Thursday, July 2, 2015

वेदना पूर्णाड्क - ७०


वेदना
पूर्णाड्क  ७०, वर्ष ३१, अंक २, पुस २०६१ 

सम्पादक
निनु चापागाई
मातृका पोखरेल

प्रकाशक 
दिल बरदान
सुवास श्रेष्ठ

यसभित्र
सम्पादकीय
प्रज्ञा प्रतिष्ठान र लोकतान्त्रीकरणको प्रश्न



कविता
जनकप्रसाद हुमागाईं ः के पाल्ने ?
पूर्ण विराम ः तिमी कुन बेला मेरा कविताहरू पढ्छौ
बिक्रम सुब्बा ः ग्रन्थ विमोचक
अमर गिरी ः बारुद र महंगी
राजेन्द्र्रप्रसाद अधिकारी ः केही टुक्रा कविताहरू
सीता शर्मा ः पानी होइन रगत
अनिल शर्मा ः बुढो कैदी
रमेश पोखरेल ः पलायन युवाशक्ति
रमेशप्रसाद सागर ः फूलहरू
प्रकाश सिलवाल ः देहावसानको नजिक
रामगोपाल आशुतोष ः रातरात
नाटक÷गीति नाटक
शरद पौडेल ः आवाज

कथा÷लघु कथा

विजय चालिसे ः अपराधबोधले लखेटिएको मन
इस्माली ः कृष्णसेनको वेभसाइटमा भेटिएको शीर्षकहीन एउटा सम्बोधन
पुण्यप्रसाद खरेल ः अति भएपछि
नर पल्लव ः प्रेस्किप्सन
कुमार सिंह राई ः नेताकुञ्ज

समालोचना÷साहित्य चिन्तन÷संस्कृति–चिन्तन

डा. ताराकान्त पाण्डेय ः नेपाली कविताको धारागत सन्दर्भ, 
प्रगतिवादी कविता र समानान्तर समीक्षा
विजय सापकोटा ः मोहन दुवालको मुक्तककारिता ः एक चर्चा

व्यक्तिचित्र÷कृति चर्चा

मित्रलाल पंज्ञानी ः कुलमान
जगत प्रेक्षित ः संग्रहणीय कृति
नमिता भारती ः ‘सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण’ एक पाठकका दृष्टिमा


सम्पादकीय
प्रज्ञा प्रतिष्ठान र लोकतान्त्रीकरणको प्रश्न 
हालैमात्र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञहरूको नियुक्तिप्रक्रियाप्रति असहमति जनाउ“दै प्रज्ञासभाको विघटन र राजाको संरक्षकत्वको माग राखी केही प्राध्यापक र साहित्यकारहरूले एउटा वक्तव्य प्रकाशित गरेपछि प्राज्ञिक तथा बौद्धिक क्षेत्रमा एउटा सानो तरड्ड उत्पन्न भएको छ । लामो समयअघिदेखि प्रज्ञा प्रतिष्ठानलाई लोकतान्त्रिकरण गरिनुपर्छ भन्ने आवाज नेपालका अधिकांश साहित्यकारहरूले उठाइरहेको सन्दर्भमा प्रज्ञा प्रतिष्ठानलाई निरंकुशतन्त्रको छत्राछायामा संचालन गर्ने आशयको वक्तव्य दिनेहरूको राजनैतिक मुक्ततालाई होइन, राजनीति अभिप्रेरित दुराशयलाई नै बढी उद्घाटित गरेको हामीलाई लागेको छ । 
पञ्चायती निरंकुश सामन्तीतन्त्रको सम्बद्र्धनमा उपयोग गरिएको प्रज्ञा प्रतिष्ठानलाई २०४६ सालको जनआन्दोलनपछि स्वायत्त प्राज्ञिक संस्थाको रूपमा रूपान्तरण गरिनुपर्छ भन्ने माग बौद्धिक जगत्बाट उठिरहेको छ भने अर्कोतर्फ २०५९ असोज १८ को सुनियोजित शाही कदमपछि सामन्तवादी शक्ति आनो मोर्चालाई सुदृढ गर्ने योजनामा सक्रियताका साथ जुटिरहेको छ । प्राज्ञहरूको यो वक्तव्य निश्चितै रूपमा उक्त प्रतिगमनकारी दीर्घकालीन योजनाअनुरूप सार्वजनिक भएको स्वतः स्पष्ट छ । असोजतन्त्रपछि समाजका विविध क्षेत्रहरूमा आनो योजनालाई विस्तार गर्ने काम यसका योजनाकारहरूले गर्दै आएका छन् । राजनीतिक मुक्तताको प्रतिगामी चिन्तन यसैस“ग सम्बन्धित छ । प्रज्ञा प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउने कथित ‘संरक्षकत्व’को चिन्तन त्यसैको एउटा शृङ्खला मात्र हो भन्ने कुरा घटनाक्रमहरूले पुष्टि गरिरहेका छन् । यसकारण उक्त वक्तव्यका विरुद्धमा देशका तमाम लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरू छुट्टाछुट्टै रूपमा वक्तव्यबाजीमा मात्र सीमित नरही एकजुट भएर संयुक्त कार्यक्रम निर्धारण गरी संघर्षमा जुट्नु आवश्यक छ । यसो गर्नुको अर्थ नोकरशाहीतन्त्रद्वारा नियन्त्रित र संचालित विद्यमान प्रज्ञा प्रतिष्ठानको समर्थन गर्नु नभएर त्यसको विरुद्धमा संघर्षलाई अगाडि बढाउनु पनि हो । राजनीतिमुक्त प्रज्ञा प्रतिष्ठानको निहु“मा आनो सक्रिय भूमिका खोजिरहेको राजतन्त्रका हातमा प्रज्ञा प्रतिष्ठानलाई सुम्पने र मूलतः सामन्ती संस्कृतिको विकास गर्ने योजनाका विरुद्धमा सक्रिय संघर्ष गर्न नसकेको खण्डमा त्यसको लोकतान्त्रीकरण गर्न असंभव छ । 
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको यही संरचना कायम राखेर देशका सम्पूर्ण सिर्जनधर्मी लेखक, कलाकार र संस्कृतिविद्हरूको साझा प्राज्ञिक संस्थाका रूपमा यो रूपान्तरित हुन सक्दैन । देशका सबै भाषाभाषी, जनजाति समेतको उचित प्रतिनिधित्व नगरिकन हाम्रो राष्ट्रिय संस्कृतिको विकास पनि संभव छैन । यसका लागि साहित्य, कला र संगीत लगायत विविध विधाहरूको आधारमा पूर्णतः प्राज्ञिक स्वायत्ततासम्पन्न छुट्टै प्रज्ञा प्रतिष्ठान अहिलेको प्राथमिक आवश्यकता हो । यस तथ्यलाई उपेक्षा गरेर सत्तामा पुगेका राजनैतिक शक्तिहरूको भागवण्डाका आधारमा एक दुईवटा पद लिएर प्रज्ञा प्रतिष्ठानलाई न त परिवर्तन गर्न सकिन्छ न त उपलब्धिपूर्ण कामहरू गर्न संभव नै छ ।  
यस सन्दर्भमा २०४६ सालमा साहित्यकार पारिजातको नेतृत्वमा गठित ‘प्राज्ञिक संघर्ष समिति’का कार्यक्रमहरू एवं मागहरू एकदमै मननीय छन् । त्यतिबेलाको संघर्षमा सहभागी भएका केही लेखक साहित्यकारहरूले प्राज्ञिक संघर्ष समितिका उक्त मागहरूलाई ख्याल नगरी प्रज्ञामा ‘हस्तक्षेप’ गर्नुपर्छ भन्ने नाममा अंशवण्डाको आधारमा केही पदहरू पाउने बित्तिकै प्रज्ञा प्रतिष्ठान परिवर्तन भएको मान्न सकिंदैन । प्रज्ञा प्रतिष्ठानभित्र पसेर र प्राविधिक विषयमा हस्तक्षेप गरेर मात्र त्यसलाई लोकतान्त्रीकरण गर्ने कार्य गर्नु पनि संभव छैन । त्यसलाई लोकतान्त्रीकरण गर्न विद्यमान गठनप्रक्रिया र त्यसस“ग सम्बन्धित ऐनलाई पूर्णतः परिवर्तित गर्नु आवश्यक हुन्छ र त्यसका निम्ति लोकतन्त्रका पक्षमा रहेका प्राज्ञहरूको सशक्त संघर्ष र राजनैतिक हस्तक्षेप अपरिहार्य हुन्छ । यसका निम्ति हामी सबै साहित्यकारहरूलाई संगठित हुन अपील गर्दछौं । 
ि

