Monday, November 9, 2009

वेदना -पूर्णाङ्क ६५


वेदना
पूर्णाङ्क  ६५, वर्ष २९, अंक १, असार २०५९

सम्पादक :
निनु चापागाईं
मातृका पोखरेल        

प्रकाशक 
दिल बरदान
सुवास श्रेष्ठ

सम्पर्क : पो.ब.नं. २४००, काठमाडौ“,
फोन. नं. ५५२०९१८, ४४९९००९

सहयोग समिति :
इस्माली,
खगेन्द्र संग्रौला
महेश मास्के
रुद्र खरेल
शारदारमण नेपाल

आवरण कला :
मोहन खड्का  

कभर डिजाइन :
बासुदेव श्रेष्ठ, कम्प्युटर :
प्रारम्भ कम्प्युटर सेवा, डिल्लीबजार, काठमाडौं, फोन. ४२१६५७, मुद्रण : मल्ल प्रिन्टर्स, मैतीदेवी, फोन. ४१०६४४, 

सम्पादकीय
हाम्रो यात्रा र वर्तमान चुनौतीहरू
कविता÷गजल
श्यामल ः दशनीको लेहंगा
सरस्वती “प्रतीक्षा’ ः उल्टो बगेका नदीहरू
विजय सुब्बा ः दुई गजल
राममणि पोखरेल ः त्यो दिनको कुरा
पुण्य गौतम ‘विश्वास’ ः समयको घोडा र “महादेव”को अवसान
सरुभक्त ः बहुलाही आमाहरूको जुलुस
‘इच्छुक’  ः उत्तरतिर
कुन्ता शर्मा ः खोला
धनप्रसाद सुवेदी ‘श्रमिक’ ः सच्चा श्रद्धाञ्जलि

निबन्ध÷संस्मरण
रुद्र खरेल ः हामी सबै टेकबहादुरहरू
विष्णु प्रभात ः मान्छे र कला
कुन्द टण्डन ः पारिजात दिदीस“गका सम्झनाहरू खोतल्दा

कथा÷लघुकथा
सुकुम शर्मा ः मुखियाको दृष्टि
पुण्य कार्की ः शहीदपत्नीको आत्मगन्थन
इस्माली ः नया“ चलन
मातृका पोखरेल ः म यसरी फर्किए“

समालोचना÷सौन्दर्यशास्त्र
रामप्रसाद ज्ञवाली ः अराजक अक्षरहरूको राजक अभिव्यक्ति
बलभद्र भारती ः नवकविताको प्रगतिशील कविता विशेषाड्ढ ः मेरो दृष्टिमा
गोपीन्द्र पौडेल ः सन्दर्भ समकालीन कथालेखनको चर्चा ‘वेदना’ (कथाविशेष)का कथाको
निनु चापागाईं ः प्रगतिवादी साहित्य र यसको विशेषता









सम्पादकीय
हाम्रो यात्रा र वर्तमान चुनौतीहरू 
वर्ष ‘वेदना’ले यात्रा गरेको उनन्तीस वर्ष लागेको छ । यात्राका क्रममा यसले ०४६ सालको जनआन्दोलनपछि करीब तीन÷चार वर्ष र २०५६ साल भाद्रदेखि अर्थात् ‘वेदना’को पूर्णाड्ढ ६४ पछि करीब तीन वर्ष विश्राम लिन बाध्य हुनुप¥यो । ‘वेदना’को यात्राको गति रोकिएका यी केही वर्षहरूमा ‘वेदना’लाई माया गर्ने, आदर गर्ने र यसको आवश्यकताबोध गर्ने थुप्रै पाठकहरूले यसको निरन्तर प्रकाशनका निम्ति हामीलाई धेरै नै झक्झक्याउनु भयो । थुप्रै पाठकहरूले नेपालको प्रगतिवादी साहित्यमा देखापरेका दुई गलत प्रवृत्तिका विरुद्ध वैचारिक संघर्ष गर्ने कार्यमा ‘वेदना’को अहं भूमिका रहेको छ र रहनुपर्दछ भनी विशेष जोड दिएर हामीलाई उत्प्रेरित गर्ने काम निरन्तर गरिरहनुभएको हामीले पाएका छौं । यी दुई प्रवृत्तिबाट प्रगतिवादी साहित्यलाई जोगाउन सैद्धान्तिक संघर्षको आवश्यकता पछिल्ला समयहरूमा अझ बढी खट्किएको पाठकहरूको गुनासो रहेको छ ।
वास्तवमा, आज प्रगतिवादी साहित्यिक फा“टमा प्रगतिको चाहना र कुरा गर्दागर्दै पनि व्यावहारिक रूपमा र वैचारिक तहमा समेत गतिशील यथार्थलाई सक्रिय रूपबाट प्रतिबिम्बन गर्ने समाजवादी यथार्थवादको आधारभूत प्रस्तावनालाई उपेक्षा गरी साहित्यरचना गर्ने कार्यलाई एउटा प्रवृत्तिले प्राथमिकता दिएको पाइएको छ भने अर्को एउटा प्रवृत्तिले चाहि“ आदर्शको अत्यधिक महŒवलाई ग्रहण गर्दागर्दै पनि व्यवहारमा यथार्थवादको वस्तुगत यथार्थ र जीवनसत्यप्रतिको अगाध निष्ठालाई उपेक्षा गरेर भविष्यदृष्टि र सपनालाई मात्र एकोहोरो रूपमा प्रतिबिम्बन गर्ने माग गरी सत्यनिष्ठता र भविष्यदृष्टिलाई अलग्याउने र सपनामा मात्र रमाउने कार्य गरिरहेको पाइन्छ । यी दुवै प्रवृृत्तिहरू पलायनवादी प्रवृत्तिहरू हुन् । दुईवटै प्रवृत्तिले यथार्थको सत्यनिष्ठता र गहन अनुसन्धानलाई उपेक्षा गर्दछन् । तथापि पछिल्लो प्रवृत्तिले कला–साहित्यले समाजको रूपान्तरणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ भन्ने विचारलाई त्यति ठूलो व्यवधान पु¥याउ“दैन भने अघिल्लो प्रवृत्तिले चाहि“ यथास्थितिवादी यथार्थवादको वरिपरि साहित्यलाई घुमाएर साहित्यको समाजरूपान्तरणकारी भूमिकामाथि समेत अप्रत्यक्ष बाधा पु¥याउने काम गर्दछ । यसकारण यो निकै हानिकारक रहेको छ । फरक फरक यी दुवै प्रवृत्तिका विरुद्ध वर्तमानमा सचेतन संघर्ष गर्नुुपर्ने पाठकहरूको आग्रह र अनुरोधबाट थप उत्प्रेरित हु“दै ‘वेदना’लाई निरन्तरता दिनु अझ आवश्यक रहेको महसुस गरेर यसलाई जसरी पनि प्रकाशनमा ल्याउन हामी उद्यत भएका छौं ।  
‘वेदना’को यो अंक प्रकाशन गर्दा नेपालको वर्तमान अवस्थाको अत्यन्त विषम परिस्थितिप्रति पनि हामी सजग रहेका छौं । ०४६ सालको जनआन्दोलनबाट प्राप्त सीमित अधिकारहरू शासकवर्गद्वारा निलम्बित गरिएका छन् । एकखालको प्रतिगमन भैसकेको अनुभव हामीले गरेका छौं भने अझ अरू प्रतिगमनको खतरा बढ्दै गएका आंशिक तथ्यहरू हाम्रा अघिल्तिर प्रस्ट रूपमा देखापर्न थालेका छन् । लामो संघर्षबाट प्राप्त अधिकारहरूलाई दाउमा राखेर आनो निकृष्ट स्वार्थ पूरा गर्न खोज्नेहरूको वास्तविकता क्रमशः उदाड्डो हु“दै गएको छ । यही बीचमा आनो समूहको तत्कालिक स्वार्थ देखापर्ने बित्तिकै प्रतिगमनकारीहरूको योजनाप्रति आ“खा चिम्लिने प्रवृत्ति पनि फस्टाउ“दै गैरहेको छ । नेपालको प्रगतिशील आन्दोलनको सेरोफेरोमा रहेको देखाउने समूह अथवा व्यक्तिहरूमा समेत यो प्रवृत्तिले घर गरेको पाइन्छ । यी प्रवृत्तिहरू नया“ समाजनिर्माण गर्ने योजनामा प्रतिबद्ध समूह एवं व्यक्तिहरूका लागि घातक रहेका छन् भन्ने हामीलाई लागेको छ । यसबारेमा हामी बेलैमा सचेत हुनु र यसका विरुद्ध वैचारिक संघर्ष गर्नु पनि जरुरी देखिएको छ । 
संकटकालको घोषणा भएदेखि नै प्रगतिशील लेखक संघ नेपाल, बौद्धिक ऐक्यबद्धता समूह, इन्द्रेणी सांस्कृतिक समाज नेपाल, प्रजातान्त्रिक अधिकार जोगाऔं आन्दोलन आदि वौद्धिक–सांस्कृतिक संघ÷संस्थाहरूले यो घोषणाको विरुद्धमा आना अभिमतहरू जाहेर गरिसकेका छन् । संकटकाल नेपाली समाजले भोग्नुपरेको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक समस्याहरू र तिनका कारणले नेपाली समाजले भोग्नुपरेको संकटापन्न स्थितिको निदान होइन, त्यसकारण यसलाई तत्काल अन्त्य गरी राजनीतिक समाधान खोज्नु आवश्यक छ र सत्ताधारी एवं विद्रोही माओवादीहरूबीच वार्ता भई निदान खोज्नु जरुरी छ भने तिनको धारणा र यसका निम्ति तिनले गरेका गतिविधिहरूमा हामी पनि धेरथोर सहभागी रह“दै आएका छौं । सबै साहित्यकारहरू र अभिव्यक्ति स्वतन्त्रताका पक्षपातीहरूले यही विचार वरिपरि संगठित हुनुपर्ने र संघर्षशील रहनुपर्ने आवश्यकता आज हामी देखिरहेका छौं । तर हाम्रा यी विचारहरूका विरुद्ध र संसद्मा रहेका राजनैतिक शक्तिहरूकै विचारहरूका विरुद्ध समेत संकटकाललाई निरन्तरता दिन आज संसद्विघटन गरी जनताको आवाजलाई कुल्चने काम प्रतिगमनकारी तŒवहरूले गरेका छन् । यो आफैंमा बढीभन्दा बढी हिंस्रक प्रवृत्तिको अनुसरण हो र सत्ताधारीहरू नेपाली जनताको अत्यधिक नरसंहार चाहन्छन् भन्ने कुराको अभिव्यक्ति हो । हामी यस किसिमको प्रवृत्तिको तीब्र निन्दा गर्न बाध्य छौं । 
यतिबेला देशमा के भैरहेको छ भन्ने सूचना एवं यथार्थबाट आम नागरिकलाई टाढा राखिएको छ । सूचनाहरू एकतर्फी भएका छन् । सत्ताले प्रसारण गरेको सूचना गाउ“का सामान्य निरक्षर मानिसहरू समेत पत्याउ“ने स्थितिमा छैनन् । मानवअधिकारवादीहरूले निर्दोष मानिसहरू मारिएको कुरा बारम्बार चर्चामा ल्याइरहेका छन् । तर सरकार भने कानमा तेल हालेर बसिरहेको हामीले पाएका छौं । प्रतिनिधिमूलक संस्थाहरू र जनमत विरुद्धमा संकटकाल थपेर सरकार आफैं सही सूचना जनताको बीचमा जान नपाओस् भन्ने मानसिकताले ग्रस्त भएको देखिन्छ । यथार्थलाई अभिव्यक्त गर्ने साहित्य र कलाको लागि वर्तमान अवस्था ठूलो चुनौती र दुर्भाग्य साबित भएको छ । 
देशको यो जर्जर अवस्थाको फाइदा उठाएर विदेशी शक्तिहरू आनो स्वार्थ पूरा गर्ने कार्यमा लागिसकेका छन् । अमेरिकी सेनालगायत विदेशीहरू हाम्रो देशका गाउ“–गाउ“मा पुगेको समाचार सुन्न हामी बाध्य भएका छौं । नेपालका बारेमा विदेशी कूटनीतिक निकायका पदाधिकारीहरू नेपालका राजनीतिक शक्तिहरूलाई नै खुलेआम राजनीतिक उपदेश दिइरहेका छन् र नेपालको मामिलामा प्रत्यक्ष हस्तक्षेप गरिरहेका छन् । यी घटनाहरूले हाम्रो देशको सार्वभौमिकतामाथि निकै ठूलो प्रश्न खडा गरिरहेको छ । राष्ट्रियताका लागि युगौंदेखि लड्दै आएका हामी नेपालीहरूका लागि यो दुःखलाग्दो घटना हो । यसप्रति सबै लेखक–साहित्यकारहरूले सचेत हुन जरुरी देखिएको छ । 
संकटकाल लागू गर्ने जस्तो गम्भीर कदमका विरुद्ध साहित्य र कलाको क्षेत्रमा क्रियाशील र सचेत समूह तथा व्यक्तिहरूले आवाज उठाउनु अत्यन्त जरुरी छ । अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लाग्दा साहित्य र कला कमजोर बन्छ भन्ने यथार्थबाट हामी परिचित छौं । संकटकाल लागू गरेपछि माओवादी गतिविधिबाट अत्यन्त टाढा रहेका अझ भनौं भने उनीहरूका उग्रवादी, अराजक, सामाजिक फासीवादी नीति तथा प्रवृत्तिहरूकै प्रतिवाद गरिरहेका लेखक, कलाकार, पत्रकार, प्रकाशक र आम नागरिकहरूप्रति सत्ताले गरेको दमनबाट संकटकाल किन लगाइएको हो भन्ने आशयलाई बुझ्नु कठिन छैन । प्रगतिवादी पुस्तक तथा पत्रिकाहरूमाथि संकटकाल लगाएपछि परेको सत्तासीनहरूको गिद्धेदृष्टि अत्यन्तै खतरनाक रहेको यथार्थ एकातिर छ“दैछ भने अर्कोतिर अभिव्यक्तिको क्षेत्रका कार्यरत लेखक, बुद्धिजीवी एवं पत्रकारहरूलाई धम्क्याउने, अनावश्यक दुःखसास्ती दिने, गिरतार गर्ने र यातना दिने जस्ता कार्यले वर्तमानमा अभिव्यक्ति स्वतन्त्रता एवं साहित्य–कलाले भोग्नुपरेका कठिन चुनौतीहरू पनि हाम्रा अघिल्तिर छन् । त्यसैले हाम्रो एउटै मात्र आवाज यतिखेर छ– संकटकाल तत्काल अन्त गर र यसको राजनीतिक समाधान खोज । यसका निम्ति अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेकाहरू र हिजोको बलिदानी संघर्षमा सहभागीहरू सबै फेरि एकजुट हुनुपर्ने बेला आएको छ । २०३६ सालको सडक कविता कार्यक्रम, २०४६ साल चैत्र ३ गतेको लेखक–कलाकाहरूको कालोपट्टी कार्यक्रम, २०५४ सालको आतंकवादविरुद्धको नाममा ल्याइएको विधेयकहरूका विरुद्धमा लेखक–कलाकारहरूले सडक कार्यक्रममा झैं एकजुट भएर संघर्ष गर्नुभन्दा हामी अर्को विकल्प हामी देख्दैनौं । वर्तमानले हामीलाई इतिहासतिर फर्केर यही उत्प्रेरणा लिन आव्हान गरेको छ ।  
अन्तमा, पाठकहरूको निरन्तरको सुझाव, सल्लाहअनुसार ‘वेदना’को आकारमा हामीले यस अंकदेखि परिवर्तन गरी पुरानै रूप दिएका छौं । सम्पादकमण्डल र व्यवस्थापनमा पनि केही हेरफेर भएको पाठकहरूले प्रष्टतया देख्नु हुने नै छ । विगतमा झैं ‘वेदना’का कमजोरीहरू औंल्याउ“दै उचित सल्लाह–सुझावका साथ सहयोग पु¥याउ“दै आउनुभएका सम्पूर्ण लेखक, साहित्यकारहरू, पाठकहरू र शुभेच्छुकहरूस“ग आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि हामी विनम्र अनुरोध गर्दछौं ।   































कविता
दशनीको लेहंगा
श्यामल
तातो हावाको झोक्काले
फर्फराउ“छ
पराजित मुलुकको झन्डा जस्तो
दशनीको लेहंगा ।

धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो
धेरै बलात्कार खपिसक्यो
जमिनदारको बा“झो खेतमा
धेरै कुलो लगाइसक्यो
घामपानीको मारले
जति मधुरो देखिए पनि
अझै रङ्गीन छ
हजारौं फूल फुल्ने उद्यान जस्तो
दशनीको लेहंगा ।

दाउरा लिन गएको
जंगलबाट फर्केन
कसैलाई थाहा छ कि
कहा“ फर्फराइरहेछ बुट्टेदार
दशनीको लेहंगा ।
४ मे, २००२
हाल ः नेपालगन्ज


लघुकथा
मुखियाको दृष्टि
सुकुम शर्मा 
‘उहा“ समद्रष्टा हुनुहुन्छ । उहा“को स्पष्ट लेखनले युवा पुस्तामा चर्चा पाएको छ ।’ उनीसित परिचय गराउ“दै टीकाप्रसादले भनेका थिए । त्यसपछि मैले उनको लेखनविधामा जिज्ञासा राखेको थिए“ । 
उनले मेरो जिज्ञासाको उत्तर दिंदै भनेका थिए– ‘गीत, गजल, कविता रचिन्छ, निबन्धमा रुचि छ, तर म समालोचनामा रमाउ“छु ।’ 
समालोचनालाई केन्द्रमा राखेर होला≤ टीकाप्रसादले उनलाई ‘समद्रष्टा’ भनेको, म मनमनमा निष्कर्षमा पुगेको थिए“ । चिनारी स्मरणीय र सौहाद्र्रको थियो । 
धधध
समयस“गै उनीस“ग पनि कुराकानी हु“दै गयो । उनले आफूलाई र आना बाहेकलाई तीखो आलोचना गर्दा रहेछन् भन्ने पनि ज्ञान भयो । उनको यस किसिमको तीखो आलोचनाको प्रतिक्रियामा मैले भनेको थिए“– व्यक्तिलाई यस्तो उस्तो भनेर भन्दा पनि प्रवृत्तिलाई समातेर विश्लेषण र आलोचना गर्दा राम्रो हुन्न र ? 
उनले अलिकति मुख बिगारेर भने– ‘तपाईंको कुरो ठीकै हो ।’ यसै प्रसड्डमा उनले सोधिहाले– ‘तपाईंलाई कुन खेमामा रहेर रचना गर्न मन पर्दछ ?’ उनले मेरो ‘प्रवृत्ति’माथिको जोडलाई व्यङ्ग्य गर्न खोजेका हुन् कि भन्ने लागे पनि आफूलाई स्पष्ट पार्दै भनें– मलाई खेमा, गुट, झुण्डभन्दा पनि प्रगतिवादी चिन्तन मनपर्छ ।
मेरो भनाइस“गै उनको आलोचक व्यक्तित्व जुर्मुराएर उठ्यो । उनको ‘समद्रष्टा’ चेत नाड्डियो । उनको बोलीमा पारा चढ्यो । यो सबैबाट स्पष्ट हुन्थ्यो कि प्रगतिवादी लेखन कोरा, नाड्डो, नारामय र घा“सेहरूको अभिव्यक्ति हो । अनि, यस क्षेत्रका लेखकहरू फोस्रा वा साहित्यभ“डुवा हुन् ।
त्यस दिन विवादलाई बिसाउ“दै बिदा हुने सन्दर्भमा भनेको थिए“– यहा“लाई यो विचार मन नपरे पनि म यसमा आस्थावान् छु । माफ गर्नुहोला ⁄ यो जति तल्लो लेखन भए पनि मलाई यसै विचारमा केन्द्रित भएर लेख्न मनपर्छ । 
धधध
समय बग्नु थियो, बगिरह्यो । सयम बित्नु थियो, बितिरह्यो । साटिने प्रकृति साटिए, फेरिने कुरा फेरिए । यसै समय पारेर उनी पनि फेरिएका रहेछन् । उनको फेरिएको रूप प्रगतिशील संस्थाको कार्यक्रममा स्पष्टस“ग देखिएको थियो । त्यस कार्यक्रममा उनले प्रगतिशील साहित्यको महिमा गाउ“दै थिए । उनको ‘समद्रष्टा’ वस्तुवादी चिन्तन बोकेको संस्थामा अचम्मैको आश्चर्य भएको थियो । 
उनको त्यस पनस“गै मभित्रको रगत सुलुत्त स¥यो र मलाई भित्रैदेखि वाकवाकी लाग्यो । पार्टीमा मात्र होइन साहित्यमा पनि यस्तै मुखियाको हालिमुहाली छ । यस्तै मुखिया अगुवा हुन्छन् । मनको पीडा उनको भाषणतीरले झन् घाइते भयो । रनाहा मनलाई थुम्थुमाउ“दै मैले त्यस बेला पिच्च थुकें । उनले ख्वाक्क खोके र थुक निल्दै भाषणलाई अघि बढाइरहे ... ⁄
कीर्तिपुर

निबन्ध
हामी सबै टेकबहादुरहरू 
रुद्र खरेल 
हाम्रो व्यक्तित्वलाई थरीथरीका जुइना र टेकाहरूले थेगेको छ । गम्दै जा“दा कहिले–कहिले मलाई एउटा एकदमै नया“ पुराण लेख्न मन लाग्छ, टेको पुराण । टेको पुराण कुनै काल्पनिक पात्र र घटनाको टेकोमा थाङ्राको चिचिन्डोझैं लिन्ठिड्ड झुन्डिएको पुराण हुनेछैन । यसका पात्र, घटना र परिवेश ठ्याकका ठ्याक्क जिउ“दा र यथार्थ हुनेछन् । यो आधुनिक युगमा लेखिएको उन्नाइसौं पुराण हुनेछ । 
टेको पुराण किन ? हाम्रो जीवनस“ग यसको के साइनो छ ? यी प्रश्नहरू तपाईं मलाई सोध्न सक्नुहुनेछ । मैले पनि यस पुराणको खेवारा गर्नुअघि नै यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिइसक्नु पर्नेछ । म तपाईंलाई खुलस्त भन्छु– मैले यो पुराण लहड र रहरले लेख्न लागेको होइन । आवश्यकता स्वीकारेर मैले महिनौं–महिनौं सोचें, सोच्दै गए“ र अन्तमा बुद्धलेझैं ठ्याक्कै सत्य फेला पारें । यो सत्य ऐनमौकामा सबैले बुझे भने तिनले यो लोकमा सुखभोग गरी हा“सी हा“सी परलोक प्राप्त पनि गर्नेछन् । त्यसैले मैले यो पुराण लोकको हितका लागि लेखेको हु“ । झुट्टा ठहरी फरक परे ऐन सवालबमोजिम सहु“ला बुझाउ“ला । 
सबैभन्दा पहिले मलाई लाग्यो, यस्तो लोकहितकारी पुराणको थालनी कहा“बाट गर्ने ? मेरो दिमागमा समस्याको गा“ठो प¥यो । म सोच्न लागें अ,“खा चिम्लिएर । गा“ठो फुक्दै गयो । मैले देखें– हाम्रो व्यक्तित्व र अस्तित्वको ढाकरको काम्रो आफंै उभिन सकेको रहेनछ≤ परी–परीका तोक्माको टेकामा अडिएको रहेछ । मलाई लाग्यो, यो यथार्थ नै टेको पुराणको आवश्यकताको बलियो दसी हो । वास्तवमा, जाली सर्टिफिकेटको टेको होस् कि पदको टेको होस्, घरको टेको होस् कि भरको टेको होस्, बिना टेको आज कसैले ठिड्ड उभिने दुस्साहस गरेको छैन । भाषण र आसनको टेको बिना भन्नोस् त आज कुन मन्त्री उभिन सकेको छ ? अरू त के विदेशी ऋण र अनुदानको टेको बिना अबदेखि उभिन सक्दैन । संविधान र प्रजातन्त्रको टेको नहाले संकटकाल नामको मृत्युकालले माटामा जरा हाल्दैन । टेको बिना पाकेको मेवा त टिपेर खान सकिंदैन भने जनसेवा र प्रजातन्त्रको टेको नलगाई कमिसन र भ्रष्टाचारको तोरी मन्त्रीहरूको बारीमा कसरी फुल्छ ? ईश्वरभक्ति र धर्मको टेको नलगाई मन्दिरको आम्दानी कसरी जिप्ट्याउने ? हत्या, व्यभिचार र जोरबर्जस्तीको खतबातको औचित्य, टेको बिना कसरी पुष्टि गर्ने ? गर्नोस् खुब कुकर्म र भन्नोस्– “मैले त्यो फल्नोवाद, मान्यता वा धर्मका लागि गरें ।” 
हेरिल्याउ“दा, सा“च्चि नै, हामीमध्ये कति नक्कली प्रमाणपत्रको टेकोमा उभिएका छौं त कति सत्ताको टेकोमा थिगिरी नानी थिगिरी गरिरहेका छौं । नक्कली सर्टिफिकेट मात्र किन, हामीमध्ये कोही कोही त नक्कली राष्ट्रियता र नक्कली देशभक्तिको टेकामा उभिएका छौं । अलिकति सुब्बेफाब्बे त होस् त्यो जाबो टेको कहा“ हुत्तिंदो रहेछ । यस्तै, हामीमध्ये कोही–कोही चाकरीको टेकामा उभिन्डिएर कुभिन्डो झैं झुन्डिएका छौं≤ कोही चाहिं निठ्ठा सिद्धान्तको थाङ्राको टेकामा तुर्लुड्ड झुन्डिएर हावामा कावा खाइरहेका छौं । हामीमध्ये कोही पसिना र तोक्माका भरमा उभिएका छौं त कोही सिफारिस र तक्मामा उभिएका छौं । खोजी पसे नक्कली हृदयले प्रेम गर्ने र नक्कली ओठले चेब्¥याइ“ पार्नेहरू पनि फेला पर्छन् । अनुहारमा बर्बरताको मुखुन्डो भिरेर नक्कली आ“सुको टेको लाएर रुनेहरू पनि फेला पर्छन्, जो सबैभन्दा बढी धोकेबाज छन् । अब भन्नोस् त टेको पुराणको सान्दर्भिकता छ कि छैन ? 
पण्डित बाजेले भन्थे– “हेर् बाबु, ब्रम्ह मात्र सत्य हो, बा“की जगत् मिथ्या हो ।” अहिले ती पण्डित बाजे मेरा अघिल्तिर पर्थे भने जु“गा सोत्र्याम्म हुने गरी लोपार्र्दै भन्ने थिए“– “ईः ब्रम्ह सत्य ⁄” वास्तवमा, टेको मात्र सत्य हो बा“की सबै मिथ्या । त्यसमा पनि अझ हामी नेपालीका लागि त जिउने साधन र संस्कृतिको अनुपम उदाहरण हो टेको । हामी त आफू बसेको घरको गारो मिति पुगेर चर्किन र भत्किन लाग्यो भने पनि त्यसलाई टेकाले अड्याइहाल्छौं । तपाईंलाई किन ढा“टौं, घर मात्र होइन, हामीले त देशलाई नै टेकाले अड्याएका छौं । अतीतप्रतिको बढाइचढाइपूर्ण गौरवको टेको, सीता र भृकुटीको टेको, सहिदको टेको, बलभद्र र भक्ति थापाको टेको, सगरमाथाको टेको, के केको टेको के–केको टेको ⁄ मलाई डर लाग्छ, यतिविदि टेकाहरू मक्किएर निकम्मा भएको दिन हाम्रो देशको हबिगत के हुने हो कुन्नि ⁄ सोचेर ल्याउ“दा मलाई भन्न मन लाग्छ– “हामी सबै टेकबहादुरहरू हौं, थरी–थरीका टेकबहादुरहरू ⁄ खोइ हामी आफैं उभिनसकेका, थरी–थरीका हामीलाई परीपरीका टेको नत्र नचाहिनु पर्ने हो । 
अ“, सा“च्चि, टेकाको सिलसिला चल्दा पो मैले अहिले झल्यास्स सम्झें । तपाईंले आनै पार्टी कार्यकर्ता रुक्मिणीस“ग रासलीला रच्नु भएको थियो । त्यसको भेद खुल्यो अरे, होइन त ? भरिसक्के स्वीकारै नगर्नुहोस्, गर्नै परे पनि बयान लिनेहरूलाई उल्टै सोध्नुहोस्– के प्रजातन्त्रमा ‘लाइङ्गकिस’ अर्थात् उडुवा म्वाइ पनि खान नपाउनु ? घटनाको महŒवहीन पक्षलाई सकार्नोस् र मूल पक्षलाई ठट्टामा उडाउनुहोस् । खुल्ला अर्थव्यवस्था बोकेको आजको बहुलवादी समाजमा हवाइ म्वाइका विरोधीहरूको आत्मा असंसदीय छ, अप्रजातान्त्रिक छ भनेर ढ्वाङमा थुतुनो जोत्दै डुक्रनुहोस् । रहस्यको आन्द्राभु“डी सडकभरि छ्यालब्याल भई नै हाले पनि नआ“तिनोस् । मेरो सल्लाह खानुहुन्छ भने पाखुरा सुर्की सुर्की तपाईंको उछित्तो काठ्ने बहुमत पक्षबाट जुम्रोझैं सर्लक्क अल्पमततिर सर्नुहोस् । बहुमत पक्षलाई चरित्रहत्याको फत्तुर लाउ“दै उल्टै आक्रमण गर्नुहोस् । जो चोर उसैको ठूलो स्वर भन्ने लोकोक्तिलाई सार्थक बनाउ“दै भन्नुहोस्– “बहुमते भातेहरूस“ग सिद्धान्त छैन, भनाइ र गराइमा फाटो छ, मूल्यमान्यताको राजनीति कुन चराको नाम हो, तिनलाई फुम छैन । तिनले त चरित्रहत्या र षड्यन्त्रको राजनीति मात्र गर्न जानेका छन् ।” सक्नुहुन्छ भने पार्टी फुटाउन साथीहरूलाई उक्साउ“दै नारा लगाउनुहोस्– “आउनुहोस्, हामी फुटौं, फुटिहालौं । बहुमतेले राष्ट्रियता बेच्यो, नदीनाला बेच्यो, सत्ताको कुइगन्धे खेल खेल्दै तारे होटलमा लगेर नारीको अस्मिता बेच्यो ।” त्यसपछि सिंहदरबार गेटमा सिङ उद्याउ“दै कुर्सीमा आ“खा लाएर डुक्रनुहोस्– हुक्का“ ⁄ हुक्का“ ⁄⁄
मानिलिनोस्, त्यसको केही महिना लगत्तै फेरि तपाईं र तपाईंकी अर्की कार्यकर्ता साथी राधा यौनाचारकै वारदातमा पक्राउ पर्नुभयो, नानीदेखि लागेको बानी न हो । भन्नोस् त अब तपाईं के गर्नुहुन्छ ? मेरो सल्लाह मान्नुहुन्छ भने मित्र, तपाईं नआ“तिनोस् । यसको पनि ओखती छ । उपिया“झैं बहुमतेतर्फ तपाईंको पालो बुरुक्क उफ्रनुहोस् र अल्पमतेलाई धारे हात पार्दै झम्टनुहोस्– “अल्पमते झुसिल्किराको लर्को सगरमाथाको टुप्पामा मरिगए पुग्दैन । तिनले जनतालाई धोका पस्कन मात्र जान्दछन् ।” फेरि, चुच्चे ढुंगो उही टुंगोमा आएर अर्की बहुमत पक्षकी सत्यभामालाई जोरबर्जस्तीस“ग दुई जिउकी बनाएको खबर छापाले पस्किए के गर्ने ? यो चाहिं तपार्इं आफैं सोच्नुहोस्– सा“च्चि नै के गर्ने ? अ“, एउटा उपाय छ, तपाईं सिद्धान्तलाई नै तीन पैसे खोटो भनेर प्रस्तुत हुनुहोस् । जुन पार्टीमा लेबी र चन्दाको रकम गमक्र्याउन पाइ“दैन, जुन पार्टीमा सा“ढेजस्तो डुक्रेर सुधी गाईहरूस“ग छिल्लिन पाइ“दैन, हुक्का“को हुङ्कारले सत्यलाई निर्बाध बलात्कार गर्न पाइ“दैन, त्यस पाटीमा किन बस्ने ? सिद्धान्तबहादुरजी, सिद्धान्तको टेको फालिदिनुहोस् । 
तपाईंलाई अर्को एउटा घटना पनि सुनाउ“m । घरमा दा“त फुक्लिएकी बुढी हु“दाहु“दै नातिनी भन्न सुहाउने आनै कार्यकर्तास“ग प्रेमबहादुरको ‘पेरेम’ परेछ । जस्तो नाम उस्तै काम । जिन्दगीमा एउटीस“ग पनि पिर्ती गा“स्न नसक्ने के खाएर हुन्छ खा“टी प्रेमबहादुर ? बैरागी काइ“लाले त ‘चालीस बर्खे जोवनलाई मेरो पनि सलाम’ भनेका थिए । यिनले त गा“ठे सत्तरी बर्खे जोबनलाई नै प्रेम र रोमान्सको टु“डिखेलबाट दर्जनौं तोपको सलामी दिए । बुुर्जुवा कानूनको बहुबिहासम्बन्धी मान्यता के खाएर कमरेडले मानोस् ⁄ दुईजनाको ल्याप्पै मेल भैसकेपछि कसले उठाओस्, अनमेल बिहेको थाङ्ने कुरा ? तैपनि मान्छेको जात न हो, यस्तो कुरामा चियो चर्चो नगरी किन बस्थ्यो ? कस्ता–कस्ता पोप–पादरी, भिक्षु, सन्त–महन्त, पण्डित–पुरेत, ईश्वरका दूत, ब्रम्हा–सरस्वती, लेवेन्स्की–क्लिन्टन, नेता र अभिनेताको त आखिरमा घ्याम्पो फुटेरै छोड्यो भने यिनको चाहिं कसरी भकुन्डो जस्तो, एयरटाइट भएर रहन सक्थ्यो ? हावाको बेसी चापले भकुन्डो पनि ब्ल्याड्ड पड्कन्छ र छुस्स हावा बाहिर निस्कन्छ । त्यसमा पनि बुढालाई नस हाल्ने मौका छोप्नेहरूको झुसिलकिरे ता“ती थियो । ‘बुढाका ठाउ“मा म अभागी बज्रस्वा“ट’ भनेर हीनताबोधले आनै मुख सोतार्ने ईष्र्यालुहरूदेखि लिएर पशुपतिनाथका कृपाले आनो घ्याम्पो नफुटी खतरामा पुग्नबाट जोगिन सकेकाहरूले पनि उफ्री उफ्री धारे हात लाएर विरोध गर्न लागे । अर्कातिर, यस पेरेम बिहेलाई जम्बुद्वीपकै पहिलो ‘नमूना क्रान्तिकारी’ बिहेको सूचीमा दर्दै टाउको रनक्क पार्ने अजिड्डरे लामा दार्शनिक लेखकहरू बजारमा छताछुल्ल आए । ‘मन मिलेपछि भा“डमा जाओस् उमेरको कुरा ⁄’ लु खास् त बुढाको पालो बत्तीस मुजा परेका तिघ्रामा भक्ति थापाले जस्तो जोसिलो मुड्की बजार्दै ब्ल्याड्डै भनिदिए । “बुढाले मैले पेरेम गरेको हो” भन्ने ठूलो आ“ट त गरे तर उनले एउटा कुरामा बुद्धि पु¥याएनन् । कालजु“गे अधबैंशे नेताले प्वाक्क भन्यो, “के कुरामा बुद्धि पु¥याएनन् ?” मैले उसलाई प्रश्न गरें, उसले भन्यो– हेर्नोस्, माया चलेपछि काया चलिहाल्छ । बरु, जसस“ग पेरेम छैन, त्यसलाई काखा“ राख्नै हुन्न । यौन र पेरेमको यो अचुक माक्र्सवादी सूत्र हो ।” मलाई लाग्यो, अधबैंसे कामरेड सूत्रबहादुरले ठीकै भने । कलिजुगमा दा“त फुक्लिएकी बुढीलाई कुन मूर्खले माया गरोस् ⁄ नभन्दै त्यसको पुग नपुग दुई हप्तापछि सूत्रबहादुरजीको स्वच्छन्द क्रान्तिकारी रोमान्स र प्रेम छापामार्फत् सहरभरि छ्यालब्याल भयो । मेरो पालो सुर्रिएर फोनको डायल घुमाउ“दै भनें, “कमरेड के हो यो बजारको हल्ला ?” 
“पेरेम परेपछि त्यो जाबो कुरा गर्न कल्ले आइतबार बार्छ र ?” उसले उल्टै प्रश्न ग¥यो । 
“मेरो नजिकै बसेर ‘मलाई धोका भयो’ भन्दै भाउजू कोक्याई–कोक्याई रु“दै छिन् नि त । म के भनू“ उनलाई ?” मैले मानवीय समस्या तेस्र्याए“ । 
“यस्ता झिनामसिना कुरामा बेकारमा तपाईंजस्तो क्रान्तिकारी किन अल्मलिनु हुन्छ ? जसस“ग पेरेम छैन, त्यसलाई काखा“ राखिंदैन– राखिंदैन । अनि जसस“ग पेरेम पर्छ, त्यसलाई छाड्दा पनि छाडिंदैन, पानीमुनि गए पनि छाडिंदैन । आफू त यथार्थवादी मान्छे, सिधा कुरा गरिन्छ ।” उसले मेरो प्रश्नलाई अजिड्डरले बढेमाको पाहा भ्यागुतो कुक्लुक्क निलेझैं निलिदियो । 
“हाम्रो पाटीलाई पो यसले नराम्रो गर्ला कि ?” मैले दबेको स्वरमा खुलस्त्याइ“ मागें । 
“भुत्राको नराम्रो गर्छ त्यल्ले । झन् राम्रो गर्छ । माओ पनि दोस्रीलाई छोडेर तेस्री उर्बसी जस्ती हिरोइनतिर लागेका थिए । त्यसपछि नै उनले पनि चीनलाई मुक्ति दिए । अर्काको खोइरो खन्ने झुसिल्किराहरू पहाडको टुप्पामा पुग्लान् भन्ने ठान्नुभएको छ तपाईंले ?” उसले खराखरी भन्यो । 
“त्यसको अर्थ हजुरको यस पेरेम बिहाले नेपाली जनताको मुक्ति पनि पक्कापक्की ग¥यो हैन त ?” मैले खुल्दुली बिसाए“ । 
“ठट्टा नगर्नोस् न साथी ⁄” उनी अलिक मत्थर भए । यो सा“चो घटनाबाट पनि हाम्रो सामाजिक जीवनमा टेकाको महŒव छ्याड्ड हुन्छ ।
हाम्रो जीवनमा टेकाको महŒव अर्को ढड्डले पनि पुष्टि हुन्छ । झम्के झोलको झ्याम्टा बजाएर भट्टीमा टिल्ल भएर झुल्दा होस् कि अझ अघि गएर आचीहु“दो थुतुनो जोत्दा होस्, हामीलाई टेको नभई पटक्कै हु“दैन । यसको अर्थ मैले तपाईंलाई जा“ड खाएर झल्लो भएर नहिंड्नोस् भनेर उपदेश दिन खोजेको चाहिं होइन । खुब धोक्नोस् र जोत्नोस् मुख सडकपेटीको फोहोरमा । आ“खिर झम्के झोल कसले चढाएन ? भन्नोस् त । माक्र्सले चढाएनन् कि, लेनिनले चढाएनन् कि, माओले चढाएनन् कि, लिङ्कन र गान्धीले 
चढाएनन् ? यिनीहरूलाई मात्रै किन, तपाईंले गौतम बुद्ध, ज्ञान दिलदास, कविरदास, हनुमानभक्त तुलसीदासलाई पनि टेको बनाउन सक्नुहुन्छ । तपाईं यसभन्दा पनि अघि जान सक्नु हुन्छ । कारण, खोया बिर्केको इतिहास छोएला कचेलाको भन्दा पुरानो र गौरवपूर्ण छ । वैदिक ऋषिहरूले यसलाई सबै इन्द्रियलाई परिपुष्ट पार्ने महान् रस भने । भन्नोस्, यस्तो असली रस कसले पो घु“ड्क्याएन होला ? भारतद्वाजदेखि भट्टराईसम्म, वशिष्टदेखि बलबहादुरसम्म, वैशम्पायनदेखि वामदेवसम्म, स्मृतिकारदेखि साहित्यकारसम्म र गुहेश्वरीदेखि हृदयेश्वरीसम्मले यसलाई सश्रद्धा अचाउ“दै आए । यति बिङ्न टेका हु“दाहु“दै तपाईं किन पिरोलिनु हुन्छ साथी ? झल्लो भएर झम्के झोलमा झुल्नोस्, खुब झुल्नोस् ⁄ 
झम्के झोल मात्रको के कुरा, अझ अघि गएर भन्ने हो भने हाम्रो जीवन सा“च्चि नै टेकोमय छ । हामीलाई त मरेपछि पनि टेको नभई हु“दैन । गाईको पुच्छरलाई टेको नबनाई हामी बैतर्नी नदी तर्न सक्दैनौं, बाहुनमार्फत् जेमराजलाई घुस नख्वाए उसको इजलासको मुद्दा जितेर स्वर्ग जान सक्दैनौं । हेर्नोस् त हाम्रो जीवनको कुन पक्ष मात्र टेकोबाट प्रभावित छैन । अब त पत्याउनु भयो होला मेरो कुरा । अझ नपत्याए छाम्नोस् आनै स्याप्प परेका ख्याउटे गालाहरू । ढाडे गालाको कुरा छाडौं । कन्तबिजोग त छ स्याप्पे गालाहरूकोे । ओडारभित्र बन्साका बोटेझैं झुस्स पलाएका दारी भूमिगत भइदिएपछि पुलिसजस्तो बिलेडका बाबुको के लाग्छ ? तर हामी गरिबी र कुपोषणबाट जन्मेको यस सनातनी राष्ट्रिय समस्याबारे त्यति चिन्तित छैनौं । हामीस“ग यसको भरपर्दो परम्परागत राष्ट्रिय प्रविधि छ । जिब्राका टुप्पाले ख्वाप्लाक्क परेका ख्याउटे गालाका छालालाई भित्रैबाट ठेल्छौं र गाला हुप्प भएर अरिमठे ढाडेको जस्तो अनुहार भएपछि बेस्कन बिलेड दल्छौं । यसले छर्लड्ड पार्छ, हाम्रो जिब्रो पनि गालाको टेको मात्र हो । 
टेकाको यस्तो सर्वव्यापी महŒव बुझेरै मैले यो टेको पुराणको प्रथम अध्याय लेखेको हु“ । बा“की अध्यायहरू क्रमशः म लेख्दै जानेछु । इतिश्री टेको पुराणे द्वैधचरित्रखण्डे टेकवहादुर महात्म्ये प्रथमो अध्याय समाप्तम् । 


