पूर्णाड्क ७२, वर्ष ३३, अंक १, जेठ २०६३
अतिथि सम्पादक
खगेन्द्र संग्रौला
हरिगोविन्द लुईंटेल
सम्पादक
निनु चापागाईं
मातृका पोखरेल
प्रकाशक
दिल बरदान
सुवास श्रेष्ठ
सम्पर्क
पो.ब.नं. २४००,काठमाडौ
फोन. नं. ५५२०९१८, ४४९९००९
सहयोग समिति
इस्माली
महेश मास्के
शारदारमण नेपाल
आवरण कला
सुन्दर वस्नेत
टाइम्स क्रियशन
पुतलीसडक, काठमाडौं
टाइप÷लेआउट
प्रारम्भ कम्प्युटर सेवा, डिल्लीबजार, काठमाडौं, फोन. ४४२१६५७
मुद्रण
प्रिन्ट टेक
मैतीदेवी, फोन. ४४१०६४४
सम्पादकीय
आन्दोलनको तत्कालको लक्ष्य लोकतान्त्रिक गणतन्त्र नै हो÷२
कवितामा गणतन्त्रको गुञ्जन– खगेन्द्र संग्रौला÷४
गणतन्त्र र नेपाली कविता– रमेशप्रसाद भट्टराई÷९
कविताहरू
अर्जुन पराजुली÷२८ अमर गिरी÷२९
अशोक सुवेदी÷३० अविनाश श्रेष्ठ÷३१
अनिल पौडेल÷३२ आनन्दराम पौडेल÷३२
आहुति÷३३ आर.एम्. डड्डोल÷३४
ईश्वरचन्द्र ज्ञवाली÷३६ ऋषिराम भुसाल÷३८
कृष्ण धरावासी÷३९ कृष्ण सेन ‘इच्छुक’÷४०
कुसुम ज्ञवाली÷४१ कपिल लामिछाने÷४२
कृसु क्षेत्री÷४३ के.एल. पीडित÷४४
खिलबहादुर भण्डारी÷४५ गोविन्द वर्तमान÷४६
चंकी श्रेष्ठ÷४७ चेतनाथ धमला÷४८
जगन्नाथ आचार्य÷४९ जड्डब÷५०
झमक घिमिरे÷५० डा. जगदीशचन्द्र भण्डरी÷५१
ठाकुर बेलवासे÷५२ दीपकराज पाण्डे÷५२
दाहाल यज्ञनिधि÷५३ दिल साहनी÷५४
देवी नेपाल÷५५ नारायण ढकाल÷५६
पदम गौतम÷५७ पुन्य कार्की÷५८
पुण्यप्रसाद खरेल÷५९ पुण्य खरेल÷६१
पुरुषोत्तम सुवेदी÷६४ पूर्ण वैद्य÷६५
प्रकाश सिलवाल÷६७ प्रदीप ज्ञवाली÷६८
प्रमोद धिताल÷७० प्रोल्लास सिन्धुलीय÷७१
बु“द राना÷७२ बद्रिविशाल पोखरेल÷७३
बलभद्र भारती÷७४ बालकृष्ण लामिछाने÷७५
डा. बेन्जु शर्मा÷७६ विजय सुब्बा÷७६
भवानी क्षेत्री÷७७ मिलन श्रेष्ठ÷७७
मणि लोहनी÷७८ मनोज न्यौपाने÷७९
मञ्जु का“चुली÷८० मिश्र वैजयन्ती÷८२
महेश मास्के÷८३ मातृका पोखरेल÷८५
मित्रलाल पंज्ञानी÷८६ मुरारी पराजुली÷८७
मोदनाथ प्रश्रित÷८८ मोहन दुवाल÷८९
मधुसुदन गिरी÷९० यज्ञराज प्रसाईं÷९१
यानेन्द्र विवश जी.सी.÷९३रामबहादुर थापामगर÷९४
रमेश पोखरेल÷९५ रमेश भट्टराई÷९६
रामचन्द्र भट्टराई÷९७ राजकुमार के.सी.÷९८
राजेन्द्र पौडेल÷९८ रामगोपाल आशुतोष÷१००
रामप्रसाद ज्ञवाली÷१०१ राम विनय÷१०२
लक्ष्मी माली÷१०३ लिखत पाण्डे÷१०४
लीला उदासी÷१०६ वासुदेव अधिकारी÷१०७
विक्रम सुब्बा÷१०८ विमल निभा÷१०९
विष्णु ज्ञवाली÷११० वियोगी बुढाथोकी÷१११
विवश वस्ती÷११२ विष्णुविभु घिमिरे÷११३
श्रवण मुकारुङ÷११४ संगीत स्रोता÷११६
सरिता तिवारी÷११८ सीता शर्मा÷११९
सुधा त्रिपाठी÷१२० सुरेश किरण÷१२१
स्नेह सायमी÷१२२ स्व. स्वप्नील स्मृति÷१२३
श्यामल÷१२४ शार्दूल भट्टराई÷१२५
हरिगोविन्द लुईंटेल÷१२६ हेमराज अधिकारी÷१२७
अभिलेख ः गणतन्त्र कविता आन्दोलनको अवधारणापत्र÷१२८
बाँकी रचनाहरू
जागिरप्रमोद धिताल
तिम्रो तुच्छ जागिर
तिम्रै मालिकको निम्ति
धेरै महङ्गो सावित भयो वासुदेव ⁄
हुन त तिम्रा छोटे मालिकहरू
तिमी बौलाएको भन्दैछन्
तर सबै–सबै यतिखेर
तिमीस“गै पूरा सत्ता बौलाएको ठहर गर्दैछन्
इतिहासले एकचोटि व्यङ्ग्यको हा“सो हा“स्दै
तिम्रो मालिकले खुनी दरबारलाई
मिति पुगेको घोषणा गर्दैछ ।
तिमी मात्र हैन वासुदेव ⁄
तिमी जस्तै धेरै जवानहरू
एक पेटको निम्ति
बन्ने गर्छन् बलीका बोकाहरू
आफुखुशी विवेकहीन मेशिन बनाउ“छन् तिमीलाई
मानव रगतका भोकाहरू,
जो एक पेटको भोक शान्त गर्न
एकसरो कपडाले आङ ढाक्न
उनै भक्षकहरूको रक्षक बन्न जान्छौ
उनै वादशाहको दास बन्न पुग्छौ
जो तिमी÷हामी सबैका आमाबाबु
छोराछोरीका पनि ज्यानी दुश्मन हुन्
जसले खोसे हाम्रा धेरै आफन्तहरूका गा“सहरू
रित्याए धेरै आमाहरूका काखहरू
उनकै रगतले रङ्गिएको
बीभत्स सिंहासन जोगाउन
र जोगाउन तिम्रो आनै जागिर
का“धमाथि बोकाइएको बन्दुकले
निर्दोषहरूलाई डसिरह्यो ।
तिमीलाई तिम्रो मालिकले
केवल खुवाएन जागिर
उन्मत्त दानवी नशा पनि खुवायो
मात्र सिकाएन इमानदार कुकुरलाई झैं मालिक भक्ति
अमानवीय क्रूरताको पाठ पनि सिकायो
बहुलठ्ठी सत्ताको सन्की चाल पनि सिकायो
त्यसैले त जब पुग्यौ तिमी
यो रोगी सत्ताको निरङ्कुश बन्दुक बोकेर
शान्ति सुरक्षाको झूठो परिचयसहित
अशान्ति र असुरक्षाको
दुषित हावास“गै नगरकोट
यो क्रूर सत्ता बहुलायो तिमीस“ग
एकचोटि आनै छातीमा पोखिएको देखेर मानव रगत
झस्कियो बेसरी नगरकोट
निदाउन सकेनन् फेरि नगरकोटका आ“खाहरू
उसले बुझ्यो कस्तो हु“दोरहेछ तिम्रो जागिरको अनुहार
उसले थाहा पायो तिम्रो शान्तिसुरक्षाको परिभाषा
अब कहिल्यै निदाउने छैन नगरकोट
उसले धेरै– धेरै ठाउ“हरूलाई तिम्रो जागिरको
परिचय दिनु छ
उसले धेरै–धेरै नारीहरूलाई तिम्रो सत्ताको
परिचय दिनु छ ।
खड्गबहादुर८ भुजेल
प्रोल्लास सिन्धुलीय
यो नियमित प्रक्रिया हो
जब
खुकुरीको लाज छोप्न असक्षम हुन्छन् दापहरू
खड्गबहादुर भुुजेलहरू
आनो कपडाको टुक्राले बेर्छन्
र ‘भान्साघर’को पालीमा घुसार्छन् खुकुरी ।
खड्गबहादुर भुजेलहरू फलाम उत्पादन गर्छन्
फलाम–फलामलाई खुकुरी–खुकुरी बनाउ“छन्
जब खुकुरी तयार हुन्छ
खुकुरीस“ग तर्सिएर
हत्तपत्त
खड्गबहादुर भुजेलहरू आत्मसमर्पण गर्छन् ।
खड्गबहादुर भुजेलहरू
आनो हाडलाई रेती बनाउ“छन्
र सोझ्याउन थाल्छन् खुकुरीका धारहरू
जति जति
चम्किंदै जान्छ खुकुरी
उति उति
खिइ“दै जान्छन् खड्गबहादुर भुजेलका हाडहरू
खड्गबहादुर भुजेलका हाडहरूमा
खुकुरीका खियाहरू सर्छन् र रजाइ“ गर्छन् ।
खड्गबहादुर भुजेलहरू अचानो बन्छन्
जब–जब
भान्साघरमा मासु भित्रन्छ
आना ढाडहरू प्रयोग गर्न
अनुमति दिन्छन् उनीहरू
मासु काट्ने निहु“मा
यदाकदा
खड्गबहादुर भुजेलहरू स्वयम् काटिन्छन् ।
खड्गबहादुर भुजेलहरू आनो जात बिर्सन्छन्
आनो धर्म बिर्सन्छन्
आना स्वाभिमानहरू बिर्सन्छन्
काम सकिएपछि
अर्को कार्य नहुन्जेलसम्मका लागि
खड्गबहादुर भुजेलहरूलाई
भान्साघरको कुनामा थन्क्याइन्छ
भान्साघरभित्र थन्क“दा
खड्गबहादुर भुजेलहरू
‘मेरो पियारो ओखलढुङ्गा’ समेत बिर्सन्छन् ।
यो नियमित प्रक्रिया हो
खुकुरीस“ग आतङ्कित खड्गबहादुर भुजेलहरू
खुकुरी चलाउन
खड्गबहादुर भुजेलहरूकै
हात चाहिने कुरासमेत बिर्सन्छन् ।
८खड्गबहादुर भुजेल– एक दरबारिया सैनिक, जसले सङ्गीतकार प्रवीण गुरुङ हत्याकाण्डको जिम्मेवारी लिएका थिए ।
गजल
– बू“द राना
स्वा“ठलाई भने हुन्छ धेरै फुर्ती नलाउन
नीम रोपी सकिंदैन नासपाती फलाउन
हिजोसम्म जे भो भो बुझोस् अब एेंजेरूले
बिरुवाका अंश मारी पाइ“दैन पलाउन
जसको जग धरतीमा छ“दैछैन हावामा छ
फुकिदिए काफी हुन्छ दर्बार त्यो ढलाउन
कोही काठ बटुल है कोही मट्टितेल खोज
रावणको लङ्का फेरि परेको छ जलाउन
अन्धो धृतराष्ट्रलाई भनिदिए हुन्छ अब
हामी पनि सक्षम छौ“ राजकाज चलाउन
दुर्योधन
बद्रिविशाल पोखरेल
आनै दाजुमाथि नृशंस धावा बोलेर
आनै भाउजुको चीरहरण गरेर
लाÔागृहमा आनो वंश पोलेर
सम्राट् हुने सपनामा
दुर्योधन द्वन्द्वको दुन्दुभि बजाइरहेको छ
दुर्योधन कहिले हिरण्यकशिपु भएर उदाउ“छ
कहिले कंश बनेर देखापर्छ
कहिले रावणको घमण्डमा कुर्लने गर्छ
यतिखेर दुर्योधन दुशासनका साथ देखापरेको छ
आनै पराजित अतीतलाई बिर्सिएर
दुर्योधन द्वन्द्वको दुन्दुभि बजाइरहेको छ ।
शस्त्रास्त्रले सुसज्जित सेनाहरू समाप्त पारेर
माटो खानु परेको आनो अतीतलाई भुलेर
निभ्ने बेलाको बत्तीजस्तो खपिनसक्नु गरी उम्लिएको छ
दुर्योधन आवेगमा द्वन्द्वको दुन्दुभि बजाइरहेको छ
युधिष्ठिरको हुस्सुपनाबाट ˚ाइदा उठाएर
अर्जुनको लोसेपनाबाट लाभ लिएर
पाण्डवहरूका बीच आपसी झगडा सल्काएर
आ˚ैंले ल्याप्चे लगाएको शान्ति र सहअस्तित्वको
तमसुक च्यातेर
दुर्योधन दरबारमा नाङ्गो तरबार लिएर
नाङ्गै नाच्न थालेको छ
लोकतान्त्रिक यज्ञमा समिधा हुन आतुर छ
दुर्योधन द्वन्द्वको दुन्दुभि बजाइरहेको छ ।
सर्पयज्ञ
बलभद्र भारती
हे नागेश ⁄
तिमी किन ब्य“ूझियौ सपनाबाट
एक्कासी फणा उठाउ“दै
चुपचाप चुपचाप सुत्केरीका ओछ्यानमा
किन लस्कियौ यसरी ?
ती हाम्री आमा हुन्,
भर्खरै स्वतन्त्रतालाई जन्म दिएकी
अझै रगतमै लतपतिएकी छन्
नुहाएकी पनि छैनन्
तिमी भने यो अस्ताचलको गोधूलिमा
हरियो घा“समा घिस्रिंदै
जिब्रो लप्लपाउ“दै किन आउ“छौ डस्नका लागि
ओडारबाट निस्किएर
बालकहरूका घा“टीमा बेरिन ⁄
जब हामी स्वतन्त्रतालाई अ“गालो मार्दै
मोहनीपाशमा वशीभूत भएका हुन्छौं
तिमी हानिदै सिधै हाम्रो बस्तीतिर
सहस्र फणा उठाउ“दै, फु“–फु“ गर्दै
किन आउ“छौ रात परेपछि
पटक–पटक स्वतन्त्रताको नाच बिथोल्न ⁄
तिमीले डसेका शिशुका लाशमाथि
श्रापित आमाहरूले कहिलेसम्म
आ“सु बगाउनुपर्ने हो,
तिमी आफ्नो ओडारमा नफर्किदासम्म
कति शिशिरहरू बाहिर काट्नुपर्ने हो ?
भन, नागेश ⁄
मुन्टो हल्लाएर मात्रै अब
समाधान निस्कदैन ।
हामीले के गर्न सक्दैनथ्यौं र तिमीलाई
जतिबेला हाम्रा बस्तीहरूमा आगो बलिरहेको थियो
धु“वा, आगो र बारुद झोसेर तिम्रो ओडार
ध्वस्त बनाउन पनि सक्थ्यौं
तर त्यसो गरेनौं
बरु शिवजीले झैं घाटीमा बेरेर
माला लगाएर नाच्यौं, हाम्रो शोभा भनेर
यो कस्तो मजाक आफ्नै इतिहासको
जुन कमजोरीको फाइदा उठाउ“दैछौ तिमी
अभागी सपूतका टाउकामा डसेर ⁄
हे नागेश ⁄
अब तिम्रा लीलाहरू यो धर्तीमा
सदाका लागि लोप हुने बेला आउ“दैछ
थोरै समय अझै बा“की छ
परीक्षितका वीर्यदानले
आमाहरू गर्भिर्णी भएका छन्
सर्पयज्ञको अनुष्ठान गर्न
आफ्ना कोखबाट जनमेजयहरूलाई जन्माउ“दैछिन्
हे नागेश,
हाम्रो निमन्त्रणा स्वीकार गर ⁄
मूर्ति सङ्ग्रहालयमा थन्क्याऔं
बालकृष्ण लामिछाने
कलाकार थियो कोही ढुड्डामा जो कला भयो
ढुड्डाको मूर्तिमा बेग्लै मान्छेको भावना प¥यो
मूर्तिमा चेतना छैन, शक्ति छैन तथापि यो
धरतीभरको स्वामी भनेर पुज्न थालियो ।
विनाभक्ति कुनै काम हुन्न रे आफूले गरे
मान्छे जो काम छाडेर मूर्तिकै भरमा परे
मान्छेको सृष्टिकर्ता ऊ विघ्नहर्ता भयो उही
आस्था टेकेर मान्छेकै जगमा चुलियो उही ।
मान्छेको चेतना जम्छ जमेको पोखरी सरि
धुप–दीप जलाएर हरेकृष्ण सधै“भरि
सारा अन्धो बनाएर मूर्तिले ज्योति छर्दछ
चेतबन्दी बनाएर मूर्तिले राज्य गर्दछ ।
आ“धी उर्लेर आयो कि रोक्तैन बा“धले कुनै
च्छो–रोल्पा ताल भत्कन्छ कुनै दिन अवश्य नै
आएर चेतना अहिले तात्दैछ सबको खुन
सभ्यता जड्डली पार्ने मूर्ति ध्वस्त बनाउन ।
उज्यालो ज्योति हो मान्छे धर्तीको धमिलो धुने
गतिशील हुनैपर्छ दृष्टि र चेतना हुने
युगले पनि फेर्दैछ साराको भूमिका जब
यो मूर्ति पनि थन्क्याऔं सङ्ग्राहालयमा अब ।
बुख्याचा
डा. बेन्जु शर्मा
नर्कटको हातगोडा
फुटेको हा“डीको टाउको
झुत्रा झ्याम्टा लुगामा
बुख्याचा
आफूलाई अभिनेता सम्झिरहेछ
नायक मानिरहेछ
हात फैलाएर औंला ठड्याइरहेछ
ऊ आफूलाई लोग्ने सम्झिएर
हु“कार कुर्लिरहेछ
कमान कसिरहेछ
ऊ यस युगको
नेतृत्वको नायक सम्झिएर
लगाम खिचेर
सबलाई घा“स खुवाइरहेछ,
कमानी भएर
भित्तामा टा“गिएको घडी बनाइरहेछ,
हा“डीभित्र गिदी छैन
शरीरमा मासु छैन
समझको चेतना छैन
हृदयको अनुभूति छैन
शरीरमा बल, बर्कत छैन
तर पनि आफूलाई
बालीको संरक्षक सोचिरहेछ
परिवारको रक्षक सम्झिरहेछ
टाउकोमा रित्तो फुटेको हा“डीको
थोत्रो ह्याट लगाएर
बाहिरी बोक्राको
खोक्रो बुख्याचा
हातमा लठ्ठी हल्लाइरहेछ
अब बुख्याचाको त्रासले
देश डर्दैन
अब बुख्याचाको आशले
घर चल्दैन ।
लोकतन्त्रको गीत
– विजय सुब्बा
कहा“ हुन्छ राजा प्रजा हामी भा’को ठाउ“मा
यही नै हो मूल मन्त्र जनताको नाउ“मा
जसले पिट्यो उसैलाई अझै राख्यौं भने
दुनिया“लाई छाडी उसकै मुख ताक्यौं भने
नरहन्छन् आफन्त नै न त टेक्ने माटो
यही रै’छ संघर्षमा देख्नै पर्ने पाटो
लड्नुहुन्न बारम्बार आनै लागि पनि
कसले भन्छ हामीस“ग दास रगत छ नि
यही युद्ध उस“गको अन्तिम हो लडौं
लोकतन्त्र ल्याइछाड्ने यौटै प्रण गरौं
यो कुन शताब्दी हो
भवानी क्षेत्री
साथीहरू हो ⁄
हामीले भोगिरहेको
यो समय
अ“ध्यारो हो ?
कि उज्यालो हो ?
सा“च्चै भन साथी हो ⁄
यो रात हो ?
कि दिन हो ?
म रनभुल्लमा परेकी छु
रात भनौं भने
भाले बासेको, धेरै बेर भइसक्यो
मिरमिरे हु“दै हाम्रो आ“गनमा
सूर्य पोखिएझैं पनि लाग्छ
उज्यालो वा दिन भनौं भने
डर र त्रास सर्वत्र थप्दछ
आतंकित मन बोकेर
त्रसित समयभित्र बा“च्नु
उज्यालोभित्र बा“च्नु हुन्छ र ?
साथीहरू हो ⁄
हामी बा“चिरहेको
यो कुन शताब्दी हो ?
यो आदेशले छेकिएको
कर्युमा थुनिएको
स्वतन्त्रता लुछिएको
प्रगतिका प्रत्येक पाइलामा
बारम्बार प्रहार भइरहेको
पंक्तिबद्ध रूपमा
बार र बन्देज तेस्र्याइएको
यो कुन शताब्दी हो ?
एक्काइसौं ?
कि अठारौं ?
साथीहरू हो ⁄
हामी मान्छे हौं ?
कि पशु हौं ?
मान्छे हौं भने
खै मान्छेले पाउने अधिकार ?
पशु हौं भने
के हामी जंगलमा छौं ?
जंगलमा छौं भने
जंगलमा शासन गर्ने को हो ?
बाघ कि सिंह ?
मान्छे कि पशु ?
उपस्थिति
मिलन श्रेष्ठ
जसरी उज्यालोको उपस्थितिमा
अन्धकार विलिन हुन्छ ।
प्रेम, सदभावको उपस्थितिमा
राग, द्वैष, घृणा विलिन हुन्छ
ज्ञान र विज्ञानको उपस्थितिमा
अज्ञान, अन्धविश्वास विलिन हुन्छ
सत्य र न्यायको उपस्थितिमा
असत्य र अन्याय विलिन हुन्छ
उदारता र महानताको उपस्थितिमा
संकीर्णता र तुच्छता विलिन हुन्छ
त्यसरी नै
अग्रगमनको उपस्थितिमा
सदाको लागि प्रतिगमन विलिन हुन्छ
अनि
लोकतान्त्रिक गणतन्त्रको उपस्थितिमा
सदाको लागि निरंकुशतन्त्र निर्मूल हुन्छ
सौन्दर्यको आकार
मणि लोहनी
चारैतिर फैलिएको छ
सौन्दर्यको जादू
त्यो खैरो÷पहेंलो काठको मुढामा
फलामे छिना र बसिलोमा
काठकै मुङ्ग्रो
तिम्रो चलायमान औंला
या निख्खर कालो आ“खा
जो खोजिरहेछ काठको मुढोमा सौन्दर्यको आकार
बाहिर सडकमा आन्दोलनरत विद्यार्थी आक्रोश
रङ्गहीन आ“सु पिउन बाध्य निमुखा जनअनुहारहरू
चारैतिर फैलिएको छ
सौन्दर्यको जादू
पर त्यो अग्लो घरमा बस्ने मान्छे
उसको वरिपरिको बन्दुक
क्रूर आ“खाको सौन्दर्य
या उसको ओठमा नसुहाएको प्रजातन्त्र
यी सबबाट बेखबर,
प्रसवमा छट्पटिएर लडेकी ती महिला
जो जन्माउन खोजिरहेकी छ– शिशु गणतन्त्र
र टाउको निकालिरहेछ– राजहठको उद्वण्ड बालकले ।
हैरान छन् प्रेमीहरू
र झुन्डिएका छन् एक साथ
काठमा सक्रिय त्यो आत्महत्या
तन्नेरीलाई अल्मल्याउन यौनक्रियामा लिप्त त्यो जोडी
चारैतिर फैलिएको छ
सौन्दर्यको जादू
बेवारिसे ढुङ्गा र काठहरूलाई माया गर्ने किरण मानन्धर
राज्यद्रोहको आरोप खेपिरहेको गगन थापा
टोपी फुकालेर सडकमा ओर्लेका कनकमणि
रोजगारका नाममा कविता फलाकी हिंड्ने श्रवण मुकारुङ
मानवअधिकारवादी कृष्ण पहाडी
या कविता लेखि हिंड्ने यो मणि लोहनी
सबै काठको बेवारिसे मुढोजस्तो देशमा
बिछ्याइरहेका छन् आ–आना सीप
र खोजिरहेछन्
शान्ति
र नागरिक अधिकारको सम्मान ।
म ठम्याउन सक्दिन“,
कलाकारहरूले कु“दिरहेको काठहरूमा खुल्दै गरेको सौन्दर्यको आकार
र सडकमा विद्यार्थीहरूले कोरलिरहेको गणतन्त्रको अनुहार
किन उस्तै उस्तै छ ?
म कुमारी प्रजातन्त्र तेस्रो विश्वकी
मञ्जु का“चुली
भूभागहरूलाई देशदर्शन गर्दै–गर्दै
यस भूमिभित्र भित्रिएकी छु
मलाई रथमा मूर्तिवत् पार्दै
चारैतिरबाट झ्याइ“कुटी पारेर
नैवेद्य–भेटी थुपारिंदा म मेरै नामको हेत्वाभासले
सताइरहेकी छु
जुन चीज म दिइरहेकी छु
त्यो तिमीले लिन सकेका छैनौ, चाह“दैनौ
जुन चीज मबाट तिमी हत्याउन चाहन्छौ
त्यो मैले दिन चाहेकी छैन
मेरो भावना र दायित्वको कदर गर्ने
तिम्रो रगतमा त्यस्तो रसायनको तागत छैन
म कुमारी प्रजातन्त्र, तिमी पटके व्यभिचारी
तिम्रो र मेरो आमन्त्रण र लेनदेनको व्यवहारमा
ओजस्विता र अनुशासनको तालमेल छैन
मेरो भर्खरको नया“ आस्थाको
स्वतन्त्र आकाशजत्रो चाहना छ
तिम्रो पुरानै बानी–बेहोराको आनै आ“खाको तुवा“लो
बुङ्बुङ्ती मेरा अगाडि अझसम्म उडेकोउड्यै छ
बीचमा पारस्परिक असङ्गतिको ठूलो पुरानो नाङ्ले भ्वाङलाई
नाङ्लाकै एउटा पातलो घेराले जोडेको जोड्यै छ
कठै ⁄ अझै त्यही बेलिब्रिजका मसिना करङहरूले
तिमीलाई र मलाई एउटै बसको छतमुनि धानिराखेका छन्
शिष्टता र सभ्यताका विरुद्ध तिमी
उही आनो पुरानो थाप्ने गरेको
माटोको बिट मिलेको ‘भा“डो’
बजार–बजारभर खोजिहिंड्दै छौ
म रुष्ट भएकी छु आजसम्मको तिम्रो यस्तो
असमर्थता र नामर्दीपनदेखि
यस्तो बेला तिमीले केही गर्नुपर्ने हो
आनै लागि भनेर
धुवा“ भए पनि, आगो भए पनि
बालुवा भए पनि, खरानी भए पनि
केही त ओढारबाट ओकल्नुपर्ने हो
मेरो यो आधुनिक सोकेस होइन
केवल देखाउनका लागि तिमीलाई भनेर
कमसेकम तिम्रो पराक्रम–अङ्कित धातुका
आकारहरूले
यसका खण्डहरू भरिनुपर्ने हो
फेरि उही सनातन संस्कारको संरचनाको
आ“खाले
मेरो तरुण रक्तप्रवाहलाई
खोतल्न खोज्दैछौं
नया“ कमिजको पुरानो तिरमिरे बुट्टाको
आवरणमा बेरिएर
स्नेहविनाको दुर्गन्धित श्वासले
मलाई बेर्न खोज्दै छौ ⁄
कुहिएको गोबर–माटोको लिउनले टम्म टालिएको
चेतनाको भित्ते झ्याललाई
अझै टाल्न प्रयत्नरत छौं
मेरो चाहना र तिम्रो व्यवहारका बीच
पुनर्निमित पुरानै भ्यागुते ज“घार तेर्सिएको छ
तिम्रा र मेरा पारस्परिक असङ्गतिका पाइलाहरू
भड्खालाको दुई चुचुरामा पुगेका छन्
सिद्धान्ततः हामी दुवै एउटै विधानको दायराभित्र
अक्षरका दा“त देखाएर बा“चेका छौं
जमिनभन्दा अलि पर छुट्टाछुट्टै विचरण गरिरहेका
स्वतन्त्र बादलका दुई टुक्राहरूझैं
एउटै आकाशको बिटले घेरिएर
केवल दुई पुनः परिचित स्त्री र पुरुष भएर
एउटै कोठामा उस्तै थोत्रो मेचमा, अलिकति मानिसहरू भएको
कोठाभित्रको अलिकति प्रदूषित हावाले निसास्सिएर
अलिकति कृत्रिम मुस्कानको अ“ध्यारो किरणले
सीमित भित्ताहरू पोतेर
हामी दुवै तेस्रो विश्वको स्वतन्त्रताको पारस्परिक दिनचर्या
बा“चिरहेका छौं
म कुमारी प्रजातन्त्र, तिमी पटके व्यभिचारी
आज हामी एउटै कोठाभित्र सन्जोगले
बन्दी जीवन बा“चिरहेका छौं
न त तिम्रो र मेराबीच उम्मेदवारीको कुनै सम्बन्ध र अर्थ छ
न त सुमधुर लगनगा“ठो
वा हृदयगा“ठोको कुनै संभावना र परिकल्पना नै छ
म कुमारी प्रजातन्त्र तेस्रो विश्वकी
तिमी पटके व्यभिचारी तेस्रो विश्वका
केवल एउटै युगको एउटै कोठाभित्र
दुवैले यस जुनीभर
बन्दी जीवन बा“च्नु छ ।
दुर्गन्ध
मनोज न्यौपाने
कसैले सोध्छ भने मलाई
‘मुकुट गनाउ“छ कि जुत्ता ?’
