Tuesday, July 21, 2015

वेदंना पूर्णाङ्क - ७४

वेदना
साहित्यिक त्रैमासिक
वर्ष - ३५ , अङ्क - १ , पूर्णाङ्क - ७४ , २०६५ पुस 

सम्पादक
निनु चापागाईं
मातृका पोखरेल

प्रकाशक
दिल बरदान
सुवास श्रेष्ठ

सम्पर्क
पो.ब.नं. २४००, काठमाडौं
फोन : ०१–५५२०९१८, ४६०१००९

सहयोग समिति
इस्माली
महेश मास्के
शारदारमण नेपाल

जि.प्र.का. काभ्रे द.नं. १/०३०
मूल्य : रु ३०।–
आवरण चित्र
प्रोल्लास सिन्धुलीय

टाइप÷लेआउट
गायत्री गौतम
प्रकेश सिन्धुलीय

मुद्रण
शब्दघर अपसेट प्रेस
बागबजार, काठमाडौं
(९८५१०–११३७९)

सम्पादकीय
स्रष्टाहरूको बढ्दो भूमिकाको सन्दर्भमा ः द्द

कथा
अनिल शर्मा ः झेल्खानाकी आमा ः घ
प्रोल्लास सिन्धुलीय ः बिर्सेको विद्या ः द्धट
हरिहर खनाल ः चिसो जुनेली रात ः टड

कविता
अनिल श्रेष्ठ ः मफलर युद्ध ः ढ
केशव सिल्वाल ः सत्ताको जिभ्रो ः द्दड
गङ्गा श्रेष्ठ ः कमरेडको सत्ता–यात्रा ः द्दढ
नारायण श्रेष्ठ ः झञ्झावात µ ः घज्ञ
पुष्प ढुङ्गाना ः मैना सुनुवारको कङ्काल ः द्धछ
भोजराज न्यौपाने ः दरबारकी सुसारे ः द्धढ
मदन प्रभात ः मान्छेभित्रका मान्छेहरू ः छज्ञ
मिश्र वैजयन्ती ः दास र देउताहरू µ ः टण्
विष्णु सुवेदी ः एक लुङ पोते ः टट

लेख÷निबन्ध÷समालोचना÷चिनारी
कात्यायनी ः पारिजात र भारतीय साहित्य ः ज्ञज्ञ
किरण ः निनुरचित उत्तर–आधुनिकतावादसम्बन्धी ः ज्ञठ
पुरुषोत्तम सुवेदी ः घाउमा मलहम र कणाद महर्षिको ः घद्ध
भोगीराज चाम्लिङ ः जातीय मुक्तिको लागि साहित्य ः द्धठ
प्रा. माणिकलाल श्रेष्ठ ः बुद्ध साय्मि ः सबै पक्षबाट ः छघ
मित्रलाल पंज्ञानी ः ताप र तपाइ ः टद्द
वासुदेव अधिकारी ः जुआन गेल्म्यान पढ्दै जाँदा ः टघ
साधुराम वाँस्कोटा ः कवि रामप्रसाद ज्ञवालीको ‘एकादेशमा’ ः ठद्ध

सम्पादकीय
स्रष्टाहरूको बढ्दो भूमिकाको सन्दर्भमा
साहित्यिक पत्रिकासम्बन्धी राज्यको दृष्टिकोण अझै पनि प्रष्ट र सकारात्मक छैन । बेलाबेलामा केही आश्वासनहरू बाँढे पनि व्यवहारमा तिनलाई कार्यरूप दिने प्रयत्न गरेको देखिँदैन । वर्तमान सरकारले साहित्यिक त्रैमासिकलाई श्रेणी निर्धारण गर्ने प्रयास गरेको त छ तर अहिलेसम्म कुनै पनि नियमित सहयोग प्राप्त गराउन सकेको छैन । यो पञ्चायती निरङ्कुशताको कालरात्रिमा समेत ऐतिहासिक भूमिका निर्वाह गरेका र साहित्यिक पत्रकारितालाई अघिल्तिर बढाइरहेका पत्रिकाहरूको अवस्थामा पनि कुनै सुधार आउन सकिरहेको छैन । वेदना पत्रिका पनि यो महामारीबाट मुक्त भै नसकेको तथ्य पाठकहरू सबैलाई अवगत नै छ । त्यसैले हामी यो पत्रिकालाई बन्द गर्ने या सञ्चालन गर्ने भन्ने विषयमा करिब एक वर्ष शुभचिन्तकहरू र सचेत पाठकहरूसँग छलफल चलाउन बाध्य भयौँ । प्रगतिवादी धारालाई सही ढङ्गले निर्देशित गर्ने पत्रिकाको खाँचो अझ बढेको छ भन्ने धेरैतिरको सुझाव र आग्रह आएपछि हामीले पत्रिकालाई निरन्तरता दिने सोच बनाएका छौँ ।
०६२÷०६३ को राजनीतिक परिवर्तनपछि स्रष्टाहरूको दायित्व झनै बढेर गएको हामीले महसुस गरेका छौँ । प्रतिगामी शक्तिहरू पुनः गुम्दै गएको आफ्नो स्वर्ग हत्याउन प्रयत्न गरिरहेका छन् । सङ्क्रमणकालको यो विशिष्ट परिस्थितिमा हाम्रो कर्तव्यलाई नयाँ कोणबाट अघि बढाउनु जरुरी छ । निर्धारित समयमा संविधान बन्ला, नबन्ला, अझै सुनिश्चित भइसकेको छैन । संविधान बन्नुमात्र पनि ठूलो कुरा हैन, कस्तो संविधान बन्ने भन्ने नै महŒवपूर्ण कुरा हो । नेपाली जनताको पक्षमा संविधान निर्माण गर्नका लागि हाम्रा अघिल्तिर अझै प्रशस्त चुनौतीहरू छन् । गणतन्त्रलाई संस्थागत गर्दै जनपक्षीय संविधान निर्माण गर्ने कार्यमा स्रष्टाहरूको भूमिकालाई अझै प्रभावकारी बनाउनु जरुरी छ । सामन्तवादको राजनीतिक प्रतिनिधि संस्था राजतन्त्र समाप्त भइ सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुनु ऐतिहासिक र महŒवपूर्ण घटना हो । तर सामन्ती, सामाजिक, आर्थिक आधार र सम्बन्ध समाप्त भएको छैन । सम्पूर्ण समाज अहिले पनि सामन्ती संस्कृतिको घेराबन्दीमै छ । यस सम्बन्धलाई परिवर्तन गर्न र नयाँ लोकतान्त्रिक संस्कृति निर्माण गर्न सङ्घर्षकै क्रमबाट नेपाली जनता अघि बढ्नुपर्ने हुन्छ । यसमा स्रष्टाहरूकै, त्यसमा पनि प्रगतिशील स्रष्टाहरूकै अहम् भूमिका हुन्छ र स्रष्टाहरूले यो आफ्नो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने हुन्छ ।
यसै वर्ष वरिष्ठ आख्यानकार रमेश विकल, निबन्धकार रुद्र खरेल र साहित्यकार अग्नि शिखाको निधनबाट प्रगतिशील÷प्रगतिवादी साहित्यिक आन्दोलनले ठूलो क्षति व्यहोर्नुप¥यो । यस दुःखपूर्ण अवस्थामा हामी दिवङ्गत साहित्यकारहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्छौं र शोकाकुल परिवारप्रति समवेदना पनि । पाठकहरूका सुझाव र रचनाको हामी प्रतीक्षामा छौँ ।

कथा

झेल्खानाकी आमा
अनिल शर्मा
त्यही राणा साहेबहरूको तबेला, ड्वाङ परेको दुर्गन्धित पाटी जस्तो कोठा, शिवरात्रिको पशुपति क्षेत्रजस्तो ठेलाठेल छ आजपनि । फोहोरी बोली, नाइकेहरूका रात्रीकालीन खबरदारी पट्यारलाग्दो एकनासे निरस हुँदोरहेछ झेल्खानाको  साँघुरो संसार । त्यही साँघुरो संसारको एउटा यात्री हो कमरेड सङ्घर्ष ।
खै किन हो कुन्नि सङ्घर्षले आज आपैmँलाई तलदेखि माथिसम्म नियालेर हे¥यो । पूर्णिमाको चन्द्र भैmँ ऊ अब किशोरावस्था पार गरेर लक्का जवान भइसकेको छ । यद्यपि उसमा चुलबुलेपन कहिल्यै देखिएको थिएन । तीन साताको बाख्राको पाठोभैmँ चुलबुले हुनुपर्ने बेलामा पनि ऊ बूढापाकाजस्तो गम्भीर हुन्थ्यो । मातृत्वबाट वञ्चित भएकाहरू, बूढो गोरुभैmँ जीवन थिचिएका मिचिएकाहरू पछिसम्म अन्तर्मुखी बन्छन् रे । तर त्यस खालको बाल्यजीवन पनि भोग्नुपरेन उसलाई । मध्यमवर्गीय भौतिक सुविधा अनि अङ्ग्रेजी विद्यालयको परिवेशले पनि आप्mनो परिवेशमा रत्याउन सकेको थिएन उसलाई । उसलाई जीवन पट्यार लाग्दैथियो । निरस लाग्दै थियो । ऊ अर्कै–अर्कै आदर्श जीवनको खोजीमा थियो । ऊ यसरी विगततिर विचरण गरिरहेको छ । सप्तकोसीको जलयात्रा जसरी दौडिरहेको उसको सामु कसैले खै गरेपछि तम्तम्याइलो अनुहारमा कृत्रिम हाँसो छरेर सम्हालिन खोज्छ ऊ ।
विष्णुमतीमा आजभोलि पानी बग्दैन, ढल बग्छ । चन्द्रागिरी नाङ्गै–भुतुङ्गै छ । दिलकृष्ण ज्यापुको टेकोले अड्याएको छाप्रोमा अर्को टेको थपिएको छ । विष्णुमति, चन्द्रागिरी, दिलकृष्ण ज्यापु, प्रजातन्त्र विकास, २१ औँ शताब्दी ...........पुतलीको पछिपछि दगुरिरहेको अबोध बालकभैmँ यी शब्दहरूको पछिपछि दगुर्छ सङ्घर्ष । यतिबेला त ऊ डिल्लीबजारको सदर खोरमा बन्दी बनाइएको छ । तन बाँधिदैमा मन बाँधिदो रहेनछ । ऊ एक वर्षअगाडिको आप्mनो जीवन सम्झन्छ । त्यो पाठशालाको जीवन जतिबेला गोर्की, लुसुन, चे ग्वाभारा उसका आदर्श बनिसकेका थिए । उसका ती आदर्शहरू उसकै घर–आँगनमा जन्मँदै गरेका छन् भन्ने कुरा उसलाई के थाहा ¤ आप्mनो आदर्शको खोजीमा एक जना सहपाठीसँग गुमस्ता गरेर एक दिन सिद्धार्थभैmँ घरबाट सुटुुक्क निस्केर ऊ पूर्वी पहाडतिर हान्निएको थियो ।
जब सङ्घर्ष घर छाडेर सिद्धार्थ गौतमभैmँ माओवादी विद्रोहीहरूको खोजीमा बिनायोजना घरबाट अज्ञात यात्रामा निस्किएको थियो, त्यो खबरसँगै उसकी आमाको हृदय छियाछिया बनेको थियो । मातृत्व भन्ने कुरा पनि विचित्रको हुँदोरहेछ । ऊ आमा जाति त होइन तैपनि उसको हृदयमा मातृत्वका थुप्रैथुप्रै संवेदनशील प्रसङ्गहरू छन् । नारी जातिमा मातृत्वपन नहुँदो हो त यो संसार कति निरस हुन्थ्यो होला हँ ? प्रथम मातृत्व प्राप्तिको केही महिमा नै भ्रूणको हलचलसँगै आमाहरू अझ भनौँ आमा हुनेहरू रोमाञ्चित हुन्छन् रे । मातृत्वको त्यही संवेदनशीलताको कारण हुनसक्छ, मान्छे मातृत्वसामु नतमस्तक हुँदोरहेछ । आमाको आदर्शले मान्छेलाई सबैभन्दा बढी बाँध्न सक्दोरहेछ ।
सङ्घर्ष बालाजुको कुनै नाम चलेको अङ्ग्रेजी विद्यालयमा अध्ययन गथ्र्यो । उसको कक्षामा पढ्ने नानीचा उसकी मिल्ने साथी थिई । आमालाई त्यो कुरा थाहा हुने नै भयो । उसलाई कतै नभेटेपछि एक दिन नानीचालाई काखमा राखेर उसकी आमा हिक्का छाडेर रोएकी थिइन् । त्यसै दिनदेखि उसकी आमा आप्mनो ओछ्यान छाडेर सङ्घर्षकै ओछ्यानमा सरेकी थिइन् । जब सङ्घर्ष घर फर्कियो, त्यस दिनदेखि उसकी आमाको गुनासो आँसुका ढिक्कासँगै रूपान्तरित हुन थालेका थिए ।
माओवादी खोज्न सङ्घर्ष कहाँ पुगेन ¤ ऊ धनकुटा, हिले, धरान, औरही कहाँ पो पुगेन र ¤ माओवादी खोज्न हिँडेको सङ्घर्ष हार खाएर फेरि घर फक्र्यो । त्यसबेलासम्म सङ्घर्ष घरबाट भागेको हल्ला पँधेर्नीको गफभैmँ ‘एक कान, दुई कान मैदान’ भइसकेको थियो ।
एक दिनको कुरा हो सङ्घर्षको घरमा एक दिन उसैकी छिमेकी कमरेड चट्टान उसको घरमा आयो । कमरेड चट्टान गाउँका सामान्य कार्यकर्ता थिए । उनी माओवादी कार्यकर्ता भए पनि आचरण भने उरेन्ठेउलो ठिटोको जस्तो थियो । पसलमा बसेर आउनेजाने ठिटीहरूलाई जिब्रो पड्काउन र छेडखान गर्न चुक्दैनथे कमरेड चट्टान । त्यसैले होला कमरेड चट्टानसँग मनपेट खोलेन सङ्घर्षले । त्यसका केही दिनपछि उसलाई भेट्न पल्लो गाउँका कमरेड वसन्त आइपुगे । उनी अलि गम्भीर स्वभावका मान्छे थिए । उनीहरूका बीचमा छलफल बढ्दै गयो । जतिजति छलफलका पोयाहरू फुक्दै गए, वर्गीय प्रेमको डोरी त्यतिनै कसिलो बन्दै गयो । यत्तिका वर्षसम्म आप्mनै घरआँगनमा छरिएको सत्य देख्न नसकेकोमा उसले लघुताभास गर्न थाल्यो । कमरेड सङ्घर्षले जब आप्mनो नयाँ यात्राको कथा आमालाई सुनायो, त्यसबेलादेखि उसकी आमाको निद्रा झनै हराउन थालेको थियो । उसकी आमाले सङ्घर्षलाई राजद्रोहको बाटो नहिँड्न सम्झाउँथिन् । तरतरी रुन्थिन्, झर्कोफर्को गर्थिन् कयौँ चिसा रातहरू गाँस नटिपी, चिम्म नगरी बिताउँथिन् । उसकी आमाले एक दिन भनेकी थिइन्, “पहरासँग कुइनो ठोकेर के गर्नु बाबु ¤ बाजेबराजुहरू जसरी मरे हामी पनि त्यसरी नै मर्नुपर्छ ।” सुखानुभूति प्राप्त गर्नु र त्यसको लागि लड्नु मान्छेको अधिकार हो भन्ने कुरामा सङ्घर्ष सचेत थियो । ऊ नदीको जलप्रवाहको विपरीत दिशामा पौडिन चाहन्थ्यो । आमालाई सम्झाउन नसक्दा ऊ कम दुःखी थिएन ।
समयको चाल सधैँ चिप्लेकीराको जस्तो नहुँदो रहेछ । सयम  बिस्तारै सर्राउँदै आँधीमय बन्दै थियो । हेर्दाहेर्दै बूढो हात्तीको लम्काइजस्तो समय अरबी घोडचढीभैmँ जुरो ठाडो पारेर जोशका साथ दौडँदै थियो । सत्य र असत्यको महाभारतमा कमरेड सङ्घर्ष विष पिउन तयार थियो । उसले असत्यलाई स्वीकार्न सकेन । न त सत्यका लागि आमालाई विष पिउन तयार बनाउन सक्यो । तर ऊ जसरी सत्यका लागि सबथोक गुमाउन तयार थियो आमा, नानीचा .........। त्यसैगरी आमा उसका लागि सबथोक गुमाउन तयार थिइन् । लुकामारी खेलभैmँ युद्धकालीन जटिलता बोकेर समय घिस्रिरहेको थियो । एक दिन राजधानीको एक स्थानबाट सङ्घर्ष गिरप्mतारीमा प¥यो । यसबेला ऊ दुश्मनको यातना शिविरमा छ ।
उसलाई थाहा छ उसको त्रासदीपूर्ण खबरले आमाको मन छियाछिया पारेको छ । साथीभाइ कहाँबाट घर फर्कन अलि अबेर गर्दा वा विद्यालयबाट घर फर्किन क्षणभर ढिला गर्दा आमा बुइँगलमा टोलाएर बस्थिन् । उसले कल्पना ग¥यो – आमा यसबेला मटानमा बसेर टोलाउँदै हुनुहोला । मन अमिलो पा¥यो उसले । दुई नयनबाट आँसुका ढिक्का पहिरोबाट ढुङ्गा गुडुल्किएभैmँ झरे । तर ऊ झेल्खानामा छ । कैदीहरूलाई एकान्तमा मन भरीभरी रुने वातावरण पनि नहुने रहेछ ।
उसको गिरप्mतारीको तीन सातापछि एक दिन चिडियाखानाको जनावर र यात्रुभैmँ फलामे बारको जालीभित्रबाट कमरेड सङ्घर्षले आमालाई देखेको थियो । उसकी आमा बेस्सरी दुब्लाएकी थिइन् । कपालमा लट्टा परेका थिए । आँखा गोलभेडाभैmँ सुन्निएका थिए । उसले मुटुको भेट्नोमा कसैले बिच्छीले भैmँ चिलेको महसुुस ग¥यो । धर्ती भासिएभैmँ भयो उसलाई । रिङ्गटा लागेभैmँ भयो । पहिलो कैदी जीवनमा आफन्तहरू भेट्न आउँदा कत्ति धेरै भलाकुसारी गरौँलाजस्तो हुने, भेट भएपछि बोल्नुपर्ने विषय नै नभएजस्तो लाग्ने अनि आफन्तहरू फर्केपछि सबै कुरा छुटेभैmँ, छुटेभैmँ, पछुतो हुने कस्तोकस्तो विचित्रको मनोदशा हुने गर्छ । सङ्घर्षले पनि त्यस्तै अनुभूति ग¥यो ।
उसलाई राम्ररी थाहा छ, आजको पुस्ताले अलिकति पीडा नझेल्ने हो भने भोलिको पिँढीले झनै भयानक दुर्गति झेल्नुपर्नेछ । भोलिको पुस्ता माटोविहीन पेलिस्टाइनी बन्न के बेर ¤ ओहो, आप्mनै माटोमा शरणार्थी कत्ति पीडादायी छ परवेश ¤ आमाको सुधो मायाले जेलिएर कायर बनेको मातृत्वलाई फेर्न नसक्ने आप्mनो कमजोरीलाई छोप्न अर्को गल्ती नगर्ने आत्मस्वीकृति ग¥यो उसले । आखिर आमाहरूलाई नै दुनियाँको सबैभन्दा बढी माया हुन्छ भने सन्तानको रक्षाका लागि, संसारलाई रसातलमा जान नदिनका लागि आमाहरू नै एक दिन नयाँ संसार रचना गर्न अग्रिम मोर्चामा आउने छन् । करोडौँ आमाहरूको छातीमा सत्य र न्यायको बीउ जब रोपिनेछ, तब संसारका सारा कुरीतिको काल धेरै टाढा हुने छैन । त्यसबेला आमाहरू दुश्मनका अगाडि छाती मिचेर रुनेछैनन् । आँखाका डिलबाट आँसु होइन आगोका लप्काहरू निस्कनेछन् । ऊ यस्तो कल्पना गर्दै रोमाञ्चित भयो । उसको अनुहारमा पूर्ण चन्द्रमाको प्रभाव छचल्किएको थियो ।
एक दिन ठालुहरूले कमरेड सङ्घर्षलाई उनीहरूको न्यायालयमा पु¥याए । दण्ड सुनाउने र आरोप लगाउने दुवै स्वाँगे भाइ थिए, लुटेरो संसारका दुई भाइ थिए । उसकी आमाले त्यो कुरा उसका कानुनी सहयोगीमार्पmत थाहा पाएकी थिइन् । त्यस दिन उसकी आमा बिहानैदेखि बच्चा हराएको मृगभैmँ ढोकामा उभिइरहेकी थिइन् । जब दिउँसो अबेर उसलाई ब्रिटिश हत्कडीले दुवै हात बाँधेर चारैतिरबाट हतियारधारीहरूले बन्द सन्दुकजस्तो मोटरको डिब्बाबाट झारेका थिए, गुँडबाट बचेरा खोसिएको पक्षीभैmँ उसकी आमा उसको अघिपछि गरिरहेकी थिइन् । उनी त्यस्ती दिनहीन पक्षी थिइन् जो न शिकारीलाई झम्टन सक्छ न त कतै टाढा जानै सक्दछ । देशको असाध्यै माया गर्ने, हो आमालाई भन्दा देशको माया गर्ने, देशले पुष्पगुच्छा चढाउनुपर्ने युवालाई अपराधीहरूको न्यायालयले ‘जो चोर उसैको ठूलो स्वर’ भनेभैmँ अपराधी घोषणा गरेर झेल्खाना पु¥यायो । सङ्घर्षले विद्वान् थिनस फुलरको “अपराधीहरूको बोलवाला भएको समाजमा सज्जनहरूको बस्ने ठाउँ झ्याल्खाना हो” भन्ने भनाइ सम्झेर गर्वानुभूति ग¥यो ।
सदर खोरको कोलाहलपूर्ण वातावरण । राणा प्रभुहरूको घोडा बाँध्ने तबेला हो यो । राणाहरूको तबेला प्रजातन्त्रमा मानवनिवास बनाइएको छ । मानवीय मूल्यको यत्रो स्खलनलाई शासकहरू प्रजातन्त्र भन्ने गर्छन् । सुधारगृह नामको यातनागृहमा चारैतिर
सङ्गिनधारीहरू छन् । ढुङ्गामा चामल मिसाइएको भात कमाइबिनाको खर्च, दुर्गन्धित हावा, तबेलाको बास, यिनै वातावरणमा ठिँगु¥याइएका मान्छेहरूमध्येको एक जना आस्थाको बन्दी हो सङ्घर्ष । यातनागृहलाई शासकहरू सुधारगृह भन्दारहेछन् । निरङ्कुशतन्त्रलाई प्रजातन्त्र भनेभैmँ ।
बन्दीहरूको आक्रोश मत्थर गराउन, बबुराहरूको एकता भाँड्न र उनीहरूलाई विभाजित गर्न ब्रिटिश सरकारद्वारा केहीलाई सुविधा दिएर किनिएका नाइके नामका जेलका शासकहरूले जेलको कटाले यन्त्रबाट क. सङ्घर्षको नाम बोलाए । त्यो आवाजसँगै ऊ जेलको द्वारमा पुग्दछ । फलामे आँखीभ्mयालमा उसकी आमा छोराको प्रतीक्षामा थिइन् । उसले आमालाई टोलाएर हे¥यो । जेलको कहर जहाँ आमा छोरा पनि मन खोलेर भलाकुसारी गर्न पाउँदैनन् । राजनीति र आन्दोलनका कुरा उप्काउनै पाइन्न । शासकहरू बातचितदेखि पनि भयभित हुन्छन् र प्रतिबन्ध लगाउँछन् । कमरेड सङ्घर्ष नेवार जातिको कार्यकर्ता हो । मातृभाषालाई औधी माया गर्छ । आमा र ऊ मातृभाषामा बोल्दै थिए । नाइके नामको एक जना कसाई गर्जदै ‘नेपालीमा बोल’ भन्दै छुट्यायो । जीउँदो मान्छेका लागि जननी, जन्मभूमि र मातृभाषा प्राणभन्दा प्यारा हुने गर्छन् । सङ्घर्षले पनि आगो ओकल्दै भन्यो “मातृभाषामा बोल्न दिइन्न भने जेलको द्वारमा रगतको खोलो बग्नेछ ।” कायर शासकहरूले स्थितिको गम्भीरता हेरेर मातृभाषामा बोल्न दिने निर्णय गरे । कमरेड गोञ्जालोले कतै भनेका थिए – “अघि र पछिको कुरामात्र हो, जीवन कुनै पनि बेला धरापमा पर्न सक्छ ।” ऊ दुश्मनको धरापरूपी मोर्चामा अझ यसो भनौँ मानव स्वतन्त्रतारूपी समरको त्यो मोर्चामा उसले शानदार विजय हासिल ग¥यो ।
शासकहरूले तोकेको समयमा औपचारिक कुराकानी गरे उनीहरूले । त्यसपछि भुटेका मकै, गुन्द्रुकको छोप र केही दाम सङ्घर्षका हातमा थमाइदिएर आमा फर्किने तरखरमा लागिन् । उसकी आमाले हिँड्नै भनिन्, ‘नानीचा पनि सञ्चै छे । अलि मन दुखाउँदै थिई । म अर्को शनिबार लिएर आउँला । घरमाथिको तिम्रो साथीले पनि सम्झना पठाएका छन् ।’ यति कुरा सक्दा नसक्दै उनीहरू अदृश्य भए । सङ्घर्ष थकित मन बोकेर फेरि उही तबेलारूपी ओछ्यानमा आएर पल्टियो ।
सङ्घर्ष जेलमा परेपछि उसकी आमा बरोबर जेलमा आउजाउ गर्थिन् । त्यस दिन भने उसकी आमाको आँखामा आँसु र ग्लानि थिएन । आमाको अनुहारमा त्यस्तो कान्तिमयता र गम्भीरता कताबाट आयो हँ ? उसले आपैmँलाई सोध्यो । आमाले नानीचालाई समेत लिएर आउने बताउँदा उसको हृदय पुलकित थियो । कमरेड सङ्घर्ष नानीचालाई औधी माया गथ्र्यो । तर मानवजातिको स्वतन्त्रतासँग नानीचालाई साट्न सकेन । नानीचा पनि यही बाटोमा हिँडिदिए कति रमाइलो हुँदो हो ¤ ऊ रोमाञ्चित भयो अनायास । ‘हाम्रो घरमाथिको साथी’ भनेको चाहिँ को होला हँ ? हाम्रो घरमाथि त चन्द्रगिरि छ । अरू घरहरू छैनन् । त्यो पक्कै पनि कमरेड वसन्त हुनुपर्छ । आमाले साङ्केतिक भाषा र शैली जानिसक्नुभएछ । नाइकेहरूले नदेख्ने गरी पार्टीको चिठी पनि दिएकी थिइन् आमाले । भन्छन् ‘वनको काँढालाई कसैले तिखार्नुपर्दैन ।’ उसकी आमालाई समयले पार्टी कार्यकर्ता बनाइसकेको रहेछ । भीषण आँधी चलेपछि कोप्चेरामा धकेलिनु वा उसको आँचलमा समेटिनुबाहेक बीचको बाटो नहुने रहेछ ।
पानीले आप्mनो आकार आपैmँ बनाएभैmँ सङ्घर्ष बिस्तारै सहजता महसुस गर्दै छ । उसलाई विगतको सम्झना भइरहेको छ । हिजोदेखि नै मेहनत गर्न सकेको भए आमा र नानीचाका विषयमा त्यसरी पीडा झेल्नुपर्ने थिएन कि ? ऊ कल्पना गर्छ । वनका हरेक लहरहरू सूर्यतिर फर्कन्छन् । तर त्यो एकै रातमा कसरी सम्भव होला र, ऊ त्यसरी पनि सोच्ने गथ्र्यो । जे होस् उसको अभावमा उसकी आमाले स्वतन्त्रताको बाटोमा दीयो बालेकी छन्, उसले झेल्खानाको अँध्यारो द्वारमा स्निग्ध दीपशिखाको आमारूपी सुन्दर चित्र दृश्यमा गरिरहेको थियो । त्यो चित्र उनै झेल्खानाकी आमाको थियो ।
००

कविता

मफलर युद्ध
अनिल श्रेष्ठ
बडो गज्जबको हुन्छ मफलर युद्ध

जाडो
मफलर युद्धको लागि
उपयुक्त याम हो
यो युद्धमा
मफलरहरूको निकै
तँछाडमछाड चल्छ

मफलरहरूको धर्म र मर्यादा
घाँटीमा बेरिइरहनु हो
केही धनाढ्य
र ओहदावालहरूको घाँटीमा
सधैँ बेरिइरहन पाउनु
मफलरहरूको लागि ठूलो जीत हो

जो कोहीको भाग्यले
मफलर बाँध्न लेखेकै हुँदैन
त्यसमाथि, सामान्य
ती दुःखीजनहरू
जसको निधार दुःखको नाम्लोले
सधैँ डामिएको छ
तिनीहरूले त झनै
मफलरहरूको उपयोग गर्नै सक्दैनन्
मफलरहरू सर्वसाधारणहरूको पहुँचभन्दा
सधैँ बाहिर पर्दछन्

केही सस्ता मफलरहरू पनि छन्
तर बजारमा त्यसको कुनै
प्रतिस्पर्धा छैन
यी अत्यन्तै निम्नकोटिका हुन्
त्यसले दिने न्यानो भनेको
सायद घाँटीलाई छोप्नुभन्दा बढी
अरू केही हुँदैन

मफलरहरूको जमातबाट
सूचीकृत छन् केही
किमती मफलर उत्पादन कम्पनीका
गुणस्तर चिन्ह प्राप्त नामहरू
ती दज्र्यानी मफलरहरू हुन्
जसको खरिद गर्नकै लागि ढोकामा पाँच रूपैयाँको
प्रवेश टिकट शुल्क तिर्नुपर्दछ

केही धनाढ्यहरू
केही विशिष्ट ओहोदाका राष्ट्राध्यक्षहरू
केही सभासद्हरू
केही नेताहरू
सजिलै खरिद गर्न रुचाउँछन्
यी किमती मफलरहरू
किनकि यो जाडोमा
यी किमती मफलरहरूले दिने न्यानोपन
उनीहरूलाई थाहा छ ।
आ“बु खैरेनी, तनहु“

