वेदना
साहित्यिक त्रैमासिक
वर्ष ३९, अङ्क १, पूर्णाङ्क -७६
साउन–भदौ–असोज, २०६९
सल्लाहकार
निनु चापागाईं
डा. महेश मास्के
मातृका पोखरेल
प्रकाशक
दिल वरदान
सुवास श्रेष्ठ
सम्पादक
सङ्गीतश्रोता
प्रमोद धिताल
आवरण कला
टाइम्स क्रियसन
पुतलीसडक, काठमाडौं
ले–आउट
भीम राई
कार्यालय
नयँ“ बानेश्वर, काठमाडौं
पो.ब.नं. २४००
मुद्रण
पिपुल्स प्रेस, बागबजार
मूल्य
रु. ६०/-
विषयसूची
सम्पादकीय
सांस्कृतिक आन्दोलन र वेदनाको यात्रा २
स्मृति/संस्मरण
प्रचण्ड ः कमरेड घनश्याम :
बौद्धिक–सांस्कृतिक योद्धा ३
कविता÷गीत
पूर्ण विराम :नासल चोकको म्याना ७
लोकेन्द्र विष्ट मगर : जापान ९
निभा शाह : संसार ९
मित्रलाल पंज्ञानी :लाटाले कुरो बुझेपछि १०
अमर गिरी : भन्नुस् न कमरेड ११
केशव सिलवाल : सुरुङमार्ग १२
बलराम तिमिल्सिना : खोजिरहेछु पहिचान ४३
सत्य पहाडी :पहरामा डोब ४४
टीकाराम उदासी : ऐजेरु ६१
विष्णु भण्डारी : समय र घोडाहरू ८७
सौन्दर्य चिन्तन
चैतन्य : नेपालमा माक्र्सवादी सौन्दर्य चिन्तन १३
कथा
इस्माली : श्रीको खोजी ४५
झलक सुवेदी :हलाहल ५०
विवश वस्ती : औंला ५८
सङ्गीत
जीवन शर्मा : गीतको सौन्दर्य ६२
समालोचना/समीक्षा
डा. गोपीन्द्र पौडेल :घनश्याम ढकालको
कथाकारिता : प्रवृत्तिगत सर्वेक्षण र मूल्याङ्कन ६५
तेजविलास अधिकारी : कवि अधिकारीको
सुरुङ खन्दैछन् मुसाहरू ८८
अनुवाद
बर्नार्ड गुलेमिन : बर्तोल्त ब्रेख्तसित कुराकानी ९२
सम्पादकीय
सांस्कृतिक आन्दोलन र वेदनाको यात्रा
झण्डै चार दशक अघि आरम्भ भएको वेदनाको यात्रा विभिन्न उकाला ओराला पार गर्दै आज ७६ औं अङ्कमा आइपुगेको छ । वेदनाको यात्राको थालनीताकाको सामाजिक–राजनीतिक परिवेश अर्कै थियो । अहिले देश बेग्लै परिस्थिति र मोडमा आइपुगेको छ । २०३० र ०४० को दशकको एकदलीय निरङ्कुश पञ्चायतदेखि ०४६ सालयताको बहुदलीय संसदीय व्यवस्था, ०५२ सालदेखिको उथलपुथलकारी दशवर्षे जनयुद्ध, २०६२÷०६३ को १९ दिने जनआन्दोलन र संविधान सभा निर्वाचनपछिको संघीय गणतन्त्रात्मक व्यवस्थासम्म वेदना निरन्तर यात्रारत छ र निरन्तर नेपाली प्रगतिवादी÷प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनको अग्रमोर्चामा यो क्रियाशील छ । यात्रामा यदाकदा कतिपय बाध्यता र अफ्ठेराबीच सुस्ताउन र बिसाउन पर्ने अवस्था आउनु एउटा यात्रीका लागि धेरै अस्वाभाविक कुरा पक्कै होइन । वेदनाका हकमा पनि कतिपय सन्दर्भमा सुदूर गन्तव्यमा निस्केको एउटा यात्रीको परिस्थिति लागू भएको छ । गणतन्त्र स्थापनायता ७५ औं अङ्क प्रकाशन भएपछि यसको यात्रा केही समय स्थगित जस्तो थियो । अहिले फेरि नया“ व्यवस्थापन र नया“ सङ्कल्पसहित यसको प्रकाशनारम्भ भएको छ । यो अवसरमा वेदनाका सम्पूर्ण लेखक, पाठक, शुभचिन्तक, पूर्व सम्पादक–सञ्चालक, सल्लाहकार, विज्ञापनदाता सबैमा हामी खुशी बा“ड्न चाहन्छौं ।
वेदनाबारे जानकारी राख्ने धेरै लेखक÷पाठकलाई थाहा छ, यसको आफ्नै इतिहास, पृष्ठभूमि र प्रवृत्तिगत पहिचान छ । आफूले हिंडेको बाटोमा वेदनाले पाइतालाका नमेटिने छाप छोडिसकेको छ । नेपालको प्रगतिशील÷प्रगतिवादी साहित्यिक आन्दोलनको विकास र विस्तारमा यसले पु¥याएको योगदानको सच्चा मूल्याङ्कन एक हिसाबले भइरहेको पनि छ र भविष्यमा पनि हुने नै छ । अहिलेको नया“ विकसित सामाजिक–राजनीतिक र सांस्कृतिक परिस्थितिमा अबको वेदना पनि नया“ र फरक ढङ्गले अघि बढ्ने प्रण गरेको छ । यो विशुद्ध साहित्यिक पत्रिका मात्रै होइन, नेपाली सांस्कृतिक आन्दोलनको छलफलको केन्द्र पनि बन्न प्रयत्न गर्ने छ । यसले परम्परागत प्रवृत्ति र धारलाई मात्रै बोकेर हिंड्ने छैन, साहित्यिक–सांस्कृतिक क्षेत्रमा बहसमा आइरहेका वा बहसमा ल्याउनै पर्ने नया“नया“ विषयका लागि पनि ढोका खोल्नेछ । हामीले साहित्य–संस्कृतिका अलावा इतिहास, समाजशास्त्र तथा अर्थराजनीतिस“ग सम्बन्धित विचारप्रधान सामग्रीलाई पनि समेटेर लैजाने सोच बनाएका छौं । विषयको महत्वलाई ध्यानमा राखी हरेक अङ्कलाई विशेष अङ्कका रूपमा प्रकाशन गर्ने चा“जो मिलाइनेछ । नेपाली साहित्य जगतमा प्रगतिवादी शिविरको उपस्थिति जबर्जस्त छ, सिर्जना, समालोचना, प्रकाशन वा अन्य गतिविधि सबै हिसाबले प्रगतिवाद नै अहिलेको नेपाली साहित्यको मूलधार हो । यसो हु“दाहु“दै पनि प्रगतिशील÷प्रगतिवादी साहित्यको स्तरवृद्धि चिन्ताको विषय पनि हो । यतिखेर सामाजिक दायित्वबोधसहित लेखिएको नेपाली साहित्यलाई समृद्ध पार्दै जान आवश्यक छ । त्यसका लागि वेदनाले छलफल–बहस र प्रकाशनको साझा चौतारीको भूमिका निर्वाह गर्नेछ ।
गणतन्त्र स्थापनाको आन्दोलन र त्यसयताको झण्डै आधा दशक लामो समयावधिमा प्रगतिवादी साहित्य र समग्र नेपाली साहित्यले पनि प्रवृत्तिगत रूपमा नया“ मोड लिंदै गएको छ । सिर्जनाको क्षेत्रमा युवा पुस्ताका स्रष्टाको उपस्थिति निकै प्रभावकारी र भरोसायोग्य हु“दै आएको छ । कृति प्रकाशनका सन्दर्भमा पनि पछिल्ला दिनमा युवाहरू नै हस्तक्षेपकारी भूमिकामा देखिएका छन् । समीक्षा–समालोचना विधामा युवाहरूको कलम अपेक्षित कम चलेको र गम्भीर अध्ययनमा पनि कम रुचि देखाउने गरेको गुनासो बेलाबखत सुनिने गर्छ । तर, कृतिको परख तथा सटिक मूल्याङ्कन गर्नमा युवाहरू कम छैनन् भन्ने कुराका साक्ष्य हुन सक्छन्् अचेल अखबारी समीक्षामार्फत् उदाइरहेका कतिपय युवा समीक्षकहरू । वेदना युवा स्रष्टा–द्रष्टाको आगमनलाई स्थापित गर्ने र उनीहरूको योगदानलाई व्यवस्थित रूपमा सङ्केन्द्रित गर्ने कार्यमा अग्रसरता लिन चाहन्छ । युवा लेखक÷साहित्यकार तथा समालोचकहरूको साझा मञ्चका रूपमा भूमिका खेल्नु र उनीहरूलाई उत्प्रेरित गर्नु वेदनाको एउटा मुख्य दायित्व नै हो ।
अन्त्यमा, वेदनाको आउ“दो यात्रा कम चुनौतीपूर्ण छैन भन्नेमा हामी सचेत छौं । नेपालको समग्र पत्रकारिता जगत नै आर्थिक हिसाबले सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेका बेलामा साहित्यिक पत्रकारिताले मात्रै व्यवसायिक उकालो लाग्ने अपेक्षा गर्न सकिन्न । तर, वेदना सम्पूर्ण रूपमा व्यवसायिक धर्मलाई मात्रै आ“खा चिम्लेर अ“गालो हाल्ने पत्रिका नभएकाले यसले अहिलेको बजारव्यवस्थामा मात्रै भर पर्ने छैन । वेदनाको जीवन भनेकै यसका सचेत पाठक, लेखक, शुभचिन्तक र सांस्कृतिक आन्दोलनका सहयात्रीहरू हुन् । साहित्य सिर्जनालाई पनि विशुद्ध खरिदबिक्रीको माल मात्रै ठान्ने अहिलेको पु“जीवादी–उपभोक्तावादी बजारव्यवस्थास“ग जुधेर कला, साहित्य र संस्कृतिलाई जीवनको सार्थकता र समाजरूपान्तरणको अभियानस“ग जोड्ने हाम्रो प्रयासमा सम्पूर्ण वेदनाप्रेमीको सहयोग अपेक्षित छ । आखिर वेदनाले टेक्ने र टिक्ने भूमि पाठक–शुभचिन्तकहरूकै मन हो । यहा“हरूका रचनात्मक र आलोचनात्मक सुझाव पाउने आशा गरेका छौं ।
कमरेड घनश्याम ः बौद्धिक–सांस्कृतिक योद्धा
प्रचण्ड
कमरेड घनश्याम ढकाल नेपालको साहित्यिक आकाशको एउटा धरोहर हुनुहुन्थ्यो । पछिल्लो समयमा उहाँ अखिल नेपाल लेखक सङ्घ र प्रगतिशील लेखक सङ्घको केन्द्रीय अध्यक्ष रहेर नेपाली माक्र्सवादी साहित्यिक–सांस्कृतिक आन्दोलनको नेतृत्व गरिरहनु भएको थियो । २०३१ सालदेखि पार्टीनिकट रही २०३६ सालदेखि कम्युनिस्ट पार्टीमा सक्रिय हुनुभएका कमरेड ढकाल नेपालको कम्युनिस्ट आन्दोलन तथा सर्वहारावादी सांस्कृतिक आन्दोलनका प्रतिबद्ध, इमान्दार तथा सक्रिय अगुवा स्रष्टा एवं सङ्घर्षशील व्यक्ति हुनुहुन्थ्यो । उहाँले धेरै ठूलो मेहनत र सङ्घर्षका बीचबाट नेपाली प्रगतिवादी साहित्यमा निकै ठूलो योगदान गर्नुभएको छ । उहाँ एउटा कम्युनिस्ट हुनुहुन्थ्यो । कम्युनिस्ट हुनुका नाताले उहाँ जहिले पनि एउटा विचार र सिद्धान्तबाट निर्देशित भएर नै साहित्यको सिर्जना गर्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । उहाँ एउटा साहित्यकारका रूपमा, बुद्धिजीवीका रूपमा र विचार विश्लेषकका रूपमा पनि स्थापित हुनुहुन्थ्यो ।
अहिले उहाँलाई स्मरण गरिरहँदा मलाई झण्डै तीन दशकअघिको याद भइरहेको छ । पहिलो पटक भूमिगत अवस्थामा ४० को दशकमा उहाँसँग मेरो भेट भएको हो । उहाँ कास्की जिल्लाको एउटा बुद्धिजीवी कम्युनिस्ट हुनुहुन्थ्यो । हामी क्रान्तिको तयारीको एउटा विशिष्ट प्रक्रियामा थियौं । त्यतिबेला उहाँले बडो तर्कपूर्ण ढङ्गले मैले पेश गरेको त्यतिबेलाको प्रस्तावका पक्षमा आफ्ना विचारहरू सशक्त रूपमा राख्नुभएको थियो । मेरो दिमाग त्यतिबेला कमरेड घनश्याम ढकालको बौद्धिक व्यक्तित्वप्रति आकर्षित भएको थियो । त्यहाँदेखि यहाँसम्म आउँदा नेपालको राजनीतिमा धेरै घुम्ती–मोडहरू, धेरै उतार चढावहरू भए । धेरै ठूल्ठूला क्षति र उपलब्धीहरू पनि भए । विचारधाराका क्षेत्रमा धेरै ठूला बहस र लडाइँहरू पनि भए । व्यवहारिक सङ्घर्षका क्रममा जीवनमा ठूल्ठूला युद्ध, त्याग, बलिदानहरू पनि भए । यी सबै उतारचढावमा कमरेड घनश्याम ढकालको अविचलन निरन्तरता रह्यो । विचार, राजनीतिक प्रवृत्ति र धारामा म जहाँजहाँ रहेँ, कमरेड घनश्याम ढकाल त्यहीँत्यहीँ रहनुभयो । अर्थात् राजनीतिको लडाइँमा हामी सँगै रह्यौं । अहिले उहाँको असाध्यै दुःखद् र असामयिक निधन भएको घटनाले हामी सबैलाई स्तब्ध बनाएको त छ नै । त्यो कुरा साहित्यिक–सांस्कृतिक क्षेत्रले अझ बढी गहिरोसँग अनुभूत गरेको छ । साथै नेपाली कम्युनिस्ट आन्दोलनको विचारधारात्मक सङ्घर्षमा र राजनीतिक सङ्घर्षमा समेत उहाँको ठूलो अभाव खड्केको छ । आन्दोलनको जुन विशिष्ट घडीमा अहिले हामी आइपुगेका छौं, यतिबेला कमरेड ढकालको उपस्थिति झन् जरूरी थियो ।
कमरेड घनश्याम ढकालमा पदको कुनै महत्वाकाङ्क्षा थिएन । मैले यति मात्र भन्नु नै पर्याप्त हुन्छ भन्ने लाग्छ । ४० को दशकमै उहाँलाई पार्टीको केन्द्रीय समितिमा आउन मैले धेरै पटक अनुरोध गरेको थिएँ । तर उहाँले आफू केन्द्रीय समितिमा आएरभन्दा बाहिरै रहेर काम गर्न सक्ने कुरा पटक पटक बताउनुभयो । उहाँको चाहना हुन्थ्यो भने अहिले हाम्रो पार्टीको माथिल्लो ठाउँमा आइसक्नुहुन्थ्यो । तर, उहाँले तलै बसेर पार्टीले लिएको राजनीतिक लाइन, विचारधारात्मक लाइन, पार्टी नेतृत्वको सङ्घर्षलाई म सहयोग गर्न सक्छु भन्ने विश्वास व्यक्त गर्नुभयो । र, जीवनभरि आफ्नो भनाइमा अडिग रहनुभयो ।
पछिल्लो चरणमा हामी नेपालको इतिहासमै असाध्यै गम्भीर सङ्क्रमणकालमा छौं । यो हामी सबैले महसुस गरेकै कुरा हो । शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रियाको जुन चरणमा छौं, यो देश सिङ्गै इतिहासको एउटा यस्तो कालखण्डबाट गुज्रिएको छ, यो कालखण्ड हामीले सफलतापूर्वक समापन गर्न सक्यौं भने नेपालले निकै ठूलो फड्को मार्दै अगाडि बढ्ने र यो सुन्दर देश छिट्टै एउटा समृद्ध र सभ्य देशमा परिणत हुने सम्भावना छ । यो सङ्क्रमणकाललाई हामीले ठीक ढङ्गले समापन गर्न सकेनौं भने निकै ठूलो दुर्घटनामा देश पर्न सक्ने र हामी नेपाली जनता निकै अप्ठ्यारो भूमरीमा पर्न सक्ने खतरा पनि छ । यस्तो बेलामा स्वभावैले पार्टी–पार्टीहरूका बीचमा पनि हाम्रा बहसहरू छन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी) वा अन्य पार्टीहरूको बीचमा पनि थुप्रै बहसहरू छन् । त्यो बहसभित्र हामीले एकताको खोजी पनि गरिरहेका छौं किनकी एकता र सहमतिबिना हामी अहिलेको देशको यो परिस्थितिलाई सम्हालेर हाम्रो भावी पुस्ताको निम्ति, आम नेपाली जनताको निम्ति एउटा समृद्ध भविष्य दिन सक्दैनौं भन्ने विश्वास पनि छ । यतिबेला प्रत्येक पार्टीभित्र पनि बहस छ । स्वभावैले यो संक्रमणकालको बहस पार्टीहरूभित्र चल्नु अन्यथा होइन । यो बहसको बेलामा र यो देशको राजनीति नै बहसमय भएको वा सबै पार्टीहरूभित्र बहस भएको अवस्थामा घनश्याम ढकाल हमेशा एउटा द्वन्द्वात्मक भौतिकवादी कित्तामा, मेरो नेतृत्वको राजनीतिक लाइनको कित्तामा, अन्तिमसम्म निकै दह्रोसँग उभिराख्नुभएको थियो । पछिल्लो चरणमा शान्ति प्रक्रिया कसरी सम्मानजनक निष्कर्षमा पु¥याउने र संविधान निर्माण प्रक्रियालाई कसरी सार्थक निष्कर्षमा पु¥याउने, संविधान नेपाली जनताको परिवर्तनको चाहना अनुसार कसरी लेख्ने र त्यो वातावरण बनाउनेदेखि पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्ने कुरामा समेत हाम्रो विचार र भावनामा निकै लामो एकरूपता रहिराख्यो । मैले उहाँका परिवारका सदस्य र उहाँका शुभचिन्तकलगायतका जनसंस्कृतिकर्मी र जनसमुदाय सबैलाई भन्नैपर्ने कुरा यो पनि हो । यसको धेरै अर्थ र महत्व छ । कमरेड घनश्याम ढकालका छोरा क्रान्तिकारी युवा नेता कमरेड विजय ढकालको सहादतपछि कास्की जिल्लाको हाम्रो पार्टीको स्थितिमा जेजस्तो प्रभाव प¥यो र त्यो बलिदानले जे प्रभाव ल्यायो, त्यो हामीले बिर्सेका छैनौं । अहिले कमरेड घनश्याम ढकालको असामयिक निधनपछि हामी सबैले सोच्नुपर्ने कुरा फेरि पनि विचार र लाइनकै हो, राजनीतिक प्रवृत्तिकै हो । हामी यसमा क्रान्तिका खातिर एकताबद्ध भएर अगाडि बढ्ने कुरा नै हो ।
मानिस जन्मेपछि मर्ने कुरा प्राकृतिक र शास्वत नियम हो । सबै मानिस जन्मेपछि मर्छन् । यो सबैले बुझेकै कुरा हो । तर मृत्यु भएर जाँदा, संसार छाडेर जाँदा बाँचेकाहरूका निम्ति र भावी पुस्ताको निम्ति हामीले के छाडेर जान्छौं भन्ने नै मुख्य कुरा हो । एकथरी मानिस मर्छन् तर उनीहरूले भावी पुस्ताका निम्ति केही पनि छाड्दैनन् । त्यसको केही महत्व हँुदैन । अर्काथरी मान्छेहरू मर्छन् र मरेपछि झन् जीउँदो भएर आउँछन् । मरेपछि लाखौं–करोडौं मानिसको मनमा अमर भएर बस्छन् । जसले जीउँदा मानिसहरूका निम्ति केही योगदान दिएर गएका हुन्छन्, आउँदो पिंढीका निम्ति केही चीज दिएर जान्छन्, ती मानिस अमर हुन्छन् । कमरेड घनश्याम ढकाल, कमरेड विजय ढकाललगायत हाम्र्रा हजारांै सहिद, बेपत्ता योद्धाहरू त्यस्तै श्रेणीमा पर्नुहुन्छ, जसले तपाई–हामी बाँचेकाहरूलाई एउटा शिक्षा, निर्देशन, प्रेरणा, साहस दिएर जानुभएको छ । सहिदका पिता तथा हाम्रो पार्टीका पूर्णकालीन सदस्य समेत रहनुभएका ढकालका डेढ दर्जनभन्दा बढी कृतिहरूले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनलाई निरन्तर प्रेरित गरिरहने छन् । त्यसकारण नै हामी उहाँलाई सम्मान गर्छौं । आउने पुस्ताहरूले पनि सम्मान गरिराखोस् भन्नका निम्ति उहाँका योगदानहरूलाई समाजमा स्थापित गर्नु हाम्रो दायित्व हो, सहिदका र स्रष्टाका सपना साकार पार्न र योगदान स्थापित गर्नका निम्ति हामी थप सङ्घर्ष गर्न तयार हुनुपर्छ ।
यहाँनिर म पछिल्लो समयमा कमरेड घनश्याम ढकालकै नेतृत्वमा प्रकाशन आरम्भ भएको ‘क्रमभङ्ग’ विचारप्रधान द्वैमासिक पत्रिकाका सन्दर्भमा पनि उहाँलाई स्मरण गर्न चाहन्छु । ‘क्रमभङ्ग’ पत्रिकाले आफ्नो छोटै अवधिमा, जम्माजम्मी तीन अङ्क मात्रै निकाल्दा ननिकाल्दै आफ्नो मौलिक पहिचान र मौलिक राजनीतिक वैचारिक धारालाई स्थापित गर्न सफल भएको छ । यो सफलताको पछाडि निश्चय नै यसको प्रधानसम्पादकको भूमिका खेल्नुभएका स्थापित साहित्यकार र राजनीतिक विश्लेषक कमरेड घनश्याम ढकालकै नेतृत्वदायी भूमिका रहेको कुरा प्रष्ट छ । दर्दनाक दुर्घटनामा हामीले उहाँलाई गुमाइसकेका छौं । २०६८ फागुन १ गते सत्रौं जनयुद्ध दिवस मनाउने कार्यक्रममा खुलामञ्चमा जाने क्रममा मोटरसाइकलको ठक्करबाट उहाँको मृत्यु भइसकेको छ । पार्टीकै कार्यक्रममा जाँदा मृत्यु भएको हुनाले पार्टीमा हामीले उहाँलाई सहिदका रूपमा सम्मान गर्नुपर्छ भन्ने कुराका बारेमा छलफल सुरु गरेका छौं । सायद औपचारिक बैठक बस्दा त्यो कुरा टुंगिन्छ पनि । कमरेड घनश्याम ढकालले क्रान्तिकारी माक्र्सवादको धारालाई अगाडि बढाउन र ‘क्रमभङ्ग’ पत्रिकालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
मलाई लाग्छ, कमरेड घनश्याम ढकालको सम्झना र सम्मान गर्नु हाम्रा लागि एउटा औपचारिकता मात्रै होइन । र, उहाँको योगदान केवल माओवादी पार्टीका निम्ति मात्रै पनि थिएन । उहाँको निधनले आज नेपालको सिङ्गो प्रगतिवादी साहित्यिक–सांस्कृतिक आन्दोलन तथा माक्र्सवादी समालोचना र सौन्दर्यशास्त्रको क्षेत्रमा नै अपूरणीय क्षति पुगेको छ । नेपालको राजनीतिमा नै एउटा क्षति भएको छ । यो क्षतिको पूर्ति हामी कमरेड घनश्याम ढकालका विचार र योगदानहरूलाई स्थापित गरेर गर्न चाहन्छौं र हामी सबैले उहाँले देखेको सपना पूरा गर्नका निम्ति नयाँ प्रतिबद्धता र एउटा सङ्कल्प गर्दैछौं । त्यसो गरेर मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ । उहाँको निधनको लगत्तै एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा हामीले केही प्रतिबद्धता जनाइसकेका पनि छौं । उहाँले आफ्नो सिर्जनामार्फत् नेपालको प्रगतिवादी साहित्यिक–सांस्कृतिक आन्दोलन, आफ्नो विचारमार्फत एकीकृत माओवादी नेतृत्वको आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनलाई जे योगदान गर्नुभएको छ, त्यसलाई सम्मान गर्दै बाँकी रहेका उहाँका रचनाहरूलाई प्रकाशित गर्ने पनि हामीले प्रतिबद्धता व्यक्त गरिसकेका छौं । म आज फेरि त्यो प्रतिबद्धता दोहो¥याउन चाहन्छु ।
पोखरास्थित कमरेड विजय ढकाल सहिद स्मृति पार्कमा कमरेड घनश्याम ढकालको सम्झनामा एउटा पुस्तकालय भवन निर्माण गर्ने र सोही पार्कलाई सुदृढ गर्ने पोखरेली जनसमुदायको मागलाई पनि म हाम्रो पार्टीको तर्फबाट त्यसमा पहल गर्ने र हाम्रो पार्टीको नेतृत्वमा सरकार भइराखेको अहिलेको अवस्थामा त्यसका निम्ति बजेटको आवश्यक व्यवस्था गर्न निर्देशन दिने आश्वासन दिन चाहन्छु । त्यसैगरी कमरेड घनश्याम ढकालका रचनाहरूमध्ये त्यस्ता रचनाहरू जसले समग्र नेपालको साहित्यलाई प्रभावित गर्छ, ती रचनामध्ये केहीलाई विश्वविद्यालयका पाठ्यसामाग्रीका रूपमा समावेश गर्न सकियो भने सबै विद्यार्थी र आउने धेरै पिंढीका निम्ति पनि राम्रो हुन्छ भन्ने परिवारजनको अपेक्षालाई पार्टीले गम्भीरतापूर्वक आत्मसात गरेको छ । यो काम एउटा पार्टीले मात्रै गरेर हुने कुरा होइन । नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायत अन्य दलका साथीहरूलाई पनि म हाम्रो पार्टीको तर्फबाट यस विषयमा अनुरोध गर्न चाहन्छु । सौन्दर्यशास्त्र र साहित्यका क्षेत्रमा कमरेड घनश्याम ढकालका कृतिहरू साँच्चै हाम्रो विश्वविद्यालयका पाठ्यपुस्तक बन्न लायक भएकाले उहाँका त्यस्ता कृतिहरू छानेर विश्वविद्यालयका पाठ्यपुस्तक बनाउन सहयोग गर्न म सबै पक्षसँग विशेष अनुरोध गर्न चाहन्छु । साथै हाम्रो पार्टीका तर्फबाट थप पहल गरिने विश्वास दिलाउन चाहन्छु । प्रगतिवादी साहित्यिक–सांस्कृतिक क्षेत्रका प्रबुद्ध साथीहरूलाई पनि त्यो वातावरण बनाउन अनुरोध गर्न चाहन्छु ।
नासल चोकको म्याना
–पूर्णविराम
अलिकति घाम दिएको सूर्यलाई हेर्दै
अब कहिल्यै देखा नपर्ने चन्द्रमाको बारेमा
सोचिरहन्छ नासल चोकमा रहेको म्याना
पार्थको पार्थिव शरीरलाई अब कहिल्यै
स्पर्श गर्न नपाउने परिस्थितिलाई छाम्दै
कार्यभार समाप्तिको पुर्जा बारम्बार पढिरहन्छ
नासल चोकमा रहेको म्याना ।
आ“धीको मुखले कसरी खाइदिंदो रहेछ
जरा गाडिसकेको एउटा पुरानो तन्त्रलाई
एउटा बलियो तरबार भएर मानिसका स्वरहरूले
कसरी काटिदिंदो रहेछ पदका झुण्डहरूलाई
नजिकै ब्रम्हचर्यको आचरणमा जब्बर रहेको
तलेजुको घोडालाई सम्झनामा राख्दै
अहोरात्र बढ्ने घोडाको जगरलाई समेत
सोचिरहन्छ नासल चोकमा रहेको म्याना ।
भीडहरूबाट छान्न सक्दैन जब शासकले अनुशासित भारदारहरू
र फुर्काउनेहरूको घेरामा रह“दै आफ्नो तागतलाई हर्कुलसको नै
भएको ठहर गर्दै डबली डबलीमा झ्याली पिट्न लगाउ“छ
हाड र छाला मात्र लिएका आकृतिलाई
आ“कुरा र भुसुना मात्र हुन् भन्ने धारणालाई बलियो गरेर समाउ“छ
फलामको पांग्रो भएको बग्गीको सट्टामा
जहा“ चढ्छ शासकले प्लास्टिकको पांग्रो भएको बग्गी
परालको एक मुठो सल्केर बल्ने आगोले समेत
निम्त्याउ“छ शासकको निम्ति एउटा ठूलो दुर्घटना
र प्लास्टिकको पांग्रो भएको बग्गी बढ्न सक्दैन अगाडि
आएको दुर्घटनालाई कुल्चेर
जब जानिंदैन ठीक समयमा घाउको उपचार गर्ने लुकमानलाई खोज्न
घाउ बडेमाको हुन्छ र मासुहरू कुहिन थाल्छन् ।
आसवखानामा अर्कको मातमा जब शासकले
केवल आफ्नो थालमा रहेको व्यञ्जनमा मात्र
आफ्नो आ“खालाई लगातार डुलाइरहन्छ
र छानाहरूबाट धु“वा ननिस्केका घरहरूमा बेवास्ता ओछ्याइरहन्छ
प्रलय आउ“छ बिना सूचना
र हराउ“छ कुनै बेला आकाशमा देखिएको चन्द्रमा
शब्दकोशमा मात्र देखिने शब्दको आदेशलाई
टेर्दैनन् खान नपाएर दुब्ला भए तापनि
वसन्तपुरमा भौंतारिइरहेका भुस्याहा कुकुरहरूले समेत
पद छ“दै लुटपुटिन सकियो भने मात्र महानिद्राको काखमा
वातावरणले चढाउने गर्छ तोपद्वारा अन्तिम सलामी
तोपको अन्तिम सलामी र वातावरणलाई जोड्दै
एउटा लामो अनौठो जोडको हिसाब
जाडोमा समेत पटकपटक गरिरहन्छ नासल चोकमा रहेको म्याना ।
आ–आफ्ना भाषाहरू बकबकाउ“दै
र पहि¥याउनै नहुने पोशाकहरू आफ्ना शरीरलाई पहि¥याउ“दै
दिन छ“दै आउ“छन् नासल चोकभित्र थरिथरिका हूलहरू
र हेर्छन् नासल चोकभित्र रहेको म्याना
अरु कसैस“ग बोल्दैन नासल चोकमा रहेको म्याना
केवल कविस“ग कुरा गर्छ र धेरै कुरा बोल्छ
र लेख्छ कविले नासल चोकको म्याना ।
काठमाडौं–३३
जापान
लोकेन्द्र विष्ट मगर
शिष्ट र शान्त देखिने
दिउ“सो सुत्ने र राति जाग्ने
एउटा सुन्दर सपनाको सानो संसार
जहा“ छैन रहेछ गन्धकी
जहा“ सबल रहेछ जिन्दगी
बाहिरबाट देखिएन
त्यहा“ छ कि छैन कुनै बन्धकी
लाखौं ज्वालामुखी र भूकम्पका
धक्का र मुक्काहरु खा“दै
सुरसामुखी सुनामीको शिकार हु“दै
युद्धका भीषण विभिषिकाहरुबीचबाट पनि
अघि बढेछ ऊ, अघिअघि बढेछ
हेरू“–हेरू“ र हेरिरहू“ जस्तो लाग्ने गरी ।
२०६९ बैशाख ३, आइतबार
(जापानबाट हङकङ जा“दै गर्दा जहाजमै लेखिएको)
संसार
निभा शाह
आखिर हो के दुनिया“ ?