मेरो जवा˚ हुन्छ–
‘मुकुट’
हो, मुकुट देख्दा सुन्दर हुन्छ
निकै आकर्Èक हुन्छ
तर यो सबै जलपको चमक मात्र हो
जब मुकुटको भित्री भाग
हत्याहिंसा, पाखण्ड, बर्बरता र Èड्यन्त्रस“ग जोडिएको थाहा हुन्छ
जो कोहीलाई मुकुट ‘सिनु’ गनाउ“छ
(सिनु भनेको सिनु नै हो
यसलाई नपुरे महामारी ˚ैलिन्छ)
उर्दी त
जुत्तागान नलेख्नू, मुकुटस्तुति
लेख्नु भन्ने छ
जसले जे उर्दी लगायो,
त्यही मान्नु भन्ने के छ ⁄
आ˚ूलाई त सबैभन्दा
मन नपर्ने दुर्गन्धको नाम हो, दासता
त्यसैले
के–को गर्नु र उर्दी सुर्दीको पालन ⁄
किन पो छोड्नु र, लेख्नु जुत्ता गान ⁄
बरु जेलतिर डेरा सरिन्छ
छाती खोलेर गोलीलाई स्वागत गरिन्छ
मुकुटलाई सिनु भन्न छोडिंदैन
भनिरहिन्छ, भनिरहिन्छ
हामी उठेपछि
मिश्र वैजयन्ती
हामी सुन्दर बारी बनाएर
फुल्न खोज्यौं तिमीस“गै
तिमीले सुम्सुम्याउ“दै चिमोटेर
पैह्रो झारिदियौ
हामीले पैह्रोमा पनि त तिमीलाई
लपक्क टा“सिएर हा“सी हा“सी छोइरह्यौ
तिमीले पत्थरका हिमाल उठायौ
हामी कति आज्ञाकारी थियौं
पत्थरमै पनि त फुल्नै खोज्यौं
तर तिमीले रगतको होली रचायौ
तिमीले शिर हाडहरूको टोपी लाएर
चम्किन चाह्यौ निरन्तर
आज हामी आफ्नै आ“गनमा
निर्वासित सूर्य भएर
उज्यालोको कामना नगर्ने आरोपमा रड्डियौं
र होस फिरेको बिपना बोकेर
आवाजको खेती गरिरहेछौं
हामीस“ग तिम्रो निरङ्कुशताको जवाफ
अनन्त हातेमालो छ ।
पड्क“दै गर वम र बन्दुकमा
विचार–भावना र लोकतन्त्र
तिम्रो बारुदभन्दा तल कहिल्यै हु“दैन ।
तिमी घट्दै गइरहेछौ मान्छेहरूमा
हामी बढ्दै जा“दैछौं मनहरूमा
हामी तिमीजस्तो सपनाको खेती गर्दैनौं
हामीस“ग श्रमको बिपना छ ।
तिमी–तिम्रा भक्तका कुटीमा
तिमी नै छैनौ– केवल भजन छ,
भजनका रागहरूमा– अनुराग छैन
केवल लिप्सा छ ।
हामीभित्र जीवनको गन्ध छ
जब हामी जीवनस“ग हिमाल भएर उठ्छौं
तिम्रा सपनाको सिसमहलको भग्नावशेष
इतिहासको पानामा चेपिएको हुनेछ ।
एक्काइसौं शताब्दीको
बादशाह र नया“ लुगा
महेश मास्के
२१ सौं शताब्दीको एउटा बादशाह
निर्वस्त्र
सवारीमा निस्कन्छ
उसले पढेको छ
बादशाहको नया“ लुगाको कथा
तर कथाको बादशाहझैं
ऊ अन्यौलमा छैन
भ्रममा पनि छैन
उसलाई थाहा छ ऊ सर्वाड्ड नाङ्गो छ
तर वस्त्रहीनताको यथार्थ टेकेर उभिएको बादशाह
लालायित छ, उत्सुक छ
२१ सौं शताब्दीमा नया“ लुगाको चर्चा सुन्न
त्यसैले ऊ
निर्वस्त्र
सवारीमा निस्कन्छ ।
२१ सौं शताब्दीमा
सवारीका दर्शकहरू लाममा उभिएका छन्
बादशाहको नया“ लुगाको चर्चा चलिरहेको छ
भलाद्मीहरू राजसी पोशाकको बखान गरिरहेका छन्
भाटहरू त्यसमा सही थाप्दैछन्
भनिरहेछन्
“अहा ⁄ कस्तो अद्भूत प्रजातान्त्रिक पोशाक ⁄”
र दर्शकहरू चुपचाप हेरिरहेका छन्
उनीहरूले पनि पढेका छन्
वस्त्रहीन बादशाहको सवारीको कथा
तर बादशाहलाई
“तिमी निर्वस्त्र छौ”
भनिहाल्न सकेका छैनन् ।
२१ सौं शताब्दीमा पनि
बालकहरूले सत्य बोलेका छन्
बादशाह नाङ्गो छ भनिसकेका छन्
तर एकादेशको कथा
र आजको यथार्थमा
फरक यो छ कि
बालकहरूले बादशाहको शरीरमा लुगा नभएको बताइसकेपछि पनि
भलाद्मीहरूले नया“ लुगाको प्रशस्ति गाउन छाडेका छैनन्
न बन्द नै भएको छ
निर्वस्त्र बादशाहको÷सवारी निस्कने क्रम
हान्स एन्डरसन ⁄
२१ सौं शताब्दीमा
यथेष्ट हु“दैन रहेछ
मात्र बालकहरूको आवाज
निर्लज्ज बादशाहलाई घोडाबाट ओराल्न
चाहिने रहेछ
दर्शकहरूको समवेत स्वरबाट गुञ्जिने
विद्रोहको नाद ⁄
टुकुचा
मातृका पोखरेल
मलाई गनाएझैं
धेरैलाई गनाएको हु“दो हो
टुकुचाको पानी ।
टुकुचामा हिजोआज
जस्तोसुकै खुट्टा लगेर चोप
झनै फोहोर हुन्छ,
जस्तोसुकै प्राविधिक टाउको पखाल
झनै दुर्गन्धित हुन्छ,
कपडाहरू लगेर धोऊ
झनै मैलो हुन्छ,
अचेल टुकुचा
उहिले उहिलेको जस्तो छैन ।
इतिहासको कथाजस्तो
भएन अब टुकुचा,
धेरै भइसक्यो
कुमारी रगतका भ्र्रूणहरू
बगाउन थालेको ऊ,
बोरामा लासहरू कुहाउनु
मान्छेका टाउकाहरू दूषित बनाउनु
उसका योजानका खाकाहरू हुन् ।
उहिले उहिले ऊ
आना किनारहरूमा
किसानहरूस“गै खेल्थ्यो
हिलो माटो बोकेर
सा“झ फर्कन्थ्यो घरमा,
सिंहदरबारबाट शासित ऊ
प्रत्येक रात
किसानहरूका डबलीमा
आनो पीडा गाउन मन पराउ“थ्यो
जब ऊ समयस“गस“गै शासक बन्यो
समयस“गस“गै गनाउ“दै गयो ।
अचेल टुकुचा,
किसानहरूको सिनाज्याम्मे (रोपाइ“ गर्दा गाउने गीत) सुन्दै
बागमतीतिर बग्दैन,
मान्छेहरूलाई नाक छोप्न लगाउ“दै
सैनिक ब्यारेकतिर लुक्छ,
अचेल टुकुचा,
एक हल रोपाइ“ गर्न
आनो छेउमा बेखामानलाई बोलाउ“दैन
एक हुल तस्करहरूलाई
आलिशान महलहरू बनाउन
आनो किनारतिर निम्त्याउ“छ ।
अचेल टुकुचा,
उहिले उहिलेको इतिहास जस्तो छैन
अचेल टुकुचा,
उहिले उहिलेको जस्तो प्रिय छैन ।
सेना र प्रहरीसित
मित्रलाल पंज्ञानी
प्यारा सैनिक हो ⁄ पुलिसहरू हो ⁄ क्यै भन्छु है सुस्तरी
चिन्नैपर्दछ राष्ट्रसेवक तिमी को हुन् यहा“का अरी
ठम्याऊ बुझ देशघातक छ जो घृणा उसैमा गर
भोका पीडितमा गरिब जनमा माया उज्यालो छर
सोसी खान्छ र जो डकार्दछ सधै“ लाखौ“ रुवाइकन
पैसा लग्छ विदेशका सहरमा देशै डुबाइकन
आस्था छैन यहा“, छ दूरतिरको अन्तै कतै चिन्तन
त्यै हो संकटको मुहान धमिलो यो देशको दुश्मन
सम्झन्छन् यस देशलाई जसले गाई र भैंसीसरि
आएसम्म दुहिन्छ दूध रसिलो बाल्टी र गौवाभरि
नाता जोसित छैन मातृवत क्यै गर्दैछ व्यापार जो
बेच्ला दूध सुके कसाहीहरूमा हाम्रो विरोधी छ त्यो
नाफा हेर्दछ नित्य व्यक्तिगत जो लाग्नेछ भोलि कतै
ठूलो क्रान्ति उठाइनेछ बलियो भाग्नेछ भोलि कतै
हाम्रो छैन विकल्प अन्य थलमा यै वास हो केवल
आस्थादीप जगाउ“छौं र यसमै पोख्छौं पसिनाजल
एक्लै हिंड्दछु भन्छ ऊ सडकमा लागेर कुर्ची नशा
हामी सत्तुर होइनौं, छ समता तिम्रो र हाम्रो दशा
तिम्रो जे छ यही“ छ, जीवनदिशा टाढा कहा“ के छ र ?
बाचौं आऊ स“गै भुलेर नपरे भाग्नेहरूका भर
जन्मेथ्यौ“ जुन झोपडीतिर तिमी पाहाडको काखमा
दुःखी दर्दमयी गरिब घरमा दारिद्र्य–वैशाखमा
हामी त्यै घरका जहानहरू हौं अन्याय ठूलो परी
आएका युगबोध भै सडकमा हारी नफिर्ने गरी
आमा बा दिदी भाइ बैनी भतिजा तिम्री पियारी सखा
सिल्पी मानिस छौ“ यसै जुलुसमा यो देश नेपालका
हामी मारिन हुन्छ हुन्न ? बुझ यो माटो यहींको खनी
मर्नै बेस छ क्यै मरी मुलुकमा पर्दैन घाटा भनी
(‘गतिमान् गण्डकी’ खण्डकाव्यबाट)
यो युगको विच्छेदन
मुरारी पराजुली
रातभरि बलेसीबाट खसिरह्यो
आदिम निरंकुशताको झरी
र घृणाको ताप्के उठाएर
निलिरह्यौं उसको रहरको बान्ता ।
अशिष्ट श्रीपेचको सिउर हल्लाउ“दै
असामयिक बासी खिचडी खोजेर
हाम्रो अभिमानको छातीमाथि
उसले मध्ययुगीन बुटले कुल्चिन खोज्यो
इतिहासको खाटा खोल्स्याएर
˚ेरि पनि उसले
नरभÔी नङ्ग्राले अर्कोपटक
हाम्रो स्वाधीनताको उपहास ग¥यो
युगको वÔस्थलमा गानिएको उन्मुक्ति सुकाएर
मुतको टाटामा दुर्मतिको निद्रा खोज्यो
अ“धेरी रातमा
विकलाड्ड आकांÔाको बिस्कुन सुकाएर
चट्टानले उठेका हाम्रा ढाडमाथि
उसले असान्दार्भिक धृष्टताका पुलहरू तर्न खोज्यो
बधशालामा निहत्था अÔरको हत्या गरेर
वाणीको नाकाबन्दीमा गरालो तेछ्र्याउ“दै
आ˚ूले भने
भन्नु नभन्नु भन्यो हामीलाई
सत्तासराप ग¥यो हामीलाई
हाम्रै निधारमाथि टेकेर उसले
अस्वीकृत मान्यताको झाडा बस्यो
असामयिक रहरको बान्ता ग¥यो ।
हाम्रो आस्थाको सहरमा उसले
बलात्
अनर्थ नाली खन्न खोज्यो
सताएर हामीलाई उल्टै
समयातीत अटेर मुखिया बन्न खोज्यो
थान्को लगाएको थानबाट उठेर
हाम्रो स्थानको अपमान ग¥यो
धुलो जमेको श्रीपेच टक्टक्याएर
हाम्रो विश्वासलाई तर्साउन खोज्यो
विÔिप्त उसको रमिताले व्याकुल
माटोमा देख्दैछु लाभा उठ्दैछ
पानीमा देख्दैछु आगो बल्दैछ
यतिबेला
खोई तपार्इं के गर्नुहुन्छ ?
मैले भने उसलाई चटक्क छोडेको छु
उसको खियाग्रस्त अनुहारलाई विदा भनेको छु
हेर्नुस्, यो युगको विच्छेदन हो
तपाईं या यता लाग्नुहोस्
या उता लाग्नुहोस््
तर बीचमा भेटिने छैन कुनै सुरÔित स्थान
सेतो हिमाल मुन्तिर
मोदनाथ प्रश्रित
अब यो सेतो हिमाल मुन्तिर कालो छाया टिक्दैन
मरिसकेको युगका अन्धा जर्जर मरणासन्न पिचास
नया“ जमाना नया“ भावना बबुरा तै“ले के बुझ्लास्
तेरो झा“क्री झस्का हठले युगको आ“धी रुक्दैन
अब यो सेतो हिमाल...
बल्यो बल्यो हेर मुक्ति ज्वाला युवाहरूको छातीमा
अब हेर तेरा काल पास ती श्रमिक वर्गको ता“तीमा
अजेय तेज लिई क्रान्ति सूर्य यो अब नउदाई छाड्दैन
अब यो सेतो हिमाल...
अन्धकारमा बसी कुनामा भुन्भुनाउ“दै कुहे हिलोमा
रगत हसुर्ने ए लामखुट्टे अचेतनाको निद्रामा
बुझिस् फिराइल डि.डि.टी. नछर्की अब जनताले छोड्दैन
अब यो सेतो हिमाल...
जनता लाटा सधै“ हु“दैनन्, इतिहास उसैगरी उल्टिन्न
जाल फिंजाइ“ लुक्ने माकुरी अब जनता यो बल्झन्न
धूर्त, विदेशी सा“ठगा“ठले जनआकांक्षा दब्दैन
अब यो सेतो हिमाल....
देश बेचुवा, ए जनद्रोही, भ्रष्टतŒवका ए ⁄ बनिया“
आत्मबेचुवाहरूको घरमा छकाउलास् कति दिन दुनिया“
तेरा धाक र जुठोपुरामा क्रान्तिवीर अब बिक्दैन
अब यो सेतो....
देख्दैनस् के जार ढले हिटलर नाजी र मन्चु ढले
मै हु“ भन्ने शाहहरूका बाबु शाहंशाह ढले
तेरो शासन र तानाशाही नोकरशाही अट्दैन
अब यो सेतो ...
बाघ प्रतिगमन पो हो
मोहन दुवाल
प्रतीक्षारत छु
शान्तिकै सौम्य मुहार हेर्न
म लालायित छु
शान्त परिवेशकै चेहरा मुसार्न ।
किन सकिरहेको छैन
घामजस्तो उज्यालो मुहार हेर्न
किन खोज्न चाहिरहेका छैनन्
प्रतिबद्धता, सहमतितर्फको अग्रगमन
अनुहारमा काइ जमेकाहरू
मनका दरिद्रता खोप्नेहरूले
घर, राज्य, समाज चलाइरह“दा
कस्तो थिति जम्ने हो परिवेशमा
अ“ध्यारा क्षणहरू हेर्न मन नपरे पनि
हेर्न बाध्य तुल्याइरहेछन्
म पनि हेरिरहेछु
उनीहरू पनि मजस्तै ट्वाल्ल परेर हेरिरहेछन् ।
सुखद सङ्केतको खोजीमा रम्ने हामीहरू
पानीका आ“सुमा पनि विश्वासका अनुभूतिहरू साटिरहन्छौं
सम्भावनाका मनोहारितामा भावना साट्ने हामीहरू
घामका पसिनाहरूमा पनि उत्सर्गका स्पर्शहरू फुकाइरहन्छौं ।
प्रतिगमन भनेको
प्रगति होइन
किन दुर्गतिका प्वालहरू खोज्दै
मुसाहरूजस्तै दुलाभित्र लुक्न खोजिरहेको ?
अ“ध्यारो होइन
उज्यालो पो खोज्ने हो
किन प्रकाश दिंदै गरेका बत्तीहरू निभाइरहेको ?
दुर्गति–
दुर्मति–
कसैले कसैलाई बोक्न लाउ“दैन
त्यो त
आफैंले जानेर वा नजानेर
बोक्दा रहेछन्
के तपाईंले पनि
आफूलाई ऐनामा छाया पारेर
कहिल्यै आफैंलाई हेर्नुभएको छ ?
बाघ प्रतिगमन हो
मान्छेको वस्तीमा
किन मुहार देखाइरहन दिइरहेको ?
बाघ मान्छेको मित्र हुनै सक्तैन
किन मान्छेकै मित्रजस्तै सोचिरहेको ?
किचकन्नी
मधुसुदन गिरी
ओेक्कल दोक्कल बासी बेगक्कल
जब म आ“गनमा उभिएर ना“च्दै–रमाउ“दै
जून र घामस“ग लुकामारी खेलिरहेका हुन्थे“
बुद्रुक बुद्रुक, बाख्राको पाठोझैं उफ्रि“दै–उफ्रि“दै
तारा बटुलेर पोल्टोमा सपना
एक एक दुई, दुई पा“च...
जब म जिन्दगीका गट्टा खेल्न तम्सिरहेको हुन्थें
चा“दनी पिएर तरुनी रात
जून नुहार सर्वाड्ड स्निग्ध
हु“ हु“ हु“, हु“ हु“ हु“, अनिष्टका गीतहरू गाइरहेका हुन्थे
बरको रूखबाट जतिबेला हुचिलहरू
हो, त्यतिबेला–
मेरी आमा मलाई तर्साउनु हुन्थ्यो
“ए है अ“ध्यारोमा नजाऊ सानुबाु,
अ“ध्यारोमा किचकन्नी हुन्छे
उल्टो फर्केका पैतला, किचकन्नी सधै“ उल्टो हिंड्छे,
थाहा छैन यो कुनै आदिम विषकन्या
वा सम्मोहन सुन्दरी
डमडम डम, डमडम डम
मान्छेहरू, अलिकति भजन, अलिकति किर्तन
किचकन्नी गीत गाएर नाच्दै रमाउ“दै
फूल, माला, अवीर
लड्डु चढाएर आशीष थाप्दैछन् थाप्लोभरि
तर विडम्बना ⁄
बिरालोले खेलाएझै“ मुसोलाई
किचकन्नी आनै सन्तानलाई खेलाउ“छे
र मुसाकै रगतले मुख धु“दै गरेकी छ
रगतले मुख धोएर सखारै
रगतकै पिएर सिङ्गै समुद्र
‘सय मुसा खाएर बिरामी तीर्थ गर्न हिंडी”
किचकन्नी मन्दिर मन्दिर धाउ“दै
ज्वालामुखीले च्यातेको यो प्रेतकाया
किचकन्नीको कुनै नैतिकता हु“दैन
किचकन्नीको कुनै इमान हु“देन
धर्म हु“दैन
यसैले त म भन्छु मेरो हजुर,
कालो सर्पले निल्दै लगेझैं सेतो भ्यागुतो
यो धर्तीमा रहेसम्म किचकन्नी
जून, घाम
किचकन्नी सधै“ उज्यालोलाई खान्छे
विपक्षी आस्था र विश्वासको
विरासतमा नया“ मानचित्र
यज्ञराज प्रसाईं
ज्यादतीले इतिहासमा आसन जमाइरहेको बेला,
आत्मीयता बिरानो हु“दै गएको यो क्षण
खोइ स्निग्धता मेरो माटोभित्र
र कसरी देशलाई मेरो देश भनू“ ?
परिवर्तनको अनुच्छेद रु“घेर यो बेला,
पुषत्वहीन बूढो सा“ढे डुक्रिरहेछ मेरो माटोमा,
कसैको ढाडसमा मैमत्त बनेर यसले,
बाटोघाटो छेकिरहेछ यतिबेला
किन औताउ“छ यो बाटो छेकेर,
किन बहुलाउ“छ यो बाटो ढाकेर
विध्वंसको प्रतीक बनेर महाप्रलय निम्त्याइरहेछ ।
प्रजातन्त्रको फराकिलो मन लिएर हिंड्न
यो गोरेटोमा एक पाइलो बाटो पनि छैन,
मन राख्ने सानो विश्वास पनि छैन,
यसबेला त आनु भन्नु एक मुठी श्वास पनि छैन ।
कति सकारौं तिम्रो दादागिरीलाई कथाभित्र,
कति सकारौं तिम्रो देवत्व दुर्नामका कथाभित्र ?
किन हुन्हुनाउ“छ यो सडक थुनेर सा“ढे ?
खुट्टाले खोस्रेर धुलो छाती पिटिरहेछ–
निर्लज्ज होक्का“को हुङ्कारमा युग फर्काउने,
व्यर्थ धमासको मृत्यु–शैøयामा खडा गरिरहेछ ।
बारी करेसा र सडकमा जगजगी उठाइरहेछ यसले,
सन्त्रासको शंखनाद जगाउ“दै रात–बिरात,
घर–घरमा निद्रा लुटिरहेछ,
र होक्का“को छापा र कर्यु उठाइरहेछ ।
हजार वर्ष आराधना ग¥यो समयले उसलाई,
उसको अश्लील कर्तुत ज्योतिर्लिड्ड बन्यो ।
असचेत स्वैरकल्पनामा शिव भनेर,
पार्वतीस“ग जोडिएका अश्लील कथाहरूमा पानी चढाउ“दा
ऊ महादेव बनेर मैमत्त बन्यो,
ऊ बिस्तारै उन्माद र धुन्धुकारी बन्दै गयो ।
यसले गतिशील समयलाई पटक–पटक हत्या ग¥यो,
काण्डैकाण्डभित्र गतिलाई उल्टाउने दुष्चेष्टा ग¥यो ।
रात–बिरात सन्त्रास रोपेर वस्तीभित्र–
मानिसहरूलाई लखेट्दैरह्यो ।
जबर्जस्त आनो कथाको पाना थपेर–
लज्जास्पद पुस्तकको पुनर्मुद्रण गर्दै रह्यो ।
विस्तारै देश गाउ“ बन्दैछ दासहरूको,
विस्तारै देश घाउ बन्दैछ मृत्युहरूको,
एकादेशको कथा होइन यो–
अफ्रिकी दासको कथा पनि होइन यो,
अहिले मेरो देश मान्छे बेच्ने गाउ“ बनेको छ,
आ“सु र रगत बेच्ने विवश वस्ती बनेको छ ।
यो विवशता किन नजोडू“ उसको महात्म्यस“ग,
किन नजोडू“ उसको ताण्डव र अश्लील कर्तुतहरूस“ग
प्रत्येक कोतपर्वमा समयलाई विशृङ्खलित ग¥यो उसले,
गतिलाई उल्टाउने दुष्चेष्टा ग¥यो,
शहीदको सालिक निर्माण गरेर चौबाटोमा–
समयलाई झुक्याउने चाल गर्दैरह्यो ।
तर समयलाई रुघिरहेको पुंसत्वहीन बूढो सा“ढे
व्यर्थ गति रोकिरहेछ यतिबेला ।
कसैको ढाढसको दैवी कल्पनामा उन्माद बनेर,
यहा“ व्यर्थको होक्का गरिरहेछ ।
निर्दोष गाउ“वस्ती लखेट्दै,
व्यर्थ धमासको मृत्युशैøया खडा गरिरहेछ,
प्रत्येक छातीमा आगो सल्किरहेको बेला,
कोरा दीप प्रज्ज्वलन र शान्तिको रागले के हुन्छ ?
उसको हैकमको विरासतमा यसबेला–
आ“सु र रगतको अमीट रेखाड्ढनले,
एउटा यत्रै यस्तै माटोको नया“ मानचित्र,
विपक्षी आस्था र विपक्षी सपना लिएर जन्मिंदैछ ।
बरु केही छिन उसैले जितोस्
यानेन्द्र विवश जी.सी.
जब भेटाउ“छु जुलुसहरूमा उसको तस्विर
झस्किन्छु पटक–पटक
तर तस्विर सिंगारिएको छैन ˚ूलमालाले
सिंगारिएको छैन अबिर–जात्राले
मान्छेहरूको लामलस्करले
मलामी जस्तै स्याउ–स्याउती देख्छु मान्छेहरू
जसले जलाइरहेछन् उसकै तस्विर
जिन्दावाद, मुर्दावाद
तिनीहरू अचेल सडकमा नारा लगाइरहेछन् ।
नझस्कू“ पनि कसरी ?
विश्वास गरू“ पनि कसरी ?
तिनै आवाज हुन्
हिजोका ¥यालीमा जय–जय गरेको
तिनै शिर हुन्
उसको तस्विरमा निहुरेर लम्पसार परेको
देश यही हो
नागरिक यिनै हुन्
यो सपना हो वा विपना
म अलमलमा छु
म अन्यौलमा छु
आजकल,
सबैको हातमा देख्छु उसको तस्विर र एक का“टी सलाई
जसले दहन गरिरहेछन् उसको देहको
र कुर्लिरहेछन् सडकहरूमा
मुर्दावाद, मुर्दावाद
देश छोड, देश छोड
˚ा“सी दे ⁄ ˚ा“सी दे ⁄
अलि वर्È पहिले
भन्नुहुन्थ्यो हजुरबुबा
प्रजातन्त्रमा सबैको जीत हुन्छ
तर आज
के गर्नुभएको हजुरबुबा
जित्नुभएको कि हार्नु ?
नखेल्दा खेल हारजितको के कुरा हुन्छ र ?
पटक–पटक जित्नेले
एक दुईपटक हार्न सक्छ
तर जित्दा
˚ेरि कहिल्यै नहार्ने गरी जित्छ
त्यसपछि के बाजी हुन्छ र उस“ग ?
मैले सुनेको छैन कहिल्यै
पहाड हारेको कथा
बेगवान् हुरी र उर्लंदो नदीले
हारेको कथा
त्यसैले चोक–चोकमा
गल्लीगल्लीमा
भोकको भारीले च्यापिएका मान्छेहरू जागिरहेछन्
सायद उसको सिंहासनमा आगो झोस्न
रा“को समातिरहेछन् हातहातमा
र टायर बालिरहेछन् – सडक–सडकमा
गल्ली–गल्लीमा ।
केही छैन,
पटक–पटक जित्नेले
एक दुई पटक हार्न सक्छ
बरु अब जित्दा
केही कठिन हुन सक्छ
नरसंहार मच्चिन सक्छ
टाउको गिडिन सक्छ
बाघ बहुलाएको छ नगरकोटमा
जहा“ तहीं आउन सक्छ
बहुलाएको बाघको के ठेगाना ?
जो पनि निशाना बन्न सक्छ
हो हजुरबुबा, बरु केही छिन उसैले जितोस्
बरु केही छिन् उसैको जयजय गान गाइयोस्
ठाउ“–ठाउ“मा पुजिन्छ भने पुजियोस्
अभिनन्दन गरिन्छ भने गरियोस्
तर हामीले
अब कहिल्यै खेल्नु हुन्न हार्ने खेल
कहिल्यै गर्नु हुन्न जालझेल
कहिल्यै नहार्नको लागि
एक दुई पटक हारेर के ˚रक पर्छ र हजुरबुबा ?
अब कहिल्यै नहार्ने गरी जित्नुपर्छ
अब कहिल्यै नहार्ने गरी जित्नुपर्छ ।
गजल
रामबहादुर थापामगर
फुल्छु भन्छन् चार वर्ण छत्तीस जातका फूलहरू
किन घुम्छन् दरबारतिरै भमराका हुलहरू ?
बुझेसम्म जानेसम्म गोडेकै हो फूलबारी
मालिहरूको सल्लाहमा गर्न पुगें मूलहरू
मालिक बन्न धेरै फूल छा“ट्न पनि थालेकै हो
बित्थै गरें थुन्ने कोसिस सुवासका मुलहरू
गल्तीले नि वाणले भन्दा धेरै दुख्दो रैछ
लाग्छ अहिले गडिरहेछन् मुटुभित्र सुलहरू
कस्ता मालिक आउने होलान् बगैंचामा अब
लाग्छ अब धराप भयो मेरो वंश कुलहरू
छोडिदिए मुख थुनी अक्कर जस्तो भीरमा
अब कस्तो बन्ने होला मैले तर्ने पुलहरू
सकेजति गर
रमेश पोखरेल
देशैभरि शान्तिको भेल बगाइदिने रे
सबै मिले विकासले सजाइदिने अरे
महङ्गीले थिच्यौभन्दा हाली जेलनेल
मानौं शान्ति बाढी हो रे बगाइदिने भेल ।
हिजो गल्ती देखिन्नथ्यो सम्मानमा बस्दा
सर्वाड्ड भो चटकेको खरानी यो घस्दा
शदियौंको धमरधुस्से बूढो रूख फाली
गाउ“की ठूली पारिजात रोप्दै हिंड्न थाली ।
कालो पञ्जा फिंजाएर मुखमा लोली भर्दै
के छ बाबु, के छ नानी भन्ने नाटक गर्दै
प्रवीणका छोराछोरी टुहुरा छन् बरा
कहिल्यै सोध्न गयौ र खै तिमी तिनका घर ?
कति तड्पे हुनन् तिनी सम्झिएर बाउ
खुनी मुखमा झल्झली छ कलेजीको घाउ
छैन घरमा ढिको नुन, टुकी बाल्ने तेल
आश्वासनले बग्दैन कि छाक टार्ने भेल ।
चारैतिर बम र गोला बन्दुकले छेकी
जयगान गर्ने सिपाही सिभिल ड्रेसमा देखी
चौघेरामा मुस्कुराउ“दै के छ भन्दै हिंड्दा
रातै बग्छ शान्तिको भेल आ“गनमा गिंड्दा ।
जेठो दाइलाई वंशैनास हुने गरी मारे
कान्छो म¥यो बा“चेकालाई धरापमा पारे
कुन दिन फेरि आ“गनमा बग्छ रगत आलो
पर्खेकी छु माहिलाको लाश हेर्ने पालो ।
आमाको यो चित्कारले त्रसित छ गाउ“
ज्याला पाउने भीड्ले लेला चटकेको नाउ“
म त हिडें बनाउन लोकतन्त्रले घर
भत्काउन हिंडेको हो सकेजति घर ।
जब्बर बादशाह
रमेश भट्टराई
म सोच्दैछु
कसरी उभिएको छु
यस धर्तीमा
ममाथि खस्न लागेको छ
सानो आकाश
म देख्दैछु
बादलका घेराहरू
स–साना नानीहरू, बृद्ध–बृद्धाहरू
र
अरू पनि
देख्दैछु
औ“ला ठ्याउ“दैछन् ममाथि ।
म उभिएको छु, र
भासि“दै गएको छ जमिन
एक–एक इन्च हिसाब गर्दैछु
तर
म जब्बर
बादशाह
जिउ“दै उभिएको छु, र
भासिएको जमिनका बारेमा
बेखबरझैं बनेको छु ।
म चिडियाखानाको सिंह
जड्डलको जब्बर बादशाह
पुनः निस्केको छु बन्धनबाट
वनमा फर्कन अनिच्छुक म
त्यसैले,
वस्तीहरू उजाड पार्दैछु
धुलो उडाउ“दैछु घरहरूमा र
भग्नावशेषहरू हेरेर रमाएको छु
म अतीतको राजा र
अझै आशा छ मेरो वन–राज्यको
त्यसैले,
बस्तीहरू उजाड पार्न
म तल्लीन छु
पुनः जड्डल बसाउन
मे
रो
ज
ड्ड
ली
रा
ज
पुनः जनावरहरूको वस्तीमा
फर्कन लालायित छु ।
मे
रो
ज–ड्ड–ली–स–प–ना
स
प
ना
उजाड मरूभूमिमा रमाउने मेरो सपना
चिडियाखाना अब मेरो बासस्थान रहेन
तर देख्दैछु, झाडीमा कोही उभिएको छ
म आतड्ढित–आतड्ढित बन्दै छु र
खोज्दैछु सहचारीहरू
‘अहो ⁄ कस्तो हठ ⁄’
म सुन्दैछु
भन्नेहरूका कुरा
तर म एक्लो–नितान्त एक्लो
यात्रा गर्छु आहालहरूमा
र
ग
त
पा–नी–को–आ–हा–ल
आ
हा
ल
तर पानी ⁄
पानी मेरा लागि रुचिकर छैन
बरु घेरिऊ“ झाडी छेउ उभिएका मानिसहरूबाट
मेरा पूर्वजहरू गुफाहरू त
सुरक्षित होलान्
त
र
म एक्लो
यात्रारत छु
वस्तीहरूमा
मनुष्य वस्ती
उजाड पार्ने अभियानमा
मलाई थाहा छ
कोही उभिएको छ
दोबाटोमा
आखिर मेरो जीवनको अन्त नजिकै छ
तैपनि वस्तीहरू उजाड पार्न
म अझै लालायित छु ।
मेरो क्रमवेल मरेको छैन
राजकुमार के.सी.
क्रमवेल आउ“दैछ
ऊ मरेको छैन
म पर्खिरहेछु,
दिनहु“ दोबाटोतिर हेर्दै
मेरो क्रमवेललाई खोजिरहेछु
जतिबेला घोडा चढेर
ऊ मलाई भेट्न आउ“थ्यो
सात समुद्रपारिबाट
विजयका केही पुलिन्दाहरू बोकेर
म नजिक झन्डा हल्लाउ“दै आउ“थ्यो
म हेरिरहन्थें,
हातमा फहराइरहेको झन्डा
अनि निरंकुश शासकका काटिएका टाउकाहरूबाट
तप्तप् चुहिरहेको आलो रगत
म हेरिरहन्थें
घोडाको छापबाट आइरहेको आवाज
र घोडाको टापले उडाएको धूलो
त्यतिबेला म त्यो क्रमवेलको
सपना देख्थें–
कस्तो होला, क्रमवेल कल्पना गर्थेंं
र हुर्काउ“थें मनको एक कुनामा मेरो क्रमवेललाई
धेरै दिनपछि अहिले म मेरो माटोमा
क्रमवेल देखिरहेछु
जसले विजयको खबर लिएर आओस्
र क्रूर शासकहरूका टाउका गिंडोस्,
र भकुन्डो खेलोस्
अनि सडकमा टुक्राटुक्रा पारोस्
क्रूर शासकका लाशहरूलाई ।
म चाहन्छु
ऊ चा“डै विजयको खबर लिएर आओस्
विनासम्झौता विजयको झन्डा हल्लाउ“दै आओस् ।
म अहिले पनि सुनिरहेछु
घोडाको टापबाट आएको आवाज
टाढा समुद्रमा उठिरहेका असंख्य छालहरू ।
खै यतिखेर कहा“ पुग्यो होला मेरो क्रमवेल ?
झिमरुक नदीको किनारमा,
अहिले झमक्क सा“झ परिसक्यो होला
बा“सका झ्याङ्गमा झ्यापीचराहरू कराउ“दै होलान्
सिमसिम पानीमा मेरो क्रमवेल
अहिले सायद डा“डागाउ“ पुग्यो होला
म पर्खिरहेछु,
मेरो क्रमवेल छिट्टै आउनेछ
हातमा क्रूर शासकका टाउकाहरू
लिएर आउनेछ ।
मेरो क्रमवेल मरेको छैन
म पर्खिरहेछु
ऊ हातमा विजयको झन्डा हल्लाउ“दै
बडो बेगस“ग आउनेछ
वर्षौंदेखि हराएको खुशी लिएर
मेरो क्रमवेल
अब छिट्टै आउनेछ ।
उसले ठीकै ग¥यो
राजेन्द्र पौडेल
उसले तिमीलाई सराप्यो त
के बिरायो ?