समालोचना

पारिजात र भारतीय साहित्य
कात्यायनी
यसलाई एउटा बिडम्बना नै भन्नुपर्छ कि हिन्दीका पाठकहरू पारिजातको व्यक्तित्व र कृतित्वसँग ज्यादै कम परिचित छन् । उनका अङ्ग्रेजीमा अनुवाद भएका केही कविताहरू हामीले पढ्न पाएका छौँ । त्यसमा विशेषतः ‘मानुषी’ कविता उल्लेखनीय छ । सन् २००३ मा सुरेश सलिलद्वारा अनूदित तथा सम्पादित विश्वका एकतीस भाषाका एक सय १२ कविहरूका कविताहरूको सङ्कलन ‘रोशनी का खिड्कियाँ’ प्रकाशित भएको थियो जसमा पारिजातका ‘मृत्यु’ र ‘आमा’ कविता सङ्कलित छन् । यसमध्ये विशेषरूपमा ‘मृत्यु’ कविता पारिजातको जीवनदृष्टिको विकासयात्राको विलक्षण काव्यात्मक दस्तावेज हो जस्तो लाग्छ ।
पारिजातको सम्पूर्ण कृतित्व यस्तो कविताभैmँ लाग्छ जो कहिल्यै भूmठो बोल्दैन । युनानी महाकवि ओडिसियस इलाइटिस लेख्छन् – ‘कविता कहिल्यै झुठो बोल्दैन । यस्ता मान्छेहरूलाई देखेर मलाई बडो माया लाग्छ जो युद्धका लागि सुरुङ खन्छन् या मध्यरातमा खुसीको खोजीमा बाहिर निस्कन्छन् । के चिज नष्ट हुनु बढी बेफाइदाजनक हुन्छ ? के तपाईलाई थाहा छ ? के तपाईं भन्न सक्नुहुन्छ ? हामीलाई प्राप्त बहुमूल्य समयमा धर्तीको गन्ध र भव्यता लुकेको छ । मान्छेहरूको जीवनकहानी नदीको छाल, मुस्कुराइरहेको बादल, ठोस हुँदै गरेको फलाम र भयङ्कर ज्वालामुखी विस्फोटका बीचमा, प्रकृतिले हामीलाई छक्क पार्न रचेका विभिन्न प्रतिरूपहरूका बीचमा जारी रहन्छ । ताराको अर्थ जानेर एउटा आइमाईको छाती खुसीले ढुकढुक गर्न थाल्छ ।’
पारिजातले निजी कष्ट, पीडा र निराशाबाट मुक्तिका लागि सृजनकर्मको विकल्प रोजिन् । र, हिन्दीमा प्रगतिशील कवि मुक्तिबोधले भँैm आप्mनो मुक्तिको बाटो एक्लैदोक्लैले फेला पार्न सकिँदैन भन्ने निष्कर्षमा पुगिन् । अस्तित्ववादी निराशा, निरर्थकताबोध र निराशावाददेखि अराजकतावादी निम्नबुर्जुवा विद्रोहसम्म, त्यहाँदेखि फेरि मानवमुक्तिको ऐतिहासिक भौतिकवादी अवधारणासम्मको उनको विचारयात्रा स्वाभाविक अन्तरर्विरोधहरूसहितको एउटा महाकाव्यात्मक गाथा हो । जब उनले आप्mनो जीवनलाई मुक्तिकामी सङ्घर्षशील जनतासँग जोडे तब त्यसलाई मृत्युपर्यन्त जोडाइराखे । सबैभन्दा महŒवपूर्ण कुरा यो हो । ओडिसियस इलाइटिसले दुई प्रकारका कविहरूको चर्चा गरेका छन् –‘एकथरी यस्ता छन्, उनीहरू यसरी कविता लेख्छन्, मानौँ कि उनीहरू पैसा कमाइरहेका छन् अथवा वेश्यासँग रात काटिरहेका छन् । अर्काथरी छन्, उनीहरू यसरी कविता लेख्छन्, मानौँ कि प्रेमको चक्कुले उनीहरूको मुटु चिरिदिएको छ अथवा विशाल हरियालीयुक्त जग्गामा आँखा बन्द गरेर भोकै प्यासै घोडामा सवार छन् ।’ पारिजात दोस्रो कोटिका रचनाकार थिइन् ।
पारिजात ¤ मान्छेहरूको सङ्घर्ष र सृजनाको जुन अतुल्य शक्तिमा तिम्रो अटल आस्था थियो, त्यही कुराले तिम्रो शब्दलाई अमरत्व प्रदान गर्छ । सङ्घर्षरत विद्रोहीहरूले तिम्रो कवितालाई त्यसरी नै प्रेम गर्नेछन् जसरी वसन्तमा लाग्ने बादलु पूर्वबाट बहेर आएको हावाको पहिलो झोक्का, सागरको ज्वार, कोपिला, पुर्खाहरूको विरासत र भविष्यका सपनाहरूलाई प्रेम गर्छन् ।
पारिजातको कृतित्वबारे नेपाली भाषामा थुप्रै आलोचनात्मक लेखन भएको छ । अङ्ग्रेजी अनुवाद र नेपाली भाषाको अधकल्चो ज्ञानका आधारमा हामी कमरेड निनु चापागाई, महेश मास्के र केही अरू आलोचकहरूका रचनासँग परिचित छौँ । पारिजातले सही जीवनमूल्य र यथार्थवादी मुक्तिमार्ग पहिल्याउन जो सुदीर्ध यात्रा गरिन्, त्यसको वस्तुगत आधार नेपाली जनताको लगभग आधा शताब्दीको इतिहास त हो नै, त्यसका साथै पूरै भारतीय उपमहाद्वीपको इतिहास पनि हो । पारिजातको विकासयात्रा र पूरै भारतीय उपमहाद्वीपको प्रगतिशील बामपन्थी धाराको विकासयात्रामा धेरै हदसम्म समानता छ । पारिजात रचनाकर्मको यात्रामा जब अस्तित्वाद र ‘एब्सर्ड पोयट्री’ द्वारा प्रभावित थिइन्, त्यो केवल उनको निजी जीवनको त्रासदी र बिडम्बनाहरूको प्रतिफलमात्र थिएन । राणाशासन ढलेपछि बहुदलीय व्यवस्थाको अल्पकालीन यात्राकै क्रममा बुर्जुवातन्त्रको जो असली रूप देखिएको थियो र पञ्चायती व्यवस्थाको नाममा निरङ्कुश स्वेच्छाचारी शासनले नेपाली जनताको शिरमा जुन कष्ट थोपरिदिएको थियो, त्यसले सामाजिक राजनीतिक जीवनमा चौतर्फी गतिरोध पैदा भएको थियो । पारिजातको रचनाकर्मको अस्तित्ववादी यात्रालाई मूलतः र मुख्यतः यही गतिरोधको अभिव्यक्ति या प्रभाव मान्न सकिन्छ । दोस्रो चरम, राल्फा आन्दोलनसँग जोडिएको छ जुन यथास्थितिवादलाई अस्वीकार गर्न बाटो खोज्दै निम्न बुर्जुवा, व्यक्तिवादी र स्वच्छन्द (रोमानी) क्रान्तिकारी विद्रोही स्वरको रूपमा देखा पर्छ । तेस्रो चरण अर्थात् सन् १९७० को दशकमा उनले माक्र्सवादी लेनिनवादी जीवनदृष्टि अपनाइन् जसमा उनी जीवनभर अविचल रहिन् ।
ध्यान दिनयोग्य कुरा के छ भने हिन्दी र केही अन्य भारतीय भाषाहरूमा पनि सन् १९५० को दशकदेखि १९६० को मध्यसम्म नयाँ कविता र नयाँ कथाको चरण थियो जसमाथि अस्तित्वाद, ‘एब्सर्ड पोयट्री’ र निम्नबुर्जुवा रोमान्सको सधन प्रभाव परेको थियो । यो त्यही समय थियो जतिबेला नेहरू ब्रान्ड समाजवादको असली चेहरा क्रमशः नाङ्गिँदै थियो र बुर्जुवा लोकतन्त्रको सीमा तथा निरङ्कुश जनविरोधी चरित्र बढीभन्दा बढी छर्लङ्गिँदै थियो । सन् १९६० को मध्यसम्ममा नेहरूका आर्थिक नीतिको विफलता प्रस्टिसकेको थियो । साहित्यकलाको दुनियामा यस बेला कुण्ठा, सन्त्रास, माहेभङ्गजस्ता कुराहरूको बोलवाला थियो । त्यसपछिको चरण नाङ्गो पिढी, भोको पिढी, श्मशानी पिढी र अकविता आन्दोलनको अराजकतावादी निम्न बुर्जुवा, रोमानी विद्रोहको थियो । त्यही समयमा चिनीयाँ कम्युनिष्ट पार्टीको खु्रस्चोभी संशोधनवादविरुद्ध सिद्धान्तनिष्ठ सङ्घर्ष र महान् सर्वहारा सांस्कृतिक क्रान्तिले विश्वस्तरमा क्रान्तिकारी बामआन्दोलनतर्पm नयाँ शिराबाट सङ्गठित हुने सन्देश मात्र दिएन सबै देशका मुक्तिकामी जनताहरूलाई नयाँ प्रेरणा पनि प्रदान ग¥यो । यही समयमा एसिया, अफ्रिका, ल्याटिन अमेरिकी मुलुकहरूमा जनमुक्ति सङ्घर्षको ज्वार उर्लिरहेको थियो । युरोपदेखि लिएर अमेरिकासम्म विद्यार्थी, महिला तथा अश्वेतहरूको जुझारु आन्दोलन चलिरहेको थियो । क्युवापछि भियतनामी क्रान्तिले पूरै दुनियाँको ध्यान खिँचिरहेको थियो । क्यास्ट्रो, चे, रेजिस देब्रे, हर्बर्ट माक्र्युस आदिको नाम मध्यमवर्गीय युवाहरूको बीचमा ज्यादै लोकप्रिय थियो । यी सबको प्रभाव भारतीय बुद्धिजीवी र युवाहरूमाथि पनि परिरहेको थियो ।
यही समयमा नक्सलवादीहरूको ऐतिहासिक किसान विद्रोह भयो जसले संसद्वादी बामपन्थीहरूका विरुद्ध क्रान्तिकारीहरूलाई विद्रोहको नयाँ सन्देश दियो । साहित्यको क्षेत्रमा अराजतावादी निम्नबुर्जुवा रुमानी विद्रोहका विभिन्नथरी धाराहरूका थुप्रै अगुवाहरू यसको प्रभावमा परेर माक्र्सवाद लेनिनवादतर्पm मोडिए । र, क्रान्तिकारी बामपन्थी साहित्यको नयाँ उभारको सूत्रपात भयो । भारतीय कम्युनिष्ट आन्दोलनको विचारधारात्मक कमजोरी र विफलताहरूको जो वस्तुगत ऐतिहासिक कारण रहेको छ, त्यसबारेमा यहाँ चर्चा गर्न सम्भव छैन । तर यति उल्लेख गर्नु नै पर्छ कि क्रान्तिकारी बामधाराको सांस्कृतिक आन्दोलन र सृजनकर्मका विसङ्गति, विफलता, दुर्बलताहरूको लागि पनि मूलतः यही वस्तुगत ऐतिहासिक कारण नै जिम्मेवार रहेको छ । नक्सलवादी किसान आन्दोलनले जन्माएको क्रान्तिकारी बामधारामा चाँडै बामपन्थी दुस्साहसवाद हावी हुन पुग्यो जसले भारतीय समाजको प्रकृति र क्रान्तिका समस्याहरूमाथि मौलिक चिन्तन र वादविवादको प्रक्रियालाई निमोठियो । यस भड्कावको प्रभाव साहित्यमा पनि प¥यो । क्रान्तिकारी बामधाराका कविता र कथाहरूमा यान्त्रिक भौतिकवादी दृष्टिकोण, निम्नबुर्जुवा क्रान्तिकारी रोमान्स, सतही नाराबाजी र सूत्रबद्ध लेखन हावी हुन पुग्यो । राजनीतिक वृत्तमा क्रान्तिकारी जनदिशाको जुन धाराले ‘बामपन्थी’ दुस्साहसवादको विरोध गरिरहेको थियो, त्यो अपेक्षाकृत कमजोर र स्वयम् पनि यान्त्रिक भौतिकवादी दृष्टिकोण र चिनियाँ क्रान्तिको अन्धनक्कलको शिकार भएको थियो । त्यसका साथै उसमा दक्षिणपन्थी अवसरवादी भड्काव पनि विद्यमान थियो । यस धारले पनि भारतीय समाजको विकासको दिशा, उत्पादनसम्बन्ध र अधिरचनाको अध्ययन गर्नुको बदला चिनियाँ क्रान्तिको प्रारूप र बाटोलाई नै केही थपघट गरेर अपनायो जसले गर्दा उनीहरू कालान्तरमा ‘माक्र्सवादी’ नरोदवादी बन्न पुगे । भारतमा जनदिशापक्षधर अधिकांश क्रान्तिकारी बामसङ्गठन भारतीय समाजको प्रकृति र क्रान्तिको रणानीति एवम् आम रणकौशलका कारण पैदा भएको गतिरोधले आज मुख्यतः दक्षिणपन्थी विचलनको शिकार हुन पुगेको छ । अर्कातर्पm बितेको लगभग चार दशकको दौरानमा ‘बामपन्थी’ दुस्साहसवादको एउटा धारा दक्षिणपन्थी कित्तामा पुगिरहेको छ भने उसको ठाउँ अर्को कुनै धारले लिइरहेको छ । आज भारतको क्रान्तिकारी आन्दोलनमा एकातिर सैन्यवादी, ‘बामपन्थी’ आतङ्कवादी ध्रुव र अर्कोतर्पm संसदीय र अर्थवादी भड्कावको शिकार भएका सङ्गठनहरू छन् । अन्य केही बामधारचाहिँ गतिरोधका कारण क्रमशः विघटनको प्रक्रियाबाट गुज्रिरहेका छन् । केही यस्ता पनि छन् जो ‘स्वतन्त्र चिन्तन’ को नाममा पश्चिमी नववाम, बौद्धिक वाम र उत्तरमाक्र्सवादको लपेटामा परेका छन् । जम्माजम्मीमा भारतीय क्रान्तिकारी वामशिविर आज मूलतः र मुख्यतः विघटित भएको छ । प्रश्न, त्यसलाई पुनर्गठन गर्ने होइन कि नयाँ शिराबाट पुननिर्माण गर्ने रहेको छ ।
यी सारा राजनीतिक परिदृश्यबाट सांस्कृतिक साहित्यिक परिदृश्य अलग छैन ‘बामपन्थी’ दुस्साहवादको लहरबाट प्रभावित सृजनकर्मी सन् १९७० को दशकमा जो यान्त्रिक, सतही र राजनीतिक नाराबाजीयुक्त कविता–कथा लेख्थे, उनीहरू १९८० को दशकमा ग्लास्नोस्त–पेरेस्त्रोइकाको हल्लिखल्लीका बीचमा कलामा अनावश्यक जोड र लगाव दर्शाएर जीवनको ऊष्मा र लय (यथार्थबाट त उनीहरू धेरै पहिले नै फुकिसकेका थिए) रहित भएर नवरूपवादको सती गए । सन् १९६० को दशकको अन्तिम वर्षमा साहित्यिक जगत्मा जन्मेको बाम धारा ‘बामपन्थी’ आतङ्कवादको प्रभावमा जन्मिएको सतही र यान्त्रिकताका कारण क्रान्तिकारी बामसाहित्यको अग्रगामी विकासको रूपमा अघि आउन सकेन बरु बामसाहित्यको जनस्वीकार्यताको भरपूर फाइदा संशोधनवादी र सामाजिक जनवादी साहित्यले लियो । सन् १९८० को दशकमा नवसाहित्यको ठूलो हिस्सा संशोधनवादी, सामाजिक जनवादी धारासँग घुलमिल भयो । अथवा यी दुईका बीचमा शान्तिपूर्ण सहअस्तित्व कायम हुन पुग्यो । सन् १९९० पछि अभूतपूर्व ऐतिहासिक गडबडी र प्रतिक्रान्तिको लहर हावी हुन सुरु हुँदा उल्लेखित साहित्यिक परिदृश्य नयाँ रूपमा विकसित भयो । त्यसपछि त क्रान्तिकारी बाम र छद्म बामका बीचमा होइन, बामपन्थी सहित्य र कला–रूपवादी बुर्जुवा साहित्यका बीचमा नै त्यस्तो स्पष्ट भिन्नता देखिन छाड्यो । केही बामपन्थीहरूले निरपेक्ष मानवमूल्यको दुहाइ दिन थाले, केहीले माक्र्सवाद, लोहियावाद, गान्धीवाद, अम्बेडकरवादका बीचमा विचारधारात्मक समायोजन गर्न थाले, केहीले अजेय, जैनेन्द्र, मलयज, अशोक वाजपेयीसम्मको पुनमूल्याङ्कन गर्दै उनीहरूलाई प्रगतिशील घोषणा गर्न थाले । र, केही भने उत्तरआधुनिकतावादी माक्र्सवादी विमर्शको भुमरीमा भुलिन थाले । हिन्दी साहित्यमा मात्र होइन, हामीलाई जानकारी भएसम्म बङ्गला, मराठी, पन्जावी र मलयामल आदि भाषाका साहित्यमा पनि थोरबहुत यस्तै स्थिति छ ।
यस्तो हुनाको आम र सामान्य कारण भारतको औपनिवेशिक अतीतदेखि स्वातन्त्रोत्तर कालको इतिहासमा मौजुद छ भने त्यसभन्दा बढी प्रत्यक्ष कारण भारतको कम्युनिष्ट आन्दोलन र त्यससँग जोडिएको सांस्कृतिक आन्दोलनको विचारधारात्मक कमजोरीमा विद्यमान छ । त्यसमा थप अर्कोै तत्कालीन सामाजिक कारण पनि विद्यमान छ, जसका बारेमा चर्चा गर्न आवश्यक छ । भारतमा बामपन्थी लेखकहरूको ठूलो हिस्सा प्राध्यापक, डाक्टर, पत्रकार, इलेक्ट्रोनिक मिडियाकर्मी, इन्जिनियर, प्रबन्धक र सरकारी हाकिम छन् । भारतजस्तो आम रूपमा पछाडि परेको देशमा आम उत्पादक वर्गको बीचबाट वैचारिक रूपमा सचेत लेखक कलाकारहरू जन्मनु त्यसै पनि कठिन छ । जनताका बीचमा गहिरोसँग सम्बन्ध गाँसेर कम्युनिष्ट आन्दोलनको यस प्रकारको अप्ठ्यारालाई केही हदसम्म टार्न सक्थ्यो तर त्यस्तो पनि भएन । विगत दुई दशकको बीचमा उदारीकरण, निजीकरणको लहरले भारतको मध्यम वर्गको ठूलो हिस्सालाई ‘माइनोरिटी कन्ज्युमर क्लास’ मा बदलिदिएर पूँजी र पूँजीवादी व्यवस्थाप्रति उनीहरूको वर्गीय बफादारी कायम गरिदियो । कुल जनसंख्याको अत्यन्तै थोरै रहेको उनीहरूको लागि सपिङ मल, भव्य मल्टिप्लेक्स, थरिथरिका कार, टीभी, एसी, फ्रिज आदि बजारमा उपलब्ध छ । सेयर बजारबाट मालामाल हुने र एनआरआई बन्ने सपना  पालेका छन् । देशको करिब ४० करोड असङ्गठित मजदुर र दैनिक बीस रुपियाँभन्दा कम कमाइमा गुजारा गरिरहेका ८४ करोड जनतासँग उनीहरूको कुनै भौतिक आत्मिक सम्बन्ध छैन । पूँजी र श्रम बीचको अन्तर्विरोधमा उनीहरूको वर्गगत स्थिति पूँजीको पक्षमा रहन्छ । त्यसैले त हाइसन्चोमा रहेका मध्यमवर्गीय, बुद्धिजीवीहरूको यो हिस्साले जनआकाङ्क्षाप्रति ‘ऐतिहासिक विश्वासघात’ गरिसकेको छ । यो एउटा खेदजनक विषय नै हो कि भारतीय बामपन्थी लेखक बुद्धिजीवीहरूको ठूलो हस्सिा यसै वर्गका रहेका छन् । अहिले पनि उनीहरूले आपूmलाई बामपन्थी नै भनेर विज्ञापन गरिहेका छन् किनभने साहित्यिक बजारमा बामपन्थको स्थान उँचो नै छ । यिनीहरू तथाकथित बामपन्थी साहित्य लेख्छन्, त्यससँगै सेयरमा पैसा लगानी गर्छन्, पद प्रतिष्ठा पुरस्कारका लागि दौडधुप गर्छन् र सत्तासिन हत्याराहरूको दरबारमा राग पनि अलाप्छन् । क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको विफलता, कमजोरी र खराबी त्यस्तो मनोगत उपादान (एब्जेक्टिभ प्mयाक्टर) हो जसले यस घृणित परिदृश्यलाई सहायता पु¥याइरहेको छ । भारतमा कम्युनिष्ट क्रान्तिकारी आन्दोलन सामुन्ने आज पुनर्गठनको होइन, पुनर्निर्माणको कार्यभार छ । यही कार्यभार बामपन्थी साहित्य आन्दोलनको सामुन्ने पनि छ । क्रान्तिकारी बामपन्थी साहित्य–कला–संस्कृतिलाई एकातर्पm अभिजात्य समाजका गैरजिम्मेवार विमर्शको दायराबाट बाहिरियाएर आम जनताको जीवन, सङ्घर्ष, स्मृति र सपनासम्म पु¥याउनु छ भने अर्कोतिर त्यसलाई नयाँ शिराबाट गम्भीर विचारधारात्मक आधार दिनु छ । अतीतका विरासतलाई आलोचनात्मक विवेकसहित अपनाउनुपर्छ । त्यति मात्र होइन, हाम्रा सामु खडा भएका नयाँ प्रश्न र पुराना अनुत्तरित प्रश्नसँग जोडिएको जिम्मेवारीलाई हामी नयाँ सर्वहारा पुनर्जागरण र नयाँ सर्वहारा प्रबर्धनलाई वैचारिक सांस्कृतिक कार्यभारको रूपमा निरुपित गर्दछौँ ।
पहिले नै चर्चा गरिसकिएको छ कि सन् १९५० देखि १९७० सम्म नेपाली साहित्यमा विकसित विभिन्न धारा, प्रवृत्तिहरूको इतिहास पनि धेरै हदसम्म विभिन्न भारतीय भाषाहरूका साहित्यको इतिहाससँग मिल्दोजुल्दो छ । तर त्यसभन्दा यता थुप्रै भिन्नताहरू रहेका छन् । नेपालमा पनि वगामपन्थी साहित्यमा सामाजिक जनवादी, यहाँ पनि उत्तरआधुनिकतावाद र उत्तरमाक्र्सवादी विमर्शले बामपन्थी साहित्यलाई एक हदसम्म प्रभावित गरेको छ तर यी सबै कुराका बीचमा पारिजातदेखि आहुतिसम्म तथा अझ क्रान्तिकारी बामपन्थी रचनाकारहरूको सिङ्गो नयाँ पिढीसम्म नै सही धारा निरन्तर विकासमान रहेको छ । यसो हुनुको असली करण नेपाली र भारतीय समाजको ऐतिहासिक विशिष्टता हो । साम्राज्यवादी उत्पीडन तथा भारतीय विस्तारवादको लामो दबाबका बाबजुद नेपाली समाज कहिल्यै पनि पूर्ण औपनिवेशिकृत भएन । यसले गर्दा यहाँका बौद्धिक समाजको मानस सांस्कृतिक वैचारिक उपनिवेशिताबाट लठेब्रो हुने गरी ग्रस्त भएन । संशोधनवाद र ‘बामपन्थी’ दुस्साहसवादसँगको निरन्तरको सङ्घर्षको परम्परा यहाँको कम्युनिष्ट आन्दोलनमा ज्यादै सशक्त रहेको छ । यही नै यसको वर्तमान अग्रगतिको महŒवपूर्ण कारण हो । पछौटे समाज हुनुका कारण यहाँका बुद्धिजीवी समाजको त्यति ठूलो हिस्सा अहिलेसम्म पनि जनआकाङ्क्षाप्रति विश्वासघात गर्ने सत्ताधारी बनिसकेका छैनन् जति भारतमा । यी सबै कारणहरू हुँदाहुँदै, यी तमाम समस्या र जटिलताहरू हुँदाहुँदै एकदम प्रतिकूल विश्वपरिस्थितिमा नेपालको राष्ट्रिय जनवादी क्रान्ति आज लगातार अघि बढिरहेको छ । र, नेपाली भाषाको बामपन्थी साहित्यआन्दोलन पनि आज नयाँ संवेगसहित गतिमान छ ।
नेपाली जनक्रान्ति आज महŒवपूर्ण ऐतिहासिक मोडमा आइपुगेको छ तर यी सबैको साक्षी बन्नका लागि हाम्रा बीचमा पारिजात जीवित छैनन् । उनको विरासत थामेर हिँड्ने उनका पुराना साथीहरू  लेखक–संस्कृतिकर्मीहरूको एउटा नयाँ पिढी छ जसले पारिजातको सपना जोगाउँदै आउँदो लडाइँ लड्नु छ । नेपालको राष्ट्रिय जनवादी क्रान्तिले अहिले महŒवपूर्ण तर प्रारम्भिक उपलब्धि हासिल गरेको छ । क्रान्ति अहिले पनि जारी छ । यसपछिको सङ्घर्ष अझ कठिन र जटिल छ । यसको प्रक्रिया अभैm दीर्घकालिक हुनेछ । वर्गसङ्घर्ष अब नयाँ धरातलमा चल्नेछ । यसको अभिव्यक्रि संविधानसभाभित्र र संविधान निर्माणको क्रममा देखिनेछ । यो एउटा क्रान्तिकारी सङ्क्रमणकाल हो । धेरै कुरा यसमा पनि निर्भर हुनेछ, जस्तो कि नयाँ संघात्मक जनवादी गणराज्यको स्वरूप कस्तो हुनेछ, यसअन्तर्गत गठित केन्द्रीय सत्ताको समानान्तर प्रक्रियाका सन्दर्भमा वैकल्पिक क्रान्तिकारी जनसत्ता कसरी र कुन रूपमा अस्तित्वमा रहन्छ, राज्य र समाजको पुनर्गठनका लागि कस्तो प्रक्रिया अपनाइनेछ र क्रान्तिकारी भूमिसुधारको काममा हात हाल्नासाथ देशव्यापी रूपमा उग्र रूपमा चल्ने वर्गसङ्घर्षमा क्रान्तिका जितुवा शक्तिहरूले आप्mनो भूमिका कसरी निर्वाह गर्नेछन् । धेरै कुरा क्रान्तिकारी बामशक्तिहरू विचलनहरूबाट मुक्त भएर एकताको दिशामा कसरी अघि
बढ्छन् भन्नेमा पनि भर पर्छ । खतरा कहिँ बहुदलीय लोकतन्त्रप्रति कुनै प्रकारको मोहभ्रम आउँदा दिनहरूमा दक्षिणपन्थी ‘प्रैग्मेठिजम्’ को भड्कावमा फस्ने कुराको पनि छ । तर आश्वस्त हुन सकिने स्थिति पनि छ किनभने सम्भावित अड्कावप्रति क्रान्तिकारी बामशिविरमा काफी सजगता पनि छ । यदि यस्ता भड्काव पैदा भइहालेमा क्रान्तिकारी बामशिविरबाट कुनै नयाँ वैकल्पिक उपधारा प्रभावशाली रूपमा हुर्केर जनसंघर्षको बलमा राजनीतिक नेतृत्व र प्रभुत्व कायम गर्न र नेपाली क्रान्तिलाई अर्को खुट्किलामा पु¥याउन सक्छ । भविष्यको गर्भमा थुप्रै सम्भावनाहरू लुकेका छन् । आजको दिनसम्म यसको सकारात्मक पक्ष नै बलशाली छ । यस सङ्क्रमणकालीन नेपालका बामपन्थी जनवादी लेखक–संस्कृतिकर्मीहरूको दायित्व अत्यन्त कठिन र चुनौतिपूर्ण हुन पुगेको छ । उनीहरूले नेपाली जनतालाई अझ जटिल र कठिन लडाइँका लागि तयार गर्न अहम् भूमिका खेल्नुपर्छ । उनीहरूले जनतालाई बताउनुपर्छ कि राजतन्त्रको अन्त्य सङ्घर्षको अन्त्य होइन, प्रारम्भिक उपलब्धि मात्र हो । उनीहरूले जनतालाई बुर्जुवा जनवादको असली चरित्र, बहुदलीय व्यवस्थाको सीमा र संविधानसभाका जटिलता र सीमाहरूका बारेमा जानकारी गराउनु छ । जनवादी क्रान्तिको वास्तविक लक्ष्य र चरित्रको बारेमा जनसमुदायलाई परिचित गराउने काम र त्यसका लागि उनीहरूको पहलकदमी र सिर्जनात्मकतालाई निर्बन्ध बनाउन सांस्कृतिक कामको भूमिका त्यत्तिकै महŒवपूर्ण हुन्छ जति राजनीतिक प्रचारको हुन्छ । यो चुनौति नेपालका लेखक र संस्कृतिकर्मी कमरेडहरूको सामुन्ने छ । हामी साँचो अन्तर्राष्ट्रियतावादी भावनासँगै, पुरै कर्मठताका साथ तपाईहरूको साथमा छौँ ।
यस प्रतिकूल समयमा पनि पाब्लो नेहदाबाट शब्द सापटी लिएर म आप्mनो यो विश्वास व्यक्त गर्न चाहन्छु कि सङ्घर्षको तातो भट्टीमा खारिएर त्यस्तो समय अवश्य पनि आउनेछ जतिबेला ‘दुनियाँमा इन्द्रधनुषका सबै रङका घोडा र कविताका लागि फराकिलो ठाउँ प्राप्त हुनेछ ।’ त्यसका लागि हामी उच्च शिखरसम्म पुग्नुपर्छ । किनकि कमरेड माओत्सेतुङले आप्mनो एउटा कवितामा भनेका छन् –
दुर्गम खतरनाक उचाइमा पुगेपछि मात्र
देखिन्छ सुन्दरतालाई
आप्mनो अनन्त रूपमा ।
(पारिजात स्मृति दिवस ०२६ मा काठमाडौंमा दिइएको संभाषण)
००