नेपाली कविताको धारागत सन्दर्भ,
प्रगतिवादी कविता र समानान्तर समीक्षा
– डा. ताराकान्त पाण्डेय
१. प्राक्कथन
लेख्य नेपाली कविताको आरम्भ सुवानन्ददासबाटै भएको मान्ने हो भने यसको इतिहासले करिब २३५ वर्षको अवधि पूरा गरिसकेको देखिन्छ । मानवसमाजमा राज्यको उदयपछि कलासाहित्यको इतिहास पनि राज्यको इतिहास र त्यस इतिहासमा घट्ने राजनीतिक, सामाजिक, आर्थिक घटनाक्रमस“गै जोडिएर अगाडि बढ्ने गरेको पाइन्छ 
(शर्मा र श्रेष्ठ, २०४९ ः २६–२७) भने हाम्रो उक्त २३५ वर्षको कविताको इतिहास पनि  त्यसरी नै अघि बढेको मान्न सकिन्छ । माक्र्सवादी प्रस्थापनाअनुरूप वर्गोदयपछिको आजसम्मको मानवजातिको इतिहासलाई वर्गसंघर्षको इतिहास मान्दा कविता पनि वर्गसमाजमा यो वा त्यो वर्गका स्वार्थ, चरित्र, आकाङ्क्षा र चाहनाको कलात्मक अभिव्यञ्जक र तिनको सामक कलात्मक उपकरण पनि बन्दै आएको तथ्यलाई अस्वीकार गर्न सकिन्न । नेपाली कविताको इतिहासलाई पनि ठीक यसै परिप्रेक्ष्यमा हेर्न सकिन्छ र हेर्नुपर्ने हुन्छ । कसैले माने नमाने पनि र कवितालाई(कवितामात्रै किन सिङ्गै साहित्यलाई) राजनीतिस“ग असम्बन्धित रहने फगत कलारूप घोषणा गरे पनि कविताजस्तो सिर्जनात्मक विधालगायत समीक्षाजस्तो मूल्याङ्कन एवं विचारप्रबल विधा पनि राज्य वा राजनीतिका परिपे्रक्ष्य र परिदृश्यलाई उपजीव्य बनाएरै अघि बढेका छन् र तदनुरूप आनो इतिहासको निर्माण पनि गर्दैगएका छन् ।
ठीक यसै परिप्रेक्ष्यमा नेपाली कविताको इतिहासलाई हेर्दा त्यस इतिहासमा देखापरेका विभिन्न प्रवृत्ति र धाराको कुरा गर्दा होस् वा तिनको समीक्षा–मूल्याङ्कन गर्दा होस्, विशेषतः समानान्तर धाराका नेपाली समीक्षकहरूले आधारचाहि“ राजनीतिक आग्रहलाई नै बनाउने गरेका छन् तर व्यवहारमा कलाको कुरा उठाएर एक किसिमको र प्रस्ट शब्दमा उत्पीडित जनताको पक्षधर अर्थात् जनपक्षीय प्रगतिवादी साहित्य–धारालाई साहित्येतिहासमा उल्लेख नै नगर्ने अथवा कतिपयले गरिहाले पनि त्यसका कलात्मक सीमामात्र औंल्याई त्यसको महŒवको अवमूल्यन गर्ने प्रयास गर्दैआएको देखिन्छ । वस्तुतः नेपाली समानान्तर समीक्षा र समीक्षकहरूको यसै कृत्यलाई केन्द्रीय पृष्ठभूमि बनाएर यहा“ सिङ्गो नेपाली कविता–साहित्यमा प्रगतिवादी नेपाली कविताको धारागत उपस्थिति र साथै त्यसका हैसियतको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसप्रकारको मूल्याङ्कन गर्दा कलालाई श्रमस“ग जोडेर हेर्ने र त्यसको समाजरूपान्तरणकारी भूमिकालाई स्वीकार गर्ने माक्र्सवादी सौन्दर्यचिन्तनका वस्तुवादी धारणालाई आधार बनाइएको छ र केवल कलाको निरपेक्ष स्वायत्तता र सत्ता स्वीकार गरेजस्तो गरेर यथार्थमा यथास्थितिवादी उत्पीडक वर्गका हितको पक्षपोषण गर्ने ‘कलात्मक’ पाखण्ड यहा“ गरिएको छैन । 
२. नेपाली कविताका विभिन्न धाराहरूका परिपे्रक्ष्यमा प्रगतिवाद ः समीक्षकहरूका दृष्टिमा 
नेपाली कविता (लेख्य कविता)को २३५ वर्ष लामो इतिहासमा नेपाली समाज र यहा“को राजकीय सत्ताको स्वरूपमा आउ“दै गएका क्रमिक परिवर्तनहरूकै सापेक्षतामा यसमा विभिन्न धाराहरूको विकास हु“दै गएको पाइन्छ र आजका समयमा पनि विभिन्न धाराहरू अस्तित्ववान् छन् । यद्यपि तीमध्ये कुनै उध्र्वमुखी र कुनै ह्रासोन्मुख भने अवश्यै रहेका छन् । नेपाली कविताको विधागत साहित्यिक इतिहासको अङ्कन गर्ने क्रममा नेपाली साहित्यका समानान्तर धाराका समीक्षकहरूले नेपाली कविताका धाराहरूबारे प्रकट गरेका विचारहरू के–कस्ता छन् र त्यस सन्दर्भमा उनीहरूले प्रगतिवादी कविताधारालाई कसरी प्रस्तुत गरेका छन्, यहा“ प्रथमतः त्यसको समीक्षा गरौं ।
रमेश श्रेष्ठ (२०३५)ले प्रवृत्तिलाई नै आधार बनाएर नेपाली कविताको प्रवृत्तिमूलक अध्ययन गरेका छन् । नेपाली कविताका प्रवृत्ति नामक ग्रन्थमा उनले नेपाली कवितामा आधुनिक युगको सुरुवात् हुनुपूर्व क्रमशः वीरकविता, भक्तिकविता तथा श्रृङ्गारकविता अस्तित्ववान् रहेको उल्लेख गर्दै तिनका प्रवृत्तिको समीक्षा गरेका छन् भने आधुनिक नेपाली कविताको सुरुवात्मा लेखनाथ र बालकृष्ण समको भूमिका महŒवपूर्ण रहेको बताउ“दै आधुनिककालका दुई जेठा धाराका रूपमा परिष्कारवाद वा शास्त्रीयतावाद र स्वच्छन्दतावादलाई प्रस्तुत गरेका छन् । यसैगरी आधुनिक नेपाली कवितामा ‘वाल्ट ह्वीटम्यान’का रूपमा गोपालप्रसाद रिमालको उदय (१९९२)पछि यसले नया“ मोड लिएको र समसामयिक नेपाली कविताको जन्म भएको निष्कर्ष श्रेष्ठको रहेको छ 
(पृ.१५७) । वि. सं. १९९२ यताको मुख्यतः गद्य नेपाली कवितालाई श्रेष्ठले करिब–करिब पश्चिमी आधुनिकतावादी कविताका समकक्षमा राखेर त्यसमा प्रखर युगबोधलगायत नवीन शैलीचेतको समसामयिक प्रवृत्ति प्रकट भएको बताएका छन् । यसरी श्रेष्ठले २०१७ यताको प्रयोगवादी कविताधारासमेतलाई छुट्टै प्रयोगवादी कविताका रूपमा स्वीकार नगरी रिमालेली ‘समसामयिक’ गद्यकवितापरम्पराको निरन्तरताका रूपमा स्वीकार गरेर नितान्त परम्पराभिन्न दृष्टिकोण प्रस्तुत गरेका छन् । परम्पराभिन्नताका सन्दर्भमा यस दृष्टिकोणको कति महŒव छ भन्ने कुरा आफ्ना ठाउ“मा विचारणीय छं“दैछ तर त्योभन्दा पनि महŒवपूर्ण कुरा के छ भने समीक्षक श्रेष्ठले चाहे गोपालप्रसाद रिमाललाई ‘वाल्ट ह्वीटम्यान’ बनाएर प्रस्तुत गर्दा होस् चाहे भूपीलाई प्रखर युगबोध र व्यङ्ग्यका ‘लर्ड वाइरन’ले सम्बोधित गर्दा होस्, उनीहरूमा र उनीहरूजस्तै यस अवधिका प्रखर युगबोधी कविहरूमा रहेको प्रगतिवादिता उनलाई दृष्टिगोचर भएन र उनले उक्त पुस्तकमा कही“ पनि नेपाली कविताका सन्दर्भमा प्रगतिवादी धाराको उल्लेख गरेनन् वा गर्न आवश्यक ठानेनन् । 
अर्का समालोचक एवं नेपाली साहित्येतिहासलेखक तारानाथ शर्मा(२०३९)ले नेपाली साहित्यको इतिहास नामक पुस्तकमा नेपाली साहित्यका विभिन्न समयका विभिन्न विशिष्ट÷उल्लेख्य प्रतिभाका नाउ“का आधारमा नेपाली साहित्यको युगविभाजन गरेका छन् भने त्यसै सन्दर्भमा नेपाली कविताको आरम्भतिर यसमा वीरधाराको उपस्थिति रहेको (भानुपूर्व युग) र त्यसपछि क्रमशः भक्तिधारा(भानु युग) तथा श्रृङ्गारिक धारा 
(मोती युग)को विकास भएको उल्लेख गरेका छन् । यसैगरी वि. सं २००७अघिको समयलाई क्रान्तिपूर्व युग नामकरण गरेर उनी यस युगका कवितामा “चार स्पष्ट हा“गाहरू फाटेको” बताउ“छन् (पृ. ८७–८८) । शर्माका अनुसार ती चार हा“गा हुन् ः क) पहिलो, संस्कृत छन्द परम्परामा रमाएको हा“गो, ख) दोस्रो, झ्याउरे छन्दलाई अ“गालेर बढी सरल, जनपक्षीय र राष्ट्रिय भएको हा“गो, ग) तेस्रो, लयात्मकतामा रमाएको र गीतिमयतालाई अ“गालेको हा“गो र घ) चौथो, अन्तर्राष्ट्रिय शैलीको हाराहारीमा फैलिएर गद्यमय हुनपुगेको हा“गो । शर्मा वासुदेव त्रिपाठीले झैं शैली र अन्तर्वस्तुको समग्रताका  आधारमा यहा“ परिष्कारवादी, स्वच्छन्दतावादी आदि धाराको स्पष्ट र पृथक् उल्लेख गर्दैनन् तथापि उनले उल्लेख गरेका उक्त चार हा“गामध्ये पहिलो लेखनाथीय परिष्कारवादी धारा नै हो भने दोस्रो र तेस्रोले मुख्यतः तर फरक शैलीका स्वच्छन्दतावादी कवितालाई सङ्केत गर्दछन् । चौथो हा“गो बालकृष्ण सममा परिष्कारवादी स्पर्श लिएर देखापरे पनि समष्टिमा त्योसमेत स्वच्छन्दतावादी धारास“गै ज्यादा सम्बद्ध रहेको छ । 
वि. सं. २००७ सालपछिको युगलाई तारानाथ शर्मा ‘क्रान्तिउत्तर युग’को संज्ञा दिन्छन् । उनका विचारमा “त्यस क्रान्तिले निरङ्कुश राणातन्त्रको हाउलाई सिध्याएकाले राजनैतिक र सामाजिक स्वतन्त्रताका ढोकाहरू उघ्रिए र लेखकले व्यक्तिगत स्वतन्त्रता पाए ”(पृ. १४७) । यसै स्वतन्त्रताका पृष्ठभूमिमा नेपाली कवितामा विभिन्न प्रवृत्तिको विकास भएको विचार शर्माले राखेको पाइन्छ । वि. सं. २००७ सालको घटना र परिवर्तनलाई हेर्ने शर्माको धारणा माक्र्सवादी धारणास“ग मेल खा“दैन तथापि यस परिवर्तनका पृष्ठभूमिमा नेपाली कवितामा विभिन्न नया“ प्रवृत्तिहरूको उदय र विस्तार भएको कुरा भने स्वीकार्य रहेको छ । ती प्रवृत्तिका सम्बन्धमा शर्मा भन्छन् ः 
अनेकौं राजनैतिक र आर्थिक दर्शनहरू फुक्का रूपले छलफल गर्न पाइने स्वतन्त्र र उन्मुक्त वातावरणमा साहित्यभित्र पनि अनेकौं वादहरू देखापरे । जर्मनेली विचारक कार्ल माक्र्सको साम्यवादी दर्शनलाई मानेर गरिएका सोभियत क्रान्ति र चिनिया क्रान्तिबाट प्रभावित हुनेहरूले माक्र्सवादलाई नेपाली साहित्यमा निम्त्याए र निर्धक्कसित सामन्ती शोषणका विरुद्धमा निम्नवर्गीय प्रगतिवादी साहित्यको निर्माण गर्न थाले । पुरानै परम्परामा चल्नेहरूको एउटा वर्ग छ“दै थियो । त्यो वर्ग पनि मौन बसेन । बरु माक्र्सवादचाहि“ ठाडो राजनीति हो र साहित्यलाई राजनीतिबाट जतिसक्तो टाढा राख्नु पर्छ भन्ने प्रगतिवादविरोधी वर्ग उभियो । यस वर्गले प्रयोगवाद र प्रतीकवादको फलाको उरालेर साहित्य साहित्यकै लागि हुनुपर्छ भन्यो । जीवनवादी साहित्यलाई रुचाउने, जनताको पक्ष लिने तर नारा र फलाकालाई मन नपराउने सा“चो प्रगतिवादी वर्गको विकास पनि यी उग्रपन्थीहरूको तीव्र संघर्षको बीचबाट हु“दैगएको देखिन्छ । यस वर्गले भाषा र शैलीको सौन्दर्यमा ध्यान दिएको छ । 
शर्माका यी विचारमा सातसालपछि नेपाली साहित्य (र कविता)मा प्रगतिवादी नवीन प्रवृत्ति विकसित भएको स्पष्ट स्वीकारोक्ति छ भने त्यसका समानान्तरमा प्रगतिवादविरोधी स्रष्टाहरूबाट शुद्ध साहित्य, शुद्ध कला, शुद्ध कविताका नाममा प्रयोगवादी, प्रतीकवादी आधुनिक प्रवृत्ति र धाराको विकास भएको र अनि प्रगतिवादकै समानान्तरमा त्यसलाई नरुचाउने परम्परामार्गीहरूको अर्को धारा (जसलाई यथास्थितिवादी–परिष्कारवादी भन्न सकिन्छ) पनि सक्रिय नै रहेको खोलुवा पनि छ । अझ शर्मा विशुद्ध प्रगतिवादी स्रष्टाहरूलाई ‘नारावादी प्रगतिवादी’ अर्थात् साहित्यिक ‘उग्रपन्थी’को पगरीसमेत भिराउ“दै प्रगतिवादविरोधी र ‘उग्रपन्थी प्रगतिवादी’का माझबाट कलासौन्दर्यको सुरक्षाप्रति सचेत ‘सच्चा प्रगतिवादी’ स्रष्टाहरूको प्रवृत्ति पनि विकसित भएको आफ्नैखाले तर्क अगाडि सार्दछन् । यस सन्दर्भमा उनी अगाडि भन्छन् ः “साम्यवादी फलाकाहरूलाई नाङ्गो भाषामा प्रकट गरेर झ्याउरेले देवीप्रसाद किसानजस्ता लेखकहरूबाट उग्रताको धुरो छोयो । प्यासी र लक्ष्मण लोहनीतर्फ भने झ्याउरेले उग्रताबाट मुक्ति लिएको छ”(पृ. १४९) । शर्माको यस्तो टिप्पणीबाट उनले रचनाधर्मिताका सापेक्षित कलात्मक सीमालाई निहु“ बनाएर विचारमा प्रखर एवं उत्पीडित जनताप्रतिको वर्गीय प्रतिबद्धतामा खरा रहेका प्रगतिवादी स्रष्टाहरूको अवमूल्यन गर्ने र खास प्रगतिवादी धारालाई ओझेलमा पारेर मध्यमार्गी अवसरवादी धारलाई प्रगतिवादका स्थानमा स्थापित गर्ने प्रयास गरेको स्पष्टै अनुभव गर्न सकिन्छ । माक्र्सवादप्रतिका आफ्नै पूर्व सम्मतिको परित्याग गरेर यथास्थितिवादी समानान्तर साहित्यधारामा समाहित भइसकेका शर्माप्रभृति समीक्षकबाट यस्तो मूल्याङ्कन र टिप्पणी गरिनु कुनै अस्वाभाविक कुरा होइन नै तथापि यसबाट साक्ष्यका रूपमा लिन सकिने कुरा के हो भने वि. सं. २००७ सालपछि नेपाली कवितासाहित्यमा प्रगतिवादी धाराको स्वतन्त्र रूपमा विकास भएकै हो र शर्माले भनेजस्तै त्यसका विरोधमा प्रयोगवादीलगायत कथित कलावादी धाराको विकास पनि भएकै हो । 
वासुदेव त्रिपाठी (२०४८ र २०५३) पहिला नेपाली कविताको कालविभाजन गर्दै यसका क) प्राथमिक काल(वि. सं. १८२६ देखि १९४०सम्म), ख) माध्यमिक काल (१९४१ देखि १९७४ सम्म) र ग) आधुनिक काल(१९७५ देखि आजसम्म) गरी तीनकालखण्ड छुट्याउ“छन् र त्यसपछि ती प्रत्येक कालमा देखापरेका विभिन्न धाराको उल्लेख गर्छन् । त्रिपाठीका अनुसार नेपाली कविताको प्राथमिक कालका पूर्वाद्र्ध (१८२६ देखि १८७२)मा वीरधारा तथा उत्तरार्ध (१८७२–७३देखि १९४०)मा धार्मिक–आध्यात्मिक धारा अनि माध्यमिक कालमा मुख्यतः श्रृङ्गारिक धारा सक्रिय रहेको छ । त्रिपाठी (२०५३ ः ११६) वि.सं. १९७५ देखि आधुनिक नेपाली कविताको सुरुवात भएको दरो अडान राख्दछन् (जुन निकै विवादास्पदसमेत रहेको छ) र यस कालका नेपाली कविताको धारागत स्थितिका बारेमा यस्तो धारणा प्रस्तुत गर्छन् ः
निचोडमा आधुनिक नेपाली कविताको पूर्वाद्र्ध(वि. संं १९७५–२०१६)का दुई मुख्य धाराहरू हुन्–(१)परिष्कारवादी धारा(वि. सं. १९७५–१९९०) र (२) स्वच्छन्दतावादी–प्रगतिवादी धारा(वि. सं. १९९१–२०१६) । उक्त स्वच्छन्दतावादी प्रगतिवादी धाराका दुई उपधारा छन्– (क) विशुद्ध स्वच्छन्दतावादी धारा (वि. सं. १९९१–२००३) र (ख) स्वच्छन्दतावादी–प्रगतिवादी धारा(वि. सं. २००४–२०१६) ।
आधुनिक नेपाली कविताका विभिन्न धाराका सम्बन्धमा त्रिपाठीको यो वर्गीकरण विश्वविद्यालयीय पठनपाठनमा आधिकारिक पाठकै रूपमा लामो समयदेखि प्रयुक्त हु“दै आएकाले यसले नेपाली कविताका अध्येताहरूमाझ एक प्रकारको वैधता पनि पाएको छ भने माक्र्सवाद र प्रगतिवादका मूल मर्मप्रति सचेत नभएकाहरूका लागि यो सत्यजस्तै बन्न पुगेको पनि छ, तर वास्तविकता के हो भने त्रिपाठीको यस वर्गीकरणले माक्र्सवादसम्बद्ध विशुद्ध–स्वायत्त प्रगतिवादी धाराको उद्भव र विकासको तथ्यलाई उपेक्षा गरेको छ । त्रिपाठीले वास्तवमा नेपालमा माक्र्सवादको औपचारिक प्रवेश र त्यसपछि विश्वमा भएका साम्यवादी क्रान्तिका प्रभाव अनि नेपालमै विकसित भएको निरङ्कुशताविरोधी क्रान्तिचेतका पृष्ठभूमिमा २००७ वरिपरिबाट उद्भूत विशुद्ध प्रगतिवादी कविताधारालाई आधार बनाएर यस किसिमको वर्गीकरण गरेका नभई तत्कालीन निरंकुशताविरोधी आन्दोलन र क्रान्तिमय बन्दै गएको नेपाली परिवेशबाट प्रभावित भई व्यङ्ग्यविद्रोही र पछिपछि निकै हदसम्म क्रान्तिकारी बन्न पुगेका स्वच्छन्दतावादी धाराका केन्द्रीय प्रतिभा लक्ष्मीप्रसाद देवकोटा र उनका प्रवृत्तिमा आएको परिवर्तनलाई मुख्य आधार बनाएर उक्त वर्गीकरण गरेका हुन् । के कुरामा शंका छैन भने आफ्नो समयको आन्दोलनमय एवं क्रान्तिमुखी परिवेश, सामाजिक असमानता र अन्यायविरुद्ध आफैमा बढ्दै गएको विद्रोही भावना, सातसालको परिवर्तनका सीमा वा बोक्रेपना अनि समाजवादी विचारधाराको सामीप्यजस्ता पृष्ठभूमिमा देवकोटा विद्रोही–क्रान्तिकारी बनेकै हुन् र प्रगतिवादका निकट पनि पुग्न खोजेकै हुन् तर उनी विशुद्ध प्रगतिवादीचाहि“ कहिल्यै बनेनन् । त्यसैले यदि नेपाली कवितासाहित्यमा विशुद्ध प्रगतिवादी धाराको अस्तित्व रहेको छ र त्यसको उद्भव २००७ वरिपरिबाट भयो भन्ने मान्ने हो भने (जुन यथार्थ हो) त्यस धाराको वर्गीकरणमा २००४मा देवकोटाका काव्यप्रवृत्तिमा आएको परिवर्तनलाई मुख्य वा केन्द्रीय आधार बनाउन मिल्दैन । निश्चय पनि २००७ तिर प्रगतिवादी कविताधाराको उद्भवमा पूर्ववर्ती रिमाल, सिद्धिचरणजस्ता क्रान्तिसचेत कविहरूलगायत देवकोटामा आएको उक्त परिवर्तनकै पनि महŒवपूर्ण प्रभाव रहेकै छ र त्यसलाई अवमूल्यन वा उपेक्षा गर्न मिल्दैन तथापि विशुद्ध प्रगतिवादी कविताधाराको कुरा गर्दा परिवर्तनमुखी, प्रगतिशील र विद्रोही–क्रान्तिकारी कवितासिर्जनाका  पूर्ववर्ती विभिन्न प्रयासहरू(जुन प्रयासहरू प्राथमिक कालकै सन्त कवितासाहित्यदेखि माध्यमिक कालका छिटपुट प्रयास र विशेषतः धरणीधर, महानन्दप्रभृत्ति अन्याय–अत्याचारविरोधी सुधारवादी चेत राख्ने कविहरूका महत् प्रयास हु“दै सिद्धिचरण, गोपालप्रसाद रिमाल र लक्ष्मीप्रसाद देवकोटालगायतका कविहरूबाट भएको छ)–का पृष्ठभूमिमा २००७ सालतिरबाट र अझ सग्लो–सुपुष्ट रूपमा २००८बाट नेपाली कवितामा एउटा बेग्लै धाराका रूपमा प्रगतिवादी कविताको विकास भएको हो । २००८देखि २०१६सम्म सिङ्गो स्वच्छन्दतावादी कविताधाराका कलात्मक प्राप्तिका समकक्षमा उभ्याउनु पर्दा वा त्यसस“ग दा“ज्दा यसका कलात्मक सीमा टड्कारो देखिएलान् र छन् तापनि यसो भनेर आफ्नै यात्राको यस पहिलो चरणमा प्रगतिवादी नेपाली कविताले उत्पीडित जनताका पक्षमा जुन मुक्तिगीत गाउने प्रयास ग¥यो, सदियौंदेखि उत्पीडत एवं अपहेलित जाति र वर्गका स्वप्न, आकाङ्क्षा र अनुभूतिलाई जसरी कवितात्मक वाणी दिने प्रयास ग¥यो, जसरी अन्याय र उत्पीडनका कारक शक्तिहरूमाथि धावा बोल्ने काम ग¥यो र एउटा सुन्दर भविष्यको क्षितिजतर्फ कविताका माध्यमबाट जसरी यसका पाठक र श्रमशील वर्गलाई उन्मुख बनाउने काम यसले ग¥यो, त्यसको उपेक्षा गर्न मिल्दैन । त्यसलाई त केवल प्रगतिवादी कविताको मात्र नभई सिङ्गो नेपाली कविताको महŒवपूर्ण प्राप्ति मान्नु पर्दछ । प्रयोगवादी कविताको करिब एक दशकको हल्लीखल्लीले यसको अस्तित्वलाई केही ओझेलमा पारेजस्तो गरे पनि प्रयोगवादी कविता नेपाली पाठकमाझ टिक्न सकेन र प्रगतिवादी कविता जनताको लोकप्रिय  कलात्मक वस्तु बनिरह्यो र आज यसै धाराले नेपाली कविताको प्रतिनिधित्व गरिरहेको छ । तर यस्तो जीवन्त सत्यलाई उपेक्षा गरेर त्रिपाठी स्वच्छन्दतावादभित्रको क्रान्तिकारी प्रवृत्ति(अथवा सिङ्गो स्वच्छन्दतावादभित्रको उत्तरवर्ती सहधारा)लाई नै त्यस समयको मूल धारा बताउ“छन् र पछिका समयमा पनि यस धाराको स्वायत्त अस्तित्वको अभिलेखाङ्कन आवश्यक देख्दैनन् । निम्न भनाइबाट पनि उनको प्रगतिवाद र स्वच्छन्दतावादप्रतिको उक्त धारणा अझ स्पष्ट हुन्छ । उनी(२०४८ ः ३४४) भन्छन् ः
स्वच्छन्दतावादस“ग हातेमालो गरेर नै नेपाली कविताका सन्दर्भमा प्रगतिवादले कवितासौन्दर्यको खास सिद्धि प्राप्त गरेको देखिन्छ । आधुनिक नेपाली कविताको यस स्वच्छन्दतावादी–प्रगतिवादी चरणमा प्रजातान्त्रिक–प्रगतिशील व्यापक मानवतावादी तात्पर्यमा नै प्रगतिवादी चेतनाको कवितात्मक प्रयोग भएको पाइन्छ ।
यसबाट स्पष्ट हुन्छ–त्रिपाठी सर्वहारा मानवतावादी आदर्शसहित साम्यवादी भविष्यदृष्टि लिएर नेपाली कवितामा उद्भूत भएको विशुद्ध प्रगतिवादी÷माक्र्सवादी कविताधारालाई छुट्टै स्वायत्त धाराका रूपमा स्वीकार्न अनिच्छुक रहेका र कलात्मक सौन्दर्यको कुरा उठाई प्रगतिवादको कलात्मक सौन्दर्र्य स्वच्छन्दतावादस“ग जोडिएर मात्र प्राप्त हुनसकेको निष्कर्ष दिन खोजिरहेका छन् । त्यतिमात्र होइन प्रगतिवादलाई ‘व्यापक’ (यथार्थमा पु“जीवादी) मानवतावादस“ग जोडेर प्रगतिवादभित्रको वर्गीयता र सर्वहारामानवतावादी प्रवृत्तिलाई गौण बनाउने प्रयाससमेत गरेको स्पष्टै छ । समष्टिमा देवकोटाका नेतृत्वमा रहेको मूल स्वच्छन्दतावादी धाराभित्र २००४तिर मूलतः देवकोटाकै काव्यप्रवृत्तिमा आएको व्यङ्ग्यविद्रोही एवं क्रान्तिकारी प्रवृत्तिगत परिवर्तनलाई नै धुरी बनाएर त्रिपाठी त्यसलाई प्रगतिवादका रूपमा स्थापित गर्न चाहन्छन्–चाहेका छन् । माक्र्सवादसम्बद्ध विशुद्ध प्रगतिवादले उनका व्याख्यामा छुट्टै हैसियत प्राप्त गर्दैन ।
  मोहनराज शर्मा (२०४९)ले नेपाली साहित्यको संक्षिप्त इतिहास नामक पुस्तकमा नेपाली कविताको कालविभाजन गरिसकेपछि नेपाली कवितामा देखापरेका विभिन्न धाराहरूको विवेचना नभई उल्लेख÷सङ्केत गरेका छन् । उक्त पुस्तक(पृ. २६)मा शर्माले नेपाली कविताका पा“च कालको उल्लेख गर्दै (१) आदिकाल (१८०१–१८७२)मा वीरधारा, (२) पूर्वमध्यकाल(१८७३–१९४३९)मा भक्तिधारा र (३) उत्तरमध्यकाल(१९४०–१९७४)मा श्रृङ्गारधारा सक्रिय रहेको उल्लेख गरेका छन् भने वि. सं. १९७५ देखि २००७ सम्मको समयलाई (४) प्राक् आधुनिक वा नव्यकालका रूपमा लिई यस अवधिको समष्टि प्रवृत्ति आदर्शवाद रहेको विचार व्यक्त गर्दै व्यष्टिमा भने यस युगका पूर्वाद्र्धमा माध्यमिक कालका निकटवर्ती परिष्कारवादी धारा र उत्तराद्र्धमा आधुनिक कालका निकटवर्ती स्वच्छन्दतावादी धारा विकसित भएको सङ्केत गरेका छन् । शर्माले २००८ पछि (यता)को अवधिलाई आधुनिक कालका रूपमा लिई यस कालका कवितामा कुनै एक वाद र विचार–सम्प्रदायको मात्र प्रभाव नपरी अनेक अन्तर्राष्ट्रिय(विशेषतः पश्चिमी) व्यक्तित्व र तिनका विचारको प्रभाव परेको बताउ“दै परिणामस्वरूप आधुनिक कवितालाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिने धारणा व्यक्त गरेका छन् । त्यस क्रममा उनी आधुनिक नेपाली कवितालाई प्रयोगवादी कविता, प्रगतिवादी कविता, प्रतीकवादी कविता, नया“ कविता, यौनवादी कविता, अस्तित्ववादी कविता, विसङ्गतिवादी कविता, आयामेली कविता, राल्फाली कवितालगायतका विभिन्न कोटिमा वर्गीकरण गर्न सकिने धारणा अगाडि सारेका छन् (पृ.५६) । प्रगतिवादी धाराका सम्बन्धमा अत्यन्त सङ्क्षिप्त धारणा राख्दै उनी भन्छन् ः “सामाजिक कुरीति र बेथितिउपर कठोर प्रहार गर्दै आर्थिक शोषण र असमानताका विरुद्ध आवाज उठाएर सामाजिक यथार्थलाई अभिव्यक्ति दिने प्रगतिवादी कविताहरूको पनि एउटा वर्ग बनाउन सकिन्छ (पृ. ५८) । 
यसरी नेपाली कवितामा विकसित विभिन्न धाराहरूका सम्बन्धमा शर्माका भनाइहरू अत्यन्त सङ्क्षेपमा व्यक्त भएका छन् तापनि प्रगतिवाद आधुनिक नेपाली कविताको एउटा प्रतिनिधि धारा हो भन्ने कुराको साक्ष्य उनका उक्त भनाइहरूमा राम्रैस“ग प्रकट भएको छ । 
अङ्गे्रजीका प्राध्यापक एवं नेपाली साहित्यका स्रष्टा–समालोचक अभि सुवेदीका नेपाली कविताबारे धेरै ठाउ“मा प्रस्तुत विचार पनि ध्यानदिनयोग्य छन् । कृष्ण प्रसाईं
(२०४८)सम्पादित नेपाली समसामयिक कविताहरूको समीक्षात्मक भूमिका लेख्ने क्रममा सुवेदी(पृ. १०)ले नेपाली कवितामा चिन्तनसम्बन्धी आन्दोलनका मूलतः तीन लहर ठम्याएका छन् ः (१) भानुभक्तको रामायण प्रकाशन, (२) दोस्रो आधुनिक कालमा देखापर्ने आधुनिकताको ताŒिवक परिचायक बोकेको आयामेली आन्दोलन र (३) तेस्रो वर्तमान(सम्पादन गर्न लागिएको सम्बद्ध कृतिको समय) काल अर्थात् आधुनिकोत्तर समसामयिक कालको चिन्तन र रचनाधर्मिता । यसरी सुवेदीका आलोचकीय दृष्टिमा नेपाली कविताको आफ्नो इतिहासमा उक्त तीन काल र त्यसस“ग सम्बद्ध चिन्तन र रचनाधर्मिता नै सर्वाधिक महŒवपूर्ण ठहरिएको स्पष्ट हुन्छ । नेपाली कविताले अभिव्यक्ति–सामथ्र्यका साथै कविताको सौन्दर्यसामथ्र्य प्राप्त गर्न नेपाली भाषाकै सामथ्र्य–विकास आवश्यक थियो भन्ने कुरामा दुईमत छैन र यस दृष्टिले भानुभक्तीय रामायणको रचना र प्रकाशनलगायत नेपाली भाषाको साहित्यिक सम्प्रेषण–सामथ्र्यको अभिवृद्धिका लागि गरिएका र भएका अन्य सबै सिर्जनात्मक प्रयासहरू उत्तिकै महŒवपूर्ण रहेको कुरामा पनि शंका छैन तर त्यसपछिको र खासगरी रिमालेली क्रान्तिचेतनाको उच्च गद्यकवितात्मक सौन्दर्य–अभिव्यञ्जना र त्यसपछि क्रमशः छिप्पिंदै गएको त्यही क्रान्तिचेतमा माक्र्सवादी युगपरिवर्तनकारी चेतनाको समावेशनपछि (सौन्दर्यचिन्तन एवं सिर्जनात्मक दुवै स्तरमा) विकसित समाजवादी यथार्थवादी (प्रगतिवादी) साहित्यिक आन्दोलन (जसको तीव्र प्रभाव समकालीन रोमाण्टिक कविता–आन्दोलनमा समेत पर्नगयो)–को महŒव कम छ भन्नु वा महŒव नै नदेख्नु आलोचकीय धर्म हो भन्न कसरी सकिएला ? यसै धर्मको सीमा सुवेदीका उक्त चिन्तन र विश्लेषणमा पाइन्छ । उनी नेपाली कविताले नेपाली भाषामा कलात्मक अभिव्यक्तिको सामथ्र्य प्राप्त गरिसकेपछिका र त्यस स्थितिले परिपक्वता÷प्रौढता प्राप्त गरिसकेपछिका अवस्थामा नेपाली कवितामा आधुनिकतावादी(अर्थात् ‘मोडर्निस्ट’ जुन संज्ञा सुवेदी प्रयोगवादी वा आयामेली कवितालाई दिन्छन्) कविता(र तत्सम्बन्धी सौन्दर्यचिन्तन)लाई नै सबभन्दा ठूलो घटना वा लहर मान्छन् । यसपछि अर्थात् आयामेली कविताको शेष वा अवान्तर स्थितिपछि सुवेदी वर्तमानको समसामयिक कविता र यस क्रममा गोचर हुने समसामयिक कविताचिन्तन र रचनाधर्मितालाई अर्को विशिष्ट महŒवको  परिघटना वा उनकै शब्दमा ‘लहर’ मान्दछन् । यस समसामयिक कविताका सौन्दर्यसामथ्र्य र रचनापद्धतिका वैशिष्ट्य र विशेषतः पूर्ववर्ती (उनकै शब्दमा) ‘मोडर्निस्ट’ कवितास“गका यसका पार्थक्यको सूक्ष्म मीमांसा पनि उनी प्रस्तुत गर्दछन् जसलाई स्वीकार्न त्यति आपत्ति छैन तर विचारणीय कुरा यहा“ पनि के छ भने अन्य समानान्तर समीक्षकले झैं सुवेदीले पनि माकर््सवादी वा प्रगतिवादी कविताधाराको सशक्त उपस्थितिबाट बनेको सिङ्गो समसामयिक कविताबाट प्रगतिवादी कविता र त्यसले सिङ्गो समसामयिक नेपाली कवितामा पारिरहेको चिन्तनगत एवं सौन्दर्यात्मक प्रभावको पूर्णतः उपेक्षा गर्छन् र ईश्वरवल्लभ वा विमल निभा अनि सरुभक्त अथवा पूर्ण विरामलाई एउटै घानमा हालेर समकालीन कविताको प्रवृत्ति र पहिचान औंल्याउ“छन् । समकालीनताभित्रै सक्रिय सरुभक्त र पूर्ण विराम वा ईश्वर वल्लभ र विमल निभाका प्रवृत्तिमा समकालीनताका नाताले युगसन्दर्भ एउटै होलान् तर तŒवतः ती एकै धारका होइनन् । युगलाई हेर्ने, यसका अतर्विरोधको भेदन गर्ने र भविष्य–चियाउने कुरामा समकालीनताको ठूलो हुलमा भिन्न–भिन्न प्रवृत्ति छन् र भिन्न–भिन्न धारा छन् । तिनलाई पृथक् गर्न नसक्ता (र खासमा नचाह“दा) समकालीन कविताबारे सुवेदीकै निष्कर्षमा पुगिने अवस्था रहनु अस्वाभाविक होइन । सुवेदीकै सम्पादनमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित समकालीन नेपाली कविता(२०५५)मा पनि सुवेदीको यस्तै विश्लेषण प्रस्तुत छ । समानान्तर धाराका धेरैजसो समीक्षकहरूले सचेत रूपमै आज यसो गरिरहेका छन् र विगत समयको प्रगतिवादी कविताको अर्थपूर्ण अस्तित्वलाई निषेध गर्नुका साथै वर्तमानमा अर्थात् समकालीनताभित्रै पनि दह्रो उपस्थिति जनाउ“दै कविताविधालाई नै अर्थपूर्ण बनाइरहेको यस प्रगतिवादी कवितालाई विस्थापित गर्ने (?)प्रयास गरिरहेका देखिन्छन् । 
माक्र्सवादी अथवा प्रगतिवादी कविताधाराप्रति उपर्युक्त प्रकारको चिन्तन र व्यवहारमा समानान्तर साहित्यका समीक्षकका व्यक्तिगत प्रयासमात्र सक्रिय छैनन् अपितु संस्थागत जिम्मेवारी बोकाएर नेपाली साहित्यलाई कुलीनताको फेरोमा वा अर्को प्रकारले भन्दा राजकीय सत्ताको चरित्र र हितका रक्षामा समर्पित गराउन खटाइएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सक्रियता पनि संस्थागत रूपमै देखापरेको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित चाहे आधुनिक नेपाली कविता(२०२८) वा आजका नेपाली कविता(२०५०) होस्, चाहे पच्चीस वर्षका नेपाली कविता(२०३९) वा समकालीन नेपाली कविता(२०५५) होस्, ती सबैमा प्रगतिवादी कविताप्रतिको निषेधवादी दृष्टि राम्रैस“ग प्रकट रहेको छ । त्यसलाई साहित्य, साहित्यकार र साहित्यिक संस्थाको वर्गीय चरित्रकै सबल परिचायक मान्नु पर्छ भन्दा कुनै अत्युक्ति हुने देखिंदैन । 
प्रज्ञा प्रतिष्ठानका त्यस्तै प्रयासमध्ये सबभन्दा पछिल्लो कृत्यका रूपमा यसको पछिल्लो प्रकाशन खगेन्द्र लुइ“टेलकृत कवितासिद्धान्त र नेपाली कविताको इतिहास(२०६०)नामक कृति आएको छ । यो कृति प्रज्ञा प्रतिष्ठानको आफ्नो वार्षिक परियोजनाअन्तर्गत प्रकाशित कृति हो । यसभित्रका विचार लेखकका आफ्ना हु“दाहु“दै र त्यसप्रति लेखकको जवाफदेही हु“दाहु“दै पनि यो प्रतिष्ठानको आफ्नो परियोजनाको परिणाम भएकाले त्यसप्रति प्रतिष्ठानको संस्थागत दायित्व पनि रहन्छ नै भन्ने मान्यतालाई आधार बनाएर यहा“ यसभित्र प्रस्तुत विचारको समीक्षा गरिएको छ । 
उक्त कृतिमा कवितासिद्धान्तको चर्चा गरिसकेपछि नेपाली कविताको धारागत इतिहासको रेखाङ्कन र विवेचना गरिएको छ । त्यस क्रममा नेपाली कविताको प्राथमिक काल(सुरुदेखि १९४०सम्म)का पूर्वाद्र्ध चरणमा वीरधारा र उत्तरार्ध चरणमा भक्ति धारा 
(पृ.१६९), माध्यमिक काल(१९४१देख १९९१सम्म)का पूर्वाद्र्धमा श्रृङ्गारिक धारा(१९४१–१९७४) तथा उत्तरार्धमा शास्त्रीयतावादी धारा (१९७५–१९९१) रहेको उल्लेख गरिएको छ भने वि. सं. १९९२यताको अवधिलाई आधुनिक काल मानेर त्यस कालका कविताधाराको उल्लेख गर्ने क्रममा क्रमशः १) स्वच्छन्दतावादी धारा(१९९१–२०१६), २) प्रयोगवादी धारा(२०१७–२०३५) र ३) समसामयिक धारा(२०३६ यता) भनी जम्मा तीनवटा धाराको उल्लेख गर्दै(पृ. २३८) क्रमशः तिनका प्रवृत्ति र प्रमुख कविका कवित्वको परिचय दिइएको छ । यसरी वि.सं. १९९१ यताको अवधिका नेपाली कवितामा पाइने विभिन्न धाराको उल्लेख र विवेचना गर्दा नेपाली कवितामा प्रगतिवादी धारा एउटा छुट्टै र स्वायत्त धाराका रूपमा रहेको दह्रो यथार्थलाई यस कृतिमा पनि लेखकले पूरै निषेध गरेका छन् । स्वच्छन्दतावादी धारा र त्यसका प्रवृत्तिको चर्चा गर्ने क्रममा त्यसै धाराभित्र प्रगतिवादी कविता लेखनबारे आफैमा विरोधाभाषी धारणाको उल्लेख गर्ने काम भने भएको छ जसले नेपाली प्रगतिवादी कविताबारे केवल भ्रममात्र सिर्जना गर्न सघाउने काम गरेको छ । स्वच्छन्दतावादी धाराको चर्चा गर्दै भनिएको छ ः “यसै क्रममा स्वच्छन्दतावादभित्रै प्रगतिवादी कविता लेखिन थाल्छन् ”(पृ. २४१) । फेरि अगाडि भनिएको छ ः
स्वच्छन्दतावाद र प्रगतिवाद परस्पर विरोधी भएकाले ती दुवै एकै ठाउ“मा आएको नभई स्वच्छन्दतावादी वा अन्य कविहरूका कतिपय कवितामा छुट्टै तथा स्वच्छन्द ढङ्गले प्रगतिको कामना गरिएको पाइन्छ । यसै सन्दर्भमा नेपालीमा प्रगतिवादलाई स्वच्छन्दतावादस“ग जोडेर स्वच्छन्दतावादी–प्रगतिवादी भन्ने गरिएको पाइन्छ(द्रष्टव्य छ वासुदेव त्रिपाठीको विचार–ले.), तर यी दुई एकीकृत रूपमा आउने वाद होइनन्”(पृ. २४१) ।    
यसो भनेर लेखकले प्रगतिवाद स्वच्छन्दतावादस“ग नजोडिएको, त्यो पृथक् रहेको विचार व्यक्त गरेर त्रिपाठीप्रभृत्ति समीक्षकका धराणाको खण्डन गर्न खोजेजस्तो देखाउने प्रयास गरेका छन् तर वास्तविकता त्यस्तो नभई यहा“ त्रिपाठी–विरोधको भ्रममात्र दिन खोजिएको प्रस्टै छ र त्यो कुरा माथिको पहिलो उद्धरणबाटै स्पष्ट हुन्छ जहा“ उनले प्रस्ट शब्दमा “स्वच्छन्दतावादभित्रै प्रगतिवादी कविता लेखिन थाल्छन्” भनेका छन् । यसपछि लगत्तै तल्लो अनुच्छेदमा उनी स्वच्छन्दतावादकै थप परिचय दिने क्रममा भन्छन् ः “....यसरी १९९१ सालमा प्रारम्भ भएको स्वच्छन्दतावादी धारा २००३÷२००४ सालसम्म शुद्ध स्वच्छन्दतावादी धाराका रूपमा र त्यसपछि प्रगतिवादी धाराका रूपमा विकसित हु“दै जान्छ र २०१६ सालसम्म नेपाली कविताको मूल प्रवाहका रूपमा रहन्छ”(पृ. २४१) ।   
यस भनाइलाई अलिक सूक्ष्मतापूर्वक हेर्दा माथिको कुरा प्रस्ट हुन्छ । लेखकले समष्टिमा १९९१देखि २०१६सम्मको समय स्वच्छन्दतावादी धाराको रहेको र यस समयमा यो नेपाली कविताको मूल प्रवाहका रूपमा रहेको कुरा बताइसकेपछि त्यसभित्र २००४देखि २०१६सम्म प्रगतिवादी धारा स्वच्छन्दतावादविरोधी बेग्लै धाराका रूपमा अस्तित्ववान् रहेको कुरा कसरी स्थापित हुन्छ ? अझ माथिको उद्धरण र यसअघि प्रस्तुत त्रिपाठीको विश्लेषणलाई दा“जेर हेरौं त ⁄ त्रिपाठीले पनि विशुद्ध स्वच्छन्दतावाद १९९१देखि २००३सम्म सक्रिय रहेको र त्यसपछि त्यसले प्रगतिवादी प्रवृत्तिलाई आत्मसात् गर्न पुगी २००४देखि २०१६सम्म स्वच्छन्दतावादी–प्रगतिवादी धाराको निर्माण भएको बताउ“दै समष्टिमा १९९१देखि २०१६सम्म स्वच्छन्दतावादी धाराकै केन्द्रीयता कायम रहेको बताएका छन् । त्रिपाठीको यो निष्कर्ष र लुइ“टेलको उक्त निष्कर्षमा ताŒिवक भिन्नता कहा“ छ त ? लुइ“टेलको उक्त भनाइले पनि प्रगतिवाद पृथक् र स्वायत्त धाराका रूपमा नभई २००४पछि स्वच्छन्दतावादी धारा नै प्रगतिवादका रूपमा विकसित भएको तर समष्टिमा त्यो मूल स्वच्छन्दतावादी वृत्तभन्दा बाहिर नरहेको निष्कर्षलाई नै स्थापित गर्दछ किनभने सुरुमै स्वच्छन्दतावादको मूल समयसीमा (१९९१–२०१६) तोकेर अनि प्रगतिवादलाई त्यसै समयभित्र सीमित र त्यसकै अर्थात् स्वच्छन्दतावादकै विकसित अर्को रूप रहेको मत स्थापित गर्न खोजिरहेको स्पष्टै छ । त्यसैले शब्द र प्रस्तुतिमा केही भिन्नता देखिए पनि प्रगतिवादी कविताधाराबारे त्रिपाठीको ‘स्कुल’भन्दा फरक ‘स्कुल’को मत यहा“ पनि छैन । ‘आधुनिक’ र ‘पूर्वाग्रहरहित तटस्थ’ दृष्टिकोण अ“गालेर कृतिको रचना गरिएको तर्क दिने विवेच्य कृतिका लेखकले नेपाली कविताका मुख्य धाराहरूको इतिहास प्रस्तुत गर्ने ‘महत्’ कार्य गर्दा नेपाली कविताका पाठक र नेपाली समाजलाई गम्भीर रूपले प्रभावित र उद्वेलित पार्ने र यहा“को उत्पीडनकारी राज्यसंरचनासमेतलाई ठूलो चुनौती बन्ने हैसियत राख्ने र राख्नेमात्र नभई बनेरै प्रस्तुत हुने प्रगतिवादी नेपाली कवितालाई इतिहासमा उसका स्थानबाट निषेध गर्ने यो प्रवृत्ति तटस्थ प्राज्ञिक प्रवृत्ति त हु“दै होइन, साहित्य र साहित्यचिन्तनसमेत वर्गीय समाजमा वर्गीय प्रकारको हुन्छ र त्यो निवर्गीय हुनु सम्भव छैन भन्ने कुराको सटिक उदाहरणचाहि“ यो पक्कै हो । 
कृतिका लेखकले तर्क गर्ने ठाउ“ होला– नेपाली कविताका इतिहासमा पुराना  पुस्ताका युद्धप्रसाद मिश्र, केवलपुरे किसान, गोकुलप्रसाद जोशी, आनन्ददेव भट्ट, टी. आर. विश्वकर्मा, मोदनाथ प्रश्रित, रामचन्द्र भट्टराई जस्ता कवि र नया“ पुस्ताका विमल निभा, पूर्ण विराम, विक्रम सुब्बा र सुकुम शर्मासम्मलाई त समेटिएकै छ र तिनको चर्चा त गरिएकै छ । 
केही प्रगतिवादी कविहरूको यो चर्चासन्दर्भ पनि आफैमा विरोधाभाषी र सत्यलाई भ्रमपूर्ण बनाउने किसिमको छ । त्यसो किनभने अघिल्लो पुस्ताका  गोकुल जोशी, टी. आर. विश्वकर्मा, केवलपुरे किसान हु“दै रामचन्द्र भट्टराईसम्मका जति पनि प्रगतिवादी कविको समावेशन त्यहा“ छ, तिनको चर्चा प्रगतिवादी धाराका कविका रूपमा नभई शीर्षकमा स्वच्छन्दतावादी धारा भनेर त्यसअन्तर्गत सबै स्वच्छन्दतावादी कविहरूस“गै गरिएको छ । एउटा धाराका कविलाई अर्कै धाराका कविका रूपमा उभ्याउनुलाई ज्ञानको सीमा मान्ने कि, पूर्वाग्रह मान्ने कि, हेलचेक्र्याइ“ मान्ने ? लेखकले जे लेखिदिए पनि त्यसलाई पाठकले सत्यका रूपमा स्वीकार्न बाध्य बनाउने यो कस्तो प्राज्ञिक अभ्यास 
हो ? गोकुल जोशी, केवलपुरे किसान, टी. आर. विश्वकर्मा, मोहनविक्रम सिंह, आनन्ददेव भट्ट आदिलाई स्वच्छन्दतावादी कविका रूपमा प्रस्तुत गरेर तिनका कवित्वको मूल्याङ्कन गर्दा कविप्रति समीक्षकको कस्तो न्याय होला ? झण्डै यस्तै स्थिति समसामयिक कविहरूको चर्चाका सन्दर्भमा देखापरेको छ । समसामयिकताको समयसीमा कति हो र त्यसमा पनि त्यो आफैमा धारा नै हो कि होइन ? यो प्रश्न महŒवपूर्ण रहेको छ तर प्रायःजसो समीक्षकले यसको उपेक्षा गरी २०३० वा २०३५ यताका सबै धारा र प्रवृत्तिका कवितालाई एउटै घानमा हालेर त्यसलाई समसामयिक कविताधाराको नाउ“ दिने काम गर्नाले ठूलो खजमज अथवा भनौं क्वा“टी–परिस्थिति सिर्जना भएको छ । यसो गर्नाले सरुभक्त र पूर्णविराम, ईश्वर वल्लभ र विमल निभा अनि इन्दिरा प्रसाईं र कुन्ता शर्मालाई एउटै धाराका कवि मान्नु पर्ने विडम्बना हाम्राअगाडि तेर्सिन्छ, तेर्सिएको छ । अभि सुवेदीदेखि खगेन्द्र लुइ“टेलका उक्त कृतिसम्म यही स्थिति रहेको छ । लुइ“टेलको उक्त कृतिमा समसामयिकतालाई समय नभई धाराका रूपमा ग्रहण गर्नाले परस्पर भिन्न र विरोधी प्रवृत्तिका कविलाई एउटै धाराका कविका रूपमा उभ्याइएको छ जसले गर्दा प्रगतिवादी कविहरू आफ्नो प्रगतिवादी विशिष्ट धारागत पहिचान लिएर त्यहा“ आएका छैनन् । व्यक्तिको चर्चा गर्दा तिनमा पाइने प्रगतिवादी प्रवृत्तिको चर्चाले कविताको धारागत इतिहासको सन्दर्भलाई कुनै सघोट पुगेको छैन बरु धारागत इतिहासचाहि“ निषिद्ध नै हुनपुगेको छ । यो स्थिति समसामयिकतालाई धाराका रूपमा स्वीकार गर्नु र यस समयका खास र स्थापित धारालाई पृथक् रूपमा स्वीकार गर्न नचाहनुको परिणति नै हो । समसामयिक अवधिको सिङ्गो नेपाली कवितालाई धारागत आधारमा छुट्याउन सकिन्छ र त्यसमा पनि प्रगतिवादी कविता आज आफ्नो विशिष्ट दार्शनिक एवं सिर्जन–कलात्मक पहिचान लिएर अग्रगामी यात्रामा अघि बढिरहेकै छ र सिङ्गो समकालीनताभित्र आफ्नो दह्रो उपस्थिति जनाएर यथास्थिति र त्यसका पोषक वर्ग, संयन्त्र र चिन्तनलाई चुनौती दिइरहेको छ । त्यसैले यस यथार्थलाई उपेक्षा गरेर वा निषेध गरेर (जुन गर्न खोजेर पनि सम्भव छैन) गरिने कुनै मूल्याङ्कन आफैमा तटस्थ, वस्तुवादी एवं प्राज्ञिक प्रकारको हुनसक्छ भन्ने कुरामा विश्वास गर्न सकिन्न । यसरी मूल्याङ्कन गर्दा खास–खास धारामा उल्लेख्य योगदान दिने स्थापित प्रतिभाहरू चर्चामा परेका छैनन् भने कति स्थापित प्रतिभाको नाउ“ सूचीकृतसमेत गरिएको छैन । 
३. प्रगतिवादी नेपाली कविताधाराको आरम्भ, विकास र वर्तमानता 
तथ्यको सङ्क्षिप्त अवलोकन 
प्रगतिवाद माक्र्सवादी दर्शनमा आधारित साहित्यिक चिन्तनविशेष र त्यसको सिर्जनात्मक अभिव्यक्तिसमेत हो भन्ने कुरालाई यहा“ दोहो¥याइरहन नपर्ला । बीसौं शताब्दीका आरम्भतिरबाटै विश्वव्यापी उपस्थिति एवं पहिचान प्राप्त गरेको यो प्रगतिवादी साहित्य वर्गीय सौन्दर्यचिन्तनमा आधारित छ र यसले समाजवादी–साम्यवादी भविष्यदृष्टि अ“गालेर आफूलाई कुनै पनि प्रकारको सामाजिक संरचनामा दह्रो ढङ्गले प्रस्तुत गर्दै आएको छ । साम्यवादी स्वप्न र चिन्तनस“ग सम्बद्ध भए पनि यो आदर्शवादी नभई युगको यथार्थ र त्यस युगमा विद्यमान अन्तर्विरोधहरूको वस्तुसम्मत वैज्ञानिक विश्लेषण–अवलोकनको पद्धति र त्यसका पृष्ठभूमिमा निर्मित हुने साहित्यिक कलारूपसमेत हो । त्यसैले यो कही“ र कुनै पनि भूमिमा कुरूपता, विद्रूपता एवं यथास्थितिका विपक्षमा उभिन्छ र सधैं सुन्दर तथा अग्रगमनका पक्षमा प्रस्तुत हुन्छ । 
नेपाली साहित्यमा प्रगतिवादी कविताधाराको आरम्भ कसरी भयो भन्ने विषयमा यहा“ लामो चर्चा सम्भव छैन । यस विषयमा जगदीशचन्द्र भण्डारी (२०५५) तथा ताराकान्त पाण्डेय(२०५६)का प्रग्तिवादी नेपाली कवितास“ग सम्बद्ध विद्यावारिधि शोधप्रबन्धहरूको अध्ययन बढी उपयोगी हुनेछ । यिनका निष्कर्षलाई सङ्क्षेपमा राख्न खोज्दा भण्डारी(२०५५)ले प्रगतिवादी नेपाली कविताको आरम्भ गोपालप्रसाद रिमालबाट भएको र रिमाल नै पहिला प्रगतिवादी कवि रहेको निष्कर्ष दिएका छन् भने पाण्डेयले रिमालबाट प्रगतिवादी कविताको उद्भवले अत्यन्त महŒवपूर्ण पृष्ठभूमि प्राप्त गरेको र श्यमाप्रसाद शर्मा, ह्दयचन्द्रसिंह प्रधान आदिका फुटकर प्रयास हु“दै कृष्णचन्द्रसिंह प्रधानको प्रगतिवादको घोषणापत्रसहित आएको  भञ्ज्याङ्निरै (२००८) बाटै औपचारिक रूपमा प्रगतिवादी कविताधाराको आरम्भ भएको निष्कर्ष प्रस्तुत गरेका छन् । रिमालमा क्रान्तिचेतको सर्वोच्चता(त्रिपाठी, २०३२ ः १७२) पाइए पनि माक्र्सवादी प्रतिबद्धताका सन्दर्भमा अस्पष्टताको स्थिति र निकै मात्रामा रोमाण्टिक आदर्शवादी चेतको प्रबलतासमेत रहेका परिप्रेक्ष्यमा रिमाललाई विशुद्ध प्रगतिवादी कविका रूपमा स्वीकार्ने–नस्वीकार्ने कुरामा मतमतान्तरहरू रहनु स्वाभाविक छ तापनि मकै पर्वबाट उद्भूत निरङ्कुश यथास्थितिविरोधी चेत धरणीधरको ‘नयपाली ठिटो’ (वि. सं १९७७) हु“दै ‘आमाको सपना’(२०००)मा उत्कर्षमा पुगेको कुरा हाम्रो इतिहासमा अङ्कित भइसकेको तथ्य हो भने विक्रमको यस शताब्दीका आरम्भतिरबाटै रिमाल र अन्य स्वतन्त्रताप्रेमी एवं परिवर्तनकामी कविहरूका सिर्जनात्मक प्रयास अनि सोभियत तथा चिनिया“ क्रान्तिका प्रभाव र कम्युनिस्ट पार्टीको स्थापना(२००६)स“गै नेपालमा भित्रिएको माक्र्सवादी–साम्यवादी विचारधाराका पृष्ठभूमिमा २००७ वरिपरिबाट नै नेपाली कवितामा प्रगतिवादी प्रवृत्तिले एउटा स्वायत्त धाराको अस्तित्व र हैसियत प्राप्त गरेको तथ्यलाई धेरैजसो समीक्षक–चिन्तकहरूले स्वीकार गरेका छन् । 
उक्त सन्दर्भमा ऋषिराज बराल(२०५२ ः ५०५) भन्छन् ः 
प्रगतिवादी नेपाली काव्यिक आन्दोलनको मूल चरित्र वर्गसंघर्षका विविध रूपहरूसित कवि र कविताको तादात्म्यता हो र सामन्तवाद, साम्राज्यवाद र पु“जीवादी अमानवीयता र शोषणविरुद्ध जनमुक्ति र सर्वहारा मानवताको आह्वान यसको मूल स्वर हो । २००७ सालपछि यो विभिन्न मोड र गतिका साथ क्रियाशील भएर वर्तमानसम्म आइपुगेको छ । खासगरी २०३६पछि प्रगतिवादी काव्यआन्दोलनले वस्तु र रूप दुवैमा उच्चता कायम गरेको छ ।  
यसैगरी नरेन्द्र चापागाईं(२०५२ ः १४९) भन्छन् ः 
सातसालको जनक्रान्ति सफल भएपछि र प्रजातन्त्रको उदय भएपछि केही मात्रामा कविस्रष्टाहरूले आफ्ना विद्रोहात्मक तथा क्रान्तिकारी भावचेतनाहरू अभिभव्यक्त गर्न थाल्ने क्रमस“गै २००८सालदेखि नेपाली कविताको मूलधारा प्रगतिवादी बन्न पुग्यो । यसोभन्दै सातसालसम्म मूल धाराका रूपमा प्रवाहित हु“दै आएको क्रान्तिकारी स्वच्छन्दतावादी धारा (जसलाई त्रिपाठीप्रभृतिले स्वच्छन्दतावादी प्रगतिवादी भनेका छन् –ले.) पूर्ण रूपले बन्द भइहाल्यो भन्न खोजेको होइन । यो धारा पनि सहधाराका रूपमा चलिरह्यो ।   
चापागाईंको उक्त भनाइ र अन्य समीक्षकका माथि उद्धृत भनाइमा ताŒिवक भिन्नता छ । अरूले २००४पछि (यसरी २००४पछि भन्नुका पछाडि देवकोटाले व्यङ्ग्यविद्रोही कविता लेख्न यही समयदेखि सुरु गरेको सन्दर्भलाई उनीहरूले आधार बनाएका छन्, कुनै प्रस्ट माक्र्सवादी परिघटनासन्दर्भ त्यहा“ छैन) विशुद्ध स्वच्छन्दतावादी धाराभित्रै स्वच्छन्दतावादी प्रगतिवादी धाराको विकास भएको स्थापित गर्न खोजेका छन् भने चापागाईंले स्वच्छन्दतावादभित्रको क्रान्तिकारी धारा अर्थात् स्वच्छन्दतावादी क्रान्तिकारी(अथवा त्रिपाठीका शब्दमा स्वच्छन्दतावादी प्रगतिवादी) धारा सहधारा रूपमा कायम रह“दै गरेका परिप्रेक्ष्यमा २००७बाट विशुद्ध प्रगतिवादी धाराको विकास स्वायत्त रूपमा भएको र त्यही त्यतिबेला(अर्थात् २००७–२०१६)को मूल धारा बन्न पुगेको धारणा अघि सारेका छन् । वास्तवमा सुल्टो कुरा यही हो तर समानान्तर धाराका स्थापित समीक्षकहरूले यस सुल्टो कुरालाई उल्टो बनाएर स्वच्छन्दतावादभित्रै प्रगतिवादलाई गर्भस्थ गराई यसको धारागत स्वायत्तताको इतिहासलाई निषेध गर्ने प्रयास गरेका छन् । पूर्ववर्ती अग्रज समीक्षक हु“दै लुइ“टेलसम्म आइपुग्दा यही प्रयासले निरन्तरता पाएको कुरा माथिका तथ्यले बताइरहेका छन् । अझ रमेश श्रेष्ठ र अभि सुवेदी प्रभृत्ति एकथरी समीक्षकले त सहधारा वा अन्तर्धाराको सन्दर्भसमेतलाई पन्छाएर प्रगतिवादी धाराको स्वायत्त इतिहासलाई पूर्णतः निषेध गर्ने प्रयास गरेको पनि स्पष्टै देखिएको छ । 
प्रगतिवादी नेपाली कविताको ऐतिहासिक सिंहावलोकन गर्ने क्रममा रविलाल अधिकारी(२०४४ ः ६२–६३)ले २००७ साल वरिपरिबाट मुक्ति, स्वातन्त्र्य एवं जागरणमुखी विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रियघटनासन्दर्भहरू, नेपालमै कम्युनिस्ट पार्टीको स्थापना(२००६) र माक्र्सवादी चेतनाको प्रवेश तथा राणा–निरङ्कुशताविरोधी संघर्षका पृष्ठभूमिमा प्रगतिवादी नेपाली कविताको जन्म भएको बताएका छन् भने २००८ सालपछि(२००९मा) प्रगतिशील लेखक संघको स्थापना भएको र त्यसस“ग सम्बद्ध रहेका कवि केवलपुरे किसान र गोकुलप्रसाद जोशीले प्रगतिवादी कविताको स्पष्ट बाटो छुट्याएको उल्लेख गरेका छन् । त्यसपछि २०१६मा पुनः प्रलेसको पुनर्गठनका साथै त्यसमा अवसरवादीहरूको प्रवेशले संगठनको शिथिलता, केही प्रतिबद्ध प्रगतिवादी स्रष्टाहरूको चिन्तन, संघर्ष र सिर्जनामा भने निरन्तर सक्रियता, २०२५ मा सम्पन्न मेची अञ्चलस्तरीय साहित्य सम्मेलन, २०३५÷०३६को परिवेशमा विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना र मुख्यतः प्रलेक संघका रूपमा प्रलेसको पुनर्गठनजस्ता प्रयासहरूबाट प्रगतिवादी कविताधाराले आफ्नो इतिहासलाई निरवच्छिन्न रूपमा अगाडि बढाइरहेको निष्कर्ष पनि अधिकारीले प्रस्तुत गरेका छन् । 
उपर्युक्त सन्दर्भहरूले प्रगतिवादी कविता आफ्नो उद्भवदेखि नै नेपाली कवितासाहित्यमा एउटा पृथक् र स्वायत्त धाराका रूपमा अघि बढिरहेको कुरा स्पष्ट भइसकेको छ । निश्चय पनि यो धारा आफ्नो उद्भव र विकासका आरम्भिक चरणमै कलात्मक सौन्दर्यले सम्पन्न बनिसकेको छैन र समाजवादी याथार्थवादी चिन्तनकै कसीमा पनि यस अवधिका प्रगतिवादी कविता अब्बल दर्जाका ठहरिन्छन् भन्ने दावी गर्न मिल्दैन । यसबारे निनु चापागाईं(२०५१ ः ८८–८९)का निम्न भनाइ महŒवपूर्ण छन् ः
२००७–२०१७का बीचको अविध प्रगतिवादी साहित्यमा भेलको अविध थियो । समाजवादी चिन्तनबाट अभिप्रेरित साहित्यकारका तुलनामा त्यहा“ पातलो जनवादी मानसिकताका अधिकांश लेखकहरू क्रियारत थिए । मात्रात्मक रूपमा रचनाशीलता त्यो अविधको विशेषता रह्यो । .... २०२६÷२०२७को अवधिपश्चात् २००६ सालयताको उपलब्धिलाई ग्रहण गर्दै नेपालमा समाजवादी यथार्थवादलाई सचेत रूपबाट अङ्गीकार गर्ने प्रयत्नको थालनी भएको हो । २०३६को आन्दोलनले त्यसमा बल प्रदान गरेको छ भन्ने मलाई लागेको छ । 
प्रगतिवादी समीक्षक एवं चिन्तक चापागाईंका यी भनाइले आरम्भिक चरणको सिंगो समाजवादी यथार्थवादी अर्थात् प्रगतिवादी साहित्यका सीमालाई इमानदारीपूर्वक औंल्याएको छ तर यसको अर्थ नेपाली साहित्यमा यस धाराको उपस्थिति अर्थपूर्ण छैन भन्ने होइन । वि. सं. २०२६÷०२७ र ०३५÷०३६ हु“दै २०५०को दशक पार गरिसक्दा यो धारा र यस धाराका कविताले समाजवादी यथार्थवादी सौन्दर्यचिन्तनलाई नेपाली परिप्रेक्ष्यमा श्रेष्ठतापूर्वक लिप्यङ्कन गरिरहेको कुरा साक्ष्यहरूले राम्रैस“ग इङ्गित गरिरहेका छन् ।      
जहा“सम्म सिङ्गो समकालीन नेपाली कविताको ठूलो आयामभित्र प्रगतिवादी नेपाली कविताको हैसियतको कुरा छ, यसबारे प्रगतिवादी समीक्षकहरूले विविध आलेख एवं दस्तावेजहरूमा अभिमत एवं विश्लेषणहरू प्रस्तुत गर्दैआएका छन् । यसै सन्दर्भमा यहा“, यसै लेखकको साहित्यसन्ध्या(पू. १०, २०५८, पृ. २४–३७)मा प्रकाशित “उत्तरआधुनिकताको परिप्रेक्ष्य र समकालीन कविताको दिशाबोध” शीर्षकको लेखमा प्रस्ुतत विचारको सारलाई उद्धृत गर्नु उपयुक्त हुने ठान्दछु । त्यस लेखमा पर्याप्त साक्ष्यहरू प्रस्तुत गर्दै भनिएको छ ः
समकालीन नेपाली कविताको अग्रगामिता दृष्टिगोचर हुने प्रगतिवादी कविताचाहि“ सूचनासाम्राज्यमाथि ढलीमली गर्दै सत्यको भ्रमपूर्ण अभिव्यक्तिस“गै देखापरिरहेको उत्तरआधुनिकतालाई चिर्दै आफ्नो प्रखर यथार्थवादी पहिचानसहित अघि बढिरहेको छ । सांस्कृतिक साम्राज्यवादले सूचना–सञ्जालको दुरूपयोग गरेर जसरी यथार्थवाद र खासगरी समाजवादी यथार्थवादमाथि हमला बोलिरहेको छ, त्यसका विरुद्ध सिर्जना र विचारका क्षेत्रमा प्रगतिवादी धारा क्रियाशील छ । शैलीका क्षेत्रमा यसले पनि जडतालाई स्वीकार गर्दैन । कम्तीमा चालीसको दशक र विशेषतः पचासकोे दशकयताको प्रगतिवादी नेपाली कविता शैलीगत दृष्टिले पनि निकै परिष्कृत र परिपक्व बनिसकेको छ भने जीवनप्रतिको प्रतिबद्धता, समाजप्रतिको प्रतिबद्धता र जीवनसंघर्षको चापका दृष्टिले पनि यस धाराको कविता सर्वाधिक समाज–सपृक्त, सजग–सचेत र सबल–सशक्त रहेको छ । प्रगतिवादी कवितामा पाइने जीवनबोध कथित उत्तरआधुनिकतावादी कविताको जीवनबोधभन्दा कता–कता महत्तम र उदात्त छ अनि त्यत्तिकै वैज्ञानिक पनि ।       
यो निष्कर्ष त्यसै निकालिएको होइन । वास्तवमै समकालीन प्रगतिवादी कवितामा जीवनको नया“ मूल्यबोधस“गै वर्तमानका यथार्थ र तिनकाबीचको अन्तर्विरोधको वैज्ञानिक दृष्टिसहित सूक्ष्म अन्तर्भेदन तथा सामाजिक रूपान्तरणका सन्दर्भमा नया“ तथा स्पष्ट दिशाबोधसमेत प्रकट भइरहेको छ । त्यसैले आजको प्रगतिवादी कविता समकालीन नेपाली कविताका अग्रमोर्चामा उभिएको छ ।  
उक्त कुराको पुष्टिका लागि पर्याप्त मात्रामा साक्ष्यहरू प्रस्तुत गर्न सकिन्छ तर यहा“ स्थानाभावले त्यसो गर्नु सम्भव छैन तथापि केहीमात्र शक्तिशाली साक्ष्यको प्रस्तुति उक्त प्रस्थापनाका लागि अपरिहार्य नै हुने देखिन्छ । सुन्दर कविताहरूमध्येको एक ‘एउटा सुन्दर मनुष्यको अनुरोध’मा कवि गङ्गाको निर्माण हेरौं ः 
सपनाको वसन्त उजाडेर 
जब विपनामा शिशिर भोग्न बाध्य भयो
दर्जनौं पटक मृत्युले गिजोलेर पनि 
जब ऊ जीवित नै रहिरह्यो
तब उसको परिचय मेरा लागि नौलो भयो
(जूनको देशबाट, पृ. २१)
मान्छेको सुन्दरतालाई बेग्लै ढङ्गले परिभाषित गर्दै उही कवितामा गङ्गा पुनः लेख्छन् ः 
मैले हुरी निल्ने आ“ट नगरेको भए
आगो पचाउने साहस नगरेको भए
म ठोकेर भन्न सक्छु 
आज म यति सुन्दर हुन सक्ने थिइन । 
(उही, पृ. २२) 
समकालीन नेपाली राजनीतिको विडम्बनापूर्ण यथार्थलाई कवि विमल निभा ‘मेरो सांसद मित्र’ शीर्षकको कवितामा यसरी उद्घाटित गर्छन् ः 
‘खसीको बडेमानको टाउको झुन्ड्याएर 
कुकुरको मासु होइन
हामीहरू मान्छेको मासु बेच्छौं’ 
ऊ सिंहदरबारअअघिको सडकमा उभिएर 
बेस्सरी हा“स्न थाल्यो 
...         ....       .....
पहाडको मेरुदण्ड भा“च्चियो 
बादलहरू पराइ भए
लाहुर गएको महाकाली फर्केर आएन
यस्तोमा पोलिटब्युरोका सदस्यहरू 
अमेरिकातिर उडे
(एउटा बाहुला नभएको बुसर्ट, पृ. २७)
प्रगतिवादी कविहरू कुरूप यथार्थलाई भ्रमका पर्दाले छोप्दैनन्, त्यसलाई  कलात्मक माध्यमले नङ्ग्याएर पाठकलाई सचेत बनाइदिने महत् प्रयास गर्छन् । कवि अमर गिरीले ‘अमलेखगञ्ज’ कवितामा यस्तै प्रयास गरेका छन् । अमलेखगञ्ज राणाशासक चन्द्र शमशेरद्वारा मुक्त घोषित गरिएका दासहरूलाई बसोबास गरँइएको ठाउ“(वीरगञ्जनजिक)–लाई दिइएको नाउ“ हो– एक प्रकारले मुक्तिको प्रतीक । तर यथार्थमा प्रजातन्त्र नाउ“ दिइएको आजका युगमा पनि अमलेखगञ्ज(अर्थात् नेपाल) मुक्त हुन नसकेको कुरूप यथार्थ कविलाई यसरी बिझाएको छ ः
पीडाको पहाड टुट्यो कि?
दुःखको भारी घट्यो कि? 
भोक घट्यो कि÷ शोक घट्यो कि 
चन्द्र शमशेर त इतिहास भए 
तर चन्द्र शमशेरको जस्तै 
बन्दुकको शासन घट्यो कि? 
होइन भने कसरी अमलेख हुन्छ अमलेखगञ्ज ?
(झिसमिसे, पू. ३६, २०५८) 
हाम्रो वर्तमान मुक्त छैन र हामी मुक्त छैनौं । यो हाम्रा लागि महत् चासोको विषय हो । साथै, भविष्य पनि प्रगतिवादी कविहरूका लागि एउटा महŒवपूर्ण विषय हो । वर्तमानका विद्रूपताको अनावरणमात्र साध्य होइन प्रगतिवादी कविताको, प्रगतिवादी कवितामा विद्रूप वर्तमानको भेदनस“गै सुन्दर र स्पष्ट भविष्यबोध पनि हुन्छ, हुनै पर्छ । समकालीन प्रगतिवादी कविहरूका कवितामा त्यसको कलात्मक अङ्कन कसरी भएको छ, त्यो पनि हेरौं । ‘भविष्यका लागि’ शीर्षक–कवितामा मातृका पोखरेल लेख्छन् ः 
जहिलेसम्म रगत रहन्छ शरीरमा 
हामी लडिरहन्छौं भविष्यका लागि
कोही जुलुस भएर लड्छौं,
कोही नारास“गै लड्छौं 
या कविता भएरै लड्छौं 
मानौं हामी लड्नै जन्मिएका हौं 
हामी भविष्यका लागि लड्छौं ।
(यात्राको एउटा दृश्य, २०६०, पृ. ४०)
यसैगरी कवि जगन्नाथ खतिवडा आतङ्कको लादेन र त्यस्तो लादेन जन्माउने साम्राज्यवादको लेथ्नो काढ्छन् र स्वतन्त्रता तथा विद्रोहको लादेनलाई स्वागत गर्दै भविष्यतिर यसरी चियाउ“छन् ः 
मनवताको अवसान
र सभ्यताहरूको अवसान भएको सभ्यताभित्र
म खोज्दैछु लादेन सभ्यतालाई 
....    ....     ....
एक मुठी विद्रोहको अग्राख पलाएको लादेन जिन्दावाद ⁄
मानवताविरुद्धको अणुबम–लादेन मूर्दावाद ⁄
....   ....       .....
लादेन चिद्वैषम्य हो मेरो आस्थाको 
अपार घृणा गर्दागर्दै पनि उसको
म सधै“ सधै“ उपासना गर्छु ।
(‘लादेन उपासना’, वेदना, पू. ६८, पृ. २७–२८) 
प्रगतिवादी कविको उपासनायोग्य लादेन अमेरिका आफैद्वारा निर्मित र पोषित कुरूप लादेन होइन, उत्पीडक सभ्यताविरुद्धको विद्रोहका अग्रमोर्चामा उभिने र जीवन तथा मृत्युलाई नया“ आयाम दिने सुन्दर लादेन हो । समकालीन प्रगतिवादी कविहरू नया“ सभ्यता र सुन्दर भविष्यको महत् उद्देश्य बोकेर जीवन र कविताकै पनि अग्र मोर्चामा उभिंदै सुन्दर कविताको निर्माण गरिरहेका छन् । 
४. निष्कर्ष
प्रस्तुत छलफलबाट के निष्कर्षमा पुग्न सकिन्छ भने नेपाली कविता–परम्परामा माक्र्सवादी÷साम्यवादी चेतनायुक्त (र चेतनानिकट) प्रगतिवादी÷प्रगतिशील कविताधाराको जन्म वि. सं. २००० वरिपरिबाट भयो र २००७–००८तिरबाट यो एउटा स्वायत्त–पृथक् धाराका रूपमा विकसित भयो । उद्भवका आरम्भताका समाजवादी यथार्थवादी(प्रगतिवादी) सौन्दर्यमूल्य र मानदण्डप्रतिको गम्भीर चासो र त्यसको कलात्मक साधना यस धाराका कवितामा कलिलै रहेको हो र करिब २०२०को दशकतिर र त्यसका पनि उत्तरार्धतिर आइपुग्दा यसमा उक्त प्रकारको चासो र साधनाले विशेष सक्रियता प्राप्त गर्नथालेको हो । वि. सं. २०३० को दशकमा खासगरी २०३५–०३६को आन्दोलनकारी परिवेशबाट पर्याप्त ऊर्जा प्राप्त गर्दै २०४०का दशकमा यसले आफ्नो सुदर बैंस देखाउन थालेको हो र पचासको दशकमा यसले आफ्नै राष्ट्रिय–अन्तर्राष्ट्रिय तीव्र अन्तर्विरोधी द्वन्द्वमय परिवेशबाट आवश्यक सम्बल प्राप्त गर्दै वर्तमान दशकमा आफ्नो पुष्ट बैंस लिएर समकालीन कविताका भीडमा एउटा छुट्टै पहिचानसहित यो देखापरिहेको छ । विशिष्ट सामाजिक उत्तरदायित्व बोकेको यस धाराका कवितामा जीवन र जगत्लाई हेर्ने वैज्ञानिक एवं उदात्त दृष्टिकोण छ र ती कविता सुन्दरको स्थापनार्थ सामाजिक रूपान्तरणको आन्दोलनका अग्रमोर्चामा उभिएका छन् । यही अन्य धाराका कवितास“गको यसको पार्थक्यको आधार पनि हो । तर आफूलाई नेपाली साहित्यको केन्द्र ठान्ने समानान्तर धाराका साहित्यकार विशेषतः समालोचकहरूले उक्त तथ्यलाई यो वा त्यो नाउ“मा इतिहासमा स्थान नदिने र इतिहासको गलत र भ्रमपूर्ण प्रस्तुति गर्ने प्रयास गरिआएका छन् । माथि रमेश श्रेष्ठदेखि खगेन्द्र लुइ“टेलसम्मका पछिल्ला कार्यले त्यसै प्रयासलाई उद्घाटित गरेको स्पष्ट भएको छ । 
कलात्मक स्थिति जे–जस्तो रहे पनि २००७–००८ तिरबाट नेपाली कविताको एउटा पृथक् धाराका रूपमा जन्मिएको प्रगतिवादी कविताको प्रभाव २००७का दशकमा स्वच्छन्दतावादी धारामा परे पनि र स्वच्छन्दतावादी धाराको प्रभाव यस धारामा परे पनि यी दुवै एकै समयमा पृथक् अस्तित्व बोकेका कविताधारा हुन् । वि. सं. २०१७ पछि स्वच्छन्दतावादी धाराको अवसान भए पनि प्रगतिवादी धारा आफ्नो बैंस लिएर विकसित हु“दै गयो र जीवनस“ग जोडिएको तथा वैज्ञानिक चेतनाको अनुगामी भएको हुनाले यो अद्यापि विद्यमान छ र नया“–नया“ कलात्मक सम्भावनासहित विकसित हु“दो छ । यसका बेग्लै प्रवृत्तिगत पहिचान भएकाले समकालीन कविताकै हुलमा पनि यसलाई बेग्लै धाराका स्तरमा राखेर नहेर्ने हो भने त्यो हेराइ वस्तुनिष्ठ हुनेछैन । वस्तुतः समकालीनता वा समसामयिकता आफैमा धारा नभएको यथार्थलाई ह्दयङ्गम गर्दै समसामयिक कवितालाई विभिन्न धारामा बा“डेर हेर्दा पनि एउटा प्रगतिवादी(वा समाजवादी यथार्थवादी) र अर्को यथास्थितिवादी धाराको अस्तित्व रहेको मान्नुपर्ने हुन्छ भने यिनका बीचमा कहिले यथास्थितिउन्मुख र कहिले निकै आलोचनात्मक हुने यथार्थवादी वा नवस्वच्छन्दतावादी धारा रहेको मान्न सकिने आधार समकालीन नेपाली कविताले दिएको कुरालाई स्वीकार गरेर अगाडि बढ्दा नै नेपाली कविताप्रतिको हेराइ वस्तुगत हुनसक्छ । समानान्तर धाराका समीक्षका समीक्षामा यसै हेराइको कमी छ भन्ने कुरा यस छलफलबाट सिद्ध भएको छ, अस्तु ।
सन्दर्भसामग्रीसूची
अधिकारी, रविलाल(२०४४) प्रगतिवादी नेपाली कविता, पोखरा ः लेकाली प्रकाशन ।
चापागाईं, नरेन्द्र (२०५२), आमुख, काव्यसमालोचना, सम्पा. नरेन्द्र चापागाईं र दधिराज सुवेदी, विराटनगर ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान ।
चापागाईं, निनु (२०५३), यथार्थवादी रचनादृष्टि र विवेचना, काठमाडौं ः दिल वरदान र महिम चापागाईं ।
त्रिपाठी, वासुदेव (२०३२), नेपाली कविताको सिंहावलोकन,(प. सं. २०२७), काठमाडौं ः साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव, (२०४८), नेपाली कविता भाग २, काठमाडौं ः साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव (२०५३), “नेपाली कविताको विकासक्रमको रूपरेखा”, वासदेव त्रिपाठी र अरुहरूद्वारा सम्पादित नेपाली कविता भाग ४, काठमाडौं ः साझा प्रकाशन । 
पाण्डेय, ताराकान्त(२०५६), “प्रगतिवादी नेपाली कवितामा अभिव्यञ्जित यथार्थ”, विद्यावारिधि शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय, काठमाडौं ।
पाण्डेय, ताराकान्त(२०५८), “उत्तरआधुनिकताको परिप्रेक्ष्य र समकालीन कविताको दिशाबोध”, साहित्यसन्ध्या, (पूर्णाङ्क १०, भाद्र, २०५८), पृ. २४–३७ ।
बराल, ऋषिराज(२०५२), “सौन्दर्यशास्त्र र प्रगतिवादी काव्यिक आन्दोलन”, काव्य समालोचना, सम्पा. नरेन्द्र चापागाईं र दधिराज सुवेदी, विराटनगर ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान । 
भट्टराई, गोविन्दराज(२०४९), काव्यिक आन्दोलनको परिचय, काठमाडौंं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।  
भण्डारी, जगदीशचन्द्र (२०५५), “प्रगतिवादी नेपाली कविता ः आरम्भ र विकास”, विद्यावारिधि शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय, काठमाडौं ।  
लुइ“टेल, खगेन्द्र(२०६०), कवितासिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौंं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।  
सुवेदी, अभि (२०४८), “नेपाली भाषाका समकालीन कविताका सन्दर्भमा”, कृष्ण प्रसाईंद्वारा सम्पादित नेपाली समसामयिक कविता, सिक्किम ः भक्त राई स्मृति मण्डप ।
सुुवेदी, अभि(२०५५) “नेपाली कविताको आधुनिकता र समकालीनता”, अभि सुवेदी अरूहरूद्वारा सम्पादित समकालीन नेपाली कविता, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।