सराप्नलायक बैगुन भन्दा अरू बढी
के छ तिमीस“ग ?
तिम्रा बैगुनले आजित भएर उसले
तिमीलाई मुर्दावाद भन्यो त
के बिरायो ?
रातको विरुद्ध जूनकिरीले
शरीरमा आगो सल्कायो त
के भयो÷ठीकै भयो
उसले तिमीलाई सराप्यो त
के बिरायो ?
कुखुराहरूले मलसा“प्रालाई
मुर्दावाद ⁄ नभनेर के भन्ने ?
मौरीहरूले मौरीहरू जिन्दावाद ⁄
नभनेर के भन्ने ?
एउटा ज्यामी मौरीले
अरिंगाल विरुद्ध धावा बोल्यो त
के बिरायो ?
अरिंगाल र मौरीको गला जोडिन सक्तैन भने
अरिंगाल मुर्दावाद ⁄ भन्यो त मौरीले
के आपत्ति भयो ?
उसले तिमीलाई मुर्दावाद ⁄ भन्यो त
ठीकै भन्यो ।
तिमी बा“चेर दुनिया“लाई सास्ती हुन्छ भने
तिम्रो मृत्युको कामनामा
सा“झ–बिहान धूप नबालेर के गर्ने ?
बूढो गोरु मरे भकारो खनिन्थ्यो नभनेर के भन्ने ?
मातेर सडकमा डुक्रने सा“ढेलाई
ढुङ्गो हान्यो त बाबुचाले
के बिगा¥यो ?
सार्वजनिक चोकमा उभिएर उसले
सा“ढेको मृत्युको घन्टी बजायो त
ठीकै ग¥यो ।
तिम्रो सर्वनाश नभएसम्म
कसैको जीवनको आश हु“दैन भने
तिमीस“गको अन्तिम लडाइ“को घोषणा नगरेर
के गर्ने ?
मुटु छेड्ने जाडोको विरुद्धमा
आगो नझोसेर के गर्ने ?
जति चिच्याए पनि नसुन्ने कानलाई सुनाउन
गाउ“मा बारुद पड्किसकेको छ,
जति मैनबत्ती बाले पनि नदेख्ने आ“खालाई देखाउन
शहरमा मसाल नसल्काएर अब के गर्ने ?
मौरी बस्नुपर्ने घारमा अरिंगालले गोलो लगाएपछि
गोलोलाई आगोले पोल्यो त दुखीरामले
के बिगा¥यो ?
तिम्रो विरुद्धमा अन्तिम युद्ध लड्न
टु“डिखेलको छेउमा उभिएर उसले
शंख बजायो त के बिरायो ?
युद्धमा तिम्रो बध भएपछि तिमीलाई सल्काउन
दागबत्तीको जोहो गर्न भन्यो त
ठीकै भन्यो
तिम्रो विरुद्ध मुड्की बजा¥यो त सडकमा
उसले ठीकै ग¥यो ।
ईश्वर र फूलहरू– २
रामगोपाल आशुतोष
धर्तीका केही ईश्वरहरू सोच्दैछन्
फूल किन फुल्छ माटोमा
फुले पनि
किन यतिबिघ्न सुन्दर हुन्छ फूल ??
फूलको रङ्ग देखेर, सौन्दर्य देखेर
ढकमक्क फक्राइ देखेर
त्रसित ईश्वरहरू,
ईश्वरका दूतहरू
फूलको फक्राइमाथि सन्देह गर्छन्
ईश्वरका दूतहरू
फूलको पवित्रतामाथि आक्रोश पोख्छन्
सुवासलाई दुश्मन ठान्छन्
ईश्वरहरू
फूलका रङ्गलाई ब्रम्हास्त्रले ताक्छन्
सुगन्धमाथि नागास्त्र तेस्र्याउ“छन्
फूलको फक्राइलाई निस्तेनावूद पार्न
क्षेप्यास्त्र हान्छन्
जुट्दैछन्
ईश्वर र ईश्वरका दूतहरू
गणतन्त्रउन्मुख बगैंचाबाट फूलको जरासहित उखेल्न
कुरूप, स्वघोषित तेत्तीस कोटी ईश्वरहरू
ती ईश्वरहरूको
मानौं मस्तिष्क छैन, चक्षु छैैन
हल्लिएको देखेर
आनो सभ्यताको इन्द्रासन गणतन्त्रको नाराले
डगमगाएको देखेर मक्किएको राजतन्त्रको जग
ईश्वरहरू
फूल र बन्दुकको मेलदेखि त्रसित छन्
ईश्वरहरू असुरक्षित
र निरंकुश सभ्यताको नियतिले
रात अनिंदो आ“खाको ज्योति हराएर
आत्तिएका छन्, त्रसित छन्
त्यसैले त
फूलको सौन्दर्यमाथि आपत्ति छ उनीहरूलाई
प्रतिबन्ध छ शहरमा फूलहरू फुल्नका लागि
निषेधाज्ञा छ शहरमा
निर्धक्क बोल्नका लागि, सुन्नका लागि, लेख्नका लागि
यो प्रतिबन्धित शहर
निषेधित विचारका ईश्वरहरू, दूतहरू
विक्षिप्त मानसिकताले आक्रान्त शहरी राजतन्त्र
सायद सोच्दैछ
कसरी फूल्छ समावेशिक लोकतन्त्रमा
गणतन्त्रको सुन्दर फूल ... ??
बौलाएको कुकुर मार्नैपर्छ
रामप्रसाद ज्ञवाली
सा“ढे पाल्ने रहर किन भयो ? जोत्न मिल्दैन सा“ढे ⁄
ढाडे पाल्ने रहर किन हो ? दूध राख्दैन ढाडे ⁄
मन्द्राएको वृषभ छ भने त्यो नबा“धी हु“दैन
बौलाएको कुकुर छ भने त्यो नमारी हु“दैन ।
बेच्यो आनोपन अनि प्रजातन्त्र पारेर शेष ⁄
नेपालीको धन पनि लुट्यो लुस्स भाग्यो विदेश ⁄
दुष्टात्माको मगज सुन है ⁄ तर्कले सुध्र“दैन
बौलाएको कुकुर छ भने त्यो नमारी हु“दैन ।
सिन्की पार्ने मन यदि भए गाड्नु नै पर्छ खा“दी
एक्लो पार्ने मन यदि भए मिल्नु नै पर्छ हामी
ब्वा“सो पल्केपछि रगतमा गाउ“ बा“की हु“दैन
बौलाएको कुकुर छ भने त्यो नमारी हु“दैन ।
रोगाएको अलिकति भए जिन्दगी भर्न मिल्छ
लागेको जन्डिसतक भए औषधी गर्न मिल्छ
रोगै एड्स छ यदि भने औषधीले छु“दैन
बौलाएको कुकुर छ भने त्यो नमारी हु“दैन ।
आमन्त्रण
राम विनय
डम्पिड्ड साइटका
गन्हाउने किराहरू
स्वस्थ वातावरणको कक्षा चलाउ“छन् ।
खन्चुवा जुकाहरू
शोषणरहित समाजको स्थापनाको कुरा गर्छन् ।
अहिंसाको पाठ सिकाउ“दा ब्वा“साहरू
शान्ति, सुरक्षाको आस्वासन दिन्छन्
जड्डली हात्तिहरू ।
रगत चुस्नु अघि
दिक्कलाग्दो भाषण छाप्छन् लाड्डखुट्टेहरू
अरूको कुरा नसुन्ने
आफैं मात्र अरूलाई आवाज सुनाइरहन्छन् घण्टाकर्णहरू ।
सत्यम्, शिवम्, सुन्दरम्को भजन गाउ“छन्
संवेदनशीलतामा कैंची चलाउने चन्डालहरू ।
सुन्न नसकेर कान बहिरो बन्छ
हेर्न नसकेर आ“खा तिल्मिलाउ“छ
बोल्न नपाएर मुख लाटो बन्छ
मूर्ख सा“ढेको उफ्राइमा
प्रतिभा– मुनाहरू चुडिन्छन् ।
कही“ नसुनिएको मन्त्र सुनेर
निचोरिन्छन् मनहरू
रैतितन्त्रमा ।
चिथोरिएका
ठगिएका
चुटिएका
लुटिएका
भुटिएका
कालरात्रीमा
उपचार खोजिरहन्छन् सबै
क्षितिजमा कोरिएका
किरणका लहरहरूमा
लहराउ“दै
खोज्दै सबै ।
क्षत विक्षत
संकटग्रस्त पर्खाल भत्काउन खोज्दै
सल्बलाउ“छन् हातहरू
तनहरू
मनहरू
आकासको विशालता
आफैंमा ओछ्याएर
अग्निको तेजमा
वायुको बेगमा
धैर्यको हेक्कामा
नसा–नसामा
उर्लिन खोजिरहेछन् ।
असीमित वेगका आवाजहरू
साध्यताको लागि
साधनारत अभियानहरू
रैतितन्त्रले आमन्त्रण गरेका
नया“ पाहुनाहरू
बिउ“झन्छन्
नया“ दिनका सपनाहरू
डम्पिड्ड साइटका किराहरूलाई
खरानी पार्ने जपनाहरू
आमन्त्रण गर्दै
नया“ बिहानीहरू ।
नया“ घरको प्रस्ताव
लक्ष्मी माली
पुरानो घरलाई भत्काएर
आऊ एउटा नया“ घर बनाऊ“
धमिराले खाएर मक्किसकेको दलिन
कुनै पनि बेला खस्न सक्छ
कति टालटुल पार्ने
कति रड्ड रोगनले छोप्ने
भित्रभित्रै खोक्रो भइसकेको छ
अलिकति जोडले पाइला टेक्दा
छरर्र छरर्र धूलो झर्छ
कसरी निर्वाह हुन्छ यस्तो घरमा ?
त्यसैले भत्काइदेऊ
पुरानो घरलाई
छिट्टै मक्किन नसक्ने
धमिरा लाग्न नसक्ने
आऊ एउटा नया“ घर बनाऊ“ ।
का“चो इ“टाको गाह्रो हो यो
त्यसमा पनि ओस लागेर
चिस्यानले ओसिइसकेको
धमिरा हिंडेर
गरा–गरा बनाइसकेको भित्ता
एकचोटि अडेस पनि लाग्नु हु“दैन
यास्सै जालाजस्तो
फुस्स माटो खस्छ ।
कसरी सुत्न सकिन्छ निर्धक्क भएर ?
चिस्यानले छुन नसक्ने
धमिराले कोट्याउन नसक्ने
आऊ एउटा नया“ घर बनाउ“m ।
जगमा पानी पसेर
भित्ताहरू चर्किसकेका छन् ।
चार रेक्टरको भूकम्पले पनि कुनै बेला
गल्र्याम गुर्लुम्म ढल्न सक्छ
सुत्यासुत्यै
बालबच्चासहित
हामी सबै यही घरले पुरिन सक्छौं
त्यसबेला
हाम्रो लाश झिक्न पनि
छिमेकी आउन नपरोस्
त्यसैले भत्काइदिऊ“
यो पुरानो घरलाई
भोलि सितिमिति नभत्कोस् भनेर
भूकम्पमापन गरेर
आऊ एउटा नया“ घर बनाऊ“
डर र नमीठो गन्धले
उकुस–मुकुसिएर
निस्सासिन थालिसकेको छ
स्वच्छ हावामा स्वास फेर्नका लागि
असुरक्षाको भयबाट मुक्त हुनका लागि
आऊ एउटा नया“ घर बनाऊ“ ।
इतिहासको सबैभन्दा दुष्ट मान्छे
लिखत पाण्डे
युगको गर्भभित्र भर्भराउ“दै गरेको
लालीमालाई बलात्कार गर्न
वैशाखी गाउन
स्वर–ताल मिलाइरहेको समयलाई
आउनबाट रोक्न
ऊ माटामा
जाल बिछ्याउ“दै थियो
मानिसहरू
देशभित्र÷बाहिर झन्डा उठाएर
उसलाई लखेट्न
आना आवाजहरू गुन्जाउ“दै थिए ।
उसका आ“खाहरूले
माटामा सङ्गठित
झन्डाहरूलाई देख्न चाहेनन्
उसका कानहरूले
माटाका स्वाभाविक स्वरहरूलाई
सुन्न सकेनन्
ऊ हिटलरभन्दा तल ओर्लियो र
विषाक्त गोलीहरू छादेर बस्तीमा
बीभत्स आतंक मच्चायो ।
आखिर हार स्वीकार गरेर
उसको बन्दुक र तोपहरूले
झुक्नु प¥यो
उसले माथि बार्दलीबाट
तल आ“गनमा झर्नुप¥यो
आज ऊ
षड्यन्त्रको ज्यामिति
रचिरहेको हुनसक्छ र
फेरि माथि बार्दलीमा पुग्ने
दुःस्वप्न देखिरहेको हुनसक्छ
सावधान ⁄
हिमालवारि डा“डामा किरण बोकेर
अहिलेसम्म कुनै घाम झुल्किएको छैन
मात्र अलिकति सगर डढेको दृश्य
हाम्रो आ“खाभित्र
पोखिएको छ
त्यो दृश्य
मिर्मिरे बिहानीको
पूर्वी आकाश जस्तो भए
आकाशलाई उज्यालोले पोतेर
घाम उदाउन सक्छ
सा“झपखको
पश्चिमी आकाशजस्तो भए
धरतीलाई अ“ध्यारोले छोपेर
रात उम्रिन पनि सक्छ ।
मान्छे चपाउन अभ्यस्त
इतिहासको
सबैभन्दा दुष्ट मान्छे हो ऊ
अ“ध्यारो रातमा
बन्दुक भुक्न लगाएर
पूरै वस्तीलाई
मसानबाट बनाउन सक्छ
शहीदको रगतलाई
सैनिक बुटले कुल्चिएर
झन्डाहरूलाई पुनः प्रतिबन्ध
लगाउन पनि सक्छ
ऊ ज्याउलहकको
नजिकको मित्र हो
प्रजातन्त्रलाई फा“सीमा झुन्ड्याएर
मृत्युदण्ड पनि दिन सक्छ ऊ ।
यसपल्ट शहीदको रगतले
रड्डिएको छ यो मातृभूमि
हामीले आनो निधारमा
शहीदका रगतको
टीका लगाएका छौं
फेरि हाम्रो अधिकारमाथि
उसले अङ्कुश लगाउने
धृष्टता ग¥यो भने
स्वयम्भूको काखमा
विराट् सपनाहरू बोकेर
बुद्धको आ“खाभित्र हामी
जुलुस उठाउन पुग्छौं
सा“झ–बिहान
अलिकति धुवा“ निस्कने
चुल्ही÷चम्का÷अ“गेनाहरूबाट
हामी फेरि भयानक आ“धी लिएर
उठ्न सक्छौं ।
सा“च्चै बिसे नगर्ची बौलाएछ
लीला उदासी
बिसे नगर्ची बौलाएछ
एउटा कविले देखेछ
र राम्रो कविता लेखेछ
अढाइसय वर्षपछि पनि बौलाएछ
पहिला–ओइलाएछ
अनि बिसे नगर्ची बौलाएछ ।
धन्य– बिसे मरेनछ– मात्र बौलाएछ
मर्नुभन्दा बौलाउनु राम्रो
अनि त बिसे फगत बौलाएछ
धन्य बिसे मात्र बौलाएछ
बिसे मरेनछ ।
बिसेकी स्वास्नी मारिदिएछन्
बिसेकी छोरीको बलात्कार गरेछन्
घर जलाइदिएछन्
बिसेकै पनि त हातखुट्टा भा“चिदिएछन्
कठोर स्मृति बिसेलाई सा“चिदिएछन्
सकेनछ बिसेले सम्झन÷बुझ्न÷मन थमाउन
अनि त बिसे बौलाएछ
‘मालिक म बौलाए“ ⁄’ भनेर कराएछ
कविले सुनेछ
अनि, बिसे राम्रो कविता भएछ
तर, बिसे सा“च्चै बौलाएछ ।
‘बिसे को हो ?’
‘बिसे के गर्दथ्यो ?’
‘मान्छेहरू बौलाउ“छन्
कति ओइलाउ“छन्, कति लोलाउ“छन्
त्यस्तै एउटा थपियो होला
बिसे बौलायो त के भयो ?’
यस्ता प्रश्न पनि छन्
बिसेको बौलट्ठीमा रड्ड भर्दैछन्
तर, बिसे बौलायो
ऊ आफैंले भन्यो– ‘हजुर म बौलाए“ ।’
गोरखाको बिसे
झापामा स्वास्नी पाल्दै थियो
दार्चुलामा झुप्रो ध्वाउ“दै थियो
कहिले दाङमा– कहिले ताप्लेजुड्डमा
छोरीलाई जनवनमा पठाउ“थ्यो
बिसे धनकुटाका ब्या“सी र रोल्पाका लेकमा थियो
बिसे तराई, पहाड र हिमाली भेकमा थियो
जुनसुकै छेकमा बिसे टु“डीखेलको छेउमा थियो
आफन्त र परिचितहरूको भेउमा थियो
भोकै पेट पनि अलिकति हा“सो सिउरेर
बिसे हिंड्दै थियो
माया लाग्दै भए पनि बिसे सरसाउ“दो थियो
सकेन, बिसेले स्वास्नी मारेको घटनालाई थाम्न
अलिकति बरु आफैं खुस्कियो
छोरीको बलात्कार भएपछि झन् भक्कानियो
घर पनि जलाइदिएपछि बिसेले नबौलाई धरै पाएन
बिसेको केही रहेन, बिसेको कोही रहेन
अनि त बिसे बौलायो
हो बिसे नगर्ची बौलायो ।
बिसे बौलाउन त बौलायो
बिसेले डडेलो सल्कायो
बिसे जहा“ पनि पुगेको छ
गाउ“मा, घर–घरमा बिसे बौलाएको छ
बजारमा, कोठा–कोठामा बिसे बौलाएको छ
तराईमा, पहाडमा सर्वत्र बिसे बौलाएको छ
मुकुलकभरि बिसे नगर्ची बौलाएको छ
अनि त कविहरूका कवितामा पनि बिसे बौलाएको छ
अरूहरूका मस्तिष्कमा पनि बिसे बौलाएको छ
बिसे त सर्वत्र भएर बौलाएको छ
बहिरा हजुरहरूले
अझै सुन्ने गरी भन्नु पर्छ कि कविज्यू ⁄
बिसे नगर्ची विक्षिप्त भएर बौलाएको छ,
सा“च्चै बिसे नगर्ची बौलाएको छ ।
आराधना
वासुदेव अधिकारी
हिउ“ले कक्रियो उज्यालो
खण्डित भयो
निस्तेज भयो
र, कनिका भएर पोखियो
उसलाई हिम्मत भएन घरघर पस्न
जा“गर चलेन गरिब गुरुवास“ग बस्न
ऊ बाटोघाटो अलमलिरह्यो
लफङ्गाजस्तो
सुकुलगुन्डाजस्तो
गाउ“घर पु¥याउनु थियो उज्यालोलाई
औ“सी पखाल्नु थियो
चिसो भगाउनु थियो
कक्रिएको उज्यालो स्वयम्लाई
चहकिलो बनाउनु थियो
खण्डित भएकोमा उज्यालो
मैलो भएकोमा उज्यालो
मैले कविता लेखे“ गीत लेखे“
उज्यालो अरू मैलियो
उज्यालो अरू चिसियो
कैयौ“ तस्करले उज्यालोलाई जेबमा हाले
कैयौ“ नराधमले उज्यालोलाई बारुदमा मुछे
मैले उज्यालोको गीत गाइरहे“
कटकटिएको मयललाई इङ्गित गरिरहे“
फरक छ सफा र मैले उज्यालोमा
फरक छ मस्किएको ढिंडो र पिठोको कणकणमा
उज्यालो तुलनीय छैन अ“ध्यारोसित
पेटमा हाल्नै पर्दा
पिठो तुलनीय छैन माटोसित
मैलिनुको भने ओखती छ
विकीर्ण भई छरिनुको भने समाधान छ
छरिंदा छरिंदै उज्यालो निशाचारको चारा भयो
मैलिंदा मैलिंदै उज्यालो भष्मासुरको कवाफ भयो
भोरको भुकभुकेमा उल्लुले
उज्यालोको एकेक दाना भोजन ग¥यो
म उज्यालोमा गायनमा
उल्लु भोजनमा
हेर्दाहेर्दै उज्यालो
उल्लुको पेटमा पुग्यो
आन्द्रामा पुग्यो
तर मलमा रूपान्तरित हुन मानेन
गायव÷अपहरित उज्यालो
लडिरहेको छ भित्रभित्र
भ्रूणहत्याको लागि
छिरेको आघात खेप्दै
तीतो ओखती र सुईको चस्का सह“दै
आमाको बलात्कृत गर्भबाट
निस्किन खोजेझैं बालक
ऊ मृत्युस“ग लडिरहेको छ
मनको स्पन्दनमा अडिरहेको छ
चख्खा उज्यालोको आराधनामा छु म
गणतन्त्रको खेती
विक्रम सुब्बा
भन्दिनु है पारिजात दिदीलाई भन्दिनु...
दिदीले छोडेर गएको मुलुकमा
संविधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भट्मास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती
भन्दिनु है पारिजात दिदीलाई भन्दिनु...
आन्दोलनमा हलोमा
जुलुसका जबर्जस्त नाराहरू नारेर
गल्ली–गल्ली, सडक र चोक जोत्दै जा“दैछन्
फाली अड्काउने दरबारहरूलाई जोत्दै जा“दैछन्
अमेरिकन र भारतीय ग्य्रान्डिजाइनका
रोडम्यापका काला नियत जित्दै जा“दैछन्
जोतेका सियो र खनेका चपरीमा
आना रगतका ताजा बीउ हाल्दै जा“दैछन्
यो महान् खन–जोतबाट कोही आतंकित छन्
र एम्बेसीहरूका गोप्य प्राविधिक लगानीमा
बचाउका लागि काला बङ्कर तयार गरिरहेछन्
तर गणतन्त्रको खेती गर्नेहरू
बङ्कर पनि जोत्दै–जोत्दै जा“दैछन्
भन्दिनु है ⁄ पारिजात दिदीलाई भन्दिनु...
संविधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।
इच्छा
विमल निभा
पहिले ऊ जन्म्यो
त्यसपछि उसका इच्छाहरू
बिस्तारै–बिस्तारै
ऊ चाहन्थ्यो
अकाशजत्रो कसौंडीमा
भात पकाउन
र धरतीका समस्त भोकाहरूलाई
पेटभरि खुवाउन
ऊ भेडाहरूस“ग
प्रेमपूर्वक ऊन माग्न चाहन्थ्यो
र जाडोले थरथरी कामिरहेकाहरूलाई
एक–एकवटा स्वेटर
बुन्न चाहन्थ्यो
पहाडस“ग ढुङ्गा,
बादलस“ग माटो
सापटी लिएर भए पनि
एउटा विशाल घर बनाऊ“
जहा“ सबै घर नभएकाहरू
अटाउन सकून्
केही दिनदेखि ऊ
यस्तै–यस्तै कुराहरूको
इच्छाको गरिरहेको थियो
एकदिन वादशाहलाई
उसको इच्छाको खबर भयो
क्रुद्ध भयो बादशाह
र गर्जिन थाल्यो
मेरो राज्यमा
यस्तो इच्छा राख्नु अपराध हो
समात त्यो विद्रोहीलाई
र हाजिर गर मेरो दरबारमा
बादशाह अघि ल्याइयो उसलाई
कड्केर भन्यो बादशाहले
त“ खतरनाक इच्छाहरूको
दोÈी होस्
अब मर्नलाई तयार हो
भन्, तेरो अन्तिम इच्छा के छ
उसले पनि कड्केर जवा˚ दियो
मेरो अन्तिम इच्छा त्यही हो
जो मेरो पहिलो इच्छा हो
दोस्रो इच्छा हो
तेस्रो इच्छा हो
बादशाह यो सुनेर
झन् क्रुद्ध भयो
र भन्यो
˚ा“सी दे यसलाई
अन्ततः उसलाई मारियो
उसको हत्याको केही दिनपछि
बादशाह सवारीमा निस्क्यो
उसको बधस्थलनेर पुगेर
चकित भयो बादशाह
जहा“ उसलाई मारिएको थियो
त्यहा“ जीवित थिए इच्छाहरू
सास लिइरहेका
र सक्रिय
यो देखेर बादशाह
क्रोधले बहुलायो
र कराउन थाल्यो
मार, मार इच्छाहरूलाई
तर जति प्रयत्न गरे पनि
हात्ति, घोडा, भाला, तरबार,
सेना, तोप लगाएर पनि
इच्छाहरूलाई मार्न सकिएन
थकित भए
हार माने
सेनापति, भारदार, गुप्तचर र सिपाहीहरू
यही अस˚लताको शोकमा
बादशाहको मृत्यु भयो
यति भनेर चुप लाग्नुभयो मेरा पिता
मैले प्रश्न गरे“
के कथा सकियो बुबा ?
उहा“ले एउटा लामो सास तानेर
भन्नुभयो
हो छोरा, यो कथा
यही“ समाप्त हुन्छ
तर समाप्त भएको छैन
उसको इच्छा
अहिले पनि त्यहा“
जहा“ उसलाई मारिएको थियो
देख्न सकिन्छ
उसका इच्छाहरू
जीवित एवं उत्साहित
चारैतिर ˚ैलिंदै ˚ैलिंदै
गइरहेका इच्छाहरू
अगाडि–अगाडि बढिरहेका इच्छाहरू
एकबाट अनेक भइरहेका इच्छाहरू
असङ्ख्य असङ्ख्य इच्छाहरू
छोरा, उसको इच्छा
आज पनि जिउ“दो छ
इच्छाहरू कहिल्यै मर्दैनन्
मेटिन सक्दैनन् इच्छाहरू
के तिमीसम्म त्यो इच्छाको ताप
पुगिसकेको छैन छोरा ?
अब आगो लेख्छु
विष्णु ज्ञवाली
वर्षौं भो अखबारका खबरमा रक्तताम्य छन् अक्षर ।
वस्ती लास कुरेर बस्छ, विधवा बन्छन् डढेका घर ।।
यस्तो संकटभित्र दुख्छ दुनिया“ क्वै खोज्छ भाले हुन ।
आगो लेख्न डराउला र कवि कुन् ? बल्कल्न कसको खुन ?
त्यै हो दुश्मन मुख्य यो मुलुकको बा“च्दैछ सञ्जालमा ।
कालो शासन गर्न भाषण गरी जो घुम्छ नेपालमा ।।
हेर्दैनन् अब ब्रम्हलुट यसको विद्रोह बोल्छन् सब ।
घा“टी रेट, निमोठ प्राण, जनता छोड्दैन मोर्चा अब ।।
हामी बोल्न डराउने र बलिको बोको बनी काटिने ।
हामी शुष्क हुने बगेर पसिना आनन्द त्यसले लिने ।।
यी अन्याय कुकर्मका धरहरा गल्र्याम्म पल्टाउन ।
भैंचालो अब जानुपर्छ, जगमा ढुड्डा नया“ लाउन ।।
मर्नैपर्छ भने म मर्छु पहिले च्याती पुरानो धरो ।
फेदैबाट उखेल्नुपर्छ अहिले नै बुर्जुवाको जरो ।।
गद्दी चढ्न गरिब सक्छ जहिले थाल्ला गजो घन्किन ।
फिरौंला अनि मात्र सास सुखको नेपालमा त्यै दिन ।।
गोपाल र गोपालहरू
वियोगी बुढाथोकी
खेतमाथिको त्यो डरलाग्दो ढिस्को
खस्ला–खस्ला जस्तो छ
तल बस्नेहरू
खहरे सुकेको समय
चा“डै खसे हुन्थ्यो
तब ढुक्कस“ग सुत्न पाइन्थ्यो भनिरहेछन्
त्यो छतजस्तो भीरको
कहालीलाग्दो
डर, त्रासको कथा–व्यथा
यत्तिखेर
म
गोपाल,
अर्थात् गोपालहरूसमक्ष वर्तमान पुस्तालाई सुनाएर जगाउन भनिरहेछु ।
मानो रोपेर मुरी उमार्ने खेतप्रति आश्रित
असङ्ख्य साहसी मनहरू
आजकल ढिस्को हेरेर
बिजुली चम्कि“दा पनि तर्सिएझै“ लाग्छ
अचानक बत्ती निभ्दा पनि आत्तिएजस्तो लाग्छ
माथि हेरेर उहिले धेरै पहिलेदेखि नै
बराजुदेखि बुबासम्मले भरथेकको नाममा श्रम खर्चिएर
सशङ्कित भरथेग गरेको ढिस्कोको इतिहास सुन्दा आत्तिएर
छोरालाई खहरेमा उर्लिएको
भेलको छेउमा उभिएर
केही समय भो अर्ती दिन थालेको
यस्तोमा
म गोपाल,
अर्थात् गोपालहरूस“ग पहिरोको पहिलो सिकार
पहिरोको डिलमा बस्ने हुन्छ कि खहरेको तीरमा बस्ने, सोधिरहेछु ।
सुनेको कुरा हो– अग्लो उचाइले सुरक्षा दिन्छ
आड र भरोसा दिन्छ
अन्त अरूले भोगेको समस्याको चुरो अहिले
आनो अंशमा परेकाले
खहरेमाथिको अदूरदर्शी
निर्जीव
अविवेकी दम्भी काइदाले उभिएको ढिस्को खस्ने
सहजै अनुमान लगाउनेहरू भन्न थालेका छन्
यस्तो समय
चेतनाशून्य अनपढ कृषक
म
गोपाल,
अर्थात् गोपालहरूस“ग खेतमा मलजलको अभाव हुन नदिन
ढिस्कोबाट बच्न
खेताला बढाउने अभियानमा हस्ताक्षर गरिरहेछु ।
कृष्णले जन्म लिनुहुन्छ ⁄
विष्णुविभु घिमिरे
म सानो छ“दा
बा, हजुरबा कथा भन्नु हुन्थ्यो
कहिले कशिपु र प्रल्हादको
कहिले राम र रावणको
कहिले शकुनि र शिखण्डीहरूको
कहिले राजा हरिशचन्द्र पोडेमा परिणत भएको
यस्तैमा एकदिन
कृष्ण र कंशको कथा भन्नुभयो
मलाई यो कथा
धेरै भिन्न र धेरै रोचक लाग्यो
कथा सुनेपछि, अहिले पनि रँम्रो सम्झन्छु
मैले जिज्ञासावश प्रश्न राखेको थिए“
कंश कसरी चिन्ने हजुरबा ⁄
प्रत्युत्तरमा उहा“ले भनेका एक एक शब्द
अहिले सजीव भएर
मलाई आक्रमण गरेको अनुभव भइरहेछ
भन्नुभएको थियो हजुरबुबाले त्यसबेला
बाबु कंश चिन्न सजिलो छ
पहिले वंश सखाप पार्छ
बा“च्न हक माग्नेलाई मार्छ
विरोधीहरू एक एकलाई घाट उतार्छ
सबै अंश हात पार्छ
कंशले सर्वत्र दंग गर्छ
कंशले सबै अनुशासन ध्वंस गर्छ
बाबु ⁄ हाहाकार, चित्कार, बलात्कार, रक्तपात
उसलाई साह्रै मनपर्छ
आत्मप्रशंसा र भजन
उसलाई सबभन्दा मन पर्छ
ऊस“ग सहने रहन्छ
नसहने आनो चिहान आफैं खन्छ ।
सायद मेरो अनुहारमा
त्रास देखेर हजुरबुबाले
यो पनि भन्नुभएको थियो
नडराऊ नानी ⁄
कंशको अन्तिम उत्पातमा
कृष्णले जन्म लिनुहुन्छ
एकदिन कंश मर्छ मर्छ ।
तानाशाहको पोट्रेट
विवश वस्ती
फूलको स्वच्छ बास्नाले ओगटेको छ
सिङ्गो पर्यावरण
लामो शीतलहरीपछि उघ्रिएको
ताजा बिहानीले
छोडेको छ चौतर्फी विलुप्त मुस्कान
खुसी अनावृत्त गर्न जुटेका छन् आनै लयमा
पहाड
मधेस
र सुरम्य बस्तीका आ“गनहरू
लोलाएका वनस्पतिहरू पनि
ब्यू“झिन थालेका छन्
यो मौसम÷यो पर्व
म भने
उतार्न व्यस्त छु यतिखेर
तानाशाहको नया“ पोट्रेट
केटाकेटीहरू भनिरहेछन्,
‘हामीलाई एउटा नया“ पर्व चाहियो ⁄’
कोरिसकेका छन् उनीहरूले विना अलमल
त्यसको विस्तृत खाका
र,
नया“ पर्वका नया“ कार्यक्रमहरू
नया“ पर्वका नया“ खान्कीहरू
नया“ पर्वका नया“ इस्टमित्रहरू
खोजिसकेका छन् उनीहरूले
के भन्ने खै ?