ऋतुहरूको चक्र हो दुनिया“ ।
प्रत्येक धुपहरूमा
रित्तिएको रित्तियै छ हिमाल
उसको रित्ताइहरूमा
नदी छ, सागर छ
र त जीवन छ ।
प्रत्येक हिउ“दहरूमा
भरिएको भरियै छ हिमाल
उसको भराइहरूमा
हिमशैल छ, हिमसागर छ
र त जीवन छ ।
प्रत्येक वर्षाहरूमा
गर्भिएको गर्भियै छ हिमाल
उसको गर्भाइहरूमा
भ्रुण छ, प्रसब छ
र त जीवन छ ।
आखिर हो के दुनिया“ ?
ऋतुहरूको चक्र हो दुनिया“
सृष्टि र सिर्जना हो दुनिया“ ।
लाटाले कुरो बुझेपछि
मित्रलाल पंज्ञानी
खान्थे काम गरी, दिएन जमिनै, पाएन उब्जा हुनै
मान्छे दण्डित भैरहे नि नगरी गल्ती बिरामै कुनै
अर्घेलो त कुरै थिएन पसिनै पोख्छौँ भनेका थिए
हिंसा चुल्चुलियो निसाफ धुलियो भोकाहरू मारिए
नाकाबन्द गरिन्छ चारतिर नै कङ्गाल भैयो भनी
पैसै छैन नि भन्छ नाटक गरी दिन्नन् हुनेले पनि
टिक्ने हो कसरी सबैतिर थुनी हाने लघारे पछि
मान्छे क्रुद्ध हुने भयो नि यसरी सर्वस्व हारेपछि
पाक्यो क्यै मसिनो मिठो यदि भने मै खान्छु भन्ने सधैँ
सारा काम तँ गर् बिहेबटुलमा मै जान्छु भन्ने सधैँ
मेरो यो मुख हैन के मुख ? भनी सोच्यो निकै घोरियो
लाटाले सहनै सकेन र उठ्यो मुक्का मुखैमा दियो
‘आओ मात निकाल भात सुनका खाने कुनै छौ भने
मर्दा यो धन सम्पदा जति सबै लाने कुनै छौ भने’
निर्धा मानिस जोडिए बल बने हाँकेर बोले खुलै
निर्धाको पन हीनता टुटिगयो आँधी उठाए ठुलै
यस्सै मर्नु उसै नि मर्नु छ भने रोएर मर्ने किन
जो पग्लन्न उतै गएर बिनती बेकाम गर्ने किन
साझा हो पृथिवी परन्तु तिनको मात्रै कसोरी भयो
लाटाले सहनै सकेन र उठ्यो बन्दूक बोकी गयो
जैल्यै गोबरका लुँडाहरु लिई जूठो टिपल्नेहरू
लोग्ने मानिसका सुसारहरुमै दिन्रात चल्नेहरू
यौटा मुक्त विचार कान नजिकै आएर रोकेपछि
धर्ती डग्मगियो खुलेर तिनले बन्दूक बोकेपछि ।
भन्नुस् न कमरेड
अमर गिरी
भवनको शिरमा फर्फाइरहेछ रातो झण्डा
हेरिहेछु रातो झण्डा
र सोचिरहेछु
यस रातो झण्डाबाट
कसरी आकर्षित भएको थिएँ म
मेरा सपनाहरू
कसरी प्रतिविम्बित भएको
देखेको थिएँ त्यसमा
र सामेल भएको थिएँ जुलुसमा
सोचिरहेछु
त्यसबेला कति कलिलो थिएँ म
जुँगाका रेखीसम्म
बसेका थिएनन् राम्रोसँग ।
मान्छेहरू आइरहेछन्
मान्छेहरू गइरहेछन्
कस्ता कस्ता मान्छे !
कस्ता कस्ता गाडी !!
हेरिरहेछु म,
भीडमा आफूलाई
अनुभव गरिरहेछु नितान्त एक्लो
लागिरहेछन् सबै
अपरिचित अपरिचित जस्ता
र सोचिरहेछु
पार्टी भवनमा छु म
वा अन्यत्र कतै ।
सोचिरहेछु
के यो उही कोठा हो
जहाँ म कुनै बेला थाक्दा
आराम गर्थेँ
र मीठा सपनाहरू देख्थेँ
कमरेडहरूसँग हात मिलाउँथे
र क्रान्तिबारे कुरा गर्थेँ
दुखमा सुख
आँसुमा हाँसो
र पीडामा
हर्षको अनुभव गर्थेँ
एक दिन कसो
शिखर नपुगिएला भन्थेँ
के यो उही कोठा हो
जहाँ शहीदका नामहरू लिएर
हाम्रा मुठीहरू उठ्थे ।
हेरिरहेछु फर्फाइरहेको रातो झण्डा
तर लागिरहेछ
यो कम्युनिस्ट पार्टीको महान् झण्डा होइन
उत्तरआधुनिक रातो टालो हो
दुई मिटरको
लागिरहेछ
यो पार्टी भवन होइन
ध्वंसशाला हो सपनाको
ओ कमरेड
यो जो मलाई लागिरहेछ
के यो नितान्त गलत छ ?
के यस भवनले
उहिले उहिले जस्तै
अहिले पनि मेरा सपनाहरूको
प्रतिनिधित्व गर्छ ?
भन्नुस् न कमरेड
जेठको चर्काे घाममा
राम्रोसँग बैंस पनि नआउँदै
सामेल भएको थिएँ म यस पार्टीमा
यति बेला उमेरले पाकेको मेरो सेतो कपाल
केराको पातझैँ फर्फाइरहेछ
चैतको हावामा ।
सुरुङमार्ग
–केशव सिलवाल
झ्याप्प निभेका छन् बत्तीहरू
र प्रसव पीडामाझैँ
घेरा हालेको छ छट्पटीले
पुरै देश प्रवेश गरेको छ सुरुङभित्र
न घाम छ न पानी
न छ जोडदार चल्ने हावा
आँतिएका छन् केटाकेटी र बुढाबुढीहरू
दिग्भ्रमित छन् कयौँ युवाहरू
ह्याङ्ओभरले ग्रस्त पूर्व डन
पश्चातापको बलिन्द्र धारा चुहाउँदै
समर्पित छ ढुङ्गाको पाउमा
सशंकित छन् मानिसहरू
बौरिएर आउने हो कि फेरि ?
चोक–चोकमा बालक डन
खेलिरहेको छ डण्डीबियो
भन्न सकिन्न
कसको आँखा फोडिदिने हो ?
कस्तो खेल हो यो रेस्लिङ ?
आधा अभिनय
र आधा प्रहार
सुरुङ खन्नेहरू नै खेलिरहेछन् रेस्लिङ
को हो त्यो अपरिचित रेफ्री ?
धेरै कुरा छन् डनका हातमा
र परिचालित छन् विभिन्न डनहरू
बडे डन, छोटे डन र चम्चे डनहरू
राजनीतिक डन, पत्रकार डन, बुद्धिजीवी र साहित्यिक डनहरू
त्यसो त एक मात्र डन छ हाम्रो– गरिबी
वास्तवमा भन्नै पर्छ–
डनहरूको देश हो यो
झ्याप्प निभेका छन् बत्तीहरू
र प्रसवपीडामाझैँ
घेरा हालेको छ छट्पटीले
शताब्दीऔँदेखि सुरुङ्भित्र छ देश
तर, निस्कनु नै छ आखिर
यो सुरुङमार्गबाट ।
नेपालमा माक्र्सवादी सौन्दर्य चिन्तन
–चैतन्य
१. पूर्वकथन
नेपालमा सौन्दर्य चिन्तनको क्षेत्रमा केन्द्रित रही अध्ययन गर्ने कुनै विशिष्ट ऐतिहासिक परम्परा देखिंदैन । परन्तु, साहित्य तथा कलाको अध्ययन, चिन्तन र समीक्षाको प्रक्रियामा भने सौन्दर्य चिन्तनको परम्परालाई पनि फेला पार्न सकिन्छ । नेपालमा सौन्दर्य चिन्तन सम्बन्धी अध्ययनको हुन थालेको भर्खरै मात्र हो ।
सौन्दर्य चेतनाको उत्पत्ति झण्डै अढाई हजार वर्ष पहिले मिश्र, बेबिलोन, चीन, भारत र युनानमा भएको थियो । प्राचीन युनानमा सौन्दर्यलाई बुझाउन एस्थेटिकोस (ब्भकतजभतष्पयक) शब्दको प्रयोग हुन्थ्यो । त्यस शब्दले सम्वेदना, अनुभूति वा इन्द्रिय सुखको चेतनालाई जनाउ“थ्यो । साथै, त्यहा“ सङ्गति (ज्बचmयलथ) लाई पनि सौन्दर्यका रूपमा लिइन्थ्यो । भारतमा सुन्दरका पर्यायका रूपमा रुचिर, चारू, शोभा, प्रिय, आह्लाद, रमणीय, मनोहर लगायतका शब्दहरूको प्रयोग हु“दै आउनुको साथै कलामा समुचित अङ्ग विन्यास, रस तथा अलङ्कार र शब्द एवम् अर्थको एकतालाई सौन्दर्यका रूपमा लिइएको छ । अङ्ग्रेजी साहित्यमा सौन्दर्यलाई ब्युटी (द्यभबगतथ) र सुन्दरलाई ब्युटीफुल (द्यभबगतषग)ि शब्दद्वारा अभिव्यक्त गरिन्छ । अङ्ग्रेजीमा ब्युटीको अर्थ प्रेमको भाव, रसिकता आदि हुन्छ । पश्चिममा सौन्दर्यलाई उदात्त, महान्, शोभायमान, विलक्षण आदि शब्दद्वारा अभिव्यक्त गरिन्छ । नेपालीमा सौन्दर्यलाई बुझाउने राम्रो, मिठो, प्यारो जस्ता शब्द पाइन्छन् । पहिले सुन्दरको अध्ययन दर्शन र नाट्य, काव्य तथा कलाशास्त्र अन्तर्गत गरिन्थ्यो । अठारौं शताब्दीको मध्यतिर जर्मन सौन्दर्य चिन्तक बाउम गार्टेनले उक्त युनानी शब्दका आधारमा सौन्दर्य शास्त्रको नामाङ्कन र त्यसलाई सम्वेदनात्मक ज्ञानको विज्ञानका रूपमा परिभाषित गर्न पुगे । पश्चिममा सौन्दर्य शास्त्रलाई कतिले ललित कलाको दर्शन, कतिले सुन्दरको अध्ययन गर्ने दर्शन र कतिले ती दुवैको अध्ययन गर्ने शास्त्र वा विज्ञानका रूपमा परिभाषित गर्दै आएका छन् । नेपालका लागि सौन्दर्य शास्त्र नया“ विषय हो ।
पश्चिममा सौन्दर्य चिन्तन प्राचीन युनानदेखि युरोपीय पुनर्जागरण काल हु“दै आधुनिक कालसम्म आदर्शवादी र भौतिकवादी धाराको सङ्घर्षका बीचबाट विकसित हु“दै आएको पाइन्छ । आदर्शवादी सौन्दर्य शास्त्रलाई जर्मन दार्शनिक कान्ट तथा हेगेल र भौतिकवादी सौन्दर्य शास्त्रलाई रुसी सौन्दर्य चिन्तक चेर्निसेब्स्कीद्वारा उत्कर्षमा पु¥याउने काम भयो । यसै प्रक्रियामा माक्र्सवादी सौन्दर्य शास्त्रको जन्म भयो । माक्र्स–एङ्गेल्सद्वारा विकसित सौन्दर्य चिन्तनलाई माक्र्सवादी सौन्दर्य चिन्तन भनिन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद जस्ता तीन सङ्घटक तत्वको एकीकृत संश्लेषणका रूपमा माक्र्सवाद जन्मिएको छ । माक्र्सवादी सौन्दर्य चिन्तन माक्र्सवादको समग्रतामा आधारित छ ।
माक्र्सवादी मान्यता अनुसार सौन्दर्यको स्रोत मानवीय सामाजिक श्रम हो । कला र सौन्दर्य चिन्तनको विकासमा श्रमकार्यले प्रमुख भूमिका खेल्दछ । वर्ग समाजमा साहित्य, कला र सौन्दर्य चिन्तन सहित सामाजिक चेतनाका रूपहरूको स्वरूप वर्गीय हुन्छ । मानिसको चेतनाले उसको अस्तित्वलाई निर्धारित गर्दैन, अपितु उसको सामाजिक अस्तित्वले उसको चेतनालाई निर्धारित गर्दछ । भौतिक उत्पादन अर्थात् कलात्मक उत्पादनको विकास असमान ढङ्गले हुन्छ । सौन्दर्य चिन्तन, कला सृजन र रुचिका प्रश्नहरू वस्तु र आत्मका बीचको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छन् । साहित्य, कला र सौन्दर्य चिन्तनको सैद्धान्तिक आधार उत्पादन शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरी संरचना, उत्पीडित वर्ग र उत्पीडक वर्गका बीचको सङ्घर्षसम्बन्धी मान्यतामा टिकेको हुन्छ । सामान्यतः वर्गसमाज र मुख्यतः पु“जीवादको उदय पश्चात श्रम तथा कलाले मालको रूप लिन पुग्दछन् र श्रमिक जन समुदायको विमानवीकरण हुन जान्छ । कला तथा साहित्य चिन्तनको क्षेत्रमा माक्र्सवादी सौन्दर्यशास्त्रले समाजवादी यथार्थवाद, कलाबिम्ब, प्रारूपीकरण, सर्वहारा वर्गीय नायक–नायिकाहरूको चयन, दुःखान्त, प्रहसन, प्रवृत्तिमूलकता, अन्र्तवस्तु र रूपको एकता लगायतका मान्यतालाई नया“ उचाइ प्रदान गरेको छ । दार्शनिक रूपमा माक्र्सवादी सौन्दर्य चिन्तन आदर्शवाद, अधिभूतवाद र यान्त्रिक भौतिकवादका विरुद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित रहेको छ । माक्र्सवादी मान्यता अनुसार सौन्दर्यको आधार वस्तुगत भौतिक जगत हो र त्यो गति एवम् परिवर्तनको प्रक्रियास“गै विकसित हुने गर्दछ । सौन्दर्यमा उत्कृष्ट प्रकारको आकर्षण, आनन्द र आह्लाद पाइन्छ । माक्र्सवादी सौन्दर्य चिन्तन मानवीय रचनात्मक ऊर्जाको उद्घाटन र मुक्तिस“ग सम्बन्धित छ ।
लेनिनले स्वतन्त्रता र प्रतिबद्धताको सिद्धान्तलाई स्थापित गर्दै ज्ञान सिद्धान्तको विकाससितै यथार्थको कलात्मक प्रतिबिम्बनको सिद्धान्तलाई विकसित तुल्याउने र समाजवादी यथार्थवादको निर्माणका लागि आधार तयार पार्ने काम गर्नु भयो । त्यस्तै माओले नया“ जनवादी र समाजवादी क्रान्ति हु“दै सर्वहारा सांस्कृतिक क्रान्तिसम्म आउ“दा साहित्य, कला, संस्कृति र सौन्दर्य चिन्तनको क्षेत्रलाई नया“ उचाइ प्रदान गर्नु भएको छ । यसरी आज सर्वहारावादी सौन्दर्य चिन्तन माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्य चिन्तनका रूपमा विकसित हुन पुगेको छ । माक्र्सवादी सौन्दर्य चिन्तन र साहित्य तथा कलाका मान्यतालाई विकसित तुल्याउने काममा प्लेखानोभ, गोर्की, लुनाचास्र्की, कडवेल, राल्फ फ्याक्स, जर्ज थाम्सन, ब्रेख्त, गजानन्द माधव मुक्तिबोध लगायतका अनेकौं चिन्तक तथा साहित्यकारहरूको महत्वपूर्ण योगदान रही आएको छ । नेपालमा माक्र्सवादी सौन्दर्य चिन्तनको जन्म र विकासको प्रक्रियामा यी सबैका साथै नेपाली भाषामा प्रकाशित अनेकौं अनुवाद गरिएका सौन्दर्य चिन्तन सम्बन्धी रचनाहरूको पनि उल्लेखनीय प्रभाव परेको छ ।
२. प्रारम्भ र विकासको प्रक्रिया
नेपालमा माक्र्सवादको प्रभाव, २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना, त्यसका घोषणापत्र तथा पहिलो पर्चास“गै माक्र्सवादी सौन्दर्य चिन्तनको प्रक्रिया अगाडि बढ्यो । पार्टीले माक्र्सवाद–लेनिनवादलाई पथ प्रदर्शक सिद्धान्तका रूपमा ग्रहण ग¥यो र त्यो प्रगतिवादी साहित्य तथा कलामा अभिव्यक्त भयो । नेपालमा सौन्दर्य चिन्तनको विकास प्रक्रियालाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ ः
पहिलो चरण (२००६ देखि २०१९ सालसम्म) ः
यस चरणमा माक्र्सवादी सौन्दर्य चिन्तनद्वारा प्रभावित भई विभिन्न लेख तथा समालोचना लेखिएको देखिन्छ । यस सन्दर्भमा कृष्णचन्द्र सिंह प्रधानको आफ्नै कविता सङ्ग्रह ‘भञ्ज्याङनिरै’ (२००८) को भूमिका, प्रधानकै ‘नेपाली साहित्यमा प्रगतिवाद र पथभ्रान्त आलोचक’ (प्रगति–२०१०), ‘नेपाली साहित्यमा प्रगतिवाद’ (प्रगति ४, २०११), डिपी अधिकारीको ‘यथार्थवादी समालोचना’ (२०१७), आनन्द देव भट्टको ‘समालोचनाको बाटोतिर’ (२०१९) आदि लेख तथा रचना उल्लेखनीय रहेका छन् ।
प्रधान रचित “भञ्जाङनिरै”को भूमिकामा दर्शनसम्बन्धी माक्र्स र एङ्गेल्सका–पदार्थ (भूत) मनबाट उत्पन्न भएको होइन, बरु मन पदार्थको सर्वोत्कृष्ट सृष्टि हो, सारा परिवर्तनको सूत्र पदार्थको हातमा छ, मानिसको चेतनाबाट उसको सत्ता (जीवन) निरूपित हुन्न, बरु उसको चेतना नै उसको सामाजिक सत्ता (जीवन) द्वारा निरूपित हुन्छ (२००८–पृ.४) आदि भनाइलाई उधृत गरिएको छ । यस भूमिकामा सामन्तवाद, विश्व पु“जीवाद तथा साम्राज्यवाद र आध्यात्मवाद तथा अधिभूतवादका साथै भारतीय अध्यात्म दर्शनमा आधारित रस सौन्दर्यलाई सामन्ती संस्कृतिको प्रचारक बताउ“दै ती सबैको विरोध गरिएको छ । साथै यहा“ इलियटको व्यक्तित्वको पलायन र फ्रायडको अचेतन मन सम्बन्धी अवधारणाको पनि विरोध गरिएको छ । प्रस्तुत कविता सङ्ग्रहको भूमिकामा नया“ जनवादी स्तरमा पुग्ने क्रान्तिबाट नै वर्गहीन, शोषणहीन समाजको सिर्जना गर्न अनुकूल परिस्थिति बन्ने कुराको उल्लेख गरिएको छ र वर्ग सङ्घर्षमा तटस्थ रहन नसकिने कुरा बताइएको छ । साहित्य र कलाबारे चर्चा गर्दै प्रधान भन्नुहुन्छ– ‘जीवन वा समाजस“ग साहित्यको अर्थ अगाडि, निरन्तर अगाडि बढाइराख्नुमा छः आनन्द दिएर होस् वा कर्मरत गराएर, सौन्दर्यानुभूतिबाट होस् अथवा घनको चोटले, यथार्थ नग्न चित्र उपस्थित गरेर होस् वा सत्यको निर्भीक उद्घाटन गरेर । जुन साहित्य र साहित्यकार जति समाजका अग्रविचार र अग्रवर्गस“ग साइनो जोडी स्वयम् नै त्यसको अभिन्न अङ्ग र परिवार बन्दछ त्यो त्यति नै परिस्थिति निर्माता हुन्छ ।’ (२००८–पृ.१५) । प्रधानका विचारमा अग्रवर्ग अन्तर्गत निम्न वर्ग सहित मजदुरहरू नै पर्दछन् र अग्र विचार भनेको उनीहरूकै पक्षपोषण गर्ने सिद्धान्त हो । प्रधानको भनाइ अनुसार ‘राजनीतिमा समाजवाद र साहित्यमा प्रगतिवाद एउटै अर्थ र उद्देश्य प्राप्तिका दुई भिन्न वस्तु हुन् ।’ (२००८–पृ.३) । यी भनाइ मोटा–मोटी रूपमा सही नै छन् । यद्यपि प्रधानको यस भूमिकामा प्रस्तुत कतिपय विषयका साथै समाजवाद, प्रगतिवाद जस्ता पदावलीबारे केही स्पष्टताको अभाव देखिन्छ । परन्तु समग्र र सारमा भन्नुपर्दा लेखकका यी भनाइ माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादमा आधारित रहेका छन् ।
यसैगरी श्याम प्रसाद शर्माद्वारा रचित ‘लेखक कसरी बन्ने ?’ (२०१०) शीर्षक लेखमा के बताइएको छ भने जनताका निम्ति लेख्ने लेखकले जनक्रान्तिको निम्ति परिपक्व वातावरण चा“डै नजिक ल्याउने साहित्य सिर्जनु पर्छ र आफूलाई जनतासित एकात्मक पार्नु पर्छ । शर्माको भनाइमा– ‘जनताको निम्ति साहित्य सिर्जने साहित्यकारले जनरुचिको भन्दा जनहितको ख्याल बढी मात्रामा गर्नुपर्दछ ।’ (पृ.८) । शर्मा विकृत रुचि होइन, परिष्कृत रुचिको पक्षमा हुनुहुन्छ । लेखकले रस, अलङ्कार र छन्दबारे पनि आवश्यक ध्यान दिनु भएको छ । उहा“को विचारमा ‘नौरसमा मात्र सीमित’ रहनु गलत हुन्छ र ‘साहित्यमा स्वाभाविक सौन्दर्य हुनुपर्छ । प्राचीन छन्द, अलङ्कार र उपमा आदिमध्ये अकृत्रिम जतिलाई त्याग्नुपर्ने कुनै आवश्यकता छैन ।’ (पृ.२९) । यसैगरी शर्मा मानव स्वभावको विपक्ष र वर्गीय स्वभावको पक्षमा हुनुहुन्छ । शर्माको भनाइ छ– ‘आजका साहित्यकारहरूले मानव प्रेमको उपदेश दिंदा सामाजमा रहेको वर्गभेदलाई भुल्नु हु“दैन ।’ (पृ.३३) । शर्माको विचारमा राजनीति र साहित्यका बीच एकता र भिन्नता दुवै छ । वहा“ पञ्चान्नब्वे प्रतिशत जनताको हितलाई आफ्नो लक्ष्य मान्ने वैज्ञानिक विचार धारालाई नै जनवादीता ठान्नु हुन्छ । शर्माका यी विचार माक्र्सवादी सौन्दर्य चिन्तन र प्रगतिवादमा आधारित छन् ।
दोस्रो चरण (२०२० देखि २०४६ सालसम्म) ः