कविता
उल्टो बगेका नदीहरू 
सरस्वती ‘प्रतीक्षा’ 
नदीहरू उल्टो बगेको देखेर
छोराले सोध्यो– 
‘आमा, 
आजकल किन नदीहरू उल्टो– उल्टो बग्छन् ?’ 
राष्ट्रिय पीडाले आक्रान्त 
बूढी आमाले खोक्दै भनिन्– 
‘छोरा, जब शासकहरू 
पानीको साटो जनताको रगत पिउ“न थाल्छन् 
तब नदीहरू 
विद्रोह गर्दै उल्टो–उल्टो बग्छन् ⁄’ 
पोखरा

समालोचना
‘नया“ स्रष्टा, नया“ सृष्टि र नया“ पुस्तकको समालोचना गरौं’ 
अराजक अक्षरहरूको राजक अभिव्यक्ति
रामप्रसाद ज्ञवाली
मातृभाषा नेपाली नभएका नेपाली स्रष्टाहरूद्वारा नेपाली साहित्यमा पु¥याइएको योगदान अद्वितीय छ । आख्यानतर्फ गिरिश बल्लभ जोशीदेखि विष्णुचरण श्रेष्ठ हु“दै रूपनारायण सिंह, विजय मल्ल, गोविन्दबहादुर मल्ल, ह्दयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, धुस्वा“ सायमी, पारिजात, भागिरथी श्रेष्ठलगायतका अनेक स्रष्टाहरूले विशिष्ट योगदान दिएका छन् भने कवितामार्फत् पारसमणि प्रधान, सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, केदारमान व्यथित, वैरागी काइ“ला, द्वारिका श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, तुलसी दिवस, सरूभक्त, मोहन दुवाललगायत दर्जनौं स्रष्टाहरूले विशिष्ट योगदान पु¥याएका छन् । यसैगरी नाटकतर्फ गोविन्दबहादुर मल्ल, विजय मल्ल, ह्दयचन्द्रसिंह प्रधान, सरूभक्तलगायत अनेक स्रष्टाहरूले योगदान दिएका छन् भने सम्पादन, समीक्षा र निबन्धलेखनतर्फ ऋद्धिबहादुर मल्ल, कृष्णचन्द्रसिंह प्रधान, ह्दयचन्द्रसिंह प्रधान, सत्यमोहन जोशी, इन्द्रबहादुर राई, दयाराम श्रेष्ठ, कुमारबहादुर जोशी, मोहन दुवाललगायतका दर्जनौं स्रष्टाहरूले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । यस्तै नियात्रा, गजल, गीत, संस्मरण आदि क्षेत्रमा पनि विमातृ नेपाली भाषीले पु¥याएको योगदान अलग्गै राखेर नेपाली साहित्यको इतिहास, सम्पन्नता र गुणात्मक प्राप्तिलाई हेर्ने हो भने साहित्यको स्वरूप कस्तो हुन्थ्यो होला ? कति कमजोर र कति अपूर्ण रहला ? यस्तो सोच्दा मात्र पनि आङ सिरिड्ड हुन्छ । नेपाली साहित्यमा विमातृ नेपाली भाषीले पु¥याएको योगदान मातृभाषी नेपाली भएका स्रष्टाहरूले पु¥याएको योगदानभन्दा कुनै हालतमा पनि कम छैन । बहुजाति, बहुधर्म, बहुसंस्कृति र बहुविचार भएको नेपालका लागि यो प्राप्ति गौरवपूर्ण छ । विमातृ नेपाली भाषीद्वारा नेपाली साहित्यमा गहिरो योगदान दिने क्रम जारी नै छ । यसै क्रममा लामो समयदेखि गीत तथा गजललेखनमा साधना गरिरहेका साधक कवि विजय सुब्बाको उल्लेखनीय कवितासंग्रह ‘अराजक अक्षरहरू’ बजारमा आएको छ । २०५८ मा साझा प्रकाशनद्वारा प्रकाशित यस कृतिको सामान्य स्पर्शात्मक अध्ययन–विश्लेषण गर्ने उद्देश्य यस लेखको रहेको छ ।
‘अराजक अक्षरहरू’ मा जम्मा ६६ वटा कविताहरू छन् । दुई खण्डमा विभाजित यस कवितासंग्रहको ‘खण्ड १’ मा ३८ वटा फुटकर कविताहरू छन् भने दोस्रो खण्डमा छोटा (५ हरफदेखि १३ हरफसम्मका) २८ वटा कविताहरू छन् । वि.स. २०४१ सालदेखि लेखिएका यी कविताहरूमध्ये धेरै कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका हुन् । मोदनाथ प्रश्रितको भूमिका भएको यस कवितासंग्रहको शीर्षक आकर्षक छ– ‘अराजक अक्षरहरू ।’ वास्तवमा यो शीर्षक आफैंमा प्रशस्त प्रतीकात्मक र ध्वन्यात्मक देखिन्छ । ‘अक्षरहरू’ कविताका रूपमा र ‘अराजक’ स्वायत्तताका रूपमा व्यञ्जित देखिन्छन् । ‘अराजक अक्षरहरू’ शीर्षकको कविताबाटै किताबको शीर्षक पनि छानिएको छ । यस शीर्षकले मूलतः लेखकीय स्वायत्तता, जिम्मेवारी, निर्बन्धता र मौलिकताका पक्षमा भाव सम्प्रेषण गर्छ । वर्तमानमा क्षयीकरण हु“दै ह्रासतर्फ ओर्लिरहेको मानवीय संवेदनशीलताप्रतिको चिन्ता र मानवमूल्यलाई ल्यापल्याप्ती चाट्दै बढिरहेका यस युगका कुरूप अजिड्डरहरूप्रतिको आक्रोश तथा सामाजिक विकृति, भ्रष्टता, व्यभिचार र नैतिक निष्ठामा आएको ह्रासप्रति असन्तुष्ट कविको आक्रोशपूर्ण अभिव्यक्ति बोकेको यस कवितासंग्रहको शीर्षक पनि प्रतीकात्मक, कवितात्मक र सार्थक देखिन्छ । शीर्षकमा रहेको अराजकताले राजकताको खोजी गरेको पाइन्छ ।
‘अराजक अक्षरहरू’भित्रका कविताहरूको प्रमुख विषयगत लक्ष्य नेपाली समाजका नकारात्मक पक्षको उद्घाटन गर्नु रहेको छ । नेपालमा व्याप्त विकृत राजनीति, कमजोर राष्ट्रियता, विभेदपूर्ण जातिवाद, सामाजिक शोषण, वर्गीय द्वन्द, गरिबी जस्ता अनेक विषयलाई कविले पक्रेका छन् । यी सामाजिक असन्तुलन, शोषण र भ्रष्टताप्रति कविले असहमति र असन्तुष्टि व्यक्त गरेका छन् । यस किसिमका नकारात्मक कार्यमा संलग्न व्यक्ति र पक्षहरूमाथि कडा व्यङ्ग्य पनि गरेका छन् । धेरै कविताहरूले नेपाली राष्ट्रियताका पक्षमा आवाज उठाएका छन् । केही कविताहरू नेपाली प्रकृतिको चित्रणमा तल्लीन छन् । राष्ट्रसंचालनको प्रमुख राजनीति हो भने राजनीति नै मूलतः मानवजीवनका सुख दुःखका कारणहरूमध्येको एक प्रमुख कारण हो । जनताको पक्षमा काम र सेवा गर्ने प्रतिबद्धता र घोषणाका माध्यमबाट जनतामा पुगी जनताबाटै चुनिएर राज्यसंचालन गर्ने ठाउ“मा पुगेका अगुवा राजनेताहरू निजी स्वार्थमा चुर्लुम्म डुब्दा त्यस देश र जनताले जे–जस्तो दुर्गति भोग्नुपर्छ र जे–जस्ता संकट बेहोर्नुपर्छ ती सब नेपालमा भएका छन् । कवि विजय सुब्बा पनि पेशाले राजनेता हुन् । उनी राजनीति गर्दै जनताबाट चुनिएर सांसद् भएका छन्, संसद्मा गएका छन् । राजनीतिक प्रतिबद्धताकै कारण उनले राजनीतिको क्षेत्रमा हाम फालेको पाइन्छ । तर राजनेताहरू र पार्टीबीच पसेर, बसेर तिनीहरूको घिनलाग्दो, स्वार्थी र द्वैध चरित्रको क्रियाकलाप आफ्नै आ“खाले देखेपछि उनलाई राजनीतिप्रति नै केही असन्तुष्टि र राजनेताप्रति चरम असन्तुष्टि भएको अनुभव उनका कविता पढ्दा हुन्छ । राजनेताप्रतिको वितृष्णाका कारण राजनैतिक आस्थामाथि नै उत्पन्न अविश्वास र नेतृत्व वर्गप्रतिको घृणा पोख्दै उनले ‘राजनीति’ शीर्षकको कवितामा यस्तो लेखेका छन् ः
मन लाग्छ नेताहरूलाई जहा“ पुग्न 
त्यहींसम्मको मनचिन्ते यो रेल हो 
यस्तै पो रहेछ पक्का राजनीति 
मैले बुझ्नै नसकेका भयड्ढर 
षड्यन्त्रकारीहरूको जेल हो । (पृ. ८७)
समाजमा व्याप्त विभेदकारी धर्म, संस्कृति, अन्धपरम्परा, छल, शोषण, विकृत शिक्षाजस्ता विषयमा प्रस्तुत यी कविताहरू अ“ध्यारा दृश्यहरू देखाई अ“ध्याराबाट मुक्तिका लागि छटपटाइरहेका अनुभूति हुन् । कविभित्र रहेको सामाजिक मुक्तिको तीब्र चाहना विस्फोटक भावसम्प्रेषणका साथ यी कविताहरूमा प्रस्तुत भएको छ । आधुनिक भनिने संसारमा पनि मान्छेले दास बन्नु परेको, चेलीबेटी बेचबिखन भइरहेको, गरिबीले मान्छे पिल्सिइरहेको तथा का“चो मासु (यौवन)को किनबेच भइरहेको कटु यथार्थ हाम्रा सामु छ । यस्तो यथास्थिति र मानवसभ्यतामाथिको कलंकप्रति असन्तुष्ट कविको आवाज अनेक कवितामा पाइन्छ । ‘काठमाडौं’ शीर्षकको कविताको निम्नलिखित कवितांशले विकृति र वेदनाको एउटा सानो झा“की प्रस्तुत गर्दछ, जसबाट उक्त कुराको पुष्टि पनि हुन्छ ः 
यो काठमाडौं 
मान्छेलाई मात्र चिसो माया दिन्छ 
सडकको पेटीमा खुलेआम जीवन किन्छ 
ढ“ुडी छि“डीहरूमा गरिबी बा“ड्छ 
नशामा चुर भएझैं गरेर 
विवश चेलीको यौवन काढ्छ’  (पृ. ६०) 
‘अराजक अक्षरहरू’का कविताहरूमा महŒव दिएर प्रस्तुत गरिएको एउटा पक्ष आदर्श र यथार्थबीचको डरलाग्दो विभेद हो । अहिले नेपाली समाजमा अत्यन्त कहालीलाग्दो गरी चिन्तन र चरित्रको संकट उत्पन्न भएको छ । कथन र करनीका बीचको असामञ्जस्यले सामाजिक आस्था टुक्राटुक्रा भएको छ । मार्गदर्शकहरू स्वार्थी बाटोमा एकोहोरो भेडोझैं लागिरहेछन् । आज नैतिक निष्ठामा आएको ह्रास र नेतृत्व वर्गमा देखा पर्ने कृतघ्नता नेपालको इतिहासमा नै सायद थियो होला ⁄ औषधीको नाम लिंदै बिष दि“दै गर्ने आजको अगुवावर्ग घिनलाग्दो रगरगाउ“दो कीरामा परिणत भएकोमा कवि विजय सुब्बा सर्वाधिक दुःखी र आक्रोशित देखिन्छन् । उनीभित्र यथास्थितिप्रति चरम असन्तुष्टि बढेको छ । त्यसैले यी कविताहरूमा क्रुद्ध कविको डरलाग्दो सिंहनाद सुन्न पाइन्छ । कविभित्रका असन्तुष्ट मनोवेगहरू असमेल भेल बनेर विद्रोह, आक्रोश र चरम भावुकतासाथ अभिव्यक्त भएका छन् । 
समाज र साहित्य एक अर्काका पूरक र सहयोगी हुन् । राजनीति समाजको एक विशिष्ट र शक्तिशाली पक्ष हो । त्यसैले समाजस“ग राजनीतिको प्रत्यक्ष र घनिष्ठ सम्बन्ध हुन्छ नै । व्यक्ति र साहित्य पनि समाजभित्रै हुने भएकाले साहित्यको सम्बन्ध पनि राजनीतिस“ग हुने नै भयो । राजनीति र साहित्यबीच सामञ्जस्य हु“दा मानवको विकासमा ठूलो सघाउ पुग्छ । तर वर्तमानमा साहित्य र राजनीतिबीच विरोधाभास देखिन्छ । नेपाली राजनीतिका अनेक हस्तीहरू साहित्यकार पनि छन् । तिनीहरूको साहित्य र राजनीतिमा त झनै बढी विरोधाभास पाइन्छ । तर कवि विजय सुब्बा झण्डै अपवाद जस्ता लाग्छन् । उनको जीवनचर्या र कविताबीच त्यस्तो डरलाग्दो विरोधाभास पाइन्न । उनको भोगाइ जस्तो छ र जस्ता अनुभवहरू उनले स“गालेका छन्, तिनलाई इमानदारीका साथ प्रस्तुत पनि गरेको देखिन्छ । त्यसैले उनका कविताले गर्ने विद्रोहमा केवल असन्तुष्टि मात्र नभई उत्तिकै यथार्थ पनि छ । उनी अराजक विद्रोहका कवि नभएर सुसंगत चिन्तनले डो¥याइएका र जिम्मेवारीबोधद्वारा निर्देशित कवि देखिन्छन् । 
यस कवितासंग्रहका कविताहरूले सर्वाधिक चिन्ता र चासो राखेको विषय नेपाली राजनीति, नेपाली जीवन र नेपाली राष्ट्रियता हुन् । कवि आफू वामपन्थी नेता हुन् । उनले वामपन्थीबीच रही काम गरेका छन् र तिनीहरूलाई राम्ररी चिनेका छन् । यतिखेर नेपाली वामपन्थ अत्यन्त अन्योलग्रस्त र विचलनमा फ“सेको अवस्था छ । वापन्थीहरूमा देखिएको घोर विचलनमाथि कवि अत्यन्त क्षुब्ध र रुष्ट देखिन्छन् र यी कवितामार्फत् काव्यात्मक आक्रमण गरेका छन् । उनी यी कवितामा जनताको मर्म बुझेर नेतृत्ववर्गमाथि जाइलागेका छन् । जनतालाई दास ठान्ने र कार्यकर्तालाई हनुमान् बनाउन चाहने कृतघ्न राजनेताहरूप्रतिको चरम आक्रोश र वितृष्णा ओजस्वी विद्रोहसाथ यसरी अभिव्यक्त भएको छ ः
हाम्रा का“धहरूलाई 
सधैं भरिया नबनाओ भन्दा 
तिमीहरूका लालची आ“खाहरूले 
हाम्रा बाटाहरूमा 
¥यालै¥याल नखन्याओ भन्दा
अराजक भन्छौ नि मलाई 
भन, जति भने पनि भन 
अब म अराजक हुन चाहन्छु । 
(अराजक अक्षरहरू, पृ. ३७) 
यसैगरी जनतालाई भेडो बनाएर दास कार्यकर्ताका माध्यमबाट राज्यसंचालन गर्न चाहने राजनेताप्रति घोर आपत्ति जनाउ“दै चरम क्रुद्ध कवि यसरी कुर्लिएका छन् ः
तिमीले आची खुवाउ“दा पनि 
गनायोसम्म बोल्न नसक्ने 
अयोध्या जलाइरहेका 
यस्तै हनुमान्का भरमा 
कुनै नदी तर्नु छ भने 
महाशयहरू ⁄ ...
देश र जनता मर्नुभन्दा 
झूठ राजनेताहरू चाहिं मरे हुन्छ । 
(हनुमान् र नेताहरू, पृ. ६८) 
राजनीति गर्ने, पार्टीको सहारामा ठूलो पदमा पुग्ने अनि निजी महŒवाकांक्षा पूर्ति गर्न नपाउ“दा पार्टीमाथि दोष थुपारेर पार्टी फुटाई जनताको टाउकोमा दुर्भाग्य लाद्नेहरूप्रतिको आक्रोश प्रकट गर्दै कवि यस्तो लेख्छन् ः
मञ्चमा शहीद छाद्नेहरू 
रगत पिएरै र रगत छाद्दा हुन् नि ⁄ 
यिनीहरू हामीलाई 
न सास फेर्न दिन्छन् 
न ढुक्कले आकाश हेर्न दिन्छन् । 
(यी सर्पहरू अर्थात् हरुवाहरू, पृ. ७७) 
यसरी यथार्थबोध भएको छ र यथार्थबोधका कारण आस्था भड्ड भएको छ । त्यही आस्थाभड्डका कारण उत्पन्न कविमनोदशा यी कविताहरूमा प्रकट भएको छ । कवि यी कविताहरूमा नेता र यथास्थितिवादी व्यवस्थामाथि मात्रै क्रुद्ध छैनन्, साथमा दास मनोवृत्ति बोकेका बुद्धिजीवीहरूमाथि पनि क्रुद्ध देखि देखिन्छन् । हुन पनि नेपाल र नेपालीको दुर्भाग्यको एउटा ठूलो कारण दास बुद्धिजीवीहरू पनि हुन् । लोभलालच, डर अनि व्यक्तिगत महŒवाकांक्षाका कारण आफ्नो विवेक र धर्मलाई बलि चढाउने बुद्धिजीवीहरूकै आधिक्य नेपालमा छ । यी सचेत भएर पनि असचेत तथा बोध भएर पनि मूढ बनेका चीसा बुद्धिजीवीहरू सत्य बोल्नदेखि डराइरहेका देखिन्छन् । कवि चीसा जनताप्रति पनि असन्तुष्ट छन् । चाहिने आवश्यक कुरामा आन्दोलित नहुने तर नेता र पार्टीको स्वार्थमा बलि चढ्न तयार हुने चीसा जनता आफ्नो शक्ति चिन्दैनन्, आफ्नो गन्तव्य पनि पहिल्याउ“दैनन् र आफ्नो अधिकारका लागि आफैं सक्रिय पनि बन्दैनन् । अरूको मुख ताकेर बस्ने यी चीसा र लाछी जनताप्रतिको रोष पनि यी कवितामा पाइन्छ । त्यस्तै यस देशका पार्टीकार्यकर्ताको सचेतता र ढड्ड पनि निको छैन । नीतिमुखी नभई उनीहरू नेतामुखी छन् । नीतिका विरुद्ध जाने नेतालाई पनि उनीहरू आ“खा चिम्लेर समर्थन गर्छन् । कवि विजय सुब्बा यस्ता दास बुद्धिजीवी, चीसा जनता र हनुमान् कार्यकर्ताहरूप्रति असन्तुष्ट र क्षुब्ध देखिन्छन् । यस्ता बुद्धिजीवी र कार्यकर्तालाई उनले ‘यस जमातका नोकरहरू’ भन्ने संज्ञा दिएका छन् । 
हुन पनि अहिले नेपालका बुद्धिजीवीहरू अवसरजीवी भएका छन् । निर्भीक भई आफ्नो विवेकको प्रयोग गर्न हिचकिचाइरहेका यी बुद्धिजीवीहरू झन्डै दासकमैया जस्ता भएका छन् । गलत कुरा देखेर पनि बौद्धिक विरोध गर्न नतम्सने यी लाछी बुद्धिजीवीहरू आफ्नो चिन्तन समेत बेचिरहेका छन् । यसो भन्नुको अर्थ बुद्धिजीवीले पार्टीमा लाग्नु हु“दैन भन्न खोजिएको होइन । निश्चय नै बुद्धिजीवीले पनि पार्टीप्रति प्रतिबद्ध हुनु नराम्रो होइन किनकि जनता र राष्ट्रको विषय पार्टी र पार्टी नेताहरूको मात्र पेवा होइन, त्यसैले यसतर्फ बुद्धिजीवीले पनि चासो देखाउनै पर्छ तर बुद्धिजीवीले अन्धो भएर कुनै एक विचारको पूर्ण भरिया भई हिंड्नु ठीक हु“दैन । उसले कमैया बन्धनबाट मुक्त हुनैपर्छ । यदि ∏ पार्टीमै छ र पार्टी सदस्य नै हो भने पार्टीमा देखिएका गलत प्रवृत्ति, नेताहरूमा देखिएको नैतिक विचलन र खराब क्रियाकलापहरूका विरुद्ध बौद्धिक विरोध गर्नैपर्छ किनभने ∏ बुद्धिले अस्तित्ववान् बन्ने व्यक्ति हो, जसले बुद्धिको सदुपयोग गर्छ तर बुद्धिलाई बेच्दैन । निश्चय नै वर्गीय समाजमा कोही पनि वर्गभन्दा माथि हु“दैन । त्यसैले बुद्धिजीवी पनि वर्गीय हुनु स्वाभाविक नै हो तर वर्गीय हितकै लागि समर्पित हु“दा पनि उसले विवेकको बलि चढाउनु हु“दैन । यसको विपरीत नेपालका बुद्धिजीवीहरू हनुमान् र दास जस्ता भई जीहजुरीमा रमाइरहेका देखिन्छन् भन्ने आरोप कवि विजयले लगाएका छन् । उनी बुद्धिजीवीहरूको यस्तो दुर्दशाप्रति चिन्तित तथा आक्रोशित देखिन्छन् । त्यसैको जोसिलो र व्यंग्यप्रधान आलोचनात्मक अभिव्यक्ति ‘वर्तमान नोकरहरू’ शीर्षकको कवितामा यसरी गरेका छन् ः 
तिमी लाटा 
छिः 
आनी स्वास्नी खोसिएको समेत 
देख्दादेख्दै चुप लागिरहने 
स“घारसम्मको कुरा गर्न सके त राम्रै हुन्थ्यो 
आ“गन चियाउन समेत आदेश मागिरहने 
यस जमानाका नोकरहरू ⁄  (पृ. ७४) 
कवि विजय सुब्बा ‘अराजक अक्षरहरू’भित्रका कवितामा इमानदार देखिन्छन्, उनको नियतमा खोट पाइन्न । आफू बसेको पार्टीमा तथा आफ्ना आदर्श नेताहरूमा आएका विचलनहरू, खण्डित भएका आदर्शहरू, चरित्रमा आएको ह्रास र नैतिक संकट तथा क्रियाकलापहरूमा देखिएको अकर्मण्यता, धूर्तता जस्ता कुरा देख्दा कवि क्षुब्ध बनेका छन् । जनताको का“धमा चढी बार्दलीमा पुगेर जनतामाथि नै फोहोर फालिदिने नेतृत्व वर्गको कृतघ्नताई उनले प्रत्यक्ष अनुभव गरेका छन् । आफू राजनेता भए पनि र स्वयं आफूले बेइमानी र कृतघ्नता नगरेको भए पनि कविले अपराध भएको स्वीकार गर्दै क्षमा मागेका छन्, पश्चात्ताप गरेका छन् । यसो गरेर उनले आफूमार्फत् अपराधी नेतृत्व वर्गलाई चुनौती दिएको देखिन्छ । तिनीहरूले आफ्नो बाचा पूरा नगरेकोमा जनतासित क्षमा माग्नुपर्ने र आफूलाई अपराधी ठान्नुपर्ने पाठ घोकाउन खोजेको पाइन्छ । आफू नेता भएर पनि जनतालाई बिर्सन नसक्नु विजय सुब्बाको राम्रो पक्ष देखिन्छ । 
यस कवितासंग्रहमा विजय सुब्बा जोसिला कविका रूपमा प्रस्तुत भएका छन् । युवा जोश र सचेत होसको सार्थक संयोजन यी कविताहरूलाई प्राप्त छ । यी कविताहरू पढ्दा पाठक बारम्बार जोसिइरहन्छ, उत्तेजित भइरहन्छ । वीररसले ओतप्रोत यी कविता उम्लिरहेको तातो रगतले निकास नपाउ“दाको छटपटीका रूपमा व्यक्त भएका छन् । कविमा राष्ट्रको सुनौलो रूप हेर्न तीब्र इच्छा छ । प्रगतिशील सामाजिक रूपान्तरणद्वारा त्यस्तो रूप हेर्न सकिन्छ भन्ने विश्वासमा उनले राजनीतिमा हाम फालेका छन् । तर यतिका वर्ष राजनीतिमा सक्रिय ह“ुदा पनि उनले त्यस रूपको छनकसम्म पाउन सकेनन् । यसबाट उनीभित्र ऐठन बढेको छ । सोही ऐठनलाई उनले काव्यात्मक वाणी दिएका छन् । यी कविताहरूमा प्रकट भएका असन्तुष्टि, आक्रोश, वितृष्णा र कतैकतैको अराजकतासमेत सोही ऐठनको काव्यात्मक परिणति हुन् । हुन पनि नेपालमा प्रजातान्त्रिक, समाजवादी र साम्यवादीहरूले समेत राज्यसंचालन गरिसकेका छन् । तर नेपाल र नेपालीको जीवनमा कुनै सुन्दर रूपान्तरण भएको छैन । उल्टै व्यक्तिवादी प्रवृत्ति हावी भएको छ । कविले धेरै कवितामा यस्तो परिस्थितिको विरोध गरेका छन् । विरोधमा प्रशस्त व्यंग्यचेतना छ । ‘किन गाली गर्नु जड्डबहादुरलाई’, ‘पटमूर्ख लिम्बुवान र पेरु’, ‘सगरमाथा र बाबुछिरी शेर्पाहरू’ जस्ता कविताहरूमा यस्तो बोध र व्यंग्य पाइन्छ । उदाहरणका रूपमा ‘सगरमाथा र बाबुछिरी शेर्पाहरू’को यो अंश प्रस्तुत छ ः 
तर इस् बाबुछिरी ⁄ तंैले के नापिस् र ? 
तैंले शेर्पापरिचय नपाएर 
सत्र सत्र घण्टा लगाएर 
सगरमाथा कुल्चे पनि 
तेरो सोलुले काठमाडौं देख्न पायो ? (पृ. ७९) 
विजय सुब्बाका कवितामा सघन भाव, जोसिलो विद्रोह र परिपक्व विचार मात्रै छैनन्, साथमा विधागत र कलात्मक मौलिकता पनि प्रशस्तै छ । यी कविताहरूमा कविले बिम्ब, प्रतीक, रूपकादि अलंकार र ध्वन्यात्मकताको विशिष्ट उपयोग गरेको पाइन्छ । कवितालाई बिम्बात्मक, प्रभावशाली र सम्प्रेषणीय पार्न पूर्वीय तथा पाश्चात्य जगत्का प्राचीन बिम्बदेखि वर्तमानका नवीन बिम्बहरूको उपयोग गरिएको छ । ‘मुरलीवादक र मुसाहरू’ पाश्चात्यका प्राचीन बिम्ब हुन् भने ‘राम, कृष्ण’ आदि पूर्वका प्राचीन बिम्ब हुन् । प्राकृतिक बिम्ब पनि यसमा प्रस्तुत छन् जसमा प्रकृतिको मानवीकरण गरिएको छ, साथै राष्ट्रियताप्रतिको अनुराग पनि पाइन्छ । यसैगरी कविताहरूमा नेपाली इतिहासका वीरपुरुषहरूका बिम्ब र प्रतीक पनि छन् । ‘सपनाका लासहरू, अराजक अक्षरहरू, मलाई माफ गर धनबहादुर, यथार्थ, मुखिया’ लगायतका अनेक कविताहरूमा यस्ता बिम्ब र प्रतीकहरूको भरमार उपस्थिति पाइन्छ । ‘अराजक अक्षरहरू’मा प्रस्तुत बिम्बात्मक–प्रतीकात्मक प्रस्तुतिको निम्नलिखित अंश यसका उदाहरणमध्ये एक हो ः
अहिलेसम्म 
हामी फगत मुसा भयौं, 
हेमलिन शहरका तिमी 
बा“सुरी बादकपछाडि 
एकोहोरो भएर नदीमा डुब्यौं
हाम्रो दुःखान्त अन्त्य सुनाउने 
एउटा मुसा समेत बचेनौं 
..............
तिम्रो बा“सुरी धुनविरुद्ध एउटा मुसो उब्रन चाहन्छु  (पृ. ४५) 
‘अराजक अक्षरहरू’भित्रका कविताहरूमा एकसरो दृष्टि दि“दा सामान्य पाठकले प्राप्त गर्ने प्रभाव भनेका यिनै हुन् । यी कवितामा पाठकले सामाजिक तथा राजनीतिक यथार्थको बोध गर्छ, राष्ट्रियताप्रतिको संवेदनशीलता भेट्छ, नेतृत्व वर्गको कृतघ्नताप्रतिको आक्रोश पाउ“छ, विकृतिविसंगतिप्रतिको असन्तुष्टि फेला पर्छ, यथास्थितिप्रतिको कविको असहमति र व्यंग्य प्राप्त गर्छ तथा जीवनप्रतिको अनुराग, स्वतन्त्रताप्रतिको मोह र सामाजिक न्यायका पक्षमा वकालत भेट्छ । कविले न्यायपूर्ण सामाजिक मुक्तिका भाव व्यक्त गरेकोमा असल पाठक सन्तुष्ट पनि हुन्छ । त्यसैले यी कविताहरूमा कविकोे आत्मा बोलेको छ, कविको साहस र संवेदना पोखिएको छ । कविताको प्रतिष्ठा बढाउनमा यी कविताले सघाउ नै पु¥याउने देखिन्छ । केही कविताहरूलाई छाडेर अधिकांश कविताको काव्यात्मक स्तर उच्च छ । यी कवितामा गीतकार तथा गजलकार विजय सुब्बाको छाया पनि देख्न सकिन्छ । 
कवितासृष्टिको क्रममा स्रष्टा विचारमग्न भन्दा पनि भावमग्न र सृजनामग्न बनेको हुन्छ । ∏ त्यतिखेर शास्त्रज्ञानको स्मरणमा भन्दा कल्पनामा मग्न बनेको हुन्छ । कविताको सिर्जनाप्रक्रिया एक किसिमले प्रसवावस्था जस्तै जटिल हुन्छ । कवि सन्तानप्राप्तिको मीठो संगीत र सृजनाप्रक्रियाको पीडाको द्वन्दमा हुन्छ । मनोवेगका उच्छाल तरड्डहरू सोही सशक्ततासाथ व्यक्त गर्न नसक्दा तथा सकेसम्म सहजै र सुविधासाथ सृजना गर्न नसक्दा स्रष्टाले प्रसवपीडा भोग्छ । त्यतिखेर उसको ध्यान यस्तो यस्तो नियम मिल्ने सन्तान (सृर्जना) जन्मिए हुन्थ्यो भन्ने कुरामा हु“दैन बरु सहजै जन्मिए हुन्थ्यो भन्ने तीब्र इच्छा हुन्छ । निश्चय नै जन्मिने सन्तान सग्लो, स्वरूपयुक्त, स्वास्थ्य र सुन्दर होस् भन्ने चाहना पनि त्यहा“ हुन्छ तर स्रष्टा त्यतिखेर शास्त्रीय नियमतर्फ केन्द्रित हु“दैन । यही कारण हो कि उसका सबै रचना समान रूपमा कलमी गरिएका हु“दैनन् । बरु जन्मिसकेपछि कविताको परिष्कार, परिमार्जन गर्न उसले शास्त्रीयताको सहारा लिन सक्छ, लिन्छ पनि । अझ बढी सचेत स्रष्टाले त प्रकाशन गर्नअघि पाठक तथा विज्ञहरूलाई रचना देखाएर परिष्कार गर्ने गर्छ । यस कुरामा चाहिं विजय सुब्बा केही पछि परेको अनुभव हुन्छ । त्यसैले उनका यी कविताहरू पढ्दा सामान्य पाठकलाई कतै कतै खट्किरहन्छ । हुन पनि यी कविताहरूलाई अझै कलमी गर्न सकिने सम्भावना थियो । कतै कतै दखिने अमूर्तता र अस्पष्टतालाई मूर्तता र स्पष्टता दिन सकिन्थ्यो । 
प्रगतिवादी स्रष्टाले यथार्थबोध गर्छ, यथार्थका ऐतिहासिक तथा सामाजिक कारणहरूको खोजी गर्छ र समाजका नकरात्मक यथास्थितिबाट मुक्तिका लागि भाव तथा विचारको संप्रेषण गर्छ । यति मात्रै नभई उसले मुक्तिका बाटा र प्रक्रियाहरू समेतको संकेत गर्छ । अन्य स्रष्टा र प्रगातिवादी स्रष्टाबीचको मूल भिन्नता यही हो । यसरी बेग्लिने धर्म निर्वाह गर्दा प्रगतिवादी स्रष्टाले केही फुक्ने र केही खुम्चिने बाध्यता भोग्नुपर्ने हुन्छ । केही ठाउ“मा उसले आफ्ना उत्तेजनाहरूलाई दबाउनुपर्ने हुन्छ र केही ठाउ“मा विचारलाई माझ्नु पर्ने हुन्छ, केही ठाउ“मा भावमा परिष्कार गर्नुपर्ने हुन्छ र पटक पटक आत्ममूल्याड्ढन, आत्मआलोचना र आत्मसमीक्षा गरिरहनुपर्ने हुन्छ । भावप्रबल कविका लागि यस्तो प्रक्रिया कठिन मात्र हु“दैन, जटिल र अप्रिय पनि हुन्छ । तर सामाजिक कर्तव्यका लागि उसले आफ्ना कमजोरीहरू त्याग्नै पर्ने हुन्छ  । ∏ सामन्य स्रष्टासरह असरल्ल भई भावनामा बग्न पाउन्न । यस कष्टप्रद तर आवश्यक प्रक्रियाको पालन गर्दा नगर्दा प्रगतिवादी स्रष्टाले आलोचित बन्नुपर्ने हुन्छ । विजय सुब्बाका केही कविताहरू यसै तात्पर्यमा आलोच्य छन्, हुनेछन् पनि । यहा“ कविले समाजका सकारात्मक पक्ष, प्राप्ति र सुन्दर यथार्थलाई पूरै बिर्सिदिएकोमा आलोचना हुनसक्छ, प्रगतिशील कविले नैराश्य र कुण्ठा प्रस्तुत गरेकोमा आलोचना हुन सक्छ, बिम्ब र प्रतीकको प्रयोगमा कतैकतै देखिने असचेतताका लागि आलोचना हुनसक्छ, राजनीतिप्रति घृणा प्रस्तुत गर्दा भावनामा बगेर भएको विचलनका लागि आलोचना हुनसक्छ, विसंगतिबोधको तीब्रताका क्रममा विसंगतरूपमै प्रस्तुत भएका केही कवितांशका लागि पनि आलोचना हुनसक्छ । खासगरी, कलम, राजनीति, हनुमान् र नेताहरू, समयको समयस“ग, मानिसको हत्या गरिरहेछ, पटमूर्ख लिम्बुवान र पेरु जस्ता कविताहरूमा आलोचना हुनसक्छ । यी कविताहरूलाई आधार मानेर कविको वैचारिक प्रतिबद्धता ढलपलाएको आरोप लाग्न पनि सक्छ । तर यहा“ आलोच्य पक्षको संकेत मात्र गरियो, विवेचना गरिएन । 
समग्रमा भन्नुपर्दा ‘अराजक अक्षरहरू’ का कविताहरू आलोच्यभन्दा प्रशंस्य नै बढी छन् । समसामयिक नेपालका दुखात्मक पीडाजन्य पक्षहरूलाई यिनले राम्ररी आत्मसात् गरेका छन् । मानवजीवनका जिजीविषा र यथार्थ बीचको अन्तरलाई यी कविताले राम्ररी पहिल्याएका छन् । हरेक पक्षको आफ्नै शैली र प्रवृत्ति हुन्छ र त्यो त्यसैमा सुहाउ“छ । राजनेताले राजनीतिमै बोलेको सुहाउ“छ भने कविले कवितामै बोलेको सुहाउ“छ । विजयले कविता लेखेका छन् र कवितामा बोलेका छन् । उनले कवितामा पूरै राजनीति ल्याएनन् भनेर गुनासो गर्नु जरुरी छैन । कविताले सामाजिक क्रान्ति सम्पन्न गर्ने होइन, सामाजिक क्रान्तिका लागि सम्प्रेषणसम्म गर्ने हो र त्यो सम्प्रेषण यी कविताले गर्छन् । वैचारिक तहको माथ्लो विश्लेषण गर्ने सामथ्र्य भएको पाठक स्वयं नै सचेत हुन्छ उसलाई कविताले मात्रै दिशाबोध गराउने होइन । कविताले क्रान्तिको महŒव बुझाउन सक्छ, पाठकलाई क्रान्तितर्फ उत्साहित पार्न सक्छ, क्रान्तिमा संलग्न गराउन प्रेरित गर्न सक्छ तर क्रान्ति सम्पन्न गर्न सक्दैन । संगठन र सामूहिक सचेत प्रयत्नले मात्र क्रान्ति सम्पन्न हुने हो । त्यसैले विजय सुब्बाका यी कविताहरू नेपाली कविताका थप प्राप्ति हुन् जसको प्रशंसा गरिनुपर्छ र यस साहित्यक योगदानका निम्ति विजय सुब्बालाई साधुवाद दिनुपर्छ । यी कविताहरू ‘अराजक अक्षरहरूका राजक अभिव्यक्ति’ नै हुन् ।

गजल
दुई गजल 
विजय सुब्बा 
अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो 
सीमा यो नाघ्नै थ्यो भने चक्चक् नगरे हुन्थ्यो 

मान्छेको वेश्यावृत्तिले पर्खाल् भत्काइसक्यो 
कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो 

रहेन सीमा देशको जिम्मा सरेर जाला 
यो बेला नबोल्नेहरू भक्भक् नगरे हुन्थ्यो 

जनता सुन्न नसक्ने कुलटाहरू नबा“चुन् 
त्यस्ताले यो देशभित्र सक्सक् नगरे हुन्थ्यो 

यस्ता कुलङ्गारहरू पुग्यो ननाचे हुने 
फुटेर चा“प बरु त छक्छक् नगरे हुन्थ्यो 

न हा“स हिंड्यौ विजय न त कुखुरै हिंड्यौ 
बेक्कार यो कि त्यो भनी झक्झक् नगरे हुन्थ्यो । 