म भने
समयको गतिशील पदार्थलाई चुपचाप सुन्दै
कोरिरहेछु एकान्तको शिरमाथि चढेर
तानाशाहको नया“ पोट्रेट
जब कोर्न बस्छु तानाशाहको पोट्रेट
ऊर्जाशील मस्तिष्कले शून्यबोध गर्छ
पग्लिरहेको हिमालले
आत्मग्लानिको भाषा बोल्छ
फूलका ताजा सुगन्धले
दुःख व्यक्त गर्छ
पोट्रेटमा म
जीवनका उकाली–ओरालीहरू रेखाङ्कन गर्न रुचाउ“छु
पूरै हार खान्छु
मृत्युका ताजा दस्तावेजहरू उभिन्छन् निरन्तर
पोट्रेटमा म
सौन्दर्यका चहकहरू प्रतिबिम्बित गर्न चाहन्छु
असफल हुन्छु शतप्रतिशत
खज्मजिन्छन् मेरा भावनाका विन्दुहरू
र मेरो धरातलले
पहिल्याउन निकै अप्ठेरो मान्छ
तानाशाहको पोट्रेटलाई
थाक्छु म दौडमा सामेल घोडाजस्तै
निःसन्देह
उतारिरहेछु म समयको क्यानभासमा
तानाशाहको नया“ पोट्रेट
मात्र
एउटै उद्देश्यले
कि, हेर्न पाउन् मेरा सन्ततिले पनि
त्यो पोट्रेट
र,
थाहा पाउन् उनीहरूले पनि
इतिहासको एउटा कालखण्डको
सजीवन रूप ।
बिसे नगर्चीको बयान
श्रवण मुकारुङ
मालिक ⁄
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाए“ ⁄
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आ“खा तिर्मिरतिर्मिर भइरहेछ
आ“खा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहा“निर छ ?
कहा“निर छ बिसे नगर्ची ?
मालिक ⁄ म बौलाए“ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक ⁄
म बौलाए“ ।
नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यत्तिमै यो बिसे उफ्रिनुपर्ने ?
थुइक्क बिसे ... ।
म बौलाए“ मालिक ⁄
म बौलाए“ ।
मेरो हात भा“चियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिन“
नर्सिङ्गा फुक्न÷सनाइ बजाउन
अथवा कुनै मड्डलगान
वा मृत्युगीत गाउन सक्तिन“
मेरो खुट्टा भा“चियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिन“
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन“
मालिक ⁄ म बौलाए“ ⁄
मालिक ⁄
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका सग्ला र कल्कलाउ“दा
यहा“का मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरुप भए ?
यो दरौदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाए“ मालिक ⁄ म बौलाए“ ।
मालिक ⁄
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
मालिक ⁄
म कसरी आतंककारी हुनसक्छु ?
म केवल बौलाए“ मालिक ⁄
बौलाए“ ।
हो मैले मालिकको दिव्योपदेश पालन गरिन“ हु“ला
रक्सी खाएर
यो दे्श मैले पनि आर्जेको छु भनें हु“दा
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हु“ला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ् देखाए“ हु“दा
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हु“ला
मालिक ⁄
मान्छे बौलाएपछि आफैंसित पनि निहु“ खोज्दोरहेछ
अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहा“–कहा“ पुगे ?
मैले खोज्न चाहे हु“ला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हु“ला मालिक ⁄
यस माटोको इतिहासस“गै म हजुरको राष्ट्रमा छु
म कसरी अर्राष्ट्रिय हुनसक्छु ?
म सा“च्चै बौलाए“ मालिक ⁄
सा“च्चै बौलाए“ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आ“खा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहा“निर छ ?
कहा“निर छ बिसे नगर्ची ?
मालिक ⁄ म बौलाए“ ।
महाराजको प्रतीक्षामा
संगीत स्रोता
स्वागत छ महाराज,
हाम्रो आ“गनमा पनि स्वागत छ ⁄
बाटोभरि
जयजयकार लेखिएका तुल टा“ग्ने कपडा छैन
ठिकै छ, म मेरो पुरानो भोटो टा“गू“ला
र टा“गू“ला चाक फाटेको जडौरीको कट्टु
मोड–मोडमा गाड्नुपर्ने झन्डा छैन
ठिकै छ, म गाडू“ला बैनीको टालो हालेको जामा
परैबाट हल्लाउनु पर्दोरहेछ महाराजकै तस्विर
त्यो पनि छैन
ठिकै छ, सवारी होस्
बाको टुपी निस्कने टोपी छ, त्यै हल्लाउ“ला
बिछ्याउन पर्दोरहेछ बाटैभरि मखमली रातो काम्लो
अझै बा“की छ–
आमाको एकसरो पेटिकोट
धुन नभ्याएको बाको लगौटी
बेपत्ता पारिएका काकाको गलबन्दी
र झुठो मुठभेडका नाममा
बलात्कारपछि मारिएकी दिदीको रक्तमुछेल पछ्यौरा
गासौंला टुप्पा–टुप्पा र ओछ्याउ“ला
स्वागत छ महाराज,
सवारी होस् त हाम्रो आ“गनमा पनि ।
पातीका भित्तास“गै जल्यो खरको धुरी
जब झोसियो
मध्यरातमा आएर हाम्रो घरमा आगो
त्यही“ परेथ्यो–
आमाले बुनेको झुत्रे गुन्द्री
आ“वैले तुनेको झुत्रे उडुसे थाङ्नो
जिबाले खिपेको रसको मान्द्रो
र बाले जोडेको खुट्टे पिर्का
त्यै आगोमा खरानी भयो हाम्रो सारा श्रीसम्पत्ति
ठीकै छ, महाराज ⁄
सवारी होस् हाम्रो आ“गनमा
गरौंला आसनको बन्दोबस्त
अ“, मैले सम्झें–
चोरिएको छैन होला हाम्रो आरनको ख“लाती
स्वागत छ, महाराज ⁄
सवारी होस् न हाम्रो आ“गनमा पनि ।
स्वागत छ महाराज
सवारी होस् न हाम्रो आ“गनमा पनि
सु“घेर हेरौं एकपटक हजुरको वासना
छामौं कस्तो हु“दोरहेछ हजुरको छाला
छोएर हेरौं टाटेपाटे हरियो पोशाक
नजिकैबाट नियालौं कालो चश्माको सौन्दर्य
छेउमै बसेर हेरौं टल्केका जुत्ता र गोलो टोपी
महाराज ⁄
म मेरो दिदीको झझल्को मेट्न चाहन्छु
म मेरा काकाको कथाबाट मुक्त हुन चाहन्छु
म मेरो वर्तमानमा फेरबदल चाहन्छु
हाम्रो आ“गनमा सवारी होस् महाराज ⁄
म पाऊ“
मात्र एकपटक दर्शन
जो अरूले बारम्बार पाइरहेका छन्
र म पाउ“m हजुरको बन्दुकबाट
मात्र दुई राउन्ड गोली चलाउन
जो अरूले हजारौं राउन्ड जथाभावी चलाइरहेका छन् ।
स्वागत छ महाराज ⁄
सवारी होस् न हाम्रो आ“गनमा पनि
मात्र एकपटक ⁄
बुख्याचाको पिरामिड
सरिता तिवारी
बुख्याचा
सफा सेता लुगा लगाएर
थुम्थुम्याउ“दै बिन्ति बिसाउनेहरूका हात,
अघिपछि लगाउ“दै बर्दी र बिल्लाधारीहरूको भीड,
मुस्कुराउ“दै प्रपञ्चमी हा“सो
र बोल्दै सान्त्वनाका महावाणीहरू
निस्किएको छ–
सभ्य मान्छेहरू बस्ने शहरमा ।
जहा“ निषिद्ध छन् सडकहरू
स्वतन्त्रताका गीत गाउ“दै निस्कन
जहा“ वर्जित छन् शब्दहरू
स्वाधीनताका हरफहरू लेख्न
जहा“ अनुमतिबेगर फुल्नु हु“दैन फूल
जहा“ विनाआदेश बदलिनु हु“दैन हावाको दिशा
जहा“ गाउन पाउन्नन् आमाहरूले
अजेय स्वाभिमानका लोरीहरू
जहा“ सुनाउन पाउन्नन् बाबुहरूले
अविजित साहसका गाथाहरू
जहा“ पढ्न, पाउन्न नानीहरूले
वीरहरूका प्रेरणादायी कथा
जहा“ लेख्न पाउन्न् कविहरूले
मातृभूमिको पीडान्त व्यथा
हो,
त्यही निरङ्कुश शहरको निवासी हु“ म
त्यही आदिम देशको नागरिक हु“ म
जहा“ हरदिन
नुहाएर निर्दोष रगतको सरोवरमा
शान्तिको गुड्डी हा“क्छ बुख्याचा
जहा“
सफेदपोशभित्र छोपेर
आना भएभरका कुर्तकहरू
कुटिल हा“सो हा“स्छ बुख्याचा ।
प्रायोजित दुर्घटनाहरूले आक्रान्त
मेरो शहरका सभ्य मान्छेहरू
निस्किएका छन् सडकमा यतिखेर
धावा बोलिरहेछन्
निषेधित राजमार्गमाथि उभिएर
भत्काइरहेका छन् बर्जनाका पर्खालहरू
तहसनहस पार्न
शताब्दीयौंदेखि उभिएको
बुख्याचाको कथित पिरामिड
बढिरहेछन् जुलुसमा आमाहरू
चढिरहेछन् उचाइतर्फ छोराछोरीहरू
ध्वस्त बनाउन
बुख्याचाको बूढो सत्ता ⁄
त्यही सूर्य गणतन्त्र हुनेछ
सीता शर्मा
सूर्यको कलंक सूर्यग्रहणले
ढपक्क ढाकेर न्यानो सूर्य
दिउ“सै अ“ध्यारो छाएको छ
अ“ध्यारोको साम्राज्यमा
काला बादलहरू ओरिपरि घुम्दै सूर्य ग्रहणको
रचिरहेछन् Èड्यन्त्र अझै अन्धकार बनाउने
अनिष्ट निम्त्याउने अझै ठूलो
दम्भी ग्रहण देखिरहेछ सपना
छेकेर सूर्य, रोकेर गति पृथ्वीको
ठक्क अड्याउने सम्पूर्ण ब्रम्हाण्ड आदेशअनुसार
बन्द गरेर आनै आ“खा÷छेकें भन्दै हत्केलाले सूर्य
फुलाउ“दैछ आनो पेट
घमण्डी भ्यागुतोले जस्तै – नहु“दासम्म विष्˚ोट
होसै गुमाएर Ôणिक उन्मादमा
बिर्सेर सत्य–ग्रहको गतिस“गै सिद्धिंदैछ भन्ने छोटो आयु
थाहा छैन घमण्डी बादलहरूलाई
जति नै भए पनि उच्चताभास ग्रहणको वरिपरि घुम्दा
अन्धकारै बनाए पनि धर्तीलाई Ôणभर
गड्गडाएर गर्जे पनि बेहोसीमा पागल भएर
एकचोटी सुइ“केर चल्यो भने हावा तहस–नहस हुन्छौं भन्ने
जति कालो बन्छन् र गर्जन्छन् बादलहरू
उति छिटो झर्छन् पानी बनेर धर्तीमा
धेरै अहंकारको परिणाम
Ôणिक उन्मादको परिणाम
छिट्टै विनाश हुनु हो
त्यसैले धेरै अहंकार ग¥यौ भने बिर्सेर यथार्थ
आकाशबाट झरेर एकैचोटि पातालमा बिलाउने छौ
अनि बिसर्जन हुनेछौ सदाको लागि
टाढा छैन तिमीहरूको अन्त्य
मात्र एउटा हुन्डरी आउनुपर्छ
तहस–नहस पार्नको लागि कालो बादल
मात्र एउटा सुनामी आउनुपर्छ
बढारेर लग्नको लागि सदियौंको ˚ोहोर
अनि
सुनौलो सूर्य झुल्किनेछ धर्तीमा
त्यही ग्रहणले नछेकेको सूर्य गणतन्त्र हुुनेछ ।
खबर गरू“ कि नगरू“
सुधा त्रिपाठी
बहुलाएका छन् उनीहरू यतिखेर
ओरालो बगिरहेको नदीको अ“गालोलाई
ठाडै उकालोमा कुदाउने प्रयत्न गरिरहेछन्
समयको गतिमा बा“ध बा“धेर
ढुक्क बनेका छन् बुख्याचाहरू,
जोगाऊ“ कि नजोगाऊ“ बुख्याचाहरूलाई ?
खबर गरू“ कि नगरू“ ?
समयको बा“ध टिक्तैन भनेर ।
दुइटा साना हुटिट्याउ“हरू
पाखा लागिसकेका छन्
र, सदियौं बूढो एउटा हुटिट्याउ“
एक्लै खुट्टा ठड्याएर बसेको छ
सगर थाम्न
र, विश्वस्त देखिन्छ आनो क्षमतामा,
जोगाऊ“ कि नजोगाऊ“ हुटिट्याउ“हरूलाई ?
खबर गरू“ कि नगरू“
उसको पिठ्यु“मुनिको धर्ती हल्लिरहेको छ भनेर ।
समयको गतिमा बा“ध बा“धेर
इतिहासको अडेसमा निदाएका
कैयौं बुख्याचा र हुटिट्याउ“का बथानहरू
बग्दै–बग्दै समाप्त भइसके
तैपनि ढुक्क छन् उनीहरू भविष्यप्रति
चाहिन्छन् कि चाहिंदैनन् बुख्याचा र हुटिट्याउ“हरू ?
खबर गरू“ कि नगरू“ ?
सबभन्दा पहिला बग्ने तिमीहरू नै हुनेछौ भनेर ।
बा“धका पर्खालहरू हल्ल“दैछन्
झर्न थालिसकेका छन् ढुड्डाहरू
र उप्कन थालिसकेका छन्
सिमेन्टका बलिया जोडाइहरू,
समय मुक्ति खोज्दैछ
र भूकम्पले चिरा परिसकेको छ धर्तीमा
चाहिन्छन् कि चाहिंदैनन्
बुख्याचा र हुटिट्याउ“हरू ?
खबर गरू“ कि नगरू“ ?
बा“धको ढोका खोलेर किनारा लाग भनेर ।
हो, म जेललाई
थुन्ने प्रयत्न गरिरहेछु
सुरेश किरण
कुनै जमाना थियो
कैदीहरू जेलको पर्खाल तोडेर भाग्ने गर्थे
आज जेल, स्वयम् आनो पर्खाल तोडेर भागेको छ
र, सिधा शहर पसेको छ ।
कुनै जमाना थियो
जेल केवल जेलमै मात्र सीमित रहन्थे
आज जेल, स्वयम् आनै सीमा फोडेर आएको छ
र, पूरा शहर जेल बनाएर बसेको छ ।
यो के भएछ आज ?
– पूरै शहरलाई जेल भन्नु परिरहेछ
– र, जेललाई शहर भन्नु परिरहेछ ।
हो, म पहिलोचोटि देखिरहेको छु
– यो शहर आकारको जेल
– र, जेल आकारको शहर ।
खै कुन चाहि“ जेलरको जन्मदिन हो आज
कैदी स“गस“गै जेल पनि मुक्त भएको छ जेलबाट,
हो, अहिले जेल स्वतन्त्र भएको छ
ऊ कसैको पनि घरमा घुस्न सक्दछ ।
सडक÷बजार÷शहर
अहिले चारैतिर जेल डुलिरहेको छ,
जहा“ जेल झुल्ने गर्छ, त्यहा“ म कसरी डुल्न सक्छु ?
जहा“ जेल झुल्ने गर्छ, त्यहा“ म कसरी फुल्न सक्छु ?
सायद त्यसैले होला,
कुनै जमाना थियो–
जेलहरू मलाई थुन्ने प्रयत्न गर्थे
आज म, जेललाई थुन्ने प्रयत्न गरिरहेको छु ।
आगो
स्नेह सायमी
हो,
आगो लगाउनु पर्छ
आगो लगाउन आगो बल्नुपर्छ
आफैं बल्नुपर्छ, नजिकैकोलाई बाल्नुपर्छ
शताब्दीयौं लामो चिसो र कठोर परम्परालाई बाल्न
ठूलै आगलागी हुन दिनुपर्छ
सलाइहरू कोरिन थाल्नुपर्छ
दर्शनढुंगाहरू ठोकिनुपर्छ
बारुदहरू पड्किनुपर्छ
मैनबत्तीका जुलुसहरू निकालेर शहर बजारमा
दुई चार सय गोटा टायर बालेर चोकहरूमा
दश बीस गोटा मोटर सल्काएर सडकहरूमा
सिंहदरबारको नियमित जागिरे जस्तै प्रत्येक दिन
अलि–अलि हल्ला गरेर रत्नपार्कमा
सदियौंदेखि चिस्यानमा सडिरहेको संस्कृति र परम्परा कसरी खरानी हुनसक्छ ?
हामीले खोजेको जस्तो आगलागी कसरी सम्भव हुनसक्छ ?
अबको आगो त
इस्पात गाल्ने हुनुपर्छ ⁄
बरफ सल्काउने हुनुपर्छ
त्यो आगोका लागि
हामीबीचका फलामे बारहरू गाल्नुपर्छ
हाम्रै स्वार्थका कप्टेराहरू आगामा ठोस्नुपर्ने हुन्छ
हाम्रै ढोंगहरू झोस्नुपर्ने हुन्छ
धुत्र्याइ“, फट्याइ“, हठलाई एउटै झोलामा हालेर आगोमा हाल्नुपर्ने हुन्छ
हामीभित्रको दरबारहरू सल्काउनुपर्ने हुन्छ,
अनि बल्छ धु“वाविहीन आगो, र
एकैपटक, एकै ठाउ“मा एकत्रित र एकीकृत आगो बाल्नुपर्ने हुन्छ
आगोका गीतहरू गुन्जिनुपर्छ
आगोका कविताहरू सुनिनुपर्छ
बागमतीमा आगोहरू बग्नुपर्छ
बरफ सल्केर सगरमाथा वरिपरि आगो लाग्नुपर्छ
मेरो, तिम्रो, हाम्रो सबैको एकतन्त्रलाई सल्काइदिनुपर्छ र
र यो आगो
जतिसुकै चिसो र कठोर परम्परालाई पनि खरानी बनाउन सक्षम हुन्छ
त्यो आगो
सा“च्चै गणतन्त्रको आगो हुनेछ ।
अरू सम्बोधन
स्व. स्वप्नील स्मृति
महोदय ⁄
सर्कस–घर होइन देश
न समय
बादशाहको शालिक नै हो ।
तिम्रो हातमा छ
जो हस्तिनापुर र महाभारतको युद्ध सुन्दरी
अनि तिम्रो हातमा छ
उत्तराधुनिक ‘रिमोट कन्ट्रोल’
जसले तिमी नचाइरहेछौ– पेशेवर वेश्या शान्ति ।
तिम्रो हातमा छ– हिंस्रक राज–झट्टी
र ठान्दो हौ– यही हो अन्तिम जादुमय छडी
लासहरूको चाङ
चाङमाथि चाङ
चाङहरूको दरबारमा
जुन छ वैदिक साम्यवादको गद्दी
हो त्यही“ आसीन छौ तिमी– जङ्गली ऋषिमुनि झैं ।
तिम्रो हातमा छ– नरभक्षी बन्दुक
सङ्स“गै एउटा कुरूप कला
तर आफू शाकाहारी हु“ आदेश–बक्सको
ठूल्ठूला होर्डिङबोर्डहरू झुन्ड्याएका छौं–
टोल–टोलका बधशालाहरूमा ।
तिम्रो हातमा छ– गीता,
र
अज्ञात यौवनाको बलात्कारपछि
तत्काल हत्या गरेको
रक्तमुछेल छुरी ।
जुन तिम्रो हातमा छ–
एक टुक्रा सुकिलो खादा
राजकीय अभिनन्दनमा
उही बलात्कृत यौवनका बुबाहरूबाट समर्पित ।
महोदय ⁄
हाम्रो हातमा केही छैन
यो देशको एकमुठी माटोसम्म...
तर तिम्रो हातमा धेरै छ ।
सबैभन्दा घृणित त
तिम्रो हातमा छ– राष्ट्रिय झन्डा
जो, हो तिम्रो गुप्ताङ्ग छोप्ने हतियार
मानिदिउ“m–
राष्ट्रियता तिम्रो कामुकता
अनि राष्ट्र हो तिम्रो गुप्ताङ्ग ।
तिम्रो अभिमान सोहोरिएको
तिम्रो महŒवाकांक्षा पोको परेको
एउटा पुराताŒिवक टोप
चाहे त्यो हाम्रो पाइतालामुनि होस्
चाहे त्यो तिम्रै शिरैमा होस्
जसको कुनै मतलब छैन हामीमा
हो, त्यो समेत तिम्रै हातमा छ ।
महोदय ⁄
हिरामोति, धनसम्पत्ति, फौज,
मानिदिउ“m– ब्रम्हाण्ड नै
सबै–सबै तिम्रो हातमा छ
तर तिम्रै दुर्भाग्य ⁄
तिम्रो हातमा छैन जनता र समय
तिम्रो आयुसमेत हाम्रो हातमा छ ।
हो, खाली छन् हाम्रा हातहरू
तर
बुझ्नू महोदय ⁄
सबैभन्दा डरलाग्दो
सबैभन्दा सिर्जनशील
सबैभन्दा परिवर्तनकामी
त खाली हातहरू नै हुन्छन् ।
जब भरिनेछन्–
केही थोकले हाम्रा हातहरू
सम्झिनू ⁄
त्यतिखेर तिम्रो हातमा
के हुनेछैन, के हुनेछ ।
किचकन्या
श्यामल
हरेक सा“झ
यसरी नै प्रकट हुन्छे ऊ
झ्यालको सानो छिद्रबाट
जूनको धमिलो किरण कोठामा पसेजस्तै
तन्द्रामा परेको युवकलाई
कस्तछे आनो बाहुपाशमा
प्रेमले पागल युवकलाई कहिल्यै थाहा हु“दैन
किन टोलाइरहन्छ ऊ
र किन उसलाई एक्लै छाडेर सुन्दरी
अलप हुन्छे यसरी
सबै सबै युवकहरू उस्तै छन्
खिइ“दैखिइ“दै गएका
मूच्र्छामा लेख्छन् प्रेम कविता
वनजड्डल वा पार्क जहा“ गए पनि
फेला पर्छन्
श्वेतवस्त्रधारी सुन्दरीहरू
एक्लैएक्लै हरेक सा“झ
यसरी नै प्रकट हुन्छे ऊ
तन्द्रामा परेको युवकलाई
कस्तछे आनो बाहुपाशमा
केही समय भयो
युवकहरू हा“स्न छोडेको
तन्नेरीहरू बिस्तारै–बिस्तारै
दुब्लाउन थालेको
यस्तो समय पनि आयो
कोही बा“की रहेनन्
युवतीहरूका लागि प्रेम गर्न
तर गाउ“की सबैभन्दा वृद्ध आमा भन्छिन्–
त्यो किचकन्या हो
प्रेमको भोक तृप्त नहु“दै अकालमा मरेकी
हेर, राम्ररी हेर
त्यसका खुट्टा फर्केका छन् उल्टोतिर
राम्ररी हेर, त्यो बोल्दिन
तर काम गर्छे र अलप हुन्छे
त्यसको सेतो सारीको टुप्पामा
धागो बा“धेर हेर
जब त्यो मान्छे
त्यो धागो अल्झेको हुन्छ
एउटा नली हाडमा
जलाएर भष्म पार
त्यो नलीहाड ⁄
त्यसपछि त्यो
कहिल्यै फर्केर आउने छैन ।
तर केहीले फेला पारेका छन् नलीहाड
राजाको दरबारमा, केहीले सिंहदरबारमा
केहीले अनेक सानाठूला दरबारहरूमा
सायद कैयौ“ प्रेमाप्त युवतीहरू
अकालमै मरेका थिए ती ठाउ“मा
तिनीहरूलाई प्रेतयोनिबाट मुक्त गर
बा“की रहेको नलीहाड भष्म गर ।
बादशाहको खेल
शार्दूल भट्टराई
बादशाहलाई
खेलमा रुचि छ
उनी आ˚ू खेल्छन्
र अरूलाई खेलाउ“छन्
उनी
चलन चल्तीमा रहेका
हरेक खेलमा निपुण छन्
त्यसैले
अनेकौं खेल खेल्ने गर्छन्
बादशाह
कहिले घोडा दौडाइरहेका हुन्छन्
कहिले कपर्दी खेलिरहेको हुन्छन्
कहिले करा“तेमा हुन्छन्
कहिले रेस्टिड्डमा हुन्छन्
कुनै बेला
गाउ“मा पसेर मुरली बजाउनु पनि
उनको खेल हो
कुनै बेला
शहरमा दमाहा ठटाउनु पनि
उनको खेल हो
यो बेला बादशाह
बाघचाल खेल्दैछन्
तर थर्कीमा बाख्रा छैनन्
बाघ र मान्छे छन्
बादशाह
बाख्राको सट्टामा
मान्छेलाई खेलाउ“दै छ
उनको विश्वास छ
मान्छे पनि बाख्रा नै हुन्
उनको खेलमा
खेलको नियम लाग्दैन
उनको आनै नियम छ
बादशाह घोÈणा गरिरहेका छन्–
बाघचालमा बाघले मात्र चल्न पाउ“छ
उनी उज्यालोमा कहिल्यै खेल्दैनन्
यो उनको परम्परागत प्रचलन हो बादशाहको खेल
अ“ध्यारोमा सुरु हुन्छ र अ“ध्यारोमै सकिन्छ
चाल्र्स प्रथमले
नक्कली मन र मुस्कानमा
अरूलाई खेलाएजस्तै
म्याकवेथले
अर्काको घा“टीमा
तरवार राखेर खेलाए जस्तै
निकोलाई द्वितीयले
वम र बन्दुकलाई
आना खेलौना बनाए जस्तै
र ˚ारुखले
षड्यन्त्रलाई शासनको विधि बनाएर
अरूलाई खेलाए जस्तै
बादशाह
बाघचाल खेल्दैछन्
र अरूलाई खेलाउ“दैछन् ।
म र निरो
हरिगोविन्द लुईंटेल
इतिहासमा
यदि त्यतिखेर
म रोम शहरको नागरिक भएको भए
म सम्राट् निरोको खासै विरोध गर्दिनथें
किनभने रोम शहर जलिरह“दा
मौसुफ सम्राट् निरो
बा“सुरी बजाइरहिबक्सेको थियो
यसभन्दा बढी
मौसुफले खासै खराब केही गरिबक्सेको थिएन
कम्तीमा पनि मौसुफले
जलेको रोम शहरको बीच चोकमा
सिपाहीहरूमार्फत् मान्छेको भीड जम्मा गरेर
तिनका माझमा कुनै चाकरको हातबाट
कुनै प्रशंसापत्र ग्रहण गरिबक्सेको थिएन
त्यहा“ प्रफुल्ल मुद्रामा मञ्चमा विराजमान भएर
कुनै नाचगान र सांस्कृतिक झा“कीहरू नजर गरिबक्सेको थिएन
कम्तीमा पनि मौसुफले त्यहा“
भीडलाई उल्लु बनाउने भाषण गरिबक्सेको थिएन
त्यसैले
इतिहासकालमा
यदि त्यतिखेर
म रोम शहरको नागरिक भएको भए
म सम्राट् निरोको खासै विरोध गर्दिनथें
र त्यतिखेर चाकरहरूले लगाउने नारा पनि
म खासै आपत्तिविना नै सुनिरहन्थें
“हाम्रो निरो, हाम्रो रोम ः प्राणभन्दा प्यारो छ ⁄”
यो देश फक्रिन्छ झन्
हेमराज अधिकारी
धोखा भो, भन खै ? इमान यतिका आस्था र विश्वास खै ?
मेरो उर्बर देश खै ? हृदयको नेपाल मेरो कठै ⁄
औधी भो अब खप्नुहुन्न खुकुरी लौ चम्क ए चम्चम
पड्किदे कविता बनेर बमका छर्रा यहा“ डम्डम ।
केका लागि बगे हिजो रगतका खोला यहा“ भल्भल
केका लागि ढले सपूतहरू यी होला कहा“ उत्तर ?
थुप्रै लास डढे, चुरा पनि फुटे, सिन्दुर पोते झरे
केका लागि जले, मरे किन हजुर के स्वार्थमा ती परे ?
के उद्देश्य थियो ? थिए कि सपना ? यो देश यस्तै थियो ?
प्यारो देह थिएन ? लक्ष्य अथवा यौटै कि मर्ने थियो ?