कविता
के पाल्ने ? 
– जनकप्रसाद हुमागाईं
बाख्रा पाल्ने मन भए 
बाख्रा पाल्न थालौं 
चितुवा पाल्ने मन भए 
चितुवा पाल्न थालौं ⁄

दुईमध्ये कुन पाल्ने ? 
एकथोक पालौं
दुवैथोक पाल्छु भन्ने 
गल्ती गर्न छाडौं ⁄

बाख्रालाई चितुवाले 
खाइदिने गर्छ 
खान पाए बाख्रालाई
धन्यवाद दिन्छ । 

चाहिंदैन साथी मलाई 
यस्तो धन्यवाद 
चितुवालाई फाल्न सके 
दिनु धन्यवाद । 

ि२०६१÷१÷२७ 

कथा

अपराध बोधले लखेटिएको मन
– विजय चालिसे

“बुझ्नुभो सर, विशाल पर्खालले घेरिएको पुरानो तिब्बती शैलीको यो प्राचीन नगर अझै पनि रहस्यको कुहिरोमा डुबिरहेको छ ⁄” मस“गै यात्रामा मलाई सघाउन आएको मेरो स्थानीय भरियाको कुराले ममा थप जिज्ञासा जन्माइदिनु स्वाभाविक थियो ।
“ए... हो र...?” प्रत्येक पाइलामा खुट्टा रड्किने कठिन ढुड्डेन उकालोेमा बडो सतर्कतापूर्वक पाइला चाल्दै त्यही जिज्ञासाबाट प्रेरित भएर सोधेको थिए“ मैले उसलाई । यो अज्ञात ठाउ“को प्रथम भ्रमणमा ऊ मेरो भरिया मात्र थिएन, पथप्रदर्शक वा गाइड र सहयोगी सबै थियो ऊ । 
“हो...यो अनौठो निषेधित नगरको प्रवेशद्वार अब धेरै छैन, आजै रात नभए भोलि सबेरै हामी त्यहा“ पुग्ने छौं । यहा“बाट दुई घण्टाजति हि“डेपछि दुईटा बाटो फाट्छ, एउटा हाम्रो गन्तव्यतिर, अर्को तिब्ब्बततिर । यताका मनिस यही बाटो मानसरोबरको कष्टसाध्य यात्रा गर्छन् र मुक्तिको सपना देख्छन् ।” यो मान्छेको कुरा बडो चाखिलो हुन्थ्यो र धेरै समयदेखि यता पदयात्रामा आउने विदेशी पर्यटकको मार्गदर्शक भएकोले धेरै कुरा बुझिसकेको थियो यो मान्छेले । निकै चेतनशील र चलाख पनि देखिन्थ्यो यो मान्छे ।
“निषेधित रे...⁄ किन यो नगरभित्र पस्न अनुमति दिइ“दैन र ?” मेरो जिज्ञासा स्वाभाविक थियो ।
“होइन, हामी नेपालीलाई निषेध छैन । तर विदेशीलाई भने यो नगरमा मात्र होइन यो जिल्लामैं आउन पनि नेपाल सरकारको विशेष अनुमति चाहिन्छ । सरकारले खटाएको पथप्रदर्कक नलिई एक्लै घुम्न त सध“ैं नै प्रतिबन्ध छ यहा“ ⁄” मलाई थाहा थियो, तिब्बत मुक्तिको नाउ“मा चलेको राजनीतिक आन्दोलनमा स्थानीय केही तिब्बती मानिसले सशस्त्र विद्रोह गर्दा नेपालका यिनै सीमावर्ती ठाउ“लाई आधार र सुरक्षित थलोका रूपमा प्रयोग गरेका थिए । त्यसैले दुई देशको मैत्रीका आधारमा नेपालले यस्तो नियन्त्रण गरेको सहजै अनुमान गर्न कठिन थिएन । उसका कुराले सजिलै बाटो काट्न निकै मदत पु¥याइरहेको थियो ।
त्यहा“बाट केही समय मात्रै अगाडि बढेका थियौं एउटा अप्रिय स्थितिस“ग जम्काभेट हुन पुग्यो हाम्रो र त्यो दृश्यदर्शनले हामी दुवैको मन नराम्ररी चु“डालिदियो । बाटैको छेउ लागेर एउटा प्रौढावस्था समेत पार गरिरहेको मानिस छटपटाउ“दै लडिरहेको थियो त्यस ठाउ“मा । उसकै नजिकै एउटी तीस बत्तीसकी युवती देखिन्थी लगभग अताल्लिएकी अवस्थामा । केही बेरमैं ढुड्डाको सिरान हालेर लडिरहेको त्यो मान्छे लगभग निष्चेष्ट देखियो र त्यो युवतीको अनुहारमा पीडा र अत्यासका रेखा अरू गाढा देखिए । हामी तिनको नजिकै पुगेपछि उसका शिथिल आ“खाका नानीमा जीवनका केही केही ज्योति देखिए, केही चल्मालाउन खोज्यो त्यो अशक्त प्राणी । तर तत्क्षणै उसको त्यो कमजोर र निरर्थक प्रयास झनै शिथिल देखियो । ऊ सामान्य हलचल समेत गर्न नसक्ने अवस्थामा थियो । 
म अनुमान गर्दै थिए“, त्यो विचरो यात्री महाप्रस्थानतर्फ अग्रसर थियो, आफ्नो जीवनको अन्तिम यात्रामा प्रस्थान गर्दै थियो । 
“यस्तो निर्जनमा तपाईं एक्लै, यस्तो बिरामीस“ग.... ?” मेरो प्रश्न सुनेर उसका आ“खाभरि आ“सु टिल्पिलाए । ऊ अताल्लिइरहेकी थिई, के गरु“ कसो गरु“को अन्योल र महाविपत्तिको छायाले छोपिएकी ऊ एकदमै असहाय र निरुपाय थिई त्यतिबेला । त्यो स्थितिमा मेरो औपचारिक त्यो प्रश्नले मात्रै पनि उसलाई केही ढाढस मिलेथ्यो सायद् र नै उसले ती आ“सुमार्फत् आफ्नो वेदना र असहायता प्रकट गर्ने प्रयत्न गरेकी थिई । 
महिला चौडा गोलाकार अनुहार, धर्के तिब्बती शैलीका पोशाक र मोटो चुल्ठो बनाएर बाटिएको कम्मरमुनिसम्म सँपझैं लहरिएका निख्खर कालो कपालमा– त्यो स्वास्नीमान्छेले सा“च्चि नै त्यस ठाउ“को र परम्परागत भेष–सौन्दर्यको राम्ररी प्रतिनिधित्व गरिरहेझैं लाग्थ्यो । फेदीबाट आकाश छुने होडमा ठडिएका शुभ्र हिमाल र त्यो भेगको प्राकृतिक सौन्दर्यको जीवन्त प्रतिनिधित्व गर्ने यस युवतीबीच त्यस प्रतिकूल परिस्थितिमा पनि असीम प्राकृतिक साम्यताको अनुभव भएथ्यो मलाई । दुवै सौन्दर्यमा अगम अगोचर सामीप्यताको अनुभव गर्दै थिए“ म त्यतिखेर । कतै नाड्डा र कतै अर्धविमोचित परिधानमा सौन्दर्यपारखीहरूलाई लोभ्याइरहेका रमणीहरूजस्तै खस्राचिल्ला चट्टानका चुनौतीपूर्ण पहाडहरूको सि“ढी उक्लिएर मुस्कुराउ“दै मोहनीयुक्त आमन्त्रण दिइरहेका शुभ्र हिमशृङ्खलाको जादूगरी आकर्षणका बीच अर्को त्यो जीवन्त सौन्दर्यको असहायता सा“च्चि नै प्रकृतिको विडम्बना लागेको थियो मलाई ।
ती दुवै सौन्दर्य उस्तै थिए– अगम, शाव्दिक अभिव्यक्तिको सीमा बाहिर ⁄ यतिबेला मलाई  लागिरहेथ्यो– यी दुवै एउटा कुशल कलाकारको कुचीबाट निस्किएका उत्तम सिर्जना हुन्, शृृष्टिका अनुपम नमूना ⁄ प्रकृतिको आफ्नै भाषा छ, जसलाई सम्पूर्णमा बुभ्mन मानिस सक्षम छैन । त्यसलाई अनुभवसम्म गर्न सक्छ मान्छे, वर्णन गर्न सक्दैन । यसका लागि भाषाले पूर्ण क्षमता राख्दैन । 
तीसबत्तीसको आसपासकी देखिने त्यो युवती उमेरभन्दा पनि जवान देखिन्थी । त्यसैले वृद्धावस्थातिर लम्किरहेको उसको साथको त्यो अशक्त लोग्नेमान्छे उसको बाबु वा दाजु कोही हुनुपर्छ भन्ने अनुमान गरेको थिए“ मैले ।
तर होइन, ती लोग्नेस्वास्नी रहेछन् आफ्नो गाउ“बाट तीर्थाटनमा निस्किएको समूहस“गै तीर्थ गर्न हि“डेका दम्पत्ति । बीचैमा अज्ञात बिमारीबाट ग्रस्त भएर लोग्ने यात्राका लागि अशक्त बनेपछि उनीहरू एक्लिएछन् । तीर्थयात्राका लागि हि“डेका सहयात्रीहरूको अगाडि त्यो बिरामी गाउ“लेलाई कुरेर बस्नु व्यावहारिक थिएन सायद् र नै तिनीहरू ती दुईलाई त्यही“ छाडेर धर्म कमाउने लक्षमा अघि बढेछन् तीर्थयात्रामा । त्यसरी आफन्तविहीन र अझ आफन्तबाट परित्यक्त त्यो मान्छे त्यही निर्जनमा मृत्युको प्रतीक्षा गरिरहेको थियो र उसकी असहाय स्वास्नी उसलाई कुरेर बसेकी थिई, एक्लै । नेपाली नै भए पनि राम्रोस“ग नेपाली भाषा बोल्न समेत नसक्ने त्यो युवतीको उत्तरबाट मुस्किलैले मैले यो निचोड निकालेको थिए“ । नेपालभन्दा तिब्बतस“ग निकटता राख्ने र तिब्बती भाषा र संस्कृतिको बढी प्रभाव रहेको देखिन्थ्यो त्यो नेपाली क्षेत्र ।
“म त मर्छु होला..⁄” केही चल्मलाउने असफल प्रयासमा अरू शिथिल बनेको त्यो मान्छेको मुखबाट केहीबेर पछि निस्किएको झिनो आवाजले युवतीको अनुहारमा पीडाका अरू गाढा रेखा कोरिदिए ।
“होइन... तिमीलाई केही हु“दैन...⁄” मलाई थाहा थियो, त्यो मान्छे आफ्नो आयुको अन्तिम क्षण भोग्दैछ, तर पनि आश्वासनका केही शब्द प्रकट गर्नु मैले आफ्नो कर्तव्य ठानेर भनेको थिए“ । म आफै“लाई आफ्नो आश्वासनको खोक्रोपन थाहा भए पनि त्यो आश्वासनबाट उसभित्रको जिजीविषा केही पलाएको भने स्पष्ट देखिएको थियो । उसको अनुहारमा झिनो उज्यालोको रेखा देखियो र तत्क्षणै बिलायो पनि । यसको अर्थ, सायद् ऊ पनि आफ्नो अवस्थाको बारेमा अनभिज्ञ थिएन ⁄
लेक लाग्दा खाने औषधिका केही चक्की खुवाउनु बाहेक हामी केही मद्दत गर्न सक्दैनथ्यौं त्यतिबेला । त्यो निर्जनमा अरू मद्दत गर्नसक्ने कुनै संभावना थिएन र न तिनको असहायतामा साथ दिन त्यहा“ तिनीहरूस“गै अरू समय बिताउनै संभव थियो हाम्रँ लागि । तर त्यो युवतीको निरीह अनुहार त्यो अनुहारमा पोतिएका असहायपनका निराश धर्साहरू देख्दा उसलाई छाडेर तत्काल त्यहा“बाट हिंडिहाल्न अवस्थामा पनि थिएनौं । हामीतिरै केही आशाले हेरिरहेका युवतीका निराश आ“खा हामीलाई रोकिरहेका थिए । 
त्यही अन्यमनस्कतामा केही बेर मात्र बिताएका थियौं, केही पर तीर्थयात्रीको अर्को समूह हामीतिरै आइरहेको देखियो । त्यो समूहमा तान्त्रिक भेषको एउटा अनुहार पनि थियो ।
“नागस्या, मेरो लोग्नेलाई बचाइदेऊ.... तिमीले चाह्यौ भने अवस्यै मेरो लोग्नेलाई खराब आत्माबाट बचाउनसक्छौं ।” त्यो तान्त्रिक भेषको वृद्ध लामालाई देख्नासाथ युवतीको करुण आग्रह सुनियो । यसको आर्तपुकारस“गै त्यो समूहका मानिसहरूको पनि ध्यान त्यतै तानियो । पछि मेरो स्थानीय साथीले भनेको थियो– तिब्बती भाषा र विश्वासमा दैत्य वा खराब आत्मालाई वशमा पार्न सक्ने र रिस उठेमा मानिलाई समेत टाढैबाट मार्न वा अहित गर्नसक्ने सिद्ध वा तान्त्रिक लामालाई संबोधन गर्ने शब्द थियो नागस्या । भूतप्रेत र खराबआत्माको कुरामा मलाई पत्यार थिएन र वृद्धावस्थाको कमजोरीमा उच्चचापीय असर वा हाइअल्टिच्युड मा लाग्ने लेक वा स्वासप्रश्वाको समस्या नै यसको अस्वस्थताको प्रमुख समस्या थियो यतिबेला । संभवतः उसको त्यो समस्यालाई मुटुको रोगले पनि अरू जटिल बनाइदिएको थियो । यो मेरो अनुमान संभवतः सत्यबाट धेरै पर थिएन । तर ती युवती र उनीजस्तै धेरै मानिसको विश्वास वा अन्धविश्वासमा उसको बिमारीमा दुष्टात्माको हात रहको छ । 
रातो टोपी, लामो ठूलो बुट्टेदार जामाजस्तो पोशाकमा सजिएको त्यो लामा उसको नजिकै आयो । मानव खप्परको १०८ साना प्रतिकृतिको मालाले यसलाई अरू सामान्य लामाभन्दा बेग्लै र रहस्यमय बनाएको थियो । त्यो रहस्यमय तान्त्रिक लामा हातमा १०८ दानासहितको श्रीखण्डको माला घुमाउ“दै अज्ञात मन्त्र गुन्गुनाइरहेको सुनिन्थ्यो । 
रहस्यमय लाग्ने त्यो तान्त्रिक लामाले बिरामीको नारी विस्तारै आफूतिर तानेर केहीबेर समायो । जोखना हेरेजस्तो ससाना ढुड्डा लिएर पास्सा खेलेजस्तो खेल्यो र ओल्टाउने पल्टाउने गरेर निकैपल्ट हे¥यो । उसका ओठबाट नबुझिने शब्दहरू निरन्तर निस्किइरहेका थिए । त्यसपछि झोलाबाट एउटा चमरजस्तो केही निकाल्यो र नबुझिने बोलीमा मन्त्र बड्बडाउ“दै तलदेखिमाथिसम्म झा¥यो । निकै लामो मौन भत्काएर उसले भन्यो– यस प्राणीलाई एकैसाथ मिमापिन र खान्दोमाले समातेछन् । म डोल्मा गुहारेर तिनलाई भगाइदिन्छु, ठीक हुन्छ । पिर गर्नुपर्दैन । 
उसको आश्वासनले त्यो युवतीमा केही आशा जन्माइदिएको देखिन्थ्यो । तान्त्रिक लामाका प्रत्येक गतिविधि र क्रियाकलापलाई गहिरोस“ग नियालेर हेरिरहेको मलाई भने त्यो तान्त्रिक लामाको भनाइ पत्याउन मुस्किल परिरहेको थियो । तिब्बती प्रभावमा परेका त्यतातिरका नेपालीहरूको विश्वासमा मिमापिन छ वर्गका जीवमध्ये एउटा वर्गमा पथ्र्यो । मिमापिन त्यस्तो अपौरुषेय जीव थियो, जसले रातसा“झ मानिसलाई एकलास बाटोमा आगो देखाएर र संगीतजस्तै मधुर आवाज सुनाउ“दै भुलाएर निर्जनतिर लैजान्थ्यो र कहिलेकाही“ मानिसमा पसेर उसलाई दुःख दिन्थ्यो । त्यो भनाइले मलाई हाम्रोतिरको रा“केभूतका कथा सम्झाइदिएको थियो । त्यसरी नै आकाशगामी देवी वा डाकिनीलाई तान्त्रिकहरू खान्दोमा भन्थे र यी दुवै खराब आत्माले मानिसलाई बेलाबखत दुःख दिएर ज्यानैसम्म पनि लिने उनीहरू विश्वास थियो । डोल्मा चाहि“ तान्त्रिकहरूकी रहस्यमय देवी थिइन् । उनीहरू तारालाई पनि डोल्मा शब्दले संबोधन गर्थे र देवीहरूको प्रशंशामा पनि यही डोल्मा शब्दको प्रयोग हुन्थ्यो । 
त्यो रहस्यमय तान्त्रिक लामा र यसको यत्रादल त्यहा“बाट बाटो लागिसकेको थियो । त्यो विरामी र उसकी असहाय स्वास्नीको लागि उनीहरू त्यहा“ पर्खेर बस्न सक्दैनथे, यो तिनीहरूको पनि बाध्यता थियो । आखिर सीमित खर्च र साधनमा लामो यात्रामा हिंडका ती यात्रीहरूले बाटामा देखिने यस्ता दृश्य र परिस्थितिस“ग सायद् धेरैपल्ट जम्काभेट गरिसकेका थिए । हाम्रो अवस्था पनि तिनीहरूको भन्दा खासै फरक थिएन । अबेर हु“दै थियो र उज्यालैमा बास भेट्टाउने आशा हामीले छाडिसकेका थियौं । धेरै रात छिप्पिएपछिको यात्रा निरापद नहुनसक्थ्यो । 
“हेर्नाेस्, हामी पनि विराना हौं यो ठाउ“मा । हामीलाई पनि बस्ती भेट्टाउन ढिलो भैसक्यो, हामी जान्छौं है ।” हामीले अनुमति होइन आफ्नो निर्णय सुनायौं र उसलाई आफूस“ग भएका विस्कुट र अरू केही सुख्खा खानेकुराहरू लिनका लागि आग्रह ग¥यौं । हामीले दिएका वस्तु लि“दा र हाम्रँे निर्णय सुन्दा पनि उसमा कुनै प्रतिक्रिया देखिन मैले, न त उसले मुखबाट कुनै आवाज नै निकाली । उसलाई थाहा थियो त्यहा“ उसको प्रतिक्रियाको कुनै अर्थ थिएन । स“गै आएका आफन्त र आफ्नै गाउ“लेले त साथ दिन सकेनन् उसको त्यो विपत्तिमा भने यी त अपरिचित झुलुक्क देखिएका अनुहार मात्र हुन् । यो कुरा ऊ राम्ररी नै बुभ्mदथी र मानवीयताको वकालत त्यो परिस्थितिमा कुनै अर्थ रह“दैन भन्ने ऊ राम्ररी नै जान्दथी । हामीले दिएका सामान राख्ने क्रममा यान्त्रिक रूपमै चलेका उसका हातले झोलाभित्रका सामान बाहिर निकालेर फिंजाउ“दा देखिन्थ्यो – चार छमानाजति साम्पा अर्थात् भुटेर पिनेको जौको पीठो बाहेक केही थिएन यात्राका सम्बल ⁄ 
“कालेजु...” मेरो सहयात्रीले त्यो युवतीकै भाषामा विदा लियो बस्नुहोस् भन्दै । सायद् त्यो भनाइ आफैंमा व्यङ्ग्य बनिरहेको थियो, हामी उसस“ग उसकै घरमा विदा लिएजस्तो गरिरहेका थियौं र स्थिति त्योभन्दा विल्कुलै विपरीत थियो । 
“काले फेब...⁄” उसको मुखबाट निस्किएका बिस्तारै जानुहोस् भन्ने ती दुई शब्दको विदाइभित्र मैले अथाह पीडा र भावी अनिश्चितताको स्पष्टै अनुभव गरेथँे त्यतिबेला । अहिलेसम्म त जे भए पनि हाम्रँो उपस्थितिले उसको भय र असहायपन मेटाउन थोरै नै भए पनि मद्दत गरेको थियो, तर अब.... ⁄ तर अर्को उपाय पनि थिएन, हामी पनि असहाय नै थियौं त्यो विरानोमा र आफ्नै सुरक्षाको प्रश्न हाम्रो प्राथमिकता थियो त्यतिबेला ⁄
सूर्यास्त अघि बास फेला नपर्ने आशड्ढामा हामी लामा लामा फड्का गर्दै हि“ड्यौं त्यहा“बाट । हामी कुन बाटो कसरी अघि बढिरहेका थियौं, त्यसको समेत मलाई कुनै हेक्का पनि रहेन त्यतिबेला । मेरा आ“खा अगाडि त्यही बिरामी अनुहार र त्यो असहाय युवतीको सहयोगको याचनाभरिएका आ“खाकै झल्को आइरहेको थियो । हामी बासको नजिकै पुगिसकेका रहेछौं । त्यो छिप्पिंदै गएको अ“ध्यारोमा बाटाका छेउछाउ स्थानीय पोशाकमा सजिएका एकदुई मानिस देखिन थालिसकेका थिए । 
“मलाई आशा छ, तपाईंको यो ठाउ“को बसाइ सुखद् हुने छ ⁄” हामी लजभित्र पसेर कोठाको व्यवस्था गरेपछि एउटा सुरिलो मधुर स्वरले हाम्रँे स्वागत गरेको थियो । आवाजतिर पच्छाएका मेरा आ“खा लाल्टिनको मधुरो उज्यालोमा छेवैमा उभिएकी एउटी स्थानीय केटीमा पुगेर ठोक्किएका थिए । स्थानीय लवजको अङ्गे्रजीमा मेरो स्वागत गर्ने त्यो केटी लजकै कर्मचारी वा स्वामिनी, कोही थिई । सायद त्यो अ“ध्यारोमा म नेपाली भएको ठम्याउन नसकेकीले विदेशी पाहुना ठानेर स्वागत गरेकी थिई । प्रायः विदेशी पर्यटकको सेवामा जीविका निर्बाह गर्ने यो सुन्दरीको अभ्यस्त औपचारिकता थियो त्यो, त्यो कुरा सजिलै बुझिन्थ्यो ।
म भने बाटोमा अलपत्र छाडेर आएका ती दुई असहाय जीवकै निरीह आ“खा र अनुहारद्वारा निरन्तर लखेट्टिइरहेको थिए“ । लजकी यो केटीको अभिवादन र कामनास“गै मेरो मनभरि प्रश्न गुञ्जिरहेको थियो– के ती बाटैमा अलपत्र परेका निरीह यात्रीको रात पनि शुभ बित्नसक्ला ? मेरो मन यही प्रश्न र असहाय युवतीका सहयोगमा याचनाग्रस्त कातर आ“खाद्वारा निरन्तर पिछा गरिरहेका थिए, मन अपराध बोधले लखेटिइरहेको थियो ⁄
 ि
२०६१ भदौ १८, आरुबारी