के गर्नु मेरो रगतै पानी भएपछि 
सधैं नै तलुवा चाट्ने बानी भएपछि

कहिले दिन फिर्छ ह“ यी कालीहरूको 
महिला भन्ने नै हठात् रानी भएपछि 

छिः पानी राजनीतिको भयो गनाउने 
या“का पौडीवाजहरू नानी भएपछि 

यो केही हैन रहेछ संसद् भन्या पनि 
जो सदा झूटहरूको खानी भएपछि 

यो अधोगति देशको नरोकिने भयो 
यस्तै त होला मूर्ख नै ज्ञानी भएपछि 

हो यस्तै हुन्छ भनेर भनेकै त थे’नि 
के गर्छस् विजय रोएर हानि भएपछि 
तेह्रथुम 


कथा
शहीदपत्नीको आत्मगन्थन 
पुण्य कार्की
मनका कुरा यसरी कापीमा लेखेपछि, मन सा“च्चै हलुड्डो हुन्छ । दुई महिना जति भो यसरी मैले लेख्न थालेको । भित्री मनका छटपटीहरू, उकुसमुकुसहरू, उहापोहहरू जति उतार्दै जान्छु, उति मेरो मन फूलको थुड्डोजस्तो हलुड्डो बन्छ । दुइटा कापी ठ्याप्पै भरिइसकेछन्– यसरी मनका वेदनाहरू कापीका पानाभरि छर्नु पनि आनन्दकै विषय हु“दो रहेछ । लेखिसकेपछि आफूलाई टाउकोमाथि थिच्ने एमानको जा“तो चकनाचुर भएर धुलिएजस्तो लाग्छ । कुनै अज्ञात सनासोले क¥याप्प चेपेको मुटुलाई सर्लक्क छोडिदिए जस्तो लाग्छ । अझ भनू“ अजीर्ण भएको भित्री देह कुनै अचूक औषधिको प्रभावले छिनभरमा खलास भएजस्तो हुन्छ, अनि त्यसै त्यसै त्यो दिव्य शीतलताको बोध हृदयको भित्ता भित्तामा झंकृत हुन्छ । 
दिनभरि कामै कामको बोझले थिचिएको शरीर राती थाकेर चुरचुर हुन्छ । दियोको मधुरो उज्यालोमा कापीकलम खोलेर लेख्न बस्छु । त्यसपछि कापीकलम नै मेरा प्रिय सखी बन्छन् । मनका उत्तुड्ड बहहरू कहिलेकाही“ त आधा रातसम्मै पोखिबस्छु । मेरा प्रिय आफन्तहरूले मलाई हौस्याएका छन्, प्रेरणा दिएका छन् । त्यसले मेरो मनोबल पनि बढेको छ । तपाईंले लेखिरहनुपर्छ– तपाईंले आफूलाई विकास गर्न सक्नुभयो भने राम्रो लेखक बन्ने प्रचुर संभावना तपाईंभित्र लुकेको छ । तपाईंको शैली पनि उत्कृष्ट छ । लेख्तै जानुस्, लेख्न नछाड्नोस्– मेरो खसमको प्यारो साथीले यसरी मलाई उत्साहित गर्नुभएको थियो । लेखक–साहित्यकार बन्ने त मेरो ल्याकत छैन । त्यति ठूला सपना पनि बोकेकी छुइन“ । आनो हैसियतलाई बिर्सेर कोरा सपना देख्नु मलाई उचित पनि लाग्दैन । तर एउटा कुरा चाहि“ के सत्य हो भने मैले आत्मसन्तुष्टिको लागि भए पनि लेखिरहनुपर्छ । लेख्नु–केर्नु भन्ने कुरा मेरो जीवनको अभिन्न अम्मलजस्तो भएर टा“सिइसकेको छ । सायद म छोड्न सक्तिन“ पनि होला । उहा“ मारिएपछिका सुरु–सुरुका दिन ज्यादै कष्टप्रद कहालीलाग्दा दिन थिए । रात त मेरो लागि साक्षात् यमराजले चपाउनलाई आ“ गरेर सुरसामुख बाएजस्तो थियो । प्रकृति ठप्प थियो– बिहान हुनु, दिन हुनु, सा“झ पर्नु र रात पर्नुको बीचमा कुनै छुट्टै अनुभूतिको सीमारेखा थिएन । मेरा लागि समयको सबै हिस्सा घोर अन्धकारमय भएको थियो । आ“सुका सहस्रधारा चुहाएर म सास धानिरहेकी थिए“ । त्यस्तो बेलामा मलाई उनै खसमका साथीले दैनिकी लेख्ने गर्नुस्, मन हलुड्डो हुन्छ भनेर सुझाव दिनुभयो । नभन्दै उहा“ले सुझाव दिएबमोजिम गरें– आफूलाई पनि निकै हलुड्डो महसुस गरें । त्यसपछि त कापीकलम मेरा अभिन्न मित्र बने, नजिकका साथी बने । जति लेखेकी छु त्यो कलमले मसीबाट लेखेको छैन, मेरो आ“सुले लेखेको छ । अनि कागजको सफेद पानामा लेखेकी छुइन“ । एउटा अन्तरड्ड मित्रको हृदयको पानाभरि आना वेदनाको बिस्कुन लाएकी छु । यो मेरो अन्र्तहृदयको अनुभूति हो । तपाईं जे ठान्नुस्, आखिर सत्य त्यही हो, जुन मेरो आ“सुले लेखेको छ । 
कस्तो करिष्मामयी अनुभूति । निर्जीव वस्तुका पनि कान हु“दा रहेछन्– आर्तनाद सुनिदिने कोमल हृदय हु“दो रहेछ– व्यथा बोकिदिने । मान्छेको अनुभूति न हो ⁄ कापीकलम मेरा प्रिय सखी हुनुको पछाडि ठोस वस्तुगत आधारहरू छन् । आज म त्यतातिर जान चाहन्न, मेरा सामु त यतिखेर बा“की तीनवटा लालाबालाको सुदूर भविष्य उभिएको छ । “तपाईंलाई लाग्ला– अघिल्ला दुइटालाई त गन्दै गनिन नि यसले...” तपाईंले यस्तो सोचाइ राख्नु स्वाभाविकै हो । मेरा पा“चोटा सन्तानमा दुइटालाई छोडेर पछिल्ला तीनवटाको मात्र विशेष चिन्ता लिएकी छु, जुन आनो खुट्टामा उभिनलाई सबल, सक्षम भएका छैनन् । मेरै आश्रयमा रहेका तीनोटा नानीहरूको लागि पनि मैले बा“चिदिनुपर्छ । अघिल्ला दुइवटाले त बलिदानको बाटो रोजिसके । मैले बलिदान भनिरह“दा नझस्किनुहोला, छोराहरू बाउले हिंडेकै बाटोमा हिंड्न लामबद्ध भैसके भन्न खोजेकी मात्र हु“ । सत्र वर्षको ठूलो छोरो बाउ मारिंदा एस.एल.सी. दिएर घरमै बसेथ्यो । पन्ध्र वर्षको माइलो छोरो भर्खर नौमा पढ्दैथ्यो । बाबाको हत्यापछि मेरा ती छोरा छ महिना पनि घरमा बसेनन् । असीम बदलाको भावले कलिलो का“धमा बन्दुक भिरेर बाबुले समातेको मुक्तिपथमा पंक्तिबद्ध भए । उनीहरूको लागि पढाइलेखाइ गौण बन्यो, क्रान्ति मुख्य ठहरियो । अहिले सम्झन्छु– उनीहरूको बुबा नै भन्ने गर्नुहुन्थ्यो– “मुक्ति या मृत्यु ।” त्यसो भन्दाभन्दै शत्रुहरूले उहा“को नृशंस हत्या गरे । हत्या गरेकै भोलिपल्ट ती कलिला किशोरहरूले– मुक्ति या मृत्युको कसम खाए । एकदिन बदला लिएरै छाड्छौं– लाशलाई सलाम गर्दा यसरी उद्घोष गरे । त्यतिखेर मेरो छाती फुलेर ढप्प भयो । छोराहरूले मुठ्ठी कसेर मुक्तिको कसम खाएको त्यो सा“झ सम्झि“दा त्यसै त्यसै आ“सु निचोरिन्छन् । नभन्दै छ महिना पनि घरमा बसेनन् । छापामार दलमा भर्ती भएर आनो बाटो लागे । उनीहरू घर छोडेको रात, रातभरि रोए“, निदाउन सकिन । अर्थोक चिन्ताले होइन, मेरो काखबाट दुई दिन पनि टाढा नभएका ती छोराहरू अनिश्चित समयमा लागि बाहिरिएका थिए । अनि उनीहरू कठोर बाटोका सहयात्री भएका थिए । मेरो मनमा पैदा हुने कायर भावनाहरूलाई त उनीहरूले नै मारिसकेका थिए । त्यसैले त्यस्तो क्षुद्र चिन्ता त मनममा छ“दै थिएन । त्यो कठोर बाटोको आदि अन्त्य ठम्याएरै उनीहरू स्वतःस्फूर्त रूपमा त्यस आन्दोलनका यात्री भएकाले पनि ती दुइटाको चिन्ता छैन । बा“की मस“ग भएका तीनवटा लालाबालामा ठूली छोरी बाह्र वर्षकी भई । ऊ सातमा पढ्दैछे । त्यसपछिको कान्छो छोरो नौ वर्षको छ, ऊ चार कक्षामा पढ्दैछ । त्यसपछिकी कान्छी छोरी अहिले पा“च वर्षकी छे । यिनै लालाबालाहरूको मायाले पनि उन्मुक्त हृदयले घर छोड्न सकेकी छुइन, अरू बाहिरी गतिविधिमा सक्रिय हुन सकेकी छुइन । कान्छी छोरीको त के कुरा गर्नु ऊ त अझै अबोध नै छे । तर बा“की दुइटाको पढाइ र स्वभाव निकै आशलाग्दो छ । बाबुको मृत्यु, दाइहरूको गृहत्याग आदि आदिका बारेमा गंभीर रूपले बुझ्न थालेका छन् । सरदरमा मेरा सबै छोरीको दिमाग तेज नै थियो । जेठो छोरो पनि फस्ट डिभिजनले एस.एल.सी. पास गरेको थ्यो । कलेज पढ्ने कति ठूलो इच्छा थियो उसको । भौतिकविज्ञान पढ्ने उसको उद्देश्य थियो । यो अभिलाषा बाबाको मृत्यु नहुन्जेलसम्म मात्र कायम रह्यो । बाबाको निर्मम हत्यापछि उसले रातारात उच्चशिक्षा हासिल गर्ने इच्छालाई परित्याग ग¥यो र होमियो युद्धमा । अहिले त कहिलेकाही“ पठाउने चिठ्ठीहरूमा लेख्छ– “आमा ⁄ म विश्वविद्यालयमै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु, अनि जनताको माझमै सिकेका कुरा अरूलाई सिकाउनुजस्तो महान् कुरा अरू विश्वविद्यालयमा सायदै होला । मलाई क्याम्पस र विश्वविद्यालयको आ“गन टेकेर पढ्न नपाएकोमा कुनै पछुतो छैन, मनको एक कुनामा पनि त्यसको दुःख छैन । मैले जुन बाटो रोजें, अत्यन्तै ठीक बाटो रोजें, आमा ⁄ हामी दाजुभाइ नै यस मानेमा प्रफुल्लित छौं, गौरवान्वित छौं । क्रान्तिको महाअभियानमा पस्नु यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु हो, जहा“ आजीवन विद्यार्थी नै रहिने र’छ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहा“, जानेर जानिनसकिने अनन्त कुरा रहेछन् यहा“ । यहा“ यस्तो पनि देखियो आमा ⁄ युगयुगदेखि उत्पीडनमा परेर लाटिएका जिब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्नेहरू बन्दुक चलाउन जान्ने भएको देखियो । टोपीमा तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउ“दै रनवन चाहरेको पनि देखियो । कपुरी क नजान्ने हातहरू– हामी निरंकुशताका कैदी हैनौं, स्वतन्त्रता, समानता र न्यायका सेनानी हौं भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राड्डणमा त यस्तो लाग्छ– हावाको सर्सराइभित्र जुलुसको तुमुल ध्वनि मिसिएर आएजस्तो, गृहिणीले घुमाएको जा“तोमा जनता खाने घुन कीराहरू, मकैकोदोस“गै पिसिएर आएजस्तो, चराहरूको चिरविराहटभित्र नया“ दिनको स्वागतगान भेटिन्छ यहा“, नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमड्ड छचल्किएको आभास मिल्दछ यहा“ । यहा“ हरेक चिज नौलो छ, नया“ छ । सानो चिठ्ठीभित्र कैद गर्न नसकिने कुराहरू छन्, समय मिलेमा क्रमशः लेख्तै जानेछु, युद्ध भनेको सिकेर गरिने चिज होइन रहेछ, पहिले गरेर अनि सिकिने चिज रहेछ । हामी व्यवहारबाट धेरै कुरा सिक्तैछौं । बा“की अर्कोमा” मनमा रिक्तता छाएको बखत यै चिठ्ठी पल्टाएर, घण्टौं चिठ्ठीभित्र डुब्छौं, कता कता जीवनप्रतिको आशावाद लहरिएजस्तो, सान्त्वना, ढाडस र उत्साहको झण्डा मनको टाकुरीमा फहरिएजस्तो अनुभूति हुन्छ । छोराले व्यक्त गरेका कतिपय कुरा त बुझ्दै बुझ्दिन । कति जटिल र गहन कुरा गर्ने भैसक्यो मेरो छोरो । बाबाजस्तै सरल हुने गर्ने नानीभन्दा क्रान्ति सरल हु“दैन आमा । यो जटिल हुन्छ, बाड्डोटिड्डो हुन्छ, अनगिन्ती मोड र कुइनेटाबाट अगाडि बढेको हुन्छ ...यस्तै यस्तै कुराको लामो व्याख्या लेख्छ । म चुपचाप पढिदिन्छु । 
रात निकै बितिसक्यो र पनि निद्राको अत्तोपत्तो छैन । लेख्तालेख्तै नाड्डो पाखुरीमा मच्छडले चिल्यो, त्यो मच्छड मारेपछि पाखुरीमा त्यसले खाएको रगत लत्पतियो । यो रगत र रित्तो नाडीले अनयास आज मलाई दुईटा कुराको याद दिलायो । सम्झनाको डायरी पल्टाएर त्यो रातलाई फेरि सम्झिन मन लाग्यो । कुन रात होला त्यो ? तपाईंको मनमा जान्ने तिर्सना होला । म त्यो रातको मार्मिक कहानी बताउने कोसिस गर्छु । जुन रात मेरो सिउ“दो उजाडियो, त्यही रातको बारेमा सानो स्मृति कोर्ने कोसिस गर्छु । प्रत्येक रात दा“याबा“या दुवैतिर छोराछोरी चेपेर रात बिताउन अभ्यस्त भैसकेकी थिए“ । उहा“ कठोर भूमिगत अवस्थामा हुनुहुन्थ्यो । छ महिना वर्षदिनमा आक्कलझुक्कल मात्र आउनुहुन्थ्यो । त्यो पनि मध्यरातमा केही घण्टाको लागि मात्र आउनुहुन्थ्यो, आवश्यक कुरा गरेर भाले बास्नु केही घण्टाअघि नै घर छोड्नु हुन्थ्यो । त्यो घटना हुने समयताक निकै लामो समय भएको थियो उहा“ नआउनुभएको । आ“खाभरि झलझली सम्झना, मुटुभरि अटेसमटेस माया, घा“टीभरि अटाइनअटाइ रोदनको हिक्का बोकेर बा“चेकी थिए“ । छोराछोरीले त झन् कहिले हो कहिलेदेखि बाबालाई एक झल्कोसम्म देख्न नपाएका । उहा“ आधा रातमा आउ“दा सबै बच्चा  मस्मिन्द सुतेका हुन्थे । छोराछोरीलाई ब्यूझाउ“न खोज्थें, हातको इशाराले उहा“ रोक्नुहुन्थ्यो । सबै छोराछोरीलाई निद्रावस्थामै मुसार्नु हुन्थ्यो । चुप्प चुप्प एक एक चुप्को म्वाइ खाएर बिदा लिनुहुन्थ्यो । घरी न घरी छोराछोरीले बाबा खोजेपछि भित्री हृदयमा खपिनसक्नुको पीडाबोध हुन्थ्यो । माया र सम्झनाले अति सताउन थालेपछि रातको निर्जन एकान्तमा मनलाई सान्त्वना दिन एउटा उपाय अवलम्बन गरें । छोराछोरी मस्मिन्द सुतिसकेपछि नारीको एउटा चुरो खत्रक्क फुटाउ“थे– गम्छीको छेउमा त्यो चुराको टुक्रो बेरेर उहा“ले कत्तिको माया गरिरहनुभएको छ जा“च्थें । यो तरीका हामी सानो छ“दा तल्लाघरे बच्ची दिदीले सिकाएकी थिइन् । घरबाट टाढा रहेका आफन्तको माया जा“च्नु छ भने का“चको चुराको टुक्रालाई कपडामा बेरेर भा“च्ने, भा“च्ताखेरि झुर्का निकै निस्के भने आफन्तले धेरै माया गरेको, झुर्का थोरै निस्के भने थोरै माया गरेको, चुराको धुलोमुलो र झुर्का बन्दै ननिस्कि“दा माया नगरेको हुन्छ भनेर हामीले सिकेका थियौं । अहिले त यो कुरा सिर्फ भ्रम रहेछ अझ भनू“ डरलाग्दो अन्धविश्वास नै रहेछ भन्ने निष्कर्षमा पुगिसकेकी छु ।
मनलाई सान्त्वना दिनको लागि पनि टम्म नारीभरि खा“दिएका चुरा फुटाउ“दै गए“ । प्रत्येक रात एक एक ओटा चुरा फुटाउ“दै गए“ । पतिले गरेको मायालाई चुराको झुर्कामा जा“च्तै रहें । नारीबाट चुराको संख्या घट्दै गएकोमा कुनै सरोकार थिएन । एकदिन यस्तो दिन पनि आयो, नारीभरि खा“दाखा“द रहेका मेरा चुराहरू माया जोख्ने क्रममा फुटिसकेका थिए । कस्तो दुःखद संयोग त्यो रात मेरो दाहिने हातमा अन्तिम चुरो बा“की थ्यो । सदा झैं त्यसलाई पनि फुटाए“– चुराका टुक्राहरूलाई गम्छीको फेरमा टुक्र्याइरहें । जुन रात मैले त्यो अन्तिम चुरो फुटाए“, त्यही रात मेरो प्यारो पति शत्रुको गोलीद्वारा मारिनुभएछ । पछि वहा“का सहकर्मीहरूले सुनाउ“दा पो म झसड्ड झस्किए“ । जुन दिन मेरो खसमलाई जल्लादहरूले हत्या गरे, त्यही दिन मेरो हातबाट सौभाग्यका प्रतीक चुराहरू समाप्त भए । उहा“को शरीरबाट बगेको रगतले बाटो नै तलपत भएको कुरा सुनाउनुहुन्थ्यो साथीहरू । त्यसैले अहिले पनि जब रगत देख्छु– मेरो खसमको धर्तीभरि पोखिएको रगतको सम्झना आउ“छ, अनि रित्तो पाखुरो हेर्छु, त्यही चुरा फुटाएको रातको सम्झना आउ“छ । त्यो कहालीलाग्दो रातलाई सम्झि“दा मात्र पनि आङ सिरिड्ड हुन्छ । जेहोस् मान्छेले जीवनका सर्वाधिक तीता क्षणहरूलाई पनि बेहोर्नुपर्दो रहेछ । अब त सबै सबै कुराहरूलाई सामान्यीकरण गर्दै गएकी छु । दुःख, वेदना, आ“सु, हा“सो, उत्पीडन, यन्त्रणा, दमन, प्रतिरोधका घात प्रतिघातहरूको चेपबाटै जीवन बग्दोरहेछ । तीनआ“ख्ले धुरी सीधा आइसकेको छ । सुत्न निकै अबेर भैसक्यो । आजको लेखनलाई यही“ स्थगित गर्छु ।
कार्तिक २३, ०५८, मुर्कुची

कविता
त्यो दिनको कुरा 
राममणि पोखरेल 
त्यही दिनको कुरा, 
आवाज नभएको दिनको कुरा 
भेला हुन नपाएको दिनको कुरा 
हामीले आफूलाई 
नागरिक भन्न नपाएको दिनको कुरा 
म यतिबेला तिमीलाई सम्झाइरहेछु÷त्यही अन्धकारजस्तो दिनको कुरा 
हो, त्यही हामीले खेपेको 
पुरानो दिनको कुरा । 

कति अ“ध्यारो थियो रात ? 
तिमी भिजेर आउ“थ्यौ मेरो घरमा 
र हामी पुराना लुगाहरू दिन्थ्यौं 
तिमी कति खुसी हुन्थ्यौं ? म अझै पनि देखिरहेछु 
म त्यही दिनको कुरा÷तिमी त भोग्ने मान्छे ह्वौ । 
कसरी बिर्सन्छौ÷तिमीलाई सम्झाइरहेछु म 
हो, त्यही दिनको कुरा । 

तिमी कसरी बिर्सन्छौ
तिम्रो झोलामा हर दिन
मकै भटमास र सातुको बास्ना आएको कुरा 
तिमीले सम्झनै पर्छ यी कुराहरू 
मैले तिमीलाई सम्झाउनै पर्छ यी दिनहरू 
जब तिमी बिर्सन्छौ यी कुराहरू 
अर्थात् बिर्सेजस्तो गर्छौ 
तिमी सा“च्चिकै मान्छे बन्नबाट 
भाग्दै जाने बाटोमा हिंडिरहेछौ 
तिमी सोच 
कसरी बिर्सन्छौ ? 
त्यो दिनको कुरा । 

समालोचना
नवकविताको प्रगतिशील कविता विशेषाड्ढ ः मेरो दृष्टिमा 
बलभद्र भारती
वि.संं २०३९ सालदेखि कविताप्रधान त्रैमासिक प्रकाशनको रूपमा ‘नवकविता’ बजारमा आउन थालेको हो । यसले आना उषाकालीन संकट र व्यवधानहरूस“ग त लडिसकेकै छ, यद्यपि वर्तमान समयसन्दर्भका थुप्रै चुनौतीहरू भने यसका लागि भयंकर सावित भएका छन् । हालसम्म जम्माजम्मी ५२ अंकसम्मका सबै प्रकाशनहरू मैले पढ्ने अवसर पाएको छैन तापनि भर्खरै प्रकाशित ५० अंकको “नेपाली प्रगतिशील कवि र कविता विशेषाड्ढ– २०५८” राम्ररी पढ्ने अवसर पाए“ । जम्मा ५८ जना स्रष्टाहरूको कविता अंकित प्रगतिशील कविता विशेषाड्ढ ‘नवकविता’ के सा“च्चै प्रगतिशील कविहरूको प्रतिनिधि अंक बन्यो ? यसबारे गम्भीरतापूर्वक विश्लेषण गर्नु आवश्यक छ । 
अधिकांश स्रष्टाहरू प्रगतिशील फा“टमा क्रियाशील व्यक्तित्व त हुनुहुन्छ तर कतिपय स्रष्टाहरू जो आज आफूलाई प्रगतिशील वा वामपन्थी भन्ने विशेषण लगाउ“दा “भूत” देखेर तम्सेझैं बाह्र हात पर भाग्न खोज्छन्, उनीहरू समेत यस विशेषाड्ढमा प्रगतिशील बनेको देख्दा मलाई अचम्म लागेको छ । यस विशेषांकको यो एउटा पक्ष हो । अर्को पक्ष चाहिं सिद्धान्त, नीति, आदर्शभन्दा तत्कालीन वस्तुस्थितिको वरपर भावुकतामा डुबेर आ“सु बगाउने र त्यही आ“सुलाई राष्ट्रको “मूलधार” मान्ने अप्रगतिशील चिन्तनका धनी “प्रगतिशील” कविहरूको राजभक्ति हो । यसरी हेर्दा ‘नवकविता’को ‘प्रगतिशील कविता विशेषाड्ढ’ राजभक्ति कविताको एउटा खण्ड बन्न पुगेको छ । यो मेरो आनै विश्लेषण हुनसक्छ । तर कदापि म भावुकतावश आदर्शबाट भाग्ने कुरालाई प्रगतिशील धारा मान्न तयार छैन । 
प्रस्तुत अंकमा समावेश गरिएकामध्ये धेरै कविताहरू राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई विभिन्न ढंगले प्रस्तुत गरिएका कविताहरू हुन् । कतिपय कविताहरूले राजनीतिक नेताहरूप्रति व्यङ्ग्य प्रहार गरेका छन् भने केहीले राष्ट्रिय सीमाअतिक्रमणका पीडाहरूलाई पनि दर्शाएका छन् । यसैक्रममा ‘खुर्दलोटन’ बा“धको विषयमा कवि अग्निशिखाले राम्ररी विश्लेषण गरेर राष्ट्रियतामाथिको प्रहारलाई केलाएका छन् । कवि अग्निशिखा भन्छन् ः 
कतै सीमानामा भने चुपचाप कोही 
‘खुर्दलोटन’ बा“ध्न थाल्छ 
मर्चवारको खुर्दलोटनभन्दा बढी 
आफैंभित्रको खुर्दलोटन खतरनाक छ । 
(खुर्दलोटन) 
कविले “बूढी मरी भन्नुभन्दा पनि काल पल्क्यो” भन्ने कुराको राम्ररी चित्रण गरेका छन् । भारतले नेपालमाथि अनेकौं गिद्धे नजर लगाएको कुरालाई “खुर्दलोटन” कविताले उजागर गरेको छ । यतिमात्र होइन हाम्रा “राजनेता”हरूको राष्ट्रघाती भावना झाड्डिदै गएकोमा कवि दुःखित हु“दै “आफैंभित्रको खुर्दलोटन खतरनाक छ” भन्ने कुरा ओकल्छन् र “काल पल्केको” विषयमा पनि बारम्बार चर्चा गर्छन् । यो कुराले राष्ट्रियताप्रति कविको अडानलाई स्पष्ट गर्दछ । 
यसैगरी कवि अतृप्त पाण्डेयले कवितामा नक्कली प्रजातन्त्रलाई मछिन्द्रनाथको भोटो जात्रास“ग तुलना गरेका छन् र दुवैको चरित्र मिल्दोजुल्दो छ भन्ने कुरालाई देखाएका छन् । प्रजातन्त्र मछिन्द्रनाथको भोटोझैं कमाउने भा“डो बन्दै गइरहेको कुरालाई कविले राम्ररी उजागर गरेका छन् । 
कवि अनिल पौडेल, अमर गिरी, आर.आर. चौलागाईं, आहुति, इच्छुक, ईश्वरचन्द्र ज्ञवाली, ऋषिराम न्यौपाने, कणाद महर्षि, कुन्ता शर्मा, केवलपुरे किसान, गोविन्द वर्तमान, घनश्याम न्यौपाने ‘परिश्रमी’, नारायण ढकाल, नारायणप्रसाद शर्मा, पुरुषोत्तम सुवेदी, पूर्ण वैद्य, पूर्ण विराम, वम देवान, बलभद्र भारती, बुद्ध सायमी, भवानी घिमिरे आदिका कविताहरूले पनि वर्तमान समयको छटपटी, पीडा, व्यथा, वेदना र सुस्केराहरूलाई चित्रण गर्ने प्रयत्न गरेका छन् । कवि अमर गिरीको कविता, धेरै कविताहरूको तुलनामा माथि छ भन्ने मलाई लागेको छ । कवि गिरी भन्छन् ः 
एउटा सिंहदरबार छ 
जहा“बाट जारी हुन्छ 
शासनको फरमान 
र पचहत्तर जिल्लाका 
साना सिंहदरबारहरू 
तयार हुन्छन् 
फरमानको तामेली गर्न 
तर सिंहदरबारको शासकीय कक्षमा 
जिसस क्राइस्टलाई झैं 
क्रसमा टा“गिएको छ स्वतन्त्रतालाई 
र न्यायलाई । 
(तर पनि हामी जीवित छौं) 
जिसस क्राइस्टलाई झैं देशको स्वतन्त्रता शुलीमा टा“सिएको छ, तर बाहिर स्वतन्त्रताको फरमान जारी गरिएको छ भनेर कविले वर्तमान प्रजातन्त्रको फासिष्ट रूपलाई राम्ररी उजागर गरेका छन् । कवि अमर गिरी नेपाली प्रगतिशील कविहरूकै औंलामा गनिने कविमा पर्छन् भन्ने मलाई लाग्छ । कवि गिरीको सबैभन्दा राम्रो विशेषता त के हो भने उनी “शब्दका राम्रा खेलाडी” हुन् र उनले शब्दलाई उचित स्थान दिन यहा“ पनि पछि परेका छैनन् । यसैगरी कवि इच्छुक पनि राम्ररी आनो कवित्वलाई चिन्दछन् र चिनाउन सक्षम छन् भन्ने कुरा उनको “लालमटियाको सम्झना” कविताले स्पष्ट गर्दछ । कवि इच्छुकले आनो बाल्यकाल लालमटियामा बिताएको र आफू त्यही“बाटै लालचेतना बोक्न थालेको स्मरण गराउ“छन् । कवि इच्छुकले लालमटियाको सम्झना सा“च्चिकै संस्मरणात्मक निबन्धमा दिन सके अझ राम्रो हुन्थ्यो र उनको बाल्यकालको सूक्ष्म विश्लेषण पनि त्यसमा आउन सक्दथ्यो भन्ने मलाई लाग्दछ । उनको बाल्यकालको झझल्को दिने यो कवितामा आनो प्राथमिककालीन विद्यालय जीवनलाई “नालन्दा विश्वविद्यालय” भनेर आनो ज्ञानको प्यास मेटाउने संस्थाको रूपमा लिएका छन् । “नालन्दा विश्वविद्यालय”लाई पूर्वीय ज्ञानभण्डारको आदि सभ्यता नै मानिन्छ । कवि इच्छुकले पनि “सभ्यताको आदिकाल”स“ग आनो लालमटियाको तुलना गरेका छन् । लालमटिया केवल लालमटिया मात्र छैन, त्यहा“ वर्गसंघर्षको तीब्र महाभारत चलिरहेको छ भन्ने कुरालाई पनि उजागर गरेको छ कविताले । कवि भन्छन् ः
हरक्षण स्वेतआतंकले छापा मारिरहन्छ मन 
रुपकोट र देवीकोटले पनि रणभेदी बजाउ“दै 
वर्गवैरीस“ग रणघोष गरिरहेको सुन्छु 
युद्धभूमि जस्तै द्वन्दमय लाग्छ 
लालमटियाको लालसम्झना अहिले । 
(लालमटियाको सम्झना)
युद्धभूमिजस्तै द्वन्दमय भनेर कविले वर्तमान जनयुद्धलाई इंगित गरेका छन् । वर्गसंघर्षको तुफानीकेन्द्र भनेर पनि त्यसलाई परिभाषित गरेका छन् यस कवितामा । नेपाली विद्रोहलाई नै लक्षित गरेर कवि ईश्वरचन्द्र ज्ञवालीले पनि “जेल विद्रोहका नायिकाहरू” कवितामा भनेका छन् ः
आनो शहीद कोटा चुक्ता गर्ने संकल्प र आ“ट गरेर 
रणभूमि बनाएर जीवनलाई 
रणाड्डना बनेका कमला, उषा, .... हरू 
अभिवादन तिम्रो निष्ठालाई । 
(जेलविद्रोहका नायिकाहरू)
वर्तमान जनयुद्धमा शहीद कोटा चुक्ता गर्ने संकल्प र आ“ट गरेर गोर्खा जेल ब्रेक गर्ने नायिकाहरू सा“च्चै आस्थाका महान् व्यक्तित्व हुन् र यिनले देखाएको मूलबाटो क्रान्ति र परिवर्तनको बाटो हो भन्ने कुरा कवि ज्ञवालीको कविताले स्पष्ट गरेको छ । कवि ज्ञवाली वर्तमान विद्रोहप्रति आस्थावान् र सा“चो अर्थमा जनगणतन्त्र नेपालको स्थापनाको अभियानमा जुटेका कलमबीर कवि हुन् । कवि ज्ञवाली अहिले आस्थाकै आधारमा जेलको कालकोठरी भोगिरहेका छन् र यो बेलामा उनी सरकारको कालो सूचीमा “आतंकवादी”को रूपमा थुनिएका छन् । आज फासिष्ट सरकारले थुप्रै थुप्रै निर्दोष आस्थाका बन्दीहरूलाई जेलमा सडाएको छ र बाहिर प्रजातन्त्रको राग अलापेको छ । कविहरूले आस्थाको लडाइ“ लड्नुपर्छ भन्ने कुरा कवि ज्ञवालीले आफैं उदाहण बनेर देखाएका छन् । 
कवि ईश्वरचन्द्र ज्ञवाली, इच्छुक, यज्ञबहादुर डा“गी, पूर्ण विरामलगायत अन्य थुप्रै कविहरूले वर्तमान विद्रोह र जनगणतन्त्र नेपालको पक्षमा आनो आस्था प्रकट गरेका छन् । 
“जनगणतन्त्र नेपाल” अहिले नै चाहिन्छ भनेर घा“टी फुलाउने, “चैत्र ५” कविताबाट “रगत खेर जानेछैन” भनेका कवि दुर्गालाल श्रेष्ठले “नवकविता”मा आएर त्यसको ठीक विपरीत गणतन्त्र होइन, राजतन्त्र– जिन्दावादको नारा घन्काएका छन् । उनी भन्छन् ः 
‘शान्तिक्षेत्र’को त्यो प्रस्ताव 
यति सुन्दर त्यो स्वप्न थियो 
हुन्छ अझै पनि सब झलझली 
गर्भैमा त्यो किन तुहियो ? 
(वीरेन्द्र– स्वर्गारोहण) 
कवि राजा वीरेन्द्रको स्वर्गारोहणबाट दुःखित त छन् नै, त्यसभन्दा पनि बढी पञ्चायतकाललाई टिकाइराख्न ल्याइएको “शान्तिक्षेत्र नेपाल”को प्रस्ताव तुहिएकोमा उनी दुःखित छन् । कविले राजभक्तिका साथसाथै पञ्चायतभक्ति देखाउन पनि चुकेका छैनन् । राष्ट्रिय अभियान, उत्तापक, जलप्लावक, सिन्धुमयी, देशैको हंस जस्ता विशेषणहरू राजा वीरेन्द्रका खातिर उनले प्रयोग गरेका छन् यस कवितामा । “प्रबुद्ध प्रगतिशील” कवि भनिने व्यक्तिको यो कस्तो दयनीय हालत ⁄ यही विचार नै बहन गर्नु थियो भने “प्रगतिशील”, “वामपन्थी” आदि हुने र भनिने विवादको चक्करमा पर्नुको कुनै औचित्य छ जस्तो मलाई लाग्दैन । कवितालाई कविको आस्था, विचार र सिद्धान्त बाहेक उनले कुन तŒव मानेका छन् ?  कविता विचार हो, आस्था हो, सिद्धान्त हो र साथसाथै कला पनि हो । उनको राजा वीरेन्द्रप्रति आस्था थियोे भने “शान्ति क्षेत्रको त्यो प्रस्ताव” तुहिएकोमा दुःखित नहुनु पथ्र्यो भन्ने मलाई लाग्दैन । कुनै व्यक्तिलाई कति महŒव दिने वा नदिने भन्ने कुरा उसको आस्थामा भर पर्छ । जहा“सम्म कवि दुर्गालाल श्रेष्ठको कुरा छ, उनले त्यही कवितामा पनि “वामपन्थीको हु“ म पथिक” भनेर कविता शुरु गरेका छन् । कसले के भन्छ भन्ने कुरा महŒवपूर्ण कुरा होइन, कसले के गर्छ त्यो महŒवपूर्ण हुन्छ । कवितामा व्यक्त विचार दुर्गालाल कविको विचार हो, वामपन्थी दुर्गालालको होइन भनेर कि त पन्छिने कुरा गर्नुप¥यो अन्यथा कविताले कविको श्रीबृद्धि होइन, निहुरमुन्टी लगाएको छ र उनलाई अर्को कित्तामा उभ्याएको छ । दुर्गालाललाई “महान् प्रगतिशील” कविको उपाधि थमाउन पनि पछि नपर्ने समालोचकहरूले उनको यो कविता राम्ररी पढ्न आवश्यक छ । पारिजातलाई पतनशील हु“दै गएको देख्ने तर दुर्गालाललाई “उच्च प्रगतिशील” मान्ने कतिपय व्यक्तिहरूको सोचाइमाथि यो कविताले झापट हानेको छ । कवि दुर्गालाल भन्छन् ः 
आज मलाई हुनुपर्नेथ्यो 
धेरै खुकुलो भार भयो, 
किन्तु मनमनै यति खुरमुरिए“ 
मानौं मूलधार गयो ⁄
(वीरेन्द्र स्वर्गारोहण) 
“मूलधार गयो” भनेर कविले राजसंस्थालाई नेपाली जनताको मूलधार बताएका छन् । पहिलो पल्ट एउटा वामपन्थी कवि कहलिएको व्यक्तिले राजसंस्थालाई यसरी मूलधार भनेर संबोधन गरेको कविता पढ्ने मौका पाएको छु मैले । त्यसकारण “नवकविता”को ५० औं अंकलाई प्रगतिशील कविताको विशेषाड्ढ भनिए पनि सम्पूर्णतः प्रगतिशील कविताहरू यसमा छैनन् भन्ने कुरा मैले भन्नैपर्छ । 
प्रस्तुत संग्रहमा लोकेन्द्र विष्ट, लीलाधर गौतम, गंगा श्रेष्ठ, राजकुमार के.सी., नन्दु परिश्रमी, मोहनविक्रम सिंह लगायत अन्य थुप्रै थुप्रै प्रगतिशील, माक्र्सवादी कविहरूका रचना समावेश हुनसकेको भए अझ राम्रो हुनेथियो । तर कतिपय प्राविधिक वा सूचनाका अभावमा यी लगायत यस्ता अन्य रचनाकारका रचनाहरू समावेश हुन नसकेकोमा दुःख लागेको छ । 
विशेषांकको अर्को विशेषता के भएको छ भने यहा“ दिइएका कैयौं रचनाहरूमध्ये वरिष्ठ कविहरूका रचनाहरूबाट त्यति सन्तुष्ट हुन सकिंदैन । जति नै भने पनि हरेक कुरामा कमजोरी पक्ष त अवश्य हुन्छ तर न्यून कमजोरीका लागि पत्रिकाले क्षमा पाउन सक्दछ । 
कवि महेश मास्के, मञ्जुल, मनरूप नेप्च्युन, मातृका पोखरेल, मित्रलाल पंज्ञानी, मीन द्वन्दी, मीनबहादुर बिष्ट, मोदनाथ प्रश्रित, मोहन दुवाल, यज्ञबहादुर डा“गी, राजभाइ जकःमि, राजव, रामचन्द्र भट्टराई, रामप्रसाद ज्ञवाली आदिका रचनाहरू विभिन्न परिवेश र बिम्बविधानमा बा“धिएका सुन्दर कविताहरू हुन् भन्ने मलाई लाग्दछ । मोदनाथ प्रश्रितको ‘को भूपरिवेष्ठित ?’ कविता पनि ज्यादै मार्मिक कविता हो भन्ने मलाई लाग्छ । प्रश्रितले आनो कवितामा भनेका छन्् ः 
अरूका नदीको बाटो रोक्ने 
साझा धनलाई बपौती ठान्ने 
धर्तीमा लाउने का“डेतार र पर्खाल 
ए छिमेकी घमण्डी ठुल्दाइ ⁄
हैनौं हामी भूपरिवेष्ठित
तिम्रो दिमाग हो बालुवा–वेष्ठित ⁄
मध्ययुगीन खु“खार आकांक्षा–वेष्ठित ⁄
(को भूपरिवेष्ठित ⁄)
कुन कुरालाई कविले राम्ररी बुझेका छन् भने भारतमा जाने गंगा–जमुना नदीको उद्गमस्थल नेपाल हो र हिमालयको काखबाट बगेको पानीले नै भारतका बन्जर मरुभूमिहरूको सिञ्चन हुन्छ । महाकाली, टनकपुर चाहे जुनसुकै नदीहरू पनि नेपालका सम्पत्ति हुन् र यसमा ‘ठुल्दाइ’ का गिद्धेदृष्टि परेको छ भनेर कविले व्यक्त गरेका छन् । यो कविता महाकाली सन्धि हुनुभन्दा अगाडि लेखिएको हो वा पछाडि ? उल्लेख गरिएको भए अझ राम्रो हुन्थ्यो । महाकाली सन्धि गरेर आमाको काखमा पिसाब फेर्नेहरू नेपाल आमाका सच्चा सन्तान हुन सक्दैनन् । कविले सच्चा हृदयले कविता लेखेका हुन् भने उनले सो सन्धिको विरोध पनि गर्न सक्नुपर्छ । हामी त्यसको प्रतीक्षा गर्न सक्छौं । तर कविता मार्मिक र सुन्दर लेखेर षड्यन्त्रकारी अभियानमा सामेल हुने हो भने यस्तो गर्नु कविकर्मले दिंदैन भन्छु म । त्यसकारण हाम्रा प्रबुद्ध कवि प्रश्रितज्यू धेरै राम्रो कविता लेखेर पनि नेपाली जनताको मन जित्न सफल हुनुभएको जस्तो लाग्दैन । तर जेहोस् उहा“ले ‘ठुल्दाइ’ (भारत)लाई ‘तिम्रो दिमाग हो बालुवा–वेष्ठित ⁄’ भनेर ललकार्नु भएको छ । यो धेरै गौरव गर्नुपर्ने कुरा हो जस्तो मलाई लाग्छ ।
कवि रामविनय, ललिजन रावल, लीला उदासी, वासुदेव अधिकारी, विक्रम सुब्बा, विजय सुब्बा, विमल निभा, विवश वस्ती, वेणु आचार्य, शार्दूल भट्टराई, सुरेश किरण, स्नेह सायमी, हरिगोविन्द लुइ“टेल एवं हीरा आकाशका कविताहरू पनि प्रस्तुत अंकमा संग्रहित छन् र यी कविहरू वर्तमान समयका प्रगतिशील धाराबाट कलम चलाउने राम्रा कविमध्ये पर्दछन् भन्नु कुनै अन्यथा हु“दैन । खासगरी रामचन्द्र भट्टराई, पूर्ण विराम, विजय सुब्बा, विमल निभा धेरै लामो समयदेखि स्थापित कवि हुन् र यिनीहरूले लेखेका कविता अवश्य नै राम्रा हुन्छन् भन्ने धारणा सबैमा बसिसकेको छ ।
वर्तमान समयलाई कवि मातृका पोखरेलका कविताहरूले पनि निकै राम्ररी प्रतिबिम्बित गर्दछन् । प्रस्तुत संग्रहमा समावेश कवितामा ‘म तिम्रा कविताको विरुद्धमा लेख्छु’ भनेर कविले अर्को कुनै कविको विरुद्ध आफ्ना अभिव्यक्तिहरू व्यक्त गरेका छन् । उनी भन्छन्ः
अचेल जनता तिम्रा कविता बुझ्दैनन्
तिमी दरबारकै जस्तो कविता लेख्छौ
या जनताले नबुझ्ने कविता लेख्छौ
हरेक वस्तुका दुई कित्ताहरूझैं
अचेल तिमी एउटा कित्ताको पक्षमा लेख्छौ
म अर्कै कित्ताको पक्षमा बोल्छु ।
(म तिम्रा कविताको विरुद्धमा लेख्छु)
‘अचेल’ शब्दले स्पष्ट गर्छ कि त्यो कवि पहिले कवि मातृकाकै विचारको कवि थियो । अथवा अर्को अर्थमा भन्नुपर्दा अहिले भर्खरै मात्र त्यो व्यक्ति बिग्रिएर दरबारिया भएको छ । यो एउटा प्रवृत्ति हो, मूलधार होइन । मैले माथि व्यक्त गरेको कवि दुर्गालालको विषयस“ग कवि मातृकाले संकेत गरेका छन् कवि मातृका पनि दरबारिया कविहरूलाई ‘अचेल’ वामपन्थी शिविर छाडेर भागेका व्यक्तिको रूपमा देखिरहेका छन् । मातृका पोखरेल अझ स्पष्टरूपमा अर्कै प्रसङ्गलाई जोड्दै हिलारी क्लिन्टनको भजन गाउने भाटहरूको बारेमा यसरी लेख्छन् ः
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु
म तिम्रै कविता विरुद्धमा लेख्छु ।
(म तिम्रा कविताको विरुद्धमा लेख्छु)
कविले महिमागान, स्तुतिगान र भजनिया मण्डलीहरूलाई कविताको बेइज्जत गर्ने व्यक्तिको रूपमा उभ्याउ“दै आफूले कविताको इज्जतको लागि लेख्ने गरेको कुरा स्पष्ट गरेका छन् । यसरी थुप्रै थुप्रै कविताहरूमा प्रगतिशील भावधाराको बहाव वेगमय देख्न सकिन्छ – ‘नवकवितामा ।’ यति हु“दाहु“दै पनि कैयौं कविताहरू भने वर्तमान यथास्थितिको सामान्य चर्चासम्ममा सीमित रहेका छन् र त्यस्ताखाले कविताहरू भोलिका लागि नभए पनि आजका लागि केही विसंगतिको विरोधमा उपयोगी सावित हुन सक्छन् । यसरी वर्तमान समयलाई सा“च्चिकै चिन्ने, त्यसलाई विश्लेषण गर्ने र कलात्मक ढा“चामा ढाल्ने कविहरूमध्ये राष्ट्रियस्तरका थुप्रै व्यक्तित्वहरू यसमा देखिन सक्दछन् । नेपाली प्रगतिशील कविता फा“टमा त झनै त्यसको संभावना बलियो छ भन्ने कुरा प्रस्तुत ‘नवकविता’ को विशेषांड्ढले नै पनि सावित गरिसकेको छ । 
वर्तमान समयलाई राम्ररी चित्रण गर्ने सन्दर्भमा कवि हीरा आकाशले ‘सुखानी’ कविताबाट आफ्ना योद्धाहरूको सम्झना अझ पनि गरिरहनुभएको छ । कविले सुखानीलाई वर्तमान जनयुद्धस“ग जोडेर थप कुरा दिनुभएको भए अझ कविता राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्दछ । झापाको ‘सुखानी’ जंगलमा मारिएका योद्धाहरू अहिले रक्तबीज बनेर लडिरहेकै छन् भन्ने हामीले बुझ्नुपर्दछ भन्ने मलाई लाग्दछ । कवि भन्छन्ः
त्यो रात रातभरि सुखानी रोइरह्यो
यसकारण होइन कि उसकै अगाडि
उसकै काखमा उसका सपूतहरूलाई
अत्यचारीले निर्मम हत्या गरेका थिए
वास्तवमा सपूतका रगतले
सुखानीले गर्भाधान गरिसकेको थियो
र प्रसवपीडाले
ऊ रात–रातभरि छटपटिइरह्यो, सु“क्सुकाइरह्यो
र स“गस“गै सुसाइरह्यो
माइखोला पनि ।
(सुखानी)
कविले सपूतका रगतले सुखानीले गर्भाधान गरिसकेको थियो भनेर व्यक्त गरेको विचार के वर्तमान सपूतहरूको सन्दर्भमा मिल्न सक्छ ? अवश्य । नेपाली धर्तीले धेरै सपूतहरूको वलिदान मागेकी छन्, जो वास्तवमा वर्तमान जनयुद्धले पूरा गरिरहेको छ भन्ने लाग्छ । यद्यपि जनयुद्धका आफ्नै धेरै कमीकमजोरी र समस्याहरू छन्, जसलाई सम्बन्धित पक्षले हटाउनै पर्ने आवश्यकता छ । यसैगरी कवि यज्ञबहादुर डा“गीले पनि आफ्नो कवितामा सुखानीकै प्रसंग उठाएका छन् । उनी भन्छन् ः
मलाई थाहा छ
काला शालिकहरूको इलाका
मलाई थाहा छ मेरो प्रवेश
भ्रष्ट प्रगन्नामा छ
चिन्छु, यो भिमानको जंगल
यो सुखानीको वन
यो बगिरहेको त्रिशुली नदी पनि भर्खरैदेखि चिन्छु ।
(यात्रा जारी छ मेरो)
कविले प्रतिक्रियावादीहरूको स्वेत इलाकालाई काला शालिकहरूको इलाका भनेका छन् । यसैगरी भिमान र सुखानी पनि कविको नजरमा छ र उनी यसलाई आफ्नो प्यारो भूमिको नामले चिन्दछन् । 
कवि विजय सुब्बा आफू पनि राजनीतिक व्यक्तित्व हुन् र कवि पनि । उनले ‘राजनेताहरू’ कवितामा वर्तमान राजनेताहरूलाई आलोचना गरेका छन् । कवि भन्छन् ः
यौटा यस्तो जनगुनासो छ
त्यो भनेसुनिराख
“देश र जनता अझै मर्नुभन्दा
झुट राजनेताहरूचाहिं मरे हुन्छ ।”
(राजनेताहरू)
कविले झुट राजनेताहरूलाई ‘देश र जनता मर्नुभन्दा बरु तिमीहरू नै मर्नु वेश हुन्छ’ भनेर कडा शब्दमा विरोध र घृणा व्यक्त गरेका छन् । कविले भ्रष्ट नेताहरू स्वाद चाखेर मोटाएका छन् भनेका छन् । बहुदलीय राजनेताहरूको मकुन्डो उतार्ने काममा कवि विजय सुब्बाको कविताले धेरै भूमिका खेल्न सक्दछ भन्ने लाग्दछ । हामीकहा“ ‘जो चोर उसकै ठूलो स्वर’ भन्ने उखान छ । म कवि विजय सुब्बालाई त्यही तहमा राखेर यसो भन्न सक्दिन । उहा“ले जे लेख्नुभो त्यो धेरै आवश्यक थियो, त्यसको शोधपूर्ति उहा“ले गर्नुभएको मात्रै हो भन्ने मलाई लाग्दछ ।
यसरी धेरै राम्रा कविताहरू नवकवितामा भए पनि थुप्रै थुप्रै रचनाकारहरू भने अझै यसमा पर्न सकेका छैनन् । यहा“ मैले यस विषयमा जे जति लेखें, इमानदारीपूर्वक भन्नुपर्दा समालोचकीय नजरबाट लेखिन । यो मेरो समालोचना होइन । यसर्थ कि म समालोचक होइन । यौटा कविको नजरमा कविताहरू कस्ता लाग्दछन् मैले त्यतिमात्र संकेत गर्न खोजेको हु“ । 
कलात्मक दृष्टिले धेरै कविताहरू राम्रा छन् तर उच्च कलात्मक भने थोरै मात्र । कलात्मक हुनु र उच्च कलात्मक प्रतिबिम्ब झल्काउन सक्नु तथा पाठकहरूलाई सम्वेदित पार्न सक्नु धेरै फरक कुरा हो । धेरै कविहरूमध्ये प्रश्रितको कविताले मलाई धेरै सम्वेदित पार्छ र यो माथिको उल्लेखित कविताले पनि धेरै सम्वेदित पारेको होे । यसैगरी इच्छुकको ‘लालमटियाको सम्झना’ र अमर गिरीको ‘तर पनि हामी जीवित छौं’ धेरै राम्रा छन् । कतिपय कविताहरूमा भाव दोहोरिएका छन् र त्यसो हुनु कविको पुनरावृत्ति दोष हो । पुनरावृत्ति दोषलाई राम्रो भन्न सकिन्न । सबैभन्दा अक्षम्य दोष भनेको दृष्टि दोष हुनु हो । यस्ता थुप्रै समस्याहरू प्रस्तुत अंकमा छन् तर त्यसलाई सम्पादकले होइन, कविले हटाउनुपर्ने आवश्यकता छ । 
समग्रमा नवकविता २०५८ को प्रगतिशील कविता विशेषांक राम्रो छ, अझ यसले गुणात्मक उपलब्धि हासिल गर्न सफल होस् भन्ने शुभकामना प्रकट गर्दछु ।

