिनमा दश–बाह्र लिटर दूध दिन्थ्यो । गोपिनाथले केही समय बबइगाउ“ र केही समय कोक्काझारमा दूध बेच्यो । 
त्यसै वर्ष गुल्मीतिर माइती थलो हुने अर्याल थरकी केटीस“ग उसको बिहे भयो । केटीको नाम डबली थियो र उसको बाबु पनि पैलेदेखि पाटगाउ“मै आएर बसेको थियो । अग्लो जीउडाल भएकी डबली जा“गरिली र फुर्तिली थिई । गोपिनाथलाई घरधन्दा मात्र होइन, गोठको धन्दा पनि आधै घटेको थियो । ऊ बिहानै उठ्थ्यो, सिनित्त गोठ सफा गरेर गाई दुहुन्थ्यो र बेलुकाको दूध मिसाएर बेच्न लैजान्थ्यो । दिउ“सो एक बजेतिर फर्कन्थ्यो । भात खाइवरी एकछिन आराम गरेपछि ऊ फेरि काममा लाग्थ्यो । जुठोभा“डो सकेर डबली लोग्नेस“गै काम गर्न पुगेकी हुन्थी । 
“भो तैंले घरतिरकै काम गर ⁄ खन्ने र ठुटा उखेल्ने काम म गरिहाल्छु” माया मानेर गोपिनाथले भन्थ्यो । 
“यताको काम सकिइहाल्यो । तपाईंले काम गर्ने म हेरेर बस्ने कि क्या हो ?” डबलीले कटाक्ष गर्दै भन्थी र काममा जोतिन्थी । वर्ष दिन बित्दा नबित्दा तिनीहरूले घरगोठ वरिपरि करिब तीन बिघा जमिन खेतीयोग्य बनाए । बीच–बीचमा ठूला रुखका ठुटा अझै बा“की थिए । हिउ“दमा गोपिनाथले तिनै ठुटामा आगो फुकिदिन्थ्यो । पानी नपर्ने हो भने त्यो कैयांै दिनसम्म बा“की रहन्थ्यो । बार लगाएर आनो आवाद जग्गा घेर्न तिनलाई पन्ध्र दिन लागेको थियो । बारको आडमा भित्रपट्टि तीन–चार हातको फरकमा नरिवल र सुपारीका बोटहरू रोपे । 
समय बितेको ती जोडीले पत्तै पाएनन् । नरिवल र सुपारीका बोटहरू हुर्केर फल दिन थालिसकेका थिए । बार लगाउन अब कुनै समस्या थिएन । नरिवल र सुपारीका फेदमा साटा बा“धिदिए हुन्थ्यो । गाईको सानोतिनो बथान नै भैसकेको थियो । यता शितल, हरि र बिन्दु गरी गोपिनाथ र डबलीलाई तीन सन्तान भैसकेका थिए । 
“बुहारी लिएर घर आइज ...” बिहा गरेको खबर पाउनेबित्तिकै आमाले चिठ्ठी पठाएकी थिई । जाने भन्दाभन्दै पनि घरबेबहार हेरिदिने मान्छे नहु“दा जान सकेन । अर्को वर्ष आमा बितेको खबर आयो । “तातो किरिया नभेट्टाएपछि ...” किरिया गर्न पनि गोपिनाथ घर गएन । त्यसपछि उसले घर जाने कुरा एक किसिमले बिर्सिएको थियो । 
“कति छ र बा“ड्नलाई ? अहिले, कमाइखान आवश्यक परेछ भने पछि आउ“ला” भाइले अंश लिन बोलाउ“दा उसले जवाफ दिएको थियो । 
आसाममा विदेशी लखेट्ने आन्दोलन प्रारम्भ भैसकेको थियो । सन् एकहत्तरको भारत–पाकिस्तान लडाइ“को बेला शरणार्थीको रूपमा आएका बंगाली विरुद्धको आन्दोलन भनिए तापनि त्यसले नेपाली समेतलाई छोडेको थिएन । 
“के भर छ र ? भोलि यहा“बाट खेदिन प¥यो वा कथंकदाचित् म केही भइहालें भने डबली छोराछोरी लिएर जान त सक्ली एकपटक देखाइदिन पाए” गोपिनाथको मनमा यस्तो विचार खेलिरहेको थियो । आन्दोलनले उसलाई आनो देश र घर सम्झाइदिएको थियो । घर जाने भन्दाभन्दै अर्को एक वर्ष पनि बित्यो । यसैबीचमा जेठी छोरी शितलको बिहे भयो । जुवाइ“ पनि नेपाली नै थियो र एउटा सरकारी गोदामको चौकिदार थियो । 
अर्को वर्ष माघ महिनामा गोपिनाथ जहानपरिवारका साथ घर पुग्यो । त्यहा“ भाइ, बुहारी र छोराछोरी थिए । थोरै दिनका लागि भए पनि एउटा परिवार अर्को परिवारस“ग मिसिंदा सहज भएन≤ जे पनि छोटै हुन्थ्यो । भाइबुहारी पनि त्यति खुशी देखिएका थिएनन् । 
“गोपिनाथले पैसा कमाएको छ” भन्ने हल्ला आरुखर्कमा पुगेको थियो । त्यही हल्लाको आधारमा “नजिकै मीठो खेत पाइएको छ, त्यसलाई किन्ने” भनी एकपटक रामनाथ पाटगाउ“ पुगेको थियो । 
“जग्गा किन्ने पैसा जोडिएको छैन भाइ । भाग्यले साथ दिएछ भने पछि किनौंला । अहिलेलाई त केटाकेटी पाल्दा ठिक्कै छ मलाई” गोपिनाथले भनेको थियो । तर रामनाथलाई ‘दाइले पैसा लुकायो’ भन्ने लागेको थियो । फर्कने बेलामा गोपिनाथले भाइ, बुहारी र छोराछोरीलाई एक एक जोर कपडा किनिदियो र घरखर्च भनी एक हजार रुपिया“ हातमा थमाइदियो । रिसाएर हिंडेको रामनाथले घर पुगेको केही समयपछि अंश बुझन् आउने चिठ्ठी लेखेको थियो । 
“कसैको धन्सार–सन्सार खोजेर बस्न पाए हुन्थ्यो, यसरी बस्नुभन्दा” डबलीले लोग्नेस“ग गुनासो गरी । 
“के भन्लान् दुनिया“ले आनो घर छोडेर अन्यत्र बस्न जा“दा ? घरभित्रको कुरा उनीहरूलाई के थाहा ?” भाइ–बुहारीको मनस्थिति बुझेर पनि गोपिनाथ अन्यत्र बस्न जान सकेन । 
“केटाकेटी ल्याएपछि एउटा बास बना अब” उसका शुभचिन्तकहरूले सुझाव दिएका थिए । 
“अहिले त देखाउन मात्र ल्याएको हु“ । बस्ने गरी आएछन् भने घर नभई त कहा“ होला र ? घर बनाएर मात्र छोड्दा पनि कुर्नकै झन्झट । कसले कुरिदिन्छ ?” गोपिनाथले जवाफ दिएको थियो । त्यतिबेला ऊ पन्ध्र दिन बसेर फक्र्यो । 
“आज ... गोठमा आगो लगाइदिएछन्” नचाह“दा नचा“ह“दै पनि गोपिनाथले दूूध बेचेर घर फर्कंदा एउटा न एउटा समाचार ल्याउ“थ्यो । आसन्न परिस्थितिसित परिचित गराउने मनसायले पनि हुनसक्छ, यस्ता खबरहरू उसले छोराछोरीलाई सुनाउने गथ्र्यो । हरि र विन्दुले गम्भीर भएर सुन्दथे तर कुनै छलफल भने गर्दैनथे । हरि बीस वर्षको भैसकेको थियो र एघार कक्षामा पढ्दै थियो । बिन्दु सत्र वर्षकी थिई र दश कक्षाको परीक्षालाई तयारी गरिरहेकी थिई । 
“हे भगवान् ⁄ यतातिर आ“खा नपरे हुन्थ्यो” डबलीले सुस्केरा काठ्दै भन्थी । गोपिनाथले केही सोच्न सकेको थिएन । कहिले उसको मन हिंडिहालौं जस्तो हुन्थ्यो, कहिले भने “यत्रा गाईवस्तु, यत्रो मिहिनेत सबै जिन्दगी यही“ भिजाए“ । कता जाने यत्तिकै ? झन् बिचल्ली हुने हो कि हिंडेर ?” सोच्न थाल्थ्यो । मन त्यसै–त्यसै पाकिरहेको हुन्थ्यो । “पुरानो हुनाले छोडिदिन्छन् कि ?” ऊ भित्र एउटा झिनो आशा पनि थियो । 
“हामी यसै आएका होइनौं । सन्धिले नै हाम्लाई आउन बस्न दिन्छ । रगत र पसिना भिजाएर बा“झो जमिन खेतीयोग्य बनाएपछि लखेटिनु हुनसम्मको अन्याय हो” गोपिनाथले ठाउ“–ठाउ“मा भन्ने गथ्र्यो । संगतले गर्दा उसले यस्ता कुरा सिकिसकेको थियो ।
“जति विरोध गरे पनि आखिर अर्काको मुलुक नै हो ...” कहिले भने उभित्रका अड्डप्रत्यड्ड शिथिल हुन्थे । चुपचाप बस्थ्यो । 
उसले कुनै निर्णय लिन नसकेकै अवस्थामा एउटा भयानक रात आइहाल्यो । चारैतिर निस्पट्ट अ“ध्यारो थियो । आन्दोलनको लपेटाले उसलाई पनि हान्यो । हरि र बिन्दु निसंकोच निदाइरहेका थिए । सशंकित मनका गोपिनाथ र डवलीका पनि भर्खर आ“खा लागेका थिए । त्यसैबेला आन्दोलनकारीको एउटा उग्र जत्थाले तिनको बासस्थानमा अचानक धावा बोल्यो र घर–गोठमा आगो लगाइदियो । चारैतिरबाट ह्वारह्वार्ती आगो बल्न थालेपछि गाई, बाच्छाबाच्छीहरू बा“ ... बा“ र बु“ .... बु“ गर्न थाले । बाहिर नरिवल र सुपारीका रुखहरू ढालेको आवाज आइरहेको थियो । 
ब्यू“झनेबित्तिकै गोपिनाथलाई छोराछोरीको सम्झना आयो । ती पनि ब्यू“झिसकेका थिए । “तिमीहरू पछाडिपट्टिको बा“सको झाङमा गएर लुक ⁄” उसले छोराछोरीलाई आपत्कालीन आदेश दियो । हरि र बिन्दु हानिंदै त्यतै लागिहाले । 
“सबै डढ्ने भो ....” डबलीले लुगाफाटो र भा“डाकु“डा बाहिर फाल्न थाली । मानौं उसले सामान ओसार्ने गतिमा घरमा आगो लागेको कुरा पनि बिर्सिएकी थिई । 
“डबली ⁄ बाहिर निस्की ⁄” गोपिनाथ चिच्यायो । ऊ झसड्ड ब्यू“झेजस्ती भई र एउटा बाकस उचालेर के बाहिर निस्कनै लागेकी थिई, बल्दो घरको छानो एक्कासी उमाथि खसिहाल्यो । 
गोपिनाथ हातमा दाउ लिएर गाईका दाम्ला चटाचट काट्दै थियो । स्वास्नी घरबाट निस्किहोली भन्ने सोचाइमा थियो ऊ । काम गर्ने केटो थियो≤ त्यो कता लाग्यो वा के भयो उसले पत्तो पाएन । गार्ईका दाम्ला काटेर ऊ निस्कन लाग्यो । 
“बा“ ... कक ...” बाच्छीको करुणयुक्त लामो स्वरले उसको छाती विदीर्ण बनायो । त्यतिबेला उसलाई बाच्छीको हेक्का आएको थिएन । आवाज आउने बित्तिकै सबै खतरालाई भुसुक्क बिस्र्यो र फरक्क फक्र्यो अनि भित्रपट्टि बाच्छी बा“धेको ठाउ“मा पुग्यो । तर बल्दो गोठ ढलेकाले बा“च्छीस“ग ऊ बाहिर निस्कन सकेन । 
हरि र विन्दुले सास दबाएर बा“सको झाङमा रात काटे । बिहानै मान्छे जम्मा हुन थालेको देखेर ती बा“सघारीबाट बाहिर आएका थिए । घर–गोठ अझै पुत्ताउ“दै थिए । आएका मानिसले पुत्ताउ“दो आगोबाट डल्लो परेका दुईटा लास निकाले । लास देख्नासाथ हरि र बिन्दुले आफूलाई धान्न सकेनन् । डा“को छोडेर रुन लागे । बा–आमा रातीकै आगोमा परेर मरेको तिनलाई थाहा थिएन । बाहिर सबै मैदान थियो । नरिवल र सुपारीका कुनै पनि बोट ठाडा थिएनन् । 
जिन्दगीमा आएको यो प्रलयकारी घटनाबाट अनाथ र घरबारविहीन बनेका हरि र बिन्दु दिदीभिनाजुका शरणमा पुगे । अब तिनका लागि पढाइ–लेखाइ होइन, बा“च्ने समस्या प्रमुख हुन पुग्यो । एक डढ वर्षसम्म हरिले नोकरीको खोजी ग¥यो, तर केही फेला पार्न सकेन । 
“हामी नेपाल जान्छौं” एकदिन हरि र विन्दुले दिदीभिनाजुसमक्ष प्रस्ताव राखे । 
“कोही आफन्त छैनन्, बस्ने घर छैन, कसरी बस्छौ त्यहा“ गएर ⁄” आश्चर्य मान्दै दिदीभिनाजुले प्रश्न गरे । 
“किन कोही छैनन् ? काकाकाकी छन् । अनि हाम्रो जग्गाजमिन पनि त त्यही“ छ । यहा“ यसरी बस्नुभन्दा त बरु त्यतै गएर ...” हरिले स्पष्टीकरण दियो । यतिबेला उसको कानमा बाबुको यो भनाइ गुन्जिरहेको थियो, “जे भए पनि आनो देश भनेको आनै हो । यता त हामी चर्न आएका । आखिर त्यही“ जानुपर्छ । लड्न–भिड्न जे परे पनि त्यही“ जाती । त्यहा“ आना दाजुभाइ छन् ...।” 
“जाने त भन्छौ । उतातिर पनि बसीखानु छैन भन्छन् । लडाइ“ मच्चिएको छ, मान्छे मरेका छन् रे थुप्रै” भिनाजुले भन्यो । “मर्नु–मर्नु आनै देशमा मर्न जाति अर्काको देशमा मर्नुभन्दा । कसो भिनाजु ?” हरिले भिनाजुलाई जिस्क्याउ“दै अलि ठट्याइलो ढड्डले भन्यो । 
“त्यस्तो अलच्छिनी कुरो पनि बोल्नु ?” शितलले भाइको प्रतिवाद गर्दै भनी, “नगई नछोड्ने हो भने रेलबाट जान्छौ कि बसबाट ?” 
“रेलको झन्झट भन्दा बसबाटै जाने ⁄ होइन त दाजी ?” बिन्दुले हरितिर फर्कंदै भनी । हरिले सहमति जनायो । 
“लौ यिनीहरूले त पहिल्यै सबै कुराको सल्लाह गरिसकेका रहेछन्” शितलले भनी । 
हरि र बिन्दु हिंड्ने तयारी गर्न थाले । त्यस्तो तयारी नै के थियो र ⁄ भएका एक दुई जोर लाउने कपडा झोलामा राख्नु र बाटाखर्चको जोहो गर्नु नै थियो । एकेकवटा झोला तयार भए । 
एकदिन बिहानै हरि र बिन्दुले आफू जन्मेर हुर्केको पाटगाउ“लाई कष्टपूर्वक बिदा गरे । आमाबाबु सम्झेर मन भक्कानिएर आयो । बररर्र आ“सु झरे दुवैको आ“खाबाट । दिदीभिनाजुले पनि मन थाम्न सकेनन् । 
बसले हर्न बजायो । 
“अड्कलेको खर्चले पुग्दैन कि कसो पर्छ बाटामा ला यो पनि राख” शितलले हरि बस चढ्न लाग्दा पा“च सय रुपिया“ हातमा थमाइदिई । 
बस हिंड्यो । मुटु चु“डिएको अनुभूति लिंदै ती चार जना छुट्टिए । 
“पुग्नेबित्तिकै चिठी पठाउनु है ? भिनाजुको अफिसमा फोन गरे पनि हुन्छ” बसबाट बिदाइका हात हल्लाइरहेका भाइबैनीलाई शितलले हात हल्लाउ“दै चर्को स्वरमा भनी । 
बस अलिपुुरसम्म जान्थ्यो । त्यहा“बाट अर्को बस चढ्नुपथ्र्यो । सिलगुढी जाने बस लागिरहेको थियो । नौ बजे हरि र बिन्दु त्यही बसमा चढे र दुई बजे सिलगुढी पुगे । सवा तीन बजे त तिनीहरू मेची नदीको सीमा काटेर का“कडभिट्टामा पुगिसकेका थिए । 
“नडरा अब कसैले केही गर्न सक्दैन” नियास्रो मानेकी बैनीलाई आनो देशको अभिभावकत्व प्राप्त भएर ढुक्क भएको हरिले ढाडस दियो । 
“लौ लौ यता आउनुहोस् खाना खान” होटेलवाला कराउ“दै थिए । टिकट नलिइकन ती खान लागेनन् । 
“त“ यही“ बस झोला कुरेर । म बस कति बजे जान्छ सोधेर टिकट लिन्छु” टिकटघरको दक्षिणी छेउमा बैनीलाई छोडी हरि काउन्टरतिर लाग्यो । 
“चा“डै आउनुहोला ⁄” 
“सा“ढे चार बजे जानेरहेछ । बेसै भयो, खाने समय पनि मिल्ने भो” हरि टिकट लिएर एकै क्षणमा आइपुग्यो । 
“भोलि कति बजे पुग्छ नि बस पोखरा ?”
“बाटामा रोकिएन भने बिहान आठ बजे पुग्छ रे” 
भातसात खाएपछि तिनीहरू बसमा चढे । 
“लौ लौ छिटो गर्नुस्, नौ बजेसम्ममा ... काट्न सकिएन भने कर्यूमा परिन्छ र रातभर त्यही“ बस्नुपर्छ । “बीचबीचमा ओर्लने यात्रुहरूलाई कन्डक्टरले हतारो गर्दैथियो । तर पनि ठाउ“–ठाउ“को सुरक्षा जा“चले गर्दा निर्धारित समयमा बसले तोकिएको सीमा काट्न सकेन र बिहान चार बजेसम्म रोकियो । एउटा सुरक्षाचौकीको घटनाले गर्दा बस कर्यू क्षेत्रभित्र परेको थियो । 
एक ठाउ“मा बसमा जा“चबुझ हु“दैथियो । एउटा अधवैंशे आफूस“गै बसेको साथीस“ग असन्तुष्टि पोख्दैथियो ः
“कति ठाउ“मा चेक गर्न पर्ने रैच, एक दुई पटकले पनि नहुने । योसित पा“चपटक भैसक्यो लौ । बम, बारुद र हतियार लिएर हिंड्ने मान्छेहरू यसरी बसमा हिंड्छन् कि क्या हो ⁄ यति सोझो कुरा पनि नबुझेर जनतालाई बित्थैमा कति दुःख दिन प¥या होला ।” 
“तपाईं तल झर्नुस्” अधबैंशेका कुरा सुनिरहेको बर्दीवालाले भन्यो । 
“यी हेर्नोस् मेरो झोला । म किन जाने ?” आनो झोला खोलेर देखाउ“दै अधवैंशेले भन्यो । 
“भनेपछि झर्नुस् भन्या खुरुक्क ...” जङ्गी आवाज बसभरि फैलियो । 
“बोलाएपछि गएर आउनुस् त एकपटक” एकजना यात्रुले सल्लाह दियो । अधवैंशे ओल्र्यो । जा“चपड्ताल सकेर अरू पनि तल ओर्लिए । 
“लौ अब गए हुन्छ” बस ढकढकाउ“दै चौकी इन्चार्जले भन्यो । 
“एकजना मान्छे आउन बा“की नै छ” सबै यात्रुहरू एक स्वरमा कमाए । ड्राइभरले स्टार्ट गरेको बस रोक्यो । 
“जा“चपड्तालमा अवरोध खडा गर्ने जो कोहीलाई पनि सोधपुछ नगरी छोड्न मिल्दैन” विवादको अन्तमा चौकी इन्चार्जले फैसला सुनाएपछि बल्ल बस हिंडेको थियो । यो विवादले गर्दा पछाडि आउने थुप्रै बसहरू पनि रोकिएका थिए । 
बस भोलिपल्ट चार बजे मात्र पोखरा पुग्यो । 
“अबेला भैसक्यो । रात परेपछि कता जानु ? आज यतै बसौं र भोलि बिहानै जाउ“ला” बसबाट ओर्लेपछि बिन्दुले भनी । 
“अलिकति ढिलो भए पनि आनो गाममा पुगेपछि ढुक्कै हुन्छ । कताबाट आएका हौ ? किन आएका हौ भनेर कसैले सोध्दा हाम्रा सोझा कुरा पत्याएनन् भने परेन फसाद ? त्यसैले बस पाएसम्म जानु जाती हुन्छ” अज्ञात भयबाट त्रसित हु“दै हरिले भन्यो । बिन्दुलाई पनि हो जस्तो लाग्यो । 
“लौ लौ स्याङ्जा ... स्याङ्जा ...” मिनिबस तिनको नजिकै आएर रोकियो । हरि र बिन्दु विवाद गर्न छोडेर एकाएक त्यही बसमा चढ्न पुगे । पोखराबाट स्याङ्जा जाने आखिरी बस हुनाले त्यो अझै आधा घण्टा रोकियो । छ बजे मात्र त्यो कुबिन्डे भन्ज्याङमा पुग्यो । हरि र बिन्दु त्यही“ ओर्लिए । 
पुसका दिन हुनाले झमक्क सा“झ परेझैं भएको थियो । मध्यरात जस्तो चारैतिर सुनसान थियो । घर, पसल सबै बन्द थिए । सात बजेबाट कर्यू भनिए तापनि त्यहा“का मान्छेले छ बजेबाटै लागू गरेका थिए । आकाश धुमाईलोे थियो । पूर्णिमा नजिकै आइसकेको हुनाले जून उदाइसकेका थिए । रात परे पनि हिंड्न नसकिने थिएन । पहिलो पटक आउ“दा तीन चार पटक तल सडकमा आउने जाने गरेको हुनाले हरिलाई बाटो छिचोल्न त्यति अप्ठेरो थिएन । शून्यताबोधले सशंकित भएका ती दुई दाजुबैनी झोला बोकेर डेड घण्टा बाटो हिंडे । घर पुग्न करिब अझै आधा घण्टा जति हिंड्नुपथ्र्यो । गाउ“ आइपुगेको हुनाले ती आश्वस्त हु“दै गएका थिए । कर्यू छ भन्ने तिनलाई कुनै जानकारी थिएन । 
चुपचाप हिंड्दै थिए । बुट्यान आइपुग्यो । अग्ला रुखहरू पनि दुई चारवटा थिए । रुखको छाया“मा तिनलाई अलिकति डर लागेर आयो । अलिकति सुस्ताएर खासखुस कुरा गरे, अनि फेरि हिंडे । खोल्सो पार गरेर खुला चउरमा पुगे । 
“हल्ट ....” अचानक आवाज आयो । दुवैले एक्कासी पछाडि फर्केर हेरे । केही दूरीमा बाटाभन्दा माथि हतियारधारी समूह छर्लड्डै देखियो । 
“कतै समात्ने हुन् कि ?” ती दुवैको मनमा भुइ“चालो गयो । बसमा समातेर राखेको छटवाले तिनलाई उभिन भन्दा हिंड्न अभिप्रेरित ग¥यो । झन् छिटोछिटो हिंड्न थाले । 
पछाडिबाट गोली बर्साउ“दै आयो । “दाइ ⁄” भने कि मात्र थिई बिन्दु घुप्लुक्क ढल्न पुगी । “विन्दुु ⁄” बैनीलाई बोलाउन हरि निहुरियो । त्यसैबेला उसको टाउकोमा गोली लाग्यो । फेरि अर्को गोली छातीमा । ऊ पनि ढलिहाल्यो । तत्कालै ती दुवैको प्राणपखेरु उड्यो । तिनले झोला बोकेका बोक्यै थिए । 
कर्यूभित्र गाउ“ शान्त थियो । तल सडक शान्त थियो । कतै बत्ती बलेका थिएनन् । न कतै कुकुर भुकेका थिए । माछापुच्छ«े र अन्नपूर्णले मुटु छेड्ने सिरेटो प्रवाहित गरिरहेका थिए । 
“.... मुठभेडमा दुई आतंककारीको मृत्यु ....” भोलिपल्ट बिहानै रेडियोले समाचार सुनायो ।  

