वेदना
वर्ष - ३६ , अङ्क - १ , पूर्णाङ्क - ७५
२०६६ मङ्सिर
सम्पादकीय
जनविद्रोहको यात्रा
यतिबेला राष्ट्रिय स्वाधीनता सङ्कटमा छ । नागरिकहरुका अधिकारमाथि बलात् आक्रमण गरिएको छ । पर्दापछाडिबाट जङ्गीअड्डा कासन गर्छ र सरकार नामको बुख्याँचा ब्याण्डबाजाको तालमा नाचिरहेको छ । दस वर्षको भीषण वर्गयुद्ध र त्यसको जगमा टेकेर सञ्चालित भएका राष्ट्रिय जनआन्दोलनहरुको बलमा सामन्तवादको नायक घोडाबाट खसालियो । सामन्तवादका पृष्ठपोषकहरु र राष्ट्रिय आत्मसमर्पणवादी हिँजडाहरुसँगको निकै ठूलो जोरबलका साथ लडिएको वैचारिक सङ्घर्षले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि स्थापना भयो । अब गणतन्त्रलाई संस्थागत गर्दै उत्पीडनमा परेका वर्ग, जाति, क्षेत्र र लिङ्गका समुदायलाई स्वाधीन र सार्वभौम अधिकारसम्पन्न बनाउनका लागि फेरि अर्को लडाइँ सुरू भएको छ । किनभने हामीले धेरै ठूलो बलिदानी गरेर राजतन्त्र त ढाल्यौँ तर यतिबेला श्रीपेचबिनाका नयाँ राजाहरु जन्मन थालेका छन् । र, उनीहरुले जनतालाई फेरि सैनिक बुटमुनि कुल्चेर शासन गर्न चाहन्छन् । विगतमा जनताले त्यति ठूलो त्याग र बलिदानी गरेर सङ्घर्ष गर्नुको तात्पर्य नयाँ सामन्त र नयाँ राजा जन्माउनलाई थिएन । यो सबै कुरा आम जनसमुदायले बुझेका छन् ।
सम्विधानसभाको चुनावमार्फत् जनताले दिएको मतमाथि कुठाराघात भएको छ । सत्ता र सरकार पुरानै वर्गको हातमा छ । ऊ जनतालाई किञ्चित पनि अधिकार दिन चाहन्न । ‘तावाबाट उम्केको माछो भुङ्ग्रोमा’ भनेझैँ राजतन्त्रको जाँतोबाट उम्केका जनतालाई फेरि ओखलमा लगेर कुट्न प्रतिगामी वर्ग जीउज्यान छाडेर लागिपरेको छ । एकातिर लोकतन्त्रको दुहाई दिने र अर्कातर्फ सैनिक शासन लादेर राष्ट्रिय आत्मसमर्पणवादी गद्दार र दलालहरुले बिस्तारवाद र साम्राज्यवादको स्थायी क्रिडास्थलमा बदल्ने धृष्टता गर्दै छन् । यस्तो बेला कोही पनि स्वाभिमानी, देशभक्त, वामपन्थी एवम् राष्ट्रवादी नेपाली जनता चुप लागेर बस्ने अवस्था छैन ।
दिनदिनै सीमा मिचिएको मिचियै छ । जङ्गे पीलरहरु दिनदहाडै भत्काइन्छन् र माथिमाथि सारिन्छन् । हाम्रो राष्ट्रिय अस्मितामाथि साउथब्लकले दाह«ा नङ्ग्रा गाडेको गाड्यै छ । दिनहुँ चिथोर्छ र हाडमासु लुछिरहन्छ । सीमाक्षेत्रका जनताले दिनहुँ अतिक्रमणकारीहरुको आक्रमण, लुट, डकैतीको सामना गर्नुपरिरहेको छ । चेलिबेटीहरुले अस्मिता लुटाउनुपर्नेमात्र नभई ज्यानैसमेत गुमाउनुपरिरहेको छ । यो सबै कुरा सरकार नामको बुख्याँचाले टुलुटुलु हेरिरहन्छ र लाचार हुँदै शान्तिसुव्यवस्था कायम भैरहेको नकचरो वक्तव्य जारी गर्छ । यस्तो छ देशको हालत, जनताको हालत । त्यसैले जनताले फेरि पूर्ण मुक्तिका लागि हातहातमा अझ ठूल्ठूला मशाल बालेर वर्गवैरीहरुलाई खबरदारी गरिरहेका छन् ।
जताततै लुट, हत्या, बलात्कार, डकैती, चोरी, अपहरणजस्ता आपराधिक कृयाकलापहरु बढ्दै छन् । महँगीले डाँडो काटेको छ र दिनदिनै चुलिँदै गइरहेको छ । दिनभरको ज्याला मजदुरी गरेर बाँच्ने वर्गलाई एकछाक पनि पेटभर खान र एकसरो लुगाले आङ ढाक्न नसक्ने अवस्था बढ्दो छ । कालाबजारीहरुलाई सत्ताधारीवर्गले ढाकछोप गरेको छ र सुम्सुम्याइरहेको छ । यसरी जताततै अराजकता फैलिएको छ । अस्तव्यस्तता बढिरहेको छ । लोकतन्त्र प्राप्तिपछि पनि जनताका इच्छा आकाङ्क्षाहरु पूरा हुन सकेका छैनन् । अझ उल्टै उनीहरुको सीमित हक र अधिकारलाई पनि बिस्तारवादी शासकहरु सामु बन्दकी राखेर दलालहरुले सत्तामा हालिमुहाली गरिरहेका छन् ।
सम्विधानसभामार्फत् देशमा नयाँ सम्विधान निर्माण गर्ने, सेना समायोजन गर्ने र सङ्घीय राज्यको स्वरुप निर्धारण गरी शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पु¥याउनु आजको प्रमुख कार्य हो । त्यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बन्नु जरूरी छ । त्यो पनि जनताको म्याण्डेटअनुरुप एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा नै बन्नु अनिवार्य छ । राष्ट्रको यो मुद्दालाई कुठाराघात गरेर संसदवादी दलहरुले माओवादीमाथि नै दोष थोपरेर संसद नै भङ्ग गर्दै राष्ट्रपति शासन लागू गरी सेनालाई अघि सारेर फेरि देशलाई अझ ठूलो मुठभेडतर्फ धकेल्ने धृष्टता गरिरहेका छन् । त्यसैले जनता अन्तिम विजयका निम्ति फेरि सङ्घर्षको मैदानमा उत्रन बाध्य भइरहेका छन् । यस्तो बेला साहित्यकार, कलाकार एवम् सम्पूर्ण संस्कृतिकर्मीहरुले राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चताको लागि सांस्कृतिक आन्दोनलको उठान गर्नुपरेको छ । त्यस कार्यमा एउटा कोशेढुङ्गा थप्ने कार्यमा वेदना साहित्यिक त्रैमासिक आफ्नो सामथ्र्यअनुरुप कृयाशील छ ।
अन्तमा, देशको राष्ट्रिय राजनीतिको फेरबदलसँगै प्रगतिवादी सांस्कृतिक आन्दोलनमा आएको नयाँ उभार र जिम्मेवारीअनुरुप हाम्रो प्रकाशनलाई पनि नयाँ व्यवस्थापकीय भूमिकामा लगेका छौँ । त्यसैले अबदेखि पुरानो सम्पादन र प्रकाशकीय व्यवस्थापनमा नयाँ हेरफेर गरेका छौँ । लामो समयदेखि यसको सम्पादन गर्दै आउनुभएका वरिष्ठ समालोचक निनु चापागाईं तथा सहयोग समितिका मित्रहरुप्रति हामी आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौँ । साथै अबदेखि यो पत्रिका अखिल नेपाल लेखक सङ्घको साहित्यिक प्रकाशनका रुपमा प्रकाशित हुने कुरा पनि हाम्रा पाठक, स्रष्टा र शुभेच्छुकहरुमा जानकारी गराउँछौँ । र, विगतमा झैँ आगामी दिनमा पनि हाम्रा पाठक, श्रष्टा एवम् सम्पूर्ण शुभेच्छुकहरुको अमूल्य सहयोग, सुझाव र पे्ररणाको सदैव अपेक्षा गरिरहन्छौँ ।
अनिल शर्मा
सायमा
सायमा
अर्थात् वर्तमान मेसोपोटामियाकी नगरबधु
भौँतारिरहन्छे बग्दादका गल्लीहरुमा
कुरानका ठेकेदारहरु
कौमार्य गुमाएको आरोपमा
पैगम्बरलाई बलि चढाउन
छुरी उध्याइरहेका छन् हरपल
त्यसैले हत्केलामा मृत्यु च्यापेर
सायमा भौँतारिरहन्छे बिराना गल्लीहरुमा ।
सायमाका दाजुहरु
साँझमा सायमाहरुसँग नाङ्गिन्छन्
र दिनको उज्यालोमा
अल्लाहको नाममा सायमाको हत्या गर्छन्
सायमाका भाइहरु
कोठीमा अल्लाहको हुर्मत लिन्छन्
र मस्जिदको सामुन्ने सायमाको हत्या गर्छन्
सायमाका नपुङ्शक पिताहरु
रातभरि तलाकको षड्यन्त्र बुन्छन्
मनभरि लिकको सपना तुन्छन्
र सायमासँगै बग्दादको चीरहरण गर्छन् ।
गिद्धहरुले लुछिरहेका छन् मेसोपोटामियालाई
बग्दादका गल्लीहरुमा
नारी–स्वतन्त्रता र अधिकारको आवरणमा
जब भित्रियो गोरासाहेब
तन सायमाको युरोपेली पहिरन खोसियो
र थोपरियो हिजाब
खोसियो स्वतन्त्रतापूर्वक टहल्ने हक पनि
थपिए कौमार्य परीक्षण केन्द्रहरु
र, सुरु भयो कसाई डाक्टरको मनपरीतन्त्र
कौमार्य परीक्षणकेन्द्रबाट फर्केकै साँझ
अँध्यारो कोठामा सुरु हुन्छ
दाजुभाइको परीक्षण, बलात्कार र हत्या
सायमाहरु ‘तीन समूहे डाक्टर’बाट नङ्ग्याइन्छन्
रक्त आफन्तहरुबाटै बलात्कृत हुन्छन् ।
र सायमाहरुका चित्कार सुनेर
मस्जिदको कुनामा अल्लाह मुस्कुराइरहन्छन् ।
परपरूषसँग बात मारेको आरोपमा
सुत्केरी आमाहरु÷मोना अदनान हबिबहरु
निसङ्कोच मारिन्छन्÷बलात्कृत हुन्छन्
झनै झाङ्गिएको छ आतङ्क र कट्टरता
तेलका कुवाहरुमा ¥याल काढ्दै
भित्रिएको गोरासाहेबको साइबर क्याफेसँगै
झनै मौलाएको छ ‘ह्वाइट ट्रेड’ ।
आजभोलि सायमाको निरीह चित्कार
अखबारमा छरिन्छन्
बिस्कुन हुन्छन्, सडक र गोष्ठीहरुमा
र अमेरिकी बुटमुनि हलाल गरिन्छन्
यसरी दिनैपिच्छे सायमा
कुनामा लुटिन्छे
हिजाबमा बन्दी हुन्छे
र, तेलको ट्याङ्करले किचिन्छे ।
५ अगष्ट २००४ बेऊरजेल पटना
कथा
कमला रोका
वलिदानको यात्रा
नयाँ ऋतुको आगमनसँगै नवपालुवाहरु लहराइरहेका थिए । वनभरि लालीगुराँसहरु फुलिरहेका थिए र झुलिरहेका थिए । सगरमाथाको देशबाट भरखरै जनविद्रोहको शङ्खघोष भैरहेको थियो । सिस्ने र जजजलाका वस्तीहरुबाट सल्केको जनविद्रोहको ज्वालाले बिस्तारै देश तताइरहेको थियो । नयाँ युगका राता मान्छेहरु आनो स्वाभिमानका लागि जनसमरको यात्रामा लामबद्ध भैरहेका थिए । प्यारो सिस्ने हिमाल आना सन्तानहरुले नयाँ इतिहासको सूत्रपात गरेको खुसीयालीमा मुस्कुराइरहेको आभाष हुन्थ्यो । नेपाली जनताले सुन्दर भविष्य निर्माण गर्ने सपना मनभरि सजाएर राखेका थिए । सानीभेरीको किनारमा अवस्थित मेलगैरी गाउँ गर्वले छाती फूलाइरहेको थियो ।
मेलगैरीको तल बेसीगाउँमा पार्टी सम्पर्क कार्यलय थियो । सम्पर्कस्थान भएको हुनाले प्रायःजसो पार्टी क्याडरहरुको आवतजावत हुने गर्दथ्यो । क. अविरल मोर्चाबाट भर्खरै फर्केको थियो । राडी प्रहरीचौकी आक्रमणको मोर्चा सफल पारेर ऊ वेसीगाउँको सम्पर्कमा आइपुगेको थियो । खुसी र उत्साहले प्रफुल्लित क. अविरलले मोर्चाबाट कब्जा गरेका युद्धसामग्री र भारी मात्रामा लजिस्टिकहरु पनि कार्यालयमा ल्याइपु¥याएको थियो । ‘युद्धबाट प्राप्त भएको सानो सियो पनि पार्टीको पुँजी हो’ भन्ने कुरा क. अविरललाई राम्रोसँग थाहा थियो । त्यसैले ती सामग्रीहरु सुरक्षित गर्न उसलाई केही कठिनाइको सामना गर्नुपरिरहेको थियो । केही दिनदेखि क. अविरल गाउँको एक जना बूढीआमाको घरमा बस्दै आएको थियो । आमा क्रान्तिकारी विचार र भावनाले लैस थिइन् । उनी खुसी थिइन् र खुसीको अभिव्यक्त यसरी गर्थिन्–
‘बाबु ! तिमीहरुले इतिहासमा नयाँ काम ग¥यौ हैन र ?’’
‘हो आमा ! हामीहरु यो युगका नयाँ मान्छेहरु हौँ । त्यसैले युग परिवर्तन गर्ने लक्ष्य वोकेका छौँँ ।’ क. अविरल बूढीआमासँग अरू क्रान्तिका कुरा गर्दै जान्छ । क्रान्ति र परिवर्तनको चाहना मन र मस्तिष्कमा सजाएर राखेका ती बूढीआमाले क. अविरलसँग मन खोलेर आना भावनाहरु पोख्दै गइन् ।
‘हामीलाई यी शोषक–पापीहरुले गोरूजस्तै जोतिरहेका थिए । अब तिमीहरुको युद्धले केही सुविस्ता गर्छ कि !’ क.अ विरल मुस्कराउँछ । ‘‘साँच्चिकै तपाईंहरुजस्तै आमा महान् आमा हुनुहुन्छ र तपाइँजस्तै लाखौँँ उत्पीडित आमाहरुको भावना र विचारलाई समेटेर थालिएको युद्ध भएकोले यसलाई जनयुद्ध भनिन्छ । यो जनयुद्ध हाम्रोमात्र होइन, तपाईँजस्तै लाखौँ, करोडौँ उत्पीडितवर्गको मुक्तिको मार्ग हो ।’’ आमा खुसीले मुस्कुराउँछिन् र समर्थनको सङ्केत टाउको हल्लाउँछिन् ।
‘बाबु, कुरा त गर्दै गरौँला साँझतिर, म अहिले गाईको बाच्छोलाई घाँस ल्याउन मेला जान्छु । तिमी बाहिर ननिस्कनू । गाउँका सुराकीले देख्लान् । यदि बाहिर जान मन लाग्यो भने हाम्रो बूढाको ‘बोद्ला’ ओढेर जानू ।’
नाम्लो र हँसिया लिएर आमा मेला गैसकेकी थिइन् । आमाको क्रान्तिकारी विचार र भावनाले अविरललाई झन् उद्वेलित बनाइरहेको थियो । ‘नयाँ विचारले परिपक्क भएकी रहेछिन् यी आमा । त्यस्ता क्रान्तिकारी आमाहरुले मात्र पार्टीलाई बचाउन सक्छन् ।’ उसले मनमनै आमाको भावनाको आत्मैदेखि कदर गर्छ ।
जीवनमा सबभन्दा सुखानुभूतिको क्षण भनेको नयाँ युग निर्माणका लागि पहलकर्ताको भूमिका निर्वाह गर्ने ऐतिहासिक अवसर प्राप्त गर्दा भएको छ । क. अविरलले आफू देश र जनताको मुक्तिको निम्ति समर्पित हुन पाउँदा आफूलाई गर्वानुभूति गरिरहेको थियो ।
युद्ध थालनी भएको १४ दिन बित्दै थियो । युद्ध र क्रान्तिको देशव्यापी चर्चा÷परिचर्चा चल्दै थियो । शासकहरु आनो लुटको स्वर्ग बचाउने सपनामा अत्तालिरहेका थिए । ती क्रान्तिकारी विचार र भावनाले लैस भएकी बूढीआमाको सानो झुपडीमा बसेर साँझ ७ बजेको समाचार क. अविरलले सुन्दै थियो । उता आमाले साँझको खाना पकाउन अँगेनामा आगो सल्काउँदै थिइन् । बूढा बा मेलगैरीको लेकमा एक महिनाअगाडिदेखि नै भैँसी लिएर गोठ गएका थिए । अँध्यारो कुनामा बसेर क. अविरलले रेडियो सुनिरहेको हुन्छ । महान् जनयुद्धको देशव्यापी प्रभाव कस्तो परिरहेको होला ? प्रतिकृयावादीहरुले हाम्रो महान् अभियानलाई कसरी बुझिरहेका होलान् ? अब उनीहरुको कदम कस्तो होला ? यस्तै कुराहरु मनभरि खेलाउँदै प्रमुख समाचारहरु क. अविरलले ध्यानपूर्वक सुन्दै गर्छ । ‘गोर्खामा दोहरो भीडन्त, आतङ्ककारी ११ वर्षीय दिलबहादुर रम्तेलको मृत्यु, अब आतङ्ककारीहरुलाई २ महिनामै सखाप पार्ने अभियान सरकारले चलाउनेछ आदि । अविरलले बजिरहेको रेडियो बन्द गर्छ र कुनामा पल्टिन्छ । उसको मनमा अनेकौँ उथलपुथल पैदा हुन्छ । विचरा ११ वर्षे बालकले के अपराध गरेको थियो होला र ? अन्धा दुश्मनहरुले जसलाई पनि माओवादी देख्न थालेका छन् । क. अविरलको मनभित्र आक्रोसको ज्वाला दन्किछ ।
‘के भन्छ बाबु रेडियोले ? कहाँ कस्लाई मा¥यो रे दुष्टले ?’ खाना बनाउँदै गरेकी आमाले थोरै आशङ्कित तरिकाले क. अविरललाई प्रश्न गर्छिन् ।
‘फासीवादीहरुले गोर्खामा ११ वर्षे बालकलाई मारेर आनो सक्कली चरित्रको प्रदशन गर्दै छन् । उनीहरुको त्यो धर्म नै हो आमा, तर हामी क्रान्तिकारीले क्रान्तिको अभियानलाई निरन्तर अगाडि बढाइरहनेछौँ ।’ आमाको मनमा थोरै चिसो पसिरहेको थियो । उनले मनमनै सोचिरहेकी थिइन् ।
‘कठै विचरा ! त्यो दुधे बालकले के नगर्नु गरेको थियो होला र ? यस्तै हो भने बैरीहरुले हामीजस्ता सामान्य किसानहरुको पनि ज्यान लिन पनि बेर लाग्नेछैन । यता पनि ख्याल गर्नुपर्दछ । ढुक्क भएर बस्ने जमाना छैन ।’
क. अविरलले मन नलागीनलागी आमाले पकाएको खाना थोरै खान्छ र फेरि आफू सुत्ने ओछ्यानमा पल्टिन्छ । अनि उसले अनेकौँ कुराहरु मनभरि सोच्न थाल्छ । अब दुश्मनले आनो रणनीति कसरी ल्याउँछ र दुश्मनको योजनालाई चिरेर अगाडि बढ्न सक्ने नयाँ रणनीति पार्टीले कसरी ल्याउला ? यस्तै कुराहरु मनमा गम्दागम्दै क. अविरल मस्त निद्रामा पस्छ ।
भोलिपल्ट बिहान फागुन १५ गते । एकाएक कुनै त्यस्तो अनिष्ट पैदा होला भनेर निर्दोष मेलगैरीले सायद कहिल्यै पनि सोचेको थिएन । कल्पनै नगरेको परिस्थितिको सामना गर्नुप¥यो मेलगैरीले । बिहानको मिरमिरेसँगै क. अविरलको निद्रा खुल्छ । वेसीगाउँलाई ब्युँझाउन भालेहरु बासिरहेका थिए र कुकुरहरु पनि भुकिरहेका थिए । बिहानै पानी ल्याउन पँधेरो गएकी आमा गाग्रो छाडेर हस्याङफस्याङ गर्दै घर फर्किइन् ।
‘ए बाबु किन भित्रै बसिरहेको हँ ? दुष्ट पुलिसहरुले पूरै गाउँ घेरिसकेका छन् । एउटा ठूलो जत्था मेलगैरीतिर उक्लिरहेको छ । साथमा गाउँका सुराकीहरु पनि छन् । लौ न बाबु, अब के गर्ने ? मेलगैरीमा हाम्रा बूढालाई ...!’ आमा आत्तिएर कराउन थाल्छिन् । क. अविरललाई पनि केही समयसम्म त के गरौँ के नगरौँ जस्तो भैरहेको थियो । उसलाई भित्रभित्र मुटु कामिरहेको अनुभूत हुन्थ्यो । क. अविरलले आफू मर्ने कुरामा भन्दा पनि युद्धबाट प्राप्त सामग्रीहरुलाई कसरी बचाउने भनेर चिन्ता लागिरहेको थियो । बाहिरीरूपमा भने आमालाई सान्त्वना दिरहेको थियो ‘नआत्तिनूस् आमा, बरू जतिसक्यो स्वाभाविक हुनुपर्दछ । यदि कसैले मलाई सोधिहाल्यो भने भैँसी खोज्न आएको पर्वतको मान्छे हो भन्नुहोला ।
आमाले त्यही मानसिकता बनाएर बाहिर सम्पत्तिको धन्दा गरिरहेकी थिइन् । गाउँमा पूरै दुश्मनले घेरा हालेर प्रत्येक घर छापा मारिरहेको थियो । बिहानीको पहेँलपुर घामले मेलगैरीको बस्तीलाई ढपक्क ढाक्नै लागिरहेको थियो । त्यतिबेलै एक्कासी घुइरोघुइरो बन्दुकको आवाज आइरहेको थियो, पटट...ढ्वाम..चट्याङ्ग... ।
आमा भित्र पस्छिन् र क. अविरललाई जानकारी दिन्छिन् ‘बाबु दुश्मन त माथि मेलगैरी पनि पुगेछ क्याहो ? कता हो बन्दुक पड्किरहेको छ । केही तन्नेरीहरु लेक गएका थिए रे घटना घटाउन सक्छन् ।’
शान्त मेलगैरी एकैक्षणमा युद्धभूमिमा परिणत हुन्छ । पूरै वातावरण गोली र बारूदको धूवाँसँग डुबल्की मारिरहेको हुन्छ । उता बारम्बार बन्दुक पड्किरहेको आवाज आइरहेको हुन्छ । पटट......चटयाङ.....ढवाम....।
क. अविरलले पनि बन्दुकको आवाज सुनिरहेको थियो । सायद आज धेरै नरसंहार हुन्छ होला । उसलाई निकै उकुसमुकुस भैरहेको थियो । मेलगैरीको घटनाक्रमलाई बुभ्mन निकै आतुर भैरहेको थियो । अर्कोतिर क. अविरल पनि सुरक्षित बसिरहेको थिएन । कतिबेला आपूm बसिरहेको घर पनि घेराबन्दीमा पर्छ र अर्को घटना घटछ ? भन्ने त्रासले सताइरहेको थियो । तर क. अविरल बसेको घर सामान्य किसानको झुपडी भएको हुनाले दुश्मनले नपत्याएर छापा मारेको थिएन । ऊ बालबाल बचेको थियो । बिस्तारै टन्टलापुर घामले शितलता प्रदान गर्दै थियो । घरघरमा खानतलासी र लुटपाट मच्चाएर पुलिसहरु स्कुलमा केन्द्रित भैरहेका थिए । त्यतिखेर नै विजय मेलगैरीको घटनाको घेरा तोडेर क. अविरलकहाँ आई पुग्छ । उनीहरु मृत्युको नजिक पुगेर पनि बाँचेर फेरि नयाँ यात्रामा समाहित हुन पाउँदा थप दायित्व र अभिभारा आइरहेको अनुभूत गर्छन् । क.विजय निकै थकित र आक्रोसित देखिन्थ्यो । उसले हतारहतार मेलगैरीको घटना विवरण सुनाउन चाहन्थ्यो । क. विजयले सुनाउँदै जान्छ, ‘कमरेड, मेलगैरीमा ठूलो नरसंहार ग¥यो । पुलिस सरदार कन्हैया सिंहको नेतृत्वमा गएको हत्याराहरुको ग्रुपले हत्याकाण्ड मच्चायो । गोठमा सुतिरहेका बिचरा मनबहादुर, लालबहादुर, पशुपति, खडकबहादुर गरी छ जनाको पापीहरुले घटनास्थलमै हत्या गर्न पुगेका छन् । मलगायत केही साथीहरु अर्को घरमा बसिरहेका थियौँ । गोली चल्नेबित्तिकै हामीहरु भागाभाग प¥यौ । दर्जनौ किसानहरुलाई निर्मम ढङ्गले कुटपिट गर्दै छ र कतिपय महिला दिदी, बहिनीहरुलाई बलात्कार गरी रक्तमुच्छेल बनाएर जङ्गलमा पल्टाइरहेको छ ।
उता आनो श्रीमान्को सहादत भएको दुखद् खबर सुनिरहेकी आमा पीडा र आक्रोसले छटपटाउन थाल्छिन् । वातावरण निकै भावुक बन्दै जान्छ । क. अविरल र क. विजयको नयनभरि आँसु टल्पलाइरहेको हुन्छ ।
“बाबु, मेरो त सत्यानास भयो । मेरो जिन्दगीको सहारालाई नै दुष्टले चुड्यो । अब यी लालाबाला कसरी हुर्काउने ?” आमा निकै अलापविलाप गर्दै थिइन् । साँझको रात पर्दै थियो । जङ्गलको छेउछाउबाट घेरा तोडेका जनता र पार्टी कार्यकर्ताहरु क. अविरल बसेको घरतिर आइरहेका थिए । क. अविरलले आनो झोलाबाट पार्टीको झन्डा निकाल्छ र अन्य सबै आना साथीहरुलाई मुठ्ठी उठाएर श्रद्धाञ्जली गर्न निर्देशन गर्दछ ।
पीडामा डुबिरहेकी आमालाई सान्त्वना दिँदै क. अविरलले भन्छ–
‘आमा, भौतिकरुपमा हामीबाट बुबा बिदा भएर जानु भएको छ, तर उहाँले नितान्त फरक किसिमको जीवन प्राप्त गर्नुभएको छ । बुबाको सपना पूरा गर्न हामीहरु मृत्युको सामना गर्दै निरन्तर अगाडि बढिरहनेछौँ । यो बलिदानको महान् यात्रा हो । जुन यात्रालाई सफल पारेर लाखौँ उत्पीडित नेपाली जनताको मुक्तिको निम्ति अगाडि बढाइरहनेछौँ ।’
कोठामा टुकीको मधुरो प्रकाश बलिरहेको थियो । आमाले मुन्टो हल्लाउँदै भनिरहेकी थिइन्–
‘जाऊ बाबु, बलिदानको यात्रा सफल पार
बहादुर र साहसी भइ लक्ष्य पूरा गर
लामो छ यात्रा हरेश नखानू
चुम्नु छ शिखर बीचैमा नथाक्नू ।’
ती महान् सहिदकी आमाको क्रान्तिकारी विचार र भावनाको अभिव्यक्तिले क. अविरल र उसका साथीहरुलाई निकै गम्भीर बनाइरहेको थियो । उनीहरुले सङ्कल्प गरिरहेका थिए र भनिरहेका थिए – ‘हो आमा आज मेलगैरी महान् वीर सहिदहरुको रगतले रङ्गिएको छ । हामी बाँचेकाहरुले सहिदका अधूरा सपनाहरु पूरा गर्न निरन्तर बलिदानको यात्रामा अगाडि बढिरहनेछौँ । देश र जनताको मुक्तिको निम्ति जीवनको अन्तिम क्षणसम्म लडिरहनेछौँ ।’
बाहिर अँध्यारो हुँदै थियो । क. अविरल र उसका साथीहरु आमालाई अभिवादन गर्दै बलिदानको यात्रामा अगाडि बढिरहन्छन् । आमाले विदाइका हातहरु हल्लाउँदै बाहिर नियालिरहेकी थिइन् । अविरलका पाइलाहरु निरन्तर बढिरहन्छन् बलिदानको यात्रामा .....।
२०६५।३।१२
कविता
कृष्णदेव रिमाल
सांस्कृतिक उत्थान
हेर्न सक्दैन आकाश भने
चिम्लोस् आँखा उसले पनि
सुन्न सक्दैन पहाड भने
टालोस् कान उसले पनि ।
विमुख हुनेछैनौँ हामी
हाम्रो शिकारी धर्मबाट
बन्द हुनुपर्छ सडकहरु
हाम्रो जत्थाको राज हुनेछ
काटिन्छन् कतै कारहरु
टुक्र्याइनेछन् कतै ट्याक्सीहरु
निर्घात पिटिनेछ तिनलाई
सभ्यताकै अघिल्तिर
गैरसिकारीहरु बोल्नेछैनन्
बरू हामी बलि दिनेछौँ
राख पारेर तिनका लासहरुलाई ।
कथम्कोही चुइँक्क बोल्यो भने
खोसिनेछ त्यसको श्वासैसमेत
नाक, घाँटी र छाती त परै रहोस् ।
बाँधियून सभ्य भनौदाका विचारहरु
तब फस्टाउनेछन् हाम्रा शिकारहरु
शिकार बालेर चौबाटोहरुमा
थपडी र अट्टाहाससँग रमौँला
र, कहिले
मूस्तेर मानवले झैँ
ढुङ्गे हतियारहरु सजाएर
धावा बोलौँला सभ्यताहरुमाथि
अनि उत्थान गरौँला
उही शिकारी संस्कृतिको ।
००
कविता
गिरिराज शर्मा
प्रतीक्षाका पीडाहरू
०६६ साल
असोज निगल्दाको कुरा
निस्पट्ट अँध्यारो
आकाशमा टिलपिल–टिलपिल
जूनकीरीहरु
पर बाघखोरमा
एकनास कराइरहेछ
हाउँबुध्रुङ
सिमसिमे झरी
हरिकेशे पहरा
कुहिरो ओढेर
हराइरहेछ
शान्ति–सुव्यवस्थालाई ललकार्दै
सुसाइरहेछ कटुवÞाखोला
झरी छल्न हटारुहरु
ठूलो रुखको ओत खोज्छन्
तर, छैनन् यतिखेर
साक्षी बसेका बूढा जोरसिमलका रुखहरु
जहाँ देखिने गर्थे
सजीव पुर्खाका अनुहारहरु ।
प्रकृति चिसो छाड्न
हतार गरिरहेछ
निरन्तरको झरी
सुदूरपश्चिमलाई
रूवÞायर गयो
तराई डुबाएर गयो
हात राखेर थाप्लामा किसानहरु
सुस्केरामा भकारी भर्ने सपना
तुहाइरहेछन् ।
राजनीति, प्रकृति
किन यसरी सताउँछन् हामीलाई ?
एकनिद ब्यँुतेको रातझैँ
बिहान हेर्न
निकै पहरहरु कुर्नुप¥यो
किन ढिलाइ गरिरहेछ यो राजनीति ?