हामीले किन बिर्सियौं सहिदका इच्छा अधुरा रहे
घर्ती फाट्छ चिराचिरा हृदयमा बिझ्ला नि का“डा भरे ।
मेरा शब्द बिहान कल्कल यिनै झर्ना बनेको दिन
मेरो यो कविता पढेर युगले माटो चुमेको दिन
मेरो राष्ट्रियता मरेर नगए घट्दैन उम्लिन्छ झन्
बैलाई म मरें भने पनि अझै यो देश फक्रिन्छ झन् ।
गणतन्त्र कविता आन्दोलनको अवधारणापत्र
गणतन्त्रवादी कविता आन्दोलन ः सन्दर्भ र सार्थकता
गणतन्त्रवादी कविता आन्दोलन घोषणाका साथ कवितावाचन गरिएपछि यस आन्दोलनबारेको चर्चा सुरु भएको छ र आन्दोलनको विस्तार पनि हु“दै गएको छ । नेपालको खासगरी युवावर्गले ऐतिहासिक साहस र शौर्य प्रदर्शन गर्दै गणतन्त्रको स्वरलाई सडकमा, शिक्षण÷संस्थाहरूमा र समुदायमा ल्याएको र नया“ सम्भावनाहरू सतहमा देखापरेका छन् । शताब्दीयौंदेखि नागरिकहरूको अधिकार कुन्ठित गरी निरंकुश शासन गरिआएको सामन्तवादको मूल जरो हल्लाउन युवाहरूले गरेको यस प्रयासलाई समर्थन मात्र गर्नु वा एक्लै छाडिदिनु सचेत संस्कृतिकर्मीहरूका लागि पर्याप्त हु“दैन । उनीहरूले आनो ऐतिहासिक भूमिका र जिम्मेवारी राम्ररी बुझ्नुपर्छ र पूर्ण लोकतान्त्रिक उपलब्धिहरूका निम्ति गरिने संघर्षमा आफूलाई नेतृत्वकारी तहमा उभ्याउनै पर्छ ।
आज हाम्रा बा“च्न पाउने न्यूनतम अधिकारमाथि राज्य वा विद्रोही आतंकवादस“गको मुठभेडका नाममा हमला भएको छ । हाम्रो शैक्षिक, सामाजिक र सांस्कृतिक जीवन ध्वस्त पारिएको छ र नागरिक चेतनामाथि सैन्यशक्तिहरूले बलात्कार गरिरहेका छन् । यस समस्याको मूल स्रोत प्रतिगमनकारी मुखिया सामन्तवादमै छ । राजनीतिक समस्यालाई सही ढंगले सम्बोधन गर्न नदिन सामन्तवादले भरपुर कोसिस गर्दैछ, जसले गर्दा सैन्यवलको आधारमा टिकिरहन सकियोस् । यस्तो अवस्थामा पनि नबोल्ने साहित्यकर्मी कर्तव्यच्यूत, अनैतिक र स्वार्थलम्पटहरूको मतियार हो । हामीले लेखनको मूल्य र महŒव बुझेका छौं र त्यसैले नै यस आन्दोलनको पुनर्संयोजन गरेका हौं ।
यद्यपि गणतन्त्रवादी कविता आन्दोलनको परिकल्पनाकारका रूपमा देखिएका हामी केही लेखक, कविहरू आनो लेखनको आरम्भदेखि नै सामन्तवादविरोधी सांस्कृतिक अभियानमा क्रियाशील रहिआएका छौं । परन्तु नया“ विकसित भइरहेको सामाजिक राजनीतिक सन्दर्भले हामीलाई त्यही स्तरमा बस्ने अनुमति दिंदैन । यसलाई बृहत् अभियानको रूपमा स्थापित र व्यापक बनाउ“दै लैजान सकिएन भने सामन्तवादविरुद्धको हाम्रो सुचेष्टा कमजोर हुनेछ । त्यसो भयो भने हाम्रा रचनाहरूको असर घट्दै जानेछ र सत्तामार्गीहरूका जयगान् र कथित राष्ट्रगानहरूको दबदबा बढ्दै जानेछ, हामी अप्रासांगिक हुनेछौं । यही भावना र मान्यताअनुरूप गणतन्त्रवादी कविता आन्दोलन पुनर्संयोजनको आवश्यकता महसुस गरिएको हो ।
गणतन्त्रवादी कविता आन्दोलन चेतनासम्पन्न र सार्वभौम नागरिकको पक्षमा, यस देशको सर्वोच्च नीतिनिर्माण तहमा पुगेर देशका निम्ति काम गर्न पाउने उसको मौलिक अधिकारप्राप्तिका पक्षमा तथा मानवीय अहं र गरिमाको पक्षमा गरिने काव्यात्मक हस्तक्षेप हो । यसले सामन्तवादमुक्त संघर्षमा आनो जीवनसमर्पण गरी हामीलाई दृष्टि प्रदान गर्ने र हाम्रो चेतना समृद्ध पार्ने सबै दिवंगत र जीवितजनहरूप्रति समर्पित छ । यसले कलात्मक ओजलाई सदैव सर्वोपरि प्राथमिकता दिनेछ । गणतन्त्रको पक्षमा हु“दाहु“दै पनि न्यूनतम कलाका शर्तहरू उल्लंघन गरिएको कुनै पनि लेखोटलाई हामी सुन्दर नियतले गरिएको मस्यौदा पर्चाको श्रेणीमा राख्छौं । हामी सार्थक संवाद र बहसका पक्षमा दृढतापूर्वक उभिन्छौं । हामी पक्षधर हौं । आनो पक्षमा अर्थात् गणतन्त्रको पक्षमा उभिन्छौं । हाम्रो रचनाको मूल ध्येय गणतन्त्रको प्राप्ति हो ।
खगेन्द्र संग्रौला,
विमल निभा,
विक्रम सुब्बा,
श्यामल,
हरिगोविन्द लुईंटेल,
मातृका पोखरेल
२०६१।०२।०९
जागिर
प्रमोद धिताल
तिम्रो तुच्छ जागिर
तिम्रै मालिकको निम्ति
धेरै महङ्गो सावित भयो वासुदेव ⁄
हुन त तिम्रा छोटे मालिकहरू
तिमी बौलाएको भन्दैछन्
तर सबै–सबै यतिखेर
तिमीस“गै पूरा सत्ता बौलाएको ठहर गर्दैछन्
इतिहासले एकचोटि व्यङ्ग्यको हा“सो हा“स्दै
तिम्रो मालिकले खुनी दरबारलाई
मिति पुगेको घोषणा गर्दैछ ।
तिमी मात्र हैन वासुदेव ⁄
तिमी जस्तै धेरै जवानहरू
एक पेटको निम्ति
बन्ने गर्छन् बलीका बोकाहरू
आफुखुशी विवेकहीन मेशिन बनाउ“छन् तिमीलाई
मानव रगतका भोकाहरू,
जो एक पेटको भोक शान्त गर्न
एकसरो कपडाले आङ ढाक्न
उनै भक्षकहरूको रक्षक बन्न जान्छौ
उनै वादशाहको दास बन्न पुग्छौ
जो तिमी÷हामी सबैका आमाबाबु
छोराछोरीका पनि ज्यानी दुश्मन हुन्
जसले खोसे हाम्रा धेरै आफन्तहरूका गा“सहरू
रित्याए धेरै आमाहरूका काखहरू
उनकै रगतले रङ्गिएको
बीभत्स सिंहासन जोगाउन
र जोगाउन तिम्रो आनै जागिर
का“धमाथि बोकाइएको बन्दुकले
निर्दोषहरूलाई डसिरह्यो ।
तिमीलाई तिम्रो मालिकले
केवल खुवाएन जागिर
उन्मत्त दानवी नशा पनि खुवायो
मात्र सिकाएन इमानदार कुकुरलाई झैं मालिक भक्ति
अमानवीय क्रूरताको पाठ पनि सिकायो
बहुलठ्ठी सत्ताको सन्की चाल पनि सिकायो
त्यसैले त जब पुग्यौ तिमी
यो रोगी सत्ताको निरङ्कुश बन्दुक बोकेर
शान्ति सुरक्षाको झूठो परिचयसहित
अशान्ति र असुरक्षाको
दुषित हावास“गै नगरकोट
यो क्रूर सत्ता बहुलायो तिमीस“ग
एकचोटि आनै छातीमा पोखिएको देखेर मानव रगत
झस्कियो बेसरी नगरकोट
निदाउन सकेनन् फेरि नगरकोटका आ“खाहरू
उसले बुझ्यो कस्तो हु“दोरहेछ तिम्रो जागिरको अनुहार
उसले थाहा पायो तिम्रो शान्तिसुरक्षाको परिभाषा
अब कहिल्यै निदाउने छैन नगरकोट
उसले धेरै– धेरै ठाउ“हरूलाई तिम्रो जागिरको
परिचय दिनु छ
उसले धेरै–धेरै नारीहरूलाई तिम्रो सत्ताको
परिचय दिनु छ ।
खड्गबहादुर८ भुजेल
प्रोल्लास सिन्धुलीय
यो नियमित प्रक्रिया हो
जब
खुकुरीको लाज छोप्न असक्षम हुन्छन् दापहरू
खड्गबहादुर भुुजेलहरू
आनो कपडाको टुक्राले बेर्छन्
र ‘भान्साघर’को पालीमा घुसार्छन् खुकुरी ।
खड्गबहादुर भुजेलहरू फलाम उत्पादन गर्छन्
फलाम–फलामलाई खुकुरी–खुकुरी बनाउ“छन्
जब खुकुरी तयार हुन्छ
खुकुरीस“ग तर्सिएर
हत्तपत्त
खड्गबहादुर भुजेलहरू आत्मसमर्पण गर्छन् ।
खड्गबहादुर भुजेलहरू
आनो हाडलाई रेती बनाउ“छन्
र सोझ्याउन थाल्छन् खुकुरीका धारहरू
जति जति
चम्किंदै जान्छ खुकुरी
उति उति
खिइ“दै जान्छन् खड्गबहादुर भुजेलका हाडहरू
खड्गबहादुर भुजेलका हाडहरूमा
खुकुरीका खियाहरू सर्छन् र रजाइ“ गर्छन् ।
खड्गबहादुर भुजेलहरू अचानो बन्छन्
जब–जब
भान्साघरमा मासु भित्रन्छ
आना ढाडहरू प्रयोग गर्न
अनुमति दिन्छन् उनीहरू
मासु काट्ने निहु“मा
यदाकदा
खड्गबहादुर भुजेलहरू स्वयम् काटिन्छन् ।
खड्गबहादुर भुजेलहरू आनो जात बिर्सन्छन्
आनो धर्म बिर्सन्छन्
आना स्वाभिमानहरू बिर्सन्छन्
काम सकिएपछि
अर्को कार्य नहुन्जेलसम्मका लागि
खड्गबहादुर भुजेलहरूलाई
भान्साघरको कुनामा थन्क्याइन्छ
भान्साघरभित्र थन्क“दा
खड्गबहादुर भुजेलहरू
‘मेरो पियारो ओखलढुङ्गा’ समेत बिर्सन्छन् ।
यो नियमित प्रक्रिया हो
खुकुरीस“ग आतङ्कित खड्गबहादुर भुजेलहरू
खुकुरी चलाउन
खड्गबहादुर भुजेलहरूकै
हात चाहिने कुरासमेत बिर्सन्छन् ।
८खड्गबहादुर भुजेल– एक दरबारिया सैनिक, जसले सङ्गीतकार प्रवीण गुरुङ हत्याकाण्डको जिम्मेवारी लिएका थिए ।
गजल
– बू“द राना
स्वा“ठलाई भने हुन्छ धेरै फुर्ती नलाउन
नीम रोपी सकिंदैन नासपाती फलाउन
हिजोसम्म जे भो भो बुझोस् अब एेंजेरूले
बिरुवाका अंश मारी पाइ“दैन पलाउन
जसको जग धरतीमा छ“दैछैन हावामा छ
फुकिदिए काफी हुन्छ दर्बार त्यो ढलाउन
कोही काठ बटुल है कोही मट्टितेल खोज
रावणको लङ्का फेरि परेको छ जलाउन
अन्धो धृतराष्ट्रलाई भनिदिए हुन्छ अब
हामी पनि सक्षम छौ“ राजकाज चलाउन
दुर्योधन
बद्रिविशाल पोखरेल
आनै दाजुमाथि नृशंस धावा बोलेर
आनै भाउजुको चीरहरण गरेर
लाÔागृहमा आनो वंश पोलेर
सम्राट् हुने सपनामा
दुर्योधन द्वन्द्वको दुन्दुभि बजाइरहेको छ
दुर्योधन कहिले हिरण्यकशिपु भएर उदाउ“छ
कहिले कंश बनेर देखापर्छ
कहिले रावणको घमण्डमा कुर्लने गर्छ
यतिखेर दुर्योधन दुशासनका साथ देखापरेको छ
आनै पराजित अतीतलाई बिर्सिएर
दुर्योधन द्वन्द्वको दुन्दुभि बजाइरहेको छ ।
शस्त्रास्त्रले सुसज्जित सेनाहरू समाप्त पारेर
माटो खानु परेको आनो अतीतलाई भुलेर
निभ्ने बेलाको बत्तीजस्तो खपिनसक्नु गरी उम्लिएको छ
दुर्योधन आवेगमा द्वन्द्वको दुन्दुभि बजाइरहेको छ
युधिष्ठिरको हुस्सुपनाबाट ˚ाइदा उठाएर
अर्जुनको लोसेपनाबाट लाभ लिएर
पाण्डवहरूका बीच आपसी झगडा सल्काएर
आ˚ैंले ल्याप्चे लगाएको शान्ति र सहअस्तित्वको
तमसुक च्यातेर
दुर्योधन दरबारमा नाङ्गो तरबार लिएर
नाङ्गै नाच्न थालेको छ
लोकतान्त्रिक यज्ञमा समिधा हुन आतुर छ
दुर्योधन द्वन्द्वको दुन्दुभि बजाइरहेको छ ।
सर्पयज्ञ
बलभद्र भारती
हे नागेश ⁄
तिमी किन ब्य“ूझियौ सपनाबाट
एक्कासी फणा उठाउ“दै
चुपचाप चुपचाप सुत्केरीका ओछ्यानमा
किन लस्कियौ यसरी ?
ती हाम्री आमा हुन्,
भर्खरै स्वतन्त्रतालाई जन्म दिएकी
अझै रगतमै लतपतिएकी छन्
नुहाएकी पनि छैनन्
तिमी भने यो अस्ताचलको गोधूलिमा
हरियो घा“समा घिस्रिंदै
जिब्रो लप्लपाउ“दै किन आउ“छौ डस्नका लागि
ओडारबाट निस्किएर
बालकहरूका घा“टीमा बेरिन ⁄
जब हामी स्वतन्त्रतालाई अ“गालो मार्दै
मोहनीपाशमा वशीभूत भएका हुन्छौं
तिमी हानिदै सिधै हाम्रो बस्तीतिर
सहस्र फणा उठाउ“दै, फु“–फु“ गर्दै
किन आउ“छौ रात परेपछि
पटक–पटक स्वतन्त्रताको नाच बिथोल्न ⁄
तिमीले डसेका शिशुका लाशमाथि
श्रापित आमाहरूले कहिलेसम्म
आ“सु बगाउनुपर्ने हो,
तिमी आफ्नो ओडारमा नफर्किदासम्म
कति शिशिरहरू बाहिर काट्नुपर्ने हो ?
भन, नागेश ⁄
मुन्टो हल्लाएर मात्रै अब
समाधान निस्कदैन ।
हामीले के गर्न सक्दैनथ्यौं र तिमीलाई
जतिबेला हाम्रा बस्तीहरूमा आगो बलिरहेको थियो
धु“वा, आगो र बारुद झोसेर तिम्रो ओडार
ध्वस्त बनाउन पनि सक्थ्यौं
तर त्यसो गरेनौं
बरु शिवजीले झैं घाटीमा बेरेर
माला लगाएर नाच्यौं, हाम्रो शोभा भनेर
यो कस्तो मजाक आफ्नै इतिहासको
जुन कमजोरीको फाइदा उठाउ“दैछौ तिमी
अभागी सपूतका टाउकामा डसेर ⁄
हे नागेश ⁄
अब तिम्रा लीलाहरू यो धर्तीमा
सदाका लागि लोप हुने बेला आउ“दैछ
थोरै समय अझै बा“की छ
परीक्षितका वीर्यदानले
आमाहरू गर्भिर्णी भएका छन्
सर्पयज्ञको अनुष्ठान गर्न
आफ्ना कोखबाट जनमेजयहरूलाई जन्माउ“दैछिन्
हे नागेश,
हाम्रो निमन्त्रणा स्वीकार गर ⁄
मूर्ति सङ्ग्रहालयमा थन्क्याऔं
बालकृष्ण लामिछाने
कलाकार थियो कोही ढुड्डामा जो कला भयो
ढुड्डाको मूर्तिमा बेग्लै मान्छेको भावना प¥यो
मूर्तिमा चेतना छैन, शक्ति छैन तथापि यो
धरतीभरको स्वामी भनेर पुज्न थालियो ।
विनाभक्ति कुनै काम हुन्न रे आफूले गरे
मान्छे जो काम छाडेर मूर्तिकै भरमा परे
मान्छेको सृष्टिकर्ता ऊ विघ्नहर्ता भयो उही
आस्था टेकेर मान्छेकै जगमा चुलियो उही ।
मान्छेको चेतना जम्छ जमेको पोखरी सरि
धुप–दीप जलाएर हरेकृष्ण सधै“भरि
सारा अन्धो बनाएर मूर्तिले ज्योति छर्दछ
चेतबन्दी बनाएर मूर्तिले राज्य गर्दछ ।
आ“धी उर्लेर आयो कि रोक्तैन बा“धले कुनै
च्छो–रोल्पा ताल भत्कन्छ कुनै दिन अवश्य नै
आएर चेतना अहिले तात्दैछ सबको खुन
सभ्यता जड्डली पार्ने मूर्ति ध्वस्त बनाउन ।
उज्यालो ज्योति हो मान्छे धर्तीको धमिलो धुने
गतिशील हुनैपर्छ दृष्टि र चेतना हुने
युगले पनि फेर्दैछ साराको भूमिका जब
यो मूर्ति पनि थन्क्याऔं सङ्ग्राहालयमा अब ।
बुख्याचा
डा. बेन्जु शर्मा
नर्कटको हातगोडा
फुटेको हा“डीको टाउको
झुत्रा झ्याम्टा लुगामा
बुख्याचा
आफूलाई अभिनेता सम्झिरहेछ
नायक मानिरहेछ
हात फैलाएर औंला ठड्याइरहेछ
ऊ आफूलाई लोग्ने सम्झिएर
हु“कार कुर्लिरहेछ
कमान कसिरहेछ
ऊ यस युगको
नेतृत्वको नायक सम्झिएर
लगाम खिचेर
सबलाई घा“स खुवाइरहेछ,
कमानी भएर
भित्तामा टा“गिएको घडी बनाइरहेछ,
हा“डीभित्र गिदी छैन
शरीरमा मासु छैन
समझको चेतना छैन
हृदयको अनुभूति छैन
शरीरमा बल, बर्कत छैन
तर पनि आफूलाई
बालीको संरक्षक सोचिरहेछ
परिवारको रक्षक सम्झिरहेछ
टाउकोमा रित्तो फुटेको हा“डीको
थोत्रो ह्याट लगाएर
बाहिरी बोक्राको
खोक्रो बुख्याचा
हातमा लठ्ठी हल्लाइरहेछ
अब बुख्याचाको त्रासले
देश डर्दैन
अब बुख्याचाको आशले
घर चल्दैन ।
लोकतन्त्रको गीत
– विजय सुब्बा
कहा“ हुन्छ राजा प्रजा हामी भा’को ठाउ“मा
यही नै हो मूल मन्त्र जनताको नाउ“मा
जसले पिट्यो उसैलाई अझै राख्यौं भने
दुनिया“लाई छाडी उसकै मुख ताक्यौं भने
नरहन्छन् आफन्त नै न त टेक्ने माटो
यही रै’छ संघर्षमा देख्नै पर्ने पाटो
लड्नुहुन्न बारम्बार आनै लागि पनि
कसले भन्छ हामीस“ग दास रगत छ नि
यही युद्ध उस“गको अन्तिम हो लडौं
लोकतन्त्र ल्याइछाड्ने यौटै प्रण गरौं
यो कुन शताब्दी हो
भवानी क्षेत्री
साथीहरू हो ⁄
हामीले भोगिरहेको
यो समय
अ“ध्यारो हो ?
कि उज्यालो हो ?
सा“च्चै भन साथी हो ⁄
यो रात हो ?
कि दिन हो ?
म रनभुल्लमा परेकी छु
रात भनौं भने
भाले बासेको, धेरै बेर भइसक्यो
मिरमिरे हु“दै हाम्रो आ“गनमा
सूर्य पोखिएझैं पनि लाग्छ
उज्यालो वा दिन भनौं भने
डर र त्रास सर्वत्र थप्दछ
आतंकित मन बोकेर
त्रसित समयभित्र बा“च्नु
उज्यालोभित्र बा“च्नु हुन्छ र ?
साथीहरू हो ⁄
हामी बा“चिरहेको
यो कुन शताब्दी हो ?
यो आदेशले छेकिएको
कर्युमा थुनिएको
स्वतन्त्रता लुछिएको
प्रगतिका प्रत्येक पाइलामा
बारम्बार प्रहार भइरहेको
पंक्तिबद्ध रूपमा
बार र बन्देज तेस्र्याइएको
यो कुन शताब्दी हो ?
एक्काइसौं ?
कि अठारौं ?
साथीहरू हो ⁄
हामी मान्छे हौं ?
कि पशु हौं ?
मान्छे हौं भने
खै मान्छेले पाउने अधिकार ?
पशु हौं भने
के हामी जंगलमा छौं ?
जंगलमा छौं भने
जंगलमा शासन गर्ने को हो ?
बाघ कि सिंह ?
मान्छे कि पशु ?
उपस्थिति
मिलन श्रेष्ठ
जसरी उज्यालोको उपस्थितिमा
अन्धकार विलिन हुन्छ ।
प्रेम, सदभावको उपस्थितिमा
राग, द्वैष, घृणा विलिन हुन्छ
ज्ञान र विज्ञानको उपस्थितिमा
अज्ञान, अन्धविश्वास विलिन हुन्छ
सत्य र न्यायको उपस्थितिमा
असत्य र अन्याय विलिन हुन्छ
उदारता र महानताको उपस्थितिमा
संकीर्णता र तुच्छता विलिन हुन्छ
त्यसरी नै
अग्रगमनको उपस्थितिमा
सदाको लागि प्रतिगमन विलिन हुन्छ
अनि
लोकतान्त्रिक गणतन्त्रको उपस्थितिमा
सदाको लागि निरंकुशतन्त्र निर्मूल हुन्छ
सौन्दर्यको आकार
मणि लोहनी
चारैतिर फैलिएको छ
सौन्दर्यको जादू
त्यो खैरो÷पहेंलो काठको मुढामा
फलामे छिना र बसिलोमा
काठकै मुङ्ग्रो
तिम्रो चलायमान औंला
या निख्खर कालो आ“खा
जो खोजिरहेछ काठको मुढोमा सौन्दर्यको आकार
बाहिर सडकमा आन्दोलनरत विद्यार्थी आक्रोश
रङ्गहीन आ“सु पिउन बाध्य निमुखा जनअनुहारहरू
चारैतिर फैलिएको छ
सौन्दर्यको जादू
पर त्यो अग्लो घरमा बस्ने मान्छे
उसको वरिपरिको बन्दुक
क्रूर आ“खाको सौन्दर्य
या उसको ओठमा नसुहाएको प्रजातन्त्र
यी सबबाट बेखबर,
प्रसवमा छट्पटिएर लडेकी ती महिला
जो जन्माउन खोजिरहेकी छ– शिशु गणतन्त्र
र टाउको निकालिरहेछ– राजहठको उद्वण्ड बालकले ।
हैरान छन् प्रेमीहरू
र झुन्डिएका छन् एक साथ
काठमा सक्रिय त्यो आत्महत्या
तन्नेरीलाई अल्मल्याउन यौनक्रियामा लिप्त त्यो जोडी
चारैतिर फैलिएको छ
सौन्दर्यको जादू
बेवारिसे ढुङ्गा र काठहरूलाई माया गर्ने किरण मानन्धर
राज्यद्रोहको आरोप खेपिरहेको गगन थापा
टोपी फुकालेर सडकमा ओर्लेका कनकमणि
रोजगारका नाममा कविता फलाकी हिंड्ने श्रवण मुकारुङ
मानवअधिकारवादी कृष्ण पहाडी
या कविता लेखि हिंड्ने यो मणि लोहनी
सबै काठको बेवारिसे मुढोजस्तो देशमा
बिछ्याइरहेका छन् आ–आना सीप
र खोजिरहेछन्
शान्ति
र नागरिक अधिकारको सम्मान ।
म ठम्याउन सक्दिन“,
कलाकारहरूले कु“दिरहेको काठहरूमा खुल्दै गरेको सौन्दर्यको आकार
र सडकमा विद्यार्थीहरूले कोरलिरहेको गणतन्त्रको अनुहार
किन उस्तै उस्तै छ ?
म कुमारी प्रजातन्त्र तेस्रो विश्वकी
मञ्जु का“चुली
भूभागहरूलाई देशदर्शन गर्दै–गर्दै
यस भूमिभित्र भित्रिएकी छु
मलाई रथमा मूर्तिवत् पार्दै
चारैतिरबाट झ्याइ“कुटी पारेर
नैवेद्य–भेटी थुपारिंदा म मेरै नामको हेत्वाभासले
सताइरहेकी छु
जुन चीज म दिइरहेकी छु
त्यो तिमीले लिन सकेका छैनौ, चाह“दैनौ
जुन चीज मबाट तिमी हत्याउन चाहन्छौ
त्यो मैले दिन चाहेकी छैन
मेरो भावना र दायित्वको कदर गर्ने
तिम्रो रगतमा त्यस्तो रसायनको तागत छैन
म कुमारी प्रजातन्त्र, तिमी पटके व्यभिचारी
तिम्रो र मेरो आमन्त्रण र लेनदेनको व्यवहारमा
ओजस्विता र अनुशासनको तालमेल छैन
मेरो भर्खरको नया“ आस्थाको
स्वतन्त्र आकाशजत्रो चाहना छ
तिम्रो पुरानै बानी–बेहोराको आनै आ“खाको तुवा“लो
बुङ्बुङ्ती मेरा अगाडि अझसम्म उडेकोउड्यै छ
बीचमा पारस्परिक असङ्गतिको ठूलो पुरानो नाङ्ले भ्वाङलाई
नाङ्लाकै एउटा पातलो घेराले जोडेको जोड्यै छ
कठै ⁄ अझै त्यही बेलिब्रिजका मसिना करङहरूले
तिमीलाई र मलाई एउटै बसको छतमुनि धानिराखेका छन्
शिष्टता र सभ्यताका विरुद्ध तिमी
उही आनो पुरानो थाप्ने गरेको
माटोको बिट मिलेको ‘भा“डो’
बजार–बजारभर खोजिहिंड्दै छौ
म रुष्ट भएकी छु आजसम्मको तिम्रो यस्तो
असमर्थता र नामर्दीपनदेखि
यस्तो बेला तिमीले केही गर्नुपर्ने हो
आनै लागि भनेर
धुवा“ भए पनि, आगो भए पनि
बालुवा भए पनि, खरानी भए पनि
केही त ओढारबाट ओकल्नुपर्ने हो
मेरो यो आधुनिक सोकेस होइन
केवल देखाउनका लागि तिमीलाई भनेर
कमसेकम तिम्रो पराक्रम–अङ्कित धातुका
आकारहरूले
यसका खण्डहरू भरिनुपर्ने हो
फेरि उही सनातन संस्कारको संरचनाको
आ“खाले
मेरो तरुण रक्तप्रवाहलाई
खोतल्न खोज्दैछौं
नया“ कमिजको पुरानो तिरमिरे बुट्टाको
आवरणमा बेरिएर
स्नेहविनाको दुर्गन्धित श्वासले
मलाई बेर्न खोज्दै छौ ⁄
कुहिएको गोबर–माटोको लिउनले टम्म टालिएको
चेतनाको भित्ते झ्याललाई
अझै टाल्न प्रयत्नरत छौं
मेरो चाहना र तिम्रो व्यवहारका बीच
पुनर्निमित पुरानै भ्यागुते ज“घार तेर्सिएको छ
तिम्रा र मेरा पारस्परिक असङ्गतिका पाइलाहरू
भड्खालाको दुई चुचुरामा पुगेका छन्
सिद्धान्ततः हामी दुवै एउटै विधानको दायराभित्र
अक्षरका दा“त देखाएर बा“चेका छौं
जमिनभन्दा अलि पर छुट्टाछुट्टै विचरण गरिरहेका
स्वतन्त्र बादलका दुई टुक्राहरूझैं
एउटै आकाशको बिटले घेरिएर
केवल दुई पुनः परिचित स्त्री र पुरुष भएर
एउटै कोठामा उस्तै थोत्रो मेचमा, अलिकति मानिसहरू भएको
कोठाभित्रको अलिकति प्रदूषित हावाले निसास्सिएर
अलिकति कृत्रिम मुस्कानको अ“ध्यारो किरणले
सीमित भित्ताहरू पोतेर
हामी दुवै तेस्रो विश्वको स्वतन्त्रताको पारस्परिक दिनचर्या
बा“चिरहेका छौं
म कुमारी प्रजातन्त्र, तिमी पटके व्यभिचारी
आज हामी एउटै कोठाभित्र सन्जोगले
बन्दी जीवन बा“चिरहेका छौं
न त तिम्रो र मेराबीच उम्मेदवारीको कुनै सम्बन्ध र अर्थ छ
न त सुमधुर लगनगा“ठो
वा हृदयगा“ठोको कुनै संभावना र परिकल्पना नै छ
म कुमारी प्रजातन्त्र तेस्रो विश्वकी
तिमी पटके व्यभिचारी तेस्रो विश्वका
केवल एउटै युगको एउटै कोठाभित्र
दुवैले यस जुनीभर
बन्दी जीवन बा“च्नु छ ।
दुर्गन्ध
मनोज न्यौपाने
कसैले सोध्छ भने मलाई
‘मुकुट गनाउ“छ कि जुत्ता ?’
मेरो जवा˚ हुन्छ–
‘मुकुट’
हो, मुकुट देख्दा सुन्दर हुन्छ
निकै आकर्Èक हुन्छ
तर यो सबै जलपको चमक मात्र हो
जब मुकुटको भित्री भाग
हत्याहिंसा, पाखण्ड, बर्बरता र Èड्यन्त्रस“ग जोडिएको थाहा हुन्छ
जो कोहीलाई मुकुट ‘सिनु’ गनाउ“छ
(सिनु भनेको सिनु नै हो
यसलाई नपुरे महामारी ˚ैलिन्छ)
उर्दी त
जुत्तागान नलेख्नू, मुकुटस्तुति
लेख्नु भन्ने छ
जसले जे उर्दी लगायो,
त्यही मान्नु भन्ने के छ ⁄
आ˚ूलाई त सबैभन्दा
मन नपर्ने दुर्गन्धको नाम हो, दासता
त्यसैले
के–को गर्नु र उर्दी सुर्दीको पालन ⁄
किन पो छोड्नु र, लेख्नु जुत्ता गान ⁄
बरु जेलतिर डेरा सरिन्छ
छाती खोलेर गोलीलाई स्वागत गरिन्छ
मुकुटलाई सिनु भन्न छोडिंदैन
भनिरहिन्छ, भनिरहिन्छ
हामी उठेपछि
मिश्र वैजयन्ती
हामी सुन्दर बारी बनाएर
फुल्न खोज्यौं तिमीस“गै
तिमीले सुम्सुम्याउ“दै चिमोटेर
पैह्रो झारिदियौ
हामीले पैह्रोमा पनि त तिमीलाई
लपक्क टा“सिएर हा“सी हा“सी छोइरह्यौ
तिमीले पत्थरका हिमाल उठायौ
हामी कति आज्ञाकारी थियौं
पत्थरमै पनि त फुल्नै खोज्यौं
तर तिमीले रगतको होली रचायौ
तिमीले शिर हाडहरूको टोपी लाएर
चम्किन चाह्यौ निरन्तर
आज हामी आफ्नै आ“गनमा
निर्वासित सूर्य भएर
उज्यालोको कामना नगर्ने आरोपमा रड्डियौं
र होस फिरेको बिपना बोकेर
आवाजको खेती गरिरहेछौं
हामीस“ग तिम्रो निरङ्कुशताको जवाफ
अनन्त हातेमालो छ ।
पड्क“दै गर वम र बन्दुकमा
विचार–भावना र लोकतन्त्र
तिम्रो बारुदभन्दा तल कहिल्यै हु“दैन ।
तिमी घट्दै गइरहेछौ मान्छेहरूमा
हामी बढ्दै जा“दैछौं मनहरूमा
हामी तिमीजस्तो सपनाको खेती गर्दैनौं
हामीस“ग श्रमको बिपना छ ।
तिमी–तिम्रा भक्तका कुटीमा
तिमी नै छैनौ– केवल भजन छ,
भजनका रागहरूमा– अनुराग छैन
केवल लिप्सा छ ।
हामीभित्र जीवनको गन्ध छ
जब हामी जीवनस“ग हिमाल भएर उठ्छौं
तिम्रा सपनाको सिसमहलको भग्नावशेष
इतिहासको पानामा चेपिएको हुनेछ ।
एक्काइसौं शताब्दीको
बादशाह र नया“ लुगा
महेश मास्के
२१ सौं शताब्दीको एउटा बादशाह
निर्वस्त्र
सवारीमा निस्कन्छ
उसले पढेको छ
बादशाहको नया“ लुगाको कथा
तर कथाको बादशाहझैं
ऊ अन्यौलमा छैन
भ्रममा पनि छैन
उसलाई थाहा छ ऊ सर्वाड्ड नाङ्गो छ
तर वस्त्रहीनताको यथार्थ टेकेर उभिएको बादशाह
लालायित छ, उत्सुक छ
२१ सौं शताब्दीमा नया“ लुगाको चर्चा सुन्न
त्यसैले ऊ
निर्वस्त्र
सवारीमा निस्कन्छ ।
२१ सौं शताब्दीमा
सवारीका दर्शकहरू लाममा उभिएका छन्
बादशाहको नया“ लुगाको चर्चा चलिरहेको छ
भलाद्मीहरू राजसी पोशाकको बखान गरिरहेका छन्
भाटहरू त्यसमा सही थाप्दैछन्
भनिरहेछन्
“अहा ⁄ कस्तो अद्भूत प्रजातान्त्रिक पोशाक ⁄”
र दर्शकहरू चुपचाप हेरिरहेका छन्
उनीहरूले पनि पढेका छन्
वस्त्रहीन बादशाहको सवारीको कथा
तर बादशाहलाई
“तिमी निर्वस्त्र छौ”
भनिहाल्न सकेका छैनन् ।
२१ सौं शताब्दीमा पनि
बालकहरूले सत्य बोलेका छन्
बादशाह नाङ्गो छ भनिसकेका छन्
तर एकादेशको कथा
र आजको यथार्थमा
फरक यो छ कि
बालकहरूले बादशाहको शरीरमा लुगा नभएको बताइसकेपछि पनि
भलाद्मीहरूले नया“ लुगाको प्रशस्ति गाउन छाडेका छैनन्
न बन्द नै भएको छ
निर्वस्त्र बादशाहको÷सवारी निस्कने क्रम
हान्स एन्डरसन ⁄
२१ सौं शताब्दीमा
यथेष्ट हु“दैन रहेछ
मात्र बालकहरूको आवाज
निर्लज्ज बादशाहलाई घोडाबाट ओराल्न
चाहिने रहेछ
दर्शकहरूको समवेत स्वरबाट गुञ्जिने
विद्रोहको नाद ⁄
टुकुचा
मातृका पोखरेल
मलाई गनाएझैं
धेरैलाई गनाएको हु“दो हो
टुकुचाको पानी ।
टुकुचामा हिजोआज
जस्तोसुकै खुट्टा लगेर चोप
झनै फोहोर हुन्छ,
जस्तोसुकै प्राविधिक टाउको पखाल
झनै दुर्गन्धित हुन्छ,
कपडाहरू लगेर धोऊ
झनै मैलो हुन्छ,
अचेल टुकुचा
उहिले उहिलेको जस्तो छैन ।
इतिहासको कथाजस्तो
भएन अब टुकुचा,
धेरै भइसक्यो
कुमारी रगतका भ्र्रूणहरू
बगाउन थालेको ऊ,
बोरामा लासहरू कुहाउनु
मान्छेका टाउकाहरू दूषित बनाउनु
उसका योजानका खाकाहरू हुन् ।
उहिले उहिले ऊ
आना किनारहरूमा
किसानहरूस“गै खेल्थ्यो
हिलो माटो बोकेर
सा“झ फर्कन्थ्यो घरमा,
सिंहदरबारबाट शासित ऊ
प्रत्येक रात
किसानहरूका डबलीमा
आनो पीडा गाउन मन पराउ“थ्यो
जब ऊ समयस“गस“गै शासक बन्यो
समयस“गस“गै गनाउ“दै गयो ।
अचेल टुकुचा,
किसानहरूको सिनाज्याम्मे (रोपाइ“ गर्दा गाउने गीत) सुन्दै
बागमतीतिर बग्दैन,
मान्छेहरूलाई नाक छोप्न लगाउ“दै
सैनिक ब्यारेकतिर लुक्छ,
अचेल टुकुचा,
एक हल रोपाइ“ गर्न
आनो छेउमा बेखामानलाई बोलाउ“दैन
एक हुल तस्करहरूलाई
आलिशान महलहरू बनाउन
आनो किनारतिर निम्त्याउ“छ ।
अचेल टुकुचा,
उहिले उहिलेको इतिहास जस्तो छैन
अचेल टुकुचा,
उहिले उहिलेको जस्तो प्रिय छैन ।
सेना र प्रहरीसित
मित्रलाल पंज्ञानी
प्यारा सैनिक हो ⁄ पुलिसहरू हो ⁄ क्यै भन्छु है सुस्तरी
चिन्नैपर्दछ राष्ट्रसेवक तिमी को हुन् यहा“का अरी
ठम्याऊ बुझ देशघातक छ जो घृणा उसैमा गर
भोका पीडितमा गरिब जनमा माया उज्यालो छर
सोसी खान्छ र जो डकार्दछ सधै“ लाखौ“ रुवाइकन
पैसा लग्छ विदेशका सहरमा देशै डुबाइकन
आस्था छैन यहा“, छ दूरतिरको अन्तै कतै चिन्तन
त्यै हो संकटको मुहान धमिलो यो देशको दुश्मन
सम्झन्छन् यस देशलाई जसले गाई र भैंसीसरि
आएसम्म दुहिन्छ दूध रसिलो बाल्टी र गौवाभरि
नाता जोसित छैन मातृवत क्यै गर्दैछ व्यापार जो
बेच्ला दूध सुके कसाहीहरूमा हाम्रो विरोधी छ त्यो
नाफा हेर्दछ नित्य व्यक्तिगत जो लाग्नेछ भोलि कतै
ठूलो क्रान्ति उठाइनेछ बलियो भाग्नेछ भोलि कतै
हाम्रो छैन विकल्प अन्य थलमा यै वास हो केवल
आस्थादीप जगाउ“छौं र यसमै पोख्छौं पसिनाजल
एक्लै हिंड्दछु भन्छ ऊ सडकमा लागेर कुर्ची नशा
हामी सत्तुर होइनौं, छ समता तिम्रो र हाम्रो दशा
तिम्रो जे छ यही“ छ, जीवनदिशा टाढा कहा“ के छ र ?