समालोचना

निनुरचित उत्तर–आधुनिकतावादसम्बन्धी समालोचनात्मक कृतिबारे सङ्क्षिप्त टिप्पणी
किरण

प्रारम्भिकी ः
माक्र्सवादी सौन्दर्यचिन्तन र प्रगतिवादी समालोचनाको क्षेत्रमा निनु चापागाईं एक विद्वान्, वरिष्ठ चिन्तक र स्थापित व्यक्तित्व हुनुहुन्छ । वहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा समेत महŒवपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । सौन्दर्य चिन्तन, समालोचना र संस्कृतिको क्षेत्रमा वहाँका यथार्थवादी रचनादृष्टि र विवेचना (२०५१), माक्र्सवादी चिन्तनमा सौन्दर्य  (२०५४), उत्तर–आधुनिकतावादः भ्रम र वास्तविकता (२०६१), संस्कृति र साँस्कृतिक रूपान्तरण (२०५९) जस्ता सङ्कलित कृतिहरू उल्लेखनीय रहेका छन् । सौन्दर्यचिन्तन तथा समालोचनाको क्षेत्रमा निनुद्वारा निर्वाह गरिएको भूमिका र वहाँका रचनाहरूको समग्र अध्ययन तथा मूल्यांकन गर्नुपर्ने आवश्यकता छ । परन्तु, यो छोटो लेखमा त्यो अहिले सम्भव छैन । तसर्थ, प्रस्तुत लेखमा वहाँका सवै कृतिहरू होइन, उत्तर–आधुनिकतावादः भ्रम र वास्तविकता शीर्षक कृतिमा समावेश गरिएका लेखहरूबारे संक्षिप्त टिप्पणी गर्ने प्रयास गरिएको छ ।
प्रस्तुत कृतिमा समावेश गरिएका लेखहरू माक्र्सवादी सौन्दर्य चिन्तन, समाजवादी यथार्थवाद र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण र मापदण्डमा आधारित रहेका छन् । विषयवस्तुका दृष्टिले यो कृतिमा समावेश गरिएका लेखहरूलाई चार भागमा विभाजित गरी अध्ययन गर्न सकिन्छ ः पहिलोः सौन्दर्यशास्त्रीय सन्दर्भ, दोस्रोः प्रगतिवादसम्बन्धी सैद्धान्तिक समीक्षा तेस्रोः स्रष्टाविशेषका रचनासँग सम्बन्धित व्यावहारिक समीक्षा र चौथोः उत्तर–आधुनिकतावादसंबन्धी अध्ययन । यी लेखहरू सैद्धान्तिक एवम् व्यावहारिक दुवै दृष्टिले निकै महŒवपूर्ण तथा प्रभावकारी रहेका छन् ।
सौन्दर्यशास्त्रीय सन्दर्भ
यो कृतिमा सौन्दर्यशास्त्रको शास्त्रीय सन्दर्भमा आधारित एउटा मात्र लेख सङ्कलित रहेको छ , सो लेख हो– सौन्दर्यशास्त्र र यसमा रहेका केही विवादहरू । यसमा सौन्दर्यशस्त्रसँग सम्बन्धित सिद्धान्त, नियम, प्रणाली, परिभाषा, इतिहास आदि विषयवारे प्रकाश पारिएको छ । प्रस्तुत लेखको मूल अभीष्ट सौन्दर्य चिन्तनको सैद्धान्तिक मान्यता, विश्वदृष्टिकोण र ऐतिहासिक विकास प्रक्रियाका विविध पक्षमा रहेका विवादवारे प्रकाश पार्नु रहेको देखिन्छ ।
पहिलो ः सौन्दर्यशास्त्रको आवश्यकता, उपयोगिता वा महŒवसँग सम्बन्धित पक्ष । सौन्दर्यशास्त्र स्रष्टा÷कलाकारहरू , कलाका अध्येता वा रसग्राहीहरू तथा समलोचकहरूका साथै यथार्थलाई सौन्दर्यात्मक रूपमा आत्मसात् गर्ने र सौन्दर्यको मान्यता अनुसार यथार्थलाई बदल्न चाहनेहरूका लागि आवश्यक तथा उपयोगी हुने कुरा बताइएको छ । यो लेखमा सौन्दर्यशास्त्रको अध्ययन केका लागि भन्ने प्रश्नको सही र वैज्ञानिक जबाफ दिंदै सौन्दर्यशास्त्रको महŒवमाथि राम्रो प्रकाश पारिएको छ ।
दोस्रो ः सौन्दर्य चिन्तन वा शास्त्रको ऐतिहासिक पक्ष । प्राचीन भारत, चीन, मिश्र, बेबिलोन, युनान र रोम हुँदै अहिलेसम्मको साढे दुई हजार भन्दा लामो अवधिका बीचको सौन्दर्य चिन्तनको ऐतिहासिक विकासको प्रक्रियालाई यहाँ संक्षिप्तमा प्रस्तुत गर्ने काम भएको छ । निनुको भनाइ छ– “प्रारम्भिक अवस्थादेखि नै ज्ञानका अन्य शाखाको इतिहास जस्तै विभिन्न किसिमका बाङ्गाटिङ्गा बाटाहरू छिचोल्दै र विभिन्न प्रवृत्ति र चिन्तनका बीच निरन्तर द्वन्द्व र संङ्घर्षको प्रक्रियाबाट अघि बढ्दै सौैन्दर्यशास्त्र आजको अवस्थासम्म आइपुगेको छ ।” (पृ.९९¬) । विकासको यो प्रक्रिया दार्शनिक रूपमा भौतिकवादबाट आदर्शवाद हुँदै पुनः भौतिकवादतर्फ, कलासिद्धान्तका रूपमा यथार्थवादबाट शास्त्रीयतावाद हुँदै पुनः यथार्थवादतर्फ र राजनीतिक रूपमा कुलीनतन्त्र वा राजतन्त्रबाट मानवतावाद हुँदै क्रान्तिकारी जनवाद समाजवादतर्पm अगाडि बढ्दै आएको छ । यसवारे निनुद्वारा विशेष ध्यानदिइएको पाइन्छ । यो प्रक्रियामा सुन्दर र कलाका नियमहरूको उद्घाटन, सिद्धान्त तथा प्रणालीको विकासको सन्दर्भ लगायतका विषयहरूमाथि प्रकाश पारिएको छ ।
तेस्रो ः सौन्दर्य चिन्तनको तार्किक, सैद्धान्तिक तथा प्रणालीगत पक्ष । यहाँ सौन्दर्यशास्त्रको विषयवस्तु , कलात्मक तथा सौन्दयपरक पक्ष, परिभाषा, प्रणाली, विधि, माक्र्सवादी र प्रत्ययवादी सौन्दर्यशास्त्र बीचको अन्तर्विरोध, सौन्दर्यशास्त्रको काम र भूमिका लगायतका विषयहरूमा विद्यमान विवादवारे गहन विश्लेषण र संश्लेषण गर्ने काम गरिएको छ ।
सौन्दर्यशास्त्र पदावलीको प्रचलनबारे ऐतिहासिक सन्दर्भको उल्लेख गर्दै निनुले संवेदनाको माध्यमबाट संज्ञान गर्ने क्षमतालाई जनाउने ग्रीक शब्द ब्ष्कतजभष्पयक बाट ब्भकतजभतष्अक वा भ्कतभकष्क अर्थात् भावनाबाट सौन्दर्यशास्त्र पदावली बनेको र सोही आधारमा बाउम्गार्टेनले ब्भकतजभतष्अब का रूपमा सौन्दर्यशास्त्रको नामाङ्कन गरिएको प्रसँग प्रस्तुत गर्दै सौन्दर्यशास्त्रलाई दार्शनिक विज्ञानसँग संबन्धित विज्ञानका रूपमा परिभाषित गर्नुभएको छ । यसै प्रक्रियामा सौन्दर्यशास्त्रलाई कलाको सारतŒवको विज्ञान र यथार्थको सौन्दर्यपरक सारको विज्ञानका रूपमा परिभाषित गर्ने मान्यतामाथि ध्यानदिंदै सौन्दर्यपरक तथा कलापरक सम्बन्धी अवधारणा र तिनका बीचको समानता तथा भिन्नतावारे पनि स्पष्ट पार्ने काम भएको छ । वहाँले सौन्दर्यपरकलाई सौन्दर्यपरक आवश्यकतासँग सम्बन्धित व्यापक परिधि र कलापरकलाई कलापरक आवश्यकतासँग सम्बन्धित सीमित परिधिमा आधारित प्रवर्गका रूपमा ग्रहण गर्नु भएको छ । निनुले प्राचीन युनानको त्भअजलभ शब्दलाई कला र सिपका अर्थमा प्रयोग भएको कुरा प्रस्तुत गर्दै अरबी, भारतीय र नेपाली परम्परा पनि तदनुरूप नै रहिआएको कुरा स्पष्ट पार्नु भएको छ । यो प्रकृयामा वहाँले कला बाहिरको सौन्दर्यशास्त्रलाई व्यावहारिक र प्रायोगिक सौन्दर्यशास्का रूपमा विभाजित गर्नु भएको छ ।
सौन्दर्यशास्त्रवारे परिभाषा प्रस्तुत गर्दै निनु भन्नुहुन्छ –“सौन्दर्यशास्त्रले कलासहित मानव गतिविधिका हरेक क्षेत्रमा विश्वको सौन्दर्यपरक संज्ञानको विवेचना गर्दछ । यो ऐतिहासिक रूपबाट निर्धारित मानवमूल्यहरू, तिनको सृजन, तिनको अवबोधन, मूल्याड्ढन र आत्मसात्करणको व्याख्या–विश्लेषण गर्ने ज्ञानको एउटा शाखा हो । यसले मानिसका हरेक गतिविधिमा हुने विश्वको सौन्दर्यपरक संज्ञानका अति सामान्य नियम र सिद्धान्तहरूको विवेचना गर्ने काम गर्दछ । तर सौन्दर्यपरक संज्ञानका परिणामहरूलाई सुन्दरका नियम बमोजिम निर्माण गर्ने, सुनिश्चित गर्ने र पूर्णता दिने उच्चतम तथा सङघनित रूप कला भएको हुँदा सौन्दर्यशास्त्र विशेषतः कलासँग सम्बद्ध हुन्छ ।” (पृ. १०६) । सौन्दर्यशास्त्रवारे निनुको यो परिभाषा मूलतः सही देखिन्छ  ।
चौथो ः माक्र्सवादी सौन्दर्यशस्त्रीय सन्दर्भ । निनुले सो लेखमा माक्र्सवादी सौन्दर्यशास्त्रबारे विस्तृत, सघन र सठीक रूपमा प्रकाश पार्नु भएको छ । निनु भन्नुहुन्छ – “माक्र्सवादी सौन्दर्यशास्त्रले कलासहित मानवगतिविधिका हरेक क्षेत्रमा विश्वको संज्ञानको सौन्दर्यपरक पहलुहरूको विश्लेषण गर्दछ । ऐतिहासिक विकासका उदात्त लक्ष्यहरू र मानिसका निम्ति महŒवका दृष्टिले सङ्घटनको व्याख्या यस सौन्दर्यशास्त्रीय प्रणलीको जग हो । कलाका क्षेत्रमा यसले कलाको सामाजिक भूमिकालाई प्रबद्र्धन गर्ने प्रयत्न गर्दछ र यसका निम्ति कलाको सामाजिक भूमिकालाई प्रबद्र्धन गर्ने प्रयत्न गर्दछ र यसका निम्ति कलाको प्रकृतिको बारेमा सजग र  सचेत रहन विशेष जोड दिन्छ । प्रत्ययवादी तथा विकृत भौतिकवादी सिद्धान्तहरूका विपरीत माक्र्सवादी सौन्दर्यशास्त्रले विश्वको सौन्दर्यपरक संज्ञानको वस्तुगत आधार मानिसहरूको सृजनात्मक, व्यावहारिक सोद्देश्य गतिविधि हो र यही गतिविधिमा नै मानिसहरूको सामाजिक सार तथा प्रकृति एवं समाजलाई रूपान्तरण गर्ने लक्ष्य लिएका उनीहरूका रचनात्मक शक्तिहरू उद्घाटित हुन्छन् भन्ने दृष्टिकोण राख्तछ ।” (पृ. १११) माक्र्सवादी सौन्दर्यशास्त्र संबन्धी यस प्रकारको मान्यता मूलतः सही छ ।
यो प्रक्रियामा निनुले सुन्दर तथा कुरूप, उदात्त तथा नीच, त्रासद तथा प्रहसनात्मक, नाटकीय, वीरतापूर्ण जस्ता प्रमुख सौन्दर्यपरक प्रवर्गहरूको उल्लेख गर्दै ती मानवजीवनका आर्थिक, सामाजिक तथा राजनीतिक गतिविधि र प्रकृतिसितको सम्बन्ध संस्कृति, दैनिक जीवन लगायत विश्वको सौन्दर्यात्मक संज्ञानको विशिष्ट अभिव्यक्तिका रूपमा प्रकट हुने कुरा बताउनु भएको छ  । यो प्रक्रियामा उहाँले सौन्दर्यपरक संज्ञानका सौन्दर्यानुभूति, रुचि, मूल्याड्ढन, अनुभव, विचार, आदर्श जस्ता आत्मपरक पहलहुरुबारे पनि आवश्यक चर्चा गर्नु भएको छ  ।
प्रगतिवादवारे
प्रस्तुत कृतिमा प्रगतिवादी साहित्य र यसको विशेषता शीर्षकमा एउटा महŒवपूर्ण लेख समावेश गरिएको छ । यद्यपि यो लेख प्रगतिवादी साहित्यसँग सम्बन्धित रहेको छ । परन्तु, सारमा यसले सिंगो प्रगतिवाद अर्थात् समाजवादी यथार्थवादलाई समेट्ने काम गरेको छ । यो लेखमा एकातिर प्रगतिशीलता र प्रगतिवाद बीचको संबन्धलाई देखाउने काम भएको छ भने अर्कोतिर यथार्थवादका विभिन्न रूपहरूवारे प्रकाश पार्ने प्रयास गरिएको छ । निनुले प्रगतिशीलतालाई सामान्यतः यथार्थवाद र प्रगतिवादलाई समाजवादी यथार्थवादसँग जोड्ने काम गर्नु भएको छ ।
यथार्थ के हो ? यथार्थवाद भन्नाले के बुझिन्छ ? प्रगतिशीलता र यथार्थवाद तथा प्रगतिशीलता र यथास्थितिवादका बीच के सम्बन्ध छ ? आदि प्रश्नहरूवारे पनि निनुद्वारा विशेष चर्चा गर्ने काम भएको छ । यहाँ प्रतिक्रियावाद, यथास्थितिवाद र संसदवादको सशक्त रूपमा विरोध गरिएको छ । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्य अर्थात् प्रगतिशीलता र प्रगतिवादका बीचको संबन्धवारे स्पष्ट पार्दै निनु भन्नुहुन्छ–“प्रगतिवादी साहित्य सबै नै प्रगतिशील हुन्छ, तर सबै प्रगतिशील साहित्य भने प्रगतिवादी हुन सक्दैन । प्रगतिशीलता र प्रगतिवादलाई छुट्टयाउने आधारभूत तŒव रचना र रचनाकारले स्वीकार गरेको विश्वदृष्टिकोण हो । प्रगतिवादी साहित्य र साहित्यकारले द्वन्द्वात्मक भौतिकवाद र वैज्ञानिक समाजवादलाई आफ्नो विश्वदृष्टिकोण बनाउनु अपरिहार्य हुन्छ ।” (पृ. ५७) । निनुद्वारा प्रस्तुत यो मान्यता वैज्ञानिक रहेको छ ।
प्रस्तुत लेखमा शास्त्रीयतावाद तथा प्रकृतवादको विरोध गरिएको छ । साथै, शास्त्रीयतावादविरोधी संघर्षमा स्वच्छन्दतावाद र यथार्थवादको भूमिका , आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवादका बीचको अन्तर लगायतका विषयमा राम्रो विश्लेषण गरिएको छ । समाजवादी यथार्थवादवारे निनु भन्नु हुन्छ – “ समाजवादी यथार्थवाद भनेको समाजवादी आदर्श( साम्यवाद)लाई आत्मसात् गर्दै यथार्थलाई क्रान्तिकारी विकासका क्रममा सही तरीकाले प्रतिबिम्बित गर्ने पद्धति र दृष्टि पनि हो । जीवनसत्यको निरन्तर अनुसरण, क्रान्तिकारी विकासको क्रममा यथार्थको प्रतिबिम्बन, समाजवाद एवम् साम्यवादको भावना अनुरूप जनतालाई वैचारिक एवम् सौन्दर्यात्मक शिक्षादिने कार्यभार, जनप्रतिबद्धता, पार्टीप्रतिबद्धता र विचारधारात्मक प्रतिबद्धता समाजवादी यथार्थवादका आधारभूत विषयहरू हुन् । आलोेचनात्मक यथार्थवादको आवेगपूर्ण शक्ति समकालीन समाजको आलोचना, निषेध र सामाजिक अन्यायको तिरस्कारमा व्यक्त हुन्छ भने समाजवादी यथार्थवादको आवेगपूर्ण शक्ति चाँहि जीवनप्रतिको आशावादी सकारात्मक अनुगमनमा व्यक्त हुन्छ  । (पृ. ५६) । यहाँ समाजवादी यथार्थवादका अभिलाक्षणिकतावारे स्पष्ट पार्दै आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवाद बीचको अन्तरवारे पनि उल्लेख गरिएको छ  ।
साथै, सो लेखमा यथार्थवादी साहित्य र कलामा प्रारूपीकरणको महŒव, स्वतन्त्रता र प्रतिबद्धताको मान्यता, शब्द र कर्मका बीचको एकरूपता लगायतका विषयमा पनि सामान्य रूपमा चर्चागर्ने काम भएको छ ।
यसैप्रक्रियामा महान् जनयुद्धवारे चर्चागर्दै निनु भन्नुहुन्छ –“मुलुकको यो गंभीर अत्यासलाग्दो अवस्थाका कारण जनतामा संसदीय व्यवस्थाप्रति असन्तोष बढ्नु र यसको विकल्पको खोजी हुनु अस्वाभाविक थिएन । आज कथित जनयुद्धले आफ्नो वर्चस्व स्थापित गर्नुमा उसको सही कार्यदिशा र नीतिको कारणभन्दा जनताको यही विकल्पको खोजीले बढी काम गरिरहेको छ भन्ने कुरा स्पष्ट नै छ । नेपालको वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक सम्पूर्ण किसिमका शोषण–उत्पीडनबाट मुक्त साम्यवादी आदर्शअनुरूप नयाँ जनवादी गणतन्त्रको स्थापना नेपालका आमूल परिवर्तनकारी शक्रिहरूले गर्दैआएका छन् र त्यसनिम्ति उनीहरू क्रियाशील पनि छन्. । त्यस्ता शक्तिहरूमध्ये जनतामा आफ्नो वर्चस्व राम्ररी स्थापित गर्न नसकेको कारण खास खास सवालमा उग्रबामपन्थी, जडसूत्रवादी, अधिभूतवादी र व्यक्तिवादी–अराजकतावादी साेंचहरूबाट र सामाजिक फासीवादी व्यवहारबाट ग्रस्त तथापि क्रान्तिकारी कित्तामा रहेको जनयुद्ध चर्चा एवम् आकर्षण–विकर्षणको विषय भएको छ ।
(पृ. ६५) । यहाँ महान् जनयुद्ध र त्यसको सञ्चालक नेकपा(माओवादी) द्वारा अवलम्बन गरिएको कार्यदिशा तथा नीतिप्रति निनुको धारणा नकारात्मक रहेको कुरा छर्लङ्गै देखिन्छ  ।
ठीक त्यसैकारण महान् जनयुद्धद्वारा उद्घाटित नयाँ यथार्थप्रति पनि निनुको धारणा नकारात्मक नै बन्न गएको छ  । निनु भन्नुहुन्छ ः–“युगको समग्र यथार्थको प्रतिबिम्बन गर्नु भनेको कुनै खण्डित यथार्थ अर्थात् नवीन यथार्थ वा कथित पुरानो यथार्थमा मात्र सीमित रहेर साहित्य सृजना गर्नुपर्दछ भन्ने होइन ।” (पृ. ६७) । जनयुद्धद्वारा उद्घाटित यथार्थलाई खण्डित यथार्थमा रूपमा प्रस्तुत गर्नु भनेको यथार्थको प्रतिनिधिमूलक र सकारात्मक पाटोलाई उपेक्षाको दृष्टिले हेर्नु हो । यहाँ मुख्य प्रश्न समग्र यथार्थ र खण्डित यथार्थको नभई जनयुद्धप्रति समर्थन जनाउने वा नजनाउने भन्ने नै हो । वस्तुतः यो प्रश्न क्रान्तिप्रतिको प्रतिबद्धताको प्रश्न पनि हो ।
स्रष्टाविशेषस“ग सम्बन्धित सन्दर्भ
स्रष्टाविशेषको मूल्याड्ढनमा आधारित यहाँ तीन ओटा लेखहरू समावेश गरिएका छन् , ती हुन् – कवि लक्ष्मी प्रसादको अन्तर्विकास र प्रवृत्ति , कुलमान सिंह भण्डारीका कला–संबन्धी केही विचारहरू तथा सवार्थ योगवाणी  र प्रगतिशील कवि योगमाया । यी तीन ओटा लेखहरूमा निनुको प्रगतिवादी व्यावहारिक समालोचकीय व्यक्तित्व राम्रोसँग उद्घाटित हुन पुगेको छ ।
देवकोटावारेको लेखमा निनुले देवकोटालाई हेर्ने विभिन्न कोणहरू, देवकोटा हुर्केको सामाजिक परिस्थिति, देवकोटाको कृतिŒव एवम् व्यक्तित्वको विकासका विभिन्न चरण, देवकोटाको मूल्याड्ढनमा रहेका विवाद जस्ता विषयहरूमा केन्द्रित रही देवकोटाको गहन विश्लेषणका साथ वैज्ञानिक संश्लेषण समेत गरेको पाइन्छ । यो लेखमा उल्लेखनीय विषयहरू मूलतः दुईओटा रहेका छन् ।
पहिलो, देवकोटालाई विभिन्न समालोचकले विभिन्न कोणका आधारमा मूल्याड्ढन गरेका छन् । दार्शनिक रूपमा देवकोटालाई आदर्शवादी, अनीश्वरवादी, द्वन्द्वात्मक भौतिकवादी वा अन्ततः ईश्वरवादी वताउने गरिएको छ । राजनीतिक रूपमा देवकोटालाई राजतन्त्रवादी, सुधारवादी, मानवतावादी, प्रजातन्त्रवादी वा विद्रोही कविका रूपमा प्रस्तुत गर्दैआउने काम भएको छ । त्यसरी नै साहित्यिक सिद्धान्त वा प्रवृत्तिका आधारमा देवकोटालाई स्वच्छन्दतावादी, प्रगतिवादी वा प्रगतिशील बनाउने गरिएको छ । यी सवै सन्दर्भमाथि ध्यान दिंदै निनुले देवकोटाको कृतिŒव र व्यक्तिको विकास प्रक्रियामा देखा पर्दै आएका विशेषताहरूको गहन विश्लेषण गर्नुभएको छ । यहाँ देवकोटाप्रति एकपक्षीय ढंगले र आ–आफ्नो मनोगत सोंचमा ढालेर हेर्ने चिन्तन र प्रवृत्तिको सशक्त रूपमा विरोध गरिएको छ ।
देवकोटालाई समालोचक गोविन्द भट्टले २००४ सालदेखि प्रकाशित हुँदै आएको युगवाणीमा नेपाली साहित्यको विद्रोह र प्रगतिवादी पक्षले खुल्ला रूपले वाणी पाएको, त्यसमा प्रकाशित देवकोटाका कतिपय रचनाका साथै पहाडी पुकार कवितालाई नेपाली क्रान्तिकारी र प्रगतिवादी साहित्यको इतिहासमा जेठो भएको कुरा पेस गर्दै देवकोटालाई प्रगतिवादी कवि बताएका छन् । त्यसैगरी डा. वासुदेव त्रिपाठीले देवकोटालाई २००७ सालपछि विस्तारै रोमान्टिक प्रगतिवादतिर उन्मुख कविका रूपमा पेस गरेका छन् । त्यस्तै डा.कुमार बहादुर जोशीले देवकोटालाई २००४ देखि २००९ सम्म स्वच्छन्दतावादी प्रगतिवाद वरण गर्दै २०१० देखि २०१६ सम्म त्यसको उत्कर्षको चासो र यात्रा विश्रान्ति लिने कविका रूपमा मूल्याड्ढन गरेका छन् । निनुले सो लेखमा यी सबै कुराहरूलाई उद्धृत गर्दै त्यसप्रकारका मूल्याड्ढनको सशक्त विरोध गर्नु भएको छ र उहाँको यो विरोध सही छ ।
देवकोटा प्रगतिवादी कवि होइनन्, किनभने प्रगतिवादी बन्नका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिवादी विश्वदृष्टिकोण, माक्र्सवाद सौन्दर्य चिन्तन र समाजवादी यथार्थवादलाई अँगाल्नु पर्ने हुन्छ । परन्तु , देवकोटाले यसप्रकारका दृष्टिकोण, चिन्तन र सिद्धान्तलाई अगाँल्ने तथा तीप्रति प्रतिबद्ध रहने गरेका छैनन् । तर पनि पछिल्ला चरणमा अर्थात् २०१० साल यता देवकोटा प्रगतिवादद्वारा प्रभावित भने अवश्यै रहेका छन् । जहाँसम्म देवकोटालाई स्वच्छन्दतावादी प्रगतिवादी रूपमा प्रस्तुत गर्ने कुरा हो त्यो हास्यास्पद रहेको छ , किनभने साहित्य सिद्धान्तका रूपमा स्वच्छन्दतावाद र प्रगतिवाद परस्पर विरोधी मान्यता हुन् । यद्यपि विधिका रूपमा प्रगतिवादले क्रान्तिकारी स्वच्छन्दतावादलाई अंगीकार गर्दछ । परन्तु , सिद्धान्तका रूपमा भने प्रगतिवाद स्वच्छन्दतावादविरोधी रहेको छ ।
दोस्रो, देवकोटाको कवित्व र व्यक्तित्वको विकास प्रक्रियाका चरणलाई विभिन्न विचारकहरूले विभिन्न रूपमा प्रस्तुत गर्दै आएका छन् । यससन्दर्भमा निनुको भनाइ यस्तो रहेको छ ः“अतः निष्क्रिय स्वच्छन्दतावादी (१९९१–२००३), पूँजीवादी मानवतावाद–समर्थक क्रान्तिकारी स्वच्छन्दतावादी (२००४–२००७) र समाजवादी मानवतावाद–प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादी (२००८–२०१५) यी तीन चरणमा बाँडेर कवि लक्ष्मी प्रसाद देवकोटाको अन्तर्विकासलाई व्याख्या–विश्लेषण गर्नु उचित देखिन्छ । तर यहाँ हामीले कुन कुरो बिर्सन मिल्दैन भने निष्क्रिय स्वच्छन्दतावादी धारा उनको पछिल्ला दुई चरणमा पनि निरन्तर प्रवाहित रहेको छ ।” (पृ. ४६) । देवकोटाको अन्तरविकासको यात्रालाई यसरी विभाजन गर्नु मूलतः सही हुँदाहुँदै पनि पछिल्लो चरणलाई दुईभागमा विभाजित गर्नु अझै राम्रो देखिन्छ । तदनुसार  देवकोटाको काव्ययात्रालाई १९९१–२००३ सम्म पूँजीवादी मानवतावादी निस्क्रिय स्वच्छन्दतावाद, २००४–२००७ सम्म पूँजीवादी मानवतावादी सक्रिय स्वच्छन्दतावाद, २००८–२००९ सम्म आलोचनात्मक यथार्थवादद्वारा प्रभावित स्वच्छन्दतावाद र त्यसयता समाजवादी यथार्थवादद्वारा प्रभावित यात्राका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ  ।
वस्तुतः लक्ष्मी प्रसाद देवकोटा अन्ततः सामन्तवाद–साम्राज्यवाद विरोधी तथा समाजवादद्वारा प्रभावित प्रगतिशील कवि हुन् । समग्रमा भन्नुपर्दा देवकोटाको मूल्याड्ढनमा निनुले न्याय गर्नु भएको छ र उहाँको देवकोटाप्रतिको दृष्टिकोण वैज्ञानिक रहेको छ ।
यसरी नै समालोचक निनुको अर्को समीक्षात्मक लेख हो– कुलमान सिंह भण्डारीका कलासम्बन्धी केही विचारहरू । यो लेखमा निनुले कलाकार कुलमान सिंह भण्डारी कलाकार मात्र न भै साहित्यकार वा विचारक पनि बन्न सकेको कुरालाई विशेष महŒव दिनु भएको पाइन्छ । निनुले भण्डारीका त्यसप्रकारका रचनाहरूमा देश, जनता र वर्गप्रतिको प्रतिबद्धता, साम्राज्यवाद सामन्तवाद सहित सवैखाले प्रतिक्रियावाद, आध्यात्मवादका साथै सामन्तवादी कला, संस्कृति तथा अमूर्त कलाको विरोध र यथार्थवादी कलाको पक्षपोषण, कलामा जनताका समस्या र तिनको समाधान वा चित्रण र दिशानिर्देश जस्ता पक्षहरू सशक्त रूपमा मुखरित भएको कुरा औँल्याउनु भएको छ ।
कलालाई मनोरञ्जन वा बौद्धिक विलास मात्र नभै चेतना, ज्ञान र आनन्द दिनसक्ने साधनको रूपमा लिने कलाकार तथा विचारक भण्डारीबारे निनु भन्नुहुन्छ – “कला वर्गीय हुन्छ, जनपक्षीय कलाकारले जनताको हितलाई सर्वेापरि राखेर कलाको सृजनामा क्रियाशील हुनु पर्दछ, जनपक्षीय कलाकार अमूर्तकलाको प्रभावबाट सर्वथा मुक्त हुन सक्नुपर्दछ , यथार्थवादलाई अवलम्बन गरेर कलाको सृजना हुनुपर्दछ , आजको नेपालमा जनपक्षीय कलाकारले सामन्ती संस्कृतिका विरुद्ध नयाँ जनवादी विचारलाई आत्मसात् गरी कलाको निर्माण गर्न सक्नु पर्दछ भन्ने लगायतका जे जति विचारहरू उहाँले व्यक्त गर्नुभएको छ यो नै उहाँको अति सबल र महŒवपूर्ण योगदान हो । नेपालमा ललितकलाको क्षेत्रमा संलग्न भएर काम गरेका वा गरिरहेका जनपक्षीय कलाकारहरू एक त एकदमै नगण्य व्यक्तिहरू छन् र त्यसमाथि पनि तिनीहरू मध्ये अधिकांशले कलाको वैचारिक पक्षमाथि सर्वथा उपेक्षा गरिरहेको पाइन्छ । अरूहरूबाट हुन नसकेको यही काम उहाँबाट भएको छ । यो उहाँको प्रशंसायोग्य काम हो । ”(पृ. ९०÷९१)    यहाँ निनुद्वारा कुलमान सिंह भण्डारीको उच्च मूल्याड्ढन गर्ने काम भएको छ ।
वरिष्ठ प्रगतिवादी समालोचक निनुले सर्वार्थ योगवाणी र प्रगतिशील कवि योगमाया शीर्षक समीक्षामा योगमायाको साँस्कृतिक, सामाजिक तथा काव्यिक व्यक्तित्ववारे राम्रो प्रकाश पार्नु भएको छ । योगमायाका विविध व्यक्तित्वहरूमा यहाँ काव्यिक व्यक्तित्व नै केन्द्रीय स्थानमा रहेको छ ।
सामन्तवादी  समाजमा सामाजिक चेतनाका सवै रूपहरूमा धर्मको प्रभुत्व हुन्छ । यो समाजमा उत्पीडन पनि धर्मकै रूपमा र उत्पीडनका विरुद्ध विद्रोह पनि धर्मकै रूपमा हुने गर्दछ । नेपालमा पनि हामीले यही कुरा देख्तछौं । निनुको भनाइ अनुसार योगमाया सामान्यतः वि.सं. १९६० यता नेपालमा सञ्चालित राजनीतिक आन्दोलनको रूप लिन पुगेको एउटा धार्मिक सुधारवादी आन्दोलनकी नेता थिइन् । उनमा विशेषतः आर्य समाज र साथै जोसमनी सन्तपरम्परा तथा वैष्णव मार्गको पनि पर्याप्त असर परेको थियो ।
भोजपुर जिल्लाको दिङ्ला नेपालेडाँडाको मझुवा सानो सिम्ले स्थित ब्राहमण परिवारमा जन्म, सात–आठ वर्षको कलिलो उमेरमा विहे गरेर त्यसै जिल्लाका आफ्ना श्रीमान् कोइरालाको घरमा प्रस्थान, दुई वर्ष पछि श्रीमान्को मृत्यु र वैधव्यजीवन, माइती घरको वसाइ र त्यसै वेला गाउँको समवयस्क एक युवकसँग विहेगरी आसाम जानुपर्ने बाध्यता, त्यसको झण्डै ३÷४वर्ष पछि आसाममै पुनःवैधव्य जीवन अनि तेस्रो विवाह , एक छोरीको जन्म , पुनः वैधव्य जीवन र नेपाल वापसी– यी योगमायाको जीवनका उथलपुथलकारी परिघटना हुन् । यसै परिस्थिति र नेपालमा विकसित हुँदै आएको राणाविरोधी धार्मिक सुधारवादी आन्दोलनको प्रभावका बीचबाट योगमाया विद्रोही बन्न पुगिन् । उनी सतीप्रथा विरोधी र विधवा विवाह पक्षधर थिइन् । जातीय, वर्गीय, जातपात–छुवाछुत तथा लैङ्गििक उत्पीडनका विरुद्ध प्रस्तुत भई उनले भोजपुरको एउटा गाउँमा कुटी वनाई उपदेश दिन थालिन् र तिनै उपदेशहरूको सङ्कलन उनको कृति सर्वार्थ योगवाणी थियो ।
निनुको विचारमा योगमाया नारी मुक्तियोद्धा मात्र न भै विभिन्न खाले उत्पीडनको विरोधमा समेत सम्लग्न थिइन् । उनको कार्यक्रम र योजना धर्मराज्यको स्थापना गरी समाजलाई मुक्ति दिलाउनु थियो । सर्वार्थ योगवाणीको अध्ययन र विश्लेषण पश्चात् योगमायाको समग्र मूल्याड्ढन गर्दै निनु चापागाईंले योगमायालाई नेपाली साहित्यमा यथार्थवादको आधार निर्माण गर्न सहयोग पु¥याउने कविका रूपमा प्रस्तुत गर्नु भएको छ । यसै क्रममा निनु भन्नुहुन्छ–“जनपक्षीय र प्रगतिशील कवि भएको कारणले नेपाली साहित्यमा प्रखर रूपमा आधुनिक विचारलाई प्रवर्तन गर्ने उनी प्रथम महिला कवि हुन् । कतिपय समालोचकरुले लेखनाथलाई आधुनिकताको प्रवर्तकका रूपमा प्रस्तुत गर्ने गरेको मत यसैले सही मान्न सकिन्न । उत्तम पन्तले प्रस्तुत गरेको यो विचार एकदमै विचारणीय छ । आधुनिकतालाई शैली र रूपमा होइन, अन्तर्वस्तु र विचारमा नै खोज्नुपर्दछ । कतिपय सवालमा कमीकमजोरी प्रकट भएको पाइए पनि योगमाया नेपाली साहित्यमा आधुनिकताको  बीजारोपण गर्ने एक प्रमुख व्यक्ति हुन् । माथि उल्लेखित कतिपय सवालमा समाजवाद–साम्यवादबाट प्रभावित लाग्ने किसिमका उनका विचारहरूलाई यही सन्दर्भमा राखेर हेर्नु उचित हुनेछ । (पृ.१३५) । प्रगतिशील कवि योगमायावारे अभिव्यक्त निनुका यी विचारहरू मननीय रहेका छन् ।  
उत्तर–आधुनिकतावादको सन्दर्भ
नेपालमा उत्तर–आधुनिकतावादको प्रभाव र वहसको प्रक्रिया विकसित हुँदै गैरहेको छ । निनुरचित उत्तर–आधुनिकतावादः भ्रम र वास्तविकता शीर्षक लेख यसै प्रभाव र बहसमा आधारित रहेको छ । उत्तर आधुनिकतावादको विश्लेषण गर्ने क्रममा निनुले उत्तरसंरचनावादको पनि चर्चा गर्नु भएको छ र यो धाराका चर्चित लेखक तथा उनका सिद्धान्तहरूमाथि विशेष प्रकाश पार्नुभएको छ । यस सन्दर्भमा डेरिडाको पाठवाद तथा विनिर्माणवाद, ल्योत्यार्दको महाआख्यानको अन्त , बौद्रिलार्दको छलना, परायथार्थ तथा उपभोक्तावाद, फुकोयामाको इतिहासको अन्त र अन्तिम मनुष्य, रोला बार्थको लेखकको मृत्यु आदि मान्यताको सशक्त रूपमा चिरफार तथा खण्डन गर्ने काम गर्नु भएको छ । यो प्रक्रियामा वहाँले जेमसन, टेरी इगल्टन लगायतका उत्तर माक्र्सवादीहरूको पनि चर्चा गर्नु भएको छ ।
यो लेख विस्तृत, खदिलो, शास्त्रीय र प्रभावोत्पादक रहेको छ । साथै, यो सामयिक पनि छ । यो लेखमा ध्यानदिनु पर्ने विषय मुख्यतः निम्न अनुसार रहेका छन् ः
पहिलो ः यहाँ निनुले नेपालमा उत्तर–आधुनिकतावादलाई नै नबुझी उत्तर–आधुनिकतावादवारे लेख्ने फेसन चलेको कुरालाई उदाङ्गो पार्ने प्रयास गर्नु भएको छ । यस सन्दर्भमा निनुले उत्तर–आधुनिकतावाद महाआख्यान, यथार्थको कलात्मक प्रतिबिम्बन र कला तथा सौन्दर्यविरोधी धारा भएको कुरा नबुझी महाआख्यानलाई आधार बनाएर तथा साहित्यलाई यथार्थको कलात्मक प्रतिबिम्बन मानेर रचिएका रचनालाई उत्तर आधुनिकतावादी बताउने र उत्तर–आधुनिकतावादलाई कलात्मक धाराका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति देखापरेको कुराको उल्लेखगर्दै उत्तर–आधुनिकतावाद वास्तविक अर्थमा के हो भन्नेवारेमा स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याउनु भएको छ ।
दोस्रो ः निनुले सो लेखमा नेपालमा उत्तर–आधुनिकतावादको चर्चा र त्यो विरुद्धका स्वर लगभग पन्ध्र वर्ष अघि नै गुञ्जन थालेको कुरा बताउनु भएको छ । सो कुरामाथि प्रकाश पार्दै वहाँले सो लेखको पादटिप्पणीमा अभि सुवेदीको मधुपर्क (मंसिर २०४५) मा छापिएको समसामयिक लेखन क्याम्ब्रिज सेमिनार शीर्षक लेखलाई उत्तर–आधुनिकतावादको पक्ष र उत्साह पूर्णाड्ढ (५९)२०४६ मा प्रकाशित आफ्नो आधुनिकता कि अन्धानुकरण ? शीर्षक लेखलाई उत्तर–आधुनिकतावादको विपक्षमा उभिएको छनक दिनु भएको छ ।
तेस्रो ः प्रस्तुत लेखमा निनुले उत्तर–आधुनिकतावादमा सम्मिलित विभिन्न विचार, चिन्तन तथा प्रवृत्तिहरूवारे विस्तृत रूपमा विश्लेषणगर्नु भएको छ र त्यो धाराका विशेषतालाई ऐतिहासिक यथार्थको उपेक्षा, प्रसन्न रोबोटहरूको चिन्तनधारा, राजनीतिक निराशाको अभिव्यक्ति, माक्र्सवादको विरोध यसको प्राथमिक विषय, पूँजीवादी साम्राज्यवादको उपकरण, अतीततिरको फर्काइ, संस्कृतिवाद र सापेक्षवाद आदिका रूपमा विस्तृत ढंगले प्रस्तुत गर्नु भएको छ । साथै, वहाँले साहित्यमा विद्यमान उत्तर–आधुनिकतावादको समेत चिरफार गर्दै त्यसलाई केही बौद्धिकहरूमा  विद्यमान सीमित आन्दोलन पनि बताउनु भएको छ । निनुले साहित्यमा विद्यमान उत्तर आधुनिकतावादका विशेषताहरूवारे विशेष चर्चा गर्नु भएको छ । यस सन्दर्भमा सौन्दर्यशास्त्रबारेको उहाँको निम्न भनाइ उल्लेखनीय रहेको छ । “ सामाजिक चेतनाका अन्य रूपहरूबाट साहित्यलाई छुट्टाउने साहित्यको विशिष्ट र निजी विशेषतालाई नै उत्तरआधुनिकतावादले अस्वीकार गर्दछ । अर्थात् साहित्यले कलात्मक र सौन्दर्यपरक आवश्यकतालाई पूर्ति गर्दछ वा साहित्य कलात्मक र सौन्दर्यात्मक हुन्छ भन्ने
अवधारणाप्रति नै यसले विमति जनाउँछ । यसको अर्थ सौन्दर्यशास्त्रको आवश्यकतालाई यसले स्वीकार गर्दैन र सामाजिक चेतनाका अन्य रूप र साहित्यका बीचको विभाजनलाई पनि मान्दैन । साहित्य साहित्य रहँदैन भने साहित्यिक वादविवादको पनि अर्थ रहदैन ।” (पृ. १८७) ।  उत्तर–आधुनिकतावादको सौन्दर्यचिन्तन तथा साहित्यविरोधी धारणाप्रति यो गतिलो सैद्धान्तिक झापड हो ।
चौथो ः निनुले उत्तर–आधुनिकतावादका सन्दर्भमा नेपालमा के हुँदैछ र यसको विरोधमा के गर्नु पर्दछ भन्नेवारे पनि राम्रो प्रकाश पार्नु भएको छ । निनु भन्नुहुन्छ – “नेपाली साहित्यमा उत्तर–आधाुनिक बहुलवाद तथा अनेकार्थको नाममा अन्यौल एवम् अराजकता फैलाउने, शब्दार्थ एवम् लेखकको आशयमाथि जबर्जस्ती बलात्कार गर्ने र साहित्यमा विनाशलीला मच्चाउने काम मात्र भैरहेको छ  । ”  (पृ. १९०) नेपालमा पर्दै आएको उत्तर–आधुनिकतावादको प्रभाववारे अब के गर्ने त ? वहाँ अगाडि भन्नु हुन्छ –“वास्तवमा उत्तर–आधुनिकतावाद क्रान्ति एवम् समाजको परिवर्तनकारी चिन्तन र आन्दोलनका विरुद्ध लक्षित छ । त्यसकारण  यसले बुद्धि र विवेकलाई निषेध गरेर मानवजातिलाई उसका आदिम सहजवृत्तिमा लुटपुट्याउन चाहन्छ । यसले न यथार्थबोध एवम् युगबोध गराउँछ न त कुनै दिशाबोध नै गराउँछ । यस कारण हाम्रो काम उत्तर–आधुनिक परिस्थितिले थोपरेका सीमाहरूई चुनौती दिने र तिनका विरुद्ध सम्भावित कार्बाही र प्रतिरोधलाई बढी सहयोग पु¥याउने नै हुनुपर्दछ । ” (१९०– १९१) । निुनका विचारमा उत्तरआधुनिकतावाद क्रान्ति, रूपान्तरण, आन्दोलन तथा माक्र्सवादविरोधी सिद्धान्त हो र त्यसको सैद्धान्तिक विरोध गर्नु आवश्यक छ ।
उत्तरआधुनिकतावादलाई उत्तर औद्योगिक समाजको उपज, बृद्ध पूँजीवादको सांस्कृतिक तर्क, उपभोक्ता पूँजीवाद, सुचना प्रधान पूँजीवाद आदि पनि बताउने गरिन्छ । सारमा उत्तरआधुनिकतावाद ज्ञानप्रसारण कालदेखि विकसित हुँदै आएका दार्शनिक मान्यता तथा पूँजीवादी जनवाद र माक्र्सवादका विरुद्ध परिलक्षित साम्राज्यवादी भूमण्डलीकरणको साँस्कृतिक अभिव्यक्ति हो । निनुले यी सवै कुराहरूवारे विस्तृत रूपमा चर्चा गर्दै उत्तरआधुनिकतावादीहरूद्वारा अवलम्बन गरिदै आएका अतर्कबुद्धिवाद, शून्यवाद, बहुलवाद, विनिर्माणवाद लगायतका दार्शनिक सिद्धान्तहरूको सशक्त खण्डन एवम् विरोध र माक्र्सवादको दृढतापूर्वक पक्षपोषण गर्नु भएको छ ।
उपसंहार
निनुद्वारा रचित उत्तरआधुनिकतावादः भ्रम र वास्तविकता  शीर्षक कृतिवारे गरिएको संक्षिप्त टिप्पणी यही हो । प्रस्तुत कृतिमा सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले विषयको गहन विश्लेषण गर्ने काम भएको छ । यो संक्षिप्त टिप्पणीमा यहाँ समावेश गरिएका व्यापक विषयको समग्र मूल्याड्ढन गर्न सकिएको छैन । यो एउटा लेखकीय सीमा हो ।
यो  रचनामा उत्तरआधुनिकतावादसम्बन्धी लेख वाहेक अन्य विभिन्न शीर्षकका लेखहरू समेत समावेश गरिएका छन् । यसरी हेर्दा प्रस्तुत कृतिको शीर्षक त्यति उपयुक्त देखिन्न । तर पनि दृश्यरूप होइन, मुख्यतः विषयको सारतŒवमाथि ध्यानदिनु पर्ने हुन्छ ।
यो कृति सौन्दर्यशास्त्र, प्रगतिवाद लगायतका विषयको शास्त्रीय अध्ययनका निम्ति विशेष ढंगले उपयोगी रहेको देखिन्छ । प्रस्तुत कृतिको मुख्य तथा केन्द्रीय लेख उत्तरआधुनिकतावादसँग संबन्धित रहेको छ र यो लेखमा उत्तरआधुनिकतावादको  सैद्धान्तिक व्याख्या, विश्लेषण र संश्लेषण गरी त्यसको विरोध गर्ने काममा उल्लेखनीय भूमिका निर्वाह गरिएको छ । प्रस्तुत कृतिमा माक्र्सवादी सौन्दर्य चिन्तन र समाजवादी यथार्थवादको सैद्धान्तिक मार्गदर्शनमा निनुले विभिन्न कलाकृति तथा साहित्यिक व्यक्तित्वको मूल्याड्ढन गर्नु भएको पाइन्छ । उहाँले यसप्रकारको मूल्याड्ढन गर्दा सम्बन्धित समयको ऐतिहासिक सन्दर्भमाथि आवश्यक ध्यानदिंदै संज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक पहलुहरूलाई मापदण्डका रूपमा ग्रहण गर्नु भएको देखिन्छ ।
यो कृतिमा केही कमी तथा सीमाहरू पनि रहेका छन् । यहाँ उल्लेख गर्नै पर्ने एउटा मूल कमजोरी के देखापर्दछ भने सौन्दर्यशास्त्रसम्बन्धी लेखमा सौन्दर्य चिन्तनको क्षेत्रमा माओद्वारा विकसित मान्यतावारे कुनै चर्चा गरिएको छैन । साथै, नेपालमा प्रगतिवादको विकासको चर्चा गर्दा संसदवाद र यथास्थितिवादको विरोध त गरिएको छ, तर महान् जनयुद्ध र त्यसद्वारा उद्घाटित नयाँ यथार्थको भने अवमूल्यन गर्ने काम भएको छ ।
परन्तु , समग्रमा भन्नुपर्दा यो कृति सामान्यतः सौन्दर्य चिन्तन तथा साहित्यसिद्धान्तको विवेचना र विशेषतः माक्र्सवादी  सौन्दर्य चिन्तन तथा समाजवादी यथार्थवादको सैद्धान्तिक विवेचनाका दृष्टिले विशेष उपयोगी तथा पठनीय रहेको छ । दर्शन, साहित्य तथा कलाको क्षेत्रमा सिद्धान्तको उपेक्षा एवम् कथित व्यवहारको गुणगान लगायतका विचलनहरू बढ्दै गएको र उत्तरआधुनिकतावादको प्रदुषण फैलन थालेको वर्तमान सांस्कृतिक आन्दोलनको पृष्ठभूमिमा नेपाली प्रगतिवादी समालोचना र सौन्दर्य चिन्तनको क्षेत्रमा प्रस्तुत कृति अत्यन्तै महŒवपूर्ण, ज्ञानबद्र्धक एवम् मूल्यवान् रहेको छ ।
००