यो अवधि २०१७ सालको फौजी काण्ड तथा निरङ्कुश पञ्चायती शासन स्थापनाको प्रक्रिया हु“दै २०१९ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन पश्चात् सुरु हुन्छ । यस अवधिमा पार्टीको एउटा हिस्सा दक्षिणपन्थी अवसरवादमा फ“स्यो । यसै बेला एकातिर पु“जीवादी सौन्दर्य चिन्तन तथा आधुनिकतावादको प्रभाव बढ्दै जान थाल्यो भने अर्कोतिर सामन्तवादी सौन्दर्य चिन्तन तथा नव–आभिजात्यवादको हैकम पनि प्रबल बन्न गयो । यस स्थितिमा कृष्णचन्द्र सिंह लगायतका कतिपय प्रगतिवादी लेखकहरूले आत्म समर्पणवाद र पलायनवादको दिशा पकडे । ठीक यसै प्रक्रियामा माओ विचारधारा र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा माक्र्सवादी सौन्दर्य चिन्तन नया“ ढङ्गले प्रस्तुत हुन पुग्यो । यसैबेला विभिन्न प्रगतिशील पत्रपत्रिकाहरू निस्कन थाले । विद्यार्थी, बुद्धिजीवी, साहित्यकार तथा सांस्कृतिक कर्मीहरूद्वारा आन्दोलनलाई अगाडि बढाउने काम भयो ।
यस चरणको पहिलो दशकमा लिखित श्याम प्रसाद शर्माको ‘साहित्य सम्बन्धी दुई चार कुरा’ (२०२२), गोविन्द भट्टको ‘हामी किन बा“चेका छौ ?’ (२०२२), शक्ति लम्सालको ‘विचारको सही चित्र’ (२०२९) आदि समालोचना उल्लेखनीय छन् । २०२५ सालमा पुष्पलाल पक्षको तेस्रो सम्मेलनद्वारा माक्र्सवाद–लेनिनवाद–माओविचारधारा र नया“ जनवादी क्रान्तिको कार्यक्रम स्वीकार गरियो । २०२८ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्व र युद्ध प्रसादको अध्यक्षतामा दिल साहनी लगायतका व्यक्तित्व सम्मिलित क्रान्तिकारी जनवादी सांस्कृतिक मोर्चाको सम्मेलनमा मोदनाथ प्रश्रितद्वारा तयार पारिएको ‘नया“ जनवादी संस्कृति’ (खण्ड–६ ः २०५८) शीर्षक सांस्कृतिक दस्तावेज पारित गरियो ।
साहित्य र कलालाई वर्गीय हितको साधन बताउ“दै तथा राजनीति र साहित्यका बीच घनिष्ठ सम्बन्ध रहेको कुरा उल्लेख गर्दै मोदनाथ प्रश्रित भन्नुहुन्छ– ‘जहा“ सामन्त वर्गले धार्मिक साहित्य र कलाको घुम्टोमा आफ्नो राजनीति घुसाएर शोषण गर्दैआएको छ भने पु“जीवादीहरू–स्वच्छन्दतावादी, व्यक्तिवादी, यौन स्वतन्त्रतावादी
(फ्रायडवादी), वर्ग समन्वयवादी, अमूर्तवादी, भाववादी आदि अनेक भ्रमपूर्ण साहित्य र कलाको सिर्जना गरी क्रान्तिकारी चेतनशील श्रमिक वर्गलाई शोषित जनताले पनि द्वन्द्वात्मक भौतिकवादी, प्रगतिवादी, सामाजिक यथार्थवादी, विकासवादी आदि साहित्य र कलाको सिर्जना गरी क्रान्ति, शोषण–मुक्ति र समानताको राजनीतिलाई अगाडि बढाइरहनेछन् ।’ (२०५८–पृ.६) । यहा“ साहित्य, कला र सौन्दर्यचिन्तनको क्षेत्रमा प्रतिध्रुवीय धाराको विरोध र माक्र्सवादी धाराको पक्ष पोषण समेत गरिएको छ । प्रश्रितले प्रगतिवादलाई अवलम्बन गरी कैयौं कृतिपरक तथा सैद्धान्तिक समालोचना लेख्नु भएको छ र ती माक्र्सवादी सौन्दर्य चिन्तनद्वारा आलोकित रहेका छन् ।
यसैगरी २०२८ सालको ऐतिहासिक झापा विद्रोह र २०२८ सालकै केन्द्रीय न्युक्लियस एवम् २०३१ सालमा सम्पन्न नेकपा चौथो महाधिवेशन तथा त्यसकै निर्देशनमा २०३७ मा पारिजातको अध्यक्षतामा सम्पन्न अखिल नेपाल जनसांस्कृतिक सङ्घको सम्मेलनमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारा, नया“ जनवाद र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा पारित सांस्कृतिक नीति तथा कार्यक्रम आदिद्वारा साहित्य, कला, संस्कृति र सौन्दर्य चिन्तनका कामलाई व्यवस्थित रूपमा अगाडि बढाइयो । निनु चापागाईं, चैतन्य आदिको क्रियाशीलता पनि यसै समयदेखि सुरु हु“दै तथा बढ्दै गएको देखिन्छ ।
साथै यस अवधिमा मोहन दुवालको ‘आलोचना र परिचय’ (२०४२), ऋषिराज बरालको ‘प्रगतिवाद र नेपाली समालोचना’ (२०४४), मोहनविक्रम सिंहको ‘विचार, विवेचना र विश्लेषण’ (२०४२), रविलाल अधिकारीको ‘नेपाली प्रगतिवादी समालोचना’ (२०४४), विष्णु प्रभातको ‘चिन्तन र सौन्दर्य’ (२०४६) आदि सङ्कलित कृति ध्यान दिन योग्य छन् ।
तेस्रो चरण (२०४७ देखि २०५२ सम्म) ः
यो चरण २०४७ देखि जनयुद्धको थालनीसम्मको चरण हो । यस चरणमा दोस्रो चरणकै लेखकहरू क्रियाशील देखिन्छन् । यसैबेला मोदनाथ प्रश्रित, श्याम प्रसाद शर्मा लगायतका लेखकहरू सौन्दर्यशास्त्रीय संशोधनवादको बहुदलीय जनवादी कित्तामा फ“स्न पुग्दछन् । यस चरणमा मुरारी अर्यालका लेखहरूको सङ्कलन ‘माक्र्सवादी सौन्दर्य विधान र आलोचना’ (२०४९), जगदीश चन्द्र भण्डारीको ‘साहित्य ः चिन्तन र विवेचन’ (२०५०) तथा ‘प्रगतिवादी नेपाली कविता रेखाङ्कन र विश्लेषण’ (२०५५), निनु चापागाईंका पहिलेदेखि लेखिदै आएका लेखहरूको सङ्कलनका रूपमा ‘यथार्थवादी रचना दृष्टि र विवेचना’ (२०५१), डा.ऋषिराज बरालद्वारा लिखित ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ (२०५२) आदि कृतिहरू प्रकाशमा आएका छन् ।
चौथो चरण (जनयुद्धको थालनीदेखि अहिलेसम्म) ः
यस चरणमा पनि एकातिर दोस्रो तथा तेस्रो चरणकै कैयौं लेखकहरू
क्रियाशील रहिआएको पाइन्छ भने अर्कोतिर माक्र्सवादी धाराभित्रै पनि विविध ढङ्गका प्रवृत्तिहरूका बिच सङ्घर्ष चलेको देखापर्दछ । यस अवधिमा गम्भीर प्रकारका संशोधनवादी विचलन पनि पैदा भएका छन् । साथै पहिले लेखिएका विभिन्न समालोचकहरूका रचनाहरूका सङ्कलनका रूपमा विभिन्न पुस्तकहरू र कैयौं फुटकर लेखहरू पनि प्रकाशित भएका छन् ।
३. माक्र्सवादी सौन्दर्यशास्त्र केन्द्रित अध्ययन
यो अध्ययन सौन्दर्यात्मक तथा कलात्मक पक्षलाई केन्द्रबिन्दुमा राखेर गरिएको छ । यस अन्तर्गत माक्र्सवादी विश्व दृष्टिकोण अनुसार सौन्दर्य चिन्तनको विकास प्रक्रिया, सौन्दर्यशास्त्रको परिभाषा तथा प्रवर्गहरूको विवेचना, सौन्दर्य सिद्धान्त, पद्धति तथा प्रणाली, मूल्य, आदर्श, अनुभूति, नियम र कला जस्ता विषय पर्दछन् । यी विषयबारे विभिन्न लेखकहरूद्वारा प्रकाश पार्ने काम भएको छ ।
(क) गोविन्द भट्ट
समालोचक गोविन्द भट्ट लिखित ‘गोविन्द भट्टका समालोचना’ (२०५५) शीर्षक सङ्कलित कृतिमा सौन्दर्यशास्त्रीय महत्वका कैयौं लेखहरू समावेश गरिएका छन् । ‘शिरीषको पूmल कि कागतको पूmल ?’ (२०२३), ‘तीन घुम्ती कि छाडावाद ?’
(२०२६) लगायतका समालोचनात्मक लेखमा वहा“ले निराशावाद, शून्यवाद,
अस्तित्ववाद तथा फ्रायडवादको विरोध गर्नु भएको छ । साथै भट्टले ‘कविता, कल्पना र यथार्थ’ शीर्षक लेखमा आदर्शवादी, कलावादी तथा मनोवैज्ञानिक सौन्दर्य चिन्तनको विरोध गर्दै द्वन्द्वात्मक भौतिकवादी सौन्दर्यचिन्तनको पक्षपोषण गर्नु भएको छ । आफ्नो ‘साहित्यमा विश्व दृष्टिकोणको प्रश्नवारे’ (२०४०) शीर्षक लेखमा अधिभूतवादी तथा वैज्ञानिक विश्व दृष्टिकोणका बीचको सङ्घर्षबारे उल्लेख गर्दै भट्ट भन्नु हुन्छ, ‘सौन्दर्यशास्त्रसम्बन्धी धारणा, समालोचनात्मक मूल्याङ्कनका पद्धति र साहित्य तथा कलाका विषयवस्तु एवम् शैली– यी सबै कुराहरू मनुष्य समाजमा लामो कालसम्मको श्रम, सङ्घर्ष, प्रयोग, अनुभव र द्वन्द्वात्मक क्रिया प्रतिक्रियाहरू पछि मात्र क्रमशः उत्पन्न भएका वा विकसित हु“दै आएका कुरा हुन्, ती कुनै दैवी प्रतिभाबाट अकस्मात् प्रादुर्भाव भएका सरस्वतीका वरदान हैनन् ।’ (२०५५, पृ. ५५) । यहा“ सौन्दर्य चिन्तन सम्बन्धी माक्र्सवादी दृष्टिकोण अभिव्यक्त भएको देखिन्छ ।
समालोचक गोविन्द भट्टले प्रगतिवाद र माक्र्सवादको पक्षपोषण गर्दै आए पनि अन्तिम अवधिमा बहुलवादी जनवादको पक्षमा लामबद्ध भई सौन्दर्यशास्त्रीय संशोधनवादलाई अबलम्बन गरेको पाइन्छ ।
(ख) शक्ति लम्साल
नेपाली साहित्य चिन्तनको क्षेत्रमा दोस्रो चरणको प्रारम्भदेखि नै शक्ति लम्साल निरन्तर क्रियाशील रहीआउनु भएको छ । वहा“का कतिपय महत्वपूर्ण लेखहरूलाई ‘माक्र्सवाद, समाज र साहित्य’ (२०६१÷२०६३) शीर्षक कृतिमा सङ्कलित गरिएको छ । यस कृतिमा विचार, समालोचना, साहित्य, कला, संस्कृति तथा कतिपय
साहित्यिक व्यक्तित्वहरूका कृतिहरूको स्मृति आदिका साथै केही साहित्यिक अन्तर्वार्ताहरूलाई पनि समावेश गरिएको छ । यस कृतिमा माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा प्रगतिवादलाई विकसित गर्नु पर्ने कुरामा जोड दिइएको छ । प्रस्तुत कृतिमा सौन्दर्य चिन्तनमा केन्द्रित रही लेखिएको ‘कला साहित्यप्रति माक्र्सेली सौन्दर्यशास्त्रीय दृष्टिकोण’ शीर्षक लेख रहेको छ । लम्साल भन्नुहुन्छ, ‘माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिकोणले हेर्ने र व्याख्या गर्ने हो भने साहित्य र कलाको स्वरूप वर्गीय हुन्छ ।’ (२०६३– पृ.६२) । यो कृति माक्र्सवादी सौन्दर्य चिन्तन र प्रगतिवादी साहित्यको क्षेत्रमा महत्वपूर्ण रहेको छ ।
(ग) निनु चापागाईं
निनु चापागाईंद्वारा रचित ‘यथार्थवादी रचना दृष्टि र विवेचना’ (२०५१) शीर्षक सङ्कलित पुस्तक सौन्दर्यशास्त्रीय अध्ययनको दृष्टिले महत्वपूर्ण रहेको छ । यस कृति अन्तर्गतको ‘सौन्दर्यशास्त्र र यसको विषयवस्तु’ शीर्षक लेखमा निनुले सौन्दर्यात्मक र कलात्मक पक्ष, सामान्यतः सौन्दर्यशास्त्र र विशेषतः माक्र्सवादी सौन्दर्यशास्त्रबारे विस्तृत रूपमा प्रकाश पार्नु भएको छ । सौन्दर्यशास्त्रका प्रवर्गहरूबारे चर्चा गर्दै निनु भन्नुहुन्छ, ‘सौन्दर्यशास्त्रको अधिसिद्धान्त सौन्दर्यशास्त्रको आधारभूत र विस्तृत प्रवर्ग ‘सौन्दर्यात्मक’ हो । सौन्दर्यात्मकले सुन्दर, कुरूप, उदात्त, प्रहसनात्मक, नाटकीय जस्ता प्रवर्गहरूका साथै जीवन र कलामा पाइने सौन्दर्यात्मक विशेषस“ग सामान्य रहेका सबै विषयलाई समावेश गर्दछ ।’ (२०५१–पृ.१३४) । यहा“ सौन्दर्यशास्त्रका सामान्य तथा विशिष्ट प्रवर्गहरूका साथै अधिसिद्धान्तको पनि उल्लेख गरिएको छ ।
सौन्दर्यशास्त्रलाई परिभाषित गर्दा निनुले सौन्दर्यात्मक र कलात्मक दुवै पक्षको समग्रतामाथि ध्यान दिनु भएको पाइन्छ । साथै, निनुले माक्र्सवादी सौन्दर्यशास्त्रको परिधि र क्षेत्रबारे पनि आवश्यक प्रकाश पार्नु भएको छ । वहा“ भन्नुहुन्छ, ‘विषयवस्तु र क्षेत्रको आधारमा माक्र्सवादी सौन्दर्यशास्त्रको संरचना सौन्दर्य नियम र प्रवर्गहरूको मुख्य प्रणाली समेत श्रमको सौन्दर्यशास्त्र, इन्जिनियरिङ सौन्दर्यशास्त्र, दैनिक जीवन र आचरणको सौन्दर्यशास्त्र, सौन्दर्य शिक्षाको सिद्धान्त, कलाको सामान्य सिद्धान्त र अंशतः कलाको समाजशास्त्रबाट निर्मित भएको छ ।’ (२०५१–पृ.१३२) । यहा“ विषयवस्तु र क्षेत्रको विशिष्टताका आधारमा सौन्दर्यशास्त्रको विशिष्टीकरण गरिएको छ ।
सौन्दर्य चिन्तन तथा समालोचनाको क्षेत्रमा निनुको दोस्रो सङ्कलन ‘माक्र्सवादी–चिन्तनमा सौन्दर्य’ (२०६४) हो । यस कृतिमा यही शीर्षक रहेको विशिष्ट लेख सौन्दर्यशास्त्रीय अध्ययनका दृष्टिले विशेष महत्वपूर्ण रहेको छ । यस लेखमा सौन्दर्य चिन्तनको ऐतिहासिक विकास प्रक्रिया, सौन्दर्य चिन्तनका वस्तुगत प्रत्ययवादी तथा आत्मगत प्रत्ययवादी, भौतिकवादी दृष्टि र ती सबैभन्दा भिन्न द्वन्द्वात्मक भौतिकवादी दृष्टि, सौन्दर्यको वस्तुगत स्वरूप, सौन्दर्यानुभूतिको सामाजिक चरित्र, श्रम प्रक्रियाका बीचबाट सौन्दर्यचेतनाको विकास, सौन्दर्यको सापेक्षता, उपयोगिता तथा मूल्यका रूपमा सुन्दर प्रवर्गको ऐतिहासिक विकास प्रक्रिया तथा विवेचना, कलामा सुन्दरको अभिव्यक्ति आदि प्रवर्गका रूपमा सौन्दर्यात्मक प्रवर्गको विश्लेषण र माक्र्सवादी सौन्दर्यशास्त्र बारे विस्तृत रूपमा प्रकाश पारिएको छ ।
यसैगरी निनुको तेस्रो सङ्कलन ‘उत्तरआधुनिकताः भ्रम र वास्तविकता’ (२०६४) शीर्षक कृति हो । यसमा सङ्कलित ‘सौन्दर्यशास्त्र र यसमा रहेका केही विवादहरू’ लेख सौन्दर्यशास्त्रमा सङ्केन्द्रित रहेको छ । यो लेख पहिलेकै लेखहरूको परिपूरक रहे पनि बढी सघन, व्यापक र परिमार्जित रहेको छ । निनुको यस लेखमा कलाको रसस्वादन गर्ने आम जनता, लेखक, कलाकार र समालोचक सबैका लागि सौन्दर्यशास्त्र उपयोगी हुने कुरा बताउ“दै यस शास्त्रको महत्वमाथि राम्रो प्रकाश पारिएको छ । यस लेखमा सौन्दर्यशास्त्रको ऐतिहासिक विकास प्रक्रिया, परिभाषा तथा प्रणाली, माक्र्सवादी सौन्दर्यशास्त्र, त्यसको प्रकार्य र भूमिका लगायतका विषयहरूबारे गहिरो विवेचना गरिएको छ । प्रस्तुत लेखमा निनुद्वारा सौन्दर्यशास्त्रलाई यसरी परिभाषित गरिएको छ, ‘सौन्दर्यशास्त्रले कलासहित मानव गतिविधिका हरेक क्षेत्रमा विश्वको सौन्दर्यपरक संज्ञानको विवेचना गर्दछ । यो ऐतिहासिक रूपबाट निर्धारित मानवमूल्यहरू, तिनको सृजन, तिनको अवबोधन, मूल्याङ्कन र आत्मसात्करणको व्याख्या–विश्लेषण गर्ने ज्ञानको एउटा शाखा हो । यसले मानिसका हरेक गतिविधिमा हुने विश्वको सौन्दर्यपरक संज्ञानका अति सामान्य नियम र सिद्धान्तहरूको विवेचना गर्ने काम गर्दछ ।’ (२०६४– पृ. १०६) । यहा“ सौन्दर्यपरक र कलात्मक दुवै पक्षलाई समेटी सौन्दर्यशास्त्रलाई परिभाषित गरिएको छ ।
‘यथार्थवादी रचनादृष्टि र विवेचना’ (२०५१) पुस्तकमा कलाका सामान्य सिद्धान्तहरूको प्रतिपादन गर्ने सन्दर्भमा ‘विचारधारा र साहित्य’, ‘कलाबिम्ब र यसको महत्व’, ‘कला र सिद्धान्त’, ‘कलाको सारतत्व र प्रकृति’ लगायतका गहन लेखहरूलाई समावेश गरिएको छ । यी लेखहरूको केन्द्रमा ‘नेपाली साहित्यको सन्दर्भमा समाजवादी यथार्थवाद’ रहेको छ । यस लेखमा समाजवादी यथार्थवादको उद्भव तथा नामाङ्कन सहित, त्यसको सृजन विधिलाई विशिष्ट कलात्मक एवम् ऐतिहासिक प्रवर्गको रूपमा ग्रहण तथा व्याख्या गएिको छ । त्यस प्रकारको कलात्मक विधिको अवधारणा अन्तर्गत विचारधारा, समाजशास्त्र, भौतिक ज्ञानमीमांसा, अर्थमीमांसालाई राखिएको छ । यो अत्यन्तै महत्वपूर्ण विषय हो र यसबारे गम्भीर बहसको आवश्यकता छ । साथै, नेपालमा समाजवादी यथार्थवादको थालनी र विकास बारे पनि विषयलाई गम्भीर रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
त्यस्तै ‘माक्र्सवादी चिन्तनमा सौन्दर्य’ (२०६४) मा कलात्मक पक्षस“ग सम्बन्धित ‘कला र राजनीति’, ‘साहित्यमा अन्तर्वस्तु र रूपको प्रश्न’, ‘साहित्य र वर्गसङ्घर्ष’, ‘प्रगतिवाद र यसमा देखिएका विचलन’ जस्ता लेखहरू पनि समावेश गरिएका छन् । यस अतिरिक्त ‘उत्तरआधुनिकतावादः भ्रम र वास्तविकता’ (२०६४) मा समाविष्ट ‘प्रगतिवादी साहित्य र यसको विशेषता’, जस्ता लेखहरू पनि विशेष उल्लेखनीय रहेका छन् । साहित्य र कलाका सामान्य सिद्धान्त र विधिस“ग सम्बन्धित यी सबै लेखहरूमा एकातिर समाजवादी यथार्थवाद वा प्रगतिवादका विविध पक्षमा विस्तृत रूपमा प्रकाश पारिएको छ भने अर्कोतिर उत्तर आधुनिकतावाद सहित प्रतिध्रुवीय तथा संशोधनवादी धाराको सैद्धान्तिक रूपमा कडा विरोध गरिएको छ । साथै, यहा“ कतिपय लेखमा प्रगतिवादी कित्ता भित्रका विवादित विषय बारे पनि चर्चा गरिएको छ ।
सारमा भन्नु पर्दा निनुका सौन्दर्य चिन्तन र कला सिद्धान्त सम्बन्धी यी लेखहरूमा विषयवस्तु बारे निकै गहन तथा सूक्ष्म रूपमा अध्ययन, विश्लेषण एवम् संश्लेषण गरिएको छ । निनुको लेखनशैली शास्त्रीय, विश्लेषणात्मक, विधिवैज्ञानिक तथा प्रणालीबद्ध र ऐतिहासिक तथा तार्किक पक्षको संयोजनमा आधारित रहेको छ ।
(घ) ऋषिराज बराल
नेपाली माक्र्सवादी सौन्दर्य चिन्तनको इतिहासमा डा.ऋषिराज बरालको ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ शीर्षक कृतिको विशिष्ट स्थान रहेको छ । यस कृतिमा सङ्कलित ‘माक्र्सवादी सौन्दर्यशास्त्र ः इतिहास तथा मूल्य’ उपशीर्षक लेख सौन्दर्यशास्त्रीय दृष्टिले निकै महत्वपूर्ण रहेको छ । माक्र्सवादी सौन्दर्यशास्त्रको दार्शनिक आधारका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र सैद्धान्तिक आधारमा रूपमा आर्थिक आधार तथा उपरी संरचना सम्बन्धी मान्यतालाई लिइएको छ । यस कृतिमा माक्र्सवादी सौन्दर्यशास्त्रको व्याख्या गर्ने क्रममा सौन्दर्यशास्त्रका प्रवर्ग, साहित्य र कलाको विचारधारा तथा सामाजिक जीवनसितको सम्बन्ध, प्रतिबिम्बन र बिम्बको सौन्दर्यात्मक प्रत्यक्षीकरण, श्रम, सौन्दर्य र कलाका बीचको सम्बन्ध, सौन्दर्यशास्त्रको वर्गीय पक्षधरता, समाजवादी यथार्थवादसितको सम्बन्ध, अन्तर्वस्तु र रूपको प्रश्न, नया“ नायक निर्माण, क्रान्तिकारी आदर्शको संवहन, शैली चेतना, लेखक, पाठक तथा कृतिका बीचको सम्बन्ध, सौन्दर्यात्मक आदर्श, सांस्कृतिक स्वरूप र सामाजिक व्यवस्थामा आधारित मूल्य त्रयीको मान्यता आदिबारे राम्रो प्रकाश पारिएको छ ।