–कीर्तिपुर, काठमाडौं
२०५८ पुस ६ ।


कविता
समयको घोडा र “महादेव”को अवसान 
पुण्य गौतम ‘विश्वास’ 
हाम्रो युगको “महादेव”
अघिपछि लगाएर आना नन्दीभृङ्गीहरूलाई 
दिनदहाडै पस्छ–बस्तीभित्र निर्बाध 
र घोषणा गर्छ– 
समयलाई घोडा बनाएर 
आफुखुसी बेलगाम दौडादौड हिंड्छु । 

घोडाको टापको कर्कश आवाज 
उसको बीभत्स अट्टहासमा घोलिई 
बस्तीमा आतंकको कालो छाया मडारिन्छ 
उसको आगमन हाम्रो निम्ति मानौं 
खोलाको बीच बगरमा 
अलपत्र परेको बाच्छाको निम्ति 
भेलबाढी जस्तै छ । 

दूरदराजको हाम्रो बस्ती खानतलास गरेर 
हाम्रो संघर्षशील मनलाई आतंककारी घोषित गरेर 
यत्रतत्र छापा मार्छ 
र लुट्छ हाम्रो रगत, पसिना र आ“सुको फल । 
तर सक्दैन हाम्रो संवेदना चोर्न÷हाम्रो निष्ठा लुट्न । 

एकदिन अनायासै सुनियो, 
हाम्रा फा“टहरूमा भुलिरहेको खुसी लुट्ने 
हाम्रो युगको “महादेव” 
समयको घोडाबाट उछिट्टिएर÷त्यसकै टापमुनि किचिएर 
सुखद मृत्यु म¥यो रे । 
र इतिहासको सुकोमल हातले 
उसको ‘गन्दा शव’ माथि कात्रो ओढायो रे । 
यतिबेला म सोचिरहेछु– 
हाम्रो युगको महादेवले 
समयलाई घोडा बनाउने “रहर” किन ग¥यो 
जब त्यसकै टापमुनि किचिएर मर्नुपर्छ भने ? 


समालोचना
सन्दर्भ समकालीन कथालेखनको चर्चा ‘वेदना’ (कथाविशेष) का कथाको

गोपीन्द्र पौडेल
१. थालनी
सिरानमा उल्लिखित शीर्षकले मूलतः दुईवटा पक्षतर्फ सङ्केत गरेको हु“दा त्यसैअनुरूप सर्वप्रथम समकालीन कथालेखनका बारेमा सान्दर्भिक टिप्पणी गर्दै विशेषतः ‘वेदना’ 
(कथाविशेष–२०५६) का कथाको छोटोमोटो विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य उद्देश्य हो । कथारचनाको आधारभूमि यही वस्तुजगत् हो, त्यसैले समकालीन कथालेखनका बारेमा चर्चा गर्दा समकालीन नेपाली समाज र जीवनपरिवेशको अलिकति छेड्खान नगरिकन झ्वाम्मै कथासागरमा हामफाल्नु त्यति मुनासिव हुने देखिएन । वस्तुतः समकालीन नेपाली जीवनपरिवेशको छिपछिपे निरीक्षण गरिसकेपछि मात्रै सोहीबमोजिम समकालीन कथालेखनका बारेमा एकसरो चियोचर्चो गर्नु ठीकै होला भन्ने लाग्यो । यसै सन्दर्भमा समकालीन कथालेखनको साक्षका रूपमा ‘वेदना’ (कथाविशेष) का कथालाई विश्लेषणसामग्री बनाइएको छ । ‘वेदना’मा प्रकाशित अधिकांश कथामा समकालीन नेपाली समाज र शासन–व्यवस्थाका विभिन्न पक्षको प्रतिबिम्बन भएकाले नै तिनलाई विश्लेषणको सामग्री बनाइएको हो । विश्लेषणसामग्री बनाइएका यी कथाले समकालीन नेपाली कथालेखनको स्थितिका बारेमा सामान्य झझल्को प्रस्तुत गर्नुका साथै कथास्रष्टाको रुचि र विषयक्ष्ँेत्रको पनि सङ्केत गर्दछन् ।

२. समकालीन सन्दर्भ र कथालेखनको स्थिति
समकालीनतालाई विभिन्न ढड्डले तन्क्याउने, खुम्च्याउने, अथ्र्याउने र बुझ्ने गरिएको पाइन्छ । तर वास्तवमा समकालीनता भनेको तात्तातो समयप्रवाह हो, वर्तमानमा चलखेल गर्दै गरेको गतिशील जीवनपरिवेश हो । समकालीनताभित्र न त विगतको लम्बेतान इतिहासलाई समेट्न सकिन्छ न त आउ“दो भविष्यलाई नै । बरु, यसअन्तर्गत तत्कालीन जीवनपरिवेशलाई प्रभावित गर्ने समय–सन्दर्भ र मानवीय जीवनका घटनाक्रमहरू मात्र अटाउन सक्छन् । वस्तुतः नेपाली परिप्रेक्ष्यमा २०४६ सालपछिको समयावधि नै समकालीन समयावधि हो र यही नै नेपाली समाज र त्यसअन्तर्गतका क्रियाकलापको तात्तातो वर्तमान हो । २०४६ सालको जनआन्दोलनको परिणामस्वरूप पंचायत व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो । तर राजनीतिमा केही खुकुलोपन देखिए पनि मुलुकको आर्थिक तथा सामाजिक–सांस्कृतिक संरचनामा कुनै परिवर्तन भएन, बरु बेथिति र विसङ्गतिको ओइरो लागिरह्यो । सत्तासीन पार्टीहरूको सत्तालिप्साका कारण बाह्य तथा आन्तरिक लुछाचु“डी र छिनाझप्टीमा मुलुकका कङ्गाल जनहरू दपेटिएका छन् । मुलुक भ्रष्टाचार र कमिशनको आहालमा चुर्लुम्म डुबेको त छ“दैछ साथसाथै जनहत्या र राज्यआतंकले आक्रान्त छ । खुल्ला अर्थनीतिका नाममा एकातिर स्वदेशी उद्योग तथा संघसंस्था विदेशीलाई सुम्पने घातक नीतिले प्रश्रय पाएको छ भने अर्कोतिर मुलुकको प्राकृतिक स्रोत र साधनसमेत विदेशीको पोल्टामा सुम्पेर राष्ट्र र राष्ट्रिय अस्मितामाथि खेलबाड गर्ने काम यतिबेलाका सत्तासीन वर्गबाट भएको छ । यही नै नेपाली जीवनपरिवेशको समकालीन यथार्थ हो ।
यही परिवेश र यथार्थका बीचमा समकालीन समाजवादी–यथार्थवादी कथालेखन निरन्तर गतिमान् बनेको छ । यतिबेला एकातिर अघिल्लो पुस्ताका हरिहर खनाल, खगेन्द्र सङ्ग्रौला, ऋषिराज बराल, इस्माली, घनश्याम ढकाल क्रियाशील रहेका छन् भने अर्काेतिर पछिल्लो पुस्ताका अनिल श्रेष्ठ, रोहित दाहाल, मातृका पोखरेल, पुण्य कार्की, अन्जान विरही, कृष्ण बेलवासे आदि पनि क्रियाशील देखिन्छन् । त्यसो त सबैभन्दा पुरानो पुस्ताका रमेश विकल पनि कथा लेखिरहेका छन्, तर समकालीन परिप्रेक्ष्यमा आंशिक रूपमा राज्यआतंकको विरोध भए पनि गणतन्त्रात्मक चेतनाको संचार उनका कथामा हुन सकेन । त्यसैगरी दिल साहनी, पूर्ण विराम, तारा गाउ“ले, हरिगोविन्द लुइ“टेलका कथाहरू बेलाबखत देखिए पनि दिल साहनी समीक्षात्मक लेखतर्फ अग्रसर देखिनु, पूर्ण विरामको विशेष रुचि कवितामा हुनु तथा हरिगोविन्द लुइ“टेलको कर्मक्षेत्र र रुचि पत्रकारिता हुनुले कथालेखनमा खासै निरन्तरता देखिन्न । भास्करका कथाको परिमाण त बढ्दो छ तर कथाशिल्प र कथ्यका दृष्टिले उनका कथा स्तरीय र परिष्कृत बन्न सकिरहेका छैनन् । यदाकदा कथा लेख्ने सीपी गजुरेलको कथालेखनले निरन्तरता पाउन सकेको छैन । त्यसैगरी कवितासिर्जनामा निरन्तर लागिरहेका गंगा श्रेष्ठ पनि कथामा त्यति फस्टाउन सकेका छैनन् । पुण्य खरेल र विवश वस्तीको कथालेखनले निरन्तरता पाए पनि वैचारिक पक्ष फिका बन्दै गइरहेको छ । नारायण ढकाल, राजव, देविका तिमिल्सिना प्रभृति कथाकारले समाजवादी–यथार्थवादी सिर्जनको मर्मलाई छोडेको मात्र होइन मुलुकमा विद्यमान बेथिति र बितण्डाको चिरफार गर्न नसकेको परिप्रेक्ष्यमा पुण्य खरेल र विवश बस्तीबाट कम्तीमा वर्तमानको रुग्ण संस्कृति र बेथितिमाथि प्रहार गर्ने काम भएको छ ।
यसरी समकालीन कथालेखनलाई अग्रगामी दिशा प्रदान गर्ने सन्दर्भमा मूलतः अग्रणी पुस्ताका कथाकारहरू खगेन्द्र सङ्ग्रौला, हरिहर खनाल, ऋषिराज बराल, इस्माली, घनश्याम ढकालको उल्लेखनीय योगदान रहेको छ । यसो भए तापनि सङ्ग्रौलाको कथालेखनमा २०४६ सालपूर्व जुन गंभीरता र ओजस्विता थियो २०४६ सालयता त्यो स्थिति रहेन । यो समयावधिमा खगेन्द्र सङ्ग्रौलाले प्रशस्त कथा रचना गरेका छन् तर यो समयका उनका प्राप्ति भनेका ‘वलिदानको भ¥याङ मास्तिर’ र ‘नकटो दोर्जेको शालिक’ हुन् जसले समसामयिक विषयसन्दर्भको गंभीरतालाई पर्गेल्नुका साथै कथाशिल्पलाई पनि कुशलतापूर्वक आत्मसात् गरेका छन् । अन्यथा विषय र शिल्प दुवैको संकटले सङ्ग्रौलालाई घेरेको छ । झन्डै यही स्थिति हरिहर खनालको कथालेखनमा पनि देख्न सकिन्छ । खनालको पनि आरम्भिक कथालेखनमा जुन गंभीरता थियो उत्तरोत्तर त्यो कायम रहन सकेन । यथार्थका सामयिक एवं संवेदनशील पक्षप्रति उदासीन हुनुले खनालको कथालेखनमा पनि विषयको सङ्कट देखा परिरहेको छ । यसरी समकालीन परिवेशमा कथामार्फत् निरन्तर रूपमा अग्रगामी चेतनाको सम्प्रेषण गर्ने कथाकारहरूमा इस्माली, ऋषिराज बराल र घनश्याम ढकालको नाउ“ अगाडि आउ“छ । यी कथाकारले रूप र अन्तर्वस्तुका बीचमा एकत्व स्थापना गर्दै कथामार्फत् समाजरूपान्तरणकारी भूमिकामा उल्लेखनीय सहयोग पु¥याउ“दै आएका छन् । यिनले कथामा बाह्य यथार्थको मात्र प्रतिबिम्बन गरेका नभई यथार्थको भित्री तहसम्म पुग्ने चेष्टा गरेका छन् । यसको तात्पर्य यी तीन जनाको कथासिर्जनामा ऋणात्मक पक्ष पटक्कै छैनन् भन्ने चाहि“ होइन ।
समाजवादी–यथार्थवादी कित्ताअन्तर्गतको नया“ पुस्ताले पनि कथालेखनलाई निरन्तरता प्रदान गरेको छ र अग्रणी पुस्तास“गै त्यो पनि गतिमान् बनेको छ । समकालीन सिर्जनस्थितिका आधारमा भन्नुपर्दा नया“ पुस्तामा पनि आशलाग्दो स्थिति देखिएको छ । अग्रज पुस्ताबाट उत्प्रेरित हु“दै कथासिर्जनामा क्रियाशील कथाकारहरूमा अनिल श्रेष्ठ, हरिहर सविता, रोहित दाहाल, मातृका पोखरेल, पुण्य कार्की, गंगा श्रेष्ठ, कृष्ण बेलवासे आदि रहेका छन् । विशेषतः कथासङ्ग्रहसमेत निकालिसकेका अनिल श्रेष्ठ र रोहित दाहालले समकालीन कथालेखनमा आफ्नो पहिचानसमेत बनाइसकेका छन् । 

३. ‘वेदना’ (कथाविशेष) का कथाको वैशिष्ट्यगत सर्वेक्षण
२०५६ भदौको ‘वेदना’ (कथाविशेष) मा ५ वटा कथा र १९ वटा लघुकथा गरी जम्मा २४ वटा कथा प्रकाशित देखिन्छन्, जसमध्ये अधिकांश कथाहरू इसासले २०५५ जेठमा आयोजना गरेको लघुकथा गोष्ठीमा वाचित कथा परेका छन् भने केही अन्य कथा पनि परेका छन् । ‘वेदना’मा प्रकाशित यी कथाले समसामयिक जीवनपरिवेशको प्रतिनिधिमूलक प्रतिबिम्बन गर्ने हुनाले समकालीन कथालेखनको संक्षिप्त अवलोकनपश्चात् विश्लेषणसामग्रीका रूपमा यिनलाई अगाडि सारिएको हो । ‘वेदना’का यी कथाले वर्तमानको नेपाली समाज र शासन व्यवस्थामा विद्यमान विसङ्गत अवस्थाको तीखो आलोचना गरेका छन् । यद्यपि यहा“ संलग्न केही कथा र तिनका कथाकारहरूले आलोचनात्मक यथार्थवादको सीमालाई नाघ्न सकेका छैनन् । यहा“ धेरैजसो अग्रज पुस्ताका स्थापित कथाकारका कथा परेका छन् भने केही नितान्त नया“ पुस्ताका सिकारु कथाकारका कथा पनि परेका छन् । ‘वेदना’का यी कथाले एकातिर सत्तास्वार्थमा चुर्लुम्म डुबेको सत्तासीन वर्गको छिनाझप्टीदेखि लिएर आर्थिक शोषण तथा सामाजिक–सांस्कृतिक उत्पीडनसम्मका यावत् क्रियाकलापको प्रस्तुति गरेका छन् भने अर्कोतिर हत्या र हिंसाका घटनाश्रृङ्खलाको जीवन्त प्रस्तुति गरेका छन् । वस्तुतः यी कथामा प्रतिबिम्बित यथार्थका विविध स्वरूप र वैशिष्ट्यलाई बु“दागत रूपमा प्रस्तुत गर्ने प्रयास यहा“ गरिएको छ ।
(क) बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि मुलुकको आर्थिक तथा सामाजिक–सांस्कृतिक संरचनामा कुनै परिवर्तन भएन र त्यसो हुनु संभव पनि थिएन । राजनीतिक, आर्थिक तथा सामाजिक–सांस्कृतिक क्षेत्रमा एकपछि अर्को विसङ्गति र बेथितिको ओइरो लागिरहेका छन् । हिजोका दिनमा आमूल परिवर्तनको निम्ति संघर्षरत रह“दै आएका केही कम्युनिष्ट पार्टीले यही बहुदलीय व्यवस्थालाई आदर्श ठानेर ब्रम्हलुट मच्चाउन थाले, जसको परिणाम सत्तामा बसेर तर मार्न पल्केका कम्युनिष्ट भनिनेहरूबाटै शहीदप्रति सम्मान होइन अपमानको वर्षा हुन थाल्यो । यो वर्तमानको विसङ्गत एवं विद्रूप पाटो हो भने यसैको प्रतिबिम्बन खगेन्द्र सङ्ग्रौलाको ‘चोर चिहान’, पुण्यप्रसाद खरेलको ‘ऐठन’, विजय चालिसेको ‘एका देशको एउटा निर्णय’, पुण्य कार्कीको ‘विसङ्गतिको एउटा पाटो’, के.एल. पीडितको ‘बर्खास्त’, कुसुम ज्ञवालीको ‘अन्तिम इच्छा’, कुवेर लिम्बुखिमको ‘शहीदको छोरो’ आदि कथाले गरेका छन् ।
लुटको धनले महल बनाउने ध्याउन्नमा लागेको श्रीकृष्ण उपाध्याय भन्ने पात्रले (जसले आफूलाई राजनीतिज्ञ ठान्छ) घडेरी किनेर पा“चतले महल ठड्याएको र त्यही महललाई छिमेकका स–साना केटाकेटीहरूले गिल्ला गरेर ‘चोरको चिहान’ भन्ने संज्ञा दिएको वास्तविकतालाई सङ्ग्रौलाको ‘चोर चिहान’ कथाले प्रतिबिम्बित गरेको छ । श्रीकृष्ण उपाध्याय जस्ता भ्रष्ट नेता भनाउ“दाको कृपाबाट जिल्ला कमिटीको वैकल्पिक सदस्य बन्न पुगेको पियक्कड ‘म’ पात्रले आफ्नो नेतालाई बचाउन खोजे पनि छिमेकी जनहरूले नेतालाई थङ्थिलो होउन्जेल थुरेको परिदृश्यलाई कथामा उतारिएको छ । यस कथाले भ्रष्टाचार गरेको धनबाट काठमाडौंमा महल ठड्याएर बस्ने ध्याउन्नमा लागेका पतित नेताहरूप्रति चोटिलो प्रहार गरेको छ र महलभोगी प्रवृत्तिको धज्जी उडाएको छ । बहुदल आएपछि सरकारमा विराजमान बनेका मन्त्रीको असली चरित्रको सम्यक् चित्रण पुण्यप्रसाद खरेलको ‘ऐठन’ कथाले गरेको छ । यस कथाको मुख्य पात्र ताकबहादुरले मन्त्री भएपछि गरेका काला कर्तुत र अपराधको पोल अर्धचेतको अवस्थामा आफैले खोलेको छ । ताकबहादुरले यति पिएको छ कि उसलाई सजिलो गरी निद्रा पनि परेको छैन, निदाउन खोज्ने बित्तिकै ऊ सपना देख्न पुग्छ र विचेत अवस्थामै बर्बराउन थाल्छ र एकपछि अर्को गरेर आफ्ना सम्पूर्ण अपराधको पोल खोल्छ, जसका साक्षी उसकी श्रीमती र उसको पी.ए. छन् । ताकबहादुरबाटै उसका काला कर्तुत बकाउनमा कथाकारले निकै कुशलता देखाएका छन् जसको परिणाम कथा रोचक बन्न पुगेको छ । जबजब ऐठन पर्दै जान्छ तबतब वेश्यावृत्तिमा लाग्दाका वेश्याहरू, महाकालीको प्रसङ्ग, सीमाअतिक्रमण हु“दा पनि चुइ“क्क नबोलेको प्रसड्डलगायत यावत् भ्रष्ट क्रियाकलापको सम्झना उसलाई हुन्छ । ऊ आनो पत्नी र पी.ए.का सामु कायर, पतित र भ्रष्ट सावित हुन्छ, जसले असामान्य मानसिक अवस्थामा आना बद्नियतपूर्ण कर्तुत ओकलेको छ । यस कथाले प्रजातन्त्रको मूल मन्त्र रटेर मन्त्रीको पदमा आसीन हुने नेपालका मन्त्रीको चरित्रका बारेमा स्पष्ट खोलुवा दिएको छ । 
जनआन्दोलनको समयमा आफूलाई बलिदान गर्ने शहीद र शहीदका परिवारप्रति भएको घोर अपमानको परिदृश्यका साथै विगतमा राष्ट्रको मुक्तिका निम्ति भूमिगत जीवन बिताएका कामरेड भनिनेहरूमा भएको पतन र भ्रष्टीकरणको जीवन्त चित्र पुण्य कार्कीको ‘विसंगतिको एउटा पाटो’ कथाले प्रस्तुत गरेको छ । कामरेड शम्भुनाथको घरमा नोकर बनेर बसेको शहीदपुत्र काले भुजेलको पूर्वस्मृतिस्वरूप कथाका घटनाश्रृंखलाहरू अगाडि बढेका छन् । गिट्टी फोर्दाफोर्दै ढुड्डाले किचेर आमाको मृत्यु हुनु तथा त्यसपछि उसको बाबु जंगे पञ्चायतविरोधी आन्दोलनमा लागेर शहीद हुनुजस्ता घटनाले काले भुजेल टुहुरो हुन पुगेको सन्दर्भलाई कथामा उल्लेख गरिएको छ । हिजो जंगेमा चेतनाको सञ्चार गर्ने कामरेड शेखर आज शम्भुनाथमा फेरिएको छ । त्यही कामरेड शम्भुनाथले शहीदपुत्र कालेलाई कारखानाबाट घरमा ल्याएर नोकरमा भर्ती ग¥यो । शम्भुनाथको बैठकमा अश्लील हिन्दी गीतको रौनकमा खानपिन र अट्टहास हा“सो चलेको छ र रछ्यानमा शहीदपुत्र कालेले भा“डा माझिरहेको छ, शहीदपुत्र हुनुको स्वाद चाखिरहेको छ । यो स्थिति त एकातिर छ“दैछ, अर्कोतिर कामरेड शम्भुनाथले शहीदपुत्रको कोटामा तीन तीन पटक लगातार जा“च दिएर बल्लतल्ल एस.एल.सी. पास गरेको छोरो रन्जनलाई इन्जिनियरिङ विषय पढाउन विदेश पठाउने ताउरोमाउरो मिलाएको छ । त्यही रन्जनको झोला बोकेर एयरपोर्ट पुगेको कालेले अरू कसैबाट शहीदपुत्रको अपमान भएको भन्ने टिप्पणी सुनेपछि त्यही“ मुर्छा पर्छ (यो मुर्छा पर्ने घटना त्यति स्वाभाविक भने देखिन्न) । हिजोका कामरेडहरूको यो पतन र तिनैद्वारा भएको शहीदहरूप्रतिको यो अपमानजस्तो सम्वेदनशील एवम् यथार्थपरक विषयको उद्घाटन यहा“ भएर पनि कथामा संरचनागत कसिलोपन नहुनु तथा वर्णानात्मकताको मात्रा बढी हुनुले यसको शिल्प पक्ष केही कमजोर बनेको छ । त्यसैगरी प्रगतिशील संरचनात्मक शैलीमा लेखिएको कुबेर लिम्बुखिमको ‘शहीदको छोरो’ कथाले शहीदको अपमान गर्ने वर्तमानको प्रजातन्त्रप्रति सांकेतिक रूपमा तीखो व्यङ्ग्य प्रहार गरेको छ । बाबु आन्दोलनमा शहीद हु“दा आमाले पोइटोकुवा बोक्सीको लान्छना सहनुपर्ने सामाजिक बितण्डा एकातिर र आफू शहीदपुत्र भएर पनि होटलमा भा“डा माझ्नुपर्ने बाध्यता अर्कोतिर जस्ता नीच प्रवृत्तिको प्रस्तुति यसमा भएको छ । एउटा अधिकृत स्तरको कर्मचारी जसले जनपक्षीय रचना लेखेको तथा पियनस“ग शिष्ट एवम् मानवीय व्यवहार गरेको हुनाले उसलाई जनविरोधीको आरोप लगाएर जागिरबाट निकाला गरिएको विषय–सन्दर्भलाई के.एल. पीडितको ‘बर्खास्त’ कथाले अगाडि सारेको छ । मिश्र जस्ता यौनपिपासु, भ्रष्ट, एवम् छुद्र हाकिमले प्रश्रय पाउने कर्मचारीतन्त्रमा रामनाथजस्ता परिवर्तनकर्मी, चेतनाका वाहक कर्मचारीले अवकाश पाउनुपर्ने नियतिले यहा“को कर्मचारीतन्त्रको स्वरूप र क्रियाकलापको उपहास गरेको छ । बहुदल आएयता चुनावी नशामा लागेका कम्युनिष्ट पार्टीहरू स्वार्थका निम्ति हत्या र हिंसामा समेत उत्रने गरेको निकृष्टतम घटनासन्दर्भको प्रस्तुति कुसुम ज्ञवालीको ‘अन्तिम इच्छा’ कथामा भएको छ भने रोग–ब्याधि र भोकमरीलाई पनि चुनावी हतकण्डा बनाउने नाम मात्रको अकर्मण्य सरकारको मनोवृत्तिप्रति घुमाउरो प्रहार विजय चालिसेको ‘एकादेशको एउटा निर्णय’ कथामा गरिएको छ । माथि उल्लेख गरिएको ‘अन्तिम इच्छा’ कथामा बृद्ध, अपाड्ड, मगन्ते (जो आनै पार्टीका शुभचिन्तक हुन्)लाई प्रतिगामी देख्न पुग्ने कामरेडी शैलीको खिल्ली उडाइएको छ भने ‘एकादेशको एउटा निर्णय’ कथामा भोकभोकै मरेका वा मर्न लागेका जनतालाई राहत दिनुको सट्टा फोस्रा रातहको ढोंग फुकेर चुनाव जित्ने चा“जोपा“जो मिलाउने अकर्मण्य सरकारको तीखो आलोचना गरिएको छ ।
(ख) २०४६ सालयताको यो दश वर्षको समयमा राजनीतिक क्षेत्रमा सबैभन्दा बढी विसंगति र बितण्डाको वर्षा भयो । सत्तासीन पार्टीहरूलाई सिद्धान्त, नैतिकता र मर्यादाले बा“धेन, त्यसपछि त सत्ताराजनीतिको नशाले मान्छेको खरिदबिक्री गर्ने प्रक्रियाको थालनी ग¥यो । वस्तुतः सत्ताराजनीतिमा नाड्डिनु, भ्रष्ट हुनु र पतित हुनुको कुनै सीमा रहेन । यसप्रकारको सत्तालिप्सा र राजनीतिक दाउपेचलाई प्रतिबिम्बित गर्ने कथाहरू पनि देखिन्छन् । जसअन्तर्गत इस्मालीको ‘प्रजातन्त्रको गणित’, हरिगोविन्द लुइ“टेलको ‘आइते गुट र मङ्गले गुट’, यू. कार्कीको ‘छिर्के नेता’, कृष्ण बेलबासेको ‘अन्तराल’ आदिको उल्लेख गर्न सकिन्छ । 
सत्ताराजनीतिमा हुने गरेको लुछाचु“डीको असली दृष्टान्त बनेको छ इस्मालीको ‘प्रजातन्त्रको गणित’ कथा । यो कथाले सरकार ढलाउने र टिकाउनेका बीचको द्वन्दलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । सत्ताको नशाले सांसद्लाई मात्र होइन आसेपासेहरूलाई पनि गा“ज्नुसम्म गा“जेको छ भन्ने तथ्यको झझल्को यस कथामा देख्न सकिन्छ । संसद््मा भोटिङ हु“दा समर्थक शुभचिन्तकहरूका बीचमा भएको “ढल्यो” र “ढलेन” भन्ने संवाद निकै चाखलाग्दो छ । भोटिङको परिणामअनुसार सरकार ढाल्नुपर्छ भन्ने पक्षमा १०१ मत र सरकार टिकाउनुपर्छ भन्ने विपक्षमा ९५ मत खसेपछि सभामुखले ९५ मत पाउनेले सरकार टिकाएको र १०१ मत पाउने विपक्षीको सरकारमा उक्लने सपना चकनाचुर भएको घोषणा गरे । सभामुखको तर्कअनुसार सरकार ढाल्नुपर्छ भन्ने प्रस्तावको पक्षमा १०३ मत नपुगेकाले सरकार टिक्यो । यहा“ कथाकारले प्रजातन्त्रको गणितको घतलाग्दो सूत्र प्रस्तुत गरेका छन् । गणितको सार्वभौम नियमानुसार सरकार ढले पनि प्रजातन्त्रको नियमानुसार ढलेन । असफल गणितीय सूत्रको अवलम्बन गर्ने प्रजातन्त्र र सत्ताका निम्ति हुने छिनाझप्टीप्रति मर्मस्पर्शी व्यङ्ग्य कथाकारले गरेका छन् । त्यसैगरी पार्टीमा हुने विखण्डन, विग्रह र राजनीतिक दाउपेचलाई हरिगोविन्द लुइ“टेलको ‘आइते गुट र मंगले गुट’ कथाले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । यहा“ एकातिर पार्टी चोइटिनु र अर्कोतिर चोइटिसकेपछि एकले अर्कोलाई तथानाम सराप्ने परम्पराको नमूना देख्न सकिन्छ । प्रतीकात्मक रूपमा प्रस्तुत गरिएका घटनासन्दर्भले आनो लक्ष्यलाई बिर्सेर नेता तथा उपनेता हुने ध्याउन्नमा लागेका राजनीतिज्ञ भनाउ“दाप्रति कथाकारको वितृष्णाभाव देखिन्छ । त्यस्ता टुटेफुटेका र आनो रूपरड्ड खुइलिएका पार्टी र नेताको लक्ष्य भनेकै समाजको आमूल परिवर्तन नभएर एकले अर्कोलाई थेचार्नु र आफू स्वघोषित नेता कहलिनु भएको तथ्यलाई कथामा सरल ढंगले प्रस्तुत गरिएको छ । यस कथामा शैल्पिक कुशलता पनि देख्न सकिन्छ । त्यस्तै राजनीतिक दाउपेच र छेपारे शैलीको घतलाग्दो दृष्टान्त हो– कृष्ण बेलवासेको ‘अन्तराल’ कथा । आफू भ्रष्ट भैसकेपछि आनो विगतको साथी दण्डपाणिलाई पनि सत्तासीन पार्टीमा प्रवेश गराएर त्यस्तै भ्रष्टीकरण हुने आग्रह यस कथाको असत् पात्र जनार्दनले गरेको छ तर उसको यो आग्रह दण्डपाणिलाई बिल्कुलै स्वीकार्य हु“दैन । दण्डपाणि आनो आस्था र निष्ठाबाट रत्तिभर पनि विचलित नभएपछि आनो स्वार्थ पूरा नहुने देखी अन्तिम विकल्पस्वरूप नरपिचास जनार्दनले आनो घरमा एउटा आतंककारी आएको भन्ने उजुरी पुलिसलाई दिएर दण्डपाणिलाई गिरतार गर्न लगाउ“छ । आनो स्वार्थ पूरा नभएपछि निष्ठावान् व्यक्तिलाई आतंककारीका नाममा उनीहरूलाई थुनाउनसमेत पछि नपर्ने नवप्रवेशीहरूको भ्रष्ट चरित्रलाई प्रस्तुत कथाले उदाड्डो पारेको छ भने दण्डपाणिजस्ता निष्ठाका प्र्रतीकहरू कुनै पनि प्रलोभनमा फस्दैनन् भन्ने सन्देश पनि दिएको छ । त्यसैगरी प्रष्ट राजनैतिक अडान नभएका तथा पदलोलुप नेता भनाउ“दाहरूप्रति तीखो आलोचना यू. कार्कीको ‘छिर्के नेता’ कथाले गरेको छ । पार्टीनेतृत्वमा एकाधिकार जमाएर आफू मात्रै नेता बन्ने तथा राजनीति र सिद्धान्तलाई तिलाञ्जली दिएर भ्रष्टीकरणतर्फ उन्मुख हुने प्रवृत्तिको प्रतिबिम्बन यस कथामा भएको छ । यस कित्ताका कथाले सत्तास्वार्थ र राजनीतिक दाउपेचको प्रस्तुति गर्दा समसामयिक राजनीतिक परिवेशलाई आधार बनाएका छन् । 
(ग) वेदनामा प्रकाशित चौबीसवटा कथामध्ये ऋषिराज बरालको ‘सम्वेदना माध्यम’, ‘घनश्याम ढकालको ‘प्रजातन्त्र’, गोविन्द वर्तमानको ‘अ“ध्यारोमा अजामील’ र पूर्णविरामको ‘धन्यवाद नेप्टे सार्की’, कथाले राज्यआतंक र जनहत्याको यथार्थपरक प्रतिविम्बन गरेका छन् । साथै जनस्तरबाट सरकारी दनमका विरुद्ध हुने त्याग र बलिदानको प्रस्तुति पनि यी कथाले गरेका छन् । यी कथाले समसामयिक नेपाली जीवनपरिवेशको सम्वेदनशील पक्षको उद्घाटन गरेका छन् । यस कित्ताअन्तर्गतको ऋषिराज बरालको ‘सम्वेदना माध्यम’ कथाले सरकारद्वारा चलाइएको राज्यआतंकको विरोध गर्नुका साथै जनतामा हुने निष्ठा र सचेतताको प्रतिविम्बन गरेको छ । यो कथाले प्रहरीप्रशासनको भण्डाफोर मात्र गरेको नभई जनता स्वयम् पनि सचेत छन्, जसले प्रहरीप्रशासनको जस्तोसुकै षड्यन्त्रका बीचमा आनो र आना मान्छेको सुरक्षा गर्न सक्छन् भन्ने दृष्टान्त प्रस्तुत गरेको छ । अमरका साथी हौं भन्ने बहाना बनाएर आएका पुलिसले अमरको ज्यान खतरामा रहेको भन्ने षड्यन्त्र रचे पनि अमरका बूढा बाबुले त्यसलाई टेरपुच्छर नलाएपछि पुलिसले बूढालाई लात हिर्काएर आनो धर्म पूरा गरेको घटना यहा“ प्रस्तुत गरिएको छ । बूढा आ“खा नदेख्ने भए पनि गन्धले आनो र पराइ छुट्याउन सक्छन् । यसले परिवर्तनकर्मी चेतनाका वाहक जनतामा हुने सचेतता र कुशलताको राम्रो दृष्टान्त प्रस्तुत गरेको छ । त्यसैगरी गोविन्द वर्तमानको ‘अ“ध्यारोमा अजामील’ कथाले पनि राज्यआतंकको चित्रणका साथ पुलिसको अपराधिक मानसिक मनोदशाको सूक्ष्म विश्लेषण गरेको छ । जनदमनका निम्ति जाजरकोट खटाइएको इनिस्पेक्टर अजामीलले गाउ“बाट शहरतिर जा“दै गरेको बेला रूखको झाङमुनि दिसा गरेर इ“जार बा“ध्न थालेको बटुवालाई पिस्तोलले सिध्याएको घटना कथाको पूर्वाद्र्धमा उल्लेख छ । ठीक त्यसको तीन महिनापछि अजामीलको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त बटुवालाई मारेको भन्ने खबर एउटा खबरपत्रिकाले छापेको र त्यसपछि आनो घर काठमाडौं आएको अजामील अपराधबोधले छट्पटाएको परिदृश्य कथामा उतारिएको छ । उसले मान्छे मारेको कुरा स्वास्नीले चाल पाएर कड्किनु, उता त्यसै रात आफूमाथि आक्रमण हुने कुराको सुइ“को पाउनु जस्ता सन्दर्भले थप अपराधबोध र आतंकमा रुमल्लिएको अजामीलले आनै घा“टीमा पिस्तोल तेस्र्याएर आत्महत्या गर्न पुग्छ । यो कथाले एकातिर दिसा गर्न बसेको बटुवाले उठेर इ“जार कस्नसमेत नपाउनुले राज्यआतंकको निकृष्टतम चित्र प्रस्तुत गरेको छ भने अर्कोतिर निर्दोष नागरिकको हत्या गर्नाले अपराधबोधले छट्पटाएकाहरू आत्महत्याको सहारा लिन पुग्छन् या बा“चे पनि मानसिक सन्तुलन गुमाउन पुग्छन् भन्ने तथ्यको पुष्टि गरेको छ । 
कथाकार घनश्याम ढकालको ‘प्रजातन्त्र’ शीर्षकको कथाले मानवमात्रको ‘भोग’ खाने प्रजातन्त्रको खिल्ली उडाउनुका साथै पुलिसप्रशासनबाहेक अन्य प्रशासनिक संयन्त्रलाई अकर्मण्य सावित गरेको छ । आतंककारीका नाममा मान्छे मारेर नदीमा मिल्काउने गरेको समसामयिक घटनासन्दर्भलाई यो कथाले अन्तर्वस्तु बनाएको छ । यसमा मान्छेको बलि खाने नाम मात्रको प्रजातन्त्रप्रति व्यङ्ग्यवाण प्रहार गरिएको छ, यही नै यस कथाको वैशिष्ट्य पनि हो । त्यसैगरी पूर्ण विरामको ‘धन्यवाद नेप्टे सार्की’ शीर्षकको कथाले पनि राज्यआतंकको प्रस्तुतिका साथै जनसेवकहरूलाई जनताले दुश्मनबाट कसरी बचाउ“छन् भन्ने तथ्यमाथि प्रकाश पारेको छ । आना राम्रा कपडा नेप्टे सार्कीलाई दिई उसका थाङ्ना कपडा लगाएर सुरक्षित हुने राजनीतिक कार्यकर्ताको कुशलता एकातिर देखाइएको छ भने अर्कोतिर नेप्टे सार्कीले पुलिसबाट उसलाई बचाउन गरेको सहयोगको सह्राना यहा“ गरिएको छ । तर कथामा पूर्वापरप्रसंग भने त्यति मिलेको देखिन्न । अपरिचित युवकले आनो परिचय नै नदिइकन थाङ्ना लुगा माग्नु, नेप्टे सार्कीले खुरुक्क पुराना लुगा दिएर युवकका नया“ लुगा राख्नुमा कार्यकारण श्रृंखलाका बीचको अन्विति भएझैं लाग्दैन । 
(घ) रमेश विकलको ‘अनधिकृत बस्ती’, मातृका पोखरेलको ‘छोराको भाग्य’, सोमनाथ सुवेदीको ‘परिवर्तन’ र विनोद के.सी.को ‘आश्रित’ कथाले बहुदलको पुनस्र्थापनापछिका विशिष्ट विषयसन्दर्भलाई कथाको कथ्य बनाएका नभई नेपाली समाजमा विद्यमान वर्गीय संरचना तथा त्यसअन्तर्गत हुने शोषण र उत्पीडनको प्रतिविम्बन गरेका छन् । यी कथाले समसामयिक शासन व्यवस्था र त्यसअन्तर्गतका विसंगत अवस्थास“ग विशिष्ट रूपले सम्बन्धित नभई नेपाली समाजमा विगत लामो समयदेखि रह“दै आएको शोषण र उत्पीडनको परम्परागत स्वरूपलाई प्रतिविम्बित गरेका छन् र वर्गीय समाजमा हुने विषम आर्थिक, सामाजिक संरचनाको तीखो आलोचना गरेका छन् । 
बाढी र पैरोले सताइएका पीडित जनहरू तराईमा झरेर जंगल फा“डी बसोबास गरेको र त्यो बस्ती अनधिकृत हो भनी गाविस अध्यक्ष रविलालले उजुरी दिई छोड्न लगाएर पछि त्यही जमीन आनो नाममा बनाएको घटनासन्दर्भलाई रमेश विकलको ‘अनधिकृत बस्ती’ कथाले अगाडि सारेको छ । सुरुमा पीडित जनहरूलाई वन फा“ड्न लगाएर काठ पनि हजाम पार्ने र पछि उनीहरूले बनाएको सुुन्दर बस्ती पनि हडप्ने रविलाल नामुद सामन्त हो, जसको कुकृत्यको भण्डाफोर यस कथामा भएको छ तर पीडितजनहरू तराईतिर झर्नुको कारण भने त्यति चित्तबुझ्दो देखिन्न । त्यसैगरी हाम्रो जस्तो वर्गीय समाजका मान्छे जन्मेर निर्धारण हुने भाग्यको स्वरूप पनि वर्गीय नै हुन्छ भन्ने तथ्यलाई मातृका पोखरेलको ‘छोराको भाग्य’ कथाले स्पष्ट पारेको छ । यहा“ मुखिया र रिठ्ठेको छोराको जन्म एउटै समयमा भएर पनि मुखियाको घरमा न्वारनको चहलपहल छ तर रिठ्ठेको घरमा सुत्केरी भोकै छ । त्यस्तो अवस्थामा पनि मुखियाले रिठ्ठेको घरबारी आनो नाममा भएको घुर्की देखाउ“छ, त्यसैको परिणाम रिठ्ठेले वर्गीय समाजमा भाग्यको स्वरूप पनि वर्गीय भएको चाल पाउ“छ । तर त्यस्तो परिणामको कारकतŒव र उपचारको खोजी रिठ्ठेले गर्न सकेको छैन । यसको ठीक विपरीत जीवनभर मालिक अवसरमानको दास बनेर बसेको मेहनतबहादुरमा भने वर्ष दिनको दशैंमा साहुले नपत्याएपछि प्रतिशोधको ज्वाला दन्केको घटनासन्दर्भलाई विनोद के.सी.को ‘आश्रित’ कथामा औंल्याइएको छ । यस कथाको नायकपात्र मेहनतबहादुर आफू जीवनभर ठगिनुको रहस्य बुझेर जसरी जुर्मुराएको छ र विद्रोहको मसाल बोक्ने चेष्टा गरेको छ, त्यसरी मातृका पोखरेलको ‘छोराको भाग्य’ कथाको रिठ्ठे जुर्मुराउन नसकी लुसुक्क भाग्यको सहारा लिन पुगेको छ । छोरो जन्मने बित्तिकै मुखियाको छोराको भाग्य र आनो छोराको भाग्य एउटै हो भन्न तम्सेको रिठ्ठेले मुखियाले घरखेत हडप्ने धम्की दि“दा पनि कुनै प्रतिक्रिया नजनाउनुले ऊ अग्रगामी दिशातर्फ अगाडि बढ्न नसकी भाग्यमै रुमलिएको छ । एकपटक आनो चारित्रिक एवम् वैचारिक निष्ठालाई उ“चो बनाएको मान्छे कसरी पतन हुन्छ र अन्त्यमा चाकडी र अवसरवादको सहारा लिनपुग्छ भन्ने तथ्यलाई सोमनाथ सुवेदीको ‘परिवर्तन’ कथामा प्रस्तुत गरिएको छ । विषयको गम्भीरता नहुनुले यो कथा सामान्य बनेको छ ।
(ङ) समसामयिक एवम् सान्दर्भिक विषयलाई समेट्न नसकेका तथा कम महŒवका विषयमा अल्झेका कथा पनि यहा“ देखिन्छन् । हरिहर खनालको ‘प्रदूषण’, नारायण ढकालको ‘प्रतिबद्धता’, राजेन्द्रप्रसाद अधिकारीको ‘बेग्लाबेग्लै रंगका चश्मा’ विवश बस्तीको ‘घण्टको उत्पत्ति’, शिवशंकर न्यौपानेको ‘कसम’ आदि कथाले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक–सांस्कृतिक क्षेत्रका घटनासन्दर्भ तथा राष्ट्रिय जीवनमा प्रभावी भूमिका खेल्दै आएका सम्वेदनशील विषयको उद्घाटन गर्न सकेका छैनन् । सबै कथाकारले सदैव सम्वेदनशील विषयलाई कथामा समान रूपमा अवतरित गराउन सक्दैनन् र लेखिए जति कथा सबै राम्रा नै नहुन पनि सक्छन्, तर यथार्थवादी स्रष्टाले आफू बा“चेको समाज र राष्ट्रिय जीवनको प्रतिनिधि यथार्थको छनोटमा विशेष ध्यान दिनु आवश्यक छ किनभने पाठकको रुचि पनि तत्कालीन जीवनको प्रतिनिधि यथार्थको आस्वादन गर्नुमा हुने गर्दछ । यस कित्ताका कथामध्ये हरिहर खनालको ‘प्रदूषण’ कथाले छाडा प्रकृतिको गीत÷संगीतले समाजलाई प्रदूषित पारेको तथ्यलाई अगाडि सारेको छ, जुन केही हदसम्म सामयिक पनि देखिन्छ । राजेन्द्रप्रसाद अधिकारीको ‘बेग्लाबेग्लै रड्डका चश्मा’ कथाले प्रत्येक मान्छेबाट समदृष्टिको अपेक्षा राखेको छ तर हाम्रोजस्तो वर्गीय समाजमा त्यस्तो संभव देखिन्न । त्यसैगरी विवश बस्तीको ‘घण्टको उत्पत्ति’ कथाले भगवान्प्रतिको अवधारणा र भगवान्को अकर्मण्यताप्रति व्यङ्ग्य गरेको छ । 