कविता
सत्ताको जिभ्रो
केशव सिल्वाल
लप्लपाइरहेको छ सत्ताको जिभ्रो
सत्ताको जिभ्रोबाट होशियार ¤

ठूलो सत्ता होस्
या मझौला
सानो सत्ता होस्
या व्यक्ति सत्ता
सत्ताको हजार जिभ्रा हुन्छन्

सत्ताको जिभ्रोले
स्वादअनुसार
खाने गर्छ आपूmलाई मन परेको वस्तु
गोमन सर्पको भैmँ विषालु
सत्ताको जिभ्रोबाट
जुनसुकै बेला जोसुकै डसिन सक्छ

सत्ताको मुखमा परेपछि
उम्कने कुनै मौका हुँदैन
सत्ताको आँखा गडेपछि
ढुङ्गा पनि पग्लन सक्छ
सत्ताको कठोर मुटु
कसैको पीडामा दुख्दैन
कुकुरकोभैmँ तिखारिएको छ
सत्ताको दाँत

सत्ताको गाला
सहिदको रगत दलेर
होली खेलिरहेको छ
सत्ताको जिभ्रोको चुम्बनबाट
सत्तामा रहेका मानिस
नशालु बन्दै
सत्ताको कसिलो आलिङ्गनमा
टाँसिएका छन्

गुफाभित्र बसेर
खतरनाक चाल सोचिरहेको छ जिभ्रो
जताततै त्रास छ जिभ्रोको
जिभ्रोसँगै
हल्लिरहेका छन् मानिसहरू

लप्लपाइरहेको छ सत्ताको जिभ्रो
सत्ताको जिभ्रोबाट होशियार ¤
००

कमरेडको सत्ता–यात्रा
गङ्गा श्रेष्ठ

तिमीले नै हैन र कमरेड ...
शङ्का र विश्वासको द्वन्द्ववाद पढाएको ?
आलोचना र समर्थनको द्वन्द्ववाद सिकाएको ?
तिमीले पढाएबमोजिम
तिमीले सिकाएअनुसार
सबभन्दा पहिलो प्रयोग
तिमीमाथि नै गर्दै आइरहेको छु
र अझ प्रभावकारी प्रयोग
तिमीमाथि नै गर्दै गइरहने छु
लाग्छ , यसो गर्नु –
मेरो अधिकारमात्र नभएर कर्तव्य पनि हो ।

सबैतिर शङ्का नै शङ्काको
अन्धकार साम्राज्य फैलिरह“दा
तिमीभित्र विश्वासको सूर्य भेटेथे“
अथाह समुद्रको उत्ताल छालहरूबीच
घरीघरी डुब्दै–निस्क“दै गरिरह“दा
यात्रामा कुहिरोको काग बा“चिरह“दा
तिमीमाथिको विश्वासले
तिमीप्रतिको भरोसाले
मभित्र एउटा बहादुर क्याप्टेन जन्मने गथ्र्यो
जीवन–दिशा निर्देश गर्ने एउटा कम्पास पाउने गर्थें म
र यात्रामा सरासर अगाडि बढ्ने गर्थें
त्यतिखेर किनकिन हाम्रो अन्तिम गन्तव्य
असाध्यै समीप लाग्थ्यो मलाई ।

“असल मान्छे पनि
सत्ताको मूलद्वारमा पुग्दा
ठूलो मान्छे बन्ने सपना देख्न सक्छ
ठूलो मान्छेलाई आलोचना अपाच्य हुन्छ
सत्ताले सधै“ समर्थनको स्वर मन पराउ“छ
त्यसैले, ठूलोभन्दा असल बन्न
जीवनभर सङ्घर्ष गरिरहनू”
ओ † मेरो आदरणीय कमरेड
तिमीले मलाई यही कुरा सिकाएको हैन र ?

ओ † मुटुभन्दा पनि प्यारो कमरेड
जबदेखि तिमी ठूलो मान्छे बन्ने
दौड प्रतियोगितामा प्रतियोगी बन्यौ
तबदेखि यस्तो अनुभूत हु“दै गइरहेछ मलाई
सायद तिमीले –
शङ्का र विश्वासको द्वन्द्ववाद भुल्दै गइरहेका छौ
समर्थनको स्वरभित्र सत्तास्वर्ग देखिरहेका छौ
युगौ“देखि अग्लो डा“डोमा उभिएर
सत्ता–स्वार्थको सम्पूर्ण षडयन्त्रलाई
प्रतिक्रियाविहीन निर्निमेष नियालिरहने
लाचार स्वयम्भू देख्दा खुब घृणा लाग्थ्यो तिमीलाई
तर आजकल किन हो कुन्नि
त्यही लाचार स्वयम्भू
प्यारो–प्यारो लाग्न थालेको छ तिमीलाई
आदरणीय कमरेड †
जे भन्छौ भन
चित्त दुःखाउ“छौ भने पनि दुःखाऊ
र पनि म स्वयम्भू हुन सक्दिन“ कमरेड
कृपया माफ गर मलाई ।
००

कविता
झञ्झावात
नारायण श्रेष्ठ

एकोहोरो खोकिरहने
यो रातको लहरेखोकीलाई
कुन प्रहरको उज्यालोले चिर्छ होला !
आकाशको चौकुना ढाक्ने बादलको पर्दाले छोपिएको दुर्गन्धबाट
निस्किने लामखुट्टेले
कुन निर्धालाई डस्छ होला
बाह्रै महिना खडेरी सुकेको चौरमा उर्लने भेलले
कुन झुप्रोलाई पुर्छ होला
मुटु पनि काँप्ने शीतलहरको ठिहीमा कुन तन्नामको प्राण उड्छ
(यसरी प्राणहीन हुनु वास्तवमा सहिद हुनु हो) होला !
कतिसम्म नालायक हुन सक्छ
त्यो वतास, पानी र पातजस्तै सुकेको मन
जसलाई विश्वास गरेर शिखर चढाएका थियौँ !

शताव्दीभन्दा पनि पुरानो सर्वहारा क्रान्तिको पाठशाला
एउटा रातो दस्तावेज र गुलावको फूलजस्तो स्निग्ध रङ
कोटको देव्रे कुमनिर झुन्ड्याएर हिँडेको
पुरानो माक्र्सवादी दर्शनशास्त्र
भूगोलको प्रत्येक कुना – समयको प्रत्येक मोडमा
एउटै अर्थ हुन सक्छ र !

ूएयष्तिष्अब िउयधभच, उचयउभचथि कय अबििभम, ष्क mभचभथि ब उयधभच या यलभ अबिकक ायच यउउचभककष्लन बलयतजभचू
( प्बच िःबचह ९ऋयmmगलष्कत ःबलषभकतय०

विवेचनाको भेलवाट विश्लेषणको बगरमा लडेका हजारौँ अनुहारमा
राज्य– एउटा वाध्यताको सम्झौता
जो मेरो हत्केलाको संसारलाई खवरदारी गर्छ
निस्सीम मेरो भूगोलमाथि
घेराबन्दी गरेर सीमाना तोक्छ
लिनु के छ र दिनुबाहेक,
कर तिरेर बाँधिनुपर्ने अराजक सम्बन्धबाहेक !
कुन दार्शनिक चेतनाले फो¥यो त्यो पर्खाल
कुन जननेताले खोल्न सक्यो –
मुक्ति र स्वतन्त्रताको विशाल जनमार्ग !
अति आकर्षण र अति विकर्षणको अधिनायकीय केन्द्रभन्दा
केही हुन सकेन त्यो (जनवादी) केन्द्रीयता,
शताव्दीयौँको त्यो पाठशाला;
वर्गविहीन व्याकरणको – गुरुकुल शिक्षा
सङ्कीर्णताको त्यो घेराले
मेरो आवाजको तरङ्गमा पर्खाल लगाउने अधिकार कसैलाई छैन !

क्ष् अभभिदचबतभ mथकभाि बलम कष्लन mथकभाि,
ब्लम धजबत क्ष् बककगmभ थयग कजबिि बककगmभ,
ँयच भखभचथ बतयm दभयिलनष्लन तय mभ
बक नययम दभयिलनक तय थयग।
( ध्बति ध्जष्तmबल  ९क्यलन या mथकभाि०

झञ्झावात तुफानी आँधीको एक दशक
खोलाको पानी र जूनको छायाँमा हल्लिएको क्रान्तिको झन्डा
नमीठो काखीको पसिनाजस्तै गन्हाउँछ अहिले
हेर्न नपरोस् त्यो चुक खन्याएजस्तो अँध्यारो इतिहासको पानालाई
गन्न नपरोस् वेपत्ताहरूको नामावली
एउटा विरासत ढाल्दै अर्को विरासत उतार्ने षड्यन्त्रको आभाष
परिवर्तनको आवाज होइन
साँझको छायाँजस्तो निस्तेज शालिकलाई
पुष्पहार चढाउने सपना पनि होइन
बुँदाबुँदामा समेटिएको सम्झौताको हारमा
मेरो रङ
मेरो परिचय अट्दैन भने
जन्मँदै रगतको रुमालमा बेरिएको मेरो मुठ्ठी
विपक्षी बन्न कसले छेक्न सक्छ र !

सबभन्दा अशान्त तापको विद्रोह बोकेर
गीतासारजस्तो क्रान्तिको प्राधिकरण ठड्याउने छाना
यथास्थितिको सत्तासङ्घर्ष र बेहिसाबको समय वर्वादी
एउटा कलाहीन शव्दहरूको नाटक !

त्जभ धयचमि ष्क मभभउस्
मभभउभच तजबल मबथ अबल अयmउचभजभलम।
( ँचभमचष्अज ल्ष्भतशकअजभ
पर्खाइको सीमा कति दूर हुनसक्छ
घामको उज्यालो, जङ्गली घाँसको हरियो छायाँ
र हँसियाको धार
कुन शक्तिशाली हुन्छ हेर्न चाहन्छौँ –
गीतको गहिराइ
रङहरूको भाव र हावाको विशालतामा बनेको कोलाज
आरोहणको जादूमय उत्सव
आवाजहरूको शक्तिशाली प्रदर्शनजस्तो
बुटपालिस र गोलीको पर्रामा
कुन जीत सत्यनजिक छ !

एउटा लाससम्म पनि नअटाउने एक चोटा ढिस्कोका निम्ति
मलाई मर्र्नुछैन माटोका निम्ति
कहाँ भौँतारिएको हो तिमीहरूको आस्था
ढुङ्गामा कुँदिएको नाङ्गो मुर्तिको आशक्ति जस्तै छ सत्य
हो त्यस्तै छ !
– पारिजात

सडकको आवाज र जीवनको गीत
धुपीको कुमारी सुगन्ध जस्तो
निर्वोध अस्तित्व वोकेका छैनन् यी आकारहरूले
पर्खाल र परिधि नाघेर नागरिकताको

परिवर्तनको नाम त्यस्तो हुन सक्दैन
जसले मेरो पाईला र माटोको दूरीलाई निर्देश गर्छ
घामको लाली र चराको गीतमा आग्रह भर्छ !  ००

समालोचना

घाउमा मलहम र कणाद महर्षिको काव्य संस्कृति
पुरुषोत्तम सुवेदी

२० को दशकको पछिल्लो समयमा नेपाली काव्यमा टड्कारो देखिएका कवि कणाद महर्षि गुफा (२०३१), पग्लेका लाभाहरू (२०३४) र भतेर र आ“खाहरू (२०५०) पछि चौथो कवितासङ्ग्रह लिएर आएका छन्ः घाउमा हरिभक्त कटुवाल ! कणादको तिखो प्रतिवाद र सृजनसन्दर्भ समकालीन नेपाली कविताको सरोकारवादी÷यथार्थवादी÷प्रगतिशील धाराका अधिकांश जेनुइन कविहरूको सामूहिक उद्घोष हो भन्दा हुन्छ । अधिकांश कविताको पूरै फैलावटलाई एउटै समष्टिमा हेर्न र भोग्न मिल्ने निर्मिति र भिन्न कविताका स्थापत्य हुन् कणादका कविता । कणादको भाषा काव्यमा प्रयुक्त हुँदा कतै प्रयोगवादी भन्नेहरूको जस्तो शब्दको गुजुल्टो परेको छ, कतै स्थानीय र पाखे बिम्बहरू छरिएका छन् र कतै अत्यन्त खरो प्रतिवाद छ विकृतिविरुद्ध । प्रत्येक कवितामा टिपिएको नवीन शैली, बिम्ब र चेतनाको चित्कार यसरी हेर्दा रहस्यका अनन्त बीजहरू साँचेर राखेको पेण्डोराको बाकसजस्ता लाग्छन् उनका रचनाहरूको समग्रता । यही नयाँपन, खस्रोपन र स्वकीयताको कारण उनका प्रत्येक कविताले नयाँ क्षितिजको उदघाटन गर्छन् । बिम्ब प्रयोगको कारण कवितामा जुन ख्याति उनले पाएँ त्यो सबैले नपाउन सक्छन् । २÷४ नयाँ बिम्ब खेलाएर कविता नचाउनेहरू सबै कणादझैँ हुँदैनन् किनभने कणाद बिम्ब, प्रतीक वा मिथकमात्र होइन यथार्थ जीवनदृष्टि, विराट् कल्पनाशीलता र प्रखर प्रतिभासाथ कविताको भूमि जोत्छन् ।
न समयले सुन्यो
न परिस्थितिले बुझ्यो
यथावत् !
यावत् प्रसङ्ग÷यावत् घाउ
यथावत् रहे
आवाजका भुकाइ तीखो शृङ्खला बाँधेर
आइरहे÷आइरहे
पीडाले पीडा नै बुझाउने
घाउले घाउ नै देखाउने
जो मैले भनेको
तिमीले पनि–
घाउ नै देखाइरह्यौ ।
 – घाउमा हरिभक्त कटुवाल, सा.प्र. घाउ यथावत्, पृष्ठ १
घाउ÷रात तथा घाउमा हरिभक्त कटुवाल कवितामा कणादले घाउ कोट्याएका छन् । सिर्जना, आक्रमण, कुण्ठा, रचनात्मकता र पीडाका घनघोर सङ्कटमा घाउ लेख्छन् कणादले । कणादको कवि घायल छ अनेक सङ्कट र आक्रमणहरूबाट । सिर्जनात्मक आवेगमा घायलहरू र युगका समयका, स्वार्थका, अपसंस्कृतिका आक्रमणबाट घायलहरू सबै नै कणादले देखेका छन् । जति घाउ दुख्छ, कणाद अझ कठोरता साथ कविता लेख्छन्, जसरी हरिभक्त कटुवालले लेखे ।
सम्पूर्णतामा ऊ घाउ थियो
कहाँ दुःखको प्रश्नविन्दुमा दियो घोप्ट्याइदिन चाहन्थ्यो
सपनामा कविता बर्बराएको रात
हराएर खोज्न जाँदा अपरिचित पसलेका
ढोकामा ढुन्मुनिएको साँझ पछिको थियो ।
– पूर्ववत्, घाउमा हरिभक्त कटुवाल, पृ. ३८
पत्रैपत्र धमिलो षडयन्त्र बोकेर
फेरि एउटा लामो अपराध आयो
यसको जीवनमा बाह्र वटा झोलाहरू छन्
र त्यसभित्र तीनसय पैसट्ठी गुणा पापहरू छन् ।
– पूर्ववत्, अपराध आयो, पृ. ५
हरिभक्त कटुवाललाई घाउमा हेर्नु र नयाँ वर्षलाई अपराधमा देख्नुले कणादको सिर्जनात्मक निजात्मकताको नयाँ पत्रलाई समेत उद्घाटन गर्छ । समय, यथार्थ र जीवनलाई हेर्ने कणादका आँखामा जुन चामत्कारिक खस्रोपन छ त्यसले पाठकलाई निकै मगज खियाउनुपर्ने समेत पार्छ । उनी प्रत्यक्ष अपरिष्कृतजस्तो भाषामा नै आफ्ना सिर्जना बुन्छन् र त्यही प्रत्यक्षता र अपरिष्कृतजस्तो देखिने भाषा नै कणादलाई समकालीन नेपाली कवितामा छुट्टै चिनाउन सक्षमसमेत छ । प्रत्येक शीर्षकको चयन र कविताको निर्मिति कणादले एक विषय, एक अर्थ र एक लक्ष्यलाई ध्यानमा राखेर गर्छन् । यद्यपि त्यसमा पाठकले बहुअर्थ खोज्न र पाउन नसक्नेचाहिँ होइन । पूरै सङ्ग्रहमा कविता पढिसकेपछि कणादलाई क्लिष्ट कविता सिर्जना गरेको भन्न सकिन्छ, भाषाको खँदिलोपनमा अर्थले कुण्ठित हुनुपरेको भन्न सकिन्छ र इमान्दारीपूर्वक कविता गर्दा प्रायोजित परिष्कार र शब्द प्रयोग नगरेको कारण कवितामा खोट लाउनुको औचित्य नभएको समेत भन्न सकिन्छ । कणादलाई पटकपटक विभिन्न व्यक्ति, प्रवृत्ति र शिविरले यसरी नै आ–आफ्नै किसिमले भन्ने गरेको आलोकमा यस सङ्ग्रहका कविता पनि अपवाद हुन सक्दैनन् ।
मलाई तपाईंहरूको आँसु पैँचो दिनोस्
मलाई थाहा छ तपाईंहरूसँग आँसुको समुद्र छ
म त्यही पैँचो आँसुले नयाँ र नौलो काव्य आँसु–काव्य लेख्नेछु
विश्वस्त छु, त्यो काव्यले शिखरको शिर चढ्नेछ
निश्चिन्त छु, त्यो काव्यले कोसे हिराको सम्मान पाउनेछ ।
– पूर्ववत्, आ“सु–काव्य, पृष्ठ १०
कणाद सामान्यजनको आँसु, सुस्केरा, पीडा र जिजिविषाको शक्तिले कविताको स्थापत्य गढ्न चाहन्छन्, त्यसैले उनी कलमको शक्तिका लागि आँसु पैँचो माग्छन् । पैँचो आँसुसँग जनताको प्रतिरोधको महागाथा पनि आउँछ । कणादले सामान्य मान्छेको सङ्घर्ष र जिजिविषाको त्यही संस्कृति बुझेकाले उनका कवितामा सिर्जनाको जोदाहा शक्ति अन्तरनिहित छ । कवितामा सामान्य मान्छेको जनपक्षीय राजनीतिक आग्रह टिप्ने कणादको शैली र शिल्प ठाडो नारामा देखिँदैन, बरु जनताका सरोकारहरू घोलिएर उनका कविताको धार झन् तिखो बनेको छ । कवि कणाद महर्षि प्रगतिशील शिविरका जिम्मेवार सर्जक भएको कारण उनका कवितामा दबाइएका, पिसिएका र पछि पारिएका मान्छेहरूका सरोकार टिपिएका छन् । वर्गसङ्घर्ष, इतिहासको भौतिकवादी समझ र क्रान्तिको भविष्य उनका कविताको अन्तर्यमा स्थापित छन् । तिनलाई कला विचार र सिर्जनात्मकताको खरो आँखाले हेर्नु जरुरी छ । कणादको कवि अहिले पनि पहिलेजस्तै कविताकर्ममा छ । उनको सामान्यजनसँग एकाकारको उद्घोषणा सङ्घर्षको ‘आएको थिएँ’ कविताबाट स्पष्ट हुन्छ । चुपचाप जनतासँग आउनु, प्रचारको व्यापारिकतामा नफस्नु र कवितालाई फाइदा प्राप्तिको माध्यम नबनाउनुको प्रतिबद्धता उनको कवितायात्राबाट प्रमाणित भैसकेको विषय हो । कणादको काव्यसंस्कृतिलाई पछ्याउने निकै ठूलो जमात समकालीन नेपाली कवितामा छ, जसले उनलाई राम्रा र प्रतिबद्ध कविका स्थानमा स्वतः स्थापित गर्छ । कणाद कविको रूपमा स्वाभिमानी छन् र त्यही स्वाभिमानलाई नै कतिले अभिमान ठान्ने गरेको भ्रमपूर्ण स्थितिसमेत छ ।
साँच्चै बोल्ने हो नै भने
एउटा कुहिरोजस्तै कुहिरो फुटाल्ने
घामको बडो विस्फोटक
युद्ध लड्ने स्थितिको नजिक
उपस्थित छु
गन्हाउँछ
युद्ध गन्हाउँछ
मानिसको रगत गन्हाउँछ
पसिना पनि,
मयल पनि अस्पताल जस्तै दुर्गन्धमय हुन्छ ।
– पूर्ववत्, एकाकीमा रहनु रहेछ, पृ. १७
कणादलाई र कणादको कवितालाई युद्ध गन्हाउँछ । प्रत्येक कविलाई निरर्थक युद्ध गन्हाउँछ । युद्धमा परेका मान्छेको रगत, मयल र पसिना पनि अस्पतालजस्तो गन्हाउँछ । तर उनले श्रमशील मान्छेको सर्जनात्मक पसिना र मयल गनाउने कुरो गरेका छैनन् । यस कवितांशले उनको युद्धविरोधी तर क्रान्तिकारी चेतनालाई राम्ररी उद्घाटन गरेको छ । कणाद युद्धको, निरपेक्ष युद्धको विरोधी छन् । सृष्टिको निरन्तरता र सृजनसामथ्र्यको लागि युद्धका लागि युद्धको कुनै औचित्य छैन । पहाड लगानी गरेर मुसोजत्रो प्राप्ति हात लाउने युद्धको पनि काम छैन ।
पोथीहरू मिलेर भालेहरूसँग
फेरि फुल पार्नेछन्
सृष्टि हुनेछ÷फेरि भालेपोथीहरू जन्मनेछन् ।
– पूर्ववत्, क्रमशः पृ. १९
अद्र्धचेतनामा मुच्र्छित देशजस्तै
केही फिका अनुहारमा तिमी थियौ भने
देशको स्थायी उर्वरता जस्तै
मान्छेको स्थायी अस्तित्व तिमी थियौ ।
– पूर्ववत्, कति सन्देहका रङहरूमा कायम रहनु, पृ. २०
सृष्टिको अनादिक्रम र त्यसको सांस्कृतिक सपनाप्रतिको प्रतिबद्धता प्रत्येक प्रगतिशील सर्जकहरूको सपना हो । कणाद पनि त्यसभित्रै पर्छन् । महिला र पुरुषको मेल र सहचार्यबाट चलिरहेको सृष्टिको क्रमले मानवजाति र समग्र प्राणीको जीवन क्रम जोगाएको वैज्ञानिक तथ्यप्रति उनको पूरै निष्ठा प्रस्तुत कवितांशहरूबाट अनावरण हुन्छ । देशको अस्तित्व र स्थायी उर्वरताको अवधारणा उनले जसरी टिपेका छन्, त्यसले सिर्जनात्मक राष्ट्रवादको नयाँ आयामको उद्घोषण गर्छ ।
पानी नपरेको बीजका फाँटहरूमा
सुख्खा त यतै लागिसकेको छ
लामो खडेरी, अब आफैँ आगो बल्छ
असाध्य खडेरी, अब आफैँ आगो ओकल्छ
तिमी जस्ती छ्यौ, अझ धेरै निश्चिन्त बस
तिमी जस्ती छ्यौ, अझ धेरै उत्साहले बस ।
– पूर्ववत्, खडेरी आफै“ आगो बल्छ, पृ. ३१
सिर्जनात्मक युद्ध, परिवर्तनकारी ध्वंस र युद्धको मानवीय अनुहार भने कणादको निकै प्रिय विषय हो । अति भएपछि जनविरोधीहरूको ज्यादतीले हद नाघेपछि युद्ध स्वतः नै प्रकट हुन वाध्य हुन्छ । युद्ध आवश्यकताले जन्मने विषय हो र यसले आमजनताको मुक्तिको सपना देख्नुपर्छ भन्ने उनको भित्री आशय छ ।
तिमीहरू
यस्ता महान र मर्यादित महापुरुषहरू हौ
चस्मा फुकालेर हेर
नाङ्गा छौ
टोपी फुकालेर सोच
खोपडी खोक्रो छ ।
– पूर्ववत्, चस्मा फुकालेर हेर, पृ. ३४
कणादलाई राम्ररी थाहा छ ठूलो हुँ भन्ने पूँजीका पुत्लाहरू नाङ्गा छन् तर लुगा लगाएको अभिनय गर्छन् । तर कवि पूरै जानकारीसाथ खोक्रो दिमाग र भूmटमा अडेको नाङ्गोपनको याद दिलाउँछन् ।
यी क्षितिज क्षितिजभरि सधैँ दाग देख्ने
मैले मेरो आँखालाई शङ्का व्यर्थै गरेछु
वास्तवमा त्यो सही, म गलत रहेछु भनी मैले
वातावरणभरि वाफिएर, फुसफुस उडिरहेको कुहिरोभरि
बाह्रथरी ग्रहणै ग्रहणका टाटापाटा रहेछन्
जुन मेरो आत्माका आँखाले देखेँ भन्थे
तथ्य देखेका रहेछन्
पूर्ण उज्यालो हुन्छ तर छेक्दो रहेछ ग्रहणले
ग्रहणमा खान नहुने रहेछ ।
– पूर्ववत्, चन्द्रग्रहणको आगमनमा मनको ग्रहण बल्झियो, पृ. ४४
प्रत्येक घटना र तथ्यबाट पर्ने एकपक्षीय प्रभावको विपक्षमा कवि नकारात्मक घटनाबाट पनि सकारात्मक पाठ सिक्छन् । ग्रहणको पक्ष विपक्षमा र ग्रहणबारे नेपाली समाजमा जति पनि विचार, संस्कार र परम्परा छन्, तिनमा पनि कवि तर्क, तथ्य र व्यवहारको स्पष्टताको खोजी गर्छन् । कवि नेपाली समाजका हरेक चाड, रुढी र परम्परालाई व्यावहारिक र तर्कशील नजरले हेर्छन् । २० को दशकको उत्तराद्र्ध र ३० को दशकमा लेखिएका र धेरै चर्चा गरिएका कवितामा रहेको बाग्जाल, विकृत जीवनदृष्टि र चमत्कारिक शिल्पप्रयोगको विपक्षमा कणाद महर्षिले इमानदार र चुनौतीपूर्ण रचनाकर्म गरेका छन् । यस समय प्रगतिशील शिविर आक्रामक र प्रतिरोधात्मक दुवै रणनीति प्रयोग गरेर काव्यरचनामा सकृय थियो । कणादले प्रतिपक्षी शिविरले एकलौटी प्रयोग गर्दै आएका तमाम काव्य आयुधहरू आफ्नो काव्यसंस्कृतिमा अझ परिस्कृतरूपमा भित्र्याए र नयाँ काव्य संस्कृतिको ओजले सम्पन्न काव्य स्थापत्य जन्माए ।
मक्किएर फुलेको वृद्ध इतिहासमा
यौटा पनि तरुण दिनले गर्भाधान दिन सकेन
यौटा पनि निष्कलङ्क बिहानले सूर्य दिन सकेन
यौटा पनि बज्र हिम्मतले आवाज दिन सकेन
सुस्तायौँ
हार्यौँ
बाँचेर बाँच्नमात्र खोज्यौ
मरेर नमर्न जानेनौ ।
– पूर्ववत्, तेलकासामा लुकामारी, बकैनामा बकेनै, पृ. ५४
माथिको उद्धृतांशमा आएर कणाद वर्ग विभाजित समाजमा वर्गस्थितिको ज्ञान र परिवर्तनको सापेक्ष सत्य उद्घाटन गर्छन् । उनको निजी शैलीमै बाँचेर बाँच्नमात्र नखोज्न र मरेर नमर्न नयाँ क्रान्तिको अभिनन्दन छ । कणादले समग्र कवितामै बिम्ब, प्रतीक, रूपक र शैलीगत अमूर्तताको द्विअर्थी लाग्ने भाषाबाट आफ्नो सरोकार व्यक्त गरेका छन् । ‘तेलकासामा लुकामारी, बकैनामा बकेनै’ कविता कणादको प्रगतिशील प्रतिबद्धताको स्पष्ट र पारदर्शी उद्घोष हो । साहित्यमा वर्गसङ्घर्षको अर्थ विपक्षीहरूमाथि प्रत्यक्ष आक्रमणमात्र होइन । बरु वञ्चित र शोषित समूहको वैज्ञानिक चेतनामा अवरोध पु¥याउने तŒवहरूको नियत स्पष्ट पार्ने र रुढी, अन्धविश्वास, साम्प्रदायिकता, जातिवाद र क्षेत्रीयताजस्ता वर्गचेतनालाई निषेध गर्ने विषयविरुद्ध भिडेर साहित्यले वर्गीय पक्षधरताको निर्वाह गर्न सक्छ । कवि वर्गीय विभेद र भौतिक स्थितिको चित्रण अत्यन्त मिहिन र अर्थपूर्ण बिम्बबाट गर्छन् ।
हाम्रो तेलकासाको आँगनमा तेलकासा छैन
हाम्रो तेलकासाको आँगनमा लुकामारी छ
हाम्रो बकैनामा बकैनै छ ।