कविता
तिमी कुन बेला मेरा 
कविताहरू पढ्छौ ?
–पूर्ण विराम
मैले कैयौंपल्ट बेकम्मा साबित गरिसकेको उत्ताउलो सत्ताको रस पिएर 
दिनभरि तिमीलाई मात्तिंदैमा फुर्सद छैन 
उत्ताउलो सत्तामा बसिरहने छलहरूका योजनाहरू तैयार गर्दागर्दै 
एउटा दिनको मृत्यु सजिलैस“ग हुने गर्छ 
तिमी कुन बेला मेरा कविताहरू पढ्छौ ? 
र कवितामा ब्यू“झेका मानिसहरू मारिएका दृश्यहरू देख्छौ
भन तिमी कुन बेला मेरा कविताहरू पढ्छौ ? 
जसले ब्यू“झेका मानिसहरूमाथि आ“खा चिम्लेर मृत्यु वर्षाएको छ 
त्यसलाई कुनै पनि हालतमा चैत्य वरिपरि परिक्रमा गर्ने 
अनुमति मेरो कविताले दिनै सक्दैन 
भन तिमी कुन बेला मेरा कविताहरू पढ्छौ ? 
कवितामा एकत्रित शब्दहरू एक–एक शब्दहरू 
जसलाई तिम्रो यकृतले कुनै पनि हालतमा पचाउन सक्दैन 
के तिमी यस प्रकारका मेरा कविताहरू पढ्न सक्छौ ? 
भन तिमी कुन बेला मेरा कविताहरू पढ्छौ ? 
चिया कमानको कडा रंग दिन सक्ने उत्कृष्ट चिया 
चा“दीको गिलासबाट आनो घा“टीभित्र तुक्र्याउ“दै 
के तिमी विहानको चिया खाइरहेको बखतमा 
मेरा कविताहरू पढ्न सक्छौ ? 
जसमा लेखिएका हुन्छन्–
चिया कमानमा चियाका बोटहरूबाट पातहरू चु“ड्दाच“ड्दै
मेरी बहिनीलाई सर्पहरूले डसेर मारेका कुरा 
र चिया कमानको मालिकले लासले छोएको चियाको बोट सुकेर मर्छ भन्दै 
बहिनीको तातै लासलाई मृत कुकुर ठह¥याएर 
चिहानतिर घिसार्न लगाएको कुरा र चिया कमानका मजदुरहरू आन्दोलित 
भएको कुरा र त्यसपछि चिया कमानको मालिकले उत्ताउलो सत्तालाई गुहारेर 
चिया बगानलाई मजदुरका रगतहरूले भिजाएका कुरा 
चिया खाइरहेकै बेलामा चिया कमानस“ग सम्बन्धित मेरा कविताहरू 
के तिमी पढ्न सक्छौ ? 
भन तिमी कुन बेला मेरा कविताहरू पढ्छौ ? 
नुहाउनका निम्ति आयातित आधुनिक खड्कुलोमा 
मौसमअनुसारको स्नान गर्ने परिपाटी मिलाएर 
के तिमी स्नान गर्दागर्दै मेरा कविताहरू पढ्न सक्छौ ? 
जसका हरेक पंक्तिहरूले तिमीलाई जताततै नाड्डिएका प्रमाणहरू 
अनावरण गर्ने प्रामाणिक सामथ्र्यहरू राख्ने क्षमताहरू प्रदर्शन गर्छन् 
के तिमी आफू नाड्डो भएको यथार्थ 
नाड्डै नुहाउ“दा मेरो कवितामा भेट्टाएको अनुभव गर्न सक्छौ ? 
भन तिमी कुन बेला मेरा कविताहरू पढ्छौं ? 
मुर्कुटाको डबलीमा मुर्कुटा हुन अलड्ढकार वितरण गरिएको समारोहमा 
अलड्ढार थापेर जलपान गरिरहेको समयमा 
के तिमी मेरा कविताहरू पढ्न सक्छौ ?
जसमा तिमीलाई गन्हाएको बोका बनेको घोषणा गरिएको हुन्छ 
जलपान गरे पनि तिमीले घा“स खाएको यथार्थ उल्लेख गरिएको हुन्छ 
के तिमीले घा“स खाएको भन्ने 
मेरा कविताका एक हरफ मात्रै पढ्न सक्छौ ? 
भन तिमी कुन बेला मेरा कविताहरू पढ्छौ ? 
मयलपोस, सुरुवाल अनि भादगाउ“ले टोपी स“गस“गै 
कस्मिराको कोट लगाएर एकै छिन बुढ्यौली लुकाएर 
चिटिक्क परेको नवयुवक जस्तो बन्दै 
बतासले जा“गर चलाएमा तुरुन्तै उडाउन सक्ने छाता ओढेर 
यो राष्ट्रको क्षेत्रफल एक इञ्च पनि 
कसैले हडपेको छैन भन्ने भाषण छादेर 
गोहीको दलाली गरिरहेको मैदानमा 
के तिमी मेरा कविताहरू पढ्न सक्छौ ?
जसमा लेखिएका छन् क्षेत्रफलहरूमा गोहीले आधिपत्य 
जमाइसकेको अत्यन्तै ताजा प्रकृत कुरा 
के तिमी यस्ता प्रकृत कुरा लेखिएका मेरा कविताहरू पढ्न सक्छौ ? 
भन तिमी कुन बेला मेरा कविताहरू पढ्छौ ? 
मैले उत्ताउलो सत्तालाई ध्वस्त गरेर पुनर्निमाण गरेपछि पढ्छौ 
या तिम्रो अलड्ढार फेरि अर्कोले लगाउने समारोहको घोषणा भएको दिनमा पढ्छौ 
भन तिमी कुन बेला मेरा कविताहरू पढ्छौ ? 

ि

कथा
कृष्णसेनको वेभसाइटमा भेटिएको शीर्षकहीन एउटा सम्बोधन 
अन्तुडा“डाको व्योम
२०६१, असोज 
कामरेड, 
रातो अभिवादन । 
हुन त हामीले कामरेड भनेर संबोधन गर्न र रातो सलामको अभिवादन गर्न मिल्छ वा मिलोइन हामी यकिन गर्न सकोइनौं किनभने हामी विचारको जुन पाठशालामा दीक्षित भयौं, त्यसले त्यतिखेर हामीलाई ‘कामरेडहरूलार्ई दक्षिणपन्थी संशोधनवादी’ भन्न सिकाएथ्यो र कामरेडहरू हामीलाई उग्रवामपन्थी भन्ने गर्दथे तर विगत तीन दशकको यस अवधिमा घडीको सुई ट्याक्कै ऋतुकोणमा घुमेजस्तो भइदियो≤ हाम्रा कामरेडहरू तिमीहरूलाई आतङ्ककारी, उग्रवादी, जडवादी र अराजकतावादी अनि कुन्नि अरू के के पो भन्छन् र तिमीहरू हाम्रालाई दक्षिणपन्थी, संशोधनवादी, रायमाझीपन्थी आदि के के भन्छौ । सायद हामी परस्परलाई बुझ्ने, ग्रहण गर्ने कुरोमा प्रस्ट छैनौं र त्यस्तो भएको हो कि ? हाम्रो व्यवहार र विचार नै सुस्पष्ट नभएर पनि यस्तो भएको हुनसक्छ । हुन त यसो भन्दा हामी दुवैथरिलाई झडङ्ग रिस उठ्न सक्छ । हाम्रो व्यवहार र विचार दिउ“सोको घामझंै छर्लङ्ग हु“दाहु“दै पनि यसो भन्ने ?’ भनेर । तर यस्तो हु“दोरहेछ ः प्रस्ट कुरोलाई बुझ्नेले प्रस्ट नबुझिदिने वा अप्रस्ट कुरोलाई बुझ्नेले प्रस्ट बुझिदिने वा अस्पष्ट भनाइलाई भन्नेले प्रस्ट मानिरहने ⁄ हुन त अदालती कार्यवाहीमा पनि मनसाय बुझ्ने कुरोलाई पाश्र्वआधारको रूप दिने गरिन्छ क्यारे । त्यसैले राम्रो मनसाय राखेर हुन गएको कुनै नराम्रो काम क्षम्य हुनसक्छ तर नराम्रो मनसायले गरिएको राम्रै काम पनि स्वीकार्य नहुन सक्छ । जे होस्, लोकले हामीलाई बुझ्ने हाम्रो व्यवहारबाटै हो, त्यसैले हामीस“ग भएको राम्रो विचार यदि व्यवहारमा रूपान्तरित हुन सकेन भने हामी जुन स्वर्गमय लोकको परिकल्पना गर्दै सुन्दर, शान्त र सुखमय नेपालको निर्माणखातिर त्याग, उत्सर्ग र बलिदानको राजमार्गमा लम्किरहेका छौं, जनताले त्यसलाई खोटो ठानिदिन सक्दछन् । यो कुरो कामरेडहरू जस्ता जानिफकारहरूलाई हामीले सम्झाइरहनुपर्ने होइन । चमत्कारी उपदेशक बन्ने हाम्रो के हैसियत ⁄
कामरेड, 
जनतालाई सुदूर भविष्यको सुनौलो नेपालको चित्तआकर्षक चित्र देखाउ“दै देशरूपी आमाको मुहार उज्यालो पार्नका लागि छ सात सालमै थालिएको आन्दोलन अल्पायुमै बाटो बिराएर लथालिड्ड भएको कुरो कामरेडहरूलाई अवगत नै छ । त्यसरी लथालिड्ड भएको गोरेटोलाई कतिपय लाल मित्रहरूले आ–आना हैसियत, बुद्धिविवेक र बाहुबलले पुनर्जीवन दिने प्रयास थाले । हामीले पनि सशक्त ढड्डले त्यसलाई उठाउन खोज्यौं र त्यसैको फलस्वरूप विद्रोहको विगुल फुक्ने केन्द्रको रूपमा पूर्वको आभालाई उपयुक्त ठान्यौं । त्यसका कतिपय कारणहरूमध्ये एउटा र प्रमुख कारण के थियो भने हामी मन र विचार मिल्ने थुप्रै साथीहरू त्यतै थियौं । हाम्रो छिमेकको नक्सलवाडीमा कामरेड चारु मजदुमदारको नेतृत्वमा कानू सन्याल, वंगल संथालजस्ता साथीहरूले श्रमजीवी जनताको मुक्तिको पक्षमा वर्गशत्रु सफायाको बिगुल घन्काइ सकेथे अर्थात् ‘बसन्तको मेघ’ गर्जिसकेथ्यो । त्यसैले विचार र कौशल दुवै आयात गर्न हामीलाई निकै सजिलो भयो । हामी पनि घन्काउन थाल्यौं ः जु जुग जियो चेयरमैन माओ ⁄ जिन्दावाद लीन पियाओ ⁄⁄ जिन्दावाद चारु मजुमंदार ⁄⁄⁄ कहिले भन्थ्यौं ः ‘चीन दिलो पृथिविके माओ त्से तुंग’ ‘चीनेर चेयरमैन आमादेर चेयरमैन ।’ यसरी हामीले गुरिल्ला युद्धनीति अपनाउ“दै ‘वर्गशत्रु खत्तम’ अभियानलाई अठ्ठाइस सालमा पहिलोपटक झापाको एकजना सामन्तको हत्याबाट सुरु गरी तीब्रता दियौं । ‘वर्गशत्रु सफाया’ अभियान सफल पार्न धेरै शक्ति चाहिंदैनथ्यो फगत ऊर्जा र साहसको आवश्यकता थियो र त्यो ऊर्जा र साहस हामीस“ग जत्ति पनि थियो । विश्वको ठूलो हिस्सामा समाजवादी र जनवादी क्रान्ति सफलतापूर्वक सुसम्पन्न भइसकेको र त्यहा“का दुःखीदरिद्र जनताका दुःख र दरिद्रता एकादेशका कथा बनिसकेका कुरा हामीले सुनेको हुनाले हामी त्यस्तो क्रान्ति आनै आ“खाले देख्न आतुर थियौं र यो आतुरीले हामीलाई अझ बढी उत्प्रेरित गथ्र्यो, ऊर्जा दिन्थ्यो र हामीले क्रान्तिको लामोलस्टो बाटो हैन– छोटो बाटो अख्तियार ग¥यौं– वर्गशत्रु खत्तम अभियान । जनताको मन जित्दै गरौं तर वर्गशत्रुलाई च्वाट्ट पारिहाल्ने हाम्रो कार्यनीति बन्यो र हामीले ‘एक युनिट, एक एरिया, एक स्क्वाड र एक एक्सन’को नीति पनि आयात ग¥यौं । ‘कागजै नम्बरमा, खुकुरी कम्मरमा, जाऊ“न समरमा’ सुसेल्दै हामी गाउ“वस्ती डुल्थ्यौं । ‘सामन्तलाई नगिंडे, सैनिकस“ग नभिडे, आउ“दैन है जनवाद...’ जस्ता गीतहरू हाम्रा लोकप्रिय गीत थिए । बीबीस वर्षसम्म हाम्रा अग्रजहरूले चलाएको आन्दोलनले उपलब्धिहीन सानातिना संघर्षहरू बाहेक उल्लेखनीय ठूला उपलब्धि केही हासिल गर्न नसकेकोले वैधानिक संघर्षले केही लछारपाटो लगाउ“दोरहेनछ भन्ने ‘सत्य’ हाम्रो अन्तरमनमा पक्का रंगझैं बसिसकेको थियो । त्यसैले हामीले वैधानिक संघसंगठन बहिष्कार गर्नुका साथै बुर्जुवा शिक्षालाई समेत तिलाञ्जली दियौं (हुन त, सुनिन्छ हाम्रा कतिपय कामरेडहरू अचेल यही कारणले पछुताउ“दै छन् अरे ⁄) ‘सर फरोशीकी तमन्ना अब हमारे दिल में है । देखना है जोर कितना बाजुए कातिल में है ।’ संथाल कमरेडहरूले सिकाइदिएको विस्मिलको यो शायरी पनि हामी मनपर्ने गीतझैं गुनगुनाउ“थ्यौं । शहीद हुनका लागि कामरेडहरू त“छाडमछाड गर्थे । रामनाथ, नेत्र, कृष्ण, वीरेन, नारायण, सूर्य, चन्द्र, रत्न, राम, सिंघेश्वर, छविल, बृजु, हरिकृष्ण, हेम, रामप्रिय आदिका मध्ये केही गौरवमय नामहरू हुन् । हुन त नामहरूको यो सूचीले तिमीहरूलाई चिढाउन सक्छ किनकि यस्ता गौरवमय नामहरू तिमीहरूस“ग हजारौंको संख्यामा छन् । हुन त तिमीहरूका अगाडि एक्सनको कुरा गर्दा पनि घामलाई बत्ती देखाएझैं होला, खिज्याएको भन्ठानौला । तर हामीले एक्सन चाहि“ गरेकै हौं है । तद्पश्चात् मेचीपारिका कामरेडस“ग हाम्रो दोस्ती बढ्यो । हाम्रो एक्सनले सुतिबसेका, अलमलिइरहेका र आराम गरिरहेका कामरेडहरू कसैलाई ततायो त कसैलाई तर्सायो पनि । बुर्जुवा, सामन्ती र प्रतिगामीहरूका मुटुमा त ढ्याङ्ग्रै ठोक्यो । उग्रपन्थी भड्काउ भन्दै हाम्रै हितैषीहरू पनि कुर्लिए । भलै पछि तिमीहरूले पनि भीमान र किसाननगरमा हाम्रै कुरा दोहो¥यायौ । हामी त घोषित रूपमै त्यसैमा लागेकै थियौं तथापि डेढ दुई वर्षभित्रै हामीभित्र मतभेदहरू नरोपिएका हैनन् । तर पनि हामी लागिरह्यौं, उडिरह्यौं– गाउ“– गाउ“ र बस्ती–बस्तीबाट । पा“च सात ठाउ“मा भएका एक्सनहरूको कारण सेतो आतंकको तीब्रता बढ्यो । कतिपय साथीहरू हरेस खान थाले भने पार्टीखेमाले यस स्थितिबाट छुटकारा पाउन पार्टीलाइन परिमार्जन गरेछ । कालान्तरमा हाम्रा कामरेडहरू निकै उकाली–ओराली, भञ्ज्याङ–चौतारी, गल्ली–गल्छेंडा गर्दै आज बल्खुमा विराजमान छन् । अठ्ठाइस सालपछिको यो तीस वर्षभन्दा बढीको यो अवधिमा माइखोला, कंकाइ र मेची नदीमा कत्ति पानी बग्यो, त्यसको लेखाजोखा हाम्रा कमरेडहरूलाई छ छैन यतिखेर हामीलाई यकिन गर्न गाह्रो छ किनकि विस्तारवादी हाम्रो मित्र भनाउ“दो शत्रुले भद्रपुरको जंगे पिलरलाई मात्र आनोमा पारेको छैन, का“करभिट्टाको मेची पुल पनि आनोमा पारिसक्यो तर टनकपुरको टनटनलाई पुर्पुरोमा उठेको टुटुल्कोझैं टन्काउने हाम्रा कामरेडहरूले शारदा महाकाली सन्धिको बहानामा उनीहरूको नियतलाई अनुमोदन गरेको सुन्दा हामीलाई सुखानी फूर्तिरको अन्तुडा“डाको आकाशमा पनि सास फेर्न साह्रो गाह्रो भइरहेको छ । कुरा त तिम्रोबारे पनि अनेकथरी सुनिन्छ । जनवादी क्रान्ति सफल पार्न एकज्यान एक प्राण भै खनिएका तिमीले कालापानीको बेदखली लगायत विस्तारवादी हस्तक्षेपका बारेमा कहिल्यै चुइ“क्कसम्म बोल्दैनौ भन्छन् भन्नेहरू । यस्तो सुन्नुपर्दा हामीलाई झन् उदेक लाग्छ । 
कामरेड मित्र, 
हुन त कामरेडहरूलाई (क्षमा गर, हामी विचारको जुम्ते पाठशालामा दीक्षित भएको भए तापनि तिमीहरूलाई सम्बोधन गर्दा कामरेड शब्द आफसे आफ हाम्रो जिन्ह्वामा आइहाल्दो रहेछ) ताज्जुब लाग्ला, सुखानीको जड्डलमा भट्किरहेको हाम्रो आत्मा त्यति टाढाको अन्तुडा“डाको व्योममा कसरी आइपुग्यो भनेर ⁄ यस्तो लाग्नु स्वाभाविक हो र त्यो पनि यस्तो बेलामा, जुनबेला हाम्रा अगुवा कामरेडहरू दिनलाई रात र रातलाई दिन भनिरहेका छन् । हुन त हामी अठार बीस वर्षसम्म सुखानी जंगलमै भट्किरह्यौं, कहिले यमद्वार त कहिले चार आली । हुन त हामी बेलाबखत छिन्ताङ र पिस्कर, भीमान र किसाननगर पनि पुग्यौं । तर हाम्रो धेरै समय चाहि“ यतै बित्यो । त्यसबीच हामीले के थाहा पायौं भने हाम्रो अध्यक्ष कमरेड चेयरम्यान माओ रहनुभएन≤ हामीले जिन्दावाद लाउने गरेको लीन प्याओले त गद्दारी पो गरेछन्≤ माओका उत्तराधिकारी ठानिएका चौगुटाहरूको अन्त्य पनि निकै टीठलाग्दो किसिमले भयो । क्षेत्रफलमा संसारको सबभन्दा ठूलो राष्ट्र सोवियत रुसमा लेनिन र स्टालिनद्वारा स्थापित समाजवादी सत्तालाई ‘ग्लास्नोस्त’ र ‘पेरेस्त्रोइका’का हिमायतीहरूले प्रतिक्रान्ति गरेर विस्थापित गरेछन् । पोलैण्डमा मजदुरनेता नै समाजवादी सत्ताका विरोधमा उत्रिए । अर्थात् समाजवादी सत्ताले सार्थकता गुमायो । हाम्रा द्रोणाचार्यहरू पनि विचारको सुन्दरवनको अन्योलको दलदलमा कताकति भासिए कि के भयो कुन्नि, हामीले सगरमाथाझैं अग्ला र अटल ठानेका हाम्रा गडफादरहरूमध्ये कोही कागझैं धेरै बाठा भएर बिष्टामा चञ्चु गाडिरहेका छन् भने कोही जीवनको लामो र कष्टपूर्ण यात्राबाट लस्तपस्त र थकित भएर ‘आखिर श्रीकृष्ण रहेछ एक ⁄’ भनी मदौरु देवकोटाको बोलीमा लोली मिलाइरहेछन् अरे ⁄ धन्य, भाइ कामरेडले धर्म छोडेका छैनन् र हामीलाई थोरै भए पनि राहत मिलेको छ । हुन त कुनै कुनै बेला भाइकामरेड पनि ‘महाजनो येन गतो सः पन्था’ गर्न खोज्छन् अरे, त्यसैले भाइ कमरेडप्रति पनि हामीलाई ठ्याम्मै भर छैन । तर त्यसो भनेर हामी भाइ कमरेडलाई चिढाइहाल्न चाहि“ चाह“दैनौं । भाइ कमरेडले भलै हाम्रो सपनालाई कुल्चेर कच्याकुचुक पारुन् (त्यसो त किमार्थ नगर्लान्) तर किन हो कुन्नि, ती उर्फ हाम्रो झिनै भए पनि आशा र विश्वास रहिरहनेछ । सुखानीको व्योममा कावा खा“दै भौंतारिरह“दा हामीलाई के लागेथ्यो भने हाम्रा गडफादरहरू हामीले खनेको गोरेटोमा हिंडिरहेका होलान् तर ती बडो वाचाल निस्केछन्, शब्द खेलाउन र काइते कुरा गर्न खप्पिस र हामीलाई जबजको डनलपमा सुताइछाडे । हुन त हाम्रा माननीय कमरेडहरूले जबजको डनलपलाई देश, काल र परिस्थिति सुहाउ“दो माक्र्सवादी सिर्जनात्मक प्रयोग भन्ने गरेका रहेछन् । अगुुवा कामरेडहरूको यो भ्रमजाल पार्टीभित्र थुप्रैले पहिल्याएका त छन्, बेलाबखत ती आक्रोशित पनि हुन्छन् अनि अगुवा कामरेडहरूले त्यो भेउ पाउनासाथ हाम्रो नाउ“लाई ढालका रूपमा अघि सार्दा रहेछन् । तर त्यो डनलप झट्ट हेर्दा राम्रो, मोटो देखिए तापनि उहिल्यै युरोपतिरै पत्रु भएर हिन्दुस्तानमा धुजाधुजा भइसकेको हो भन्ने हामीले नबुझेका होइनौं । त्यो सत्य बुझेर त्यो बाटो गन्तव्यमा पुगिंदैन भनी हामीले हतियार उठाएथ्यौं– ज्यामिरगढीबाट । हामी यो बोधस“गै पातले छाङाबाट खसेझैं भयौं तर हामी तुरुन्तै सम्हालियौं, हरेश खान हाम्रो अन्तरमनले दिएन । छेउमा उभिएर एकोहोरो हामीलाई हेरिरहेका पूर्वका मुक्तियोद्धा रामप्रसाद राई र पश्चिमका जनवादी योद्धा भीमदत्तपन्तले समवेत स्वरमा भने, ‘किन निराश हुन्छौ, तिमीहरू ? त्यो बेथिति र बेरिति त हामी पचास वर्षदेखि टुलुटुलु हेरिरहेछौं । यो पचास वर्षमा हामीले देख्यौं– हामीभन्दा जल्दाबल्दा जोधाहाहरू हाम्रै सपना बोकेर कहिले ज्यामिरेमा त कहिले जुगेडीमा, कहिले छिन्ताङमा त कहिले पिस्करमा≤ कुनैबेला भीमानमा त कुनै बेला किसाननगरमा देखापरे । कुनै बखत सर्लाहीमा किसान आन्दोलनको रा“को बल्यो त कुनै बेला रौतहटमा र कुनै बेला बर्दियाको राजापुरमा । कोही बेला मुलुकै आन्दोलनको रा“कोमा रा“क्कियो र सानातिना सुधारहरू भए । दश बाह्र वर्ष अगाडिसम्म तिमी हामीजस्ता जोधाहाहरू यहा“ आउने क्रम चलिरहेकै थियो । हेर न ऊ त्यतातिर सिन्धुलीको व्योममा कामरेड ऋषि, सिरहाको व्योममा सूर्यनाथ, ती भन्दा पर्तिर डा. लक्ष्मीनारायणको टोली, तराईको त्यताको त्यताको फा“टमा हेर भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर । ती सबले तिमी हामीझैं निरंकुशताका विपक्षमा तथा निष्ठाका पक्षमा आफूलाई आहुत गरेका हुन् । मास्तिर हेर राजधानीको व्योममा अढाई– तीनसय कर्मठ युवाहरू । ती छयालीस सालको जनआन्दोलनका बाहक हुन् । धेरैलाई विश्वास थियो कि जनआन्दोलनपछिको सत्ताले जनताका आशाआकांक्षाहरूलाई संबोधन गर्नेछ । जनताका प्रतिनिधिहरूले संसद् बनाए । जनताले चुनेको सरकार पनि बन्यो । तर सरकारले केही गरेन, गर्ने प्रयासै गरेन । जनता फेरि निराश भए । सृष्टिको इतिहास करोडौं वर्ष पुरानो र द्वन्द्वमय छ र यो निरन्तर गतिशील पनि छ । त्यसैले अहिले नै हामी किञ्चित् निराश–हतास भइहाल्नुपरोइन ।’ पाका र भुक्तभोगी अग्रजका कुरा सुनेर हामीले चित्त बुझायौं तर कामचलाउ बुझाइ मात्र भयो । जनताका हिमायती हौं भन्ने सबै शक्तिहरू संसद्मै रुमल्लिएपछि जनताका पीरमर्का कसले पो बुझिदिने ? हाम्रो पाठशालामा उहिल्यैदेखि हामीले पढिरहेको पाठ ‘संसद् भनेको बोकाको टाउको झुण्ड्याएर बाख्राको मासु बेच्ने थलो हो’ झन् झन् दरो डेरा जमाएर हाम्रो मनमा बसिरहेकै थियो । देख्दादेख्दै जनताका विरोध र धर्नालाई बेवास्ता गरी रातारात संसद्ले महाकाली सन्धि अनुमोदन गरिदियो । टनकपुरको सम्झौतामा वितण्डा मच्चाउने हाम्रा अगुवा कमरेडहरूले आना कमरेडहरूले विरोध गर्दागर्दै अनुमोदन गरिदिए । जुन चैतको चौबीसले तिनलाई सत्तामा पु¥याएथ्यो, त्यही चैतको चौबीसका दिन जनअअधिकारको रक्षार्थ आवाज उठाइरहेकाहरूमाथि प्रजातान्त्रिक भनिएको सरकारले गोली बर्सायो र घरआ“गनमा खेलिरहेका तीन वर्षे अवोध शिशुको हत्या ग¥यो । त्यही अवोध शिशुको फोटो देखाएर भोट मागेका हाम्रा कमरेडहरूले विध्वंसात्मक गतिविधि नियन्त्रण नामधारी कालो कानुन ल्याए संसद्मा । यसरी संसद्ले जनअधिकारको रक्षा गर्नु त कता हो कता, प्रतिगामीका पछि लगाइदिएर हाम्रा साथीहरूमा पनि सुविधाभोगी संस्कृतिको विकास तीव्रतर गर्न थालेछ । यसले हामीमा झन् निराशा उत्पन्न गरायो । हामीलाई खिन्न देखेर होला हामीतिर आउ“दै गरेका तीन भाइले भने, ‘कामरेड किञ्चित् निराश नहोऊ । तिम्रा गडफादरहरूले लत्तो छाडे त के भो ? जलजला र सिस्नेरीको कञ्चन प्राणवायुले तिमीले देखेका सपनाका दृश्यावलीमा रमेका असंख्य विवेकशील ज्यानहरूमा प्राणसंचार गरेको छ । तिम्रा अधुरा सपना तिनले पूरा गर्नेछन् । त्यसैले तिमीले चिताएको न्यानो घाम अन्तुको डा“डामा उदाउन त्यति बिलम्ब नहोला, बरु तिमी अन्तुकै व्योममा त्यसको प्रतीक्षा गर ।” कामीबुढा, सुरेश वाग्ले र कृष्णसेन रहेछन् ती । तदनुपरान्त हामी अन्तुडा“डाकै व्योममा कावा खाइरहेका छौं । हरेक बिहानी इशान कुनाको कञ्चनजङ्घाको स्निग्ध श्वेत पछ्यौरीबाट चियाउ“दै गरेको आगाको भुङ्ग्रो झैं आभामय घामलाई बडो आशावादी नजरले हेर्छौं, हो कि हो कि जस्तो लाग्दालाग्दै घाम हाम्रो भागबाट कोइरालोको अचारमा मुछिएको लप्सीको बिया“झैं पिलित्त चिप्लिसक्छ र हामी जिलिन्छौं । चनाखा नजरले व्योममा डुलाउ“छौं यताउति । व्योममा थरिथरिका आवाजहरू गुञ्जायमान रहेछन् । तर ती आवाजहरू ठम्याउन गाह्रो थियो । 
मित्रहरू
व्योममा गुञ्जायमान ती आवाजका भाषा त्यति प्रस्ट ठम्याउन त सकिंदैन तर मान्छेका आर्तनाद, पीडाको समवेत स्वर चाहि“ अनुमान गर्न सकिन्छ । दशौं हजारको संख्यामा ती यत्रतत्र देख्न सकिन्छ कृष्णसेन लगायत कामरेड त्रयका कुरा सुनेपछि हामीले हर्षले यति विभोर भयौं कि त्यसको बयान शब्दमा गरिसाध्ये छैन । हाम्रै कामरेडहरूले हाम्रो तत्कालीन लाइनको औचित्य र सार्र्थकतालाई पूर्णतः निषेध गरिरहेका बेलामा त्यसको औचित्य र सार्थकताको मात्र होइन, अपरिहार्यताको पक्षमा संसद्लाई लोप्पा खुवाएर तिमीहरूले सिज अभियान थाल्यौं । सिजको प्रतिकारमा चलाइएको सेतो आतंकका शिकार बनेकाहरूको समूह हामी देखिरहेका छौं अहिले । मिसन रोमियोको अतिवादको शिकार बनेकाहरूको दुर्दशा हेरिसाध्य छैन तर कामरेड, बडो दुःख र खेदका साथ हामी भन्न बाध्य छौं निर्धानिमुखा र निरपराध जनताहरूउपर तिमीहरूका कमाण्डोहरूले देखाएका मध्ययुगीन बर्बरतालाई बिर्साउने क्रान्तिकारी (?) व्यवहारले हाम्रो पनि शिर नुहेको छ । क्रान्ति त निर्धा, निमुखा र अन्यायमा बा“चिरहेकाहरूका लागि भरपर्दो आडभरोसा हो भन्ने हामीलाई लागेको हो । जुन क्रान्तिले बहुसंख्यकको हैन मुठ्ठिभरको सेवा गर्दछ, त्यो क्रान्ति हैन भ्रान्ति हो । जुन क्रान्तिले आनो मित्र र शत्रु छुट्याउन सक्दैन, जनतामा आशा र उत्साहको साटो निराशा, भय र आतड्ढ सिर्जना गर्दछ, विचार र व्यवहारले मन जितेर हैन बन्दुक देखाएर जनतालाई आनो पंक्तिमा सामेल गराउ“छ, त्यसलाई कसरी क्रान्ति मान्ने ? त्यस्तो क्रान्ति कति दिन थेगिएला ? सुनिन्छ, अचेल कतिपय ठाउ“हरूमा समाजका शत्रुहरूको, समाजमा अमनचैन कायम हुन नदिनेहरूको कालो अनुहार छोप्ने ढाल बनेको छ– तिम्रो आन्दोलन≤ आतंककारी र अराजकतावादीहरूको सम्वल बनेको छ भने कतिपयका लागि कमाउने (मोजमस्ती गर्ने) भा“डो पनि बनेको छ रे । क्रान्तिलाई यस्ता पिपासुहरूको आश्रयस्थल बनाउनाले जनताको पक्षको क्रान्तिलाई लाभ हैन हानि नै हानि पुग्दछ भन्ने कुरो तिमी भुक्तभोगी र जानिफकार र विद्वान् कामरेडहरूलाई हामीले सम्झाइरहनुपर्ने कुरा होइन । हुन त कतैकति तिमीहरूले यस्ता छद्य्मवेशीहरूलाई क्रान्तिकारी कार्वाही नगरेका होइनौ । 
राता साथी, 
हाम्रो वर्गशत्रु खत्तम अभियानमा हाम्रा वर्गशत्रुहरू नै पनि निख्खर झापाली बनेर पसेका थिए छन् । त्यो हामीले धेरै पछि मात्र थाहा पायौं, जब धेरैथोक बिग्रिसकेथ्यो । त्यस्ता आफन्तहरू तिमीहरूभित्र पनि होलान् नहोलान् सो कुराको राम्रा जानिफकारहरू तिमीहरू नै हौ । तर घामझैं छर्लड्ड कुरो के हो भने जब क्रान्तिले जनविरोधी कारवाहीहरू गर्न थाल्दछ तब त्यो लाख प्रयत्न गर्दा पनि क्रान्ति हुन सक्दैन । तिम्रो एक दशकको कष्टकर र रक्तरंजित बलिदानी यात्रापछि पनि समाजका पिपासुहरू ठाडो शिर सफेदपोश बनी समाजमा शासन गरिरहेकै छन् तर निर्धानिमुखा र निम्छरा गाउ“लेहरू क्रान्तिकारीहरूका तारो बनेका छन्, क्रान्तिकारी कार्यकर्ताहरू सांस्कृतिक क्रान्तिको नाममा सुदूर गाउ“को एउटा मन्दिरको पुजारीको टुप्पी काट्छन्, मन्दिर ध्वंस गर्छन् तर नेता कामरेड चाहि“ श्रवणकुमार बनेर बृद्ध मतापितालाई केबलकार चढाएर मकामना दर्शन गराउ“छन्≤ सांस्कृतिक योद्धाहरू ज्यान हत्केलामा राखेर जनवादी संस्कृतिको प्रचारप्रसारमा जुट्छन्, नेता कामरेड चाहि“ भैरहवामा करिश्मा मानन्धरको फिलिममा लठ्ठ हुन्छन् । क्रान्तिकारी विचार अरूलाई देखाउने–बुझाउने कुरो मात्रै होइन होला । 
विचारका धनी साथीहरू, 
हामीले झापामा क्रान्तिको बिगुल फुक्दा नक्सलवाडीको ‘मेघको गर्जन’को कार्बनकपी उतारेका थियौं भने सुनिन्छ तिमीहरूले पेरुको साइनिङ पाथको अनुकरण ग¥यौ रे । माक्र्सले आनो दर्शनलाई आजीवन माक्र्सवाद भनेनन्, लेनिनले लेनिनवाद भनेनन्, माओले ‘माओ विचारधारा वा माओवाद’ भनेनन्, उल्टो प्रतिवाद गरे तर गोन्जालोवादको सूत्रपात गर्न गोन्जालो हतारिएझैं ‘प्रचण्डपथ’को आविर्भावमा प्रचण्ड हतारिएका रहेछन् । व्यक्तिपूजक यो प्रवृत्ति जनवादी क्रान्तिका लागि कत्तिको सहयोगी होला, क्रान्तिकारी विचारका धनी साथीहरू स्वयं बुज्रुक हुनुहुन्छ । गोन्जालोवादको जमिन के कस्तो थियो हामी थाहा पाउ“दैनौं, दक्षिण गोलार्धमा भएकोले होला पेरुको व्योमसम्म हाम्रो पहु“च छैन तर अविमायल गुजमानको गिरतारी पछिको वर्ष दिनभित्रै सुनिन्छ साइनिङ पाथ छतविछत भयो रे । तर तिम्रो अभियान त्यस्तो कमजोर फलकमा आश्रित छैन भन्नेमा हामी यहा“का साथीहरू विश्वस्त छौं । मित्र र शत्रु चिन्न र तीप्रति समुचित व्यवहार गर्न चुक्नाले कम्पुचियाको जनवादी क्रान्तिले मह“गो हर्जाना बेहोर्नुपरेको र कामरेड पोलपोटले भोग्नुपरेको दुर्गति हाम्रै आ“खा अगाडि छ । ‘अति गर्नू, अतिचार नगर्नू’ भन्ने आव्हान हाम्रा पुर्खाहरूले त्यसै कथेका हैनन् होला । काम गर्दा गल्ती हुन्छन्, काम गर्नेले नै गल्ती गर्ने हो तर गल्तीबाट शिक्षा नलिने र गल्तीलाई सच्याउने प्रयास पनि नगर्ने हो भने त्यसरी गरिएको काम पनि के गतिलो होला र ⁄
लालमित्रहरू, 
तिमीहरूले सर्वहारा क्रान्तिको झण्डालाई गौरवसाथ उचालिरहेका छौ भन्ने सुन्दा पहिले हामी जति खुशी भएथ्यौं, हामीमा आशा र उत्साहको जुन सञ्चार भएथ्यो, हेर्दै बुझ्दै जा“दा क्रमशः निराशामा परिणत हुन बल गर्दो छ । निरन्तर तीन दशकदेखि हामी अन्तुडा“डाको व्योममा सुनौलो भविष्यको लालिमा देख्न आतुर पहिले त केही उत्साही थियौं तर अचेल हामीमा त्यो उत्साह छैन । किन ? भनौला । तिमीहरूको व्यवहार आचार देखेर भनौं भने उल्टैै यै व्योममा रहेका तिम्रा हजारौं शहीद कामरेडहरू हामी पचीस पचास माथि खनिन सक्छन्≤ भद्रकालीको डबलीमा र रत्नपार्कको रातो घरको पेटीमा हाम्रा कामरेडहरूले खटाएका मान्छेहरूद्वारा रगतपच्छे हुनेगरी कुटिएको नि तिनीहरूले सम्झिरहेकै होलान्≤ कामरेडहरूलाई त के छ र, आत्मालोचना गरिदिएपछि भै गो, ‘पुनर्मुबिको भवः’को कार्यनीति छ“दैछ । हुन त कामरेडहरूको यस्तो व्यवहारले शत्रुलाई तर्साउने र चेताउने भन्दा पनि वर्गमित्रुहरूप्रतिको खलनायकको व्यवहारले वर्गशत्रुहरूलाई काखी बजाउने अवसर प्रदान गरेको छ । हुन त हाम्रा कमरेडहरूले पनि बेलाबखत वर्गमित्रहरूउपर खलनायकी व्यवहार प्रदर्शन गरेर जगत् नह“साएका हैनन् । अहिले त्यतिहु“दो भएको भए हामी पनि त्यही लैबरीमा थपडी बजाउ“दै हिंड्थ्यौं कि, यसै भन्न गाह्रो छ किनकि त्यस अवसरबाट अहिले हामी बञ्चित छौं र शायद चोखिएका छौं तर तिमीहरू त अब्बल क्रान्तिकारी बनेर मुलुकको कायापलटमा उत्रेका वीरहरू न हौ । शहिदी खेतीले मात्र हामीले सोचेजस्तो क्रान्ति सफल नहु“दो रहेछ । आमूल परिवर्तनको दीर्घकालीन युद्धमा सबभन्दा बलिया र अजेय शक्ति जनता हुन्, तिनको मन नजितेसम्म र जनता दिलोज्यानले यो अभियानमा नलागेसम्म यस्तो अभियान सफल हुन सकोइन । बन्दुकको बलमा मात्र आर्जित परिचालित शक्ति दुरमामी हु“दो रहेनछ भन्ने सत्य धरतीका विभिन्न खण्डमा स्थापित भइसकेका तथ्य विचार–व्यवहारको खरो प्रयोगमा सिद्धहस्त कामरेडहरूलाई स्मरण गराइरहनू हास्यास्पद लाग्नसक्छ । जनता र देशको दुर्गतिको मुक्तिदाता हौं भन्ने बोधका आचार–व्यवहार सुधार्दै जनतालाई आफन्त ठान्दै हामी अघि बढ्न सक्यौं भने हाम्रा बलिदानहरू निरर्थक हुने थिएनन् भन्ने हामीलाई लागेको छ । भन्न त हाम्रा कमरेडहरू तिमीहरूलाई मित्र भनिने छिमेकीद्वारा निर्देशित परिचालित भन्न नि पछि पर्दैन रहेछन् । क्रान्ति, बुलेटजस्ता शब्दहरू सुन्न नि चाह“दैन रहेछन्≤ चुनाव, समाजवाद, संविधान संशोधन, शान्ति संक्रमण जस्ता नौ सका सिद्धान्तका अनुगामी छन् रे । आफूलाई प्रजातन्त्रको पर्यायबाची ठान्ने नेताहरू तिमीलाई प्रतिगामी सामन्ती सत्ताको हतियार भन्नुमा नै गौरवान्वित ठान्दारहेछन् । मुलुक अनिर्णयको बन्दी बनेको जगजाहेरै छ र पनि सबै झिनामसिना सत्तास्वार्थमा अल्झिरहेकै छन् । आनो आलोचना सुन्न पटक्कै नरुचाउने तिमी कामरेडहरूको कुर्वानीमा हारजंगको धुवा“को मुस्लोले कहिल्यै नमेटिने धब्बा लगाइदिएको छ कसरी भनौं≤ काजोल खातुनको श्राप परेको छ पनि त भन्नुभएन≤ कामरेड यदु गौतमजस्ताका भातृहत्याको त नामै लिनुभएन तर तिम्रा गडफादर नै तिमी उपर खनिएको सुन्दा चाहि“ हामीलाई पनि उदेक नलागेको चाहि“ होइन । निख्खर प्रतिगामीहरू तिम्रो खेदाइमा उस्तो नपरेका तर तीभन्दा अलि तैविशेकहरू र हाम्राहरू अनि तिमीहरूकै एकाघरका कमरेडहरू समेत तिमीहरूको क्रान्तिको तारो बनेको देख्दासुन्दा चाहि“ हामी थोरबहुत सशंकित चाहि“ नभएका होइनौं । हुन त हाम्रो बुझाइ र तिम्रो बुझाइ–गराइमा अन्तर त हुने भयो नै । जसरी शत्रुको शत्रु आनो मित्र हुन सक्दैन, आनो शत्रु पनि शत्रुको मित्र होवोइन । विचार र व्यवहारका आधारमा हामीले शत्रुहरूको कित्ताबन्दी गर्नुपर्छ तर सबैलाई चिढाएर मात्र क्रान्ति सफल हु“दो रहेनछ भन्ने शिक्षा हामीलाई झापा आन्दोलनले नदिएको होइन । 
अचेल हामीलाई मुलुकका जनताले सा“चो नेता पाउन बा“की नै रहेछ भन्ने लाग्न थालेको छ । तर पनि हामी आनो पाठशालामा त्यसताका घन्किरहने प्रिय गीत ‘एक युगमा एक दिन एकचोटी आउ“छ’को कर्णप्रिय गुञ्जन सम्झेर आश्वस्त हुन्छौं किनकि हाम्रा प्रिय कविले ‘हो बा त्यो आउ“छ’ भनी विश्वास पनि दिलाएका छन् । जनताको ढुकढुकीमा बा“च्ने हाम्रा प्रिय कविलाई हामी कसरी अविश्वास गर्न सक्छौं र । ‘तर हो न निराश करो मनको’ भनी हिंड्ने छिमेकी कविको सल्लाह पनि हाम्रो कामना गुञ्जिरहन्छ । त्यसैले हामी अन्तुडा“डाकै व्योममा रातो बिहानीलाई त्यतिञ्जेल कुरिरहनेछौं । अस्तु । 