शारदारमण बहुआयमिक व्यक्तित्व
– विष्णु प्रभात
१. विशेष प्रवेश
हेर्दा मान्छे कस्ता, कस्ता सज्जन साह्रै चिन्तक जस्ता, 
लुसुलुसु हिन्छन् मुसुमुसु हा“स्छन्, बालक सबले माया गा“स्छन् ⁄
जीवनशैली सादा लाग्छ, कुरा सुनेमा श्रद्धा जाग्छ ⁄
रमाइला छन् उनका सृष्टि, जगाई दिन्छन् मनका दृष्टि ।।
चार हरफमा भन्ने हो भने शारदारमण नेपालको परिचय यही हो । तर मलाई मात्र हैन, तपाईंहरूलाई पनि यत्तिले चित्त बुझ्दैन । थोरैमा पनि उनको सामान्य जीवनी, व्यक्तित्व र कृतित्वको बारेमा नबोलिकन यो प्रतिभाको चिन्हारी हासिल हु“दैन । एक्काइसवटा पुस्तकको स्रष्टामात्र हैन, त्यसभित्र र र बाहिरका आना अनेक रचनामा द्रष्टा व्यक्तित्व समेत प्रकट भैसकेको, साहित्य संस्कृति र शिक्षास“ग सम्बन्धित अनेकौं संघ÷संस्थामा आबद्ध रहेर देश र जनताको उन्नतिमा समर्पित रहेको एउटा निष्ठावान् यात्रीको व्यक्तित्व बहुआयामिक छ । कवि शारदारमण, मुक्तिबन्धु, पत्रकार, शरद हिमाल, हिमांशु र हिमानीदेवी मात्र हैन हास्यव्यङ्ग्यकार वेदव्यास र कथाकार रमण नेपाल पनि उनी हुन् । पौराणिक मिथकलाई पुनर्कथन र पुनर्संरचनाको माध्यमबाट केटाकेटीलाई पुराण सुनाउने, संस्कृत काव्यपरम्पराको मात्र होइन, अंग्रेजी साहित्यको स्वादलाई पनि नेपालीहरूमाझ आनै हिमाली छायामा बसालेर सुनाउने खुबीका शिक्षक पनि हुन् शारदारमण नेपाल । त्यसैले उनका बारेमा अति विस्तारपूर्वक नै जानकारी राख्नु हामी सबैका निम्ति रुचिकर एवं प्रेरणाप्रद पनि हुनेछ । 
२. जीवनीको संक्षिप्त झलक 
शारदारमण नेपालको जन्म वि.सं. २००३ सालमा नुवाकोट जिल्लाको नर्जा गाउ“मा भएको हो । माता सुमित्रादेवी र पिता तीर्थराज नेपालको जेठो (प्यारो) सन्तानका रूपमा जन्मेको भए पनि उनी पा“च महिनाको हु“दा नै मातृत्वबाट वञ्चित हुन पुगेका थिए । सानैमा आमा बितेर टुहुरो बन्न पुगेको हु“दा उनको संवेदनशीलतामा अनौठो स्वभाव देखापर्दै गयो । सामान्य शिक्षित परिवार भएको हु“दा उनको प्रारम्भिक शिक्षादीक्षा आना हजुरबाबुस“ग वेदको अध्ययन र पण्डित गोपालप्रसाद पौडेलबाट व्याकरणको अध्ययन गर्दै अघि बढ्यो । उनको शिक्षाको आरम्भ रुद्री–चण्डीबाट सुरु भएको थियो । 
सामान्य प्राथमिक शिक्षा परिवार तथा गाउ“कै सेरोफेरोमा हासिल गरेपछि उनी बनारस गई माध्यमिक तथा उच्च शिक्षा हासिल गर्न थाले । संस्कृतमा शास्त्री गरेपछि स्वदेश फिरेको भए पनि यहा“ आएर पुनः उनले बी.ए., बी.एड. र बी.एल. गरी ‘चार स्नातक’ बन्न पुगे । त्यसपछि गाउ“मा स्कूल खोलेर शिक्षाको प्रचार–प्रसार गर्ने काम सुरु गर्दै अघि बढे । उनले नर्जामा मिडिल स्कूल र रात्री हाइस्कूलको सञ्चालनको कामका अतिरिक्त सिन्धुपाल्चोकको चौतारामा पनि केही समय शिक्षक भई सेवा गरेको पाइन्छ । काठमाण्डूको परोपकार मा.वि., सिद्धार्थ वनस्थलीजस्ता विद्यालयमा मात्र होइन, त्रिविवि सेवा आयोगबाट नियुक्ति भई त्रिचन्द्रमा पढाउ“दा पनि शारदाको मनले चैन अनुभूत गरेन । पञ्चायती कालरात्रीको निरंकुशताले ज्यादै चिमोटेपछि जनताको स्वतन्त्रता र मुक्तिको कामना लिएर उनी स्थायी जागिरबाट राजीनामा दिई गाउ“तिर लागे । सामाजिक परिवर्तनप्रतिको निष्ठामा माक्र्सवादी दर्शन र समाजवादी राजनीतिले उनलाई दिग्दर्शन गर्दै गयो । यसै आरोह–अवरोहका बीच २०३३ सालमा उनको विवाह त्रिशुलीकी सिर्जना अधिकारीस“ग भयो । केही समय चौघडा मा.वि.मा प्रधानाध्यापक भई काम गरेर २०४४ तिर उनी पुनः काठमाडौ“ फर्किए । त्रिविविमा पुनः अस्थायी भई प्राध्यापन सुरु गरेका नेपाल २०४७ देखि स्थायी रूपमै प्राध्यापन कार्यमा संलग्न रहेका छन् । 
३. पत्रकार व्यक्तित्वका दुई पाटाहरू 
पढ्नु–पढाउनुस“गै उनले पत्रकारिताको क्षेत्रमा पनि लामो समयदेखि आनो संलग्नता राख्दै आएका छन् । वि.सं. २०१९ तिरबाट उनले साहित्यिक पत्रकारितामा आफूलाई संलग्न गराए । बनारस अध्ययनका क्रममा नेपाली छात्रहरूद्वारा गरिने साहित्यिक गतिविधिमा सामेल भएर “नया“ पाइलो” पत्रिकाको सम्पादन गरे । ‘उदय’, ‘उजेली’, ‘छात्रप्रभा’ र ‘आमा’ जस्ता पत्रिकाहरूमा उनले रचनागत सहयोग पु¥याए । बनारस बसाइकै क्रममा उनको सिर्जनाले प्रभावकारी परिवेश तयार गरिसकेको थियो । शिव भट्टराई, मोदनाथ प्रश्रित, युद्धप्रसाद मिश्र, रविलाल अधिकारी आदि मित्रहरूबीच शारदारमणको व्यक्तित्व शालीन स्रष्टाको रूपमा परिचित थियो । नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषाका अतिरिक्त तामाङ भाषाको राम्रो ज्ञान भएको हु“दा शारदा सा“च्चि नै ‘मिथकीय शारदा सन्तति’ थिए । उनको यसप्रकारको खुबीलाई २०२८ सालमा तीन भाषाको पत्रिका सम्पादन गर्नुले थप पुष्टि गर्दछ । पञ्चायतको बिगबिगीकै बीच नेपाली, नेवारी र तामाङ भाषामा समेत एकैपटक निकालिएको “त्रिशुली” पत्रिका यसको साक्षी छ । तामाङ भाषामा कलम चलाउ“दा शारदारमण नेपाल ‘सितु लामा’ हुन्थे । उनको साहित्यिक पत्रकारको व्यक्तित्व नेपाली परिवेशमा ‘वेदना’, ‘छानवीन’ र ‘नवप्रतिभा’ पत्रिकाहरूका अतिरिक्त बालकोसेली, बालमञ्च, बालसरोकार पत्रिकामार्फत् पनि परिचित छ । पत्रकारिताकै परिप्रेक्ष्यमा हेर्दा सूचना पत्रकारितामा पनि उनको दखल सबल रहेको पाइन्छ । गोरखापत्रमा लेखरचना प्रकाशित हुनुलाई यसको आधार मान्न सकिंदैन । तर शारदारमण नेपाल त आफैं संलग्न भएर नै युगसन्देश (साप्ताहिक) हाम्राबीच आएको तथ्य छ । त्यसका अतिरिक्त हेटौैंडाबाट प्रकाशित ‘प्रयास’ र बुटवलबाट प्रकाशित ‘सिद्धार्थ’स“ग पनि उनको प्रत्यक्ष संलग्नता रह्यो । काठमाडौंबाट प्रकाशित पृष्ठभूमि (साप्ताहिक), महानगर (दैनिक) तथा मूल्याड्ढन (मासिक) उनका लेखरचनाका कारण पनि कतिपय प्रसंगमा चर्चित बन्न पुगेका थिए । सामयिक टिप्पणी र लेखका कारण मात्र हैन कवितात्मक प्रयोगले अनौठो आख्यानात्मक अनुभूतिका साथ सन्देश दिंदै जीवन यथार्थको उद्बोधन गर्ने खुबीले पनि उनी चर्चित थिए । यस्तै प्रयोगका क्रममा ‘यी हाम्रा सन्मानहरू’ नामक रचना नेपाली साहित्यले पाएको थियो । उक्त कृतिका बारेमा दृष्टि साप्ताहिक वर्ष सात अंक नौ, २०४६ पुसमा उदयलाल लेख्छन्, “प्रस्तुत संग्रह पढ्दा कुनै उत्कृष्ट काव्य पढ्दै गरेको अनुभूति मिल्छ ⁄ अहा ⁄ क्या मीठो छ, क्या मर्मस्पर्शी छ ⁄ भावको गहिराइमा जति डुब्यो उति दिल संवेदनशील बन्छ ।” कुरा सूचना पत्रकारितामा शारदाको योगदानको हु“दै थियो । एउटा स्वतन्त्र पत्रकारसरह आज पनि उनले आनो अखबारी लेखनलाई जारी राखेका छन् । शारदारमणको सिड्डो लेखनमा अखबारी लेखनको एउटा महŒवपूर्ण पाटो छ, जसलाई बिर्सन कदापि सकिन्न । 
४. संस्थागत क्रियाशीलता 
शैक्षिक जागरणको अभियानस“गै उनको व्यक्तित्वको अर्को पाटो हो– सामाजिक–सांस्कृतिक क्षेत्रको संगठनात्मक सक्रियताको । नेपालको शिक्षक आन्दोलनको इतिहासमा नेपाल राष्ट्रिय शिक्षक संगठनको नाम अविष्मरणीय छ । शारदारमण त्यसको थालनीदेखि नै निरन्तर क्रियाशील रहेर काम गर्दै केन्द्रीय नेतृत्वमा पुगेका थिए । उनी अहिले पनि नेपाल आयुर्बेद संस्थाका आजीवन सदस्य छन् । प्रगतिशील लेखक संघको सदस्य र प्रगतिशील सांस्कृतिक संघको सल्लाहकार रहिरहेका छन् । यी स्रष्टा पहिले इन्द्रेणी सांस्कृतिक समाजस“ग पनि सम्बद्ध थिए । 
५. बालसाहित्यका स्रष्टा 
साहित्यकार शारदारमण नेपालको साहित्यिक व्यक्तित्वमा उनी कवि, गीतकार, आख्यानकार, निबन्धकार, टिप्पणीकार मात्र होइन, नाटककार र हास्यव्यङ्ग्यकारका रूपमा समेत परिचित छन् । परन्तु यी सबै उनको सिर्जनात्मक ऋतुचक्रका उपज बनेका छन् । प्रतिबद्ध लेखनको योजनामा भने बालसाहित्यको क्षेत्र नै अहिलेसम्म उनको विशिष्ट साधनाको थलो बनेको छ । उनका २१ कृतिहरूमध्ये १६ वटा बालसाहित्यस“गै सम्बन्धित छन् । पत्रपत्रिकामा छरिएर रहेका थुप्रै फुटकर रचनाहरू संकलित नभैसकेको अवस्थामा समग्र कृतिगत विवेचना संभव छैन । तैपनि प्राप्त सामग्रीहरूका आधारमा उनको लेखन–कलाको कृतिगत चर्चा पनि सान्दर्भिक लाग्दछ । बालसाहित्यको क्षेत्रमा उनका कृतिहरू हुन्– फूलबारीको चरी, जूनतारा, हात्ती, ह्यामेलिनको मुरले, मान्छे बच्चा बालक म, महाभारत कथा भाग १ र २, पुतली, हाम्रो अभियान, हजुरबाको थाल, दिदीभाइ मिलिजुली, खला“ती बाजे, गौंथलीको गु“डजस्ता रचनाहरू छन् । यस अतिरिक्त पासाङ ल्हामुको जीवनी, वैज्ञानिकहरूको जीवनी र बालअधिकार र दलित बालबालिकाहरू पनि बालबालिकाहरूको सन्दर्भमा नै केन्द्रित छन् । 
फूलबारीको चरी लामो कविता हो । प्राथमिक शिक्षा परियोजनाका लागि तयार गरिदिएको यो रचनाद्वारा पशुपंक्षी र प्रकृतिको माध्यमबाट बालजिज्ञासा र कल्पनालाई उद्दीप्त पारिएको छ । यथार्थको सजीव चित्रणस“गै जीवनप्रेमको भावधारालाई अभिव्यञ्जित गरिएको छ । यसको चित्रकला भने मिलन शाक्यको हो । 
चरीजस्तै प्वा“ख भिरेर, म पनि उड्दा कस्तो होला ? 
हलुका टेकी पातहरूमा म पनि बस्दा कस्तो होला ? 
(पृष्ठ १४) 
कविताको भाषा सरल, सहज–सम्प्रेष्य र लयात्मक प्रस्तुतिमा छ । यसैस“ग ‘जूनतारा’ पनि प्रकाशित छ तर छुट्टै । त्यसमा जुनेली रातको चन्द्रमा र आकाशका अनगिन्ती ताराहरूबीच बालकल्पनालाई कुदाइएको छ । पुतलीमा खेलौना हैन प्रकृतिबीच फिरफिर उडेर रमाइलो अनुभूति दिने प्राकृतिक पुतलीको पछि पछि बालबालिकालाई दौडाइएको छ । चित्रकारहरूद्वारा प्रस्तुत चित्रले पुस्तकलाई थप आकर्षण दिएको छ । ‘दिदीभाइ मिलीजुली’ बालगीत सङ्ग्रह हो । लोरी गाउने हाम्रो समाजलाई यसले मान्छेको शील स्वभावका सम्बन्धमा जानकारी गराउ“छ ।
‘हात्ती’ बालकोसेली प्रकाशनद्वारा प्रकाशित कवितासङ्ग्रह हो । यसमा हात्तीका बारेमा मात्र हैन, खरायो, गाई, बिरालो, कुखुरा, मुसा र बाघको वर्णन छ । यसले ग्रामीण तथा शहरिया परिवेशमा हुर्कंदै गरेका केटाकेटीलाई निकै मीठो चलचित्रमय वर्णनले मोहित पारेर लठ्ठ पार्दछ । पुस्तकमा प्रयोग भएको चित्रकारिता मिलन शाक्यको हो । 
नाङ्ला जस्ता कान चलाउ“दै 
खम्बा जस्ता खुट्टा टेक्दै 
लसलस लस्की मूल सडकमा 
हात्ती आयो हात्ती आयो । 
(पृष्ठ २) 
‘मान्छे बच्चा बालक म’ कवितामय शीर्षक भएको पुस्तक हो । जीवजन्तुका बच्चाको सरल जानकारी दिने यो पुस्तक निकै नै रोचक छ । पहिलो रचनाबाट नाम राखिएको छ । विभिन्न समयमा बालबालिकालाई सुनाएर उनीहरूको सल्लाहअनुसार सम्पादन गरिएको कुरा पुस्तक पढ्दा थाहा लाग्छ । यो एउटा नवीन र उपयोगी तरीकाको प्रयोग पनि हो । पाका पुस्ताबाट बालबालिकाहरूका निम्ति लेखिएका रचनाको सम्पादनमा बाल परामर्श निकै उपयोगी हुन्छ । यसमा को कसरी हिन्छ ? कसका बच्चालाई के भनिन्छ ? कसले के खान्छ ? को कहा“ बस्छ र कसरी बोल्छन् ? भन्ने विषयमा सरलतम ढङ्गले जानकारी दिइएको छ । जस्तै– 
हात्तीले रुखको स्याउला खान्छ, गैंडाले पनि घा“सै खान्छ 
कुखुराले कीरा दाना खान्छ मान्छेले सफा खाना खान्छ । 
(पृष्ठ ९)
यस्तै मीठो तरीकाले पुस्तकनिर्माण भएको छ, कवितासिर्जना भएको छ । तीन संस्करण निस्किसकेको पुस्तकमा रहेका चित्रहरू पनि राम्रा छन् । यसमा जीवजन्तुको घेरा नाघेर पुलिस र सेना मात्र हैन बादलको समेत बासस्थान बताइएको छ । यसै श्रृंखलामा कविले मानिस नम्र भएर विचार पु¥याएर बोल्नुपर्छ भन्ने बाल अठोट व्यक्त गराएका छन् । यो स्वयं पाठकीय संकल्पका रूपमा छ र लेखकीय निर्देशविनाको सन्देश दिने विशेषतामा अभिव्यक्त छ । आनो भनाइ ठाडै नराखेर स्वयं घटना, परिवेश र पात्रद्वारा राख्ने विशेषता शारदारमण नेपालको लेखनकलामा रहेको एउटा प्रमुख विशेषता हो र यो प्रगतिवादी मान्यता पनि हो । यसको चित्रकला एकाराम सिंहले कोर्नुभएको छ । 
‘ह्यामेलिनको मुरले’ बालखण्डकाव्य हो । दुई संस्करण निस्किसकेको यो पुस्तक पनि योजनाबद्ध लेखनको उपज हो भन्ने सच्चाइ प्रकाशकीयमा व्यक्त छ । शान्तदासज्यूको सम्पादनमा निस्केको यस पुस्तकको विषयवस्तु अंग्रेज कवि रबर्ट ब्राउनिङको हो र उनैको पुस्तकलाई नेपाली भाषा र परिवेश प्रदान गरी पुनर्कथन गरिएको हो तर अनुवाद भने होइन । समाजवादी सभ्यतामा केटाकेटीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ ? भन्ने कुरा दर्शाउने अभिप्रायस“ग परम्परागत सांस्कृतिक सोच रूपान्तरण गर्नुपर्दछ भन्ने सन्देश दिने यस रचनामा कतै पनि सोझै समाजवादको कुरा गरिएको भेटिंदैन । परन्तु समाजवादी संस्कृतिको झलक दिने काममा भने यो अत्यन्तै सफल र महŒवपूर्ण बालरचनाको रूपमा रहेको छ । बालखण्डकाव्यको सन्दर्भमा पनि यसको छुट्टै मूल्याड्ढन गरिनुपर्दछ । यसमा प्रकृति चित्रणको स“गस“गै सामाजिक चित्रण पनि मीठो छ । 
सडकमा फोहोर यात्त या“क्ने चलन छैन 
जताततै पिच्चपिच्च थुक्ने चलन छैन 
मानिसलाई मानिसले हेप्ने चलन छैन 
सत्य सा“चो कुरालाई छोप्ने चलन छैन । 
(पृष्ठ ३)
शोषण विभेदबिनाको रमाइलो ठाउ“स“गै नेपाली पहिरन र कइरनको मिठास दिन काव्य सफल छ । यो एउटा रोचक स्वैरकल्पना पनि हो जसमा मुरलीको धुनले लठ्याएर मुसाहरूलाई नदीमा बगाइदिने घटनास“गै आनो कामको ज्याला नदिएको हु“दा गाउ“–बस्तीका जम्मै बालबालिकालाई पनि मुरलीकै धुनले लठ्याएर अन्तै लगेको घटना समावेश छ । काव्यकारिताको दृष्टिले हेर्दा पनि यसमा विभिन्न लय र अलड्ढार–सड्डति पाइन्छ । यसले गर्दा केटाकेटीहरूलाई पढ्न मजा लाग्ने बन्न पुगेको छ । 
कविताको श्रृंखलामा रहेको तर बालसाहित्यको सीमा बाहिर रहेको रचना हो– ‘छोरीसित ।’ यसलाई स्रष्टाले ‘संवाद–काव्य’ नाम दिएका छन् । तीनजना पात्र र दुई मात्र सम्वाद रहेको यो रचना बहुचरित्रचित्रणको अनौठो काव्य हो । कवि सिद्धिचरण श्रेष्ठद्वारा भूमिकामा भनेझैं यसले नारी जागरणको नया“ दुन्दुभि फुक्ने प्रयास गरेको छ । कवितात्मक दृष्टिमा हेर्दा महाकवि देवकोटाको प्रभाव शारदारमणमा परेको झल्को यसमा पाइन्छ । जस्तो देवकोटा शाकुन्तलमा भन्छन्– 
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी 
रेखा तीन हुने विचार गहिरा दाडी बढारून् यहा“ ⁄
घुम्टो आधि झिकेर स्त्रीहरू पढून् टाढा चिहाइकन 
का“ढाबाट बची सबै रसिकले पत्ती गुलाफी सु“घुन् ।
(शाकुन्तल, पृष्ठ ६, श्लोक २७ प्रथमसर्ग) 
र शारदारमण ‘छोरीसित’मा भन्छन् ः 
नेपाली वनमा सुसाउ“छ भने यो बा“सुरीको ध्वनि 
पक्कै नै अपनाउ“लान् मुलुकका छोरीहरूले पनि 
यसमा गीत नया“ नया“ भरिदिऊन् ढोका उघारी दिऊन् 
बोधो जीवनलाई ताकत थपुन् घोचुन् तिखारी दिऊन् ⁄
(छोरीसित–प्रस्तावना– पृष्ठ २, श्लोक ८)
दुवैको काव्यात्मक चाहना पाठकहरूले आनो ग्रहणशील चेतनाको ज्योतिमा पुस्तक पढून्, सुझाव दिऊन् वा राम्रा कुराहरू लिऊन् भन्ने रहेको छ । छन्दप्रयोग र मड्डलाचरणमा पाठकप्रति समर्पणभाव पनि समान छ । परन्तु काव्यको विषयवस्तु, चरित्र र आकारमा भने ठूलो भेद छ, असमानता छ । काव्य–पात्र हिमानीदेवी भएर कवि बोलेका छन् र पात्रहरूका माध्यमबाट समेत नारीमुक्तिको सन्देश दिएका छन् । यो काव्य पनि दुई संस्करण पाठकहरूबीच पुगिसकेको छ । 
६. निबन्धकार तथा नाटककार व्यक्तित्व 
कवि व्यक्तित्वको सफलता जस्तै शारदारमण नेपाल निबन्ध र नाटकमा पनि कुशल शिल्पीका रूपमा देखापर्छन् । उनको निबन्धरचनाको क्षेत्र यति व्यापक छ कि त्यसको छुट्टै खोज, अनुशीलन जरुरी छ । अखबारी लेखनको– हलुङ्गो बोलीदेखि शास्त्रीय एवं सैद्धान्तिक लेखनको दार्शनिक– गह्रुङ्गो गोलीसम्म उनको अभिव्यक्तिमा लोली मिलेको पाइन्छ । बालरचना बनेर ‘गौंथलीको गु“ड’ निबन्ध रहेको छ भने राजनैतिक टीकाटिप्पणीको, सैद्धान्तिक व्याख्या विवेचनको पोको बनेर ‘जनादेश’ देखापर्दछ । पत्रपत्रिकाहरूमा छापिएका लेख, टिप्पणी र सम्पादकीयको सन्दर्भमा पनि उनको निबन्धकारिता एवं विश्लेषक व्यक्तित्वलाई नियाल्नुपर्दछ । ‘बालबालिका र दलित बालिकाहरू’ नामक रचनामा मात्र हैन, समीक्षकको कार्यकार बहन गर्दा उनले गरेको समालोचनामा पनि लेखकको व्यक्तित्व विस्तारित छ । उनी भन्छन्, “हामी निकै अगाडि बढिसकेको स्थितिमा पनि केही न केही कमीकमजोरी हुन जानु अस्वाभाविक छैन । ... हाम्रो समाजमा रहेको विषमता, उथलपुथल र जनआकांक्षाको राम्ररी अध्ययन गर्न र जनतासित एकाकार भएर चल्न नसक्दासम्म हामी कवि–लेखकहरूमा धेरै कमीकमजोरी रहनु स्वाभाविकै हुन्छ । यस्ता कमीकमजोरीहरू विरुद्ध निरन्तर लड्दै र आफूलाई सच्याउ“दै अघि बढाइरहने संस्कृतिको निर्माण गर्ने कार्य पनि आज हाम्रो का“धमा छ (साहित्य सन्ध्या– अंक ३, २०५७ माघ) । सांस्कृतिक रूपान्तरणका बारे गरिएको विवेचना पनि यस प्रसंगमा स्मरणीय रहेको छ । 
नाटककारको हैसियतमा भने शारदारमण नेपाल बालनाटकदेखि गीतिनाटकसम्म नै विस्तारित छन् । हाम्रो ‘अभियान’ पूर्णाड्ढी नाटक हो तर बालसाहित्यको क्षेत्रमा रहेको । लघुनाटक र एकाड्ढीका रूपमा रहेको छ ‘खला“ती बाजे ।’ यो पनि बालनाटक नै हो । ‘युद्ध जारी छ’ भन्ने रचना गीतिनाटक हो र पूर्णाड्ढी पनि हो । यसमा शोषणका विरुद्ध जुधिरहेका नेपालीहरू खासगरी देशबासीहरूको समस्या उजागर गरिएको छ । एकातर्फ वामपन्थी शिक्षकले गाउ“–बस्तीमा भोग्नुपरेको दुःख र पञ्चायतकालीन पीडा छ भने अर्कोतर्फ त्यसका विरुद्धमा उठ्नुपर्ने जागृतिको सन्देश पनि छ । विदेशबाट फर्केको लाहुरे तथा घा“स काटेर फर्कंदै गरेका युवतीबीचको कुराकानीबाट आरम्भ गरेर, लोकजीवनका अनेकौं भाकाहरू टिपेर पञ्चायती परिवेशको अंकन गरिएको छ । प्रधानपञ्चहरूको चर्तीकला, माननीयको मोजमस्ती, लाहुरेको लहडबाजी, शोषणका विरुद्धको विद्रोह र नया“ चेतनाको दीयो बलेको, बाल्ने चेष्टा राखेको रचना हो यो । तीन अंकमा अनेकौं दृश्यहरू यसमा संयोजित छन् । विषयवस्तु र प्रस्तुतिका दृष्टिले ‘युद्ध जारी छ’को सन्देश नामस“गै सार्थक रहेको पाइन्छ । परन्तु बालनाटकमा भने ‘हाम्रो अभियान’का लामा लामा सम्वादले गर्दा मञ्चनाटकभन्दा पाठ्य–नाटक जस्तो बन्न पुगेको छ । नाटकको खडेरीमा सिर्जनाले फाटफुट वर्षाको शीतलता दिएको भए पनि नाटकीय विशेषता डबलीमा अभिनय गर्न सुगम हुने हुनु जरुरी हुन्छ । पाठ्य–नाटकलाई साहित्यिक नाटक भन्ने गरिएको छ भने मञ्च नाटक रड्डमञ्चको अभिनयमा केन्द्रित रहिआएको छ । यद्यपि ‘खला“ती बाजे’ संग्रहमा भने तुलनात्मक मात्रामा संवादहरू छोटा छन् र हास्यव्यङ्ग्यात्मक प्रस्तुति समेत रहेको पाइन्छ । तीनवटा एकाड्ढी संकलित ‘खला“ती बाजे’ कृषिकर्मको महŒव दर्शाउन, जातीय अन्तर्विरोध सम्याउन र शास्त्रीय संस्कारलाई बटार्न–मठार्न सफल छ । यसले एकातर्फ पुरेतको स्वाङ्माथि व्यङ्ग्य गर्छ भने अर्कोतर्फ फजुल खर्च गर्ने प्रवृत्तिका विपक्षमा मसिनो सन्देश दिन्छ । स्वाभिमानी बन्न हौस्याउ“छ । तुलनात्मक दृष्टिले भन्दा ‘खला“ती बाजे’ राम्रो छ । यसरी निबन्ध र नाटकमा केही सामान्य कमजोरीका बाबजुद उनको लेखन सफल र प्रभावकारी नै लाग्दछ । 
७. आख्यानकार शारदारमण नेपाल 
केटाकेटीलाई मन पर्ने प्रमुख विधाहरूमध्ये कथा एक हो । कथाको विधा– आख्यान हो । आख्यानको सन्दर्भमा लघुकथादेखि उपन्यासलाई समेत जोडेर हेर्ने गरेको पनि पाइन्छ र कथा तथा उपन्यासलाई अलग्गै विधा मानेर चर्चा गर्ने गरेको पनि पाइन्छ । कथाकार शारदारमणको आख्यान–कलामा अहिलेसम्म हेर्दा उपन्यास दर्ता भएको छैन । कथासिर्जनाका दुई विशेषताहरू छन् । एउटा पुनर्रचना वा पुनर्कथनको विशेषता, अर्को मौलिक सिर्जना । काव्यभित्रको कथानकमा पनि यो तरिका देखिन्छ । रचना–प्रक्रियाका यिनै दुईलाई एक बनाएर आख्यानकार शारदारमण उभिन्छन् । बालकथाको रूपमा प्रस्तुत– ‘हजुरबाको थाल’, अथवा ‘महाभारतका कथा भाग एक र दुई’ नामक रचनासङ्ग्रहहरूले यिनै प्रक्रिया अ“गालेका छन् । अघिल्लो सिर्जनात्मक मौलिक रचना हो भने पछिल्लो पुनर्कथित संरचना हो । कवितामा ‘ह्यामेलिनको मुरले’ लयात्मक रहेजस्तै कथामा महाभारतका कथाहरू गद्यात्मक छन् । पौराणिक मिथकलाई साहित्यका विभिन्न विधामा प्रयोग गर्ने काम दुनिया“भर हु“दै आएको छ । यही क्रममा हामीकहा“ पनि बालसाहित्यमा मात्र हैन प्रौढ साहित्यमा पनि यस्तो प्रयोग भएको छ । कथाकारले पुनर्कथन गर्दा केही नवीनता थप्ने र त्यसले दिने शिक्षाको चर्चा गर्ने पनि चलन छ । तर शारदारमण नेपाल त्यसतर्फ अग्रसर देखिंदैनन् । जसरी माण्डव्यको कथाले अप्रत्यक्ष सन्देश दिन्छ, अष्टावक्र र एकलव्यको कथाले दिन्छ, त्यसरी ‘आधा किलो सातु’ र ‘लम्बकण्ठ’को सन्देश बालबालिकामा मात्र हैन अन्य पाठकमा पनि सहजबोध हु“दैन । त्यसो त लेखक भन्छन्, “आजको बालसाहित्य– स्वाभाविक मनोरञ्जनस“गै संसारलाई विभिन्न कोणबाट बुझेर भविष्यप्रति आशावान् बन्न हौसला दिने किसिमको हुनुपर्दछ ।” तर यसका लागि यथार्थको गतिशील पक्ष अर्थात् संभावित यथार्थको अनुमानमा तर्कशील बन्न हौसला प्रदान गर्नु पनि त आवश्यक हुन्छ । जे होस् कथाकार आनो लक्ष्यप्रति सजग छन् र मिथकीय साहित्यलाई पुनर्कथन गर्दै बालबालिकाबीच पु¥याइरहेका छन् । यो हाम्रो परम्परा र संस्कृतिबोधका सन्दर्भमा बालज्ञानको परिधि बढाउने प्रशंसनीय काम पनि हो । यस अर्थमा कथाकार धन्यवादका पात्र बनेका छन् । 
निष्कर्षमा भन्ने हो भने एउटा त्यस्तो स्रष्टा जसको बारेमा केही शोधखोज– केही विवेचना, केही सल्लाह र केही सम्मान अलि अघि नै भैसक्नुपर्ने थियो । जसबाट उनको लेखनमा रहेका कमी स“च्चिएर सिर्जनात्मक उत्साह थपिएर हाम्रा सामु नया“ नया“ कृतिहरू आउने थिए । यद्यपि ओझेलमा परेका प्रतिभाहरूको छनौट कमै हुने परम्परा हामीकहा“ छ“दैछ र आज हामी त्यसको अ“धेरो चिर्ने प्रयत्नस्वरूप उपयुक्त व्यक्तित्वको बारेमा सम्मान प्रकट गर्दैछौं । उनको रचनाधर्मिताको चर्चा गर्दैछौं । निष्ठा जोगाएर बा“च्न कठिन वर्तमानमा निष्ठाकै नित्यपूजामा रमाइरहेका निश्छल प्रतिभा हुन् शारदारमण नेपाल । उनका सिर्जनाको समग्र अध्ययन–अनुसन्धान हाम्रो सांस्कृतिक आन्दोलनको निधि हो । यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गर्दै प्रगतिशील परिवेशको सीमापार गरेर देश, जनता र मानवजातिको हितमा समर्पित प्रगतिवादी प्रतिभाको बहुआयमिक व्यक्तित्वमा अझ सिर्जनात्मक सक्रियता बढोस् भन्ने शुभेच्छा जाहेर गर्न चाहन्छु । धन्यवाद ⁄
(साहित्यसन्ध्याले गरेको सम्मानसमारोहमा प्रस्तुत प्रवचन)
०५९÷५÷५