बराल सौन्दर्यशास्त्रको परिभाषा दिंदै भन्नुहुन्छ, ‘सौन्दर्यशास्त्र यस्तो विज्ञान हो जसले प्रकृतिमा, समाजमा, भौतिक एवम् अभौतिक उत्पादनमा निहित सौन्दर्य तथा सिर्जनात्मकताका विविध पक्षहरूको अध्ययन गर्दछ ।’ त्यस्तै साहित्य र कलाको सौन्दर्यशास्त्रलाई परिभाषित गर्दै बराल अगाडि भन्नुहुन्छ, ‘साहित्य र कलाको सन्दर्भमा सौन्दर्यशास्त्र सौन्दर्यका नियमअनुसार सिर्जनात्मक कार्यको रूप र सारको व्याख्या गर्ने शास्त्र हो । यसले कलाका विशिष्टताहरू, यसका सैद्धान्तिक तथा रचनात्मक प्रक्रियाहरूको अध्ययन गर्दछ ।’ (२०६७, पृ.२२) । यहा“ साहित्य र कलाको सौन्दर्यशास्त्रलाई संक्षिप्तमा सिर्जनात्मक कार्यको रूप र सारको शास्त्र बताइएको छ । यो कृति माक्र्सवादको पक्ष र उत्तर आधुनिकतावादको विपक्षमा परिलक्षित रहेको छ । प्रस्तुत कृतिमा साहित्यको समाजशास्त्र, मोडेलवाद, उत्तर संरचनावाद, इतिहास लेखन, नारीवाद, विनिर्माणवाद, लीला लेखन र प्रगतिको सिद्धान्त आदिबारे विस्तृत तथा गहन रूपमा उल्लेख गरिएको छ ।
यसैगरी ‘माक्र्सवादी चिन्तनमा सौन्दर्य’ मा माक्र्सवादी सौन्दर्य चिन्तनका विविध पहलुबारे स्पष्ट पारिएको छ । यसमा सौन्दर्य उद्बोधनको संरचनात्मक स्थितिका रूपमा कृति, लेखक र पाठकका बीचको सम्बन्धमाथि प्रकाश पार्दै कृतिमा सत्यम्, शिवम्, सुन्दरम् मूल्य सन्निहित हुने कुरा बताइएको छ । त्यस्तै सौन्दर्य संरचनाका चारतत्व–(१) यथार्थको सत्यपरक प्रतिबिम्बन, (२) मौलिकता तथा नवीनता, (३) कुतुहलता र (४) रचना चातुर्यमा जोड दिइएको छ ।
त्यस्तै ‘माक्र्सवादी सौन्दर्यशास्त्रः इतिहास तथा मूल्य’ अन्तर्गत माक्र्सवादी सौन्दर्यशास्त्रमा सुन्दर, सौन्दर्य, सौन्दर्यबोध, सौन्दर्यानुभूति, सौन्दर्यआदर्श, सौन्दर्यचेतना, सुखद, त्रासद, श्रम, बिम्ब, प्रतिबिम्बन, प्रारूपीकरण, सौन्दर्यरुचि, सृजनात्मक कृत्य, लगायतका प्रवर्गहरूको उल्लेख गरिएको छ । त्यसैगरी ‘माक्र्सवाद र दुःखान्त सम्बन्धी अवधारणा’ उपशीर्षक अन्तर्गत सुन्दर–कुरूप, सुख–दुःख, हा“सो–रोदन, त्रासद–कामद जस्ता प्रवर्गहरूको उल्लेख गर्दै दुःखान्त सम्बन्धी माक्र्सवादी दृष्टकोणबारे स्पष्ट पारिएको छ ।
यसैगरी बरालले सौन्दर्य चिन्तनको क्षेत्रमा माओद्वारा खेलिएको भूमिकाको उच्च मूल्याङ्गन गर्नु भएको छ । ‘सौन्दर्यशास्त्रमा माओ’ शीर्षक लेखमा बराल भन्नुहुन्छ, ‘वास्तवमा रूपवादी र संशोधनवादी सौन्दर्यशास्त्रीय चिन्तन विरुद्धको सङ्घर्षलाई अझ तीव्र रूपमा अगाडि बढाउनुपर्ने वर्तमान अवस्थामा माओको सौन्दर्यशास्त्रीय चिन्तनको महत्व झन् बढेर गएको छ ।’ (२०६७, पृ.९९) । हो, सा“च्चै आजको युगमा रूपवाद र संशोधनवादी सौन्दर्य चिन्तनका विरुद्धको वैचारिक सङ्घर्षमा माओवादी सौन्दर्य चिन्तनको महत्व निकै बढेर गएको छ ।
अन्तमा, उपसंहारका रूपमा ‘उत्तर–अवधारणाको दार्शनिक सारतत्व, यसका विविध रूप र नेपाली बौद्धिक जगत’ शीर्षकमा निष्कर्षका रूपमा उत्तर आधुनिकतावादलाई शून्यवादमा आधारित विचारधाराको अन्त तथा इतिहासको अन्तको अवधारणा र सङ्कटग्रस्त पू“जीवादको अभिव्यक्तिको रूपमा प्रस्तुत गरिएको छ । साथै यहा“ उत्तर माक्र्सवाद र उत्तर औपनिवेशिकतावादको पनि उल्लेख गर्दै नेपालमा पनि यो धारा बहसको विषय बनेको र त्यसको सशक्त विरोध गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिइएको छ ।
ऋषिराज बरालको अर्को महत्वपूर्ण कृति ‘उत्तर आधुनिकतावाद र समकालीन यथार्थ’ (२०६३) हो । यस कृतिमा उत्तरआधुनिकतावादको गहन विश्लेषण एवम् संश्लेषण गर्दै नेपाली समाज एवम् संस्कृतिमाथि पनि आवश्यक ध्यान दिइएको छ । प्रस्तुत कृतिको उपसंहारमा माक्र्सवाद, नवमाक्र्सवाद र उत्तर आधुनिकतावादबारे ऐतिहासिक विश्लेषण सहित आवश्यक प्रकाश पारिएको छ । यहा“ माक्र्सवाद असफल भयो भन्नेहरूमाथि कडा प्रहार गर्दै माक्र्सवाद विकसित हु“दै गइरहेको तथ्यलाई राम्रोस“ग उजागर गरिएको छ । बराल भन्नुहुन्छ, ‘माक्र्सवाद जड, स्थिर र गतिहीन सिद्धान्त होइन, यो नितान्त गतिशील, निरन्तर विकसित र उध्र्वगामितातर्फ क्रियाशील सिद्धान्त हो । नेपाली धरतीमा महान् वर्गयुद्धका क्रममा यो नया“ किसिमले परिष्कृत, परिमार्जित, विकसित, विस्तारित र समृद्ध बन्दै गएको छ ।’ (२०६३, पृ.७१) । यहा“ माक्र्सवादलाई क्रान्तिको प्रक्रियामा विकसित हु“दै जाने गतिशील सिद्धान्तका रूपमा प्रस्तुत गरिएको छ ।
महान् जनयुद्धको प्रक्रियामा माक्र्सवादी सौन्दर्यशास्त्र अन्तर्गत जनयुद्धको सौन्दर्यशास्त्र विकसित भएको छ । बरालको ‘सत्ता र संस्कृति’ (२०६६) कृतिको ‘खण्ड एक’ मा जनयुद्धको सौन्दर्यशास्त्रस“ग सम्बन्धित लेखहरू समावेश गरिएका छन् । ती लेखहरू महान् जनयुद्धको प्रक्रियामा विकसित नया“ यथार्थ, त्यसको साहित्य कलामा प्रतिबिम्बन, सङ्कटकाल, सांस्कृतिक आन्दोलन लगायतका विषयस“ग सम्बन्धित छन् । यी मध्ये सौन्दर्यशास्त्रीय दृष्टिले ‘जनयुद्ध, आतङ्क र आनन्दको सौन्दर्यशास्त्र’ शीर्षक लेख विशेष महत्वपूर्ण छ । सो लेखमा आनन्द र आतङ्कको चर्चा गर्दै भनिएको छ, ‘आतङ्कलाई लाल आतङ्क र श्वेत आतङ्क भनेर वर्गीयतामा विभाजित गर्ने गरिन्छ । यो एउटा पक्ष हो । परन्तु दार्शनिक तह र सौन्दर्यात्मक पक्षबाट गरिने आतङ्कको अर्थले त्यो भन्दा गहिरो र अझ संश्लिष्ट अर्थ राख्दछ । यो प्रवृत्यात्मक हो । सत्य कुरा के हो भने दार्शनिक तथा सौन्दर्यात्मक दृष्टिले सौन्दर्य आदर्शको परिणति आतङ्क र आनन्दको उन्मीलनमा हुन्छ ।’ (२०६६, पृ.१८९) । यहा“ आतङ्क र आनन्दको दार्शनिक तथा सौन्दर्यशास्त्रीय व्याख्या गरिएको छ ।
सौन्दर्य चिन्तनको क्षेत्रमा बरालले विषयवस्तुलाई ऐतिहासिक तथा सैद्धान्तिक आधारमा प्रस्तुत गर्दै माक्र्सवादी सौन्दर्यशास्त्रको व्यवस्थित तथा क्रमबद्ध विवेचना गर्नु भएको छ । वहा“ले माक्र्सवादी सौन्दर्य चिन्तन र समाजवादी यथार्थवादको
रक्षाका लागि सबैखाले आदर्शवाद, अधिभूतवाद, यान्त्रिक भौतिकवाद, आभिजात्यवाद, आधुनिकतावाद, उत्तर आधुनिकतावाद, नव वामपन्थ, उत्तर माक्र्सवाद र दक्षिणपन्थी संशोधनवाद विरुद्ध दृढतापूर्वक सङ्घर्षको झण्डा उठाउनु पर्ने आवश्यकतामाथि विशेष जोड दिनु भएको छ ।
(ङ) घनश्याम ढकाल
नेपाली माक्र्सवादी सौन्दर्य चिन्तनको इतिहासमा घनश्याम ढकालको विशेष महत्व छ । यस सन्दर्भमा ढकालको ‘माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना’ (२०५४) शीर्षक कृति उल्लेखनीय रहेको छ । नेपालमा माक्र्सवादी सौन्दर्यशास्त्रमा केन्द्रित रहेर लेखिएको यो पहिलो कृति हो ।
प्रस्तुत कृतिमा माक्र्सवादी सौन्दर्यशास्त्र केन्द्रित लेखहरूमा मुख्यतः ‘माक्र्सवादी सौन्दर्यशास्त्रको विषय’, ‘सौन्दर्य र यसको प्रकृति’, ‘सौन्दर्यपरक प्रवर्ग’, ‘माओ र सौन्दर्यशास्त्र’, ‘सौन्दर्यशास्त्रीय संशोधनवाद’ पर्दछन् । यी लेखहरूमा सौन्दर्यशास्त्रका विविध पक्षबारे राम्रो प्रकाश पारिएको छ ।
लेखकले यसै पुस्तकको ‘सौन्दर्य र यसको प्रकृति’मा सौन्दर्यलाई बुझाउने सुषमा, परमशोभा, कान्ति, द्युति, छवि, रुचिर, चारु, साधु, शोभन, कान्त, मनोरम, रुच्य, मञ्जु, रम्य, मनोहर, सौम्य आदि शब्दहरूको चर्चा गर्नु भएको छ । यसै सन्दर्भमा वहा“ले सौन्दर्यलाई बुझाउने पूर्वीय काव्य चिन्तन र पश्चिमी सौन्दर्य चिन्तनमा विद्यमान आदर्शवादी र भौतिकवादी धाराबीचको सङ्घर्षलाई स्पष्ट पार्ने प्रयास गर्नु भएको छ । यस सन्दर्भमा वहा“ले सौन्दर्य चिन्तनको क्षेत्रमा प्रयोग गरिदै आएका अनुपात, सङ्गति, सममिति, सन्तुलन, सुव्यवस्था, विविधता, औचित्य जस्ता पदावलीहरूबारे राम्रो विश्लेषण गर्नु भएको छ । साथै, वहा“ले सौन्दर्य सम्बन्धी आदर्शवादी तथा यान्त्रिक भौतिकवादी चिन्तनको खण्डन गर्दै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा सौन्दर्यका वस्तुनिष्ठता, सापेक्षता, वर्गीयता, सामाजिकता, द्वन्द्वात्मकता, उपयोगिता जस्ता पक्षबारे आवश्यक प्रकाश पार्नु भएको छ । यसै क्रममा ढकालले सौन्दर्यपरक प्रवर्गबारे उल्लेख गर्दै सुन्दर, कुरूप, उदात्त, तुच्छ, त्रासद, प्रहसनात्मक जस्ता प्रवर्गहरूको सैद्धान्तिक विश्लेषण समेत गर्नु भएको छ ।
सौन्दर्यशास्त्रलाई परिभाषित गर्ने प्रक्रियामा कलात्मक र सौन्दर्यात्मक पक्षस“ग सम्बन्धित विवादबारे चर्चा गर्दै ‘माक्र्सवादी सौन्दर्यशास्त्रको विषय’ मा ढकाल भन्नुहुन्छ, ‘सबै कलात्मक कार्यहरू सौन्दर्यात्मक हुन्छन्, तर सबै सौन्दर्यात्मक कार्यहरू कलात्मक हु“दैनन् । त्यसैले कलाको भन्दा सौन्दर्यको क्षेत्र व्यापक हुन्छ । सौन्दर्यबोधको हिसाबले समग्र जीवन र जगत माक्र्सवादी सौन्दर्यशास्त्रको विषय हो ।’ (२०५४, पृ.५) । सौन्दर्यशास्त्रलाई परिभाषित गर्दै ढकाल अगाडि भन्नुहुन्छ, ‘सौन्दर्यशास्त्रले सौन्दर्यका विविध पक्षहरूका साथै कलाको प्रकृति, स्रोत, सार, इतिहास र विकासका नियमहरूको अध्ययन गर्दछ । कला क्षेत्र बाहिर रहेका सुन्दरका नियमानुसार सिर्जित वस्तुहरूको विश्लेषण गर्दछ । वर्गयुद्ध, विज्ञान र प्रविधिको नया“ विकासले सौन्दर्यशास्त्रका विषयहरू थपिन्छन् ।’ (२०५४, पृ. ५–६) । माक्र्सवादी सौन्दर्यशास्त्र के हो त ? ढकालको भनाइ छ, ‘माक्र्सवादीहरूले सौन्दर्यशास्त्रलाई जीवन र जगतको सौन्दर्यात्मक आत्मसात्करणका नियमहरू र सौन्दर्यको नियमानुसार सिर्जनात्मक कार्यको सार र रूप बुझाउने विज्ञानको रूपमा प्रयोग गर्दछन् ।’ (२०५४– पृ. १) । ढकालले माक्र्सवादी सौन्दर्यशास्त्रबारे विस्तृत रूपमा चर्चा गर्दै त्यसको अधिसिद्धान्त हुने कुरा पनि बताउनु भएको छ ।
त्यस्तै ढकालका कला केन्द्रित लेखहरू अन्तर्गत ‘कला र यसको प्रकृति’, ‘कलात्मक संज्ञान र प्रतिबिम्बन सिद्धान्त’, ‘कलाबिम्ब’, ‘कला र विचारधारा’, ‘अन्तर्वस्तु र रूप’ आदि पर्दछन् । यी लेखहरूमा कलास“ग सम्बन्धित विविध पक्षको चर्चा गर्दै समाजवादी यथार्थवादबारे विस्तृत रूपमा विश्लेषण गरिएको छ ।
सौन्दर्य चिन्तनको क्षेत्रमा घनश्यामको विशेषता इतिहासको विश्लेषणका आधारमा सिद्धान्त, धारा र पद्धतिको खोज गर्नु वा तिनलाई ठम्याउनु हो । यस सन्दर्भमा ‘पूर्वीय चिन्तनमा सौन्दर्य’ र ‘नेपाली साहित्यमा सौन्दर्य चिन्तनको विकास’ शीर्षक लेखहरू विशेष उल्लेखनीय रहेका छन् । पूर्वीय चिन्तनमा सौन्दर्यको चर्चा गर्दा ढकालद्वारा वैदिक कालदेखि महाकाव्यकाल हु“दै रस, अलङ्कार, ध्वनि लगायतका सम्प्रदायहरूको विकास प्रक्रिया, काव्य तथा सौन्दर्यमूल्यबारे उल्लेख गर्दै ती विषयबारे माक्र्सवादी सौन्दर्य चिन्तनको आलोकमा अध्ययन गर्नुपर्ने कुरा बताइएको छ । त्यसैगरी नेपाली साहित्यमा सौन्दर्य चिन्तनको चर्चा गर्ने प्रक्रियामा नेपाली सौन्दर्य चिन्तनको इतिहास साहित्यमा मात्र सीमित नरही मूर्ति, वास्तु लगायतका कलास“ग सम्बन्धित रहेको कुरा उल्लेख गरिएको छ । यसै प्रसङ्गमा नेपाली साहित्यका इतिहास र वर्तमानमा विद्यमान विभिन्न धाराहरूको पनि विवेचना गरिएको छ ।
ढकाल सौन्दर्यशास्त्रीय संशोधनवाद विरुद्ध सङ्घर्ष गर्नु पर्ने कुरामा विशेष सतर्क हुनुहुन्छ । ढकाल भन्नुहुन्छ, ‘सौन्दर्यशास्त्रीय संशोधनवाद वा नवसंशोधनवाद स्वतन्त्र ढङ्गले अभिव्यक्त नभएर माक्र्सवादी दर्शन र राजनीतिको विचलनस“गै आउने हुनाले समाजवादी यथार्थवादी कलाकार सौन्दर्यशास्त्रीय संशोधनवादस“ग लड्न, दर्शन र राजनीतिको विचलनस“ग लड्न त्यत्तिकै जरूरी हुन्छ । आजको संसारमा संशोधनवादको प्रतिकार गर्न माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक हतियार बिना सम्भव छैन ।’ (२०५४, पृ.१३५) । यहा“ ढकालले माक्र्सवाद–लेनिनवाद–माओवादको हतियारले समृद्ध भएर संशोधनवाद विरुद्ध सङ्घर्ष गर्नु पर्ने कुरामा विशेष जोड दिनु भएको छ ।
घनश्याम ढकालले ‘सौन्दर्यशास्त्रको आ“खीझ्याल’ (२०६६) पुस्तकमा सामान्यतः सौन्दर्य तथा कला चिन्तन र विशेषतः माक्र्सवादी सौन्दर्य चिन्तन र समाजवादी यथार्थवादी अर्थात् प्रगतिवादी कला र साहित्यका सिद्धान्त, विधि र नियमस“ग सम्बन्धित विषयलाई अति संक्षिप्त र सूत्रबद्ध रूपमा प्रस्तुत गर्नु भएको छ । यहा“ सौन्दर्यशास्त्र जस्तो जटिल विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।
वस्तुतः ढकालले सौन्दर्य चिन्तनको क्षेत्रमा विषयवस्तुलाई व्यवस्थित तथा क्रमबद्ध रूपमा समेटी माक्र्सवादी सौन्दर्यशास्त्र सम्बन्धी महत्वपूर्ण कृतिको रचना गरेर र त्यसमा समाजवादी यथार्थवादलाई व्यवस्थित ढङ्गले प्रस्तुत गर्दै पूर्वीय तथा नेपाली साहित्यमा सौन्दर्य चिन्तनको ऐतिहासिक रूपमा अध्ययन गर्ने र सौन्दर्यशास्त्रीय संशोधनवाद विरुद्ध आवाज उठाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।
(च) जगदीश चन्द्र भण्डारी
डा.जगदीश चन्द्र भण्डारीले ‘सौन्दर्यको भूमिका’ शीर्षक छोटो कृतिमा सौन्दर्यशास्त्रीय महत्वका केही लेख लेख्नु भएको छ । ती मध्ये ‘सन्दर्भ ः नवीन सौन्दर्यको’, ‘समकालीन सिर्जनशीलता र नया“ सौन्दर्यबोध’, ‘जेलब्रेक ः यौद्धिक अनुभव र सौन्दर्यानुभवको अभिरम मेल’ जस्ता लेखहरू महत्वपूर्ण छन् ।
माक्र्सवादी सौन्दर्यशास्त्र बारे भण्डारी भन्नुहुन्छ, ‘द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी अर्थात् माक्र्सवादी चिन्तनले आदर्शवादी चिन्तनलाई अप्रामाणिक मानेको छ । सौन्दर्यशास्त्रका क्षेत्रमा माक्र्सवादी सौन्दर्यशास्त्रले वर्ग दृष्टिकोण र त्यसको प्रभाव तथा रूपान्तरणका पक्षमा थुप्रै व्याख्या गरेको छ । सौन्दर्यको मूल्याङ्कनमा पनि माक्र्सवादी सौन्दर्यशास्त्रले वैज्ञानिक दृष्टिकोण अगाडि सारेको छ ।’ (२०६५, पृ.३) । स्पष्ट छ, भण्डारी आदर्शवादी सौन्दर्यशास्त्रको विरोधी र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित माक्र्सवादी सौन्दर्यशास्त्रको पक्षमा हुनुहुन्छ । यसैगरी भण्डारीको ‘प्रगतिवादः वर्तमान सन्दर्भमा’ लगायतका लेखहरू पनि कला सिद्धान्त तथा विधिका क्षेत्रमा गहन रहेका छन् । सौन्दर्य चिन्तनको अध्ययनका दृष्टिले भण्डारीको यो कृति सानै भए पनि महत्वपूर्ण रहेको छ ।
(छ) ताराकान्त पाण्डेय
पाण्डेयद्वारा रचित ‘सौन्दर्य चिन्तन तथा समालोचनामा जनयुद्धको प्रभाव’ शीर्षक लेखमा सौन्दर्यशास्त्रबारे चर्चा गर्दै भनिएको छ, ‘सौन्दर्यशास्त्र सामान्यतया सौन्दर्यको व्याख्या गर्ने शास्त्र हो र यसका क्षेत्रभित्र मानवीय÷सामाजिक सौन्दर्यका सबै पक्ष आउ“छन् तथापि विशिष्ट रूपमा कलाका सौन्दर्यको व्याख्या गर्ने शास्त्रकै रूपमा हामी सौन्दर्यशास्त्रलाई लिन्छौ ।’ (कलम–५३÷२०६६,पृ.२८) । सो लेखमा पाण्डेयले महान् जनयुद्धको प्रक्रियामा नया“ यथार्थलाई हेर्ने दृष्टिकोण, आतङ्क र आनन्दसम्बन्धी अवधारणा, कला–साहित्यको मापदण्डको प्रश्न, उत्तर आधुनिकता विरुद्ध मोडिएको मोर्चा, जनयुद्धको सौन्दर्यशास्त्रको विकास आदिबारे विस्तृत रूपमा प्रकाश पार्नु भएको छ । साथै सो लेखमा वहा“ले जनयुद्धको सौन्दर्यशास्त्रलाई माक्र्सवादी सौन्दर्यशास्त्रकै समीचीन व्याख्या र विकसित आयाम बताउनु भएको छ । पाण्डेयको विशिष्ट क्षेत्र कविताको सौन्दर्यशास्त्रीय अध्ययन हो । यसै क्रममा उहा“ले समग्र सौन्दर्यशास्त्रबारे पनि आवश्यक ध्यान दिंदै जाने प्रयास गर्नु भएको देखिन्छ ।
(ज) गोपीन्द्र पौडेल