िअन्तुडा“डाको व्योममा कावा खाइरहेका 
हामी 
०६१÷७÷१८ 


कविता
ग्रन्थ विमोचक
हो, उसले देशका लागि ठूलो केही नगरे पनि 
जड्डबहादुरले जस्तो थुप्रै मानिस मारेको थिएन 
इदीअमिनलेझैं मानिसको मासु खाएको थिएन 
क्लिन्टन र बुसलेझैं तेल र ग्यासको निम्ति 
कतै पनि लुटपाट मच्चाएको थिएन । 

हो, ऊ नाटकको करिब–करिब एउटा सोझो नायक थियो 
एकदिन उसकै दरबारमा नाटकको पर्दा खुल्यो 
र तीब्र रूपमा दृश्यहरू फटाफट देखिन थाले 
नाटकको एउटा चरणमा पुगेर 
कतैबाट गोली आयो 
र उसको छाती र पेटमा लाग्यो ... सोझो नायक ढल्यो 
गोलीले उसकी रानीको टाउको र गिदी नै छरपस्ट भयो 
उसको भाइलाई पिठ्यु“ र तल्लो पेटमा गोली लाग्यो र ठहरै भयो 
विवाह गर्ने उमेरको जेठो छोरो कन्चटमै गोली लागेर ढल्यो 
सानो छोरालाई भाग्दाभाग्दै गोली लाग्यो र गोपीक्या“च भयो 
माइत आएकी छोरीको पनि गोलीले चोला उड्यो 
हरे विजोग ⁄ सारा सन्तान सखाप पार्न सफल भयो हत्यारो । 

लस्करै आर्यघाटमा एउटा वंश जल्यो 
खानेले काट्टो खायो, पाउनेले सिड्डै श्रीसम्पत्ति पायो 
श्रद्धाञ्जलिसभाहरू ठाउ“–ठाउ“मा आयोजित भए 
रुनेहरू रोए ... कपाल खौरेर छाती पिट्दै रोए 
भित्रभित्र रमाएकाले पनि रोएको अभिनय गरे 
थरीथरीका प्रायोजित लेख, कविता र सम्झनाका गीतहरू लेखिए 
कुनै चाकरले विशाल ‘स्मृतिग्रन्थ’ तयार ग¥यो 
र आयो प्रमुख अतिथिका रूपमा उही नाटकको गोप्य निर्देशक 
भारदार समीक्षकहरूलाई साक्षी राखेर 
हत्या गरेकै हातबाट रड्डीन रिवन रेट्यो 
र ‘स्मृतिग्रन्थ’को वस्त्र खोलेर विमोचन ग¥यो 
आमन्त्रित हत्याराका पूजक श्रोतागणले ताली बजाए
अचेल यो मुलुकमा हत्याराहरू दिनै हत्या गर्छन् 
मारिएकाहरूको हकदार भएर अभिशेखित हुन्छन् 
श्रद्धाञ्जलिसभाहरू आयोजना गरेर आ“शु झार्छन् 
र मारिएकाहरूको नाममा ग्रन्थ छपाएर विमोचन गर्छन् ।  
ि


व्यक्तिचित्र
कुलमान
– विक्रम सुब्बा
सर्वसाधारण कुलमान 
कुलमान कुनै अहंकार नराखीकन बोल्नुहुन्थ्यो । उहा“ सधै“ नै अत्यन्त सर्वसाधारण पहिरनमा एउटा सामान्य झोला बोकेर शान्त ढड्डले हिंड्ने गर्नु हुन्थ्यो । उहा“लाई फटाफट जिब्रो फट्कारेर धाराप्रवाह बोल्न त्यति आउ“दैनथ्यो । उहा“को वाणी छरितो थिएन, लोतेतोते थियो । यी बा≈य प्रस्तुतिहरूका कारणले झट्ट हेर्दा गोज्याङ्रो जस्तो देखिने यो व्यक्तिमा प्रतिभाको यति इस्पाती स्वरूप होला भन्ने कुरा जोकोहीले अनुमानै गर्न सक्तैन । इटहरीमा प्रगतिशील लेखक संघको कार्यक्रममा उहा“को चित्रकला प्रदर्शनी नगराइएको भए मेरो मनमा पनि उहा“लाई बुझ्ने मामिलामा अझै निकै समयसम्म भ्रम जीवित रहन सक्थ्यो । त्यहा“ देखाइएका विभिन्न चित्रमध्ये एउटा चित्र मेरो मानसपटलमा अहिले पनि उत्तिकै ताजा रूपमा रहेको छ । 
कलाकार कुलमान 
एउटा मान्छेको चित्र छ । दाहिने खुट्टाको घु“डाबाट मुन्तिरको भाग बेस्करी सप्रेको केराको थामजत्रै मोटो छ । बा“की सम्पूर्ण शरीर कड्डालतुल्य छ । करङका हाडहरू उधारिएको घरको डा“डाभाटाझैं देखिन्छन् । उज्यालो गोलो अनुहारको ठूलो निधार भएको यो मान्छे चिन्तामग्न मुद्रामा आकाशतिर फर्केर टोलाइरहेको छ । देब्रे खुट्टाले पन्था मारेर केही पछाडि ढल्केर दुई हातले भुइ“मा भार दिई बसिरहेको यो मान्छेले दाहिने खुट्टा खुम्च्याउन नमिलेर त्यसै छाडिदिएको देखिन्छ । पेटको खाल्टो पी“धको माटो पट्पट् फुटेको सुख्खा पोखरीजस्तो देखिन्छ । पेटको छाला मेरुदण्डमा गएर टा“सिएको छ । शरीरमा एउटा धोतीबाहेक केही छैन । 
यो चित्र लहर साहित्यिक अंक २७ को मुख पृष्ठमा छापिएको थियो । तिनताक लहर प्रकाशनको जिम्मा साहित्य सन्ध्याले लिएको थियो । २०५१ सालतिरको कुरा हो । यो चित्रका बारेमा त्यतिबेला लहरमा लेखिएको थियो– “यो असमान र अन्यायपूर्ण जीवनमा आधारित वर्तमान विश्व व्यवस्थामा आतंकले ग्रस्त जीवन बा“चिरहेको विश्व मानवको चित्र हो । कुनै एउटा व्यक्तिको चित्र होइन । सबै जातजाति, धर्म, वर्ण, लिड्ड यसैमा समाहित छ । ज्यान सुक्नसम्म सुकेको छ । एउटा खुट्टा फुक्नसम्म फुकेको छ । कहा“ गयो ज्यानको रगत र मासु ? त्यही एउटा खुट्टामा थुप्रिएको छ, जसरी श्रमजीवी जनताहरूलाई चुसेर खुनी शासकहरूले अति सञ्जय गर्छन् । इमानदार मेहनती जनता भने अति अभावले ग्रस्त छन् । सुकेनास र हात्तीपाइले दुई रोगको चरम सीमामा पुगेर धिकिरधिकिर सास फेर्दैछ यो मान्छे । प्राण फुस्कन मात्र बा“की छ । यो शोषकहरूको प्रजातन्त्र र मानवअधिकारको फोटो हो । 
ढकमक्क फूल फुलेको फुलबारीमा पुतलीहरू फर्फराइरहेका र मौरीहरू गुन्गुनाएर घुमिरहेका सुन्दर चित्रहरू बनाउन छाडेर किन यस्ता चित्रहरू बनाउनु हुन्छ ? भन्ने जिज्ञासा राख्दा उहा“ भन्नुहुन्थ्यो– ‘मेरो ध्यान पीडाग्रस्त मान्छेतिर छ र पीडाबाट मुक्तितिर छ ।’ 
यो भूगोलमा टोलाएर चिन्तित मुद्रामा बसेको मान्छे (चित्र स्वयं) बोलिरहेको छ ः 
हाडछाला एकातिर मासु एकातिर 
को होस् ईश मै हु“ भन्ने झुका तेरो शिर 
कतै रित्तो कतै थुप्रो बा“ड्नु चुड्नु छैन 
यस्तो पाजी चलनले शान्ति जोगिंदैन । 
सिड्डो मानवजातिलाई व्यक्ति प्रतीकमा ढालेर माक्र्सवादी दर्शनलाई यति सहज ढड्डले व्यक्त गर्न सक्ने उहा“को खुबीसित म अत्यन्त प्रभावित भएको हु“ । 
मानवतावादी कुलमान 
नेपालमा सर्वप्रथम अस्पतालमा परीक्षणको निमित्त मरणोपरान्त आनो शरीर दान गर्न इच्छापत्र दिने प्रथम व्यक्ति कुलमानसिंह भण्डारी हुनुहुन्छ । तर कुलमानसिंहको यो महान् भावनालाई, यो प्रगतिशीलतालाई यहा“को सत्ताले तुच्छ ठानेर लत्यायो । कुलमानले दिएका कुराहरू यो राष्ट्रले लिन सकेन । उनले तिरष्कार गरेका कुरालाई यसले खुब सत्कार ग¥यो । यसले सामाजिक विभेदलाई खुब ठूलो मर्यादा दियो । सत्ता वा सत्ताको वरिपरि रहेर सार्वजनिक भागहरूलाई वैयक्तिक भागहरूमा रूपान्तरण गरी आफू पुष्ट हुने र अरूलाई कड्डाल बनाउने पद्धति स्थापित ग¥यो । यही“नेरबाट भ्रष्टीकरण सुरु भयो । यही“नेरबाट असन्तुष्टिका मूलहरू फुटे । 
उपेक्षित कुलमान 
कुलमान सिंह भण्डारी मर्ने बेलै भएको थिएन । उहा“ उपचार नपाएर मर्नुभएको हो । विरामी हुनुहुन्छ भन्ने थाहा पाएर भेट्न जा“दा उहा“ होसमा हुनुहुन्थेन । तर यत्तिको अस्पताल आइसकेका मान्छे यसरी मरिहाल्नुहोला भन्ने अनुमान नै हुन सक्तैनथ्यो । उहा“लाई त्यो अस्पतालले पनि त्यति ध्यान दिएजस्तो लागेन । यस्सो अलिकति टाउको दुख्दा र रुघा लाग्दा राष्ट्रको ढुकुटीमा ब्र≈मलुट गरेर उपचारका नाममा अमेरिका, बेलायत धाउनेहरू प्रशस्त भेटिन्छन् । यस्तो काम खास गरेर हातमा डाडु पनियो भएकाहरू नै गर्छन् । कुलमानको हातमा न कैल्यै डाडु न कैल्यै पनियो । कुलमानहरूको महत्ता पहिचान गर्न नसक्नु नै यो राष्ट्रको दुर्भाग्य हो । कुलमानहरूलाई उपेक्षा गर्ने प्रवृत्तिको गर्भबाट नै वर्तमान हिंसाको जन्म भएको हो । 

ि
कविता
बारुद र महड्डी
महड्डी र बारुद 
दुवै हिंडिरहेछन् 
साथ साथ । 

सिंहदरबारका 
कक्षहरूबाट 
स“गस“गै निस्कन्छन् 
महड्डी र बारुद 
सयकडौं गोदाम, डिपो 
शस्त्रागार हु“दै 
साथ साथ निस्कन्छन् ती 
कूच गर्न 
यस सानो भूगोलको छातीमा । 

महड्डी र बारुद 
दुवै एकसाथ 
भइरहेछन् विस्फोट 
जुम्लामा, कालिकोटमा 
बझाङमा, बैतडीमा 
काठमाडौंमा, विराटनगरमा 
बारुद मात्र 
कसैले विस्फोट हुन्छ भन्ने ठान्छ भने 
सोह्रै आना गलत हो त्यो 
विस्फोट हुन्छ महड्डी पनि 
र असमयमै मर्छन् 
जीवन वृक्षहरू ।

जहा“ बारुद धेरै हुन्छ 
त्यहा“ महड्डी पनि धेरै हुन्छ 
बारुद जत्तिकै खतरनाक हुन्छ महड्डी 
र सिड्डो देशलाई निल्छ 
मोटाउ“छन् बारुदका कमिसनखोरहरू 
सामानका तस्कर र मुनाफाखोरहरू 
चमक बढ्छ 
युद्धनायकहरूको चेहराको 
अग्लन्छन् दुई चार महलहरू । 

महड्डी र बारुद 
दुवै हिंडिरहेछन् 
साथ साथ 
इतिहासको 
सबैभन्दा ठूलो ट्रेजडी 
खपिरहेछ मुलुक ।  