कविता
पराजय
– गंगा श्रेष्ठ
अस्ताचलमा उभेर गोधुली धर्तीलाई 
एक मुस्कान मीठो चुम्बन चुम्दै 
जब सूर्य बिदा हुन्छ 
तब मुसुक्क मुस्काउ“दै सन्ध्या 
र हतार–हतार ओढाउ“छे धर्तीलाई कालो पछ्यौरी 
विस्तारै अ“ध्यारिन्छ गोधुली धर्ती 
सक्रिय हुन्छन् लाटाकोसेरा र चमेराहरू 
क्रियाशील हुन्छन् स्याल र याउराहरू 
उज्यालोको विरुद्ध नारा लगाउ“छे रजनी 
सूर्य मरेको घोषणा गर्छे यामिनी 
उत्फुल्ल हुन्छन् लाटाकोसेरा र चमेराहरू 
प्रफुल्ल हुन्छन् स्याल र याउराहरू । 

टाढा कतै क्षितिजमा 
देखिन्छ एउटा जूनकीरी 
र देखिन्छ त्यतै कतै 
एक अग्नि चिंगारी 
उज्यालोको विरुद्ध नारा लगाउने रजनी 
सूर्य मरेको घोषणा गर्ने यामिनी 
एउटा जूनकीरीस“ग सामना गर्न नसकी 
एक चिंगारीस“ग संग्राम लड्न नसकी 
हट्दै जान्छन् मैदानबाट पछि–पछि 
युद्धमा हारेका थकित सेनाहरू झैं । 