तेलकासा खेलमा खेलको नियम पालन गरिएको छैन । बरु तेलकासाको नाम लिएर लुकामारीको अभ्यास भै रहेछ । तेलकासालाई खेल को सट्टा षडयन्त्रको रूप दिनेहरूविरुद्ध कवि अझ स्पष्ट भन्छन्– “हाम्रो बकैनामा बकेनै छ” । एकातिर षडयन्त्रको जालो निरन्तर फैलँदो छ अर्कोतिर सम्पत्तिमाथिको अधिकार उत्पादनका साधनमाथिको पहुँच भने यथावत् शोषककै पक्षमा रहेको छ । यस व्यवस्थालाई परिवर्तनको लागि कवि कसैबाट नहेपिइ, नटेकिइ, निथिचिइ र नहारी लड्न नयाँ मन्त्र प्रस्तुत गर्छन् । वर्गसङ्घर्षको ब्याडमा सिथिलता नआएमा क्रान्ति र परिवर्तनको बीउ उम्रन बेर नलाग्ने आशामा कवि रहेका छन् । कवि अन्य १÷२ कवितामा बाहेक यसरी खुलेर क्रान्तिको पक्षमा देखिएका छैनन् ।
त्यहाँ, विविध मुकुण्डाहरू पाइन्छन्
कुकुर,
सुँगुर
र चमेराहरू हुन् कि मान्छेहरू हुन्
त्यहाँ त्यसैले हरबखत
धेरै ठूलो धोकाको खाडल गहिरिएको छ
त्यहाँ त्यसैले अब केही होइन
यौटा महापरिवर्तनको खाँचो बुझिएको छ ।
– पूर्ववत्, त्यहा“, पृष्ठ ५७
उद्धृत कवितामा पनि कविको क्रान्तिचेत जीवित र सकृय रहेको देखिन्छ । दक्षिणपन्थ, प्रतिक्रान्ति, प्रतिगमन र मृत्युमुखी यात्राका अनेक मुकुण्डाहरू फालेर महापरिवर्तनको शङ्खघोष गर्नुपर्ने खाँचो कविले स्पष्टरूपले ठम्याएका छन् ।
अब मलाई यस्तो लागिरहेछ
विदेशी अतिथिको सुस्वागतको आतुरीले
गाउँजस्तै देशपनि नपुङ्सक हुने हो कि
गाउँजस्तै देश पनि कि भोकै बस्ने
कि भिक्षा माग्दै विदेश पस्ने हो कि ।
– पूर्ववत्, परिणाम, पृष्ठ ६२
प्रस्तुत कवितामा राजतन्त्रको समयमा राजा, राजपरिवार र भारदारको स्वागत गर्दागर्दै गाउँको वर्षभरिको अन्न रित्तिएको घटना प्रशस्तै घटेको छ । राजतन्त्रजस्तै विदेशी पर्यटकलाई पनि उत्पादनहीन र महत्त्वहीन प्रकृयाले भित्र्याइयो भने नेपालभूमि नेपाल नभएर अन्यत्रैजस्तो देखिने चिन्ता कविको छ । गणतान्त्रिक नेपालको नयाँ परिस्थितिमा पनि कणादको राजतन्त्रकै निरङ्कुश समयमा लेखिएको यस कवितालाई राम्ररी पढ्नु र पालना गर्नुपर्ने दस्तावेजका रूपमा हेर्न सकिन्छ ।
कस्तो÷मृत
मृततुल्य सुषुप्त मान्छेहरूको वस्ती हो
ए ! यहाँ एकखेप ज्यादै ठूलो बम पड्काउनुप¥यो
झस्किएर कोही बिउँझन्छन् कि !
– पूर्ववत्, मसान नाटक प्रदर्शन भइरहेछ, पृष्ठ ६२
यस कवितामा पनि कवि मुखररूपमा सरोकारवादी, परिवर्तनकारी र अग्रगामी भावना पोख्न सक्षम छन् । कवि अत्यन्त मिहिनता साथ तत्कालीन अराजकता र त्यसकै कारक सर्वकालीन पुँजीवादी पतनको तस्बिर खिच्छन् । कवि स्पष्ट छन् वृद्ध पुँजीवाद र बजारतन्त्रको पतन नहुञ्जेल सामान्य मान्छेको पीडा, अत्याचार र शोषणको अन्त्य हुनेछैन । यस्तो राजनीतिक महŒवको विषयलाई पनि सजिलै प्रस्तुत गर्न सक्ने कविको सीप र शिल्प त्यसकारण स्पष्ट, निर्भीक र समयसापेक्ष रहेको कुरामा विश्वस्त हुन सकिन्छ । राजनीतिक परिवर्तनका वाहक सामान्य मान्छेलाई सम्बोधन गर्ने कविताहरू समकालीन नेपाली कवितामा निकै नै कम लेखिएका र कणाद यस अर्थमा अग्रणी रहेका छन् ।
घाम ओडेर आयौ तिमीहरू
यस चिसो प्राङ्गणमा
सुकुल छैन
मान्द्रो छैन
राडी
गुन्द्री केही पनि बाँकी छैन
र पनि
आएका छौ
बस
बास दिन अलिकति मन बाँकी छ
साथदिन अलिकति लगन बाँकी छ ।
– पूर्ववत्, मन लगन बा“की छ, पृष्ठ ७८
अपराधै अपराधमा अग्लिएको इतिहासलाई च्याते हुन्छ
टेबिलै टेबिलमा छरिएको केन्द्रित गिदीलाई फाँडे हुन्छ
पिचैपिचमा रमाउने पाइलालाई च्याते हुन्छ ।
– पूर्ववत्, यात्राको आरम्भमा, पृष्ठ ८१
प्रस्तुत दुई उदृतांशले जनताको मन र चुनौती राजनीतिक सङ्गठनलाई दिइएको कुरो स्पष्ट हुन्छ । जनता एकातिर सुविधाभोगी नहुन चेतावनी दिन्छन् र अर्कोतिर क्रान्तिका सपनालाई हृदयमा बास दिन सहमति पनि जनाउँछन् । क्रान्तिको सपना सामान्य जनता र उनीहरूलाई एकताको सूत्रमा बाँध्ने वैचारिक राजनीतिक समूहको एकाकारबाट मात्र पूरा हुने यथार्थ कणादलाई राम्ररी थाहा छ ।
तर यो जाडो बिर्साउन
उपत्यकालाई बोर्सी बनाएर आगो बाले पनि
सगरमाथाको हिउँ के तात्ला र !

बरु हामी किन बाँझा खेतमा पोखिएनौँ ?
अथवा हामी किन उन्नत फसल हुन सकेनौँ ?
हामी किन सालाखाला बीर्यमात्र भयौँ ?
– पूर्ववत्, बीर्यहरू हामी ः जो कुठाउ“मा परेका, पृष्ठ ९४÷९५
म भित्रको गर्भ विधवा भएको छैन
मेरो पाठेघरको मृत्यु भएको छैन ।
– पूर्ववत्, शोक सन्तप्त आ“गनमा, पृष्ठ ९७
उल्लिखित तीन उद्धृतांश कविका सृजनशील हस्तक्षेप, सृष्टिको सम्मान र प्रकृतिको निरन्तर सिर्जनशक्तिप्रति समर्थनका दस्तावेज हुन पुगेका छन् । हामी मान्छेहरूका सीमितता प्रकृतिका नैरन्तर्यबाट शासित रहने कुरामा पनि कवि सचेत देखिन्छन् ।
कवि कणाद महर्षि समकालीन समयमा नेपाली भाषाका अत्यन्त तेजस्वी कवि हुन् । उनका कवितामा कैयौँ प्रसङ्गहरू स्पष्ट, सरल र लक्षअभिमुख रहेका छन् । कति कवितामा भने कविको शब्दसामथ्र्य अल्मलिएको र आत्ममुग्ध रहेको समेत हो कि जस्तो देखिन्छ ।
क्रान्तिका स्वरजतिकै भयावह
आँसु निरन्तर अनुहारमा शब्दबद्ध गरिने स्थिति हुने थिएन
भाग्य र दुर्भाग्यमयी अनास्थाहरूलाई
विचारमा अदलवदल गरिन्थ्यो ...
– पूर्ववत्, बाली र बीजका चलमलाई, पृ. ६३
गोली लाटो हो
बोल्दै नबोली ज्यान मार्छ
जोगी ठग हो बमबम त भन्छ
मौका परे पल्याकपुलुक हेर्दै
अर्काको सम्पत्ति झोलीभित्र ठेगाना लगाउँछ
असजिलोमा परेको असहायलाई
ललाइफकाइ, लोभ्याइ
अप्ठ्यारोमा पार्छ
बलात्कार पनि गर्छ कहिले ।
– पूर्ववत्, स्थितिको बलात्कार, पृ. १०२
केही उद्धृत कविताहरूमा कवि वैचारिक दृष्टि र विवेकको सामान्य विषयमा समेत अस्पष्ट देखिएका छन् । एकातिर भयावह ठान्छन् क्रान्तिका स्वरहरूलाई र अर्कोतिर भाग्य र दुर्भाग्यमय अनास्थालाई विचारमा अदलबदल गर्ने अवैज्ञानिक र अराजक कुरा उठाउँछन् । कविको बोली लाटो हो भन्ने भनाइ र जोगीले ठग्ने, चोर्ने र बलात्कार गर्ने भनाइमा पनि कतै तार्किकता र तथ्य भेटिँदैन । कणाद महर्षिको भाषा र शैलीका कारण पनि अनेक ठाउँमा द्विअर्थी लाग्ने वाक्यांशहरू देखिन्छन् । धेरै ठाउँमा कविको भनाइ अस्पष्ट र मनोगत प्रलापजस्तो पनि लाग्छ । कवितामा कवि भाषा र सम्प्रेषणको सीमा नाघेर आत्ममुग्ध शब्दहरू फालिरहेको निरर्थक प्रयाससमेत देखिन्छ । कवि महर्षि मूलतः बोक्राबाट भन्दा गुदीबाट चिनिएका तथा तरल र कोमल भाषाको विपक्षमा कठोर र ठोस शब्दसामथ्र्यका कवि भएकाले उनका कविताले सामान्य मान्छे र सामान्य पाठकलाई सम्बोधन नगरेको अर्थ लगाइने स्थिति पनि सृजना हुन सक्छ । यस्तो अस्पष्टता र अन्योलबाट बच्न कविले सम्प्रेषणयुक्त भाषाको लागि केहि मेहनत गरिदिए पाठकलाई सजिलो हुन्थ्यो भन्ने आशा गर्नु स्वाभाविकै हो । हुन त कविले प्रस्तुत गरेका कविताहरू पहिले नै प्रकाशित तथा प्रारम्भकालीनसमेत भएकोले यो सङ्ग्रह पढेपछि कविको शैली, शिल्प र प्रस्तुतिमा आएका परिमार्जन र परिवर्तन समेत बुझ्न र लेख्न सजिलो पर्ला समेत भनिसकेका छन् । यद्यपि उनको शैली र बिम्ब चोरेर धेरै ठूलो भनाउने कविहरू समेतले टापटिप गरेको भनाइसमेत नसुनिएको होइन ।
साहित्यको जरो जीवनमा धसिएको हुन्छ भने जीवनको जरो परिवर्तनमा । कणादका कवितामा पनि यसर्थ जीवन र परिवर्तनको जरो खोज्नु स्वाभाविकै हो । कवि कणादले अंगिकार गरेको प्रगतिशिल काव्यधारा र त्यसको विपक्षमा रहेको रूपवादी काव्यधारा मात्र दुई विचार होइनन् दुई आन्दोलन, दृष्टिकोण र जीवन शैली पनि हुन् । अतः काव्यमा समेत त्यस सामाजिक–राजनीतिक पक्षधरताको खोजि हुनु आवश्यक नै हो । कविले एक न्यायपृय सत्ताको रूपमा शोषणको शक्ति, परिवर्तनकारी चेतना र क्रान्तिको आवश्यकता बारे सामान्य मान्छेलाई सचेत गराउनु पर्छ । सामान्य मान्छेको न्यूनतम आवश्यकता र जीवनका न्यूनतम सुखको प्राप्तिमा सहयोग गर्नु व्यक्ति कवि र प्रगतिशिल स्रष्टाको रूपमा समेत आवश्यक देखिन्छ । प्रत्येक रचनामा कविको विचार स्वतः प्रकट हुन्छ, विचार र व्यवहारको विरोधाभास समेत । यसर्थ विचार र व्यवहारको स्वतःस्पूmर्त प्रस्तुतिनै कणादका कवितामा पनि आएका छन् । कणादको राजनीतिक दलसँगको संलग्नता त्यति मुखर नरहेको यथार्थ भन्दा पनि लामो समयदेखि उनमा कायम रहेको प्रगतिशिल वैचारिक दार्शनिक पक्षधरता नै उनका रचनामा आएको समेत स्पष्ट  देखिन्छ । अत्यन्त सामान्य विषयलाई अन्तर्वस्तुको रूपमा प्रयोग गर्दा पनि जीवन्त, स्वस्थ, वैज्ञानिक र अग्रगामी दृष्टिले हेर्नु कणादको विशेषता हो । उनका हरेक कवितामा आउने व्यक्ति, प्रवृत्ति र संस्कृतिको समग्रता उद्दाम जिविविसाको रूपमा जीवन, सङ्घर्ष र प्रतिरोधलाई बोकेर अघि बढेको छ । यद्यपि आफ्ना अधिकांश सहकर्मिझै कणादका कवितामा राजनीतिक लक्षप्रतिको मुखरता र आक्रामकताको मात्रा कम छ । उनको प्रयोगवादी भनिने काव्य संस्कृतिको भाषा, भाव र शैलिसँग सामिप्यता रहेको भन्नेहरू पनि प्रशस्त छन् । कणादका कवितामा सामान्य मान्छे आफ्ना समग्र पीडा, व्यथा, सङ्कट, विश्वास, आक्रामकता र प्रतिरोधि अडानसाथ उपस्थित त छ तर उनले प्रयोग गरेको भाषा, शैली र प्रस्तुतिको आवरणले कविताको अन्तर्यलाई सापेक्ष रूपमा छोपेर बढि प्रहारक हुन रोकेको देखिन्छ । झन्डै ४ दशकको काव्ययात्रामा कणाद धेरै लेखन, सकृयता, आन्दोलन र निरासासँग जुधेका छन् । कतिपय समयमा दिग्भ्रमित जस्तो देखिएका र कतिपय स्थितिमा आत्ममुग्ध समेत देखिएकाछन् । तर कणादको जीवन चर्या, काव्य संस्कार र जीवनदृष्टिमा एकनास बगेको एउटा आन्दोलन उनले सँगसँगै बोकेर हिँडेकोले उनका कविताको धार स्पष्ट र लक्ष्यउन्मुख रहेको कुरा सबैले स्वीकार्छन । “म आतङ्क र आर्तनादको आयामले मन सुम्लिएको बेला कविता लेख्छु । म पक्षपातलाई पन्छाउन नसकेर कविता रच्दछु । छेपारो जस्तो रङ्ग बदल्न सक्ने कलात्मक मान्छेको चरित्र देखेर दङ्ग र पक्क भएर पनि काउकुती लाग्दै कविता लेख्दछु ।” कणादको यो भनाइ उनको कविको प्रतिबद्धता, सकृयता र काव्य संस्कृतिको उद्घोषण पनि हो । जातीवाद, क्षेत्रबाद, साम्प्रदायिकता र ठूलो स्वरले जातियमुक्तिका कुरा गर्नेहरू लोकप्रिय भएको देखिएको यो समयमा पनि कणाद र उनका जिम्मेवार साथीहरू सीमान्त मान्छे जीवनकै कविता टिपीरहेको देखिन्छ । कतिपय अवस्थामा उनका कविता निकै नै निस्कृय र विचार निरपेक्ष जस्ता समेत देखिन्छन् । तर कणादको कविताभित्रको अन्तरतरङ्ग राम्ररी सुन्दा उनका कवितामा त्यो निरासा, निस्कृयता र निरपेक्षता भन्दा सकृयता, तिब्र जीवनबोध र सापेक्ष आशाबाद प्रवाहित देखिएकोले कणादबाट आगामी दिनमा पनि धेरै आशा गर्न सकिन्छ । कणादको काव्यभाषा जीवनजस्तै जेलिएको छ । त्यहि जटिलता, आशावाद, अग्रगमन र सेकुलर संस्कृतिको आलोकमा जन्मेको र हुर्केको जनताको कवि कणाद महर्षिको काव्ययात्रा र त्यसका कला, विचार र नविनतम शिल्प समेतले कणादको काव्य व्यक्तित्वको निर्माण भएको कुराले उनको भविष्यको सृजनयात्रा प्रति समेत आशावादी हुन सकिन्छ ।
००

कविता
मैना सुनुवारको कङ्काल
पुष्प ढुङ्गाना
निर्ममतापूर्वक पुरिएको
इतिहासको उत्खनन हो यो

कुनै गाडधन
खोजिएको होइन
र खोजिएको होइन कुनै खनिज तŒव
यो भूखण्डको
यस कालखण्डमा समापन भएको
एउटा त्रूmरतम कालको
उत्खन्न हो यो
यो मैना सुनवारको कङ्कालको
उत्खनन हो

कति बहुमूल्य थियो
मैनाको जीवन
त्योभन्दा सयौँ गुणा
बहुमूल्य थियो मैनाको मौन चित्कार
त्योभन्दा हजारौँ गुणा
बहुमूल्य थियो, उनको यौवन सपना
त्यो भन्दा लाखौँ गुणा बहुमूल्य थियो
मैनाको आँसु
र त्योभन्दा करोडौँ गुणा बहुमूल्य थियो
मैना सुनवारकी आमाको आँसु

मैना सुनवारकी आमाको आँसुले
दुखेन कानुनको छाती
मैनाको व्यथित चित्कारले
चस्किएन अन्तरिम संविधानको हृदय
र कानुन भयो लासमा परिणत
नेता भयो
सत्ताको दासमा परिणत
बुद्धिजीवी गयो सत्ताको सती
न्यायाधीश भयो शक्तिको भक्ति

कति पुस्तासम्म
चैनसँग निदाउन सक्छौ
ए मैना सुनवारका सपनाका हत्याराहरू
एक सय वर्षपछि
यो केशको मिसिल फाइल पल्टाइनेछ
र खोजिनेछ सत्य इतिहास
अबको केही वर्षपछि
शासकको चिहान उत्खनन गरिनेछ
र विस्मृतिको गर्भमा रहेको
विलोप कालखण्डलाई
ब्युँताइनेछ
र हत्याराको कङ्काललाई उभ्याइनेछ
न्यायको कठघरामा ¤  ००

लघुकथा
बिर्सेको विद्या
प्रोल्लास सिन्धुलीय

एक दिन अर्जुनलाई लाग्छ – आफूलाई सर्वश्रेष्ठ धनुर्धर बनाउनको लागि गुरुले औँला काट्न लगाएको मान्छेलाई मैले एक पटक भेट्नै पर्छ । र, ऊ जान्छ एकलव्यको घरमा ।
एकलव्य अझै द्रोणाचार्यको मूर्तिलाई गुरु थापेर पूजा गरिरहेछ । त्यो दृश्य देखेपछि अर्जुनलाई आÇनो गुरुको कर्तुतप्रति वितृष्णा जागेर आउँछ । नजिकै गएर सोध्छ – ‘धनुर्धर, तिमी अझै द्रोणाचार्यकै पूजा गरिरहेका छौ ?’
एकलव्य मुसुक्क हाँस्दै जवाफ दिन्छ – ‘मैले तिम्रो गुरुबाट एउटा अहम् विद्या सिक्न पाएकै रहेनछु ।’
‘कस्तो विद्या ?’ अर्जुन उत्सुक हुन्छ ।
‘अहङ्कार विद्या ¤’ एकलव्य सहजरूपमा भन्छ ।
वास्तवमा धनुर्विद्याको अभ्यास गर्नुभन्दा पहिले द्रोणाचार्यबाट यो विद्या सिकेको भए अनाहकमा उसले आÇनो औँला काट्नुपर्ने थिएन ।
००

लेख
जातीय मुक्तिको लागि साहित्य
भोगीराज चाम्लिङ

प्रगतिशिल लेखक सङ्घले मंसिर २७ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसले पुस्तकालय हलमा ‘सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा’ विषयक कार्यक्रम गरेको थियो । ११ बजे गर्ने भनिएको कार्यक्रम केही ढिला सुरु भएकाले हलबाहिरको रापिलो घाम लाग्ने चउरमा झुण्डझुण्डमा स्रष्टाहरू गफिँदै थिए । म भित्र बलिराज खम्बुले किराँतहरूको चाड साकेला–विशेषाङ्कको रूपमा प्रकाशित गरेको ‘नवसमन्वय’ उहाँहरूको हातमा थमाइदिँदै थिएँ । धेरैले त्यसलाई जिज्ञासा, कोतुहलता र सकारात्मक प्रश्नसहित ग्रहण गरे । तर गम्भीर ठट्टा त्यतिबेला भयो जब मैले स्नेह सायमी र रमेश भट्टराईलाई ‘नवसमन्वय’ दिएँ ।
मैले रमेश सर र स्नेह दाइलाई पत्रिकाबारे बताएँ, यो खासगरीकन जातीय मुक्तिलाई केन्द्रमा राखेर निकालिँदै आएको कला साहित्यसम्बन्धी पत्रिका हो । ‘ए, ल ठीक छ । त्यसो हो भने म पनि यसको लागि लेखिदिउँला, रमेश सरले एकदम सहज र स्वतःस्पूmर्त रूपमा भन्नुभयो र आप्mनो भनाइलाई तार्किक पुष्टि गर्न खोज्दै थप्नुभयो, ‘होइन, यहाँ त जातीय मुक्तिका पक्षमा लेख्नेहरू मात्र यसका पक्षधर,, अअरूचाहिँ विरोधी भन्ने ढङ्गले बुभ्mन थालियो ।’ त्यसपछि बोल्ने पालो लिनुभयो स्नेह दाइले । ‘ए, अनि यसबारे पनि तपाईले लेखिदिएपछि’, मतर्पm सङ्केत गर्दै भन्नुभयो, ‘उहाँले चाहिँ के लेख्ने नि ?’
स्नेह दाइले यसरी गम्भीर ठट्टा गरेपछि हामी तीनजनाको बीचमा लामो सामूहिक हाँसो चल्यो । त्यो ठट्टा हाँसो मात्र थिएन, नेपाली समाजको एउटा गम्भीर जोखिम र सम्भावना पनि थियो ।
नेपाली साहित्य भनेर हामीले जो खस भाषामा लेखिएका साहित्यलाई मात्र बुभ्mने गरेका छौँ । यो परिभाषा एकदम साँघुरो छ । भारतमा भारतीय साहित्य भनेर हिन्दी भाषामा लेखिएको साहित्यलाई मात्र बुझिँदैन, समग्र भारतीय भाषाहरूमा लेखिएको साहित्यलाई बुझिन्छ, सोभियत साहित्य भनेर रुसी भाषामा लेखिएको साहित्यलाई मात्र बुझिन्न, त्यहाँका सबै भाषामा लेखिएका साहित्यलाई बुझिन्छ । त्यस्तै हामीले पनि नेपालमा बोलिने सबै भाषामा लेखिएका साहित्यलाई नेपाली साहित्यको परिभाषाभित्र पार्नुपर्छ । र, नेपाली साहित्य अन्तर्गत खसइतरका भाषामा लेखिएका साहित्यहरूको पनि चर्चा गरिनुपर्छ । यो नेपाललाई भावनात्मक रूपमा बाँध्ने र राष्ट्रियताको सांस्कृतिक मनोवैज्ञानिक जगलाई बलियो बनाउने आधार हो । जातीय मुक्तिसम्बन्धी साहित्यका सवालमा यो एउटा आधारभूत खुड्किलो हो । यो आधारभूत खुड्किलो टेकेर मात्र वर्गीय मुक्तिको उच्च सिँढीसम्म पुग्न सकिन्छ । त्यसकारण खसइतर भाषामा लेखिएका साहित्यलाई पनि ‘नेपाली साहित्य’ नामले पुकार्नु प्राविधिक प्रश्न मात्रै होइन, विचारधारा र मुक्तिसँग पनि गाँसिएको गम्भीर सवाल हो ।
भारतका विश्वचर्चित फिल्मनिर्देशक सत्यजीत रायले कुनै बेला बङ्गाली फिल्मका समस्याबारे लेखिएको ‘प्रब्लेम्स अफ ए बङ्गाली फिल्म मेकर’ लेखमा भनेका रै’छन् ‘एउटा फिल्म निर्देशकका लागि ज्यादा सजिलो र नाफादायी तरिका ऐजेरुजस्ता रुढ गलत धारणाको खण्डन होइन कि त्यसको पुष्टि गर्नु नै हुन्छ ।’ सत्यजीत, रायले फिल्मको सन्दर्भमा भनेको भए पनि यो कुरा साहित्यको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ । सजिलो कुरा त नेपाली साहित्यको रूढिग्रस्त धारणाहरूलाई निरन्तरता दिनुमै छ तर यो धेरै जोखिमयुक्त छ । त्यसकारण त्यस ‘गलत धारणा’ लाई तोडफोड नगरीकन नेपाली साहित्य बिहानको भुकभुक उज्यालोजस्तो सुन्दर, भरोसिलो र जीवनदायी साहित्य बन्नै सक्दैन ।
तर यहाँ ‘जातीय मुक्ति’ का बारेमा नै व्यापक समझदारी र विश्वासपूर्ण वातावरण निर्माण भइसकेको छैन । ‘जातीय मुक्ति’ लाई आआप्mनो सीमासहित बुभ्mने र व्याख्या गर्ने समस्या छ । त्यसकारण ‘जातीय मुक्तिका लागि साहित्य’ भन्ने नारा दिनु काँडाधारीमा यात्रा गर्नुजस्तै हो । तर कसै न कसैले आँट गरेर काँडाघारी फाँड्दै बाटो नपहिल्याउने हो भने नेपाली साहित्यलाई नयाँ गोरेटोबाट हिँडाउन सकिँदैन । त्यसका लागि युवा पुस्तालाई नयाँ वैचारिक खजानासहित साहित्य सिर्जनाका लागि प्रशिक्षित गर्नुपर्छ ।
यद्यपि हामीले घनीभूत रूपमा चर्चा गर्न नसकेको मात्रै हो, जातीय मुक्तिका सवालमा प्रगतिवादी र गैरप्रगतिवादी साहित्यका क्षेत्रमा घनघोर प्रभावशाली साहित्यहरू रचना गरिएका छन् । धेरै टाढा नजाऊँ, आहुतिको ‘गहुँगोरो अफ्रिका’ कविता जातीय मुक्तिको सन्दर्भमा कला र विचार दुवै दृष्टिले अत्यन्तै शक्तिशाली कविता हो । त्यसबाट जातीय मुक्तिका लागि लगातार प्ररणा र ऊर्जा ग्रहण गरिरहन सकिन्छ । झन् नजिकको कुरा गर्ने हो भने श्रवण मुकारुङ्को ‘बीसे नगर्चीको बयान’ लाई लिन सकिन्छ । यो आन्दोलनका क्रममा स्थापित एउटा तागत पनि थियो, कविता नामको कविता मात्र थिएन । तपाई नयनराज पाण्डेको लघु आकारको उपन्यास ‘उलार’ पढ्नुहोस् । त्यसले बुर्जुवा लोकतन्त्रको असली चेहरा तराईका उत्पीडित जाति र अल्पसङ्ख्यकहरूको जीवनलाई सन्दर्भ बनाएर कति भव्ययतापूर्वक नङ्ग्याउँछ ।
साहित्य कलाका सन्दर्भमा ‘जातीय मुक्ति’ लाई केन्द्रमा राखेर लेख्ने परम्परा त छ तर सौन्दर्यशास्त्रीय चिन्तनका क्षेत्रमा त्यसलाई गम्भीरतापूर्वक मैदानमा उतार्ने आँट हामीले गर्न नसकेका हौँ । अब पनि ‘जातीय मुक्ति’ को प्रश्नलाई कला साहित्यको थुप्रै सरोकारहरूमध्ये एउटा प्रमुख सरोकारको विषय नबनाउने हो भने हामी आवरणमा त गणतन्त्रमा प्रवेश गछौँ तर गुदी भने उही राजतन्त्रीय नै हुनेछ । नेपाली समाज र उसको मनोविज्ञानमा राजतन्त्रीय छायाँ र संरचनाकै धङधङी बाँकी रहनेछ । त्यसकारण राजतन्त्रले पैदा गरेको तर क्रुरतापूर्वक घाँटी दबाएर चुप गराएका यस्ता जातीय समस्यासँग सम्बन्धित अन्तरविरोधहरूका गाँठालाई पनि साहित्य कलाका क्षेत्रबाट सार्थक र सशक्त हस्तक्षेप गरेर फुकाउँदै जानुपर्छ । त्यसकारण जातीय मुक्तिका लागि साहित्य कलाको रचना गर्नु सत्यजीत रायले भनेभैmँ ‘गलत धारणा’ हरूलाई भत्काउनु हो । तर हामीले लेख्ने साहित्य उत्तरआधुनिकवादले बहुकेन्द्र या बहुलताको नाममा उछालेको साम्प्रदायिक बेइमानीको शिकार हुनु हुँदैन । त्यसो भयो भने मात्र हाम्रो साहित्य ‘जातीय मुक्ति’ को साहित्य बन्न सक्छ । ‘जातीय मुक्तिको साहित्य’ साम्प्रदायिक तिक्तता होइन, क्रान्तिकारी सद्भाव, सम्मान र मुक्तिको साहित्य हुनुपर्छ । छोटकरीमा भन्दा जातीय मुक्रिको लागि लेखिने साहित्य, वर्गीय मुक्तिको लागि लेखिने साहित्यकै एउटा अङ्ग हुनुपर्छ । त्यसो भयो भने रमेश सरको गुनासो र स्नेह दाइको गम्भीर ठट्टाले सही निकास पाउनेछ ।

वि
ता
भोजराज न्यौपाने
दरबारकी सुसारे
हो, यहीँनेर हो
पहिलो पटक म लुटिएको ।

दरबारका विशाल पर्खालभित्र
कुुुुुुुुुुनै सुसारेले भित्र्याउँदै गर्दा
उसले मेरो नितम्ब छोयो
बूढी सुुुुसारेहरूकै अघि
मेरो चोलीको तुना खोल्यो
त्यतिबेला
उनीहरू खित्खिताउँदै बाहिर निस्के
म उसको पञ्जामा परेँ ।

दरबार भनेको दरबारै हो
त्यहाँ देउता बस्छन् भन्नुुुुुुुुुुहुुन्थ्यो बा
सुनचाँदीका गहनामा
झकिझकाउ देख्न चाहनुुुुुुुुुहुन्थ्यो आमा
त्यसैले मलाई डो¥यायो यो नरकभित्र
यी, यहीँनेर थियो मेरो पलङ
यहीँनेर थियो मेरो ड्रेसिङ टेबल
खुला ढोका
खुला कोरिडरको एउटा कुुुुुुुुुुुुुनामा
म खेलौनाजस्तै बनेकी थिएँ उसका लागि
ऊ हरेक दिन आउँथ्यो
र मसँग मनलागी गथ्र्यो ।

एकदिन मेरो पेटमा गर्भ आयो
पेट बोकेको खुसीमा
दरबारका सबै चाकरले बधाई दिए
त्यसैदिन बूढी सुसारे र मलाई
बाहिर पठायो
र, गर्भ तुुुुुुुुुुहाउन लगायो ।
पछि, धेरैपछि थाहा पाएँ
त्यतिबेलै झिकिएछ मेरो पाठेघर
त्यतिबेलै गतिहीन भएछ मेरो जीवन ।

हो, यही खोपी हो
मैले पहिलो पटक गर्भ बोकेको
र, यही खोपी हो
मेरो जीवन खोसिएको
तिमी अहिले देशको महाराज छौ
म तिम्री रखैल सुसारे
तिमी नै हौ मलाई लुुुुुुुुुुुुुुट्ने स्वामी
भन किन लुट्यौ मलाई
किन तुुुुुुुुुुुुहायौ मेरो गर्भ ?
किन फाल्यौ मेरो पाठेघर ?
भन त महाराज
तिमीले जवाफ दिनुपर्दैन ? ००

कविता
मान्छेभित्रका मान्छेहरू
मदन प्रभात

जब उत्साहको मृत्यु हुन्छ
शिथिल हुन्छ साधना
ऊर्जाहरू सेलाउँछन्, हराउँछन् सपना
जब जिज्ञासाको अन्त्य हुन्छ
बिलाउँछन् कल्पना
चिन्तनहरू हराउँछन्, चिसा हुन्छन् जीवन

यसै भन्थे उसका चेतनशील मस्तिष्कहरूले
सबैलाई जगाउने ऊर्जाशील व्यवहारहरूले

हो, जब मृत्यु हुन्छ
मान्छेभित्रका मान्छेहरूको
तब सभ्यताको विरुद्ध
सुनौलो जीवन र भविष्यको विरुद्ध
ऊर्जाशील कल्पना र चिन्तनको विरुद्ध
साझा सपना र निरन्तर साधनाको विरुद्ध
अहोरात्र लागि पर्छन्
साधनाविहीन ऊर्जाहीन चिसा जीवनहरू
मान्छेभित्रका मान्छे मरेका मान्छेहरू

के छ जगाउने सञ्जीवनी बुटी
निराश जीवनका आशाहरूलाई ?
के छ भेट्टाउने अचुक ओखती
गन्तब्यहीन जीवनका लक्ष्यहरूलाई ?
मारेर आपैmँभित्रको मान्छेलाई
अरूलाई ‘जीवन बाँच’ भन्न सक्ने छैनन् तिनीहरू
डुबुल्की मारेर निराशाको चिसो पोखरीमा
आशाको दीप जलाउन उठ्ने छैनन् तिनीहरू