ि
अति भएपछि
अति भएपछि 
“होइन सुन्न भो तपाईंले ? रुपेशलाई आजै काठमाण्डू पठाइदिउ“m क्या ⁄ 
जाओस् ⁄ बरु पढे पनि त्यहीं पढोस्, खेले पनि त्यहीं खेलोस् ⁄ ... आ ... यहा“ त आज हो कि भोलि हो ?” रूपेशकी आमाले दिक्दार मानेर भनिन् । 
“कस्ती लाठी त“ त ⁄ काठमाण्डू जा“दा गाडीमै जानु परिहाल्यो । गाडीमा यस्ता ठिटा देख्यो कि साह्रो परिहाल्छ रे चेकिनमा । बरु या“ घरमा त छ । यस्सो आफ्नो बिन्ती लाग्न सक्छ । बिन्ती नलागे नै पनि आफ्नो काखमा त छ । सबैको जो गत् आफ्नो सोही गत् ⁄” – रूपेशका बुबाले झन् दिक्दार मानेर भने । 
“पहिला–पहिला त छोरो हुर्कियो कि बाबुको सास आउ“थ्यो । बाबुले यसो हात फेर्न पाउ“थे । बरु छोरी भने बिहा गरेर नपठाइन्जेल बाबुआमालाई आधा मासु हुन्थ्यो । अहिले त के जमाना यस्तो ⁄ छोरो बढ्यो कि त्रासैत्रास ⁄ ... के भोग्नुपरेको यस्तो ? ...” रूपेशकी आमाले फेरि गनगन गरिन् । 
“भैगो गनगन धेर नगर् । कसले सुन्छ तेरो–हाम्रो गनगन् ? माउवादीहरू एकातिर देश भन्याछन्, राष्टे भन्याछन्, के भन्याछन् ⁄ ... ‘मर्न लइन लाग’ भन्याछन् ... लइन् लाग्दालाग्दै देश रित्तो होला जस्तो छ । उनलाई अर्काका छोराछोरी माया न दया ? यस्सो जु“घाका रेखी बसेको ठिटो देख्नुहु“दैन । यस्सो गालामा लाली चढेकी ठिटी देख्नुहु“दैन । ‘हिंड् हाम्रा सङ् भन्याछन् । तान्याछन् । लग्याछन् । मराकाछन् । ... समाचार सुन्ने हो र हिसाब राख्ने हो भने त देश सा“च्चै रित्तियो होलाझैं लाग्छ । ... उता सेना पनि उत्तिकै मारिएका छन् । पुलिस उत्तिकै मारिएका छन् ... उहिलेका मान्छेहरू भन्थे– “कलीले व्याप्त भयो अब । एउटा निहु“ हुन्छ र सब सखाप हुन्छ÷पर्लय हुन्छ ।” साच्चै हो कि क्या हो भन्नुझैं छ ।” रूपेशका बुबा लामो गनगनाए । 
ठूलो सा“झ परिसकेको छ । रूपेश गाइवस्तुको थान्कोमुन्को सकेर हातगोडा धोइवरी भित्र पस्यो । रूपेश पसेपछि बुबाआमाको गन्थनमा अवरोध हुनपुग्यो । बुबाको त्रास आमाले बुझेको छैन । आमाका त्रासको मर्म बुबाले बुझेको छैन । छोरो आफैं पनि भयभीत छ र यो मर्म बुबाआमाले नै बुझेको छैन । बल्लतल्ल एस.एल.सी. पार गरेको गाउ“को ठिटो । उसको कुनै महŒवाकांक्षा नभए पनि योग्यताअन्सार खरदारसम्म, प्राइमर स्कुलको मास्टरसम्मको आकांक्षा त स्वाभाविक नै हो तर यही पनि कसैगरी पाइने छा“टका“ट छैन । जागिरको कुरा त सिंगौरामा राखौं, अचेल उसका पाखुरामा, उसका जु“घाका रेखीमा, उसका पोटिला पा“सुलामा माउवादीले आ“खा गाडेको हल्ला उसले आफैं पनि सुनेको छ । एक डेढ महिना यता सरकारी सेनाको अलिक भेड्याइ“चो बढेपछि डर कम भएको मात्रै हो । अहिले नि मान्छे अपहरण गर्ने, काट्ने, हातखुट्टा गिंड्ने, मार्ने गर्न त त्यति कमी भएको छैन तर अलिक अस्तिका झैंको उखपातमा भने कमी आएको छ । तर अहिले यताको डर बढेको छ । माउवादीको आशंकामा भनेर तीन दिन अघि त्यो बिचरा इन्द्रवीरलाई पल्लो घरबाट टिभी हेरेर फर्कंदै गर्दा नौ बजेतिरै होला ऐया भन्नै नपाई ड्याम् ड्याम् गोली ठोकेर मारेपछि र रेडियोबाटै हाम्रो गाउ“मा ‘आतंककारी मारियो’ भनेपछि चाहि“ यहा“का सबै मान्छेको आ“खाबाट निन्द्रा भागेको छ । रूपेशका बुबाआमा अत्तालिएका पनि यही कारण हो । 
रातको खाना खाए सानो परिवारले । ‘सानो परिवार सुखी परिवार’ भनेर थेगो धेरै भट्याएथ्यो रेडियोले पहिल्यैदेखि । त्यो पनि नापेश्वर र’छ । बुबाका छातीभित्रको भुङ्रो ठूलो हो कि, आमाका छातीभित्रको डढेलो ठूलो हो को जोख्न सक्छ ? अथवा छोराका छातीभित्रको उखुमको नापो कति हो कसले बताउन सक्छ ? तर रूपेश, रूपेशका बुबा, रुपेशकी आमा, सितो पीठो खाइसके, जुठाभा“डा चोख्याइ सकेर क्रमशः ओछेनतिर लागे । 
ओछेन लागे बाबुआमा तलामाथि । ओछेन लाग्यो छोरो रुपेश तलामुनि अगेनापरिको खाटमा । एकैछिनमा तलामाथि लाइटर पारेर कुपी सल्काए बुबाले र भने ः 
“रूपेश ⁄ .. रूपेश ⁄⁄ ...”
रुपेश पनि निन्द्रास“ग सम्बन्ध बिछोडमा परेर पीडित थियो । उसले किताब पल्टाएथ्यो तर किताब अक्षरमा आ“खा अल्झन नमानेपछि उसको के लाग्थ्यो र ⁄ उसले रेडियो खोलेथ्यो । रेडियो एस.एल.सी.को जा“च सकिसकेपछि देखि बुबाका हातबाट उसका हातमा सरेको छ । रेडियोका गीत र संवाद केहीमा पनि मन पसेनथ्यो । त्यसकारण बत्तीसत्ती निभाएर चिम्लिएका आ“खाबाट हो वा अन्धकारमा आ“खा खोलेर हो वर्तमानका डा“डाभा“डा गन्दैथ्यो ऊ । इन्द्रबीरलाई ऊ राम्ररी चिन्थ्यो । इन्द्रबीर जत्तिको सुधो, माउवादीदेखि अजान त उसले आफैंलाई पनि ठान्दैनथ्यो । चाहे सेनाका बारेमा र सेनाले गरेका वा गर्नुपर्ने कुरा होस्, चाहे माओवादी लालसेनाका बारेमा र तिनले गर्नुपर्ने वा गरेका कुरा होस्, उनीहरूबीच खुला खुलस्त कुरा हुन्थे । त्यसकारण ऊ छ्याङ्ङ छ इन्द्रवीरको हत्या अन्जानमा भयो वा भ्रममा भयो वा झुक्कलमा भयो । हुनसक्छ नि यस्तो झुक्कलमा पनि । हुन त उसका बाबुआमाका लागि, आफैं रुपेशकै लागि पनि केही दिन उसको मृत्यु जसरी भएको भए पनि, ‘लडेर मरे पनि किलो रित्तै, बाघले खाए पनि किलो रित्तै’ भनेझैं भए पनि त्यो शोकको विषय त बन्यो बन्यो । तर बाघले खाएपछि खायो भन्ने डर होइन पल्क्इो भन्ने डर पनि हुन्छ । रूपेशलाई यस्तो कुरा कसरी बोध भयो को नि ⁄ सम्झ्यो पनि उसले ‘... धान गोड्न खेतमा पस्दा कतिपल्ट झुक्किएर सामा उखेल्दा धान उखेलेको छ । सामा र धान छुट्याउन सुरुसुरुमा त उसलाई असंभव प्रायः थियो । तर झुक्किएर धान उखेल्दा ऊ दुःख मान्थ्यो । ‘यो सामा नै हो’ भनेर ढिपी गर्दैनथ्यो । त्यसकारण झुक्किएर मारिएको इन्द्रबीरलाई ‘आतंककारी मारियो’ भनेर रेडियोले नभन्देको भए उसको बेथा अलिक कम हुन्थ्यो । उसका बाबुआमाालई सम्झाउन अलिक सजिलो पथ्र्यो । तर न बेथा कम भयो न सम्झाउन सजिलो भयो । रुपेशलाई सा“च्चै भनु“ भने आतंककारी हुनु भनेको त्यो ठूलो हुनु हो कि सानो हुनु हो, थाहै थिएन । त्यो मान हो कि अपमान हो थाहा थिएन । च्याउ खाओस् न च्याउको बात जानोस् थियो उसलाई त्यो ‘आतंककारी’ । तर उसलाई पक्कै थाहा थियो इन्द्रबीर आतंककारी चाहि“ पटक्कै होइन । पछि कथम् कदाचित् माउवादीले ‘शहीद इन्द्रबीर’ भने भनेपछि उसलाई घोर घृणाको कुरा लाग्छ । रेडियोले हिजो बोलेको कुराप्रति त उसको आपत्ति छ छ । 
“रुपेश ⁄ ... ए रुपेश ⁄⁄ .. ” रूपेशको बुबाले फेरि छोरालाई बोलाए । रूपेश झसङ्ग भयो । बोल्यो ... “हजुर ⁄ ..”
“रूपेश त“ यता तलामाथि आइज । त“ यतामाथि सुत्, हामी, म र तेरी आमा त्यहा“ सुत्छौं ।”
रूपेशका बुबाआमा त नभन्दै सुत्नेबेला फुकाएका लुगा हातमा बोकेर अर्धनाङ्गो भएर ओर्लिए । एक हातमा कुपी थियो आमाको, एक हातमा केही लुगा । 
रुपेश तिनछक्क प¥यो । निदाएको ऊ पनि होइन आज । तर एकारात किन बाबुआमा ओर्लिंदैछन् तलामुनि र उसलाई तलामाथि गएर सुत्न कर लगाउ“छन् । उसका मनका खुलदुली पस्यो । उसले बुबालाई सोध्यो पनि ः 
“किन ? के भयो बुबा यो आधा रातमा एक्कासी ?”
“जान न जा ⁄ माथि गएर सुत् ⁄ पेट बिसन्चो हुन्छ जस्तो ग¥यो । कतिपल्ट चढ्नु र ओर्लनु गर्नु ? जा त“ तलामाथि गएर सुत् ⁄ बत्ती चाहि“ नबाल्नु है ⁄ पढ्न लेख्न पनि छोडिदे केही जेल ... ”
“बत्ती चाहि“ नबाल्नु ⁄ ... पढ्न–लेख्न छोडिदे केही जेल ⁄” रूपेशलाई आफ्नो शंकाको सबुद भेट्टाएजस्तो लाग्यो । पेट बिसन्चोको कुरा त कुराको शिरानीको खोल मात्रै हो, मनका कुराको किताबको गाता मात्रै हो । आफ्नो चिन्ताको यात्रामा बुबाआमा पनि सहयात्री हुनुहु“दो रहेछ भन्ने कुराले उसको पिरलाई अलिक वजनदार बनायो । 
“इन्द्रबीरको हत्याले बुबाको पनि ‘पेट बिसन्चो हुन्छ कि’ जस्तो पारेछ । हुन्छ ⁄ म माथि नै सुतु“ला । तर नोक्सानी हुन आ“ट्यो र हाम्रो जिन्दगीको करेसाबारीमा सा“ढेले बिगार गर्न खोज्यो भने के छेकिएला र यस्ता फितला बारले ? ...” लोतेलोते हु“दै एक हातमा केही लुगा र रेडियो बोक्यो । एक हातले आमाको हातको कुपीमा आफ्नो कुपी सल्कायो र लाग्यो सिंढी उक्लन । बोल्यो पनि – “किताबहरू यहीं रहून् । भोलि लान्छु ...”
“कुपी उचाल्दा होस गर्नु नि ⁄ छानो होचो छ ⁄” खबरको छानो जोगाउन सतर्क गराए बुबाले । 
बुबाआमा गुनगुन गरे तलामुनि । रूपेश दाया“ कोल्टे र बाया“ कोल्टे ग¥यो तलामाथि । बेला त वर्षात्कै हो । आकाशमा बादलका मुस्लाहरू लाप्पा खेल्न साइत जुराउनै पर्दैन । जतिबेला र जुनबेला पनि सुरु भैहाल्न सक्छ । कहिलेकाहीं रेलको लाइ जस्तो पहिला बिस्तारै, त्यसपछि अलिक छिटो, अनि छिटो, अनि झन् छिटो झैं सुरु हुन्छ लाप्पा खेलाइ । अर्थात् लाप्पाको उपद्रो बिस्तारो बिस्तारो बढ्छ । तर कहिलेकाहीं भने बन्दुकको गोलीजस्तो, एक्कासी बज्र परेजस्तो बाट सुरु हुन्छ । आज पनि यो पछिल्लो पाराले सुरु भएको होला बादलको लडाइ“–लाप्पा । जमिन–आकाशै थर्कमान हुनेगरी चट्याङ पारेर एक्कासी मुसलधारे वर्षात् सुरु भइहाल्यो । चट्याङ कहा“ प¥यो थाहा छैन तर रुपेशलाई सोध्ने हो भने भन्छ– “उसकै छातीको छेउमा प¥यो ।” रुपेशका बाबुआमालाई सोध्ने हो भने भन्छन्, “उनीहरूकै छातीको छेउमा प¥यो ।” तिनैजनालाई पहिला त लाग्यो फेरि अर्को ‘इन्द्रबीर मारियो होला । केही छिनपछि भने तिनैजना अलिकति आश्वस्त भए, “धन्न मेघ पो गर्जेको रहेछ ⁄ धन्न एस.एल.आर. गर्जेको होइन रहेछ ...⁄”
त्रसित बुबा, त्रसित आमा, त्रसित रुपेश अथवा भनौं त्रसित घर मुसलधारे वर्षात्मुनि निश्चिन्त ढाकियो । बुबा अलिकति ढुक्क भए मनमनै । ‘ठीकै छ यतिकै मुसलधारे वर्षा हु“दाहु“दै उज्यालो भैदेओस्’ बुबालाई लाग्यो । सायद आमालाई, रूपेशलाई पनि त्यस्तै लाग्यो होला । मुसलधारे वर्षा भएको भएकै भयो भने पक्कै ‘इन्द्रबीर’ मारिंदैन भन्ने विश्वास उनीहरूलाई भयो । 
खरको छानो भए पनि रूपेशका बुबाका कान वर्षात्को सघनता नाप्न खप्पिस थिए । घरमाथिको बा“सघारीमा पानीका थोपाहरूले हिर्काउ“दाको ‘सरर’को आवाज पहिला पहिला कति आनन्दको लाग्थ्यो । त्यसले निदाउन लाग्दाका बेलामा उमेरकी रुपेशकी आमाको हातले सुमसुम्याइदिएको जस्तो हुन्थ्यो । आज भने त्यस आनन्दको विपरीत धु्रव चम्किंदैछ । त्यो त खालि वर्षा नाप्ने माध्यम मात्र भइरहेछ । 
गुनगुन कम भयो तलामुनि । सायद गुनगुन दुई मनका बीच हुन छाडेर एक मन, आ–आफ्ना मनभित्र सुरु भएको हो । रूपेशका बुबा घोरिए ओछेनमै । रूपेशकी आमा पनि घोरिइन् ओछेनमै । ढल्किएरै, कोल्टे फेदर्लै चिन्ताको चितामा डढिरहे दुवैजना एकैसाथ । 
दिउ“सो पल्लोघरका, तल्लो घरमा, माथ्लो घरमा, मुलीहरू, बुढाहरू भेट भएथे वस्तुको पानीघाटमा । वस्तुलाई पानी खुवाउ“दा उभिंदाको एकक्षणको समयमा साटासाट भएका उनीहरूका कुराकानी कस्ता थिए ती फेरि दोहोरिए रुपेशका बुबाका मनमा ः 
पल्लोघर बाले भनेथे रूपेशका बुबास“ग– “खोइ पोहोर परारसम्म त आफूलाई छिटो जन्मिइएछ जस्तो लाग्थ्यो । अहिले भर्खर पन्ध्र वर्षको भएको भए कस्तो हुन्थ्यो भनेर पछुताउ लाग्थ्यो । तर अहिले त, यो सब देख्दा त, अहिले पो मारिने परियो कि, भरे पो मारिने हो कि ? जड्डलकाले मार्ने हुन् कि ? ... शहरकाले मार्ने हुन् कि भनेर आधा मासु भइरहनु पर्दा त ...”
माथ्लाघर बाले भनेथे– “खोइ भाइ ⁄ छोराहरू जोगाउने कसरी हो म त आपत्तिमा परें । सरकारी सेना आएर छोरो खोइ ? भन्छन् । छोरो भेटे पनि हविगत् छोरो नभेटे 
पनि हविगत् ⁄ जड्डलबाट अर्काथरी सेना आउ“छन् र छोरो खोइ भन्छन् ? छोरो भेटे पनि हविगत् ⁄ छोरो नभेटे पनि हविगत् ⁄ के भन्ने ? यताको आउने उताको सुराकी भन्ने, उताको आउने यताको सुराकी भन्ने । जड्डलबाट आउनेहरू त झन् ‘हामीस“ग कि सरखारस“ग ... ?’ भन्छन् । सरखारस“ग नजिकिएको छुसुक्क पत्तो पाए भने हरिबिजोक पारेर मार्छन् । अहिले छरछिमेकी कसैले ढुक्क सास फेर्न पाएका छैनन् । डर र त्रासको कुहिरोभित्र गुम्सिएर कतिन्जेल बा“च्नुपर्छ भाइ ? म त निद्रा पनि पाउन छाडें ।” 
तल्लाघरका बाले भनेथे रूपेशका बुबास“ग– “मैले त खप्न सकिन र हाम्रो पेर्मेलाई पठाए“ उसका मावलीतिर । उसका मावली विराटनगरमा छन् । त्यहा“ यस्तो अचाक्ली छैन रे । के गर्नु भाइ ? दिनदशा बाजा बजाएर आउ“दैन भन्छन् । विचरा ⁄ इन्द्रबीरको त्यस्सै ज्यान गयो । त्यसका बाबुआमा ? ... विचरा ⁄ एउटा छोरो । रोएरै शेष होलान् जस्ता छन् । आमाचाहि“को त बिलौना पनि कति हो ? मेरा त आ“सु नै अडिंदैनन् । कहिले पुरानो हुन्छ तिनको घाउ ? ... कहा“ हिंडेका ? कसलाई खोज्न हिंडेका सेनाले झुक्कलमा भुतुक्कै पारे । अब बितिगो ⁄ त्यो रेडियोका कुरा जम्मै यही इन्द्रबीरको जस्तै हो भने त ... सर्वनाशै हो भाइ ⁄ ... गरिबका छोराहरूको जिन्दगी ⁄ ... त्यसै का“बाट का“बाट केको डढेलो पस्यो पस्यो गाउ“मा ⁄ ...”
रूपेशका बुबाले भनेथे– “बाघचाल रहेछ दाइ यो दुनिया“ । ठ्याक्कै बाघचाल जस्तै । बाघहरू यता र उता घुम्ने । घरि लुक्ने घरि झम्टिने गर्ने । जस्तै जे परे पनि बाघ चाहि“ नमर्ने । मर्ने चाहि“ जे गरे पनि, जति गरे पनि बाख्रा नै रहेछन् । बाघहरू कहा“ आ–आफ्ना गु“डमा गर्जिरहेका छन्, बाख्राहरू दिनदिन उनका शिकार भइरहेका छन् । उताको बाघ आउ“छ यिनै बाख्रा खान्छ, यताको बाघ आउ“छ यिनै बाख्रा खान्छ । बाघले बाघ खा“दोहोस्त मरिजाउ“ । बाघ एकछिन थुनिएला, दुइछिन थुनिएला तर थुनिएकै बेलामा पनि कस्तो दाउ हेरिरहेको हुन्छ ? ठाउ“ मर्ने बित्तिकै त्यसले घप्ला हानेको हेर्नुपर्छ बाख्राले ‘प्या ...’ गर्न पनि पाउ“दैन ।”
रूपेशका बुबाका मनमा यी संवादहरू दोहोरिइरहेथे । रुपेशलाई अब कसरी ढुक्कको, जोगिने ठाउ“मा पु¥याउने कुनै उपाय सुझिरहेको थिएन । मावल पनि त्यस्तै हो । यसका त झन् चर्का पर्छ । कतिले अरब पठाए, कतिले मलेशिया पठाए । उनका त त्यसो गर्न पनि ‘ढेबा मोरु’ ...
“चट्याङ् ङ् ... ङ. ⁄ ड्याम्म म म ...म् म् ...”
तर्सिएर रुपेशका बुबा अघ्घोरस“ग । आत्तिइन् स“गस“गै चिन्ताको चितामा डढिरहेकी रुपेशकी आमा । थर्रर्र काम्यो रूपेश पनि एक्लै आफ्नो ओछेनमा । तर यो थरर्र कमाइबाट उसका मनमा सानो प्रकाशको झिल्को झरेजस्तो छ । बत्ती बलेन तलामुनि । बत्ती त बलेन तलामाथि पनि । तलामाथि मनभित्र बत्ती बल्न खोजे पनि कोठाभित्रको बत्ती बाल्ने लाइटर बाबुस“गै थियो । यी अति त्रसित क्षणमा न बोलाए रुपेशका बुबाले रुपेशलाई, न बोलाइन् आमाले । रूपेश उठेर बस्यो ओछेनमा, सम्झ्यो भनु“ आमाबुबालाई – “डराउनु पर्दैन ⁄ जतिन्जेल बा“च्न सकिन्छ नडराई बा“चू ⁄ नबिराउनू नडराउनू ⁄ भनु“ ⁄” तर पनि उसले मुख उघारेन । 
तर अचम्म पा“च मिनट बित्न पाएन । बुबाआमा, छोरो एउटै ओछेनमा भेला भए तलामाथि । बुबाआमा घस्रेर बिरालो चालमा पुगेथे त्यस ओछेनमा । सबैथोक लुकाउने ठाउ“ हुन्छ तर डर लुकाउने ठाउ“ हु“दैन भन्छन् । नलुकेको त्यो डर अहिले रुपेश अ“ध्यारैमा देखिरहेथ्यो । भर्खर बीजारोपण भएको निडरता अंकुराउन कति समय लाग्छ को नि ⁄ रूपेशका बुबाआमाका कान तर्सिएको मृगका झैं चड्काला बनेका थिए । तथापि अब कुन कुन र कस्तोकस्तो आवाजले कस्तो कस्तो उपद्रव आ“खाका अगाडि प्रदर्शित गर्ने हो, त्रास र उकुसमुकुस उत्रै थियो तिनै जनाको । 
यसलाई आज तिनैजनाको सौभाग्य ठान्नुपर्छ कि त्यस थर्कमान युक्त आवाजले अन्य कुनै आवाजहरू, याने कि उपद्रवहरू लिएर आएको रहेनछ । मुसलधारे वर्षा मात्र, आरीबाट घोप्ट्याएर जस्तो गरी वर्षियो छानामा, बलेंसीमा, बा“सझ्याङमा । को नि बा“सझाङको कुनै बा“स पड्किएर भुइ“मा पछारियो कि ? कहिलेकाहीं त्यस्तो पनि हुन्छ । फेरि वातावरण क्रमशः शान्त हु“दै गयो । 
रूपेशले भन्यो, “अब डरलाई मनबाट निकालौं बुबा ⁄ के ठीक हो र के बेठीक हो हामी खुलाखुलस्त बोलौं । खुलाखुलस्त आफ्नो काम गरौं । अहिले सरकार न जड्डलीको अत्याचारलाई जेजस्तो लाग्छ नडराई बोल्नुपर्छ र मर्नुपरे त्यसलाई एकदम सहजै हुन्छ भन्नुपर्छ मान्नुपर्छ । हामी डरायौं भने हामीलाई खेद्न कोही आउनु पर्दैन । डरले एक्लै हामीलाई खेदेको खेदेकै गर्छ । हामी भागेर कहिल्यै आश्रय भेट्तैनौं ।”
रूपेशका बुबाले रुपेशको अनुहार ठम्याए । रूपेशका कुराहरू अलिक अनौठा, अपत्यारिला लागे पनि उनलाई सानोसानो भरोसा पनि भयो । अ“धेरोमा नै त्यसै गन्तव्यको छनक भेटिए जस्तो लाग्यो । बुबाआमा ओर्लिए । आफ्नै ओछेनमा जोरै मुढा लडाए । 

ि०५९÷४÷१४



कविता
केही टुक्रा कविताहरू राजेन्द्रप्रसाद अधिकारी
जनता 
चूपीमा सा“ध लगाउ“दै गाइरहेको 
बगरेको उदेकलाग्दो गीत सुन्दै 
अ“ध्यारो चीसो छिंडीमा 
मृत्यु पर्खेर उभिरहेको 
निरीह चेतनाशून्य खसी । 

नागरिक समाज 
बन्दुक र बमले 
मध्यस्थकर्ताको भूमिका निभाएको बेला 
दिनदिनै बैध मृत्युवरण गर्ने 
“सुराकी” वा “आतंककारी” 

क्षमायाचना 
गोली 
बम, र 
मृत्युजस्तै 
सर्वसुलभ छ 
ठोक्नोस् 
हान्नोस् 
निर्ममतापूर्वक प्रहार गर्नुहोस् 
अनि फुर्सदमा गरिदिनोस् 
क्षमायाचना । 

वार्ता 
शानदार होटेल 
लन्च वा डिनर 
परिचयात्मक कार्यक्रम 
पत्रकार सम्मेलन 
    फेरि आरोप प्रत्यारोप र 
आर्को मितिको घोषणाको तयारी । 

सहजकर्ता 
कृपया तपाईंहरू बाहिर बसिदिनोस् 
हामीलाई लेनदेनको हिसाब किताब मिलाउनु छ ।

संवैधानिक राजतन्त्र 
संविधान निष्क्रिय छ 
दलहरू आन्दोलनरत छन् 
नायकहरूको अभावमा कठपुतलीहरू नचाएर 
बेलाबेलामा सस्तो प्रहसन हुने गर्छ 
फेरि पनि फिचर फिल्म बनाउने धूनमा 
सक्रिय छन् कोही निर्देशक । 

माष्टर 
काटे 
कुटे 
मारे 
थुके
थुने 
सक्नेले जे गरे पनि हुने 
आहा ⁄ कति राम्रो रोबोट । 

ि

पानी होइन रगत
– सीता शर्मा
मैले त मेरो सपनाभरि÷विपनाभरि 
राताम्मे लालीगुरा“स देख्थें 
झल्मल्ल उज्यालो देख्थें पूर्वी क्षितिजतिर 
नया“ विरुवा उमारेर मनको माटोमा 
मखमली, सयपत्री र बेली–चमेली फुलाई 
भावनाको क्षितिज खोलेर चारै दिशा 
समर्पण, जोश र जा“गर बोकेका अथक योद्धाहरूस“ग 
आस्थाको यात्रासम्म हातेमालो गरेर हिंड्दा 
अनकन्टार जड्डलको का“डे बाटोमा 
फूलहरू बिछ्याएझैं लाग्थ्यो 
राजकुमार वा राजकुमारी ठान्थें आफूलाई पौराणिक कथाको 
कुनै आततायी राक्षसलाई मार्न हिंडेको 
मुक्त गरेर निर्दोष जनताहरू राक्षसको कब्जाबाट 
शान्तिको नगर बसाउन 
सिकञ्जामा पर्दा दुष्टहरूको 
आकाशझैं गर्जिएर चुनौती दिंदै 
खरानी पारु“झैं लाग्थ्यो राक्षसको बस्ती 
साङ्लोले बा“धिइ“दा, बुटले कुल्चिइ“दा र करेन्ट लगाइ“दा 
र नूनचूक लगाउ“दा छाला चिरेर दुष्टहरूले 
तोरीको फूल होइन रातै लालीगुरा“स देख्थें 
नाड्डो खुट्टा हिंडाउ“दा मरुभूमिमा 
बालुवा, चट्टान र ढुड्डेबजार होइन 
खेतका फा“टहरू देख्थें लटरम्म धान झुलेका, 
फूलैफूल देख्थें अनकन्टार जड्डली का“डाहरूमा 
फलैफल देख्थें 
बन्दुक र संगीनहरू उभिन सकेनन् बार बनेर आस्थाको अगाडि 
जति–जति चढ्दै जान्थें कठोर यातनाका पहाडहरू 
जति–जति तर्दै जान्थें असह्य पीडाका जड्डारहरू 
उति–उति नजिकिएझैं लाग्थ्यो आस्थाको सगरमाथा 
भासिंदै र होचिंदै गएझैं लाग्थ्यो विषमताको पर्खाल 
गएझैं लाग्थ्यो जित्दै–जित्दै कठोर न्यायको युद्ध 
दुश्मनको गोली खाएर 
‘ऐया, साथी मरें ⁄’ भन्दै गोरे भुइ“मा ढल्दा 
एकचोटि आकाश गर्जियो 
असह्य पीडाले मुच्र्छा खाएर 
‘ऐया, आमा, मरें ⁄’ भन्दै गौंथली भुइ“मा ढल्दा 
पृथ्वी नै जोडले थर्कियो 

अलविदा भन्दै हात हल्लाउ“दा सबै योद्धाहरूले 
धर्ती, आकाश र डा“डापाखा एकै स्वरले गर्जिएर 
चट्टानजस्तो मृत्युले सहयोद्धाको (आ“खै अगाडि) 
त्यसै–त्यसै उम्लेर आयो तातो रगत 
स्वरमा स्वर मिलाई गर्जिएर सिंहजस्तै 
देखेर आस्थाको संसार ‘झलमल्ल’ एकचोटि 
चट्टानमा परिणत भए“ ... 

ए, मेरा आफन्तहरू ⁄
ए, क्रान्तिका अगुवाहरू, रंगीन सपनाका योद्धाहरू ⁄
गोरे र गौंथलीका पसिनाहरूलाई 
लाशका थुप्रा बनाई भ¥याङ नचढ्नु– आफू मात्रै 
पानी होइन मेरो उम्लेको रगत 
त्यसैबाट गरेर पारी नपुग्नु एक्लै 
मेरो रगत माटोले मागेको थियो 
माटो उर्बर हुनुपर्छ 
मेरो बलिदानी त देशले मागेको थियो 
जनता सचेत हुनुपर्छ 
पुग्नुपर्छ लक्ष्यसम्म÷भेट्नुपर्छ गन्तव्य ।

ि
कथा
प्रेस्किप्सन
– नरपल्लव
झाडा पखालाले मलाई अस्पताल पुग्न वाध्य तुल्यायो । अस्पतालमा विरामीहरूको घुइ“चो थियो । आनो नाम दर्ता गराउन लाम लगाएर वसेका विरामीहरूस“ग म पनि उभिए“ । आधा घण्टा पछि नाम दर्ता गराउने काउण्टरमा बसेको कर्मचारीले दर्ता  शुल्क लिएर मलाई कार्ड दियो । कर्मचारीले दिएको कार्ड लिएर डाक्टरको कोठा खोज्न थालें । म जस्तै अन्य विरामीहरू पनि कोठा खोजिरहेका थिए । स्या“ स्या“ गर्दै अस्पताल भवनको पट्याइ लाग्दो भरेङ उक्लिंदै बडो मुस्किलले चौथो तलामा मलाई जा“च्ने डाक्टरको कोठामा पुगें । डाक्टरको कोठा बाहिर अटेस मटेस गरेर बिरामीहरू बसेका थिए । मेचमा बस्ने ठाउ“ थिएन । ठाउ“ नभएकोले म भित्तामा अडेस लागेर उभिए“ । सवै विरामीहरूको अनुहार निचोरेको कागती झैं थियो । कोही भूईंमा चीसो सिमेन्टमा पल्टेर बसेका थिए भने कोही व्यथाले पीडित भएर कराउ“दै थिए । म चाहि“ त्यहा“ भएका विरामीहरूस“ग कुरा गर्न थालें । कुराको सिलसिलामा थाहा  भयो – अधिकांश विरामीहरु मोफसलका रहेछन् । लामो समयदेखि रोग पालेर बसेका रहेछन् । रोगले च्याप्दै आएपछि मात्र जचाउ“न आइपुगेका रहेछन् । 
डाक्टरको कोठा बाहिर अस्पतालको एउटा कर्मचारी विरामीहरूलाई पालै पालो बोलाउ“दै थियो । विरामी बोलाउने क्रममा एउटी अधवैंसे महिला आनो नाम बोलाएको सुनी ढुनमुनिंदै डाक्टरको कोठाभित्र पसी । उ पछि एउटा नवयुवकको र त्यसपछि मेरो पालो थियो । नवयुवक र मलाई कर्मचारीले कोठाभित्र बोलायो । नवयुवक र म कोठाभित्र पस्यौं । 
डाक्टरले मलाई टुलमा वस्ने संकेत ग¥यो । त्यो दुब्ली, पातली, ख्याउटी महिला डाक्टर अघिल्तिर राखेको टुलमा विस्तारै बसी । उसको अनुहार छोहोरा झैं चाउरिसकेको थियो ।
“के भयो ?” डाक्टरले महिलालाई सोध्यो । 
“झाडा पखाला लागेको  छ ।” मलिन स्वरमा महिलाले भनी ।
“पखाला लागेको कति दिन भयो ?” डाक्टरले सोध्यो । 
“खै कति दिन भयो भन्नु ?” महिलाले झर्किदै भनी । 
“अरू के के हुन्छ ?” डाक्टरले पुनः सोध्यो ।
“पूरै ज्यान गलेको छ, हात–गोडा थरथर का“प्छन्, आ“खा तिरमिराउ“छ, सा“स फुल्छ ” महिलाले सास नरोकिकन आ˚्नो व्यथा डाक्टरलाई बताई । 
“अपच भयो तपाईंलाई । जथाभावी बासी खानेकुरा धेरै खानुहुन्छ तपाईंहरू, अनि तपाईंहरूलाई झाडा पखाला न लागे कसलाई लाग्छ त ? ” डाक्टरले झाडा पखाला लागेको कारण बिरामीलाई बतायो । 
डाक्टरले प्रेस्किप्सन लेख्यो । विरामी महिलालाई औषधी खाने मात्रा बतायो । ती महिलाले डाक्टरले दिएको निर्देशन कत्तिको बुझी कुन्नि त्यो कुरा चाहिं मैले यकिन गर्न सकिन । तर, डाक्टरले लेखिदिएको औषधीको लामो सूचिमा उसका आ“खा नाचिरहेको चाहिं मैले चाल पाए“ । 
प्रेस्किप्सन लिएर विस्तारै पहिला बाहिर निस्की । ती महिला बाहिर निस्केपछि डाक्टरले म स“गै वसेको नवयुवकलाई बोलायो । नवयुवक उठ्यो र टुलमा बस्यो । 
“भन्नुस् । के भो, तपाईंलाई ?” डाक्टरले आफ्नो ड्युटी निभाउदै सोध्यो । 
“मलाई पनि त्यही महिला दिदीलाई झैं पखाला लागेको छ ” नवयुवकले सहजतापूर्वक भन्यो । 
“उसो भए तपाईंले पनि बासी खानेकुरा बढी खानु भो । हैन त ?” डाक्टरले अनुमान लगाउ“दै भन्यो 
“डाक्टर सा’ ब । बासी खानेकुरा त उब्रे पछि मात्र खानेकुरा आउ“छ जुन म जस्तालाई संचय छैन ”–व्यङ्ग्यको मट्याङ्रा हान्दै नवयुवकले भन्यो । 
नवयुवकको कुरा सुनेर डाक्टर अक्क न बक्क भयो । 
“तपाईं नेता हो ?” डाक्टरले नवयुवकलाई सोध्यो । 
“तपाईंले गलत अनुमान गर्नु भो । नेताको घरमा त प्रशस्त खानेकुरा उब्रिन्छ ” – नवयुवकले आफ्नो बिचार पोख्दै भन्यो । 
“ल ठीक छ,  ठीक छ । तपाईंको लागि यो प्रेस्किप्सन लेखिदिएको छु । यसमा लेखे बमोजिम औषधी खानु होला ।” डाक्टरले प्रेस्किप्सन लेख्दै भन्यो । 
डाक्टर प्रेस्किप्सन लेख्दै थियो । यत्तिकैमा नवयुवकले अंग्रेजीमा एउटा प्रश्न सोध्यो – “डाक्टर, कुड् आइ आस्क यू वन् क्योस्चन ?” (म तपाईंलाई एउटा प्रश्न सोध्न सक्छु, डाक्टर सा’ ब ?) 
“स्योर ।”(अवस्य) – डाक्टरले उत्सुकतापूर्वक भन्यो । 
“डज हड्डर कज डायरिया ?” – नवयुवकले प्रश्न ग¥यो । (के पखाला लाग्ने कारण भोक हो ?)
“ह्वा यू मिन ?”डाक्टरले रिसाएको भावमा सोध्यो ।  (तपार्र्ईंले भन्न खोज्नु भएको के हो ?) 
“इज दिस अ फेक्ट ?” नवयुवकले दृढतापूर्वक सोध्यो । (के यो कुरा वास्तबिक हो ?) 
डाक्टरको लागि यो अनपेक्षित प्रश्न भियो । डाक्टर किंकर्तब्यविमूढ भयो । 
नवयुवक जुरुक्क उठ्यो । टेबलमा राखेको प्रेस्किप्सन लियो । 
“थ्याङ्क यू, डाक्टर ।”– यति भन्दै नवयुवक सरासर कोठा बाहिर निस्कियो । 
त्यसपछि मेरो जचाउने पालो आयो । 
“के भो ?” डाक्टरले अलि तनावपूर्ण स्वरमा मलाई सोध्यो । 
“मेरो समस्या पनि ती अघि जचाउन आएका महिला र युवक जस्तै ..........”
मेरो कुरा भू“ईमा खस्न नपाउ“दै डाक्टरले भन्यो, “झाडा पखाला सरुवा रोगको रूपमा देखिन थाल्यो कि क्या हो ?” डाक्टरले मलाई पनि झाडा पखाला लागेको कुरा सहजै बुझ्यो र मेरो लागि प्रेस्किप्सन लेखिदियो । 
प्रेस्किप्सन गोजीमा राखेर म डाक्टरको कोठा बाहिर निस्कें । बाहिर आफ्नो पालो कुरेर बसिरहेका मोफसलका ती सबै ख्याउटे र च्या“से अनुहार भएका विरामीहरूलाई सरसर्ती एक पल्ट हेरें । त्यहा“ प्राय जसो सबै आफ्नो पेट मुसारी रहेका थिए । 
म अस्पतालको चौथो तलाबाट विस्तारै तल झरे । अस्पताल बाहिर पुगेपछि गोजीबाट प्रेस्किप्सन झिकें र हेरें । औषधी पसलतिर मेरा गोडाले जाने आ“ट गरेनन् । 
म सरासर डेरातिर फर्कें । 
केही सप्ताह पछि म कुनै एक शनिवारको दिन मैलो लुगाहरू तौलियामा पोको पारेर ढुड्डे धारातिर लागें । लुगा धुने क्रममा एउटा मैलो कमिजको गोजी छामें जसमा उही अस्पतालको डाक्टरले लेखिदिएको प्रेस्किप्सन रहेछ । प्रेस्किप्सन थोत्रिएर च्यातिइसकेको थियो । 
त्यो च्यातिएको प्रेस्किप्सनमा मैले अस्पतालको डाक्टरको कोठा बाहिर आ–आफ्ना पेट सुम्सुमाउ“दै बसिरहेका बेकसुर नागरिकहरू रोगीको रूपमा सजाय भोगिरहेको दृश्य देखें । 


ि
कविता
बुढो कैदी
रामलखन 
एउटा बुढो कैदी
मान्छेहरूको भीडमा अर्को मान्छे 
उसको धरतीमा 
एक टुक्रा रोटी र 
एकवित्ता चिहानको हकदार 
मृत्यु च्यापेर कोखिलामा 
चर्पीघरको खट्खालमा 
उङिरहेको लाटोकोशेरोझैं 
एकोहोरो टोलाइरहन्छ । 
उसको उदास मुखाकृतिमा 
खहरेको डिलमा उभेको 
एक थोपा जिन्दगी 
पाइला–पाइलाका आतड्ढले 
निचोरिएको कागतीझैं 
हरेक वर्ष खङ्ग्रिएको छ । 
यो लगेर सभ्यतामा 
रोटीको टुक्रा÷भातको सिता 
एक टुक्रा आकास÷एक वा“क सास 
सबै सबै जन्जिरले बा“झिएको छ । 
तर मौन छन् 
चुपचाप छन् सबै 
जेलको आ“गनमा 
ठिड्ड उभिएको जोर–सिमल 
भीमकाय पर्खालमाला
सयपत्रीका पोथ्राहरू 
सारस, जुरेली र भ“गेराहरू 
सबै सबै मौन छन् । 
यो मशाने चकमन्नतामा 
मध्यरातमा अदृश्यबाट
एकोहोरो कराइरहन्छ लाटोकोशेरो 
जुरेली नाच्ने विहानीपख 
यहा“ बिहानै काग कराउ“छ 
खागी भेषमा गिद्धहरू नाच्छन् 
गिद्ध नाच्ने आकास मुन्तिर 
वर्षौंदेखि मुर्दाशान्ति छ
चिहानमा पनि धुप–दीप हुन्छ 
शोक धुन बज्छन् 
तर यहा“ 
सब मौन÷सब चुपचाप 
लाग्छ बुढो कैदीस“गै 
सिड्डो जेल मुर्दाकरण भएको छ । 
यहा“ रोटी नाड्डै छ
मनहरू नाड्डा छन् 
मानवीयता नाड्डै छ 
मुर्दा नाड्डो हुन्छ÷नाड्डो पारिन्छ 
लाग्छ यो 
नाड्डाहरूको सभ्यता हो 
नाड्डाहरूको अगाडि 
गड्डातटको वैभव नियाल्दै 
वर्तमान लज्जित हुन्छ 
र लज्जित वर्तमानस“गै रामलखन 
एक्लै टोलाइरहन्छ । 
जुन–तारा छोपेर 
मडारिएको बादलभित्र 
इन्द्रेणीको रड्डीन केश–राशीमा 
एक हुल युवाहरूको ता“ती देख्छ ऊ 
जो राता पताकाहरू उचाल्दै 
चढिरहेछन् उकाली 
बुढो कैदी यौवन देख्छ त्यसमा 
र एक्लै हा“स्छ अनायास 
उसको अदृश्य खुशीमा 
अरू कैदीहरूको खुशी छ 
त्यहा“ एउटा सुन्दर सपना छ । 
(बेउर जेलका बन्दीहरूको पीडादायी अवस्थाको अनुभूतिपछि) 

पलायन युवाशक्ति
– रमेश पोखरेल
बन्दुकको सन्त्रासले छैनन् युवा गाउ“मा 
बल बुद्धि विदेशियो रोजगारीको नाउ“मा 
मलामी नि गाउ“मा छैनन् खेत जोत्ने छैनन् 
घर रुङ्ने बृद्ध मात्रै खेती गर्ने छैनन् । 

रोजगारीमा भौंतारि“दै विदेशमा युवा 
गाउ“का महिला आफैं बोक्छन् का“धमा हलो जुवा 
उब्जिंदैन बालीनाली बा“झा बा“झै बारी 
मगन्ते झैं सिंगो गाउ“ हिंड्यो सीमा पारि ।

रहरले सुकुम्बासी किन बन्थ्यो कोही 
ढि“डो रोटो गुन्द्रुक सिस्नु खान पाए मोही 
दुःखसुख स“गै राखी पाए गाउ“मा बस्न 
किन बाध्य बनाइरा’छौ विदेशमा पस्न ? 