नजिकै यतै–कतै 
झुलो चकमक देख्छे यामिनी 
उज्यालोको विरुद्ध खनिएकी रजनी 
सूर्यको खिलाफमा उत्रिएकी यामिनी 
यत्रतत्र सन्त्रास बोकेर 
बेतोडले भाग्न थाल्छन् मैदानबाट 
भाग्दा–भाग्दै खोरबाट 
सुन्छन् प्रभात बोलाइरहेका भालेका डाकहरू 
सूर्यको आयु निलेर 
आफू अजम्बरी बनेको फूर्ति गर्ने रजनी 
बेहोस्–बेहोस् हुन्छे÷मुर्छा पर्छे 
रजनीको विरुद्ध बिहानीलाई निम्ता दिने 
भालेहरूका गर्दन निमोठ्न 
सक्रिय हुन्छन् स्याल र याउराहरू 
संड्डीन चुनौतीहरूस“ग लड्दै 
आखिर निम्त्याइछाडे बिहानी भालेहरूले 
उज्यालोको विरुद्ध खनिएकी रजनी 
सूर्यको आयु निल्न तम्सिएकी यामिनी 
आखिर आनो आयु बिहानीलाई सुम्पेर 
बाध्य भए मृत्युवरण गर्न ।

श्यामप्रसादका चिट्ठीहरु
गुप्तवासबाट जनकप्रसाद हुमागाईं र गोविन्द भट्टलाई
प्रिय साथी खड्काज्यू,ग
तपाईंको सुझाव अनुसार आनन्दको निबन्ध हेरिसकेको छु । हामीले बेला बेलामा आफूलाई उति मन नपर्ने रचनाहरू पनि प्रकाशित गरिरहनु पर्ने नै हुन्छ । पत्रिकाको विविध रुचिका लेखकहरूलाई र त्यस्तै थरिथरिको चाख भएका पाठकहरूलाई पनि आकर्षित गर्नुपर्ने हुन्छ, एक थरिकालाई मात्र हात दिन खोजेर पुग्दैन । त्यसैले, यस्ता रचनाहरू प्रस्तुत गरेका बेलामा खिन्न हुने नगरौं । 
पत्रपत्रिकाहरूमध्ये कुन कुन हाम्रो पक्षका हुन् र कुन कुन हाम्रा विरोधीहरू हुन् भन्ने प्रश्न पनि महŒवपूर्ण छ । यसबारे पनि यो वर्षभरि नै चनाखो भई अध्ययन गर्दै जाऔं । पक्षमा भएका पत्रिकाहरूको पूरा मात्रामा सदुपयोग गर्ने प्रयत्न गरौं– खासगरी हाम्रा साथीहरूमाथि, हाम्रो राम्रो विचारमाथि आक्रमण भएका बेलामा उचित आड दिने नीति लागू गर्न खोजौं । यसको निमित्त सबभन्दा पहिले आफ्नै समितिमा प्रचार गरी एकमतमा पुग्ने प्रयत्न हुनुपर्छ (समिति बनाउने काम बा“की भए पहिलेको महिनाभित्र बनाइसक्ने कोसिस गर्नु हुने नै छ ।) ।
प्रेसको हात खालि नराखौं । एउटा काम सकिने बित्तिकै अर्को काम दिइहाल्ने गरौं । लेनिनसम्बन्धी रचनाहरू अब प्रेसमा दिनु भए कसो होला ? जम्मा खर्च कति लाग्छ भन्ने कुरा सूचित गर्नुभएमा सेयर उठाउन सजिलो पर्नेछ । पुस्तक त दुई हजार प्रति नै छाप्नु पर्ला । छापिसकेपछि मैत्री संघले पनि हजार पा“च सय प्रति किनेर सघाइदेला कि ? यसको निमित्त कसलाई भनिहेर्नु जाती होला ? शिवप्रसादजीस“ग सल्लाह गरी हेर्नुहुन्छ 
कि ? उहा“ले हामीलाई सघाउ हुने खालका एक दुई जनाको राय प्रस्तुत गर्नु होला कि ?
परिवारसम्बन्धी एउटा लेख पनि प्रकाशनार्थ जा“दैछ । 
आरामी चाहने
दिलग
गखड्का जनकप्रसाद हुमागाईं
गदिल श्यामप्रसाद

गोविन्द भट्टलाई
सारै खुशी लाग्यो । यिनलाई हाम्रो साप्ताहिक सूचनापत्रमा पनि उपयोग गर्न खोजौंला । यो पत्र बुद्धिजीवी कमिटी र बुकीलाई पनि नियमित रूपले पठाउने गरिएको छ । नमस्ते भन्ने अर्को पाक्षिक पनि पठाउने गरिएको छ । त्यो पत्रबाहक साथीहरूले झिक्नुभएको हो । 
बाहिर डुल्न गएर तपाईंले केही शारीरिक विश्राम र केही मानसिक रमाइलो पनि पाउनु भएको छ । डुल्ने मौका पर्दा बरोबर यसरी जाने गर्नु भए जाती होला । दिनको छ घन्टासम्म त अवश्य सुत्ने गर्नुहोला । निद्रा सारै ठूलो आराम हो र निद्रा पुगेन भने भोलिपल्टको दिन पनि खेर गइहाल्छ र शरीरमा पनि नराम्रो प्रभाव पर्छ । 
स्वागत गर्न खोजे पनि त्यसबाट अप्ठ्यारो आइलाग्ने भएकोले पन्छाउनु भएको ठीकै बेस हो । हामीले यसैगरी परिणाम के होला भनी विचार पु¥याएर चल्ने गर्नुपर्छ । 
पण्डितज्यूसित भएका कुराकानी पनि निकै उपयोगी छन् । धर्मबारे द्वन्द्ववादी भई विचार गरेर चल्नु पर्ने सल्लाह दिनुभएको सारै राम्रो छ । धर्मबारे हाम्रो एउटा लेख पढ्न पाउनुभएको छैन भने पठाउ“ला । यसमा प्रष्टताको कमीले गर्दा पनि हाम्रा निकै मित्र तŒवहरूलाई जनतासित गा“सिने काममा बाधा परिरहेकै छ । 
प्राध्यापक साथीहरूले बताएको मर्का पनि मननयोग्य छ । हामीले त ‘सकेको मात्र गर्ने’ भन्ने सोचाइ विकसित गर्न खोजिआएका छौं । आ–आफ्नो परिस्थितिभन्दा बढी गर्न कसैलाई पनि कर लाउने गर्नुहुन्न । हाम्रो काम त राजीखुशीले गर्ने विषय हो । कसैलाई करकापमा पारेर गराउने होइन । हरेकको अप्ठ्यारोलाई बुझिदिने गर्नुपर्छ । 
यी र यो चिर पोतिर पुग्नुभएको थाहा पाएर पनि खुशी लाग्यो । कतै जा“दा आउ“दा बाटोमा पर्ने, बाटोको नजिकमा पर्ने यस्ता ठाउ“हरू पनि पुग्ने कार्यक्रम बनाएर हिंड्ने गर्नुभए राम्रै हुन्छ । म त यी दुवै ठाउ“मा अझै पुग्न पाएको छैन– रहर भए पनि ।
रेणुजीगलाई पनि मेरो नमस्ते छ । केटाकेटीले त बिर्सिसके होलान् । 
कुशल कामनासहित । 
भाइदाइग
गरेणु – श्रीमती इन्दिरा भट्ट
गभाइदाइ – श्यामप्रसाद


कविता
आमाको आस्था 
– धनकुमारी सुनार 
औंलाहरू भा“ची भा“ची प्रत्येक क्षण 
नौ महिनापछि आउने प्रसूतिको उल्लास 
पर्खिरहेकी छ लगातार 
एउटी आमा 

बाङ्गाटिङ्गा बाटाहरूमा 
आस्थाको मूल फुटाउने 
परिवर्तनको फूल फुलाउने 
नवक्रान्तिका धावकहरू जन्माउने दृढतामा 
थामेर मन आ“खा नबिसाई 
सपना बटुल्नमा मग्न छे लगातार 
एउटी आमा 

एउटा साकार सपनाको आकार 
अञ्जुलीमा भरेर 
उसले पर्खिरहेकी नवजात शिशु 
सपनामा आउ“छ 
उस“गै नाच्छ फेरि हराउ“छ 
दिगो टेको लगाउन खोज्दाखोज्दै 
भत्किन्छन् उसका सपनाका घरहरू 
एक निमेषमै छालको बेगले 
निमिट्यान्न पार्छन् उसका सपनाका आकृतिहरू 
सपनाका मध्य मार्गमै छन् खाडलहरू 
खाडलमै बन्दाबन्दै भत्किन्छन् सपनाहरू 
तैपनि पूर्ण उज्यालोको खोजीमा 
सुन्दर परिकल्पना बोकेर 
प्रसूतीको उल्लास सा“च्नमा दृढ छे 
सपना देख्नमा मग्न छे लगातार 
एउटी आमा ⁄