हाम्रो सम्विधान पाउन
लालायित यी हातहरु
नयाँ बिहान चुम्न पर्खेका
मुजा परेका ओँठहरु ।
००
विचार
घनश्याम ढकाल
लेखकीय स्वतन्त्रता र प्रतिबद्धताको सन्दर्भमा
प्रारम्भः
माक्र्सवादी सौन्दर्यशास्त्रको विकासको क्रमसँगै त्यसका मान्यता, अवधारणा र प्रवर्गहरूको पनि विकास र बिस्तार हुँदै आएका छन् । स्वतन्त्रता र प्रतिबद्धता यस्तै महŒवपूर्ण प्रवर्ग हो । प्रवर्ग अरू केही नभएर सङ्ज्ञानको शृङ्खला हो । माक्र्सवादी सौन्दर्यचिन्तनले स्वतन्त्रता र प्रतिबद्धतालाई छुट्टाछुट्टै होइन, एकअर्काको पूरकको रूपमा लिएको छ । यी दुईका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । यसले सिर्जनाको विधि र दिशासमेतलाई आलोकित पार्दछ । नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा स्वतन्त्रता र प्रतिबद्धतासम्बन्धी जति व्याख्या र विश्लेषण हुनुपर्ने हो त्यति भएको छैन । त्यसैले कतिपय सर्जकहरूमा यसबारे थुप्रै भ्रम र अस्पष्टताहरू रहेका छन् । लेखकीय स्वतन्त्रता र प्रतिबद्धताको सवाल सौन्दर्यशास्त्रको क्षेत्रमा गम्भीररूपले बहस चलाउनुपर्ने विषय हो ।
आवश्यकता र स्वतन्त्रताः
लेखकीय स्वतन्त्रताका बारेमा चर्चा थाल्दा स्वतन्त्रताकै अवधारणाबाट थाल्नु उपयुक्त हुन्छ । स्वतन्त्रता र आवश्यकता अन्तरसम्बन्धित हुने हुनाले त्यही परिप्रेक्ष्यमा स्वतन्त्रताको व्याख्या गर्नुपर्दछ । सामान्य अर्थमा स्वतन्त्रता भन्नाले राज्यसत्ताबाट कुनै किसिमको वाधाबन्धन नभई काम र व्यवहार गर्न पाउने अधिकारलाई जनाउँछ । तर, यो भनाईले स्वतन्त्रताको वास्तविक अर्थ सम्प्रेषण गर्न सक्दैन । अन्य सवालमा जस्तै स्वतन्त्रताको सवालमा पनि संसारभरका दार्शनिक तथा चिन्तकहरू विभाजित छन् । ती विविध धारणाहरूसित परिचित भएर मात्र हामी सही निष्कर्षमा पुग्न समर्थ हुनेछौँ ।
पहिलो नियतिवादी अर्थात् भाग्यवादी धारणा हो । यो द्वन्द्ववादविरोधी आदर्शवादी मत हो । यसका अनुसार जीवन र जगतका समस्त प्रक्रियाहरू अलौकिक ईश्वरीय शक्तिद्वारा पहिल्यै निर्धारित हुन्छन् । त्यसैले मानिस आÇनो इच्छाले कर्म गर्न स्वतन्त्र छैन । नियतिवादमा स्वतन्त्रता र सृजनशीलताको कुनै स्थान छैन ।
दोस्रो नियतŒववादी चिन्तन हो । यो यान्त्रिक भौतिकवादमा आधारित छ । यहाँ अवाश्यकताका यति जड हुन्छ कि त्यहाँ मान्छेका स्वतन्त्रता, सिर्जनशीलता र गतिशीलताका लागि चिन्तनमनन गर्ने ठाउँ नै रहँदैन । आवश्यकता र स्वतन्त्रतासम्बन्धी यसको मान्यता, प्रकृति, समाज र मानिसलाई यन्त्रवत् ठान्ने प्रकृतिविज्ञानका मान्यतामा आधारित छ । यसले रहस्यमय रूप धारण गर्दै जान्छ र अन्त्यमा नियतिवादमै विलीन हुन पुग्छ । यसले कार्यका लागि कारण आवश्यक ठान्दछ ।
तेस्रोमा अनियतŒववादी चिन्तन पर्दछ । बुर्जुवा समाजशास्त्रमा यसलाई सङ्कल्पवाद र अनुभववादका रूपमा प्रस्तुत गरिन्छ । सङ्कल्पवादको अभिव्यक्ति व्यक्तिवाद र सर्वसत्तावादमा मुखरित हुन्छ । व्यक्तिवादको सर्वाधिक अभिव्यक्ति नित्सेको दर्शनमा भएको छ र यसले ‘सत्ताको कामना’ गर्दै ‘अतिमानव’को रूप लिएको छ । यो अराजकतावाद हुँदै शून्यवादमा पुग्दछ । यसका अनुसार मान्छे पूर्ण स्वतन्त्र र मुक्त छ । स्वतन्त्रता नै सबैथोक हो । यसले आवश्यकतालाई स्वतन्त्रताका विरुद्ध खडा गर्दछ । र यो वस्तुजगतका विरुद्धमा खडा हुन्छ । यसले मनोगत भावना, सङ्कल्पका साथै व्यक्तिइच्छालाई प्रमुखरूपमा अगाडि सार्दछ । यो तर्कबुद्धिबाट होइन, सहजवृत्तिबाट, अतर्कबुद्धिबाट सञ्चालित हुन्छ ।
आवश्यकता र स्वततन्त्रताको सही विश्लेषण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले मात्र गर्न सकेको छ । माक्र्सवादले व्यक्तिको स्वतन्त्रतालाई सामाजिक सम्बन्धमा खोज्दछ । व्यक्ति जैविक, सामाजिक प्राणी हो र यसको सार सामाजिक सम्बन्धको सार हो । स्वतन्त्रता सापेक्ष र शर्तबद्ध हुन्छ । निरपेक्ष स्वतन्त्रताको कतै अस्तित्व हुँदैन । यो बुर्जुवा भ्रममात्र हो । त्यसो भए स्वतन्त्रता के हो त ? माक्र्स, एङ्गेल्स, लेनिन र माओले एकै स्वरले भनेका छन् – स्वतन्त्रता आवश्यकताको चेतना हो । आवश्यकता भनेको वस्तुगत जगतलाई बुफ्नु हो भने स्वतन्त्रता त्यसलाई परिवर्तन गर्नु हो । स्वतन्त्रता र आवश्यकता एकअर्काका विरोधी होइनन् ।
लेखकीय स्वतन्त्रता
स्वतन्त्रता र आवश्यकताको यति चर्चा गरेपछि लेखकीय स्वतन्त्रता र प्रतिव्बद्धताका विषमा छफल अगाडि बढाउन सहज हुन्छ भन्ने मलाई लाग्दछ । लेखक आÇनो सृजना कर्ममा कति स्वतन्त्र छ भन्ने जटिल सवाल नयाँ नभएर पुरानो हो । लेखक प्रतिबद्ध हुन्छ कि हुँदैन ? अथवा हुनुपर्छ कि पर्दैन ? के प्रतिबद्धताले सिर्जनशीलताको हत्या गर्छ ? यस्ता सवालहरूमा पनि विश्वव्यापीरूपमा बहसहरू हुँदै आएका छन् । माक्र्स भन्छन् ‘स्वतन्त्रताको राज्य वस्तुतः त्यहीँ मात्र सुरु हुन्छ, जहाँ बाध्यता र सांसारिक आवश्यकताद्वारा निर्धारित श्रमको अन्त्य हुन्छ । (साहित्य र कलाý १७७) ।’ स्वतन्त्रताको यही राज्यमा लेखकीय स्वतन्त्रता सुरु हुन्छ । जुन समाजमा बाँच्नका लागि लेखकले आÇनो लेखकीय श्रम बेच्न बाध्य हुन्छ, त्यहाँ लेखन व्यवसायिक हुनपुग्छ । व्यवसायिक लेखनले लेखकीय स्वतन्त्रताको अपहरण गर्छ । माक्र्सले लेखकीय स्वतन्त्रतालाई यति उच्च प्राथमिकता दिएका छन् कि उनले रचनालाई साधन नमानेर उद्देश्य वा साध्य नै ठान्दछन् । रचना स्वयम्मा जब साध्य नै बन्दछ भने त्यो प्रतिबद्धताको सर्वोच्च अभिव्यक्ति बन्न पुग्दछ । माक्र्सवादले मात्र लेखकीय स्वतन्त्रताको वास्तविक सार र अन्तर्वस्तुको अनि त्यसलाई प्राप्त गर्ने विधि सिकाएको छ । माक्र्सवादी सौन्दर्यशास्त्री चैतन्यले लेखकीय स्वतन्त्रतालाई आवश्यकताको चेतना, अभिव्यक्ति स्वतन्त्रता र रचनात्मक स्वतन्त्रता गरी तीन भागमा बाँडेका छन् (माक्र्सवादी कला दृष्टि र समीक्षाý ३१) नेपालका सन्दर्भमा आवश्यकताको चेतना भनेको यहाँको वस्तुगत यथार्थलाई बुफ्नु हो । यो प्रक्रिया भौतिक र आत्मिक गरी दुई भागमा विभक्त छ । पहिलोमा मुलुकको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था, शोषणमुलक सामाजिक परिपाटी, जातीय, लिङ्गीय तथा क्षेत्रीय विभेद र यी सबैका विरुद्धका विभिन्न आन्दोलन र जनयुद्ध रहेका छन् । आत्मिक पाटोमा सामन्तवादी चिन्तनलगायतका प्रत्रिक्रियावादी विचारहरू, सामन्ती अभिजात्यवादी कला–साहितय, बुर्जुवा आधुनिकतावादी साहित्यका विविध प्रवृत्तिहरू, उत्तरआधुनिकतावादी विकृतिहरू, प्रगतिशील र प्रगतिवादी साहित्यिक चिन्तनधारा रहेका छन् । आÇनो जीवनको सन्दर्भमा वस्तुगत यथार्थका यी विभिन्न पक्ष र पाटाहरूलाई एउटा लेखकले जति गम्भीर ढङ्गले बुफ्न सक्छ, त्यतिनै ऊ त्यसलाई परिवर्तन गर्न गम्भीर ढङ्गले उद्यत हुन्छ । यो प्रयासले उसलाई लेखकीय स्वतन्त्रतातर्फ लैजान्छ । ऊ आवश्यकताको अधीन भएर बस्न सक्दैन ।
वस्तुगत यथार्थलाई बुफ्न थालेपछि लेखकलाई अभिव्यक्ति स्वतन्त्रताको जरुरत पर्दछ । यस अन्तर्गत शोषण, दमन, अन्याय र अत्याचारविरुद्ध अनि देश र जनताको मुक्तिका लागि निर्वाधरूपमा लेखकीय कलम प्रयोग गर्न पाउने अधिकार पर्दछ । वस्तुगत यथार्थसँगकै सङ्घर्षका क्रममा लेखकले विश्वदृष्टिकोणको निर्माण गर्दै विचार छनौट गर्दछ । यथार्थको पुनसृजनमा उसले आपूmलाई अभिव्यक्ति गरिरहेको हुन्छ । कुरूप संसारको आलोचना र त्यसलाई परवर्तन गर्ने क्रियाशील कर्ममै अभिव्यक्ति स्वतन्त्रताको मर्म रहेको छ ।
सिर्जनात्मक स्वतन्त्रता लेखकीय स्वतन्त्रताको महŒवपूर्ण केन्द्रीय विषय हो । सिर्जनात्मक स्वतन्त्रतासँग लेखकले जीवन, उसको विश्वदृष्टिकोण, भावना र उद्देश्यहरू जैविकरूपले गाँसिएका हुन्छन् । स्रष्टाले आत्मसात गरेको दार्शनिक र सैद्धान्तिक आधारहरूले नै उसलाई सिर्जनात्मक स्वतन्त्रताको यथार्थ धरातलतर्फ लैजान्छन् । सौन्दर्यशास्त्रमा मात्र होइन, कलात्मक अभ्यासमा पनि सिर्जनात्मक स्वतन्त्रता एउटा आधारभूत सवाल हो । कलात्मक सिर्जना यान्त्रिक र स्वचालित कार्य होइन । यो त यथार्थ प्रतिविम्बनको गहनतातिर जाने निरन्तर प्रक्रिया हो । मानव जीवनको जटिल एवम् द्वन्द्वात्मक घटनाहरूको कलात्मक सिर्जनामा प्रतिविम्बन गर्नु त्यति सहज छैन । सर्जककै सिर्जनशील पहलमा मात्र यो सम्भव हुन सक्छ । प्रगतिवादीमाथि साहित्य सिर्जनामा नियन्त्रण र निर्देशनको आरोप लगाउने प्रतिगामीहरूले यस किसिमको गम्भीरतालाई पटक्कै बुफ्न सक्दैनन् । यथार्थ धरातलमा उभिएको कलात्मक सिर्जना एकैसाथ विशिष्ट र सामान्य हुन्छ । रचनात्मक स्वतन्त्रताले प्रतिविम्बत बस्तुको विशिष्ट स्वŒवको उद्घाटन गर्ने अवसर प्रदान गर्दछ । बुर्जुवा लेखकहरूले मानिसलाई उसको सामाजिक अवस्था र कार्यबाट पृथक राखेर अभिव्यक्त गर्ने असफल प्रयास गर्दछन् । सामाजिक मनुष्य उसको परिवेशबाट कहिल्यै पनि अलग हुँदैन । कसले कुन विधिद्वारा कसलाई के सामाजिक उद्देश्यका लागि आÇनो कला क्षमताको प्रयोग गर्छ त्यसैमा सिर्जनात्मक स्वतन्त्रताको महŒव रहेको हुन्छ । समाजवादी यथार्थवादी रचनाविधिमा स्रष्टाले श्रमिक जनसमुदायका लागि शोषण र दमनबाट मुक्त गर्ने उद्देश्यले रचनाको सृष्टि गर्छ । यसमा पूर्ण स्वतन्त्रताका साथ उसले आÇनो सीप र क्षमताको उपयोग गर्दछ । जीवनका सामाजिक क्रियाकलाप र समाजहितका कार्यहरू अनि व्यक्ति र समुहको जैविक एकता जस्ता कुराहरूले सिर्जनात्मक स्वतन्त्रतालाई मात्र होइन, मानवस्वतन्त्रताकै आधारभूत सवालहरूमा पनि मनग्गे प्रभाव पार्दछन् ।
स्वतन्त्रता मानिसको जीवनमा उन्नत र अग्रगामी अवस्थाहरूको सिर्जना गर्ने प्रभावकारी, संभावना हो । यस किसिमको सम्भावना नबोकेको स्वतन्त्रताको कुनै अर्थ रहँदैन । तर वर्गीय शोषण, दमन र उत्पीडन भएको समाजमा यस्तो सम्भावना रहँदैन । त्यसैले स्वतन्त्रताका लागि यस्तो अवस्थाको अन्त्य हुनु जरुरी छ । बुर्जुवा लेखकहरूले यस्तो समाजमा व्यक्ति स्वतन्त्रताको निकै होहल्ला गर्दछन् । उनीहरूले भन्ने गरेको व्यक्तिगत स्वतन्त्रता शासकवर्गको सदस्यलाई मात्र हो । यो स्वतन्त्रता भनेको शासितवर्गको विरुद्धमा मनमानी गर्न वा लेख्न पाउने शासकवर्गीय स्वतन्त्रता हो ।
स्वतन्त्रता सम्बन्धमा फ्रायडवादी मान्यता आदर्शवादी हुनुका साथै यथार्थवाद विरोधी छ । फ्रायडले अचेतन मन, सहज वृत्ति वा अहम्लाई निरपेक्षरूपले स्वतन्त्र ठान्दछन् । फ्रायडवादका अनुसार धेरैजसो मानसिक क्रियाकलापहरू अचेतन मनका परिणाम हुन् । यसले आत्मा र वस्तु, सहजवृत्ति र पर्यावरण अनि व्यक्ति र समाजबीचको द्वन्द्वात्मक सम्बन्धलाई अस्वीकार गर्दछ । फ्रायडका धारणामा कलासृजनाको मूलमा कलाकारका दमित र कुण्ठित काम बृत्तिहरू हुन्छन् । कलाकृतिहरू यही अचेतन मनका कुण्ठित एवम् दमित कामवृत्तिका विष्फोट हुन् । उनको स्वप्न सिद्धान्तले मनोरोग, स्वप्न, दिवास्वप्न, कला तथा साहित्यको स्रोत अचेतन मनमा रहेका अतृप्त कामवासनालाई मान्दछ । नेपाली सायित्यमा वि.पी. कोइराला र विजय मल्लहरूले यही फ्रायडीय मान्यताअनुसार साहित्य सिर्जना गरेका हुन् । दमित कामवासनाको उदात्तीकरणनै साहित्य ठान्ने फ्रायडवादीहरू यथार्थबाट पलायन हुन्छन् र सहजवृत्तिलाई निरपेक्ष स्वतन्त्रताको एकमात्र साक्षी ठान्दछन् । उनीहरू व्यक्ति र समाजलाई पृथक् गर्दै सामाजिक क्रान्ति र परिवर्तनको विरोध गर्न पुग्दछन् ।
व्यक्ति र समाजलाई पृथक् राख्ने अनि निरपेक्ष स्वतन्त्रताको कुरा गर्ने अर्को चिन्तन अस्तित्ववादी चिन्तन हो । यसले व्यक्तिको अस्तित्व र स्वतन्त्रतालाई निरपेक्षरूपले ग्रहण गर्दछ । अस्तित्ववादको व्यक्तिको स्वतन्त्रताको कारणलाई मूल कुरो ठान्दछ ।
मानवतावाद र व्यक्तिगत स्वतन्त्रतालाई वस्तु, समाज र वर्ग निरपेक्ष दृष्टिले हेर्नु गलत चिन्तन हो । स्वतन्त्रता व्यक्तिगत स्वतन्त्र इच्छाको अभिव्यक्ति होइन । वर्गपक्षधरता छोडेर अन्त्यमा प्रतिगामी चिन्तनसँगै पुग्ने संशोधनवादले स्वतन्त्रताको अवधारणालाई विकृत मात्र बनाउँछ । प्रतिगामी र संशोधनवादी चिन्तन बोक्ने लेखकहरूले लेखकीय स्वतन्त्रताको मार्ग अवलम्बन गर्न सक्दैनन् ।
लेखकीय प्रतिबद्धताः
प्रतिबद्ध लेखनको पक्ष र विपक्षमा थुप्रै लेखक तथा कलाचिन्तकहरूले बहस चलाएका छन् । यो प्रश्न कलाको उपयोगितासँग अभिन्नरूपले जोडिएको छ । कान्टको कलालाई उपयोगिताबाट पृथक् राख्ने चिन्तनसँग सहमत हुनेहरू प्रतिबद्धताको विपक्षमा खडा हुन्छन् । माक्र्सवादी सौन्दर्यशास्त्रले साहित्यसिर्जनालाई दायित्वविनाको कार्य ठान्दैन । बरु, सिर्जनदायित्वलाई अनिवार्य सौन्दर्यतŒवको रूपमा स्वीकार गर्दछ । आवश्यकताको बोधपछि एउटा सर्जक त्यसलाई परिवर्तन गर्न स्वतन्त्रताको उपभोग गर्दै सिर्जना र कर्ममा प्रवृत्त हुन्छ । लेखकीय प्रयोजन वा उद्देश्य स्वयम्मा एउटा प्रतिबद्धता हो । प्रतिबद्धतालाई वर्गीय प्रतिबद्धता, विचारधारात्मक प्रतिबद्धता, राजनीतिक प्रतिबद्धता र साङ्गठनिक प्रतिबद्धता गरी चार भागमा बाँड्न सकिन्छ । कतिपयले जनप्रतिबद्धता र राष्ट्रप्रतिबद्धतालाई पनि प्रतिबद्धताकै श्रेणीमा राख्ने गर्दछन् ।
वर्गीय समाजमा कला–साहित्य पनि वर्गीय हुन्छ । प्रगतिवादी साहित्यले सर्वहारावर्गको पक्ष लिन्छ र यो सर्वहारावर्गीय हितसँग प्रतिबद्ध छ । साहित्यमा वर्गचेतनालाई सौन्दर्यतŒवका रूपमा प्रवेश गराउने लेनिन हुन् । उनी भन्दछन् ‘साहित्य सर्वहारावर्गको साझा उद्देश्यको एक अङ्ग बन्नुपर्छ, समस्त मजदुरवर्गको सम्पूर्ण वर्गचेतना अग्रदलद्वारा सञ्चालित अभिन्न, महान् सामाजिक जनवादी मेसिनको ‘दाँत र पेच’ हुुनपर्छ (पार्टी सङ्गठन र साहित्य) । यो भनाइले साहित्यको उद्देश्य र वर्गीय प्रतिबद्धतालाई प्रष्ट पार्दछ । माक्र्सवादी सौन्दर्यशास्त्रले साहित्यमा वर्गचेतना अनिवार्य माने पनि यसको उद्देश्य भने वर्गहीन समाजको सिर्जना गर्नु हो । निरन्तर क्रान्तिद्वारा सर्वहारावर्गले अन्य वर्गलाई मात्र होइन, आपैmँलाई पनि वर्गको रूपमा नामेट पार्दछ । सर्वहारावर्गीय प्रतिबद्धताले जहिले पनि महान् र उदात्त उद्देश्यलाई आत्मसात गर्दछ । प्रतिगामी वा बुर्जुवा लेखकहरूले भनेजस्तो साहित्य वर्गनिरपेक्ष हुँदैन । वर्गनिरपेक्ष भन्दै शोषकवर्गप्रति प्रतिबद्ध हुनु उनीहरूको विशेषता हो । वर्गद्वन्द्व हुने वा भइरहेको समाजमा पक्षधरताविहीन लेखन एउटा कोरा कल्पनामात्र हो । नेपालको जनयुद्धमा साहित्यको वर्गीय पक्षधरता छर्लङ्ग बनेर आयो । एकथरी लेखकहरूले जनयुद्ध र जनताको पक्षमा लेखे भने अर्काथरीले जनयुद्धको विद्रुपीकरण गर्दै शोषक र दमनकारीहरूको पक्षमा लेखे । दया, माया, करुणा स्नेह र प्रेम वर्गीयरूपमै अभिव्यक्त भए । कथित मानव स्वभावको सिद्धान्तले पुरै हावा खायो । एउटै मृत्युले कसैलाई रुवायो भने कसैलाई हँसायो । मुक्ति र स्वतन्त्रताको पक्षमा लडेका योद्धाहरूको सहादतले जनमानसमा पीडा सिर्जना ग¥यो भने शत्रुहरूमा खुसी । यो नै वर्गीयपक्षधरताको कठोर यथार्थ थियो ।
सर्वहारावर्गीय प्रतिबद्धताको सवाललाई माओले विकास गरेर जनप्रतिबद्धतासम्म पु¥याए । सामन्तवाद–साम्राज्यवाद विरोधी सांस्कृतिक चेतनाले सौन्दर्यतŒवको रूप लियो । नेपालजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा समस्त उत्पीडित वर्ग र राष्ट्र अनि तिनको मुक्ति र स्वतन्त्रतामा प्रतिबद्ध हुनु सर्वहारावर्गीय पक्षधरताको अर्थ हो । माओ भन्दछन् ‘आजको संसारमा सबै संस्कृति, सबै साहित्य र कला कुनै खास वर्गका लागि हुन्छन् र तिनलाई कुनै खास राजनीतिक कार्यदिशातर्फ लगाएको हुन्छ । वास्तवमा कला कलाको निम्ति, वर्गहरूभन्दा माथिको कला वा स्वतन्त्र रहेको कला भनेजस्तो चीज कतै पनि हुँदैन । (येनान गोष्ठीमा कला–साहित्यबारे प्रवचन) यहाँ साहित्यको वर्गीयता मात्र होइनý राजनीतिको वर्गीयता पनि खुलेर आएको छ । साहित्य–कला कसका लागि भन्ने सवालमा माओले जनताका लागि हुनुपर्छ भनी जनप्रतिबद्धताको व्याख्या गरेका छन् ।
विचारधारात्मक प्रतिबद्धता नहुने हो भने वर्गीय प्रतिबद्धताले मात्र लेखकीय दायित्व पुरा हुँदैन । विचारधाराभित्र विश्वदृष्टिकोण, राजनीति, दर्शन, नैतिकतालगायत सामाजिक चेतनाका सवै स्वरूपहरू पर्दछन् । विचारधारा निश्चित वर्गको विचारशृङ्खला हुनाले त्यसको चरित्र वर्गीय हुन्छ । साहित्य सामाजिक चेतनाको एउटा विशिष्ट रूप भएकाले विचारधारासँग यसको सम्बन्ध पनि विशिष्ट प्रकारकै हुन्छ । वर्गसङ्घर्षको एउटा अभिव्यक्ति विचारधारात्मक सङ्घर्ष हो । विचारधारात्मक प्रतिबद्धताले एकातिर उत्पीडित जनताका दार्शनिक, आर्थिक, राजनीतिक तथा नैतिक मूल्यहरूलाई स्थापित, बिस्तार र संरक्षण गर्छ भने अर्कातिर शोषकवर्गीय मूल्यमान्यताका विरुद्धमा क्रियाशील हुन्छ । वैचारिक प्रतिबद्धताले सर्जकलाई अनिवार्यरूपमा राजनीतिक प्रतिबद्धतामा पु¥याउँछ । किनभने वर्गसङ्घर्षको केन्द्रीय अभिव्यत्तिः राजनीतिमार्फत् नै हुने गर्दछ र वर्गीय सत्ताको अभ्यास गर्ने थलो पनि राजनीति नै हो । तर यो राजनीति सामान्य नभएर वर्गीय हो र राज्यसत्तासँग जोडिएको हुन्छ । राजनीतिक प्रतिबद्धताले मात्र विचारधारात्मक प्रतिबद्धताको अभिभारा भने पूरा गर्न सक्दैन । विचारधारात्मकरूपमा प्रतिबद्ध लेखकले सामाजिक चेतनाका सवै रूपहरूका प्रतिगामी धारासित सङ्घर्ष गर्दछ । यो व्यापक हुन्छ ।
साङ्गठनिक प्रतिबद्धता लेखकीय प्रतिबद्धताको महŒवपूर्ण पक्ष हो । यो शब्दलाई कर्ममा उतार्ने माध्यम हो । सङ्गठनले नै लेखकलाई शब्द र कर्ममा मेल गराउन व्यवहारमा लैजान्छ । लेनिनले साहित्यमा पार्टीप्रतिबद्धता हुनुपर्ने बताएका छन् । माक्र्सवादले सामाजिक क्रान्ति र परिवर्तनका लागि सर्वहारावर्गको पार्टीको अनिवार्यता बताएको छ । माक्र्सवादी चिन्तनमा सर्वहारावर्गीय पार्टीको केन्द्रीय महŒव छ । पार्टी अथवा सङ्गठन सिद्धान्त र व्यवहारको सङ्गमथलो हो । सङ्गठनमा आबद्ध लेखक सङ्गठनको नीति तथा कार्यक्रमसँग सहमत हुन्छ । यसैलाई आधार बनाएर पार्टीप्रतिबद्धताका विरोधीहरूले प्रगतिवादी साहित्य पार्टीको नीति तथा कार्यक्रमको प्रचार मात्र हो भन्ने मिथ्या आरोप लगाउँछन् । प्रगतिवादी साहित्यको उद्देश्य नबुफ्नेहरूले मात्र यस किसिमको सतही आरोप लगाउँछन् । समग्र जीवन र जगतलाई नै सिर्जनाको विषय बनाउने र त्यसको रूपान्तरणमा क्रियाशील हुने समाजवादी यथार्थवादी साहित्यको चरित्र हो । लेखकको साङ्गठनिक प्रतिबद्धता उदात्त लक्ष्यसँग जोडिएको हुन्छ र नयाँ युग सिर्जनाको लक्ष्यसँग सम्वन्धित हुन्छ । प्रतिबद्ध लेखकको सिर्जनात्मक नयाँपनमा विचारधारात्मक विश्वास, भविष्यप्रतिको विश्वास र आशावादीताजस्ता कुराहरू रहेका हुन्छन् । जनजीवनमा विकास भइरहेका अग्रगामी मूल्य र मान्यताहरूलाई समाजमा स्थापना गर्न ऊ लागिपरेको हुन्छ । यहाँ वर्गसङ्घर्षको कलात्मक आत्मसातीकरण हुन्छ । यथार्थको पुनसृजनामा उच्च मानसिक धरातल र भावनात्मक आवेग जरुरी हुन्छन् ।
सङ्गठनले लेखकलाई वर्गसङ्घर्षमा क्रियाशील हुन निर्देशित र अनुशासित गर्दछ । यसको अर्थ सिर्जनात्मक क्षेत्रमा पनि पार्टी निर्देशन हुन्छ भन्ने होइन । लेखकको आÇनै सिर्जनशीलता र पहलविना निर्देशनले मात्र साहित्य सिर्जना हुन सक्दैन । पार्टी अनुशासन ऐच्छिक ढङ्गले वरण गरिने कुरा हो । त्यहाँ आदेशको कुनै अर्थ हुँदैन । त्यसैले प्रतिबद्ध लेखकमाथि अभिव्यक्तिको बन्देज हुन्छ भन्नुमा कुनै औचित्य रहँदैन ।
साङ्गठनिक प्रतिबद्धताको दुरुपयोग भयो भने लेखक पतन हुन पनि सक्छ । पार्टीले सही दिशा लिने बेलासम्म अनुशासित लेखक पनि सही दिशामै हुन्छ । यदि गलत दिशा लियो र त्यहाँबाट उसले विद्रोह गर्न सकेन भने पार्टीसँगै लेखक पनि डुब्न पुग्छ । विश्वमा मात्र होइन, नेपालमा पनि साङ्गठनिक प्रतिबद्धताको नाममा पार्टीसँगै कतिपय लेखकहरू पनि समाप्त भएका छन् । भिन्न–भिन्न वामसमुहमा प्रतिबद्ध भए पनि लेखकहरू वर्गीय र विचारधारात्मकरूपमा प्रतिबद्ध हुनुपर्ने होý तर नेपालमा त्यस्तो देखिँदैन । त्यसैले कतिपय लेखकहरू नामका प्रगतिवादी छन्ý तर रचना प्रगतिवादी हुँदैनन् । राजनीतिक प्रतिबद्धताको खाँचो यहाँनेर खट्किने गर्छ । वर्गीय र विचारधारात्मक प्रतिबद्धता हुँदाहुँदै राजनीतिक दिशा गलत भयो भने प्रतिबद्धताको कुनै अर्थ हुँदैन । वर्गीय, वैचारिक, राजनीतिक र साङ्गठनिक प्रतिबद्धता अन्तरसम्वन्धित छन् । तिनलाइै छुट्याएर हेर्नु गल्ती हुन्छ । ती सबैको एकमुष्ठ प्रतिबद्धता नै लेखकीय प्रतिबद्धता हो ।
स्वतन्त्रता र प्रतिबद्धता एउटै सिक्काका दुईटा पाटा हुन् र ती अविभाज्य छन् । ती देश, काल, वर्ग र वस्तुसापेक्ष हुन्छन् । सामन्ती अभिजात्यवादी धाराका विभिन्न प्रवृत्ति र बुर्जुवा आधुनिकतावादी धाराका विविध प्रवृत्तिहरूले प्रगतिवादी स्वतन्त्रता र प्रतिबद्धतामाथि पूरै हमला गर्दछन् । तिनले प्रगतिवादीमाथि स्वतन्त्रता हरणको आरोप लगाएर माक्र्सवादी सौन्दर्यचिन्तनको विरोध गर्दछन् । अनि स्वतन्त्रता र प्रतिबद्धतालाई छुट्याएर गतिहीन बनाउँछन् । जनयुद्धकालमा लेखक र संस्कृतिकर्मीमाथि गरेको अमानवीय दमन, धरपकड र हत्याले उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको नकाव राम्रैसँग च्यातिएको छ । तिनीहरूले दावी गरे जस्तो न सहजवृत्ति स्वतन्त्र हुन्छ, न स्वतन्त्रता नै नैसर्गिक । स्वतन्त्र इच्छाको सङ्कल्प पनि स्वतन्त्रता होइन । प्रतिगामी साहित्यिक स्वतन्त्रताको सिद्धान्त अतर्कबुद्धिवादमा आधारित छ र यसको गन्तव्य नित्सेको ‘सत्ता कामना’ हो ।
प्रगतिवादी स्वतन्त्रता र प्रतिबद्धताको संशोधनवादले पनि विरोध गर्दछ । नेपालमा मात्र होइन, संशोधनवाद विश्वव्यापी परिघटनाको विषय हो । सौन्दर्यशास्त्रीय संशोधनवाद विविध रूप र रङ्गमा अभिव्यक्त हुन्छ । कतै त्यसले समाजवादी यथार्थवादका मूल्य र मान्यताहरूको तोडमरोड गर्छ भने कतै स्वतन्त्रता र प्रतिबद्धताको वर्गीय मान्यतालाई अस्वीकार गर्दछ । कतै त्यसले यथार्थलाई भ्रष्टीकरण गर्दछ भने कतै वर्गसङ्घर्षको मुख्य कडी राजनीतिलाई छोड्दै वर्गीय राजनीतिलाई सौन्दर्यतŒवको रूपमा समावेश गरिएको माओको राजनीतिक मापदण्डको विरोध गरेको छ । समाजवादी यथार्थवादका आधारभूत मूल्य र मान्यताहरूलाई जडसूत्रको लेवल लगाउँदै सिर्जनशीलताको नाममा कलावादी र रूपवादीतिर आकर्षित हुनु संशोधनवादी कलाचिन्तनको विशेषता हो । स्वतन्त्रता र प्रतिबद्धताको अवधारणालाई कला चिन्तक एवम् सर्जकहरूले गम्भीरतापूर्वक विश्लेषण र आत्मसात गरेका छन् । सिद्धान्तको रूपमा बहस मात्र गर्नुभन्दा यो अवधारणालाई नेपालको वस्तुगत अवस्थासँग जोडेर व्यवहारिक रूप दिएमात्र त्यसले सार्थकता पाउन सक्छ । प्रतिबद्धतालाई हामीले आवश्यताकै रूपमा बुफ्न र व्याख्या गर्न सक्छौँ । प्रतिबद्धताले स्रष्टाको सिर्जनशीलता र निजी पहल गर्ने खुला वातावरणलाई अझै बिस्तार गर्दछ । वर्तमानमा हाम्रो आवश्यकता के हो ? र हामीले के गर्दैछौँ ? भन्ने निक्र्यौलले लेखकीय स्वतन्त्रताको अवस्थालाई उजागर गर्दछ । आवश्यकताको बोधले नै सर्जकलाई आÇनो उद्देश्य र लक्ष्यमा पुग्न बढी प्रतिबद्ध गराउँछ । जुन लेखक अग्रगामी उद्देश्यमा प्रतिबद्ध छैन, त्यो स्वतन्त्र पनि हुँदैन । अहिलेको जनआवश्यकता भनेको जनक्रान्ति सम्पन्न गर्नु नै हो । कतिलाई लाग्न सक्ला यो राजनीतिक अवाश्यकता हो, तर जनक्रान्तिविना सर्जकहरूले स्वतन्त्रता पाउँदैनन्, न मानवमुक्तिको ढोका नै खुल्दछ । कलासाहित्य क्रान्ति सम्पन्न गर्दै जाने अनि आत्मीक रूपान्तरणको औजार हुनाले यसको महŒव निर्विवादरूपले असाधारण किसिमको छ । जनयुद्धबाट सिर्जित नयाँ यथार्थका मूल्य र मान्यताहरूलाई उदात्तीकरण र आत्मसातीकरण गरेर नै हामी स्वतन्त्रताको बाटोमा हिँड्न सक्छौँ । वर्गसङ्घर्षको रूप सशस्त्र सङ्घर्षमात्र होइन, आवश्यकताअनुरूप त्यसले जुनसुकै रूप पनि लिन सक्छ । यथार्थलाई गतिशीलरूपमा नहेरी जडतामा हेर्न थालियो भने हामी आवश्यकताको अधीन हुन पुग्छौँ र स्वतन्त्रताको आन्दोनल अवरुद्ध हुन्छ । अग्रगामी शक्ति र प्रतिगामी शक्तिबीचको वर्गीय टक्कर हिजोभन्दा आज जटिल र घनीभूत हुँदै गएको छ । मालेमावादी सौन्दर्यचिन्तनको आलोकमा प्रतिगामी सिर्जनात्मक मूल्य र मान्यतालाई परास्त गर्न प्रतिबद्ध हुनुपर्ने यतिबेलाको खाँचो हो । प्रतिबद्धताले मात्र सर्जकलाई स्वतन्त्रताको राज्यतर्फ जाने महाअभियानमा सामेल गराउँछ । यसको विपरित दिशामा जानु भनेको सामन्तवादी तथा साम्राज्यवादी दासता र पराधीनतालई स्वीकार्नु हो । यही गम्भीरतामै स्वतन्त्रता र प्रतिबद्धताको सार रहेको छ ।
यहाँ छलफल गरिएका लेखकीय स्वतन्त्रता र प्रतिबद्धतासम्बन्धी केही अवधारणाहरूलाई बुँदागतरूपमा यसरी टिप्न सकिन्छ ।
ज्ञ. स्वतन्त्रता र प्रतिबद्धता माक्र्सवादी सौन्दर्यशास्त्रको महŒवपूर्ण प्रवर्ग हो ।
द्द. स्वतन्त्रता र प्रतिबद्धता छुट्टाछुट्टै अवधारणा नभएर यी एकआपसमा अन्तरसम्वन्धित छन् ।
घ. लेखकीय स्वतन्त्रता र प्रतिबद्धतालाई समग्र स्वतन्त्रता र आवश्यकताको आलोकमा हेरिनुपर्छ ।
द्ध. नियतिवादमा स्वतन्त्रता र अवाश्यकताको कुनै स्थान छैन । त्यसका अनुसार जीवन र जगतका समस्त प्रक्रियाहरू ईश्वरीय शक्तिद्वारा पहिल्यै निर्धारित भएका हुन्छन् ।
छ. अर्को नियतŒववादी चिन्तन यान्त्रिक भौतिकवादमा आधारित छ । आवश्यकता र स्वतन्त्रतासम्वन्धी यसको मान्यता प्रकृति, समाज र मान्छेलाई यन्त्रवत् ठान्ने प्रवृत्ति विज्ञानका मान्यतामा आधारित छ ।
ट. अझ अर्को अनियतŒववादी चिन्तन छ । यो मूलतः सङ्कल्पवादमा आधारित छ । यसले मनोगत भावना, सङ्कल्प र व्यक्तिइच्छालाई स्वतन्त्रताको रूपमा अगाडि सार्दछ । नित्सेको व्यक्तिवादमा यसले पूर्णता पाएको छ ।
ठ. माक्र्सवादले मात्र स्वतन्त्रता र आवश्यकताको वैज्ञानिक परिभाषा गरेको छ । यसका अनुसार आवश्यकताको चेतना नै स्वतन्त्रता हो ।
ड. आवश्यकताको अर्थ यथार्थबोध र स्वतन्त्रताको अर्थ त्यसलाई बदल्नु हो ।
ढ. आवश्यकताको चेतना, अभिव्यक्ति स्वतन्त्रता र सिर्जनात्मक स्वतन्त्रता गरी लेखकीय स्वतन्त्रतालाई तीन भागमा बाँड्न सकिन्छ ।
ज्ञण्. स्वतन्त्रता सम्बन्धमा फ्रायडको धारणा यथार्थवाद विरोधी छ । यसको धारणामा कलासृजनाको मूलमा कलाकारका दमित र कुण्ठित कामवृत्तिहरू हुन्छन् ।
ज्ञज्ञ. अस्तित्ववादले व्यक्तिको अस्तित्व र स्वतन्त्रतालाई निरपेक्षरूपमा लिन्छ ।
ज्ञद्द. बुर्जुवा आधुनिकतावादी चिन्तक तथा स्रष्टाहरूले स्वतन्त्रतालाई व्यक्तिगत स्वतन्त्र इच्छाको अभिव्यक्ति ठान्दछन् ।
ज्ञघ. लेखकीय प्रयोजन वा उद्देश्य पहिलो प्रतिबद्धता हो ।
ज्ञद्ध. वर्गीय प्रतिबद्धता, विचारधारात्मक प्रतिबद्धता, राजनीतिक प्रतिबद्धता र साङ्गठनिक प्रतिबद्धता गरी प्रतिबद्धतालाई मोटामोटी चार भागमा बाँड्न सकिन्छ ।
ज्ञछ. राजनीतिक प्रतिबद्धतालाई एउटा सौन्दर्यतŒवको रूपमा माओले अगाडि सारेका हुन् ।
ज्ञट. यी प्रतिबद्धताहरू एकआपसमा अन्तसम्वन्धित छन् र एकका अभावमा अर्को पूर्ण हुँदैन ।
ज्ञठ. प्रगतिवादी प्रतिबद्धताको विरोध गर्नेहरू नै आÇनो लेखन र उद्देश्यमा बढी प्रतिबद्ध हुन्छन् ।
ज्ञड. प्रतिबद्ध लेखनमा मात्र सर्जकले स्वतन्त्रताको अत्याधिक उपयोग गर्न पाउँछ ।
ज्ञढ. स्वतन्त्रता शर्तबद्ध हुन्छ ।
द्दण्. प्रतिबद्धतालाई आवश्यकताको अर्थमा व्याख्या गर्न सकिन्छ ।
द्दज्ञ. सौन्दर्यशास्त्रीय संशोधनवादले लेखकीय स्वतन्त्रता र प्रतिबद्धतालाई यो वा त्यो ढङ्गले विरोध गर्दछ र भ्रष्टीकरण गर्दछ ।
द्दद्द. स्वतन्त्रता र प्रतिबद्धता वस्तु, काल र वर्गसापेक्ष अवधारणा हुन् ।
द्दघ. स्वतन्त्रता र प्रतिबद्धताको बहस कोरा बहसको रूपमा भन्दा नेपालको वस्तुगत यथार्थमा आधारित भएर अगाडि बढाउनुपर्दछ ।
द्दद्ध. जनगणतन्त्र स्थापना गर्न जनयुद्धबाट सिर्जित नयाँ यथार्थ र जनआन्दोलनका मूल्य र मान्यताको उदात्तीकरण र आत्मसातीकरण गर्नु अहिलेको आवश्यकता हो भने तिनैप्रतिको प्रतिबद्धता स्वतन्त्रताको मार्ग हो ।
द्दछ. सर्वहारा वर्गीय प्रतिबद्धताको धारणाले मात्र असली अर्थमा स्वतन्त्रता प्रदान गर्न सक्दछ ।
संस्मरण
घनश्याम शर्मा पौड्याल
युरोप–अमेरिकाको यात्रा र मरुभूमिमा
पोखिएका नेपाली जिन्दगीहरू
छोरा विभुले एक बेलुकी फोन ग¥यो– ‘बुबा मैले मास्टर डिग्रीमा आफ्नो विषयमा एवर्डिन विश्वविद्यालय पनि टप गरेँ, २३ नोभेम्बरका दिन दीक्षान्त समारोह छ, आमा र तपाईं जसरी पनि नआइ हुन्न।’ मैले जाने उपायबारे प्रश्न गर्नुअगावै उसले भन्यो– ‘टिकटसिकट सबै म बुक गर्छु, बाटोखर्च पनि पठाइदिन्छु, पासपोर्ट–भीसाको प्रक्रिया तुरुन्त थाल्नू।’ यस्तै आशको फोन छोरी प्रियन्वदाले पनि गरी । बेलायत र अझ सायद स्कटल्यान्डमा बढी हो कि क्या हो, थाहा छैन तर दीक्षान्त समारोहमा अभिभावकको उपस्थितिले ठूलो अर्थ राख्छ रे।