आनो भूमि बिरानो भो बस्न नपाएर 
वस्तुभाउ जस्तै गरी खेद्यौ धपाएर 
एउटा खुशी विचारलाई लखेट्दामा भा’छ 
अर्को खुशी विदेशीको रेमिटान्समा भा’छ । 

दुइटैको चेपुवामा श्रमिक छोरो म¥यो 
लाश ल्याउन नसकेर घरमा अभर प¥यो 
कस्तो होला यो देशको गन्तव्यको बाटो 
कसले कसम खान्छ अब समाएर माटो ? 

टुहुरा र विधवाको लस्कर लगाएर 
विचारलाई गोर्खेलौरी लाउ“दै खेदाएर 
मुठभेडको प्रचारमा निर्दोषको लाश 
बगरेको शासनमा कस्तो गरौं आश । 

दुनिया“मा कसले सक्यो उज्यालोलाई छेक्न ? 
कहिले सक्यो त्रासदीले विचारलाई रोक्न ? 
किन छेड्छौ बन्दुके हो नागरिकका छाती ? 
भन्न छाड युवा शक्ति विदेशिएकै जाति । 
२०६१÷४÷१६÷७



लघुकथा
नेताकुञ्ज कुमार सिंह राई
चौबाटोमा उभिएको सिसमहल देखाउ“दै बटुवाहरू प्रशंसा गर्दै थिए, “नेताजीको घर त साह्रै राम्रो । कति भव्य महल ⁄ कति आकर्षक र सुन्दर कुञ्ज ⁄” आदि इत्यादि । 
म पनि ठिङ्ग उभिएर नेताजीको घर हेर्न थालें । हेर्दाहेर्दै विभिन्न दृश्यहरू प्रतिविम्बन हुन थाल्यो । 
झ्यालहरूमा तावाखोलाको सिंचाइ योजना देखे“ । छानामा सिन्कौले खोलाको खानेपानी धारा देखे“ । भित्ताहरूमा सडकमा काम गर्ने कुल्ली देखे“ । कम्पाउण्डमा जिल्ला विकासको ग्रामीण पूर्वाधार कार्यक्रम देखे“ । बगैंचामा यूनिसेफको सरसफाइ कार्यक्रम देखे“ । 
त्यो घरले मलाई तर्साएझैं लाग्यो र, म फटाफट् गन्तव्यतिर लागें ।

ि

फूलहरू 
खुशीले गद्गद् भएर 
हा“गा–हा“गामा 
नाच्न थाल्छन् फूलहरू 
जस्तो कि, 
नया“ घा“घर लगाउ“दा 
सानी नानी फुरुक्क पर्छिन् ।

त्यहींनेर 
हर सुनौला बिहानहरू मुस्कुराउ“छन् 
कर्मशील दिवसहरू जुर्मुराउ“छन् 
तर 
के तिमी देखिरहेछौ ? 
घरसङ्घारमा उभिएर 
टुलुटुलु हेरिरहेछ दुर्दशाले ।

के तिमी सुनिरहेछौ ? 
रनवनमा 
कलरव होइन 
हुइ“किरहेछ– भयाक्रान्त आलाप ।

भित्र आऊ ⁄
ईष्र्याका जुत्ताहरू बाहिरै 
खोलेर आऊ 
कतै अल्झेको छ कि अभिमान 
लुगा टक्टक्याएर आऊ 
यहा“ 
शिशिरको अन्तिम प्रहर गाइरहेछ 
आ“खाभरि बासन्ती छाइरहेछ ।

ए, सम्बुद्ध साथी ⁄
सुदृढ संकल्प देऊ 
फूलजस्ता कोमल मनहरू देऊ 
दिगो विकल्प देऊ 
पहाडजस्तो बचन देऊ 

हामी 
बा–आमाको सपना 
साकार खोजिरहेछौं 
सन्ततिको भविष्य 
समुज्वल खोजिरहेछौं 
चेलीको माया उत्फुल्ल खोजिरहेछौं 
प्रत्येक मान्छे प्रफुल्ल खोजिरहेछौं 

फूलहरू 
खुशीले गद्गद् भएर 
हा“गाहा“गा नाचिरहून् सदासदा 
रड्डीन घा“घर लाएर 
आ“गनमा फुरुक्क फर्किरहून् सदासदा । 

िकाभ्रेपलाञ्चोक 


देहावसानको नजिक 
– प्रकाश सिलवाल
सुसान्त क्ष्ँितिज
र, निर्मल धर्तीलाई 
ओढेको भ्रम बोकेर 
गजधम्म उभिएको छ – एउटा छाया । 

केवल, 
पुरानो विरामी  र नया“ मलामी
पालेकै भरमा एकतमास लम्किरहेको छ 
पीरो धूवा“को मुस्लो ।  

चेतनाका जूनकिरी 
र, प्रकृतिका स्रष्टाहरू
पालेको अभिनयमा सुसारेहरूको का“ध चढिरहेछ–
उही कालो रंगहरूको रेखा ।

स्वाबलम्बन ठडिएको पहाड
अनि,
दूरदर्शितामा अडिएको सडकलाई
आ“खा चिम्लेर हासिरहेछ–
एउटा विक्रम ट्याम्पो । 

अदम्य साहस 
र, आकर्षक संभावनालाई
सारासर पन्छाइरहेछ 
एउटा हिंस्रक घाइते बाघ । 

धराशायी भएका स्तम्भ
र, मौन इतिहासलाई निर्लज्ज घिच्याइरहेछ 
त्यो असफल यात्री । 

हो, सुन्दर जून 
र, फूलहरु हेर्ने 
मनोकांक्ष्ाँ विपरीत 
आ“गनमा पैह्रो 
निम्त्याउने त्यो वादल देहावसानको नजिक छ ।

ि


रातरात रामगोपाल आशुतोष
रातरात 
जागिबस्छन् नया“ सडकमा 
अनैतिक क्रन्दनहरू 
जाडो आवाज सुनेर 
बाल्दैनन् टायरहरू 
जाग्राम आ“खा छोप्न चल्दैनन् हुरीबतासहरू 
कालो पोत्न क्रन्दनका पितामहहरूको 
फराकिलो गालाहरूमा 
मोसो बनाउ“दैनन् टायरहरू 

रातरात 
बाध्य छन् हिमपातहरू 
नया“ सडकमा क्रन्दनको फाटेको बोरास“ग रुन 
उदास, लाटा कुहिराहरू 
हरेक रात विवश छन् 
नागरिकताविहीन चीसो ओछ्यानस“ग सुत्न 
विवश छन् उदाउन 
विक्षिप्त विरुपाक्ष विहानहरू 

रातरात 
मर्नु पुनर्जन्म लिनु हो 
निस्तब्धतामा 
अन्धकार जोगाएर भूत फाल्न 
आ“सु सिंचित फाटेको बोरा सिइयो भने 
हस्तमैथुनका पुत्लाहरू 
सारा आजै हिमपातले मारे भने 
कुहिरोको ओछ्यान तात्यो भने 
जाडोले टायर बालेर 
कसरी नया“ सडक तताउला ? 
रातरात 
जागिबस्छ नया“ सडक कुहिरोलाई बालेर 
कुहिरोस“गै आवाजहरूलाई क्षयरोग लागेपछि 
जलाएर टायरहरूलाई 
चलाएर जागृत हुरिबतासहरूलाई 
पोत्दैनन् कालोमोसो कोही 
क्रन्दनका पितामहहरूको 
फराकिला गालाहरूमा । 



कृति चर्चा
संग्रहणीय कृति
जगत प्रेक्षित
नेपाली प्रगतिवादी काव्य साहित्यका ˚ा“टमा स“धै चम्किरहने एक जना नक्षत्रको नाम हो– ऋषिराम न्यौपाने । वि.सं. १९९५ साल जेठ ३ गते ललितपुर जिल्लाको चापागाउ“स्थित न्यौपाने गाउ“ उदयखर्कमा जन्मिएका ऋषिराम न्यौपानेले २०१८ सालमा “पापी तिम्रो एक” शीर्षकको छन्द कविता लेखेर आनो काव्ययात्रा प्रारम्भ गरेका हुन् । उनले नौवटा खण्डकाव्य र चारवटा महाकाव्यका साथै दर्जनौं फुटकर कविताहरूको रचना गरेका छन् र नेपाली प्रगतिशील काव्यसाहित्यको भण्डारलाई समृद्ध पार्न ठूलो योगदान गरेका छन् । २०६० साल माघ ७ गते बुधवारका दिन देहावसान भएका कवि न्यौपाने चिन्तन, चरित्र र तदनुरूपको सृजनाका अद्वितीय प्रतिमूर्ति थिए । उनी जीवनको अन्तिम घडीसम्म पनि कविता सृजनामा समर्पित थिए र नेपाली जनता र नेपाल राष्ट्रको मुक्तिका लागि चिन्तित थिए । 
कसैले पनि सक्दैन अन्धकार टिकाउन 
उज्यालो ढाक्न खोज्नेले पर्छ मुन्टो झुकाउन 
न्यायको मुटु कोपर्ने जो भए पनि ढल्दछ
घामजून रहुन्जेल मान्छे–मुलुक अड्दछ । 
ऋषिराम न्यौपानेका जीवनदृष्टि बोकेका अभिव्यक्ति हुन् यी पङ्क्तिहरू । यस्ता महान् स्रष्टालाई विषयवस्तु बनाएर युवा कवि वैरागी जेठाले ‘ऋषिराम न्यौपानेको जीवनी र स्रष्टा–द्रष्टाका विचार’ नामक खोजपरक कृति प्रकाशन गर्नुभएको छ । रोगले ग्रस्त भएर न्यौपाने अस्पतालको शैøयामा छटपटाइरहेका बेलादेखि लेख्न सुरु गरिएको यस कृतिमा जम्मा पा“चवटा खण्ड छन् । पहिलो खण्डमा कवि ऋषिराम न्यौपानेको मूल्याङ्कन गरिएको छ । रोगले ग्रस्त भएर कवि न्यौपाने अस्पतालको शøयामा छटपटाइरहेका बेलादेखि लेख्न सुरु गरिएको यस कृतिमा जम्मा पा“च खण्ड छन् । पहिलो खण्डमा कवि ऋषिराम न्यौपानेको जीवनी, व्यक्तित्व र कृतित्वको चर्चा गरिएको छ । दोस्रो खण्डमा स्रष्टा–द्रष्टाका विचारमा ऋषिराम न्यौपानेको मूल्याड्ढन गरिएको छ । तेस्रो खण्डमा कवि ऋषिराम मोडेल अस्पतालको शैøयामा सुतिरहेको बेला उहा“को उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने व्यक्तिहरूको मन्तव्य जस्ताको तस्तै दिइएको  छ । त्यस्तै चौथो खण्डमा कवि ऋषिरामका कृतिहरूको सूची दिइएको छ । पा“चौ“ खण्डमा ऋषिराम न्यौपानेको देहावसान भइसकेपछि सम्पन्न शोकसभा र पत्रपत्रिकामा प्रकाशित श्रद्धाञ्जली मन्तव्य समावेश गरिएको छ । यो कृति बाहिरबाट हेर्दा अनुसन्धानात्मक लागे पनि यसमा अनुसन्धानका प्रक्रियाहरूको पालना हुनसकेको छैन । ऋषिराम न्यौपानेजस्ता महान् प्रतिभाका विषयमा लेखिएको र उहा“का बारेमा धेरै सूचनाहरू समेटिएको हु“दाहु“दै पनि यसमा लेखक वैरागी जेठाले क्रमबद्ध र व्यवस्थित लेखन गर्न सक्नुभएको छैन । साथै पत्रपत्रिकामा अरूका नामबाट छापिएका सामग्रीलाई पनि विनास्रोत समावेश गरिएको छ । त्यस्तै एक ठाउ“मा आइसकेको विषय पुनः दोहोरिएका प्रसड्ड पनि यसमा धेरै छन् । अनुसन्धानका दृष्टिले वैरागी जेठाको पहिलो प्रयास भएकाले पनि यसो हुन गएको होला । कुन शीर्षकअन्तर्गत के विषय राख्नुपर्ने हो, त्यसको पनि ख्याल गरिएको छैन । चाहे जे होस्, ऋषिराम न्यौपानेका बारेमा प्रशस्त सूचनाहरू यसमा संकलित छन् । त्यसैले उनका बारेमा जान्न र अध्ययन गर्न चाहनेहरूका लागि यो कृति संग्रहणीय छ, ऋषिराम न्यौपानेजस्ता महाकविका विषयमा कसैले काम गर्न नसकिरहेको अवस्थामा यति मात्र भए पनि वैरागी जेठाले गर्नुभयो । त्यसैले उहा“को प्रयास प्रशंसनीय छ । आगामी दिनहरूमा यस्ता अनुसन्धानका काम गर्दा बढी व्यवस्थित र सचेत हुनु आवश्यक छ । 

ि


सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण’ एक पाठकका दृष्टिमा
नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका प्रखर व्यक्तित्व तथा समालोचक निनु चापागाईंको पछिल्लो कृति “सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण”बारे मैले यस लेखमा जे जति प्रकाश पार्ने जमर्को गरेकी छु, निश्चय नै त्यो पर्याप्त छैन । यस पुस्तकमा मैले बुझेका र भेटेका राम्रा–नराम्रा पक्षका बारेमा मात्र अलिकति प्रकाश पार्र्ने प्रयत्न गरेकी छु । हरेक पक्षका बारेमा सतहदेखि भित्र–भित्र पसेर निनु दाइले जे जति विसंगतिलाई उजागर गर्नुभएको छ, त्यो ज्यादै सराहनीय छ । कुनै पनि कृतिले व्यक्तिगत जीवनभन्दा माथि उठेर, समसामयिक धरातलमा टेकी सामाजिक कुरीति र कुसंस्कारका बारेमा केही आवाज बोल्दछ भने त्यो महान् विचारले लेखिएको हाम्रो सम्पत्ति हो । यस पुस्तकभित्र जे जति विषयमा विश्लेषण गरिएको छ, त्यो ज्यादै मार्मिक र उच्च छ । निनु दाइको यस पुस्तक पढ्ने सन्दर्भमा मलाई अझ बढी पढ्ने उत्सुकताले कोट्यायो । हरेक विषय नया“ थिएनन्, सबै हिजोदेखिका पुरानै सवालहरूमाथि प्रस्ट्याउ“दै बोलिएका आजका आवश्यकताहरू नै थिए । 
अब पुस्तकभित्रका कुरातर्फ लागौं । “मृत्यु संस्कारका बारेमा” भन्ने शीर्षक अति समसामयिक लाग्यो । यसभित्र व्यक्त गरिएका हरेक पक्षले समाजका रुढिवाद, कुप्रथा र कुप्रवृत्तिलाई प्रस्ट रूपमा केलाएर मानसपटलमा भिड्सक्ने गरी प्रस्तुत गरिएको पाइन्छ । जातीय छुवाछूत, तल्लो वर्ग र माथिल्लो वर्गबीचको अन्तर्विरोधले कतिपय निम्न व्यक्तिहरू समाजबाटै बहिष्कृत भई बा“चेका घटनाहरू पनि हामीले नसुनेको होइन । कुष्ठरोग जस्तो औषधी गरेर निको पार्न सकिने रोगलाई बोक्सीको संज्ञा दिंदै समाजबाट बहिष्कृत गरी ओढार र गुफामा लुकेर बस्दा प्राण गएका ताजा घटनाहरू पनि अन्धविश्वासकै अंशहरू हुन् । मानवले मानवताको व्यवहार बिर्सेर अझै पनि रोगलाई अ“ध्यारो प्रवृत्तिले ढाकेर मृत्युको मुखसम्म त्यही रोगी व्यक्तिलाई धकेलिदिएका छन्, त्यो ज्यादै दुःखको कुरा हो । के यस्तो अपमान र छुवाछूतको भावना उचित होला त ? एक ठाउ“मा निनु दाइले लेख्नुभएको छ, ‘मृत्युसंस्कार एउटा जटिल प्रक्रिया हो, यसलाई हामीले सरल बनाउ“दै लानुपर्छ ।’ फेरि उहा“ भन्नुहुन्छ– १३ दिनमा चोखिने परम्परालाई घटाएर ५ दिनमा झार्नुपर्छ ।’ उहा“को यो भनाइमा अलिकति अन्तर्विरोध देखिन्छ । त्यो भन्दा १३ दिनको चोखिने परम्परालाई किन हामीले छाड्ने र विरोध गर्नेतर्फ अभियान नचलाउने ? के १३ दिनबाट झरेर पा“च दिनमा आउनु एउटा प्रगतिशील विचार हो भन्न सुहाउला त ? यतिबेला मलाई साहित्यकार श्यामप्रसाद शर्माको याद आउ“छ । उहा“ले कतिपय ठाउ“मा लेख्नुभएको छ– मैले आमाको हरेक इच्छा र चाहनाहरूलाई असल छोरो बनेर पूरा गरें तर आमा बितेपछि यस चोखिने परम्परालाई रत्तिभर टेरिन र छाडिदिए“ । यस्ता व्यक्तित्व पनि यस समाजमैै जन्मिएका छन् । हुन त निनुज्यूले कुनै पनि कुरा हटाउन समय लाग्छ र विस्तारै गर्नुपर्छ भन्ने अर्थमा लेख्नुभएको होला, तर त्यो भन्दा कैयौं अगाडिदेखि कैयौं अग्रजबाट यस विश्वासलाई हटाउने र समाजबाटै हट्नुपर्छ भन्ने धारणालाई व्यावहारिक तबरबाट पेश गरिसक्नुभएको छ । तसर्थ, हामीले उहा“हरूको यस देनलाई सधै“ सम्झिने गरेर नया“ विचारको थालनी गर्नु उचित ठहरिन्छ । 
फेरि अर्को विषय सुन्दरी प्रतियोगिता किन गरिन्छ र यो के हो ?’ भन्नेतर्फ लागौं । वास्तवमा यो शीर्षकको भूमिका यस पुस्तकको सबैभन्दा महŒवपूर्ण र सराहनीय पक्षको धरालतमा उभिएको छ भन्ने मलाई लाग्दछ । सुन्दरी प्रतियोगिताको कुरा सुन्दा मात्रै पनि मलाई किन किन अफसोच लाग्छ । विश्वका सबै नारीवर्गहरू पुरुषको कठपुतली र खेलौनाको रूपमा नाच्दै हिंड्ने, यस युगमा आइपुग्दा पनि अझै नारीवर्गले आफू नाड्डिएका छौं भन्ने कुरा नबुझ्नु नै ज्यादै दुखलाग्दो कुरा हो । नारी समानताको कुरा उठाउने, नारी–पुरुष बराबर हौं भनेर नारा लगाउनेहरू पनि स्वयं सुन्दरी प्रतियोगिताका एक हिस्सा बनेका देखिन्छन् । एकातर्फ हकहित र समानताका कुरा गर्ने, अर्कोतर्फ पुरुषका गिद्देदृष्टिले सजाइएको अपमानजनक नृत्यशालामा जोश र उमंगका साथ प्रदर्शन हुने, यो स्वयं नारीको कमजोरी हो । महिलालाई एक भोक, प्यास र यौनतृप्तिको साधनको रूपमा शोषण गर्ने एक सुनौलो अवसर नै सुन्दरी प्रतियोगिताको नाम हो । यहा“ नारीलाई नङ्ग्याएर आनो व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने माध्यम स्वयं सुन्दरीप्रतियोगिताका विजेता नारी नै बन्नुपर्छ । नारी स्वयं नै यस प्रकारका क्रियाकलापमा हामफाल्दै लागेपछि वासना लिने जुकाहरू त झन् दिनदिनै बढिरहन्छन्, जन्मिरहन्छन् । “सुन्दरीप्रतियोगिता” नारीलाई भोगविलास र यौनको साधनको रूपमा सीमित गर्ने विचारको एक रूप हो भन्ने कुरा आफैंमा सत्य छ । नारीलाई वस्तु तथा साधनको रूपमा हेर्ने पू“जीवादी दृष्टिकोण र पू“जीवादी नैतिकताको संकीर्णता ज्यादै घिनलाग्दो छ । पश्चिमी देशहरूमा यौनको विकृतिले गर्दा मानिसहरू पागलजस्तै भौतारिएका छन् । सही विचारहरू निमोठिएका छन् । उहा“ले एक ठाउ“मा उद्धृत गर्नुभएको छ, फ्रान्सका तन्नेरीहरूमाथि प्रकाश पार्दै यसअघि जेरोम दुशेले लेखेका छन्– ‘उनीहरूलाई त हावाले नै बर्बाद पारिरहेको छ, जहा“ उनीहरू सास फेर्दछन् । कामवासनाको पीडा सबैभन्दा घृणित मानसिक विरामी हो, यसले पतन र बर्बरतातिर लैजान्छ । यसले मनुष्यलाई नष्ट पार्दछ, सडाउ“छ । यसमा कुनै आदर्श जीवित रह“दैन । उसको आत्मा मर्दछ र ऊ स–सानो रोगी पशु बन्न पुग्छ ।’ आजको यस सुन्दरीप्रतियोगिताको खोल ओडेर नारी कमजोरीको अवसरको खोजी गर्दै यौनतृप्ति र भोगविलासमा रमाउने न्यायाधीशहरूलाई यो भन्दा ठूलो प्रहार के हुनसक्छ ? सबै नारीवर्गले यस कुरामा ध्यान दिई आनो स्वाभिमानलाई उ“चो राख्न सुन्दर कुनै वस्तु हु“दैन, त्यो त व्यक्तिभित्रको स्वयं विचारको महानता र उसको उदार आचरण नै हो भन्ने कुरालाई नबिर्सौं । फेरि अब विवाहका सम्बन्धमा केही कुरा गरौं । विवाह एक यस्तो बन्धन हो, जहा“ केटा र केटीको भित्री भावनाको मिलन नै एकैसाथ जीवन बिताउने प्रणयसूत्रमा बा“धिनु हो । तर आजको युगमा विवाह एक यस्तो कुप्रथाको जरोले जकडिएको छ, जहा“ पशुतुल्य किनबेचमा रूपान्तरित भएको छ । नारी कति ठाउ“मा बाड्डिनु पर्छ भन्ने कुरा यस विवाहप्रथाले थप पुष्टि गर्दछ । छोरी हेर्न आउ“दा सम्पत्तिको नापतौल गर्दै केटा पक्षलाई जिम्मा लगाउने परम्पराले गर्दा पुनः नारीको बेचबिखन गर्दै वस्तुगत तबरले यातनाको शिकारमा धकेलिन्छ । सम्पत्तिस“ग वस्तुगत तबरले बेच्न सक्नेले बेच्दछन् तर सम्पत्ति नहुनेका छोरीहरू त्यत्तिकै पुनः अपमान सहेर बस्नुपर्ने बाध्यता रहेको छ । के यो सा“च्चिकै विवाह हो त ? जहा“ भावनाको विवाह हुन सक्दैन, त्यो विवाह होइन, कसैको निजी र कमजोर भावनाको घा“टी निमोठ्नु हो । सम्पत्तिको नाममा एक अर्काका भावना नबुझेर विवाह हुनु पनि नारी स्वयंकै अपमान गरी किनबेच गर्नु समान हो । यसरी गरिएको विवाह केवल धाक, आडम्बर र रवाफमा नै सीमित रहने गर्छ, दुवै पक्षबाट एक अर्काका भावनाको कदापि सम्मान हुन सक्दैन र घरमा सधै“ विभिन्न तर्क वितर्कका खाडल देखापर्ने र जीवन अन्धकारमै भासिने गर्दछ । 
अब अर्को विषय छ, अश्लील र श्लील । यो विषयमाथि पनि गहन तरिकाले ध्यान दिनु जरुरी छ । यति कुरा त सबैलाई अवगत नै छ कि अश्लील नराम्रो हो र श्लील राम्रो पक्ष । त्यति मात्रैले यसको भाव समेटिंदैन । राम्रो पक्षको विश्लेषण त आनै ठाउ“मा छ तर हामीले नराम्रो अश्लील कुराहरूलाई विरोध गर्न सक्नुपर्छ, हटाउन सक्नुपर्छ । भर्खर–भर्खर किशोर अवस्थामा प्रवेश गरेका बालबालिकाहरू नराम्रा प्रवृत्तिको शिकार भइरहेका छन् । कारण आजभोलि बजारमा निस्किने विभिन्न अश्लील पत्रपत्रिका र फिल्मी दुनिया“को अश्लील प्रदर्शनले थप ऊर्जा थपी यस्ता क्रियाकलापमा सहभागी हुन प्रेरित गरेको पाइन्छ । यसो बाटामा हिंड्दा सुन्धाराका चोक, गल्ली तथा न्यूरोडका सडकहरूमा अश्लील पत्रपत्रिकाको बजार खुकुलो रहेको पाइन्छ । बच्चादेखि बुढासम्म घण्टौंसम्म यस्ता फोहोरी दिमाग भ्रष्ट गर्ने अनैतिक अश्लील पत्रिका पढेर बसेका भेटिन्छन् । आना यौनतृप्तिका चाहनालाई राहत मिल्ने सोचाइले यस्तो अश्लील पत्रिका घरमा लग्ने र पढ्ने तथा त्यही“ बसेर पढ्ने गर्ने भन्ने कुरा सत्य हुन् । मानिसका दिमाग भ्रष्ट गर्ने र रोग र फोहोरको थुप्रो जम्मा गराई सडाउने माध्यम हुन् अश्लील पत्रपत्रिका । जसले जे भने पनि जति तर्क, वितर्क गरे पनि यो कुरा सत्य हो कि यस्ता नाड्डा अश्लील पत्रिकाको प्रकाशनले कदापि पनि मानिसलाई यौनसन्तुष्टि दिंदैन, उल्टै फोहोरी महŒवाकांक्षा बढाउन थप बल प्रदान गर्ने गर्दछ । र, मानिसलाई यौन प्रवृत्तिको दलदलतिर डो¥याउ“दै दिन प्रतिदिन कामवासनाको रोगले ग्रस्त बनाउन यस्ता अश्लील पत्रपत्रिका र फिल्मी दुनिया“ले काम गरेका हुन्छन् । यस विषयमाथि सबै अग्रज व्यक्तिको ध्यान पुग्नु अति जरुरी छ । 