‘सुन्दर, सौन्दर्यबोध र सौन्दर्यात्मक कार्य’ शीर्षक लेखमा गोपीन्द्र पौडेलले आदर्शवादी सौन्दर्य दर्शनको विरोधमा भौतिकवादी सौन्दर्य दर्शनको पक्षपोषण गर्नु भएको छ । पौडेल भन्नुहुन्छ, ‘आदर्शवादी दर्शनलाई आत्मसात् गरेर सुन्दर वस्तु ठम्याउन तथा सौन्दर्य मूल्यको पारख गर्न सकिन्न । आदर्शवादी दर्शनले वस्तुजगतबाट प्राप्त चेतनालाई स्वीकार नगरी परम चेतनामा विश्वास गर्दछ र त्यही परम चेतनामै सुन्दर–असुन्दरको अस्तित्व विद्यमान भएको ठान्दछ । यसका विपरीत द्वन्द्वात्मक भौतिकवादी दर्शनले वस्तु जगत्लाई स्वतन्त्र एवम् शास्वत ठानेर वस्तु सत्तामा नै सुन्दर–असुन्दरको खोजी गर्दछ ।’ (२०५९– पृ.२) । यस लेखमा पौडेलद्वारा माक्र्सवादी मान्यताअनुसार मानव श्रमको महत्व, सौन्दर्यानुभूति तथा सौन्दर्यबोधको वर्ग सङ्घर्षसितको सम्बन्ध, मूल्यबोध, यथार्थको कलात्मक प्रतिबिम्बन, स्रष्टाको कलात्मक सीप तथा उदात्त सौन्दर्यचेत आदिमा जोड दिइने कुरा स्पष्ट पारिएको छ । साथै, यहा“ रूपवादमा आधारित रही प्रयोगवादी शैली वैज्ञानिक, विनिर्माणवादी लेखनको विरोध र प्रगतिवादको पक्षपोषण गर्दै विचार तथा शिल्पको संयोजनमा प्रतिनिधिमूलक कृतिको रचना गर्नु पर्ने कुरामा समेत विशेष जोड दिइएको छ । कथाको सौन्दर्यशास्त्रीय अध्ययनलाई आफ्नो विशिष्ट क्षेत्र बनाउ“दै आउनु भएका पौडेल समग्र सौन्दर्यशास्त्रीय अध्ययन तर्फ पनि आर्कषित बन्दै जानु भएको देखिन्छ ।
(झ) विष्णु प्रभात
विष्णु प्रभातद्वारा लिखित ‘चिन्तन र सौन्दर्य’ शीर्षक कृति अन्तर्गत सौन्दर्यशास्त्रीय महत्वका केही लेखहरू समावेश गरिएका छन् । सो कृतिको भूमिका ‘कृतिका वृत्ति’मा प्रभातले भाववादी सौन्दर्यशास्त्र र भौतिकवादी सौन्दर्यशास्त्रबारे उल्लेख गर्दै भौतिकवादी सौन्दर्यशास्त्रको पक्षपोषण गर्नु भएको छ । प्रस्तुत कृतिमा प्रभातको सौन्दर्य चिन्तन केन्द्रित ‘कला साहित्यमा सौन्दर्य’ शीर्षक लेखलाई समावेश गरिएको छ । यहा“ वहा“ले माक्र्सवादी सौन्दर्यशास्त्रको पक्षपोषण गर्नु भएको छ र माओको येनान वार्ताको महत्वमाथि पनि प्रकाश पार्नु भएको छ । सौन्दर्यशास्त्रबारे प्रभात भन्नुहुन्छ, ‘सौन्दर्यशास्त्रले एकातर्फ कला–साहित्यको क्षेत्रमा उत्पादित सांस्कृतिक रचनाहरूको मूल्याङ्कन गर्दछ भने अर्कोतर्फ यो स्वयम् नै ललितकलाको दर्शनका रूपमा खडा हुन पुग्दछ ।’ (२०४६, पृ.८४÷८५) । समालोचक विष्णु प्रभातले माक्र्सवादी सौन्दर्यशास्त्रलाई वैज्ञानिक सौन्दर्यशास्त्रका रूपमा प्रस्तुत गर्नु भएको छ ।
विष्णु प्रभातको ‘प्रलेसको संक्षिप्त इतिहास’ (२०६३) पुस्तक नेपाली सौन्दर्य चिन्तन तथा प्रगतिवादी धाराको इतिहास बारे जानकारी प्राप्त गर्न सहयोगी हुने देखिन्छ । प्रभातको उपस्थिति बहुदलीय जनवादी धारामा रहेको छ ।
(ञ) दिल साहनी
दिल साहनीद्वारा अङ्ग्रेजीमा ‘अ सर्वे अफ माक्र्सिस्ट एस्थेटिक्स’ (२०६१) शीर्षक कृति लेखिएको छ । यसमा माक्र्सवादी सौन्दर्यशास्त्रलाई यसरी परिभाषित गरिएको छ, ‘माक्र्सवादी सौन्दर्यशास्त्र आदर्शवादी वा पु“जीवादी सौन्दर्यशास्त्र भन्दा पूर्ण रूपमा फरक छ, किनभने यसले सबै प्रश्नको प्रत्यक्ष वा परोक्ष रूपमा भौतिकवादी ढङ्गले व्याख्या गर्दछ । माक्र्सवादी साहित्य द्वन्द्वात्मक साथै ऐतिहासिक भौतिकवादी अडानमा आधारित छ ।’ (२०६१, पृ.३) । यस कृतिमा साहनीले साहित्य, कला र सौन्दर्यचिन्तन सम्बन्धी माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, प्लेखानोभ आदिका विचार र समाजवादी यथार्थवादवारे संक्षिप्तमा चर्चा गर्नु भएको छ । लेखकले यस कृतिको भूमिकामा माक्र्सवादी साहित्य र कलाको अन्तिम उद्देश्यका रूपमा विगतका सबै बन्धनबाट मुक्ति, शान्ति, प्रसन्नता, परिवर्तन, समृद्धि, सामाजिक न्याय र समानतालाई प्रस्तुत गर्नु भएको छ ।
(ट) ईश्वर चन्द्र ज्ञवाली
ज्ञवालीद्वारा रचित ‘प्रचण्डपथीय सौन्दर्य चिन्तन सांस्कृतिक संश्लेषणको सन्दर्भ’ लेखमा सामान्यतः सौन्दर्यशास्त्र र विशेषतः प्रचण्डपथीय सौन्दर्यशास्त्र बारे आवश्यक चर्चा गरिएको छ । लेखमा भनिएको छ, ‘सौन्दर्यशास्त्रको अर्थ हुन्छ सुन्दरता सम्बन्धी सबै पक्षको अध्ययन, विश्लेषण र सैद्धान्तीकरण गरिएको शास्त्र । जीवन, प्रकृति र कलामा विद्यमान सबै सौन्दर्यात्मक पक्षहरूको अध्ययन गर्ने वैज्ञानिक पद्धतिलाई सौन्दर्यशास्त्र भनिन्छ ।’ (२०६६, पृ.४) । साथै सो लेखमा सौन्दर्यचेतना तथा कलाको वर्गीय स्वरूप, समाजवादी यथार्थवाद, सुन्दर–कुरूप, सत्य–असत्य, उज्यालो–अ“ध्यारो, कलाको सार र रूप लगायतका विषयमा प्रकाश पारिएको छ । साथै, यहा“ प्रचण्डपथीय सौन्दर्य चिन्तनबारे पनि उल्लेख गरिएको छ । कविता स्रष्टाका रूपमा सुपरिचित ज्ञवाली समालोचना र सौन्दर्य चिन्तनका क्षेत्रमा पनि अग्रसर हुनु भएको देखिन्छ ।
(ठ) गङ्गा श्रेष्ठ
गङ्गा श्रेष्ठले पनि ‘सौन्दर्यशास्त्र र प्रचण्डपथीय सौन्दर्यशास्त्र’ शीर्षक लेखमा सामान्यतः सौन्दर्यशास्त्र र विशेषतः प्रचण्डपथीय सौन्दर्यशास्त्रबारे प्रकाश पार्नु भएको छ । उहा“ले सौन्दर्यचिन्तनको ऐतिहासिक विकास प्रक्रियाका बीचबाट माक्र्सवादी सौन्दर्यशास्त्र विकसित भएको कुरा औंल्याउनु भएको छ । सौन्दर्यचिन्तनको इतिहासमा सौन्दर्यात्मक तथा कलात्मक पक्षबीचको विवादको सन्दर्भबारे चर्चा गर्दै श्रेष्ठ भन्नुहुन्छ, ‘कला सिद्धान्त नै सौन्दर्यशास्त्र हो अर्थात् कला सिद्धान्त र सौन्दर्यशास्त्रलाई पर्यायवाची ठान्ने हेगेलको कुरा गरौं वा कला सिद्धान्त र सौन्दर्यशास्त्रलाई समानान्तर ठान्ने पेस्पेलोभको कुरा गरौं यी दुवैको दृष्टिकोण गलत छ ।’ (२०६६, पृ. ७४) । यसै प्रक्रियामा उहा“ले जनयुद्धको सौन्दर्यशास्त्र र प्रचण्डपथीय सौन्दर्यशास्त्र बारे पनि आवश्यक चर्चा गर्नु भएको छ । कविता, कथा, निबन्ध र उपन्यास लेखनका क्षेत्रमा क्रियाशील एवम् स्थापित गङ्गा श्रेष्ठ सौन्दर्यशास्त्रका क्षेत्रमा पनि प्रविष्ट हुनु भएको छ ।
(ड) चैतन्य
चैतन्यद्वारा ‘माक्र्सवादी कलादृष्टि र समीक्षा’ (२०६४) पुस्तकमा सौन्दर्यशास्त्रमा केन्द्रित रही लेखिएका लेखहरूमा मुख्यतः माओवादी सौन्दर्य दर्शन, सौन्दर्यपरक आदर्श र सौन्दर्यचिन्तनका मूलतत्वहरू पर्दछन् । यसैगरी कलामा केन्द्रित रही लेखिएका मुख्य लेखहरूमा लेखकीय स्वतन्त्रता र प्रतिबद्धताबारे, प्रगतिवादी समालोचनाको मापदण्ड, पारिजात सौन्दर्यचिन्तनको विकास प्रक्रिया, कलामीमांसा लगायतका लेखहरूलाई लिन सकिन्छ ।
सौन्दर्यशास्त्रबारे चैतन्यद्वारा ‘सौन्दर्य चिन्तनका मूल तत्वहरू’ शीर्षक लेखमा भनिएको छ, ‘सौन्दर्यशास्त्रमा प्रकृति, जीवन र कलामा विद्यमान सौन्दर्यका सामान्य नियमको अध्ययन गरिन्छ । यो अध्ययन सौन्दर्यका सिद्धान्त, दृष्टिकोण, सौन्दर्यपरक प्रवर्गहरू, सौन्दर्यपरक आदर्श, सौन्दर्यानूभूति, सौन्दर्यमूल्य जस्ता विषयस“ग सम्बन्धित छ । यसमा मानव जीवनमा विद्यमान सुन्दर र कुरूप, उदात्त र नीच, दुःखान्त र प्रहसन जस्ता प्रवर्गहरूका साथै मानवीय रचनात्मक ऊर्जाको उद्घाटन तथा जीवनको सामञ्जस्यपूर्ण विकासका समस्याहरूबारे अध्ययन गरिन्छ । सौन्दर्यशास्त्रले कलाका क्षेत्रमा कलाकार, कलाकृति र कलाग्राही बीचको सम्बन्ध, कलाको रचनाप्रक्रिया, कलामा विद्यमान प्रवृत्तिमूलकता तथा मूल्याङ्कन, अन्तर्वस्तु र रूपको एकता जस्ता विषयहरूको अध्ययन गर्दछ ।’ (२०६४, पृ.२०७) । त्यस्तैगरी सो लेखमा श्रम, सौन्दर्य र क्रान्तिको सम्बन्ध, आधार र उपरी संरचनाको सम्बन्ध, सौन्दर्यपरक प्रवर्गको अध्ययन, सौन्दर्यानुभूति, सौन्दर्यमूल्य आदिबारे पनि चर्चा गरिएको छ ।
त्यसैगरी ‘क्रान्ति र सौन्दर्य’ (२०६४) शीर्षक सङ्कलनमा महान् जनयुद्धको सन्दर्भस“ग जोडिएका विभिन्न लेखहरू समावेश छन् र त्यसमा ‘जनयुद्धको सौन्दर्यशास्त्र’ शीर्षक लेख केन्द्रीय स्थानमा रहेको छ । सो लेखमा जनयुद्धकालीन नेपाली सामाजिक जीवन, कला र सौन्दर्यको क्षेत्रमा विद्यमान सुन्दर र कुरूप, उदात्त र नीच तथा दुःखान्त र प्रहसनबीचको अन्तर्विरोधलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । त्यस्तै ‘समीक्षा र सौन्दर्य’ (२०६५) शीर्षक कृतिमा २०३६ देखि २०६५ सालसम्म लेखिएका विभिन्न लेखहरूको सङ्कलन गरिएको छ ।
चैतन्यद्वारा सौन्दर्य चिन्तन र कलाको क्षेत्रमा उत्तर आधुनिकतावादको खण्डन र माक्र्सवादको पक्षपोषण गर्दै मूलतः तीन ओटा लेखहरू लेखिएका छन् । ती हुन्– ‘उत्तर आधुनितावादको सारतत्व र जन सांस्कृतिककर्मीहरूको दायित्व’ (‘कलम’मा पुनःप्रकाशित), ‘उत्तर आधुनितावादी दर्शन’ (सङ्घर्षको दर्शन, २०६०), ‘नेपालमा उत्तर आधुनिकतावाद बारे बहसको प्रक्रिया’ (समीक्षा र सौन्दर्य, २०६५) । यी लेखमा उत्तरआधुनिकतावादको विरोध र माक्र्सवादको पक्षपोषण गरिएको छ ।
साथै, चैतन्यद्वारा रससिद्धान्तबारे पनि चर्चा गरिएको छ । यस सन्दर्भमा ‘रस सिद्धान्त, साधारणीकरण र माक्र्सवाद’ लेख ध्यान दिन योग्य छ । यस लेखमा भनिएको छ, ‘भरतदेखि जगन्नाथसम्मको लामो ऐतिहासिक यात्रा हु“दै अहिलेसम्म आउ“दा रस सिद्धान्त र साधारणीकरणका क्षेत्रमा जेजस्ता सकारात्मक मूल्यहरू छन् तिनलाई स्वीकार गर्नुपर्दछ र बासी भइसकेका कालातीत मान्यताहरूको मोहपाशमा बल्झिइराख्नु हु“दैन ।’(प्रवर्तक, २०६८ पृ.२६) । यहा“ भारतीय सौन्दर्य चिन्तनमा विद्यमान रस सिद्धान्तबारे पनि माक्र्सवादी कोणबाट अध्ययन गर्ने प्रयास गरिएको छ ।
चैतन्यद्वारा माक्र्सवादी विश्व दृष्टिकोणका आधारमा सौन्दर्य चिन्तन र कलाको अध्ययन गर्दै तमाम प्रकारका आदर्शवादी, अधिभूतवादी तथा यान्त्रिक भौतिकवादी र संशोधनवादी चिन्तनको खण्डन गर्दै आउने काम भएको छ ।
(ढ) प्रचण्ड
प्रचण्डद्वारा विभिन्न अन्तर्वार्ता तथा लेखहरूमा साहित्य, कला, संस्कृति र सौन्दर्य चिन्तनबारे उल्लेख गरिएको पाइन्छ । वहा“का यस्ता केही सामग्रीहरू ‘संस्कृति, कला र सौन्दर्य चिन्तन’ (२०६३) कृतिमा चैतन्यको भूमिका सहित सङ्कलित छन् । प्रचण्डले ती लेख तथा अन्तर्वार्ताहरूमा साहित्य र राजनीतिको सम्बन्ध, सांस्कृतिक आन्दोलनको दिशा, सौन्दर्यबोध आदि विषयबारे प्रकाश पार्नु भएको छ । वहा“ भन्नुहुन्छ, ‘महान् जनयुद्धका क्रममा जन समुदायले प्रदर्शन गरिरहेको त्याग, तपस्या, वीरता र
बलिदानको ओज र गरिमालाई कलात्मक अभिव्यक्तिद्वारा जन समुदायकै लड्ने उत्साह र एकता बलियो पार्ने प्रतिबद्धतापूर्ण पहल नै आजको सौन्दर्यबोधको वास्तविक मापदण्ड हो । जन समुदायका विरुद्ध पुरानो फासीवादी सत्ताद्वारा भइरहेको
अत्याचारका विरुद्ध आवाज नउठाउने तथा जनसमुदायको विद्रोह र क्रान्तिकारी पहलका विरुद्ध भइरहेको प्रतिक्रियावादी र संशोधनवादी विष वमनको प्रतिकार नगर्ने साहित्य जनताको निमित्त विषालु मात्र हुनेछ ।’ (२०६३, पृ.८४÷८५) । यहा“ सौन्दर्यबोधको मापदण्ड र प्रतिक्रियावाद तथा संशोधनवादको विरोध लगायतका कुराहरूको उल्लेख गरिएको छ । महान् जनयुद्धको कालखण्डमा प्रचण्डद्वारा साहित्य, कला, संस्कृति तथा सौन्दर्यचिन्तनबारे पनि चर्चा गरिएको थियो र वहा“कै नामबाट प्रचण्डपथीय सौन्दर्यशास्त्र पदावलीको प्रयोग गरिएको कुरा पनि स्पष्ट नै छ ।
४. शास्त्र, वर्ग तथा समुदाय केन्द्रित सौन्दर्य चिन्तन
प्रगतिवादी समालोचना तथा माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा शास्त्र र वर्ग केन्द्रित रही दार्शनिक, मनोवैज्ञानिक, कलावादी, माक्र्सवादी, पु“जीवादी, आदर्शवादी, भौतिकवादी सबै प्रकारका सौन्दर्यशास्त्रलाई बुझाउने पदावलीहरूको प्रयोग हु“दै आएको छ । यस सन्दर्भमा माक्र्सवादी सौन्दर्यशास्त्र र पु“जीवादी सौन्दर्यशास्त्रबारे बढी उल्लेख गरिरहनु पर्ने आवश्यकता छैन । परन्तु समुदाय केन्द्रित सौन्दर्यशास्त्रबारे केही चर्चा गर्न आवश्यक छ ।
ऋषिराज बरालको ‘उपन्यासको सौन्दर्यशास्त्र’ (२०६४) मा ‘कालाहरूको सौन्दर्यशास्त्र’, ‘नारीवादी सौन्दर्यशास्त्र’ को उल्लेख गरिएको छ । नारीवादी सौन्दर्यशास्त्रबारे बरालको भनाइ यस्तो छ, ‘नारीवादीहरूले छोटै समयमा नारीवादी सौन्दर्यशास्त्रको निर्माण गरेको र त्यसको व्यावहारिक आधार उपन्यास विधा बनेको देखिन्छ । उपन्यासमा नारीको स्थान निर्धारण नारीवादी उपन्यासको सौन्दर्यशास्त्रको उद्देश्य हो ।’ (२०६४, पृ.९५) । नारीवादी सौन्दर्यशास्त्रको स्थिति स्पष्ट पार्नका लागि बरालद्वारा विषयवस्तु, चरित्र, पाठक, विचार, स्रष्टा, पाठ जस्ता तत्वहरूमाथि विशेष जोड दिइएको छ ।
नारी केन्द्रित सौन्दर्यचिन्तनको कुरा गर्दा नेपालमा भएका सुन्दरी प्रतियोगिताका सन्दर्भमा गरिएका छलफलमाथि ध्यान दिन जरुरी छ । यस सन्दर्भमा मोदनाथ प्रश्रितद्वारा लिखित ‘नेपालको परिप्रेक्षमा प्रस्तुत सौन्दर्य प्रतियोगिता’ शीर्षक कार्यपत्रमा भनिएको छ, ‘अहिले सौन्दर्य प्रतियोगिता शारीरिक रूपको प्रदर्शनमा हैन, उत्पादनका विविध क्षेत्रमा र स्वास्थ्यको क्षेत्रमा सुरु गर्नु ज्यादै राम्रो हुनेछ ।’ (खण्ड–७, २०५८, पृ.२९७) । यहा“ शारीरिक सौन्दर्य प्रतियोगिताको विरोध र उत्पादन एवम् स्वास्थ्य आदिको क्षेत्रमा प्रतियोगिताको पक्षपोषण गरिएको छ । त्यस्तै निनु चापागाईंद्वारा लिखित ‘सुन्दरी प्रतियोगिता के हो र किन गरिन्छ ?’ शीर्षक लेखमा सुन्दरी प्रतियोगितालाई ‘उपभोक्तावादी संस्कृतिको महत्वपूर्ण पक्ष’ (२०५४, पृ.१५५) बताइएको छ । ठीक यसै सन्दर्भमा प्रगतिवादी साहित्यकार पारितजात भन्नुहुन्छ, ‘सुन्दरताका विज्ञापन होइनन् स्वास्नीमान्छेहरू, जसरी पु“जीवादी र सामन्तवादी समाजले बनाइरहेको छ । ....सुन्दरता र यौन प्रतीकबाट झिकेर स्वास्नीमान्छेहरूको अस्मितालाई सङ्घर्षको क्यानभासमा टा“गिन दिनुपर्छ’ । (२०५४, ग्रन्थ ६, पृ.२७) । नारी अस्मिताबारे प्रस्तुत यो भनाइ सौन्दर्य चिन्तनको क्षेत्रमा निकै उत्कृष्ट रहेको छ ।
त्यस्तै रमेश भट्टराईको ‘लैङ्गिक समालोचना’ लेखमा महिलावादी सौन्दर्यशास्त्रको चर्चा पनि गरिएको छ । सो लेखमा भट्टराई भन्नुहुन्छ, ‘वर्गभेदले लिङ्गभेदलाई पनि बढाउ“छ र यसले विचारधारा, पाठक र समाजलाई पनि दूषित पार्छ । यस्तो अवस्थामा वर्गभेदको अन्त्यस“गै सबै प्रकारका विभेदको अन्त्यको खोजीका क्रममा विशेषतः तेस्रो विश्वका महिला र महिलावादी साहित्यको छुट्टै सौन्दर्यशास्त्रको खोजी हुनु जरुरी भएको छ ।’ (गरिमा, ३१०÷२०६५, पृ.५५) । भट्टराईको विचारमा पृथक महिलावादी सौन्दर्यशास्त्र जरूरी छ ।
निनु चापागाईंद्वारा ‘दलित साहित्य र सौन्दर्यशास्त्र’ बारे पनि आवश्यक प्रकाश पारिएको छ । निनु भन्नुहुन्छ, ‘दलित व्यक्ति वा समुदायले भोग्नुपरेको
सामाजिक–सांस्कृतिक परिस्थिति, यातना एवम् सङ्घर्ष दलित साहित्यमा प्रतिबिम्बन हुने गर्दछ । तर नेपालको दलित सौन्दर्यशास्त्रको सन्दर्भमा यसलाई मापदण्ड बनाउन सकिने स्थिति तयार भइसकेको छैन ।’ (रूपान्तरण–२०६३, पृ.८९) । निनुको विचारमा नेपालमा दलित साहित्यको महत्व भए पनि दलित सौन्दर्यशास्त्रको आवश्यकता देखिंदैन । घनश्याम ढकालद्वारा ‘दलित सौन्दर्यशास्त्र सम्भावना र स्वरूप’ शीर्षक लेखमा दलित सौन्दर्यशास्त्रबारे विस्तृत रूपमा चर्चा गरिएको छ र वहा“को विचारमा ‘दलित सौन्दर्यशास्त्र माक्र्सवादी सौन्दर्यशास्त्रकै अङ्ग हो ।’ (प्रवर्तक–१, २०६७, पृ.७५) ।
यसैगरी ताराकान्त पाण्डेयद्वारा लिखित ‘समसामयिक प्रगतिशील नेपाली कवितामा दलित चेतना’ शीर्षक लेखमा पनि समसामयिक प्रगतिशील कविताको चर्चा गर्दा दलित सौन्दर्यशास्त्र सम्बन्धी विषयबारे उल्लेख गरिएको छ । पाण्डेय भन्नुहुन्छ, ‘निश्चय पनि सौन्दर्यशास्त्रीय दृष्टिले पृथक दलित साहित्य भन्न सकिने स्थिति अझै पनि विकसित भइसकेको छैन तथापि विशुद्ध प्रगतिवादी र प्रगतिशील कवितामा व्यक्त भएको दलित चेतनाको आयाम र आयतनलाई एकै ठाउ“मा राख्दा भने यस्तो कविता साहित्यको एउटा बेग्लै कित्ता बनाउन सकिने सम्भावना पनि रहेको छ ।’ (२०६५, पृ. १३०) । यहा“ सौन्दर्यशास्त्रीय रूपमा पृथक दलित सौन्दर्यशास्त्र नभई दलित साहित्यका हिसाबले पृथक आयाम तथा आयतन हुने सम्भावनालाई भने स्वीकार गरिएको छ ।