हो, सङ्घर्षको मैदानबाट भाग्नेहरू
सपनाहरूलाई एउटा कुनोमा मिल्काएर
कताकता ‘शून्यमा’ हराइरहेछन्
उत्साह र जिज्ञासाको के आस गर्नु तिमीहरूसँग ?
ऊर्जाशील जीवनको के माग गर्नु तिनीहरूसँग ?
उसको चेतनशील मस्तिष्कलाई सुनेपछि
उसका ऊर्जाशील जीवनको स्पर्श पनि
मलाई यस्तै लाग्यो
मान्छेभित्रका मान्छे बाँचेका मान्छेहरूलाई
चुम्ने इच्छा जाग्यो ।
००

समालोचना

बुद्ध साय्मि ः
सबै पक्षबाट आधुनिक कवि
प्रा. माणिकलाल श्रेष्ठ

पत्रपत्रिका तथा विभिन्न साहित्य सम्मेलनको माध्यमबाट धेरै अगाडिदेखि पाठकहरूमाझ आफ्नो नाम स्थापित गरिसकेका, उमेरले युवा भएपनि निकै प्रौढ कविता रच्ने बुद्ध साय्मिको कविता सङ्कलित भई यो पुस्तक पाठकसामु आएको छ । यसका दुई चार कविता पढ्नासाथ जो कोही पाठक–समालोचकहरू निक्र्यौलमा पुग्नेछन् — विश्व साहित्यका समकालीन आधुनिक प्रवाहभित्र बुद्ध साय्मिका कविताहरू पर्छन् । उहाँलाई सबै अर्थमा आधुनिक कवि भन्न उपयुक्त छ ।
केही वर्षअगाडि समयले आधुनिक (अर्थात् आजभोलिका) कविहरूको झन्डैझन्डै प्रतिनिधित्व हुनेगरी कवि चित्तधर “हृदय”को  प्रयासबाट नेपालभाषाको साहित्यिक क्षेत्रमा एउटा कवितासङ्कलन निकालियो । त्यसको नामकरण गरिएको थियो “नःलि कविता” । त्यस नामकरणले दुई÷तीन प्रश्न उब्जिए । उक्त सङ्कलनभित्र परेका कविताहरूलाई केको अर्थमा नःलि अर्थात् नयाँ कविता भन्ने ? नयाँ पुस्ताका कविहरूको कविता भन्नलाई त्यसमा प्रौढ कविहरूको कविता पनि समावेश थियो । नःलि अर्थात् विभिन्न कविहरूले सुरुसुरुमा लेखिएको सङ्कलित कविता पनि त्यो होइन । अतः यसलाई नयाँ युग अर्थात् नेपालभाषा साहित्यमा राणाकालीन विद्रोहको युगदेखिको कविहरूको प्रतिनिधित्व हुने गरी प्रकाशन भएको सङ्कलन “नःलि कविता” हो भन्न उपयुक्त देख्छु । बरु पूर्ण प्रतिनिधित्व हुनलाई छुटाउन नमिल्ने कविहरू यस सङ्ग्रहमा छुटेका पाइन्छन् । यी त भिन्नै कुरा भए ।
तर मैले बुद्ध साय्मिका कविता आधुनिक कविता भन्नुको अर्थ समयले वा कवि प्रादुर्भाव भएको समय मात्र आजको युग भएर होइन । उनका कविताका प्रवाह पनि विश्व–कविताको नयाँ प्रवाहभित्र परेकाले नै हो । “नःलि कविता”मा सङ्गृहितमध्ये सबभन्दा आधुनिक भन्न सुहाउने कवि दुर्गालालका कविता पनि विचारधाराको दृष्टिकोणले मात्र आधुनिक प्रवाहभित्र पर्छ । तर काव्यात्मक अभिव्यक्तिको दृष्टिमा अर्थात् उहाँको कला पक्ष परम्परागत शैलीअन्तर्गत मै पर्छ । तर बुद्ध साय्मिका कविता पूर्णबहादुर वैद्य समूहका कविहरूका कविताझैँ सबै पक्ष र सबै अर्थमा आधुनिक हो ।
विश्वसाहित्यमा समयको आधारले आधुनिक कविको मान्यता दिने होइन । अङ्ग्रेजी कवितामा दु््््ई शताब्दीको सुरुको अझ उन्नाइसौँ शताब्दीको अन्तदेखिकाहरूसमेत इजरा पाउण्ड र टि.एस.इलियट आधुनिक कविताको युग ल्याउने कविहरू मानिन्छन् । त्यही युगको हार्डीलाई पूर्णरूपले आधुनिक भन्दैनन् अझ वहाँभन्दा पछिको वालटर द.ला.मेरको कविता आधुनिक होइन । विचारधारा हेर्ने हो भने सिग्फ्रेड सास्सनजस्तै युद्धको गौरव–गाथा गाउने दुईवटै कवि आधुनिक, टि.एस.इलियटजस्तै राजनीतिक दृष्टिमा प्रतिकृयावादी लेखक (वेलायतको कवि) डब्ल्यु.एच.अडेनजस्तै व्यक्तिवादी (अमेरिकी कवि), रेवि आल्लेझैँ माक्र्सवादी लेनिनवादी, प्रगतिशील कवि (न्यूजिल्याण्डका कवि) सबैलाई आधुनिक कवि भनिन्छ । यसरी विश्वसाहित्यमा समयले नयाँ भएर होइन न त विचारधारा नयाँ हुँदैमा आधुनिक कविता भनिने हो ।
राजनीतिक विचारधारा वा काव्यप्रवाहभन्दा अभिव्यक्तिको ढङ्गलाई लिएरै “आधुनिक कविता” भन्ने चलन आएको हो । तसर्थ उन्नाइसौँ शताब्दीका बेलायती कवि किट्स र बीसौँ शताब्दीका डब्लु. बी. यिट्स दुवैलाई “सौन्दर्य उपासक कवि” भनिन्छ तर आधुनिकतामा यिट्सलाई मात्र लिइन्छ । विचारधाराको रूपमा डेढ सय वर्ष पहिलेका कवि शेली र बाइरनहरूका राजनीतिक विचारधारा आधुनिक र क्रान्तिकारी छन् र पनि उनीहरूका कवितालाई पनि विश्व–साहित्यमा आधुनिक कित्तामा राख्ने गरिएको छैन ।
त्यसो हो भने आधुनिक कविताका मुख्य स्वरूप के हुन् ? अनि बुद्ध साय्मिको कवितामा त्यो कसरी विद्यमान छ, एकपल्ट विवेचना गरौँ । विश्वका कुनै पनि विकसित साहित्यको इतिहास पल्टाउने हो भने सबभन्दा पुरानो साहित्यिक विधामा कविता आउँछ — प्राचीन ग्रीसको काव्य, चीनको कविता, त्यसपछिका भारतका संस्कृत साहित्य र रोमको ल्याटिन साहित्य सबै नाटक कविताबाट प्रारम्भ भए । युगअनुरूप कविताका धारामा परिवर्तन भए, विभिन्न युगमा विभिन्न प्रवाह आए । अङ्ग्रेजी साहित्यको इतिहास नियाल्दा एङ्गलोसेक्सन भाषाको धार्मिक कविता विकसित हुंँदै गए । त्यसपछि केही काल ग्रहण लाग्यो, अनि एङ्गलोसेक्सन र जर्मन भाषाको सम्मिश्रणमा अङ्ग्रेजीको जन्मपछि केही शताब्दी उतराद्र्ध चौधौँ शताब्दीमा स्पेन्सर नै उल्लेख्य कविका रूपमा उदय भए । अङ्ग्रेजी भाषामा कविता—साहित्यको विकासको तद्उप्रान्त सो¥हौँ शताब्दीको उतराद्र्धमा खास गरेर रोमान्टिक प्रवाह (कल्पनाको अनियन्त्रित स्वच्छन्दता), त्यसपछि सन् १६६० देखि करिब १४० वर्षसम्म क्लासिकल प्रवाह (नियम र परम्परामा बाँडिएको कल्पना), तद्उप्रान्त फेरि उग्र रोमान्टिक युग, अनि फेरि संयमित रोमान्टिक प्रवाह आदि अनेक प्रवाह आए । फ्रासिसी साहित्यमा पनि यस्तै अनेक थरीका प्रवाह जन्मिए तर वेलायतीहरूको भन्दा केही अघि ।
तर उन्नाइसौँ शताब्दीको अन्ततिर र बीसौँ शताब्दीको सुरुकालमा अर्थात् “आधुनिक कविता” प्रादुर्भाव हुनुअघि विभिन्न युगका प्रवाह, विभिन्न देशका कविताका धारा जतिसुकै भिन्न भए पनि तिनमा अभिव्यक्तिको ढर्रा भने एउटै थिए । यी सबैलाई सुविधाका लागि परम्परागत अभिव्यक्तिको कविता वा परम्परागत (परम्परावादी होइन) कवितामा चित्रित हुने अभिव्यक्ति सिधा (वा स्पष्ट) छ भन्न सुहाउँछ । प्रत्येक भाषाका कवितामा प्रयोग हुने चित्र–सङ्केतको आफ्नै परम्परा हुन्थ्यो । पूmल र तारा सुन्दरताको प्रतीक, मृग चञ्चलताको प्रतीक, अँध्यारो नैराश्यको प्रतीक, उज्यालो आशाको, सढृढताको उपमा ढुङ्गा यूरोपका साहित्यमा सर्वमान्य चित्र हुनगयो । त्यस्तै संस्कृत र संस्कृतको प्रवाहमा परेका साहित्यमा चकोरको आँखा (राम्रो आँखा), माछा (चञ्चलताको प्रतीक) आदि देख्नमा आउँछ । नेपालभाषाको शृङ्गार रसको कवितामा काँक्रो, अण्डाको बोक्रा, ठूला फराकिला आँखा आदि सौन्दर्यको प्रतीकका रूपमा चित्रित गरिन्छ । तर नयाँ आधुनिक कवितामा विचारधारा प्रगतिशील वा प्रतिक्रियावादी जे होस, त्यस्तै प्रवाह रोमान्टिक वा क्लासिकल जे सुकै भए पनि अभिव्यक्ति सिधा हुँदैन प्रतीकात्मक हुन्छ, अनि त्यसरी प्रयोग हुने प्रतीक मौलिकयुक्त हुने गर्छ । कविहरूको प्रतीकसम्म पनि निजी हुन्छन् ।
यसरी प्रयोग हुने प्रतीक कविपिच्छे फरक हुने गर्छन् । खरायोलाई कसैले “चञ्चलताको प्रतीक” रूपमा अङ्गीकार गरेको छ भने यिट्सले निर्दोष र स्वच्छन्दताको चिन्ह बनाएको देखिन्छ । “सेतो रङ” पहिलेपहिलेका निम्ति शान्ति र सत्यको चिन्ह भएको छ भने इलियटको हातमा पुग्दा सेतो मृत्युको प्रतीक बन्यो । पुरानो समाज भत्केको देखाउनलाई इलियटले “बूढो सेतो घोडा अँध्यारोतिर बुर्कुसी मा¥यो” भने । यस्ता नयाँ प्रतीकात्मक अभिव्यक्ति वा “आधुनिक कविता”को जन्म जापानी साहित्यबाट भएको हो । जापानी भाषामा एउटै शब्दको बहुअर्थ हुने भएकोले एउटै बाक्यलाई दुई अर्थ आउनेगरी प्रयोग गर्ने प्रचलन छ । तर जापानबाट नयाँ कविताको प्रभाव यूरोपमा पुग्दा यूरापीय भाषामा यसो गर्न कठिनाइ हुन गएबाट यो प्रवाह भाषान्तर गर्न सम्भव भएन । हाम्रो भाषा (नेपालभाषा पनि बहुअर्थी भएकोले) मा त यो सम्भव हुनुपर्ने हो तर त्यस्तो प्रवाह देखापरेको छैन ।
कविको आँखाबाट दुई वस्तुमा समानता देखापर्छ । “चिप्लो बाटो”लाई “माछाको आङमा पाइला टेक्ने” अर्थात् माछाको आङ भनी बाटो र माछाको समानता सामान्य भाषामा पनि भेटिन्छ । कविहरूले हेर्दा केही समानता नभएको दुई वस्तु पनि उस्तै देखा पर्नसक्छ । इलियटले कविको उदाहरणमा टाइपराइटरको आवाज र मासु पकाएको गन्ध एउटै लाग्ने मानिस भनेका छन् । यस्तो कल्पना शक्तिको तीब्रता “जमिनदारले खेत बाँझै राखेको र एउटी महिलालाई जबरजस्ती बूढीकन्या गरेको” समानता, कपडामा सियोले कविता लेख्ने” तथा फ्रीह्वील बिग्रेको साइकल चलाउने” को कल्पना कवि बुद्ध साय्मिमा देखापर्छ । बुद्ध साय्मिले आफ्नो कवितामा पुरानो पुराणको कथा, संस्कृत महाकाव्यको पात्र (कुन्ती, कर्ण आदि) र घटना (कुन्तीले सूर्यबाट बच्चा भएदेखि लिएर, डेनमार्कको कथा (नाङ्गो राजा हात्तीमा घुमेको) को चित्र प्रस्तुत गर्नुभएको छ । यो चित्रको व्यापकता आधुनिक कविताको स्वरूप हो । यो प्रथाको शक्ति र कमजोरी दुवै बुद्ध साय्मिको कवितामा भेटिन्छ ।
कुनै एउटा स्थितिको चित्रण गर्नलाई प्रस्तुत गर्ने चित्र एउटा सानो मौलिक तस्बिर देखाएर मनमा भित्रसम्म सियोले घोचेजस्तो देखाइदिने वा ठट्यौली देखाएर केही वस्तुको विषमता, हीनता देखाउने व्यापक प्रचलन विश्वको आधुनिक साहित्यमा (कवितामा र गद्यमा पनि) देखिन्छ । अङ्ग्रेजी साहित्यमा आधुनिक आन्दोलनको सूत्रपात गर्ने इलियटले आजको मानिसको हीन अवस्थालाई “पराल कोचेर राखेको टाउको” देखे । नेपालको सिद्धिचरणले आपूmलाई “दुइटा लठ्ठीमाथि फर्सी राखी बच्चाहरूले मानिस भनी खेलिरहेको” देखे त बुद्ध साय्मिले आपूmलाई यस्तै चित्रको प्रतीकले वर्णन गरेका छन् —“म” कवितामा । तर चित्र मौलिक छ — “एउटा पाइन्ट, एउटा कोट, त्यसमाथि झुन्डिएको छ एउटा टाई । एक चिनोजस्तो  । यहीँनिर कुनै मान्छे गाडिराखेजस्तो” तथा वर्तमान “चिरा परेको अण्डा च्यापेर ओथारो बसिराखेको वर्तमान”, आफ्नो गिदीमा आफ्ना सन्तानहरू (इच्छाहरू) को चिहान देख्ने कल्पनामा धेरै नैराश्य देखिन्छ ।
तर समाजको विषम स्थिति देखेर दिक्क भएरै मान्छेको मनमा विद्रोहको भावना उब्जिने हो । एउटा विद्रोही कविले समाजको चित्रण गर्ने बेलामा अँध्यारो चित्र नै देखाउँछ, अझ यस्तो विषमताको विरोध गर्न आपूmभित्रको शक्ति नपुग्दो झैँ लागी आफ्नो कमजोरीप्रति नै धिक्कार्न थाल्दछ । आजको हाम्रो विषम समाज र त्यसभित्रको सम्बन्धप्रति असन्तोष, प्रचलित मान्यताप्रति अस्वीकृति अनि विरोध र विद्रोहको आगो गुनगुनाइरहनु, तर समाधान खोज्ने बेलामा समाजको विवशताले आपूm बाँधिनु धारा, क्रान्तिकारी उत्साह र विवशता, वाध्यताका द्वन्द्व नै प्रगतिशील क्रान्तिकारी लेखकहरूको कविताको मूल रूप हो । बिस्तारै यही द्वन्द्वले कविभित्र एउटा सङ्कल्प उब्जाएपछि ऊभित्रको नैराश्यका अभिव्यक्ति हराएर जान थाल्छ ।
कवि बुद्ध साय्मिको कविता पढ्ने बेला उहाँले लेख्नुभएको सुरुका कवितामा समाजप्रति तीव्र असन्तोष, वर्तमान देखेर दिक्कवाक्क र भविष्यमा कुनै उज्यालो नदेखेर नैराश्यको भाव झल्किन्छ । तर साँच्चैको प्रगतिशीलता समाजप्रति अस्वीकृतिमात्र होइन, त्यसको विरोध गरेर नयाँ भविष्य बनाउन प्रेरणा दिने पनि हो । जनतालाई यो स्थिति देखेर रुन सिकाउने कविता प्रगतिशील होइनन्, विद्रोही पनि होइनन् । जस्तोसुकै परिस्थितिको सामना गरेर अगाडि जान सक्ने आशावादी साहित्य हामीलाई चाहिएको छ ।
तर अघि बढ्न रोक्ने अवरोध भत्काउनुपर्छ, बन्धनलाई फोड्न सक्नुपर्छ । अघि बढ्न खोज्नेले जेजो अप्ठ्यारा हुन् केलाउन सक्नुपर्छ । बुद्ध साय्मिले यी नै अवरोधको चित्रण गर्दा अँध्यारो चित्र अघि सार्नुभएको देखिन्छ । तर उहाँ निराशावादले आपूmलाई जकडाइरहेको कवि होइन । उहाँको कविता सुरु हुँदा दुखद् नरमाइलो पाराले सुरु हुने भए पनि अन्त्यमा केही क्रान्तिकारी उत्साह देखिन्छ, कमसेकम कर्तव्यको सङ्केत दिन्छ ।
खास गरेर उहाँका कविताहरू वर्तमानप्रति विरोध तर राम्रो भविष्य ल्याउने बाटो समात्न पनि पर्खाल भएको वर्तमान देखेर भय, केही गर्ने चेतना भए पनि केही गर्न नसकेको आफ्नो स्थितिप्रति विलौना देखिन्छ । “वर्तमान ः नपुङ्सक हत्केलाको पिँजडाभित्र” (वर्तमान नपुङ्सक ल्हाःपाया पंजःदुने) “नलेख्ने कलम छित्कारेको मसीको थोपाथोपा छरिएको वर्तमान”(मच्वःगु कलम थाथा याःगु मसिया फुतिफुतिं जाःगु वर्तमान) । लक्ष्यहीन, निकै अव्यवस्थित, अप्ठ्याराहरू विद्यमान वर्तमानको चित्रण गर्ने यी उपमा निकै कल्पनाले भरिएका छन्, कविताको कला पक्षको दृष्टिमा काव्यात्मक कल्पना निकै मौलिक र उत्कृष्ट छ । कविता पढ्दै जाँदा यो भएन, त्यो हुँदैन आदि उल्लेख गर्दै विश्वको वातावरणलाई इङ्गित गरी कवि आश्चर्यचकित हुन्छन्— “ससाना चल्लाहरूले भियतनाममा चील र गिद्ध मारी खसालेको छ्याङ्ग देखेर पनि  । अझै यहाँ संस्कार छ — जुँगामा बुद्धि पलाउने विश्वासहरूका” (स्वस्वखंकं भियतनामय् मिखुंचातसें इमा व गिद्ध स्याना क्वफाःगु । अझ नं थन संस्कार दु ग्वाचय् न्हयप्पु जाया वैगु विस्वास ब्यकुं च्यायेगु)। यहीँनिर कविता टुङ्ग्याएको भए घोर निराशावादी कविता हुनजान्थ्यो । तर अन्तिम स्ट्यान्जामा वहाँले आफ्ना कर्तव्यबोधले आपूmलाई झकझकाउनुभयो, “अहो यो असक्तको आसक्त पिँजरा फोड्न नसके । आफ्ना खुट्टा अघि सारी वर्तमानलाई गति दिन नसके । अकालग्रस्त चौरमा चरी दुध दिन भोलिको गाईले मुन्टो फर्काइफर्काई मलाई हेरिरहनेछ । मेरो लासलाई पनि धारिलो आँखाले चिराचिरा पारिरहनेछ ।”
नयाँ सडक ः नाङ्गो आङले तताइराखेको माटो (न्हू सतक ः नांगाम्हं क्वाकातःगु बँ) कवितामा पनि कविले आफ्नो समाज, यसको आजको स्थितिलाई धेरै राम्ररी व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्नुभएको छ  — पत्रपत्र टाँसिराखेका अनुहारहरू, दाह्रा लुकाइराखेका हाँसो, स्वार्थका शिकार नियालिरहेका आँखा आदि आदि । यिनीहरूको अगाडि बाटोमा उत्तानो परिरहेको बच्चा — फगत एउटा मक्किएको कुहिएको मूढा । तर कविको आँखामा “यो त एउटा कसी हो, यो देशको जिउँदो इतिहासको दसी ।
प्राकृतिक सौन्दर्यको मात्र बखान गरेर जनतालाई सौन्दर्यको भुलभलैया रुम्लाइराख्ने प्रवृत्ति प्रकृतिवादीहरूका हुन् । प्रकृतिवादी कविता भन्दा हामीलाई आजको समाजमा भइरहेको यथार्थ स्थितिको चित्रित कविताको खाँचो छ । यस काममा कवि बुद्ध साय्मि पछि परेका छैनन् । बरु यसैका लागि अरू कविहरूलाई पनि आह्वान गर्नुहुन्छ — “एई हिमाल हेरी कलममा पखेटा उमार्नेहरू । आऊ हिमालमा आएर एक रेखा कोर्न आऊ ।”(अय् हिमाल स्वयाः कलमय् पपु छुनाच्व्रंपिं । वा, हिमालय् वयाः छध्वः क्यूवा ।)
तर एक प्रगतिवादी कविको कर्तव्य (भइरहेको) यथार्थताको सफल चित्रण गरेर मात्र पुग्दैन । आजको नराम्रो, अमिल्दो सबै भत्काएर, मिल्काएर त्यसको बदला नयाँ निर्माण गर्ने उत्साह र प्रेरणाका गीत पनि खोज्नु आवश्यक छ । प्रगतिशीलहरूले भविष्यमा विश्वास गर्छन् । पुरानो अगतिलो बोझ बनेका कुसंस्कार आदि सबैको विरोध बुद्ध साय्मिमा छ, “तिम्रो लालमोहर च्यात्न देऊ मलाई” (छंगु लालमोहर खुइब्यु जितः) कविता यसै भावनाको अभिव्यक्ति हो । क्रान्तिकारी दर्शनका दुई पक्ष हुन्छन् — नराम्रा, युगअनुरूप नमिल्दाको विरोध गर्नु, पुराना अगतिलोका विरोध गर्नु नकारात्मक पक्ष, अनि नयाँ राम्रा ल्याउन अघि सर्ने प्रेरणा दिने सकारात्मक पक्ष । माओत्सेतुङको कविव्यक्तित्व अर्थात् कवि माओले जतिसुकै अँध्यारो वर्तमानको चित्रण गरे पनि अन्तमा लेख्छन्— “तर अहिले त भाले बासिसक्यो, आकाश तल सबै उज्यालो हुँदै आयो” आदि । यी आशावाद, भविष्यप्रतिको आस्था क्रान्तिकारी प्रगतिवाद हो ।
बुद्ध साय्मिको कवितामा समाजको विषमता, अगतिलो, कुहिएको परम्पराको विरुद्ध विद्रोहका दन्किएको आगो जति छ, संस्कार र रीतिथितिको बन्धनबाट उन्मुक्त हुन जति दृढ सङ्कल्प छ भविष्यप्रतिको आशामा त्यति विश्वस्त हुन सकेको देखिन्न । कहिलेकाहीँ त भविष्यप्रतिको आशा नै नगरी कविले
“चिरापरेको अण्डा च्यापेर ओथारो बसिराखेको वर्तमान” भनेका छन् । प्रतिक्रियावादीहरूले अतीतको गौरव गर्छन्, सधैँ मुन्टो फर्काइ हेरिरहन्छन् । क्रान्तिकारी प्रगतिवादीहरूले अगाडि हेर्छन् भविष्यप्रति आस्था राख्छन् । पुरानो व्यवस्था ढालेर नै त्यसमाथि नयाँ सिर्जना गर्नेे हो । भविष्यबिना वर्तमानको दैलो कहिल्यै ढप्काइन्न । अन्याय, अत्याचार र विषमताले नै क्रान्तिलाई जन्माउने हो । भविष्यप्रतिको यो उज्ज्वल आस्था बुद्ध साय्मिको कवितामा अझ विकास हुनु छ ।
विद्रोही कविहरू कि त भयङ्कर निराशावादी निस्किन्छन्, कि क्रान्तिकारी । आम जनतामा विश्वास गर्नेहरूले भविष्य नै छैन कहिल्यै भन्दैनन् । बुद्ध साय्मि अन्याय र शोषणको विरोध गर्ने विद्रोही कवि हुन् । “वर्तमान ः नपुङ्सक हत्केलाको पिँजडाभित्र” कवितामा कविले जताततै नमिल्दो, नराम्रो देखेर वाक्कदिक्क भए, अनि क्रान्तिमा आस्था नराखी नैराश्यको चरममा, पिनास नाकमा गर्वित यहाँका मान्छे भन्नुभयो । “हाँडीबाट बाहिर निस्किन नसकेका । पड्की रहेका मकै दानालाई । कसरी भनौँ म खुट्टा भनेर” — यो कल्पना काव्यात्मक उत्कृष्टताको दृष्टिमा निकै माथि छ, तर सम्पूर्ण जनताप्रति नै विश्वास नराख्ने प्रवृत्ति क्रान्तिकारी प्रगतिवाद होइन ।
यसको अर्थ बुद्ध साय्मिका कविता सबै निराशावादमा अल्झिएका भने होइनन् । “भियतनाम” कवितामा उहाँले पोख्नुभएको उद्गार — “यो हो एसियाको बच्चा । भियतकङ्ग गोरिल्ला । दासत्वबाट मुक्त हुन सङ्घर्ष गरिरहेको । आफ्नै रगत भुइँमा पोख्दा पनि मुस्कुराइरहेको ।” क्रान्तिप्रति उज्ज्वल आशावादको अभिव्यक्ति हो । त्यस्तै “हो, म माग्नेको बच्चा । कसैसँग होइन । आफ्नै हत्केलासँग माग्ने बच्चा ।” (म तेबहालको बच्चा) उज्ज्वल आशावादका अभिव्यक्ति हुन् ।
लामो कष्ट र दुःख झेली तद्उप्रान्त सङ्घर्षको बाटोमा लागिपर्दा आर्जित अनुभवको निष्कर्ष हो— क्रान्तिप्रतिको आस्था । यस क्रमको राम्रो चित्रण “भियतनाममा बुद्ध पूर्णिमा” (भियतनामय् स्वांया पुन्ही) कवितामा छ । सुरुमा कविले देखाए — भियतनामी जनताले भोगेका दुःख कष्ट, अनि पूmल वर्षिने दिन (बुद्ध पूर्णिमा) मा पूmलको सट्टा “बमगोलाका असिना झरेको” विडम्बना, सबै पाठकहरूको मुटुमा बिझ्ने बच्चाहरू देख्यो कि हुरुक्क हुने एउटी बहुलाईको चित्रण । तर कविता अन्त गर्नलाई भियतनामी जनताले आफ्नो मुक्तिको लागि समातेको बाटो देखाइदिए—“नगिचै ध्यानमा बसिरहेको भिक्षु जुरुक्क उठ्यो र गेरुबस्त्रमा नै बन्दुक खोज्न लम्क्यो ।”
एकजना साँच्चिकै भविष्यप्रति उज्ज्वल आस्थावान् प्रगतिवादी, अनि क्रान्तिकारी आशावादी कविका रूपमा बुद्ध साय्मि “मैले त यहाँ आपूmले आफैँलाई बिउँझाउनुपरेको छ” मा प्रस्तुत भएको छ । तीव्र आवेगपूर्ण कल्पनाको भाषाले आजको विषम स्थितिको चित्रण गरी त्यहीँंं बिराम लिएनन् । कविले भने “नदी नतरी कहींँ पारि पुगिन्छ र ? बाटो अघि सर्दैन । अघि बढ्नुपर्ने त पाइला हो । सूर्य होइन, बिउँझनुपर्ने त आँखा हुन्..” अनि फेरि भन्छन् “यहाँ मैले आफ्नो मुखमा जिब्रो राप्ने रोपाईं गर्नु छ ।” र “सबभन्दा पहिले त यहाँ मैले मलाई नै बोलाउनुपरेको छ (झक्झकाउनु परेको छ )।”
क्रान्तिकारी आशावादसँग नैराश्य मिसिएझैँ कवि बुद्ध साय्मिमा माक्र्सवादको सँगै बौद्धधर्मी संस्कारको पनि प्रभाव देखिन्छ । सनातन धर्मको कट्टरता र ब्राह्मणवादी जातिभेदको विरोधमा विद्रोह गर्नुमा बुद्धको दर्शनमा प्रगतिशील अंश भए पनि बुद्धधर्ममा पनि आध्यात्मवाद र व्यक्तिवादको संस्कार विद्यमान छ । माक्र्सवाद र बुद्ध धर्मका दुवै प्रभाव मिलेर कहीँ प्रगतिपथमा दरिलो पारी अग्रसर हुन मद्दत पु¥याएको छ भने कहीँ यी दुवैको द्वन्द्वले कविलाई लक्ष्यहीन बनाएको छ । जे जति यी दुवैको प्रभाव भए पनि “भियतनाममा बुद्ध पूर्णिमा” “भियतनामय् स्वांया पुन्ही” जस्तो कवितामा एक स्पष्ट प्रगतिवादी बाटो कविले समाउन सकेको देखापरेको छ ।
माथि उल्लिखित आशावादको बाटो पछ्याई प्रगतिवादी कविता उहाँको कलमबाट सिर्जना हुने हामीले आशा गरौँ ।
(यो लेख “जिः जिगु वर्तमान” पुस्तकमा नेपाल सम्वत् १०९४ मा अर्थात् वि.सं. २०३१ मा प्रकाशित भएको हो ।)
अनुवाद  — लक्ष्मी माली

दास र देउताहरू
मिश्र वैजयन्ती

देउताहरू मन्दिरभित्र
गर्मी र चिसोको आक्रमणलाई खेपिरहेछन्
सोचिरहेछौँ हामी
तिनी हाम्रै लागि
अहोरात्र कष्ट खेपिरहेछन् ।

खसीका टाउका चढाउने हामी हौँ
परेवाका घाँटी निमोठेर
हृदयका पीडा निकालेर
आँसुले कायरताको चिनो उभ्याएर
हामी नै टेक्छौँ
हाम्रा आफ्नै घुँडाहरू ।

राँगा चढायौँ
कुखुरा चढायौँ
पूmल र नैवेद्य पनि चढायौँ
आफ्ना मर्यादा चढायौँ हामीले
आफूलाई बिर्सिएर –
हाम्रा इज्जत चढायौँ
यद्यपि मान्छे पनि चढायौँ
देउताका नाममा भोग चढाउने
राम्रा र असल वस्तु केही बाँकी राखेका छैनौँ हामीले ।

जन्मेर शिवहरू
जागेर कृष्णका तुमुल इच्छाहरू
व्युँझेर विष्णुत्वहरू
अदालतबाट निवृत्त रामहरू
समयको मञ्जुषामा
उन्नतिको लाहाछाप मार्ने युगनायकहरू
लिङ्ग पुजेर संस्कार जोगाउनुपर्ने शिवको
अस्मिता सुम्पेर पूजा गर्नुपर्ने विष्णुको
रहरको बलिदानी दिएर चित्त बुझाउनुपर्ने कृष्णको
आफू मरेर मर्यादा उजिल्याउनुपर्ने रामको ।

तिनले भोग मागिरहँदा
भोग दिइरहने हामी हौँ ।
लुछिरहँदा लुछाइरहने हामी हौँ ।
देउतालाई त्रूmर र राक्षस बनायौँ
आफैँ पालिएर पालनकर्ता बनायौँ । ००

निबन्ध
ताप र तपाइ
मित्रलाल पंज्ञानी

मान्छेहरू निभेको आगो कसैले तापेन भनेर गुनासो गर्दै हिँड्छन् । तिनीहरू बैगुनी र स्वार्थी भएको आरोप लगाउँछन् । उनीहरूको भनाइअनुसार निःस्वार्थ र विवेकी मान्छेहरूले निभेको आगो ताप्नुपर्छ । कस्तो नसुहाउदो कुरा ! तापै आउँदैन भने के ताप्ने ? तापबिनाको तपाइ मूर्खता हो । कसैद्वारा विवेकी भनिनको लागि म निभेको आगो ताप्न तयार छैन । आगो त बलेकै ताप्नुपर्छ ।
बलेको आगो ताप्ने हो भन्दैमा जहाँ पायो त्यहीँ पञ्जा फिँजाउन पनि सकिन्न । जुद्धशमशेरहरूले मेरा देशबन्धुहरूको हत्या गरे, तिनलाई सल्काए र आगो ताप्न बसे । मेरा प्रिय वर्गबन्धुहरूको ज्यान ह्वाहर््वार्ती जल्यो । उहाँहरूलाई घसेटातुल्य ठानेर आगो ताप्न त सक्तिन नि म, बरु कठ्याङ्ग्रिएर मर्छु । कसैलाई नडसिकन र कसैद्वारा नडसिइकन बाँच्न चाहनेले विवेकले सल्काएको आगो ताप्नुपर्छ । अन्याय र पापले सल्काएको आगो ताप्नुहुँदैन ।
आगो ताप्न चाहनेले कि आफैँ बाल्नुपर्छ कि अर्काले बालेको आगो खोज्नुपर्छ । आफैँले बालेर मात्र ताप्नुपर्छ भन्ने छैन, तर आफैँ बालेर ताप्नु अरूको आगो ताप्नुभन्दा अवश्य राम्रो हो । आफैँ बाल्ने नाममा विवेकलाई दाउरा बनाइयो भने त्योभन्दा ठूलो दुर्भाग्य अर्को हँुदैन ।  भाइको घरमा आगो लगाएर आपूmले ताप्नेहरू पनि पाइन्छन् । धर्तीमा जे रोप्यो त्यही उम्रन्छ । धान रोपेको ठाउँमा धानै उम्रन्छ । पे्रम रोपेको ठाउँमा प्रेम नै उम्रन्छ । हिंसा रोपेको ठाउँमा हिंसा नै उम्रन्छ । यस हिसाबले हेर्दा भाइको घरमा आगो लगाउनेहरूको घर सदैव असुरक्षित रहन्छ । आगो त लुकेर लगाउन पनि सकिन्छ । तर त्यो लुकाइ भ्रममात्र हो । प्रकृतिको समग्र रचना यस्तो छ कि रहस्यदर्शी चेतना सर्वत्र छरिएको हुन्छ । सूक्ष्म विश्लेषकको नजरमा त्यो रहस्य नै यथार्थ र पारदर्शी तथ्यका रूपमा उपस्थित भैदिन्छ ।
ताप्दाताप्दैको आगो निभ्यो भने के गर्ने ? बुद्धिअनुसारका विकल्प छन् । मान्छेको एकोहोरो जात कहिलेकाहीँ त निभेकै चाल पाउँदैन । खासमा ताप नआए पनि आदतवश तातेको भ्रममा आगोतिरै हात तेस्र्याउँछ । शरीर शीताङ्ग भएर मूच्र्छा परुन्जेल तापिरहन्छ । सुस्त मनस्थितिको मान्छे निभेको चाल नपाएर त्यहीँ तापिरहन्छ । अयथार्थवादी भावुक मान्छे अतीतमा न्यानो दिएको गुनले कृतज्ञ हुँदै निभे पनि तापिरहन्छ । औसरछोपुवा परजीवी कहाँ कसले आगो सल्काएको छ खोज्दै हिँड्छ । ताकछोपुवाहरूलाई स्वाभिमानको ज्ञान हँुदैन, जसको आगो ताप्न पायो उसैको भक्ति गाउँछन् । ‘तँलाई ताप्न दिन्न’ भन्छ कि भन्ने भयले सधैँ त्राहिमाम त्राहिमाम भइरहन्छन् । यिनीहरूले कहिल्यै पनि मानव हुनुको महत्तम अनुभूति प्राप्त गर्न सक्दैनन् ।  ००