बाचौं आऊ स“गै भुलेर नपरे भाग्नेहरूका भर
जन्मेथ्यौ“ जुन झोपडीतिर तिमी पाहाडको काखमा
दुःखी दर्दमयी गरिब घरमा दारिद्र्य–वैशाखमा
हामी त्यै घरका जहानहरू हौं अन्याय ठूलो परी
आएका युगबोध भै सडकमा हारी नफिर्ने गरी
आमा बा दिदी भाइ बैनी भतिजा तिम्री पियारी सखा
सिल्पी मानिस छौ“ यसै जुलुसमा यो देश नेपालका
हामी मारिन हुन्छ हुन्न ? बुझ यो माटो यहींको खनी
मर्नै बेस छ क्यै मरी मुलुकमा पर्दैन घाटा भनी
(‘गतिमान् गण्डकी’ खण्डकाव्यबाट)
यो युगको विच्छेदन
मुरारी पराजुली
रातभरि बलेसीबाट खसिरह्यो
आदिम निरंकुशताको झरी
र घृणाको ताप्के उठाएर
निलिरह्यौं उसको रहरको बान्ता ।
अशिष्ट श्रीपेचको सिउर हल्लाउ“दै
असामयिक बासी खिचडी खोजेर
हाम्रो अभिमानको छातीमाथि
उसले मध्ययुगीन बुटले कुल्चिन खोज्यो
इतिहासको खाटा खोल्स्याएर
˚ेरि पनि उसले
नरभÔी नङ्ग्राले अर्कोपटक
हाम्रो स्वाधीनताको उपहास ग¥यो
युगको वÔस्थलमा गानिएको उन्मुक्ति सुकाएर
मुतको टाटामा दुर्मतिको निद्रा खोज्यो
अ“धेरी रातमा
विकलाड्ड आकांÔाको बिस्कुन सुकाएर
चट्टानले उठेका हाम्रा ढाडमाथि
उसले असान्दार्भिक धृष्टताका पुलहरू तर्न खोज्यो
बधशालामा निहत्था अÔरको हत्या गरेर
वाणीको नाकाबन्दीमा गरालो तेछ्र्याउ“दै
आ˚ूले भने
भन्नु नभन्नु भन्यो हामीलाई
सत्तासराप ग¥यो हामीलाई
हाम्रै निधारमाथि टेकेर उसले
अस्वीकृत मान्यताको झाडा बस्यो
असामयिक रहरको बान्ता ग¥यो ।
हाम्रो आस्थाको सहरमा उसले
बलात्
अनर्थ नाली खन्न खोज्यो
सताएर हामीलाई उल्टै
समयातीत अटेर मुखिया बन्न खोज्यो
थान्को लगाएको थानबाट उठेर
हाम्रो स्थानको अपमान ग¥यो
धुलो जमेको श्रीपेच टक्टक्याएर
हाम्रो विश्वासलाई तर्साउन खोज्यो
विÔिप्त उसको रमिताले व्याकुल
माटोमा देख्दैछु लाभा उठ्दैछ
पानीमा देख्दैछु आगो बल्दैछ
यतिबेला
खोई तपार्इं के गर्नुहुन्छ ?
मैले भने उसलाई चटक्क छोडेको छु
उसको खियाग्रस्त अनुहारलाई विदा भनेको छु
हेर्नुस्, यो युगको विच्छेदन हो
तपाईं या यता लाग्नुहोस्
या उता लाग्नुहोस््
तर बीचमा भेटिने छैन कुनै सुरÔित स्थान
सेतो हिमाल मुन्तिर
मोदनाथ प्रश्रित
अब यो सेतो हिमाल मुन्तिर कालो छाया टिक्दैन
मरिसकेको युगका अन्धा जर्जर मरणासन्न पिचास
नया“ जमाना नया“ भावना बबुरा तै“ले के बुझ्लास्
तेरो झा“क्री झस्का हठले युगको आ“धी रुक्दैन
अब यो सेतो हिमाल...
बल्यो बल्यो हेर मुक्ति ज्वाला युवाहरूको छातीमा
अब हेर तेरा काल पास ती श्रमिक वर्गको ता“तीमा
अजेय तेज लिई क्रान्ति सूर्य यो अब नउदाई छाड्दैन
अब यो सेतो हिमाल...
अन्धकारमा बसी कुनामा भुन्भुनाउ“दै कुहे हिलोमा
रगत हसुर्ने ए लामखुट्टे अचेतनाको निद्रामा
बुझिस् फिराइल डि.डि.टी. नछर्की अब जनताले छोड्दैन
अब यो सेतो हिमाल...
जनता लाटा सधै“ हु“दैनन्, इतिहास उसैगरी उल्टिन्न
जाल फिंजाइ“ लुक्ने माकुरी अब जनता यो बल्झन्न
धूर्त, विदेशी सा“ठगा“ठले जनआकांक्षा दब्दैन
अब यो सेतो हिमाल....
देश बेचुवा, ए जनद्रोही, भ्रष्टतŒवका ए ⁄ बनिया“
आत्मबेचुवाहरूको घरमा छकाउलास् कति दिन दुनिया“
तेरा धाक र जुठोपुरामा क्रान्तिवीर अब बिक्दैन
अब यो सेतो....
देख्दैनस् के जार ढले हिटलर नाजी र मन्चु ढले
मै हु“ भन्ने शाहहरूका बाबु शाहंशाह ढले
तेरो शासन र तानाशाही नोकरशाही अट्दैन
अब यो सेतो ...
बाघ प्रतिगमन पो हो
मोहन दुवाल
प्रतीक्षारत छु
शान्तिकै सौम्य मुहार हेर्न
म लालायित छु
शान्त परिवेशकै चेहरा मुसार्न ।
किन सकिरहेको छैन
घामजस्तो उज्यालो मुहार हेर्न
किन खोज्न चाहिरहेका छैनन्
प्रतिबद्धता, सहमतितर्फको अग्रगमन
अनुहारमा काइ जमेकाहरू
मनका दरिद्रता खोप्नेहरूले
घर, राज्य, समाज चलाइरह“दा
कस्तो थिति जम्ने हो परिवेशमा
अ“ध्यारा क्षणहरू हेर्न मन नपरे पनि
हेर्न बाध्य तुल्याइरहेछन्
म पनि हेरिरहेछु
उनीहरू पनि मजस्तै ट्वाल्ल परेर हेरिरहेछन् ।
सुखद सङ्केतको खोजीमा रम्ने हामीहरू
पानीका आ“सुमा पनि विश्वासका अनुभूतिहरू साटिरहन्छौं
सम्भावनाका मनोहारितामा भावना साट्ने हामीहरू
घामका पसिनाहरूमा पनि उत्सर्गका स्पर्शहरू फुकाइरहन्छौं ।
प्रतिगमन भनेको
प्रगति होइन
किन दुर्गतिका प्वालहरू खोज्दै
मुसाहरूजस्तै दुलाभित्र लुक्न खोजिरहेको ?
अ“ध्यारो होइन
उज्यालो पो खोज्ने हो
किन प्रकाश दिंदै गरेका बत्तीहरू निभाइरहेको ?
दुर्गति–
दुर्मति–
कसैले कसैलाई बोक्न लाउ“दैन
त्यो त
आफैंले जानेर वा नजानेर
बोक्दा रहेछन्
के तपाईंले पनि
आफूलाई ऐनामा छाया पारेर
कहिल्यै आफैंलाई हेर्नुभएको छ ?
बाघ प्रतिगमन हो
मान्छेको वस्तीमा
किन मुहार देखाइरहन दिइरहेको ?
बाघ मान्छेको मित्र हुनै सक्तैन
किन मान्छेकै मित्रजस्तै सोचिरहेको ?
किचकन्नी
मधुसुदन गिरी
ओेक्कल दोक्कल बासी बेगक्कल
जब म आ“गनमा उभिएर ना“च्दै–रमाउ“दै
जून र घामस“ग लुकामारी खेलिरहेका हुन्थे“
बुद्रुक बुद्रुक, बाख्राको पाठोझैं उफ्रि“दै–उफ्रि“दै
तारा बटुलेर पोल्टोमा सपना
एक एक दुई, दुई पा“च...
जब म जिन्दगीका गट्टा खेल्न तम्सिरहेको हुन्थें
चा“दनी पिएर तरुनी रात
जून नुहार सर्वाड्ड स्निग्ध
हु“ हु“ हु“, हु“ हु“ हु“, अनिष्टका गीतहरू गाइरहेका हुन्थे
बरको रूखबाट जतिबेला हुचिलहरू
हो, त्यतिबेला–
मेरी आमा मलाई तर्साउनु हुन्थ्यो
“ए है अ“ध्यारोमा नजाऊ सानुबाु,
अ“ध्यारोमा किचकन्नी हुन्छे
उल्टो फर्केका पैतला, किचकन्नी सधै“ उल्टो हिंड्छे,
थाहा छैन यो कुनै आदिम विषकन्या
वा सम्मोहन सुन्दरी
डमडम डम, डमडम डम
मान्छेहरू, अलिकति भजन, अलिकति किर्तन
किचकन्नी गीत गाएर नाच्दै रमाउ“दै
फूल, माला, अवीर
लड्डु चढाएर आशीष थाप्दैछन् थाप्लोभरि
तर विडम्बना ⁄
बिरालोले खेलाएझै“ मुसोलाई
किचकन्नी आनै सन्तानलाई खेलाउ“छे
र मुसाकै रगतले मुख धु“दै गरेकी छ
रगतले मुख धोएर सखारै
रगतकै पिएर सिङ्गै समुद्र
‘सय मुसा खाएर बिरामी तीर्थ गर्न हिंडी”
किचकन्नी मन्दिर मन्दिर धाउ“दै
ज्वालामुखीले च्यातेको यो प्रेतकाया
किचकन्नीको कुनै नैतिकता हु“दैन
किचकन्नीको कुनै इमान हु“देन
धर्म हु“दैन
यसैले त म भन्छु मेरो हजुर,
कालो सर्पले निल्दै लगेझैं सेतो भ्यागुतो
यो धर्तीमा रहेसम्म किचकन्नी
जून, घाम
किचकन्नी सधै“ उज्यालोलाई खान्छे
विपक्षी आस्था र विश्वासको
विरासतमा नया“ मानचित्र
यज्ञराज प्रसाईं
ज्यादतीले इतिहासमा आसन जमाइरहेको बेला,
आत्मीयता बिरानो हु“दै गएको यो क्षण
खोइ स्निग्धता मेरो माटोभित्र
र कसरी देशलाई मेरो देश भनू“ ?
परिवर्तनको अनुच्छेद रु“घेर यो बेला,
पुषत्वहीन बूढो सा“ढे डुक्रिरहेछ मेरो माटोमा,
कसैको ढाडसमा मैमत्त बनेर यसले,
बाटोघाटो छेकिरहेछ यतिबेला
किन औताउ“छ यो बाटो छेकेर,
किन बहुलाउ“छ यो बाटो ढाकेर
विध्वंसको प्रतीक बनेर महाप्रलय निम्त्याइरहेछ ।
प्रजातन्त्रको फराकिलो मन लिएर हिंड्न
यो गोरेटोमा एक पाइलो बाटो पनि छैन,
मन राख्ने सानो विश्वास पनि छैन,
यसबेला त आनु भन्नु एक मुठी श्वास पनि छैन ।
कति सकारौं तिम्रो दादागिरीलाई कथाभित्र,
कति सकारौं तिम्रो देवत्व दुर्नामका कथाभित्र ?
किन हुन्हुनाउ“छ यो सडक थुनेर सा“ढे ?
खुट्टाले खोस्रेर धुलो छाती पिटिरहेछ–
निर्लज्ज होक्का“को हुङ्कारमा युग फर्काउने,
व्यर्थ धमासको मृत्यु–शैøयामा खडा गरिरहेछ ।
बारी करेसा र सडकमा जगजगी उठाइरहेछ यसले,
सन्त्रासको शंखनाद जगाउ“दै रात–बिरात,
घर–घरमा निद्रा लुटिरहेछ,
र होक्का“को छापा र कर्यु उठाइरहेछ ।
हजार वर्ष आराधना ग¥यो समयले उसलाई,
उसको अश्लील कर्तुत ज्योतिर्लिड्ड बन्यो ।
असचेत स्वैरकल्पनामा शिव भनेर,
पार्वतीस“ग जोडिएका अश्लील कथाहरूमा पानी चढाउ“दा
ऊ महादेव बनेर मैमत्त बन्यो,
ऊ बिस्तारै उन्माद र धुन्धुकारी बन्दै गयो ।
यसले गतिशील समयलाई पटक–पटक हत्या ग¥यो,
काण्डैकाण्डभित्र गतिलाई उल्टाउने दुष्चेष्टा ग¥यो ।
रात–बिरात सन्त्रास रोपेर वस्तीभित्र–
मानिसहरूलाई लखेट्दैरह्यो ।
जबर्जस्त आनो कथाको पाना थपेर–
लज्जास्पद पुस्तकको पुनर्मुद्रण गर्दै रह्यो ।
विस्तारै देश गाउ“ बन्दैछ दासहरूको,
विस्तारै देश घाउ बन्दैछ मृत्युहरूको,
एकादेशको कथा होइन यो–
अफ्रिकी दासको कथा पनि होइन यो,
अहिले मेरो देश मान्छे बेच्ने गाउ“ बनेको छ,
आ“सु र रगत बेच्ने विवश वस्ती बनेको छ ।
यो विवशता किन नजोडू“ उसको महात्म्यस“ग,
किन नजोडू“ उसको ताण्डव र अश्लील कर्तुतहरूस“ग
प्रत्येक कोतपर्वमा समयलाई विशृङ्खलित ग¥यो उसले,
गतिलाई उल्टाउने दुष्चेष्टा ग¥यो,
शहीदको सालिक निर्माण गरेर चौबाटोमा–
समयलाई झुक्याउने चाल गर्दैरह्यो ।
तर समयलाई रुघिरहेको पुंसत्वहीन बूढो सा“ढे
व्यर्थ गति रोकिरहेछ यतिबेला ।
कसैको ढाढसको दैवी कल्पनामा उन्माद बनेर,
यहा“ व्यर्थको होक्का गरिरहेछ ।
निर्दोष गाउ“वस्ती लखेट्दै,
व्यर्थ धमासको मृत्युशैøया खडा गरिरहेछ,
प्रत्येक छातीमा आगो सल्किरहेको बेला,
कोरा दीप प्रज्ज्वलन र शान्तिको रागले के हुन्छ ?
उसको हैकमको विरासतमा यसबेला–
आ“सु र रगतको अमीट रेखाड्ढनले,
एउटा यत्रै यस्तै माटोको नया“ मानचित्र,
विपक्षी आस्था र विपक्षी सपना लिएर जन्मिंदैछ ।
बरु केही छिन उसैले जितोस्
यानेन्द्र विवश जी.सी.
जब भेटाउ“छु जुलुसहरूमा उसको तस्विर
झस्किन्छु पटक–पटक
तर तस्विर सिंगारिएको छैन ˚ूलमालाले
सिंगारिएको छैन अबिर–जात्राले
मान्छेहरूको लामलस्करले
मलामी जस्तै स्याउ–स्याउती देख्छु मान्छेहरू
जसले जलाइरहेछन् उसकै तस्विर
जिन्दावाद, मुर्दावाद
तिनीहरू अचेल सडकमा नारा लगाइरहेछन् ।
नझस्कू“ पनि कसरी ?
विश्वास गरू“ पनि कसरी ?
तिनै आवाज हुन्
हिजोका ¥यालीमा जय–जय गरेको
तिनै शिर हुन्
उसको तस्विरमा निहुरेर लम्पसार परेको
देश यही हो
नागरिक यिनै हुन्
यो सपना हो वा विपना
म अलमलमा छु
म अन्यौलमा छु
आजकल,
सबैको हातमा देख्छु उसको तस्विर र एक का“टी सलाई
जसले दहन गरिरहेछन् उसको देहको
र कुर्लिरहेछन् सडकहरूमा
मुर्दावाद, मुर्दावाद
देश छोड, देश छोड
˚ा“सी दे ⁄ ˚ा“सी दे ⁄
अलि वर्È पहिले
भन्नुहुन्थ्यो हजुरबुबा
प्रजातन्त्रमा सबैको जीत हुन्छ
तर आज
के गर्नुभएको हजुरबुबा
जित्नुभएको कि हार्नु ?
नखेल्दा खेल हारजितको के कुरा हुन्छ र ?
पटक–पटक जित्नेले
एक दुईपटक हार्न सक्छ
तर जित्दा
˚ेरि कहिल्यै नहार्ने गरी जित्छ
त्यसपछि के बाजी हुन्छ र उस“ग ?
मैले सुनेको छैन कहिल्यै
पहाड हारेको कथा
बेगवान् हुरी र उर्लंदो नदीले
हारेको कथा
त्यसैले चोक–चोकमा
गल्लीगल्लीमा
भोकको भारीले च्यापिएका मान्छेहरू जागिरहेछन्
सायद उसको सिंहासनमा आगो झोस्न
रा“को समातिरहेछन् हातहातमा
र टायर बालिरहेछन् – सडक–सडकमा
गल्ली–गल्लीमा ।
केही छैन,
पटक–पटक जित्नेले
एक दुई पटक हार्न सक्छ
बरु अब जित्दा
केही कठिन हुन सक्छ
नरसंहार मच्चिन सक्छ
टाउको गिडिन सक्छ
बाघ बहुलाएको छ नगरकोटमा
जहा“ तहीं आउन सक्छ
बहुलाएको बाघको के ठेगाना ?
जो पनि निशाना बन्न सक्छ
हो हजुरबुबा, बरु केही छिन उसैले जितोस्
बरु केही छिन् उसैको जयजय गान गाइयोस्
ठाउ“–ठाउ“मा पुजिन्छ भने पुजियोस्
अभिनन्दन गरिन्छ भने गरियोस्
तर हामीले
अब कहिल्यै खेल्नु हुन्न हार्ने खेल
कहिल्यै गर्नु हुन्न जालझेल
कहिल्यै नहार्नको लागि
एक दुई पटक हारेर के ˚रक पर्छ र हजुरबुबा ?
अब कहिल्यै नहार्ने गरी जित्नुपर्छ
अब कहिल्यै नहार्ने गरी जित्नुपर्छ ।
गजल
रामबहादुर थापामगर
फुल्छु भन्छन् चार वर्ण छत्तीस जातका फूलहरू
किन घुम्छन् दरबारतिरै भमराका हुलहरू ?
बुझेसम्म जानेसम्म गोडेकै हो फूलबारी
मालिहरूको सल्लाहमा गर्न पुगें मूलहरू
मालिक बन्न धेरै फूल छा“ट्न पनि थालेकै हो
बित्थै गरें थुन्ने कोसिस सुवासका मुलहरू
गल्तीले नि वाणले भन्दा धेरै दुख्दो रैछ
लाग्छ अहिले गडिरहेछन् मुटुभित्र सुलहरू
कस्ता मालिक आउने होलान् बगैंचामा अब
लाग्छ अब धराप भयो मेरो वंश कुलहरू
छोडिदिए मुख थुनी अक्कर जस्तो भीरमा
अब कस्तो बन्ने होला मैले तर्ने पुलहरू
सकेजति गर
रमेश पोखरेल
देशैभरि शान्तिको भेल बगाइदिने रे
सबै मिले विकासले सजाइदिने अरे
महङ्गीले थिच्यौभन्दा हाली जेलनेल
मानौं शान्ति बाढी हो रे बगाइदिने भेल ।
हिजो गल्ती देखिन्नथ्यो सम्मानमा बस्दा
सर्वाड्ड भो चटकेको खरानी यो घस्दा
शदियौंको धमरधुस्से बूढो रूख फाली
गाउ“की ठूली पारिजात रोप्दै हिंड्न थाली ।
कालो पञ्जा फिंजाएर मुखमा लोली भर्दै
के छ बाबु, के छ नानी भन्ने नाटक गर्दै
प्रवीणका छोराछोरी टुहुरा छन् बरा
कहिल्यै सोध्न गयौ र खै तिमी तिनका घर ?
कति तड्पे हुनन् तिनी सम्झिएर बाउ
खुनी मुखमा झल्झली छ कलेजीको घाउ
छैन घरमा ढिको नुन, टुकी बाल्ने तेल
आश्वासनले बग्दैन कि छाक टार्ने भेल ।
चारैतिर बम र गोला बन्दुकले छेकी
जयगान गर्ने सिपाही सिभिल ड्रेसमा देखी
चौघेरामा मुस्कुराउ“दै के छ भन्दै हिंड्दा
रातै बग्छ शान्तिको भेल आ“गनमा गिंड्दा ।
जेठो दाइलाई वंशैनास हुने गरी मारे
कान्छो म¥यो बा“चेकालाई धरापमा पारे
कुन दिन फेरि आ“गनमा बग्छ रगत आलो
पर्खेकी छु माहिलाको लाश हेर्ने पालो ।
आमाको यो चित्कारले त्रसित छ गाउ“
ज्याला पाउने भीड्ले लेला चटकेको नाउ“
म त हिडें बनाउन लोकतन्त्रले घर
भत्काउन हिंडेको हो सकेजति घर ।
जब्बर बादशाह
रमेश भट्टराई
म सोच्दैछु
कसरी उभिएको छु
यस धर्तीमा
ममाथि खस्न लागेको छ
सानो आकाश
म देख्दैछु
बादलका घेराहरू
स–साना नानीहरू, बृद्ध–बृद्धाहरू
र
अरू पनि
देख्दैछु
औ“ला ठ्याउ“दैछन् ममाथि ।
म उभिएको छु, र
भासि“दै गएको छ जमिन
एक–एक इन्च हिसाब गर्दैछु
तर
म जब्बर
बादशाह
जिउ“दै उभिएको छु, र
भासिएको जमिनका बारेमा
बेखबरझैं बनेको छु ।
म चिडियाखानाको सिंह
जड्डलको जब्बर बादशाह
पुनः निस्केको छु बन्धनबाट
वनमा फर्कन अनिच्छुक म
त्यसैले,
वस्तीहरू उजाड पार्दैछु
धुलो उडाउ“दैछु घरहरूमा र
भग्नावशेषहरू हेरेर रमाएको छु
म अतीतको राजा र
अझै आशा छ मेरो वन–राज्यको
त्यसैले,
बस्तीहरू उजाड पार्न
म तल्लीन छु
पुनः जड्डल बसाउन
मे
रो
ज
ड्ड
ली
रा
ज
पुनः जनावरहरूको वस्तीमा
फर्कन लालायित छु ।
मे
रो
ज–ड्ड–ली–स–प–ना
स
प
ना
उजाड मरूभूमिमा रमाउने मेरो सपना
चिडियाखाना अब मेरो बासस्थान रहेन
तर देख्दैछु, झाडीमा कोही उभिएको छ
म आतड्ढित–आतड्ढित बन्दै छु र
खोज्दैछु सहचारीहरू
‘अहो ⁄ कस्तो हठ ⁄’
म सुन्दैछु
भन्नेहरूका कुरा
तर म एक्लो–नितान्त एक्लो
यात्रा गर्छु आहालहरूमा
र
ग
त
पा–नी–को–आ–हा–ल
आ
हा
ल
तर पानी ⁄
पानी मेरा लागि रुचिकर छैन
बरु घेरिऊ“ झाडी छेउ उभिएका मानिसहरूबाट
मेरा पूर्वजहरू गुफाहरू त
सुरक्षित होलान्
त
र
म एक्लो
यात्रारत छु
वस्तीहरूमा
मनुष्य वस्ती
उजाड पार्ने अभियानमा
मलाई थाहा छ
कोही उभिएको छ
दोबाटोमा
आखिर मेरो जीवनको अन्त नजिकै छ
तैपनि वस्तीहरू उजाड पार्न
म अझै लालायित छु ।
मेरो क्रमवेल मरेको छैन
राजकुमार के.सी.
क्रमवेल आउ“दैछ
ऊ मरेको छैन
म पर्खिरहेछु,
दिनहु“ दोबाटोतिर हेर्दै
मेरो क्रमवेललाई खोजिरहेछु
जतिबेला घोडा चढेर
ऊ मलाई भेट्न आउ“थ्यो
सात समुद्रपारिबाट
विजयका केही पुलिन्दाहरू बोकेर
म नजिक झन्डा हल्लाउ“दै आउ“थ्यो
म हेरिरहन्थें,
हातमा फहराइरहेको झन्डा
अनि निरंकुश शासकका काटिएका टाउकाहरूबाट
तप्तप् चुहिरहेको आलो रगत
म हेरिरहन्थें
घोडाको छापबाट आइरहेको आवाज
र घोडाको टापले उडाएको धूलो
त्यतिबेला म त्यो क्रमवेलको
सपना देख्थें–
कस्तो होला, क्रमवेल कल्पना गर्थेंं
र हुर्काउ“थें मनको एक कुनामा मेरो क्रमवेललाई
धेरै दिनपछि अहिले म मेरो माटोमा
क्रमवेल देखिरहेछु
जसले विजयको खबर लिएर आओस्
र क्रूर शासकहरूका टाउका गिंडोस्,
र भकुन्डो खेलोस्
अनि सडकमा टुक्राटुक्रा पारोस्
क्रूर शासकका लाशहरूलाई ।
म चाहन्छु
ऊ चा“डै विजयको खबर लिएर आओस्
विनासम्झौता विजयको झन्डा हल्लाउ“दै आओस् ।
म अहिले पनि सुनिरहेछु
घोडाको टापबाट आएको आवाज
टाढा समुद्रमा उठिरहेका असंख्य छालहरू ।
खै यतिखेर कहा“ पुग्यो होला मेरो क्रमवेल ?
झिमरुक नदीको किनारमा,
अहिले झमक्क सा“झ परिसक्यो होला
बा“सका झ्याङ्गमा झ्यापीचराहरू कराउ“दै होलान्
सिमसिम पानीमा मेरो क्रमवेल
अहिले सायद डा“डागाउ“ पुग्यो होला
म पर्खिरहेछु,
मेरो क्रमवेल छिट्टै आउनेछ
हातमा क्रूर शासकका टाउकाहरू
लिएर आउनेछ ।
मेरो क्रमवेल मरेको छैन
म पर्खिरहेछु
ऊ हातमा विजयको झन्डा हल्लाउ“दै
बडो बेगस“ग आउनेछ
वर्षौंदेखि हराएको खुशी लिएर
मेरो क्रमवेल
अब छिट्टै आउनेछ ।
उसले ठीकै ग¥यो
राजेन्द्र पौडेल
उसले तिमीलाई सराप्यो त
के बिरायो ?
सराप्नलायक बैगुन भन्दा अरू बढी
के छ तिमीस“ग ?
तिम्रा बैगुनले आजित भएर उसले
तिमीलाई मुर्दावाद भन्यो त
के बिरायो ?
रातको विरुद्ध जूनकिरीले
शरीरमा आगो सल्कायो त
के भयो÷ठीकै भयो
उसले तिमीलाई सराप्यो त
के बिरायो ?
कुखुराहरूले मलसा“प्रालाई
मुर्दावाद ⁄ नभनेर के भन्ने ?
मौरीहरूले मौरीहरू जिन्दावाद ⁄
नभनेर के भन्ने ?
एउटा ज्यामी मौरीले
अरिंगाल विरुद्ध धावा बोल्यो त
के बिरायो ?
अरिंगाल र मौरीको गला जोडिन सक्तैन भने
अरिंगाल मुर्दावाद ⁄ भन्यो त मौरीले
के आपत्ति भयो ?
उसले तिमीलाई मुर्दावाद ⁄ भन्यो त
ठीकै भन्यो ।
तिमी बा“चेर दुनिया“लाई सास्ती हुन्छ भने
तिम्रो मृत्युको कामनामा
सा“झ–बिहान धूप नबालेर के गर्ने ?
बूढो गोरु मरे भकारो खनिन्थ्यो नभनेर के भन्ने ?
मातेर सडकमा डुक्रने सा“ढेलाई
ढुङ्गो हान्यो त बाबुचाले
के बिगा¥यो ?
सार्वजनिक चोकमा उभिएर उसले
सा“ढेको मृत्युको घन्टी बजायो त
ठीकै ग¥यो ।
तिम्रो सर्वनाश नभएसम्म
कसैको जीवनको आश हु“दैन भने
तिमीस“गको अन्तिम लडाइ“को घोषणा नगरेर
के गर्ने ?
मुटु छेड्ने जाडोको विरुद्धमा
आगो नझोसेर के गर्ने ?
जति चिच्याए पनि नसुन्ने कानलाई सुनाउन
गाउ“मा बारुद पड्किसकेको छ,
जति मैनबत्ती बाले पनि नदेख्ने आ“खालाई देखाउन
शहरमा मसाल नसल्काएर अब के गर्ने ?