रमेश भट्टराईद्वारा दलित सौन्दर्यशास्त्रबारे आवश्यक अध्ययन गर्ने काम भएको छ । ‘दलित परिप्रेक्ष्यः नेपाली प्रगतिवादी आख्यानका सन्दर्भमा’ लेखमा भट्टराई भन्नुहुन्छ, ‘दलित साहित्यको केन्द्र दलित हो र दलित मनुष्यलाई सबै प्रकारको भेदभावबाट मुक्त गर्ने ध्येय नै यसको मूल लक्ष्य हो । यस आधारमा समाजवादी यथार्थवादले अङ्गीकार गर्ने माक्र्सवादी चिन्तन र सौन्दर्यशास्त्र नै दलित साहित्यको चिन्तन र सौन्दर्यशास्त्र पनि हो ।’ (२०६५, पृ. १७) । यहा“ माक्र्सवादी सौन्दर्यशास्त्र अन्तर्गत दलित सौन्दर्यशास्त्रलाई राखिएको छ ।
यसैगरी गोपाल खम्बुद्वारा ‘किराती सौन्दर्यशास्त्र’ शीर्षक लेखमा किराती सौन्दर्यशास्त्रबारे प्रकाश पार्दै भनिएको छ, ‘हामी किटानका साथ भन्न सक्छौं कि माक्र्सवादी सौन्दर्यशास्त्र नै एक्काइसौं शताब्दीको किराती कला र साहित्यको सच्चा तथा एक मात्र वैज्ञानिक दर्शन हो, तसर्थ किराती सौन्दर्यशास्त्र प्रथमतः श्रमसित जोडिएको हुनु पर्दछ र दोस्रोमा, श्रमको सम्मान गर्ने हुनु पर्दछ ।” (उद्बोधन, २०६०, पृ.५०) । यहा“ किराती सौन्दर्यशास्त्रलाई माक्र्सवादी सौन्दर्यशास्त्र अन्तर्गत राखिएको छ । यसका साथै अन्य कतिपय लेखकहरूद्वारा पनि किराती सौन्दर्यशास्त्र बारे प्रकाश पारिएको छ ।
५. कलाका विधा केन्द्रित सौन्दर्य चिन्तन
कलाका विधा केन्द्रित सौन्दर्य चिन्तन कविता, उपन्यास, सङ्गीत, कथा, निबन्ध, सिनेमा आदि विषयस“ग सम्बन्धित रहेका छन् । यी विविध विधास“ग सम्बन्धित सौन्दर्यशास्त्र बारे विभिन्न लेखकहरूबाट प्रकाश पार्ने काम हु“दै आएको छ । ऋषिराज बरालले उपन्यासको सौन्दर्यशास्त्रबारे चर्चा गर्दै भन्नुभएको छ, ‘उपन्यासको माक्र्सवादी सौन्दर्यशास्त्र उपन्यासमा निहित सुन्दर तथा कुरूप पक्षको अध्ययन, विश्लेषण तथा मूल्याङ्कन गर्ने विज्ञान हो । यसले उपन्यासको अन्तर्वस्तु तथा रूपमा केन्द्रित भएर उपन्यासका सौन्दर्य प्रवर्गहरूको विश्लेषण गर्दै सौन्दर्य मूल्यको निरूपण गर्दछ ।’ (२०६४, पृ.१०९) । यहा“ उपन्यासको माक्र्सवादी सौन्दर्यशास्त्रको पहिचान प्रस्तुत गरिएको छ ।
साथै, बरालले सङ्गीतबारे पनि आवश्यक ध्यान दिनु भएको छ । सङ्गीतको सिर्जना तथा सौन्दर्यशास्त्रीय मूल्यमाथि प्रकाश पार्दै बराल ‘सङ्गीत र सौन्दर्य’ कृतिमा भन्नुहुन्छ, ‘यो एउटा विशिष्ट प्रकारको सिर्जन कार्य, उत्पादन कार्य नै हो । एउटा सुन्दर वस्तुको सिर्जनाको नियमबाट सङ्गीत–सिर्जनालाई पृथक राख्न सकिन्न । सङ्गीत आवश्यकता र स्वतन्त्रता, आवश्यकता र आकस्मिकता, गति र प्रतिरोध, निरन्तरता र क्रमभङ्गकै उपज हो । अन्तर्वस्तु र रूप–निर्माणको प्रक्रियामा विधागत जटिलता छन्, परन्तु अरु विधाझैं सङ्गीतको समग्र सौन्दर्यशास्त्रीय मूल्यको केन्द्र, अन्तर्वस्तु र रूपको द्वन्द्वात्मकतामा नै निहित छ ।’ (२०६४, पृ.६७÷६८) । यहा“ सङ्गीतका विविध पक्षको चर्चा गर्दै अन्र्तवस्तु र रूपको एकत्वलाई सङ्गीतको सौन्दर्यशास्त्रीय मूल्यको केन्द्र मानिएको छ ।
यसैगरी बरालद्वारा कविताको सौन्दर्यशास्त्रबारे पनि अध्ययन गर्ने प्रयास गरिएको पाइन्छ । यस सन्दर्भमा बरालको भनाइ छ, ‘कविताको सौन्दर्यशास्त्रको विकास र मूल्य निर्माण साहित्यको सौन्दर्यशास्त्रबाट नै भएको छ । जहा“सम्म माक्र्सवाद र कविताको सौन्दर्यशास्त्रको प्रश्न छ कविताको माक्र्सवादी सौन्दर्यशास्त्र साहित्यको माक्र्सवादी सौन्दर्यशास्त्रकै विधागत स्वरूप हो र प्रगतिवादी काव्यिक आन्दोलन कविताको सौन्दर्यशास्त्रीय स्वरूपको व्यावहारिक स्वरूप हो ।’ (२०६४, पृ.११७) । यहा“ कविताको सौन्दर्यशास्त्रलाई साहित्यको सौन्दर्यशास्त्र अन्तर्गत राखिएको छ ।
कविताको सौन्दर्यशास्त्रको चर्चा गर्दा डा. ताराकान्त पाण्डेयको नाम विशेष उल्लेखनीय रहेको छ । पाण्डेय भन्नहुन्छ, ‘कविता के हो भन्ने प्रश्न कविताको स्रष्टादेखि यसको पाठक, अनुरागी तथा समीक्षक र सौन्दर्यशास्त्री सबैका लागि उत्तिकै महत्व र सरोकारको विषय हो । कविताको सौन्दर्यशास्त्रमा यसको उत्तर विभिन्न किसिमले दिइएको पाइन्छ । परम्परागत आदर्शवादी सौन्दर्यशास्त्रमा कविता बारेका धारणा एक किसिमका छन् भने भाषाखेलमा आधारित भई विकसित नव आदर्शवादले यसलाई अर्को किसिमले अथ्र्याएको पाइन्छ । माक्र्सवादी सौन्दर्यशास्त्रले आफ्नै वस्तुगत धारणा अनुरूप यसलाई परिभाषित गरेको छ ।’ (२०६८, पृ.३७) । यहा“ कविताको सौन्दर्यशास्त्रलाई पुरानो र नया“ आदर्शवादबाट मुक्त गरी सौन्दर्यशास्त्रीय मान्यता अनुरूप विकसित गर्नु पर्ने कुरामा जोड दिइएको छ । त्यसैगरी पाण्डेयद्वारा रचित ‘कविताको सरल सौन्दर्यशास्त्र’ शीर्षक लेखमा कविताको जन्ममा उपयोगिताको सम्बन्धलाई जेठो र त्यसपछि मात्र त्यसमा मान्छेको सौन्दर्यात्मक अपेक्षा थपिन पुगेको कुरा उल्लेख गरिएको छ । पाण्डेयको भनाइमा स्तरीय कविताका लागि सुन्दर विचार, सुन्दर शब्द चयन, कथनको कला वा शैली र बिम्ब सौन्दर्यको आवश्यकता पर्दछ ।
यस्तै रमेश भट्टराईद्वारा कविताको सौन्दर्यशास्त्रको पनि चर्चा गरिएको पाइन्छ । भट्टराई ‘कविता र यसको रचना प्रक्रिया’ शीर्षक लेखमा भन्नुहुन्छ, ‘सौन्दर्यशास्त्रका सन्दर्भबाट कविता–लेखन र यसको सौन्दर्य वस्तुका विषयमा पनि चर्चा गर्न सकिन्छ । नेपाली कवितामा सौन्दर्यको खोजीका अनन्त सम्भावना छन् र ती सम्भावनालाई प्रगतिवादी कविहरूले प्रयोग गर्नै पर्ने हुन्छ ।’ (वेदना–७३÷२०६४, पृ.७३) । सो लेखमा वहा“ले प्रगतिवादी कविताको रचना प्रक्रियामा सौन्दर्यशास्त्रीय अध्ययन पनि उपयोगी हुने कुरा बताउनु भएको छ ।
गोपीन्द्र पौडेलले ‘कथाको सौन्दर्यशास्त्र’ लेख्नुभएको छ । वहा“ले कथाका संरचनात्मक ढा“चा वा उपकरणका रूपमा कथानक, पात्र, विचारतत्व, दृष्टिबिन्दु, भाषा र अन्य संरचक घटक तत्वहरूलाई प्रस्तुत गर्नुभएको छ । वहा“ले कथाको रचना प्रक्रियामा स्रष्टाको जीवनदृष्टि र सौन्दर्यबोध, यथार्थको प्रारूपीकरण, अन्तर्वस्तु र रूपको द्वन्द्वात्मक सम्बन्धजस्ता तत्वहरूमाथि प्रकाश पार्नु भएको छ । यसै प्रसङ्गमा वहा“ले कथा रचनाको प्रयोजनका रूपमा व्यापक समाज पर्यवेक्षण, श्रम–सौन्दर्यको प्रतिबिम्बन, क्रान्तिकारी भविष्य दृष्टिको अभिव्यञ्जना, वर्ग सङ्घर्षको प्रतिबिम्बन, नया“ सांस्कृतिक र सौन्दर्य मूल्यको उपस्थापन जस्ता कुराहरूमा आवश्यक ध्यान दिनु भएको छ । पौडेल भन्नुहुन्छ, ‘कथाले विधागत सौन्दर्य मूल्यको जगेर्नास“गै समाजमा नवीन सौन्दर्य चेतनाको सम्प्रेषण र स्थापित उन्नत सौन्दर्य मूल्यको संरक्षण गर्ने उद्देश्य राख्दछ । माक्र्सवादी साहित्यकारहरू सुन्दर भविष्यप्रति आस्था र भरोसा गर्छन् ।’ (कथाको सौन्दर्यशास्त्र २०६५, पृ.७३) । यहा“ माक्र्सवादी दृष्टिकोणका आधारमा कथाको संरचना मूल्य र उद्देश्यबारे राम्रो प्रकाश पारिएको छ ।
रमेश प्रसाद भट्टराईले सामान्यतः निबन्धको सौन्दर्यशास्त्र र विशेषतः प्रगतिवादी निबन्धको सौन्दर्यशास्त्र बारे राम्रो प्रकाश पार्नु भएको छ । ‘वर्तमान प्रगतिशील निबन्ध लेखन र तिनका प्रवृत्तिहरू’ निबन्धको सौन्दर्यशास्त्रमा भट्टराई भन्नुहुन्छ, ‘प्रगतिवादी निबन्धको सौन्दर्यशास्त्र अन्य विधामा जस्तै माक्र्सवादी साहित्यसम्बन्धी मान्यता, कलाको उद्भव र विकासका मूल स्थापना, सौन्दर्य एवम् सौन्दर्यबोध, समाजवादी यथार्थ चित्रणको पद्धति, सोद्देश्यता, वस्तु र रूपतत्वको कलात्मक विधि तथा शैली, प्रतिबद्धता र पक्षधरता, निबन्धकार एवम् वर्ग सङ्घर्ष तथा विचार र सिद्धान्तमा आधारित छ ।’ (२०६५, पृ.९४) । यहा“ माक्र्सवादी कोणबाट निबन्धका सौन्दर्यशास्त्रीय पक्षबारे सटीक रूपमा चर्चा गरिएको छ ।
साथै भट्टराईद्वारा सिनेमाको सौन्दर्यशास्त्रबारे पनि प्रकाश पार्ने काम भएको छ । भट्टराई भन्नुहुन्छ, ‘सिनेमा पनि साहित्यको अन्य विधा सरह स्वीकृत विधा बनेको छ । सिनेमाको सौन्दर्यशास्त्रलाई हेर्ने आधार पनि यसको विधागत सिद्धान्त र चिन्तन नै हो । यस आधारमा हेर्दा सिनेमाको विकास तथा माक्र्सवादी सिनेमाको विकसित सन्दर्भका आधारमा नै सिनेमाको सौन्दर्यशास्त्रीय स्वरूप स्पष्ट छ । माक्र्सवादीहरूले साहित्यका विभिन्न विधाहरूलाई स्वीकार गरेको सन्दर्भमा सिनेमालाई पनि नया“ विधाका रूपमा लिनै पर्ने हुन्छ ।’ (कलम ५५, २०६७, पृ. ५८) । यहा“ सिनेमाको पृथक सौन्दर्यशास्त्रको आवश्यकतामाथि विशेष जोड दिइएको छ ।
६. सौन्दर्य चिन्तन तथा साहित्यमा वैचारिक सङ्घर्ष
नेपाली सौन्दर्य चिन्तनको इतिहास विभिन्न धारा र प्रवृत्तिहरूका बीचको सङ्घर्षको इतिहास हो । नेपाली सौन्दर्य चिन्तनको क्षेत्रमा प्रतिधु्रवीय तथा माक्र्सवादी धारा र संशोधनवादी तथा माक्र्सवादी धाराका बीच निरन्तर सङ्घर्ष चल्दै आएको छ । यसका साथै माक्र्सवादी पंक्तिभित्रै पनि विभिन्न बहस तथा छलफल चल्दै आएका छन् । यसबारे छोटो चर्चा गर्न आवश्यक छ ।
(क) प्रतिधु्रवीय धारा र माक्र्सवादी धारा
प्रतिधु्रवीय धारा अन्तर्गत मूलतः तीन उपधारा पर्दछन्– पहिलो, सामन्तवादी सौन्दर्य चिन्तन तथा आभिजात्यवादी कलासिद्धान्त, दोस्रो, पु“जीवादी सौन्दर्य चिन्तन तथा आधुनिकतावादी कला सिद्धान्त र तेस्रो, उत्तर आधुनिकतावादी सौन्दर्य चिन्तन तथा कला सिद्धान्त । माक्र्सवादी धारा माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादको समग्रतामा आधारित छ ।
सामन्तवादी सौन्दर्य चिन्तन र आभिजात्यवादका अनुसार राजा, महाराजा एवम् कुलीनहरूको स्तुति–प्रशंसा गर्ने, राजारानी तथा कुलीनहरूलाई नायक नायिका बनाउने र सामन्ती राज्य व्यवस्थालाई आदर्श मानेर चल्ने गरिन्छ । यस प्रकारको सौन्दर्य चिन्तन र कला सिद्धान्तमा जनता र श्रमलाई घृणाको दृष्टिले हेरिन्छ । त्यस्तै पाश्चात्य पु“जीवादी सौन्दर्य चिन्तनमा आदर्शवादी, कलावादी तथा मनोवैज्ञानिक धारा र आधुनिकतावादका पक्षधरहरू पनि प्रगतिवादका विरोधी रही आएका छन् । उत्तर आधुनिकतावाद आधुनिकतावादकै विस्तार हो । यसले इतिहास, विचारधारा, यथार्थ, महावृत्तान्त आदि सबैको अन्त्यको कुरा गर्दछ र यो माक्र्सवादकै विरोधी रहेको छ । माक्र्सवादीहरूले सौन्दर्य चिन्तन तथा साहित्यकलाको क्षेत्रमा यसप्रकारका चिन्तन प्रणाली र सिद्धान्तको सशक्त रूपमा विरोध गर्दै आएका छन् ।
२०१० सालतिर ईश्वर बराल जस्ता समालोचकहरूले प्रगतिवादी साहित्यमाथि राजनीतिको प्रभाव, प्रचारवाद आदि आरोप लगाएका थिए । त्यसको विरोधमा कृष्णचन्द्र सिंह प्रधान लगायतका समालोचकहरू प्रस्तुत भएका थिए । पञ्चायत कालमा साहित्य र कलामा राजनीति र वादविशेषको आग्रह गरिनु हु“दैन भन्दै प्रगतिवादको विकासमाथि अवरोध पैदा गरियो र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न गम्भीर बन्न पुग्यो । यस अवधिमा सामन्ती नव–आभिजात्यवादको हैकम प्रबल बन्यो । माक्र्सवादी धाराबाट यी सबैको विरोध गर्दै आउने काम भएको छ ।
२०४७ साल पछि जन्मिएको बहुदलीय जनवादी धाराले महान् जनयुद्धको प्रक्रियामा प्रतिध्रुवीय धारासित घा“टी जोड्न पुगेको छ । त्यसबारे चर्चा गर्दै घनश्याम ढकाल भन्नुहुन्छ, ‘सामन्ती आभिजात्यवाद, बुर्जुवा आधुनिकतावाद र उत्तर आधुनिकतावादस“ग बहुदलीय जनवादको सङ्गमले यथावादी सौन्दर्य चिन्तनको आधारभूत त्रिवेणी खडा भएको छ । यी प्रवृत्तिहरूले यथार्थवादी चिन्तनको सांस्कृतिक मूल्य विघटनको सङ्केत गर्दछन् ।’ (२०५४, पृ.१६०) । यहा“ नेपाली सौन्दर्य तथा कला चिन्तनको इतिहासमा यथार्थवाद तथा प्रगतिवादका विरुद्ध विचारधारात्मक क्षेत्रमा गठबन्धन कायम गर्दै नेपाली साहित्यको लामो समयदेखि चल्दै आएको प्रतिध्रुवीय धाराबारे संक्षिप्तमा राम्रो प्रकाश पारिएको छ ।
त्यसैगरी नेपाली साहित्यमा लामो समयदेखि नै चल्दै आएको रूपवाद र यथार्थवादका बीचको सङ्घर्षमाथि पनि प्रकाश पार्दै ऋषिराज बराल भन्नुहुन्छ, ‘२००७ सालपछि ‘प्रगति’ प्रत्रिकामा प्रकाशित कृष्णचन्द्र सिंह प्रधान र ईश्वर बरालका चिन्तनहरूमा यो पक्ष अझ टड्कारो रूपमा देखा प¥यो । समय सापेक्षित रूपमा रूपवादीहरूले साहित्यको अपहरण गर्ने क्रममा विभिन्न रूप र माध्यमको सहारा लिएका छन् । अहिले मृत अवस्थामा रहेको रूपवादी नेपाली समालोचनालाई श्वास भर्ने काम शैलीविज्ञानले आरम्भ गरेको छ र अहिलेको यथार्थवादी, जीवनवादी र माक्र्सवादी समालोचनाको द्वन्द्व पनि यसैसित हुनु स्वाभाविकै छ । साहित्य सिर्जनामा रूपवादका पुराना रूपहरू प्रतीकवाद, अस्तित्ववाद, फ्रायडवाद, अकथा, अउपन्यासजस्ता प्रवृत्तिहरू हाल ओइलाइसकेका छन् र तिनको ठाउ“ एकातिर स्वैर कल्पनात्मक र लीला लेखनजस्ता प्रवृत्तिहरूले लिएका छन् भने अर्कोतिर सोझै भौतिकवादी जीवनवादी चिन्तनको विरोध गर्ने रचनाहरू देखा परेका छन् ।’ (२०६४, पृ. ५९) । यहा“ यथार्थवादका विरुद्ध प्रस्तुत हु“दै आएका रूपवादका कलावाददेखि शैलीविज्ञान र लीला लेखनसम्मका पुराना र नया“ प्रवृत्तिहरूको चर्चा गर्दै रूपवाद र यथार्थवाद÷माक्र्सवादबीचको सङ्घर्षबारे संक्षिप्तमा उल्लेख गरिएको छ ।
२०५१ सालयता उत्तर आधुनिकतावादी र माक्र्सवादी धारा बिचको विचारधारात्मक सङ्घर्ष तीव्र बन्दै आएको छ । यस अवधिमा उत्तर आधुनिकतावादको पक्षपोषण गर्नेमा कृष्ण गौतम, गोविन्दराज भट्टराई आदि र त्यसको विरोधमा ऋषिराज बराल, चैतन्य र निनु चापागाईं लगायतका लेखकहरू देखापर्दै आएका छन् । उत्तर आधुनिकतावाद र माक्र्सवाद बीचको विचारधारात्मक सङ्घर्ष सम्बन्धी लेखहरूलाई एउटै ठाउ“मा प्रस्तुत गर्ने काम ‘उत्तर आधुनिकता विशेषाङ्क’का रूपमा ‘भृकुटी’ (१०) मा गरिएको छ । यसमा उत्तर आधुनिकतावादको पक्षमा कृष्ण गौतम, गोविन्दराज भट्टराई, कृष्ण धरावासी आदि र त्यसको विपक्षमा ऋषिराज बराल, निनु चापागाईं, घनश्याम ढकाल, ताराकान्त पाण्डेय, गोपीन्द्र पौडेल, रमेश प्रसाद भट्टराई, अमर गिरी, विष्णु प्रभात, सुकुम शर्मा, सुधा त्रिपाठी आदिका लेखहरू पाइन्छन् । यहा“नेर एउटा उल्लेखनीय विशेषता के छ भने बहुदलीय जनवादी धारा अन्तर्गत रहेका कतिपय लेखकहरू पनि उत्तर आधुनिकतावादको विरोधमा सशक्त रूपमा प्रस्तुत हु“दै आएका छन् ।
त्यसैगरी २०५२ सालमा महान् जनयुद्धको थालनी भए यता प्रतिध्रुवीय धारा र माक्र्सवादी धाराका बीच साहित्य, कला र सौन्दर्य चिन्तनको क्षेत्रमा सशक्त रूपमा विचारधारात्मक सङ्घर्ष चल्दै आएको छ । यसै यथार्थमाथि ध्यान दिंदै सौन्दर्य चिन्तन सम्बन्धी लेखहरू र विभिन्न सैद्धान्तिक तथा कृतिपरक समालोचनाहरूलाई सङ्कलन गरी घनश्याम ढकालको संयोजकत्वमा जगदीश चन्द्र भण्डारी, हीरामणि दुःखी, खेम थपलिया, दिल साहनी, सीता शर्माद्वारा सम्पादित ‘माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य’ (२०६७) शीर्षक एउटा ग्रन्थका रूपमा बृहत् कृति प्रकाशित भएको छ । यस कृतिको सम्पादकीयमा जनयुद्धको सौन्दर्यशास्त्रलाई माक्र्सवादी सौन्दर्यशास्त्रकै निरन्तरता बताइएको छ । यस ग्रन्थलाई जनयुद्धको प्रक्रियामा विकसित साहित्य, कला र सौन्दर्य चिन्तनबारे आवश्यक जानकारी प्राप्त गर्नका लागि एउटा महत्वपूर्ण सामग्रीका रूपमा लिन सकिन्छ ।
(ख) संशोधनवादी र माक्र्सवादी धारा
संक्षिप्तमा भन्नुपर्दा माक्र्सवादका आधारभूत मान्यता हुन्– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्ग सङ्घर्ष, बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवाद । संशोधनवादले माक्र्सवादका यस प्रकारका आधारभूत मान्यताको अपव्याख्या, तोडमोड र परित्याग गर्दछ ।
२००७ सालयता कम्युनिस्ट पार्टीभित्र पैदा हु“दै गएका वैधानिकतावादी, राजावादी तथा संसदवादी, विचलनको असर माक्र्सवादी सौन्दर्य चिन्तन र प्रगतिवादी लेखनमा पनि पर्दै गएको पाइन्छ । यसै प्रसङ्गमा पुष्पलाल पक्षीय ‘नया“ जनवादी संस्कृति’ (२०२८) शीर्षक सांस्कृतिक प्रस्तावमा २०१४ सालतिरै संशोधनवाद सङ्गठनमा घुसेको, संशोधनवादले वर्ग सङ्घर्षको माक्र्सवादी दृष्टिकोण छाडी वर्ग समन्वयको सिद्धान्त मान्ने गरेको र त्यो प्रवृत्ति पछिल्लो कालमा आत्मसर्मपणवादी बन्न गएको कुरा उल्लेख गर्दै त्यस प्रवृत्तिका वाहकका रूपमा ताना शर्मा, कृष्णचन्द्र सिंह प्रधान आदिलाई औंल्याइएको छ ।