कथा 
हरियो सर्प 
– नवीन विभास
‘साले ⁄ गोपे साइ“धवाको हावा खुस्केछ’
आज एकाबिहानै खोलाबाट फर्कंदा केटाकेटीझैं नाड्डै देखें उसलाई । मलाई पो लाज लाग्यो । छिटोछिटो भित्र पसेर ढोका बन्द गरें । हेर्न नसकेर झ्याल बन्द गरें । तर त्यो नारकीय दृश्य भने आइर≈यो– अघि अघि ऊ भागिरहेको पछि पछि केटाकेटीहरू र भुस्याहा कुकुरहरूले लखेटिरहेको ... ⁄
उसलाई देख्नेबित्तिकै मान्छेहरू त के रूखबिरुवाहरू पनि डरले निहुरिन्थे तर आज... ⁄ आफैलाई पनि विश्वास लागेन । फेरि बाहिर निस्कन खोजें तर सकिन । मन थाम्न नसकेर ढोका अलिकति खोलेर हेरें– ऊ भागिरहेछ । भुस्याहा कुकुरहरू अनि केटाकेटीहरू ढुंगामुढा वर्षाउ“दै लखेटिरहेछन् । मानिसहरू कसैमा यस्तो बिजोग देखेर पनि सहानुभूति छैन । कोही हा“सिरहेछन् कोही आश्चर्यका आ“खाले हेरिरहेछन् कि यस्तो पनि हुन्छ कुनै बेला ?
खाटमा पल्टिए“ । आ“खाभरि त्यै गोपीप्रसादको आकृति नाच्दानाच्दै झल्या“स्स आ“खा अगाडि आयो– मेरो ‘जारे कुकुर’ ⁄ मेरो प्यारो ‘भोटेकुकुर’ । त्यो कुकुर मर्दाखेरी का“चै आ“खामा रात गुजारेथें । कयौं रात रोएर काटेथें ।
मलाई याद छ– रातबिरात चोरचकारबाट जोगाएथ्यो गाउ“लाई । यदि अनुमति दिनुहुन्छ भने म त उसलाई ‘भगवान्’ भन्छु । किनकि मलाई नदेखेको भगवान्प्रति कुनै विश्वास छैन । 
वास्तवमा मेरो त्यो कुकुरले कहिल्यै तिर्न नसकिने रिन लाएर गएको छ । तर गोपीप्रसाद... ⁄ ऊ कुकुर हुनाले खानेकुराभन्दा अरू केही खाएन तर गोपीप्रसादले तन खायो । मन खायो । वन खायो । गाउ“ खायो । खायो देश । खायो पसिना र रगत । ऊ झर्रा मुक्खे र शोषकको नया“ अवतार तर खा“टी कम्युनिष्टको जलपमा ।
कति आकाशपाताल है गोपी र कुकुरमा ?
सकि बस्छु सकि उठ्छु सकि ढल्छु अनि भन्छु– साइ“धवा गोपे ⁄ त“ त जन्मनुभन्दा तुहिएकै जाती हुन्थ्यो । ... कुलको इज्जत त जाने थिएन । 
वैशाखको महिना । दाङको कछारको गर्मी कहा“ भनिसक्नुको छ र ? तर बाहिर भने हल्लीखल्ली उस्तै । 
‘पापीको सास के जाला सित्तै ।’
शोभेकी आमाको आवाजले झस्कन्छु । अनायास मेरा ओठहरू खुल्छन् थाहै नपाइकन– कति फरक नि शोभेकी आमा, मर्ने बेला जुम्राले नि छाडेको मेरो गुनी कुकुर र यो बिचरा बैगुनी मान्छे ⁄
सिन्दूर खोसिएका थरुनीहरू, शिरफूल लुटिएका छोट्कीहरू र बुढान खेदिएका, ‘घर न घाट’ पारिएका ती निश्छल, निरीह, निरपराध आ“खाहरूले यतिखेर यो दृश्य देख्न पाएको भए कति मन ‘स“म’ पार्दा हुन् । मेरा आ“खा अगाडि ती सजल आ“खाहरू, भिजेका आ“खाहरू, चित्कारहरू आइरहे, आइरहे एउटा होइन हजारौं हजार चेहराहरू ।
‘‘
क्रान्तिकारी साहित्यकार गोपीप्रसाद उपाध्याय ⁄ स्वघोषित क्रान्तिकारी ‘खा“टी कम्युनिष्ट’ नेता गोपीप्रसाद उपाध्याय ⁄ उही गोपीप्रसादको त्यो अग्लो घरको छानो हु“दै झरेको आकाशको आ“सु मिसिएर झन् ठूलो ढल बग्छ मेरो छाप्रोको जग खोल्दै । अनुहारमा दाया“ हातले छाया बनाएर घरि हेर्थे त्यो घरको छानो, घरि हेर्थें उसको घरबाट बगेको फोहरको ढल, अनि घरि हेर्थें त्यो ढलले मेरो घरको जग खोलिरहेको मेरो मझेरी । लामो सुस्केरा हालेर त्यो सुस्केरा बिसाउने कुनै भा“डो नपाए पनि भित्तामा अडेस लागेर सुस्साइरहन्थें । बगाइरहन्थ्यो तै पनि मेरो मझेरीको जग बनाउन आएको ढलको पानीमा कहिले ढुंगाको, कहिले काठको पर्खाल लगाएर छेक्ने असफल प्रयास जारी राख्थें । अ“, त्यै ढलमा बग्दैबग्दै पनि बा“ध्थे“ केटाकेटीले झैं बा“ध ।
जुम्ल्याहा छोराजस्तै थिए उसको र मेरो घर कुनै जुगमा । ऊस“गै हा“सेथें, गाएथें, खेलेथें । सानो छ“दाखेरी गोपीस“गै घर बनाउ“थ्यौं, बस्ती बसाउ“थ्यौं फेरि भत्काउ“थ्यौं अनि फेरि उभ्याउ“थ्यौं । 
आज गोपीप्रसाद उपाध्याय छ त्यो अग्लो घरमा । म उही मझेरीमा । जब ऊ एकाएक खै कसरी पतबारी भयो तब गुहेबारीमा हल्केको गोलका“क्रीझैं हलक्क हल्क्यो । कहिलीकसो ‘छड्के पारे’ झैं बोल्ने बोली पनि एकाएक बन्द भयो जब उसको घर बा“सको लिड्डो अग्लिएझैं अग्लियो । ‘चा“रे ढुंगा’ बिनाको ‘छड्के’ पनि कति बार पर्छर ? रोटी त दोहोरो पो पाक्छ होइन ? त्यसपछि सबै साइनो छुट्यो ।
ऊ कहा“ ⁄ म कहा“ ⁄?
बस् यिनै कुराहरूले भिजिरहन्थ्यो शरीर अनि बा“धिरहन्थे“ अग्लो घरबाट बगेको ढलमा बा“ध । या त आ“खामाथि बाया“ हातले छाया“ पारेर टोलाइरहन्थें । यति नभनुन्जेल बोलिरहन्थें– साले गोपे साइ“धुवा ⁄
‘पत्वारी मालिक ⁄ गरीवन्के...⁄’
‘घरमेन जन्नीमनैन सुत्केरी...⁄’
‘सक्कु ओरागिल, लर्कालर्कन भुखले...⁄’
पुसको महिना कछारको हुस्सुमा चीसोले लगलग का“प्दै थारूहरू आउ“थे बिन्ती बिसाउन एउटा बिसाउनी पनि नभएको निष्ठुरी चौपारीमा । कसाहीअगाडि खसीको अलापविलापको के अर्थ हुन्छ ? थारूहरूको आ“सु र पसिनाको इ“टाले आकाश छोयो गोपीको महलले । हर्नोकको डा“डाबाट, सुकीदहबाट, चौपट्टाका वनहरूबाट सालका ‘थाम’हरू सारेथे थारुरूले अर्थात् एकाएक पत्वारी भएको गोपीको घर बनाउने काठ, पालैपालो रहरले या करले, बाध्यताले या कर्तव्यबोधले ⁄ बिहान नखुल्दैदेखि रात छिप्पिदासम्म पनि छातीमा बोकेका चिचिलाहरू रुवाउ“दै थरुनीहरूले सारेको कति धेरै भएको छ र ? पतबारी भएकै ऐल्यै त हो नि । कति पठायो बुढान ? कति थरुनीका शिरफूल खोस्यो ? कतिका सिन्धुर लुट्यो ? कति थारु उठिबास भए ? हिसाब गर्न गा¥हो छ । कुनै पुरानो पतवारीभन्दा कम निष्ठुरी थिएन ऊ । कुनै शोषक÷सामन्तभन्दा कम गा¥हो थिएन ऊ । नया“ जोगीले बढ्ता खरानी घसेको सहिनसक्नुको थियो । 
कति दिन पुग्छ र अर्काको हा“सो खोसेर हा“स्नलाई ? भर्दा भर्दा कुवाको पानी पनि सिधिन्छ भन्छन् । फेरि कहिलेकाही“ एकदिन केही त होला भनिकन लामो सास फेर्थें ।
एक दिनको सम्झना छ । 
सधैंझैं लछिमा थरुनीले चुलोमा डेक्ची टेकाएकी थी । केटाकेटीहरू चुलोमा अगुल्टो ठोसिरहेथे तर पानीको बाहन उम्लदै उम्लेन । केटाकेटीहरू ‘हाइ“’ काढ्दै पर्खिरहेथे, हेरिरहेथे ।
–कहिले पाक्छ ?
–भोक लाग्यो ।
–ऐली पाक्छ । 
भन्दाभन्दै लछिमाको बोली भिजेथ्यो आ“सुले । आ“सु थाम्न नसकेर शायद खसाई या पुछी याद भएन । तर मलाई तिनीहरू जाग्राम बसेका यादहरू झलझली आइरहन्छन् । ‘ऐलै पाक्छ’ भनी आश्वासनले ढा“ट्दाढा“ट्दै ‘भा“गो’को डल्लो पल्टेझैं भन्टाङभन्टुङ निदाउ“थे । अनि बिहानै या राति नै उठेर मागिरहन्थे । खै कैले सम्झाउने ? उज्यालो भएपछि पकाउला भन्दाभन्दै उज्यालो पनि हुन्थ्यो तर कही“ छैन हात पस्ने ठाउ“ । त्यसबेला फेरि के भनु“ला ? के भनी टारीहोली ? एकदिन होइन दुइदिन होइन सधैंसधैं आफ्ना प्यारा बच्चाहरूलाई ? जानी जानी छक्याउ“नु पर्दा कसरी धकेले होलान् ती दिनहरू बिहान भाले बासेपछि निस्कने र जूनमामास“गै यौवनका जम्मै धरेर फिर्ने एउटा थारुले केले बुझायो होला उसको परिवारलाई ? मेरो आफ्नो त छ टाउको ओत्ने छानो र छ, लाज ढाक्ने टालो पनि । तर त्यो थारू प्रत्येक दिन मेसिनझैं चलिरह्यो, मालिककले झन् छिटो झन् छिटो चलाएझैं गरी । 
‘‘
त्यसदिन पनि भाले बासे । गाउ“ क्रमशः आ“खा मिच्दै उठ्न थाल्यो । चुराहरूको संगीत र गाग्राहरूको गीत बस्तीभरि गुञ्जन थाल्यो । 
मंसिरको चीसो स्या“ठ । नजिकैको मानिस पनि चिन्न मुश्किल पर्ने दाङको कछारको हुस्सु । त्यै हुस्सुमा उठेर पहरुले हे¥यो आ“खा चिम्म पारेको चुल्होमा अनि अगुल्टो ठोस्यो । चीसोले डल्लो परेको मनलाई सेक्न गुइ“ठा बाल्न खोज्यो । तर आगो थिएन ।
छोरोलाई उठायो ।
त्यतिखेर उसकी जहान बितेको छ महिना भइसकेथ्यो । रु“दा एक थोपा आ“सु थपिदिने, हु“दा एक खित्का हा“सो गा“सिदिने अब उसको लागि आफ्नो भन्नु आठ वर्षको छोरो थियो । स्वास्नी बितेपछि सपना हराएको मानिसझैं एक्लाएक्लै टोलाइरहन्थे । सा“झपख घरभित्र पसेर पनि केही भुलेझैं केही छुटेझैं गरी बस्दै फेरि उठ्दै चुलोघारीमा बसेर टोलाइरहेको छोरोलाई हेरेर आ“खाको कुनाकुनाबाट बा“ध भत्काउ“दै आएको आ“सु मनले थाम्न नसकेर चिमचिम गर्दै आ“खैले मिच्दै केही भन्न खोज्थ्यो तर बोली फुट्दैनथ्यो । त्यसपछि चपक्कै अ“गालो मारेर घु“क्कघु“क्क रुन्थ्यो । थाहा हु“दैनथ्यो कतिबेरसम्म रुन्थे तिनीहरू । ब्यू“झदा तीन आ“ख्ले नेटोपारी गइसकेका हुन्थे । तिनै रातमा पनि फेरि छामछामछुमछुम गर्दै ‘त“लाई भोक लाग्यो नि ⁄’ भन्दै चीसो चुलो कोट्याउ“दै आगो फुक्ने दुस्साहस गथ्र्यो ।
मन्टो हल्लाउ“थ्यो । खै के बुझ्थ्यो उसले ? भोक लागेको अर्थमा या भोक नलागेको अर्थमा ⁄ अनि फेरि उसलाई देखेर जुरुक्क उठेर कुनै हराएको मन खोजेझैं कुनामा यताउति गरिरहन्थ्यो ठेगाना नमिलेको ‘वइरंग’ चिठ्ठीझैं । 
पहरू धेरै रातहरू उसलाई छाम्दै निदायो कि निदाएन जा“च्दै रोइरहन्थ्यो र ऊ सुतेको बहाना गथ्र्यो । पहरू पनि आमाको मायामा पड्पिरहन्थ्यो उता, यता छोरो पनि आमाको यादमा । फेरि एक अर्कालाई सुनाएर अरू रुनु बढी बर्वाद ठानेर एक्लाएक्लै रुन्थे तर भन्दैनथे एकअर्कालाई । तर मुखले नभने पनि रोइरोई थाकेका थकित आ“खाहरू हेराहेर गरेर रोइरहन्थे रातैभर ।
सम्झना छ ।
पहरू र गोरु अघिघि पछि पछि छोरो खलिहान पुगेथे । 
दाइ“ गरेर आधाआधी भइसकेथ्यो भुइ“मा उज्यालो बस्दाखेरी । मान्छे राम्ररी चिनिने हु“दाखेरी पतबारी पुगेथ्यो ।
‘खानपिनमा आपस्त हुन्छ, लेनदेनमा हु“दैन क्यारे ⁄’
दाइ“ गरिरहेका थारुहरू जम्मै गरु“डको छायामा परेको सर्पझैं गुडुल्किएथे आ–आफ्ना खलिहानमै, कुरोको छेउटुप्पो नबुझेर अक्क न बक्क परेर पनि । र, भर्खरै सास झिकिएका ती मान्छेहरू हुन् या मूर्ति हुन् चिन्न गा¥हो भएथ्यो । 
पतबारीको ‘चम्चा’ले पहाडी कागज झिकेथ्यो । पहरूले अस्ति फागुनमा स्वास्नीलाई पठाउने कात्रो किन्दाखेरी, उसको ‘शुद्धो’ गर्न रिन लिन औंठाको छाप लाएको खाली पहाडी कागज– सम्झेथ्यो पहरू थारुले । तर त्यो छाप लगाएको मसी नसुक्दै कसरी उम्रे काला अक्षरको बाली त्यसरी ? ऊ फेरि अर्कोपाली पनि छक्क परेथ्यो । पहाडी कागज सबै भरिभराउ थियो । छाप लाउ“दा खालीखाली कागज तर आज... ⁄ मानौं बीउ पनि नछरेको बारीमा लटरम्म फलेको बाली ⁄
के मर्जी थियो पतबारीको ? के सोचेर ल्याप्चे मार्न लाएथे ? नछरिकन उम्रेका अचम्मका बाली बारीभरि कालाकाला अक्षरको बाली ⁄ कसरी भरिए ? कहा“बाट आए ? ऊ वक्क परेथ्यो । थाहा छैन, के भनिरहेछन् ती अक्षरहरूले ? के चाहन्छन् ती बालीहरू ? टोलाइरहेथ्यो पहरू थारू । ती अक्षर हेरेर अनौठो कुनै चीज भेटेझैं, अनायास पहरूको अनुहार भएथ्यो ठूलो आ“धी आउनु अघिको शान्त तर विलकुल कालो आकाशझैं ।
अक्षरस“ग बोल्न आउ“दैन उसलाई । उसलाई लाग्छ, पहाडी कागजमा लस्करै लागेका अक्षरहरू फा“टैभरि काला भेडाहरू चरिरहेका । 
पहरूको अक्षरस“ग चिनजान थिएन तर अचम्मको आतंक थियो । जब भेट हुन्थ्यो ती अनचिनार अक्षरस“ग तब उभिन्थ्यो उसको अगाडि कुनै निर्दोष किसान आफ्नो था“तबासबाट बेकसुर खेदिइरहेको निर्दोष चेहरा । अझ यसो भनौं– नलडिकनै लडाइ हारेको सिपाही भागेझैं तर कहा“ हो जाने ? कहा“ हो गन्तव्य ? ठेगाना हराएको चिठ्ठीझैं । तिनै अबोध नानीहरूको र बुढाबुढीका असजिला रुवाइस“गै रगतैरगत भएका क्षतविक्षत मूर्तिवत् उभिएका जवान छोरा, जवान छोरी...⁄
त्यसपछि खलिहानबाट फिरेथे पहरूस“गै अरू थारू पनि रित्तो हात, आ“सु पनि उतै छाडेर थाहा छैन त्यसपछि तिनीहरू बुढान गए कि कहा“ गए ? के भए ? कुनै खबर छैन । त्यो पनि थाहा छैन कहा“ छन् ऊस“गै खेदिएका अरू अरू... ।
‘‘
‘तिमेरुका लागि सल्यान पुगिन कि ? प्यूठान पुगिन कि ? तिमेरु आफ्नो जोईको पेटीकोट छाड्न नसक्ने पाजीहरूलाई के मालुम ? ‘दाना खाएको घोडा, देश घुमेको छोरा’ भन्ने उखान त सुन्या’छौ होइन मुसाहरू ?’
‘हजुर ⁄’
कोही मौन सुनिरहन्थे कोही ‘हो’ मा ‘हो’ मिलाउ“थे । 
सेतो कागजमा चरिरहेका भैंसी हुन् या आफ्नो श्रीसम्पत्ति ? बिचरा आ“खा नदेख्ने गौप्राणीहरूलाई के थाहा ? के थाहा आफूझैं निर्मल ठान्ने ती मनहरूलाई ? सधैं एकमाने ‘चौथा’भरिको तेलमा लर्काएर या लाल परेको तावामा तर्काएर या थर्काएर या दर्काएर सधैं छक्कापन्जामा फनफनी घुमिरहेका बिचरा ‘रोबोट’हरू ⁄ मै हु“ भन्नेहरू पनि गोपीको अगाडि गरु“डको छायामा परेको सर्पझैं गु“डुल्किएर सास फेर्न पनि बिर्सन्थे ⁄
‘या“ सही गर, मुसा ⁄’
के थाहा त्यो उसको जमिनस“गको भर्पाइ हो भन्ने ती गौप्राणीहरूलाई । 
‘या“ सही गर, मुसा ।’
‘या“ सही गर, मुसा ।’
‘या“ सही गर, मुसा ।’
क्रमशः दाङ–देउखुरीलाई ‘गुलजार’ बनाएका ती हातहरू सुकुम्बासी बन्ने क्रम तीब्र भयो, अझै जारी छ । बुढान (बर्दिया) खेदिने क्रम जारी रह्यो । मानौं कुनै लोक कहानीझैं प्रत्येक क्षण प्रत्येक पलमा जारी छ÷रह्यो ।
‘‘
‘तीनपाने’को ब्याकुलप्रेमी गोपीप्रसाद । तर अचाक्ली सतर्क हुन खोज्थ्यो । फाटेको इज्जत फाटेको टालोले ढाक्न खोज्थ्यो । यता ढाक्दा उता भ्वांग, उता ढाक्दा यता भ्वांग ⁄ ढाक्दाढाक्दै ‘हुक्क’ हुन्थ्यो ।
‘को छ नेपालमा मभन्दा ठूलो वामपन्थी बुद्धिजीवी ?
‘कोइ छ मभन्दा बढ्ता क्रान्तिकारी ?
‘कोइ है माइका लाल ?’
प्रत्येक सा“झ ढंगढंगिदै फिथ्र्यो । लोकलले छुन छाडेपछि ‘इण्डियन’ र ‘अंग्रेजी’ रक्सीमा बढुवा भएथ्यो । स्वास्नीको सहाराले भित्र पस्दै फेरि मालिकलाई नोकरले विश्वास दिलाएझैं भन्दै पस्थ्यो– हवस् ⁄ यसमा हजुर सुर्ताउनै पर्दैन । 
जुत्तामोजा अनि आ“गका लुगा फुकालिदिन्थी बुढीले । बिस्तारै खाटमा पल्टाइदिन्थी । तर प्रत्येकपाली खाटमा पल्ट“दै कहिले भन्थ्यो– का“ मानेको हो र त्यो अमेरिकी अम्बेस्डर्ले । कहिले भन्थ्यो– ‘आज इण्डियन अम्बेस्डर्ले छाड्या भए पो ⁄’ किक्लिक्क किक्लिक्क गर्दै बुढीको चाउरी परेको गाला मुसार्दै रेष्टु“राकी सुन्दरीलाई सम्झेर चुम्न खोज्दै भन्थ्यो– ‘थोरै त हो नि पिएको ⁄’ लर्बराइरहेको दाया“ हातले सानो कटौरो बनाउ“थ्यो । 
‘कहा“ हो र धेरै ⁄ जाबो यित्ति त हो नि ⁄’ झन् सानो कटौरो बनाउ“थ्यो । 
‘आफूलाई सम्हाल्नुपर्छ बद्रीको बाबा ⁄ जोरीपारीहरू गाला बजाउ“छन् । आफन्त भनिनेहरू पनि अनायास टाढिंदैछन् ।’ अतीतलाई सम्झेर झस्किन्थी । अनि कताकता मन अर्कै हुन्थ्यो । 
‘हिजो क्यै थिएन हामीस“ग तर थिए आफूलाई भन्दा ज्यादा माया गर्ने मान्छेहरू । तर आज सबथोक छ तर क्यै छैन । आज ती श्रद्धा, माया, हार्दिकता केही छैन बद्रीको बाबा ⁄ मात्रै घृणा घृणा, घृणा ⁄ जाबो मुखमा लोकाचार पार्ने त हुन् नि, आजका यी जम्मैले ⁄
आ“खा दगुराउ“थ्यो कोठाभरि सजाइएका– दराज, टिभी स“गस“गै राजकीय प्रज्ञाप्रतिष्ठानले दिएको सम्मान–पत्र, गोर्खा दक्षिणबाहु, अनि... ⁄ अनि हान्ने रांगाको आ“खाझैं पारेर भन्थ्यो– पोथी बासेको अलच्छिन हुन्छ । चूप ⁄
एक्कासी रिसको पारो जिरो डिग्रीमा झारेर भावुक मुद्रामा कहिले भन्थ्यो– केको कमी छ हामीस“ग अब ? खुवाइदिने, नुहाइदिने अर्कै । यो त स्वर्ग हो । बुझिस् हाम्ले खोजेको जनवाद भने पनि समाजवाद भने पनि यै हो । यै त हो नि हाम्ले चाहेको साम्यवाद ।
घरका प्रत्येक इ“टाले पनि सुनेझैं लाग्थ्यो । कार्यकर्ता र देशको रगत र पसिनाले भिजेका दलिनहरूले पनि गुनासो गरेझैं लाग्थ्यो । जब बिहान हुन्थ्यो तब टाइसुट लगाएर निस्कन्थ्यो गोष्ठीहरूमा प्रमुख अतिथिको आसनबाट समाजवादको प्रवचन दिन ।
वैशाखको महिना । दाङको कछारको गर्मीले झन् उकुसमुकुस पारिरहेछ तर बाहिरको हल्लीखल्ली भने उस्तै । 
–ए त्यसरी न लखेट् ⁄
–होइन होइन यल्लाई त जिउ“दै पोले पनि क्यै हु“दैन । 
–यल्लाई नखेदे को उसको बाउलाई ?
भुस्याहा कुकुरहरूले पनि भुक्दै लखेटिरहे । उसले सकि हातले कि... ले रोक्न खोज्छ । 
सम्झन्छु, कम्युनिष्ट बिग्रेपछि जात्तिबित्ति गनाउ“छ भन्थे सा“च्ची रहेछ । एउटा वामपन्थी नेता÷क्रान्तिकारी साहित्यकार कसरी पतवारी (तर खा“टी कम्युनिष्ट ⁄) भयो ? कसरी पतवारी पनि क्रान्तिकारी नेता भयो ? कसरी फेरि पागल भयो ?
हल्ला आइरहेछ । म भने ढोका थुनेर निदाउन कोसिस गरिरहेछु तर निदाउन सकिरहेको छैन । इतिहासबाट एउटा पिलो निचारि“दा जीउ सन्चो भएजस्तो कस्तो कस्तो भइरहेछ । मेरा आ“खाभरि तिनै ‘पतवारी कम्युनिष्टहरू’ आइरहेछन् अनि आफैलाई सोधिरहेछु– कहिले फुट्छन् देश र जनता अनि सिंगो मानव समाजका यी पिलाहरू ? बन्छ कहिले सुन्दर समाज ? राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने राम्रो परम्पराको सुरुवात गर्न कति धेरै अबेर गरेको यो समाजले ? कताकता नजानिदो गरी मन ‘स“म’ गरिरहेछ । कताकता सन्तोषको सासझैं लामो सास फेरेर हेर्छु– ढुंगामुढा बर्षाउ“दै नेटो कटाइरहेछन् ।


कविता
श्रापित मेरा 
नपुंसक सिर्जनाहरू
–यज्ञराज प्रसाईं
मलाई यो सडकमा ओहोर–दोहोर गर्न प्रतिबन्ध छ, 
मलाई निषेध छ आर्यघाट पुग्न आजकाल । 
मलामी पनि जान पाइन्न कि कसो ? 
आ“शु बोकेर मलामीहरू खडा छन् सडकहरूमा, 
आतुर छन् बिछोडका औडाहा बोकेर मनभित्र, 
कस्तो विडम्बना ? 
कर्यूले शासन गरिरहेछ आजकाल शहरहरू । 

मलाई इन्कार छ आर्यघाट पुग्न आजकाल, 
मायावी खेलबाट त्रस्त मेरो सिर्जना, 
अलिकति विद्रोह गर्न सक्दैन किन आजकल ? 
म के हिंडू“ मखमली सत्ताको कार्चोपी लगाएर सर्जकको, 
म मेरै गाउ“को बिर्खेको हत्यामा बोल्नै सक्दिन“ । 

हिंडिरहेछु आजकाल एक्काइसौं शदीको महाभारतमा, 
म भने अनजान सकारीरहेछु कसैको जमिन्दारी, 
म भने निष्फिक्री भौंतारिरहेछु सधै“, 
म अनजान आना नपुंसक सिर्जनाहरूमा ताली थापेर, 
मेरो कविताले सत्ताको सान्निध्य आरती लेखिरहेछ । 

हिंडिरहेछु आजकल म महाभारतमा, 
रणक्षेत्रको नक्सा बिक्री भैरहेछ ह्वाइट हाउसबाट 
बारुद गन्ध आउने टोटाहरू पड्काउने मनसायमा, 
संभावित दुर्घटनाले मेरो गाउ“ रोइरहेछ । 

तर सराप भोगेका मेरा नपुंसक सिर्जनाहरू– 
वडापनको मखमली कोर्चोपी लगाएर, 
सन्धिखर्कमा उभिएर अहन्तामा– 
धूर्त नायक बनेर कायरहरू, 
सत्ता सानिध्य बनेर देश ठगिरहेछ, 
सत्तामातमा जनता ठगिरहेछ । 

भर्खरै एक हूल गायकहरू, 
यतैतिर झरे सुनाए– 
सारड्डीमा रेटेर शोक औडाहरूले, 
पहाडतिरको मृत्युको समाचार ⁄
लेकतिरको मृत्युको समाचार ⁄
तर यतिबेला सिड्डो नलीहाड खोजिरहेछ लादेनको, 
बेखबर यसबेला कविता सत्ताको आरती लेखिरहेछ । 
तर कतिन्जेल बा“च्न सकिएला यो लाक्षागृहमा ? 
कति सहन सकिन्छ मायावी चालहरू कर्यूभित्र ? 
कति बेखबर बनेर छल्न सकिन्छ आफूलाई जाबो भातको लागि, 
रगतको निर्दोष खोला छेउमै बगिरहेछ । 
अब चा“डै कुरुक्षेत्र उठिरहेछ– महाभारत उठिरहेछ । 

प्रजातन्त्र र स्वतन्त्रताका चर्का भाषणहरू, 
बिस्तारै उच्च महलहरूतिर छिर्दै गए । 
कति सहन सकिन्छ बेखबर भएर, 
रगत टेकेर विलास यहा“ उठिरहेछ । 
धिक्कार श्रापित नपुसंक सिर्जनाहरूलाई, 
जसले परिवर्तन छेकेर सत्ता सान्निध्य रमाइरहेछ, 
धिक्कार छ श्रापित नपंसुक सिर्जनाहरूलाई, 
जसले छिमेकको मृत्युमा बेखबर बनेर मञ्चमा रमाइरहेछ । 
कति अनुकूल बेहोस बन्न सकिन्छ जाबो डुकुको लागि, 
नजिकै निर्दोष रगत बगिरहेछ– पीडा बढिरहेको छ । 
२०५८÷७÷२९

स्वतन्त्रताका लागि 
– कृष्णमोहन जोशी
हल्लाखल्ला पटक्कै नगरी 
स्मृतिका पानाहरू पल्टाउ“दै 
धरहरा ठिड्ड उभिरहेको छ 
स्वतन्त्रता र जनअधिकारहरू 
किच्दै मिच्दै गरेका दिनहरू हेर्दै 
स्वयम्भूका खुल्ला आ“खाहरू 
शान्तिपूर्वक झिम्काइरहेका छन्, 

बसन्तको शीतल हावास“गै 
पालुवाहरू लाग्न नपाउ“दै 
कुल्च“दै निमोठी या“किरहेका 
राक्षसी बुट र हातहरू 
परिस्थितिलाई काबुमा राख्दै 
काग र ब्वा“साहरूको माझ 
मिठाई र मासु या“किरहेका छन्, 

कलंकित हातहरूको स्पर्शले 
शानस“ग उभिएका हिम टाकुराहरू 
स्वाभिमानका चोट लाग्न गई 
बा“सजस्तै निहुरिंदै गएका छन् 
हिंसा र दमनको निर्मम प्रहारले 
स्वाभिमानीस“ग उभिरहेको
सगरमाथाको टाउको चर्किएको छ, 