४. निष्कर्ष
२०४६ सालयताको नेपाली जीवनपरिवेश नै समकालीन कालखण्ड हो, समसामयिक समय–सन्दर्भ हो । बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि यस अन्तर्गतका बेथिति र उत्पीडनले नेपाली समाज आक्रान्त बन्न पुग्यो । राजनीतिक, आर्थिक तथा सामाजिक शोषण–उत्पीडनका साथै दिन प्रतिदिन बढ्दै गएको राज्यआतंक र जनहत्याले विकराल रूप लिएको छ । यही समकालीन नेपाली समाजको यथार्थ हो भने यही यथार्थको प्रतिबिम्बन समकालीन कथाकारले समयसापेक्ष एवम् वस्तुसापेक्ष रूपमा गरेका छन् । यो समयमा एकातिर कलामूल्यको निर्वाह नभएका अकथा पनि लेखिएका छन् भने अर्कोतिर समकालीन कालखण्डको प्रतिनिधि यथार्थलाई उपेक्षा गरेर वा त्यसलाई पकड्न नसकेर गौण महŒवको विषयसन्दर्भका कथा पनि लेखिएका छन्≤ यो समकालीन कथालेखनको नकारात्मक एवम् कमजोर पाटो हो । कथालेखनका सन्दर्भमा अपेक्षित कलामूल्यको समुचित निर्वाह गर्दै वर्तमान नेपाली समाज र जीवनपरिवेशमा विद्यमान प्रतिनिधि यथार्थको प्रतिविम्बन गरेर कथासिर्जना गर्ने कथास्रष्टा निरन्तर गतिमान् रहेका छन् र अग्रगामी दिशातर्फ उन्मुख छन्≤ यो समकालीन कथालेखनको सकारात्मक एवम् सबल पाटो हो । 
‘वेदना’ (कथाविशेष)का कथाको वैशिष्ट्यगत सर्वेक्षण गर्दा पनि माथि उल्लिखित यही सन्दर्भको पुष्टि भएको छ । ‘वेदना’मा प्रकाशित पा“चवटा कथा र उन्नाइसवटा लघुकथामध्ये कलामूल्यका दृष्टिले धेरै कथा सबल छन् र केही दुर्बल पनि छन् । त्यसैगरी यथार्थको चयन वा पकडका दृष्टिले अधिकांश कथा यथार्थका सम्वेदनशील पक्षको प्रतिविम्बन गर्न सफल भएका छन् भने केही कथा विषयको संकटमा अल्झिएका पनि छन् । समसामयिक एवम् प्रतिनिधिमूलक विषयको चयन गरिएका तथा कलामूल्यको समेत समुचित निर्वाह भएका कथाहरूमा ‘सम्वेदना माध्यम’, ‘प्रजातन्त्रको गणित’, ‘अध्या“रामा अजामील’, ‘ऐठन’, ‘प्रजातन्त्र’, ‘आइते गुट र मड्डले गुट’ ‘धन्यवाद नेप्टे सार्की’, ‘एकादेशको एउटा निर्णय’ आदि देखिन्छन् भने समसामयिक एवम् सान्दर्भिक विषयवस्तुको चयन गरिएका तर कलामूल्यका दृष्टिले केही कमजोर रहेका कथाहरूमा– ‘अन्तराल’, ‘विसंगतिको एउटा पाटो’, ‘चोर चिहान’, ‘बर्खास्त’ आदि देखिन्छन् । त्यसरी नै ‘अनधिकृत बस्ती’, ‘प्रदूषण’, ‘छोराको भाग्य’, ‘आश्रित’, ‘प्रतिबद्धता’, ‘छिर्के नेता’ आदि कथाले शिल्पसंरचनाका दृष्टिमा ठीकै भए तापनि समसामयिक विषयसन्दर्भलाई पक्रन सकेका छैनन् । 
‘वेदना’मा प्रकाशित कथाले २०४६ सालयता मुलुक र मुलुकबासी कङ्गाल जनले भोग्नुपरेका बेथिति र विसंगतिका केस्राकेस्रा केलाउने काम गरेका छन् । यी कथाले एकातिर सत्तास्वार्थ र राजनीतिक दाउपेचका निम्ति हुने गरेको लुछाचु“डीको परिदृश्य प्रस्तुत गरेका छन् भने अर्कोतिर आर्थिक शोषण र उत्पीडनको समेत लेथ्नो काढ्ने काम गरेका छन् । त्यसैगरी सरकारद्वारा चलाइएको हत्या तथा राज्यआंतकको विरोध गर्नुका साथै जनस्तरबाट भएगरेका बलिदानीपूर्ण घटनासन्दर्भ र भावनाको पनि प्रतिबिम्बन गरेका छन् । ‘वेदना’का केही मात्र कथाले आलोचनात्मक यथार्थवादका सीमालाई नाघ्न सकेका छैनन् भने अधिकांश कथाहरू वर्तमानको सत्तासंरचना र त्यस अन्तर्गतका विसंगतिको तीखो आलोचना गर्दै गणतन्त्रात्मक चेतनाको सम्प्रेषण गर्न सक्षम भएका छन् ।


निबन्ध
मान्छे र कला
विष्णु प्रभात
बा“चेको मान्छेले नै विचार गर्छ । कुरा सा“चो हो र सजिलो पनि छ । आखिर मान्छे बा“चेका बेलामा न मान्छे हो । मरेपछि त ऊ लास बन्दछ । सासबिनाको लास भएपछि आस पनि गरिंदैन । त्यसैले मरेको मान्छे जतिसुकै बौद्धिक भए पनि चेतनाहीन हुन्छ । उसले कुनै विचार गर्न सक्दैन । उसको गतिशीलता समाप्त भएको हुन्छ । जीवनको अन्तिम र बाध्यात्मक विकल्प हो – मृत्यु । जीवन स्वेच्छिक विकल्पमा रमाउ“छ तर उमड्डहीन हुन्छन् हरेक मृत्युहरू । विचार मृत्युअघि नै निर्माण भएको हुन्छ मृत्युपछि रहने त्यसको लेख्य रूप बा“चेका बेलाको चिन्तन हो । त्यसैले विचार वस्तुनिष्ठ हुन्छ । परम विचारको भ्रान्तिमा अलमलिनु आवश्यक छैन । वस्तुनिष्ठताको तात्पर्य हो – भौतिकता । भौतिकबिनाको बौद्धिकता बकवास मात्र हो । भ्रान्तिको भु“वरी हो । भु“वरीमा फ“सेको वस्तु एकै ठाउ“मा रि“गिरहन्छ, अलमलमा घुमिरहेको हुन्छ । भ्रान्तिचेतना पनि त्यस्तै वस्तु हो– जो एकै विन्दुमा घुमिरहन्छ । घरी डुब्छ घरी उत्रन्छ तर जहा“को तही“ । तर्क र तथ्यको कुनै आवाज त्यस खालका मस्तिष्कमा घुस्दैन । यथार्थ जे छ त्यो मानिसले जान्न बुझ्न सकिने हुन्छ । जे छैन त्यसको खोजी गर्न त सकिन्छ, तर पाउन असंभव हुन्छ । प्रकृतिस“ग जुधेर सिकेको अनुभव ज्ञानको खरही बनेर थुप्रिन्छ । किसानकोे धानको खरही चा“गे जस्तै त्यो विविध पत्रमा थुप्रिंदै चुलिन्छ । अभ्यास, अनुगमन र आधुनिकीकरणको प्रक्रियाबाट ज्ञानको पूर्व पीठिका बदलिन्छ । नया“ नया“ अध्यायहरू थपिन्छन् र प्रकृतिस“गको लामो युद्धमा मानवचेतनाले विजय हासिल गर्दै जान्छ ।
मान्छेको चेतना जैविक शक्ति हो । मान्छे स्वयं भौतिक छ, बौद्धिकता उसको अनुभव हो, जो लौकिकतामा अडिएको हुन्छ । तर कतिपय आर्जन बौद्धिक पनि हुन्छ । बौद्धिकता चिद्को ज्योति होइन । मानिस र उसको सम्पूर्ण सोच भौतिक सारमा खडा छ । आकृतिबिनाको अमूर्तकला पनि मूर्त अस्तित्वमा नै अडिएको हुन्छ । वायुमण्डल अमूर्त छ भन्न सकिएला, तर त्यो पनि– भूमण्डलको निश्चित परिधिमा आकृतिबद्ध बनेको छ । प्रकृतिको यो कला मानवीय दृष्टिसामु त्यतिन्जेल अव्यक्त बन्दछ जबसम्म उस“ग एउटा सुस्पष्ट दृष्टिकोण हु“दैन । विवेकपूर्ण निक्र्योल हु“दैन । प्रकृति र जीवन, जैविकता र अजैबिकताको श्रृंखलामा गतिशील छ । जीवन र जड अतुलनीय छन्, तर जीवन र प्रकृति तुलनीय रहन्छन् । प्रकृति र जीवन, जीवन र समाज, समाज र सामाजिक सम्बन्धको समुच्चयका रूपमा मानवसम्बन्ध हुर्केको छ । मानवसम्बन्ध कालक्रमिक छ । कुनै कालखण्डमा प्रचलित मानवसम्बन्ध, नैतिक विधि–व्यवहार कुनै अर्को कालखण्डमा नमिल्ने पनि हुन पुग्दछन् । एक कालखण्डको चलनचल्ती, सोचाइ, संस्कार र सदाचारले अर्को कालखण्डलाई प्रभाव पार्न त सक्दछन् तर हर्दम डो¥याउने क्षमता भने राख्दैनन् । यही सम्बन्ध ठम्याउने गुण जैविक शक्ति हो, जो सचेत संवेदनाका रूपमा रहन्छ । हुन त प्रकृतिका केही वनस्पतिमा पनि यस्तो गुण पाइन्छ, तर त्यसलाई मानवीय संवेदनास“ग दा“ज्न विल्कुलै सकिंदैन ।
मान्छेस“ग कला हुन्छ । कलाको सामाजिक मूल्य हुन्छ । कला र समाजको सम्बन्धमा मान्छेले आफ्नो युगको संस्कार निर्माण गर्छ । कला प्रकृतिमा पनि हुन्छ, तर त्यो मान्छेको चेतन संवेदनामार्फत् मात्र बोध गरिन्छ । त्यसैले त्यसको सामाजिक मूल्य हुन्छ । कलाको सामाजिक मूल्य भौतिक जगत्मै अडिएको हुन्छ । मरेको मान्छेले सिम्फोनी सुन्दैन । यद्यपि कलासिर्जनाको प्रयोजन सामाजिक, वैयक्तिक दुवै हुन सक्दछ । तर त्यसको उपयोगिता नितान्त निजी हुन सक्दैन । चाहे उत्पाद्य कलालाई वस्तुको रूपमा बजार पु¥याइयोस् अथवा कला संग्रहालयमा । कलाको मानवीय मूल्य सामाजिक नै हुन्छ । यथार्थको प्रतिबिम्ब होस् वा भावनाको प्रतिबिम्ब, कृतिको वृत्ति तोक्ने काम समाजले नै गर्दछ । त्यसर्थ कलाकार समाजप्रति उत्तरदायी बन्दछ । सिर्जनाको हेतु अथवा प्रयोजन निर्धारण गर्न जरुरी हुन्छ । कृतिद्वारा उत्पन्न हुन जाने प्रभावप्रति जवाफदेही हुने हिम्मत कलाकारले लिनै पर्दछ । परम्परागत धाराका कलावादीहरू अथवा आधुनिकताको पहिरनमा आएका पू“जीवादीहरू ती दुवै कलाका साधक नभै सांस्कृतिक क्षेत्रका फौजदार बन्न पुगेका छन् । उनीहरूले कलालाई कलाकारस“ग असम्बन्धित बताउ“दै त्यसलाई कलाकारको वृत्तिको व्यावसायिक साधन बनाएका छन् । एकातर्फ आस्था र आचरणको मेल हुनुपर्छ भन्ने मान्यतालाई विरोध गर्दछन् भने अर्कोतर्फ कला जीवनको लागि, समाज र राष्ट्रको लागि एवं मानिस र मानवताका निम्ति – विश्वबन्धुत्व विकास गर्ने विराट् साधनको स्तरबाट तल खसाली दिन्छन् । हाम्रो धरतीको यथार्थ कला सदैव सामाजिक जीवनस“ग सम्बन्धित रहिआएको छ । जसरी मोती सिपीको उपज हो, त्यसरी नै कला पनि समाजको उपज हो (विभ्रम और यथार्थ पृ. ११) भन्ने चिन्तनले के बताउ“छ भने – समाजका निम्ति समाजद्वारा ग्राह्य समाजकै प्रतिबिम्ब बोकेर कलाकृति अस्तित्ववान् हुन्छ । व्यक्तिमनको अनुराग समाजको परिवेशगत प्रभाव नै हो । त्यसमा केही कल्पना, केही कामना थपेर सर्जकले मूर्तता प्रदान गरेको हुन्छ । मूर्तता र अमूर्तताको विकल्प पक्षबीच चेतनाको स्वरूप निश्चित हुने गर्दछ । हिजो सूचनाप्रसारणको शैली कटुवालद्वारा हा“क पार्ने रूपमा विद्यमान थियो । आज त्यसको विकल्प मौखिक रूपमै पनि ध्वनिप्रसारक, रेडियो, दूरदर्शन भएका छन् र लिखित रूपमा समाचारपत्र हु“दो छ । यद्यपि रेडियो टीभीमा पनि लिखित साहित्यकै पाठ गर्ने गरिन्छ । तसर्थ, विकल्पले समकालीन प्रविधि अपनाउ“छ भन्ने कुरा हामीले देख्नुपर्दछ । समाजसापेक्ष तरिका हामीले पनि अपनाउनुपर्दछ । कलासाहित्य, संगीत र सिनेमा सबैको सामाजिक मूल्य हुने हु“दा नै त्यसको प्रचार–प्रसार, बिक्री–वितरण र विनिमय भइआएको छ । यही विशेषताले कला कलाका लागि भन्ने फत्तुर नष्ट हु“दै गएको छ र कला जीवन र मानवजीवनका निम्ति भन्ने मानवीय सूत्र संसारव्यापी बन्न पुगेको छ ।


कविता
बहुलाही आमाहरूको जुलुस 
सरुभक्त 
जुलुसमा कुनै झन्डा छैन 
किनभने बहुलाही आमाहरूको कुनै झन्डा हु“दैन 
जुलुसमा कुनै नारा छैन 
किनभने बहुलाही आमाहरूको कुनै नारा हु“दैन 
सम्सुद्दीनका आक्रमणहरूदेखि बेखबर 
पशुपतिनाथ र स्वयम्भूनाथका बा“दरहरू 
पिंजडामा तित्रा बोकेर 
छाती भरिभरि 
छातीमा नअटाउने गरी 
‘मञ्जुश्रीपट्ट’का विशिष्ट पदकहरू टा“सेर 
भण्डारखालतर्फ कूचमार्च गर्दा 
जड्डबहादुरहरूको छालाको शिकार खेल्न 
देशमा– 
बहुलाही आमाहरूको जुलुस निस्केको छ । 

आमाहरू नाड्डै छन् 
किनभने उनीहरूका छोराहरूले 
देशका सबै लुगा लाएका छन् 
आमाहरू भोकै छन् 
किनभने उनीहरूका छोराहरूले 
देशका सबै अन्न खाएका छन् 
आमाहरू मैला छन् 
किनभने उनीहरूका छोराहरूले 
देशका सबै पानी पिएका छन् । 

क्षितिजबरैको अतीतमा 
कुनै बेला 
आत्मबलिदानी छोराहरूको चिन्ताले 
खग्रङ्ग वन डढेझैं 
मन डढेका आमाहरू 
त्यही डढेको मनमा 
शाश्वत आस्थाका स–साना सिन्का उमारेर 
देशका जु“गाहरू उल्ट्याउने खेल खेल्दैछन्, 

बिनाहा“सोको चेतना 
बहुलाही आमाहरू हा“स्दैछन्, 
बिनाआ“सुको चेतना 
बहुलाही आमाहरू रु“दैछन्, 
र बिनाजुलुसको चेतना 
बहुलाही आमाहरू जुलुसमा हिंड्दैछन् 

छोराहरू 
जुगाहरूसित लड्दालड्दै जुगा बने 
आमाहरू बहुलाए, 
छोराहरू सर्पहरूसित लड्दालड्दै सर्प बने 
आमाहरू बहुलाए, 
छोराहरू 
ब्वा“साहरूसित लड्दालड्दै ब्वा“सा बने 
आमाहरू बहुलाए 

जब जब इतिहास बोकेका छोराहरूले 
भविष्य हराउ“छन् 
वर्तमान–सूर्यका सप्तरड्डी घोडाहरूलाई चाबुक मारेर 
सद्दे आमाहरू बहुलाउ“छन् 

ए अब ती दिनहरू कति टाढा छन् 
जब बहुलाही आमाहरूले 
छोराहरूको घा“टी निमोठ्नेछन् 
र राष्ट्रिय महाभारतको शान्तिपर्वमा 
आनै छोराहरूको लास 
चिन्न इन्कार गर्नेछन् .... ? 
पोखरा 

कथा
नया“ चलन 
इस्माली 
सक्कली ब्याघ्रचर्म बैठक कोठामा सजाउ“m भन्ने उसको निकै पुरानो धोको हो तर जड्डल पातलिंदै गएकोले बाघहरू पनि लोप हु“दा थिए । त्यसैले उसको इच्छा अधुरै रहिरहेको थियो । यसपालि उसले विश्वस्त सूत्रबाट थाहा पाएथ्यो कि त्यस क्षेत्रमा एउटी बघिनी अचेल आएकीले दुएक बाघहरू पनि रम्यक्रीडाका लागि आक्कल–झुक्कल देखिने गरेका थिए । त्यसैले ऊ क्याम्पफायर गर्ने गरी गोलीगठ्ठासहित सदलबल आएको थियो । सुरक्षाका लागि अग्लो मचान कम  टहरा बनाएका थिए उनीहरूले र तम्तयार अवस्थामा बन्दुक सोझ्याएर बसेको थियो ऊ । अकस्मात् बघिनीलाई खेद्दै कुदेको बाघमाथि उसको नजर प¥यो र हतपत्त निशाना साधेर ट्रिगर थिचिहाल्यो उसले । ‘ड्याड्ड ..., ड्याड्ड ... रटटट्ट् .. गोली वर्षे असिना वर्षेझैं । नीरव–निर्जन वन थर्कियो । चराचुरुड्डीको चिरबिर बढ्यो । 
‘क्वाइ“øय ... ⁄ क्वाइ“øय ... ⁄⁄’ 
सुनेर ऊ पनि झस्क्यो– सदलबल । आवाज अर्को दिशाबाट आएको थियो र नजिकिएझैं भान हुन्थ्यो । आवाजस“गै नजिकै सुकेका पातहरूको स¥याक–सुरुक र च¥यामचुरुम पनि सुनियो । कान टाठा र आ“खा चनाखा पार्दैै ऊ बन्दुक ताकेर सावधान सतर्क भयो । उसले देख्यो– केही जगंली हात्तीहरूले अगुवाइ गर्दै एउटा सिंगारिएको हात्तीलाई त्यतै ल्याउ“दै थिए । सि“गारिएको हात्तीलाई बीचमा पारेर ठूलासाना हात्तीहरू पंक्तिबद्ध भई त्यतै आइरहेका थिए । राज्य सरकारद्वारा विशिष्ट व्यक्ति र राजकीय पाहुनाहरूलाई सम्मान, सुरक्षा र खातिरदारी दर्शाउन गरिने स्कर्टिङ गरेझैं जस्तै गरी हात्तीहरू त्यतै लस्किरहेका थिए । सिंगारिएको हात्तीमाथि हौदा पनि कसिएको थियो, एकदम आरामदायी हौदा । त्यसमाथि छतरी पनि ठडिएको थियो । मचान नजिक आइपुग्नासाथ अगाडिपट्टिबाट अगुवाइ गरिरहेका हात्तीहरू छेउ लागे । सि“गारिएको हात्ती अगाडि बढ्यो । त्यो त ऐरावत रहेछ । दरबारको हात्तीसारको ऐरावत । ऐरावतबारे थुप्रै रोमाञ्चक र साहसिक किस्साहरू लोकमा प्रचलित थियो । त्यसैले ऊ झन् विस्मित भयो । उसको दलबलमा पनि त्राहिमाम् मच्चियो । सबका हंसले ठाउ“ छोडे जस्तो भयो । तर ऊ त ठहरियो क्षत्री । हिम्मत हौसला गुमाउनु भएन । त्यसैले बडो धैर्यसाथ बन्दुक तानेर उभिइरह्यो उनीहरूलाई आश्वस्त पार्दै । 
‘क्वाइ“øय ... ⁄ क्वाइ“øय ... ⁄⁄’को मधुर गर्जनसहित अगाडिको दुवै खुट्टा उचाल्दै पछिल्लो खुट्टाको आडमा मात्र निमेषभर उभियो ऐरावत । लामो सु“डलाई हावामा गोलाकार घुमायो एकपटक र सु“डबाट पानीको फोहोरा निकालेर अभिषेक गरेझैंको शैलीमा मचानमा रहेका तिनीहरूलाई अभिषेक ग¥यो । पछिल्लो हात्तीले राता फूलहरू फुलेको एउटा हा“गो भा“चेर ल्यायो र सि“गारिएको हात्तीलाई दियो । ऐरावतले सु“डको टुप्पोले हा“गाका फूलहरू थुतेर उनीहरू भएतिर हु¥र्यायो र त्यसपछि मचानको परिक्रमा गर्न लाग्यो । अरू हात्तीहरू पनि त्यसका पछि पछि लागे । पा“चपटक परिक्रमा गरिसकेपछि अरू हात्तीहरू छेउ लागे र साबिकैका ठाउ“मा उभिए तर ऐरावतले चाहिं फेरि पहिलेझैं पछिल्ला दुई टा“गका बलमा उभिएर अभिवादन ग¥यो अनि ठ्याक्क मचानमुनि ठिड्ड उभियो । हात्तीको यो क्रीडा देखेर दलबदलका अन्य सदस्यहरू त अचम्म मानिरहेकै थिए तर ऊ पनि कम विस्मित थिएन । हात्तीहरूको क्रियाकलाप र अभिनय देख्दा उसले झट्ट सरकसका हात्तीहरू सम्झ्यो । बैंशालु उमेरमा हेरेको हिन्दी फिलिम ‘हाथी मेरा साथी’ पनि सम्झ्यो उसले । यी हात्तीहरूले त्यो फिलिम हेरेका थिए वा यिनको व्यवहारबाट प्रेरित भएर त्यो फिलिम बनेको थियो, त्यो निक्र्योल गर्नपट्टि ऊ लाग्दैलागेन । सरकसका हात्ती ती थिंदै थिएनन् तर दरबारको हात्तीसारमा बस्ने हात्ती भएकोले ऐरावतमा त्यस्तो विशिष्टता हुनुलाई उसले स्वाभाविकै ठान्यो । हात्तीको व्यवहारले उसलाई झट्ट आनी मैंयाहरूले माघ महिनामा सुन्ने गरेको स्वस्थानी ब्रतकथाको सम्झना गरायो । नवराज नामधारी गरिब ब्राम्हणलाई हात्तीले अभिषेक गरी लावण्य देशको राजा बनाइदिएको कुरो सम्झ्यो उसले । पत्नीले स्वस्थानी ब्रत लिइदिएकीले त्यसको प्रतापले नवराज राजा बन्यो भने उसकी मैया“ले पनि सालिन्दा स्वस्थानी ब्रत लिएर नियमनिष्ठापूर्वक शालीनदीमा पूजाआजा गर्ने गरेकी छ । यो सब त्यसैको सुखद परिणाम हुनसक्छ । पोहोरै पनि शिवरात्रीका बेला राजवाडबाट आएको सिद्ध जोगीले उसलाई देख्नासाथ राजयोग परेको छ, बहुतै उच्च ओहोदाको सम्मान मिल्नेछ भनेको थियो । अब भने उसलाई हात्तीक्रीडाको अर्थ लाग्न थालेजस्तै भयो । 
“क्वाइ“øय ..... क्वाइ“øय ....’ गर्दै ऐरावत फेरि लाडिलो स्वरमा करायो । सु“ड उसका निकट पु¥यायो । उसले सु“ड सुम्सुम्याइदियो । ऐरावतले सु“डको मुखले हौदातिर संकेत ग¥यो । शायद ‘हौदामा बस’ भनेको हुनसक्छ भन्ठान्यो उसले । संभवतः ऐरावत स्वस्थानीकथाको झंै नवराजको खोजीमा आएको हुनसक्छ, तर ... ⁄ सोच्दासोच्दै द्विविधामा प¥यो र अनि ‘जे त होला’ भन्ठान्दै आना दलकाहरूस“ग भन्यो, “यसले मलाई लान खोेजेजस्तो छ । म हौदामा बस्छु । मिलेसम्म तिमीहरू पनि बस्नु तर जोरजबर्जस्ती नगर्नू । हामीले ऐरावतका इच्छाअनुसार चल्नुपर्दछ ।” 
दलका सदस्यहरूले नाइ“नास्ती गर्ने कुरै थिएन, सहमति जनाए । 
ऊ सरक्क मचानबाट ओल्र्यो । ‘के हो ? कसो हो ?’ भन्ठानेर ऊ बन्दुक भिरेरै ओल्र्यो । ‘विना बन्दुक क्षत्रिय र शिकारीको का“ध शोभा दिंदैनन्’ भन्ने स्वर्गीय जिज्युबुबाज्यूको महावाणी पनि सम्झ्यो उसले र ऐरावतका पिठ्यू“मा कसिएको हौदामा सरक्क बस्यो ऊ । अरूहरू पनि चढ्न खोज्दै थिए, सु“डले छेक्दै आपत्ति जनायो ऐरावतले र जुरुक्क उठिहाल्यो । ‘तिमीहरू आनै बन्दोबस्तले आऊ’ मात्र भन्न भ्यायो उसले । 
प्रफुल्ल मुद्रामा कान हल्लाउ“दै सु“ड नचलाउ“दै ऐरावत अगाडि लम्क्यो । अरू हात्तीहरू फेरि अघिकै झैं स्कर्टिङ गर्दै लम्के अगाडि पछाडि । आरण्यक क्षेत्र समाप्त भएपछि केही हात्तीहरू स्कर्टिङ पंक्ति छाडेर सरक्क छेउ लागे । अब ऐरावतका अघिल्तिर दुई र पछिल्तिर दुई हात्तीहरू मात्र थिए । अब यी हात्तीहरू राजमार्गमा पुगे । सा“घुरो राजमार्ग, तुरुन्तै ट्राफिक जाम भइहाल्यो सडकमा विना माहुते हात्तीको सवारी । बीचमा हौदामाथि ऊ एक्लै बसेथ्यो, छत्तरी ओढेर । राजमार्गका दुवै किनारमा नरनारीहरूको पटेर लस्कर कौतूहलपूर्ण मुद्रामा शोकाकूल उभिएझैं लाग्थे । ठाउ“ ठाउ“मा सौभाग्यवती गृहलक्ष्मीहरू हातमा नैवेद्य–प्रसादसमेत पूजाका थाली लिई बसेथे र परैबाट फूलअछेता पर्सेर पूजा गर्दथे, मस्तक नुहाएर ढोग गर्दथे । हात्तीले सु“ड लम्काएको छ भने प्रसादको दुनो–बोहोतो पनि अर्पण गर्दथे भने कतिपय ठाउ“मा त युवायुवतीहरूले उसलाई देख्नासाथ मुन्टो बटारेथे र ‘यस्तालाई पो राजा मान्नुपर्ने ⁄’ भन्दै खिसीट्युरी गरेथे । ‘एक मन त बजियाबजिनीहरूलाई सुइ“क्याइदिऊ“ कि’ जस्तो नि लागिरहेथ्यो उसलाई तर ‘जोशमा होश गर्नू’ भन्ने सद्वचन सम्झेर बल्लतल्ल सम्हालेथ्यो आफैंलाई । दिनभरिको बाटो हि“डाएर अपरान्हतिर ती पञ्चगजहरूले उसलाई एउटा ठूलो दरबारमा पु¥याएथे । दरबारमा पण्डित–पुरोहितहरू पहिल्यैदेखि स्वस्तिशान्ति र यज्ञहवन आदि गर्दै थिए । उसलाई देखेपछि उनीहरूको अनुहारमा कान्ति छाएझैं देख्यो उसले तर प्रकटमा केही बोलेन ऊ । उनीहरूको क्रियाकर्म, यज्ञहवन हेरिरह्यो । ‘भाग्य मेरो चम्केकै हो’ भन्ठान्यो मनमनै । 
संभवतः सम्पूर्ण विधिविधान सम्पन्न गरिसकेपछि उसलाई मुकुट लाइदिने उपक्रम गर्दै तिनीहरूले सोधे, “आजदेखि हजुर यस देशको राजा बन्नु हुनेछ । ऐरावतले हजुरलाई राजाको रूपमा छनोट गरेर हामीउपर ठूलो गुन लाएको छ । यस राज्यको चलनअनुसार अब उप्रान्त यो राज्य हजुरको र हजुर यस राज्यको हुनुहुनेछ । भन्नुस् हजुरलाई मञ्जुर छ यो कुरो ?” 
“गुरु, यो सब के भैरहेको छ । म त एकदम अनभिज्ञ छु । सविस्तार बताउनुस्” उसले अज्ञेयता जाहेर गर्दै सोध्यो । 
उनीहरूले सबै कुरो बताए र ऐरावतले उसलाई राजाको रूपमा छनोट गरिसकेकाले त्यसमा स्वीकृतिका लागि अनुरोध गर्दै फेरि सोधे, “हजुरलाई मञ्जुर छ त ?” सोध्ने व्यक्ति पुरोहितहरूमध्येको मूल व्यक्ति हु“दो हो । 
धेरैथोक स्वस्थानी ब्रतकथाको पोस्तकमा वर्णन गरेजस्तै भएको थियो । लावण्य देशमा झैं त्यस देशमा पनि राजा चाहिएको रहेछ । हुन त ऊ पनि निपुण, देश–देशावर पनि घुमको–देखेको तर आफू समेत सम्पूर्ण देशवासीहरू अचानक टुहुरा बनिसकेको कुरोबाट अनभिज्ञ थियो ऊ । कति दुर्भाग्यपूर्ण र दुःखद कुरो । थाहा होस् पनि कसरी ⁄ ऊ त शिकारको सौखिन, शिकार खेल्नमै मस्त थियो । 
“के भन्नुहुन्छ, हजुर ?” उही पुरोहितले सोधेथ्यो फेरि । 
“गुरु, यो राज्य मेरो त ठीक छ तर म यस राज्यको भन्नुको आशय के हो ?” मुकुट धारण गर्ने प्रफुल्लताले उल्लसित मनले किञ्चित् असहमति जनाउ“दै सोध्यो उसले । 
“अब हजुरको आनो भन्ने केही रह“दैन । जसरी यो राज्य अब हजुरको भयो, त्यसैगरी अब हजुर यस राज्यको हुनुभयो । यस गणराज्यको चलन यस्तै छ ।” मूल पुरोहित जुम्ला हात पार्दै विनीत स्वरमा बोले । 
“अनि मेरा बन्धु–बान्धव, इष्टमित्र, मातापिता, जहान–परिवार नि ?” सशंकित हु“दै सोध्यो उसले । 
“उहा“हरू सबै राज्यको हुनुभयो । हजुरको पिताज्यू राजपिता, माताज्यू राजमाता, भार्या रानी हुनुभयो, छोराहरू राजकुमार भए, छोरी राजकुमारी ।” मूल पुरोहितले भने । 
“अनि मेरो घर–बड्डला, जेथाजिमिन, स्वर्णआभूषण र विशाल वैभव ?” उसको शंका झन् झन् सल्किंदै गयो । 
“ती सब पनि राज्यका भए । राज्यचाहि“ हजुरको भयो । यत्रो राज्य, यो वैभव ⁄ यस्तो भोग पाउन त प्रारब्धमै हुनुपर्छ । ऐरावतले हजुरलाई त्यसै छानेको होइन । ऐरावत आफैं पनि विलक्षण प्रतिभा भएको हात्ती हो र यो हात्तीहरूको पनि राजा हो– गजराज ⁄” गुरु पुरोहितले भने । 
“यी कुरा त मलाई राज्यले दिएका होइनन्, पुख्र्यौली पेवा हुन् ।” उसले विमति जाहेर ग¥यो । 
“तर ती राज्यभित्रै आर्जित हुन्, त्यसैले राज्यकै हुन् । जब हजुर राज्यकै मालिक हुनुभयो भने त्यति जाबो कुरामा पनि ..., हात्ती छि¥यो, पुच्छर अड्कियो किन पार्नु ⁄” मूल पुरोहितले फेरि पनि सम्झाउन खोजे । 
अरू पण्डितहरूले तिनकै कुरामा सही थापे । 
ऊ बडो असमञ्जसमा प¥यो । मुकुट लगाउ“m, आनो भन्नु केही नरहने भो, नलगाउ“m नवराज हुन नपाइने भो ⁄ द्विविधामा उसले यताउता हेरिरह्यो । त्यसैबेला उसको नजर परबाट त्यतै आइरहेको नरनारीहरूको समूहमा प¥यो । त्यो समूह नजिक आएपछि देख्यो उसले अबिरमा रड्डिएका ती त बडो हर्षउल्लासमा मग्न भएर उसैको जयजयकार गर्दै झन् झन् उसका नजिक आउ“दै थिए । ती सब स्वजन थिए– मातापिता, बन्धु–बान्धव आदि । ती सबलाई आनै आ“खाले देखेपछि आनै कानले आनो जयजयकार सुनेपछि उसको मन झन् पुलकित र आल्हादित भयो र प्रसन्न चित्तले आदेश दियो, “मञ्जुर छ, शास्त्रका सम्पूर्ण विधिहरू पूरा गर्नु ।” 
सब विधिविधान सुसम्पन्न भयो । मूल पुरोहितले मुकुट पहिराइदिए । जयजयकार भयो । शंखघण्ट बज्यो । अभिवादन चढाए सबले । अबदेखि ऊ त्यस गणराज्यको राजा भयो । ‘अब त तिमीहरू सबै मेरा अधीनमा भयौ ।’ गम्यो मनमनै, “हेरौंला, तिमीहरूको पाइन ।” 
यसरी ऊ त्यस देशको राजा भयो । ऐरावतले छानेको राजा भएकोले ऊ ऐरराज भनी चिनिन थाल्यो । तर अचम्म मान्यो उसले किनभने राजा त भयो ऊ तर जनताहरूमा कुनै उत्साह छाएन, उमड्ड आएन । उनीहरू त शोकबाट या त उठ्न सकेका थिएनन् या त उसलाई हृदयदेखि स्वीकार गर्न सकिरहेका थिएनन् । ‘यो संक्रमणकाल हो । एउटा स्थिति भोगिरहेकाहरूका लागि तुरुन्तै अर्को स्थिति स्वीकार्न सुरु सुरुमा असहज त हुन्छ नै तर बिस्तारै बिस्तारै सब ठीक भइहाल्छ ।’ आफन्तहरूले सल्लाहसुझाव र हौसला दिए । 
दानदक्षिणाले उसले गुरु र पुरेतका मन जित्यो, पदपगरी गुथाएर भाइ–भारदारका मनमा आसन जमायो, दयामाया देखाएर गरिब दुःखीका मनमा पस्यो, सरसल्लाह, छलफल–बादविवादको सौहाद्र्रताबाट बुद्धिजीवीका मन छाम्यो । इतिहास खोतलेर उसले बुद्धिजीवीहरूलाई लिच्छविको गणतन्त्रदेखि संसारका कुना कुनामा अहिले अभ्यास भैरहेको असल र उन्नत प्रजातन्त्रका उदाहरण दिई गणतन्त्रको बखान पनि सुनायो । जनताका इच्छा विपरीत कुनै शासनव्यवस्था टिक्ने त के चल्नै सक्दैन भनी उही टिप्पणी गरिदिन्थ्यो । 
“आहा ⁄ हाम्रा ऐरराज कति ज्ञानी ⁄ कस्तो खुला हृदयका ⁄ कति महान् ⁄⁄⁄” भन्न थालेथे जनहरू । यसरी ऊ जनजनका मनमा पनि पसेथ्यो । 
एकदिन अचानक ऐरावत बिरामी भयो र तुरुन्तै त्यसको इहलीला समाप्त भयो । ऐरावतको मृत्युबारे नानाथरी अफवाह फैलियो । ‘अब कस्तो ऐरावत आउने हो ? कहिले आउने हो ?’ खुल्दुली खेलिरह्यो तिनका मनमा । साता बित्यो, महिना बित्यो, ऋतु बित्यो, वर्ष बित्यो । हात्तीसारमा कुनै ऐरावत आएन । जनजनका मनमा चिसो प¥यो । यो भेउ पाएर ऐरराजले भने, “हामीले काल सुहाउ“दो व्यवहार–रीति बसाउनुपर्छ । चौपायाले दोपाया छान्ने हैन दोपायाले जगत्माथि शासन गर्ने हो । म त ऐरावतकै छनोट हु“, त्यसैले मेरो छनोट ऐरावतकै छनोटसरह हुनेछ । हाम्रो राजकुमार जत्तिको विलक्षण प्रतिभा यस मुलुकमा अर्को हुन सकोइनन्, त्यसैले मेरा उप्रान्त यस धरतीका ऐरराज हाम्रा जेठा राजकुमार हुनेछन् ।” यसरी उसले नया“ चलनको थालनी गरिदियो ।
जनजन स्तब्ध भए । ‘ऐरावतको परम्पराको हाम्रो गणतन्त्र मासियो पो ।’ बुज्रुकहरूले गुनासो गरे । सल्लाह–साउती चल्न थाल्यो जनजनमा । ऐरराजले यसको पनि भेउ पायो । त्यसैले एकदिन उसले दरबार बसायो । 
सबै भेला भए– सभाभवनमा । दरबार सुरु भयो । “ऐरावतको गणतान्त्रिक परम्परालाई युगकाल सुहाउ“दिलो पारेर हामीले आधुनिकीकरण गरेका छौं । यसमा हाम्रा जनता, बुद्धिजीवीहरूको राय के होला ? शासनव्यवस्था जनताकै रायबमोजिम चलोस् भन्ने हाम्रो मनसुवा हो ।” उसले भन्यो । 
“यहा“ छलप्रपञ्च भएको छ । जनताको मतको कदर हुने परम्परा मासिएको छ ।” नवजवान बुद्धिजीवीले असहमति जाहेर ग¥यो । 
“राम्रो, एकदम राम्रो विचार ⁄” नवजवानको विचारको सराहना गर्दै उसले थपडी बजायो क्ल्याप, क्ल्याप, क्ल्याप ⁄
थपडीको आवाजस“गै छन्द्रड्ड आवाज आयो । अर्को क्षण त्यस नवजवानको शिर भुइ“मा गु“डुल्कियो, धड धड्याम्म ढल्यो । सबैले माथि सिलिङतिर हेरे । सबैको शिरमाथि चमचमाउ“दो तलवार हावाको स्पर्शले हलुका हल्लिइरहेको थियो, धार तल्तिर फर्केको तलवार अब झर्क कि तब झैं भान हुन्थ्यो । सबका सब स्तब्ध भए । 
“चर्को उत्तेजनाले नवयुवकले मानसिक सन्तुलन गुमाएको हु“दो हो, सरकार । आगे, सरकारको जो विचार ⁄” सेतै फुलेका एकजना बृद्ध पुरोहितले भने, “नराम्रो चलनको सुधार र राम्रोको निरन्तरता संसारको रीत नै हो ।” 
“त्यै त, जनइच्छा मुताबिकको हाम्रो गणतान्त्रिक अभ्यास मन नपर्नु पर्ने त कुनै कारण छैन ।” ऐरराजले भन्यो । 
“सरकारको जय होस् ।” 
सभाले ऐरराजको जय जयकार ग¥यो– तुमुल ध्वनिका साथ । त्यसै क्षण केही खैलावैला पनि भयो । ऊ मुसुमुसु हा“सिरह्यो । 
सभा विसर्जन भयो । सभाभवनभित्र शिरविनाका केही धडहरू लडिरहेका थिए । छेउमा शिरहरू छट्पटाइरहेका थिए– मानो धडमा जोडिनका लागि बल गरिरहेका होऊन् । 
त्यस मुलुकमा नया“ चलनको थालनी भैसकेको थियो । 