व्यस्त सङ्गठनात्मक जीवनबाट समय निकालेर हि“ड्न सजिलो थिएन। मैले यो विषय पार्टीमा जानकारी गराएर पासपोर्ट भीसाको प्रक्रिया सुरु गरेँ। यति हु“दानहु“दै छोरा बन्धुले अमेरिकाबाट फोन ग¥यो – ‘यही मेसोमा बुबाआमाले अमेरिका पनि हेरेर फर्किनुपर्छ। भीसा मिलाउनू, यता आउने–जाने टिकटआदि सबै व्यवस्था म गर्छु ।’ हामी बूढाबूढीले दुवैतिर भीसाका लागि निवेदन हाल्यौँ। त्यसका लागि विशेष कठिनाइ केही परेन। भीसाहरू प्राप्त भए। बेलुकी सरस्वती र म बसेर विगतको समीक्षा ग¥यौँ। ती कठिन दिनहरू, ती सङ्घर्षका क्षणहरू, ती अभावहरू र त्यसबीचबाट छोराछोरीले गरेको परिश्रम सबैको बारेमा हामीले कुरा ग¥यौँ। अन्तमा हामी निष्कर्षमा पुग्यौँ– ‘हाम्रो र केटाकेटीको मेहनत त खेर गएन। तर यिनले भोलि देशमा फर्केर देश, जनता र विशेषतः गरिब तथा पिछडिएका जनताको लागि के गर्लान्, अन्तिम सफलता भने त्यसैमा निर्भर रहनेछ।’ छोराछोरीस“ग हाम्रा चिठीचपेटा र भेटघाटहरूमा के कुरा हुन्छन् भन्ने कुरा पनि कुनै दिन प्रकाशित हुन सकेमा हाम्रा पारिवारिक चिठीहरूले स्पष्ट गर्नेछन्।
नोभेम्बर १५ (२०६४ साल कात्तिक २९ गते) सा“झ ९ः१० बजे हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इत्तेहाद विमान सेवाको विमानमा चढेर स्वदेशको भुइँ छाड्यौँ। रात छिप्पि“दै र जाडोमा कठ्याङ्ग्रिदै थियो। तथापि माथि पुगिन्जेलसम्म पनि सडक, चोक र घरका झ्यालहरूबाट छिरेका प्रकाशले हामीलाई बिदाइका तरङ्गहरू फैलाइरहेका थिए। स्वयम्भूको चैत्य रातीमा पनि चम्किरहेको थियो। मनमा कसोकसो असजिलो मान्दै काठमाडौँ खाल्डोलाई विदा गरियो। त्यसपछि विमानको गति र उचाइले गर्दा बाहिर निष्पट्ट अ“ध्यारो मात्र देख्न थालियो, बाहिर हेर्ने कुरै भएन।
बाहिरतिर हेर्न नपाएपछि ननिदाएसम्म आ“खाहरू विमानको भित्रै घुमिरहे। उता व्यापारिक कक्षतिर साहुमहाजनहरू मस्ती मारिरहेका हु“दा हुन्, चियो गर्ने कुरा भएन। यता आफूहरू बसेको सस्तो कक्ष (इकोनोमिक क्लास) को दाया“बाया“ वारपार आ“खा डुलाइरहेँ। विमानका सिटहरू अलि सा“घुरा र अप्ठेराझैँ लागे। यो करिब साढे तीन सय यात्रीको क्षमता भएको विमानको पछिल्लो भाग साह्रै ठूलो वा कुनै सिनेमाको हलझैँ लागिरहेको थियो। मान्छे गनिन, यत्ति हो सबैभन्दा धेरै यात्री यही कक्षमा थिए र यहा“ भएका मान्छेहरूमा कम्तिमा पनि नब्बे प्रतिशत हतभागी नेपाली युवकहरू थिए। ती कस्तासम्म थिए भने फुटेका कुर्कुच्चामा फाटेका चप्पल छन्, ओठ कलेटी परेका छन्। लाग्छ, धेरै दिनदेखि तिनले पेटभरि खान पाएका छैनन्। हाते झोलाको नाममा काला प्लास्टिकसमेत छन्। तिनलाई रक्सीले मात्तिएको जस्तो स्वरमा कुनै एउटा खाइलाग्दो मान्छेले हप्किदप्की गर्दै छ। ऊ पक्कै कुनै मेनपावरको मान्छे हुनुपर्छ। साहै्र धेरै यात्री यही हालतका थिए । केही थोरै यात्री थिए, जसले अबुधावीको विमानस्थलबाट अर्को विमान चढेर बेलायत–अमेरिकाको यात्रा गर्नेछन्। बा“की यी सबैलाई खाडीको श्रमबजारमा लगेर हुरिलिनेछ। यीमध्ये केही थोरै भाग्यमानीहरूले राम्रो मालिक फेला पार्नेछन् र दुई तीन वर्षमा आएर ब्याजबट्टोसहित रिनपान मिलाउनेछन्, केही सग्लो ज्यानमात्र लिएर फर्किन पाएकोमा धन्य सम्झनेछन्। अन्य केहीका लास उतै बेपत्ता हुनेछन् वा बन्द बाकसमा फित्र्याइनेछन्। मैले मनमनै यो स्थितिलाई विश्वइतिहासको त्यो कालखण्डस“ग तुलना गर्न पुगेछु जति बेला युरोपेली तथा अमेरिकाली साम्राज्यवादी देशहरूले अफ्रिकी मुलुकका मान्छेहरूलाई सशस्त्र घेरा हालेर कब्जा गरी पानीजहाज भरीभरी ल्याउ“थे र आफ्ना बजारहरूमा राखेर खुला खसीबोकाझैँ बडाबडीमा विक्री गर्दथे। विमानको घुरघुराइ, घन्टीको टिडिङ्च्याङ, परिचर–परिचारिकाहरूको खन्द्रयाङ्खुन्द्रुङ, यी सबैको बीचमा सरस्वती र म देशका यी होनाहार युवाहरूको स्थितिबारे अबेरसम्म आपसमा कुरा गरिरह्यौँ।
यी नेपालीहरूमाथि खाडी मुलुकहरूमा कस्तो व्यवहार होला भन्ने छनक विमान कर्मचारीहरू अहिल्यै दिइरहेका थिए। तिनले खानेपिउने कुरा र सेवासुविधाबारे पाएसम्म गोरो छाला र त्यसपछि सुटटाईतिर मात्र ध्यान दिइरहेका थिए। भाषा–व्यवहार केही थाहा नभएका यी नेपालीहरूलाई तिनले केही सोधिरहेको देखिएन। तिनले दुई चार पटक ओहोरदोहोर खाजानास्ताहरू बा“डे तर हाम्रो आफ्नै लागि पनि सोधेनन्। मैले झर्केर हकारेपछि बल्ल खाजा ल्याइदिए। करिब पौने पा“च घन्टाको उडानपछि विमान अबुधावी विमानस्थलमा अवतरण ग¥यो। त्यहा“को टर्मिनल भवन अचम्मको सोलीघोप्टे (गुम्बज आकारको) रहेछ। सबैतिरबाट त्यही विशाल सोलीभित्र छिरिने र सबैतिर आउने जाने यात्री एकै ठाउ“मा पुगिने रहेछ। मेरो ध्यान नेपालीहरूतिरै गयो। त्यहा“ पहिल्यैदेखि कैयन् नेपाली युवकहरू यत्रतत्र पथारो परिरहेका थिए र हामीस“गै गएकाहरू समेत थपिएपछि त्यो नेपालको गाउ“को कुनै सानो मेला–जात्रा जस्तो बन्यो। हामीलाई पासपोर्ट भीसा चेक गराएर बोर्डिङ पास लिनुथियो, त्यसैले ती नेपालीहरूस“ग बसेर सोधपुछ गर्न सकिएन। तर उताबाट फर्किंदा भने बिहान छ्याङ्ग उज्यालो भइसकेको थियो र नेपालीहरूस“ग चिनजान कुराकानी गर्ने समय पनि थियो। हामी बेलायत र अमेरिकामा बस्ने नेपालीहरूको अवस्थाबारे केही तीतामीठा अनुभवहरू लिएर फर्किएका थियौँ । त्यसो भएर पनि ती मरुभूमिमा जीवनको सहारा खोज्दै आएका देशका होनाहार युवकहरूबारे हाम्रो चासो अरू बढेको थियो। केही नेपाली युवाहरू बेन्चमा अडेसा लागेर झुलिरहेका थिए, केही भुइँमा लडिरहेका थिए, केही छटपटाइरहेका थिए। मैले केहीस“ग प्रश्न गरेँ र तिनको बारेमा केही जान्ने प्रयत्न गरेँ। तिनले मस“ग खुलेर बोल्न पनि त्यति चाहेनन्। किनकि उताबाट फर्किंदा विमानमा हेप्छन् भनेर छोराछोरीले कोट लाइदिएका थिए र घा“टीमा टाई झुन्ड्याइदिएका थिए। सायद तिनले मलाई पनि कुनै दलालमाथिको उपर्दलाल सम्झेर होला खुलेर बोल्न चाहेनन्। तथापि मैले नजिकै बसेर अलिबेर आत्मीयता प्रकट गरेपछि तीमध्ये कतिले आफ्नो घर काभ्रे, रामेछाप, धादिङ, सर्लाहीआदि बताए। केहीले काठमाडौँका होटलमा दुई महिनासम्म भोकभोकै यातना काटेर बल्लतल्ल अवुधावी पुगेका र तीन दिनदेखि कोही लिन आउने प्रतीक्षामा कुरिरहेको बताए। मैले मनमनै गमेँ– यिनका आ“सु, रगत र पसिनाले थोपाथोपा गरी देश भित्र्याएका डलरले देशका एक मुठी धनाढ्यहरूले मह“गा कार र विलासिताका सामग्री भित्र्याएर ऐस गरिरहेका छन्। यिनको यो गति ¤ नेपाली युवाहरूको यो कारुणिक दृश्य मैले सायद कहिल्यै बिर्सनेछैन। कैले फर्केला यिनले आफ्ना रगत–पसिना आफ्नै देशमा रोपेर जिन्दगी फलाउने फुलाउने दिन ¤
अबुधावी–लण्डनको उडान सात घन्टाको रहेछ। यस विमानमा नेपालीको सङ्ख्या साह्रै कम थियो। विमानसेवाको स्तर र व्यवहारमा धेरै अन्तर अनुभव भयो। विमान मध्यपूर्व, पूर्वी युरोप र पश्चिमी युरोपका जर्मनी फ्रान्स हु“दै एउटा सानो समुद्रको भ“गालो काटेर बेलायती भूमिमा प्रवेश ग¥यो।
सिटका अगाडि टा“सेको मनिटरले यहा“, उहा“ भन्दै विमानको उचाई, गति, दिशा र स्थानको सूचना दिइरहेको थियो। तर ठूलो विमानको लामो यात्रा, विमानको इन्जिनको एक तमासको आवाजले झन् पट्यारलाग्दो रहेछ। आफ्नो ध्यान भने कतिखेर विमानले भुइँ टेक्ला र छोराछोरीस“ग भेट गर्न पाइएला भनी हतारिएको थियो।
नोभेम्बर १६, बिहान स्थानीय समयअनुसार १० बजेतिर हामी हिथ्रो विमानस्थलमा ओर्लियौँ । ट्राफिक सङ्केतको कारणले विमान अवतरणको तयारीमा फेरि एकचोटि लण्डन शहरको परिक्रमा ग¥यो। छातीमा थेम्स नदी बोकेर लण्डन पर–धेरै परसम्म फैलिएको थियो। मैले मनमनै सोचेँ– उतिबेला विश्वसाम्राज्यवादको शक्तिशाली केन्द्र बनेको यो सहर ‘हिङ नभए पनि हिङ बा“धेको टालो हु“’ भन्दै गर्व गर्दो हो।
विमानस्थलको टर्मिनलबाट बाहिर निस्कनुभन्दा पहिले सरस्वतीले छोटो कामको लागि शौचालयको खोजी गरिन्। मैले ऊ उता जाऊ, त्यही“कही“ हुनुपर्छ भनेर पठाए“ । यताउता गर्दा पनि नभेटाएपछि उनले नेपाली भाषामै सोधिछन्। एउटी हातमा भुइँ पुछ्ने घोचो समाएकी र पहेँलो टल्किने फित्ता भएको हाफज्याकेट लगाएकी ३०–३५ वर्षे युवतीले मैलेसमेत सुन्ने गरी नेपालीमै चिच्याइन्– ‘ओ दिदी ¤ त्यता होइन, यता हो यता ¤’ मैले फर्केर हेरेँ ‘प्रथम ग्रासे मक्षिका पातः’ भनेझैँ यो भूमिमा टेकेको पहिलो पाइलो नै मलाई नमीठो लाग्यो। किनकि उता अवुधावीमा नेपाली छोराछोरीको त्यो बिचल्ली देखेँ यता विश्वको सम्पन्नता र गोरे सभ्यताको केन्द्रको रूपमा घमण्ड गर्ने लण्डन महानगरमा मैले पहिलो नेपाली भेटेँ, जसको हातमा भुईं पुछ्ने टालो बेरेको घोचो थियो।
सानेपा, ललितपुर
(लेखकको प्रकाशोन्मुख पुस्तक ‘मेरा नियात्राहरू’ बाट)
टङ्क उप्रेती
अन्धकार
उज्यालोझैँ देखिएको
झिलिक्क उज्यालो त
हेर्नलाई न हो
अनुहार र आवरण
पीडा त सबै छन्
अन्धकारमै
मुटु सिलमा उनिएको छ
अन्धकारमा
हृदय बारम्बार आमन्त्रण गर्छ
आँधी ज्वारभाटा र तरङ्ग
कल्पन्छ
कल्पिएको सङ्गलो उज्यालोको संसार
जहाँ देख्न सकियोस्
पीडा पनि
खत र सक्कली अनुहार
अझ
बलिया हातहरु
सिललाई छुट्याउने मुटुबाट ।
००
टीकाराम उदासी
वादशाहविरुद्ध
सहन सकेनौँ
बादशाहको ज्यादती
र, लड्यौँ हामी
बादशाहविरूद्ध
घोडामा थियो बादशाह
र, खसाल्यौँ हामीले भुइँमा
लड्यो भुइँमा बादशाह
र, भयो मूच्र्छित
एउटा हात भाँचियो
खस्यो भुइँमा श्रीपेच
लाग्यो धेरैलाई कि
अब कहिल्यै उठ्नेछैन बादशाह
डुब्नेछैन खुसीको उज्यालो घाम
लाग्यो धेरैलाई कि
अब कहिल्यै खोसिनेछैन स्वतन्त्रता
लुटिनेछैन प्यारो अस्मिता
तर भयो अचम्म
बिस्तारैबिस्तारै
अघि बढ्यो बादशाहको पहरेदार
लगायो शिरमा श्रीपेच
चढ्यो बादशाहको घोडामाथि
र ग¥यो घोषणा
आपूmलाई नयाँ बादशाह
यतिबेला
बढेको छ फेरि
नयाँ बादशाहको ज्यादती
र, हामी फेरि लड्दै छौँ
पूर्ववत्
बादशाहविरूद्ध
सुन–सुन ध्यानपूर्वक
फेर्न चाहेका होइनौँ हामीले बादशाह
फेर्न चाहेका होइनौँ हामीले साइनबोर्ड
जसरी भन्दै छौ तिमीहरु यो घडी
बरू चाहेका छौँ हामीले
बादशाहबिनाको देश
बादलबिनाको आकाश
स्वतन्त्रताको क्षितिज
र, कुनै उन्मुक्त चराजस्तै जिन्दगी
सहन सकेनौँ
बादशाहको ज्यादती
र, लड्यौँ हामी
बादशाहविरूद्ध ।
००
संस्मरण
प्रतीकइच्छुक शर्मा
झन्डै मृत्युको मुखमा परेको त्यो दिन
मौसम निकै धमिलो छ । हाम्रो यात्रा निरन्तर अघि लम्किरहेको छ । कुहिरो र तुवाँलो पनि निकै लागेको छ । यसपालि पहाडै पहाडको यात्रा निकै रोमाञ्चित भएको छ । पश्चिम कमाण्डभरि सञ्चालित एकीकृत जनप्रतिरोध अभियानमा हाम्रो कार्यक्षेत्र अर्घाखाँचीमा परेको छ । रुकुमको चुनवाङ्गमा आयोजित प्रशिक्षणबाट सुरु भएको हिंडाई लावाङ्ग, रोल्पा थवाङ्ग, गाम हँुदै प्यूठान स्याउलीवाङ्ग र गुल्मीको अग्लुङ्ग भएर अर्घाखाँची पसेको एकसातामात्र भएको छ । अर्घाखाँचीको गोखुङ्गा भएर अभियात्री टिम ढाकावाङ्गमा आइपुग्दा अर्घाखाँचीको जिल्ला पार्टीले भाद्र ३ गते स्वागत कार्यक्रमको आयोजना गरेको थियो । राप्तीबाट अभियानमा सहभागी अनुभवी, साहसिक र कर्मठ १ सय ५० जना कार्यकर्ताहरुलाई देख्दा जिल्लाका नेता, कार्यकर्ताहरु निकै उत्साहित भएको सहजै देख्न पाइन्थ्यो । ढाकावाङ्ग एक ऐतिहासिक गाउँ रहेछ । जनमत सङ्ग्रहमा निर्दलको कथित् विजयपछि २०३८ सालमा गराइएको निर्दलीय आमचुनाव बहिस्कार गरेको गाउ“ । त्यतिबेला रोल्पाको थवाङ्ग र अर्घा ढाकावाङ्गको बहिस्कार आन्दोलन राष्ट्रियस्तरमै विशिष्ट महत्व राख्ने स्थान रहेछ ।
जिल्ला इञ्चार्ज शिलु, उहा“लाई मैले उमा भुजेलको नामबाट चिनेको थिएँ । गोर्खा जलेब्रेककी कमाण्डर । जिल्ला सेक्रेटरी चन्द्रबहादुर खड्का ‘उज्वल’ले जिल्लाको वस्तुगत र आत्मगत अवस्थाबारे गहन ढंगले जानकारी गराउनुभयो । वर्गसङ्घर्षको फालोले जोत्न सकेमात्र अभियानको सार्थकता रहने उहा“ले बताउनुभयो । सबैमाझ एकआपसमा अन्तर्घुलनका लागि क्रियाशीलता निकै थियो । भौगोलिक हिसाबले कसले, कहाँ, जिम्मेवारी लिने ? अभियानलाई सङ्गठन निर्माण, बिस्तार र सुदृढमा कसरी केन्द्रीत गर्न सकिन्छ भन्ने योजनामा निकै छलफल चलिरहेको थियो । हामीले निष्कर्ष निकाल्यौँ प्रत्येक इलाका÷गाविसमा सङ्गठन, सङ्घर्ष र प्रचारका कामलाई व्यवस्थित गर्न सोहीअनुरुप शक्ति विन्यास गर्ने । जिल्लाका सबै इलाकामा पुग्नका लागि एउटा जिल्लास्तरको टिम निर्माण गरियो । जसले जिल्लाका महत्वपूर्ण स्थानमा जनसभा गर्नेछ ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) अर्घाखाँचीका अध्यक्ष माण्डवी, विद्यार्थी जिल्ला उपाध्यक्ष जलन र म सहित ३ जनाको टिम अर्घातोषमा ४ गते पुग्यौँ । जहाँ बाग्गीमा अन्तक्र्रिया चलिरहेको थियो । क.कुशल, रुकुमको स्थापित युवा नेता । उहाँको भाषणबाट म निकै प्रभावित भएँ । हाम्रो बसाई लामो हुन सकेन । किनकि भोलिपल्ट नै हाम्रो कार्यक्रम खनदह माविमा गर्नु थियो । जनसभा गर्ने टिम र अन्तत्र्रिmया गर्ने टिमको रुट आ–आनै थियो । निकै गतिमा कामकाजलाई अघि बढाउनुपर्ने थियो । शान्तिवार्ता चलिरहे पनि शाही नेपाली सेनाको गतिविधि शङ्कास्पद बन्दै गएका थिए । हाम्रा दिनचर्याहरु निकै सङ्घर्षशील रहे । खनदहको कार्यक्रममा रुकुम र रोल्पाका केही गाविस मिलाएर बनाएको विशेष जिल्लामा कार्यरत लालकिल्ला साँस्कृतिक परिवार पनि हाम्रो टिममा जोडिन आइपुग्यो । झन् उत्साहपूर्ण रहन गयो हाम्रो टिम । लामो समय सा“स्कृतिक÷कलाकारिता क्षेत्रमा समाहित कलाकार विप्लव, सरला, भावना, पवित्रा, धर्तीसहितको १५ जनाको टिमको कारण सभामा जनताको सहभागिता ज्यादै बढ्यो । संगीत जनताको रगत रहेछ । गीत जनताको जीवन रहेछ । जसमा परिवर्तनको विचार घोल्न सके युग परिवर्तनको आँधी बन्न सक्दोरहेछ । अभियानमा पूर्णकालिन हुनेको संख्या दिनानुदिन बढिरहेको छ । किन मान्छे आगोको यात्रा रोज्छ होला ? सहजै उत्तर छ– शोषण, दमन अनि अत्याचारबाट मुक्तिका लागि । कुहिरो, तुवाँलो लाग्नु त दैनिकी भएको छ यहा“ । न त पूरै पहाड न त पूरै तराई ! यहाँ यस्तै हुँदोरहेछ । समय आनै कक्षमा फन्को मारिरहेको छ ।
भाद्र ८ गते म¥याङ्गमा हेको उमाविमा जनसभाका साथ गाउँ जनसरकारको घोषणा सभा छ । कार्यक्रमको तयारी, प्रचारप्रसार तीव्र पारिएको छ । बिहान ८ बजेतिर ड्याम्म गोलीको आवाज आयो । मसहित माण्डवी, भावना र धर्ती विद्यालयसँगै सटेको उत्तरतिरको थुम्कोमा रहेको लाहुरेको घरमा बसेका छौँ । फेरि पनि ड्याम् ऽऽऽ ड्याम ऽऽ आवाज आयो । एकाएक शान्त वातावरण युद्धमा बदलियो । बाटो मुन्तिर रहेको कोदोको बारीमा लस्करै शाही सेना स्कुललाई केन्द्रमा राखेर हिंडिरहेको छ । म कहिल्यै नजिकबाट यस्तो सङ्ग्राममा नपरेको मान्छे ! फेरि युद्धविरामको बेला, वार्ता चलिरहेको छ । त्यहाँ बस्नु त केवल मर्नुको विकल्प रहेन । ५÷७ जना हामी भएतिरै उक्लिए । माण्डवी र भावना भागिसकेका थिए । हाम्रो अगाडि अब सङ्घर्ष भनेकै भाग्नु भयो । झोला बोकेरै दौड्न सुरु ग¥यौँ । अलिकति मात्रै के दगुरेका थियौँ हामीलाई लखेट्न सुरु गरिहाल्यो । उकालोमा म दुब्लो मान्छे निकै दौडिएँ । कहाँ भेटाउन सक्नु । तै पनि पर्खन ए ! पर्खन भाई भनेको मात्रै सुनेको थिएँ । किन हो कुन्नी गोली भने चलाएन । म अपरिचित मान्छे, कहाँ जाने, केही थाहा छैन । को कहाँ गए केही पत्तो पनि त छैन । कसलाई गिरतार ग¥यो, कसलाई मा¥यो, त्यो पनि पत्तो छैन । कस्तो हुन्छ होला मन अपरिचित स्थानमा यस्तो घटना । आफैले आफैलाई सम्हालेँ । नजिकै तीज आएको । अमिलेकी पोख्रेल्नी दिदीलाई मैले सबै मेरो वृतान्त सुनाएँ । उनको नाम मैले सोध्न भ्याइन् तर उनी मकै बारीबाट घाँसको भारी लिएर आउँदै थिइन् । उनले म जे भन्छु त्यही गर भनेर भनिन् पर्सीको तीज छ, दिदीलाई लिन आएको हँु भन्नु अरु सब म मिलाउ“छु । मनमा त्रास थियो । तर मेरा सामू त्यो भन्दा अर्को विकल्प थिएन ।
थुम्कोमा निकै चहलपहल छ । दिदीको घरमा पुगियो । उहाँ हंसपुरबाट कान्छाबुबाको छोरा आफूलाई तीज व्रतको लागि लिन आएको बताइन् । मलाई दिदीले आनो ससुरा, सोल्टी÷सोल्टीना सबैलाई चिनाउँदै गरिन् र मैले नमस्कार गरेँ । मलाई निकै उकुसमुकुस भइरहेको छ । हंसपुर म एकपटक मात्र गएको छु । त्यो पश्चिमबाट अर्घाखाँची प्रवेशको दिन इन्टको काम गर्न मनिमारे गाउ“सम्म आएको थिएँ ।
गाउँभरि सन्त्रास छाएको छ । म बसेको घरको खोलापारि एकजना माओवादी मारेर बाँसघारीमा गाडेको खबर फैलिएको छ । सिभिलमा शाही सेना घुमिरहेको समाचार पनि सुनिन्छ गाउँलेबाट । मैले दिदीलाई बुभ्mन पठाएँ । उहाँले त्यहाँको सबै सबिस्तार बताउनुभयो– ‘माओवादी कार्यकर्ता उनीमात्र हुन् नाम याद भएन पोख्रेल जातिकै हुन् । उनकै भाइ पर्ने । त्यहाँ क.मुक्तिप्रभात (रोल्पा) जसलाई गोञ्जालो भनेर चिनिथ्यो । उहाँको साथमा ५ नं इलाका सेक्रेटरी क्षितिज (रुकुम)लाई घेरा हालेछ । केही छिनपछिको केरकारपछि मुक्तिप्रभातलाई गोली हानेछ । त्यसपछि क.क्षितिज अब प्रतिरोधको विकल्प भन्दा केही रहेनछ । उहाँले एक दुश्मनको एसएमजी खोसेर भाग्नुभएछ । तर, बीचमै छोड्नुपर्ने बाध्यता भएछ । कुरा गर्दै जाँदा मलाई क.मुक्तिप्रभातको शहादत भएको ग्यारेण्टी भयो । हामी खनदहतिर लाग्न म¥याङ्गको उकालोमात्र के चढेका थियौँ, माथितिरबाट केही युवाहरु घटनास्थलतिर झरेको देखियो । हामी नजिकै पुग्यौँ । क. क्षितिज हातमा पट्टि बाँध्नुभएको थियो । उहाँसँगै लालकिल्ला साँस्कृतिक परिवारका साथीहरुलगायत ७ जना आउनुभएको थियो । उहाँहरुले भन्नुभयो– ‘तपाईलाई दुश्मनले हत्या गरेको खबर पो आएको थियो, क्षेत्रीय कार्यालयबाट । मैले भने– ‘झण्डै यसपालि....। हामी दिदीसँग छुट्टियौँ र स्थिति बुझ्दै घटनास्थलमा पुग्यौँ ।
बाँसघारी नजिकै टाउको देखिने गरी मुक्तिप्रभातको शव गाडिएको थियो । कोही साथीहरु दाहसंस्कारका लागि खाडलको तयारी गर्दै हुनुहुन्थ्यो । मलाई भने पुरिएको खाडलबाट क.मुक्तिप्रभातको शव निकाल्ने जिम्मा आइप¥यो । मैले सहजताका साथ त्यो कार्य गर्न थालेँ । नाकमा जुत्ताले हानिएको रहेछ । छातिमा २ वटा गोली हानिएको थियो भने दायाँ खुट्टाको फिला खुकुरीले काटिएको थियो । एकदमै विभत्स ढंगले हत्या गरेछन् दुश्मनहरुले । शव निकालिसकेपछि अन्तिम पटक श्रद्धाञ्जली गर्दै पार्टीको झण्डा ओढायौँ र मुठ्ठी उठाउँदै जनताको मुक्तिको अन्तिम यात्रामा अविराम लागिरहने सपथ खायौँ । मुक्तिप्रभात कुशल राजनीतिज्ञ, एउटा सुयोग्य कलाकार, कर्मठ योद्धा हामीसँग भौतिकरुपमा कहिले भेट्न सक्दैनौँ । हामी त्यही ठाउँ छोडेर आयौँ । खनदह आइसकेपछि थाहा भयो कि रुकुम खाराका सुन्दर वली र खनदहकी कामना नेपालीलाई डाँडाकटेरीबाट गिरतार गरी गुल्मीको तम्घास पु¥याइसकेछ । उता पूर्व रामेछापको दोरम्बामा सामुहिक हत्याकाण्ड घटाएको खबर प्राप्त भयो । सरकारकै कारण देश फेरि युद्धको चपेटामा फस्ने भयो । जनताले सङ्घर्षको बाटोबिना शान्तिपूर्ण तरिकाले आना अधिकार माग्ने ढोका बन्द गरियो ।
अर्घाखा“ची
प्रोल्लास सिन्धुलीय
कमरेड अशोक सुवेदीकी श्रीमती
एक दिन
कमरेड अशोक सुवेदीकी श्रीमतीले
पतिको मोबाइलबाट फोन गरिन्
– ‘बेखा दाइ,
छतमा दुई वटा कोठा थप्नुप¥यो
खर्चको इस्टिमेट दिनूस् न ¤’
उताबाट
जनआन्दोलनको बेलाको जस्तो चहकिलो स्वर आयो
‘लौ ¤ कस्लाई गर्नुभा’को ?
म पूर्णविराम हुँ, कवि पूर्णविराम ¤’
उनी जिल्ल परिन्
‘हरे यो दूरसञ्चार ¤’
सम्झिन्
अर्को नम्बर छ कतै पुरानो डायरीमा
खोजिन्
खोजेपछि भेटिन् पनि
सानो स्वर उताबाट आयो
‘म मिटिङमा छु, केही थियो कि ?’
‘ठीकै छ, ठीकै छ’ तिनी मुस्कुराइन्
‘इँटाको भाउ सोध्नुथियो, त्यसैले....’
‘मसँग इँटाको भाउ ?’ फोनको स्वर चम्कियो
‘म त अनिल शर्मा हुँ,
इँटासिमेन्टको पसले ठान्नुभयो कि क्याहो ?’
तिनले हत्तपत्त रातो बटन थिचिन्
तुरुन्तै फोन आयो
उठाऊँ कि नउठाऊँ गर्दै उठाइन्
प्रश्न पोखियो
डा. ऋषिराज बरालको
पुरानो कथाको किताब खोजिदिनू भनेको थिएँ
भेट्टाउनुभयो ?’
झसङ्ग झस्किन्
अलिकति सम्हालिएर भनिन्
‘...उहाँ त होइसिन्न,
कहिलेकाहीँ मोबाइल
घरमै चार्ज गर्न छाड्नुहुन्छ ।’
छोरालाई बोलाइन्
भनिन्
‘बाबु ¤ यो नम्बर हेर–हेर
खाली रङ नम्बरमा डायल हुन्छ ।
बाक्लो चश्मा अलि तल सारेर
उसले हे¥यो – ‘ठीकै त छ
नाइन एट फोर वान अकडम बकडम अकडम बकडम’
डायल गर्न भनिन्
बल्लबल्ल लाग्यो फोन
‘कता हुनुहुन्छ ?’
‘यतै छु’
‘माथि दुइटा कोठा थप्नु थियो
सिमेन्ट र रडको हिसाब गरिदिनुहुन्छ कि ¤’
बुलन्द स्वरमा फोन गर्जियो
‘ओ कमरेड ¤
प्रतापराज वन्तसँग
अब आइन्दा
नारी स्वरमा कुरा नगर्नूस् त ¤’
कमरेड अशोक सुवेदीकी श्रीमतीलाई भाउन्न भयो
‘उहाँ पनि
कस्तो फोन बोक्नुहुन्छ
एउटै नम्बर सही ठाउँमा जाँदैन ¤’
पन्ध्रौँ म्यारिज एनिवर्सरीसम्म पनि
उनले थाहा पाइनन्
किन जाँदैन कमरेड अशोक सुवेदीको मोबाइलबाट
कुनै कन्स्ट्रक्सन कम्पनीमा फोन ?
किन उनको सही नम्बरमा सधैँ रङ नम्बरमात्र डायल हुन्छ ?
र तिनले
सम्भवतः कहिल्यै थाहा पाउने पनि छैनन्
सुनचाँदी राख्नुपर्ने त्यो दराजमा
किन विवाहपूर्वकै थोत्रा पुस्तकहरू छन् ?
००
पुष्करराज भट्ट
आवश्यकता
ऊ राजधानी पस्दा नितान्त एक्लो थियो । उसले मलाई फोनमा बोलाएर भन्यो, ‘म नितान्त एक्लो छु । तपाईंबाहेक यो सहरमा मेरो आफ्नो मान्छे कोही छैन ।’
म विद्यार्थी मान्छे, उसलाई आफ्नो डेरामा राखेँ । चिसो मौसममा म चिसो धर्तीमा सुतेँ, उसलाई खाटमा न्यानो कपडासहित सुत्न दिएँ । विभिन्न अड्डा–अदालत गएर उसको काम छिटोछिटो गराइदिएँ । जब उसको काम सकियो, उसले भन्यो, ‘अब म बजारतिर लागेँ, घर जाने बेला तपाईंलाई भेटेर जानेछु ।’ मैले स्वीकृति दिएँ ।
एक हप्ताभन्दा पनि बढी समय भयो, उसको कुनै खबर नै प्राप्त भएन ।
‘कहीँ कुनै समस्यामा त परेन ?’ मलाई शङ्का लाग्यो । मैले उसको मोबाइलमा फोन गरेँ । उसले सरल ढङ्गले जवाफ दियो, ‘म त घर पुगिसकेँ ।’
जबसम्म उसको काम थियो, त्यत्तिखेरसम्म मेरो आवश्यकता उसलाई थियो । काम सकिएपछि मलाई उसले खबर गर्न पनि आवश्यक ठानेको रहेनछ । मैले मनमनै सोचँे ‘कति जाति मेरो साथी ?’
००
बलभद्र भारती
दार्जीलिङ
धेरै अघिको सपना, सपना नै थियो
धर्तिका कैयौँ अँध्यारा बस्तीहरुमा
रातविरात छाम्दै पुगेको थिएँ
तर दार्जीलिङ ! तिमीलाई मैले
अँध्यारो रातमा हेर्न चाहिनँ
म कोक्रामा झुलिरहेको बेला
तिमी ब्युँझिसकेका थियौ
तिम्रो नेपालीपन नेपाल ब्युँझिनुअघि नै
ब्यँुझिसकेको भन्छ इतिहास
तर यत्तिपछि मात्रै
हाम्रो भेट होला भन्ने
सोचेको थिइनँ मैले
मैले त तिमीलाई सपनामा सधैँसधैँ
आफ्नै मुटुभित्र देखिरहेको थिएँ ।
००००
दार्जीलिङ !
यतिबेला म तिम्रो काखमा छु
रातभर जागा, एउटा पहरेदार चौकिदारझैँ
सम्झिन्छु, हाम्रो पुर्खाहरुले पनि यस्तै चौकिदारी गरेको भए
यो घुमपहाडको चिसोले मलाईझैँ
हाम्रा पुर्खाहरुलाई पनि निदाउनै नदिएको भए
हाम्रो विछोड वा मिलनको कुनै प्रसङ्ग नै आउने थिएन
तर आज म तिम्रो छातीमा आफ्नो छाती टाँसेर
निदाउन खोज्छु, निदाउन सक्दिनँ
सम्झिने प्रयास गर्छु अघि–अघिका सपनाहरु
तर अहिले देख्दै छु तिम्रो नेपालीपन
तेन्जिङ स्मृति सङ्ग्रहालयमा अङ्कित
सगरमाथा चढ्दाका रस्सी, जुत्ता र कपडाहरु
यो मनले त स्वीकार्न तयार छैन अहिले पनि
दार्जीलिङ र भारतको सीमाना
तेन्जिङ र भारतको नाता
अहिले नै यो भन्न सक्तिनँ म
दार्जीलिङ !
०००
दार्जीलिङ !
हामी एकअर्काबाट विछोडिएका
आफन्त हौँ भन्ने लाग्छ मलाई
म यहाँ तिमीलाई यही भन्न आएको होइन दार्जीलिङ !
तिम्रो नजिक इलाम
पर्छ कि पर्दैन भन्ने कुरा
मलाईभन्दा
तिमीलाई राम्ररी थाहा छ
दार्जीलिङ !
तिम्रो घुम पहाडबाट उडेको बादल
बङ्गालतिर नलागेर
किन इलामतिर फर्किन्छ ?
तिम्रो क्षितिजको सीमारेखाबाट
किन देखिन्छ नेपाल ?
मैले यो कुरा
सिकाइरहनुपर्दैन तिमीलाई
तिमी ब्युँझिने बेला म
कोक्रोमा झुलिरहेको थिएँ
मैले सोचेभन्दा आशातीत
तिम्रो घुमपहाड,
पहाडैपहाडभरि छरिएको बजार
माथि–तल, पूर्व–पश्चिम, उत्तर–दक्षिण
सबैतिर मेला भर्न आएकासँग
किन यति साह«ै, नजिकिएर
मुस्कुराउने गर्छौ तिमी ?
भन दार्जीलिङ !
नेपाली रङ्गमा किन
यत्ति साह«ै रङ्गिने गर्छौ तिमी ?
दार्जीलिङ !
२०६४ भदौ २१
बलराम तिमल्सिना
तिमी गाउँदै जाऊ क्रान्तिको गीत
तिमी गाउ“दै जाऊ आ“धीको गीत, म पनि त्यही गीत गाइरहेछु
बगरेहरुको साम्राज्यमा आगो निरन्तर लाइरहेछु
तिमी गाउ“दै जाऊ आ“धीको गीत......
तिमी लालगढमा पड्केको बेला गर्वले छात्ती चौडा बनेथ्यो
तिमी झारखण्ड गर्जेको बेला स्याब्बास साथी मनले भनेथ्यो
तिमी लड्दै थियौ युद्धको मोर्चा, म साथसाथै लडिरहेथेँ
तिमी चढ्दै थियौ वलिदानको शिखर, म त्यही शिखर चढिरहेथेँ
तिमी गाउ“दै जाऊ आगोको गीत, म पनि त्यही गीत गाइरहेछु
सन्सार जित्ने रक्तिम झन्डा म माथिमाथि उठाइरहेछु
तिमी गाउ“दै जाऊ आ“धीको गीत.....
म हाल हल्का घुम्तिमा छु, नौलो उपाय खोजिरहेछु
मृत्युको सत्कार लत्याउ“दै, जीवन निरन्तर रोजिरहेछु
म फस्नेछैन दलदलमा साथी, फर्केर फेरि आउनेछु
तिमीले सुन्ने र बुझ्ने गरी आ“धीको गीत गाउनेछु
तिमी गाउ“दै जाऊ युद्धको गीत, म पनि त्यही गीत गाइरहेछु
बैरीहरुका मर्मस्थलमा हर्दम निशाना लगाइरहेछु
तिमी गाउँदै जाऊ आ“धीको गीत.......
तिमी आँसु नझार चिन्ता गरी, हामी नरकमा झरेका छैनौँ
जो ज्युँनुपर्ने हो जीवित छ अझै, छात्ती नपिट मरेका छैनौँ
झारखण्ड, लालगढ, दण्डिकारण्य सगरमाथाको सलाम छ
क्रान्तिको रातो मैदानबाट वर्गीय न्यानो सलाम छ
तिमी गाउँदै जाऊ क्रान्तिको गीत, म पनि त्यही गीत गाइरहेछु
फेरेको छैन आ“खा मैले वर्गीय चस्मा लगाइरहेछु
तिमी गाउँदै जाऊ क्रान्तिको गीत......
००
२०६६ कार्तिक ८ गते, काठमाण्डू, विजय चोक
भीम ‘कुमाखी’
झुपडी र सपनाहरू
बराज्यूको पालादेखि
बाउबाजेको समयसम्म
यस्तै चलन चल्यो
अझै पनि उस्तै छ
तारा देखिने छाप्रो
सम्पत्तिबिनाको जिन्दगी
जमिनबिनाको घरजम
आखिर यही देखे त सपना
भोका र नाङ्गाहरुले ?
झुप्रोमा बसेर जिन्दगी गुजार्नेहरुले ?
झुपडी किन सपनाविहीन भएछ ?
उसले पनि त देख्नुपर्ने
सुखको जिन्दगी
के सौतेनी सन्तान भएछन्
झुपडी र सपनाहरु ?
यस पटक
बोल्नै पर्दछ
एकगाँस र एकसरोको अभावमा
मर्न विवश गरिबहरुले
एक पटक सोच्नै पर्दछ
श्रमको सपना देख्नेहरुले
यही अन्तरविरोध विरूद्ध
विद्रोहको सपना देख्नै पर्दछ
भीषण आँधीबेहरीले
थिलथिलो बनेका लुटका महलहरु
अझै लुटको सपना देख्छन् भने
झुपडी सपनामै निदाउने छैनन्
रगत बगाएर लडेका उनीहरु
देखिरहेछन् फेरि पनि विद्रोहका सपना
शोषण र भ्रम अन्त्य गर्ने सपना
समान जीवन जीउन पाउने
वर्गसङ्घर्षका सपना
निःशन्देह मनहरु न्यायमा बाँच्न पाउने
श्रमिकका सपनाहरु
स्वभिमानी सपनाहरु
क्रान्तिको लाभासँगै दन्किन सक्ने
झुपडी र सपनाहरु ।
०० – काठमाडौ“
मदन प्रभात
मान्छे
‘अभिवादन छ ह † ’
मधूरो स्वरमा कसैले अभिवादन गरेको मेरो तन्द्रायुक्त मानसिकताले अनुभूति गरिरहेको थियो । म अलिअलि निदाएको थिए“ र उठ्न प्रयत्न गर्दै थिए“ । फेरि उही स्वरमा उही शब्द दोहोरियो ।
‘अभिवादन छ ह † ’
म जुरुक्क उठे“ र अभिवादन फर्काए“ । अलिकति उघारिएको ढोकामा उनी उभिएकी थिइन् । अद्र्धशोकमिश्रित मुद्रामा । मानौ“ उनी केही बेरपछि नै ग्वा“ऽऽग्वा“ऽऽती रुनेछिन् । मैले उनीस“ग हात मिलाए“ । उनको हात पहिलेजस्तो दह्रो थिएन । सामान्यभन्दा पनि लुलो भएको थियो । लाग्थ्यो उनले अनुभूति गरिरहेको पीडा, शोक र वेदनाको त्रिशङ्कु उनका हर अङगहरूले अभिव्यक्त गरिरहेका छन्, हरपल अभिव्यक्त भैरहन चाहन्छन् ।
‘बस न ।’ अगाडि रहेको मेचको पुस्तक सारेर उनलाई बस्न आग्रह गरे“ । उनी चुपचाप बसिन् र नजिकै रहेको पुस्तक हेर्न थालिन् ।
राती निकै अबेरसम्म छलफलमा व्यस्त भएकोले होला सबेरै उठ्न सकिएको थिएन । तर बिहानीपख गाढा निद्रा त कहा“ लाग्छ र ? त्यसैले म निद्रा र जागाको बीचमा थिए“ अर्थात् तन्द्रामा थिए“ जतिखेर आशा आएकी थिइन् ।
‘अनि आज एकाबिहानै आयौ त † घरबाटै कि गाउ“तिर गा’की थियौ ?’ मैले हातमुख धोएर आएपछि सोधे“ ।
‘घरबाटै हो ।’ उनको आवाज एकदमै मलीन थियो । उनी भावनामा चुर्लुम्म डुबेकी थिइन् र आफ्नो कुरा अभिव्यक्त गर्ने समय पर्खिरहेकी थिइन् ।
‘दाइ † के हामीभित्र पनि इमानदारिताको यत्रो खडेरी परेको छ ? उसले मलाई यो अवस्थामा पु¥यायो तर अहिले ऊ मस“ग बोल्न पनि चाहिरहेको छैन । उसले मेरो इमानदारिताको दुरुपयोग ग¥यो ।’ कुनै भूमिका नबाधिकनै उनले बोल्न सुरु गरिन् । लाग्थ्यो उनी आफ्ना छटपटीहरू सबै एकै पटक पोख्न चाहन्छिन् । बोल्दाबोल्दै उनको आ“खा रसिलो भयो । उनले मतिर नहेरिकनै आ“सु पुछिन् । मलाई अचम्म लाग्यो विचारमा त्यति दह्री र अडिग आशा आज किन यति कमजोर भइरहेकी छिन् ।
‘रमेशले उनको भावनामा असाध्यै चोट पु¥याएछ क्यारे †’ मैले अनुमान लगाए“ ।
‘आशा आज तिमी कमजोर भइरहेकी छ्यौ ? कमजोर होइन दृढ र बलियो भएरमात्र तिमीले आफ्नो समस्यालाई पराजित गर्न सक्छ्यौ ? हेर, रमेशमात्र होइन, तिमीहामी सबै यही समाजबाट आएका हौ“ । सम्झ त, हाम्रो समाज कस्तो छ ? र, हाम्रो समाजभित्र कस्ताकस्ता पात्र र प्रवृत्तिहरू छन् ? समाजबाट गलत प्रवृत्ति बोकेर आएका पात्रहरूस“ग सङ्घर्ष नगरी हामीले कसरी नया“ समाजको निर्माण गर्न सक्छौ“ र ? तिमीले बुझ्नुपर्छ वर्गसङ्घर्षका विविध रूपहरूमध्ये पुरुषसत्ता विरुद्धको सङ्घर्ष पनि एक हो । रमेशलाई तिमीले मन परायौ तर यसको अर्थ यो होइन कि उसका गलत प्रवृत्तिहरूविरुद्ध तिमीले सङ्घर्ष गर्नै हुन्न । बरु माया गर्नु र मन पराउनु (प्रेम गर्नु) को अर्थ उसका गलत प्रवृत्तिबाट उसलाई मुक्त गर्न सघाउनु हो । तिमीले त्यही त गर्दै छ्यौ होइन त ?’