पटक पटक हु“दै गरेका 
बलात्कार र चीरहरणका कथाहरू 
फेरि पनि यहा“ दोहोरिरहेका छन् 
असह्य वेदनाका चित्कारहरूले 
आकाश गुञ्जायमान भैरहेको छ 
आहत र चिच्याहटहरू प्रतिध्वनित भै 
सारा देश नै उचालिरहेको छ, 

चीरहरण गर्ने दुशासनकहरूको विरुद्ध 
आनो अस्तित्व जोगाउन 
विरोधका नाराहरू घन्काउ“दै 
सडक सडक चोक चोडकहरूमा 
दरिला पाइलाहरू टेक्दै 
आ“धीबेरी र ज्वारभाटा सरी 
जनसमर ओर्लिसकेको छ । 
२८ मार्ग, ०५९ 

सांस्कृतिक चिन्तन
उत्तरआधुनिकतावादको प्रत्युत्तर
– शम्भुनाथ
हाम्रो समाज विचारधाराको संकटबाट अघि बढिरहेको छ । यसैको फाइदा उठाएर आधुनिकतावाद र उत्तरआधुनिकतावादको बहस अरू विषयहरूलाई पछारेर केन्द्रमा आउन चाहन्छन् । पहिले जसरी प्राचीनतालाई पछौटेपन भनिन्थ्यो, त्यसरी नै अहिले आधुनिकतालाई पछौटेपन भनिन्छ । 
उत्तरआधुनिकतावादी चिन्तनको एउटा मुख्य स्रोत वास्तुकला हो, जसमा आस्वादका विभिन्न संस्कृतिहरूको अन्तर्मिश्रण भयो । “शास्त्रीय” र “लोकप्रिय”का बीच सर्वप्रथम यही प्रक्रियामा मेल भयो । “परम्परा” र “टेक्नोलोजी” मिले । दुइटै एकैसाथ उत्तरआधुनिक बुद्धिवादका अंग बने । तर उत्तरआधुनिकतावाद कुनै एक विचारधारा होइन । केही सामान्य अवधारणाहरू मिले पनि यसका थुप्रै अन्तर्धारा छन् । 
उदाहरणका निम्ति, इतिहासको अन्तलाई उत्तरआधुनिकतावादी विचारधाराको केन्द्रविन्दु मान्ने बुद्धिजीवीले के पाउनेछन् भने बौद्रिलार्दले आफ्नो नया“ पुस्तक “द इल्युजन अफ द इन्ड”मा इतिहासको अन्त नभनी मात्र यसको एकरेखीयताको अन्त भनेका छन् र यसरी अन्तको धारणालाई सीमाबद्ध गरिदिएका छन् । उच्च तकनीक र विकसित संचारमाध्यम भएको उत्तरऔद्योगिक समाजमा, जहा“ उपभोक्तावाद अबाध गतिले बढिरहेको छ, इतिहासको निरन्तरताको पुनः अनुभवले उत्तरआधुनिक परिदृश्यलाई अन्ततः त्यति निराशाजनक रहन दिंदैन जति प्रस्तुत गर्ने गरिन्छ । अर्काे कुरो, समाजमा गरिबी अहिले पनि सबभन्दा ठूलो वास्तविकता छ । एउटा छेउमा भलै उत्तरऔद्योगिक समाज होस् अर्काे छेउमा पूर्वऔद्योगिक समाज पनि छ, जहा“ गरीबी छ । गरीबीको नया“ यथार्थले सम्पूर्ण उत्तरआधुनिक मिथकहरूलाई  खोक्रो प्रमाणित गरिदिन्छन् र इतिहासको अन्तको दाबीलाई पनि । 
उत्तरऔद्योगिक समाज औद्योगिक रूपले अति विकसित बहुराष्ट्रिय प“ूजीवाद, उच्च तकनीक र विकसित संचारमाध्यमहरू भएको एक बहुकेन्द्रवादी समाज हो । प्रश्न के उठ्छ भने उत्तरआधुनिकतावाद एक वैचारिक हस्तक्षेप हो अथवा उपर्युक्त समाजको नै एक स्वाभाविक सांस्कृतिक प्रतिफलन । यदि उत्तरआधुनिकतावाद यान्त्रिक रूपले उत्तरऔद्योगिक समाजको नै अवधारणाहरूस“ग बा“धिएको छ भने र उत्तरऔद्योगिक समाजको दिशा नै यसको दिशा हो भने पहिलो सवाल के उठ्नेछ भने “धेरै दिशा”को यसको अवधारणाको के भविष्य छ ? यता उत्तरआधुनिकतावादलाई केही सामान्यीकरणहरूमा घटाएर हेर्ने गरिंदैछ, जस्तो “हरेक महानताको बिदाइ”, “आधुनिकताको आनन्ददायक दीनता”, “वृत्तान्तको अन्त”, “संस्कृतिको बजारीकरण” इत्यादि । यसबाट के व्यक्त हुन्छ भने उत्तरआधुनिकतावाद कुनै गतिशील परिप्रेक्ष्य होइन, मात्र एक स्थिर परिदृश्य हो । यो उत्तरऔद्योगिक समाजसित संघर्ष होइन, यसको ठीक विपरीत यो एक सम्मोहन र आत्मविसर्जन हो । यो उपभोक्ता समाजको विचारधारा हो । वस्तुतः उत्तरआधुनिकतावादलाई एक सुनिश्चित धारणाहरूमा बा“धिदिने कारणले गर्दा नै उपर्युक्त कामचलाउ सामान्यीकरण अस्तित्वमा आएको हो । उत्साही बुद्धिजीवीहरूले के हेरेनन् भने पश्चिममा पनि उत्तरआधुनिकतावाद कति चरणहरूमा विकसित भएर कहा“बाट कहा“ पुगेको छ । उनीहरूले यसको दार्शनिक विकासलाई उपभोक्तावादको समाजशास्त्रसम्ममा सीमित गरिदिए र एक चम्किलो हचपच भारतीय मूल्यकर्ताहरूमाथि थोपरे । 
रामचन्द्र शुक्लले बौद्धिक आयातहरूमाथि व्यंग्य गर्दै के लेखेका थिए भने हाम्रा बुद्धिजीवीहरू पश्चिमका ओइलाएका र केही हरिया जबर्जस्ती तानेका पातहरू यस किसिमले देखाउ“छन् मानौं ती पारिजातपत्र हुन् । हाम्रो देशका उत्तरआधुनिकतावादी लेखक आत्म–विसर्जनका त्यस्तै प्रवक्ता हुन् । उनीहरू के बुझ्नु आवश्यक मान्दैनन् भने भारतका आफ्ना सत्य छन्, आफ्ना व्याख्याहरू छन् । पश्चिमी चिन्तकहरूस“ग मात्र केही कोण मिल्न सक्तछन्, तर हाम्रा लेखकहरू पूरै वृत्त लिएर त्यसले हाम्रो जीवनको यथार्थलाई घेरिदिन्छन् । गौतम बुद्धले जुन वृक्षमुनि ज्ञान प्राप्त गरेका हुन् त्यसमा नै कोक्रो झुन्ड्याएका थिएनन् । 
यहा“ उत्तरआधुनिकतावादको पश्चिमी विकासका विभिन्न चरणहरू उपस्थित गर्ने आवश्यकता छैन । तर के प्रस्ट पार्नु आवश्यक छ भने “आधुनिकता”, “आधुनिकतावाद” र “उत्तरआधुनिकतावाद”लाई कुनै परिभाषामा बा“ध्न सकिन्न । तीनैको अर्थले अतिव्याप्तिको आभास दिने गरेका छन् । “आधुनिकता”लाई नै हेरौं न । यूरोपमा पहिले यसलाई प्राचीनताको विपरीत “वर्तमानता”को अर्थमा लिइन्थ्यो । अठारौं शताब्दीमा आएर यसलाई तर्क, धार्मिक आस्था र सौन्दर्यशास्त्रीय मूल्यांकनको सन्दर्भमा एक नया“ अर्थ प्राप्त भयो । अझ अघि बढेपछि जे जति प्रचलित छ त्यसको विरोधको दर्शन बन्न पुग्यो । नवजागरणकालीन आधुनिकताले पूर्वआधुनिक समाजका कृत्रिम सीमारेखाहरूलाई तर्क, बुद्धि र अनुभवको बलमा भत्काएको थियो । यो पूर्वआधुनिक रूपहरूको “डिकन्स्ट्रक्सन” थियो । एक आधुनिकता स्वयं जब प्रचलन बन्न पुग्यो, अर्काे आधुनिकता, सीमाहरूलाई भत्काएर नया“ खोजीमा निस्कियो । आज हामी आधुनिकताको एक दूरीमा उभिएका छौं र प्रस्ट के देख्तैछौं भने आधुनिकता “प्रचलन”बाट “नया“ खोज”मा एक निरन्तर छलाङ् थियो र यही नै यसको सबैभन्दा ठूलो शक्ति पनि थियो । 
प्रसिद्ध इतिहासकार टायनबीले यूरोपको आधुनिक कालको प्रारम्भ पन्ध्रौं शताब्दीबाट मानेका थिए, जतिखेर उनका शब्दमा “प्रभुत्वशाली बुर्जुवाजी अस्तित्वमा आयो” । उनी “उत्तरआधुनिक” घोषित गर्दछन् प्रथम विश्वयुद्धबाट सुरु हुने काललाई, जब आधुनिक मध्यवर्ग आफ्नो “रचनात्मक बौद्धिक ऊर्जा” गुमाएर आरामदायक, समृद्ध र सुरक्षित जीवनप्रति विक्षिप्त बन्यो । 
बीसौं शताब्दीको राजनीतिक, प्रौद्योगिक विकासहरूको छायामा आधुनिकताका थुप्रै धाराहरू र प्रतिधाराहरू बने । “औपनिवेशिक निहितार्थ भएको आधुनिकता” र “जातीय (राष्ट्रीय ? अनु.) निहितार्थ भएको आधुनिकता” का बीच लामो समयसम्म चलेको संघर्षस“ग पनि हामी अनभिज्ञ छैनौं । यो एउटा पुरानो वृत्तान्त हो । हिजोआज जुन उत्तरआधुनिकताको चर्चा छ, त्यो साठ्ठीको दशकमा आयो । नीत्सेबाट प्रभावित मिशेल फूकोले पछि आएर नवजागरणकालीन आधुनिक आदर्शहरूलाई घातक घोषित गरे, खासगरी त्यसको सार्वभौमताको पक्षलाई डटेर विरोध गरे । सन् १७८४ मा लेखिएको कान्टको लेख “ह्वाट इज इनलाइटमेन्ट”मा आत्मनिर्भरता र व्यक्तिगत स्वाधीनताका सन्देश थिए । कान्टले आफ्नो युगको परिवर्तनको सन्दर्भमा अन्धकारबाट निस्कन एक सार्वभौम दर्शन दिएका थिए । फूकोले त्यसको विरोध गरे र “विशिष्टता”, “विभेद”, “क्रमहीनता”, “इतिहासको अन्त”, “विनिरन्तरता” आदि अवधारणाहरू अघि सारे । उनले “समग्रता”को अवधारणाको विरोध गरे । मनन गर्ने कुरो के छ भने जुन कुराहरूलाई हामी सबै साठ्ठीको उत्तरको अवधिमा आधुनिकतावादको नामबाट जान्दथ्यौं, तिनै कुराहरूलाई नै पश्चिमी आधुनिक चिन्तनको परम्परामा उत्तरआधुनिकता वा उत्तरआधुनिकतावाद भनिंदै थियो । त्यहा“का चिन्तकहरू आधुनिकतावाद आधुनिकताकै वैश्विक प्रसारलाई भन्दथे । उनीहरू हामीले जस्तो  आधुनिकता र आधुनिकतावादलाई एकदमै अलग गर्दैनथे । यसरी साठ्ठीको उत्तरका लेखकहरू पश्चिमी दृष्टिले उत्तरआधुनिकतावादी हुनुपर्दछ । उत्तरआधुनिकतावाद एउटा पुरानो मामिला हो भने नया“ रूपबाट यसको होहल्ला किन उठेको हो त ? 
असीको दशकमा सूचनाक्रान्ति र नया“ अर्थव्यवस्थाको बढ्दो लोकप्रियताले उत्तरआधुनिकतावादी तर्कहरूलाई नया“ ढंगबाट उभ्यायो । हिन्दीमा पश्चिमको रूख उम्रिन पहिले तीस–चालीस वर्ष लाग्ने गर्दथ्यो । नया“ तर्क सज्जासहित उत्तरआधुनिकतावादलाई उम्रिन लाग्यो खालि दश वर्ष मात्र । यो हाम्रो बौद्धिक सम्वेदनशीलता पहिलेको भन्दा उन्नत भएको प्रमाण हो ⁄
पश्चिमी बौद्धिक जगत् १९८३–८४ मा नै उत्तरआधुनिकतावादको बहसमा अल्झिसकेको थियो । के भनियो भने आधुनिकताले आफ्नो उच्चतम सीमा हासिल ग¥यो, त्यसैले उत्तरआधुनिकतावाद आएको हो । क्रान्ति विफल भएको र इतिहास तथा केही सर्वस्वीकृत  सामाजिक सिद्धान्तहरू निष्प्रभावी मात्र होइन, अविश्वसनीय भैसकेको कारणले गर्दा ल्यौतारका शब्दमा ‘उत्तरआधुनिक दशाहरू” उत्पन्न भए । साठ्ठीको दशकको उत्तरआधुनिकतावादलाई असीको दशकमा ल्यौतार उपभोक्तावाद र बहुराष्ट्रिय साम्राज्यवादको सांस्कृतिक पुच्छर बनाइदिन्छन्, उपभोक्तावादी प“ूजीवादको सांस्कृतिक पुरस्कर्ता ⁄ विकृत समाजशास्त्रीहरूले पनि संस्कृति र अर्थव्यवस्थाका बीच यति यान्त्रिक सम्बन्ध स्थापित गरेका थिएनन् जति उत्तरआधुनिकतावादीहरूले गरे । के संस्कृति र अर्थव्यवस्थाको अन्तस्सम्बन्ध यतिबिघ्न हुनसक्तछ कि विश्वबजार बन्न सुरु नगर्दै त्यसले राष्ट्रिय वा जातीय संस्कृतिका सारा पहिचानहरू नष्ट गरेर यसलाई भूमण्डलीय बनाओस् ⁄ संस्कृतिहरू यति चा“डै मर्दैनन्, तिनले प्रतिरोध गर्दछन् । अर्काे एउटा सवाल के उठ्छ भने जुन उत्तरआधुनिकतावाद इतिहासको अन्तको घोषणा गर्दछ, त्यसलाई संस्कृतिमाथि चर्चा गर्ने हक नै के छ, किनभने संस्कृतिका आफ्नै परम्पराहरू हुन्छन् । अर्काे एउटा उल्लेखनीय भिन्नता के छ भने नवजागरणकालीन आधुनिकताले एक उच्चतर संस्कृति निर्माण गरिरहेको थियो भने उत्तरआधुनिकतावाद एउटा निम्नस्तर संस्कृतिको पछि उभिएको छ । ऊ विसंस्कृतिकरणको पक्षमा तर्क बनेर घुमिरहेको छ । उसले अपसंस्कृतिलाई नै बारम्बार संस्कृति भनिरहेको छ । 
एउटा कठिनाइ के छ भने हिन्दीमा आधुनिकताका बारेमा रचनात्मक जातीय चिन्तन व्यवस्थित रूपले आउन सकेको छैन । अतः लेखकहरूले प्रायः स्रोतसामग्रीका निम्ति विदेशी पुस्तकहरूको आश्रय लिनुप¥यो । यस कारणले त्यो सबै पनि हामीमाथि लादियो, जसका लागि हाम्रो मस्तिष्क बनेको थिएन । आधुनिकता बारेको देशी रचनात्मक चिन्तनको अभावको कारण के पनि हो भने हाम्रो समाजमा आधुनिकता विलम्बित आधुनिकता हुनुको कारणले साधारणतः पीडा, यातना, अन्तद्र्वन्द र ह्रासका अनुभवहरूमा नै अधिक पसारिएको छ । यथार्थवादको कति ठूलो दवाव थियो भने आधुनिकतामा सधैं नै आधुनिकतावाद देखिन्थ्यो । कसैलाई आधुनिक सिद्ध गर्नुभन्दा बढी प्रगतिशील सिद्ध गर्नु जरुरी मानिन्थ्यो । भारतेन्दु, महावीरप्रसाद द्विवेदी, प्रसाद वा प्रेमचन्दका बारेमा आधुनिकताको परिप्रेक्ष्यमा विचारै गरिंदैनथ्यो । आधुनिकतालाई त्यसको निरन्तरता, विकास र बहुलतामा हेरिंदैनथ्यो । सामान्यतया आधुनिकता वा आधुनिकतावादमाथि विचार खालि अज्ञेय, निर्मल वर्मा, श्रीकान्त वर्मा, नई कहानी–अकहानी आदिका सन्दर्भमा हुने गथ्र्याे । लेखकहरू नवजागरणकालीन आधुनिकतामा आधुनिकता देख्तैनथे ।
मुक्तिबोधले निडर भएर पहिलो पटक आधुनिकताको जातीय पक्ष लिए– “दुःखको कुरो के छ भने आधुनिकताका आधारभूत देश यूरोप–अमेरिका मानिएका छन् । भ्रष्टाचार, अनाचार, गरिबी, कलह, रागद्वेष, दाउपेचका दृश्य हामीले सर्वत्र देखिरहेका छौं । पैसाको मूल्य बढेको छ, मानिसको भाउ खसेको छ । यस्तो स्थितिमा भारतीय कविको कवितामा उदासी र विफलता, ग्लानि र क्षोभको चित्रण हुनु स्वाभाविक छ । अतएव यसलाई यूरोप–अमेरिकाबाट उधारो लिएको भावना भन्नु असंगत प्रतीत हुन्छ ।” निःसन्देह हरेक देशमा आधुनिकताबोधको आफ्नै जातीय सन्दर्भ होलान्, जसले त्यस देशमा आधुनिकताको व्याख्यालाई प्रभावित पनि गर्नेछन् । यसरी आधुनिकता एक सार्वभौम सवाल हुनुका साथै हरेक देशमा राष्ट्रिय विशिष्टताबाट युक्त समेत हुनेछ । उत्तरआधुनिकतावादको आक्रमणले हाम्रा निम्ति आधुनिकताको अर्थ बढाइदिएको छ, यसको पुनव्र्याख्याको आवश्यकतालाई बढाइदिएको छ । साथै नवजागरण, छायावाद र नई कविता–नई कहानी मात्र होइन, साठ्ठीयताको साहित्य तथा रूपवादको आरोप लगाएर अलग्ग्याइएको एउटा ठूलो साहित्यभण्डारको पुनर्मूल्यांकनको आवश्यकता पनि उत्पन्न भएको छ । उत्तरआधुनिकतावाद आफ्नो विचारधारामा स्थिर छ, आधुनिकता भने निरन्तर परिवर्तनशील छ, यो उत्तरआधुनिकतावादको प्रचलित रूढिहरूलाई भत्काएर एक पटक फेरि प्रतिविस्फोट झैं आउनेछ । आधुनिकता र यथार्थवादका बीच कोरिएको पुरानो लक्ष्मणरेखा अब निरर्थक हुन जानेछ । 