संस्मरण
पारिजात दिदीस“गका सम्झनाहरू खोतल्दा 
कुन्द टण्डन
प्रत्येक बिहान ७ बजेदेखि १० बजेसम्ममा ३, ४ पटक फोनमा कुरा भैरहन्थ्यो । कहिलेकाही“ फोन गर्न अलिकति ढिलो भयो भने पारिजात दिदीले भनिहाल्नुहुन्थ्यो– के हो ... फोन गर्ने बेला यही हो ? अघिदेखि फोन पर्खिराखेको ⁄ जतिपटक फोनको घण्टी बज्छ अरूकै स्वर, जतिपटक फोनको घण्टी बज्छ अरूकै आवाज ⁄ तपाईंको फोन ढिलो भयो भने मन त्यसै हतारिन्छ, एक कल फोन त बेलामा गर्नुपर्छ नि भनेर धाराप्रवाह सम्झनुहुन्थ्यो । मानौं आनो परिवारको मान्छेविना खबर, विनासूचना अबेर गरी घरभित्र पस्दा सोधिन्छ । अनि ढिलोगरी घर पुग्नेले ढिलो हुनाको कारण भनेपछि वातावरण शान्त हुन्छ । मैले पनि त्यसरी नै पारिजात दिदीलाई फोन ढिलो गर्नुको कारण बारेमा स्पष्टीकरण दिनुपथ्र्यो । मैले जसरी भए पनि जे गरेर भए पनि, सात बजेको फोन तोकिएको समयमा गर्नैपथ्र्यो । बरु पछि पछि गर्ने फोन अलिकति ढिलो अलिकति चा“डो जहिले भए पनि हुन्थ्यो । पहिलो फोन भने पारिजात दिदीको निन्द्राले छोडेपछि तर नउठ्दै गर्नुपथ्र्यो । 
पारिजात दिदीले आनो आत्मसंस्मरणमा लेख्नुभएको छ– “संस्मरण लेख्नु भनेको आफैंस“ग इमानदार हुनु हो । नत्र मनको स्वीकारोक्तिहरूको साक्षी को ?” मैले पनि यहा“नेर आनै आत्मालाई साक्षी राखेर इमानदारीपूर्वक संस्मरण लेख्दैछु– तपाईंहरू पनि हामीप्रति इमानदार हुनुहुन्छ भने अलिकति विश्वाससम्म गरिदिनुस् । पारिजात दिदी कुनै पनि बिहानी फोनको पहिलो घण्टी मैले बजाइदियोस् भन्नुहुन्थ्यो । “बिउ“झने बित्तिकै तपाईंस“ग कुरा हुन पाए, त्यो दिनभरि रमाइलै रमाइलो हुन्छ । त्यसैले बिहानको फोनको पहिलो घण्टी सकेसम्म म कसैलाई उठाउन दिन्न । फोनको घण्टी बज्नेबित्तिकै तपाईंको सम्झना आउ“छ, त्यसैले तपाईंकै फोन भई दिएहुन्थ्यो” भन्नुहुन्थ्यो । 
तर २०५० साल वैशाख ५ गते मैले फोनको घण्टी बजाउनै नपाई संचारमाध्यमले दिदीको मृत्युको समाचार दियो । हुन त २०५० वैशाख १ गते नववर्षको शुभ अवसरको उपलक्ष्यमा अग्रिम शुभकामना आदान–प्रदान क्रम चलिरहेकै थियो । टाढा टाढादेखि हार्दिक शुभकामना कार्ड तथा पत्रपत्रिका आइरहेकै थियो । अझ भनौं २०५० वैशाख ५ गते शनिबार बिहानको ५ बज्नुभन्दा केही दिन अगाडिसम्म बीर अस्पतालको आइ.सी.यु. वार्डको ढोका अगाडि राखिएको रजिष्टारमा शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्न आउने शुभचिन्तकहरूले हस्ताक्षर गर्ने घुइ“चो त्यत्तिकै थियो । तर विधिको विडम्बना ढोका बाहिर पारिजात दिदीका शुभचिन्तकहरूले शीघ्र स्वास्थ्यलाभ व्यक्त गरेको मसी सुक्नै नपाई, कलमको बिर्को पनि बन्द गर्नै नपाई तुरुन्तै स्वर्गीय पारिजातको आत्मालाई चिरशान्ति मिलोस् भनेर लेख्नुपर्ने परिस्थिति आइप¥यो । नववर्षको हार्दिक शुभकामना र शीघ्र स्वास्थ्यलाभको औपचारिकता–औपचारिकतामै सीमित रह्यो । 
२०५० वैशाख ६ गतेदेखि बिहानको समय काट्न साह्रै गाह्रो भयो । हामीले कहिले हा“स्दै हा“स्दै, कहिले भावुक भएर मनभित्रका अन्तरड्ड कुराहरू गरेर बिताउने समय बिर्सन । खालि दिदीलाई सम्झिरहन्थें । अझ भनु“ अझसम्म पनि बिहान एक दुईपटक ए ... दिदीलाई फोन गर्नुपर्ने भन्ने जस्तो लाग्छ । तर पछि आफैं झस्कन्छु अनि सम्झन्छु– दिदी त कहा“ हुनुहुन्छ र ? कहिलेकाही“ त साह्रै निराश हुन्छु । कुनै पनि खुशीको कुरा होस् या दुःखको कुरा प्रायः दिदी मलाई सुनाउनुहन्थ्यो, म दिदीलाई सुनाउ“थें । अब त यो क्षण केवल शून्य शून्य भएर टोलाउनु सिवाय उपाय अरू केही छैन । 
२०३१–३२ सालदेखि उपचारको समयमा र साहित्यिक कार्यक्रमको भ्रमणमा बाहेक अरू कार्यक्रमको बेलामा या भ्रमणमा प्रायः दिदी मलाई लैजानुहुन्थ्यो । २०४८ माघ १८ गतेतिर एकपटक कारणवश दिदीस“ग मलाई बाहिर जेल निरीक्षणमा जान मिलेन । अर्कै साथीलाई लिएर उहा“ दमौली जानुभयो सात दिनको लागि । छुट्टिने बेलामा हामी दुवैले मन नमीठो पारेका थियौं । दिदीले मलाई लैजान नपाएकोमा र मलाई दिदीसित जान नपाएकोमा । दिदी भ्रमणमा गएपछि हरेक बिहानी औंलामा गनेर बिताए“ । सातौं दिनमा काठमाडौं आउ“छु भन्नुभएको थियो । मेरो मनले धैर्य गर्न, सात सात दिनसम्म पर्खन सकेन । छैठौं दिनको बिहान दिदीको घरमा फोन गरें बाहिरबाट घरमा केही खबर गर्नुभएको छ कि, खबरसम्म भए पनि बुझ्नुप¥यो भनेर । फोन त पारिजात दिदीले पो उठाउनु भयो । मैले हेलो भन्न पाएको छैन, मेरो स्वर सुन्नेबित्तिकै अहिले फोन गर्ने हो भनेर एउटा गुनासोयुक्त स्वर, एउटा आधार पाएको ढुक्कको मिश्रित स्वर थियो दिदीको । मैले हत्तपत्त भनें– ल तपाईं आइसक्नुभयो ? तपाईं त भोलि आउने कुरा थियो, मैले त तपाईंले घरमा केही खबर छोड्नु भएको छ कि भनेर तपाईंको खबरसम्म बुझ्न फोन गरेको ? कहिले आउनु भयो तपाईं भनें । उहा“ले हिजो बेलुकै आए“ नि भन्नुभयो । कति दुःखकष्ट भोगेर लामो बाटोबाट घर आउने बित्तिकै मलाई नै सम्झनु भएछ । अझ आनो खर्चबाट सहाराको लागि लगेको साथीबाटै अपमानित हुनुपर्दा भ्रमणभरि नै मिनेट मिनेटमा मलाई सम्झनु भयो रे । मलाई सम्झ“दै सम्झ“दै मनमनै कति रुनु भयो रे । त्यसपछि दिदीले मलाई– आज दिउ“सो तपाईं मकहा“ आउनुहोस्, तपाईंलाई भेटेर कहिले मनको कुरा सुनाउ“जस्तो भैरहेछ, मेरो घरमै आउनोस्, तपाईंलाई धेरै कुरा गर्नुछ भन्नुभयो । म पनि सोही दिउ“सो ३ बजतेरि म्हेंपीस्थित दिदीको घर गए“ । त्यसपछि दिदीले धेरै दुखेको पोख्नुभयो । त्यो यात्रामा आनै साथीमार्फत् अपमानित हुनुभएछ उहा“ । उहा“ले भन्नुभयो– “मैले त सहनै नसकेर होेटेलमा काम गर्ने वेटरलाई पैसा दिएर त्यहा“को अर्को साथीलाई फोन गर्न लगाए“ र दुई दिनको भ्रमण नै कटाएर घर फर्कें ।” यसरी फर्कनु परेको एउटा सोच्दै नसोचेको दुःखद घटना सुन्दा म झन दुःखी भए“ । हामीले दिदीलाई दिदी मात्र होइन, सा“च्चैको एउटा पारिजात फूलजस्तै स“गालेर राखेका थियौं । कतै भुइ“मा खस्ला कि, कतै धुलो लाग्ला कि, कतै कुच्चिएला कि, दाग लाग्ला कि, ओइलाउला कि भनेर स“गालेर राखेको मान्छेलाई कसैले असह्य अपमान गर्दा म कस्तो भएको थिए“ कि वर्णन नै गर्न सक्दिन । मलाई आफूप्रति आफैंलाई पश्चात्ताप लाग्यो । आठ दश दिन दिदीलाई पर्खाएर भए पनि म आफैं गई जानुपर्नेजस्तो लाग्यो । यो परिस्थितिलाई यहीं थाती राख्दै अब अर्को प्रसंड्डतिर लाग्छु । 
२०४८ साल फागुन २२ गते दिउ“सो दिदीको घरमा हामी दुईजना कुरा गरेर बसिरहेका थियौं । त्यत्तिकैमा सुकन्या दिदीले गाजर लिएर आउनुभयो । पारिजात दिदी प्रेसर हाइ भएको मान्छे भिटामिन ‘ए’युक्त फलफूल र खाना धेरै खान नहुने । त्यसैले हा“सी हा“सी आज कुन्दजीस“ग बसेर एउटा सिंगै गाजर खान्छु भन्नुभयो र थालबाट एउटा गाजा लिनुभयो । मैले चाहि“ पारिजात दिदी र सुकन्या दिदीको आग्रहबाट दुई, तीनवटा नै खाए“ । मलाई केही फरक परेन । तर दिदीलाई प्रेसर हाइ भएछ, राती बेहोस हुनुभएछ । नौ बजे राती नै सुकन्या दिदी र रायन दाइहरू भएर वीर हस्पिटल पु¥याउनु भएछ । बिहान साविकबमोजिम पारिजात दिदीलाई घरमा फोन गरें । सधैं २– ३ घण्टीमा फोन उठ्थ्यो तर त्यो दिन धेरै घण्टीको प्रतीक्षापछि मात्र फोन उठ्यो, झण्डै झण्डै मेरो मन त एक किसिमले निराश नै भैसकेको थियो । आज एक्कासि विनाखबर, विनासूचना यो के भयो भनेर । पछि परिवारबाट थाहा भयो– राती बेहोस भएर ढलेपछि दिदीलाई त बीर हस्पिटल लगिएको रहेछ । कहिले अफिस छुट्टी होला र हस्पिटल जाउ“ला भनेर दिनभरि पारिजात दिदीलाई सम्झेर बसें । दिउ“सो ३ बजेतिर हतार हतार बीर हस्पिटल गए“ । दिदी त्यतिबेलासम्म जाती भैसक्नुभएको थियो । केवल डाक्टरहरूको भनाइअनुसार रेष्टको लागि मात्र राखिएको रहेछ । मलाई देख्ने बित्तिकै दिदी खुशी हुनुभयो । एकैछिन बसेपछि दिदीले सोध्नुभयो म हस्पिटलमा छु भन्ने कुरा कसरी थाहा पाउनुभयो ? बिहान तपाईंको घरमा फोन गरेको थिए“ । मीराले भनेर थाहा पाए“ भनें मैले । एक घण्टा जति बसेपछि म अब घर जान्छु दिदी भनेर प्रस्ताव राखें । दिदीले एकछिन पर्खनुस् भनेर रोकेर राख्नुभयो । मैले जिद्दी गरेर घर फर्किन पनि खोजिन“–बसिरहें । दिदीले त मस“ग अलि एकान्त हुन खोज्नुभएको रहेछ । अलिअलि गरेर मान्छे निस्केपछि मैले नचिनेको एकजना राष्ट्र बैंकको एकाउन्टेन्डेन्ट मात्र रहेपछि दिदीले मलाई भन्नुभयो, “हिजो बेलुका प्रेसर हाई भएर अचानक बेहोस भए“छु, सबैजना भएर राती नौ बजेतिर नै हस्पिटल ल्याएछन् । १० बजेतिर होश आउ“दा मैले आफूलाई अस्पतालको बेडमा पाए“ । चारैतिर हेरें अरूहरूलाई देखें । तपाईं पनि हुनुहुन्छ कि भनेर दोहो¥याई–तेह¥याई चारैतिर हेरें, तपाईंलाई देखिन“ । नरमाइलो लाग्यो । कति बज्यो भनेर सोधें । १० बज्यो भने । राती तपाईंलाई किन दुःख दिनु भनेर बोलाइदेऊ भनिन । बिहान उठें, तपाईंलाई सम्झिरहें, यतिबेला फोन गर्नुभयो होला, मीराले भनी होला, अनि तपाईंले थाहा पाउनु भयो होला । तपाईंको अफिस २ बजे छुट्छ, मकहा“ आउनु हुन्छ भनेर अघिदेखि कहिले झ्यालतिर हेर्छु, आङ तान्छु, कहिले ढोकातिर हेर्छु, टोलाउ“छु । तपाईं लुसुक्क आउनु हुन्छ कि भनेर ? कोही भित्र पस्दा पनि तपाईंकै झ–झल्को लाग्छ । आ“खा तानेको तानेकै छु । अब त आउने बेला भयो भनेर ⁄” दिदीले यति के भन्नुभएको थियो, म त अवरुद्ध भए“, दिदीको मुखबाट त्यो भाव र अभिव्यक्ति सुन्दा अक्कनबक्क भए“ । दिदीप्रतिको माया, ममता, श्रद्धा पहिले जति थियो– त्यो भन्दा सयौं गुणा अरु बढ्यो । सकेसम्म आ“सु पिएरै बसें । आ“खा बाहिर उल्झिन दिइन, केही बोल्न पनि सकिन“ । दिदीलाई हेरेको हे¥यै भए“ । बिस्तारै आफैंले मन बुझाए“ । मप्रतिको दिदीको यत्रो सद्भावनालाई मैले छर्लड्ड बुझें । केहीबेर बसेपछि अन्त्यमा छुट्टिनु त छ“दैथियो, त्यो दिन अलि अबेर गरेर घर फर्किए“ । 
पारिजात दिदीस“गका धेरै सम्झनाहरूमध्ये यी सम्झनाहरू जिन्दगीमा कहिल्यै बिर्सनै नसक्ने सम्झनाहरू हुन् । जुन कुरा सम्झ“दा मात्र पनि जीवन्त हु“दाको पारिजात दिदीको बारम्बार याद आउ“छ ।  

कथा
म यसरी फर्किए“
मातृका पोखरेल
विदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगें । गाउ“मा हु“दा रमेश र म अति मिल्ने साथी थियौं । यति मिल्ने साथी कि गाउ“का मानिसहरूले हामी दुवैको नामलाई जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षको उमेरसम्म हामीले स“गै खेल्यौं । एकघन्टाको बाटो भएको स्कुल स“गै पाटी बोकेर कुद्यौं । बानी, स्वभाव सबै कुरामा हामी यति नजिक भयौं कि अहिले सोच्दा पनि अचम्म लाग्छ । हाम्रा घरहरू बेग्लाबेग्लै थिए । तर घरी उसको घर घरी हाम्रो घरमा हामी पालो गरेर सुत्थ्यौं । कहिलेकाहीं दशैंमा टीका लगाउन म मावली घर जान्थें र ऊ पनि जान्थ्यो । हामी चार पा“च दिन छुट्टिन्थ्यौं वर्षमा । हामी दुवैलाई यति छोटो समय छुट्टि“दा पनि लामो लाग्थ्यो । घा“सदाउरादेखि लिएर गाईवस्तु चराउने काम पनि हामी आपसी सल्लाहले मात्र गथ्र्यौं ।
हामी यसरी लामो समय छुट्टिएर बस्नु पर्ला भनेर कसैले पनि सोचेका थिएनौं । रमेश बीस वर्ष पुगेपछि अर्थात् दश वर्ष अघि काठमाडौं गयो । सुरुका केही वर्ष हाम्रो बीचमा पत्रको आदानप्रदान पनि धेरै पटक भयो । पत्रमा हामी हाम्रा आफ्ना मनोभावनाहरू खुलेर लेख्थ्यौं । दुवैतिरका खानपान, बसउठ र अन्य व्यवहारहरूका बारेमा धक फुकाएर लेख्थ्यौं । हप्ता दिनभित्र उसको चिठ्ठी पढ्न पाइन भने मलाई नरमाइलो लाग्थ्यो । उसलाई पनि त्यस्तै लागेको कुरा ऊ मलाई चिठ्ठीमा लेख्थ्यो । बीच बीचमा ऊ घरमा आउ“दा कुदेर मेरो घरमा आउ“थ्यो र घन्टौं घन्टा ऊ र मस“गै गफ गरेर बिताउ“थ्यौं । म पनि घरका काम बिर्सन्थें । ऊ काठमाडौं नफर्कन्जेलसम्म मेरो घरको काम चौपट्टै हुन्थ्यो । बाल्यकालमा घुमेका ठाउ“हरू हामीस“गै फेरि घुम्थ्यौं र आफ्ना अतीतका कथाहरू दोहो¥याउ“थ्यौं ।
धेरै वर्ष भइसकेको थियो – रमेशस“ग मेरो भेट नभएको । चिठ्ठीपत्रको आदानप्रदान पनि केही वर्षदेखि बन्द जस्तै भइरहेको थियो । पहिले त ऊ कमै मात्र पत्रहरू लेख्थ्यो तर पछि त हाम्रो सम्पर्क अघि बढाउन मभन्दा ऊ सक्रिय भएको देखिन्थ्यो । पछिल्ला वर्षहरूदेखि आफ्ना व्यक्तिगत कुराहरूभन्दा देशका,राजनीतिका खबरहरू उसले पठाउन थाल्यो र मस“ग पनि यहा“का चुनावका, मान्छेका सोचाइहरूका बारेमा पत्रमार्फत् सोध्न थाल्यो । कता कता उसका पत्रहरू पढ्न मलाई झन्झट लाग्दै आउन थालेको थियो, तर पनि म रमेशले सोधेका कुराहरूभन्दा व्यक्तिगत हालखबरहरू लेखेर पठाउ“थें । त्यसपछाडि हाम्रो पत्रव्यवहारमा कमी आउन थाल्यो । परारसाल रमेश दशैंमा घर आउ“दा हाम्रा पुराना व्यवहारहरूमा धेरै परिवर्तन भएको प्रष्टस“ग मैले देख्न पाए“ । मलाई कताकता उसको व्यवहार नौलो लाग्न थाल्यो । म गाउ“मा सामान्य खेतीपातीको काम गरेर बस्थें । त्यसबेला एकपटक मैले ऊस“ग पैसा कमाउन विदेश जानु पर्ला भनेर प्रस्ताव राखेको थिए“ । उसले मेरो कुरा मन पराएको थिएन र त्यसबेला भनेको थियो– ‘अर्काको देशमा गएर पैसा कमाउनुभन्दा आफ्नै देशका बारेमा चिन्ता गर्न सिक्नुपर्छ । तैंले मात्र पैसा कमाएर देशको समस्या हल हु“दैन, त“ जस्ता कैयौं युवाहरूका समस्याका बारेमा सोच्नुपर्छ ।’
‘पैसा त चाहियो नि’ मैले रमेशलाई सोच्न कर गर्दै भनें ।
‘पैसाको आवश्यकता कति, सम्पूर्ण जीवन यसैका लागि लगाउने । आखिर तेरो सम्पत्ति आफूले परिश्रम गरेर राम्रोस“ग पुग्ने छ“दैछ ।’ उसले मस“ग प्रतिवाद गर्ने शैलीमा भन्यो ।
रमेशको कुराको विदेश गएर पैसा कमाउने र यही“ आएर सुखी जीवन बिताउने धेरै पहिलेदेखिको मिठो  कल्पनामाथि पहिलो पल्ट प्रहार भएको मैले महसुस गरेको थिए“ । उसको त्यस भनाईपछि म नराम्ररी रन्थनिए“ । पैसा कमाउने ल्याउने.... र त्यसपछि वास्तवमै मैले मनभित्र कल्पनाको राम्रो घर बनाएको थिए“ । त्यही योजनाअनुसार मैले आफ्नो केही जग्गाजमिन बेच्ने सोचाइ बनाएको थिए“ । उसको कुराले हाम्रो निकटतालाई टाढा बनाइदिएको कुरामा मैले पहिलोपटक राम्रोस“ग अनुभव गरें ।
आखिर ऊ पनि सुखी थिएन । शहरको बसाइ, सानोतिनो कमाइबाट जीवन गुजार्नुपर्ने । परिवार त ठिक्कैको थियो, एउटा छोरो, एउटी छोरी र श्रीमतीसहित ऊ । सम्पत्तिको नाममा त्यही एउटा सानो तरकारी पसल । उसले नया“ नया“ साथीहरू थुप्रै बनाएछ । त्यही सानो कोठामा पनि मानिसहरू आइरहन्छन् तर किन ऊ विदेश गएर पैसा कमाउने कुराप्रति घृणा गर्छ । म उसको सोचाइका बारेमा बुझ्नै सक्दिन । म पनि उसकै सहारामा काठमाडौं शहर आइपुगेको छु । यस शहरमा मैले चिनेका मानिसहरू त अरू पनि छन् । कति मानिसहरू सम्पन्नशाली पनि छन् । केहीको अभाव छैन । कति त मेरा मावलीतिरका नातेदारहरू पनि छन् । फुपूको छोरो पनि यतै बस्छ । जागिर राम्रो छ । भाउजू पनि जागिरे । एउटा ल्याटै लिएर बसेको छ । दुई तीन ठाउ“ घडेरी पनि किनेको छ भन्ने सुन्छु । कतिपटक उनीहरू कहा“ पनि आश्रय लिन म गएको छु । तर किन किन उनीहरूस“ग बस्दा आफन्त बोध हुनै सकेन मलाई । सम्पत्ति कमाएको तुजुक, घमन्ड, महŒवाकांक्षा आदिको नमिठो दुर्गन्ध कोठाभरि फैलिएको हुन्थ्यो । मलाई त्यो कुरा मनै पर्दैैनथ्यो । उनीहरूको प्रगतिको कुरामा म सहमत थिए“ । तर जतिबेलै जहा“कही“ सम्पत्तिकै चर्चा, गहनाको बखान सुन्दासुन्दा दिक्क लाग्न थाल्यो । तर रमेश त्यस्तो छैन । उसको कोठामा आडम्बरको कुनै पनि दुर्गन्ध पस्न पाउ“दैन । उसको परिवारमा सम्पत्तिको तिर्खा कुनै कुनामा पनि देखिंदैन । रमेशको कोठामा पराइको व्यवहार मैले कहिल्यै पनि महसुस गर्नु परेन । तर ऊ मैले विदेश गएर पैसा कमाउने कुरामा कहिल्यै पनि सहमत भएन । त्यही कामले म गाउ“बाट काठमाडौं आएको थिए“ । आधाजसो जग्गा पनि बेचेर आएको थिए“ तर अरब गएर पैसा कमाउन उसले मलाई कहिल्यै पनि सल्लाह दिएन र सहयोग पनि गरेन । धेरै पहिलेदेखिको मेरो यो योजना बदल्न पनि मलाई संभव थिएन । त्यसबाट मैले भविष्यको सुन्दर योजनाको नक्सा कोरेको थिए“ । रमेशले मलाई विदेश गएर दुःख पाउने मानिसहरूले भोगेका कथाव्यथाहरू लेखिएका सामाग्रीहरू ल्याएर दिन्थ्यो । हाम्रै गाउ“मा के गर्दा बढी उत्पादन गर्न सकिएला भनेर मस“ग छलफल गर्न खोज्थ्यो तर यस्ता कुराहरूप्रति मलाई त्यति धेरै रुचि थिएन । म अर्कै सपना बोकेर शहर आएको मान्छे । त्यतिका वर्षदेखि मनभित्र बनाएको भविष्यको घर भत्काउन म पनि कसरी सक्थें र ⁄ ऊ जति जति मलाई सम्झाउन खोज्थ्यो, त्यति त्यति ऊबाट म टाढा हुन चाहन्थें । तर ऊ मलाई असाध्यै प्रेम गरिरहेको छ भन्ने कुरालाई पनि म स“गस“गै बुझिरहेको थिए“ । ऊ अध्ययनशील थियो, तार्किक थियो । ऊस“ग छलफल र तर्कमा म जहिले पनि आफूलाई कमजोर महसुस गर्थें । स“गै खेलेर हुर्केको हुनाले उसको बौद्धिक क्षमतामा भएको विकास देखेर मभित्र कताकता हीनताभावको संकेत मैले पाउन थालें ।
जब मैले आनो काम अघि बढाउन मेनपावर कम्पनीहरूको नजिक पुग्न थालें, रमेशस“गको भेटघाटलाई कम गर्ने सोचाइ पनि बनाए“ । म गाउ“बाट आएर काठमाडौं बसेका अरू मानिसहरूको कोठाहरूमा बढी बस्न थालें । उसले शायद यो कुरा बुझेछ क्यारे ⁄ तैले यहा“ बस्न अप्ठ्यारो नमान्दा राम्रो हुन्छसम्म भन्यो । म आउने जाने गरिरहन्छु भनेर पत्तुर दिएको थिए“ मैले । एकदिन उसले मलाई कोठामा बोलाएको थियो । उसले मलाई बोलाएकै समयमा त्यहा“ अरू तीन चार जना मानिसहरूलाई पनि बोलाएको रहेछ । ती सबै मानिसहरू कामका लागि विदेश गएर दुःख पाएर फर्केका थिए । आफू कसरी कसरी ठगियौं भनेर आना अनुभवहरू मलाई सुनाउन उनीहरूलाई त्यहा“ बोलाएको रहेछ उसले । उनीहरूका कुरा सुनेर म एकपटक त छा“गाबाटै पो खसें । उनीहरूको कुरा अनुसार त हामीलाई त्यहा“ मान्छेजस्तो व्यवहार नै नगरिंदो रहेछ । त्यहा“ भएकोमध्ये एकजनाले मलेशियामा भेडा चराउने काम पाएको रहेछ । अर्कोले होटेलमा तरकारी काट्ने । अर्कोले घर बनाउने ठाउ“मा कुल्लीको काम । त्यस्तै अर्की एकजना मायादेवी नाम गरेकी महिला पनि थिइन् । उनको कहालीलाग्दो कथा सुनेर मैले आ“सु नै झारें तर त्यहा“ कसैले नदेख्ने गरी पुछें । मायादेवी काम गर्ने घरमा चारजना केटाहरूले प्रत्येक दिन उसलाई बलात्कार गर्दा रहेछन् । प्रतिकार गर्दा टाउको र शरीरका विभिन्न भागमा पिटिंदो रहेछ । उनले टाउकामा थुप्रै खतहरू देखाइन् । कपाल खौरिएर बुर्का लगाउनुपर्ने र नगरे पाइने यातनाहरू सुन्दा मुटु नै चिसो भयो मेरो । पहाडमा भएको घरजग्गा बेचेर गएको प्रेमबहादुर पनि छ महिनामा फर्किएको रहेछ । उसको ठेकेदारले रिसको झाेंकमा बनाउ“दै गरेको घरको माथिल्लो तलाबाट खसालिदिएछ । बिचरा दुई तीन तलामाथिबाट खसेर मात्र बा“चेछ घाइते भएर । अस्पतालमा आफूले अलिअलि बचाएर राखेको पैसा खर्च गरेर सिध्याएछ । डाक्टरले छातीमा समस्या छ केही महिना आरामा गर्नु भनेपछि साथीहरूस“ग चन्दा बटुलेर फर्केछ । धनकुमार भेडो चराउन जा“दा एउटा भेडा विरामी भएर मरेछ । साहुले त्यो बापत उसले जोगाएर राखेको सबै पैसा तिराएछ । बिचरा त्यहा“ उपस्थित अर्को साथीको त पैसा सबै दलालले खाइदिएछ । ऊ पनि घर जान नसकेर यतैतिर मजदुरी कामहरू गरेर बसेको रहेछ । कति माया गर्दै ती सबैले “तपाईं त अरब नजानुस् है” भनेर मलाई पटक पटक भने । मैले आनो मनभित्र नजाने निर्णय लिन कुनै अबेर गर्दै गरिन । त्यतिका पैसा खर्च गरेर जानुभन्दा त्यही पैसा, त्यही परिश्रम यहा“ लगाउ“दा कति राम्रो हुन्थ्यो भनेर उनीहरू आनो विगतलाई धिक्कारिरहेका थिए । 
उनीहरूको अनुभव सुन्दा त हामी त्यहा“ मान्छेले जोत्ने गोरुको मूल्यमा किनिएका रहेछौं । उनीहरूको कुराले म सा“च्चै पीडित भए“ । अर्थात् मैले मनभित्र कल्पिएको भविष्यको घर नराम्ररी चर्मरायो । प्रतिक्रियाहीन भएर मैले त्यहा“ उनीहरूको कुरा सुनिरहें । 
उनीहरू बाटो लागिसकेपछि म उसका अगाडि सावित भएको अपराधीको मानसिकता बोकेर बसिरहें । म उसलाई मेरो मनको कुरा राम्ररी भन्न चाहन्थें तर सकिरहेको थिइन । मनको कुरा भन्न केबाट शुरू गरौं आफैं पनि अस्पष्ट थिए“ । म चुपचाप उसको अघिल्तिर मुख रातो पारेर बसिरहें । 
“नरेश ⁄ अलि राम्ररी सोचेर काम गर ।” एकसुरमा बसिरहेको बेलामा उसले कोठाभित्र छिर्दै भनेको सुन्दा म त झसड्ड पनि भए“ । मैले उसलाई कुनै उत्तर दिइन । 
“तैंले विदेशमा गएर काम गर्ने कुरालाई जति सहज देखेको छस्, त्यो पटक्कै होइन । यसै कारणले त“लाई वास्तविकता बुझाउन उनीहरूलाई बोलाएको हु“ ।” ऊ मतिर नफर्की एकोहोरो भन्दै गयो । यो त उसको स्वभाव पनि हो । पहिलेदेखि नै अरूस“ग आ“खा नजुधाई ऊ कुरा गथ्र्यो । ऊ अझै पनि त्यसैगरी कुरा गरिरहेको छ । 
मैले त्यतिबेलासम्ममा काम गर्न अरबतिर नजाने निर्णय गरिसकेको थिए“ तर यो कुरा रमेशलाई मैले कसरी सुनाउ“m । मलाई थाहा थियो, मेरो निर्णय सुनेर ऊ खुबै खुशी हुनेछ । आखिर रमेश पनि त विदेशमा काम गर्न गएको थिएन । यी सब कुराहरू उसलाई कसरी थाहा भयो ? म यो प्रश्नलाई आफैंभित्र खेलाइरहेको थिए“ । रमेशलाई म नजाने निर्णय सुनाउन मलाई केही कुराले रोकेको छ । तर केले रोकेको छ, त्यो कुरो मलाई नै थाहा छैन । अत्यन्त अन्तरड्ड साथीको रूपमा ऊ मलाई दिनहु“ सम्झाइरहेको छ । तेरो सोचाइ गलत हो भनेर आज बिहानसम्म ऊस“ग मैले कडा प्रतिवाद गरेको छु । त्यति लामो समयदेखि बनाएको योजनाको घर भत्काउने निर्णयले मभित्र हुन्डरी चलिरहेको थियो । 
“मैले नजाने निर्णय गरें” अत्यन्त अप्ठ्यारो मान्दै मैले यो निर्णय उसलाई सुनाए“ । 
मेरो निर्णयले रमेश खुसी भयो कि भएन, उसको अनुहार पढेर मैले केही पनि बुझ्न सकिन । उसको दृृष्टिकोणको कारण म विदेश नजाने निर्णयले ऊ खुसी भएको हुनुपर्छ भन्ने मैले ठानें । 
घरमा भएको आधाउधी जग्गा बेचेर आएको हुनाले मैले जीवननिर्वाहको अन्य उपाय पनि सोच्न जरुरी थियो । मेरो यो अवस्थाका बारेमा रमेश परिचित नहुने कुरै थिएन । 
“म भोलि नै घर जान्छु र विदेश नजाने निर्णय सबैलाई सुनाएर आउ“छु” म उस“ग यस कुराको प्रतिक्रिया लिन चाहन्थें । 
“ठीकै छ त“ सुनाएर आइज, तैंले अब के काम गर्दा राम्रो हुन्छ स“गै बसेर सोचौंला” अत्यन्तै सहानुभूतिपूर्वक उसले मलाई ढाडस दिंदै भन्यो र आनो काम छ भनेर बाहिर लाग्यो । 
आजको घटनाले म जसरी र जुन निर्णयमा पुग्दैछु, पहिले मैले यसको कल्पनासम्म गरेको थिइन“ । भोलि घर जाने तयारीका लागि म किनमेल गर्न बजारतिर जाने निर्णय गरेर त्यहा“बाट बिदा मागेर बाहिर निस्किए“ । 
कोटेश्वर, काठमाडौं 


कविता
उत्तरतिर 
‘शुभेच्छुक’ 

उत्तरतिर 
एक हूल चराहरू 
आकाशमाथि हान्निएर उडिरहे 
प्रिय पन्छीहरू 
कतै जंगलभित्र फर्जी मुठभेठ भयो कि ? 

उत्तरतिर अग्लो पहाडमाथि 
धू“वाको बाक्लो मुस्लो उडिरह्यो 
प्रिय पर्वतहरू 
कतै तिम्रो काखमा 
भयानक बमबर्षा भयो कि ? 

उत्तरतिर 
आ“धीमय गतिमा 
कालो बादल मडारिरह्यो 
प्रिय हावाहरू 
कतै सिंगो गाउ“ नै घेरामा प¥यो कि ? 