‘दाइ † तर किन ऊ मेरो कुरो बुझ्दैन ?’
‘आशा, रमेशले कुरो नबुझेको होइन, बुझेर पनि बुझ पचाएको हो ।’
‘मैले पनि उसलाई राम्रोस“ग पढेको छु । तिमीले रमेशलाई जुन ढङ्गले बुझिरहेकी छ्यौ तर रमेश त्यस्तो छैन । सा“च्चै भन्दा ऊ यो पु“जीवादी र सामन्तवादी संस्कृतिको ठिमाहापनले नराम्रोस“ग गा“जिएको छ । केही समय त उसले यो ठिमाहापनलाई त्याग्ने प्रयत्न पनि ग¥यो, उसको नसा–नसा र रगतको कण–कणमा रहेको पुरुषवादी मानसिकतालाई त्याग्न पनि खोज्यो तर यस कुरालाई लिएर उसले निरन्तर सङ्घर्ष गरिरहन सकेन । जसले गर्दा विगतका दिनहरूमा झै“ अहिले ऊ त्यति सक्रिय पनि छैन । हुनसक्छ जनमुक्ति यात्राप्रतिको उसको लगाव र विश्वास पनि अहिले कम हु“दै गइरहेको छ ।’
समय एकक्षण चुपचाप बित्यो । उनी अर्थात् आशा मौनधारण गरेझै“ शान्त थिइन् तर उनको विचार र भावनामा असाध्यै तेजगतिमा ज्वारभाटाहरू फैलिरहेका थिए । ‘अब के गर्ने ?’ उनीभित्र तीव्र रूपमा आत्मसङ्घर्ष चलिरहेको थियो । बिहानैको मौसम त्यति धेरै गर्मी नभए पनि उनको शरीरमा पसिनाको थोपाहरू देखापर्न थालेको थियो ।
‘दाइ, रमेश चाहन्छ म उसको घरमा गएर परम्परागत श्रीमतीझै“ उसको घर सम्हालेर बसु“, उसले जे भन्छ त्यही मानु“, उसका हरेक चाहनाहरूको पालना गरू“ ? यहा“सम्म कि विवाहअगाडि नै.....† उसको यस्तो घृणित चाहना र आदेशहरूलाई म कसरी पालना गर्नसक्छु ? तर...तर रमेशस“ग सम्बन्ध...? दाइ, रमेशलाई रूपान्तरण गर्न सक्ने कुनै उपाय छैन ? म त्यो उपायको खोजीमा छु ।’
उनले पीडा र आग्रहमिश्रित मलिन स्वरमा अडिअडिकन भए पनि आफ्नो मनभित्र उठेका भावनाका तरङ्गहरूलाई बाहिर बिसाइन् । उनको अभिव्यक्ति सम्पूर्णरूपले सुनिसक्दा रमेशले उनीस“ग गरेको व्यवहारको कल्पना गरेर नै म थकित भइसकेको थिए“ । सा“च्चै रमेश त मैले सोचेको भन्दा निकै तल गिरिसकेको रहेछ । अब रमेशको धङ्धङीबाट आशालाई मुक्त गर्नुको अलावा मस“ग अर्को उत्तम विकल्प थिएन । तर फेरि पनि आशा नै यसको निर्णायक पक्ष हुन् । मलाई लाग्यो अवश्य पनि आशालाई म यो विकल्पमा सहमत गराउनेछु ।
‘आशा †’ उनी व्यग्रतापूर्वक मलाई सुनिरहेकी थिइन् ।
‘अब तिमीले आफ्नो मनस“ग अत्यन्तै ठूलो सङ्घर्ष गर्नुपर्छ । हेर प्रेमलाई सही ढङ्गले बुझ्न र ग्रहण गर्न सकिएन भने सम्पूर्ण जीवन नै तनावयुक्त हुनजान्छ । तिमीले त वर्गसङ्घर्षको रापिलो भट्टीलाई नजिकैबाट अनुभूति पनि गरेकी छ्यौ । सम्झ त कति कठोर र निर्मम हुन्छ वर्गसङ्घर्ष । त्यसभन्दा नि अझ कठोर हुन्छ आत्मसङ्घर्ष । तिमीले अब त्यही कठोर सङ्घर्षलाइ सम्झौताहीन ढङ्गले सफलतापूर्वक सम्पन्न गर्नुपर्छ ।’
‘तिमीले आफ्नो मनमा रमेशलाई भावी जीवनसाथीको रूपमा स्थान दिएकी थियौ र अझै पनि दिइरहेकी छ्यौ । तिमी चाहन्छ्यौ रमेश यो समाज रूपान्तरणको निम्ति नमुनायोग्य व्यक्ति बनोस् । ऊ सबै कुरामा दृढ होस् तिमीजस्तै । आमजनताको मुक्तिस“गै तिमीहरूको भावी दिनहरू प्रेमपूर्णरूपमा व्यतित होस् । यो तिम्रो चाहना हो तर यसको लागि तिमीजत्तिको तयार छ्यौ, त्यत्तिकै मात्रामा तयार हुनुपर्छ रमेश पनि । तिमी नियाल त † रमेश अहिले कुन वैचारिक धरातलमा उभिएको छ ? यस्तो अवस्थामा के तिमी रमेशबाट अब आफ्ना चाहनाहरू पूरा हुन्छन् भन्ने भरोसा राख्न सक्छ्यौ ? योे तिमी आफै“ले विचार गर्ने कुरा हो । तर ऊ कस्तो हुन्छ भन्ने कुराको निर्णय त उसले नै गर्नुपर्छ तिमीले होइन ।
सा“च्चै भन्दा अहिले रमेश आफ्नो आदर्श र विश्वासबाट समेत च्यूत हु“दै गइरहेको छ । ऊ अब रूपान्तरित हुनुलाई पनि आफ्नो हार अथवा अपमान ठान्न थालेको छ । यस्तो अवस्थामा तिम्रो उसस“ग कसरी सहकार्य हुनसक्छ ? के प्रेमको उत्कर्षता नया“ जीवनको निम्ति, समाज रूपान्तरणको निम्ति सहकार्य नै होइन र ? वैचारिकरूपमा सहकार्य हुन नसकेपछि, कार्यशैलीगतरूपमा सहकार्य हुन नसकेपछि कसरी जैविक र व्यावहारिक सहकार्यले पूर्णता पाउन सक्छ ? त्यसैले कठोरतापूर्वक तिमीले अब निर्णय गर्नैपर्छ । तिमी आफ्नो वैचारिक धरातल र चेतनालाई सही ठान्छ्यौ भने तिम्रो रमेशस“गको सम्बन्ध अब अतीतको सम्बन्धको रूपमा परिणत हुनेछ । तिमीले उसस“गको सम्बन्धलाई अब बिर्सनुपर्नेछ । आशा, तिमीस“ग भएका विकल्पहरूमध्ये यौ नै सबैभन्दा उपयुक्त विकल्प हो ।’
अब उनको अनुहार रातोरातो भएको थियो । तीव्र अन्तद्र्वन्द्वको अभिव्यक्ति उनको अनुहारमा समेत परिरहेको थियो । एकक्षण वरिपरि सन्नाटा छायो । उनी निराकारमा हराइन्, मानौ“ अहिले नै उनले सबै कुराको निचोड निकाल्नेछिन् । फेरि पनि शान्त नै रह्यो कोठा । उनले कुनै प्रतिक्रिया जनाइनन् ।
‘के तिमीले रमेशस“ग यो विषयमा कुरा ग¥यौ ?’ मैले नै भङ्ग गरे“ मौनता, आशाको अनुहार नियाल्दै ।
‘थुप्रै पटक.... रमेशस“ग मैले यो विषयमा थुप्रै पटक कुरा गरिसके“ । तर ऊ मेरो कुरालाई गम्भीरतापूर्वक लि“दै लि“दैन’ उनी रुन्चे स्वरमा बोलिन् ।
‘आशा, यो अनुभूति नै तिम्रो हातमा रहेको सबैभन्दा ठूलो आधार हो । जसले रमेशस“गको तिम्रो सम्बन्धबारे सही निष्कर्षमा पुग्न स्वयम् तिमीलाई सघाउनेछ । हेर, पुराना सम्बन्धहरूको ध्वंश नगर नया“ सम्बन्धको विकास गर्नै सकिन्न । रमेशस“गको तिम्रो सम्बन्ध पुरानो विचारमा आधारित छ, सामन्ती चिन्तन र निम्न पु“जीवादी प्रवृत्ति÷शैलीले ग्रसित छ । त्यसैले तिमीले त्यस सम्बन्धलाई ध्वस्त नगरी नया“ सम्बन्धको विकास गर्न सक्दिनौ“ ।’
मेरो कुरा सकिएपछि उनले लामो सुस्केरा छाडिन् । आमाले कागती हालेको रातो चिया ल्याउनुभयो । उनले आमालाई नमस्कार गरिन् तर केही बोलिनन् । सायद हतार हु“दो हो, आमा पनि केही बोल्नुभएन । हामी चुपचाप चिया पिउन थाल्यौ“ ।
आशाको अनुहार झन्झन् रातो ह“ुदै थियो । उनको मनमा द्वन्द्व चर्किरहेको बेला अनुहार रातो हुन्थ्यो, जुन अहिले भइरहेको छ । उनले चिया पिइसकेपछि चारैतिर आ“खा डुलाइन् र घडी हेरिन् । सायद समय घर्किसकेर होला उनका मायावी आ“खा अलि ठूल्ठूला र चञ्चल देखिए । मलाई लाग्यो ती आ“खाहरूले भन्दै छन्– ‘दाइ, ढिलो भयो अब जानुपर्छ होला’ तर त्यसपछि पनि उनी चुपचाप नै रहिन् । कहिले चारैतिर आ“खा डुलाउने त कहिले आ“खा चिम्लिएर शान्त रहने गर्न थालिन् ।
‘दाइ † अहिले म जान्छु, भरे भेट्न आउ“छु होला ।’ उनी एक्कासि यसो भन्दै उठिन् र अघिको भन्दा अलि दह्रोस“ग हात मिलाएर विदा भइन् । मलाई लाग्यो उनी बिहानभन्दा भावनात्मकरूपमा अलि दह्रो भएकी छिन् ।
बिहानदेखि एकाएक मौसम धुम्मिएको थियो । पानी नै परिहाल्छ कि जस्तो भइरहेको थियो । देशको ताजा राजनीतिक खबर अघि नै रेडियोले फुकिसके पनि मौसमसम्बन्धी खबर अझै दिइरहेको थियो । रेडियो भन्दै थियो– ‘आज देशैभरि पानी पर्छ ।’ जीवनको सही गोरेटो नियाल्दै कठिन मोडमा आइपुगेकी आशाको मनभरि जमेको पीडाको बादल आज पानी स“गै फाटोस् र उनको मन ‘पानी परेपछिको आकाशझै“’ स्वच्छ र निर्मल होस् † भन्ने कल्पना गर्दै म दिनेशजीको डेरातर्फ लागे“ ।
बाटोभरि नै मेरा मनमा रमेश र आशाको सम्बन्धका कुराहरूमात्रै खेलिरह्यो । रमेश किन त्यस्तो भयो ? यो विषयमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने निष्कर्षमा पुगे“ म । ‘भरे आशाले के निर्णय गर्छिन् त ?’ भन्ने प्रश्नले दिनभरि नै मेरो मनलाई उद्वेलित बनाइरह्यो । ‘के उनले रमेशस“गको सम्बन्धलाई यही टुङ्ग्याउन सक्छिन् ? यदि उनले यस्तो निर्णय गरिन् भने उनको मनस्थिति यस्तै रहिरहला ? या उनले रमेशस“गको सम्बन्धलाई निरन्तरता दि“दै यही रूपमा अगाडि बढाउने निर्णय गर्छिन् त ?’ मेरो मनमा प्रश्नमाथि प्रश्नका घेराहरू थपि“दै गए र अन्त्यहीन प्रश्नको शृङ्खला तयार भयो । मेरो टाउको त्यसै त्यसै भारी भएर आयो । दिनेशजीको डेरामा पनि मन त्यति रम्न सकेन । गर्नुपर्ने आवश्यक कुराहरू सकेर म अलि चा“डै कोठामा आए“ र पल्टिएरै आशाको आगमनको प्रतीक्षा गर्न थाले“ ।
समय निरन्तर बित्दै गयो । प्रतीक्षाको समय निकै लामो हु“दोरहेछ । तीनबाट चार, चारबाट पा“च हु“दै घडीको घन्टा सुई अङ्क ६ को नजिक आयो, तर अझै आशा आइनन् । म झन् व्यग्र भए“ । ‘कतै आशाले रमेशस“गको सम्बन्धलाई मात्र होइन आफै“लाई समेत मेटाउने गलत निर्णय त गरिनन् ?’ मेरो मनमष्तिस्कमा चिसो पस्यो । म झन् छटपटिए“ ।
‘तर आशा त्यति कमजोर र का“तर नारी होइन, जसले अपहत्ते (आत्महत्या) जस्तो घृणित कार्य गरोस्’ भन्ने भावनाले मलाई अलि बल दियो । अब दिनबाट समय सा“झमा रूपान्तरित हुन मात्र बा“की थियो तर अझै पनि आशा आइनन् । ‘के अब आशा आउ“दिनन् ?’ यो प्रश्नले मस“ग एकोहोरो उत्तर मागिरह्यो । म नाजवाफ रहे“ । आशा नआउने कुरा म मान्न तयारै थिइन“ । तर पनि आफ्नै मनभित्र हर निमेशमा उब्जिरहेको प्रश्नको उत्तर खोज्न आफै“ आशाको घर जाने सुरले म लुगा लगाउन थाले“ ।
‘बाबु † तेरो चिठी आएको रै’छ, हेर् त कसले पठा’को हो ?’ आमाले खामबन्दी चिठी मेरो हातमा दिनुभयो । चिठी बन्दिलो गरी स्टिच लगाइएको थियो । हेरे“ चिठी आशाले पठाएकी रहिछन् ।
‘कसले ल्यायो आमा यो चिठी ?’ मैले व्यग्रताका साथ आमालाई सोधे“ ।
‘खै ? साइकलमा एउटा केटो आको’थ्यो । मैले त चिनिन“ । अनि कस्को र’छ त ?’ आमालाई चिठीको बारे खुल्दुली बढ्यो ।
‘आशाको रहेछ ।’
मैले छोटो उत्तर दिए“, आमा चुपचाप फर्कनुभयो । उहा“ले के सोच्नुभयो कुन्नि मैले अनुमान लगाउनै सकिन“ ।
मैले हतारहतार चिठी खोले“ र पढ्न थाले“ । मलाई अचम्म लाग्यो सधै“ ‘दाइ †’ भनेर सम्बोधन गर्ने आशाले आज चिठीको सम्बोधनमा ‘कमरेड’ भनेर लेखेकी थिइन् । पक्कै पनि यो रूपान्तरणको द्योतक हो भन्ने सोच्दै म पत्र पढ्न थाले“ ।
‘कमरेड बोध,
अभिवादन †
आज म मेरो जीवनको अति महŒवपूर्ण मोड मैले पार गरेकी छु भनेर सुनाउन पाउ“दा तपाईं निकै खुसी हुनुहुन्छ होला । अति कष्टसाध्य घुम्ती र मोडहरू हु“दै यो जीवनलाई अगाडि बढाउनुपर्ने रहेछ भन्ने अनुभूति आज गरेकी छु । मैले यसअघि कहिल्यै पनि यति सूक्ष्म र गम्भीर ढङ्गले आत्मसमीक्षा गरेकी थिइन“, आज मैले तपाईंको प्रेरणाले जीवनको उक्त दायित्वलाई पहिलो पटक पूरा गरेकी छु । म राजनीतिक आन्दोलनको जुन दिशातर्फ अगाडि बढेको थिए“ त्यहा“ एकदम सहज र सरल मार्गमा मात्र हि“ड्नुपर्ला भनेर सोच्नु मेरो कमजोरी र गलत बुझाइ रहेछ । बरु उक्त मार्गमा थुप्रै का“डाहरू र त्यसलाई पन्छाउन चाहिने साहस, हिम्मत र उज्यालो पनि हुने रहेछ । त्यसैले का“डाहरू पन्छाउ“दै अगाडि बढ्ने प्रक्रियालाई तेज बनाउने हिम्मत बटुलेकी छु । तपाईंले भनेझै“ राजनीतिक आन्दोलन र सांस्कृतिक रूपान्तरणको आन्दोलनलाई स“गै अगाडि बढाउने निष्कर्ष निकालेकी छु । उज्यालो लक्ष्यमा पुग्न म जस्तोसुकै अ“ध्यारो पनि चिर्न तयार छु ।
मेरो बाबाले भन्नुहुन्थ्यो ‘तिमीले मान्छे बन्नुपर्छ ।’ म सधै“ हा“सोमा उडाउथे“ । तर आज मैले मेरो बाबाको उक्त भावनालाई सा“च्चै अनुभूति गरेकी छु । ‘असल मान्छे बन्न निकै सङ्घर्ष गर्नुपर्छ’ भन्ने तपाईंको बारम्बारको आग्रहलाई पनि आज मैले गम्भीरतापूर्वक महसुस गरेकी छु ।
वर्गीय समाजमा पुरुषवादी मानसिकता पुरुषहरूमा मात्रै होइन हामी प्रगतिशील कहलिएका महिलाहरूमा पनि रहेको निष्कर्षमा पुगेको छु । रमेशस“गको मेरो अति लगाव त्यसैको कारण सिर्जना भएको हो भन्ने मलाई लाग्छ । हाम्रो समाजमा रहेको पुरुषवादी मानसिकताको विरुद्ध सङ्घर्ष गर्न आगामी दिनमा मलाई साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु ।
आज मैले तपाईंलाई कमरेड भनेर सम्बोधन गरिरह“दा तपाईंलाई पक्कै पनि खुसी लागेकोे हुनुपर्छ । तपाईं मेरो राजनीतिक आन्दोलनको अगुवा र गुरु भए पनि वर्तमान सामाजिक संरचनाभित्र तपाईं मेरो दाजु नै हुनुुहुन्छ । त्यो संरचनामा म तपाईंलाई दाजु नै भनेर सम्बोधन गर्नेछु । तर तपार्ईं मेरो अगुवा कमरेड हुनुहुन्छ । अब म तपाईंलाई मेरो निष्कर्ष सुनाउ“छु ।
मैले निकै कष्टसाध्य पीडालाई पचाएर रमेशस“गको सम्बन्धमा पूर्णविराम लगाउने निर्णय गरेकी छु । मलाई थाहा छ यो कुराले मलाई लामो समयसम्म तनाव दिनेछ तर तनावलाई पचाउने साहस बटुलेकी छु । तपाईंले भनेझै“ पीडा र कष्टसाध्य क्षणहरूबाट नगुज्री मान्छे मान्छे बन्नै सक्दोरहेनछ । म त्यही पीडा र कष्टसाध्य क्षणबाट गुज्रिने उपक्रममा छु । यो सामन्तवादी चिन्तन र पु“जीवादी प्रवृत्तिले ग्रसित पुरानो सम्बन्धको ध्वंशको प्रक्रिया नै हो । अग्रज कमरेडको नाताले पनि तपाईंबाट निरन्तर साथ पाइरहनेछु । जसले यो प्रक्रियालाई सहयोग पु¥याउनेछ ।
माफ गर्नुहोला यति कुरा तपाईंका सामु उभिएर व्यक्त गर्न समर्थ भइन“, यसैले यो पत्र लेखेकी हु“ । आगामी दिनमा यो कमजोरीलाई पनि हटाउन प्रयत्नशील रहनेछु ।
अभिवादनसहित अहिलेलाई विदा चाहन्छु ।
उही मान्छे बन्ने उपक्रममा लागेकी
आशा
पत्र पढिसकेपछि मैले अपार आनन्दको महसुस गरे“ । र, मनमनै सोचे“– ‘आशाले आफ्नो जीवनका लागि नया“ गोरेटो खन्न सुरु गरिन् । यो गोरेटोले हाम्री आशाको मात्र होइन थुप्रै आशाहरूको जीवन उज्यालोतर्फ डो¥याउनेछ । पुरानो रूढिगत र परम्परावादी सम्बन्धहरूको स्थानमा नया“ सम्बन्धको विकास गर्नेछ ।
– खा“दबारी
मित्रलाल पंज्ञानी
एउटै फूलमा सम्पूर्ण रङ पाइँदैन
आज म कविताका कुरा गर्दै छु ।
लामालामा दुइटा सिङ भएको, पछाडि एउटा पुच्छर भएको अनि चारखुट्टा पनि भएको जीवलाई कुनै पनि हालतमा मान्छे भन्न सकिन्न । मान्छे हुनका निमित्त सर्वप्रथम रूप मान्छेको जस्तो हुनैपर्छ । कविताको कुरा पनि त्यही हो । कविता पहिला कविताजस्तो हुनुपर्छ ।
भैँसी र मान्छेका पनि केही कुरा मिल्छन् । दुवैले खान्छन् र खाएको कुरा मल बनाएर फाल्छन् । दुवैले सास फेर्छन् । मिल्दाजुल्दा कुरा अरू धेरै छन् । ती मिल्दाजुल्दा कुरा पनि फेरि ठ्याक्कै मिलिराखेका हुँदैनन् । भैँसीले खाने र मान्छेले खाने चीजमा फरक छ । मान्छेले फाल्ने मल र भैँसीले फाल्ने मलमा पनि फरक छ । सासफेराइको गति र यतिमा फरक छ । कविता, निबन्ध र कथाका पनि कतिपय कुरा मिल्दछन् । यिनको मिलन भैँसी र मान्छेको मिलनजस्तो हो भनेर ठोकुवा गर्न पनि सकिँदैन र पनि अलिअलि उस्तै हो ।
मान्छेको रूपमा पशुभन्दा पनि पाशविक चरित्र बोकेर हिँडेका जीवहरू पनि छन्, हुन्छन् । ती अधम मान्छे हुन् । कविताको कुरा पनि त्यस्तै हो । जीवनघाती विचार बोकेका कविताहरू कविताका नाममा कलङ्क हुन् । कविताको रूप छ भने फेरि पनि ती चिज कवितै हुन् । कविता हुनुमात्रै ठूलो कुरो होइन, कामलाग्दो हुनु ठूलो कुरा हो ।
कविताले असल विचार बोकेर आएको हुनुपर्छ । मान्छेमान्छेका बीचमा प्रेम, विश्वास र सद्भाव बढाउने विचार असल विचार हो । यो मानवसमाजलाई, यो बस्तीलाई शान्त र समृद्ध बनाउने विचार असल विचार हो । अवसरको असमानता भएको समाज शान्त र समृद्ध हुनै सक्दैन । यो असमानतालाई हटाउने विचार असल विचार हो । अरूलाई दीनहीन बनाएर आफूले स्वर्गीय आनन्द लुटेकाहरू यो असमानतालाई निरन्तरता दिन चाहन्छन् । अवसरमा ठगिएकाहरू सङ्गठित भएर लड्ने विचार असल विचार हो । आफ्नै बुद्धि, विवेक र बलले संसार बदल्ने विचार असल विचार हो । असल विचार पाण्डित्य प्रदर्शन होइन, शब्दाडम्बर होइन । यो त सही व्यवहारको प्रेरक हो । व्यवहार विचारको मूर्तीकरण हो ।
विचार विशृङ्खलित भयो भने मान्छे व्यवस्थित हुनै सक्तैन । विचारमा सङ्गति आवश्यक छ । विज्ञानमा आधारित विचारमात्रै सङ्गतिपूर्ण हुनसक्छ । कवितामा अभिव्यक्त विचार जनमुक्तियात्राको समग्रतासित कहीँ न कहीँ जोडिएको हुनुपर्छ । एउटा सम्पूर्ण कविता खोजेर संसारमा कहीँ पनि पाइँदैन । एउटै फूलमा सम्पूर्ण रङ्गको प्राप्ति असम्भव हो । एउटा कवितामा कमसेकम एक चिज हुनुपर्छ । पढिरहूँ सुनिरहूँ लाग्ने गरी एउटा सानो कवितामा ठूलो संसार अटाउन सकियोस्, एउटा तपस्वी कवि यस्तो आदर्श स्थापना गरी गन्तव्यतिर भने लम्केकै हुन्छ ।
जतिसुकै गहिरो विचार लेखिएको भए पनि बुझ्नुपर्नेलाई बुझाउन सकिएन भने त्यो विचार दुई कौडीको पनि हुँदैन । कलाको जरुरत पर्ने यहीँनेर हो । जुन कथनमा मान्छेको मनलाई आफूतिर खिच्न सक्ने गुरुत्वाकर्षण छैन त्यो कथन साहित्य हुँदै हैन । कला भनेको त्यही आकर्षण क्षमता हो । जटिल कुरालाई सजिलोसित बुझाउने ढङ्गको नाम नै कला हो । प्रगतिवादी भनिएका कतिपय कविहरू जटिलता नै स्तरीयता हो भन्ने भ्रममा हिँडेको देख्दछु । जनताले नबुझ्ने कविता जनवादी कविता हो कि होइन ? सर्वहारा वर्गको मुक्तिका लागि यात्रारत स्रष्टाहरू कसलाई लक्षित गरेर कविता लेख्ने ? मलाई लाग्छ सफल कवि त्यही हो जसले जटिलतम विचारलाई रुचिकर बनाई सरलतम लयात्मक वाणीमा व्यक्त गर्न जान्दछ, जसका कविता सुन्दा वा पढ्दा मनमा भावचित्र उत्रन्छ ।
नभनीकनै भन्नु पनि एउटा कला हो । कुनै बालकले बिठ्याइँ गरिरहेको छ । तपाईँ गाली नगर्नूस् र उसलाई हेरिमात्र रहनूस्, तपाईँले हेरिरहेको कुरा उसले थाहा पाओस् । तपाईँले उसलाई एउटा भावभङ्गिमासहित हेरिराख्नुहुन्छ । तपाईँको निरन्तर हेराइले उसलाई असहज बोध हुन थाल्छ र आफ्ना कर्महरू रोक्छ । यहाँनेर मौनता नै भाषा हो । तैँले त्यो काम नगर भनेर अर्ती दिइराख्न जरुरी छैन । उही बालक हो । मुख धोएको छैन । नाकभरि सिँगान छ । एउटा ऐना ल्याएर उसलाई देखाइदिनूस् । उसले आफू फोहोर भएको कुरा थाहा पाउन सक्छ । थाहा पायो र धोयो भने काम पूरा भयो । अर्ती यहाँ पनि चाहिएन । यहाँ ऐना देखाउनुमा उसलाई सफा पार्ने विचार लुकेको छ । यहाँ उसलाई आफ्नो अवस्थाबोध गराउने प्रविधि अपनाइएको छ । यो पनि एउटा कला हो । कला अनन्त हुन सक्छ । कवि कविताकलाको आविष्कारक पनि हो । लड्न जाऊँ नभनीकनै लड्न जाने बोधीचेतना उत्पन्न हुने वातावरण सिर्जना भयो र श्रोता वा पाठक साँच्चै लड्न हिँड्यो भने क्रान्तिकारिताका हिसाबले सर्वोत्कृष्ट कृति त्यही हो ।
कविताको मूलजगत् भावजगत् हो । तर विचारजगत्मा पदार्पण नगरिकन त्यसले आफूलाई कालजयी बनाउन सक्तैन, स्थीराकार दिन सक्तैन । भावनालाई घोडा बनाएर विचार आउनुपर्छ । विचारलाई घोडा बनाएर भावना आयो भने त्यो कविता शक्तिशाली हुन सक्तैन ।
जनता गरिब छन् । सामन्ती शोषणका कारणले गरिब छन् । पुँजीवादी शोषणका कारणले गरिब छन् । शोषणका अनेक मानसिक हतियारहरू प्रचलनमा छन् । भाग्यवाद छ, अवतारवाद छ, निराशावाद छ । मान्छेलाई ढोँगी, कायर र वैयक्तिक स्वार्थमा लम्पट बेइमान बनाउने वातावरण तयार छ । दिग्भ्रमित बनाउने अनेक चालबाजी छन् । तर यसरी ठगिएका ती कतिपय मान्छेलाई आफू शोषणमा परेका कारणले दीन र हीन भएको ज्ञान छैन । यसको सही ज्ञान हुनेबित्तिकै अरू धेरै चीज स्वतः हुन जान्छ । उनीहरूमा विद्रोही भावना जन्मन्छ । मुक्तिको खोजी सुरु हुन्छ । मलाई लाग्छ कविको मुख्य र पहिलो काम यही नै हो । मानवमनमा हामीले निर्माण गर्न खोजेको समाजको चित्र कोरिदिन सक्नु निकै ठूलो सफलता हो । तर प्रत्येक कविता यस्तै हुनुपर्छ भन्ने मान्यता व्यावहारिक हुँदैन ।
एउटा पात्र छ । जो सधैँ निराश छ । तर उसले कहिल्यै पनि निराशाको कविता लेख्दैन । उसलाई सिकाइएको छ— यस्ता कविता लेख्नुहुँदैन । लेखियो भने यो निराशावादी भयो भन्छन् अनि उसले लेख्न सक्तैन । लेखिहाल्यो भने लुकाएर राख्छ ।
नैराश्य वस्तुजगत्लाई सही ढङ्गले बुझेर सोहीअनुरूप व्यवहार गर्न नजानेकै कारणले उत्पन्न हुने हो । नबुझेकालाई बुझ्ने वातावरण बन्नुपर्नेमा बुझेझैँ गर्नुपर्ने वातावरण निर्माण हुन गएको छ । मान्छेहरू नबुझिकनै बुझेझैँ गर्न अभिशप्त छन् । मान्छे निराश छ अनि आशावादिताको कविता लेख्छ । निराश मान्छेले लेखेको आशावादी कवितामा कुनै शक्ति हुँदैन । भावसागरको गहिरोबाट उत्पन्न भएको कविताले मात्रै पाठक वा श्रोताको भावजगत्मा सिञ्चन गर्न सक्छ । सफल हास्यकविले कविता लेख्ता सर्वप्रथम कुनै वस्तुको एउटा विसङ्गत रूप देख्छ, मानौँ त्यो रूपको दर्शन एउटा नयाँ आविष्कार हो । त्यो रूपदर्शनमै एउटा वाणी स्वतः निर्माण भइसकेको हुन्छ । यो निर्मितिमा कवि आफैँ पनि छक्क पर्छ र हाँस्छ । हुन सक्छ बहुलाझैँ एक्लै खित्का छाडेर हाँस्छ । अनि बल्ल उसले दुनियाँलाई हँसाउन सक्छ । कविता जबर्जस्ती रचना गर्ने विषय हुँदै होइन ।
यो संसारलाई निराशाले हाँकेको कहीँ र कहिल्यै पनि छैन । अकर्मण्यताले अगाडि बढाएको पनि छैन । नैराश्यका बीजहरू हाम्रै मनमा छन् । अकर्मण्यताका कारणहरू हाम्रै परिवेशमा छन् । हाम्रा अज्ञानताहरू सतहमा आउनुपर्छ । सिक्न चाहने ती अज्ञानीहरूलाई प्रेमपूर्वक र मर्यादापूर्वक आफैँ सिक्ने वातावरण बनाउनुपर्छ । बोधको पोखरीमा हेलिदिनुपर्छ । समालोचना वा समीक्षाका नाममा लेखनबाटै भगाउने गरी आलोचना गर्नु पनि अन्यथा हो । हुँदै नभएको गुणलाई छ भनेर प्रशंसा गरियो भने स्रष्टाको प्रगतिको बाटो अवरुद्ध हुन पुग्छ । समालोचनाले नयाँ आधार र विधि निर्माणका निमित्त व्यापक बहसको माग गरेको छ ।
मुकुन्द पोखरेल
सपनाका गर्भमा विपनाका बिम्बहरू
हिजो बिनामौसमको झरीले
चिप्ला थिए
गोरेटा र घोडेटाहरु
कठिन थियो यात्रा
त्यो लमतन्न बूढो पहाडको
व्यथित थिए यात्रीहरु यात्रामा ।
त्यस्तो कठिन यात्रामा पनि
सुन्थे कोलाहल
ती यात्रीहरु
बास नपाएका
भोक र प्यासले छटपटाएका
रङ्गिविरङ्गी चराहरुको ।
आज त्यो बेला छैन
केही ओभाएका छन्
गोरेटा र घोडेटाहरु
लज्जालु युवतीझैँ
परेली झिम्क्याउँदै
कोल्टे फेरेको छ समयले ।
नयाँ उषाको लालिमाझैँ
आँखाभरि, मनभरि
झुल्किन थालेका थिए
यात्रीहरुमा
सुमधुर सपनाहरु
राजमार्ग खुलेको
र नवीनतम नेपालको ।
समयान्तरमा त्यो नीलो आकाशमा
देखिन थालेका छन् फेरि
कालो बादलका दृश्य–परिदृश्यहरु
यस्ता अदृश्य दृश्यबाट
छटपटाउँदै वैचारिक चिन्तनमा
तल्लिन छन् यात्री मनहरु ।
ती सुमधूर सपनाका गर्भहरु
विपनाका बिम्बहरु
कतै पानीका फोका जस्तै
बीचैमा तुहिने
या भ्रुण हत्या हुने त
होइनन् ? भन्दै ।
००
मोदनाथ मरहट्टा
लक्ष्य
यौटा उल्लासको डोको बोकी पिठ्यूमा हिँड्यौ
जोड्दै घटाउँदै यात्रा उक्लेन फेदीमा पुग्यौँ
प्राप्ती के देख्नु के लेख्नु हातमा शुन्य अङ्क छ
किन्तु वासन्ती हल्लाले सारा दृश्य फुरूङ्ग छ ।
उदियमानको रातो रवि झुल्कने याम हो
उठाऔँ मुक्तिको झन्डा दहि«लो गरी नामको
रित्तिए गँुडका माउ बचेराहरु रित्तिए
देख्दा विगतको घाउ पीडाले मुख तित्तिए ।
लाउँछन् प्राप्तिको फूर्ति भईंफुट्टाहरु उता
सर्पले भ्यागुता गाँजेसरी गाँज्छन् जतातता
सकिंदैन सँगै हिंड्न भो बाटो किन छेक्दछौ
यही अमिल्दो याममा वसन्त किन देख्दछौ ।
गन्तव्य छ अझै टाढा यात्रा रोकेर रोकिन्न
फेदीमै लठ्ठी फ्याँकेर अग्लो शिखर टेकिन्न
एउटै लक्ष्यको डोरी बाटे हो सम्विधानसभा
उक्लेपछि मात्रै हो रोकिने विन्दु त्यो अब ।
मोहनबहादुर कायस्थ
आस्थाका सिपाही मदनमोहन जोशी
बेलायतको लन्डन सहरको रमझममा हामी दम्पत्ति घुम्दै थियौ“ । एक जना मित्रले खबर गरे कि अब मदनमोहन जोशी जीवित रहेनन् । उनको नयाँ दिल्लीमा उपचार हुँदाहुँदै निधन भयो । कलेजोमा सिरोसिस अर्थात् क्यान्सर थियो रे उनको । यो बेला थियो २०६५ कार्तिक अन्तिम सप्ताह । केही क्षण घोरिए“ अनि उनीप्रति एक अ“जुली पानी अर्पण गरे“ । दिवङ्गत आत्माले शान्ति पाओस् भने“ । यो घटना रहेछ २०६५ कार्तिक २८ गतेको दिन । अनि उनका धेरै महत्वाकाङ्क्षी कार्यहरुभित्र एकदुई कुराको विश्लेषण गरे“ कति योग्य सपूत हुन् मदनमोहन जोशी भनी ।
बन्दीपुरको घरानिया परिवार । चन्द्रमान जोशीका पा“च पुत्रहरु क्रमशः मुखिया गणेशमान, २००७ सालको राणाशासन हटाई तनहू“मा बनेको प्रान्तीय सरकारका कृषिमन्त्री श्री बिन्दुरत्न, बुद्धिमान, पूर्णमान र द्वारे कान्छा थिए । तिनमा गणेशमान जोशी ज्येष्ठ पुत्र थिए । यिनकै जेठी श्रीमती पुतलीमायाबाट मदनमोहन, अम्बिकामोहन (अमरिकामा) र सहप्राध्यापक मुरारिमोहनजस्ता तीन छोराहरु र तीन छोरीहरु जन्मेका थिए । मदनमोहन जोशी ज्येष्ठ पुत्र हुन् र यिनको जन्म वि. सं. १९९३ भाद्र २१ गते तनहू“, बन्दीपुर, नारायणटोलमा भएको थियो । सानैमा (२००८÷९ साल, ठीक मिति थाहा भएन) यिनका पिताजीबाट दोस्रो बिहे भएपछि यिनकी आमा, दिदी–बहिनीहरु र भाइहरु पितासँग अलग रहनुपरेको पीडाले उनको उत्तरदायित्वमा आर्थिक र सामाजिक क्षेत्रमा गहिरो चोट पर्न गएको थियो ।
यति हुँदाहुँदै पनि मदनमोहन जोशीले भारतको गोरखपुर–कुनाघाटमा पढी त्यही“ उत्तर प्रदेश शिक्षा बोर्डबाट २०१० सालमा एस. एल. सी. उत्तीर्ण गरेका थिए । कुनाघाटमा रह“दा नै उनी विद्यार्थी सङ्गठनका अगुवा र विशेष गरी कम्युनिस्ट पार्टीका कार्यकर्ता बनेका थिए । माक्र्सवाद र लेनिनवाद सिद्धान्तका पाठक थिए । प्रगतिशील मूल धारमा चुर्लुम्म डुबेका थिए । हिन्दी, नेपाली, अङ्ग्रेजी र नेवारी भाषामा उनको दखल थियो ।
२०१० सालमा भारतको गोरखपुर–कुनाघाटबाट तनहू“–बन्दीपुर अर्थात् जन्मथलो बन्दीपुर फर्किए र बन्दीपुरको भानु माध्यमिक विद्यालयमा शिक्षक बने । कोमलरत्न, भक्तकुमार पिया, लालकाजी पिया, कदम पिया, प्रेमविनोद नन्दन, गङ्गाराम श्रेष्ठ, हरिकुमार विप्लव, कान्तालाल प्रभात, उपेन्द्र श्रेष्ठ, सागर श्रेष्ठ पिया, कृष्णलाल प्रधान (नेता), के. एल. भूषण, के. एल. बन्धु, मित्रलाल प्रधान इत्यादि उनका बन्दीपुरका मित्रहरु थिए । त्यति बेला बन्दीपुरमा काङ्ग्रेसी र कम्युनिस्ट मानिने दुई स्कुल थिए, पछि दुवै स्कुल एउटैमा गाभिए र यसैमा यिनले अध्यापन गरे ।