मौरी बस्नुपर्ने घारमा अरिंगालले गोलो लगाएपछि
गोलोलाई आगोले पोल्यो त दुखीरामले
के बिगा¥यो ?
तिम्रो विरुद्धमा अन्तिम युद्ध लड्न
टु“डिखेलको छेउमा उभिएर उसले
शंख बजायो त के बिरायो ?
युद्धमा तिम्रो बध भएपछि तिमीलाई सल्काउन
दागबत्तीको जोहो गर्न भन्यो त
ठीकै भन्यो
तिम्रो विरुद्ध मुड्की बजा¥यो त सडकमा
उसले ठीकै ग¥यो ।
ईश्वर र फूलहरू– २
रामगोपाल आशुतोष
धर्तीका केही ईश्वरहरू सोच्दैछन्
फूल किन फुल्छ माटोमा
फुले पनि
किन यतिबिघ्न सुन्दर हुन्छ फूल ??
फूलको रङ्ग देखेर, सौन्दर्य देखेर
ढकमक्क फक्राइ देखेर
त्रसित ईश्वरहरू,
ईश्वरका दूतहरू
फूलको फक्राइमाथि सन्देह गर्छन्
ईश्वरका दूतहरू
फूलको पवित्रतामाथि आक्रोश पोख्छन्
सुवासलाई दुश्मन ठान्छन्
ईश्वरहरू
फूलका रङ्गलाई ब्रम्हास्त्रले ताक्छन्
सुगन्धमाथि नागास्त्र तेस्र्याउ“छन्
फूलको फक्राइलाई निस्तेनावूद पार्न
क्षेप्यास्त्र हान्छन्
जुट्दैछन्
ईश्वर र ईश्वरका दूतहरू
गणतन्त्रउन्मुख बगैंचाबाट फूलको जरासहित उखेल्न
कुरूप, स्वघोषित तेत्तीस कोटी ईश्वरहरू
ती ईश्वरहरूको
मानौं मस्तिष्क छैन, चक्षु छैैन
हल्लिएको देखेर
आनो सभ्यताको इन्द्रासन गणतन्त्रको नाराले
डगमगाएको देखेर मक्किएको राजतन्त्रको जग
ईश्वरहरू
फूल र बन्दुकको मेलदेखि त्रसित छन्
ईश्वरहरू असुरक्षित
र निरंकुश सभ्यताको नियतिले
रात अनिंदो आ“खाको ज्योति हराएर
आत्तिएका छन्, त्रसित छन्
त्यसैले त
फूलको सौन्दर्यमाथि आपत्ति छ उनीहरूलाई
प्रतिबन्ध छ शहरमा फूलहरू फुल्नका लागि
निषेधाज्ञा छ शहरमा
निर्धक्क बोल्नका लागि, सुन्नका लागि, लेख्नका लागि
यो प्रतिबन्धित शहर
निषेधित विचारका ईश्वरहरू, दूतहरू
विक्षिप्त मानसिकताले आक्रान्त शहरी राजतन्त्र
सायद सोच्दैछ
कसरी फूल्छ समावेशिक लोकतन्त्रमा
गणतन्त्रको सुन्दर फूल ... ??
बौलाएको कुकुर मार्नैपर्छ
रामप्रसाद ज्ञवाली
सा“ढे पाल्ने रहर किन भयो ? जोत्न मिल्दैन सा“ढे ⁄
ढाडे पाल्ने रहर किन हो ? दूध राख्दैन ढाडे ⁄
मन्द्राएको वृषभ छ भने त्यो नबा“धी हु“दैन
बौलाएको कुकुर छ भने त्यो नमारी हु“दैन ।
बेच्यो आनोपन अनि प्रजातन्त्र पारेर शेष ⁄
नेपालीको धन पनि लुट्यो लुस्स भाग्यो विदेश ⁄
दुष्टात्माको मगज सुन है ⁄ तर्कले सुध्र“दैन
बौलाएको कुकुर छ भने त्यो नमारी हु“दैन ।
सिन्की पार्ने मन यदि भए गाड्नु नै पर्छ खा“दी
एक्लो पार्ने मन यदि भए मिल्नु नै पर्छ हामी
ब्वा“सो पल्केपछि रगतमा गाउ“ बा“की हु“दैन
बौलाएको कुकुर छ भने त्यो नमारी हु“दैन ।
रोगाएको अलिकति भए जिन्दगी भर्न मिल्छ
लागेको जन्डिसतक भए औषधी गर्न मिल्छ
रोगै एड्स छ यदि भने औषधीले छु“दैन
बौलाएको कुकुर छ भने त्यो नमारी हु“दैन ।
आमन्त्रण
राम विनय
डम्पिड्ड साइटका
गन्हाउने किराहरू
स्वस्थ वातावरणको कक्षा चलाउ“छन् ।
खन्चुवा जुकाहरू
शोषणरहित समाजको स्थापनाको कुरा गर्छन् ।
अहिंसाको पाठ सिकाउ“दा ब्वा“साहरू
शान्ति, सुरक्षाको आस्वासन दिन्छन्
जड्डली हात्तिहरू ।
रगत चुस्नु अघि
दिक्कलाग्दो भाषण छाप्छन् लाड्डखुट्टेहरू
अरूको कुरा नसुन्ने
आफैं मात्र अरूलाई आवाज सुनाइरहन्छन् घण्टाकर्णहरू ।
सत्यम्, शिवम्, सुन्दरम्को भजन गाउ“छन्
संवेदनशीलतामा कैंची चलाउने चन्डालहरू ।
सुन्न नसकेर कान बहिरो बन्छ
हेर्न नसकेर आ“खा तिल्मिलाउ“छ
बोल्न नपाएर मुख लाटो बन्छ
मूर्ख सा“ढेको उफ्राइमा
प्रतिभा– मुनाहरू चुडिन्छन् ।
कही“ नसुनिएको मन्त्र सुनेर
निचोरिन्छन् मनहरू
रैतितन्त्रमा ।
चिथोरिएका
ठगिएका
चुटिएका
लुटिएका
भुटिएका
कालरात्रीमा
उपचार खोजिरहन्छन् सबै
क्षितिजमा कोरिएका
किरणका लहरहरूमा
लहराउ“दै
खोज्दै सबै ।
क्षत विक्षत
संकटग्रस्त पर्खाल भत्काउन खोज्दै
सल्बलाउ“छन् हातहरू
तनहरू
मनहरू
आकासको विशालता
आफैंमा ओछ्याएर
अग्निको तेजमा
वायुको बेगमा
धैर्यको हेक्कामा
नसा–नसामा
उर्लिन खोजिरहेछन् ।
असीमित वेगका आवाजहरू
साध्यताको लागि
साधनारत अभियानहरू
रैतितन्त्रले आमन्त्रण गरेका
नया“ पाहुनाहरू
बिउ“झन्छन्
नया“ दिनका सपनाहरू
डम्पिड्ड साइटका किराहरूलाई
खरानी पार्ने जपनाहरू
आमन्त्रण गर्दै
नया“ बिहानीहरू ।
नया“ घरको प्रस्ताव
लक्ष्मी माली
पुरानो घरलाई भत्काएर
आऊ एउटा नया“ घर बनाऊ“
धमिराले खाएर मक्किसकेको दलिन
कुनै पनि बेला खस्न सक्छ
कति टालटुल पार्ने
कति रड्ड रोगनले छोप्ने
भित्रभित्रै खोक्रो भइसकेको छ
अलिकति जोडले पाइला टेक्दा
छरर्र छरर्र धूलो झर्छ
कसरी निर्वाह हुन्छ यस्तो घरमा ?
त्यसैले भत्काइदेऊ
पुरानो घरलाई
छिट्टै मक्किन नसक्ने
धमिरा लाग्न नसक्ने
आऊ एउटा नया“ घर बनाऊ“ ।
का“चो इ“टाको गाह्रो हो यो
त्यसमा पनि ओस लागेर
चिस्यानले ओसिइसकेको
धमिरा हिंडेर
गरा–गरा बनाइसकेको भित्ता
एकचोटि अडेस पनि लाग्नु हु“दैन
यास्सै जालाजस्तो
फुस्स माटो खस्छ ।
कसरी सुत्न सकिन्छ निर्धक्क भएर ?
चिस्यानले छुन नसक्ने
धमिराले कोट्याउन नसक्ने
आऊ एउटा नया“ घर बनाउ“m ।
जगमा पानी पसेर
भित्ताहरू चर्किसकेका छन् ।
चार रेक्टरको भूकम्पले पनि कुनै बेला
गल्र्याम गुर्लुम्म ढल्न सक्छ
सुत्यासुत्यै
बालबच्चासहित
हामी सबै यही घरले पुरिन सक्छौं
त्यसबेला
हाम्रो लाश झिक्न पनि
छिमेकी आउन नपरोस्
त्यसैले भत्काइदिऊ“
यो पुरानो घरलाई
भोलि सितिमिति नभत्कोस् भनेर
भूकम्पमापन गरेर
आऊ एउटा नया“ घर बनाऊ“
डर र नमीठो गन्धले
उकुस–मुकुसिएर
निस्सासिन थालिसकेको छ
स्वच्छ हावामा स्वास फेर्नका लागि
असुरक्षाको भयबाट मुक्त हुनका लागि
आऊ एउटा नया“ घर बनाऊ“ ।
इतिहासको सबैभन्दा दुष्ट मान्छे
लिखत पाण्डे
युगको गर्भभित्र भर्भराउ“दै गरेको
लालीमालाई बलात्कार गर्न
वैशाखी गाउन
स्वर–ताल मिलाइरहेको समयलाई
आउनबाट रोक्न
ऊ माटामा
जाल बिछ्याउ“दै थियो
मानिसहरू
देशभित्र÷बाहिर झन्डा उठाएर
उसलाई लखेट्न
आना आवाजहरू गुन्जाउ“दै थिए ।
उसका आ“खाहरूले
माटामा सङ्गठित
झन्डाहरूलाई देख्न चाहेनन्
उसका कानहरूले
माटाका स्वाभाविक स्वरहरूलाई
सुन्न सकेनन्
ऊ हिटलरभन्दा तल ओर्लियो र
विषाक्त गोलीहरू छादेर बस्तीमा
बीभत्स आतंक मच्चायो ।
आखिर हार स्वीकार गरेर
उसको बन्दुक र तोपहरूले
झुक्नु प¥यो
उसले माथि बार्दलीबाट
तल आ“गनमा झर्नुप¥यो
आज ऊ
षड्यन्त्रको ज्यामिति
रचिरहेको हुनसक्छ र
फेरि माथि बार्दलीमा पुग्ने
दुःस्वप्न देखिरहेको हुनसक्छ
सावधान ⁄
हिमालवारि डा“डामा किरण बोकेर
अहिलेसम्म कुनै घाम झुल्किएको छैन
मात्र अलिकति सगर डढेको दृश्य
हाम्रो आ“खाभित्र
पोखिएको छ
त्यो दृश्य
मिर्मिरे बिहानीको
पूर्वी आकाश जस्तो भए
आकाशलाई उज्यालोले पोतेर
घाम उदाउन सक्छ
सा“झपखको
पश्चिमी आकाशजस्तो भए
धरतीलाई अ“ध्यारोले छोपेर
रात उम्रिन पनि सक्छ ।
मान्छे चपाउन अभ्यस्त
इतिहासको
सबैभन्दा दुष्ट मान्छे हो ऊ
अ“ध्यारो रातमा
बन्दुक भुक्न लगाएर
पूरै वस्तीलाई
मसानबाट बनाउन सक्छ
शहीदको रगतलाई
सैनिक बुटले कुल्चिएर
झन्डाहरूलाई पुनः प्रतिबन्ध
लगाउन पनि सक्छ
ऊ ज्याउलहकको
नजिकको मित्र हो
प्रजातन्त्रलाई फा“सीमा झुन्ड्याएर
मृत्युदण्ड पनि दिन सक्छ ऊ ।
यसपल्ट शहीदको रगतले
रड्डिएको छ यो मातृभूमि
हामीले आनो निधारमा
शहीदका रगतको
टीका लगाएका छौं
फेरि हाम्रो अधिकारमाथि
उसले अङ्कुश लगाउने
धृष्टता ग¥यो भने
स्वयम्भूको काखमा
विराट् सपनाहरू बोकेर
बुद्धको आ“खाभित्र हामी
जुलुस उठाउन पुग्छौं
सा“झ–बिहान
अलिकति धुवा“ निस्कने
चुल्ही÷चम्का÷अ“गेनाहरूबाट
हामी फेरि भयानक आ“धी लिएर
उठ्न सक्छौं ।
सा“च्चै बिसे नगर्ची बौलाएछ
लीला उदासी
बिसे नगर्ची बौलाएछ
एउटा कविले देखेछ
र राम्रो कविता लेखेछ
अढाइसय वर्षपछि पनि बौलाएछ
पहिला–ओइलाएछ
अनि बिसे नगर्ची बौलाएछ ।
धन्य– बिसे मरेनछ– मात्र बौलाएछ
मर्नुभन्दा बौलाउनु राम्रो
अनि त बिसे फगत बौलाएछ
धन्य बिसे मात्र बौलाएछ
बिसे मरेनछ ।
बिसेकी स्वास्नी मारिदिएछन्
बिसेकी छोरीको बलात्कार गरेछन्
घर जलाइदिएछन्
बिसेकै पनि त हातखुट्टा भा“चिदिएछन्
कठोर स्मृति बिसेलाई सा“चिदिएछन्
सकेनछ बिसेले सम्झन÷बुझ्न÷मन थमाउन
अनि त बिसे बौलाएछ
‘मालिक म बौलाए“ ⁄’ भनेर कराएछ
कविले सुनेछ
अनि, बिसे राम्रो कविता भएछ
तर, बिसे सा“च्चै बौलाएछ ।
‘बिसे को हो ?’
‘बिसे के गर्दथ्यो ?’
‘मान्छेहरू बौलाउ“छन्
कति ओइलाउ“छन्, कति लोलाउ“छन्
त्यस्तै एउटा थपियो होला
बिसे बौलायो त के भयो ?’
यस्ता प्रश्न पनि छन्
बिसेको बौलट्ठीमा रड्ड भर्दैछन्
तर, बिसे बौलायो
ऊ आफैंले भन्यो– ‘हजुर म बौलाए“ ।’
गोरखाको बिसे
झापामा स्वास्नी पाल्दै थियो
दार्चुलामा झुप्रो ध्वाउ“दै थियो
कहिले दाङमा– कहिले ताप्लेजुड्डमा
छोरीलाई जनवनमा पठाउ“थ्यो
बिसे धनकुटाका ब्या“सी र रोल्पाका लेकमा थियो
बिसे तराई, पहाड र हिमाली भेकमा थियो
जुनसुकै छेकमा बिसे टु“डीखेलको छेउमा थियो
आफन्त र परिचितहरूको भेउमा थियो
भोकै पेट पनि अलिकति हा“सो सिउरेर
बिसे हिंड्दै थियो
माया लाग्दै भए पनि बिसे सरसाउ“दो थियो
सकेन, बिसेले स्वास्नी मारेको घटनालाई थाम्न
अलिकति बरु आफैं खुस्कियो
छोरीको बलात्कार भएपछि झन् भक्कानियो
घर पनि जलाइदिएपछि बिसेले नबौलाई धरै पाएन
बिसेको केही रहेन, बिसेको कोही रहेन
अनि त बिसे बौलायो
हो बिसे नगर्ची बौलायो ।
बिसे बौलाउन त बौलायो
बिसेले डडेलो सल्कायो
बिसे जहा“ पनि पुगेको छ
गाउ“मा, घर–घरमा बिसे बौलाएको छ
बजारमा, कोठा–कोठामा बिसे बौलाएको छ
तराईमा, पहाडमा सर्वत्र बिसे बौलाएको छ
मुकुलकभरि बिसे नगर्ची बौलाएको छ
अनि त कविहरूका कवितामा पनि बिसे बौलाएको छ
अरूहरूका मस्तिष्कमा पनि बिसे बौलाएको छ
बिसे त सर्वत्र भएर बौलाएको छ
बहिरा हजुरहरूले
अझै सुन्ने गरी भन्नु पर्छ कि कविज्यू ⁄
बिसे नगर्ची विक्षिप्त भएर बौलाएको छ,
सा“च्चै बिसे नगर्ची बौलाएको छ ।
आराधना
वासुदेव अधिकारी
हिउ“ले कक्रियो उज्यालो
खण्डित भयो
निस्तेज भयो
र, कनिका भएर पोखियो
उसलाई हिम्मत भएन घरघर पस्न
जा“गर चलेन गरिब गुरुवास“ग बस्न
ऊ बाटोघाटो अलमलिरह्यो
लफङ्गाजस्तो
सुकुलगुन्डाजस्तो
गाउ“घर पु¥याउनु थियो उज्यालोलाई
औ“सी पखाल्नु थियो
चिसो भगाउनु थियो
कक्रिएको उज्यालो स्वयम्लाई
चहकिलो बनाउनु थियो
खण्डित भएकोमा उज्यालो
मैलो भएकोमा उज्यालो
मैले कविता लेखे“ गीत लेखे“
उज्यालो अरू मैलियो
उज्यालो अरू चिसियो
कैयौ“ तस्करले उज्यालोलाई जेबमा हाले
कैयौ“ नराधमले उज्यालोलाई बारुदमा मुछे
मैले उज्यालोको गीत गाइरहे“
कटकटिएको मयललाई इङ्गित गरिरहे“
फरक छ सफा र मैले उज्यालोमा
फरक छ मस्किएको ढिंडो र पिठोको कणकणमा
उज्यालो तुलनीय छैन अ“ध्यारोसित
पेटमा हाल्नै पर्दा
पिठो तुलनीय छैन माटोसित
मैलिनुको भने ओखती छ
विकीर्ण भई छरिनुको भने समाधान छ
छरिंदा छरिंदै उज्यालो निशाचारको चारा भयो
मैलिंदा मैलिंदै उज्यालो भष्मासुरको कवाफ भयो
भोरको भुकभुकेमा उल्लुले
उज्यालोको एकेक दाना भोजन ग¥यो
म उज्यालोमा गायनमा
उल्लु भोजनमा
हेर्दाहेर्दै उज्यालो
उल्लुको पेटमा पुग्यो
आन्द्रामा पुग्यो
तर मलमा रूपान्तरित हुन मानेन
गायव÷अपहरित उज्यालो
लडिरहेको छ भित्रभित्र
भ्रूणहत्याको लागि
छिरेको आघात खेप्दै
तीतो ओखती र सुईको चस्का सह“दै
आमाको बलात्कृत गर्भबाट
निस्किन खोजेझैं बालक
ऊ मृत्युस“ग लडिरहेको छ
मनको स्पन्दनमा अडिरहेको छ
चख्खा उज्यालोको आराधनामा छु म
गणतन्त्रको खेती
विक्रम सुब्बा
भन्दिनु है पारिजात दिदीलाई भन्दिनु...
दिदीले छोडेर गएको मुलुकमा
संविधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भट्मास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती
भन्दिनु है पारिजात दिदीलाई भन्दिनु...
आन्दोलनमा हलोमा
जुलुसका जबर्जस्त नाराहरू नारेर
गल्ली–गल्ली, सडक र चोक जोत्दै जा“दैछन्
फाली अड्काउने दरबारहरूलाई जोत्दै जा“दैछन्
अमेरिकन र भारतीय ग्य्रान्डिजाइनका
रोडम्यापका काला नियत जित्दै जा“दैछन्
जोतेका सियो र खनेका चपरीमा
आना रगतका ताजा बीउ हाल्दै जा“दैछन्
यो महान् खन–जोतबाट कोही आतंकित छन्
र एम्बेसीहरूका गोप्य प्राविधिक लगानीमा
बचाउका लागि काला बङ्कर तयार गरिरहेछन्
तर गणतन्त्रको खेती गर्नेहरू
बङ्कर पनि जोत्दै–जोत्दै जा“दैछन्
भन्दिनु है ⁄ पारिजात दिदीलाई भन्दिनु...
संविधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।
इच्छा
विमल निभा
पहिले ऊ जन्म्यो
त्यसपछि उसका इच्छाहरू
बिस्तारै–बिस्तारै
ऊ चाहन्थ्यो
अकाशजत्रो कसौंडीमा
भात पकाउन
र धरतीका समस्त भोकाहरूलाई
पेटभरि खुवाउन
ऊ भेडाहरूस“ग
प्रेमपूर्वक ऊन माग्न चाहन्थ्यो
र जाडोले थरथरी कामिरहेकाहरूलाई
एक–एकवटा स्वेटर
बुन्न चाहन्थ्यो
पहाडस“ग ढुङ्गा,
बादलस“ग माटो
सापटी लिएर भए पनि
एउटा विशाल घर बनाऊ“
जहा“ सबै घर नभएकाहरू
अटाउन सकून्
केही दिनदेखि ऊ
यस्तै–यस्तै कुराहरूको
इच्छाको गरिरहेको थियो
एकदिन वादशाहलाई
उसको इच्छाको खबर भयो
क्रुद्ध भयो बादशाह
र गर्जिन थाल्यो
मेरो राज्यमा
यस्तो इच्छा राख्नु अपराध हो
समात त्यो विद्रोहीलाई
र हाजिर गर मेरो दरबारमा
बादशाह अघि ल्याइयो उसलाई
कड्केर भन्यो बादशाहले
त“ खतरनाक इच्छाहरूको
दोÈी होस्
अब मर्नलाई तयार हो
भन्, तेरो अन्तिम इच्छा के छ
उसले पनि कड्केर जवा˚ दियो
मेरो अन्तिम इच्छा त्यही हो
जो मेरो पहिलो इच्छा हो
दोस्रो इच्छा हो
तेस्रो इच्छा हो
बादशाह यो सुनेर
झन् क्रुद्ध भयो
र भन्यो
˚ा“सी दे यसलाई
अन्ततः उसलाई मारियो
उसको हत्याको केही दिनपछि
बादशाह सवारीमा निस्क्यो
उसको बधस्थलनेर पुगेर
चकित भयो बादशाह
जहा“ उसलाई मारिएको थियो
त्यहा“ जीवित थिए इच्छाहरू
सास लिइरहेका
र सक्रिय
यो देखेर बादशाह
क्रोधले बहुलायो
र कराउन थाल्यो
मार, मार इच्छाहरूलाई
तर जति प्रयत्न गरे पनि
हात्ति, घोडा, भाला, तरबार,
सेना, तोप लगाएर पनि
इच्छाहरूलाई मार्न सकिएन
थकित भए
हार माने
सेनापति, भारदार, गुप्तचर र सिपाहीहरू
यही अस˚लताको शोकमा
बादशाहको मृत्यु भयो
यति भनेर चुप लाग्नुभयो मेरा पिता
मैले प्रश्न गरे“
के कथा सकियो बुबा ?
उहा“ले एउटा लामो सास तानेर
भन्नुभयो
हो छोरा, यो कथा
यही“ समाप्त हुन्छ
तर समाप्त भएको छैन
उसको इच्छा
अहिले पनि त्यहा“
जहा“ उसलाई मारिएको थियो
देख्न सकिन्छ
उसका इच्छाहरू
जीवित एवं उत्साहित
चारैतिर ˚ैलिंदै ˚ैलिंदै
गइरहेका इच्छाहरू
अगाडि–अगाडि बढिरहेका इच्छाहरू
एकबाट अनेक भइरहेका इच्छाहरू
असङ्ख्य असङ्ख्य इच्छाहरू
छोरा, उसको इच्छा
आज पनि जिउ“दो छ
इच्छाहरू कहिल्यै मर्दैनन्
मेटिन सक्दैनन् इच्छाहरू
के तिमीसम्म त्यो इच्छाको ताप
पुगिसकेको छैन छोरा ?
अब आगो लेख्छु
विष्णु ज्ञवाली
वर्षौं भो अखबारका खबरमा रक्तताम्य छन् अक्षर ।
वस्ती लास कुरेर बस्छ, विधवा बन्छन् डढेका घर ।।
यस्तो संकटभित्र दुख्छ दुनिया“ क्वै खोज्छ भाले हुन ।
आगो लेख्न डराउला र कवि कुन् ? बल्कल्न कसको खुन ?
त्यै हो दुश्मन मुख्य यो मुलुकको बा“च्दैछ सञ्जालमा ।
कालो शासन गर्न भाषण गरी जो घुम्छ नेपालमा ।।
हेर्दैनन् अब ब्रम्हलुट यसको विद्रोह बोल्छन् सब ।
घा“टी रेट, निमोठ प्राण, जनता छोड्दैन मोर्चा अब ।।
हामी बोल्न डराउने र बलिको बोको बनी काटिने ।
हामी शुष्क हुने बगेर पसिना आनन्द त्यसले लिने ।।
यी अन्याय कुकर्मका धरहरा गल्र्याम्म पल्टाउन ।
भैंचालो अब जानुपर्छ, जगमा ढुड्डा नया“ लाउन ।।
मर्नैपर्छ भने म मर्छु पहिले च्याती पुरानो धरो ।
फेदैबाट उखेल्नुपर्छ अहिले नै बुर्जुवाको जरो ।।
गद्दी चढ्न गरिब सक्छ जहिले थाल्ला गजो घन्किन ।
फिरौंला अनि मात्र सास सुखको नेपालमा त्यै दिन ।।
गोपाल र गोपालहरू
वियोगी बुढाथोकी
खेतमाथिको त्यो डरलाग्दो ढिस्को
खस्ला–खस्ला जस्तो छ
तल बस्नेहरू
खहरे सुकेको समय
चा“डै खसे हुन्थ्यो
तब ढुक्कस“ग सुत्न पाइन्थ्यो भनिरहेछन्
त्यो छतजस्तो भीरको
कहालीलाग्दो
डर, त्रासको कथा–व्यथा
यत्तिखेर
म
गोपाल,
अर्थात् गोपालहरूसमक्ष वर्तमान पुस्तालाई सुनाएर जगाउन भनिरहेछु ।
मानो रोपेर मुरी उमार्ने खेतप्रति आश्रित
असङ्ख्य साहसी मनहरू
आजकल ढिस्को हेरेर
बिजुली चम्कि“दा पनि तर्सिएझै“ लाग्छ
अचानक बत्ती निभ्दा पनि आत्तिएजस्तो लाग्छ
माथि हेरेर उहिले धेरै पहिलेदेखि नै
बराजुदेखि बुबासम्मले भरथेकको नाममा श्रम खर्चिएर
सशङ्कित भरथेग गरेको ढिस्कोको इतिहास सुन्दा आत्तिएर
छोरालाई खहरेमा उर्लिएको
भेलको छेउमा उभिएर
केही समय भो अर्ती दिन थालेको
यस्तोमा
म गोपाल,
अर्थात् गोपालहरूस“ग पहिरोको पहिलो सिकार
पहिरोको डिलमा बस्ने हुन्छ कि खहरेको तीरमा बस्ने, सोधिरहेछु ।
सुनेको कुरा हो– अग्लो उचाइले सुरक्षा दिन्छ
आड र भरोसा दिन्छ
अन्त अरूले भोगेको समस्याको चुरो अहिले
आनो अंशमा परेकाले
खहरेमाथिको अदूरदर्शी
निर्जीव
अविवेकी दम्भी काइदाले उभिएको ढिस्को खस्ने
सहजै अनुमान लगाउनेहरू भन्न थालेका छन्
यस्तो समय
चेतनाशून्य अनपढ कृषक
म
गोपाल,
अर्थात् गोपालहरूस“ग खेतमा मलजलको अभाव हुन नदिन
ढिस्कोबाट बच्न
खेताला बढाउने अभियानमा हस्ताक्षर गरिरहेछु ।
कृष्णले जन्म लिनुहुन्छ ⁄
विष्णुविभु घिमिरे
म सानो छ“दा
बा, हजुरबा कथा भन्नु हुन्थ्यो
कहिले कशिपु र प्रल्हादको
कहिले राम र रावणको
कहिले शकुनि र शिखण्डीहरूको
कहिले राजा हरिशचन्द्र पोडेमा परिणत भएको
यस्तैमा एकदिन
कृष्ण र कंशको कथा भन्नुभयो
मलाई यो कथा
धेरै भिन्न र धेरै रोचक लाग्यो
कथा सुनेपछि, अहिले पनि रँम्रो सम्झन्छु
मैले जिज्ञासावश प्रश्न राखेको थिए“
कंश कसरी चिन्ने हजुरबा ⁄
प्रत्युत्तरमा उहा“ले भनेका एक एक शब्द
अहिले सजीव भएर
मलाई आक्रमण गरेको अनुभव भइरहेछ
भन्नुभएको थियो हजुरबुबाले त्यसबेला
बाबु कंश चिन्न सजिलो छ
पहिले वंश सखाप पार्छ
बा“च्न हक माग्नेलाई मार्छ
विरोधीहरू एक एकलाई घाट उतार्छ
सबै अंश हात पार्छ
कंशले सर्वत्र दंग गर्छ
कंशले सबै अनुशासन ध्वंस गर्छ
बाबु ⁄ हाहाकार, चित्कार, बलात्कार, रक्तपात
उसलाई साह्रै मनपर्छ
आत्मप्रशंसा र भजन
उसलाई सबभन्दा मन पर्छ
ऊस“ग सहने रहन्छ
नसहने आनो चिहान आफैं खन्छ ।
सायद मेरो अनुहारमा
त्रास देखेर हजुरबुबाले
यो पनि भन्नुभएको थियो
नडराऊ नानी ⁄
कंशको अन्तिम उत्पातमा
कृष्णले जन्म लिनुहुन्छ
एकदिन कंश मर्छ मर्छ ।
तानाशाहको पोट्रेट
विवश वस्ती
फूलको स्वच्छ बास्नाले ओगटेको छ
सिङ्गो पर्यावरण
लामो शीतलहरीपछि उघ्रिएको
ताजा बिहानीले
छोडेको छ चौतर्फी विलुप्त मुस्कान
खुसी अनावृत्त गर्न जुटेका छन् आनै लयमा
पहाड
मधेस
र सुरम्य बस्तीका आ“गनहरू
लोलाएका वनस्पतिहरू पनि
ब्यू“झिन थालेका छन्
यो मौसम÷यो पर्व
म भने
उतार्न व्यस्त छु यतिखेर
तानाशाहको नया“ पोट्रेट
केटाकेटीहरू भनिरहेछन्,
‘हामीलाई एउटा नया“ पर्व चाहियो ⁄’
कोरिसकेका छन् उनीहरूले विना अलमल
त्यसको विस्तृत खाका
र,
नया“ पर्वका नया“ कार्यक्रमहरू
नया“ पर्वका नया“ खान्कीहरू
नया“ पर्वका नया“ इस्टमित्रहरू
खोजिसकेका छन् उनीहरूले
के भन्ने खै ?
म भने
समयको गतिशील पदार्थलाई चुपचाप सुन्दै
कोरिरहेछु एकान्तको शिरमाथि चढेर
तानाशाहको नया“ पोट्रेट
जब कोर्न बस्छु तानाशाहको पोट्रेट
ऊर्जाशील मस्तिष्कले शून्यबोध गर्छ
पग्लिरहेको हिमालले
आत्मग्लानिको भाषा बोल्छ
फूलका ताजा सुगन्धले
दुःख व्यक्त गर्छ
पोट्रेटमा म
जीवनका उकाली–ओरालीहरू रेखाङ्कन गर्न रुचाउ“छु
पूरै हार खान्छु
मृत्युका ताजा दस्तावेजहरू उभिन्छन् निरन्तर
पोट्रेटमा म
सौन्दर्यका चहकहरू प्रतिबिम्बित गर्न चाहन्छु
असफल हुन्छु शतप्रतिशत
खज्मजिन्छन् मेरा भावनाका विन्दुहरू
र मेरो धरातलले
पहिल्याउन निकै अप्ठेरो मान्छ
तानाशाहको पोट्रेटलाई
थाक्छु म दौडमा सामेल घोडाजस्तै
निःसन्देह
उतारिरहेछु म समयको क्यानभासमा
तानाशाहको नया“ पोट्रेट
मात्र
एउटै उद्देश्यले
कि, हेर्न पाउन् मेरा सन्ततिले पनि
त्यो पोट्रेट
र,
थाहा पाउन् उनीहरूले पनि
इतिहासको एउटा कालखण्डको
सजीवन रूप ।
बिसे नगर्चीको बयान
श्रवण मुकारुङ
मालिक ⁄
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाए“ ⁄
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आ“खा तिर्मिरतिर्मिर भइरहेछ
आ“खा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहा“निर छ ?