यतिखेर फगत आ“खाहरू 
हेरिरहन्छन् उत्तरतिर 
यतिखेर फगत कानहरू 
फर्किरहन्छन् उत्तरतिर 
प्रिय हिमालहरू 
कतै तिम्रो हिमपाखामा 
कुनै विदेशी बुटले कुल्चियो कि ? 
उत्तरतिर छङछङ खस्ने छहराहरूमा 
उत्तरतिर कलकल बग्ने खोलाहरूमा 
नदीहरूमा÷नालाहरूमा 
प्रिय माडी र राप्तीहरू 
कतै रगतको सुनकोही बगेर 
तिम्रो जलधारा नै रगताम्ये भयो कि ? 

हरपल दुखिरहेछ आशंकाको शूल 
हरघडी फुटिरहेछ संवेदनाको मूल 
कहिले फूल्ला जीवनमा प्रसन्नताको फूल 
प्रिय गुरा“सहरू भन 
यसपल्ट त तिम्रो मधुर लालीले 
सिंगो देश नै रातै होला कि ? 
९ पुस, २०५८ 

सौन्दर्यशास्त्र
प्रगतिवादी साहित्य र यसको विशेषता
निनु चापागाईं
प्रगतिशील लेखक संघ, नेपालको वार्षिक कार्यक्रम र योजनाअनुसार मोफसलका विभिन्न ठाउ“मा सम्पन्न गोष्ठी एवं छलफलका क्रममा यी पंक्तिका लेखकले त्यहा“का अधिकांश साहित्यकार मित्रहरूबाट उठाइएका लगभग एउटै प्रकृतिका केही प्रश्नहरूको सामना गर्नुपरेको थियो । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यका बीच के समानता छ र के भिन्नता छ ?, आमूल परिवर्तनकारी राजनीतिक पार्टीमा आबद्ध नभएको रचनाकार प्रगतिवादी हुन सक्छ कि सक्दैन ?, शब्दमा प्रगतिवादलाई समर्थन गरेर हि“डिरहेको साहित्यकार ईशपूजक छ भने उसलाई कसरी हेर्ने ? वा आजको प्रगतिवादी साहित्य कस्तो हुनुपर्छ ? वरिष्ठ एवं कनिष्ठ र खासगरी नवोदित प्रतिभाबाट उठाइएका यस्तै किसिमका प्रश्नहरूको सरल र सहज उत्तर नभए पनि यो लेख यसरी उठेका कतिपय प्रश्नहरूको उत्तरस“ग भने अवश्य नै गा“सिएको छ ।
आजको अवस्थामा प्रगतिवादी साहित्य कस्तो हुनुपर्छ भनी कसैले प्रश्न गरेको खण्डमा एकदमै छोटोमा र अमूर्त किसिमले जवाफ दिन सकिन्छ– प्रगतिशील साहित्यले आजको नेपालको गतिशील यथार्थलाई कलात्मक उच्चतासहित सक्रिय रूपबाट प्रतिबिम्बन गर्नुपर्दछ । तर प्रगति र यथास्थितिका बीचको द्वन्द, प्रगतिशीलता र प्रगतिवादका बीचको भिन्नता, यथार्थवाद र समाजवादी यथार्थवाद (प्रगतिवाद) का बीच रहेको समानता र भिन्नता, समाजवादी यथार्थवादका विशेषताहरू र आजको नेपालको अवस्था, खासगरी आर्थिक, राजनीतिक अवस्थाका बारेमा सही दृष्टिकोण र समझदारी नबनाई गहन र विस्तृत जवाफ भने पाउन सकिन्न ।
प्रगतिशील साहित्य जीवनजगत्को विकासशीलतामा आस्था राख्ने रचनादृष्टिको सिद्धान्त हो । यथास्थितिले गतिशीलताको विरोध गर्दछ र प्रगतिको चाहना यथास्थितिको विरुद्ध क्रियाशील नभई प्राप्त हुनै सक्तैन । यथास्थिति र प्रगति यसरी भिन्न स्थितिका द्योतक हुन् । त्यसैले प्रगतिशील साहित्य त्यस्तो साहित्य हो– जसले नेपाली जनताले वर्तमान अवस्थामा भोग्नुपरेको दुर्दशा र आजको यथास्थितिको विरुद्धमा आफूलाई गतिशील बनाउ“छ । यस्तो साहित्यले नेपाली जनताको कसैको थिचोमिचो र हैकम (विदेशी वा स्वदेशी) बाट मुक्त भएर स्वाभिमानस“ग बा“च्न चाहने, वर्ग, जाति, लिड्ड, धर्म जस्ता असमानताबाट मुक्त हुने र काम नगर्नेले खान पाउ“दैन भन्ने विचारलाई चरितार्थ गर्ने आवश्यकता र अकांक्षालाई व्यक्त गर्दछ र तिनको शोषण, उत्पीडनविरोधी आवाजलाई मूर्तता प्रदान गर्दछ । त्यसैले सामन्तवादको पूर्ण उन्मूलन, अधिकतम रूपबाट श्रमजीवी जनताका पक्षमा राजनीतिक स्वतन्त्रताको प्राप्ति, विदेशी निर्भरता एवं नियन्त्रणमुक्त, स्वनिर्भर अर्थतन्त्रको निर्माण, विदेशी थिचोमिचोविरोधी देशभक्तिपूर्ण भावना र आम श्रमजीवी जनताको महत्तालाई अस्वीकार गर्ने साहित्य प्रगतिशील साहित्य हुन सक्दैन । प्रगतिशील साहित्य वास्तवमा, यथास्थितिको विपक्षमा, प्रतिगमनको विरुद्धमा र जनहितकारी परिवर्तनको पक्षमा यथार्थलाई प्रतिबिम्बन गर्ने साहित्य हो । प्रगतिशील साहित्य कुनै निश्चित दर्शनमा प्रतिबद्ध  नहुने कारणले पू“जी र श्रमका बीचको अन्तर्विरोधको समाधानमा यसले प्रस्तुत गरेका सुझावहरू सही र वस्तुगत नहुन पनि सक्दछन्, तर यसले जनतामा विकसित हु“दो परिवर्तनकारी आकांक्षालाई गहन वस्तुगतता, सत्यनिष्ठता र इमानदारीसाथ प्रस्तुत गर्दछ र जनताले चाहेको समाजपरिवर्तनको आन्दोलनलाई सहयोग पु¥याउ“छ । सबैभन्दा महŒवपूर्ण कुरो प्रगतिशील साहित्य मूलतः यथार्थवादी हुन्छ । 
वस्तुजगत् र त्यसका विविध रूपहरू मात्र सत्य हुन् र तिनको आनो ठोस वस्तुगत अस्तित्व हुन्छ, व्यक्तिका निजी इच्छा, अनिच्छाबाट ती स्वतन्त्र हुन्छन् भन्ने चिन्तनका आधारमा यथार्थवादी रचनाविधि र दृष्टिको विकास भएको छ । यसले सम्पूर्ण विश्व, मानवजीवन, मान्छेका विचार तथा अनुभूतिलाई आनो विषयवस्तु बनाउने गरेको छ र यो नै यसको सिद्धान्त पनि हो । वस्तुगत यथार्थप्रति इमानदारी, यथार्थको अनुसन्धान एवं अन्वेषण, यथार्थको सत्यपरक चित्रण र सत्यप्रति अविचल निष्ठा यथार्थवादको मुख्य विशेषता हो । यथार्थवाद यथार्थको जस्ताको तस्तै बाह्य विवरण नभएर वर्णन गरिएका घटनाहरूको आन्तरिक सारको प्रस्तुति हो । यसको विशेषता नै यथार्थको महŒवपूर्ण पक्षहरूमा गहिरोस“ग अन्तप्र्रवेश गर्नु, यथार्थलाई तिनको समग्रतामा वा पूर्णतामा व्यक्त गर्नु र ‘विशिष्ट परिस्थितिमा विशिष्ट पात्रहरू’लाई सही रूपमा उभ्याउनु हो । यसले व्यक्तिगत रुचि, अरुचि, भ्रम र विभ्रमभन्दा माथि उठेर यथार्थको गहन, सत्यपरक चित्रण गर्न साहित्यकारस“ग माग गर्दछ । यथार्थवादी साहित्यको पहिलो शर्त रचनाको विषय यथार्थ वा जीवन जस्तो छ, त्यस्तै हुनु हो भने दोस्रो शर्तचाहि“ यथार्थवादी साहित्यकार आनो मस्तिष्कलाई कत्ति पनि उपयोग नगर्ने फोटोग्राफर र प्रकृतिवादी नहुनु हो । प्रकृतिवादीका विपरीत यथार्थवादी साहित्यकारले यथार्थलाई संसाधन गर्दछ, अनावश्यक विवरणहरू का“टछा“ट गर्दछ र प्रस्तुत यथार्थका खास विशेषताहरू छर्लड्ड हुनेगरी प्रस्तुत गर्दछ । 
यथार्थवादको सार भनेको यसले प्रस्तुत गर्ने समाजको विश्लेषण हो । यस्तो विश्लेषणभित्र समाजमा विद्यमान मानवहरूको जीवन, मानिसहरूको बीचको सामाजिक सम्बन्ध, व्यक्ति र समाजका बीचको सम्बन्ध र समाजको आनै संरचनाको अध्ययन, चित्रण र विश्लेषण समावेश भएको हुन्छ ।
यथार्थवादको सारका रूपमा मानिएको सामाजिक विश्लेषणले साहित्यकारलाई जीवन या यथार्थका सारभूत विशेषता एवं तिनका नियमहरूलाई जान्न र त्यस अनुरूप चित्रण गर्न उत्प्रेरित गर्दछ । किनभने यसले यथार्थको सोझो फोटोकपी (प्रतिलिपि)लाई एकातिर मान्यता दिंदैन भने अर्कातिर अनियन्त्रित संवेगहरूको क्रीडाभूमिका रूपमा यथार्थको आत्मगत प्रस्तुतीकरणलाई पनि अस्वीकार गर्दछ । यथार्थवादले यसका विपरीत मानिस र सामाजिक वातावरणका वास्तविक अन्तर्विरोधलाई एकै ठाउ“मा राखेर सामाजिक सम्बन्धहरूको द्वन्दात्मकतालाई बुझ्न र चित्रण गर्न, तिनलाई आनो प्रस्थानविन्दु बनाउ“छ । लेखकले आत्मगत रूपबाट स्वेच्छाचारी तरीकाले घटनाहरूको अर्थ र सारलाई प्रस्तुत गर्न खोज्यो भने जीवन तथा जनता जस्ता छन्, त्यही रूपमा तिनको सामान्यीकरण गर्न सक्तैन ।
जीवन र जगत् अनुरूपको साहित्य र सामान्यीकरणको माध्यमबाट त्यसको प्रस्तुति यथार्थवादको निजी विशेषता हो । यस्तो सामान्यीकरण गर्दा विशिष्ट वा खास खास घटनाको माध्यमबाट विभिन्न सामाजिक शक्तिहरूको गति र प्रतिगतिको सामान्य स्वरूपलाई प्रस्तुत गरिन्छ । प्रतिनिधि परिस्थितिमा प्रतिनिधि पात्रहरूको प्रस्तुति यसै अन्तर्गत पर्दछ । लेखकले व्यक्ति पात्रमार्फत् समूह एवं वर्गका पात्रहरूको चित्रण गर्दछ र एउटा खास परिस्थितिको चित्रणबाट उसले त्यस्ता थुप्रै परिस्थितिहरूप्रति संकेत गर्दछ । त्यसले व्यक्ति र प्रतिनिधि दुवैको प्रतिनिधित्व गर्दछ । यसलाई प्रारूपीकरण ९त्थउषष्अबतष्यल० पनि भन्ने गरिन्छ । 
सामाजिक संघटनामा विद्यमान कार्यकारण सम्बन्धको खोजी पनि प्रारूपीकरणले गर्दछ । मान्छेको जीवन र सामाजिक जीवनद्वारा बन्ने कुनै कृतिको विषयवस्तु, पात्रको आन्तरिक संसार र चरित्रलाई यथार्थवादले चरित्रको व्यक्तिगत नियतिस“ग कार्यकारण सम्बन्धमा रहेका विभिन्न प्रारूपित परिस्थितिको उपज ठान्दछ । त्यसैले प्रारूपित चरित्र एक किसिमको सामाजिक शक्तिबाट बनेको हुन्छ । यस्तो प्रारूपित चरित्रले आफू जुन वातावरणको उत्पादन हो, त्यस वातावरणका मुख्य निर्णायक विशेषताहरूलाई समायोजन र संयोजन गरेको हुन्छ । यी विशेषताहरू स्वयं प्रारूपित चरित्र र उसको नियतिका माध्यमबाट प्रकट हुन्छन् । 
यथार्थवादी साहित्यको कार्यकारणभाव घटनाहरूको यान्त्रिक अनुक्रम, हरेक कडी आउ“दो कडीस“ग गा“सिएको सिक्रीको रूपमा प्रकट हु“दैन । यस्तो दृष्टिकोण त प्रकृतवादको मात्रै हुन्छ । प्रकृतवादले यथार्थको फोटोग्राफिक प्रतिलिपि उतार्दछ, मुख्य तथा सारभूत विशेषताहरूमा भेद नगरी तिनलाई एकै ठाउ“ मिसमास पार्दछ र प्रायः सामान्य अस्पष्ट वा ढाकछोप हुनेगरी विशिष्टलाई प्राथमिकता दिएर प्रस्तुत गर्दछ र प्रत्यक्षतया बाहिर स्पष्ट नदेखिने गरी सतहमुनि रहेका र यसको गतिलाई निर्धारित गर्ने जीवनप्रक्रियाहरूलाई प्रकाशमा ल्याउन असफल हुन्छ । यथार्थवादले उक्त सबै विषयमा विपरीत दृष्टि अवलम्बन गर्दछ । यथार्थवादमा कार्यकारणभाव सम्पूर्ण कृति र यसका अंशहरू, विवरणहरूको असांयोगिक प्रकृति, कथानकको सुसंगत विकास र पात्रहरूका बीचको सुसंगत सम्बन्ध र मजबुत जगको संरचनामा मात्र व्यक्त हु“दैन, सबैभन्दा बढी ऐतिहासिक दृष्टिकोणमा व्यक्त हुन्छ । ऐतिहासिक दृष्टिकोणभित्र इतिहासमा द्वन्दरत वर्गस्वार्थका बीचको संघर्ष, उदीयमान तŒवको विजय एवं मरणशील तŒवको पराजय र इतिहासनिर्माताका रूपमा जनताको समर्थनजस्ता विषय पर्दछन् । 
यथार्थवादको अर्को महŒवपूर्ण विशेषता लेखकका विचारहरू अमूर्त धारणामा व्यक्त नभएर मूर्त चित्र वा बिम्बमा प्रकट हुनु हो । 
स्वभावैले साहित्य प्रकृति र मानवजीवनका मूल पक्षहरूलाई चित्रण गर्दछ तापनि यथार्थवाद यथार्थको प्रतिलिपि मात्र होइन । साहित्यकारले आनो दृष्टिकोण र सिर्जनात्मक कल्पनाको सहयोगले यथार्थलाई पुनरुत्पादन गरेर आनो रचनामा प्रस्तुत गर्दछ । त्यसैले यसमा वस्तुगत यथार्थका साथै साहित्यकारको निजी दृष्टिकोण, उद्देश्य र व्यक्तित्व समेत प्रकट हुन्छ । लेखक कहिल्यै पनि आनो समयको तटस्थ वृत्तआलेखक हुन सक्दैन । प्रत्येक प्रतिभासम्पन्न लेखकले आनो कृतिमा यथार्थको चित्रण गर्दा कुनै न कुनै सन्देश व्यक्त गरेको हुन्छ र आनो विश्वदृष्टिकोणलाई समेत प्रतिबिम्बित गरेको हुन्छ । उसले आफू क्रियाशील रहेको युगका आफूलाई सही लागेका विचारहरूको समर्थन र बेठीक लागेका विचार एवं पक्षको विरोध गरेकै हुन्छ । यद्यपि लेखकको इतिहाससम्बन्धी आत्मगत धारणा, यसको वस्तुगत सारतŒवस“ग सधैं अनुकूल रहने स्थिति नहुन पनि सक्दछ । 
त्यसो भएर पनि यथार्थवादी लेखकले गतिशील यथार्थको विकासको निरन्तर अनुसन्धान तथा सामाजिक सम्बन्धहरूको व्याख्या–विश्लेषण गरेर समकालीन व्यक्तिगत एवं सामाजिक जीवनको आधिकारिक चित्र प्रस्तुत गरेको हुन्छ । पात्रहरूको मानसिक संसार, उनीहरूको विचार एवं व्यवहारविधिलाई प्रभावित पार्ने युगका वास्तविक संघर्षहरूलाई चित्रण गर्न र मानवव्यक्तित्वमाथि अतिविध्वंशक प्रभाव पार्ने सामाजिक खराबीहरूको स्रोत फेला पार्न यथार्थवादी लेखकहरू सफल रहेका छन् । वस्तुगत यथार्थको मार्मिक चित्रण, सत्यप्रति अविचल निष्ठा, व्यवस्थाजन्य विकृतिहरूको निर्मम आलोचना र उद्घाटन, चित्रणको समग्रता र समाजको संश्लेषणात्मक विश्लेषण, प्रतिनिधि परिस्थितिमा प्रतिनिधि पात्रहरूको प्रस्तुति, यथार्थको उपस्थापनको माध्यमद्वारा रचनाकारको विचारको अभिव्यंजना यथार्थवादका उपलब्धिहरू हुन् । 
यहा“निर के कुरा ख्याल राख्नु आवश्यक छ भने उन्नाइसौं शताब्दीको शुरुमा प्रगतिको सामाजिक आधारको प्रश्न कला, साहित्य र समाजविज्ञानको एउटा प्रमुख विषय बन्न पुगेको थियो । जीवनका व्यावहारिक पक्षहरूको अनुसन्धान गर्न र वस्तुगत गतिशीलतालाई पक्रन असफल परिष्कारवाद (शास्त्रीयतावाद) समयको भावनाभन्दा पछि परिरहेको थियो र यसले उक्त प्रश्नको जवाफ दिन सकिरहेको थिएन । यसले क्रमशः साहित्यकलाको विकासमा भा“जो हालिरहेको थियो र यो प्रतिक्रियाको वैचारिक हतियार बनिरहेको थियो । जस्तोसुकै कुरा स्वीकार गर्नु परे पनि परिवर्तनको पक्ष भने पटक्कै नलिने, सामन्ती व्यवस्थाका दृढ पक्षधरहरूले यसलाई आनो झण्डा बनाएका थिए । यही कारण स्वच्छन्दतावाद र यथार्थवादले यसलाई आनो भीषण आक्रमणको तारो बनाए । सामन्तवादको आर्थिक–वैचारिक संरचनालाई ध्वस्त बनाउने फ्रान्सको क्रान्तिको अवधिमा त्यही उद्देश्यसहित शुरुमा पू“जीपतिवर्गको स्वार्थ लिएर यथार्थवादको पुनरुत्थान भएको थियो । 
स्वच्छन्दतावाद जन्मिएको एउटै ऐतिहासिक भूमिमा यथार्थवादको पुनरुत्थान भएको थियो र ऐतिहासिक प्रगतिको दिशा र यसको वास्तविक सार प्रस्तुत गर्नुपर्ने उस्तै वैचारिक कार्यभारको सामना दुवैले गर्नुपरेको थियो । यथार्थवाद र स्वच्छन्दतावाद दुवै क्रान्तिपछिको पू“जीवादी यथार्थ व्यक्तिका लागि प्रतिकूल छ भन्ने निष्कर्षमा पुगेका थिए । तर क्रान्तिकारी स्वच्छन्दतावादीहरूचाहि“ साधारणतया पू“जीवादको सामाजिक आलोचनामा मात्र सीमित रहे भने यथार्थवादीहरूले चाहि“ यसमा सामाजिक विश्लेषण पनि थपे । यसको चरित्र आलोचनात्मक र मानिस र उसको रहेको वातावरण, मनुष्य र समाजका बीचको सम्बन्धको चित्रणविधि भने संश्लेषणात्मक थियो । यसरी यसले “स्वतन्त्र” पू“जीवादतिर विकसित हु“दो क्रान्तिपछिको समाजमा अन्तर्विरोधको सामाजिक प्रवृत्तिलाई अघि ल्यायो । क्रान्तिकारी स्वच्छन्दतावादले प्रायः विशिष्ट महŒव राख्ने जीवनको एउटा पक्षलाई वा मानवीय चेतनालाई सामान्य बनाएर अतिरञ्जित रूपमा प्रस्तुत गर्दछ र कार्यकारण सम्बन्धमाथि चासो राख्दैन भने यथार्थवादले जीवनलाई समग्रतामा प्रस्तुत गर्दछ, जीवनका विविध पक्षलाई एक–अर्कामा निर्भर, कार्यकारण भावहरूद्वारा निर्धारित सम्बन्धसूत्रहरूको रूपमा समग्रतामा चित्रण गर्दछ । हामी यसैलाई आलोचनात्मक यथार्थवाद भन्ने गर्दछौं । यही यथार्थवादी साहित्यका विशेषता र लक्षणहरू नै प्रगतिशील साहित्यका विशेषता र लक्षणहरू हुन् । 
प्रगतिवाद, आलोचनात्मक यथार्थवादभन्दा उच्चस्तरको यथार्थवाद हो । प्रखर यथार्थबोध, वस्तुगत यथार्थको इमानदारीपूर्ण चित्रण, दृढ सत्यनिष्ठता, उत्पीडित जनसामान्यप्रति अतिशय संवेदनशीलता, बाहिरी र भित्री पक्षसहित सम्पूर्ण युगको चित्रण, गहिरो सामाजिक रुचि, सामन्ती तथा पू“जीवादी समाजव्यवस्थाको अमानवीयता र नैतिक पक्षको निर्मम आलोचनाजस्ता उपलब्धिहरूबाट चिनिए पनि आलोचनात्मक यथार्थवादका आना सीमाहरू छन् । समाजविकासका नियमहरूका बारेमा वैज्ञानिक एवं सही ज्ञानको अभावका कारण आलोचनात्मक यथार्थवादले वर्गसंघर्ष, सामाजिक असमानता, धनी र गरिब, शोषक र शोषितमा समाजको विभाजनलाई चित्रण गरेर पनि पू“जी र श्रमका बीचको द्वन्दलाई कसरी समाधान गर्ने वा त्यसबाट कसरी मुक्त हुने सार्थक र वैज्ञानिक समाधान दिन सकेन । पू“जीवादी समाजको आक्रमणकारी प्रकृति र शोषक चरित्रको आधार के हो र यसको समाप्ति कसरी हुन्छ । यसबारेमा रचनात्मक सुझाव प्रस्तुत गर्न सकेन । यस विषयमा आलोचनात्मक यथार्थवादले धेरैजसो खास दिशाको संकेत नै गर्दैन भने संकेत गरेको खण्डमा पनि त्यो वस्तुसंगत हु“दैन र सम्झौतावादी, विज्ञानविरोधी र यथार्थविरोधी हुनपुग्छ । 
उन्नाइसनौं शताब्दीको मध्यतिर यूरोपमा पू“जीवादी विकासको चर्को र स्पष्ट अन्तर्विरोध देखापरेपछि पू“जीपति वर्गले सबैतिर सर्वहारा वर्गलाई ढाड भा“चिने कठोर परिश्रम र भयानक कष्टको जीवन बा“च्न कारखाना प्रणालीको हत्कडी लगायो । शोषणको निर्मम र कपटी क्रूरताले वर्गसंघर्षलाई तीब्र बनायो र सन् १९४८ को क्रान्तिकारी परिस्थितिको विकास ग¥यो । यसले ऐतिहासिक क्रियाकलापमा एउटा नया“ सामाजिक शक्ति–सर्वहारा वर्गको नेतृत्वमा जनसमुदाय–लाई अघि ल्यायो । यसले श्रमजीवी वर्गको क्रान्तिकारी चेतनाको निर्माणका निम्ति मात्र होइन, मजदुर वर्गको दार्शनिक तथा राजनीतिक ज्ञानको निर्माणको परिस्थिति पनि सृजना ग¥यो । पू“जीवादी विचारकहरू वर्गसंघर्ष, सामाजिक असमानता, धनी र गरिब, शोषक र शोषितका बीच समाजको विभाजन ल्याउने पू“जीवादी उत्पादनलाई पूर्णतया स्वाभाविक, न्यायपूर्ण र एकमात्र संभावित उत्पादनप्रणाली मान्दथे । तर अब वैज्ञानिक समाजवादले पू“जीवादी उत्पादनपद्धतिका ठाउ“मा सामूहिकतावादको सिद्धान्तमा आधारित सामाजिक सम्बन्धहरूका नया“ रूपहरू निर्माण गर्ने संभावनालाई पुष्टि गर्न थाल्यो । यसले सामाजिक असमानता, धनी–गरिब र शोषक–शोषितका बीच समाजको विभाजनको कारण निजी सम्पत्ति हो र त्यसको उन्मूलन भएको खण्डमा मानवद्वारा मानवमाथि हुने शोषणका सम्पूर्ण रूपहरू समाप्त हुनेछन् भन्ने निष्कर्ष निकाल्यो र यही चिन्तनको आधारमा समाजवादी यथार्थवादको उदय भयो । विश्वमा स्थापित समाजवादी राज्यसत्ताहरूले त्यसलाई प्रमाणित गरेर पनि देखाए । 
समाजवादी यथार्थवाद भनेको समाजवादी आदर्श (साम्यवाद)लाई आत्मसात् गर्दै यथार्थलाई क्रान्तिकारी विकासका क्रममा सही तरीकाले प्रतिबिम्बित गर्ने पद्धति र दृष्टि पनि हो । जीवनसत्यको निरन्तर अनुसरण, क्रान्तिकारी विकासको क्रममा यथार्थको प्रतिबिम्बन, समाजवाद एवं साम्यवादको भावना अनुरूप जनतालाई वैचारिक एवं सौन्दर्यात्मक शिक्षा दिने कार्यभार, जनप्रतिबद्धता, पार्टीप्रतिबद्धता र विचारधारात्मक प्रतिबद्धता समाजवादी यथार्थवादका आधारभूत विषयहरू हुन् । आलोचनात्मक यथार्थवादको आवेगपूर्ण शक्ति समकालीन समाजको आलोचना, निषेध र सामाजिक अन्यायको तिरस्कारमा व्यक्त हुन्छ भने समाजवादी यथार्थवादको आवेगपूर्ण शक्ति चाहि“ जीवनप्रतिको आशावादी सकारात्मक अनुगमनमा व्यक्त हुन्छ । यसले सबै किसिमका सामाजिक असमानता र अन्यायको विरोध गर्दछ र सामाजिक प्रगतिको संवाहकका रूपमा सर्वहारा वर्ग र क्रान्तिकारी जनसमुदायको नया“ समाजको निर्माणको प्रयत्न र संघर्षको कलात्मक जीवनी प्रस्तुत गर्दछ । मानिस एवं समाज, जीवन तथा परिस्थितिको संश्लेषणात्मक विश्लेषण, प्रस्तुत गरिएको यथार्थको कार्यकरणसम्बन्धको खोजी, जनसमुदायमा विकसित भैरहेको आत्मचेतनाको चित्रण, निजी व्यक्तित्वको प्रतिष्ठास“गै आफू संलग्न सामाजिक वर्गको सहजवृत्ति र दृष्टिकोणको प्रतिनिधित्व गर्ने प्रतिनिधि पात्रहरूको सिर्जना, संघर्षको अग्रपंक्तिमा रही विकसित हु“दो सक्रिय नायकको सृष्टि, वर्गसंघर्षको अस्तित्व र व्यक्तिमाथि त्यसले पार्ने प्रभाव देखाउनमा सीमित आलोचनात्मक यथार्थवादको सीमालाई पार गरी वर्गसंघर्षको स्वभाविक परिणामको प्रस्तुति र समाज सम्पूर्णमा त्यसले पारेको प्रभावको चित्रण, पू“जीवाद, पू“जीवादी समाज, त्यसको नैतिक सिद्धान्त र त्यसले उत्पन्न गरेको मानव अपकर्ष र मानवको पाशवीकरणको गहन चित्रणका साथै पू“जीवादी विचार, नैतिकता र संस्कृतिको सार्वभौम, सर्वव्यापी आलोचना र समाजवाद र समाजवादी व्यवस्थाको निर्माणप्रति आवेगपूर्ण समर्थन समाजवादी यथार्थवादका विशेषता हुन् । 
कुनै आमूल परिवर्तनकारी राजनीतिक संगठनमा रचनाकार संलग्न होस् वा नरहेको होस्, उसले रचना गरेको साहित्यले यी विशेषताहरू अ“गाल्दछ भने उक्त रचनाकार निर्विवाद रूपबाट प्रगतिवादी साहित्यकार प्रमाणित हुन्छ । आना रचनाका माध्यमबाट यी विशेषताहरूलाई व्यक्त गर्न असक्षम साहित्यकार आमूूल परिवर्तनकारी राजनीतिक संगठनमा आबद्ध भएकै खण्डमा पनि प्रगतिवादी हुन सक्दैन । कुनै पनि रचनाकारको मूल्याड्ढनको आधार उसको रचना हुन्छ– रचनाकार स्वयं मात्र होइन । 
प्रतिबद्धता र स्वतन्त्रताका प्रसंगमा स्पष्ट हुनुपर्ने विषय के हो भने प्रगतिवादले रचनकारस“ग विश्वदृष्टिकोण तथा विचारधारामा मात्र प्रतिबद्धताको माग गर्दैन, जीवनमा सक्रिय संलग्नताको माग समेत गर्दछ । यसका निम्ति र प्रगतिवादका विशेषताहरूको परिपूर्तिका निम्ति पार्टी प्रतिबद्धताले थप सहयोग पु¥याउ“छ, हानि होइन । कुनै इमानदार प्रगतिवादी लेखक पार्टी प्रतिबद्ध छैन र विशेष परिस्थितिवश स्वतन्त्र छ भने पनि उसले विचारधारात्मक प्रतिबद्धता, जनप्रतिबद्धता र पार्टीप्रतिबद्धता जस्ता प्रगतिवादका विशेषताका विरोधमा कलम चलाउन सक्दैन । 
आमूल परिवर्तनको पक्षमा रहने कुनै पनि साहित्यकारले आमूल परिवर्तनको प्रक्रियालाई गति दिने, त्यसलाई संगठित गर्ने र निर्देशित गर्ने राजनीतिक पार्टीको विरोध गर्दछ र त्यसको विरोधका क्रममा राजनीतिप्रति नै वितृष्णा जगाउने काम गर्दछ भने त्यस्तो साहित्यकारका बारेमा भने सचेत रहनुपर्दछ । शब्द र कार्यकाबीचको एकता प्रगतिवादको विशेषता हो । कसैले एकथोक भन्छ र कामचाहि“ त्यसको ठीक विपरीत गर्दछ भने हामीले मूल्याड्ढनको आधार कामलाई बनाउनु पर्दछ, भनाइलाई होइन । व्यवहार मूल्याड्ढनको कसी हो, कसैको पनि मूल्याड्ढन उसका व्यावहारिक क्रियाकलापलाई अलग्ग्याएर हु“दैन । 
सारांशमा यही नै प्रगतिवाद हो । प्रगतिवादी साहित्य सबै नै प्रगतिशील हुन्छ, तर सबै प्रगतिशील साहित्य भने प्रगतिवादी हुन सक्दैन । प्रगतिशीलता र प्रगतिवादलाई छुट्याउने आधारभूत तŒव रचना र रचनाकारले स्वीकार गरेको विश्वदृष्टिकोण हो । प्रगतिवादी साहित्य र साहित्यकारले द्वन्दात्मक भौतिकवाद र वैज्ञानिक समाजवादलाई आनो विश्वदृष्टिकोण बनाउनु अपरिहार्य हुन्छ । एकदमै ख्याल राख्नुपर्ने कुरा के हो भने समाजवादी यथार्थवादले अतीतका सबै काला पक्षहरूसहित अघि बढिरहेको वा सामन्ती तथा पू“जीवादी दासताका सम्पूर्ण विभीषिका वा आनो अस्तित्वको रक्षा गर्न प्रयत्न गरिरहेको पू“जीवादका सबै नृशंसताका साथ मानवजातिको चित्रण गर्दछ । 
प्रगतिवादले समकालीन यथार्थलाई समग्रतामा बोध वा संज्ञान गराउनु र मानिसका सौन्दर्यात्मक आवश्यकता पूर्ति गर्नुलाई मात्र साहित्यको कार्यभार मान्दैन । साहित्यलाई केवल जीवन र समाजको व्याख्या–विश्लेषण एवं आलोचनाको रूपमा हेर्ने दृष्टिकोणलाई पनि यसले अपर्याप्त ठान्दछ । प्रगतिवादले साहित्यलाई यथार्थ र यथार्थचेतनाको सम्बन्धलाई बोध गराउने साधनका अतिरिक्त सामाजिक चेतनाको निर्माण एवं शोषणमा आधारित समाजव्यवस्थामा सामाजिक जीवनको परिवर्तनको माध्यम समेत ठान्दछ । साहित्यको सामाजिकता र सामाजिक प्रयोजनलाई स्वीकार गर्ने अन्य साहित्य सिद्धान्तभन्दा प्रगतिवाद किन भिन्न छ भने यसले साहित्यको सामाजिकता र प्रयोजनको मूल अर्थ नै साहित्य आमूल परिवर्तनको माध्यम हुनुमा हुन्छ भन्ने मान्दछ । 
सबैलाई थाहा भएको तथ्य के हो भने साहित्यले सीधा र प्रत्यक्षतया सामाजिक जीवनमा परिवर्तन ल्याउने काम गर्न सक्दैन । समाजमा आमूल परिवर्तन ल्याउने सामाजिक शक्ति सर्वहारा वर्ग एवं समाजका आम श्रमजीवी जनता हुन् भने आमूल परिवर्तनको प्रयत्नको मूल केन्द्र चाहि“ आर्थिक, राजनीतिक संघर्ष हो । साहित्यले यिनै सामाजिक शक्ति र संघर्षको क्षेत्रलाई सहयोग पु¥याएर मात्र आमूल परिवर्तनको प्रयत्नमा सहयोग पु¥याउन सक्दछ । सामाजिक यथार्थ एवं सामाजिक सम्बन्धको समग्रतालाई र जनताको सामाजिक संघर्ष एवं इतिहासको विकासप्रक्रियालाई चित्रण गरेर साहित्यकारले जनताको यथार्थबोध विकसित गर्न सकेको खण्डमा नै त्यस किसिमको साहित्यले आनो समाजरूपान्तरणकारी भूमिका निर्वाह गर्न सक्तछ । यसो गरेर साहित्यले जनचेतनालाई तीब्र र जागृत पार्दछ र पछि यही जागृत सामाजिक चेतना नै परिवर्तनकारी चेतनामा रूपान्तरित हुनपुग्दछ । 
यसरी नेपाली समाजको आजको वस्तुगत परिस्थिति, सामाजिक सम्बन्ध, जीवन–यथार्थ र चेतनाको स्वरूपलाई विश्वसनीय एवं यथार्थवादी तरीकाले चित्रण गर्ने, समाजव्यवस्था र त्यसभित्रको जनजीवनको यथार्थ स्थितिलाई छर्लड्ड हुनेगरी बोध गराउने, नेपालको रूपान्तरणको प्रक्रियामा सक्रिय रहेको नेतृत्व र त्यसका सहायक शक्तिहरूलाई चिनाउने, क्रान्तिकारी चेतनालाई दरिलो बनाउने, विकासशील शक्तिहरू अर्थात् सर्वहारा वर्ग र श्रमजीवी जनताहरूलाई जुनसुकै कुराहरूको बारेमा पनि सही किसिमले सोच्न, बुझ्न र त्यसअनुरूप काम गर्न सक्षम बनाउने र रूपान्तरणको संघर्षमा दिशा, दृष्टि र गति दिने कार्य गर्नुमा नै साहित्यको परिवर्तनकारी भूमिका व्यक्त हुन्छ । यथार्थका प्रमुख पक्षहरू, समाजको मुख्य अन्तर्विरोध, समाजले समाधानका निम्ति माग गरेका मुख्य समस्याहरू आदिलाई यथार्थवादी तरीकाबाट प्रतिबिम्बन गर्न सकेमा मात्र साहित्यले आनो यो भूमिका पूर्ति गर्न सक्दछ । आज नेपालको अर्धसामन्ती, अर्धऔपनिवेशिक शोषणयुक्त सामाजिक संरचना नै सम्पूर्ण उत्पीडित नेपाली जनताको प्रगति, आर्थिक विकास र समुन्नतिमा बाधक बन्न पुगेको छ । यस सामाजिक संरचनालाई जोगाएर राख्ने प्रयत्नमा शोषकवर्गीय शक्तिहरू लागेका छन् र तिनका विरुद्धको संघर्षमा नेपालको सर्वहारा वर्ग र अन्य उत्पीडित वर्गहरू रहेका छन् । यही कारण वर्तमान सामाजिक संरचनालाई ध्वस्त पारेर नया“ जनवादी सामाजिक संरचनाको निर्माण गर्ने नेपाली जनताको यथार्थका साथै तिनको संघर्षलाई गहन र जीवन्त रूपबाट प्रतिबिम्बित गर्ने, समाजका अग्रणी विचारहरूलाई उद्घोष एवं पुष्टि गर्ने र विकासशील शक्तिहरूको हितको रक्षामा साहित्य लेख्ने कार्यलाई प्रगतिवादले विशेष महŒव दिनु परेको हो । 
परस्परविरोधी वर्गमा विभाजित हाम्रो जस्तो समाजमा सबल, गतिशील शक्ति र विकासको स्रोत भनेको वर्गसंघर्ष हो र पुरानोको उन्मूलन र नया“, प्रगतिशील समाजव्यवस्थाको स्थापनाको कारक तŒव– सामाजिक क्रान्ति– वर्गसंघर्षको उच्चतम रूप हो । नेपाली समाजको आमूल परिवर्तनको माध्यम बन्न यही कारण साहित्यले वर्गसंघर्ष एवं सामाजिक क्रान्तिको पक्षमा आवश्यक भूमिका निर्वाह गर्नु अनिवार्य हुन्छ । उत्पादनका साधन एवं श्रमका उत्पादनमाथिको निजी स्वामित्व नै त्यस्तो आधार हो, जसले समाजलाई वर्गविभाजित गर्दछ । वर्गीय शोषण एवं समाजको वर्गीय विभाजनको आधार यही निजी सम्पत्ति र स्वामित्व नै हो । जुन समाजमा उत्पादनका साधन र श्रमको उत्पादनमा सबैको समान हैसियत हुन्छ, त्यहा“ न वर्ग हुन्छ, न त मानवले मानवमाथि गर्ने कुनै किसिमको शोषण नै हुन्छ । त्यसैले सामाजिक असमानता, गरिबी, अव्यवस्था, शोषण–उत्पीडन, कलहजस्ता सामाजिक खराबीहरूबाट उन्मुक्तिका निम्ति वर्गहीन समाजको स्थापना अनिवार्य शर्त मानिन्छ । त्यस्तो समाजको स्थापनाको लक्ष्य वर्गसंघर्षलाई उपेक्षा गरेर, ढाकछोप गरेर वा शोषक वर्गस“ग सम्झौता गरेर होइन, उत्पीडित वर्गभित्र वर्गचेतना अधिकतम मात्रामा विकसित गरेर र वर्गसंघर्षलाई तीब्रतम पारेर मात्र पूरा हुनसक्दछ । यही कारण, प्रगतिवादले परस्परविरोधी शक्तिका बीच चल्ने संघर्षलाई विशदता र समग्रतासाथ चित्रण गर्ने, समाजमा रहेका आधारभूत र प्रमुख अन्तर्विरोधलाई ठीक ढंगले व्यक्त गर्ने, वर्गसंघर्षस“ग सम्बन्धित र समाजले सरोकार राखेका विषयलाई प्राथमिकता दिने, आर्थिक, राजनीतिक र विचारधारात्मक जस्ता वर्गसंघर्षका विविध रूपहरूलाई प्रतिविम्बित गर्ने र साहित्यमा वर्गको महŒवलाई विशेष रूपबाट विकसित गर्ने कार्यलाई अत्यावश्यक ठान्दछ । 
साहित्य समाजको एउटा विचारधारात्मक अधिरचना हो । सत्तारूढ वर्गहरूले समाजलाई आनो स्वार्थ अनुकूल ढाल्न साहित्यलाई उपयोग गर्दै आएका छन् र ऐतिहासिक विकासअनुसार शोषक वर्गका विरुद्ध सचेत भएका वर्गहरूले पनि संघर्षको हतियारका रूपमा यसको उपयोग गरिरहेका छन् । नेपालमा प्रगतिवादी साहित्यको इतिहास यसैको ज्वलन्त उदाहरण हो । जसरी शासक वर्गको आर्थिक–राजनीतिक स्वार्थ शासित वर्गको स्वार्थस“ग टक्कराउ“छ, त्यसरी नै शासक वर्गको साहित्य–संस्कृतिस“ग शासित वर्गको साहित्य–संस्कृतिले अनिवार्यतया टक्कर लिनैपर्दछ । यसले विचारधारा, राजनीति, कला–साहित्य, नैतिकता जस्ता विषयहरूमा सर्वहारावर्गीय मूल्यमान्यता विकसित गर्नैपर्दछ र यी सबै विषयमा शासक वर्गले अघि सारेका मूल्यमान्यतामाथि आक्रमण गर्र्नैपर्दछ । वास्तविक साहित्य जनताका सौन्दर्यात्मक आदर्शहरू, न्याय तथा भलाइका बारेमा तिनका सोचहरू र स्वतन्त्रता र सुखका निम्ति तिनले गरेका आमूल परिवर्तनकारी संघर्षको मूर्तरूप हो । प्रगतिवादी साहित्यले आनो यो दायित्वबाट कहिल्यै पनि पलायन गर्न मिल्दैन । आजको प्रगतिवादी साहित्यले सामन्तवाद–साम्राज्यवाद (तिनका प्रतिनिधि नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, दरबार र भारतीय एकाधिकारी पू“जीपति वर्ग र संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको विश्वसाम्राज्यवाद)को विरुद्ध हुने संघर्षमा क्रान्तिकारी उत्साह र प्रेरणा दिने, नया“ जनवादी आर्थिक–राजनीतिक व्यवस्थाको पक्षमा मत जाहेर गर्ने, मजदुर–किसान र निम्न–पू“जीपति वर्गका बीचमा एकता विकसित गर्ने र शासक वर्गप्रति घृणा उत्पन्न गर्ने कार्य गतिशील यथार्थको प्रतिबिम्बनको माध्यमबाट गरेको खण्डमा मात्र यसले वास्तवमै आमूल परिवर्तनको संघर्षलाई सहयोग पु¥याउन सक्तछ । 
आजको सन्दर्भमा प्रगतिवादी साहित्यको मूल दायित्व वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक नेपालको शोषक–शासक समाजव्यवस्था र सामाजिक सम्बन्धहरूमा आमूल परिवर्तनका निम्ति उत्पीडित जनतामा आवश्यक चेतना जगाउनु र सामाजिक सम्बन्धहरूको एवं गतिशील यथार्थ र चेतनाको स्वरूपलाई सत्यपरक ढंगबाट यथार्थवादी तरीकाले प्रतिबिम्बित गरी एकातिर उत्पीडित जनसमुदायलाई जीवनको वास्तविकताबोध गराउनु हो भने अर्कातिर आमूल परिवर्तनकारी वर्ग र त्यसका सहायक मित्रशक्तिहरूलाई ब्यू“झाउ“दै आमूल परिवर्तनकारी चेतनालाई दरिलो बनाउने दिशा र दृष्टि दिनु हो । आफूलाई आमूल परिवर्तन तथा मानवमुक्तिको पक्षमा क्रियाशील बनाउन प्रगतिवादी साहित्यकार त्यतिखेर मात्र सक्षम र प्रभावकारी हुनसक्छ– जतिखेर उसले पू“जीवादी व्यवस्थाको विकल्पलाई मानवमुक्तिको प्रारम्भ ठानी पू“जीवादी व्यवस्था, संस्कृति र विचारधाराका विरुद्ध विद्रोह गर्दछ, सर्वहारावर्गको उद्देश्यसहित आनो रचनाशीलतालाई गा“सेर सृजना गर्दछ, इतिहासप्रक्रियाको केन्द्रीय कारण वर्गसंघर्ष हो भन्ने मान्दछ र साहित्यको वर्गीय स्वरूपलाई अंगीकार गर्दछ ।
सिद्धान्ततः यो कुरालाई स्वीकार गरेर पनि जनताका वर्गीय दुश्मनहरूस“ग मित्रवत् व्यवहार गर्ने, कतिपय सन्दर्भमा वर्गीय दृष्टिलाई परित्याग गर्ने र निर्वर्र्गीय मूल्य–मान्यता र चिन्तनलाई विस्तार गर्ने, आफूलाई आमूल परिवर्तनको पक्षधर मान्ने तर वर्तमान संसदीय प्रजातन्त्रलाई संस्थागत र सुदृढ गर्ने राजनीतिक वृत्तको प्रभावबाट आज कतिपय ‘प्रगतिवादी’ साहित्यकारहरू मुक्त हुन सकिरहेका छैनन् । वर्तमान नेपाली क्रान्तिको आधारभूत शत्रु सामन्त वर्ग, दलाल एवं नोकरशाही पू“जीपति वर्ग, विदेशी एकाधिकार पू“जीवाद र अन्तर्राष्ट्रिय साम्राज्यवाद हुन् भन्नेजस्ता कुराहरूलाई स्वीकार गरेर पनि यिनका विरुद्धको संघर्षलाई तीब्रता दिन आनाकानी गर्ने, वर्तमान शासनप्रणालीको वर्गचरित्रलाई प्रतिक्रियावादीका रूपमा मान्न अस्वीकार गर्ने र संसदीय प्रजातन्त्रलाई ‘संस्थागत र सुदृढ’ बनाउने कथित कार्यनीतिलाई व्यवहारमा रणनीतिक रूपमा अघि बढाउने राजनीतिको प्रभावस्वरूप केही साहित्यकारहरू पू“जीवादी साहित्यिक वृत्तमा फेला पर्ने स्थितिवादी यथार्थवाद (यथास्थितिवाद), नकारात्मक यथार्थवाद (यथार्थका नकारात्मक पक्षको चित्रणमा सीमित रहने, गुनासो गर्ने, विलाप गर्ने, गाली गर्ने) र यथार्थको सट्टा विविध किसिमका रुमानी भ्रमहरू प्रस्तुत गर्ने कार्यमा सीमित हुन खोजिरहेका देखिन्छन् । वास्तवमा यो आजको नेपालको अवस्था र आज स्थापित शासनव्यवस्थालाई सही रूपबाट बोध गर्न नसकेको स्थितिबाट उत्पन्न समस्या हो । २०४६ सालको जनआन्दोलनको परिणामस्वरूप शासनव्यवस्थाको रूपपक्षमा परिवर्तन आए पनि सारपक्षमा कुनै भिन्नता आएको छैन । हिजो पञ्चायतकालमा समाजको संरचना जस्तो थियो, आज पनि त्यही नै छ । नेपाली जनताका शत्रु र मित्र वर्गमा पनि खासै परिवर्तन आइसकेको छैन । आज पनि नेपाली जनता हिजोजस्तै शोषकवर्गको शोषण–उत्पीडन झेल्न बाध्य छन् । यस्तो अवस्थामा संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थामाथि प्रहार गर्नुपर्ने आवश्यकता र औचित्यबारे अन्योल र अस्पष्टता रहनुपर्ने कुनै कारण देखिंदैन । 
वास्तवमा नेपालको वर्तमान अवस्था के हो र त्यसलाई कसरी हेर्ने ? यस सम्बन्धमा पनि केही चर्चा गर्नु आज अत्यावश्यक भएको मलाई लाग्दछ । 
हाम्रो देश नेपाल सामाजिक विकासको हिसाबले धेरै नै पछौटे, एक अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक संरचना भएको मुलुक हो । लामो समयदेखिको स्वदेशी 
(सामन्ती) एवं विदेशी (औपनिवेशिक) शोषण–उत्पीडनका कारण आज विश्वका अधिकतम गरिब देशहरूको पंक्तिमा सबैभन्दा माथि यसको नाउ“ आउ“छ । नेपालमा आज व्याप्त अभाव, गरिबी, उत्पादनको असमान वितरण, लैंगिक एवं वर्गीय असमानता, बेरोजगारी, अशिक्षा, असुरक्षाको स्थिति, मह“गी, भ्रष्टाचार, हत्या, राज्यआतंक जस्ता अनगिन्ती सामाजिक रोगहरू यिनै स्वदेशी–विदेशी उत्पीडनका परिणाम हुन् । यसले के प्रष्ट पार्दछ भने सामन्तवादको पूर्ण उन्मूलन, संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व साम्राज्यवाद, विशेषतः भारतीय विस्तारवादको विरुद्ध देशको स्वाधीनताको संरक्षण एवं विदेशी निर्भरता र नियन्त्रण हटाई स्वनिर्भर अर्थतन्त्रको निर्माण र अधिकतम रूपबाट जनताका पक्षमा राजनीतिक स्वतन्त्रता हासिल गर्नु नेपाली जनता र मुलुकका सामु रहेका खास समस्याहरू देखा पर्दछन् । यिनलाई संक्षिप्तमा नेपाली जनता र मुलुकसामु रहेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्या पनि भन्न सकिन्छ । 
२००७ सालमा राणाशाहीको अन्त भएर देशले अन्तर्राष्ट्रिय रंगमंचमा प्रवेश गरेको पचास वर्ष बितिसक्दा पनि सामन्त–दलाल एवं नोकरशाह वर्गका शासकहरूको वर्गीय स्वार्थअनुसार स्वदेशी साधनस्रोत र विदेशी सहयोगको दुरुपयोगको कारणले गर्दा नेपालले उल्लेखनीय प्रगति गर्न सकेको छैन । मुठ्ठीभर मानिसहरू झन् झन् धनी बन्दैछन् भने झन् झन् बढी संख्यामा आम श्रमजीवी जनता गरिबीको रेखामुनि खस्क“दैछन् । रगतपसिना एकगरी मेहनत गर्ने जनताको निम्ति बा“च्ने समस्या अधिकतम रूपमा गम्भीर र जटिल बन्दो छ । त्यतिमात्र होइन, भारतीय शासक वर्गको विस्तारवादी नीतिहरूको कारणले गर्दा राष्ट्रिय संप्रभुता र क्षेत्रीय अखण्डतामाथि खतरा बढ्दो छ र सत्ताधारीहरूको साम्राज्यवादी  तथा भारतपरस्त नीतिले यस खतरालाई झन् बढी गम्भीर बनाइरहेको छ । 
२०४६ सालको जनआन्दोलनले तीस वर्षको निरंकुश पञ्चायती शासनलाई ढाले पनि देशको अर्धसामन्ती एवं अर्धऔपनिवेशिक सामाजिक संरचनामा भने कत्ति पनि परिवर्तन ल्याएको छैन । पञ्चायती व्यवस्थाको अन्त भएको र देशमा संसदीय प्रजातन्त्रको बहाली भएको पनि बाह्र वर्ष बितिसकेको छ । यस अवधिमा बनेका लगभग एक दर्जन सरकारहरूले जनताको दुःखमाथि दुःख थप्ने वा वर्गीय शोषणलाई कायम राख्ने बाहेक कुनै पनि उल्लेखनीय सकारात्मक कामहरू गर्न सकेका छैनन् । थप उल्टो तिनले आर्थिक, सामाजिक एवं सांस्कृतिक सबै क्षेत्रमा अरू बढी संकटहरू थप्दै गएका छन् र राष्ट्रियताको समस्यालाई अत्यन्त गम्भीर बनाएका छन् । सन् १९१६ को सुगौली सन्धिद्वारा तत्कालीन ब्रिटिश भारतले नेपाललाई अर्धऔपनिवेशिक बनाउने कार्य गरे तापनि सन् १९२३ को व्यापार सन्धि, १९५० को शान्ति तथा मैत्री सन्धि जस्ता असमान सन्धिहरू लगायत कोशी–गण्डकी सम्झौता, सन् १९६५ को गोप्य सुरक्षासन्धि आदिका कारणबाट मुलुकको राष्ट्रियतामा धेरै प्रतिकूल असर पारिसकेको थियो । संसदीय व्यवस्थाको पुनर्बहालीपछि बनेका सरकारहरूले नेपालका सम्पूर्ण नदी, बजार र भारतीय मुद्रालाई साझा बनाउने २० जुन १९९० को नेपाल–भारतको संयुक्त विज्ञप्ति, टनकपुरको सन्धि, प्रम मनमोहन अधिकारीको पालामा बनेको महाकाली प्याकेजको घातक अवधारणाअनुरूप शेरबहादुर देउवाको पालामा भएको महाकाली सन्धि लगायतका विभिन्न सन्धि–सम्झौताद्वारा लगातार राष्ट्रघातमा सहयोग पु¥याउ“दै आएका छन् । केही सांसद्हरूको विरोधलाई अपवादका रूपमा राखेर हेर्ने हो भने नेपालको संसद्मा कथित राष्ट्रिय पार्टीहरूको सहमति र एकता यही राष्ट्रघातको विषयमा मात्र बन्न पुगेको देखिन्छ । पञ्चायतकै पालादेखि दार्चुलाको साढे सात लाख रोपनीभन्दा बढी जमीन भारतीय सेनाको कब्जामा अद्यावधि रहिरहेको छ र पचासौं ठाउ“मा भारतले सीमाअतिक्रमण गरिरहेका समाचारहरू हामी दिनदिनै पढिरहेका छौं । देशको आर्थिक, राजनीतिक क्षेत्रमा भारतीय विस्तारवाद र पश्चिमी साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप निरन्तर बढिरहेको कुरा जगजाहेर जस्तै छ । यो सबै कुराले नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डता खतरामा पर्दै गएको छ । कथित आतंकवादलाई समाप्त पार्ने निहु“मा अमेरिकालगायतका पश्चिमी साम्राज्यवादी देशको सहयोग खोज्ने शासकवर्गको प्रयत्न र त्यस्ता शक्तिहरूको आडभरोसा लिने व्यवहारले देशको शासनमा तिनको प्रत्यक्ष संलग्नता देखा पर्न थालेको छ र देश एक किसिमले तिनको नवउपनिवेशभन्दा अझ गंभीर अवस्थाबाट गुज्रिनु परिरहेको छ ।   
मुलुकको अर्थतन्त्रको अवस्था पनि राष्ट्रिय अर्थतन्त्रको विनाश र कंगालीकरणको दिशातिर अघि बढिरहेको छ । एकातिर राष्ट्रिय अस्मिता बेचेर र देश चुसेर पालैपालो सत्तामा पुग्ने नेता र मुठ्ठीभर शासकहरूको जीवनस्तर यूरोपेली तहमा पुगेको छ भने अर्कातिर पूरै देश कंगालीकरणको नमूना बन्न पुगेको छ । देशको एकहत्तर प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि जीवन गुजार्न विवश छ । मुलुकको वैदेशिक ऋण तीस अर्बबाट बढेर दुई सय अर्बको हाराहारीमा पुगेको छ र आज प्रत्येक नेपालीको शिरमा करिब दश हजार वैदेशिक ऋण्ँको भार छ । विदेशबाट प्राप्त सहायता अनुदान एवं अरबौंको ऋण र नेपाली जनताले तिरेको राजश्वबाट नमूनायोग्य कुनै विकास–निर्माणको काम शासकहरूले गरेर देखाउन सकेका छैनन् । भ्रष्टाचार र कमिशतन्त्रले संसदीय राजनीति र प्रशासनलाई ख्वाल्र्याप्पै निलेको छ । सरकारी स्वामित्वमा भएका केही कलकारखानाहरू र संस्थानहरू समेत बेचेर भ्रष्टाचार गर्ने काम भएको छ । अरबौंको बजेटघाटा, सरकारी कार्यालयको करोडौंको बेरुजु, अरबौंको व्यापारघाटा, विश्वसाम्राज्यवादले सिफारिश गरेको आर्थिक समायोजन, उदारीकरण, निजीकरण तथा खुल्ला बजार नीतिले राष्ट्रिय अर्थतन्त्र ध्वस्त जस्तै बनेको छ । विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा तिनका नेपाली दलालहरू र एन.जी.ओ., आई.एन.जी.ओ. मिलेर मुलुक चुसिरहेका छन् र देशलाई आनो औंलामा नचाइरहेछन् । शिक्षा, स्वास्थ्य जस्तो विषय व्यापार बनेको छ । संकटकाल र सैनिक खर्चको निम्ति भैरहेको व्यभारले अर्थतन्त्र चल्न नसक्ने स्वीकृतिमा भएको कुरो राष्ट्र बैंकका गभर्नर नै गर्न थालेका छन् । देशको सबैभन्दा सृजनशील जनशक्ति युवा पुस्ताको एउटा ठूलो भाग रोजगारको खोजीमा विदेशिन र पराइको कमारो बन्न बाध्य भएको छ । बेरोजगारी र अर्धबेरोजगारीका कारण युवा पुस्ता विकृति, उच्छृङ्खलता र अराजकतातिर धकेलि“दो छ । उद्योगको विकास नाम मात्रको छ । औद्योगिक उत्पादनका नाममा रक्सी, वियर, चुरोट र कोकाकोलाको उत्पादन बढेको छ । विकासको नाममा केही ठूला होटलहरू, रेष्टु“रा, फनिर्सिड्ड हाउसहरू, ब्यूटीपार्लरहरू, सिनेमाघरहरू, सुपरमार्केटहरू र बोर्डिङ स्कूलहरू खुलेका छन् । राज्यआतंक र संकटकालका कारण ती पनि आज टाटपल्टिसकेको स्थितिमा पुगेका छन् । औंलामा गन्न सकिने शोषकहरूका केही ठूला विलासी ढंगका महलहरू बनेका छन् । देशलाई रातोदिन हलोकोदालो गरेर पालिरहेको कृषिप्रधान देशको कुल असी प्रतिशत जनता सबैभन्दा बढी मुलुकमा व्याप्त गरिबी, अभाव, पछौटेपन, रोगभोक र सामन्ती उत्पीडनको शिकार भएको छ । पा“च लाखभन्दा बढी कृषि–श्रमिक परिवार पूर्ण सुकुम्बासी अवस्थामा छ भने करिब त्यत्ति नै परिवारस“ग तीन कठ्ठाभन्दा कम मात्र जमीन छ । एकातिर देशको एक दशमलब पा“च प्रतिशत बसिखाने शोषकहरूको हातमा पन्ध्र प्रतिशत खेतीयोग्य जमिन छ भने अर्कोतिर देशका सत्तरी प्रतिशत गरिखाने किसानको हातमा केवल तीस प्रतिशत जमिन छ । अझ रमाइलो कुरा त के छ भने किसानहितको कुरो गरेर नथाक्ने सत्तारूढ पार्टीहरूले केही समयअघि मात्र मोहीलाई बेदखली गर्ने र आइन्दा किसानले जग्गाधनीको जमिनमा जति रगतपसिना पोखे पनि मोहियानी हक दावी गर्न नपाउने किसानमारा कानून पारित गरेका छन् । सिंचाइ सुविधाको अभाव, सस्तो रूपमा बीउविजन नपाउने समस्या, बैंकहरूको चक्रबृत्ति व्याजले किसानहरू क्रमशः सुकुम्बासी हुन बाध्य भैरहेका छन् ।
आज ०४६ सालको जनआन्दोलनबाट प्राप्त सीमित प्रजातान्त्रिक अधिकारमाथि समेत ठाडो अतिक्रमण भइरहेको छ । कथित प्रजातन्त्रमा रहेको फासिष्ट चरित्र आज प्रष्टतया मुखरित भइरहेको छ । शासक वर्गले संविधानले प्रदान गरेको वैधानिकतालाई निर्लज्ज उल्लंघन गरिरहेको छ । माओवादी समस्याको समाधानको मुख्य उपायको रूपमा चारैतिर प्रतिक्रियावादी हिंसा एवं श्वेतआतंक मच्चाइएको छ । यही क्रममा राज्यआतंक र नरहत्याका घटनाहरूमा दिनदिनै तीब्रता आइरहेको छ ।
त्यति मात्र नभएर आज संसदीय राजनीति पदलोलुपता, विलासी प्रवृत्ति, सुखसुविधा, पैसाको निम्ति जस्तोसुकै काम गर्न पछि नपर्ने घृणित खेलमा परिणत हुन पुगेको छ । संसद्वादी पार्टीका नेताहरू र सांसद्को एक मात्र काम कुर्सीको खोसाखोस र सत्ताको लागि मारामारमा सीमित रहेको छ– संसदीय प्रजातन्त्रको पुनर्बहाली यता । सांसद् र मन्त्रीहरू पैसामा किनबेच हुनु, रातो पासपोर्ट व्यापार गर्नु, चेलीबेटी बेचबिखन गर्नु, पजेरो–प्राडोको निम्ति हुरुक्क हुनु र त्यसको व्यापार गर्नु, सुरासुन्दरीको ओसारपसार गर्नु र नानाथरी भ्रष्टाचारमा चुर्लुम्म डुबेर भ्रष्ट बन्नु आज सामान्य संसदीय आचरण बन्न पुगेको छ । कुर्सी हत्याएपछि र राज्यको सा“चो हातमा पारेपछि जीवनका आदर्श, बाचा र इमान या“क्नु मन्त्री र सांसद्को निम्ति सहज कुरो भएको छ । सारांशमा नेपालको आजको अवस्था यही हो ।
मुलुकको यो गंभीर अत्यासलाग्दो अवस्थाका कारण जनतामा संसदीय व्यवस्थाप्रति असन्तोष बढ्नु र यसको विकल्पको खोजी हुनु अस्वाभाविक थिएन । आज कथित जनयुद्धले आफ्नो वर्चश्व स्थापित गर्नुमा उसको सही कार्यदिशा र नीतिको कारणभन्दा जनताको यही विकल्पको खोजीले बढी काम गरिरहेको छ भन्ने कुरा प्रष्ट नै छ । नेपालको वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक सम्पूर्ण किसिमका शोषण–उत्पीडनबाट मुक्त साम्यवादी आदर्शअनुरूप नया“ जनवादी गणतन्त्रको स्थापना नेपालका आमूल परिवर्तनकारी शक्तिहरूले गर्दैआएका छन् र त्यसनिम्ति उनीहरू क्रियाशील पनि छन् । त्यस्ता शक्तिहरूमध्ये तुलनात्मक रूपमा वैचारिक हिसाबले बढी सही देखिएकाहरूले जनतामा आफ्नो वर्चस्व राम्ररी स्थापित गर्न नसकेको कारण खास खास सवालमा उग्रवामपन्थी, जडसूत्रवादी, अधिभूतवादी र व्यक्तिवादी–अराजकतावादी सोचहरूबाट र सामाजिक फासीवादी व्यवहारबाट ग्रस्त तथापि क्रान्तिकारी कित्तामा रहेको ‘जनयुद्ध’ चर्चा एवं आकर्षण–विकर्षणको विषय भएको छ । 
नेपालमा यथास्थितिको समर्थन गरेर प्रगतिवादी हुन सकिन्छ भन्ने अत्यन्त भ्रामक चिन्तन विकसित हुन खोजिरहेको देखिन्छ । यथास्थितिको समर्थन र प्रगतिको चाहना वास्तवमा एउटै कुरो होइन । वर्तमान सामाजिक संरचनालाई यथावत् राखेर त्यसभित्र सुधारका केही कामहरू गर्नु प्रगतिशील हुनु होइन । प्रगतिशील हुनका निम्ति वर्तमान सामाजिक संरचना एवं त्यसलाई टिकाउन प्रयत्न गर्ने शक्तिहरूको विरोध र तिनका विरुद्ध क्रियाशील रहेका वर्ग एवं जनसमुदायको स्वार्थको पक्षपोषण गर्नु अनिवार्य हुन्छ । तर एकथरी शक्तिहरू नेपाली समाज अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा छ, सामन्तवाद, दलाल तथा नोकरशाही पू“जीवाद र साम्राज्यवाद तथा विस्तारवाद नेपाल र नेपाली जनताका आधारभूत शत्रुहरू हुन् भन्ने कुरालाई स्वीकार गर्दागर्दै पनि सामन्त, दलाल तथा नोकरशाह पू“जीपति वर्गको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र प्रतिक्रियावादी संसदीय व्यवस्थाले नेपाल र नेपाली जनताका उल्लेखित शत्रुहरूलाई नै सुरक्षा गर्ने काम गरिरहेको छ र नेपाली समाजको आमूल परिवर्तनमा बाधाव्यवधान खडा गरिरहेको छ भन्ने कुरोलाई चाहिं नेपाली जनताबाट लुकाउने काम गरिरहेका छन् । उनीहरू हाक्काहाकी वर्तमान संसदीय प्रजातन्त्रलाई ‘संस्थागत गर्ने’ र ‘सुदृढ बनाउने’ नारा अघि सारिरहेका छन् । वास्तवमा नेपाली समाजलाई आमूल परिवर्तन गर्ने कुरो र वर्तमान संसदीय व्यवस्थालाई सुदृढ पार्ने नारा पूर्णतया एकअर्काका विरोधी छन् । २०४६ को जनआन्दोलनबाट प्राप्त केही सीमित उपलब्धिहरूको सुरक्षाको नारा प्रगतिशीलहरूका निम्ति उपयुक्त भए पनि वर्तमान संसदीय व्यवस्थालाई सुदृढ गर्ने नारा भने सर्वथा गलत छ । किनभने संसदीय व्यवस्थालाई सुदृढ गर्नु भनेको यथास्थितिलाई मजबुत पार्नु र वर्तमान प्रतिक्रियावादी वर्गहरूको वर्गीय स्वार्थ र आम जनतालाई दमन गर्ने तिनको राज्यसत्तालाई नै अरू सुदृढ बनाउनु हो ।
यो विषयलाई वर्गीय रूपबाट नहेर्ने परिपाटीबाट सृजित समस्या हो । प्रजातन्त्र भनेको राज्यसत्ताको एउटा रूप हो र राज्यसत्ता सत्तारूढ वर्गद्वारा अर्को वर्गको विरुद्ध र जनसंख्याको एउटा हिस्साद्वारा अर्को हिस्साको विरुद्ध व्यवस्थित बलप्रयोगको संगठन हो । नेपालमा स्थापित संसदीय प्रजातन्त्र (पू“जीवादी प्रजातन्त्र) यही वर्गीय आधिपत्यको उपकरण बाहेक अरू केही होइन । यो सीमित, बन्देजयुक्त, छा“टका“ट पारिएको, झुठो, पाखण्डी र धनीहरूका लागि मात्र अनुकूलको छ । गरिबी र अभावमा जीवन बिताउनु परेकाहरूले यसको उपयोग गर्न सक्दैनन् । वर्गीय अन्तर्वस्तुका कारणले यसले सत्तारूढ वर्गहरूको हित र शोषणपद्धतिको रक्षा गर्दछ र आम नेपाली जनताको इच्छालाई त्यतिखेरसम्म मात्र क्रियान्वित गर्दछ जबसम्म त्यस इच्छाले सत्तारूढ वर्गको हितमा आघात पु¥याउ“दैन । अर्को यो फासिष्ट प्रवृत्तिबाट सर्वथा मुक्त पनि हु“दैन । शोषक–शासक वर्गहरूको हितलाई अघि बढाउन, आम जनतालाई दमन गर्न र धोखा दिनका लागि प्रजातान्त्रिक भनिने संस्था र अधिकारहरू उपयोग हुने स्थिति रहेसम्म तिनलाई क्रियाशील हुन दिइन्छ । तर श्रमिक जनताले आफ्ना जायज मागहरूको पक्षमा तिनको उपयोग गर्न थालेपछि र त्यस्तो उपयोगले शोषक वर्गहरूको हितमा धक्का पुग्न थालेपछि भने प्रजातन्त्रको वैधानिकतालाई च्यातचुत पारेर शोषकहरूले खुल्ला रूपमा हिंसा र आतंकका फासिष्ट तरिकाहरू प्रयोग गर्दछन् । जनताबाट आफ्नो पक्षमा विचारधारात्मक सहमति लिन असक्षम हुने वित्तिकै पू“जीवादी प्रजातन्त्रले तानाशाही रूप ग्रहण गर्दछ । आजको संकटकाल यसकै प्रमाण हो । नेपालमा सरकार–माओवादी वार्ताको अघिल्लो दिनसम्म भइरहेको संविधानप्रदत्त अधिकारहरूको उल्लंघन र अखण्ड हत्या, आतंक पनि त्यसैको उदाहरण हो । 
सामन्तवादविरोधी पू“जीवादी क्रान्तिको युगमा, ऐतिहासिक विकासको एउटा निश्चित चरणमा आएर पू“जीवादी प्रजातन्त्रको उत्पत्ति भएको थियो र प्रजातान्त्रिक गणतन्त्र, राष्ट्रपतीय शासनप्रणाली, संवैधानिक राजतन्त्र, संसदीय शासनप्रणाली र फासिष्ट शासन आदि विभिन्न रूपमा यो प्रकट हुने गरेको छ । पू“जीवादी प्रजातन्त्र सामन्ती अधिनायकवादी शासनका विरुद्ध जनताको संघर्षको परिणाम हो भने संवैधानिक राजतन्त्र चाहिं पू“जीवादी प्रजातन्त्रवादी र राजतन्त्रात्मक अर्थात् सामन्ती शक्तिहरूका बीचको सम्झौताको उपज हो । मध्ययुगीन निरंकुश राजतन्त्रात्मक व्यवस्थाका तुलनामा यो प्रगतिशील हुन्छ तापनि पू“जीवादी प्रजातन्त्र विशाल बहुसंख्यक श्रमजीवी जनतामाथि मुठ्ठीभर शोषकहरूको आधिपत्य राख्ने र तिनको हितको संरक्षण गर्ने साधन एवं पू“जीवादी अधिनायकत्व नै हो । आमूल समाज रूपान्तरणकारी विचारहरूको व्यापक प्रचारका लागि र वर्गसंघर्षको संगठन एवं विस्तारका लागि यसले निरंकुश शासनव्यवस्थामा भन्दा बढी अवसर एवं माध्यम प्रदान गर्दछ । यही नै यसको एक मात्र प्रगतिशील पक्ष हो । पू“जीवादी प्रजातन्त्रको यस प्रगतिशील पक्षलाई अतिरञ्जित गरेर सत्तारूढ वर्गबाट आर्थिक लाभ, पद एवं स–साना सहुलियतहरू लिएर सिद्धान्त एवं नीतिको परित्याग गर्नेहरू संसदीय प्रजातन्त्रलाई समाजको आमूल परिवर्तन ल्याउने काममा लगाउन सकिन्छ र शान्तिपूर्ण उपायबाट, संसद्मा बहुमत ल्याएर आमूल परिवर्तनको कार्यक्रम पूरा गर्न सकिन्छ, यस निम्ति क्रान्तिकारी वर्गसंघर्ष र सशस्त्र संघर्षको कुनै आवश्यकता छैन भन्ने निष्कर्ष निकाल्दछन् । यही कारण, उनीहरू आफ्ना सम्पूर्ण राजनीतिक तथा सांगठनिक गतिविधि यही विश्वासबाट निर्देशित गर्दछन् र पू“जीवादी संसद्लाई आफ्नो राजनैतिक क्रियाकलापको मुख्य क्षेत्र बनाउने गर्दछन् । त्यतिमात्र नभएर उनीहरू कतिपय सन्दर्भमा प्रजातन्त्रलाई अवर्गीय चीजको रूपमा समेत ग्रहण गर्दछन् । उनीहरूका दृष्टिमा संसदीय प्रजातन्त्रमा मौलिक प्रजातान्त्रिक अधिकारहरूको उपस्थितिका कारण, त्यहा“ कुनै वर्गको आधिपत्य रहेको हु“दैन । यो एकदमै गलत चिन्तन हो । मध्ययुगीन सामन्ती शासनव्यवस्थाका तुलनामा पू“जीवादी प्रजातन्त्र प्रगतिशील भए पनि यो प्रजातन्त्र अल्पसंख्यक केही शोषकहरूको वर्गीय हितको संरक्षण गर्ने साधन मात्र हो । वर्तमान सन्दर्भमा यस अन्तर्गत स–साना सुधारहरू, वर्गीय शोषणमा आमूल परिवर्तनकारी खतरा नपु¥याउने किसिमका सुधारहरू हुन सक्दछन्, जनसंघर्षको माध्यमबाट केही सहुलियतहरू प्राप्त हुन सक्दछन्, तर शोषक वर्गको हातबाट श्रमजीवी जनताको हातमा सत्ता स्थानान्तरण गर्ने र तत्कालीन शोषण–व्यवस्था उन्मूलन गरी नया“ समाजव्यवस्थाको निर्माण जस्तो महान्, गंभीर र आमूल परिवर्तनकारी काम पूरा हुन सक्दैन । त्यसका निम्ति त ठूलठूला वर्गसंघर्षको, क्रान्तिको अनिवार्यता हुन्छ, हुन्छ । पू“जीवादी प्रजातन्त्रको ठाउ“मा जनताको प्रजातन्त्र वा समाजवादी प्रजातन्त्रको स्थापना क्रान्तिकारी उपायबाट मात्र संभव छ ।
ज्या“ पाल सात्र्र कुनै प्रगतिवादी साहित्यकार होइनन् । उनी समेत के भन्ने गर्थे भने ‘कुनै युगको साहित्य आफ्नो युगलाई समग्रतामा आत्मसात् गर्नु बाहेक अरू के हो र ?’ आजको अवस्थामा प्रगतिवादी साहित्यकारले पनि आफ्नो युगलाई समग्रतामा आत्मसात् गर्दै त्यसलाई माथि उल्लेख गरिएको अवस्थाअनुरूप साहित्यमा प्रतिबिम्बन गर्न सक्नुपर्दछ । आफ्नो युगलाई अर्थात् यतिखेरको सामाजिक, आर्थिक, राजनीतिक अवस्थालाई समग्रतामा आत्मसात् गर्ने प्रक्रियामा नै साहित्यले आजको युगको यथार्थलाई उद्घाटित, निरूपित र प्रस्तुत गर्दछ । यस्तो खालको साहित्यबाट आफ्नो वास्तविक स्थितिका सम्बन्धमा परिचय प्राप्त गरेर नै जनताले आफ्नो मुक्तिको संघर्षलाई अघि बढाउने हो । साहित्यको आन्तरिक द्वन्दात्मक प्रक्रियाको एउटा विशेषता के हो भने एकातिर यसले सामाजिक यथार्थ, सामाजिक सम्बन्धहरू र समाजमा सक्रिय भौतिक वैचारिक शक्तिहरूको क्रियाशीलताको प्रतिबिम्बन गर्दछ भने अर्कातिर प्रभावकारी रूपबाट सामाजिक परिवर्तनको प्रेरक शक्ति र चेतनाको पनि निर्माण गर्दछ । 
युगको समग्र यथार्थको प्रतिबिम्बन गर्नु भनेको कुनै खण्डित यथार्थ अर्थात् ‘नवीन यथार्थ’ वा कथित पुरानो यथार्थमा मात्र सीमित रहेर साहित्य सृजना गर्नुपर्दछ भन्ने होइन । गतिशील यथार्थको सक्रिय प्रतिबिम्बनको क्रममा यथार्थप्रति इमानदार साहित्यकारले समाजलाई सम्पूर्णमा प्रतिबिम्बन गर्न सक्ने स्थिति र संभावना रहेकाले साहित्यकारले एकातिर आफ्नो वर्गको सीमा नाघ्न सक्तछ भने कतिपय अवस्थामा साहित्यकारको घोषित चिन्तन र वर्गीय विचारधारा अनुरूप नै रचनामा यथार्थको प्रतिबिम्बन नहुने संभावना पनि रहन्छ । वास्तविक सामाजिक यथार्थलाई प्रतिबिम्बन गरिएको यथार्थको समकक्षमा राखेर मूल्यांकन गर्ने र त्यस कृतिले आम जनताको हितलाई व्यक्त गर्छ कि गर्दैन, जनताका बैरीहरूको हितविरुद्ध त्यस्तो कृतिको उपादेयता छ कि छैन ? भन्ने आधारमा मात्र हामीले साहित्यकारलाई प्रगतिवादी हो कि प्रगतिवादी होइन भनी मूल्यांकन गर्ने गर्नुपर्दछ । प्रगतिवादको काम नया“ वा पुरानो यथार्थको संकुचित सीमारेखा नकोरी आजको नेपालको समग्र यथार्थलाई प्रस्तुत गर्ने, उत्पीडित जनताको स्वार्थलाई व्यक्त गर्ने र प्रतिक्रियावादको स्वार्थका विरुद्ध उभिने रचनाहरू सृजना गर्नु हो । प्रगतिवादको आजको दायित्व यो र ऊ यथार्थको विवाद सृजना गर्नुभन्दा बढी जीवनसत्यताको अवधारणाअनुरूप साहित्य सृजन गर्नु, क्रान्तिकारी विकासको क्रममा यथार्थलाई प्रतिबिम्बन गर्नु, समाजवाद एवं साम्यवादको भावनाअनुरूप जनतालाई वैचारिक एवं सौन्दर्यात्मक शिक्षा दिनु, सर्वहारा वर्ग एवं उत्पीडित जनसमुदायलाई आलोचनात्मक यथार्थवादले झैं दुःख भोगिरहने, शोषण–दमन सहेर मात्र बसिरहने सहनशील र समर्पणवादी वर्गका रूपमा मात्र चित्रित नगरी आन्तरिक र बाह्य बन्धनबाट आफू र सम्पूर्ण मानवजातिलाई मुक्त गर्ने आफ्नो कर्तव्य, अधिकार एवं क्षमताप्रति सजग, जुझारु र संघर्षशील वर्गका रूपमा चित्रण गर्नु, बाह्य यथार्थको चित्रणमा सीमित नरही अतीत, वर्तमान र आगत तीनोटै यथार्थलाई भविष्यदृष्टिसहित व्यक्त गर्नु हो । यसो गर्दा साहित्यकारले यथार्थलाई आधार बनाउने, त्यसलाई सटीक रूपबाट चित्रण गर्ने, त्यसको सार प्रस्तुत गर्ने, त्यसमा हुने विकास, गति र संघर्षलाई अनुभव गराउने, त्यसको संभाव्यपूर्ण चित्र प्रस्तुत गर्ने र संघर्षका क्रममा विकसित हुने सकारात्मक पात्रहरूलाई उभ्याउने कार्य गर्नुपर्दछ । सारमा भन्नुपर्दा गत शताब्दीका विश्वका महान् प्रगतिवादी साहित्यकार बर्तोल्त ब्रेख्तले यथार्थवादको उद्देश्य भनेर जे कुराहरू औंल्याएका थिए, ती आज पनि प्रगतिवादी साहित्यकारका निम्ति आदर्शको विषय बनेका छन् । उनले भनेका थिए– ‘समाजको कार्यकारणप्रक्रियाका जटिलताहरू अन्वेषण गर्नु, समाजमा प्रभुत्वमा रहेको शासक वर्गको विचारधारालाई अनावरण गर्नु, तत्काल मानवसमाजले जुन भीषण कठिनाइहरू भोग्नु परिरहेको हो, तिनबाट मुक्ति पाउन सर्वाधिक व्यापक उपायहरू प्रस्तुत गर्ने सर्वहारा वर्गको दृष्टिकोणबाट रचनाहरू सृजना गर्नु, विकासशील तŒवहरूलाई महŒव दिनु, संभावनाहरूलाई मूर्त रूप दिनु र ठोस वस्तुस्थितिबाट संभावित सामान्य निष्कर्ष निकाल्नु यथार्थवादको उद्देश्य हो ।’ वास्तवमा यो प्रगतिवादको पनि उद्देश्य हो र आजको अवस्थामा प्रगतिवादी साहित्यले माथि उल्लेख गरिएको अवस्थालाई आफूमा समावेश गरी बे्रख्तले भनेकै कार्यहरू गर्नुपर्दछ । यसो नगर्ने साहित्य प्रगतिवादी साहित्य हुन सक्दैन ।
– सानेपा, ललितपुर