चिनारी

जुआन गेल्म्यान पढ्दै जाँदा
वासुदेव अधिकारी
शब्द संयोजन साहित्यिक मासिकको शिखर व्यक्तित्वको लागि उपयुक्त पात्र खोज्दै थिएँ । इन्टरनेटमा असङ्ख्य साहित्यकारहरूको बारेमा पढ्दै – खोज्दै गएँ । खोज्दै जाँदा अर्जेन्टिनाको विख्यात कवि फेला परे– जुआन गेल्म्यान । जुआन गेल्म्यान अत्यन्त प्रखर, त्यागी एवम् क्रान्तिकारी छवियुक्त माक्र्सवादी कवि रहेछन् । उनको बारेमा भेटिएका तथ्य मलाई निकै रोचक, प्रेरणामूलक एवम् पठनीय लाग्यो । पढ्दापढ्दै उनी झन्झन् तेजिला हुँदै गए, त्यागको प्रतिमूर्ति देखिँदै गए, सङ्घर्षको पुञ्ज महसुस हुँदै गए । म प्रभावित हुँदै गएँ– उनीसँग । अरू पढ्दै गएँ, अरू खोज्दै गएँ । केही कविताहरू भेटिए – अत्यन्त सुन्दर, अत्यन्त सरल । माक्र्सीय दृष्टिकोणले ओतप्रोत उनका कवित्व दक्षिण अमेरिकामा साँच्चिकै प्रखर मानिँदोरहेछ । खूब पढ्न मन लाग्यो गेल्म्यान मलाई । खोजिरहेछु उनबारे । विश्वले सह्राएको उनको कवित्व हामीले पढ्नु त छ छ, उनको जीवनसङ्घर्षबाट पनि हामीले धेरै सिक्नु जरुरी छ ।
जुआन गेल्म्यान अर्जेन्टिनाका विख्यात कवि हुन् । सन्१९३० मे ३ मा ब्युनर्स आयर्सको भिल्ला क्रेस्यो निवासमा जन्मिएका गेल्म्यान रसियाली जेजस मूलका तेस्रो पुस्ताका व्यक्ति थिए । एघार वर्षको उमेरमा छिमेकी केटीसँग प्रेमालाप भई लेखनारम्भ गरेका उनले सोही वर्ष आफ्नो कविता प्रकाशित गरेका थिए ।
कवि गेल्म्यान काव्यरचना, जीवनसङ्घर्ष र सामाजिक राजनीतिक आन्दोलन सबै क्षेत्रमा अग्रपङ्क्तिमा छन् । कमै कविहरूले भोग्नुपरेको छ उनले जस्तो सङ्घर्षपूर्ण जीवन । उनी सानैदेखि विद्रोही स्वभावका थिए । १५ वर्षको उमरेदेखि कम्युनिष्ट युथमा काम गरेका गेल्म्यान लामो समयसम्म बाम राजनीतिमा सक्रिय भए । कवितालेखन र राजनीतिक कर्मलाई समानान्तररूपमा अघि बढाए उनले । सन् १९६४ मा कम्युनिष्ट पार्टीले दक्षिणपन्थी कार्यनीति अख्तियार गरेपछि भने उनी पार्टी राजनीतिबाट अलग भए । यथास्थितिवादी एवम् प्रतिगामी सत्तासँग अविराम सङ्घर्ष गर्ने गेल्म्यान ४५ वर्षका हुँदासम्म राजनीतिकरूपमा सक्रिय भए । खासमा उनी राजनीतिमा भन्दा पनि काव्यलेखनमा सक्रिय थिए । राजनीतिक विषयवस्तुलाई नवीन लयमा प्रस्तुत गर्न खप्पिस गेल्म्यानले एकपछि अर्काे काव्यकृति प्रकाशन गरिरहे । सन् १९५६ देखि हालसम्म उनका २ दर्जनजति काव्य कृति प्रकाशित भइसकेका छन् ।
सङ्घर्षै सङ्घर्षले भरिएको उनको जीवन साँच्चिकै चर्चित, चोटिलो र घाउपूर्ण छ । अर्जेन्टिनामा सन् १९७६ मा सैनिक कू भएपछि उनी करिब १२ वर्ष विदेश (युरोप) निर्वासनमा रहन बाध्य भए । सन् १९७६ मै उनका छोरा मार्सेलो र २० वर्षे गर्भिणी बुहारी मारिया क्याउडिया (त्यतिबेला उनको गर्भ साँढे आठ महिनाको थियो) दुवैलाई सेनाले घरबाट गिरफ्तार ग¥यो । सन् १९७७ को प्रारम्भमा दुवै जना उरुग्वेको यातना शिविरमा  मारिए । मारिनुपूर्व उनकी बुहारीले छोरी पाएकी थिइन् । सो बच्चालाई उरुग्वेकै निःसन्तान एक सैनिक परिवारलाई पाल्न दिइयो । धेरैपछि मात्र यो रहस्य खुल्यो । छोराबुहारी दुवै गुमाएका कविले सन् २००० मा मात्र आफ्नी नातिनीलाई भेट्न पाए । नातिनी म्याकेरेलालाई सन् २००१ मा मात्र उनले प्राप्त गर्न सके । विख्यात कवि हजुरबालाई पाएपछि नातिनीले आफ्नो थर गेल्म्यान राख्न थालिन् । उनको प्राप्ति विश्व बौद्धिक समुदायको निम्ति ठूलो चासोको विषय थियो । सोका लागि नोबेल पुरस्कार प्राप्त मार्खेज, वोले सोयिन्का, गु्रन्टर ग्रास, अक्टोभियो पाज र जोसे सारामागो सहित १०३ देशका छ सयजति लेखकहरूले अर्जेन्टिनाको सैनिक शासकलाई पटकपटक पत्र लेखेका थिए । निर्वासन सकिएपछि उनले ब्युनर्स आयर्समा नै पत्रकारिता पेसा अँगाले । उनी पागिना १२ नामक पत्रिकामा काम गर्थे । हाल उनी आफ्नी श्रीमतीसँग मेक्सिकोमा बस्छन् । पागिनामा उनी लेखिरहन्छन् ।
सन् १९७६–८३ को अवधिमा बामआन्दोलनलाई दबाउने हेतु अर्जेन्टिनामा सञ्चालित ‘डर्टिवार’ प्रकोपित व्यक्ति हुन् गेल्म्यान । उनका कृतिहरू लामो समयसम्म आफ्नै देशमा प्रतिबन्धित भए । पीडा, जलन र लखेटाइको ज्यूँदो साक्ष्य भएकाले गेल्म्यानका कृतिहरूमा उनको आत्माको आवाज पाइने समालोचकहरूको ठम्याइ छ । गेल्म्यानको कविता मानवीय पीडा, परिवर्तनको स्वर एवम् निरङ्कुशताविरोधी गायनको मूर्त रूप हो । निरङ्कुशताको काँडा उनको हृदयको जति गहिरो समकालीन अन्य लेखकमा नपाइन सक्छ । त्यही काँडाको झस्काइले सुन्दर कविता लेख्न लगाएको छ उनलाई । सर्वाधिक मीठा, घतलादा र सुन्दर बान्की÷भावका कृति रचना गरेबापत उनले सन् २००७ मा स्पेनी भाषाको सर्वाधिक चर्चित पुरस्कार (९०४५० यूरो राशीको) सेर्भेन्टेजका साथै जुआन सल्फो, अर्जेन्टिना नेशनल पोइट्री, ल्याटिन लिटरेचर, पाब्लो नेरुदा इटेरियन अमेरिकन एवार्ड आदि प्राप्त गरेका छन् । दक्षिण अमेरिकामा उनी अत्याधिक रुचाइने र पढिने कविका रूपमा विख्यात छन् । उनको कवित्व, जीवन, त्याग एवम् समर्पणबाट नेपाली लेखक–पाठकहरूले धेरै कुरा सिक्न सक्छन् । सानो अवसर वा दुःखमा अतिशय सम्वेदित हुने रोगबाट मुक्त हुन उनीबाट पाइने प्रेरणा कालजयी हुनसक्छ । जीवन र कविता दुवै पढौँ जुआन गेल्म्यानको ।
गेल्म्यान ऊर्जा हुन् हाम्रा लागि । स–साना निहुँमा पार्टी बन्ने र भत्किने, पार्टी ज्वाइन वा रिज्वाइन गर्ने विशेष परिपाटी भएको मुलुकका बौद्धिकहरूले झन् पढिरहनुपर्छ उनलाई । क्रान्तिकारी भएवापत उनले निकै गोता खेपे तर क्रान्तिकारितालाई किमार्थ तिलाञ्जली दिएनन् । उनी क्रान्तिकारी बन्नका लागि उग्र क्रान्तिकारी लज्फाजीको पछि लागेनन् । उनी आपैmँ त्यागको जीउँदो प्रतिमान बने, सिर्जनाको अनुपम धरोहर भए । दुःखले गुँड लगायो उनको जीवनमा, त्रूmर दमनले सोतर बनायो उनको परिवार तर पनि उनी विचारमा दृढ भइरहे । अकल्पनीय लाग्ने वित्यास खपे उनले, असहनीय लाग्ने पीडा पिए उनले तर पनि उनी सिर्जनाविमुख भएनन् । सङ्घर्ष, त्याग र सिर्जनको त्रिवेणी गेल्म्यानको कवित्व साँच्चै प्रेरक छ मेरा लागि । अवसरवादी नेपाली बुद्धिजीवीहरूले झन् पढ्न पर्छ गेल्म्यानलाई । तुच्छतापूर्ण मनसुवाको आवरणमा देखिने छद्म क्रान्तिकारिताप्रति चरम घृणा छ मलाई । सम्झ्यो कि वान्ता हुन्छ । तर गेल्म्यान ? नचिनेरै पनि चहक प्रदान गर्छन्, सम्झिँदा पनि उत्प्रेरित गर्छन् असल कार्यका लागि । नित्य गनगन, आत्मश्लाघा तथा स्वार्थप्रेरित क्रान्तिकारीहरूको विश्व बगालमा गेल्म्यानको व्यक्तित्व साँच्चिकै चहकिलो छ । ७८ वर्षीय कविले धेरै लेखून् अझै ।
००

कविता
एक लुङ पोते
विष्णु सुवेदी

जन्तीहरू साक्षी राखेरै
उसले मसँग रातभरि
खेलरह्यो सुपारी खेल
सबैले देख्ने गरी
मेरो खोल्साजस्तो सिउँदोमा
रङ्गायो रातो सिन्दूरले

हो त्यसै बेला
उसले लाइदियो मेरो गलामा
एक लुङ पोते
जीवनभर जूठो नखाएकी म
झुक्याएर खुवायो जूठो पनि
सबै हाँस्दा लाजले
रातो भएँ म

खाँडो जगाइहे
खिसीटिउरी गरिरहे
म रातभर उत्सुकता बाँचिरहेँ

बिहान सबेरै
पल्ला गाउँको दर्जीले
बेस्सरी बजायो कर्नाल
हिँड्न थाले जन्तीहरू
बोकेरै डुलाए मलाई बिहेको जग्गे
र पु¥याए तल चौतारीसम्म

फर्किने बखत –
गहभरि आँसु पारेर
भन्नु भो बाले
पाले पुण्य मारे पाप
यसरी भयो हजुर मेरो बिहे
यसरी भए हजुर म उसकी स्वास्नी ।

पढेकै छ जागिर खान्छ
ठूलोभन्दा असल छ रे
यसै भन्थिन् आमाले

पहिला तिमीबिना बाँच्न सक्तिनँ भन्यो
र पछि ऊ आपैmँ फेरियो

सहनुको पनि सीमा हुन्छ नि
जुत्ता फुकाल भन्यो
खुट्टा ढोग भन्यो÷तेल घस भन्यो
पानी अचाएर खा भन्यो
भनिरह्यो तँलाई मैले किनेर ल्याएँ
आजदेखि म बोले हुन्छ
आजदेखि म हिँडे पुग्छ

हो यसरी नै उसले मेरा रहर मा¥यो
पैताला खुम्चायो
र बनायो कैदी
एक लुङ पोतेको दाम्लोले

एक्काइसौँ शताब्दीमा –
मानेन हजुर यो स्वाभिमानी मन
यो चेतनशील मस्तिष्क
यो दयालु हृदय

रुइनँ हजुर त्यतिबेला पनि
अरूजस्तो एक्लो
बरु मलाई बाँध्ने एक लुङ पोतेको दाम्लो
चँुडाएर आएँ सधैँका लागि
सबै बगाएर आएँ सिउँदोको सिन्दूर

अहिले म,
पहिलेकै जस्ती भएकी छु
स्वतन्त्र र मुक्तिकामी
निडर र स्वाभिमानी
मलाई चाहिएन हजुर
एक लुङ पोतेको दाम्लो
र,
दाम्लोमा बाँधिएको खुसी

एक्लो हिँड्न सक्छु म
एक्लो बाँच्न सक्छु म
पहाड भएर ............।
००

कथा
चिसो जुनेली रात
हरिहर खनाल
आकाश छ्याङ्ग खुलेको थियो । गोधूलि साँझमा पश्चिमको
क्षितिजरेखा र त्यसको आसपासमा अबीर छरिएको थियो । पूर्वतिर भने पूर्णिमाको जून भर्खरै डाँडाका कापबाट बाहिर निस्केर बिस्तारै माथितिर घस्रँदै थियो । सम्पूर्ण प्रकृति चन्द्रमाको त्यो स्निग्ध, शीतल छहारीमा नुहाएर शान्त मुद्रामा सुतिरहेजस्तो देखिन्थ्यो । मङ्सिर महिनाको अन्त्यतिरको त्यो साँझमाथि शिशिरऋतुका प्राथमिक सङ्केतहरू क्रमशः देखिन थालेका थिए । बाहिरको वातावरणमा चिसो मौसमको प्रभाव दिन–प्रतिदिन घनिभूत हँुदै गैरहेको थियो । ल्याम्पपोष्टबाट बाहिरतिर हुत्तिएको बिजुलीको उज्यालो सडकभरि छरिएको थियो । धरतीमा भर्खरै साँझ खसेको थियो, तर त्यो सेरोफेरो भने सम्साँझै सुनसान हुन थालेको थियो । मानिसहरू सडकमा फाट्टफुट्ट मात्र हिँडिरहेका थिए । सहरका पसलहरू बिस्तारै बन्द हुँदै थिए । गाउँ फर्कने मानिसहरू तिनीहरूका वाहनको खोजीमा हतारहतार स्थानीय बसपार्कतिर लम्किइरहेका थिए । पैदल यात्रीहरू चामलका बियाँसरि सडकमा कताकति मात्र देखा पर्दै थिए ।
सहरको एक छेउमा रहेको सरकारी विद्यालयको घन्टी बजेपछि फोनिक्स साइकल पेलेर घरतिर लम्किइरहेको कृष्णबहादुर झन्डै तीन किलोमिटर परको उसको घरमा पुग्दा गाउँको सडकमा एकजना पनि मानिस भेटिएन । सडक सुनसान थियो । त्यसको बाटोमा अल्मल्याउने कोही थिएन । एक प्रकारले उसलाई सजिलो पनि भयो । सरासर बाटो काट्न पाएको स्थिति थियो त्यो । अर्को हिसाबले हेर्दा त्यसलाई भित्रभित्रै त्यसै अत्यास लागेर आयो ।  विगत बीस वर्षदेखि ओहोरदोहोर गरिरहेको उसको त्यो सुपरिचित ठाउँ पनि यति बेला त्यो सुनसान, त्यो चकमन्न वातावरण बीच कताकता बिरानो लाग्न थालेको थियो । मनमा अलिकति नियास्रोपन र अलिकति उकुसमुकुस बोकेर घरको बाटो लम्किइरहेको त्यसले पीपलचोकमा पुगेपछि त्यसको घर अगाडिको पोलमा बिजुली बत्ती झल्ल बलिरहेको देख्यो । बिजुलीको उज्यालोमा आँगन र गोठतिर मान्छे हिँडेको परैबाट देखियो । घरै नजिक पुगेपछि उसले देख्यो, सरिता भर्खरै भैंसी दुहेर फर्कदै थिई ।
“कति ढिलो गर्नुपरेको हो घर फर्कन पनि ? जुग–जमाना यस्तो छ !” ऊ आँगनमा पुग्न पाउँदा–नपाउँदै सरिताले भनी । कृष्णबहादुर केही बोलेन । उसलाई थाहा थियो, सरिताको कुराको स्पष्टिकरण दिनु भनेको विवादको सिर्जना गर्नु हो । यद्यपि राजमार्गको लामो सवारी जाँचमा उसले लामै समय लाममा बसेर सडक पार गर्नु परेको थियो, तथापि त्यसले त्यो कुरा त्यहाँ दोहो¥याएन । त्यो समयमा सडकमा उसले जे देख्यो त्यो सबै सुनाएर साध्ये लाग्ने कुरा पनि थिएन । बिहान राजमार्गछेउ पुग्दा हातमा थ्री नट थ्री बोकेको एकजना सैनिक झलक्क हेर्दा पहलमानै हो कि जस्तो लाग्ने अर्को एकजना नागरिकलाई बीच सडकमा समातेर गालैगालामा चड्कन लगाइरहेको थियो । बाहिरबाट हेर्दा निकै बलियो बाङ्गो देखिने त्यो युवक दुवै हातले आफ्नो अनुहार छोपेर त्यसको प्रहारबाट जोगिने निरर्थक प्रयत्न गरिरहेको थियो । बटुवाहरू, रमितेहरू र त्यहाँ भएका जो कोही पनि चोर आँखाले मात्र त्यता हेर्थे र त्यहाँ मानौ केही भएकै छैन, तिनीहरूले केही देखेकै छैनन् कि झैं गरी त्यै बाटो भएर आउने र जाने गरिरहेका थिए ।
चेकपोष्टको पल्लो छेउमा पुगेपछि कृष्णबहादुरले त्यै दिन बिहान अर्काे एउटा दुर्घटना देख्यो । सबारी साधनहरू विस्तारै घस्रँदै सडकबाट अगाडि बढिरहेका थिए । ती सबारी साधनमा सबार यात्रुहरू आआफ्ना हाते झोला भिरेर सेनाको प्रत्यक्ष निगरानीमा सडकको त्यो खन्ड पैदल हिँडेर छिचोलिरहेका थिए । तिनीहरूका आँखा एक्कासी सडककिनारा उत्तरपट्टिको खेतको डिलमा पर्न पुगे । एउटा ठिटो सैनिक एकजना अधबैंसे मानिसलाई घोक्य्राउँदै खेतबाट बाहिर ल्याउँदै थियो ।
“यो ठाउँमा किन मुतिस् ?” त्यो जवान अधबैंसेलाई हकार्दै थियो ।
“चिसोले खप्नै सकिन । अँसी आलीको छेल परेर बसेको हुँ बाबु ।” त्यो स्पष्किरण दिँदै थियो ।
“यतिका मानिसले देख्ने गरी मुत्न तँलाई लाज लागेन ?” त्यसको कठालोमा समातेर त्यो कड्किइरहेको थियो । त्यहाँ पनि बटुवाहरू छड्के आँखाले तिनीहरूतिर हेर्दै मानौ केही पनि भएको छैनझैं गरी बाटो लागिरहेका थिए ।
कृष्णबहादुर खुला आकाशमुनि सास फेरिरहेको थियो, तर त्यसले त्यस प्रकारको सजिलो महसुस गर्न छाडेको धेरै समय भैसकेको थियो । ऊ त्यसैत्यसै थिचिएको, मिचिएको र पिसिएको अनुभव गथ्र्यो । पैंतालिस वर्षे त्यसको यो जीवनमा त्यति असजिलो स्थितिको उसले त्यस अघि कहिल्यै अनुभव गरेको थिएन । उसले देखिरहेको थियो, त्यसका छिमेकीहरूका अनुहारको मुस्कान हराएको छ । त्यसका सहकर्मीहरूको हाँसो लोप भएको छ, त्यसका स्वजनहरूको खुसी विलुप्त भएको छ । यो दुनियाँ के भएको होला भन्ठानेर ऊ घरिघरि टोलाउन थालेको थियो । ऊ मात्र होइन, उसले जसलाई पनि उसैको स्थितिमा देख्न थालेको थियो । देशमा सङ्कटकाल लागेको पन्ध्र दिन पनि नपुग्दै मानिसहरूमा एउटा भयङ्कर विषादको सुरुआत भएको उसले महसुस गर्न थालेको थियो ।
“छोराछोरी सबै आइसके ?” सरितासित बोली मिसाउने सिलसिलामा कृष्णबहादुरले सोध्यो ।
“अँ सबै फर्किसके ।” बरन्डातिर उक्लँदै सरिताले भनी । उसको पछिपछि कृष्णबहादुर पनि भित्र पस्यो र त्यसपछि तिनीहरूले तत्कालै ढोका लगाए ।
रातको करिव आठ बजेको आसपासमा तिनीहरूले खानपिन गरीवरि घरधन्दा सके । त्यसपछिको काम भनेको ओछ्यान रुङ्ने नै हुन्थ्यो । त्यति चाँडै कसैलाई पनि निद्रा लाग्ने बेला भैसकेको हुँदैनथ्यो, तर त्यो एक किसिमको बाध्यता थियो । सारा गाउँ चकमन्न भैसक्थ्यो । बत्ती निभाएर ओछ्यानमा पल्टिएपछि कृष्णबहादुरले झ्यालबाट बाहिर हे¥यो, पूर्णिमाको जून छताछुल्ल भएर धरतीभरि पोखिएको थियो । रात पनि दिउँसैजस्तो देखिएको थियो । उसको घर अगाडिबाट गएको सडकमा गाडा र गाडीका चक्काले पेलिएर अलिकति कुलेसो परेको भागसमेत प्रष्टै देखिएको थियो । सडक र सडक पारिको सपाट फाँट र त्यो सम्पूर्ण सेरोफेरो जूनको उज्यालोमा नुहाइरहेको थियो तर त्यहाँ कुनै गति थिएन । परतिरबाट आएको कुकुर भुकेको आवाजबाहेक  वातावरण विल्कुलै सुनसान थियो । कृष्णबहादुरले उसको विगततिर फर्केर हे¥यो, त्यहाँ धेरै कुरा फरक थियो । ऊ बिना हिच्किचाहट निर्धक्क भएर कुनै पनि समयमा घरबाट बाहिर निस्कन्थ्यो र त्यसरी नै घर फर्कन्थ्यो । रात र दिनमा त्यसलाई कुनै पनि अन्तर भएजस्तो लाग्दैनथ्यो । तर अबको स्थिति भने त्यस्तो छैन । साँझ पर्दा–नपर्दै मानिसहरू घरभित्र छिरिसक्नु पर्ने एक प्रकारको वाध्यता छ । त्यसपछि एउटा सिङ्गो जुग जत्तिकै लामो लाग्ने रात चिप्लेकीराको गतिमा घस्रन थाल्दछ । उज्यालो खस्नुअघि कोही पनि बाहिर निस्कन मान्दैन ।
    कृष्णबहादुर ओछ्यानमा पल्टिएको निकैबेर भैसक्यो तर त्यसका आँखामा निद्रा पर्ने कुनै लक्षण देखिएन । ऊ यसो चल्मलायो र बिस्तारै कोल्टे फर्कियोे । देख्यो, सरिता पनि निदाएकी छैन । छोराछोरी भने सुत्न बाँकी नै छ । तिनीहरू दुवै परीक्षाको तयारीमा छन् र आआफ्ना कोठामा अध्ययनमा व्यस्त छन् ।
“सरिता ?” कृष्णबहादुरले बिस्तारै सरितालाई बोलायो । दिनभरिको घरधन्दा र यावत् कामको बोझले गलेका तन्तुहरूलाई बिश्राम दिइरहेको शरीरलाई शिताङ्ग छाडेर सरिता बिस्तारै बोली ः“हजुर !”
कृष्णबहादुरलाई थाहा थियो सरिता निकै थाकेकी छ । त्यसको नियमित दैनिक काममा कुनै फेरबदल देख्तैन ऊ । सरिताको तुलनामा बरु ऊ आपूmलाई सुखी सम्झन्छ । विगत २५ वर्षदेखि ऊ नित्य त्यै काममा लागिरहेको छ । अलिकति वुद्धि लगाउनुपर्ने, त्यत्ति हो । कुनै शारीरिक श्रम गर्नुपर्ने प्रकारको काम छैन उसको । ठीक समयमा स्कुल जानु, आफ्नो कक्षामा पुगेर पढाउनु र छुट्टी भएपछि घर फर्कनु । यो उसको नियमित काम हो । हिउँदको समयमा घाम चाँडै नै लोलाउन थाल्छन् । साँझ पनि झट्टैनै धरतीमा खस्छ । तर त्यो कुराले पनि उसलाई धेरै फरक पार्दैन । छुट्टी हुनासाथ सहकर्मी साथीहरूसित ऊ पनि विद्यालयको प्राङ्गणबाट बाहिर निस्कन्छ र मूलसडकमा पुग्नेवित्तिकै साइकल पेलेर घरको बाटो सोझिन्छ । विगत लामो समयदेखिको उसको त्यो नियमित कार्य आजपर्यन्त जारी छ । देशमा सङ्कटकाल लाग्नुपूर्व त्यो एकनासको काम सधैँनै उस्तै लाग्थ्यो, तर पछि आएर बाटोघाटो, गौँडागल्छी सरकारी गुप्तचरहरू छरिएर बसेका छन् र मूल सडकमा समेत हरेक पल मानिसहरूका पाइलापिच्छे तिनीहरूले शङ्कालु नजर फिँजाइरहेका छन् । त्यो त्रासदीपूर्ण वातावरणको असर आजभोलि गाउँबाट शहर पुग्ने मानिसमा मात्र नभएर गाउँघरमा नै घरधन्दा रुँगेर बस्ने सरिताजस्ता घरेलु महिलाहरूमाथि पनि पर्न थालेको छ । कृष्णबहादुर ठान्छ, सरिताका तुलनामा ऊ धेरै सुखी छ । सरिताले झैँ उसले रातदिन चुलोचौकोमा समय बिताउनुपर्दैन । कहिलेकाहीँ छोराछोरीले पनि पालो दिन खोज्छन् तर सरिता भने, तिनीहरूलाई सामान्य लाइमिली गर्नुबाहेक पूरै व्यवहार छाड्न पटक्कै खोज्दिन । त्यसै बस्न त सरिताको मनै मान्दैन ।
आफ्नै तन्द्रामा रुमल्लिइरहेको कृष्णबहादुर कति बेला निदाएछ कुन्नि, त्यसले आफै थाहा पाएन । सरिता पनि झकाइछ । पातलो तन्द्रामा परेका बेला एकाएक ढोका ढक्ढक्याएको आवाज आयो, त्यसपछि कृष्णबहादुरको निद्रा खल्बलियो । उसले टाउको उठाएर बाहिरतिर हे¥यो, टहटह जून लागिरहेका थिए । जूनको उज्यालो सर्वत्र फैलिएको थियो, तर बाहिर आँगनमा भने कोही पनि देखिएन । उसले सरितालाई पनि घचेटेर उठायो र साउतीको स्वरमा केही भन्यो । त्यै बेला फेरि ढोका ढक्ढक्याएको आवाज आयो । ऊ उठ्यो र “को हो ?” भन्दै अलि ठूलो स्वरले सोध्यो ।
“हामी हौं सर । ढोका खोल्नोस् ।” परिचितझैं लाग्ने एउटा स्वर सुनियो । तैपनि ती जोइपोइको मन ढक्क फुल्यो ।
कृष्णबहादुरले उठेर बत्ती बाल्यो र तल झ¥यो । झ्यालको पर्दा उचालेर बाहिरपट्टि हेर्दा उसले देख्यो, छ सातजना मानिसको जत्था बरन्डामा उभिइरहेको छ । उसलाई झन् डर लागेर आयो ।
“ढोका खोल्नुस् सर । हामी केही समयको लागि तपाईंकहाँ बसेर फेरि बाहिर जानु छ ।” पहिलेकै झैँ उही परिचित आवाज बोल्यो । उसले यसो चियाएर बाहिर हे¥यो । नवआगन्तुकहरूको पहिलो लहरमा उभिएकी एउटी महिला आफन्तझैँ उसलाई सम्बोधन गर्दै थिई । त्यो जमातमा उसले उसको छिमेकी तेजबहादुर घर्तीलाई पनि देख्यो । कृष्णबहादुरको मन झन् डरायो । तेजबहादुर विगत सात वर्षदेखि जनयुद्धमा लागेर भूमिगत भएको थियो । उसले बुझ्यो, उसको बरन्डाभरि विद्रोहीहरू छन् । ढोका नखोली त्यसले धर पाएन । धर्मसङ्कटमा परेको त्यो मूलढोकामा पुग्यो र त्यसको गजबार खोल्यो ।
ढोका खुल्नासाथ तिनीहरू पालैपालो भित्र पसे र फेरि ढोका लगाए ।
“हामीले बिहानदेखि केही पनि खाएका छैनौँ सर । सबभन्दा पहिले हामीलाई भात पकाउने मेसो मिलाउनुप¥यो । भित्र पसेर अलिकति सुस्ताएपछि सहज हुने प्रयत्न गर्दै तेजबहादुरले भन्यो ।
“यति बेला सबै सुतिसकेका छन् । सबै जना दिनभरको कामले लखतरान परेका छन् ।” कृष्णबहादुरले भरसक पन्छाउने सुर ग¥यो ।
“त्यसको चिन्ता नगर्नुस् । सामलतुमल दिनोस् । हामी आफैँ पकाउँछौँ ।” उसले विल्कुलै सहज भावमा भन्यो । त्यसपछि भने स्थिति टार्न सकिने प्रकारको भएन । कृष्णबहादुरले सरितातिर हे¥यो । सरिता पनि ऊतिर नै हेरिरहेकी थिई । तिनीहरूका आँखा जुधे । मौन भाषामा अलिकति सल्लाह गरेझैँ ती दुवै भान्छाभित्र पसे । अब अलमल गर्नुको कुनै औचित्य थिएन । कृष्णबहादुरले सरितालाई चामल झिकिदिन भन्यो । ती दुवै मिलेर एकैछिन्मा दाल, चामल, नुन, तरकारी मसला आदि झिकिदिए र ती दुवै भान्छाबाट बाहिर निस्किए ।
नवागन्तुकहरू सबै अब भान्छामा पुगे । कसैले भात बसाल्ने तरखर गर्न लागे, कसैले तरकारी पकाउने साँगा मिलाउन थाले, कसैले तिनीहरूलाई सघाउन थाले ।
तिनीहरूले खाना खाइवरि त्यहाँबाट बिदा भएर तल्लो गाउँतिर सोझिँदा रातको करिव बाह्र बजेको हुँदो हो । तिनीहरू त्यहाँबाट हिँडेपछि घरका सबैले लामो सास फेरे र बत्ती निभाएर आआफ्ना ओछ्यानतिर लागे ।
लगभग एक घन्टा बित्यो, तिनीहरूका आँखामा निद्रा परेन । कसैलाई पनि निद्रा लागेको थिएन तथापि तिनीहरू चुपचाप ओछ्यानमा पल्टिइरहेका थिए । जूनको मधूरो उज्यालोलाई चिर्दै अलिकति घाइँघुइँसँगै उत्तरतिरबाट आएको गाडीको हेडलाइटको बत्तीले अगाडिपट्टिको बाटोमा प्रकाशको लामो धर्सा को¥यो । त्यो गाडी तिनीहरूको घरअगाडिको बाटोमा पुगेपछि रोकियो र त्यसबाट सशस्त्र सैनिकको एउटा सानु डफ्फा निकै पूmर्तिसाथ बाहिरतिर हामफाल्यो । प्रत्येकसित हातमा मेसिनगन थियो र तिनीहरू सबै सैनिक पोशाकमा थिए ।
कृष्णबहादुर र सरिताको हंसले ठाउँ छोड्यो । तिनीहरूको जीउ जिरिङ्ग फुलेर आयो । ढोका ढक्ढक्याएको आवाज सुनेपछि कृष्णबहादुरले बिस्तारै को हो भनेर सोध्यो ।
 “ढोका खोल् !” तिनीहरूको कमान्डरले कडा लवजमा हकारेर भन्यो । कुनै उपाय बाँकी थिएन । ऊ लुरुक्क परेर गयो र ढोका खोल्यो । त्यसपछि तिनीहरू ग्वारग्वारती भित्र पसे । घरका चोटाकोठा सबैतिर बत्ती बाल्न तिनीहरूले आदेश दिए । उसले त्यसै ग¥यो । तिनीहरूले सबै ठाउँ घुमेर घरका कुनाकन्तर छामे ।
“माओवादीलाई भात खुवाउने तैँ हैनस् ?” तिनीहरूमध्ये एकजनाले उसलाई हका¥यो ।
“खै कहाँ छ माओवादी ? देखा !” अर्कोले ऊतिर मसिनगन तेस्र्यायो । सरिता, कृष्णबहादुर, भर्खरै १२ कक्षामा पढ्दै गरेकी तिनीहरूकी छोरी प्रविना र छोरो अनिल सबैको अनुहार सोहोरिएर पहेँलो भयो ।
“मेरो बुबाको के बिराम छ र यस्तो अत्याचार गर्नुहुन्छ ?” प्रविना कड्केर बोली । कृष्णबहादुरले भित्रभित्रै अलिकति साहस थपिएको अनुभव ग¥यो ।
“ए, नेता चैँ त यो पो रैछे । ल यसलाई समात् ।” फौजीको नाइकेले आदेश दियो । त्यसको बोली भुइँमा खस्न पाउँदा नपाउँदै दुईजना बन्दुकेले त्यसलाई पाखुरामा समाते । त्यो जोडले कराई । कृष्णबहादुर, सरिता र अनिल सबैजना प्रविनाको एउटा पाखुरामा समातेर भित्रतिर तान्दै थिए, तिनीहरू बाहिरतिर । त्यै बेला मेसिनगनको मोहोराबाट निस्केको गोली कृष्णबहादुरको छातीमा गएर धसियो र त्यो हाँगाबाट खसेको चरासरि त्यहीँ ढल्यो । त्यो अत्यासलाग्दो चिसो जुनेली रातमा त्यो पूरै सेरोफेरो थर्कने गरी निस्केको बन्दुकको आवाज बिस्तारै हावाको तरङ्गमा पैmलँदै गयो र परपरसम्म पुगेर मानिसहरूका कानमा ठोकियो । तिनीहरूले त्यो आवाज सुने । तिनीहरू सबै बिउँझिए । तर, फेरि पनि तिनीहरू सास दबाएर भित्रै बसिरहे । कोही चल्मलाएन, कोही बाहिर निस्केन । आँगन कृष्णबहादुरको तातो रगतले लत्पतियो । सरिताहरू चिच्याएर रोइकराइ गर्न थाले । सैनिक टुकडी बिस्तारै पछि हट्यो र ती सबै गाडीमा खाँदिए । एकैछिनमा गाडी त्यहाँबाट विलुप्त भयो । एकदमै स्तब्ध भएको कृष्णबहादुरको परिवारका सबै सदस्यहरू त्यो चकमन्न, चिसो, निर्जन रातको छातीलाई चिर्दै चिच्याउन थाले ।
निकै बेरपछि प्रविनाले कृष्णबहादुरको निधारमा हात राखी । त्यो पूरै शीताङ्ग भैसकेको थियो ।                                                      – धापासी ७, काठमाडोेै
  समालोचना