छोटो बन्दीपुरको बसाइ अवधिमा यिनले बन्दीपुरमा कम्युनिस्ट पार्टी खोले र यसका प्रथम सचिव बने । बन्दीपुरको बढ्दो जनसङ्ख्या चापमा यिनकै नेतृत्वमा बन्दीपुरको रानीवन फडानी गरी सुकुम्बासी भनू“, यिनै गरिबगुरूवाहरुलाई घडेरी जग्गा वितरण गरे र यसै कारण २०११ सालमा पक्राउ परे । यो रानीवनको जग्गा वितरण दिगो भएन र बन्दीपुरेहरु धेरै सङ्ख्यामा २०१२ सालमा नारायणघाटमा झरे । त्यसमध्ये मदनमोहन जोशी पनि नारायणघाट बसाइ“ सर्नेमा एक भए । बन्दीपुर छ“दा पदम पुस्तकालयमा उनी अध्यक्ष पनि बनेका थिए ।
परिचयात्मक रुपमा भन्नुपर्दा मदनमोहन जोशी शोषक र शोषितका ज्ञाता हुन् । धनी र गरिबमा खाडल बन्नुको कारकतत्वका शोधकर्ता हुन् । साम्राज्यवाद र बिस्तारवाद एवम् उपनिवेशवादका खरो आलोचक हुन् । वर्गशोषणबारे धेरै नै चिन्तित हुन्छन् । पु“जीवादलाई दुष्ट काम सम्झन्छन् र सामन्तहरुको धज्जी उडाउ“छन् । वर्गसमन्वयतर्फ समानता–असमानताको भेद बुझ्छन् । वास्तवमा उनको ह्दयमा हरदम यिनै–यिनै असमानता बोधले पीडित बन्थे र जल्दै दिनरात बिताउ“थे । यो मात्र लेखनका लागि लेखेको होइन मैले । यसमा कटुसत्य छ र मैले बातचितमा पाएको उनको प्रस्तुति हो ।
नारायणघाटमा बसोबास गरेपछि यहा“ पनि यिनले कम्युनिस्ट पार्टी गठन गरे । सङ्घर्षशील यिनी यहा“को बजार व्यवस्थापन समितिमा कार्यरत रहे, युवक सङ्गठन खोले, भरतपुर टाउन प्लानिङमा कार्यरत रहे । चितवनमा हाइस्कुल र वीरेन्द्र क्याम्पस खोली संस्थापक सदस्य बने । यस्ता धेरै घटनाहरु छन् जसमा मदनमोहन जोशी संलग्न भएका छन् । उल्लेखनीय छ, उनका कामहरु र उनले जे गरे यसमा चितवनमा धेरै मित्रहरु बनाएका छन् र उनलाई सम्झन पुग्छन् । कडा मिहिनेतले साठीको दशकमा एम. ए. मा नेपाली लिई उत्तीर्ण भए । यो त्रि. वि. अन्तर्गत थियो । वृद्धावस्थामा पनि अध्ययनरत हुने उनको खास बानी थियो ।
१९९३ भदौ २१ देखि २०६५ कार्तिक २८ गतेभित्र मदनमोहन जोशीका सामाजिक क्षेत्रका कार्यहरु धेरै छन् । मलाई घत परेका एकदुई कुरा यहा“ राख्दछु ।
२०२७ सालमा भारतबाट इन्जिनियरिङ डिग्री बोकी फर्केको बेला उनीसँग मेरो भेटघाटको क्रम मेरै बेरोजगारीको कारणले भइरह्यो । परासीमा एउटा स्कुल खोली त्यहा“ प्रधानाध्यापक भई पढाउन जान्थे उनी । नारायणघाटमा धेरै मित्रहरु उनीसँग माक्र्स र लेनिनबारे विचारविमर्श गर्न सा“झबिहान आउ“थे । उनको जोशी पुस्तक भवनमा प्रायः चिनियाँ पुस्तक र पत्रिका हुन्थे भने भित्तामा माक्र्स, लेनिन, स्टालिन, माओ त्से तुङ, चाउ एनलाई एवम् हो ची मिन्ह र गोर्कीका फोटोहरु लहरै टा“गिएका हुन्थे । नेपाली राजा–महाराज एवम् नेताहरुका फोटोहरु झुन्ड्याएको मैले कतै देखिन“ । यो क्रम रहिरह्यो । अर्कातर्फ उनले स्थापना गरेको जोसिलो प्रकाशनबाट केही प्रगतिशील विचारका पुस्तकहरु छापिन्थे र बिक्री हुन्थे । यस्ता पुस्तकमा सागर श्रेष्ठका दुःखी परिवार धेरै बिक्थे । मदनमोहन जोशी आफै“ धेरै पुस्तक जस्तो कि स्टालिन, हो ची मिन्ह, माओ त्से तुङबारेका पुस्तकहरु नेपालीमा उल्था गरी प्रकाशमा ल्याउ“थे । छोटकरीमा भन्नुपर्दा मदनमोहन जोशी कम्युनिस्ट पार्टीको सिद्धान्तका अनुयायी थिए भन्न थोरै शब्दले हुँदैन । त्यस्तै रुपलाल विश्वकर्मा, खगेन्द्र सङ्ग्रौला, विष्णुबहादुर, डी. आर. पोखरेल, हरि खनाल आदिका पुस्तक पनि प्रकाशमा ल्याएका छन् । चितवन र अरु धेरै ठाउ“मा उनले कम्युनिजमबारे प्रचार एवम् प्रसार अचुक रुपले गरिरहे । चितवनका धेरै प्रगतिशीलवर्गलाई झन्डै यिनकै चेलाहरु भन्दा फरक परोइन । प्रवर्तक हुन् यिनी ।
२०६३ सालमा मैले लेखेको मोहनबहादुर कायस्थका मुक्तकहरुमा उनले मन्तव्य लेखी मलाई प्रोत्साहित गरे । प्रज्ञा–प्रतिष्ठानमा भएको पुस्तक विमोचन कार्यक्रममा पनि भाग लिए । राम्रोसँग विषयवस्तुलाई प्रक्षेपण गरे । स्पष्टवक्ता भएकाले उनले चितवन पोस्टमा विमोचनबारे लेख्ने क्रममा जलपानमा केही असन्तुष्ट भएको पनि प्रस्ट्याए । त्यस्तै २०६४ सालमा मेरो आकाशवाणीबाट गजलहरुमा पनि मन्तव्य लेखे । म उनीप्रति यसरी लहसि“दै गए“ । उता नारायणघाटबाट प्रकाशित हुने पल्लवभित्र मदनमोहन जोशीद्वारा लिखित लेखसमेतलाई ओगट्ने समीक्षा लेख्ने अनुरोध स्वीकार गरी समीक्षा गरे । उनी मलाई एक प्राविधिज्ञ भएर यसरी साहित्य क्षेत्रमा लागेको देखेर अति प्रसन्न थिए । पछि पनि पल्लवको गजल विशेषाङ्कबारे पनि टिप्पणी गर्न भ्याए“ । मेरो चालीस फन्को यात्रासंस्मरण र राजनीतिज्ञहरुबारेको ठूलाहरु पुस्तक पढी मेरो लेखनमा रोचकता बढाइदिए । जोशी वंशावलीमा मेरो नाम लेखे ।
मदनमोहनबारे भन्नुपर्दा उनी गरिब समुदायभित्रका बौद्धिक व्यक्तित्व हुन् र माक्र्स र लेनिनका पुस्तकभित्रका अक्षरहरु पालन गर्ने विशिष्ट साधकमध्येका एक हुन् भन्दा हुन्छ । उत्साह धेरै, जा“गर धेरै, सोच अटुट गर्ने, अर्ती–उपदेश दिई नथाक्ने, नियमित व्यायाम र कसरत गर्ने व्यक्तित्वमा उनी दरिन्छन् । थोरै बोल्ने, मृदुभाषी उनी सरल बोलीचाली र पहिरनमा हि“ड्ने–डुल्ने गर्थे भने हुन्छ । साधारण खानगीमा रहन्थे उनी ।
मदनमोहन जोशी काठमाडौ“बाट प्रकाशित हुने ‘जनधारणा’ साप्ताहिक (बिहीबार निस्कने) पत्रिकाका स्थायी स्तम्भकार थिए । बन्दीपुर सामाजिक विकास समितिबाट प्रकाशित हुने स्मारिकामा आलोचनात्मक लेखहरु दिन्थे र छापिन्थे । नेपाल भाषामा पनि कलम चलाउ“थे । यति मात्र नभएर नाटकहरुमा भाग लिन्थे र प्रहसन गर्नमा माहिर थिए । साहित्यमा चाख राख्थे भन्ने प्रमाण उनको म मर्दिन“ (२०४६) भन्ने पुस्तकले छर्लङ्ग देखाउ“छ जहा“ २०११ सालदेखि २०२५ सालसम्मका कविताहरु पाइन्छन् । जेलमा परेको बखत पनि उनले कविता लेख्न छोडेनन् ।
आर्थिक अभावको कारणले उनले लेखेका तर अप्रकाशित धेरै लेखहरु, सुन्दछु, त्यसै थन्किएका छन् । बन्दीपुरका अग्रज खरिदार लालप्रसाद, आध्यात्मिक चिन्तक गोपाल पिया, शम्भुलाल प्रधान आदिबारे चितवन पोस्टमा संस्मरण छापेका छन् । यस्तै अरु वैद्य जगत्बहादुर कायस्थ, लालगोविन्द पिया, कोमलनारायण पियाबारे पनि संस्मरण लेखेको छु भन्थे, तर प्रकाशमा आएनन् । यसरी हेर्दा संस्मरण लेख्ने निकै हाबी भएका व्यक्तित्वमा मदनमोहन जोशी पर्दछन् ।
मदनमोहन जोशीले २०२६ सालतिर झन्डै ३३ वर्षको उमेरमा विवाह गरे र यिनका चार छोराहरु र एक छोरी छन् । एक पुत्र हाल अस्ट्रेलियामा छन् भने विवाहित छोरी पनि अस्ट्रेलियामा छिन् । भाइ अम्बिकामोहन र बुहारी कमला दुवै अमेरिकामा छन् । अर्का भाइ मुरारिमोहन अर्थशास्त्री हुन् र पाटन क्याम्पसका सहप्राध्यापक छन् । बुहारी सुचिता माध्यमिक स्कुलमा पढाउ“छिन् । यसरी पनि जा“चेर हेर्दा मदनमोहन जोशीमा सरस्वतीको वास भएरै भाइ–बुहारीहरुलाई बौद्धिक क्षेत्रमा उतारे भन्न कर लाग्छ । यो उनको पारिवारिक चिनारी हो ।
२०१० सालमा बन्दीपुरमा पढाउ“दाका उनका छात्रहरु हुन्— सी. एल. प्रधान, इन्द्र श्रेष्ठ, ध्रुवलाल पिया, चिजकुमार मित्र, भीमलाल प्रधान, मङ्गल प्रधान, चिजकुमार श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, केशा प्रधान, मन्दोदरी प्रधान, लक्ष्मी श्रेष्ठ, मोहन कायस्थ, अम्बिका जोशी, केदार पिया, तेजकुमार पिया, मोहनलाल श्रेष्ठ, महादेवी पिया, चमेली पिया, मेघपुञ्ज राजभण्डारी आदि थिए र मथुरालाल प्रधान, भरतलाल प्रधान, नरेन्द्र पटेल र प्रधान विष्णुकुमार श्रेष्ठ पनि हुन् । सबैको नाउ“ लिइएन, यहा“ कोही छुटे । सम्झना भएका मात्र नाम लिए“ । मदनमोहन सबैका प्यारा शिक्षक थिए ।
अन्तमा, सुने“— अब मदनमोहन जोशी रहेनन् । अत्यन्त दुःख लाग्यो । उनीसँग धेरै कुरा गर्न बा“की नै थियो तर अब यो आकाङ्क्षा अधूरै रह्यो । २०६३ सालमा उनी आफ्नो आ“खा ज“चाउन काठमाडौ“ आउ“दा मकहा“ एक रात बसे र यति धेरै कुराहरु त्यस रात उनीबाट सुने“ । उनी त सङ्घर्षसँग कत्ति नडराउने वयक्ति रहेछन् । बल्ल बुझे“ । उनीप्रति यो मेरो लेख एउटा कुनाबाट श्रद्धासुमन अर्पित हो । उनको चिन्तन र मननले सबैलाई भलो गरोस् । जागरुक र प्रगतिशील विचारका मित्रहरुले उनका विचारहरुबारे शोध गरुन् र सत्यतथ्य मूल्याङ्कन समाजका अगाडि आओस् भन्ने चाहन्छु । एउटा सत्य कुरो सुनाउ“छु— मदनमोहन जोशीसँग मेरो कहिल्यै पनि र कतै पनि राजनीतिक वादका पुष्ट वा अपुष्ट कुराहरु आपसमा भएनन् र नै उपर्युक्त मेरो लेख एउटा उनीमाथिको व्यक्तित्व चित्रण हो भन्न कत्ति पनि हिचकिचाउन्न“ म यस घडी । बस ।
मिथिला फुया“ल ‘सिन्धु’
म एक्काइसौँ शताब्दीकी नारी
हजारौँ वर्षदेखि दासत्व स्वीकार गर्दै आएकी मान्छे हुँ
आवश्यकतामा प्रयोग गरिएकी मालवस्तु पनि हुँ
हातगोडा कुज्याउँदै मुखका ताल्चा ठोकिएकी मान्छे हुँ
पिँजडाबाट थुनिएकी बन्दी चरी पनि हुँ ।
इतिहासमा
म इब्सनकी नोरा हुँ
म रिमालकी हेलेन हुँ
युद्धमोर्चाकी दुर्गा, काली हुँ
राष्ट्रियताकी जननी लक्ष्मीबाई हुँ ।
यो एक्काइसौँ शताब्दीमा
संसार बदल्ने यात्री पनि मै हुँ
मान्छेहरूको बस्ती सजाउने सौन्दर्य पनि मै हुँ
म एक्काइसौँ शताब्दीकी नारी हुँ
आश्चर्य नमान्नुहोला
कान्तिभित्र क्रान्ति खोज्ने नारी पनि मै हुँ ।
– चापाबोटे, सिन्धुली
रणेन्द्र बराली
मान्छेलाई मान्छे भन्न सिक
ए..पशुपतिको पूजा गरेर पाप पखाल्ने मान्छेहरू
शिवको वाहन भन्दै गोरुको खुट्टा ढोग्नेहरू
सबै हामी एकै प्रकृतिका उपज हौ भन्न त सिक
मान्छेले मान्छेलाई मान्छे गन्न त सिक
ए–पाटे बाघले दह्रेका घाइतेहरू
दुर्गादेवीको बाहन भन्दै दाह्रमा फूल चढाउनेहरू
जनावर आखिर जनावरै हो भन्न त सिक
मान्छेले मान्छेलाई मान्छे गन्न त सिक
ए–गाईमाताको गउत पिएर पवित्र हुनेहरू
लक्ष्मीको प्रतीक मानी गोवद्र्धन पुज्नेहरू
मानिस र पशुको पारख गर्न त सिक
मान्छेले मान्छेलाई मान्छे गन्न त सिक
ए–आपूmलाई पारङ्गत पारखी भन्नेहरू
भीमको अनुयायी भन्दै कुकुरलाई मुख चटाउनेहरू
विवेक गुमेपछि विष्फोटन हुन्छ यो सत्य मान्न त सिक
मान्छेले मान्छेलाई मान्छे गन्न त सिक ।
००
रमेश भट्टराई
जिरी र कविता
यात्रा देख्नु, हेर्नु र पर्गेल्नुमात्र होइन । यात्रा त चिरफार हो जीवन र समाजको । आÇनै चिरफार पनि हो यात्रा । नत्र मान्छेको मन वन, जङ्गल, बाटो र नदीनाला हेरेर पूर्ण हुने थियो नि ¤ जीवनसँग मिसिन्छ प्रकृति र मान्छे प्रकृतिसँग एकता र सङ्घर्ष गर्दै बाँच्यो र बाँच्नेछ । पूmल आफैँ कहाँ पूmल बन्छ र, तपार्इँले त्यसको प्रशंसा नगर्दा । मान्छे नभए पूmलको महŒव हुन्न, आफैँ फुल्छ, झर्छ र ओइलाउँछ । तर मान्छे र मान्छेको सौन्दर्यचेतले पूmललाई पूmल बनाउँछ । कमल कमल बन्छ, गुलाफमा सौन्दर्यको लाली चढ्छ । तब मान्छे मुस्कुराउँछ । समाज तपाईँ जन्मेको धर्तीको परिवेश । त्यहाँ धनी हुन्छन्, गरिब हुन्छन्, शोषक र शोषित हुन्छन् । तपाईँ को हो, कुन विचारको हो, वर्गीयरूपमा तपाईँ कोसँग जोडिनुहुन्छ, त्यही आधारमा तपाईँको विचार बन्छ । विचार नमिल्दाको यात्रा देवकोटाको भाषामा ठिमीले यात्रा हो । गयो, घुम्यो र फर्कियो । विचार मिल्नेसँग मन मिल्छ, तन मिल्छ, कुरा मिल्छ । हृदयमा प्रफुल्लता नभए यात्राको मजा पनि सकिन्छ । रसबिनाको यात्रा काँडाघारीको जीवनजस्तो ।
यस्तै मन मिल्नेहरूको यात्राको अवसर प¥यो मलाई पनि, म भन्नु के हामी धेरै यात्राका साथी । विदेशमा शयर गर्नेहरू समुद्रको मजाको कुरा गर्लान् तर म त मेरै पहाडका श्रम र पसिनामा मजा देख्ने प्राणी परेँ । ताप्लेजुङमा जन्मे पनि म मेरै हिमालमा रमाउँछु तर हिमालमात्रै हेरेर फुलेल हुन मेरो मन मान्दैन । सौन्दर्य त ओठमा हुन्छ, पाखुरीमा हुन्छ र मेहनतमा हुन्छ । मेहनतका क्षणमा तरतर पसिना झरेका ओठमा जुन सौन्दर्य हुन्छ त्यस्तो सौन्दर्य कथित मिस नेपालका मन र हृदयमा कहाँ पाउनु ? कृतिम सौन्दर्य शुष्कताको अर्को नाम हो भने प्राकृतिक सौन्दर्य जीवनको अर्को नाम हो । यही जीवनयात्रामा हामी निस्क्यौँ एकपटक । यो यात्रा थियो दोलखाको र दोलखाको जिरीको । नेपालका अल्पसङ्ख्यक जनजाति जिरेल र तिनकै थरबाट बनेको जिरी । जिरी जिरेलको पसिना र मेहनत खर्चेको धरती । जिरी नेपालका मेहनती जातिको सौन्दर्यको परिधान । जिरी सुन्दर भूगोल नेपालको । जिरी उत्तरतिरको नेपाली सपना र नयाँ नेपालले बिर्सन नहुने सुन्दर ग्रामीण बस्ती । जिरी उत्तरतिरको नेपाल र नेपालीको सुन्दर प्रतिमूर्ति । मेहनत गर्दा फल फलाउन सकिने सन्देश बोकेको स्वप्निल धर्ती ।
यही सानो धर्तीको यात्रा हाम्रो गन्तव्य थियो । दसैँ आउनै लागेको समय । बाली लहलाएको धरामा सुन्दर वास्ना थियो किसानको । किसान भन्नु के नेपालका श्रमिकहरू । श्रम गरेर पनि जीवन धान्न धौ–धौ किन ? जवाफ छ हामीसँग । श्रमको मूल्य कसले लुट्छ ? जवाफ छ हामीसँग । हामी यात्राको साथी साहित्यकारहरू । हामी यात्राका साथी कविहरू । हाम्रा सम्वेदना बग्छन् कवितामा । कवितामा भावनाको मूल फुट्छ र जवाफ ठडिन्छन् कलात्मक सोपानक्रममा । श्रमको मूल्य खोज्ने बेला हो यो र अधिकारको नारा ओकल्दै नयाँ समाज र जीवन खोज्ने बेला हो यो । हामी कविहरू श्रम लुट्ने, ठग्नेहरूका विरुद्धको हाम्रो सृजना । हामी कविहरू सङ्गठित व्यक्ति र शक्ति अनि विचारधारका अगुवा । हामी शक्तिशाली कविता कसरी ओकल्ने भन्ने कुराको खोजीमा थियौँ । हामी सुन्दर कविता कसरी सिर्जना गर्ने भन्ने ध्याउन्नमा थियौँ । हामी कवितालाई जनताको पक्षमा कसरी पार्ने भन्ने कुराको चिन्तनमा थियौेँ । यही चिन्तनले डोहो¥याएको थियो हामीलाई जिरीको यात्रामा । त्यसैले हाम्रो त्यहाँ कुनै छुट्टै वर्ग थिएन, हाम्रो त्यहाँ कुनै छुट्टै विचार थिएन, हाम्रो त्यहाँ कुनै छुट्टै स्वार्थ थिएन । हाम्रो साझापन एकल थियो वर्गीय एकल, वैचारिक एकल र स्वार्थगत एकत्व ।
बसपार्क भन्नु के, नेपालको संसदीय भासका पार्टीहरूको प्रतीक । असरल्ल जीवन र असरल्ल यात्राका गन्तब्य । मान्छे तानिन्छ यताबाट र मान्छे तानिन्छ उताबाट । न कुनै नियम न कुनै आचार । जसरी हुन्छ सत्ता भनेझैँ जसरी हुन्छ यात्री हाल्ने ध्याउन्न । बीस वर्षसम्म पार्टी र सरकार चलाउनेको दशाको प्रतीक हो बसपार्क । त्यही बसपार्कबाट सुरु भयो हाम्रो गन्तब्य । हामी यात्रीहरू श्रमजीवी ड्राइभरका हातमा परेर हुइँकियौँ दोलखातिर । डेढ दर्जन साहित्यकारको लस्कर छुट्यो काठमाडौँबाट । निनु दाइ हाम्रो नेता । त्यसपछि आहुति, ईश्वरचन्द्र, हीतमणि, मातृका, गणेश, आधार, मित्रलाल, विष्णु, रामचन्द्र, आर.सी., सीता, निभा, भूपाल, पुण्य, केशव, अशोक, पञ्चकुमारी, चेतनाथ लगायतका कमरेडहरूको ताँती । कविताको प्रशिक्षण र कविताको यात्रा । जगदीश कमरेड र म पनि मिसिएका थियौँ यस ताँतीमा । हामी हाम्रो लक्ष्यप्रति समर्पित श्रष्टाहरू । हामी लक्ष्यलाई प्राप्त गर्ने सङ्घर्षशील योद्धाहरू । त्यसैले कविता सिर्जनाको यात्रा, कविता चिन्तनको चेत तथा कविताको धाराप्रवाहलाई प्रवाहित गर्ने यात्रीहरू हामी । यसपालि हामी कविताका बारेमा केही सिक्न हुइँकिएका थियौँ जिरीतिर । काठमाडौँको बेफुर्सदीबाट मुक्त जीवन खोज्दै हामी लागेका थियौँ उतातिर । काठमाडौँ उपत्यका छिचोलेपछिका हाम्रा कुराकानी रमाइला थिए र त्यही रमाइलोमा मेहनती किसानका हातका हलराउँदा बाली, प्रकृतिको सुन्दर हरियाली, नागवेलीदार झर्ना, प्रवाहशील नदी र कलपल पानी, जीवनका सुखदुःख, उकाली–ओराली, नारीका जीवन–पीडाजस्ता कुरालाई फ्यालबाट चहार्दै जिरी पुगेका थियौेँ ।
मैले कल्पना गरेको जिरीभन्दा वास्तविक जिरी भिन्न थियो । म सोच्थेँ जिरी कुनै डाँडामा होला । सिरसिरे हावाले कानमा हिर्काइरहला र हिमालको चिसोले सेकिरहला । तर जिरी रहेछ एउटा सानो तर सुन्दर उपत्यका । एउटा सुन्दर श्रमको सृजना जिरी । हरियो वन र सुन्दर डाँडाले घेरिएको जिरी । मेहनती र श्रमशील हातहरू दौडाइरहेको जिरी । आलुको भण्डार, चिज र प्राविधिक विशेषज्ञको निर्माता जिरी । जिरी एउटा सपनाको सानो तर सुन्दर धर्ती ।
२०६६ साल भाद्र १७ गतेको दिन । अखिल नेपाल लेखक सङ्घको आयोजनामा हाम्रो कार्यक्रम हुने थियो । हामी मूलतः कविता रचना प्रक्रियामा केन्द्रित थियौँ र सहभागीमूलक बनाएर कार्यक्रम सक्नु हाम्रो लक्ष्य थियो । सिर्जन कसरी गर्ने, प्रेरणा के हो, कविता सिर्जनामा प्रतिभा र साधनाको भूमिका के, लेखनपछि परिष्कार किन ? जस्ता प्रश्न हाम्रो कार्यक्रमका मूल प्रश्न थिए । यिनै मूल प्रश्नको समाधानमा केन्द्रित थियौँ हामी तर यसको केन्द्रमा थिए आ–आÇना सिर्जना । सबै कविताका सिर्जना सुन्नु र त्यसमा सबैको प्रतिक्रियापछि निष्कर्ष प्रस्तुत गर्नु हाम्रो कार्यक्रमको मूल स्वरूप थियो । त्यसैले हामीले सर्वप्रथम पण्डित चयन ग¥यौँ । निनु दाइ, आहुति, ईश्वरचन्द्र, घनश्याम, जगदीशचन्द्र हाम्रा पण्डित । त्यति भएर पनि त्यहाँ सोपानक्रमको कुनै सीमा र साँध थिएन । बोल्न सबै फुका, भन्न सबै स्वतन्त्र, त्यहाँ एकप्रकारको साम्यवाद विद्यमान थियो । त्यही विषयमा गति थप्ने काममा काठमाडौँबाट आइपुग्नुभएको थियो बलराम तथा दोलखाका मित्रहरू श्याम मैनाली, प्रेम बहादुर जिरेल, कलविन्दु फुयाँल, शावा जिरेल, पूर्णप्रसाद रिमाल, प्रमोद खड्का, विश्वमणि चौलागाईं, कृष्णदेव रिमाल, गोविन्द काÇले, गङ्गा कार्की यसको केन्द्रमा हुनुहुन्थ्यो । हाम्रो कार्यक्रमका मूल सहयोगी तथा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य । सांस्कृतिकर्मीको यत्रो कार्यक्रममा धन र मन चाहिन्थ्यो । दोलखाको पार्टी कमिटी यही धन र मन दिन तत्पर थियो हाम्रा लागि । यस घटनाले पनि हाम्रो मनमा उत्साह भरेको थियो, उर्जा भरेको थियो ।
निनुदाइले कार्यक्रम उद्घाटन गर्नुभयो । उद्घाटन भन्नु के औपचारिकता । एक किसिमको बिरालो बँधाइ । त्यसपछि आहुति, ईश्वरचन्द्र्र, मौहलाल, गणेश र गङ्गा कार्कीको सङ्क्षिप्त तर उद्देश्यमूलक मन्तब्य । उद्घाटनपछि दोलखाको आलु र नुनखुर्सानीको खाजा अनि कार्यक्रम प्रारम्भ । जिरी भन्नु के सानो बजार र घर, त्यही बजारमाथि बौद्ध गुम्बा । त्यही गुम्बाको सानो हल हामी स्रष्टाहरूको केन्द्र । भ¥याङ उक्लेर जानुमा थियो अर्को मज्जा । काठमाडौँ स्वयम्भूका भन्दा पनि लामो र उकालो भ¥याङ । प्रत्येक पटकको उक्लाइ र ओर्लाइ हाम्रा लागि रमाइलो र केही परिश्रमयुक्त पनि थियो । तर कविताको रौनकले बिर्साएको थियो हाम्रो पीडालाई ।
हामीले आहुति, ईश्वरचन्द्र, भूपाल र सीताका अनुभवको प्रस्तुतिबाट कार्यक्रम सुरु गर्ने निधो ग¥यौँ । आहुतिको अनुभव निकै रमाइलो थियो । ‘कम लेख्नु तर राम्रा लेख्नु कविको धर्म हो’ उहाँले सुरुमै यसो भन्नुभयो । ‘विषयवस्तु कवितालेखनको स्रोत हो, बिम्ब र प्रतीक त्यसका गहना हुन्’ आहुतिको सौन्दर्यशास्त्र बोलेको थियो । पारिजात, भूपि, पूर्णविराम, धुमिल, अवतारसिंह, मायाकोवस्की, आइछिङ, नजिम, हिम्मत, अवतारसिंह पारत उहाँका मनपर्ने कवि । साँच्चै आहुति त्यहाँ कवि होइन सौन्दर्यशास्त्रीका रूपमा उभिनुभएको थियो । त्यसपछि पालो आयो ईश्वरचन्द्रको । ईश्वरचन्द्रले पहिलो बसाइमा नै कविता पूरा गर्ने रमाइलो अनुभव सुनाउनुभयो । बिम्ब, प्रतीक असचेतरूपमा आउँदारहेछन् उहाँका । घटना घट्नु, त्यसबाट प्रभावित हुनु र कविता लेख्नु उहाँको सिर्जनप्रक्रियाको मूल मर्म रहेछ । भूपालले पनि शास्त्रमा बाँधेर नलेख्ने उद्घोष सुनाउनुभयो र वैरागी काइँलाको कविताको आदर्शबाट डोरिएको अनुभव बताउनुभयो । सीताजीले पितृसत्ताको सामन्ती संस्कारका विरुद्धको सचेतनाका कारण कविता लेख्न थालेको अनुभव सुनाउनुभयो । यी अनुभव हाम्रा लागि अनुभवका स्रोत थिए भने सिकारू मित्रका लागि प्रेरणाका उद्घोष ।
अनुभवका आदान–प्रदानको पृष्ठभूमिपछि हामी कार्यक्रममा प्रवेश गर्ने चरणमा पुग्यौँ । हाम्रो उद्देश्य कविता राम्रा बनून् भन्ने थियो । त्यसैले अब हाम्रो खुल्ने, बोल्ने, टिप्पणी गर्ने र सुधार गर्ने क्षण आएको थियो । सर्वप्रथम कविता सुनाउने, त्यसमा सबैले टिप्पणी गर्ने, पण्डितहरूले कविताका मापदण्डसहित लेखन, अन्तर्वस्तु र रूपका बारेमा पृष्ठपोषण दिने र निष्कर्ष सुनाउनेजस्ता चरणमा हाम्रो कार्यक्रम बाँधिएको थियो । सर्वप्रथम पालो आयो मातृकाजीको । उहाँले ‘कलिला जूनहरूको श्रद्धान्जली’ शीर्षकको कविता सुनाउनासाथ सिङ्गो हल प्रतिक्रियाका लागि उत्साहित बन्यो । त्यहाँ एकप्रकारको शास्त्रार्थ नै चल्न थाल्यो । अशोकजी त्यसको केन्द्रमा हुनुभयो र पछिल्ला प्रत्येक कवितामा उहाँको टिप्पणीले रमाइलो र उत्साह पनि थपिरहे । मातृकाजीको कविता पहिलो हुँदा त्यसका बारेको बहससँगै कवितालेखनको रमाइलो बहस पनि अघि बढ्यो । शीर्षक, विषयवस्तु, बिम्ब, प्रतीक, भाषा, लय सबैमा रौँचिरा व्याख्या र छलफल भए । त्यहाँ सर्वत्र कविता नै छायो र कविता सम्पूर्ण सहभागीको मन–मनमा दौडिन थाल्यो । कहिलेकाहीँ त यस्तो लाग्थ्यो मातृकाजीको कविता कविता नै भएन कि ? कहिले यस्तो लाग्थ्यो अब कविता नै लेख्न सकिन्न कि ¤ कहिले यस्तो लाग्थ्यो परिष्कार नगरिकन कविता लेख्नु अकवि बन्नु हो । साँच्चै मातृकाजीलाई निहुँ बनाएर त्यहाँ कविताको सौन्दर्यशास्त्रको बाढी नै बगेको थियो । सब मन र मुटु एक थिए, सबका हृदय झङ्कृत थिए र सबका मस्तिष्कमा कविताका रहल दौडिएका थिए । त्यहाँ संरचनाको चर्चा भयो, अन्तर्वस्तु र रूपको संयोजनका कुरा भयो, बिम्बको दृश्यकरणको बारेमा टिप्पणी भयो, समष्टि प्रभाव र प्रभावकारिताको खोजी भयो, अन्तर्लय र बाहृयलय, वर्णहरूको वितरण, आवर्तन तथा प्रत्यावर्तन, पूर्वापरसम्बन्ध तथा सम्प्रेषणीय जस्ता पक्षमा बहस भयो । नेपाली साहित्य परम्परामा नै सायद कवितामा यस्तो बहस र छलफल भएको पहिलो घटना थियो । यति व्यवस्थित छलफल भएको पहिलो सन्दर्भ थियो । प्रगतिवादी कवितामा अन्तर्वस्तु र रूपको कुरा त हुन्थ्यो तर यसरी कवितामै केन्द्रित भएको इतिहासकै पहिलो यात्रा थियो । लगभग तीन घन्टाको छलफलले कविताको वास्तविकताको पहिचान गरेको थियो । रमाइलोचाहिँ के थियो भने त्यहाँ कतै सिद्धान्तको कोरा गफ थिएन, प्रयोगको सन्दर्भ थियो, कविताभित्र पसेर कविताको सौन्दर्यको खोजी गर्ने काम भएको थियो । त्यसमा पनि सबैलाई कविताका बारेमा भन्न, बोल्न र टिप्पणी गर्न स्वतन्त्रता प्रदान गरिएको थियो । मातृकाजीको कविताको लामो छलफलपछि पालो आयो गणेशजीको । आÇनो कवितालेखनको प्रेरणा र लेखनका क्षणको अनुभूतिपछि उहाँले कविता सुनाउनुभएको थियो । टिप्पणीको सिस्ने झम्टामा पर्ने डरले अब कविमित्ररू सचेत भइसक्नुभएको थियो । त्यसैले सबैले आÇना अपेक्षाकृत सुन्दर कविता सुनाउन थाल्नुभयो । तैपनि सकारात्मक र नकारात्मक कोणबाट बहस र छलफल गर्ने तथा कवितासिर्जनाका विषयमा सैद्धान्तिक संश्लेषण गर्ने क्रम निरन्तर चलिरहृयो । कविता त्यहाँको एउटै लक्ष्य, कविता त्यहाँको एउटै जीवन । वन, पहाड, हरियोपन सबैमा कविता । मैले बाहिर निस्केर एकपटक जिरीलाई दोहो¥याएर हेरेँ । सिधा माथिको ढुङ्गेलाई हेरेँ । परको ठूलो पाताललाई हेरेँ । आकाशमा कुहिरो सेताम्मे थियो तर हाम्रो मन भने कविताजस्तै प्रफुल्ल । एउटै विचार र वर्ग, एउटै चिन्तन र दृष्टिकोण र लेखनमा क्रियाशील साथीहरूका सकारात्मक सोच र प्रतिक्रिया । कस्तो सुन्दर थिए हाम्रा मनहरू जिरीका मेहनती र श्रमशील हातहरूले बनाएको ढुङ्गाको छानो भएका सुन्दर घरहरूजस्तै ।
गणेशजीको कवितावाचन क्रमपछि मित्रलालजीको पालो । छन्दमा लेखिएको कविताको वाचन । छन्द मिलाउनुपर्ने कि नपर्ने । बहसमा सहभागिता बढेकै छ । ‘छन्दका नियम पालना नगर्नेले छन्दमा कविता नलेख्नु ।’ आहुतिको निष्कर्ष थियो । कविताको अन्तर्वस्तु कस्तो हुनै पर्छ भन्ने विषयमा छलफल । सुधारवादी र यथार्थको जीवनको चित्रणले प्रगतिवादी कविता बन्छ त ? भन्ने विषयमा प्रश्नोत्तर र विषयवस्तु र छनोट प्रक्रियामा ध्यान पु¥याउँदै प्रगतिवादी कवितानै लेख्नुपर्छ भन्ने निष्कर्ष । हाम्रो कविताले जीवनलाई चिनेर मात्र पुग्दैन, समाजलाई बोध गरेर मात्र पुग्दैन, यसले जीवन र समाज बदल्ने चेतना बोक्नुपर्छ समग्र निस्कर्ष ।
मित्रलालपछि निभा शाहको पालो । ‘ओख्ली कमिनी’ उहाँको अपेक्षाकृत सुन्दर कविता । त्यही कविता सुनाउनुभयो त्यहाँ पनि । त्यही कविताका विविध पक्षमा पनि छलफल गरियो । समस्याको पहिचान गर्दै शक्तिशाली कविताबिम्बको खोजी गर्नै पर्ने कुरा गरियो । त्यसपछिको निरन्तरतामा सामेल हुनुभयो विश्वमणि चौलागाईं, आर.सी न्यौपाने, केशव सिलवाल, पुण्यप्रसाद आचार्य, विष्णु भण्डारी । चौलागाईं दोलखाको मित्र । आर.सी.को कविता भनाइमा ओज थियो । आफैँले सिकारू भनेर सुरु गरे पनि कविता बनाउने कलामा बहस गर्ने अवसर दियो उहाँको कविताले । केशवजीको कविता सुन्दर थियो र सम्भावना बोकेका कविताका रूपमा उहाँको उदय हुँदै छ भन्ने निस्कर्ष निक्लन्थ्यो । विष्णुजी कवितालेखनमा निरन्तर लागिरहेकै व्यक्तित्व । महाकाव्य सिर्जनातिरको यात्रामा लाग्नुभएका विष्णुजीमा पनि निरन्तरता र तिख्खरता बढ्दो छ ।