कविता
खोला 
कुन्ता शर्मा 
खोला मौन थियो 
शरद पूर्णिमाका जुलेनीहरू 
खेल्न पाएनन् छातीमा 
नीर निलिमायुक्त आकाश 
अटाउन पाएन वक्षमा 
खोला निःशब्द थियो, क्लान्त थियो 
खोला व्यथित थियो, मरणान्त थियो । 

विकृतिहरूले पत्रपत्र भएर छोपिदियो 
यसको छाती 
बिसड्डतिले  थुप्रा थुप्रा भएर ढाकिदियो 
यसको वक्ष 
मधुर सुुसेली हरायो, मिठो बोली हरायो 
जीवन्तता हरायो, प्रसन्नता हरायो 
लक्ष्य हरायो, मिठो बोली हरायो 
जीवन्तता हरायो, प्रसन्नता हरायो 
लक्ष्य हरायो, गन्तव्य हरायो 
चञ्चलता हरायो, गतिशीलता हरायो । 

एकदिन बाढी आएर सबै छताछुल्ल भयो 
दुर्गन्धहरू वगे, फोहोरहरू वगे 
खोलाले फेरि सुसेल्यो 
खोलाले फेरि मिठो बोली बोल्यो 
खोला स्वच्छ भयो, खोला सुन्दर भयो 

तर मलाई थाहा छ 
जब वर्षा थामिनेछ 
फेरि लामो समयसम्म खोला मौन रहनेछ 
ऋतुहरू फन्को मार्दै जानेछन् 
खोला छातीभरि भरि दुर्गन्ध बोकेर 
हस्स गन्हाउ“दै निःशब्द हुनेछ 
मौन हुनेछ 
त्यसैले खोला स्वच्छ हुन 
खोलाको कलकल गीत सुन्न 
खोला छोपिनु हु“दैन महŒवाकांक्षाका 
रासहरूले 
खोला पुरिनु हु“दैन आशंका र अविश्वासले । 

सच्चा श्रद्धाञ्जलि 
धनप्रसाद सुवेदी ‘श्रमिक’ 
जब शासक अन्धो भै क्रूरता लाद्न थाल्दछ 
कालो सा“प सरी बन्दै दुनिया“ डस्न थाल्दछ 
अ“ध्यारो रातले ढाक्छ धर्ती निष्पट्ट बन्दछ 
त्यै बेला प्राणको रा“को झोस्ने शहीद बन्दछ । 
जो मरेर पनि बा“च्छ दुनिया“ ऊ बचाउ“छ 
त्यही सपूत धर्तीको प्यारो शहीद नाउ“ छ । 
हाम्रो देश रहेको छ उही शहीद भै दिंदा 
हामी उभिन सक्या छौ उही अडिग भै दिंदा । 
रातो रगत उसैको हाम्रो गुरा“स हा“स्दछन् 
बा“की उत्साह उसैको हाम्रा उमड्ड ना“च्दछन् । 
गाउ“छन् कोइली गीत उसकै स्वतन्त्र प्रेमले 
लाउ“छन् चन्द्रमा प्रीत उसकै सौन्दर्य प्रेमले । 
ऊ भएरै त हामी छौं उज्यालो देख्न पाउ“छौं 
उही प्रेरक भैदिंदा हामी उन्मुक्त लेख्दछौं । 
लड्छ ऊ अरूकै निम्ति के दिनु लिन्छ के र ऊ ?
भन्छ ऊ जाति र राष्ट्रको सधैं रक्षक भै रछ । 
“नमिल्दा ढल्न लागेका थोत्रा संरचना सबै 
ध्वस्त पारी नया“ राम्रो बिरुवा रोप्नुपर्छ है” 
यही मन्त्र जपी यौटै यही बाटो हिंडे यहा“ 
सच्चा श्रद्धाञ्जलि होला हाम्रा शहीद पाउमा । 
(शहीद दिवस २०५७) 
नेर्पा– ९, खोटाङ 


No comments:

Post a Comment