तेस्रो विश्वका समाजहरूमा आधुनिकताको परियोजना अपूर्ण रह्यो । त्यसो भएर पनि आधुनिकताले विभिन्न जातिहरू र समाजहरूको नया“ रूपान्तरणमा पर्याप्त सकारात्मक भूमिका खेलेको छ । यो अपूर्ण रहेको वा यो एउटा सार्वभौमता भएको कारणले मात्र यसलाई पन्छाउन सकिन्न । आधुनिकता एक सार्वभौम मामिला, यूरोपीय विकासहरूबाट प्रभावित सवाल हुनुका साथै स्थानीय खोज पनि हो । भारतीय नवजागरणको लामो संघर्ष खालि आधुनिकताका लागि मात्र होइन, जातीय आत्मपहिचानका निम्ति पनि थियो । यो संघर्ष एक अनऔपनिवेशिक आधुनिकताका निम्ति थियो । यस प्रक्रियामा भारत मात्र होइन, उपनिवेशवादस“ग लडिरहेका सबै “राष्ट्रहरू”को नया“ भूसांस्कृतिक नक्सा बनेको थियो । इतिहास, मानवीय मूल्य र संवेदना, लोकतान्त्रिक अधिकार, शिक्षा, विवेकवाद, धर्मनिरपेक्षता, बहुस्तरीय राष्ट्रीय मुक्ति तथा विश्व मानवतावादका नया“ अवधारणाहरू अघि आएका थिए । यी राष्ट्रहरूमा नवजागरणका कामहरू सामन्तवाद र साम्राज्यवादका निकै कठोर तŒवहरूको सामना गर्नु परेको कारणले पूरा हुन सकेनन्, त्यो चाहि“ अर्कै कुरो हो । 
उत्तरआधुनिकतावाद नवजागरणको आधुनिकताको विरोधी छ । के प्रश्न उठ्छ भने के त्यसमा सबै कुरो खराबै खराब, अतार्किक नै अतार्किक थियो ? के त्यसको जरो पूर्वआधुनिक रूपहरूको “डिकन्स्ट्रक्सन” भएकोले दोषपूर्ण थियो कि त्यसका पछि “रिकन्स्ट्रक्सन”को चेतना थियो ? भारतीय नवजागरण कुनै एकरेखीय जागरण थिएन । यो धेरै दिशामा जागरण थियो, जसलाई साम्राज्यवादविरोधी संघर्षले एउटै सूत्रमा उनिदियो । त्यो एक व्यापक मानवतावादी जागरण थियो । उत्तरआधुनिकतावादी चिन्तकहरूमा प्रमुख हैबरमासले फूकोलाई विवेकवादविरोधी घोषित गर्दै के भनेका थिए भने हामीले वर्तमान समयलाई नया“ जीवन त्यतिखेर मात्र दिन सक्नेछौं जतिखेर नवजागरणका बौद्धिक औजारहरूलाई विकसित गर्न सक्छौं । त्यसो भए मात्र हामी बिराएको बाटोबाट सही बाटोमा आउन सक्नेछौं । हैबरमासका शब्दमा “आधुनिकताको परियोजना पूरा हुन पाएको छैन, अधुरै छ ।” उनले के आरोप लगाएका छन् भने फूको मात्र होइन, बौद्रिलार्द, ल्यौतार, डिल्यूज तथा अरू धेरै चिन्तकहरूले पनि नवजागरणकालको “आधुनिकता– जुन स्वयम् एक सशक्त प्रतिअभिव्यक्ति थियो”लाई, नकारे । हामीहरू लगातार के भनिरहेका छौं भने भारतीय नवजागरण अधुरो थियो, हिन्दी समाजमा त्यो ठीक रूपमा आएन । 
उत्तरआधुनिकतावाद आधुनिकताको विकास होइन, त्यसबाट प्रस्थान चाहि“ हो । यो नवजागरणको विवेकवादको आलोचनाको रूपमा अघि आयो । नवजागरणले के मात्र सन्देश दिएको थियो भने व्यक्तिले कुनै अन्य सत्तामाथि निर्भर नरहेर आफ्नो तर्कबुद्धिबाट विचार गरोस् र ऊ आत्मनिर्भर होस् । उसले सन्देह पनि गरोस् । उत्तरआधुनिकतावादले यसमा विवेकवाद, इतिहासको निरन्तरता र थाहा छैन अरू के के कीटाणु भेट्टायो । उत्तरआधुनिकतावादी चिन्तनमा हैबरमासको वैचारिक अन्तर्धारालाई हाम्रा जडविहीन बुद्धिजीवी अघि ल्याउ“दैनन् । हामी के जान्दछौं भने अज्ञेय र निर्मल वर्माका निम्ति पनि नवजागरणको कुनै महŒव थिएन । उनीहरूको आधुनिकतावाद इतिहासको अन्त गरेर “क्षणको तात्कालिक अनुभव”को विशिष्टताको रेखाङ्कनमा लागेको थियो । निर्मल वर्मा इतिहासबाट उठेर मिथकमा पुग्न छटपटाएका थिए, किनभने इतिहासले उनलाई मात्र त्रस्त बनाउ“थ्यो, “हामी संसारको साक्षी हुने दम्भ गर्दछौं, जब कि हामी स्वयम् इतिहासबाट त्रस्त छौं । एक त्रस्तको साक्षी बकाइ कस्तो होला ? न उसले निर्माण गर्न सक्तछ, न त इतिहासलाई अतिक्रमण गर्न सक्तछ, जसबाट कविताले जन्म लिन्छ ।” उनी मिथकहरूमा केवल प्रकाश र इतिहासमा मात्र अ“ध्यारो देख्तछन् । कुनै समय यही अ“ध्यारोको चिच्याइ थियो उनको साहित्य । इतिहासमा बा“चेर पनि इतिहासका बारेमा यस्तो धारणा राख्ने मानिसहरूलाई वास्तवमै नवजागरण र राष्ट्रिय मुक्ति आन्दोलनका आदर्शहरूको विकासमा के रुचि हुन सक्थ्यो र ? 
नवजागरणदेखि लिएर छायावाद, प्रगतिशील आन्दोलन र “नया“ साहित्य”सम्म सौन्दर्यचेतना, मूल्यबोध र आलोचनात्मक अन्तर्दृष्टिको स्तरमा आधुनिकता निरन्तर विद्यमान थियो । आधुनिकता सधै“ नै एक सौन्दर्यबोधात्मक र मूल्यपरक अवधारणा थियो । पतनशील पू“जीवादी सभ्यताले आधुनिकताको धारणालाई घटाएर मात्र जीवनशैलीमा सीमित गरिदियो, त्यसलाई व्यावहारिक आधुनिकतामा परिवर्तन गरिदियो । “हाय हलो” गर्ने कूपमण्डूक पनि आधुनिक मानिन लाग्यो । आधुनिकताको व्यावहारिक सन्दर्भ बन्न पुग्यो खालि नया“ फेशन वा समृद्धि । आधुनिकताको एउटा मुख्य तŒव वैयक्तिकता, जुन अन्तर्वैयक्तिकतासम्म विस्तृत थियो र कला–साहित्य–संस्कृतिको क्षेत्रमा मात्र होइन, विज्ञानको क्षेत्रमा पनि असंख्य अनौठा प्रयोगहरू र आविष्कारहरूको माध्यम थियो, बिस्तार बिस्तारै व्यक्तिवादमा रूपान्तरित हुन थाल्यो । आधुनिकीकरणको विस्तारका साथै व्यक्तिको तीव्र संस्थानीकरण हुन थाल्यो । ऊ अब स्वतन्त्रचेता रहेन । आजको वैज्ञानिक–प्रौद्योगिक आविष्कारहरू व्यक्तिको इच्छा र साधनबाट होइन, बहुराष्ट्रिय कम्पनीहरूको कामना र साधनबाट हुन्छन् । अहिले त्यसरी नै आविष्कार गरि“दैन जसरी ग्राहमबेलले टेलिफोनको आविष्कार गरेका थिए । स्वतन्त्रचेता नरहेको कारण व्यक्तिको अनुभव र व्यवहारको विवेकस“ग सम्वन्धविच्छेद हुन पुग्यो । उत्तरआधुनिक मनोदशामा मानिस तात्कालिकतावादी, मूल्यविमुख र कामुक हु“दै गयो । उत्तरआधुनिकतावादले यस्तै नै दवाव उत्पन्न ग¥यो । आधुनिकताको वाहक थियो पुरानो उत्थानशील मध्यवर्ग भने उत्तरआधुनिकताको वाहक छ गलत उपायहरूबाट फल्दोफुल्दो नव्य कुबेरहरूको उपभोक्ता समाज । उत्तरआधुनिकता आधुनिकताको विपर्यय हो । 
के आधुनिकताबाट उत्तरआधुनिकताको प्रस्थानको कुनै निश्चित समयबिन्दु खोज्न सकिन्छ ? उत्तरआधुनिकतावादी चिन्तनको विडम्बना यस प्रश्नका सामु आफ्नो चरममा पुग्दछ । उत्तरआधुनिकतावादमाथि केही यस्तो किसिमले चर्चा भएको छ कि मानौं यो आजको विकसित प्रौद्योगिकी, सूचनामाध्यममा क्रान्ति तथा कुनै विराट् अन्तःविस्फोटको देन हो । के लाग्छ भने इतिहास र कथाको अन्तको अहिले आएर घोषणा भएको हो, सार्वभौमता अहिले आएर चुनौतीका सामु उभिएको छ, उपनिवेशवादभन्दा पहिले कुनै बौद्धिक घुसपैठ थिएन र अहिले आएर यसले आर्थिक र बौद्धिकको भिन्नता मेटाएको छ, व्याख्याहरू अहिले आएर भाषाको खेल बने, समग्रताले विखण्डनवादको चुनौती मात्र बितेका दिनहरूमा पायो र अनेकार्थताको धारणा अहिले मात्र अस्तित्वमा आयो । 
उत्तरआधुनिकतावादी चिन्तनलाई हिन्दीमा पुनः प्रस्तुत गर्नेहरूले इमानदारीस“ग के भन्नुपर्ने थियो भने उनीहरू एकदमै नया“ कुरा चाहि“ गरिरहेका छैनन् । यी सबै अवधारणाहरू साठोत्तरी आधुनिकतावादी साहित्यमा प्रचलित थिए । उनीहरू बढीभन्दा बढी के दाबी गर्न सक्तछन् भने भूमण्डलीकरण तथा सूचनामाध्यमहरूको क्रान्तिले आधुनिकतावादलाई एक अतिवादी बिन्दुमा पु¥याइदिएको छ । फेरि पनि, इलेक्ट्रोनिक मिडियाका चाहे जति नै नमूना प्रस्तुत गरौं, के उनीहरूले साहित्यबाट उदाहरण दिएर अहिले उत्तरआधुनिकतावाद नै प्रबल विचारधारा हो भनेर कहिल्यै प्रमाणित गर्न सक्लान् ? के अभाव, अन्याय र गरीबीबाट त्रस्त नव–स्वतन्त्र राष्ट्रहरूमा उत्तरआधुनिकतावाद एक प्रबल साहित्यिक विचारधारा कहिल्यै बन्न पनि सक्ला र ?
हाम्रो देशमा साठोत्तरी आधुनिकता पश्चिमी तŒवहरूबाट धेरै आक्रान्त थियो । फेरि पनि साठ्ठी र सत्तरीको दशकको समग्र साहित्यलाई दृष्टिपथमा ल्याउने हो भने त्यसमा इतिहास र परम्परागत सामाजिक सम्बन्धहरूको निषेध हु“दाह“ुदै पनि त्यस्तो धेरै पाइन्छ, जुन त्याज्य छैन । त्यो सबै आधुनिकताको नै नया“ अनुभव हो, त्यसको अंग हो । के हामी नई कहानीलाई उत्तरआधुनिकता भनौंला ? नई कहानी, नई कविता, नया“ नाटक आदिमा ती सबै लक्षण छन्, जुन आज उत्तरआधुनिकको नाममा गनिइरहेका छन् । फेरि पनि तिनमा त्यस अवधिको आधुनिकतावाद छ, जुन आधुनिकताबाट पूर्णतया पृथक् भएको छैन । यो आधुनिकतावाद आधुनिकताकै एक रूपभेद हो । त्यसो भएको हुनाले त्यस अवधिका धेरै नै रचनाहरूमा एक्लोपन, निस्सहायता, उद्विग्नता, द्वैध र निराशा पू“जीवादी व्यवस्थाको महिमामण्डन गर्ने किसिमका नभएर त्यसलाई अनावृत गर्ने किसिमका छन् । यी रचनाहरूको आधुनिकता भारतेन्दु, प्रसाद, प्रेमचन्दको युगभन्दा भिन्न छ, तर वस्तुतः विपरीत भने छैन । यस प्रक्रियामा आधुनिकताको साठ्ठीउत्तरको अवधिले नया“ आभिजात्यलाई त्यसरी नै मूर्तिभञ्जन गर्दछ जसरी स्वयम् नवजागरणकालीन आधुनिकताले प्राचीनताको आभिजात्यलाई भत्काएको थियो । लेखक यसलाई आधुनिकतावाद भन्ने गर्दथे र आधुनिकताको विरोधमा राखेर हेर्न अभ्यस्त थिए, तर यो भने थियो आधुनिकताकै एउटा उग्र अनुभव, एउटा रूपभेद । 
यी आधुनिकताहरू विखण्डनात्मक प्रवृत्तिहरूका हु“दाहु“दै पनि पू“जीवादी व्यवस्थाको अमानवीयता, जीवनको यान्त्रिकता र लोकप्रियतावादी संस्कृतिको उग्र विरोधमा उभिएका थिए । व्यक्ति र संस्कृतिको संस्थानीकरण– जुन आज आफ्नो चरममा छ– त्यस जमानामा चुनौतीविहीन भने थिएन । व्यक्ति डुब्दो द्वीपजस्तो नै सही, तर प्रकाशमय थियो । प्रतिरोधको उसको रचनात्मक बौद्धिक ऊर्जा समाप्त भएको थिएन । प्रतिरोध दिशाहीन थियो, तर अस्तित्वमा थियो । निःसन्देह साठोत्तरी आधुनिकतामा आधुनिकताका थुप्रै आवश्यक ऐतिहासिक तŒवहरूको करुण अभाव थियो, तैपनि त्यसको रूप उपभोक्ता समाज, भूमण्डलीकरण वा बहुराष्ट्रिय पू“जीवादको सांस्कृतिक तर्क भन्न सकिने किसिमको थिएन । 
उत्तरआधुनिकतावाद पहिलो हेराइमा आधुनिकता होइन, आधुनिकताको नकारात्मक तŒवहरूबाट प्रस्थान हो अथवा आधुनिकतावादमा एक किसिमको सुधारवाद छ । जे भए पनि, यथार्थवादको ढा“चामा लूकाजपछि ब्रेख्त, फ्रान्ज फेनन, अलथुसर, एरिक फ्रोम आदि थुप्रै विचारकहरूले आआफ्नो ढंगबाट सुधार प्रस्तावित गरेका थिए । उत्तरआधुनिकतावादले पनि उत्थानशील आधुनिकता र यथार्थवादविरोधी रुझान त्याग गर्ने दिशामा बढ्नु पर्ने थियो, जसरी यथार्थवादी चिन्तनधाराले आफ्नो आधुनिकताविरोधी रुझान बिस्तारोस“ग घटायो र कठोर वर्गीकरणलाई भत्कायो । उत्तरयथार्थवादको नारा लागेन, किनभने आधारभूत वैचारिक ढा“चाभित्रै सुधार प्रस्तावित भए । पश्चिममा खालि पू“जीवाद, उपभोक्तावाद र इलेक्ट्रोनिक मिडिया मात्र होइन, स्वतन्त्र बौद्धिक चिन्तनको पनि एउटा परम्परा छ । त्यहा“ वैचारिक बन्धन र चौघेरामा बा“धिएको सोच दीर्घजीवी हुन पाउ“दैनन् । वैचारिक आत्मसजगताको कारणले गर्दा नै यथार्थवाद सीमाबद्ध सोचबाट बाहिर निस्कियो । यसै गरी आधुनिकतावादले पनि बाहिर निस्कनुपर्ने थियो । संकट दुवैमाथि थियो । यस्तो मौकामा जसरी यथार्थवादको आधुनिक विकास प्रस्तावित गरियो, आधुनिकतावादको पनि यथार्थवादी विकास अपेक्षित थियो । यसका विपरीत आधुनिकतावादले मोर्चा बदली बदली यथार्थवादस“ग शीतयुद्ध चलायो । त्यसका कठपुतली भारतीय संस्करणहरू बने । कहिले शैलीविज्ञान, कहिले संकेतविज्ञान र कहिले संरचनावाददेखि उत्तरसंरचनावादसम्म वैचारिक युद्धमा आधुनिकतावाद अन्ततः भा“च्चियो नै । हुनु त के पथ्र्याे भने उत्तरआधुनिकतावादले “आधुनिकवाद” बाट प्रस्थान गर्नु र नवजागरणकालीन आधुनिकतास“ग गा“सिनु पथ्र्याे । अर्कातिर, यथार्थवादस“ग “इन्टर्एक्सन” गरेर आफूभित्र सुधार ल्याउनुपथ्र्याे । उसले “प्रचलन”बाट “नया“ खोज”मा एउटा अर्काे प्रभावकारी छलाङ् हान्नुपथ्र्याे । तर पुरानो ठाउ“मा नै अलिकति फुसफुसाएर उसले उपभोक्तावाद र मिडियाको समाजशास्त्रका सामु आत्मसमर्पण गरिदियो । सामान्यतः यसले प्रतिआधुनिकताको रुख मात्र बनाएन, उल्टो यथार्थवादविरोधी अभियान पनि तीब्र पा¥यो । ऊ बहुराष्ट्रीय उपनिवेशवादस“ग गा“सियो ।  
उत्तरआधुनिकतावाद कसको बीउ हो, कसले छरिरहेछ र किन छरिरहेको हो यी प्रश्नहरूका बारेमा हामीले नया“ रूपबाट विचार गर्नुपर्दछ । उत्तरआधुनिकतावाद नव औपनिवेशिक विकासको सांस्कृतिक सहसम्बन्धी हो, जसरी एकताका आधुनिकीकरण यूरोपीय उपनिवेशवादको इतिहासस“ग गा“सिएको थियो । यसको मूल चरित्र स्पष्ट भैसकेको छ र स्थिर पनि । उत्तरआधुनिकतावादको सरोकार लोक जीवन, नागरिकहरूको वास्तविक पीडा, राष्ट्रीय संस्कृति र इतिहास नभएर बजार र सूचनामाध्यमको नवऔपनिवेशिक उत्पाद हुन् । उसको भरोसा व्यक्तिको रचनात्मक बौद्धिक ऊर्जाबाट अन्तिम रूपबाट हटिसकेको छ । अब मात्र विकसित प्रौद्योगिकीमाथि उसको भरोसा रहेको छ । उसको दृष्टिमा मनुष्यको अर्थवत्ता, गरिमा र अपराजेयताको अनुभूति गराउने सबै परम्परागत सांस्कृतिक माध्यम व्यर्थ छन्, किनभने संस्कृतिको व्यावसायिक भूमण्डलीकरणको अवधिमा तिनको कुनै उपयोगिता बा“की रहेको छैन । विश्वबजारव्यवस्था एक नियति हो, जसमा मनुष्य नगण्य र गरिमाहीन हुन बाध्य छ । व्यक्तिको परिभाषा अब उसका सामाजिक कामहरू, विचारहरू वा उसको स्वाधीनताबाट हु“दैन, केबाट हुन्छ भने ऊ प्रौद्योगिक कुशलता, उपभोक्तावाद र सत्ताको कति उपल्लो स्तरमा छ । व्यक्तिकै मात्र होइन, जातिको पनि अब आफ्नो पहिचान हुनेछैन, आफ्नो अनुहार हुनेछैन ।
उत्तरआधुनिकतावाद नया“ प्रौद्योगिक आतंकवादबाट आक्रान्त भएको कारणले उत्तरऔद्योगिक समाजको सतहीपनको विलापपूर्ण व्याख्या मात्र हो । यसमा हस्तक्षेपको सामथ्र्य छैन, जब कि करोडौ“ मानिसहरू यस समाजको रंगीन अ“ध्यारोमा गएगुज्रेको अवस्थामा बाटामा  छन् र यसबाट निस्कन बाटो खोजिरहेका छन् । 