यी सबै कविका कविताबाट हामीले कविताको राम्रो सौन्दर्यशास्त्र निर्माण ग¥यौँ । सहभागी मित्रहरूको उत्साह आयोजकका लागि प्रेरणाको स्रोत बन्यो । उत्साहका साथमा कविता नै लेख्न नसकिने हो कि भन्ने आशङ्का पनि थियो । आÇना कविता साँचो कविता बन्न नसकेकोमा चिन्ता पनि थियो । राम्रा कविता कसरी बनाउने भन्ने जिज्ञासा पनि थियो । कवितालेखनको नयाँ आशा पनि जागृत भइरहेको थियो । यही बीचमा समयले पनि नेटो काटेको थियो । साँझको सात बज्न लागेको थियो र जिरीलाई अँध्यारोले छोप्न लागेको थियो । हामीले आजको कार्यक्रमको समापनको घोषणा ग¥यौँ र भोलि बिहान सात बजे भेला हुने वाचासहित छुट्यौँ ।
सूर्यको आगमनसँगै हामी कार्यक्रमस्थलमा लाग्यौँ । भदौ महिनाको जिरी न शितल न गर्मी । भ¥याङ उक्लिँदा भने हाम्रा शरीरमा चिट्चिट पसिना । उक्लने समय कटौनीमा घनश्याम सर सिँढीको सङ्ख्या गन्दै हुनुहुन्थ्यो । १४२–४३ सम्म गन्नुभयो क्यारे त्यसपछि उहाँ पनि थाक्नुभयो । थकाइ भन्नु के एउटा रमाइलो । सङ्घर्ष, जनयुद्ध र क्रान्तिमा थकाइ त लाग्छ तर त्यो थकाइ आनन्दको अनुभूति पनि हो । त्यो थकाइ जीवनको नयाँ यात्राको तरङ्ग पनि हो । मनमा शान्ति मिल्छ, मुक्तिको खोजी गर्दा । मनमा शान्ति मिल्छ सङ्घर्षपूर्ण यात्रा तय गर्दा । हामी स्रष्टा जनताको मुक्तिमा समर्पित । हामी स्रष्टा जीवनको नयाँ यात्रामा समर्पित । त्यसैले ढुङ्ग्यानभित्र पनि छिचोल्नुपर्छ हामीले । सिस्नुघारी पनि पार गर्नुपर्छ हामीले । हाम्रो यात्रा लामो । त्यसैले जिरीको भ¥याङ त हाम्रो जीवनको सानो समय । यात्राको सानो क्षण ।
मित्रहरू आउँदै गर्दा तोकिएको समयभन्दा केही पछि हामीले कार्यक्रम सुरु ग¥यौँ । समयको पालनाले संस्कृति सिकाउँछ तर हामी संस्कृतिकर्मी नै समयप्रति असचेत हुनु विडम्बनाको कुरा । अघिल्लो दिन पनि आयोजक मित्रको पर्खाइमा हामीले घन्टौँ बितायौँ । घन्टा एकजनाको मात्र हुन्न । २० औँ जनाको घन्टा जोड्दा बीस घन्टा हो र एक जनाका नाममा बीस घन्टा बिताउन बाध्य हुँदा पनि हामीले समयसंस्कृतिमा ख्याल गर्न सकेनौँ । समय हाम्रो संस्कार हो, जीवनपद्धति हो र जीवनशैली हो । समयका बारेमा असचेत हुन, समयलाई बेवास्ता गर्नु कम्युनिष्ट आचरण होइन । मित्रलालजी र म समयका यिनै बहसमा एकछिन् रङ्मगियौँ । जेहोस् यहाँ हामीले केही साथीलाई नपर्खेरै कार्यक्रम सुरु ग¥यौँ ।
बिहान कवितासम्बन्धी बहस अशोक सुवेदीबाट सुरु भयो । अशोकजी त्यहाँको बहसको मुख्य वक्ता । टिप्पणी गर्न नछाड्ने टिप्पणीकार । कार्यक्रमलाई रमाइलो पार्ने र उत्साह भर्न पनि उहाँ हरेकका कविता नछाड्ने । यसबेलाचाहिँ उहाँको आÇनै पालो । ‘भरियाहरू हिँडिरहेका छन्’ शीर्षकको कविता । उहाँका कविता पनि टिप्पणी हुन किन छाड्थ्यो र ? विचार, भाव, वर्णनात्मकता, अनुभूति, शैली सबै कोणबाट विचारहरू आए । हिजोको छलफलको रमाइलोपन आज पनि उस्तै । हिजोको छलपललको जीवन्तता आज पनि उस्तै । अशोकजीपछि ईश्वरचन्द्र ज्ञवालीले ‘लिखु मेरो यात्रा’ शीर्षकको कविता वाचन गर्नुभयो । जिरी भेलाको हाम्रो उद्देश्य नयाँ साथीलाई सिकाउनु र स्थापित कविहरूलाई स्तरीकरण र परिमार्जनप्रति सचेत बनाउनु पनि थियो । त्यसैले ज्ञवालीजीका कवितामा पनि पर्याप्त बहस भयो । यो बहस कसैलाई झार्ने, खसाउने नभएर सबैलाई सिकाउने खालको थियो । परिष्कार र परिमार्जनपछिको सुन्दर कृति कति सशक्त हुन्छ भन्ने चेतना निर्माण गर्नु थियो । वर्गयुद्धको कथालाई कसरी सशक्त शैलीमा ढालेर प्रस्तुत गर्ने भन्ने थियो । प्रतीक र बिम्ब निर्माण र कल्पनाको संयोजनबाट अन्तर्वस्तुलाई कसरी राम्रो पार्न सकिन्छ भन्ने सन्देश निर्माण गर्नु थियो । त्यसैले सबैका कविताका राम्रा र नराम्रा पक्षका बारेमा हामी त्यहाँ खुलेका थियौँ । कहिल्यै टिप्पणी गर्न नमान्ने साथीको पनि मन फेरिएको थियो । यही रमाइलोमा ज्ञवालीजी पनि पर्नुभयो । ज्ञवालीजीपछि मोहलाल चन्दले आÇनो कविता सुनाउनुभयो । ‘अन्तरसम्वाद’ शीर्षकको उहाँको कविता सुनेपछि मलाई लाग्यो उहाँ त कलाकारमात्र होइन कवि पनि हुनुहुँदोरहेछ । कविता सिर्जनाकर्म हो भने त्यस कर्ममा लाग्ने र त्यसलाई बलशाली बनाउँदा उहाँले पक्कै नयाँ–नयाँ कविता जन्माउनु नै हुन्छ । मोहलालजी पछि पालो आयो बलराम तिमल्सिनाको । उहाँको कविता छन्दमय, त्यसैले उहाँको कविताले लयको क्रमभङ्ग गरेको थियो । ‘आँधीको आराधना’ कविताको शीर्षक । छन्दमा लेख्दा छन्दभङ्ग हुनुहुन्न भन्ने नयाँ निष्कर्षमा हामी पुग्यौँ । छन्दको पालना नियमको पालना पनि हो । नियममा चल्न नसक्दा बरु बाटो छाड्नु राम्रो भन्ने छलफलमा हाम्रो सहमति ।
दोलखा सुनरावतीका मित्र श्याम मैनाली । उहाँको ‘सपना सम्वाद’ निकै राम्रो कविता । कवितालेखन सहरमै बस्नुपर्छ भन्ने रहेनछ । सुनरावतीको परिश्रमी हातले पनि जन्माउँदोरहेछ सुन्दर कविता । यसपछि पालो आयो हीरामणि दुःखीको । हिजोसम्म कवितामाथि धेरै सिस्नोपानी लगाइयो कि ? भन्ने हिरामणि आज निकै खुलस्त भइसक्नुभएको थियो । सधैँ ताली पाउने कविताले गाली पाएपछि केही मित्रहरूमा कविता लेख्नै नसकिने चिन्ता पनि पलाएको थियो । समालोचक त खाली गालीमात्र पो गर्छन् कि भन्ने शङ्का पनि पलाएको थियो । तर वास्तविकता त हामी जिरीमा गएर हाम्रो लेखनको समीक्षा गर्दै थियौँ । त्यसै सुन्दर सिर्जनालाई अझ सुन्दर बनाउने तपस्या गर्दै थियौँ । नराम्रा भए तिनलाई कसरी राम्रा बनाउने भनेर चिन्तन गर्दै थियौँ । कविता हतारमा नछाप्ने बरु धैर्य भएर परिमार्जन गर्ने कौशल सिक्दै थियौँ । प्रारम्भमा आएको चिन्ता बिस्तारै हट्दै थिए र त्यही क्रममा नै हीरामणिले ‘.................’ शीर्षकको कविता सुनाउनुभएको थियो ।
हीरामणिपछि रामचन्द्र हुमागाईं र प्रेमबहादुर जिरेलले कविता सुनाउनुभयो । कवितालाई कसरी परिष्कार गर्ने भन्ने बारेमा उहाँहरूले खुलेर जिज्ञासा राख्नुभयो । त्यसपछि पालो आयो भूपाल राईको । ‘पिया प्रदेशको हिसाब’ उहाँको कविताको शिर्षक । उहाँका कवितामा पनि सकारात्मक, नकरात्मक पक्षको छलफल खुलेरै भयो र अन्तर्वस्तु चयन, संयोजन र प्रस्तुतिमा नयाँ निष्कर्षहरू पनि बन्दै गए । भूपालजीपछि दोलखाकै शान्त ब. नेपालीले कविता सुनाउनुभयो । त्यसपछि सीता शर्माको ‘साथीलाई चिठी’ र पञ्चकुमारी परियारको ‘गाडी तयार छ’ कवितामा बहस चल्यो । सुन्ने, सुनाउने र टिप्पणी गर्ने अनि सौन्दर्यशास्त्रीय निष्कर्ष प्रस्तुत गर्ने हाम्रो निरन्तरको क्रम यही थियो । प्रगतिवादी महिला लेखनमा लागेका मित्रहरूका कविता अझ शक्तिशाली र सुन्दर बन्नुपर्छ हाम्रो यही निष्कर्ष निस्कियो ।
चेतनाथ धमलाको पालो । ‘दूर दराज’ उहाँको कविताको शीर्षक । कविता हो कि अकविता छुट्याउन गाह«ो । कतै मोहन कोइरालाजस्तो कतै मदन रेग्मीजस्तो । बल्ल कविताले एउटा नयाँ छलफल पायो, एउटा नयाँ बहस भेट्टायो । हामीले पुनः कविताको सौन्दर्यशास्त्रका बारेमा नयाँ निष्कर्ष पहिल्यायौँ । चेतनाथजीपछि कृष्णदेव रिमालले ‘साथ देऊ रोक्न जान्छु’ र गोविन्द काÇलेले ‘पोतिएका शब्द र पोतिएका कलमहरू’ कविता सुनाउनुभयो । अन्तिम पालो थियो आहुतिको । आहुतिजीको ‘बाइसौँ शताब्दी’ कवितामा पनि रौचिरा किसिमले पस्यौँ ।
दुई दिनको बसाइ तर कवितामय यात्रा । कविता नलेख्ने र नसुनाउनेलाई पनि कविता लेखुँ–लेखुँ जस्तो लाग्ने । बिहान, साँझ र राती पनि कविताकै बारेमा छलफल । हाम्रो मन, तन र हृदय सबै कवितामय । निनु दाइ, म र जगदीशचन्द्र सरले कविता सुनाएनौँ तर कविताका बारेमा बोल्यौँ । हाम्रो मनलाई पनि फर्कायो कविता छलफलले । हाम्रो मनलाई पनि तर्सायो कविताको हलचलले र लेखौँ–लेखौँ लाग्ने बनायो । अन्तिमसम्म श्याम, निभा र केशवजीका प्रतिक्रिया पनि यस्तै थिए । समापनमा निनुदाइले सुन्दर र गम्भीर अभिव्यक्ति दिनुभयो । सिद्धान्तका कुरा नगरी सिद्धान्त निकाल्ने शैलीका बारेमा निष्कर्ष राख्नुभयो र घाइते बनाउन होइन मलम–पट्टी लगाएर राम्रा कविता बनाउन आएको सन्देश दिनुभयो । कविता कठिन र जटिल कर्म भए पनि सामग्रीको चयन, साधनापूर्ण यात्रा, बिम्बमा बोल्ने र सोच्ने तरिका यी सबै कविताका रचनाधर्मिता हुन् । निनुदाइको गुरुत्तर अभिव्यक्ति हामी सबैको प्रेरणाको स्रोत थियो । घनश्याम सरले कार्यक्रम सोचेभन्दा राम्रो भएकोमा दङ्ग परेको अभिव्यक्ति राखी कार्यक्रम समापन गर्नुभयो ।
जीवनमा यात्राको अनन्त अवसर आए पनि र यात्राले पर्याप्त स्वतन्त्रता पाए पनि यो यात्रा बिर्सिनसक्नुको यात्रा । अझ दोलखाका मित्रहरूको हार्दिकता, त्याग, समर्पण झन् सम्झनलायक । अझ समापनपछिको जिरी प्राविधिक शिक्षालयका विद्यार्थीसँगको भेटघाट अझ सुन्दर । त्यहाँ हामीले गीत र कविता सुनायौँ । विचार र परिवेशअनुसारको भाव । जीवनदर्शन अनुसारको शब्द । जेहोस् त्यो कार्यक्रम हाम्रा लागि झन् संस्मरणयोग्य । हामी खाना खाएर पल्ट्यौँ । अब भोलि बिहानै त्यो सुन्दर वातावरण छाड्नुपर्ने । त्यत्रा मित्रहरू र उहाँहरूको आत्मीयता गुमाउनुपर्ने । साँच्चै जीवन त मिल्नु र छुट्टिनुको सङ्गम रहेछ । जीवन त परिश्रमपूर्ण कर्मको अर्को नाम रहेछ । लक्ष्यको खोजीमा निस्केको यात्रा । गन्तब्यमा पुग्नुपर्ने यात्रा । हामी यात्राका सिपाही तर हाम्रा यात्रा विविध । त्यही विविधताको एकतामा सम्मिलित हामीले भोलिपल्ट बिहानै उठेर काठमाडौँको बस समात्यौँ । एउटा बसमा हामी खुल्यौँ काठमाडौँ नआएसम्म । जीवनलाई अझ उँचो बनाउने, विचारलाई अझ महान् बनाउने र मुक्तियात्रामा सदैव समर्पित हुँदै सुन्दर कविता लेख्ने वाचाका साथ हामी सबै बसबाट एकएक गर्दै ओर्लँदै गयौँ, झर्दै गयौँ र आ–आÇना गन्तब्यमा लाग्यौँ ।
००
राजीव शाह
बर्टाेल्ट ब्रेख्त र उनको थिएटर
क्ष्क्ष्
‘लेखनको माध्यमबाट लड ¤ तिमी लड्दै छौ भन्ने देखाऊ ¤ ऊर्जस्वी यथार्थवाद ¤ यथार्थ तिम्रो पक्षमा छ, तिमी पनि यथार्थको पक्षमा उभिऊ ¤ जीवनलाई बोल्न देऊ ¤ यसको अपमान नगर ¤ बुर्जुआ वर्ग यसलाई बोल्न दि“दैन भन्ने जान ¤ तर तिमीलाई अनुमति छ । तिमीले यसलाई बोल्न दिनै पर्छ । ती ठाउ“हरूलाई छान जहा“ यथार्थलाई झुठले, शक्तिले, चमक–दमकले लुकाइएको छ । अन्तर्विरोधहरूलाई उकास ¤ ...सम्पूर्ण मानवताकै लक्ष्य भएको आप्mनो वर्गको लक्ष्यलाई अघि बढाउनका लागि सबथोक गर, तर कुनै पनि कुरालाई त्यो तिम्रा निष्कर्षहरू, प्रस्तावहरू र आशाहरूसित मेल नखाएकै कारणले मात्र नछाड, बरु त्यस्ता निष्कर्षलाई नै छाडिदेऊ, तर सत्यता बाधक नबनोस्, तर यसो गर्दा पनि कुन कुरामा जोड देऊ भने त्यस भयड्ढर लाग्दै गरेको कठिनाइमाथि जित हासिल गरिसकिएको छ । तिमी एक्लै लड्दै छैनौ, यदि तिमीले उसमा लडाइ“का लागि उत्साह भरेको खण्डमा तिम्रो पाठक पनि लड्नेछ । तिमी एक्लैले मात्र समाधान खोज्ने छैनौ, उसले पनि खोज्नेछ । १ जर्मन नाटककार र कवि बर्टाेल्ट ब्रेख्तको यो उद्धरण १९४०–४१ म साहित्यमा यथार्थवादको एउटा अवधारणालाई सूत्रबद्ध गर्ने उनको प्रयासहरूको एक अड्ड हो । यस्तो साहसिक प्रयास बुर्जुआ आलोचकलाई अलिकति पनि मन पर्दैन र प्रस्ट भएजस्तै यसपछि साहित्य र कलामा यथार्थवादका सम्बन्धी उनको दृष्टिकोणलाई ‘व्यक्तिको पराधीनताको विचारधारा’२ को कोटि भनेर पूर्णतया खारेज गर्ने प्रयास भयो । एकजना आलोचकका अनुसार त यथार्थवादको ब्रेख्तको अवधारणा ‘समाजवादी यथार्थवाद नामक सपाट क्षुद्रता’ बाहेक अरू केही होइन ।
यस खालका आलोचक–तिनलाई आलोचक भन्न पनि सकिन्छ भने– यत्तिमा मात्र रोकि“दैनन् । उनीहरू एक पाइला अघि बढ्छन् र मानवतावादी ब्रेख्तलाई कम्युनिस्ट ब्रेख्तबाट अलग्ग्याउने प्रयास गर्दछन् । तीमध्ये एकजना त ब्रेख्तलाई ‘उच्चतर मेधाको भरमा कम्युनिस्ट शासनका सांस्कृतिक नोकरशाहहरूबाट पर्याप्त स्वतन्त्रता तानेर लिने’ ‘अति चतुर माक्र्सवादी’३ समेत भन्न पुग्दछ । यही आलोचक यसअघि भन्दछ ः ‘ब्रेख्तले द्वन्द्ववादी सिद्धान्तलाई आप्mनो थिएटरको एकमात्र मान्य सूत्र मानेर र आप्mना समस्त सैद्धान्तिक कामलाई यस विचारको अधीन ल्याएर मन्दबुद्धिका माक्र्सवादीहरूलाई माक्र्सको नाममा मूर्ख बनाए । ४ यहा“ हामी पहिलो पटक द्वन्द्ववादी सिद्धान्त माक्र्सवादका लागि बिरानो हो भन्ने भेद थाहा पाउ“छौँ ।
‘असली’ ब्रेख्त अर्थात् कलाकार र ‘छद्म’ ब्रेख्त अर्थात् दवावमा रहेका विचारवादीलाई एकअर्काका विरुद्ध उभ्याउने यस्ता विकृत प्रयासहरू भए तापनि बुर्जुआ आलोचक आप्mना कुनै पनि तर्कलाई सही प्रमाणित गर्न नराम्रोस“ग असफल भएका छन् । जतिखेर यी शब्द भनेका थिए उनी के गर्दैछन् बर्टाेल्ट ब्रेख्तलाई थाहा थियो ः ‘ सबै देशका श्रमजीवी जनताको हितमा, लेखकहरूले एक लडाकु यथार्थवादलाई अपनाउन ललकार्नु पर्दछ । केवल एक समझौताहीन यथार्थवादले सत्यतामाथि अर्थात् शोषण–उत्पीडनमाथि पर्दा हाल्ने सबै प्रयाससित सङ्घर्ष गर्नेछ केवल यसले मात्र शोषण र उत्पीडनको कठोर निन्दा गरेर त्यसको पोल खोल्न सक्तछ ।’५
पछि ब्रेख्तले जतिखेर सामाजिक यथार्थवादमाथि एक थेसिसको रचना गरेपछि यथार्थवादका सम्बन्धमा उनको दृष्टिकोण अझ बढी प्रस्ट भयो । सोभियत आलोचक आइ.फ्रादलिन भनेजस्तै यो थेसिस थिएटरसित सम्बद्ध बिन्दुहरूसम्म मात्र सीमित छैन, यसका बृहत्तर अर्थ छन् र यसले कला–साहित्यका सबै विधाहरूको सन्दर्भ लिन्छ । ६ यसमा ब्रेख्त भन्दछन् ः ‘समाजवादी यथार्थवाद समाजवादबाट निःसृत कलाको माध्यमबाट जीवन र मानवीय सम्बन्धहरूको तथ्यपरक प्रतिनिधित्व हो । यो प्रतिनिधित्वले सामाजिक प्रगतिको सारसम्म पुग्ने अवसर प्रदान गर्दछ र समाजवादी किसिमका बौद्धिक प्रतिक्रियाहरूलाई उत्प्रेरित गर्दछ । ‘पू“जीवादी विश्वमा व्याप्त सङ्कीर्ण भाग्यवादमाथि चोट पुर्याउ“दै उनी भन्दछन् ः‘समाजवादी यथार्थवादको आधारमा सृजित कुनै पनि कलाकृति सामाजिक विकासका द्वन्द्वात्मक नियमहरूलाई उद्घाटित गर्दछ, जसको ज्ञानले समाजद्वारा मनुष्यको नियतिको निर्धारणमा मद्दत गर्दछ ।’ यसरी आप्mनो थेसिसको भाग्यवादविरोधी प्रकृतिमाथि जोड दि“दै यसअघि उनी भन्दछन् ः ‘(यसले) चरित्रहरू वा घटनाहरूलाई ऐतिहासिक रूपबाट निर्धारित, परिवर्तनशील र आप्mनो प्रकृतिमा नै अन्तर्विरोधी रूपमा चित्रित गर्दछ ।’ सबभन्दा बढी ब्रेख्तले कुन कुरामा बल दि एभने समाजवादी यथार्थवादको नया“ अन्तर्वस्तुको फलदायी रूपले उपयोगका लागि अभिव्यक्तिका नया“ पद्धतिहरूको अन्वेषण र तिनमा निपुणता हासिल गर्नुपर्ने हुन्छ ।
त्यस्ता पनि आलोचक छन् जसका भनाइमा ब्रेख्तको ‘सर्वाधिक आकर्षक उपलब्धिहरूमध्ये एउटा के हो भने ‘उनी पार्टी लाइनको अन्धानुकरणका लागि आफुभित्रको कलाकारलाई मार्न असफल रहे ।’ ७ तर तिनलाई के कुरा जानेर निराशा हुनेछ भने समाजवादी यथार्थवादसम्बन्धी आप्mनो थेसिसमा ब्रेख्तले कला–साहित्यमा पक्षधरताको लेनिनवादी अवधारणाको प्रस्ट समर्थन गरेका छन् । उनी भन्दछन् ः ‘समाजवादी यथार्थवादको आधारमा सृजित कुनै पनि कलाकृतिले मजदुर वर्गको दृष्टिकोणलाई अभिव्यक्त गर्दछ र सबै असल मानिसहरूतिर निर्देशित हुन्छ ।’ यस किसिमले ब्रेख्तले समाजको क्रान्तिकारी पुनर्निर्माणमा मजदुर वर्ग र त्यसको विचारधाराको भूमिकालाई चिने र कला–साहित्यलाई त्यस आदर्शको पूर्तिका दिशामा निर्दिष्ट गर्नुलाई उनले कलाकारको पहिलो कर्तव्य माने ।
ब्रेख्तको महŒवपूर्ण लेखलाई आलोचक पिटर हिमेत्जले यसको ‘राजनीतिक विचारधारा’ ‘पुरानो’, ‘अमान्य’ र ‘बौद्धिक इतिहासको सङ्ग्रहालयमा राख्न लायक’८ भनेर आलोचना गरेका छन् । ब्रेख्तको यस लेखले ‘वैज्ञानिक युगको थिएटर’को आवश्यकतामाथि जोड दिन्छ, एउटा त्यस्तो थिएटर जसले ‘स्वयम्लाई ती मानिसहरूसित गा“स्तछ, जो महान् परिवर्तन ल्याउनका लागि अनिवार्यतः सर्वाधिक अधीर छन् ।’ ब्रेख्त के भन्दछन् भने यस्तो थिएटरले ती मानिसहरूको सार्थक मनोरञ्जन गर्नुपर्दछ ‘जो प्राकृतिक विज्ञानहरूबाट धेरै टाढा देखिन्छन्, तर उनीहरू त्यसबाट बलपूर्वक टाढा राखिएको कारणले मात्र तिनबाट टाढा भएका हुन् । तीसम्म पुग्नुभन्दा अघि उनीहरूले समाजको एउटा नया“ विज्ञान विकसित र लागू गर्नुपर्ने हुन्छ । उनीहरू वैज्ञानिक युगका वास्तविक सन्तान हुन् र यदि थिएटरले अघि जानु छ भने उनीहरूले मात्र यसलाई गति दिन सक्तछन् ।’९
निश्चित रूपले यो र यसखालका अनेकौँ उद्घोषणाहरूलाई ‘सपाट क्षुद्रता’ वा ‘बढी नै चतुर माक्र्सवादी’का तर्क गरेर वा ‘बौद्धिक इतिहासको सङ्ग्रहालयमा राख्न लायक’ भनेर बहिष्कार गर्न सकि“दैन ।
क्ष्क्ष्
ब्रेख्तले वैज्ञानिक युगको आप्mनो थिएटरलाई ‘एपिक थिएटर’को नाम दिए । उनका अनुसार एपिक थिएटरले घटनाहरूको बयान गर्नुपर्ने हुन्छ र दर्शकलाई ती घटनाहरू बुभ्mन बाध्य पार्नुपर्ने हुन्छ । यस्तो थिएटर पारम्परिक थिएटरका विपरीत हुन्छ, जसलाई ब्रेख्तले ‘अरस्तूवादी थिएटर’को सङ्ज्ञा दिएका छन् । उनले अरस्तूवादी थिएटरलाई खारेज गरे, किनभने त्यसले दर्शकहरूलाई भावनात्मक प्रतिक्रियाहरूको शृङ्खलामा बा“ध्दछ । एपिक थिएटरको मुख्य काय दर्शकको बुद्धिमत्तालाई सम्बोधित गर्नु हो । उनले ‘निर्णयहरूको टक्कर, निगमनात्मक तर्कहरूको सङ्घर्ष र विश्वमा जे जति गलत र मूर्खतापूर्ण छ त्यसको सचेत बोधलाई, घृणित र खराब कुराहरूको भावनात्मक बुझाइ१० को तुलनामा बढी महŒव दिए ।
तर ब्रेख्त भावनालाई पूर्णतया खारेज नगर्ने सवालमा सावधान थिए । उनले आप्mनो सिद्धान्तको त्यस्तो कुनै व्याख्याप्रति चेतावनी दिएका थिए ः ‘यद्यपि कय्यौँ पटक भन्ने गरिएजस्तो एपिक थिएटर (जुन भन्ने गरिएजस्तो अलिकति पनि अनाटकीय थिएटर होइन )ले ‘तर्क यस पक्षमा र भावना (संवेदना) त्यस पक्षमा’ भन्ने नारा दिन्छ भन्ने कुरा सही होइन ।’ यसले कुनै पनि किसिमले भावनालाई अस्वीकार गर्दैन । न्यायभावना, स्वतन्त्रताको चाहना र न्यायसङ्गत क्रोध आदिलाई बहिष्कार गर्ने कुराबाट यो कता हो कता टाढा छ, यसले तिनको उपस्थितिलाई स्वीकारेर अघि बढ्ने मात्र होइन तिनलाई जगाउने र बलियो बनाउने प्रयास गर्दछ ।’११
अरस्तूवादी थिएटरलाई निषेध गर्ने ब्रेख्तका कारण वास्तविक थिए । उनले भने ‘प्राचीन युगमा, अरस्तूको अनुसरण गर्दै, मानिसहरू त्रासदीबाट त्यसले मानिसहरूको मनोरञ्जन गर्नुपर्दछ भन्ने कुराभन्दा घटी वा बढी केही पनि चाह“दैन थिए । र अरस्तू जे लेख्छन् त्यसको विरेचन...एक शुद्धीकरण हो, त्यसलाई आनन्ददायी ढड्डबाट प्रस्तुत गर्नुपर्छ मात्र होइन, त्यसको उद्देश्य नै आनन्द हुनुपर्दछ ।’१२ यस अतिरिक्त प्राचीन युगका त्रासदीहरूमा ‘कथाको सम्मोहक संवेगको दृष्टिभ्रम’ नै सबथोक थियो र यो हरेक किसिमको काव्यात्मक एवम् नाटकीय साधनहरूबाट गरिन्थ्यो ।’१३ त्यस युगका चरित्र आलोचनाभन्दा पर थिए । ‘आप्mनो समयको समाजका केही आधारभूत नियमहरूको अवहेलना गर्ने ओडियसलाई मृत्युदण्ड दिइन्छ । देवगण यसलाई सुनिश्चित गर्दछन् । ती आलोचनाभन्दा पर छन् । शेक्सपियरका महान् एकाकी व्यक्तित्व, छातीमा आप्mनो भाग्यको तारा लि“दै अप्रतिरोध्य शक्तिसहित आप्mनो निरर्थक एवम् घातक भावावेग जारी राख्तछन्, उनीहरू आप्mनो पतनको तयारी गर्दछन्, ती धराशायी हुनुमा मृत्यु होइन, उल्टो जीवन नै अश्लील लाग्न थाल्दछ, तर यो ध्वंस आलोचनाभन्दा पर छ ।’१४
कुरो यत्ति मात्र छैन । ब्रेख्त के मान्दछन् भने समकालीन बुर्जुआ थिएटरमा सोफोक्लिज, रासीन वा शेक्सपियरको सटीक प्रस्तुति गर्ने न क्षमता छ न त इच्छा नै । ब्रेख्त केमा पनि ध्यान खि“च्तछन् भने प्राचीन नाटकहरूको आनन्द लिने हाम्रो क्षमता पनि कमजोर भएको छ, किनभने हामी पुराना कृतिहरूलाई सापेक्षित रूपले नया“ पद्धतिहरू– जस्तो तदनुभूति (भ्mउबतजथ) (आत्म तादात्म्य क्भाि ष्मभलतषष्अबतष्यल) बाट बुभ्mने प्रयास गर्दछौँ । प्राचीन मानिसहरू यसको कमै मात्र सहारा लिन्थे ।
शेक्सपियरको कोरिओलेनस (पहिलो अड्ढ) माथिको आप्mनो नोट्समा ब्रेख्तले बुर्जुआ थिएटरले कसरी शेक्सपियरलाई तोडमरोड गर्दछन् उल्लेख गरेका छन् । अधिकांश बुर्जुआ थिएटर पहिलो अड्ढको कोरिओलेनसलाई एक देशभक्तका रूपमा प्रस्तुत गर्दछन् जसका हात स्वार्थी प्लेबियन्स (साधारण जन) तथा कायर र कमजोर सिनेटका कारणले बा“धिएका छन् । शेक्सपियर के सोच्थे भने उनको नाटकले प्याट्रिसियन्स (कुलीनहरू)प्रति आलोचनात्मक दृष्टि राख्तछ र उनी ‘प्याट्रिसियन्सद्वारा मकैको जमाखोरीलाई पनि मुद्दाको विषय बनाउ“छन्’ । तर बुर्जुआ थिएटरहरूको प्रस्तुतिले आम रूपमा प्याट्रिसियन्सप्रति सहानुभूतिपूर्ण दृष्टि राख्तछ । यसै गरी शेक्सपियर मूलतः साधारण जनप्रति राख्छन्’ र तिनको विद्रोहलाई एक मूर्खतापूर्ण, गलतीका रूपमा प्रस्तुत गर्नबाट बच्तछन्’ भने बुर्जुआ थिएटरले चाहि“ तिनलाई ‘हास्यास्पद र दयनीय’ रूपमा प्रस्तुत गर्दछ । १५
यिनै कारणहरूबाट ब्रेख्तले गरेको कोरिओलेनसको रूपान्तरणसहित एक प्रस्ट निर्देश पनि छ ः ‘नायक र त्रासदीका तŒवको आनन्द लिनका लागि हामीले नायकसित तदनुभूतिको भावनाभन्दा अघि जानुपर्ने हुन्छ ं...हामीले कम्तीमा पनि केवल कोरिओलेनस को होइन, बरु रोमका र विशेषगरी प्लेबियन्सका पनि त्रासदीहरूको ‘अनुभव’ गर्नपर्दछ ।’१६
यस्ता सिद्धान्तहरूको आधारमा ब्रेख्तले एपिक थिएटरको आप्mनो अवधारणालाई विकसित गरे र यसमा आधारित धेरै नाटक लेखे । नामले नै इड्डित गरेजस्तो ब्रेख्तका नाटक आख्यानात्मक शैलीमा लेखिएका छन् । तिनको ढा“चा पहिलो दृष्टिमा ढीलो ढालो लाग्दछ, जसमा अलग अलग दृश्यहरूको एक शृङ्खला नै हुन्छ । नाटकीय–आख्यानात्मक उतार चढाव स्थापित गर्नका लागि ब्रेख्त थुप्रै टेकनिकहरू अपनाउ“छन् । जस्तो मञ्चमा उपस्थित कथावाचक (ककेसियन चक सर्किल), दृश्यहरूको पूर्व प्रस्तुति गरिने व्याख्यात्मक पद्यांश (लाइफ अफ ग्यालीलियो) र आउने दृश्यहरूको पूर्व सूचना दिने ब्यानर आदि । यद्यपि यस किसिमले नाटकमा हुने एक्सनलाई पहिले नै देखाएर ब्रेख्त सस्पेन्सको आकर्षणलाई (अरस्तूवादी नाटकको आवश्यक अड्ड) छाडिदिन्छन् र पनि उनको नाटकीय प्रतिभा, ऊर्जस्विता र नवीनताले निरन्तर उत्सुकता र जीवन्त रुचिलाई जगाइराख्तछ ।
यसभन्दा पनि बढी एक्सनका साथ दर्शकको पारम्परिक तादात्म्यलाई भत्काउनका लागि ब्रेख्तले आप्mनो प्रसिद्ध पार्थक्य प्रभाव (एलिएनेसन इफेक्ट) विकसित गरे र दर्शकलाई एक आलोचनात्मक दूरीमा राख्ने तकनीकहरू निकाले । यसअन्तर्गत त्यस्ता बिम्बको उपयोग गरियो जसले अकस्मात् सुपरिचित कुराहरूलाई पनि देख्नेहरूका लागि विचित्रको बनाइदिन्थ्यो र दर्शक चकित भएर त्यसको महŒवलाई जान्दथ्यो । ब्रेख्तको एपिक थिएटरमा पार्थक्य प्रभावको चर्चा लेखको आउने खण्डमा बिस्तारका साथ गरिएको छ ।
एपिक थिएटरको मूलभूत लक्ष्य यसको मुक्तिकारी मिसन हो । यस सम्बन्धमा ब्रेख्तलाई नै उद्धृत गर्नु उत्तम हुन्छ ः ‘हाम्रा थिएटरहरूले चीजहरूलाई बुभ्mदा हुने रोमाञ्चलाई प्रोत्साहित गर्नुपदृछ र मानिसहरूलाई यथास्थितिलाई परिवर्तन गर्नमा आनन्द लिनका लागि प्रशिक्षित गर्नुपर्दछ । हाम्रा दर्शकहरूले केवल प्रमिथस कसरी मुक्त भए त्यो मात्र सुन्ने होइन, बरु उनीहरूले उनलाई मुक्त गराउ“दाको आनन्दमा स्वयम्लाई पनि प्रशिक्षित गर्नुपर्दछ । हाम्रो थिएटरमा आविष्कारक र अन्वेषकद्वारा अनुभव गर्ने सन्तोष र आनन्दलाई उनीहरूले अनुभव गरून्, मुक्तिदायकको विजयको गौरवलाई अनुभव गरून् भनेर सिकाउनुपर्दछ ।’१७
क्ष्क्ष्क्ष्
ब्रेख्तका अधिकांश नाटकहरूमा कुन तथ्य देख्न सकिन्छ भने उनका नाटक भाग्यवाद विरोधी हुन्छन् र उनका चरित्र र घटनाहरू ऐतिहासिक रूपले निर्धारित, अन्तर्विरोधी प्रकृतिका र परिवर्तनशील हुन्छन् । र पनि ब्रेख्तका नाटकका केही गम्भीर गलत व्याख्याहरूको कारणले यस विषयमा विवाद भै रहने गरेको छ । आलोचक र ब्रेख्तका नाटकहरूका अनुवादक एरिक बेन्टलीले एक ठाउ“मा भनेका छन् ः ‘एकपछि अर्काे नाटकमा ब्रेख्तले मानव स्वभावको मानवीयतालाई अमानवीयताद्वारा कुल्चिएको देखे । पहिले उनी यस अमानवीयताको स्रोतका रूपमा संसारलाई हेर्थे, तर पछि उनले पू“जीवादी समाजका रूपमा यसलाई जाने । ब्रेख्तका अधिकांश नाटकहरूको अन्त यस निर्दयताको पूर्ण विजयसहित हुन्छ ।....ब्रेख्तको संसारमा खराबी सक्रिय रहन्छ भने असल पक्ष आम रूपमा निष्क्रिय रहन्छ । ..ब्रेख्तका नाटकमा निर्दयताका बारेमा अरू जे भनिए तापनि यो निर्दयताको स्वरूप र मात्राले दर्शकलाई तटस्थ रहने कुनै पनि किसिमको प्रयासलाई असफल बनाउ“छ, यसैमाथि ब्रेख्तको सैद्धान्तिक लेखनले जोड दिन्छ (जोड मूल पाठमा दिइएको) ।’१८ एकजना अर्का आलोचक वाल्टर एच.सोकेलले के भनेका छन् भने ब्रेख्तका नाटकमा त्रासदीको तŒव दुइवटा छद्म रूपमा आउ“छ ः ‘इच्छा र वास्तविकताका बीच अनिवार्य टक्करका रूपमा र लक्ष्यहरू र साधनहरूका बीच विरोधाभासका रूपमा ।’ सोकेलका दृष्टिमा अरू केही नभए पनि कम्तीमा ‘मदर करेज, कातरिन र शेन तेले निस्सन्देह हामीलाई त्यसैगरी भावनात्मक रूपले आलोडित गर्दछन् जसरी अरस्तूवादी नाटकका पात्रले गर्दछन् ।’..१९
यहा“ हामी सोकेलले गरेको गुड वुमन अफ शेजुआनकी शेन तेको विश्लेषणको चर्चा उनले कसरी त्यसका चरित्रलाई र नाटकको थिमलाई गलत ढड्डले बुझेका छन् भन्ने देखाउन गर्देछौँ । सोकेलले के ठानेका छन् भने नाटकको मुख्य पात्र शेन ते ब्रेख्तको थ्री पेनी अपेराको पिचमको यस कथनको परिधिमा आउ“छे ः
‘को चाह“दैन र ? दयालु र असल व्यक्ति बन्न ....