२०१९ सालयता साहित्य, कला र सौन्दर्य चिन्तनको क्षेत्रमा माओका योगदानहरूलाई माओ विचारधारा वा माओवादका रूपमा मान्ने वा नमान्ने, माओद्वारा विकसित येनान वार्ता तथा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई स्वीकार गर्ने वा नगर्ने लगायतका विषयमा गम्भीर बहस चल्दै आएको पाइन्छ ।
नेपाली माक्र्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा २०४७ सालयता बहुलवाद तथा वर्ग समन्वयवादी धारा देखा प¥यो । त्यसप्रकारको संशोधनवादी र माक्र्सवादी धाराका बीच तीव्र रूपमा सैद्धान्तिक तथा विचारधारात्मक सङ्घर्ष तथा बहस चल्दै आएको छ । बहुलवादी धाराले एकातिर माक्र्सवाद–लेनिनवादको गम्भीर रूपमा तोडमरोड गर्दै त्यसको पुनव्र्याख्यामा जोड दिएको छ भने अर्कोतिर माओ विचारधारा, नया“ जनवाद तथा सर्वहारा सांस्कृतिक क्रान्ति सम्बन्धी मान्यताको परित्याग समेत गरेको छ ।
बहुदलीय जनवादी धाराको सांस्कृतिक मोर्चामा विद्यमान विचलनको निनु चापागाईंबाट सशक्त रूपमा विरोध गर्ने काम भएको छ । एमालेद्वारा स्वीकार गरिएको जनताको बहुदलीय जनवाद, त्यसको वर्ग समन्वयवादी चिन्तन, बहुदलीय व्यवस्थालाई सच्चा प्रजातन्त्र ठान्ने दृष्टिकोण आदिको निनु चापागाईंले राम्रोस“ग विरोध गर्नु भएको छ । निनु भन्नुहुन्छ, ‘साहित्य र संस्कृतिलाई समाज रूपान्तरणकारी कार्यमा संलग्न गराउने र माक्र्सवादी सौन्दर्यशास्त्रलाई अङ्गीकार गर्ने स्रष्टाहरूले यस्ता विचारहरूको खण्डनमा आफूलाई उभ्याएको खण्डमा मात्र साहित्य–संस्कृति सा“चो अर्थमा यो भूमिका वहन गर्न समर्थशाली हुन सक्नेछ ।’ (२०६४, पृ.१५२) । यहा“ बहुदलीय जनवादमा आधारित वर्ग समन्वयवादी सौन्दर्य चिन्तनको कडा सैद्धान्तिक विरोध गरिएको छ ।
बहुलवादी धाराले जनताको बहुदलीय जनवादलाई साहित्य, कला र सौन्दर्य चिन्तनको पथ प्रदर्शक सिद्धान्त र मापदण्डका रूपमा स्वीकार गरेको छ । बहुलवादी धाराका सांस्कृतिक प्रवक्ता गोविन्द भट्टको ‘आजको साहित्यबारे केही विचार’ लेखमा प्रस्तुत भनाइ अनुसार जबजको कार्यक्रममा आधारित रहेर साहित्य, कला, सङ्गीत आदिको रचना गर्न आवश्यक छ । भट्टको भनाइ छ, ‘आजको प्रगतिवादी साहित्यको मापदण्ड पनि जबजको मूल सिद्धान्त नै हुन पुग्दछ ।’ (झिसमिसे, ३६÷२०५८, पृ.१३) । यहा“ स्पष्टतः साहित्य कला सम्बन्धी जबजको मापदण्ड अ“गाल्दै माक्र्सवादी मापदण्डको परित्याग गरिएको छ । जनताको बहुदलीय जनवाद प्रगतिवादी साहित्यको मापदण्ड हुनै सक्तैन र प्रगतिवादप्रति निष्ठावान् कुनै पनि समालोचकले बहुदलीय जनवादको मापदण्डलाई स्वीकार गर्नै सक्तैन ।
माक्र्सवादले साहित्य, कला र सौन्दर्य चिन्तनको स्वरूप वर्गीय हुने कुरा मान्दछ । परन्तु बहुदलीय जनवादी धाराले साहित्य, कला र सौन्दर्य चिन्तनको वर्गीय स्वरूपलाई निषेध गर्दछ । यस धाराका एक प्रमुख चिन्तक मानिने मोदनाथ प्रश्रितद्वारा ‘मानवीय भावना र वर्गीय भावना’ लेखमा भनिएको छ, ‘सबै मान्छेमा हुने भोक, तिर्खा, माया, ममता, वात्सल्य, रिस, घृणा, निद्रा, थकाइ, यौन भावना आदिजस्ता कुरा समग्र रूपमा वर्गीय हु“दैनन् ।’ (२०६२, पृ.१६२) । यहा“ मानवीय अनुभूति र आवेगलाई वर्गीय होइन वर्ग समन्वयवादी दृष्टिकोणका आधारमा हेरिएको छ । यो मानव स्वभावलाई प्राथमिक स्थानमा राख्ने पु“जीवादी विश्व दृष्टिकोणकै अभिव्यक्ति हो ।
प्रश्रितद्वारै लिखित ‘प्रगतिवादी गीत–सङ्गीत क्षेत्रका केही समस्या बारे’ शीर्षक कार्यपत्रमा भनिएको छ, ‘हाम्रो मुलुक परम्परादेखि बहु विचार, बहु दर्शन, बहु जाति, भाषा, धर्म र संस्कृतिको विविधतायुक्त परम्परामा हुर्केको छ । ... हाम्रो कला–साहित्यमा युद्धकालीन माक्र्सवाद र एकदलीय व्यवस्थाको प्रभाव केही मात्रामा परेको छ जसले गर्दा बहुलवादी नेपाली रुचिलाई त्यसले पर्याप्त सन्तुष्टि दिन सकिरहेको छैन ।’
(२०६२, पृ.१०४) । जसले बहुलवाद मान्दछ त्यो प्रगतिवादी हु“दैन । यस अर्थमा यहा“ प्रगतिवाद होइन बहुलवादका आधारमा गीत–सङ्गीतका समस्याबारे अध्ययन गर्न खोजिएको स्पष्ट हुन्छ । रुचिमा विविधता, विभिन्नता वा बहुलता अवश्य हुन्छ, परन्तु यसको अर्थ नेपाली समाजको रुचिलाई बहुलवादी अर्थमा विश्लेषण गर्न मिल्दैन । रुचिमा विभिन्नता मात्र होइन एकरूपता पनि छ । बहुलवादी रुचिसिद्धान्तको पक्षपोषण माक्र्सवादी होइन पु“जीवादी दर्शनमा गरिन्छ । माक्र्सवादी दर्शनले विविधता वा बहुलताबीच एकरूपता कायम हुने कुरा बताउ“छ ।
समाजको विकाससितै रुचिमा पनि परिवर्तन, रूपान्तरण र परिमार्जन हु“दै जान्छ । रुचि वर्गीय तथा सामाजिक मनोविज्ञान र विचारधारामा आधारित हुन्छ । सौन्दर्य चिन्तनको क्षेत्रमा कलाकार, कलाकृति र कलाग्राहीका बीच एकरूपताको माग गरिन्छ । यदि रुचिमा बहुलता वा विविधता मात्र हुन्थ्यो भने त्यस प्रकारको एकरूपताको कुरा गर्नै सकिदैन थियो । माक्र्सवादी सौन्दर्य चिन्तन अनुसार कलाकार, कलाकृति तथा कलाग्राहीका बीच द्वन्द्वात्मक एकरूपता हुन्छ र यसैलाई सामूहिक मनोभाव भनिन्छ ।
चैतन्यको ‘नेपाली सौन्दर्य चिन्तन ः माक्र्सवाद र बहुलवाद’ शीर्षक लेखमा एमालेमा विद्यमान वर्ग समन्वयवाद तथा बहुलवादमा आधारित सौन्दर्यशास्त्रीय संशोधनवादकोे विरोध तथा खण्डन गरिएको छ र यहा“ त्यसबारे अरु बढी उल्लेख गरिरहनु पर्ने आवश्यकता छैन ।
(ग) माक्र्सवादी धाराभित्रका विवाद र बहस
लामो समयदेखि प्रगतिवादी साहित्य कला र सौन्दर्य चिन्तनको फा“टमा माक्र्सवादी धाराभित्रै कतिपय विवाद र बहसहरू चल्दै आएका छन् । यसो हुनु आवश्यक तथा स्वाभाविक दुवै हो । यस प्रकारका विवाद तथा बहसहरू कतिपय अवस्थामा सकारात्मक र कतिपय अवस्थामा नकारात्मक रूपमा समाधान हु“दै गएको पाइन्छ ।
पहिलो चरणमा प्रगतिवादी साहित्य चिन्तनको फा“टमा कृष्णचन्द्र सिंह प्रधानद्वारा रचित ‘कवि व्यथित र काव्य साधना’ बारे विवाद भएको देखिन्छ । प्रधानले ‘व्यथित’ लाई समाजवादी ठह¥याउन खोजेकामा श्याम प्रसाद शर्माको असहमति देखिन्छ । उनको विचारमा ‘व्यथित’ लाई प्रगतिशील कवि त मान्न सकिन्छ, तर समाजवादी भने होइन । (२०६३, पृ.२०) । यस्तै नेपाली सौन्दर्य तथा साहित्य चिन्तनको क्षेत्रमा प्रगतिवाद कुन बेला सुरु भएको हो र क–कसलाई प्रगतिवादी मान्ने, प्रगतिवादी वा प्रगतिशील धारामा राजनीतिलाई महत्व दिनु उग्रवाद हुन्छ या हु“दैन आदिबारे पनि विवाद, बहस चल्दै आएको पाइन्छ ।
२०४० को दशकको पूर्वाद्र्धमा लेखकीय प्रतिबद्धता र स्वतन्त्रताका विषयमा पनि प्रशस्तै विवाद भएको देखा पर्दछ । यसबारे ताराकान्त पाण्डेय भन्नुहुन्छ, ‘०४० को दशकका पूर्वाद्र्धमा ‘उत्साह’ पत्रिकाको प्रकाशन मार्फत् खगेन्द्र सङ्ग्रौला, आनन्ददेव भट्ट, रमेश विकल प्रभृति एकथरि लेखक–चिन्तकहरूले प्रतिबद्धताका विरुद्ध लेखकीय स्वतन्त्रताका पक्षमा बहस र आन्दोलन चलाएको प्रसङ्ग यहा“ उल्लेखनीय छ । त्यतिबेला माक्र्सवादी सौन्दर्यशास्त्रका पक्षमा उभि“दै र त्यसका मर्मको रक्षा गर्दै चैतन्य प्रभृति एकथरि चिन्तक–समालोचकहरूले प्रतिबद्धता र प्रतिबद्ध लेखनका पक्षमा तीव्र वैचारिक सङ्घर्ष चलाएका हुन् र माक्र्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा यस अन्तर्विरोध एवम् सङ्घर्षस“गै यसको विकासको प्रक्रिया पनि अघि बढ्दै गएको हो ।’ (कलम ५३, पृ.२९) । यहा“ प्रतिबद्धता र स्वतन्त्रता सम्बन्धी बहसलाई सजीव रूपमा प्रस्तुत गरिएको छ ।
यसै प्रक्रियामा मध्यमार्गी कमी तथा कमजोरी र विचलन पनि देखा पर्ने गरेका छन् । यसबारे ‘सौन्दर्यशास्त्रीय संशोधनवाद’ मा घनश्याम ढकाल भन्नुहुन्छ, ‘नेपालमा मध्यमार्गी प्रवृत्तिको थालनी क्रान्तिकारी राजनीतिको विरोध, प्रतिबद्धताको विरोध, माओ विचारधारा मानेर पनि माओवादको विरोध, क्रान्तिकारी स्वच्छन्दतावादको विरोध, कला साहित्यबारे ‘येनान गोष्ठी’ मा माओद्वारा अभिव्यक्त सौन्दर्यशास्त्रीय धारणाहरूको विरोध गर्ने क्रममा, कलामा वर्गीय राजनीतिक मानदण्डको विरोधको रूपमा अभिव्यक्त भएको छ । नेपाली जन समरको विरोध यसको मौलिक विरोध हो भने क्रान्तिकारी प्रवृत्तिलाई ‘जडसूत्रवाद’ वा ‘वाम अतिवाद’को नामाकरण गरेर विरोध गर्ने प्रवृत्ति भने अरुबाटै सापट लिएको हो, त्यसमा कुनै नया“पन छैन र हुन पनि सक्तैन ।’ (२०५४, पृ.१३५) । यहा“ सौन्दर्य चिन्तनका क्षेत्रमा क्रान्तिकारी धारामाथि लगाइएका आरोपहरूको प्रभावकारी ढङ्गले विरोध र खण्डन गरिएको छ ।
महान् जनयुद्धको प्रक्रियामा निनुद्वारा तत्कालीन नेकपा (माओवादी) लाई
‘खासखास सवालमा उग्रवामपन्थी, जडसूत्रवादी, अधिभूतवादी र व्यक्तिवादी अराजकतावादी सोंचहरूबाट र सामाजिक फासीवादी व्यवहारहरूबाट ग्रस्त’ (वेदना, पूर्णाङ्क ६५) बताइएको थियो । माओवादीमाथि लगाइएका यस प्रकारका आरोपहरूको विरोध तथा खण्डन गर्ने काम पनि हु“दै आएको छ । यस सन्दर्भमा ऋषिराज बराल भन्नुहुन्छ, ‘समयको गति र जनशक्तिको ऊध्र्वगामितालाई आत्मसात् गर्न नचाहने जडवादी शङ्कावादले सिर्जना गरेको यो प्रवृत्ति विसर्जनवाद तर्फको यात्रा सिवाय अरु केही होइन ।’ (कलम ३२, २०५९, पृ.६०–६३) । यहा“ बरालद्वारा माओवादीमाथि लगाइएको यस प्रकारको आरोपलाई विसर्जनवाद तर्फको यात्रा बताइएको छ ।
साहित्य तथा सौन्दर्य चिन्तनको क्षेत्रमा चल्दै आएको विचारधारात्मक सङ्घर्षको संक्षिप्त टिप्पणी यही हो । प्रतिध्रुवीय धारा र माक्र्सवादी धारा तथा संशोधनवादी धारा र माक्र्सवादी धाराका बीचको सङ्घर्ष दीर्घकालीन सङ्घर्ष हो र यो निरन्तर अगाडि बढ्दै जान्छ । परन्तु, माक्र्सवादी धाराभित्रका आपसी विवाद वा बहसलाई भने एकता, सङ्घर्ष र रूपान्तरणका बीचबाट मैत्रीपूर्ण ढङ्गले समाधान गर्दै जानु पर्दछ र यस दिशामा यथेष्ट प्रयास पनि हु“दै आएका छन् । माक्र्सवादी धारा बीच एकता कायम गरेर नै प्रतिध्रुवीय तथा संशोधनवादी धारा विरुद्धको सङ्घर्षलाई प्रभावकारी बनाउन सकिन्छ ।
माओको भनाइ अनुसार साहित्य, कला र सौन्दर्य चिन्तनको क्षेत्रमा सयौं फूल फुल्न दिने नीति अबलम्बन गर्नु पर्दछ र वाद, विवाद एवम् संवादका प्रक्रियामा नै विषालु झारपात र सुगन्धित फूलहरूलाई पत्ता लगाउन सकिन्छ । त्यसैगरी माओले के पनि भन्नु भएको छ भने सत्य, शिव र सुन्दरको विकास असत्य, अशिव र कुरूपका विरुद्धको सङ्घर्षको प्रक्रियामा नै हुने गर्दछ । माओद्वारा विकसित यी मान्यतालाई सिर्जनात्मक रूपमा लागू गर्नु पर्दछ ।
७. सौन्दर्य चिन्तन ः एक संश्लेषणात्मक अध्ययन
सौन्दर्य चिन्तनको शास्त्रीय अध्ययन निकै फराकिलो, गहन र जटिल रहेको छ । नेपालमा माक्र्सवादी सौन्दर्य चिन्तनका विविध पक्ष बारे विभिन्न लेखकका विचार तथा अभिमत माथि ध्यान दिंदै विश्लेषणात्मक रूपमा छोटो अध्ययन गरियो । अब यसबारे संक्षिप्तमा संश्लेषणात्मक अध्ययन गर्न आवश्यक छ ।
हरेक चिन्तन, शास्त्र वा विज्ञानका आ–आफ्ना इतिहास, सिद्धान्त, विधि, प्रणाली, प्रवर्ग, नियम आदि हुने गर्दछन् । यो कुरा सौन्दर्यशास्त्रका लागि पनि सत्य हो । यस बारे नेपाली माक्र्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा पनि ध्यान दिन थालिएको कुरा उपर्युक्त अध्ययनबाट स्पष्ट हुन्छ ।
सौन्दर्यशास्त्रलाई परिभाषित गर्दा सौन्दर्यात्मक र कलात्मक पक्ष माथि ध्यान दिनु पर्ने हुन्छ । यसबारे अन्यत्र जस्तै नेपाली माक्र्सवादी लेखकहरूमा विवाद देखा पर्दैन । सामान्यतः सबै माक्र्सवादी लेखकहरूले सौन्दर्यशास्त्रलाई सौन्दर्यात्मक र कलात्मक पक्षको समष्टिका रूपमा परिभाषित गरेको पाइन्छ । यसरी हेर्दा सौन्दर्यशास्त्रमा सौन्दर्य र कलाका सामान्य नियमहरूको अध्ययन गरिन्छ । समग्र रूपमा सौन्दर्यात्मक पक्षको अध्ययन गर्ने प्रक्रियामा प्रकृति पनि त्यसै अन्तर्गत पर्दछ ।
अन्य शास्त्रमा जस्तै सौन्दर्यशास्त्रमा पनि प्रवर्ग हुने गर्दछन् र यस प्रकारका प्रवर्गहरूलाई मूलतः दुई भागमा विभाजित गर्ने गरिएको छ । ती प्रवर्ग हुन्– सार्वभौम र विशिष्ट प्रवर्ग । सौन्दर्यपरक प्रवर्गलाई सार्वभौम प्रवर्ग र त्यस अन्तर्गतका सुन्दर–कुरूप, उदात्त–नीच, दुःखान्त–प्रहसन, सङ्गति–असङ्गति, कलालाई विशिष्ट प्रवर्गका रूपमा लिइन्छ । भारतीय सौन्दर्य चिन्तनमा दुःखान्त नभई सुखान्त प्रचलनमा रही आएको छ । यसैगरी रुचि, पूर्णता, नाटकीयतालाई पनि सौन्दर्यात्मक प्रवर्ग अन्तर्गत विशिष्ट प्रवर्गमा राख्ने गरिन्छ । यी विषय बारे नेपाली माक्र्सवादी सौन्दर्यशास्त्रका लेखकहरू बीच एकरूपता पाइन्छ ।
सौन्दर्य आत्मगत, वस्तुगत वा दुवै के कस्तो हुन्छ भन्नेबारे नेपालमा पनि माक्र्सवादी कोणबाट अध्ययन गर्ने प्रयास हु“दै आएको छ । वस्तुनिष्ठ आदर्शवादले सौन्दर्यलाई भौतिक संसार र सामाजिक जीवनदेखि पृथक् परम विचार वा ईश्वरीय अभिव्यक्ति मान्दछ । आत्मनिष्ठ आदर्शवादले सौन्दर्यलाई वस्तुगत सामाजिक जीवनदेखि पृथक् निजी आत्माको अभिव्यक्तिका रूपमा ग्रहण गर्दछ । त्यस्तै यान्त्रिक भौतिकवादले सौन्दर्यलाई स्वयम् वस्तुमा सन्निहित गुण मान्दछ । परन्तु यी सबैका विपरीत द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले सौन्दर्यलाई मानवीय सामाजिक श्रम तथा उत्पादनमूलक गतिविधिसित जोड्दै ऐतिहासिक रूपमा विकसित वस्तुगत र आत्मगत पक्षको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुने कुरा बताउ“छ ।
सौन्दर्यानुभूति एक प्रकारको विशिष्ट अनुभूति हो । यस अनुभूतिलाई सुन्दर वस्तुको अवलोकन वा आत्मसातीकरणका बीचबाट प्राप्त हुने सुखद अनुभूति वा आनन्दानुभूतिका रूपमा लिइन्छ । यो अनुभूति भद्दा भौतिक उपयोगिता होइन, सांस्कृतिक उपयोगिता र सुरुचिमा आधारित अनुभूति हो । यो अनुभूति वस्तु र आत्मका बीचको द्वन्द्वात्मक एकत्वमा आधारित हुन्छ । माक्र्सवादी मान्यता अनुरूप सच्चा सौन्दर्यानुभूतिका लागि एकातिर दर्शक, श्रोता वा पाठक अर्थात् सहृदय सुरुचि सम्पन्न हुन जरुरी छ भने अर्कोतिर उत्कृष्ट कृतिले सुरुचि सम्पन्न पाठक÷दर्शक÷श्रोताहरूको निर्माणका लागि पनि आधार तयार पार्ने गर्दछ ।
मूल्य विविध किसिमका हुन्छन् । उत्कृष्ट जीवन मूल्य नै सौन्दर्य मूल्य अन्तर्गत पर्दछन् । सर्वोच्च सांस्कृतिक मूल्य तीन छन्– सत्य, शिव र सुन्दर । सत्य दर्शन, शिव नैतिकता र सुन्दर सौन्दर्य चिन्तनस“ग सम्बन्धित मूल्य हुन् । सौन्दर्य कुनै विशुद्ध तथा अमूर्त मूल्य नभई समग्र उत्कृष्ट जीवनमूल्यका साथै सत्य र शिवको संश्लेषणमा आधारित हुन्छ । मूल्यको निर्माण वस्तु र आत्मको द्वन्द्वात्मक एकत्वका बीचबाट हुने गर्दछ । सौन्दर्य मूल्य कुनै सुन्दर वस्तु, कृति वा परिघटनामा सन्निहित हुन्छ र यसले आत्म वा विषयीका सौन्दर्यपरक तथा कलापरक आवश्यकताहरूलाई तृप्त गर्ने सामथ्र्य राख्तछ ।
सौन्दर्यपरक आदर्श अन्य सबै आदर्शहरूको संश्लिष्टतामा आधारित हुन्छ । यो जीवनको इच्छित वा काम्य वस्तु, उद्देश्य एवम् सबैभन्दा मीठो सपना हो । यो मानव जातिको उद्देश्य, इच्छित भविष्य र सुन्दर सपनामा आधारित रहेको छ । जीवनमा आदर्श अनिवार्य रूपमा आवश्यक हुन्छ र आदर्शको अभावमा मान्छेको जीवन अर्थहीन बन्न पुग्दछ । माक्र्सवादी सौन्दर्य चिन्तनमा उत्पीडनबाट मुक्ति र साम्यवादको उदात्त संसार नै मानव जीवनको उच्चतम सौन्दर्यपरक आदर्श हो ।
माक्र्सवादी सौन्दर्यशास्त्रमा सौन्दर्यका सामान्य नियम, सिद्धान्त, प्रवर्ग, पद्धति र प्रणालीबारे अध्ययन गरिन्छ । सौन्दर्यका सामान्य नियम कुनै सौन्दर्य चिन्तक, स्रष्टा वा कलाकारको मानस क्षेत्रमा होइन वास्तविक जीवनका मानवीय श्रमकार्य, उत्पादनमूलक गतिविधि र रचनात्मक क्रियाकलापमा आधारित हुन्छन् । ती नियमहरू द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादद्वारा संश्लेषित हुने गर्दछन् र समाज तथा कलाको क्षेत्रमा देखिने परिवर्तनस“गै ती पनि परिवर्तित एवम् विकसित हुन्छन् ।