कवि रामप्रसाद ज्ञवालीको ‘एकादेशमा’
(खण्डकाव्य २०६१) मा गणतान्त्रिक चेतना
साधुराम बाँस्कोटा

कवि परिचय
समकालीन नेपाली प्रगतिवादी साहित्यसृजना र समालोचनाका फाँटमा प्रखर व्यक्तित्वका रूपमा परिचित रामप्रसाद ज्ञवाली मानवीय जीवन र मूल्य स्थापनाका निम्ति अनवरत क्रियाशील साहित्यिक साधक एवम् सङ्घर्षशील व्यक्तित्व हुन् । २०२४ सालमा गुल्मीमा जन्मिएका ज्ञवाली संस्कृतमा शास्त्री र नेपालीमा एम्.ए.सम्मको शिक्षा हासिल गरी हाल प्राध्यापन पेसामा रहेका छन् । शिक्षण पेसाका अतिरिक्त साहित्यका विविध विधामा कलम चलाउने ज्ञवालीको साहित्यिक–यात्रा २०४० मा भारतको हरिद्वारबाट प्रकाशित हुने सगरमाथा पत्रिकामा प्रकाशित ‘हाम्रो कर्तव्य’ शीर्षकको कविताबाट प्रारम्भ भएको थियो । साहित्य–साधनामा दुई दशक पार गरिसकेका ज्ञवालीका हालसम्म ‘विवश आँसु’ (नाटक, २०४४) ‘परिवर्तनका मोडमा’ (उपन्यास, २०५०) ‘जीवनका घुम्तीहरू’ (उपन्यास, २०५३), ‘औँसीका पूmलहरू’ (महाकाव्य, २०५३) ‘पुतली र झुसिल्कीरा’ (कवितासङ्ग्रह, २०५९), ‘एकादेशमा’ (खण्डकाव्य, २०६१) ‘आख्यानकार पारिजात’ (समालोचना, सहलेखन, २०५८) ‘सानी परेवी र बाज’ (बालउपन्यास, २०६१) ‘असुर ग्याँस’ (कवितासङ्ग्रह, २०६२) ‘सम्पत्ति’ (एकाङ्कीसङ्ग्रह, २०६३) ‘पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या’ (सैद्धान्तिक समालोचना, २०६३) ‘फुटकर कविताका केही बान्कीहरू’ (व्यावहारिक समालोचना, २०६४) गरी एक दर्जन मौलिक, सिर्जनात्मक एवम् समालोचनात्मक कृतिहरू प्रकाशित रहेका छन् ।
रामप्रसाद ज्ञवालीका कला र गलाका धनी, छन्दका पारखी व्यक्तित्व हुन् । नेपाली साहित्यको कविता विधामा मर्न लागेको छन्द कविताको परम्परालाई नवप्राण दिने ज्ञवाली छन्द कविताको पुनर्जागरणको सक्रिय नेतृत्व गर्ने छन्दकविहरूमध्येका अग्रज कवि हुन् । समाजका यथार्थलाई टपक्क टिपेर भाव र विचारले रङ्ग्याइ छन्दगत लय माधुर्यताले साह्रै मीठोसँग कुँदेर प्रस्तुत गर्ने ज्ञवालीका हरेक कविता र कविताभित्रका पङ्क्तिले पाठकको हृदय छुन्छन् र क्रान्तिकारी चेतनाको प्रवाह गर्दछन् । जीवनका जस्तोसुकै अप्ठ्यारालाई सजिलै भोग्ने र त्यसको समाधान गर्न सक्ने ज्ञवाली व्यवहारमा खरा, स्पष्ट मिलनसार चरित्र र अथक् बौद्धिक तथा सिर्जनशील व्यक्तित्वका रूपमा परिचित छन् ।
(पौडेल २०६३ ः ७) अन्याय, अत्याचार, निरङ्कुश अधिनायकवादी राजतन्त्रको विरुद्ध आप्mनो हरेक कृतिमार्पmत प्रगतिशील क्रान्तिकारी आवाज उठाउनु र माक्र्सवादी कलासौन्दर्यको आलोकमा रम्नु उनको साहित्यिक प्रवृत्ति हो । साहित्यमा पहिलेदेखि नै परिवर्तनगामी आवाज उठाउने ज्ञवालीको एकमात्र खण्डकाव्य ‘एकादेशमा’ (२०६१) गणतान्त्रिक चेतनाले चरमता प्राप्त गरेको काव्य हो । नेपालका लागि गणतन्त्र अवश्यम्भावी छ, गणतन्त्रका लागि लड्नु नै आजको आवश्यकता हो र हरेक कलासाहित्यको मूल्य पनि यसैमा रहेको छ भन्दै उनले आप्mना सबै कृतिमा गणतान्त्रिक ध्वनिको शङ्खघोष गरेका छन् ।
गणतन्त्रात्मक चेतनाको कोणबाट एकादेशमा खण्डकाव्यको अध्ययन ः–
एकादेशमा (२०६१) खण्डकाव्य वर्तमान नेपालको राजनीतिक स्वरूप र प्राचीन लोकथाको अर्थगत व्यञ्जनमा केन्द्रित गणतान्त्रिक विचारले अभिव्यञ्जित समकालीन युगको प्रतिनिधित्व गर्ने काव्य कृति हो । अन्याय, अत्याचार निरङ्कुशताको खोइरो खन्ने राष्ट्र र राष्ट्रियताको समुन्नत भविष्य देख्न चाहने कवि ज्ञवाली नेपालमा प्रजातन्त्रको नाममा भएका अमानवीय क्रियाकलाप सत्ताको होडबाजी, कुर्सीप्रतिको मोह, देश र जनताका लागि प्रतिबद्धताका साथ सत्तामा पुगेका नेताहरूले दिएको धोकाबाट देश दिनानुदिन सङ्कटमा परेको अवस्था देखेर चिन्तित छन् । राजा ज्ञानेन्द्रले गरेको असोज १८ को निर्णय, निरङ्कुशता र अधिनायकतावादी दुस्साहसी कदमका विरुद्ध कविको मनमा भित्रभित्रै विद्रोह र क्रान्तिको आगो बल्न पुगेको छ । यस्ता लुच्चो र छुच्चो “अधिनायकवादका विरुद्ध क्रान्ति भई त्यसलाई समूल नष्ट गरी देशमा गणतन्त्र लागू हुनुपर्छ भन्ने मूल नारा साहित्यको माध्यमबाट गुन्जाउँदै आएका ज्ञवालीद्वारा राजनीतिक विषयलाई यथार्थरूपमा टिप्दै बिम्ब र प्रतीकको माध्यमबाट छन्दको सन्तुलित स्वरका साथ गणतन्त्रको पूर्ण शङ्खघोष गरिएको खण्डकाव्य नै एकादेशमा हो । राजनीतिजस्तो रूखो विषयलाई पनि उच्चाभावाभिव्यञ्जनका साथ शास्त्रीय छन्दमा सरल, सरस मधूरता प्रदान गर्दै व्यक्त गर्न सक्नु एकादेशमा खण्डकाव्यको उपलब्धि एवम् कलात्मक मूल्य हो । यस कुरालाई युवा समालोचक देवी नेपालको भनाइले यसरी पुष्टि गरेको छ – छन्दमा कवित्व आउन सक्दैन, छन्दको अभिव्यक्ति कृत्रिम हुन्छ र छन्दमा युगीन आवाज भर्न सकिँदैन भन्नेहरूका लागि ज्ञवालीका कविता घतलाग्दा जवाफ हुन् । (२०६२ः२३६)
कथावस्तु सबल रहेको यस खण्डकाव्यमा दिग्भ्रम, बाँदरराज्यको स्थापना, अचम्मको रहर, बाँदरराजको अवसान, दिग्भ्रमबाट मुक्ति गरी पाँच शीर्षकमा कथा वस्तुको आख्यानीकरण गरिएको छ । पूर्ण प्रजातन्त्रको लागि आन्दोलनमा ज्यानको बाजी थाप्दै लागिपरेको म पात्र देशमा शान्ति, स्वाधीनता र स्वतन्त्रताका लागि आन्दोलनमा होमिएको छ तर आन्दोलनको नेतृत्व गर्ने नेताबाट धोका पाएपछि दिग्दारीमा रुमलिन पुग्दछ । भित्रभित्रै आक्रोश र विद्रोहको ज्वाला दन्कन लाग्दछ । उसलाई देश र जनताको भविष्यप्रतिको चिन्ताले पिरोल्न थाल्छ । त्यसै समयमा हजुरबाको शीर्षकको अन्त्य हुन्छ ।
दोस्रो शीर्षकमा यस खण्डकाव्यमा एउटा बाँदरको राज्य छ । त्यहाँ केही पनि अभाव छैन सम्पूर्ण कराको चाँजोपाँजो व्यवस्थितरूपले मिलेको छ, राज्य अपार छ, अमृतको वर्षा हुन्छ । पूmल र फलहरूको वृक्षहरू लटरम्म भएका छन्, नदीहरू कलकल बगेका छन् । यस्तो स्थलमा बाँदरको राज्य छ ः
त्यहाँ थियो अमृततुल्यको जल
माधुर्यले पूर्णमिठा थिए फल
सम्पन्न त्यै भव्य उपत्यकातल
बस्थ्यो कुनै बाँदरको ठूलो दल (एकादेशमा पृ.९)
ती बाँदरहरूलाई बिस्तारै बिस्तारै नेतृत्वको आवश्यकता प¥यो र त्यसको पूर्तिका लागि एउटा जान्ने र ठूलो बाँदरलाई नेतृत्व दिँदै राजा बनाइयो । सबै बाँदरहरूको हित र रक्षा गर्नका लागि राजा बनाइएको तर राजा बनेको केही समयपछि बाँदर राजामा घमण्ड र अहङ्कार बढ्छ । अहङ्कार बढ्दै जाँदा अरू बाँदरको टाउको टेकी सर्वोच्च शिखरभन्दा पनि अग्लो ठाउँमा बसी संसार हेर्ने इच्छा जाग्दछ । त्यो इच्छापूर्ति गर्न उसले सारा बाँदरसमूहलाई एकमाथि अर्को गर्दै खात लागेर पर्खाल बन्न आदेश गर्दछ । बाँदर सेनाले एकमाथि अर्को चढ्दै अग्लो पर्खालजस्तै बाँदरवृक्ष खडा गरे पछि त्यसको टुप्पोमा राजा बस्दछ । बाँदरराज अझ पर्खाल बढाउन आदेश दिँदै जान्छ तर पिँधमा परेका बाँदर गलिसकेकाले त्यो नगर्न आप्mनो मालिकलाई अनुरोध गर्दछन् । तर अहम्ले उन्मत्त भएको बाँदरले उल्टै राजाको आदेशलाई नमान्ने, आप्mनो स्वामीको कुरालाई नटेर्ने राजद्रोही भन्दै उनीहरूलाई गाली गर्न लाग्छ ः
भाते ¤ गधा हो ¤ अझ दासले पनि
गर्ने अटेरी यसरी ठूलो बनी
तेरी चिथोर्ने ¤ अपराध कुक्कुर ¤
विद्रोह गर्ने कसरी ग¥यौ सुर ? (पृ. ३१)
आप्mनो स्वामीको यस्तो घमण्ड देखी बाँदरहरूले पटकपटक सम्झाउँछन् तर ऊ सम्झदैन, अन्त्यमा सबै बाँदरहरू मिली पर्खाल भत्काउने सल्लाह गर्दछन् र पिँधका बाँदर जगबाट हट्दछन् । बाँदर बृक्ष गल्र्यामगुर्लुम भत्किन्छ । माथि शिरमा रहेको बाँदरराज ढुन्मुदिँदै तल खस्दछ । बाँदरराज एउटा ठूलो पत्थरमा ठोकिन्छ । उसको शरीर टुक्राटुक्रा हुन्छ त्यसलाई स्याल र गिद्धले लुस्छन् । बाँदरको अन्त्यसँगै मुलुकमा स्वतन्त्रता आउँछ र अन्त्यमा नाति आप्mनो चिन्ताबाट मुक्त भई क्रान्तिको नयाँ जोसका साथ अगाडि बढ्छ यसै कथावस्तुका साथ खण्डकाव्य पूरा भएको छ ।
यसरी खण्डकाव्यमा बाँदर राज्यको बिम्ब प्रयोग गरेर नेपाली राजतन्त्रको यथार्थङ्कन गर्दै राजतन्त्रको पतन जसरी बाँदरराज्यको पतन भयो त्यसरी हुनेछ भन्ने भविष्यवाणी गरिएको छ ।
साँच्चै नै खण्डकाव्यले जुन भविष्यवाणी गरेको थियो, खण्डकाव्यको प्रकाशन भएको तीन वर्ष नबित्दै नेपालमा राजतन्त्रको पतन हुन पुग्यो  र देश गणतन्त्रमुखी भयो । हेमनाथ पौडेलले यस कुराको पुष्टि गर्दै कविको भविष्यबोध र युगबोधबारे आप्mनो धारणा यसरी व्यक्त गरेका छन्
‘उनमा वर्तमानको बोध जति टड्कारो छ भविष्य दृष्टि पनि त्यत्तिकै सशक्त छ, त्यसलाई उनी उत्तिकै कलात्मक अभिव्यक्ति पनि दिन्छन् ।’ (शब्द संयोजन, २०६२ः२६)  यस्तो भविष्यवाणीद्वारा एकादेशमा खण्डकाव्यले पूर्ण गणतान्त्रिक आवाजलाई चरमोत्कर्षमा पु¥याएको छ ।
एकादेशमा खण्डकाव्यमा भाव विचार, कला सौन्दर्य छन्द, वस्तु, युगबोधहरूको सबल सन्तुलित समिश्रण गर्नुका साथै गणतान्त्रिक भावोद्गारद्वारा यसलाई अझ कलात्मक, वस्तुपरकता प्रदान गरिएको छ । कवि कल्पनाप्रसूत तर लोककथात्मक शैलीमा प्रस्तुत यस काव्यको मूल सन्देश भनेको गणतन्त्रात्मक लोकतन्त्रको स्थापनातर्पm नेपाली जनतालाई उत्पे्ररित गर्नु हो (पौडेल २०६२ ः ३७) यसो भएको हुनाले यसमा प्रस्तुत गणतान्त्रिक आवाज स्पष्ट रूपमा अभिव्यञ्जित छ ।
‘एकादेशमा खण्डकाव्य गणतान्त्रिक आन्दोलनको कडी हो (चाम्लिङ २०६४ ः४) । सुरुदेखि अन्त्यसम्म अबको राजसत्ता पूर्ण लोकतान्त्रिक हुनुपर्दछ, राज्य कसैको विरासत होइन, उपभोग्य वस्तु होइन, राज्यलोक सहमतिमा चल्नुपर्दछ । कुहेको हुकुमी निरङ्कुशता यस शताब्दीका मान्छेलाई कदापि स्वीकार हुँदैन भन्ने सन्देश यस खण्डकाव्यले दिएको छ ।
यस खण्डकाव्यको प्रथम शीर्षक दिग्भ्रममा २०४६ सालमा प्रजातन्त्रको स्थापना भइसकेको अवस्थामा निरन्तर आन्दोलन देशव्यापीरूपमा चल्दै रहेको कुरा साङ्केतिक छ । त्यसका निम्ति धेरै नेपालीहरूले ज्यान गुमाए, धेरै अङ्गभङ्ग भए । सर्वहारा वर्ग निरन्तर लडिरह्यो तर नेतृत्व गर्ने व्यक्तिले धोका दिएपछि ‘म’ पात्रको मनमा उठेका तरङ्ग अबको भावी नेपालमा शान्ति, सुव्यवस्था जनराज्यको स्थापना कसरी गर्न सकिन्छ भन्ने सोच र द्वन्द्वमा चलेको छ । त्यहाँ गणतन्त्रको आवाज मडारिएको छ । सामन्ती राज्यव्यवस्थाको विकल्पको खोजी छ र त्यो विकल्प गणतन्त्र नै हो भन्ने कुरा स्पष्टरूपमा बताइएको छ । यस कुरालाई शार्दूलविक्रीडित छन्दमा यसरी प्रस्तुत गरिएको छ ः
जेका निम्ति भनेर फेरि शिरमा कात्रो म बाँध्दै थिएँ ।
त्यै विश्वास कृतघ्न भो, म जसको आधार मान्दै थिएँ ।
हो त्यै कारणले अशान्त म भई कोठा पसेको थिएँ ।
चर्को द्वन्द्व लिएर भित्र मनमा एक्लै बसेको थिएँ (एकादेशमा, पृ. १) यहाँ जेका निम्ति भन्ने शब्दले पूर्ण प्रजातन्त्र, पूण शान्ति, पूर्ण जनइच्छा भन्ने अर्थवहन गर्दछ । त्यो कतिखेर पूरा हुन्छ भने जब गणतन्त्रात्मक जनशासनको झण्डा फरफराउँछ । त्यसैका निम्ति लगेको ‘म’ पात्र निराश भएको छ । उसभित्र क्रान्तिको आगो दन्किएको छ र ऊ भविष्यको योजना सोच्दै छ । त्यो विच्छिप्त अवस्थामा रहेको नातिभित्र हजुरबाले फेरि क्रान्तिको आगो यसरी दन्काइदिएका छन् ः–
ए’ बाबु ¤ किन छस् उदास यसरी ? गर्छस् तँ चिन्ता किन ?
झन्डा छैन नि हातमा र सँगमा छैनन् नि ढुङ्गा किन ?
बाटोमा गइनस् नि हान्न प्रहरीलाई लखेट्दै किन ?
कालो फेरि भयो मुहार किन हो ? उत्साह क्यै देख्ति नँ ¤ (एकादेशमा, पृ. ३)
‘हजुरबाको यस अभिव्यक्तिले वर्तमानमा हुने गरेको आन्दोलनलाई सङ्केत गर्दै सैद्धान्तिक लडाइँमात्र सफल लडाइँ हो भन्छ । देखावटी आन्दोलनको विलयन स्वार्थमा पुगेर हुन्छ र त्यसबाट सीमित व्यक्तिको स्वार्थपूर्ति भए पनि अरू सबैमा निराशासिवाय केही हुँदैन भन्ने कुरा लक्षित गरेको छ । (नेपाल २०६२ ः २३९) यहाँ हजुरबा पुरानो क्रान्तिकारी पुस्ता र नयाँ क्रान्तिकारी पुस्ताका प्रतीक हुन् । यहाँ नयाँ पुस्ताले जनतन्त्र ढुङ्गामूढाको वा बलको आन्दोलनको माध्यमबाट मात्र सफल छ भन्ने सङ्केत दिएको छ भने पुरानो पुस्ताले विचारको लडाइँ नै महान् हुन्छ त्यसैबाट मात्र गणतन्त्रको स्थापना गर्न सकिन्छ भन्ने कुराको पुष्टि गरेको छ । तर दुवैको अन्तिम लक्ष्य ‘गणतन्त्र’ नै रहेको छ ।
नेपालमा आन्दोलन पहिलादेखि नै चल्दै आएको छ ।  
आन्दोलन, उत्कर्ष, सम्झौता, धोका र निराशा नेपाली आन्दोलनको सूत्र हो । त्यसैले हजुरबाले नातिलाई निराश नहुन सन्देश दिएका छन् भने नेताहरूले धोका दिन के भयो ? आपैmँ क्रान्तिको नेतृत्व गरेर लक्ष्यमा पुग भन्ने सुझाव पनि दिएका छन् । त्यो भाव यसरी झल्किएको छ ः
हो गर्ने यदि क्रान्ति पूर्ण किन हे पर्ने अरूको भर ः
बिग्रेको छ भने कृतघ्न अगुवा नेतृत्व आपैmँ गर (पृ.४)
यस श्लोकमा हजुरबामार्पmत कवि गणतन्त्रका लागि हतारिएका देखिन्छन् । यदि क्रान्तिलाई चाँडै पूर्ण गर्ने हो भने अरूको भरमा पर्न हुँदैन, त्यसको नेतृत्व आपैmँ गरेर भए पनि क्रान्तिलाई सफल पार्नु पर्दछ । यसैबाट सामन्ती राज्यसंस्थाको अन्त्य हुन्छ भनेका छन् । कमजोर जग भएमा हिमाल पनि ढल्न सक्दछ भन्दै सबै जनता एकजुट भएमा गणतन्त्र टाढाको कुरा छैन भन्ने कुरा कविले देखाएका छन् ।
हुन त अहिलेसम्म नेपालमा धेरै क्रान्ति भए तर अबको क्रान्तिको परिणाम पूर्णगणतन्त्रकै रहनेछ भन्ने कुरा पनि यहाँ कविले यसरी गरेका छन् ः–
पैले यो बुझ पूर्ण क्रान्ति जुन हो बाँकी अभैm त्यो हुन
पानीमा कपडा भिज्यो तर अभैm बाँकी छ मैले धुन (पृ.५)
यहाँ कविले बिम्ब प्रतीकका माध्यमबाट गणतन्त्रात्मक चेतलाई प्रस्तुत गरेका छन् । यहाँ क्रान्तिलाई ‘पानी’ नेपाली भूमिलाई ‘कपडा’ र अधिनायकवादी निरङ्कुश राज्य सत्तालाई मैलोका रूपमा प्रतिबिम्बित गर्दै कविले मार्मिक अभिव्यक्ति दिएका छन् । पहिला जति क्रान्ति भए त्यसले कपडारूपी नेपालमा लागेको निरङ्कुशतारूपी मैलोलाई भिजाई ढड्याएको छ । अबको क्रान्तिले त्यस मैलोलाई सफा गरी वा अधिनायकको अन्त्य गरी गणतन्त्ररूपी चमक दिनेछ भन्दै प्रस्तुत कथनबाट अप्रस्तुत अर्थ ‘गणतान्त्रिक स्वर’ को अभिव्यक्ति भएको छ । अझ कविले यसलाई प्रस्ट पार्दै २०४६ सालको जनआन्दोलनलगायत पछि भएका विविध क्रान्तिले राजतन्त्ररूपी पिलोलाई निचोरेको छ तर खिल बाँकी छ र त्यो खिल नानिकालेसम्म पिलो बल्झिरहन्छ, जब पीलोमा रहेको खिल निकालेर फालिन्छ तब आनन्द हुन्छ, त्यसैले केही गलेको राजतन्त्रलाई फालेपछि गणतन्त्रको स्थापना हुनेछ र नेपालमा शान्ति सद्भाव आउनेछ भन्ने अर्थ यहाँ अभिव्यञ्जित छ ।
यस खण्डकाव्यको दोस्रो शीर्षक “बाँदरराज्यको स्थापना अत्यन्त प्रतीकात्मक छ । जसमा वर्तमान विश्वका जुनसुकै राष्ट्रका त्रूmर शासकको अनुहार भेट्न सकिन्छ । यहाँ आएको बाँदरराज्य काव्यको व्यञ्जक हो भने बाँदर प्रवृत्तिको राज्यचाहिँ सामन्ती सत्ताको व्यङ्ग्य हो । यहाँ कविले लोकथात्मक बिम्ब र प्रतीकका माध्यमबाट आप्mनो गणतान्त्रिक लक्ष्यलाई साध्यमा पु¥याएका छन् । खण्डकाव्यकारको सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने चातुर्य प्रशंसनीय छ ।
यौटै रहोस् नीति रहोस् समानता
यौटै दया न्याय तथा उदारता
नहोस् कहीँ भेद कुनै प्रजाकन
चलाउनोस् भूपति राज्य–शासन ¤ (एकादेशमा पृ. १२)
प्रस्तुत पद्यमा बाँदरप्रजाहरूले आप्mनो राजाप्रति गरेको आग्रहलाई अथ्र्याएको भए पनि यसले राज्यमा नीति नियम, कानुन, राज्यसत्ता सबै जनताका निम्ति समान रहनुपर्दछ, ठूलालाई छुट र गरिबलाई कानुन, न्याय, नीति भन्ने कुरा हुनुहुँदैन भन्ने धारणा अगाडि सारेको छ । राज्यमा समानता स्वतन्त्रताको विकास भएमा मात्र शासनसत्ता राम्रो हुन्छ । यस्तो समानता गणतन्त्रमा मात्र हुने अर्थ ध्वनित भएको छ । बाँदरराज्यको वर्णन गर्ने क्रममा फेरि कविले गणतन्त्रात्मक शासनको कल्पना यसरी गरेका छन् ः
यौटै थियो न्याय सबै प्रजाकन
यौटै थियो नीति तथा प्रशासन
थिएन क्वै माथि कुनै प्रताडना
यस्तो भए पो प्रिय हुन्छ शसन (एकादेशमा पृ. १६)
कविले यस खण्डकाव्यमा वर्णित बाँदरराज्यके राजाको अहमतालाई नेपाली राजाको अहङ्कारी प्रतीकका रूपमा लिएका छन् । बाँदरराजाका अन्याय बढ्दै जाँदा बाँदरप्रजाले परम्परागतरूपमा चल्दै आएको निरङ्कुश दमन, शोषणकारी बाँदर शासनको समाप्ति गरेरै छाड्ने अठोट गरी ठूलो आँट साहस गरे अनि क्रान्तिद्वारा त्यसलाई समाप्ति गरेरै छाडे । यसलाई कविले पहिले नै देखेर नेपाली राजतन्त्रको अन्त्य हुने भविष्यको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । बाँदरराज्यमा स्वतन्त्रता आउनु, राजतन्त्र ढल्नु, नेपाली जनतामा आउने स्वतन्त्रताको परिकल्पना हो भने बाँदर राजाको पतन नेपाली निरङ्कुश राजा र राजतन्त्रको पतनको भविष्यवाणी हो ।
यसरी बाँदरराजाको पतनको कथा सुनाएर दिग्भ्रमबाट मुक्त भएका नातिलाई गणतन्त्रको दिगो स्थापनाका लागि आपैmँ अग्रसर भई नेतृत्व गर, नयाँ शासन व्यवस्थाको सुरुवात गर भन्दै हजुरबाले नातिलाई दिएको सन्देशमा कविले प्रत्येक परिवर्तनप्रेमी नेपालीहरूलाई गूढ सन्देश दिएका छन् । प्रस्तुत श्लोकमार्पmत कविले यस कुरालाई व्यक्त यसरी गरेका छन् ः
नेताको यदि हो पलायन भने नेता बदल्ने गर
पार्टीबाट भयो पलायन भने अर्को बनाऊ घर
नेता नयाँ बन्न अघि स्वयम् बढ
नेतृत्व आपैmँ गर क्रान्तिको अब ।
यसरी कविले यस खण्डकाव्यमा विभिन्न शीर्षक दिएर विविध बिम्ब प्रतीकहरूको प्रयोग गरी गणतन्त्रलाई पूर्णरूपमा स्वागत गरेका छन् र भविष्यवाणी गरेका छन् –“जसरी बाँदरराज्यको पतन भयो त्यसै गरी यहाँको अधिनायक त्रूmर दम्भी राज्यसत्ताको अन्त्य हुनेछ र गणतन्त्रको झन्डा फर्पmराउनेछ ।” यस भविष्यदृष्टिमा कविको कुनै पनि हिच्किचावट छैन । ‘गणतन्त्र’ एकादेशमा खण्डकाव्यको मूल नारा हो र प्रत्येक श्लोकमा गणतन्त्रात्मक चेतको अभिव्यक्ति दिनु मूल अभीष्ट हो । यो चेतना प्रत्येक नेपालीको चेतनासँग साट्ने अभिव्यक्ति दिनु यस खण्डकाव्यको उद्देश्य हो भने साट्न सक्नु र जनताको प्रिय बन्न सक्नु यसको शक्ति र उपलब्धि हो ।
निष्कर्ष ः
नेपाली खण्डकाव्यको इतिहासमा वर्गीय शोषण, मानवीय मूल्यको खोजी र मानवीय संवेदनालाई छोई युगीन माग अनुकूल भावाभिव्यञ्जन गर्ने ज्ञवालीको एकमात्र खण्डकाव्य एकादेशमा हो । नेपाली कविता र काव्यले समेत नवीनता खोजिरहेको बेलामा साठीको दशकको प्रारम्भमै देखा परेको प्रस्तुत खण्डकाव्यले एकातिर विगतमा देखा परेका खण्डकाव्यको उचाईमा नयाँ इँटा थप्ने काम गरेको छ भने अर्कातिर आगामी नेपाली राजनीतिको सिर्जनात्मक भविष्यको रेखाङ्कनसमेत गरेको छ । वर्तमानका कुरूप यथार्थलाई टिप्दै तिनको समूल नष्ट गर्ने चेतनाको अभिव्यक्तिका साथ सुन्दर भविष्यको अङ्कन गर्ने यस खण्डकाव्यमा वर्तमानको बोध जति टड्कारो छ भविष्यदृष्टि पनि त्यो त्यतिकै सशक्त छ । लोकथात्मक ढाँचामा विभिन्न बिम्ब र प्रतीकहरूको प्रयोग गर्दै छन्दका साथमा स्वाभाविक गणतान्त्रिक भावलाई पुटकाप गरिएको यो खण्डकाव्य कला गला र माक्र्सवादी कला सौन्दर्यको त्रिवेणी हो । यस खण्डकाव्यमा विचारका स्पष्टता, कलामा उदात्तता, भावमा गाम्भीर्य, सम्प्रेषणमा प्रभावकारिता र भाषामा परिष्कृतता पाइन्छ । प्रगतिवादी कविको माक्र्सवादी कलासौन्दर्यको आलोकमा जन्मेको यस खण्डकाव्यले वर्गसङ्घर्ष सर्वाहारा वर्गको उत्थान, शोषण, उतपीडनबाट मुक्ति जस्ता कुरालाई आत्मसात् गर्दै अन्याय, अत्याचार, निरङ्कुशता र भ्रष्टाचारलाई समूल नष्ट पारी गणतन्त्रको झन्डा फरफराउने प्रण गरेको पाइन्छ । आदर्शलाई भन्दा यथार्थलाई, हीनतालाई भन्दा अस्तित्वलाई, आस्तिकतालाई भन्दा नास्तिकलाई, निराशलाई भन्दा उत्प्रेरणालाई वरण गरेको यस खण्डकाव्यले कविको मनमा पहिलेदेखि नै सल्बलाउँदै आएको गणतान्त्रिक चेतनाको चरमोत्कर्ष प्राप्त गर्दै प्रत्येक पाठक, अध्येताहरूका नसानसामा गणतन्त्रको रक्तसञ्चार गरेको छ ।
सन्दर्भग्रन्थ सूची
उलक चन्द्रबहादुर एकादेशमा (खण्डकाव्यको) अध्ययन गढी
श्रमिक साप्ताहिक (१५ भाद्र २०६१)
गाम्नागे लक्ष्मण, “धत् रामप्रसाद ज्ञवाली” हिमालय टाइम्स ३१ वैशाख, २०६१)
गौतम केशव, पुतली र झुसिल्कीराको कृतिपरक अध्ययन शोधपत्र ने.सं.वि.वि. शास्त्री तृतीय वर्ष २०६३
चाम्लिङ भोगीराज, “एकादेशमा गणतान्त्रिक चेतना” जनएकता (१४ भाद्र २०६१)
नेपाल, देवी “यथार्थवादी नेपाली समालोचना (सम्पा.घनश्याम ढकाल, गण्डकी साहित्य सङ्गम पोखरा)
पौडेल हेमनाथ,“एकादेशमा विचार र कलाको संयोजन”
शब्द संयोजन (वर्ष २, अङ्क १, पूर्णाङ्क २२)
ज्ञवाली रामप्रसाद एकादेशमा (खण्डकाव्य) भुँडीपुराण प्रकाशन २०६१
गरिमा लोकतन्त्र विशेष अङ्क, साझा प्रकाशन २०६४ वैशाख
वेदना गणतन्त्र कविता विशेषाङ्क, २०६३ जेठ
००
वेदना
साहित्यिक त्रैमासिक
जि.प्र.का. काभ्रे द.नं. १÷२०३०  
मूल्य ः रु ३०।–

सम्पादक
निनु चापागाईं
मातृका पोखरेल

प्रकाशक
दिल बरदान
सुवास श्रेष्ठ

सम्पर्क
पो.ब.नं. २४००, काठमाडौं
फोन ः ०१–५५२०९१८, ४६०१००९
इमेल
दभमबलबउबतचष्पब२नmबष्।िअयm

No comments:

Post a Comment