तर परिस्थितिहरूले दि“दैनन् त्यस्तो हुन ।’
सोकेलले यस नाटकका बारेमा गरेको विश्लेषण यस्तो छ ः
दयालु वेश्या शेनले अन्यायपूर्ण व्यावसायिक समाजमा बा“च्नका लागि कठोर मालिक र नाफाखोर शुई ताको भेसमा रहनुपर्ने हुन्छ । ‘उदार हुने शेन तेको इच्छा शुइ ताको नाफाखोर नीचताको माध्यमबाट नै पूरा हुन सक्तछ, अन्यथा ऊ असल बन्ने साधनहरूबाट वञ्चित हुन पुग्नेछ ।..’ यो विश्लेषण पछि सोकेल कुन निष्कर्षमा पुग्दछन् भने यो त्रासद नाटकको निष्कर्ष हो ः ‘भलाइ प्राप्त गर्नका लागि मानिसले आप्mनो भलाइलाई त्याग गर्नुपर्ने हुन्छ । उसको त्रासदी के छ भने ऊ प्रभावी रूपमा त्यो कहिल्यै बन्न पाउ“दैन जुन ऊ स्वाभाविक रूपमा छ ।’ २० सायद बेन्टलीले नहिचकिचाइ यहा“ यो पनि नहिचकिचाइ थपेका भए हुन्थ्यो ः‘ यो भयो निर्दयताको पूर्ण विजयको एउटा उदाहरण ।’
यदि ब्रेख्तका नाटकहरूको विश्लेषण गर्दा उनका प्रस्तुतिका प्रविधिहरू (टेकनिक)लाई ध्यान नदिने हो भने सोकेल र बेन्टलीका निष्कर्षहरूलाई मान्न सकिन्छ । तर ब्रेख्तका नाटक इब्सन वा स्ट्रिन्डबर्गका नाटकहरूसरह सोझो कथानक भएका छैनन् । ब्रेख्तियन थिएटरले दर्शकहरूलाई कुनै निर्णयमा पुग्नका लागि सहयोग गर्न थुप्रै मञ्चीय वा नाटकीय टेकनिकहरूको उपयोग गर्दछ । ब्रेख्तका कथानकहरूमा ‘जिन्दगीको एक अंश’ खालको यथार्थ हु“दैन, न त तिनमा भावनात्मक प्रभावशाली हुन्छ, जसले केवल ‘संत्रस्त, सहज विश्वासशील, सम्मोहित’ दर्शक बनाउ“छ । वास्तवमा तिनले जीवनका विस्तृत परिदृश्यलाई देखाउ“छन्, जसको उद्देश्य दर्शकहरूलाई सामाजिक विकासका द्वन्द्वात्मक नियमहरूको ज्ञान गराउनु हुन्छ ।
यही उद्देश्यले ब्रेख्त पार्थक्य प्रभावको आप्mनो विख्यात टेकनिक उपयोग गर्दछन् । ब्रेख्तले पार्थक्य प्रभावलाई यसरी परिभाषित गरेका छन् ः ‘पार्थक्य प्रभाव (अलगाउ) उत्पन्न गर्ने एउटा प्रस्तुतिमा हामी त्यसको विषयलाई चिन्न सक्तछौँ, तर साथै त्यो हामीलाई अपरिचित जस्तो पनि लाग्दछ । २१ सर्ट अर्गानममा उनी हामीलाई यस्तो टेकनिकको प्रयोग कसरी गर्ने प्रस्ट भन्दछन् ः‘कुनै कुरालाई अपरिचित बनाउने एक सरल तरिका प्रथाहरू र नैतिक सिद्धान्तहरूसित सम्बन्धित छ । कोही आउनु, कुनै शत्रुको प्रस्तुतिको ‘ट्रिटमेन्ट’, प्रेमीहरूको भेटघाट, राजनीतिक वा व्यापारिक समझौता–यी सबलाई ती सामान्य सिद्धान्तहरूका उदाहरणमा मात्र हुन् भन्ने किसिमले प्रस्तुत गर्न सकिन्छ । यस रूपमा देखाउ“दा त्यो विशिष्ट र एक पटक मात्र भएको घटना विचलित बनाउने खालको हुन्छ, किनभने त्यो मानौ आम कुरा हो, सैद्धान्तको रूप लिइसकेको कुनै कुरो हो भन्ने जस्तो देखिन्छ । के वास्तवमा यो यस्तै हुनुपथ्र्याे वा यो कुन किसिमको हुनुपथ्र्याे होला भनेर प्रश्न गर्दासाथ हामी त्यस घटनालाई अपरिचितका रूपमा नै हेर्दै हुन्छौँ । २२
यो ब्रेख्तका नाटकमा पार्थक्य प्रभाव हासिल गर्ने सबभन्दा महŒवपूर्ण र सामान्य तरिका हो । शेन तेको उदाहरणलाई निरन्तरता दि“दै हामी ब्रेख्तले कसरी यस टेकनिकलाई नाटकको चौथो दृश्यमा लागू गरे हामी हेर्नेछौँ । दृश्य चारमा धनी नाउले छालामा पानी भरेर एक ठाउ“बाट अर्काे ठाउ“मा पुर्याउने वोड्डको हातमा तातेको छडले डामिदियो । यसले गर्दा वोड्डको हात सधैँका लागि काम नलाग्ने हुन पुगेको छ । नाउसित मुआवजाको माग गर्न जजकहा“ जान उसलाई एकजना साक्षीको आवश्यकता पर्दछ । नाटककी असल महिला, वेश्या शेन ते घटना घट्ता त्यस ठाउ“मा उपस्थित थिइन । त्यसैले घटना हु“दा त्यहा“ भएका सबैलाई अदालतमा साक्षी बस्न अनुरोध गर्दछे । तर सबै कुनै न कुनै निहु“ बनाएर उसको अनुरोधलाई टाल्छन् । यस्तो उदासीनताबाट क्षुब्ध भएर ऊ भन्दछे ः
‘तिम्रो भाइमाथि हुन्छ हमला
र चिम्लन्छौँ आ“खा तिमी
पिटिन्छ ऊ, पीडाले चिच्याउ“छ
र बस्छौ मौन तिमी ?
आक्रमण गर्दछ हिंस्र पशु
र मारमुर पार्दछ आप्mनो सिकारलाई
अनि भन्दछौ तिमी
‘हामीले देखाएनौँ रिसराग,
त्यसैले छाडिदियो हामीलाई ।’ ’
नाउले वोड्डको हात डामिदिनुलाई एउटा मामुली घटना मान्न सकिन्छ । तर यहा“ ब्रेख्तले कसरी, प्रतिभाशाली ढड्डले, यस घटनालाई मात्र होइन, यसप्रति देखाइएको उदासीनतालाई पनि सामान्यीकृत गर्दछन् र त्यसलाई ‘अपरिचित’भैmँ बनाउ“छन् त्यो देख्न सकिन्छ । यो घटना त्यतिखेर अझ बढी सामान्यीकृत हुन पुग्छ जतिखेर केही संवादहरूपछि शेन ते दर्शकहरूलाई सम्बोधन गर्दै उदासीनताका बारेमा यस्तो टिप्पणी गर्दछे ः
‘जवाफ दिन छाडिसकेका छन् उनीहरूले
उनीहरू हु“दैनन् टसका मस
भनिएको जस्तो हो त्यस्तै गर्दछन्
छैन कुनै वास्ता उनीहरूलाई
उनीहरूलाई गर्दैन बाध्य दृष्टि हटाउन कुनै पनि कुराले
सिवाय भोजनको गन्धले ।’
यो टिप्पणी गरेर नाटककारले उदासीनताको प्रवृत्तिमाथि प्रश्न उठाएका छन् र यही कारणले गर्दा नै यसले एक पृथक्कारी साधनका रूपमा कार्य गर्दछ । के सत्य हो भने यहा“ ‘खराबी सक्रिय छ र भलाइ निष्क्रिय छ’, तर प्रश्न उठाइएकै त यसमा हो । नाटकले ‘निर्दयताको पूर्ण विजय’लाई स्वीकार गरेको होइन, तर यस ‘विजय’माथि प्रश्न उठाउ“दै छ । सोभियत आलोचक निकोलाइ लीजेरोभले नाटकको सारलाई सही परिप्रेक्ष्यमा राख्तै भनेका छन् ः ‘गुड वुमनको सम्पूर्ण नाटकीय संरचनाले अनिवार्यतः कुन निष्कर्षमा पुर्याउ“छ भने मनुष्यलाई विरूप बनाउने संसारलाई परिवर्तन गर्नु आवश्यक छ । यद्यपि लेखक यस निष्कर्षमा पुग्नका लागि दर्शकलाई स्वयम्माथि छाडिदिन्छ र दर्शकहरूको सक्रिय सहभागिता जागृत गर्नका लागि प्रयत्न गर्दछ ।’२३
संवादहरूको माध्यमबाट कसरी पार्थक्य प्रभाव उत्पन्न गर्न सकिन्छ भन्ने कुरो नाटकको अर्काे उदाहरणले प्रस्ट पार्नेछ । दशौँ दृश्यमा (नाटकको अन्ततिर) धर्तीमा फेला परेको ‘एकमात्र असल व्यक्ति’–शेन तेका बारेमा निर्णय सुनाउन तीन देवता फेरि मञ्चमा आउ“छन् । तर तिनलाई शेन तेले शुई ताको सा“चो कुरो भनेपछि निराशा हुन्छ ः
‘असल बन र बा“च पनि
तिम्रो आज्ञा
एक वज्रपात थियो
बा“डिदियो यसले मलाई दुइ प्mयाकमा..’
यसरी देवताहरूको नियम पृथ्वीमा पालन गर्न लायक छैन भन्ने निष्कर्षमा ऊ पुग्दछे ।
अनि ऊ एउटा सामान्य प्रश्न उठाउ“छे ः
‘किन ?
किन हुन्छन् खराब कामहरू पुरष्कृत
र दण्डित हुन्छन् असल काम गर्नेहरू ?’
यसको उत्तर नपाएपछि ऊ यो निष्कर्षमा पुग्दछे ः
‘जे जति गरेँ मैले थियो त्यो
आप्mनो छिमेकीको मद्दत गर्नका लागि
आप्mनो प्रेमीलाई प्रेम गर्नका लागि
आप्mनै नानीका आवश्यकताहरू पूरा गर्नका लागि
तपाईंको महान्, असल कामहरूका लागि
थिए“ म अति गरिब र अत्यन्त सानी ।’
शेन तेले देवताहरूलाई भनेका कुराहरूबाट के प्रस्ट हुन्छ भने देवताहरूले भेट्टाएको एकमात्र असल मानिसले पनि तिनका स्वर्णिम नियमहरूको पालना गर्न सक्तैन । र पनि देवताहरू भन्दछन् ः ‘ र यो नियम–विधान के होला ?–हामी हाम्रा नियम र विधानहरूलाई परित्याग त गर्न सक्तैनौँ नै, के संसारलाई परिवर्तन गर्ने हो ? कसरी ? कसबाट ? अह“ संसारलाई बदल्नु हु“दैन ।’ यहा“ देवताले जे भनेका छन् दर्शकमा त्यसको ठीक उल्टो प्रभाव पर्दछ र ब्रेख्त पनि यही नै चाहन्छन् । देवताका स्वर्णिम नियमहरू शोषक समाजमा काम लाग्दैनन्– नाटकले यसलाई पुष्टि गर्दछ र देवता यो जान्दछन् । तर विडम्बना के छ भने देवता आप्mना नियमहरूलाई राखिराख्न तत्पर छन् । त्यसैले निष्कर्ष निस्कन्छ ः संसारलाई बदल । नाटकको उपसंहारले एकदमै निपुणताका साथ के कुरा व्यक्त गर्दछ भने ः
‘तपाईं सोचिरहनु भएको छ हैन जुन नाटक
हेर्नुभयो तपाईंले आज
यो त कुनै निष्कर्ष मिलेन यसको ?
एक शानदार, चकत्कारी कथापछि
एक फोहोर अन्त लादियो हामीमाथि..
तर यसभन्दा राम्रो अन्त
कसरी सक्छौँ देखाउन हामी ?
के बदलिन सक्छ संसार ?
के बदलिन सक्छन् मानिस ?
के चल्न सक्छ नया“ देवताबाट काम ?
वा नास्तिकताबाट ?
आऊन् असल मानिसका असल दिनहरू
निकाल्नेछौ यसको बाटो तिमीले
भन्छौँ हामी यही
बाटो निस्कनेछ, निस्कनेछ बाटो
निस्किएरै छाड्नेछ बाटो ¤
नाटकको सुखान्त लेखिनेछ, तिम्रै हाथबाट ।’२४
यस्ता अनेकौँ उदाहरणबाट हामी कुन परिणामका पुग्दछौँ भने समग्रतामा ब्रेख्तले दर्शकहरूलाई आशावादी ढड्डबाट सोच्ने दिशाम प्रेरित गर्दछन् ।
यस किसिमले मदर करेज को विषयमा जे.ए. स्ट्यान जस्ता बुर्जुआ आलोचक के होहल्ला मच्चाउ“छन् भने कम्तीमा मदर करेज मा ब्रेख्तले सम्भवतः अनजानमै, ‘नाटकको द्वन्द्ववादलाई समाप्त हुन दिएका छन्’, नाटकको अन्तिम दृश्यमा ‘आपैmँ बनाएको जेलमा कैद नभएर त्रासद भाग्यको हातमा कैद’ आमाको बिम्ब प्रस्तुत गरेका छन् र यहा“ ब्रेख्तको पार्थक्य प्रभावको तकनीकलाई ‘फायर ब्रिगेड सरह’ (बेन्टलीका शब्दहरू) काममा लगाइन्छ ।’२५ यस्ता निष्कर्षहरू अरू नाटकका बारेमा पनि निकालिएका छन् । तर सधैँ के ख्याल राख्नुपर्ने हुन्छ भने ब्रेख्तको मञ्चीय टेकनिकहरूलाई सही ढड्डबाट विश्लेषण र नाटकमा तिनको उचित ढड्डबाट उपयोग नगर्दा स्ट्यान, बेन्टली वा सोकेलका निष्कर्षहरूमा पुग्ने खतरा रहिरहन्छ ।
क्ष्ख्
ब्रेख्त पार्थक्य प्रभावका टेकनिकहरू त्यतिखेरसम्म अधुरा रहन्छन् जतिखेरसम्म अभिनेता आप्mनो भूमिकाप्रति सचेत हु“दैनन् भन्ने कुरामा सचेत गराइरहन्थे । ब्रेख्तका शब्दमा ः ‘पार्थक्य प्रभाव उत्पन्न गर्न अभिनेताले आफुले अभिनय गरेको पात्रसित दर्शकहरूको तादात्म्य स्थापित गराउने सन्दर्भमा सिकेका सबै कुराहरू त्याग गर्नुपर्ने हुन्छ । दर्शकहरूलाई पूर्णतया तन्मय बनाउने प्रयासमा ऊ स्वयम् त्यसमा तन्मय हुनु हु“दैन । उसका मांसपेसीहरू खुकुला हुनुपर्दछ, किनभने घा“टीमा कस्सिएका मांसपेसीसहित टाउको घुमाउ“दा, जादुइ ढड्डले दर्शकहरूका आ“खा र शिर पनि त्यसस“गै फर्कनेछन् र यसले भड्डिमामाथि हुने सोेच वा प्रतिक्रियाबाट ध्यान हटाउनेछ ।
उसको बोल्ने तरिका न धर्मसभामा बोल्ने भाषणहरूजस्तो एकसुरे हुनु हुन्छ न त दर्शकहरूको होस गुम्नेगरी उनीहरूलाई मन्त्रमुग्ध बनाउने आरोह अवरोहपूर्ण नै हुनु हुन्छ । यदि उसले कुनै उन्मादी मानिसको भूमिका खेल्दैछ भने ऊ स्वयम् पागल लाग्नु हु“दैन, त्यस्तो भएमा अभिनेतामाथि केको पागलपन आएको हो दर्शकले कसरी ठम्याउ“छ ?’२६ ब्रेख्तको के भनाइ थियो भने नाट्य समीक्षकहरूद्वारा गरिने ‘ऊ (किड्ड) लियरको अभिनय गर्दै थिएन ऊ स्वयम् नै लियर थियो’ जस्तो फैसलाले अभिनेतामाथि साङ्घातिक प्रहार हुनेछ ।’
ब्रेख्तले बुर्जुआ थिएटरको मुख्य अभिनेता–स्टार– केन्द्रमा हुन्छ र अरू बा“की सबै अभिनेता त्यसमा लागि काम गर्दछन् भन्ने ‘निन्दनीय स्वभाव’का विरुद्ध पनि चेतावनी दिए । यस्तो अशिष्टताबाट बच्न उनले के सल्लाह दि एभने अभिनयलाई हरेक अभिनेताको सामाजिक दृष्टिकोण विकसित हुने गरी अभिनयलाई विकसित गरिनुपर्दछ ।
यस सिलसिलामा ब्रेख्तले ‘जेस्टस’ (नभकतगक) को अवधारणा विकसित गरे । यसको अर्थ हो ‘भड्डिमा (नभकतगचभ) र सार (नष्कत), मुद्रा (बततष्तगमभ) र दृष्टिकोण (उयष्लत) लाई साथसाथै विकसित गर्नु ःदुइ मानिसका बीचको सम्बन्धको एक पक्षको अलग्गै अध्ययन गरेर त्यसका आधारभूत कुराहरू निश्चित गर्नु र त्यसलाई शारीरिक वा मौखिक रूपले अभिव्यक्त गर्नु ।’२७ यस परिभाषाबाट प्रस्ट भएभैmँ यस टेकनिकले हरेक अभिनेतालाई आप्mनो भूमिकाअनुसार आप्mनो शारीरिक मुद्रा, बोल्ने तरिका र मौखिक भावभड्डिमा अपनाउन मद्दत गर्दथ्यो । ‘जेस्टस’का अभिव्यक्तिहरू ‘अत्यन्त जटिल र अन्तर्विरोधी‘प्रकृति २८का भएको कारणले ब्रेख्तले अभिनेताले आप्mनो पात्रमा निपुणता हासिल गर्नका लागि त्यसका विभिन्न कथनहरूस“गै त्यसका सहयोगी पात्रहरूको कथनहरूमाथि पनि पूर्ण ध्यान दिन जोड दिए ।
कुन नाटकमा कुन खालको ‘जेस्टस’ हुनुपर्दछ त्यसलाई प्रदर्शित गर्दै ब्रेख्त आप्mनो नाटक लाइफ अफ ग्यालिलियो (प्रारम्भिक दृश्यहरू)का उदाहरण लिन्छन् । पहिलो दृश्यमा, ग्यालिलियो (छयालीस वर्ष उमेरको) बिहानीपख दूध खा“दै शरीरको माथिल्लो भाग धु“दैछ र आन्द्रिया सार्ती नाम भएको बालकलाई पढाउन उत्सुक छ । हामी के पनि देख्तछौँ भने ग्यालिलियो र आन्द्रिया निःसङ्कोच एकअर्कासित कुराकानी गर्दैछन्– एकजना उत्सुकताका साथ प्रश्न सोध्दैछ र अर्काे तत्परताका साथ जवाफ दि“दैछ । ब्रेख्त के सम्झना गराउ“छन् भने यसलाई अभिनीत गर्दा नाटक जुन दृश्यमा समाप्त हुन्छ त्यसमा ग्यालिलियो अठहत्तरको भएको छ र आप्mनो पहिलेको चेलो आन्द्रियासित खाना खा“दैछ । यस उमेरमा ग्यालिलियो ‘नराम्ररी बदलिएको’ छ ऊ ‘असंयमित लोभले खाना झम्टिन्छ र उसको दिमागमा कुनै अर्काे विचार छैन ।’ आप्mनो शैक्षणिक मिसनसित अहिले उसको कुनै चासो छैन, यसलाई उसले ‘लज्जाजनक अवस्थामा’ ‘भारी भएभैmँ’ परित्याग गरेको छ । यस अन्तस“गै ‘कन्ट्रास्ट’ उत्पन्न गर्न आरम्भिक दृश्यमा ग्यालिलियोलाई आनन्दले दूध खा“दै र जिउ धु“दै गरेको देखाउनु आवश्यक हुन्छ– ‘आनन्द, यो उसले नया“ विचारबाट प्राप्त गर्दछ ।’ आफुप्रतिको उसको आसक्तिलाई राम्ररी देखाइनुपर्छ– ‘किनभने यतिखेर समाजलाई हानि पुर्याउने कुनै कुरा तपाईं नाटकमा पाउनु हुन्न ।’ तर के बिर्सनु हु“दैन भने धेरै भयङ्कर कुराहरू घटित हुनेवाला छन्– त्यसमध्ये एउटा के हो भने ‘जसले नया“ युगको अभिनन्दन गर्यो त्यो व्यक्ति आफुलाई एकजना निन्दनीय व्यक्तिका रूपमा अस्वीकार गरियोस् भनेर अनुनय गर्न विवश बनाइनेछ ।’ यस अतिरिक्त, आरम्भिक दृश्यमा ग्यालिलियो र आन्द्रियालाई निःसङ्कोच कुरा गर्दै गरेको देखाइनुपर्दछ– ‘यस्तो निकटको बन्धनले ध्यान तान्दछ, किनभने एक दिन यो बन्धन च्वाट्टै छिन्नेवाला छ ।’२९
यस किसिमका अनेकौँ उदाहरण दिइसकेपछि ब्रेख्त निष्कर्ष दिन्छन् ः ‘यस्ता सामग्रीलाई विखण्डित गरेर एकपछि अर्काे ‘जेस्टस’मा ढाल्दै, अभिनेताले पहिले आप्mनो कथानकमा निपुणता प्राप्त गर्ने प्रक्रियामा आप्mनो पात्रमा निपुणता हासिल गदृछ । सम्पूर्ण दृश्यबन्धमाथि राम्ररी काम गरेपछि नै उसले मानौँ एक छलाङ्मा आप्mनो पात्रलाई, उसका सबै विशिष्ट खुबीहरूसहित पक्रन सक्तछ ।’३०
ख्
‘जेस्टस’ बारेको आप्mनो निचोडपछि ब्रेख्त भन्दछन् ः‘सबै कुरो कथानकमा निर्भर गर्दछ, यो नाटकप्रदर्शनको स्पन्दन हो ।’ किनभने कथानकले नै अभिनेतालाई चर्चा गर्ने, आलोचना गर्ने र परिवर्तन गर्ने अवसर प्रदान गर्दछ । ‘कथानक थिएटरको ठूलो कार्बाही हो, घटनाहरूको त्यो समग्र संरचना, जसले प्रत्येक ‘जेस्टस’सहित सम्प्रेषणहरू र संवेदहरूलाई सामेल गर्दै दर्शकहरूको मनोरञ्जन गर्दछ ।’३१
त्यसैले कथानकका अलग अलग घटनाहरूको एक विशेष महŒव हुन्छ । तिनलाई जोडिएको नदेखिने गरी एकअर्कामा गा“स्नुपर्दछ । साथै, एउटापछिको अर्काे प्रसड्ड एउटा उचित क्रममा आउनुपर्ने हुन्छ र यसले दर्शकहरूलाई एक निर्णयमा पुग्ने पूर्ण अवसर दिनुपर्ने हुन्छ । हरेक प्रसड्डका शीर्षकको आफुभन्दा अघि र पछिको प्रसड्डसित ढा“चागत संयोजन हुनुपर्दछ । यसले एक सामाजिक दृष्टिकोणलाई पनि देखाउनुपर्ने हुन्छ–यसलाई लोकप्रिय रूप दिनका लागि यसमा अखबारी शैली वा लोकगान वा दृष्टान्तलाई उपयोगमा ल्याउन सकिन्छ । यी सबैले नाटकमा प्रभावशाली ढड्डले पार्थक्य प्रभाव उत्पन्न गर्न सहयोग गर्दछन् । ब्रेख्तका शब्दमा ः‘कथानकको प्रस्तुतीकरण र उचित तरिकाहरूबाट त्यसको सम्प्रेषण थिएटरको मुख्य काम हो । सबै कुरा अभिनेतामा निर्भर हु“दैन । अभिनेता, मञ्च सज्जाकार, रूप सज्जाकार, वेषभूषाकार र नृत्य निर्देशक –यी सबैको सम्मिलित प्रयासबाट थिएटरले कथानकलाई अघि ल्याउ“छ र त्यसलाई खोलेर देखाउ“छ ।’३२
यस बाहेक पार्थक्य प्रभाव उत्पन्न गर्न सङ्गीतले एउटा प्रमुख भूमिका खेल्दछ । ब्रेख्तका अनुसार, उनको एपिक थिएटरमा सङ्गीत सशक्त टिप्पणीका रूपमा विद्यमान हुन्छ । ब्रेख्तले आप्mना नाटकमा सङ्गीत दिने आप्mना साथी हान्स आइसलर र कुर्ट वेइलको निकै प्रशंसा गरेका छन् । लाइफ ग्यालिलियोमा घटनाहरूलाई एकअर्कासित जोड्न आइसलरले कसरी सहयोग गरे यसको चर्चा गर्दै ब्रेख्त भन्दछन् ः‘ग्यालिलियोका उत्सव भएका दृश्यहरूमा उनले गिल्ड (शिल्पकारसङ्घ)हरूको जुलुसका लागि एक विजयी र भयकारी सङ्गीत निर्माण गरे । यसले तल्लो तब्काले विद्वान् (ग्यालिलियो)को खगोलशास्त्रीय सिद्धान्तहरूलाई दिएको एक सीमासम्मको क्रान्तिकारी मोडलाई व्यक्त गर्दछ ।’३३
अन्तमा, ब्रेख्त ‘नाटकका सबै सहयोगी कलाहरू’लाई सबैले आफुलाई अर्पित गरेर विलीन हुने एउटा एकीकृत कलाकृतिको रचना गर्नका लागि नभएर नाटकसित मिलेर ‘साझा कार्यभारको दिशामा आआप्mनो ढड्डले अघि बढ्न’ आमन्त्रित गर्दछन् । प्रस्ट रूपमा, साझा कार्यभार ‘वैज्ञानिक युगका सन्तानहरूको मनोरञ्जन गर्नु र यस कामलाई ऐन्द्रिकता र परिहास (ह्युमर)का गर्नु छ । र थिएटरहरूको माध्यमबाट ‘उनीहरू (श्रमजीवी जनता)लाई आप्mनो जीवन सरलतम ढड्डले प्रस्तुत गर्न दिइनुपर्दछ, किनभने जिउनुको सरलतम ढड्ड कलासित जिउनु हो ।’३४
सन्दर्भ
१. ब्रेख्त, ‘थेसिस फर प्रोलेटारियन लिटरेचर’ क्लासिकल रिडिड्डस फ्रोम जर्मन लिटरेचर, बम्बे, १९६९, पृ. ३४१
२. ‘इन्ट्रोडक्सन’ पिटर देमेत्ज (सं.), ब्रेख्त ः ए कलेक्सन अफ क्रिटिकल एसेज, प्रेन्टिस हल, इं., एन.जे., पृ. ७
३. हान्स इगोन हल्यथुसन, ‘ब्रेख्तस् ड्रामाटिक थियोरी’ देमेत्ज (सं.) पूर्वाेक्त, पृ. ११४
४. पूर्ववत्, पृ. ११२
५. ‘थेसिस अन अर्गनाइजिड्ड दि वाचवर्ड ‘फाइटिड्ड रियलिज्म’, क्लासिकल रिडिड्डस फ्रोम जर्मन लिटरेचर, पृ. ३४१
६. आई. फ्रादलिन, ‘अन दि आर्टिस्टिक ओरिजिनालिटी अफ बर्टाेल्ट ब्रेख्त ड्रामा’, देमेत्ज (सं.), पूर्ववत्, पृ. ९८
समाजवादी यथार्थवादमाथि ब्रेख्तको लेख ‘समाजवादी यथार्थवाद र थिएटर’बाट आई.फ्रादलिनले उद्धृत गरेको, पृ.९७
७. गुन्थर रोह्रमोजर, ‘ब्रेख्तस् ग्यालिलिया’, दमेत्ज (सं.), पूर्ववत्, पृ. ११९
८. ‘इन्ट्रोडक्सन’, देमेत्ज (सं.), पूर्ववत्, पृ.७
९. ब्रेख्त, ए सर्ट अर्गानम फर दि थिएटर’(यसपछि ‘सर्ट अर्गानम’का रूपमा उल्लिखित) प्यारा २३
१०. सर्जी त्रेतियाकोभ, ‘बर्ट ब्रेख्त’, देमेत्ज (सं.), पूर्ववत्, पृ.२४
११. ‘फर्मल प्रोब्लेम्स एराइजिड्ड फ्रोम दि थिएटर्स न्यु कन्टेन्ट’, ब्रेख्त अन थिएटर (अनु. जोन विलेट), लन्डन, १९६४, पृ.२२७
१२. सर्ट अर्गानम, प्यारा ४
१३. पूर्ववत्, प्यारा ९
१४. उही, प्यारा ३३
१५. राल्फ म्यानहीम र जोन विलेट (अनु.), बर्टाेल्ट ब्रेख्त ःसङ्कलित नाटक, खण्ड ९, ‘कोरिएलेनस’ ः टेक्ट्स बाइ ब्रेख्त’ पृ. ३८२–३८३
१६. पूर्ववत्, पृ. ३७४
१७. अन्स्र्ट फिसरद्वारा उद्धृत, दि नेसेसिटी अफ आर्ट, पेङ्ग्विन, १९७०, पृ. १०
१८. एरिक बेन्टलीको लेख, देमेत्ज (सं.), पूर्ववत्, पृ. ५५–५६
१९. वाल्टर एच.सोकेल, ‘ब्रेख्तस स्प्लिट करेक्टर्स एन्ड हिज सेन्स अफ दि ट्राजिक’, देमेत्ज (सं.), पूर्ववत्, पृ. १२८, १३४
२०. पूर्ववत्, पृ.१२८–१२९
२१. सर्ट अर्गानम, प्यारा ४२
२२. पूर्ववत्, प्यारा ६७
२३. निकोलाइ लिजारोभ, ‘दि स्कोप एन्ड लिमिट्स अफ रियालिज्म’, प्रोब्लेम्स अफ मोडर्न एस्थेटिक्स (ए कलेक्सन अफ आटिकल्स), प्रोग्रेस पब्लिसर्स, मास्को, १९६९, पृ. ३१४
२४. गुड वुमन के सबै उद्धरण प्याराबल्स अफ थिएटर ः टु प्लेज बाई बर्टाेल्ट ब्रेख्त (अनु. एरिक बेन्टली), पेङ्ग्विन, १९७५ बाट उद्धृत ।
२५. जे.एल.स्टायन, दि डार्क कमेडी, क्याम्ब्रिज, १९६८, पृ.१८६–१८७
२६. सर्ट अर्गानम, प्यारा ४७
२७. जोन विलेटको परिभाषा
२८. सर्ट अर्गानम, प्यारा ६१
२९. उही, प्यारा ६३
३०. उही, प्यारा ६४
३१. उही, प्यारा ६५
३२. उही, प्यारा ७०
३३. उही, प्यारा ७१
३४. उही, प्यारा ७४, ७५, ७७
(माक्र्सिस्ट मिससेलिनिटीबाट अनुवाद ः निनु चापागाईं)
घाइते योद्धाको प्रेमपत्र
लक्ष्मी माली
मध्यरातको सन्नाटामा
एकाएक मुटुमा च्वास्स घोच्छ
धेरै दिनपछि आज
आँखामा झझल्को आएछ
बाक्लो पीडा थियो स्मृतिपटलमा
युद्धमा होमिनुअघि बडो उत्साहका साथ
बारीको कान्लामा उभिएर
सप्रेम विदा गर्ने तिमी
पर क्षितिजमा तिम्रो आकृति देखिँदै छ
अनायास उज्यालो भएको छ मेरो कोठा
एउटा गौरवशाली साथीको सम्झनामा
भाग्नु, जल्नु पीडा होइन
सम्झनु पीडा रहेछ
त्याग त आनन्द हो
बिर्सनुको आनन्द झन् बेग्लै हुँदो रहेछ
आफ्नो परिचित गाउँ–गोरेटो,
पाखा–पँधेरो,
सबै वरपर घुम्न थाल्छन्
मलाई लाग्छ
पर्खिरहेका छौ तिमीले मलाई
म विश्वस्त छु
हाम्रो पवित्र माया अमर छ । ००
समीर यात्री
गजल
कहिले होला मेरो बाबा घर फर्की आउने आमा ?
कहिले होला बाबालाई फेरि देख्न पाउने आमा ?
कसले लुट्यो हाम्रो भाग्य भनिदेऊ न मलाई
कसले होला जलेको यो दुःखी मन बुझाउने आमा ?
भन्दै थिए ‘मै मरे नि नयाँ दिन आउँछ पक्कै’
कहिले होला झुपडीमा रातो घाम छाउने आमा ?
भेटे मैले बाबाजस्तै दुनियाँ ब्युँझाउनेहरु
सुन्दर यो सपनालाई आँखामा सजाउने आमा ।
भनिदेऊ न मलाई पनि वर्गवैरी को हो हाम्रो ?
वाचा गर्छु मैले पनि नयाँ गीत गाउने आमा ।
२८ जेठ ०६६
सरल सहयात्री
मूल मतभिन्नता
उषाकिरणको मिरमिरे प्रकाशमा शीतको थोपा टल्किरहेको थियो । रातले अझै नछाडेको कारण अँध्यारोको कालो धब्बाले धेरै ठाउँहरु छोपेको थियो । रातभरको चिसोमा परेको शीतको चिस्यानले मात्र पनि वर्षातको पानीले भिजाएजस्तै भूमि निथु्रक्क भएर लम्पसार पल्टेको थियो । मलार्ई निद्राले छोड्यो र ओच्छ्यानबाट उठेँ । सवै झ्यालका पर्दाहरु उघारेँ । सानो सुन्दर कोठाभन्दा झ्यालको प्वालबाटै देखिने खुल्ला आकाशमुनिको रूखो धर्ती मात्र पनि कति सुन्दर लाग्छ । सूर्योदयको पूर्वसङ्केतले रंङ्गिन छितिज देखिन्छ, छङछङ बग्ने नदी देखिन्छ, अग्लो पहाड देखिन्छ र उच्च हिमाल देखिन्छ । आाहा ! चारैतिरको सुन्दर बस्ती र हरियो जंगलमाथि आकाशमा उडिरहेका पन्छीहरु कस्ता स्वतन्त्र छन् र मनोरमतापूर्वक उडीरहेका छन् । तर कहाँ आनन्द हुन्छ र कोठाभित्रको साँघुरो सुन्दरतामा ।
हिजो बेलुकी फोनमा भएको सल्लाह अनुसार मैले मेरो सुन्दर कोठा, मेरो आँगन आदि दृश्यहरुलार्ई पछाडि पार्दै अगाडि बढेँं । एउटा पिच भएको सडकको गल्लीलार्ई छाड्दै म त्यहाँ पुगेँ जहाँ मलार्ई बोलाइएको थियो । म अगाडि बढ्दै थिएँ । तर मलार्ई आफू अगाडि वढिरहेको विश्वास थिएन र आफैलार्ई प्रश्न गर्न मन लाग्थ्यो ‘म अगाडि पाइला सारेर उल्टो यात्रा त गर्दै छैन ?’ तैपनि इच्छुक थिएँ नयाँ कुरा सुन्नको लागि जसले केही नयाँ गर्ने आँट गरिरहेको थियो ।
म पनि त नयाँलार्ई रूचाउने मान्छे हँुँ नि । नवीनताको खोजीमा चालिएका पाइलाहरुलार्र्ई त किन मन नपराउने ? मलार्ई पनि कैयन् कुराहरुलार्ई नयाँ बनाउन पर्छ भन्ने लागेको छ । यदि यो परिवेशलार्ई नवीन र अझ सुन्दर बनाउने अभियानमा मेरो कोही सहयात्री हुन्छ भने म पनि किन उसलार्ई साथ नदिने ? मैले पनि अठोट गर्न खोजेँ । के थाहा, न म पनि अब झन् नयाँ पो हुने छु कि ?
बाटोमा हिँडिरहँदा मैले कति धेरै कुरा सोचेँ भनेर भन्न गाह्रो छ । किनकि मैले जीवनको पछिल्लो एक दशकमा जे भोगेँ, देखेँ, गरेँ र सुनेँ त्यसको बयान गर्नको लागि मलार्ई सायद त्यति नै समय मात्र होइन त्यो भन्दा पनि अझ धेरै समय लाग्छ होला । यदि ‘विद्वान’ मान्छेहरुले चाहे भने मैले भोगेको कुरामा विद्यावारिधि गर्न साक्छन् र ठूला ठूला साहित्य लेख्न सक्छन् । किन हो आजभोलि मलार्ई छोटो समयमा ती सवै अनुभवहरुको संझना हुन्छ तर व्याख्या गर्न सक्तिन । तर भो ⁄ त्यो मेरो विषय होइन । मेरो चाहना यत्ति हो मैले भोगेका ती सवै व्यथाहरु आउँदो पिंढीले भोग्न नपरोस् भन्ने मेरो चिन्ता हो । बलिदान गर्नु, वीर बन्नु र न्यायको लागि विद्रोह गर्नु यो महत्वाकांक्षा होइन, यो एउटा आवश्यकता हो जो साहसी, स्वतन्त्रता र आत्म सम्मानमा बाँच्न चाहनेहरुले मात्र गर्न सक्छन् । स्वतन्त्रता र आत्म सम्मानको लागि गरिने युद्ध बारबार हुँदैन । बारबार गर्नुपर्ने यस्ता युद्धहरु सुखपूर्ण पनि हुदैनन् । एकपटक भएको महान् न्यायपूर्ण युद्धको उपलव्धिलार्ई कसरी बचाउने हो भन्ने चिन्ता मलार्ई पनि लागेको हो । यही चिन्ताको कारण आजभोलि म आफैँलार्ई प्रश्न सोधिरहन्छु, ‘के हामीले खोजेको स्वतन्त्रता, जनताले चाहेको न्याय, आत्मसम्मान र माओवादी हुनुको गौरव पायौँ ?’ तर प्रश्नमाथि प्रश्न आउँछ, ‘हामीले जुन बाटोलार्ई रोज्यौँ त्यो बाटोबाट हिँड्दा के यावत् प्रश्नहरु सोध्ने बेला आएको हो त ?’ यही त छ मेरो मनको द्धन्द्व । कतै मलार्ई फोन गरेर बोलाउने विद्रोही साथीले ट्वाक्कै यसको जवाफ लिएर पो बसेको छ कि ? हो यही कारण मेरा पाइलाहरु यतातिर धीमा गतिमा भए तापनि बढेका छन् ।
बाटोमा हिड्दै गरेको बेला मैले सोँचेका कुराहरुका केही भागहरु संझनामा आइरहेका छन् – अस्तिको दिन मात्रै हो मेरो एकजना नेताले ‘रक्सी खानु भनेको सामान्य कुरा हो’ भने अलिअलि लाजपचेको हाँसो हास्दै । तर मेरो छेउमा खाइहाल्न चाहिं खाएनन् । तर कोठाको कुनाकानीमा खाली बोतल देख्दा उनी सायद दिनमा कम्तीमा एक प्याक पिउँछन् होला । उनले खानु नखानुसँग मलार्ई कुनै सरोकार थिएन । तर सरोकार थियो भने त्यही पुरानो आदेशको हो । उनै नेताले दिएको आदेशको आधारमा गाउँमा गएर तामाङ्नी कान्छीको घरको जाँडको ध्याम्पो फुटाइदिएको थिएँ मैले । उनी त्यो बेला मलार्ई बिन्ती गर्दै भन्दै थिइन् ‘ यो मेरो बाबाको ध्याओको लागि हो ’ । मैले भनेको थिएँ ‘आइन्दा ध्याअो–स्याओ नगर्ने । यो खर्च बरू कुनै अर्कै राम्रो काममा लगाउनु तर यस्तो नगर्नु, यदि यस्तो गरेमा राम्रो हुने छैन ।’ उनले डराएको भावमा ‘हुन्छ’ भन्दै टाउको हल्लाएकी थिइन् । तर मैले गएको केही दिनअगाडि मेरो अर्को नेता, आनो बाबुको बरखीमा पार्टीको महत्वपूर्ण काम छाडेर पुगेको भेटेँ । उनलार्ई मैले वर्खान्तको वेद पढिरहेको बाजेको छेउमा देखेँ ।
‘सर्वहारा वर्गको आनो भन्नु केही हुदैन, ‘जिते संसार हारे हत्कडी हो ।’ म सत्र वर्षको हँुदा मेरो कलिलो दिमागमा पढाइएको कुरा यही हो । मैले अस्तिमात्र फेरि अर्को नेताले जग्गाको मोलमोलाई गर्न पठाएको एकजना दलाललार्ई भेटेँ । उसले फिस्स गर्दै लाज पचाएको र डर मिसिएको स्वरमा स्वीकार गर्यो, ‘हो सर ⁄ फलाना सरले मलार्ई वहाँको छोराको लागि भनेर पठाएका थिए ।’ किन भनेर मैले कसैलार्ई प्रश्न गर्ने चासो राखिन । मैले भर्खरै सुन्दै छु– पुर्खौली सम्पतिको सदुपयोग गर्न खोजेको रे ।
मैले त्यस्ता बाबु–आमाहरु कतिलार्ई कार्वाही पनि गरेँ जसले आना छोरीहरुलार्ई भेदभाव गर्छन्, आफ्ना बुहारीहरुलार्ई अपमान गर्छन् र दाइजो नल्याइएको निहुँमा शारीरिक र मानसिक यातना दिन्छन् । तर गएको केही दिन अगाडि मात्र मेरो वरिष्ठ नेताको महान स्वास्नीको आदेशलार्ई सुनेँ ‘हेर बूढा, त्यो पहिलाकी बुहारीको काम छैन । एक छैन, दुई छैन, तीन छैन । किनकि त्यो वाइफालेको खानदानी नै मिल्दैन हामीसँग । त्यसैले छोराको अर्को विवाह गर्नैपर्छ, त्यो पनि मैले रोजेको ।’ वरिष्ठ नेता मुसुमुसु हाँस्दै त्यसको मौन स्वीकृत जनाइरहेको देखेँ । नत्र सायद उनी वरिष्ठको हालत पनि के हुन्थ्यो मेरो अनुमान लगाउने बुता होइन ।
मैले कति ठाउँमा भाषण गरेको छु– ‘आदरणीय जनसमुदायहरु, पुरानो सत्ताका हाकिमहरुले साना दर्जाका कर्मचारिहरुलार्ई उनका हाकिमहरुले आना श्रीमतीको फरिया धुन लगाउछन्, यो कतिसम्मको दासता हो ?........’ तर हिजैमात्र मैले देखेँ स्वतन्त्रताप्राप्तिको लागि मर्न तयार जनयुद्धको एउटा योद्धालार्ई नेताको सहयोगीको रुपमा राखेर आफ्ना श्रीमती र छोराछोरीका भात पकाएर खुवाउने नोकर बनाएर श्रमको शोषण गरिरहेको । बस् यी मेरा स्मृतिका केही नकरात्मक घटनाहरु थिए, जसले मलार्ई यता आउनको लागि प्रेरित गरेको थियो ।
म, मलार्ई भनिएको गेटमा पुगेर भित्र छिर्न खोजेँ । मलार्ई कालो–कालो अग्लो व्यक्तिले सोध्यो, ‘कहाँ जाने ?’ मैले भनेँ, ‘सरलार्ई भेट्न, हुनुहुन्छ ?’