कहा“निर छ बिसे नगर्ची ?
मालिक ⁄ म बौलाए“ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक ⁄
म बौलाए“ ।
नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यत्तिमै यो बिसे उफ्रिनुपर्ने ?
थुइक्क बिसे ... ।
म बौलाए“ मालिक ⁄
म बौलाए“ ।
मेरो हात भा“चियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिन“
नर्सिङ्गा फुक्न÷सनाइ बजाउन
अथवा कुनै मड्डलगान
वा मृत्युगीत गाउन सक्तिन“
मेरो खुट्टा भा“चियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिन“
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन“
मालिक ⁄ म बौलाए“ ⁄
मालिक ⁄
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका सग्ला र कल्कलाउ“दा
यहा“का मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरुप भए ?
यो दरौदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाए“ मालिक ⁄ म बौलाए“ ।
मालिक ⁄
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
मालिक ⁄
म कसरी आतंककारी हुनसक्छु ?
म केवल बौलाए“ मालिक ⁄
बौलाए“ ।
हो मैले मालिकको दिव्योपदेश पालन गरिन“ हु“ला
रक्सी खाएर
यो दे्श मैले पनि आर्जेको छु भनें हु“दा
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हु“ला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ् देखाए“ हु“दा
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हु“ला
मालिक ⁄
मान्छे बौलाएपछि आफैंसित पनि निहु“ खोज्दोरहेछ
अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहा“–कहा“ पुगे ?
मैले खोज्न चाहे हु“ला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हु“ला मालिक ⁄
यस माटोको इतिहासस“गै म हजुरको राष्ट्रमा छु
म कसरी अर्राष्ट्रिय हुनसक्छु ?
म सा“च्चै बौलाए“ मालिक ⁄
सा“च्चै बौलाए“ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आ“खा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहा“निर छ ?
कहा“निर छ बिसे नगर्ची ?
मालिक ⁄ म बौलाए“ ।
महाराजको प्रतीक्षामा
संगीत स्रोता
स्वागत छ महाराज,
हाम्रो आ“गनमा पनि स्वागत छ ⁄
बाटोभरि
जयजयकार लेखिएका तुल टा“ग्ने कपडा छैन
ठिकै छ, म मेरो पुरानो भोटो टा“गू“ला
र टा“गू“ला चाक फाटेको जडौरीको कट्टु
मोड–मोडमा गाड्नुपर्ने झन्डा छैन
ठिकै छ, म गाडू“ला बैनीको टालो हालेको जामा
परैबाट हल्लाउनु पर्दोरहेछ महाराजकै तस्विर
त्यो पनि छैन
ठिकै छ, सवारी होस्
बाको टुपी निस्कने टोपी छ, त्यै हल्लाउ“ला
बिछ्याउन पर्दोरहेछ बाटैभरि मखमली रातो काम्लो
अझै बा“की छ–
आमाको एकसरो पेटिकोट
धुन नभ्याएको बाको लगौटी
बेपत्ता पारिएका काकाको गलबन्दी
र झुठो मुठभेडका नाममा
बलात्कारपछि मारिएकी दिदीको रक्तमुछेल पछ्यौरा
गासौंला टुप्पा–टुप्पा र ओछ्याउ“ला
स्वागत छ महाराज,
सवारी होस् त हाम्रो आ“गनमा पनि ।
पातीका भित्तास“गै जल्यो खरको धुरी
जब झोसियो
मध्यरातमा आएर हाम्रो घरमा आगो
त्यही“ परेथ्यो–
आमाले बुनेको झुत्रे गुन्द्री
आ“वैले तुनेको झुत्रे उडुसे थाङ्नो
जिबाले खिपेको रसको मान्द्रो
र बाले जोडेको खुट्टे पिर्का
त्यै आगोमा खरानी भयो हाम्रो सारा श्रीसम्पत्ति
ठीकै छ, महाराज ⁄
सवारी होस् हाम्रो आ“गनमा
गरौंला आसनको बन्दोबस्त
अ“, मैले सम्झें–
चोरिएको छैन होला हाम्रो आरनको ख“लाती
स्वागत छ, महाराज ⁄
सवारी होस् न हाम्रो आ“गनमा पनि ।
स्वागत छ महाराज
सवारी होस् न हाम्रो आ“गनमा पनि
सु“घेर हेरौं एकपटक हजुरको वासना
छामौं कस्तो हु“दोरहेछ हजुरको छाला
छोएर हेरौं टाटेपाटे हरियो पोशाक
नजिकैबाट नियालौं कालो चश्माको सौन्दर्य
छेउमै बसेर हेरौं टल्केका जुत्ता र गोलो टोपी
महाराज ⁄
म मेरो दिदीको झझल्को मेट्न चाहन्छु
म मेरा काकाको कथाबाट मुक्त हुन चाहन्छु
म मेरो वर्तमानमा फेरबदल चाहन्छु
हाम्रो आ“गनमा सवारी होस् महाराज ⁄
म पाऊ“
मात्र एकपटक दर्शन
जो अरूले बारम्बार पाइरहेका छन्
र म पाउ“m हजुरको बन्दुकबाट
मात्र दुई राउन्ड गोली चलाउन
जो अरूले हजारौं राउन्ड जथाभावी चलाइरहेका छन् ।
स्वागत छ महाराज ⁄
सवारी होस् न हाम्रो आ“गनमा पनि
मात्र एकपटक ⁄
बुख्याचाको पिरामिड
सरिता तिवारी
बुख्याचा
सफा सेता लुगा लगाएर
थुम्थुम्याउ“दै बिन्ति बिसाउनेहरूका हात,
अघिपछि लगाउ“दै बर्दी र बिल्लाधारीहरूको भीड,
मुस्कुराउ“दै प्रपञ्चमी हा“सो
र बोल्दै सान्त्वनाका महावाणीहरू
निस्किएको छ–
सभ्य मान्छेहरू बस्ने शहरमा ।
जहा“ निषिद्ध छन् सडकहरू
स्वतन्त्रताका गीत गाउ“दै निस्कन
जहा“ वर्जित छन् शब्दहरू
स्वाधीनताका हरफहरू लेख्न
जहा“ अनुमतिबेगर फुल्नु हु“दैन फूल
जहा“ विनाआदेश बदलिनु हु“दैन हावाको दिशा
जहा“ गाउन पाउन्नन् आमाहरूले
अजेय स्वाभिमानका लोरीहरू
जहा“ सुनाउन पाउन्नन् बाबुहरूले
अविजित साहसका गाथाहरू
जहा“ पढ्न, पाउन्न नानीहरूले
वीरहरूका प्रेरणादायी कथा
जहा“ लेख्न पाउन्न् कविहरूले
मातृभूमिको पीडान्त व्यथा
हो,
त्यही निरङ्कुश शहरको निवासी हु“ म
त्यही आदिम देशको नागरिक हु“ म
जहा“ हरदिन
नुहाएर निर्दोष रगतको सरोवरमा
शान्तिको गुड्डी हा“क्छ बुख्याचा
जहा“
सफेदपोशभित्र छोपेर
आना भएभरका कुर्तकहरू
कुटिल हा“सो हा“स्छ बुख्याचा ।
प्रायोजित दुर्घटनाहरूले आक्रान्त
मेरो शहरका सभ्य मान्छेहरू
निस्किएका छन् सडकमा यतिखेर
धावा बोलिरहेछन्
निषेधित राजमार्गमाथि उभिएर
भत्काइरहेका छन् बर्जनाका पर्खालहरू
तहसनहस पार्न
शताब्दीयौंदेखि उभिएको
बुख्याचाको कथित पिरामिड
बढिरहेछन् जुलुसमा आमाहरू
चढिरहेछन् उचाइतर्फ छोराछोरीहरू
ध्वस्त बनाउन
बुख्याचाको बूढो सत्ता ⁄
त्यही सूर्य गणतन्त्र हुनेछ
सीता शर्मा
सूर्यको कलंक सूर्यग्रहणले
ढपक्क ढाकेर न्यानो सूर्य
दिउ“सै अ“ध्यारो छाएको छ
अ“ध्यारोको साम्राज्यमा
काला बादलहरू ओरिपरि घुम्दै सूर्य ग्रहणको
रचिरहेछन् Èड्यन्त्र अझै अन्धकार बनाउने
अनिष्ट निम्त्याउने अझै ठूलो
दम्भी ग्रहण देखिरहेछ सपना
छेकेर सूर्य, रोकेर गति पृथ्वीको
ठक्क अड्याउने सम्पूर्ण ब्रम्हाण्ड आदेशअनुसार
बन्द गरेर आनै आ“खा÷छेकें भन्दै हत्केलाले सूर्य
फुलाउ“दैछ आनो पेट
घमण्डी भ्यागुतोले जस्तै – नहु“दासम्म विष्˚ोट
होसै गुमाएर Ôणिक उन्मादमा
बिर्सेर सत्य–ग्रहको गतिस“गै सिद्धिंदैछ भन्ने छोटो आयु
थाहा छैन घमण्डी बादलहरूलाई
जति नै भए पनि उच्चताभास ग्रहणको वरिपरि घुम्दा
अन्धकारै बनाए पनि धर्तीलाई Ôणभर
गड्गडाएर गर्जे पनि बेहोसीमा पागल भएर
एकचोटी सुइ“केर चल्यो भने हावा तहस–नहस हुन्छौं भन्ने
जति कालो बन्छन् र गर्जन्छन् बादलहरू
उति छिटो झर्छन् पानी बनेर धर्तीमा
धेरै अहंकारको परिणाम
Ôणिक उन्मादको परिणाम
छिट्टै विनाश हुनु हो
त्यसैले धेरै अहंकार ग¥यौ भने बिर्सेर यथार्थ
आकाशबाट झरेर एकैचोटि पातालमा बिलाउने छौ
अनि बिसर्जन हुनेछौ सदाको लागि
टाढा छैन तिमीहरूको अन्त्य
मात्र एउटा हुन्डरी आउनुपर्छ
तहस–नहस पार्नको लागि कालो बादल
मात्र एउटा सुनामी आउनुपर्छ
बढारेर लग्नको लागि सदियौंको ˚ोहोर
अनि
सुनौलो सूर्य झुल्किनेछ धर्तीमा
त्यही ग्रहणले नछेकेको सूर्य गणतन्त्र हुुनेछ ।
खबर गरू“ कि नगरू“
सुधा त्रिपाठी
बहुलाएका छन् उनीहरू यतिखेर
ओरालो बगिरहेको नदीको अ“गालोलाई
ठाडै उकालोमा कुदाउने प्रयत्न गरिरहेछन्
समयको गतिमा बा“ध बा“धेर
ढुक्क बनेका छन् बुख्याचाहरू,
जोगाऊ“ कि नजोगाऊ“ बुख्याचाहरूलाई ?
खबर गरू“ कि नगरू“ ?
समयको बा“ध टिक्तैन भनेर ।
दुइटा साना हुटिट्याउ“हरू
पाखा लागिसकेका छन्
र, सदियौं बूढो एउटा हुटिट्याउ“
एक्लै खुट्टा ठड्याएर बसेको छ
सगर थाम्न
र, विश्वस्त देखिन्छ आनो क्षमतामा,
जोगाऊ“ कि नजोगाऊ“ हुटिट्याउ“हरूलाई ?
खबर गरू“ कि नगरू“
उसको पिठ्यु“मुनिको धर्ती हल्लिरहेको छ भनेर ।
समयको गतिमा बा“ध बा“धेर
इतिहासको अडेसमा निदाएका
कैयौं बुख्याचा र हुटिट्याउ“का बथानहरू
बग्दै–बग्दै समाप्त भइसके
तैपनि ढुक्क छन् उनीहरू भविष्यप्रति
चाहिन्छन् कि चाहिंदैनन् बुख्याचा र हुटिट्याउ“हरू ?
खबर गरू“ कि नगरू“ ?
सबभन्दा पहिला बग्ने तिमीहरू नै हुनेछौ भनेर ।
बा“धका पर्खालहरू हल्ल“दैछन्
झर्न थालिसकेका छन् ढुड्डाहरू
र उप्कन थालिसकेका छन्
सिमेन्टका बलिया जोडाइहरू,
समय मुक्ति खोज्दैछ
र भूकम्पले चिरा परिसकेको छ धर्तीमा
चाहिन्छन् कि चाहिंदैनन्
बुख्याचा र हुटिट्याउ“हरू ?
खबर गरू“ कि नगरू“ ?
बा“धको ढोका खोलेर किनारा लाग भनेर ।
हो, म जेललाई
थुन्ने प्रयत्न गरिरहेछु
सुरेश किरण
कुनै जमाना थियो
कैदीहरू जेलको पर्खाल तोडेर भाग्ने गर्थे
आज जेल, स्वयम् आनो पर्खाल तोडेर भागेको छ
र, सिधा शहर पसेको छ ।
कुनै जमाना थियो
जेल केवल जेलमै मात्र सीमित रहन्थे
आज जेल, स्वयम् आनै सीमा फोडेर आएको छ
र, पूरा शहर जेल बनाएर बसेको छ ।
यो के भएछ आज ?
– पूरै शहरलाई जेल भन्नु परिरहेछ
– र, जेललाई शहर भन्नु परिरहेछ ।
हो, म पहिलोचोटि देखिरहेको छु
– यो शहर आकारको जेल
– र, जेल आकारको शहर ।
खै कुन चाहि“ जेलरको जन्मदिन हो आज
कैदी स“गस“गै जेल पनि मुक्त भएको छ जेलबाट,
हो, अहिले जेल स्वतन्त्र भएको छ
ऊ कसैको पनि घरमा घुस्न सक्दछ ।
सडक÷बजार÷शहर
अहिले चारैतिर जेल डुलिरहेको छ,
जहा“ जेल झुल्ने गर्छ, त्यहा“ म कसरी डुल्न सक्छु ?
जहा“ जेल झुल्ने गर्छ, त्यहा“ म कसरी फुल्न सक्छु ?
सायद त्यसैले होला,
कुनै जमाना थियो–
जेलहरू मलाई थुन्ने प्रयत्न गर्थे
आज म, जेललाई थुन्ने प्रयत्न गरिरहेको छु ।
आगो
स्नेह सायमी
हो,
आगो लगाउनु पर्छ
आगो लगाउन आगो बल्नुपर्छ
आफैं बल्नुपर्छ, नजिकैकोलाई बाल्नुपर्छ
शताब्दीयौं लामो चिसो र कठोर परम्परालाई बाल्न
ठूलै आगलागी हुन दिनुपर्छ
सलाइहरू कोरिन थाल्नुपर्छ
दर्शनढुंगाहरू ठोकिनुपर्छ
बारुदहरू पड्किनुपर्छ
मैनबत्तीका जुलुसहरू निकालेर शहर बजारमा
दुई चार सय गोटा टायर बालेर चोकहरूमा
दश बीस गोटा मोटर सल्काएर सडकहरूमा
सिंहदरबारको नियमित जागिरे जस्तै प्रत्येक दिन
अलि–अलि हल्ला गरेर रत्नपार्कमा
सदियौंदेखि चिस्यानमा सडिरहेको संस्कृति र परम्परा कसरी खरानी हुनसक्छ ?
हामीले खोजेको जस्तो आगलागी कसरी सम्भव हुनसक्छ ?
अबको आगो त
इस्पात गाल्ने हुनुपर्छ ⁄
बरफ सल्काउने हुनुपर्छ
त्यो आगोका लागि
हामीबीचका फलामे बारहरू गाल्नुपर्छ
हाम्रै स्वार्थका कप्टेराहरू आगामा ठोस्नुपर्ने हुन्छ
हाम्रै ढोंगहरू झोस्नुपर्ने हुन्छ
धुत्र्याइ“, फट्याइ“, हठलाई एउटै झोलामा हालेर आगोमा हाल्नुपर्ने हुन्छ
हामीभित्रको दरबारहरू सल्काउनुपर्ने हुन्छ,
अनि बल्छ धु“वाविहीन आगो, र
एकैपटक, एकै ठाउ“मा एकत्रित र एकीकृत आगो बाल्नुपर्ने हुन्छ
आगोका गीतहरू गुन्जिनुपर्छ
आगोका कविताहरू सुनिनुपर्छ
बागमतीमा आगोहरू बग्नुपर्छ
बरफ सल्केर सगरमाथा वरिपरि आगो लाग्नुपर्छ
मेरो, तिम्रो, हाम्रो सबैको एकतन्त्रलाई सल्काइदिनुपर्छ र
र यो आगो
जतिसुकै चिसो र कठोर परम्परालाई पनि खरानी बनाउन सक्षम हुन्छ
त्यो आगो
सा“च्चै गणतन्त्रको आगो हुनेछ ।
अरू सम्बोधन
स्व. स्वप्नील स्मृति
महोदय ⁄
सर्कस–घर होइन देश
न समय
बादशाहको शालिक नै हो ।
तिम्रो हातमा छ
जो हस्तिनापुर र महाभारतको युद्ध सुन्दरी
अनि तिम्रो हातमा छ
उत्तराधुनिक ‘रिमोट कन्ट्रोल’
जसले तिमी नचाइरहेछौ– पेशेवर वेश्या शान्ति ।
तिम्रो हातमा छ– हिंस्रक राज–झट्टी
र ठान्दो हौ– यही हो अन्तिम जादुमय छडी
लासहरूको चाङ
चाङमाथि चाङ
चाङहरूको दरबारमा
जुन छ वैदिक साम्यवादको गद्दी
हो त्यही“ आसीन छौ तिमी– जङ्गली ऋषिमुनि झैं ।
तिम्रो हातमा छ– नरभक्षी बन्दुक
सङ्स“गै एउटा कुरूप कला
तर आफू शाकाहारी हु“ आदेश–बक्सको
ठूल्ठूला होर्डिङबोर्डहरू झुन्ड्याएका छौं–
टोल–टोलका बधशालाहरूमा ।
तिम्रो हातमा छ– गीता,
र
अज्ञात यौवनाको बलात्कारपछि
तत्काल हत्या गरेको
रक्तमुछेल छुरी ।
जुन तिम्रो हातमा छ–
एक टुक्रा सुकिलो खादा
राजकीय अभिनन्दनमा
उही बलात्कृत यौवनका बुबाहरूबाट समर्पित ।
महोदय ⁄
हाम्रो हातमा केही छैन
यो देशको एकमुठी माटोसम्म...
तर तिम्रो हातमा धेरै छ ।
सबैभन्दा घृणित त
तिम्रो हातमा छ– राष्ट्रिय झन्डा
जो, हो तिम्रो गुप्ताङ्ग छोप्ने हतियार
मानिदिउ“m–
राष्ट्रियता तिम्रो कामुकता
अनि राष्ट्र हो तिम्रो गुप्ताङ्ग ।
तिम्रो अभिमान सोहोरिएको
तिम्रो महŒवाकांक्षा पोको परेको
एउटा पुराताŒिवक टोप
चाहे त्यो हाम्रो पाइतालामुनि होस्
चाहे त्यो तिम्रै शिरैमा होस्
जसको कुनै मतलब छैन हामीमा
हो, त्यो समेत तिम्रै हातमा छ ।
महोदय ⁄
हिरामोति, धनसम्पत्ति, फौज,
मानिदिउ“m– ब्रम्हाण्ड नै
सबै–सबै तिम्रो हातमा छ
तर तिम्रै दुर्भाग्य ⁄
तिम्रो हातमा छैन जनता र समय
तिम्रो आयुसमेत हाम्रो हातमा छ ।
हो, खाली छन् हाम्रा हातहरू
तर
बुझ्नू महोदय ⁄
सबैभन्दा डरलाग्दो
सबैभन्दा सिर्जनशील
सबैभन्दा परिवर्तनकामी
त खाली हातहरू नै हुन्छन् ।
जब भरिनेछन्–
केही थोकले हाम्रा हातहरू
सम्झिनू ⁄
त्यतिखेर तिम्रो हातमा
के हुनेछैन, के हुनेछ ।
किचकन्या
श्यामल
हरेक सा“झ
यसरी नै प्रकट हुन्छे ऊ
झ्यालको सानो छिद्रबाट
जूनको धमिलो किरण कोठामा पसेजस्तै
तन्द्रामा परेको युवकलाई
कस्तछे आनो बाहुपाशमा
प्रेमले पागल युवकलाई कहिल्यै थाहा हु“दैन
किन टोलाइरहन्छ ऊ
र किन उसलाई एक्लै छाडेर सुन्दरी
अलप हुन्छे यसरी
सबै सबै युवकहरू उस्तै छन्
खिइ“दैखिइ“दै गएका
मूच्र्छामा लेख्छन् प्रेम कविता
वनजड्डल वा पार्क जहा“ गए पनि
फेला पर्छन्
श्वेतवस्त्रधारी सुन्दरीहरू
एक्लैएक्लै हरेक सा“झ
यसरी नै प्रकट हुन्छे ऊ
तन्द्रामा परेको युवकलाई
कस्तछे आनो बाहुपाशमा
केही समय भयो
युवकहरू हा“स्न छोडेको
तन्नेरीहरू बिस्तारै–बिस्तारै
दुब्लाउन थालेको
यस्तो समय पनि आयो
कोही बा“की रहेनन्
युवतीहरूका लागि प्रेम गर्न
तर गाउ“की सबैभन्दा वृद्ध आमा भन्छिन्–
त्यो किचकन्या हो
प्रेमको भोक तृप्त नहु“दै अकालमा मरेकी
हेर, राम्ररी हेर
त्यसका खुट्टा फर्केका छन् उल्टोतिर
राम्ररी हेर, त्यो बोल्दिन
तर काम गर्छे र अलप हुन्छे
त्यसको सेतो सारीको टुप्पामा
धागो बा“धेर हेर
जब त्यो मान्छे
त्यो धागो अल्झेको हुन्छ
एउटा नली हाडमा
जलाएर भष्म पार
त्यो नलीहाड ⁄
त्यसपछि त्यो
कहिल्यै फर्केर आउने छैन ।
तर केहीले फेला पारेका छन् नलीहाड
राजाको दरबारमा, केहीले सिंहदरबारमा
केहीले अनेक सानाठूला दरबारहरूमा
सायद कैयौ“ प्रेमाप्त युवतीहरू
अकालमै मरेका थिए ती ठाउ“मा
तिनीहरूलाई प्रेतयोनिबाट मुक्त गर
बा“की रहेको नलीहाड भष्म गर ।
बादशाहको खेल
शार्दूल भट्टराई
बादशाहलाई
खेलमा रुचि छ
उनी आ˚ू खेल्छन्
र अरूलाई खेलाउ“छन्
उनी
चलन चल्तीमा रहेका
हरेक खेलमा निपुण छन्
त्यसैले
अनेकौं खेल खेल्ने गर्छन्
बादशाह
कहिले घोडा दौडाइरहेका हुन्छन्
कहिले कपर्दी खेलिरहेको हुन्छन्
कहिले करा“तेमा हुन्छन्
कहिले रेस्टिड्डमा हुन्छन्
कुनै बेला
गाउ“मा पसेर मुरली बजाउनु पनि
उनको खेल हो
कुनै बेला
शहरमा दमाहा ठटाउनु पनि
उनको खेल हो
यो बेला बादशाह
बाघचाल खेल्दैछन्
तर थर्कीमा बाख्रा छैनन्
बाघ र मान्छे छन्
बादशाह
बाख्राको सट्टामा
मान्छेलाई खेलाउ“दै छ
उनको विश्वास छ
मान्छे पनि बाख्रा नै हुन्
उनको खेलमा
खेलको नियम लाग्दैन
उनको आनै नियम छ
बादशाह घोÈणा गरिरहेका छन्–
बाघचालमा बाघले मात्र चल्न पाउ“छ
उनी उज्यालोमा कहिल्यै खेल्दैनन्
यो उनको परम्परागत प्रचलन हो बादशाहको खेल
अ“ध्यारोमा सुरु हुन्छ र अ“ध्यारोमै सकिन्छ
चाल्र्स प्रथमले
नक्कली मन र मुस्कानमा
अरूलाई खेलाएजस्तै
म्याकवेथले
अर्काको घा“टीमा
तरवार राखेर खेलाए जस्तै
निकोलाई द्वितीयले
वम र बन्दुकलाई
आना खेलौना बनाए जस्तै
र ˚ारुखले
षड्यन्त्रलाई शासनको विधि बनाएर
अरूलाई खेलाए जस्तै
बादशाह
बाघचाल खेल्दैछन्
र अरूलाई खेलाउ“दैछन् ।
म र निरो
हरिगोविन्द लुईंटेल
इतिहासमा
यदि त्यतिखेर
म रोम शहरको नागरिक भएको भए
म सम्राट् निरोको खासै विरोध गर्दिनथें
किनभने रोम शहर जलिरह“दा
मौसुफ सम्राट् निरो
बा“सुरी बजाइरहिबक्सेको थियो
यसभन्दा बढी
मौसुफले खासै खराब केही गरिबक्सेको थिएन
कम्तीमा पनि मौसुफले
जलेको रोम शहरको बीच चोकमा
सिपाहीहरूमार्फत् मान्छेको भीड जम्मा गरेर
तिनका माझमा कुनै चाकरको हातबाट
कुनै प्रशंसापत्र ग्रहण गरिबक्सेको थिएन
त्यहा“ प्रफुल्ल मुद्रामा मञ्चमा विराजमान भएर
कुनै नाचगान र सांस्कृतिक झा“कीहरू नजर गरिबक्सेको थिएन
कम्तीमा पनि मौसुफले त्यहा“
भीडलाई उल्लु बनाउने भाषण गरिबक्सेको थिएन
त्यसैले
इतिहासकालमा
यदि त्यतिखेर
म रोम शहरको नागरिक भएको भए
म सम्राट् निरोको खासै विरोध गर्दिनथें
र त्यतिखेर चाकरहरूले लगाउने नारा पनि
म खासै आपत्तिविना नै सुनिरहन्थें
“हाम्रो निरो, हाम्रो रोम ः प्राणभन्दा प्यारो छ ⁄”
यो देश फक्रिन्छ झन्
हेमराज अधिकारी
धोखा भो, भन खै ? इमान यतिका आस्था र विश्वास खै ?
मेरो उर्बर देश खै ? हृदयको नेपाल मेरो कठै ⁄
औधी भो अब खप्नुहुन्न खुकुरी लौ चम्क ए चम्चम
पड्किदे कविता बनेर बमका छर्रा यहा“ डम्डम ।
केका लागि बगे हिजो रगतका खोला यहा“ भल्भल
केका लागि ढले सपूतहरू यी होला कहा“ उत्तर ?
थुप्रै लास डढे, चुरा पनि फुटे, सिन्दुर पोते झरे
केका लागि जले, मरे किन हजुर के स्वार्थमा ती परे ?
के उद्देश्य थियो ? थिए कि सपना ? यो देश यस्तै थियो ?
प्यारो देह थिएन ? लक्ष्य अथवा यौटै कि मर्ने थियो ?
हामीले किन बिर्सियौं सहिदका इच्छा अधुरा रहे
घर्ती फाट्छ चिराचिरा हृदयमा बिझ्ला नि का“डा भरे ।
मेरा शब्द बिहान कल्कल यिनै झर्ना बनेको दिन
मेरो यो कविता पढेर युगले माटो चुमेको दिन
मेरो राष्ट्रियता मरेर नगए घट्दैन उम्लिन्छ झन्
बैलाई म मरें भने पनि अझै यो देश फक्रिन्छ झन् ।
गणतन्त्र कविता आन्दोलनको अवधारणापत्र
गणतन्त्रवादी कविता आन्दोलन : सन्दर्भ र सार्थकता
गणतन्त्रवादी कविता आन्दोलन घोषणाका साथ कवितावाचन गरिएपछि यस आन्दोलनबारेको चर्चा सुरु भएको छ र आन्दोलनको विस्तार पनि हु“दै गएको छ । नेपालको खासगरी युवावर्गले ऐतिहासिक साहस र शौर्य प्रदर्शन गर्दै गणतन्त्रको स्वरलाई सडकमा, शिक्षण÷संस्थाहरूमा र समुदायमा ल्याएको र नया“ सम्भावनाहरू सतहमा देखापरेका छन् । शताब्दीयौंदेखि नागरिकहरूको अधिकार कुन्ठित गरी निरंकुश शासन गरिआएको सामन्तवादको मूल जरो हल्लाउन युवाहरूले गरेको यस प्रयासलाई समर्थन मात्र गर्नु वा एक्लै छाडिदिनु सचेत संस्कृतिकर्मीहरूका लागि पर्याप्त हु“दैन । उनीहरूले आनो ऐतिहासिक भूमिका र जिम्मेवारी राम्ररी बुझ्नुपर्छ र पूर्ण लोकतान्त्रिक उपलब्धिहरूका निम्ति गरिने संघर्षमा आफूलाई नेतृत्वकारी तहमा उभ्याउनै पर्छ ।
आज हाम्रा बा“च्न पाउने न्यूनतम अधिकारमाथि राज्य वा विद्रोही आतंकवादस“गको मुठभेडका नाममा हमला भएको छ । हाम्रो शैक्षिक, सामाजिक र सांस्कृतिक जीवन ध्वस्त पारिएको छ र नागरिक चेतनामाथि सैन्यशक्तिहरूले बलात्कार गरिरहेका छन् । यस समस्याको मूल स्रोत प्रतिगमनकारी मुखिया सामन्तवादमै छ । राजनीतिक समस्यालाई सही ढंगले सम्बोधन गर्न नदिन सामन्तवादले भरपुर कोसिस गर्दैछ, जसले गर्दा सैन्यवलको आधारमा टिकिरहन सकियोस् । यस्तो अवस्थामा पनि नबोल्ने साहित्यकर्मी कर्तव्यच्यूत, अनैतिक र स्वार्थलम्पटहरूको मतियार हो । हामीले लेखनको मूल्य र महŒव बुझेका छौं र त्यसैले नै यस आन्दोलनको पुनर्संयोजन गरेका हौं ।
यद्यपि गणतन्त्रवादी कविता आन्दोलनको परिकल्पनाकारका रूपमा देखिएका हामी केही लेखक, कविहरू आनो लेखनको आरम्भदेखि नै सामन्तवादविरोधी सांस्कृतिक अभियानमा क्रियाशील रहिआएका छौं । परन्तु नया“ विकसित भइरहेको सामाजिक राजनीतिक सन्दर्भले हामीलाई त्यही स्तरमा बस्ने अनुमति दिंदैन । यसलाई बृहत् अभियानको रूपमा स्थापित र व्यापक बनाउ“दै लैजान सकिएन भने सामन्तवादविरुद्धको हाम्रो सुचेष्टा कमजोर हुनेछ । त्यसो भयो भने हाम्रा रचनाहरूको असर घट्दै जानेछ र सत्तामार्गीहरूका जयगान् र कथित राष्ट्रगानहरूको दबदबा बढ्दै जानेछ, हामी अप्रासांगिक हुनेछौं । यही भावना र मान्यताअनुरूप गणतन्त्रवादी कविता आन्दोलन पुनर्संयोजनको आवश्यकता महसुस गरिएको हो ।
गणतन्त्रवादी कविता आन्दोलन चेतनासम्पन्न र सार्वभौम नागरिकको पक्षमा, यस देशको सर्वोच्च नीतिनिर्माण तहमा पुगेर देशका निम्ति काम गर्न पाउने उसको मौलिक अधिकारप्राप्तिका पक्षमा तथा मानवीय अहं र गरिमाको पक्षमा गरिने काव्यात्मक हस्तक्षेप हो । यसले सामन्तवादमुक्त संघर्षमा आनो जीवनसमर्पण गरी हामीलाई दृष्टि प्रदान गर्ने र हाम्रो चेतना समृद्ध पार्ने सबै दिवंगत र जीवितजनहरूप्रति समर्पित छ । यसले कलात्मक ओजलाई सदैव सर्वोपरि प्राथमिकता दिनेछ । गणतन्त्रको पक्षमा हु“दाहु“दै पनि न्यूनतम कलाका शर्तहरू उल्लंघन गरिएको कुनै पनि लेखोटलाई हामी सुन्दर नियतले गरिएको मस्यौदा पर्चाको श्रेणीमा राख्छौं । हामी सार्थक संवाद र बहसका पक्षमा दृढतापूर्वक उभिन्छौं । हामी पक्षधर हौं । आनो पक्षमा अर्थात् गणतन्त्रको पक्षमा उभिन्छौं । हाम्रो रचनाको मूल ध्येय गणतन्त्रको प्राप्ति हो ।
खगेन्द्र संग्रौला,
विमल निभा,
विक्रम सुब्बा,
श्यामल,
हरिगोविन्द लुईंटेल,
मातृका पोखरेल
२०६१।०२।०९
No comments:
Post a Comment