उत्तरआधुनिक चिन्तन सामान्यतः बौद्धिक निराशाबाट जन्मिएको हो र यसका आफ्नै अन्तर्विरोधहरू छन् । तर हिन्दीका उत्तरआधुनिकतावादीहरूको अन्तर्विरोधस“ग नै अन्तर्विरोध छ । उनीहरूलाई उत्तरआधुनिकतावाद एक सपाट अनुहारजस्तो लाग्दछ । हैबरमास “आधुनिकता”का सम्बन्धमा र बौद्रिलार्द “इतिहासको अन्त”का बारेमा त्यही सोच्तैनन् जस्तो फूको र ल्यौतार सोच्तछन् । त्यसो भएर पनि उत्तरआधुनिकतावादको नाममा आधुनिकता र इतिहासविरोधी तŒव नै अधिक प्रबल भएका छन् । हामी भारतका मानिसहरूले नवजागरणकालको विकासशील आधुनिकता, मानवीय मूल्य र आफ्नो इतिहास नै गुमाउने हो भने हामीस“ग बा“की के नै पो रहला र ?
पश्चिमी देशहरूलाई गुमाउने र खेल्ने सोख छ, हाम्रा निम्ति भने इतिहास र नवजागरणकालीन आधुनिकता हाम्रो पहिचान मात्तै होइन, साम्राज्यवादविरोधी संघर्षका हतियार पनि हुन् । हाम्रो समाजमा “बहुलतावाद” को “विरुद्धको अन्तद्र्वन्द”मा नवऔपनिवेशिक रूपान्तरण भैरहेको छ । यस क्रममा यदि उपर्युक्त वैचारिक हतियार खोसिए भने हामी कही“का पनि रहने छैनौं । अतः न केवल आधुनिकताको पुनव्र्याख्या आवश्यक छ, कसरी पश्चिमी उत्तरआधुनिकतावाद हाम्रा निम्ति एउटा “फ्युज्ड बल्ब”हो त्यो पनि स्पष्ट गर्नु आवश्यक छ ।
पश्चिमको संकट के हो भने ऊ आफ्ना आदर्शमा रोकिएन, भारतीय विडम्बना चाहि“ के छ भने यसले आफ्ना आदर्शहरूलाई लामो संघर्षपछि पाएर पनि गुमायो । हाम्रो देश एउटा त्यस्तो खोक्रोपनमा धकेलि“दैछ, जसको एउटा टुप्पोमा प्राचीनताविरह छ, फलतः साम्प्रदायिक, जातिवादी र क्षेत्रीय पुनरुत्थानवाद उभारमा छ । अर्काे टुप्पोमा भने अपसांस्कृतिक आकर्षणहरू छन्, जुन उपभोक्तावादका परिणामहरू हुन् । उत्तरआधुनिकतावादले मानिसहरूलाई आधुनिक नबनाएरै पूर्वआधुनिकता तथा उत्तरआधुनिकतावादमा फसाउ“छ । उसले मानिसलाई एक किसिमको मध्यकालीनता र उत्तरआधुनिकताको बीचमा स्यान्डविच बनाउन चाहन्छ । अतः के भन्ने इच्छा हुन्छ भने “उत्तरआधुनिक महाशय, पहिले अलिकति आधुनिक त हुनुस् ।”
“पूर्वआधुनिकताका सबै थोक बेकार छैनन् भन्ने कुरो ध्यानमा राख्नु पर्नेछ । पूर्वआधुनिकबाट आधुनिक समाजमा प्रवेश गर्ने प्रक्रियामा जीवन्त पूर्वआधुनिक उत्तराधिकारलाई बुझ्ने, बचाउने र विकसित गर्ने पर्याप्त काम भएको छ । उपनिवेशवादविरोधी जातीय संघर्षको क्रममा यो मामिला सधैं जीवित थियो र आज पनि जीवित छ । अतीतको दुरुपयोग हुन्छ, मात्र यही कारणले कसैले यसको अध्याय बन्द गर्दैन । पूर्वआधुनिकताबाट आधुनिकतामा संक्रमणको एउटै महामार्ग इतिहाससम्मत छैन । त्यसैले नवजागरणकालीन भारतीय अनुभव न अतीतका अन्तर्विरोधहरूलाई आधुनिक भविष्यमाथि थोपर्नु हो र न त अतीतको बहिष्कार गर्नु नै हो । नवजागरणकालीन भारतीय अनुभव के भन्दछ भने अतीतको जीवन्त उत्तराधिकारको विवेकवादी र सृजनात्मक उपयोग गर । नवजागरणकालको लामो ऐतिहासिक संघर्षमा भारतीय जनताले परम्परा र विवेकका बीच एक राष्ट्रीय सम्बन्ध स्थापित गरेका थिए र सामाजिक सुधारहरूमा रुचि देखाएका थिए । नवजागरणभन्दा पहिले कहिल्यै रूढिहरूको विरोध भएन र “सीमारेखाहरू” भत्किएनन् भन्ने होइन । पूर्वआधुनिक “डिकन्स्ट्रक्सन”को पनि आफ्नो एक “गौरवशाली परम्परा छ” प्राचीन साहित्य, दर्शन, विज्ञान र भक्तिआन्दोलनमा । उत्तरआधुनिकतावादको एउटा धेरै ठूलो सीमा के छ भने यसको दृष्टि यो गौरवशाली परम्परातिर जा“दैन । ऊ आधुनिकताको अभावमा अतीतका नकारात्मक र सकारात्मक सांस्कृतिक उत्तराधिकारमा फरक गर्न सक्तैन । 
उत्तरआधुनिकतावाद परम्पराको बहुलताको  पक्षधर छ, तर नवजागरण र आधुनिकताविरोधी रुझानका कारण “बहुलता”लाई “समग्रता” र “पुनर्रचनात्मकता”स“ग गा“स्न सक्तैन । नवजागरणले “वैयक्तिकता”का साथै “समग्रता”लाई पनि चिनेको थियो, उसो त औपनिवेशिक शक्तिहरूले भारतलाई सधैं नै “बथान” वा “समूह” माने, समाज होइन । समाजमा “वैयक्तिकता” र “समग्रता” दुइटै हुन्छन् । “समूह”मा यी हु“दैनन् । वैयक्तिकता र समग्रताको अद्वैत विशिष्टता र सामान्यताको अद्वैत वा भेदमा अभेद भारतीय परम्पराको नया“ संघर्ष होइन । खण्डचेतनाका पक्षधर उत्तरआधुनिकतावादीहरूलाई “समग्रता” पटक्कै मन पर्दैन ।  परम्परा जीवन्त छ कि मृत छ, यो परम्परा मात्र रूढि हो कि मिथक यसबारे विवेकपूर्ण विचारै नगरी उनीहरू परम्पराको स्वत्वको आवाज उठाउ“छन् । राष्ट्रिय जागरणका दिनमा देशभक्तहरूले उपसांस्कृतिक संरक्षणका साथै मिश्रित राष्ट्रीय संस्कृतिको विकासको पनि जिम्मेवारी लिएका थिए । यो काम उपनिवेशवादविरोधी संग्रामको एउटा मुख्य अंग थियो । उत्तरआधुनिकतावाद भूमण्डलीकरणको उद्घोषकर्ता हो । यो मिश्रित राष्ट्रीय संस्कृतिको विरोधी छ, यसका अवधारणाहरू “समग्रता”का विरुद्ध छन् ।
उत्तरआधुनिकतावादीहरूलाई आधुनिक राष्ट्रिय परम्पराहरूको कुनै चासो छैन, तर प्राचीन, मध्ययुगीन उपसांस्कृतिक रूढिहरू र मिथकहरूको भने अति नै चिन्ता छ । उनीहरूलाई के लाग्छ भने भूमण्डलीकरणको संघर्षमा स्थानीय उपसंस्कृतिहरू नै टिक्न सक्तछन् । “स्थानीयता” नै भूमण्डलीकरणको उत्तर हो । यस बिन्दुमा उत्तरआधुनिकतावाद एउटा छद्म मानवतावादको प्रवर्तन गर्दछ । यसले के देखाउ“छ भने भूमण्डलीकरणले उपसंस्कृतिहरूलाई समाप्त पार्नेछ, त्यसैले उपसांस्कृतिक पुनरुत्थान नै यसको सही राजनीतिक प्रतिरोध हो । यस पुनरुत्थानमा पुराना मिथकहरू र धर्मानुष्ठानहरूको पुनरुत्थान पनि समावेश छ । सम्पूर्ण केन्द्रहरू ध्वस्त भएका छन् भनेर ल्यौतारले “हरेक परम्पराको स्वत्व”को बकालत गरे । उत्तरआधुनिकतावादी चिन्तक आफ्नो फोकस “राष्ट्र” र “व्यक्ति”बाट हटाएर “उपसंस्कृति”माथि दिन्छ, किनभने यसमा एक उग्र संरक्षणवाद छ । भूमण्डलीकरण राष्ट्र र व्यक्तिचेतनाकै संस्कार मेटाउ“दैछ, अतः उत्तरआधुनिकतावादीहरूको दृष्टिमा उपसंस्कृतिहरूको स्वत्वचेतना नै आखिरी भरोसा हो । 
उत्तरआधुनिकतावादी गएका दशकको विश्वव्यापी  नव पुनरुत्थानबाट विशेष उल्लसित छन् । विशेषगरी भारतमा स्थानीय मतान्धता फेरि जागृत भएको छ । राष्ट्रीय जागरणका आदर्शहरूलाई किचिमिची पार्दै उपसांकृतिक उभारहरू जातिवाद, सम्प्रदायवाद, क्षेत्रीयतावाद आदि खराब तŒवहरूले सुसज्जित छन् । यस्तै उभारहरूलाई उत्तरआधुनिकतावादी लेखकहरू भूमण्डलीकरणको उत्तर बनाउन चाहन्छन् । उनीहरू विकासका खराब तŒवहरूको विरोध पछौटेपनबाट गर्न चाहन्छन् । 
भूमण्डलीकरणका नवऔपनिवेशिक तŒवहरूको विरोध गर्नका निम्ति विकासका हरेक मोडमा (१) आत्मनिरीक्षण (२) प्राचीन संस्कृति, नवजागरण र विकासशील आधुनिकताको विवेकवादी पुनर्गठन एवं (३) विकासको सामाजिक–आर्थिक न्यायस“ग सम्बन्ध – यी तीन कुराहरू आवश्यक हुन्छन् । कसले थाल्नेछ आत्मनिरीक्षण, विवेकवादी पुनर्गठन र न्यायको संघर्ष ? को हाम्रो आशाको केन्द्र हो ? श्रमिक ? दलित ? स्त्री ? नवयुवक ? बुद्धिजीवी ? उत्तरआधुनिकतावाद यस समाजको नियति होइन भन्ने सा“च्चैको विश्वास कहा“ कहा“ बचेको छ ?
उत्तरआधुनिकतावाद पूर्वआधुनिक संरक्षणवाद र उत्तरऔद्योगिक अराजकतावादको बाटो समातेर अन्ततः नव औपनिवेशिक विकास र भूमण्डलीकरणका निम्ति सांस्कृतिक स्थान बनाउ“दै गएको छ । यो संघर्ष गरिरहेको छैन, बाटामा लमतन्न परेर पल्टिएको छ । यदि उत्तरऔद्योगिक समाजको आधुनिकतावादी प्रवृत्तिहरूको व्यापक प्रभाव परेको खण्डमा– जसको आगामी दशकमा सम्भावना छ– भने गएको लगभग दुई सय वर्षको ऐतिहासिक संघर्ष र त्यसका उपलब्धिहरू नकारिनेछन् । “समग्रता”को विकासशील चेतनामाथि “खण्डचेतना”को विजय हुनेछ । समाजमा आर्थिक अन्याय बढ्नेछ । उपजातीय संघर्ष तीब्र हुनेछन् । देश गृहयुद्धतिर बढ्नेछ र तात्कालिक राहतका निम्ति आत्मविसर्जनवादी भूमण्डलीकरणतिर निरन्तर बढी झुक्तै जानेछ ।
उत्तरआधुनिकतावादले मानिसलाई “उपसांस्कृतिक” बनाउ“दैछ वा “ग्लोबल” । यसरी भारतीयता, विकासशील हिन्दी जातीयता र आधुनिकता सहित आधुनिकताका धेरै अन्य महŒवपूर्ण परियोजनाहरू पछि पर्दै गएका छन् । जब एउटा इतिहासको अन्त हुन्छ त्यतिखेर अरू थुप्रै नया“ इतिहासहरूको प्रारम्भ हुन्छ । यी नया“ इतिहास मनुष्यका बहुरेखीय उत्थानको इतिहास नै हुन्छन् भन्ने आवश्यक छैन । यी दुःस्वप्नहरू र ट्रेजेडीहरूको इतिहास पनि हुन सक्तछन् । 
उत्तरआधुनिकतावादको प्रभावमा धेरै बुद्धिजीवी भूमण्डलीकरणस“ग संघर्ष गरेको दाबी गर्दै कति रमाइलोस“ग यसको पकडमा आए, यस्ता उदाहरणहरूको कुनै कमी छैन । बितेका दिनहरूमा जनसंघर्षलाई उपहास गर्दै पुराना मिथकहरू र धर्मानुष्ठानहरूको महिमामण्डन भयो । टिभीसंस्कृतिको आत्मक्रन्दनमूलक व्याख्याहरू गरिए । देशका तटीय प्रदेशहरू र उपेक्षित इलाकाहरूमा पूर्वआधुनिक संरक्षणवाद, परम्पराको स्वत्व र क्षेत्रीय पृथकतावादका आवाजहरू पनि उठे । उपसांस्कृतिक अस्मिताको छटपटाइ, जुन भूमण्डलीकरणको प्रतिक्रिया हो, के सही प्रत्युत्तर हो त ?
एउटा उदाहरणबाट विषयलाई अरू बढी स्पष्ट गर्न सकिन्छ । मलयालमका एक महŒवपूर्ण कवि के.जी. शंकर पिल्लै आफ्नो एउटा प्रसिद्ध कविता “कोच्चि के दरख्त”(समकालीन भारतीय साहित्य – ५४) मा विष्णुको अवतार वामनको एकमात्र मन्दिर तृक्काक्करालाई ठूलो आस्थापूर्ण दृष्टिले हेर्दै भन्दछन् – “तृक्काक्करादेखि लिएर÷कोच्चिको बन्दरगाहसम्मको बाटो एक उखानजस्तै गाउ“ले प्रकाशले भरिएको थियो ।” यस कवितामा मलयालममा धेरै पुराना कविहरूको जातीय ऐतिह्यको वर्णन छ । यसलाई त्यो केरलको उपसांस्कृतिक अस्मिताको बोध भन्दछन्, जुन उपनिवेशवादविरोधी संग्रामका निम्ति आवश्यक छ । चिन्तनीय के छ भने भारतीय समाजमा उपसंस्कृतिको अवधारणाले मुख्य संस्कृतिको धारणालाई जन्माउनेछ र मिश्रित संस्कृतिको परियोजना पछि पर्नेछ । के हिन्दी प्रदेश यस्तो अस्मिताको बोध गर्न सक्ला, एक अलग र विशिष्ट सांस्कृतिक अस्मिताको बोध ? के हिन्दी कवि बनारसको मन्दिर वा गंगाको सन्दर्भमा आफ्नो अलग अस्मिताको बोध गर्न सक्तछन् ? निरालाले एउटा कविता लेखेका थिए “यमुनाका प्रति”, जसमा हिन्दी अस्मिताबोध कतै थिएन । 
केरलका मुसलमान महिलाहरू सामान्यतः बुर्का कहिल्यै पनि लगाउ“दैनथे । हिजोआज नया“ नया“ फेशनका बुर्का लगाउन थालेका छन् । जुन घरहरूमा कहिल्यै कीर्तन र जागरण हु“दैन थियो, त्यहा“ हुन थालेको छ, विशेषगरी हिन्दी प्रदेशहरूमा । ¥याप पनि सुन्दछन् र कीर्तन पनि । कहिले ¥यापमा कीर्तन र कहिले कीर्तनमा ¥याप सुन्दछन् । प्रवचनकर्ता गुरु र स्वामीहरूका रंगीन पोस्टर र कटआउट भूमण्डलीकृत महानगरहरूको छातीमा उत्तरआधुनिकताका कार्टुनजस्तै टा“गिएका छन् । हाम्रो देशमा मृत पूर्वआधुनिकताहरूका प्रेत नै उत्तरआधुनिकताका मुख्य दावेदार भएका छन्, उत्तरआधुनिकतावादको भारतीय विलक्षणता यही हो । साम्प्रदायिक र जातिवादी नेताहरूभन्दा बढी उत्तरआधुनिक को छ ? कतैबाट एक भय आउ“दो छ । कुनै असुरक्षाको भावना मानिसहरूलाई उपसांस्कृतिक मिथकहरूको संसारमा घ“चेटिरहेको छ । के यही हो उत्तरआधुनिक अनेकान्त, केन्द्र ध्वस्त हुनु ? के यो नव संरक्षणवाद होइन, पुराना प्रतीकहरू र पाखण्डहरू फर्किनु ? हामीले एकैसाथ पूर्वआधुनिकता र उत्तरआधुनिकतामा बा“च्नु छ, मात्र बच्नुपर्दछ आधुनिकताबाट । यसै सिक्काको अर्काे पक्ष हो सबै जनआन्दोलनको उपहास । कुनै संघर्षको केही अर्थ छैन । अतः घु“डा टेक । के मानिसलाई इतिहासबाट निराश्रित गरेर विनिरन्तरताको कुनामा लामो समयसम्म राख्न सकिन्छ ? के पुराना मिथक र धर्मानुष्ठानहरूको आदिम सम्मोहन वा अन्धराष्ट्रवादी अहम्ले मानिसलाई आफ्नो समयको पतनबाट बाहिर निकाल्न सक्तछ ? के यही उत्तरआधुनिकतावाद हो ? वा अनेक दिशाहरूको कुरा गर्दै अन्ततः एकध्रुवीय विश्वतिर बढ्नु, पश्चिमको नया“ दादागिरी उत्तरआधुनिकतावाद हो ?
पश्चिममा उत्तरआधुनिकतावाद पर्यावरणरक्षा, स्त्रीस्वाधीनता, जातिभेदविरोधी संघर्ष र केही अन्य तीखा संघर्षहरूबाट तटस्थ रहन सकेको छैन । फेरि पनि सामान्यतः उसले नया“ विश्व बजारव्यवस्था र त्यसको उपभोक्ता अपसंस्कृतिलाई एक नियति मानिसकेको छ । त्यसैले विकसित प्रौद्योगिकीका सामु मनुष्यको नगण्यता र दयनीयताको शपथपत्र बनिरहेको छ । ऊ “भूमण्डलीकरण” र “स्थानीयता”को लोभनीय अन्तर्युग्ममा टिकेको छ । उत्तरआधुनिकतावाद अहिले एउटा त्यस्तो बिन्दुमा पुगेको छ, जहा“ उसले आफूलाई मात्र “रिपिट” गर्न सक्तछ, भत्काउन सक्तैन । इतिहास विकासको दोस्रो नाम हो । स्वाभाविक के छ भने इतिहास त्यहा“ हु“दैन, जहा“ मात्र “रिपिटेसन” हुन्छ । उत्तरआधुनिकतामा त्यसैले इतिहास छैन । 
के सा“चो हो भने पछिल्ला केही दशकदेखि हामीले नवजागरण तथा विकासशील आधुनिकताका आदर्शहरूलाई लगातार गुमाइरहेका छौं, मूल्यहरूको हनन भैरहेछ । परम्पराविवेक मात्र धमिलो भएको छैन, विकासविवेक समेत ह्रास भएको छ । परम्परा मात्र होइन, विश्वबजारको ज्ञानविज्ञान, प्रौद्योगिकी, कलाहरू र उत्पादहरूबाट पनि के लिने र के नलिने भन्ने आलोचनात्मक विवेक संकटमा परेको छ । फेरि पनि, कुनै विपर्यय इतिहासको अन्तिम बिन्दु भने होइन ।        
(संस्कृति की उत्तरकथा नामक कृतिबाट अनुवाद गरिएको) 
अनुवादक ः निनु चापागाईंं




No comments:

Post a Comment