‘तपाइ को हो ?’ उसले ठाडो प्रश्न ग¥यो ।
‘म वहाँको साथी’
‘पहिलाको कि अहिलेको ?’
मैले जवाफ दिइन । प्रश्न गरेँ ‘म भेट्न सक्छु कि सक्तिन ?’
‘म सोधेर आउछु’ ऊ त्यहाँबाट गयो । तर मेरो नाम पनि उसले सोध्न बिर्सियो वा सोध्न आवश्यक ठानेन । एकछिनमा फर्केर उसले भन्यो ‘जानुस् । ’
उनी एउटा सोफामा पल्टिएर बसेका थिए । फ्रयाङ्क मान्छे हुन् उनी । जुरूक्क उठे, ठूलो र उन्मुक्त हाँसोसहित मलार्ई अँगालो मारे । मानौँ कुनै मान्छे बन्दी जीवनको लामो समयपछि आनो आफन्तलार्ई भेट्दै छ । उनको कसिलो अँगालोमा मेरो त्यति कसिएको बल थिएन । केवल औपचारिकता मात्र भने पनि हुन्छ ।
राम्रोसँग सजिएको सोफामा बस्ने आग्रह गर्दैे हाँसोसहित उनले भने ‘तपाईँ पो हुनुहुदो रहेछ’ ।
‘अँ म थिएँ ’।
‘तपाईँ आउन त ढिला गर्नु भयो नि ।’
‘म ठिकै समयमा आएको छु किनकि यो मेरो समय हो ’ ।
‘कुरा त गहिरो गहिरो गर्छ त है । ’ उमेरले अलि सानो भएको कारण अलि हेपेर बोल्नुलार्ई मैले पनि अनौठो मानिन । किनकि यो पहिले देखि नै चल्दै आएको स्वभाव थियो ।
‘सर, म आफु आनो समयमा ब्युँझन्छु र आफ्नै रूटिनअनुसार जीवनलार्ई बदल्ने प्रयत्न गर्छु । मेरो जीवनलार्ई प्रभाव पार्ने तत्व केवल प्रकृति छ । किनभने जब प्रकृतिले रात पार्छ त म सुत्न वाध्य हुन्छु र उज्यालो भएपछि ब्यँुझन वाध्य हुन्छु । त्यसैले मेरो कार्यतालिका पनि प्रकृतिको नियम अनुसार नै चलेको छ’ । मेरो कुराको अर्थ उनले बुझे कि बुझेनन् भनेर खासै ख्याल पनि गरिन ।
टेबलमा चिया आएको थियो अघि नै । ‘चिया पिउनुस् ।’ उनको आग्रहलाई स्वीकार गरेर चियाको सुर्को लगाएँ ।
चियाको सुर्कोसँगैँ उनले आनो कुराको पोको खोल्न खोज्दै मलाई प्रश्न गरे ‘कस्तो लाग्छ त मेरो अघिल्लो पाइलाको बारेमा ?’
‘तपाईँले राखेको लक्ष्यको आधारमा म तपाईँको जवाफ दिन सक्छु । कृपया तपाईँको उद्देश्यको बारेमा मलाई स्पष्ट पार्नुहोस् ।’ मैले जवाफ र आग्रह दुवै गरेँ ।
‘म सर्वहारा वर्गको लागि लड्ने मान्छे हुँ । तसर्थ स्वतन्त्रताको लागि लड्नु मेरो माक्र्सवादी धर्म हो ।’
‘त्यो त हो ’ उनले सुरू गरेको दर्शनमा मैले सही थापेँ ।
‘ वास्तवमा मैले यो पार्टिमा र यो पार्टिको लागी भनेर के गरेको छैन ? ३७÷३८ सालदेखीको योगदान छ मेरो । जतिवेला तपाइहरु त जन्मनु भएको पनि थियो वा थिएन ?’
‘अँ हँ’ । मैले मुन्टो हल्लाएँ ।
‘अहिले आएर मैले भनेको नमान्दा हेर्नुस्, तराई कसरी जल्यो ? त्यसै गरी यदि हामीले जलाउन सकेको भए उपेन्द्रजीको ठाउँमा म हुने थिएँ म ।’ उनले म शव्दलाई निकै जोरदार प्रेसर दिए । ‘मधेसी जनता सबै हाम्रा हुने थिए । त्यो बेला प्रचण्डले मलाई आन्दोलन गर्न दिएनन् ।’
हो सर, सङ्घीय गणतन्त्रको नारालाई स्थगित गर्नु पार्टीको ऐतिहासिक भुल थियो । तर यात्रामा यदाकदा लड्नु र दायाँ बायाँ बाटो बिराउनु त स्वभाविक हो नि, होइन र ? तर लड्नासाथ उठ्नु, र बाटो बिराए पनि त्यसलाई तुरून्त बदल्नु..............। ’
‘यहाँ सुन्नुस् कमरेड, उनलाई मेरो कुरा चित्त नबुझेर हो वा किन हो बीचैमा काटे र ह्याँ सुन्नुस् भन्न थाले । म चुप लागेर सुन्न थालेँ ।
‘ वास्तवमा सत्य कुरा थाहा पाउनु हुन्छ भने त्यही आन्दोलन गर्न नदिएको परिणामस्वरुप गौर–काण्ड मच्चियो । तपाईलाई थाहा छ ?’ उनले सानो तर आश्चर्यबोधक स्वरमा भने ‘वास्तवमा गौर काण्डमा प्रचण्डको आनै हात छ ।’ म चुपचाप उनको कार्यकलाप हेरिरहेँ । तर उनले गौरकाण्डमा प्रचण्डको हात के कसरी हो भनेर भनेन् ।
‘मैले सुकुम्बासीको जग्गा फिर्ता गर्नको लागि त्यत्रो गरेँ तर पार्र्टीले मलाई उल्टो कार्वाही ग¥यो । यो ठीक थियो ?’
‘सायद ........ । तर सर, मेरो विचारमा निरन्तरता र छलाङ् एक अर्काको परिपूरक हुन् । यी दुवैको गतिमा नियम हुन्छ, नियम परिवेशअनुसार लागु हुन्छ ।’
‘त्यो त मलाई थाहा छ ।’ उनलाई थाहा छ छैन अर्कै कुरा हो तर उनी अलि रिसाएको जस्तो मलाई लाग्यो ।
एकछिन मौनता छायो ।
‘हेर्नुस् प्रचण्डको लवाइखवाइ र हिँडाइ । बाबुरामजस्तो बुर्जुवाहरुको पछि लागेर कहीँ क्रान्तिको सपना पूरा हुन्छ ? बिग्रे, बिग्रे । हो पक्का बिग्रिसकेको हो ।’
उनको यो अचेत जस्तो लाग्ने बर्बराहट सुन्दै मेरो आँखा उनीमाथि झुन्डिरहेको उनको सुटमा परेछ । सायद उनी मन्त्री हुने बेलामा पचास हजार रूैपैयाँ तिरेर विदेशबाट ल्याएको भनेर हल्ला चलेको सुट होला । मेरो आँखा त्यता गएको कारण उनले पनि मुन्टो बटारेर त्यतै हेरे । फेरि केहीबेर शून्यता छायो ।
प्रसङ्ग बदलेर उनी शालीन रुपमा प्रस्तुत भए— ‘हेर्नुस्, अरुले पनि त गर्न सक्छन् नि भनेर मैले अरुलाई पनि साथ दिएँ । तर उनीहरुले पनि धोका दिए, दहीच्युरे भए । यी सबजना खतम भइसकेका छन् । वास्तवमै अब नेपालमा क्रान्तिको लागि गरेंँ भने मैले हो नगरे कसैले गर्दैन । त्यसैले कमरेड, तपाईँ पनि यतै आउनुस् र एउटा फ्रन्टको कमाण्ड गर्नुस् ।’
म मुसुमुसु हाँसेमात्र ।
‘तपाईँलाई कस्तो लाग्छ मेरो प्रस्ताव भन्नुस् त ।’
एकछिन मौनता छायो ।
मैले उनको जवाफ दिइन, बरू प्रश्न सोधेँ– ‘अन्तमा सर, तपाइको मूल मत भिन्नताचाहिँ के हो ?’
‘हो मूल कुरा बल्ल आयो । हेर्नुस् कमरेड, तपाईँलाई थाहा भएकै कुरा हो वास्तवमा प्रचण्डले जतिबेलासम्म टोपी लगाउदैन थे त्यतिबेलासम्म हाम्रो कुनै मत भिन्नता थिएन, उनी सर्वहारा वर्गका नेता थिए । जुन बेलाबाट उनले टोपी लगाउन थाले त्यही दिनबाट सुरू भएको हो हाम्रो मूल मतभिन्नता । यही दिनबाट उनी सर्वहारा वर्गका नेता भएनन् भन्ने हाम्रो मूल बुझाइ हो । यही मूल मतभिन्नताको आधारमा अब हाम्रो आन्दोलनको पनि तय भइसकेको छ । हाम्रो रणनैतिक लक्ष्य भनेको सबैको टोपी फुकाल्ने र सबैलाई धोती लगाउन लगाउने तथा कार्यनैतिक लक्ष्य भनेको सडकमा आगो बाल्ने र नयाँ सम्विधान बनाउन नदिने नै हो ।’
हरिप्रसाद भण्डारी
मोटे हवल्दार
चरिरहेका कुखुराहरु उडाउँदै र कुकुर भुकाउँदै उनीहरु बस्तीभित्र पसे । उनीहरुको आगमनले बस्ती स्तब्ध भयो । धेरैजसो महिलाहरु गर्दै गरेको काम चटक्क छोडेर घरबाट बाहिर निस्के र हेरे । आगन्तुकहरु चिनेका थोरै र नचिनेका धेरै थिए ।
बस्तीमा पुरूषहरुको संख्या निकै कम थियो । केही बिदेश गएका थिए, थोरै मेलापात गएका थिए र बाँकी सबै तल खोलाका किनारमा रहेका छाप्रे पसलमा गएर दिनभरि तास खेलेर समय बिताउँथे ।
“हाम्रा नयाँ सा’ब ।” धेरै महिलाहरु भएको ठाउँमा पुगेर एकजना मुठ्ठे जुङ्गा भएको मोटो व्यक्तिलाई देखाउँदै पुरानोले भन्यो ।
राता राता आँखा, कानसम्म पुगेका जुङ्गा, उक्सिएको भुँडी, मोटे देख्दै डरलाग्दो थियो । उसका जुङ्गा र कपालको रङ्ग कालो थियो, तर ठम्याएर हेर्दा कालो रङ्गले रङ्गाएको हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्थ्यो । उसले लगाएका लुगा पनि त्यति व्यवस्थित थिएनन् । उसका हातमा एउटा छडी थियो, जुन घरी घरी हावामा घुमाइरहन्थ्यो ।
“नमस्ते सर ।” नजिकै उभिएका केही महिलाहरुले भने ।
मोटेले पिलिक्क हे¥यो मात्र, केही भनेन । अनि आँगनको छेउतिर गएर पारी गाउँ अबलोकन गर्न थाल्यो । ऊ एक्लै गएको थियो । पछि धेरै नयाँ र एउटा पुरानो उसको पछि लागे ।
“अब तिमीहरुको घरेलु धन्दा सबै बन्द हुन्छ । सा’ब निकै कडा छन् ।” सुरूमा बोल्नेले साउतीको भाषामा महिलाहरुलाई सुनायो । “यिनी जहाँबाट आए, त्यहाँ धेरैको सातो खाएका थिए रे ।” उसले थप्यो ।
“हाम्ले के गल्ती गरेका छम् र ? हाम्ले पार्न छोडेर मान्छेले खान छाड्ने भए पो !” एउटी महिलाले भनी ।
“हाम्ले रक्सी पारेर सर्कारलाई किन टाउको दुख्छ कुन्नि ? रोक्न सके सबै रक्सी रोक्नु नि !” अर्कीले थपी ।
“सरकारी रक्सी त कहाँ रोक्न मिल्छ र ? त्यो त कानुनले नै छुट दिएको छ । यसरी गाउँघरमा रक्सी पार्न कानुनले दिदैन ।” अघिकोले भन्यो ।
“कस्तो अचम्मको कानुन ! रोके सबै रोक्नु नरोके सबै खुला गर्नु नि ।” धेरैले सामूहिक रूपमा भने ।
कुरा हुँदै थियो, मोटे आँगनमा फर्कियो र पुरानोसँग सोध्यो— “ए, छापा आजै मार्ने कि भोलि ?”
“बहिनीहरु समभ्mदार छन्, छापै मार्नु त नपर्ला कि हजुर ! बरू नयाँ आउने सा’बलाई एकछाक खाना ख्वाएर स्वागत गर्न पाए हुन्थ्यो भन्दैछन् ......।” डराएको भावमा पुरानोले भन्यो ।
“म कडा छु भन्ने कुरा था छैन तँलाई र ठाडै बोल्छस् ?” मोटे कड्कियो ।
“था’छ सा’ब ।” तनक्क तन्कदै पुरानोले भन्यो । अनि महिलाहरुतिर फर्केर भन्यो— “सुन्यौ ? सा’ब कडा होइसिन्छ, कुखुराको मासुमा नुन र तेल ठिक्क हाल्नु ।
हिरामणि दुःखी
सहिदआमासँगको भेट
“निद्रा लागेन बाबु ?”
“अह“ ।”
“किन बाबु ! चिन्ता बढी ग¥यौ कि ?”
“होइन, त्यस्तो चिन्ता मान्नुपर्ने नै के छ र !”
“किन त ? अचेल म तिमीलाई फरक देख्छु । तिम्रा साथीहरुले पनि बढी नै तिम्रो आलोचना गर्छन् । परचक्रीहरुले पनि तिमै्र खोइरो खन्छन् ।”
“हो त नि आमा, मलाई पनि आजभोलि के हो... के हो... नमिलेजस्तो लाग्छ । साथीहरु पनि व्यर्थै त किन रिसाउ“थे, तर ठाकठुक भने गर्न थालेकै छन् । म त आन्दोलनलाई धोका दिनु हु“दैन, हामीले केही वातावरण मिलाउनुपर्छ, हतियार उठाएर सोझो सोझो लड्न त हामीलाई कस्ले पो छेक्छ र ? अहिले त्यसो गरिहाल्ने परिस्थिति पनि त छैन । यो कुरा पनि त साथीहरुले बुझेकै हुन् । कुन्नि किन हो अलि चित्त दुखाउँछन् साथीहरु ।” निर्माणले चिन्तामिश्रित भावमा सहिदआमाको प्रश्नको जवाफ दिन खोज्यो ।
पुसको चर्को जाडोको मौसम छ । आ“गनमा सेताम्य तुषारो दिन प्रतिदिन बढिरहेको छ । दिनको बाह« बजेसम्म ढु“डी लागेर वल्लोपल्लो घर नै देखिंदैन । सेतै फुलेकी बूढीआमैका अनुहारभरि उमेरका रेसाहरु पङ्क्तिवद्ध भएर तेर्सिएका छन् । कठ्याङ्ग्रिने जाडोमा थुरथुर काँप्दै पुरानो गुन्यूमा लपेटिएर र चारपा“च ठाउ“ टालेको चोलो भिरेकी छिन् । ज्यानमा ताकत नभए पनि अनुहारमा विश्वास र आशाका चमकहरुको प्रकाश छर्दै बटुकामा चिया लिएर झिसमिसेमै निर्माण सुतेको कोठामा पसिन् उनी । अर्थात् विरमाली रोका ।
“लौ बाबु चिया पिऊ, तिमी त आज सुत्दा पनि सुतेनछौ त ?” सहरबाट एउटा कार्यक्रममा गाउ“मा आएको पार्टी नेता निर्माणलाई चिया दिँदै थनथनाइन् बूढी । पल्लो कोठामा निर्माणका साथीहरु सुतेकै छन् ।
वीरमाली रोका सहिदआमा हुन् । उनका दुई जना छोरा बारूण र गर्जन सशस्त्र युद्धको बेला दुश्मनको व्यारेक रेडमा सहिद भएका हुन् । एउटा छोरी विवाहित छिन् र आजभोलि स्थानीय महिला कार्यकर्ता भएर पार्टटाइमर रूपमा काम गर्छिन् । अर्की कान्छी छोरी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा छिन् । अविवाहित नै । बूढा सत्तरी नाघिसके । अब उनीहरुको सहारा भने पनि अन्नदाता भने पनि एउटा छोरो छ, कान्छो । आजाद । ऊ अलि मुर्ख टाइपको छ । ‘मेरो त नामै आजाद हो नि, किन मलाई काममा मात्रै जोताउ“छौ तिमीहरु’ भन्दै उफ्रन्छ । हुन पनि अल्लारे नै छ । जम्मा सोह« पुगेर सत्रमा त लाग्यो यसै वर्षदेखि ।
आजादले पढ्न पनि पाएन । भर्खर पा“च कक्षामात्र पास गरेको थियो, स्कुल छोड्नु परिहाल्यो । अलिअलि भएको बारीको सुर्को जोत्नु प¥यो, एउटा भैँसी छ, त्यसलाई घा“स काट्नै प¥यो । बारीको उब्जाले खान पुग्दैन, यसो बजारतिर गएर बेलाबखत काम गरेर दुईचार पैसा जोहो गर्न खोज्छ । कहिले निमेक गर्ने ठाउ“ पाउ“छ कहिले त्यत्तिकै भौँतारिएर आउ“छ ।
आजभोलि सहरतिर क–कसका कुन्नि के के कुरा सुन्छ अनि घर आएर के केजाति कुरा गर्दै एक्लै फतफताउ“छ । मान्छे अलि मुर्ख स्वभावको भए पनि पार्टीप्रति त निकै माया गर्छ । बेलाबखत कामबाट समय उब्¥यो भने गाउ“मा कता छ कार्यक्रम भन्दै चासो दिन्छ । आजभोलि गाउ“मा ठूलठूला नेता नआएको देख्दा उसलाई अलिक रिस उठेको छ ।
एकदिन त आमासँग पो निकै वादविवाद गर्दै थियो– “होइन आमा आजभोलि कोही पनि ठूला नेता गाउ“ आउ“दैनन् किन हो ? खाइबिर्सुवा भएकी क्या हो ?”
“होइन–होइन आजभोलि सहरको काम अलि बढी भएर होला नि, त्यसै भन्थे क्यारे सहिदपरिवारको भेलामा गा’बेला ।” आमाले केही बुझेको भाषामा छोरालाई सम्झाउन खोजिन् ।
“पोहोर साल युद्धविराम हु“दा त नेताले अब सहरमा जोड दिनुपर्छ गाउ“ पनि छोड्न हुन्न, गाउ“लाई पनि के केजाती गर्नुपर्छ भन्थे त । केही नेता कार्यकर्ता सहरका जनतालाई जगाउन, सरकारसँग वार्तामा लड्न जानुपर्छ, अरू सबै गाउ“मा बस्नुपर्छ पो भन्थे त ?” आजादले बुझेकै भाषामा आमासँग प्रतिवाद ग¥यो । “आजभोलि केन्द्रका त के क्षेत्रका नेताको पनि अनुहार कस्तो छ देख्नै पाइँदैन । जिल्लाका पनि उतै जिल्लामा कोचाकोच भा’छन् त ।” नेताप्रति कटाक्ष ग¥यो ।
हुन पनि त्यस्तै भएको छ । केन्द्रका केन्द्रमा, क्षेत्रका क्षेत्रमा र जिल्लाका जिल्लामा आ–आना गच्छेअनुसारका सहरकेन्द्रित भएका छन् नेताहरु ।
आज गाउ“मा कार्यक्रम छ । क्षेत्रको । अर्थात् राज्य स्तरको । त्यसैले नेता र कार्यकर्ता गाउ“मा भेला भएका छन् । गाउ“ आएपछि जहिलेपनि निर्माण सहिदपरिवारसँग भेट गर्न उनीहरुको घरमा जाने गर्छ । आज ऊ सहिदआमा वीरमाली रोकाको घरमा सेल्टर लिएको छ ।
निर्माण आजभोलि सा“च्चिकै निदाउ“दैन । अर्थात् कम निदाउ“छ । आज गाउ“को स्थिति बुझेपछि भने झन् उसलाई निद्रा नलागेकै हो ।
ओछ्यानमै उसले कहिले लेनिनको ठेली पल्टाउ“छ, अस्थायी सरकारका बारेमा पढ्छ । संसद दुमाको बहसबारे पढ्छ । फेरि कतिबेला चीनमा माओले गरेको शान्तिवार्ता पढ्छ । कोमिन्ताङसँगको वार्ता, सरकारबारे अध्ययन गर्छ । साहस बटुल्छ । फेरि नेपालको त ती दुवैसँग मेल खा“दैन । यहा“ त अलि फरक भइरहेको पाउ“छ । साम्राज्यवादको एकछत्र राइँदाइँ छ । बिस्तारवादले नङ्ग्रा गाडेको गाड्यै छ । कहिले के, कहिले के निहु“ झिक्दै खोचे थाप्छ र झुकाउन बल गरिरहेको छ । कहिले फकाएर, कहिले धम्क्याएर अनेक अण्ठसण्ठ गरेर आफूलाई गलाउन र फसाउन खोजेका छन् परचक्रीहरुले भन्ने महसुस पनि उसलाई भएकै छ । त्यसैले ओछ्यानमै मुर्मुरिन्छ, भुइँ छोएर कसम खान्छ । सहिदपरिवारको पार्टीप्रतिको त्यो अटुट आस्था र विश्वास सम्झन्छ, दह«ो मुटु बनाउ“छ । दसौँ हजार सहिदको रगत सम्झन्छ । आङ जिरिङ्ग हुन्छ र जीउ ढक्क फुल्छ । आना अत्यन्तै विश्वासिला होनहार कमाण्डर, सदस्यहरुको बलिदान सम्झन्छ । त्यतिबेला भक्कानो फुटेर आउ“छ । बरर आ“शु खस्छन् ओछ्यानमा । रूमालले आँशु पुच्छ । अनी आफैलाई सम्हाल्छ । ऊ अलि भावुक पनि छ । दसवर्षका दृश्यहरुका ताजा रिलहरु उसको मस्तिष्कमा फनफनी घुमिरहेछन् । अनि निन्द्रा पनि लागोस् कसरी ।
फेरि सम्हालिएर गौर गर्छ । दिनहु“का वार्तामा कड्किएको सम्झन्छ । साम्राज्यवादको धम्की सम्झन्छ । बिस्तारवादको इसारामा सल्काइएको तराइको आगो सम्झन्छ । त्यो आगोले जलाइएका आना सहयात्रीहरुका कङ्काल सम्झन्छ । रिसले उसको मुखमुद्रा आगोझैँ दन्किन्छ । अनि कतिबेला गोजीबाट चाबी झिकेर कन्टेनरको ताल्चा खोलेर पिंजडामा थुनिएको सुगालाईझैँ सबै हतियारलाई स्वतन्त्रसँग आकासमा उड्न दिऊ जस्तो हुन्छ । त्यो स्थिति पनि झन् बढी आत्मघाती पो हुन्छ भन्ने ठानेर सम्हालिन्छ । दुश्मनले जताततै एम्बुस थापेको छ । उसको वरिपरि एम्बुसै एम्बुस छन् । कसरी त्यो एम्बुस छल्ने भनेर उसले एम्बुसको यूज उडाउने उपाय खोज्छ । सरल उपाय कतै भेट्टाउन्न । हैरान परेसान परेझैँ भएको छ ।
साथीहरुले सबै कुरा बुभ्mदा बुभ्mदै पनि कहिलेकाहीँ अलि टेढो कुरा गरेझैँ लाग्छ उसलाई । साथीहरुले पनि नराम्रो सोचेका त कहा“ हुन् र ? दुश्मनको यो जालोमा धेरै नअल्मलिउ“ भनेको पो हो त । उसलाई अविश्वासै गरेको त कहा“ हो र ! उसले साथीहरुप्रति भरोसा व्यक्त गर्छ ।
माकुराको जालोमा परेको कीरा जति फट्फटायो, जति चल्यो, त्यतित्यति त्यो झन् नराम्रोसँग बल्झिँदै बल्झिँदै जान्छ । अन्तमा उम्कनै नसकेर माकुराको शिकार बन्दछ । माकुराले जिउ“दै शरीरको रस चुसेर तड्पाइतड्पाइ मार्छ र कङ्काल शरीर बाहिर मिल्काइदिन्छ । त्यही गतिमा पार्छन् है भनेर उसका साथीहरुले जालोमा टेकेर धेरै अघि नबढौँ भनेको कुरा सम्झन्छ ।
यी सबै सम्वाद आज निर्माणले ओछ्यानमै सम्झिरह्यो । त्यसैले ऊ सुत्न सकेन । कहिलेको रात त कति लामो हुन्छ । आजको रात उसलाई निकै लामो भएको महसुस भएको छ ।
लामो समयपछि गाउ“ आएको निर्माण आनै घरमा सेल्टर लिन आउ“दा वीरमालीले आनै छोराहरु चीर निद्राबाट ब्यू“झिएर आमालाई भेट्न र मायाले सुमसुम्याउन आएझैँ भएको छ । त्यसैले उनलाई पनि आज निद्रा लागेन । नत्र निर्माण सुतेन भन्ने कसरी थाहा हुने थियो र उनलाई । झिसमिसेमै कचौराभरी तातो चिया लिएर निर्माणको कोठामा पसिन वीरमाली ।
“के छ त आमा गाउ“को हालखबर ? सञ्चै हुनुहुन्छ ? हिजो बेलुका अलि अबेर आइयो त्यसैले आमासँग कुरा गर्न पनि पाइएन है ।” कचौराको तात्तातो चिया पिउ“दै एकैचोटी प्रश्न र स्पष्टीकरणका कुरा ग¥यो निर्माणले ।
“सञ्चै त भन्नुप¥यो बाबु, बाबुलाई त त्यही सहिदपरिवारको भेलामा गा’की थेँ” र टाढैबाट देखेको, नजिक गएर भेट्न पनि पाइन ।” बूढीआमैले पनि आना कुराको पोको खोलिन् । “भीड पनि निकै थियो, मजस्ता सहिदआमाहरु पनि कति थे’ कति !, कतिलाई भेट्नु बाबुले पनि है, बाबु पनि काममा व्यस्त, त्यसैले झिजो लाउन गइन म ता । बाबुलाई टाढैबाट देखेँ, मोटोघाटै हुनुहुने रै’छ, सन्तोष लाग्यो र फर्केँ ।”
“मोटो घाटैऽऽऽ” यो शब्दले निर्माण अलि झसङ्ग भयो ।
“कतै व्यङ्ग्य गरेकी त छैनन् बूढीआमैले ? या मायाले जे देखिन त्यही पो भनिन् कि ?” मनमनै सोच्यो निर्माणले ।
किन हो कुन्नि आज निर्माण र सहिदआमा वीरमालीलाई आपसमा पेटभरि मनग्गे कुरा गर्न मन लागेको छ । निर्माणले कचौराभरिको चिया एकानासले चुस्की लिइरहेछ । उता सहिदआमा पनि निर्माणको सन्मुख पारेर चट्टाइमा टुक्रुक्क बसेर चिया पिइरहेकी छिन् । निर्माणसँग भेट नभएको पनि धेरै वर्ष भएजस्तो लागिरहेछ उनलाई । आना छोराहरु सहिद हु“दा त निर्माण पनि गाउ“मै थियो । शान्तिवार्ता भएको पनि कति छिटो दुई वर्ष पुग्न थालेछ ।
शरीर जाडोले हल्का का“पेको छ । तैपनि चियाको तातोले जाडोको प्रतिरोध गरिरहेकी छिन् वीरमाली । निर्माणसँग मनपेट खोलेर कुरा गर्ने धोको छ उनलाई । युद्ध थालनीका कुरा, भीषण लडाइँका कुरा, वार्ताका कुरा र सरकारका कुरा गर्न मन छ । त्यतिमात्र होइन, पार्टीका आजभोलिका कुरा पनि गर्न मन छ उनलाई । तर कुरा कसरी सुरू गर्ने हो उनी असमञ्जसमा परेकी छिन् ।
“हामी नपढेका मान्छे भएर त होला, कुरा पनि मिलाएर गर्न आउ“दैन । फेरि कुरा मिलाएर गर्न जानिन भने बाबुको चित्त पो दुख्ने हो कि ?” मनमनै गम्दैछिन् उनी । “आऽऽ जे पर्लापर्ला सोझो सोझो कुरा गर्छु, किन रिसाउलान् र ? यिनकी आमा पनि का“’ पढेकी हुन् र ! हामै्र आटोढिंडो खाएर हुर्केका त हुन् नि । लडाइँ सुरू गर्दा पनि हामै्र घरमा बसेर छलफल गरेकै हुन् केरे ।” विरमालीले विगत र वर्तमान सम्झिइन र कुराको पोयो फुकाउने साहस बटुलिन् ।
लामो समयपछि गाउ“ फर्केको निर्माणलाई पनि आनो विगतको यात्राले घच्घच्याएको छ । युद्ध थालनीका बेला यिनै सहिदआमाको घरमा बसेर छलफल गरेको सम्झिरहेछ । विरमालीका जेठा छोरा ‘वारूण’ त जिल्लास्तरका कार्यकर्ता नै थिए । उनलाई सम्झेको छ । उसलाई पनि आज सबै औपचारिकताका पर्खाल भत्काएर सहिदआमासँग भलाकुसारी गर्न मन छ । तर कुरोको चुरो कसरी सुरू गर्ने ? अलि अलमल परेजस्तो भएको छ ।
एकछिन वातावरण शान्त छ । दुवै एकापसमा कसले पहिला कुराको पोयो लगाउने भन्ने कुरामा मनमनै प्रतिस्पर्धा गरेझैँ भएका छन् । चिया पनि सिद्धिनै थालेको छ । बाहिर मिर्मिरे उज्यालोले आ“गनमा पाइला टेकेको छ । गु“डमा बास बसेका चराचुरूङ्ग्रीहरु चिरविर गर्न थालेका छन् । सायद वस्तीमा उज्यालोको सन्देश दिन कराउ“दै छन् क्यारे ।
“बाबु निर्माण !”
“हजुर आमा !”
“के छ त आजभोलि देशको हालचाल ? पार्टीमा पनि बहस चल्न थालेको भन्ने सुन्छु ।” मौनता तोड्दै कुराको पोयो सहिदआमा वीरमालीले नै खोलिन् ।
“हो, आमा ! आजभोलि देशको राजनीति निकै सङ्कटपूर्ण अवस्थामा छ । हामीले नया“ नेपाल बनाउने प्रस्ताव अघि सार्छौं तर आजसम्म ठूलाठालुहरुले हुकुम चलाएर लुटेको स्वर्ग भत्काउन ज्यान ज्याला छाड्दैनन् । जनतालाई अधिकार दिने कुरा त मरे पनि मान्दैनन् । अलिअलि बा“डीचु“डी खाऊ“ भन्दै अझ उल्टै हामीलाई पो त्यही नरककुण्डमा डुब्न भन्छन् । उता परचक्रीले दक्षिणतिरबाट हाम्रो आ“ठो मिचेको मिच्यै छ । हामीलाई पो उल्टै यो गर र त्यो गर भन्दै आदेश गर्छ । नमानेमा के के जाती बनाउने भन्दै धम्की दिन्छ । हेर्नुस् त हामीलाई कति हेप्न सकेका यी साइँदुवाहरुले ।”
“हो बाबु हो, त्यसले त हाम्रा जिजुपुर्खादेखि हामीलाई लुछेको लुछ्यै त छ ।” वीरमालीले पनि केही इतिहास जानेको भावमा निर्माणको कुरामा सही थपिन् ।
“अ“ तपाइँले पार्टीको कुरा सोध्नुभएको होइन ?” प्रश्नसुचक मुद्रामा वीरमालीतर्फ हेर्दै निर्माणले कुरा अघि बढायो । “पार्टीमा अबको आन्दोलन कस्तो बनाउने भनेर थोरै छलफल चलेको हो, अरू केही होइन आमा ।”
“होइन मैले त पार्टीका नेता कार्यकर्ता अलि बढी सुख सुविधामा पो जान थाले कि भनेर चिन्ता गरेकी हु“ ।” वीरमालीले चिन्ता प्रकट गरिन् । “युद्धका बेला त पार्टीका सबै नेता कार्यकर्ता जनताका घरमा आउ“थे, हाम्रो आटोपिठो कति मीठो मानेर खान्थे, हामीलाई दुःख पर्दा काममा पनि सघाउ“थे । हुन त सबै काम पार्टीका मान्छेले गरेर हामीलाई के पुग्थ्यो र, तै पनि हामीलाई खुसी लाग्थ्यो । हामीलाई छोराछोरीको विछोडको घाउ पनि निको भा’हुन्थ्यो । आजभोलि कार्यकर्ताहरु पनि फर्कन्नन् । नेताहरुको त झनै अनुहारै कस्तो भा’होला भन्नेस् लाग्छ । रेडियोले पनि खाली वाइसेलले केके जाती बिगा¥यो भन्दै नराम्रा कुरामात्रै गर्छ । गाउ“का पुराना अलि राम्रा छोराछोरी पनि घर पो बस्न थाले भन्ने सुन्छु । के हाम्रा छोराहरुको रगत पानी हुन थाल्यो त भन्ने चिन्ता लाग्छ क्या बाबु ।” वीरमालीले आनो मनको गा“ठो सबै फुकाइन् । निर्माणले पनि निकैबेर कुरा ग¥यो । युद्धका सबै कुरा ग¥यो । आनो पार्टीले लडाइँको मोर्चा बदलेको कुरा ग¥यो । बूढीआमाले बुभ्mने भाषामा चीन रूसका लडाइँका कथा बतायो । सम्विधानसभाको कुरा पनि बताउन छोडेन उसले । अन्तमा आफूले सहिदहरुको सपनालाई नभुल्ने बाचा ग¥यो । कसम खायो । आनो पार्टी थोरै बिग्रन थालेको कुरा पनि स्वीकार ग¥यो । तर आफूहरुले विजय पाउ“दै गएको कुरा पनि पटकपटक दोहो¥यायो । पटकपटक सहिदपरिवारहरु, युद्धका आदर्श परिवारहरुले पार्टीलाई सधैँभरि खबरदारी गर्न आग्रह ग¥यो । नेपाललाई मुक्त गराउने दिन नजिकिंदै गरेको कुरा बताउ“दै आना सबै कुरा वीरमालीसँग ग¥यो ।
निर्माण र वीरमाली दुवैले आज औपचारिकताका पर्खालहरु भत्काएर एकअर्कामा पोखिए । सम्हालिए । र, फेरि नया“ लडाइँ लड्न जुनसुकै परिस्थितिसँग पनि सामना गर्ने वाचा गरे ।
०६५ असार १४
क्षितिज मगर
मौला
ठमेल बजारको व्यस्त चोकमा होस् या
नौतले दरबारको चिल्ला गल्ली छेउ
कुलिन घरानियाँको दिबारभित्र होस् या
कट्टर धर्मालम्बीको मन्दिर भित्र
भञ्ज्याङबाट अपहरित मेरो मौला यतिखेर
खिन्न–खिन्न निःश्वासमा
भिन्न–भिन्न परिवेशमा
अस्तित्वको पैमानासँग अपमान जिइरहेछ ।
––––––––––––––––––––
आज मेरो गाउँको मौला चोरी भएछ
आज मेरो ठाउँको मूर्ति हरण परेछ
एकाएक रातारात
गायव भएछन् विसौनिबाट
बेपत्ता परेछन् चौपारीबाट
फरक–फरक नाममा÷अलग–अलग नापमा
कथित सभ्यताको महाजालमा बेरिएर
घृणित बाध्यताको अमृतजलमा घोलिएर
गाउँबाट शहर पु¥याइएका छन्
पुख्र्यौली चिनोहरु
वेग्लावेग्लै समयमा÷छुट्टा छुट्टै परिवेशमा
अमूक तस्करका ढक तुलामा तौलिएर
वेनामी घुसखोरद्वारा पोको पारेर
वलात डलर भाउ गरिरहेछन्
हाम्रा अग्रजले छाडेका नासोहरु
यस्तो व्यापारिक कारोवारको त्रासदीमा
कुनै मध्ययुगीन गोरा शासनभित्र
किनबेच गरिने नीरिह हब्सी जातिभैmँ
मेरो मौला सन्त्रस्त–सन्त्रस्त बनिरहेछ
अस्तित्वको बैमातासँग अपमान जिइरहेछ ।
––––––––––––––––––––
झुट्ठा प्रलोभनमा मेघालय पु¥याइएकी
कुनै नेपाली चेलीझैँ
अशान्त–अशान्त÷आक्रान्त–आक्रान्त
मेरो प्रिय मौला यसवेला
विवश छ बर्जित बोलि सुन्न
बाध्य छ घृणित तालि सुन्न
अथवा, काँडे तारभित्रको हिटलरी गेष्टापुमा
बन्दी बनाइएका कुनै निर्दोष यहुदीभैmँ
चुपचाप–चुपचाप
मेरो मौला शहरमा मृत्यु पर्खिरहेछ
अस्तित्वको पैमानासँग अपमान जिइरहेछ ।
––––––––––––––––––––
सार्वजनिक स्थलबाट मौला शहर पु¥याइयो
मौलासँगै पैसरी, ख्याली र सोरठी चोर्न खोजियो
मौलासँगै चाह, जोवन र पिरती लुट्न खोजियो
र, पनि आज मोरो गाँउ
निर्भिकतापूर्वक÷निर्धक्कतापूर्वक
उत्तरायण क्षितिजका हिम ऐनाभैmँ
स्फटिक मुस्कान पस्किरहेछ
हो, आज मेरो गाउँ
नयाँ युगको भाकामा सोरठी नाचिरहेछ
नयाँ जोवनको आशामा पिरती गाँसिरहेछ ।
No comments:
Post a Comment