ि


समालोचना
मोहन दुवालको मुक्तककारिता ः 
एक चर्चा 
्विजय सापकोटा
मोहन दुवाल  समसामयिक साहित्य लेखनमा स्थापित प्रतिभा हुन् । खासगरी समसामयिक नेपाली कविता परम्पराका उनी एक सशक्त हस्ताक्षर मानिन्छन् । करिव चार दशकको अविश्रान्त उनको साहित्यिक यात्राले उनलाई कवि मात्र नभई निबन्धकार र आलोचक पनि बनाएको छ । सिर्जनाको यो पाटोभन्दा अर्काे पाटो पनि अविस्मरणीय छ दुवालको । ‘जनमत’ मार्फत साहित्यिक पत्रकारितामा आफ्नो अलग्गै पहिचान राख्न सफल दुवालको अन्य साहित्यिक क्रियाकलापहरूमा पनि त्यत्तिकै ठूलो सक्रियता रहेको देखिन्छ । 
मोहन दुवाल नेपाली मुक्तक लेखनमा पनि सुपरिचित स्रष्टा हुन् । त्यति सम्पन्न नभइसकेको मुक्तक विधाको भण्डारमा दुवालले तीनवटा संग्रह थपेका छन् । ‘सृजनाका फूलहरू’ २०४६ सालमा प्रकाशित भएको देखिन्छ भने अन्य दुई संग्रह ‘संरचनाका मूलहरू र संभावनाका मनहरू’ क्रमशः २०५२ र २०५९ सालमा प्रकाशित भएका छन् । मुक्तकलाई “संक्ष्ँेपमा कला संयोजन गरी विचार प्रस्तुत गर्ने माध्यम ” मान्ने दुवालका यिनै प्रकाशित संग्रहहरूलाई आधार मानी यस आलेखमा उनको मुक्तककारिताको छोटो चर्चा गर्ने प्रयास गरिन्छ । 
१. मोहन दुवालका मुक्तकको विषय चयन
मुक्तक विधा तत्क्ष्ँणै पाठकलाई प्रभावित पार्न सक्ने विधा भएको हु“दा यसमा काल्पनिकतालाई भन्दा पनि समसामयिकता र यथार्थतामाथि बढी जोड दिइन्छ । 
मोहन दुवाल सामाजिक चेतनाले पूर्ण सचेत मुक्तककार भएकोले उनका मुक्तकमा समसामयिक स्वर बढी मुखरित भएको पाइन्छ । विचारलाई सौन्दर्यात्मक एवं कलात्मक आवरण दिनुलाई साहित्य मान्ने दुवालले मुक्तकलाई विचारको संक्षेपात्मक कलायुक्त प्रस्तुति मान्नुले पनि उनको मुक्तकको विषयवस्तुको प्राथमिकतालाई प्रष्ट्याउ“छ । 
मोहन दुवालको वैचारिक चिन्तनको धरातल माक्र्सवाद हो । उनी माक्र्सवादलाई आत्मसात् गरेर सिर्जनकर्ममा जुट्छन् । तर माक्र्सवादी प्रभावका निउ“मा आफ्ना विचारलाई कुनै गुट वा दलविशेषको दस्तावेज बनाएर सिर्जनकारिता गर्दैनन् उनी । दलगत लक्ष्मणरेखाभन्दा परको वृहत् दृष्टि सिद्धान्तका खोक्रा नाराभन्दा पनि व्यावहारिक, सामाजिक एवं मानवमुखी चिन्तन मुखरित भएको पाउन सकिन्छ । यसकारण उनको मुक्तक लेखन मानवउपयोगी चिन्तन र व्यवहारकै वरिपरि घुमेको पाइन्छ । 
राष्ट्रिय राजनीतिले समसामयिक जीवनलाई पूर्ण प्रभावित पार्छ । यही बुझाइले होला मोहन दुवालको मुक्तकको विषयवस्तु बढी राजनैतिक अवस्था र चरित्रहरूले समाजमा पारेका असरहरूप्रति केन्द्र्रित रहेको पाइन्छ । ०४६ साल अघिको निरंकुश पञ्चायती व्यवस्था र २०४६ सालको प्रजातान्त्रिक व्यवस्थामा मौलाएको छाडातन्त्र र अराजनीतिक क्रियाकलापहरूप्रति झटारो हान्ने काम उनका मुक्तकमा भएको पाइन्छ । अन्याय, अत्याचार, शोषण, भ्रष्टाचार, अनैतिकता, सत्तामोह, शक्तिअन्धता, जनदमन एवं वैचारिक आस्थाको निरन्तर स्खलन २०४६ अघि र ०४६ पछिका राजनीतिक  चित्र हुन् । यी चित्रका चरित्र कालखण्डपिच्छे फरक फरक भएतापनि यिनले बोकेका स्वरूप भने लगभग उस्तै  छन् । दुवालका धेरैजसो मुक्तकहरूले यिनै असङ्गति र विकृतिप्रति व्यङ्ग्य, असहमति र विरोधको स्वर अभिव्यक्त गरेका छन् । अझ संघर्षको लामो इतिहास बोकेका राजनीतिकर्मीका कु–कृत्य एवं अकर्मण्यताप्रति दुवालले सशक्त रूपमा खवरदारी गरेका छन् । त्यस्तै २०५२ सालपछि देशमा क्रान्तिका नाउ“मा मौलाएको हिंसाप्रति उनले विमति प्रकट गर्दै हिंसा–प्रतिहिंसाको आगोमा पिल्सिएका नेपाली जनताप्रति मर्माहत आफ्ना मुक्तकमा शान्तिको आवाज बुलन्द गरेका छन् । 
मोहन दुवालका मुक्तकमा सामाजिक–विकृति विसंगतिहरूप्रति पनि असहमति र विरोध पाइन्छ । सामाजिक दुराचार, अन्याय, शोषण एवं अन्धविश्वास विरुद्ध सक्दो प्रहार गर्न उनी चुकेका छैनन् । समतामूलक एवं न्यायपूर्ण समाजको चाहना राख्ने दुवालले सामाजिक परिवर्तनका पक्षमा आफ्ना मत दिएका छन् । देश र जनताका निम्ति अघिवढ्नेहरूप्रति ऐक्यवद्धता, शहीदहरूप्रति सम्मान तथा समाजमा अपहेलित दलित, महिला, श्रमिक वर्गप्रति सम्मानको भाव उनका मुक्तकमा प्रशस्तै छचल्किएको पाइन्छ । साम्राज्यवादी रवैयाले संसारमा चलाउ“दै गएको हतियारको होडवाजीको विरोध त्यसबाट सिर्जित अशान्तिको डढेलोलाई निभाउनुपर्ने आग्रह पनि उनका मुक्तकमा पाइन्छन् । 
दुवालका मुक्तकहरूले राष्ट्रवादी स्वरको पनि उठान गरेका छन् । माटो र सिर्जनालाई अन्यन्तै माया र श्रद्धा गर्ने दुवाल राष्ट्रिय अस्मिताको रक्षार्थ पनि त्यत्तिकै सचेत देखिन्छन् । त्यस्तै राष्ट्रनिर्माण आफ्नै सक्रियताले हुनुपर्नेमा उनले जोड दिएका छन् । 
मुक्तककार दुवालको राष्ट्र, समाज र जनताप्रतिको सचेत भावनाले उनको देश र जनताप्रतिको पक्षधरता प्रष्ट्याउ“छ नै । यस वाहेक उनी आफ्ना मुक्तकमा दार्शनिक या चिन्तकका रूपमा पनि देखापर्दछन् । यिनका हरेकजसो मुक्तकहरू ती चाहे जुनसुकै विषयबस्तुका किन नहुन्, तिनमा एउटा न एउटा चिन्तन सघन रूपमा आएको हुन्छ । जीवन र जगतप्रति यिनको आफ्नै दृष्टिकोण पाइन्छ । युगिन सन्दर्भहरूमा मानवीयताको चरम अवमूल्यन, मान्छेको जडवत् चेतनाशून्यता एवं उपभोक्तावादले सिर्जित गरेका तमाम विकृतिजन्य अवस्थाहरूप्रति गम्भीर चिन्ता दुवालका मुक्तकहरूमा व्यक्त भएको पाइन्छ । यस्ता मुक्तकहरूमा दुवालको दार्शनिकता कतैकतै नैतिक चेतनापरक पनि देखिन पुग्छ । दुवालको जीवनप्रतिको दृष्टि निम्न मुक्तकले प्रष्ट पार्दछ –
चम्किलो मुहार के हो, हेर्न फुल्दो थु“गा टिप्नुपर्छ 
श्रमको मूल्य के हो बुझ्न माहुरीको चाका छाम्नुपर्छ 
धैर्यशील जीवन स“ुघी हेर्न वृक्षको भावना बुझ्ने गर 
मनुष्यको वह–व्यथा छाम्न संसार के हो बुझ्नुपर्छ ।
(शिक्ष्ाँ)
प्रकृति, जीवन र जगत्प्रतिको प्रेम, मानवीय समवेदनाका विभिन्न अवस्थाहरूप्रतिको कोमल र चित्ताकर्षक अभिव्यक्ति दुवालका मुक्तकहरूमा पशस्तै पाउन सकिन्छ । जस्तै –
सृष्टिका बू“द–बू“द आमाको काखमा खुल्दारहेछन् 
बालकका सुमधुर माया तोतेबोलीमा भुल्दारहेछन्
कलुषिततामा सबैको विश्वास कस्तो–कस्तो भएजस्तो 
राम्रो भावनामा जहा“ पनि मानिसहरू बल्दारहेछन् । 
(ममता) 
मोहन दुवालका मुक्तकको संरचनात्मक पक्ष
– शरद देवकोटा
अरबी र फारसीमा विकसित हु“दै उर्दू साहित्यमा आएर लोकप्रिय भएको ‘रुवाइ’ कै नेपाली रूप मुक्तक मान्नेहरू धेरै छन् भने अर्कातिर संस्कृत साहित्यमा पनि मुक्तकको उपस्थिति रहेको पाउन सकिन्छ । जे भएपनि मुक्तक विधालाई वर्तमानमा कविताको लघुतम विधाको रुपमा स्वीकारिएको छ । वास्तवमा जीवन र जगत्सम्बन्धी अत्यन्तै द्रुत गतिमा पाठकको अन्तस्करणसम्म पु¥याउने सामथ्र्य मुक्तकले राखेको हुन्छ ।
छोटो आयाममा वृहत भावलाई समेट्न सक्ने मुक्तकको स्वरूप यस्तै हुनुपर्छ भन्ने त छैन, तापनि पूर्वीय र पाश्चात्य दुवै काव्यपरम्परामा कविताको स्वरूप न्यूनतम द्विपदी हुने स्वीकारिएको अर्थमा मुक्तकलाई कविताको लघुतम रूप मानिसकेपछि न्यूनतम दुई हरफ सम्मको हुनसक्ने देखिन्छ । यद्यपि उर्दूमा प्रचलित ‘रुवाइ’ कै संरचनामा नेपालीमा मुक्तक विधाको विकास भएको तथ्यलाई मान्ने हो भने मुक्तकको आकार चार हरफमा मात्र सीमित गर्नुपर्ने हुन्छ । तर नेपालीमा चार भन्दा वढी या कम हरफमा पनि मुक्तक लेखनको परम्परा भएको पाइन्छ । यसैले मुक्तक दुई हरफ देखि ६÷७ हरफसम्म हुनु वाञ्छनीय मानिन्छ । तर ७ भन्दा माथिका हरफलाई भने मुक्तक मान्न सकिंदैन । किनकि सामान्यतया दुई श्लोक वा आठ हरफलाई कविता नै मान्ने चलन छ । 
मोहन दुवालका प्रकाशित तीनवटा संग्रहमा प्रत्येकमा एक–एक सयका दरले जम्मा तीन सय थान मुक्तक प्रकाशित छन् । यी सबै मुुक्तक चार हरफे छन् । यसरी हेर्दा उनका मुक्तक ‘रुवाइ’ छन्दमा लेखिएका मुक्तक भन्न सकिन्छ । ‘रुवाइ’ को शैली अनुसार पहिलो, दोस्रो र अन्तिम (चौथो) पाउमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ भने तेस्रो चाहिं स्वतन्त्र हुनसक्छ । लम्बाइका दृष्टिले उनका मुक्तकका चरणहरू (हरफ) छोटा, लामा दुवै रूपमा छन् । कथ्य वा विषय अनुसार उनका मुक्तकमा चरण योजना पाइन्छ । चरणहरूको विषमताले गर्दा उनका मुक्तक प्राय ः मुक्त लयात्मक छन् । मुक्तकहरू संरचनात्मक हिसावले स्वतन्त्र छन् । मुक्तकहरू कुनैमा चारै हरफको अन्त्यानुप्रासको समरूपता पाइन्छ भने कुनैमा पहिलो, दोस्रँे तथा चौथो हरफको अन्त्यानुप्रँस मिलेको पाइन्छ भने तेस्रो हरफमा चाहिं विषमता पाइन्छ । दुवालका प्रायः मुक्तकमा पहिलो, दोस्रो र तेस्रँे हरफमा विषयवस्तु वा भावको उठान गरी त्यसको विस्तृति वा परिणाम चाहिं चौथो हरफमा देखाइने ‘रुवाइ’ शैली पाइन्छ । यस्तै सूत्रात्मक ढा“चामा रहेका दुवालका मुक्तकमा भावको प्रकटीकरण वा विषयको प्रस्तुतिका निम्ति द्वितीय र तृतीय पुरुषको बढी प्रयोग गरेका छन् । उनका मुक्तकमा प्रथम पुरुष ‘म’ को आत्मपरकता थोरै पाइन्छ । तापनि उनको आत्मव्यञ्जकता भने प्रायः मुक्तकमा पाठकले अनुभूति गर्न सक्दछ – 
अल्छी मानिसको बोलीमा भोलीको धुन हुन्छ 
समयको हिंडाइस“गै जीवनको जून खुल्छ 
नदीलाई पर्ख नभन, गन्तव्य कसैको छेक्न हु“दैन 
परिश्रमी पाखुरीलाई छेक्न खोज्दा युग पनि रुन सक्छ । 
(भोली)
३. बिम्बचयन र भाषा शैली 
मुक्तक संरचनागत हिसावले एउटै लयसड्डठनबाट पूर्ण अभिव्यक्ति दिने विधा भएकोले यसमा अभिधामूलक कथनभन्दा पनि लक्षणमुलक र व्यञ्जनायुक्त शैलीको आवश्यकता पर्दछ । उपर्युक्त बिम्ब वा प्रतीक, सूक्तिप्रयोग एवं व्यंग्य– विधानमा जति संचेतना भयो त्यति नै मुक्तक सम्प्रेषणीय बन्न जान्छ । मुक्तककार मोहन दुवालले आफ्ना मुक्तकलाई प्रभावग्राही बनाउन प्रशस्तै बिम्बहरूको प्रयोग गरेका छन् । यिनका मुक्तकमा प्रयुक्त बिम्बहरू कुनै प्रचलित छन् भने कुनै नवीन कतै झरिला र भर्रभराउ“दा भएर आएका छन्, तर कतै कलात्मक रूपमा संगठित भएका पनि छन् । 
मोहन दुवालका मुक्तकका शीर्षक प्रायः सांकेतिक छन् । यसले गर्दा त्यस्ता मुक्तकहरू बढी रोचक बनेका छन् । किनकि शीर्षक भनेको कुनै पनि मुक्तकको परिचायक मात्र नभएर त्यसभित्र निहित भावहरूको उद्घाटक पनि हो । यसैले दुवालका मुक्तकका शीर्षक आफैंमा प्रतीकात्मक पनि छन् –
इश्वर मलाई कानेखुशी नगर जीवन यस्तै हो बुझेको छु
भ्रम र संकोचमा बा“च्न खोज्दा विरुपाक्ष रोएको देखेको छु 
बुख्या“चाहरूका भरमा आफू शक्तिशाली हुने प्रयास नगर 
चराहरूले पनि बुझिसकेर गीत गाएको मैले सुनेको छु ।
(स्वतन्त्रता)
दुवालका मुक्तकमा नया“ पुराना गरी थुप्रै बिम्बहरू सञ्चरित भएका छन् । कतिपय मानवेतर प्राणीहरू जस्तै माकुरा, लाटोकोसेरो, छेपारो, सा“ढे, सा“प, चमेरो, धमिरो, गिद्ध, हुटिट्याउ“, जुका आदि अन्याय, शोषण, दुष्ट्याइ“, पाशविकता एवं मानवविरोधी चरित्रहरूका प्रतीकका रूपमा प्रयोग भएका छन् । यी मध्ये धेरै बिम्बहरू पटक–पटक पुनरावृत्ति पनि भएका छन् । त्यसैगरी दुर्वाशा, दुर्याेधन, दुशासन जस्ता पौराणिक चरित्रहरू र बुख्या“चा, मुर्कटा, विरुपाक्ष्ँ जस्ता सांस्कृतिक चरित्रहरू पनि नकारात्मक प्रवृतिहरूका द्योतकका रूपमा मुक्तकमा प्रयोग भएको पाइन्छ । मुक्तकमा माहुरी, कोइली, जूनकीरी, कमिला, फूल, चरा आदिलाई श्रमिक, चेतनशील एवं सिर्जनशील वर्गको प्रतीक बनाइएको पाइन्छ भने नदी, जून र आकाश आदिलाई क्रमशः निरन्तरता, स्वच्छता र विराटताको । दुवालका मुक्तकहरूमा बेसी प्रयुक्त बिम्ब हो सूर्य (घाम) । यसको पटक–पटक पुनरावृत्ति हु“दा कहिले यो अभिधात्मक अर्थ दिन पुग्छ भने कहिले लक्षणात्मक । दुवालले बुद्ध र मण्डेला जस्ता संचेतना, सत् र न्यायका इतिहासलाई पनि बिम्बात्मक स्वरूप दिएका छन् । 
मोहन दुवालको मुक्तकको भाषाशैली विविधात्मक छ । यी कतै पूर्ण अनौपचारिक, सरल र सीधा शैलीमा अभिव्यक्त छन् भने कतै प्रतीकात्मक, कलात्मक र कोमल शैलीमा । राजनीतिक, सांस्कृतिक र सामाजिक विकृति र विसंगतिहरू प्रतिको प्रहारमा उनको भाषा शैली कठोर, सीधा एवं कतैकतै कम परिष्कृत प्रतीत हुन्छ । यस्ता मुक्तकका चरण योजना पनि धेरैजसो लामा छन् व्यञ्जनार्थक वाक्य गठनको प्रयत्न गर्दागर्दै पनि कतिपय मुक्तकको भाषा शैली अभिधात्मक नै रहेको देखिन्छ । यसैले पूर्ण रूपमा व्यंग्यको परिपाक पु¥याउन यस्ता मुक्तकहरू त्यति सफल नभएको भान पनि हुनपुग्छ । तर दुवालका मानवीय संवेदनायुक्त मुक्तकहरू कलात्मक छन् । जीवनका विभिन्न पक्ष, प्रकृति आदि प्रतिको कोमल निजत्व सुन्दर ढंगले प्रस्तुत भएको पाइन्छ । जीवन र जगत प्रतिको अत्यन्तै प्रेम, सद्भाव एवं अनुरागले दुवालको मुक्तककारिताको उचाइलाई बेग्लै आयाम दिएको छ –
माटो खुल्न खोज्दछ तिम्रै पाखुरीमा
सृष्टि झुल्न सक्दछ तिम्रै सर्ग–सर्गमा 
हराभरा बन्ने चाहना तिम्रै परिदृश्यमा 
धरती हेर रम्दछ तिम्रै बाहुपासमा । 
(पसिना)
४. निष्कर्ष 
नेपाली कविताको माध्यमिक कालमा (१९४१–१९४७) केही आधार बनाएको मुक्तक विधाको खास स्वरूप भने ००७ सालपछि  मात्र देखापरेको पाइन्छ । भूपि शेरचन र भीमदर्शन रोक्काको सशक्त कलमले लोकप्रिय बनाएको मुक्तक विधालाई फराकिलो बनाउने काम कृष्णप्रसाद पराजुली, भैरव अर्याल, वासु शशी, रत्नशमशेर थापा, निरविक्रम प्यासी आदिले गरे । त्यस्तै यादव खरेल, हेम हमाल  र कालिप्रसाद रिजालका मुक्तकहरू पनि लोकप्रिय बने । यस्तै अनेकौं मुक्तककारहरूको भीडमा  चालिसको दशकदेखि देखापरेका मोहन दुवालले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका छन् । 
प्राय ः मुक्तक लेखनमा देखापर्ने कुण्ठा, निराशा, प्रेम, बासनाका आत्मरति भन्दा पनि समाजपयोगी एवं मानवोपयोगी मुक्तक लेखनतिर मोहन दुवाल बढी आकर्षित देखिन्छन् । उनको मुक्तककारिताको अभीष्ट प्रजातन्त्र प्राप्ति पछि र अघि पनि देशमा मौलाएको कु–व्यवस्था, भ«ष्टाचार, शोषण, अन्याय, अत्याचार एवै हिंसाको विरोध गरी नागरिक दायित्व निर्वाह गर्नु एकातिर देखिन्छ भने अर्कातिर वर्तमानमा क्रमशः अवमूल्यन हु“दै गएको मानवीयताको पक्षमा उद्घोष गरी मानवको दायित्व निर्वाह गर्नु पनि देखिन्छ । 
मोहन दुवालका मुक्तककारिता प्रगतिवादी चेतबाट माथि उठेतापनि पछाडि अलि कलात्मकता र दार्शनिकता तर्फ उन्मुख हु“दै गएको पाइन्छ । वास्तवमा उनी आग्रह–पूर्वाग्रहयुक्त लेखन भन्दा पनि माक्र्सवादी चेतनालाई मानव जीवन र व्यबहारको सापेक्षतामा फूलाउने प्रयासमा देखिन्छन् । यसर्थमा उनका धेरैजसो मुक्तक मानवीय सन्दर्भमा बढी भिजेका पाइन्छन् । 
निष्कर्षमा भन्नुपर्दा आफ्ना मुक्तकमा आत्मगत चिन्तन र भाव प्रवाहतालाई भन्दा पनि सामूहिकता, सामाजिकता र मानवीयताका पक्षमा जोड दिने मोहन दुवालका मुक्तकले सर्वोपयोगी चिन्तनको प्रसार गरेका छन् । कतै कतै भाषिक एवं व्याकरणात्मक अशुद्धताले मुक्तकको कलात्मक पक्षलाई गिज्याए पनि सरल र बोधगम्य भाषाशैलीमा जटिल विषयवस्तुलाई प्रस्तुत गर्नसक्नु उनको विशेषता हो । नेपाली मुक्तक परंपरँमा मोहन दुवालको नाम यसअर्थमा पनि अविस्मरणीय रहिरहने छ कि युगिन विसंगतिहरूलाई पर्गेल्दा पर्गेल्दै पनि कुण्ठा र निराशाले आफ्ना मुक्तक नभिजाइकन उनले भविष्यप्रति आशा, एवं उत्साह र जीवन र जगत्प्रति ऊर्जाशील अभिव्यक्तिको सञ्चारण गरेका छन्, जस्तै कि– 
इतिहास त जिउ“दाहरूका पनि लेखिन्छन् 
इतिहास त मूर्दाहरूका पनि हुन्छन् 
कसैको इतिहास माथि जून उदाएको हुन्छ त 
कसैको इतिहासस“गै कात्रो झुण्डिएको हुन्छ । 
(संकेत)
सन्दर्भ–सूची 
१. दुवाल, मोहन २०४६, सिर्जनाका फूलहरू, जनमत प्रकाशन 
२. दुवाल, मोहन २०५२, संभावनाका मूलहरू, जनमत प्रकाशन
३. दुवाल, मोहन २०५९ संभावनाका मनहरू, जनमत प्रकाशन
५. थापा, मोहन हिंमाशु – साहित्य परिचय 


लघु गीतिनाटक
आवाजदृश्य १                                                                                   
सा“झको समय देखिन्छ । घरका परिवारहरू (बुढी आमा, छोरा र छोरी)  काममा व्यस्त देखिन्छन् । एकैछिनपछि सा“झको काम सकेर उनीहरू घरभित्र छिर्छन् । भित्रबाट घरको दैलो लगाउ“छन् । 
कालो अन्धकार रातको समय । रातको निस्तब्धतालाई भयानक पार्दै किरा स्याल र कुकुरहरूको भुकाइ सुनिन्छ । एकैछिनपछि यी आवाजहरूलाई पनि उछिन्दै बन्दुक पड्केका आवाजहरू आउन थाल्छन् । आकाशमा बिजुली चम्केजस्तो हुन्छ । अ“ध्यारो बस्तीमा घनघोर चित्कार सुनिन्छ । एकहुल वर्दिधारी मानिसहरू घरको आ“गनमा देखिन्छन् । उनीहरूले घरको दैलोमा हिर्काउ“छन् र ढोका फोर्छन् । घरभित्र पसेर छोरीलाई तान्दै बाहिर ल्याउ“छन् । बस्तीका मान्छेहरूको भागदौड देखिन्छ । यता घरमा आएका वर्दिधारी मनिसहरूको पञ्जाबाट छोरी र वैनीलाई छुटाउन र बचाउनका लागि उनकी आमा र भाइले जोड गरिरहेका छन् । बहिनी भुइ“मा लतारिन्छे । आमाको हातबाट उसलाई फुत्काउ“छन् । तर उनको भाइ भने बहिनीलाई अझ पनि छुटाउन कोसिस गरिरहेको छ । तर उसको केही जोड चल्दैन । बैनीलाई, घिसार्दै घिर्सादै लगिन्छ । तर उनको भाइ पछि पछि लाग्छ । केही समयपछि बन्दुकका आवाजहरू सुनिन छाड्छन् । बस्तीमा शून्यता छाउ“छ । केवल आमा रोएको सु“क्कस“ुक्क आवाज मात्र सुनिन्छ । 
बस्तीमा विस्तारै घुर्मैलो उजेलो छाउ“छ । बारुदको धमिलो धुवा“मा केही भत्केको घर र अलपत्र छरिएका सामानहरू देखिन्छन् । त्यै धु“वाभित्र, धु“वाको कालो पोतिएकोे अनुहार, लथालिड्ड जीउका लुगा र झा“क्रो फिंजाएकी आमा देखिन्छिन् । उनी एकैछिन अघिको दृश्य सम्झ“दै थकित बनेकी छिन् । लामा लामा सुस्केराहरू तानिरहेकी जस्तो लाग्छ । उजेलो बढ्दै जान्छ । ठीक त्यही बेला घर छाडेर परदेशमा बस्ने उनको छोरो घरको आ“गनमा आइपुग्छ । घरलाई चारैतिरबाट नियाल्छ । अनुहार मलिन पार्दै आमा छेउ जान्छ र सोध्न थाल्छ ः

छोरा ः ढोग गरें आमा, 
के छ खबर गाउ“को ? 
कसरी यो भयो,
लथालिड्ड घर यो ?
तिमीलाई यस्ती छाडी,
कता गयो भाइ त्यो ?
बैनी कता लागी, 
मुख देख्दिन उसको ।। 

भन भन आमा, 
कसरी सब भयो ?
कुन दुष्टले हाम्रो, 
संसार भत्काइदियो ?

केही बिराम ग¥यौ कि ?
दुर्वचन बोल्यौ कि ?
गाउ“ले आपसमै, 
चिरा भै फुट्यौ कि ?

भन आमा भन,  
कसले जीवन ढाल्यो ?
हेर्दाहेर्दै घरमा,
कसले आगो बाल्यो ?
हेर्दाहेर्दै जीवन, 
कसले सोत्तर पा¥यो ?

छोराका प्रश्नहरू तेर्सिएपछि आमा विस्तारै उठ्छिन् र नगिचै गएर छोराको अनुहारमा हेर्छिन् । भत्केको घरलाई एकपटक नियाल्छिन् । छोरीलाई तान्दै लगेको दिशातिर चियाउ“छिन् । र, उनी छोरालाई खबर सुनाउन थाल्छिन् ।

आमा ः सुनाउ“ के पो घरको खबर आउ“छ छाती पोली ।
कुन दुष्टले हान्यो भनू“ यो छातीमा गोली ?

जिन्दगीलाई बा“च्दै थियौं खा“दै फा“डो–खोले ।
कसलाई के पो भन्नु थियो कुवचन बोली ।।
धुजाधुजा थियो धरमर जीवनको डोरी ।
बग्थ्यो रगत आ“खाहरूको डिलहरू फोरी ।।

आ“शुको बाढी बग्छ गाउ“घर हिजो–आज ।
नथामिने रुवाबासी रुन्छ बस्ती आज ।।
बारुदले धमिलिंदै थियो जून–घाम ।  
रगतका फाल्सा थिए यी बस्ती र गाम ।।
घर भन्ने बेघरमा बा“च्दै थियौं हामी । 
कहालिंदा दश हन्डर हृदयमा थामी ।।

बनेको थ्यो छाती सधैं तीर बन्दुकलाई । 
बनेको थ्यो छाती मैदान परेड खेल्नेलाई ।।

मध्यरातको बेला थियो ढक्ढक्याए दैलो ।
ओइलाएका जस्ता भयौं भयौं कालो–मैलो ।। 
भन्दै थियो बलजफ्ती नगर है भाइले ।
त्यही बेला लछारपछार पारे आततायीले ।।

रुदै कराउ“दै तिनकैस“ग साथमा गा’छ ।
कसो गरी फर्केला ऊ छाती ढक्क भा’छ ।।

बैनी लगे घिसारेर थाहा छैन कहा“ ?
त्यो कोपिला अब आउ“छे कि आउन्न यहा“ ?
लाग्छ अब बतासमै उसलाई सुन्नुपर्छ । 
जून–ताराकै सागरबीच उसलाई हेर्नुपर्छ ।।

सुनाउ“ अरू के पो खबर आउ“छ छाती पोली ।
कुन पापीले हान्यो भन“ू यी छातीमा गोली ?

दृश्य २
मध्यान्नको समय छ । आमा–छोरा संवाद गरिरहकै बेला घरको आ“गनको एकछेउबाट गाउ“ले विधवा महिला र घाइते बनेका पुरुषले रक्ताम्य भएको एउटा घाइते (छोरा)लाई अन्तिम अवस्थामा त्यहा“ ल्याउ“छन् । आमा र छोरा आ“गनमा राखिएको लाश छेउ जान्छन् । एकैछिनपछि छोरालाई गम्लड्ड अ“गालो मार्दै आमा र गाउ“ले महिला डा“को छाडेर रुन थाल्छन् । वातावरण स्तव्ध बन्छ । अर्को छोरा पनि आ“शु पुछिरहेको देखिन्छ । घाइते गाउ“ले पुरुष उभिएर रोइरहेको छोराको नजिकै गएर गाउ“को खबर सुनाउन थाल्छ ः

गाउ“ले पुरुष ः जल्दैछ बस्ती, निभेकै छैनन् आगाका रापहरू ।
देखिन्छन् भुइ“मा निशाना बन्दै ढलेका लाशहरू ।।  

गाउ“को खबर के हेर्छौ भाइ बेहाल मात्र छ ।
सुनिन्छ केवल रुवा र बासी चौतर्फी चित्कार छ ।।
बन्दैछन् साना कलिला नानी टुहुरा छिन्छिनै । 
मर्दैछ मान्छे युद्धको नाउ“मा गिर्दो छ दिनदिनै ।।
युद्धको मैदान बन्दैछ गाउ“ देखिन्छन् लाशहरू । 
चाल्नो झैं छाती देखिंदा टक्क रोकिन्छन् शासहरू ।।
बा“चेका केही तन्नेरी युवा मौलान झर्दैछन् । 
बस्तीलाई केवल बाल र बृद्ध बिमार्ले कुर्दैछन् ।। 

गाउ“को माथि घुम्दछन् आज गिद्ध र चिलहरू । 
कुकुर र स्यालले दिउ“सै तान्छन् मान्छेका लाशहरू ।।
गाउ“ले हामी टुहुरा अनि विधवा बन्दैछौं ।
रोकेर आवाज बन्दुकको डरले चुपचाप जिउदैछौं ।। 

गाउ“ले महिला ः(बिस्तारै आ“गनमा ढलेको लाश छेउबाट उठ्दै छोराको नगिच आएर)
पसिना जनको लुटिन्छ सित्तै बोल्न क्यै हु“दैन ।
खरानी पार्छन् बोलेकाहरूलाई बा“च्ने आश ह“ुदैन ।। 
सरकारले पनि निशाना ठान्दै तीर हान्छ गरीबलाई ।
विद्रोही पनि बन्दुकको कुन्जा देखाउ“छ झुप्रालाई ।।

हामी छौं जनता मर्दै बा“चेका दुवैको मारमा ।
जिन्दगीलाई डो¥याउ“दैं सधैं खुकुरी धारमा ।।
बनाए यस्तो देशको हाल लुछा र चु“डीमा ।
मृत्युकै राजमा बस्दैछौं हामी हाम्रा यी बस्तीमा ।।
      
अघिदेखि नै गाउ“ले पुरुष र महिलाका कुरा सुनिरहेको छोरो, आ“गनमा ढलिरहेको भाइको लाश समेत देखिसकेपछि अवाक् बन्छ । तर मनलाई दृढ पार्दै उ घरि आमा र घरि गाउ“लेहरूको छेउमा गएर आफूलाई पोख्न थाल्छ ः
छोरा ः बुझियो अव दुर्दशा गाउ“कोे अथ्र्याउन पर्दैन ।
बोल्दैछ सिङ्गै भाइको लाशले मुख बोल्नु पर्दैन ।।

हरन ह“ुदैछ देशको वस्त्र त्यो प्रजातन्त्रको ।
कोही कुल्च“दैछ शहीदको खुनमा छ्यालीस सालको ।।  
अनदेखा गरी जनतालाई हेप्दा यही गति हुने हो । 
जनताको दुःख नहेर्दा देश रसातल हुने भो ।।

भोकाको लागि चाहिन्छ अन्न बन्दुक चाहि“दैन ।
नाड्डालाई लुगा चाहिन्छ लाउन बारुद चाहि“दैन ।।
महिला र दलित पशुझैं भाछन् इज्जत हो मागेको ।
जनताले मृत्यु मागेकै हैन जीवन हो चाहेको ।। 

गाउ“ले पुरुषः मारेर तर कहा“ आउ“छ शान्ति देशका जनलाई ।
त्यसले त झनै ओकल्छ आगो खरानी पार्नुलाई ।।
सहन्छ कति निर्दोष मान्छे ज्यू ज्यान लुछेको ।
बिर्सन्छे कहा“ निर्दोष आमा आफ्नो काख रित्तेको ।।
शान्तिको लागि न्यायको राज मुलुकमा चाहिन्छ । 
जनले आफ्नो शासक छान्ने व्यवस्था चाहिन्छ ।।
अधिकार जनलाई दिएर जोख तराजु मतको । 
त्यै मतले बोल्छ कुन थिति राख्ने हाम्रो यो देशको ।।

डराउने किन, किन हो का“प्ने जनताको मतस“ग ।
झस्कन हुन्न देशको यौटै शान्तिको मूलस“ग ।।
नसुनी कहा“ जनको आवाज विद्रोह रोकिन्छ ?
बन्दिन ग्वाला भन्नेलाई रोक्न कसले पो सक्दछ ?

आ“गनमा ढलेको लाशमाथि घोप्टो परिरहेकि आमाको मनमा पनि छोरो र गाउ“लेहरूका कुराले मनमा साहस भर्छ । उनी विस्तारै टाउको उठाउ“छिन् । उनको रुन्चे स्वरमा गति फेरिन्छ । केही आ“टका साथ उनले पाइलो सार्छिन् । नगिचै लडिरहेको छोराछेउ जान्छिन् र उसलाई देखाउ“दै गाउन थाल्छिन् ः

आमा ः हराम न बिराम छेडियो किन निर्दोष छाती यो ?
कोपिला मेरा सन्तानलाइ किन सोत्तर पारियो ?

जो भन्थे जनको हितमा सही ठोक्ने यी हात हुन् । 
जो भन्थे देशलाई उ“भो लगाउने हाम्रै त का“ध हुन् ।। 
के बिराम ग¥यौ त्यस्ताले किन हामीलाई दागेका ?
निर्धाका साना कोपिला किन चु“डेर फालेका ?

थाहा छ हाम्लाई बस्तीको भोक आङहरू नाड्डै थे ।
काखा र पाखा तेरो र मेरो अघि झैं उस्तै थे ।। 
न्यायको कुरा लेख्ने ती कलम जेलमा छन् सुन्दछु ।
न्यायका गीत गाउने गला छेडेको सुुन्दछु ।।

गाउ“ले महिला ः त्यही झेलले होला भोकाहरूले विद्रोह बोलेका । 
सधै“को चुप्प मुखलाई आनो बेसरी खोलेका ।। 
भोकाले तर बारुदको अन्न होइन मागेको । 
इज्जतले बा“च्न पाउनुपर्छ यही हो मागेको ।।

रहर हुन्न हत्केलामाथि जीवन बोक्नुलाई ।
चाहन्न कोही जीवन छाडी चिहान पुग्नुलाई ।।
कानुन कस्तो संविधान कस्तो भोकालाई सिध्यायौ ।
हामीलाई होइन बरु ती काला कानुनलाई च्यातिद्यौ ।।
आ“गनमा उभिरहेकि आमा आकाश ताकेर टुसुक्क भुइ“मा बस्छिन् । गाउ“ले महिला उभिरहेकी हुन्छिन् । गाउ“ले पुरुष र छोरा मुखामुख गर्छन् । गाउ“ले पुरुष एकैछिनपछि आमा छेउ जान्छ र सम्झाउन थाल्छ ः

गाउ“ले पुरुष ः ठीक् हुन् कानुन संविधानमा गल्ती गरेका ।  
जनतालाई सर्वस्व हौ भन्दै ढा“टेका ।।
जनताको हात लगाम आयो हाम्लाई भनियो ।
सुरक्षित भो बहुदल भन्दै हाम्लाइ ढा“टियो ।।

भोकै थियौं हामी हाम्रो रोजगार थिएन । 
हाम्रा शिशु पढ्नलाई स्कुल थिएन ।।
तर स्कुल खोल्न छाडी बन्दुक किनियो । 
त्यै बन्दुकले गरीबको जीवन छिनियो ।।

बिमार हु“दा हाम्लाई कही“ दवाइ थिएन । 
रोगब्याधमा जा“च्न अस्पताल थिएन ।। 
तर अस्पताल छाडी बारुद किनियो ।
त्यै बारुदले बिमारहरूको जीवन छिनियो ।।

छोरा ः गन्छन् दसौं हजार शिर ढलिसकेका । 
अझ कति लाश गन्नु मरिसकेका ।। 
थाकिसक्यौं अब यस्तो युद्ध चाहिएन ।
हतियारको यस्तो ठोकाबाजी चाहिएन ।।

वार्ता गर हातमा बन्दुक हुनेहरूले ।
लाशको खेती छाडिदेऊ अहंकारले ।।
देशलाई कति धुजा पार्छौ बम फोरेर ।
कति जीउन बाध्य पार्छौ चित्कार बोकेर ।। 

भोकको आ“गमा गोली थप्दै ज्वाला नपार ।  
विदेशीलाई परेड भूमि तयार नपार ।।  
डढेलो यो निभाइदेउ सिगैं देशको ।
जनतालाई सार्वभौम बनाई देशको ।।

दृश्य ३
झमक्क सा“झ परिसकेको छ । वस्तीमा छरपस्ट लाशहरू देखिन्छन् । लाशहरूमाथि घोप्टो प।रेर आफन्तहरू रोइरहेका छन । केही युवा महिला पुरुषहरू उनीहरुलाई समझाउने भावमा यताउता गरिरहेका देखिन्छन् । अघिदेखि नै मञ्चमा संवाद गरिरहेका आमा छोरा गाउ“लेहरू पनि त्यहा“ आइपुग्छन् । सिगों वातावरणलाइ नियाली सकेपछि उनीहरूले आफ्ना भावनाहरू पोख्न थाल्छन् । 

गाउ“ले पुरुष ः अन्धकारमा देश फेरि धकेलिंदै छ ।
निरपराध जनताको छाती छेडिंदैछ ।।
गृहयुद्ध भुमरीमा देश डुब्दैछ । 
हेर्दाहेर्दै देश चिहानघारी बन्दैछ ।।

गाउ“ले महिलाहरू ः भोकास“ग हिंड्दै न्याय माग्नु ठीकै हो ।
बेरोजगारलाई रोजगार माग्नु ठीकै हो ।।
तर जनता साथ हिंड्दै माग्नुपर्ने हो । 
जनतालाइ नै त्रासमा पार्ने कस्तो माग हो ?

बन्दुकको मात्र भाषा जनमा बोल्दिने ।  
भोका जनलाई बारुदकै अन्न पस्कने ।।  
सरकार अनि विद्रोहीको कस्तो हाल हो ?
लाशहरूमा रमाउने कस्तो चाल हो ।।

गाउ“ले पुरुषहरू ः गाउ“ बस्ती बारुदको घुलो छर्किन्छौ । 
चुनावको गीत फेरि तिमी गाउ“छौ ।। 
जति ढा“ट्नु थियो ढा“ट्यौ अब नढा“ट ।
मतदानको लाममा राखि हामीलाई नमार ।।    

बरु भन्छु अझ पनि हेर आफैंलाई ।
आनै तराजुमा फेरि जोख आफैंलाई ।।
माफी माग जनतासँग भूलहरूको । 
आनै हातले गरेका ति कर्तुतहरूको ।।

शान्ति हुन्थ्यो यसो भए युद्ध रोकिन्थ्यो ।  
चिहानघारी हुनबाट देश जोगिन्थ्यो ।। 
निम्छरालाई दबाउनेले घु“डा टेक्ने थे ।
कमकरीका शीरहरू ठाडा हुने थे ।

बल्ल न्यायी अभियानमा स्वर मिल्ने थ्यो । 
बस्ती बस्तीबाट जनका आ“धी उठ्ने थ्यो ।।  
जब देशमा अन्यायले घु“डा टेक्ने थ्योे ।
तब देशको रक्त आहाल ओभाउने थ्यो।। 

गाउ“ले समूह ः बोल्नुपर्छ अन्याय यो हाम्लाइ चाहिएन । 
देशलाई चिहान बनाउने जित् चाहिएन ।।
जनको हृदयको भित्री आवाज सुन्नलाई । 
हाम्लाइ देऊ हक हाम्रो थिति छान्नलाई ।। 

संविधान कुल्ची कोही मत्ता नबन । 
देशका जनताहरूलाई धुलो नठान ।।
हकै हुन्छ विरोधमा जनता उत्रने ।
सचेत जनता शतीसाल हुन् हुन्नन् लत्रने ।।

भुइ“को धुलो ठानिएको श्रमिक जहिले । 
बन्छ देशको शासक र मालिक जहिले ।।
त्यै दिन जीत्छ न्याय, बल्ल झूठ हार्नेछ ।
शान्ति जित्छ त्यो दिन बल्ल बारुद हार्नेछ ।। 
    
रातको समय भैसकेको छ । उनिहरुले आफ्ना मतहरू राखिरहेको अवस्थामा फेरि अनायासै बस्तीमा बन्दुक पड्केको आवाज आउ“छ । बस्तीका मानिसहरूको भागदौड चल्न थाल्छ । चित्कार सुनिन्छ । संवाद गरिरहेकाहरू एकोहोरो ट्वाल्ल परेर आवाज आएतिर हेरिरहन्छन् । रात बाक्लिंदै जान्छ । बस्ती अ“ध्यारोमा खर्लप्प डुब्छ ।
पर्दा लाग्छ ।   


No comments:

Post a Comment