यसका साथै सौन्दर्यशास्त्रमा कलाका सामान्य नियम, सिद्धान्त र विधिबारे पनि अध्ययन गरिन्छ । माक्र्सवादी सौन्दर्यशास्त्रमा कलाको सिद्धान्त र विधिका रूपमा समाजवादी यथार्थवादलाई लिइएको छ । समाजवादी यथार्थवाद वा प्रगतिवादले आलोचनात्मक यथार्थवाद वा प्रगतिशील धारालाई सहयोगीका रूपमा लिन्छ । त्यस्तै प्रगतिवाद समग्र प्रवृत्ति र सिद्धान्तका रूपमा आदर्शवादी सौन्दर्य चिन्तनमा आधारित स्वच्छन्दतावादसित असहमत छ । परन्तु, त्यसले कलात्मक सिर्जनाको विधिका रूपमा स्रक्रिय वा क्रान्तिकारी स्वच्छन्दतावादलाई भने आफूमा ढालेर अङ्गीकार गर्दछ । माक्र्सवादी मान्यता अनुसार कलाको क्षेत्रमा अध्ययन गर्नु पर्ने कलाबिम्ब, यथार्थको कलात्मक प्रतिबिम्बन, प्रारूपीकरण, प्रतिबद्धता तथा स्वतन्त्रता, अन्तर्वस्तु र रूप लगायतका विषय पर्दछन् ।
सौन्दर्यशास्त्रको विषय वस्तु र परिधि, वर्ग समाजमा सौन्दर्य चिन्तनको वर्गीय स्वरूप तथा वर्गीय विचारधारा, सौन्दर्यशास्त्रको अन्य शास्त्रसितको निर्भरता, कलाका सामान्य सिद्धान्त तथा विविध प्रकारका विधा सिद्धान्त लगायतका विषय अनुरूप सौन्दर्यशास्त्रको विशिष्टीकरण पनि हु“दै गएको छ । यस स्थितिमाथि ध्यान दिदैं सामान्य प्रकारको सौन्दर्यशास्त्र र विशिष्ट प्रकारका सौन्दर्यशास्त्रहरूका बीचको सम्बन्धबारे पनि स्पष्ट हुन आवश्यक छ ।
साहित्य तथा कलाका विभिन्न विधागत सौन्दर्यशास्त्रमा सम्बन्धित विधाको परिभाषा, संरचनात्मक तत्वहरू, हरेक विधाको विशेषता, तिनले दिने सन्देश र तिनमा विद्यमान अन्तर्वस्तु एवम् रूपको एकता लगायतका विषयमा सामान्य रूपमा अध्ययन गरिन्छ । यसैगरी नेपालमा महिला, दलित, जनजाति आदि समुदायगत सौन्दर्यशास्त्रको चर्चा पनि हु“दै आएको छ । तिनको विशिष्ट स्वत्व हुनसक्ने भए पनि अन्ततः ती माक्र्सवादी सौन्दर्यशास्त्र अन्तर्गत नै पर्दछन् । वर्गीय रूपमा आज मुख्यतः माक्र्सवादी तथा पु“जीवादी सौन्दर्यशास्त्रका बीच सङ्घर्ष चल्दै आएको छ र माक्र्सवादी सौन्दर्यशास्त्र नै वैज्ञानिक रहेको छ ।
सामाजिक क्रान्ति तथा जन आन्दोलनहरूका बीचबाट सौन्दर्य चिन्तन विकसित हुने गर्दछ र नेपालमा पनि यही हु“दै आएको छ । नेपालमा विभिन्न प्रकारका जन आन्दोलन, वर्ग सङ्घर्ष र सशस्त्र सङ्घर्षका बीचबाट साहित्य, कला र सौन्दर्य चिन्तनको क्षेत्रमा नया“ आयाम थपिंदै आएको छ । यसै प्रक्रियामा महान् जनयुद्धको अवधिमा प्रगतिवादी कला, साहित्य, संस्कृति र माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । यस प्रकारको प्रगतिलाई जनयुद्धको सौन्दर्यशास्त्र, आनन्द र आतङ्को सौन्दर्यशास्त्र, प्रचण्डपथीय सौन्दर्यशास्त्र आदिका रूपमा संश्लेषित गर्ने काम भएको छ । प्रचण्डपथलाई स्थगित गरिएको र त्यसमाथि प्रश्नचिन्ह खडा भएको अहिलेको अवस्थामा यस अवधिमा भएको प्रगतिलाई जनयुद्धको सौन्दर्यशास्त्रकै रूपमा हृदयङ्गम गर्नु उपयुक्त हुन्छ । जनयुद्धको सौन्दर्यशास्त्र माक्र्सवादी सौन्दर्यशास्त्र अन्तर्गत नै पर्दछ ।
सामान्यतः सौन्दर्यशास्त्र र विशेषतः माक्र्सवादी सौन्दर्यशास्त्रको अध्ययन लेखक तथा कलाकारका साथै रचनात्मक कार्यस“ग सम्बन्धित सबै ललित तथा उपयोगी कलाका स्रष्टाहरू, साहित्य तथा कलाको रसपानमा संलग्न हुने सबै पाठक, दर्शक, श्रोता अर्थात् सहृदय र समीक्षकहरूका लागि पनि उपयोगी रहेको छ । सांस्कृतिक साम्राज्यवाद, उपभोक्तावाद र भद्दा उपयोगितावादले हैकम जमाउ“दै आइरहको वर्तमान सन्दर्भमा सिङ्गो मानव जाति रुचि परिष्कार गर्दै सुरुचि सम्पन्न तथा सुसंस्कृत बन्नका लागि माक्र्सवादी सौन्दर्यशास्त्रको अध्ययन विशेष रूपमा आवश्यक एवम् उपयोगी रहेको छ ।
आज नेपालमा माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा राम्रो प्रगति हु“दै आएको छ । परन्तु हामी यत्तिमा सन्तुष्ट हुनुहुन्न । यो बेला माक्र्सवादी सौन्दर्य चिन्तनको विकासका लागि एकातिर प्रतिध्रुवीय तथा संशोधनवादी धाराका विरुद्ध प्रभावकारी रूपमा विचारधारात्मक सङ्घर्ष चलाउने र अर्कोतिर माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा स्वयम् माक्र्सवादी धारा भित्रकै कमी तथा कमजोरीहरूलाई सच्याउ“दै अगाडि बढ्ने बारे गम्भीर बन्न जरूरी छ । माक्र्सवादी सौन्दर्यशास्त्रले उच्च वर्गबाट सर्वहारा वर्गमा रूपान्तरण, वर्गीय पुनःसंस्कार, रुचि परिष्कार, सांस्कृतिक, विचारधारात्मक र भावनात्मक रूपान्तरण अनिवार्य रूपमा आवश्यक हुने कुरा बताउ“छ । माक्र्सवादी सौन्दर्य चिन्तनमा सामूहिक भावधारा र उदात्तीकरणमा विशेष जोड दिइन्छ । सिङ्गो समाजलाई रूपान्तरण गर्नका लागि साहित्य, कला एवम् सौन्दर्य चिन्तनको क्षेत्रमा विचारधारात्मक, नैतिक तथा सौन्दर्यात्मक शिक्षाको आवश्यकता पर्दछ । यी सबै कुरा बारे विशेष ध्यान दिन जरूरी छ ।
संसारलाई सौन्दर्यात्मक ढङ्गले आत्मसातीकरण र सौन्दर्यका नियम अनुसार संसारको नया“ ढङ्गले रचना गर्नु माक्र्सवादी सौन्दर्यशास्त्रको मूल अभीष्ट हो । यस प्रकारको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि मूलतः तीन प्रकारका दायित्व पूरा गर्न जरूरी छ ।
पहिलो ः मानव जीवनको क्षेत्र । मानव जीवनलाई सौन्दर्यात्मक ढङ्गले आत्मसात् गर्नु भनेको विमानवीकरण र मानवीकरणको द्वन्द्ववादलाई राम्रोस“ग
बुझ्नु हो । मानव समुदाय विश्वमा र साथै नेपालमा पनि वर्ग, जात, जाति, लिङ्ग, क्षेत्र, धर्मस“ग सम्बन्धित विभेद एवम् उत्पीडनको सिकार हु“दै आएका छन् । स्वयम् मानवजीवनका सुन्दर–कुरूप, उदात्त–नीच, दुःखान्त–प्रहसनस“ग सम्बन्धित अन्तर्विरोधहरू विद्यमान रही आएका छन् । यी सबै अन्तर्विरोधको समाधान जनवादी तथा समाजवादी क्रान्तिको प्रक्रियामा हुन्छ । साम्यवादमा पदार्पण गरेपछि नै मानव जाति असली अर्थमा विमानवीकरणबाट मुक्त हुन्छ । मानिसको सर्वतोमुखी तथा सामञ्जस्यपूर्ण विकास यसरी नै हुन सक्छ । माक्र्सवादी सौन्दर्यशास्त्र समग्र क्रान्ति र मानवीय मुक्तिको सौन्दर्यशास्त्र हो र यसलाई विकसित गर्न आवश्यक छ ।
दोस्रो ः ललित कलाको क्षेत्र । वास्तविक अर्थमा मानवजीवनको कलात्मक प्रतिबिम्बन र अभिव्यक्ति ललितकला अर्थात् साहित्य, सङ्गीत र चित्रकला एवम् मूर्तिकलामा नै हुन्छ । मानवजीवन कस्तो छ भन्ने मात्र नभई कस्तो हुनुपर्छ भन्ने कुरामा समेत आवश्यक ध्यान दिंदै यथार्थको कलात्मक प्रतिबिम्बन, कलाको विकास, निर्माण र प्रारूपीकरण गर्ने काममा प्रगतिवादले विशेष ध्यान दिनु पर्दछ ।
तेस्रो ः व्यवहारिक जीवनको क्षेत्र । सौन्दर्यको परिधि धेरै व्यापक छ । त्यसले दैनिक जीवन, घरेलु सज्जा, औद्योगिक डिजाइन, वस्त्र–आभूषण तथा पहिरन सहित शिल्प र रचनात्मक कार्यको समग्र क्षेत्रलाई ओगटेको हुन्छ । माक्र्सवादी सौन्दर्यशास्त्रको पहु“च यी सबै क्षेत्रमा हुनुपर्दछ । माक्र्सवादी सौन्दर्य चिन्तन श्रमस“ग अभिन्न रूपमा गा“सिएको छ र त्यसले श्रमलाई उदात्त एवम् कलात्मक बनाउने कुराको माग गर्दछ ।
८. उपसंहार
नेपालमा माक्र्सवादी सौन्दर्य चिन्तनबारे गरिएको यो चर्चा आकारका दृष्टिले केही लामो भए पनि विषयवस्तुको प्रस्तुतिका दृष्टिले अझै अपूर्ण नै रहेको छ । प्रस्तुत लेखमा सौन्दर्यशास्त्र केन्द्रित लेख, कृतिहरू तथा लेखकहरूमा पाइने विशेषताबारे आवश्यकता अनुसार व्याख्या गर्न सकिएको छैन । साथै, यहा“ सौन्दर्य चिन्तनको लेखनमा चासो राख्ने उदीयमान प्रतिभाहरूलाई पनि समेट्न सकिएको छैन । यो लेख तयार पार्दा सामग्रीको अभाव पनि अत्यन्तै खड्कने विषय बनेको छ ।
सौन्दर्यशास्त्र र समालोचना फरक भएर पनि अन्तःसम्बन्धित छन् । सौन्दर्यशास्त्रले समालोचनालाई पथ प्रदर्शन गर्दछ र समालोचनाले सौन्दर्यशास्त्रलाई गतिशील जीवनको ताजा खुराक दिएर समृद्ध तुल्याउ“छ । यहा“ सौन्दर्य चिन्तन सम्बन्धी सामग्रीको अभावपूर्ति समालोचनाबाट गर्ने प्रयास गरिएको छ । परन्तु यो लेख सौन्दर्य चिन्तनमा केन्द्रित भएर लेखिएको हो । त्यसैले यसमा सबै प्रगतिवादी समालोचकहरूको उल्लेख गरिएको छैन ।
सन्दर्भ सामग्री
१. कृष्णचन्द्र सिंह प्रधान ः भञ्ज्याङनिरै, २००८, कृष्णचन्द्र सिंह प्रधान, काठमाडौं नेपाल ।
२. श्याम प्रसाद ः लेखक कसरी बन्ने ? कल्पवृक्ष प्रकाशन, दोस्रो संस्करण १९९० ।
३. गोविन्द भट्ट ः गोविन्द भट्टका समालोचना, बगर फाउन्डेशन नेपाल, २०५५ ।
४. शक्ति लम्साल ः माक्र्सवाद, समाज र साहित्य, ऐरावती प्रकाशन प्रा.लि, दोस्रो संस्करण, २०६३ ।
५. मोदनाथ प्रश्रित ः सङ्कलित रचनाहरू, खण्ड–६, पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर, २०५८ ।
६. निनु चापागाईं ः यथार्थवादी रचनादृष्टि र विवेचना, प्रकाशक दिल वरदान, महिम चापागाईं, २०५१ ।
७. निनु चापागाईं ः माक्र्सवादी चिन्तनमा सौन्दर्य, साझा प्रकाशन, २०६४ ।
८. निनु चापागाईं ः उत्तरआधुनिकतावादः भ्रम र वास्तविकता, विवेक सिर्जनशील प्रकाशन प्रा.लि, काठमाडौं, २०६४ ।
९. डा. ऋषिराज बराल ः माक्र्सवाद र उत्तरआधुनिकतावाद, साझा प्रकाशन, २०६७ ।
१०. डा. ऋषिराज बराल ः उत्तरआधुनिकतावाद र समकालीन यथार्थ, प्रगतिशील साहित्य अध्ययन केन्द्र, २०६३ ।
११. डा. ऋषिराज बराल ः सत्ता र संस्कृति, अक्सफोर्ड इन्टरनेशनल पब्लिेकेशन प्रा.लि.,२०६६ ।
१२. घनश्याम ढकाल ः माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना, प्रकाशक विजय ढकाल, २०५४ ।
१३. घनश्याम ढकाल ः सौन्दर्यशास्त्रको आ“खीझ्याल, अखिल नेपाल लेखक सङ्घ, २०६७ ।
१४. घनश्याम ढकाल (सम्पादक–संयोजक) ः माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, अखिल नेपाल लेखक सङ्घ, २०६७ ।
१५. डा. जगदीश चन्द्र भण्डारी ः सौन्दर्यको भूमिका, अखिल नेपाल लेखक सङ्घ, २०६५ ।
१६. डा. ताराकान्त पाण्डेय ः कलम, पूर्णाङ्क–५३÷२०६६ ।
१७. डा. गोपीन्द्र पौडेल ः सौन्दर्यबोध र समीक्षा विविध, उर्मिला पौडेल, २०५९ ।
१८. विष्णु प्रभात ः चिन्तन र सौन्दर्य, कल्पवृक्ष प्रकाशन, १९९१ ।
१९. विष्णु प्रभात ः प्रलेसको संक्षिप्त इतिहास, विवेक सिर्जनशील प्रकाशन, २०६३ ।
२०. म्ष् िकबजलष्स् ब् कगचखभथ या ःबचहष्कत ब्भकतजभतष्अक, न्जगmतभ उगदष्अिबतष्यल द्यगतधब,ि द्दण्टज्ञ
२१. ईश्वरचन्द्र ज्ञवाली ः वर्गसङ्घर्षको सन्दर्भः संस्कृति र सौन्दर्य, प्रगतिशील अध्ययन केन्द्र, २०६६ ।
२२. गङ्गा श्रेष्ठ ः संस्कृति, समीक्षा र सौन्दर्य, एकीकृत नेकपा (माओवादी) कोचिला राज्य समिति, प्रकाशन विभाग, २०६६ ।
२३. चैतन्य ः माक्र्सवादी कलादृष्टि र समीक्षा, ऐरावती प्रकाशन प्रालि, दोस्रो संस्करण, २०६४ ।
२४. चैतन्य ः क्रान्ति र सौन्दर्य, प्रगतिशील अध्ययन केन्द्र, २०६४ ।
२५. चैतन्य ः समीक्षा र सौन्दर्य, पाठ्यसामग्री पसल, २०६५ ।
२६. प्रचण्ड ः संस्कृति, कला र सौन्दर्य चिन्तन, अखिल नेपाल जनसांस्कृतिक सङ्घ, २०६३ ।
२७. गोपाल किरा“ती ः उद्बोधन, वर्ष–१, अङ्क–१, फागुन २०६०, सं.गङ्गा श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक सङ्घ, पूर्वी क्षेत्र ।
२८. डा. ऋषिराज बराल ः उपन्यासको सौन्दर्यशास्त्र, साझा प्रकाशन, २०६४ ।
२९. मोदनाथ प्रश्रित ः सङ्कलित रचनाहरू, खण्ड–७, पैरवी प्रकाशन एन्ड स्टेसनरी सेन्टर, २०५८ ।
३०. निनु चापागाईं ः सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण, विवेक सिर्जनशील प्रकाशन प्रालि, २०६४ ।
३१. पारिजात ःपारिजातका सङ्कलित रचनाहरू,ग्रन्थ–६, निर्माण प्रकाशन, दक्षिण सिक्किम, २०५४ ।
३२. रूपान्तरण ः समाज अध्ययन, पूर्णाङ्क ४, कार्तिक २०६३ ।
३३. डा. ताराकान्त पाण्डेय ः अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध, वाङ्मय प्रकाशन तथा अनुसन्धान केन्द्र प्रालि, २०६५ ।
३४. रमेशप्रसाद भट्टराई ः नेपाली प्रगतिवादी साहित्य, भृकुटी एकेडेमिक पब्लिकेसन्स, २०६५ ।
३५. गरिमा ः पूर्णाङ्क ३१०, असौज २०६५ ।
३६. डा. ऋषिराज बराल ः सङ्गीत र सौन्दर्य, प्रगतिशील साहित्य अध्ययन मञ्च, २०६४ ।
३७. डा. ऋषिराज बराल ः साहित्य र समाज, साझा प्रकाशन, २०६४ ।
३८. डा. ताराकान्त पाण्डेय ः अर्थको आनन्द, विवेक सिर्जनशील प्रकाशन प्रा.लि. २०६८ ।
३९. डा. गोपीन्द्र पौडेल ः कथाको सौन्दर्यशास्त्र, उर्मिला पौडेल, २०६५ ।
४०. रमेश भट्टराई ः कलम पूर्णाङ्क–५५, २०६७ ।
४१. रमेश भट्टराई ः वेदना ७३, प्रकाशक ः दिल वरदान, सुवास श्रेष्ठ, २०६४ ।
४२. झिसमिसे, संस्थापक सम्पादक, रघु पन्त, पूर्णाङ्क–३६, २०५८ ।
४३. मोदनाथ प्रश्रित ः विचार र अन्र्तसम्बन्ध, बगर फाउन्डेसन नेपाल, २०६२ ।
४४. श्यामप्रसाद शर्मा ः केही साहित्यकार र साहित्य, प्रकाशक– विनोद अधिकारी, २०३६ ।
४५. कलम ः पूर्णाङ्क–५३, २०६६ ।
४६. वेदना ः पूर्णाङ्क–६५, २०५९ ।
४७. कलम ः पूर्णाङ्क–३२, २०५९ ।
४८. भृकुटी ः पूर्णाङ्क–१०, २०६७, भृकुटी एकेडेमिक पब्लिकेसन्स्, काठमाडांै ।
मितिः २०६९ जेठ २१
खोजिरहेछु पहिचान
–बलराम तिमिल्सिना
तिम्रोे खुसीको बिस्तारका निम्ति नाक कान काटिएको
आफ्नैै घरको आ“गनीमा बिरानो पारिएको
पहिचान सङ्कटको सङ्घारमा उभिरहेछु आज म
जीवन मरणको सङ्घर्षमा जुधिरहेछु आज म
तिम्रोे फूलबारी फैलाउन उजाड पारिएको
तिम्रोे स्वर्गको सिंढीमुनी हर रात मारिएको
आफ्नै घडेरी खोजिहिंड्ने म यलम्बरको सन्तान
चिहानघारी खोतल्दै–खोतल्दै खोजिरहेछु पहिचान
तिम्रोे रिति तिम्रोे थिति, गधाझैं लादिएको
लिगलिगकोटको दौडाइमा बाटैमा काटिएको
छलछाम गर्न जान्दै नजान्ने म घलेहरूको सन्तान
पूर्खाहरूको चिहान खोतल्दै खोजिरहेछु पहिचान
तिम्रोे हेलाहोचो विरुद्ध लड्नलाई निस्किएको
धेरैचोटी मृत्युस“ग हा“सेर जिस्किएको
म लखन थापा, कामी बुढा र रामप्रसादको सन्तान
तिम्रै बराबर बन्न मिल्ने खोजिरहेछु पहिचान
२०६९ जेठ ६, नोगेन्द्रकान्छा चोक
पहरामा डोब
सत्य पहाडी
आवश्यकताको भारी बोकेर
थुप्रै घुम्तीहरू हिंडिसकेका छौं हामीले
जिम्मेवारीको गरुङ्गो बोझ थामेर
सयौं खोला तरिसकेका छौं हामीले
हाम्रो लक्ष्यको यात्रामा आएकै हुन् हजारौं अवरोधहरू
हाम्रा सपनाहरूमाथि कयौं पटक बर्साइएकै हुन् कोर्राहरू
न हामीले हा¥यौं, न त सजिलै ध्वस्त भए हाम्रा सपनाहरू
त्यसैले हारको परिभाषा नखोजे हुन्छ
द्वेषपूर्ण आत्माले विखण्डनको आशा नगरे हुन्छ
बालुवामाथि पोखरीको धाक नलगाए पनि हुन्छ
सकिन्छ भने एकताको अलिकति जग खनौं
केही फाइदा हँुदैन, भैगो आफ्नै घरको आ“गन नखनौं
खन्ने नै जा“गर हो भने बा“झो खने हुन्थ्यो
फूल उखालेर बगैंचा बन्दैन, बरू झार फाले हुन्थ्यो
बाटोको परिभाषा लगाएर
भिरको दिशा नरोजे हुन्थ्यो
विजयको हिमाल चढ्न अझै बा“की छ
बरु पहरामा अलिकति डोब खने हुन्थ्यो ।
श्रीको खोजी
–इस्माली
‘सिरी खोई, सिरी ?’ भन्दै मानिसहरू परस्पर सोधखोज गर्दै थिए । धेरै दिनदेखि श्रीको अत्तोपत्तो छैन भन्दै थिए मानिसहरू । उनीहरूको आवाज म सुनिरहेकी थिए“ । म भन्न चाहन्थें, ‘हजुर, मै हु“ सिरी । म यहा“ छु...।’ तर मेरो कण्ठबाट आवाज बाहिर निस्कन सकिरहेको थिएन । सपनामा अक्सरजसो मलाई यस्तो भइरहन्थ्यो तर अहिले त विपनै थियो र म अदालत परिसरमा थिए“ ।
म मोटरबाट बाहिर त निस्कें तर उभिन पनि नभ्याउ“दै धरमरिएर लडें । अगाडि बढ्न लागेको गाडी रोकियो । डाइभर पनि गाडीबाट बाहिर निस्क्यो र मलाई हकार्दै बोल्यो, ‘मलाई अबगाल पार्न खोज्या ?’ यतिञ्जेलमा मेरो वरिपरि अरु मानिसहरू पनि धुइरिइसकेका थिए ।
‘के भो ? के भो ह“ ?’ धुइरिएकाहरूमध्ये कसैले सोध्यो ।
‘केही भा हैन । ल ल.. ए डाइभर, अस्पताल लैजाऊ यिनलाई । ल.. ल.. तपाईंहरू हट्नुस् त यहा“बाट ।’ श्रीमान्को बोली प¥यो मेरो कानमा ।
‘लौ म त फेरि यिनकै चङ्गुलमा पर्ने भए“ ।’ मेरो त सातो उड्यो । भीड पन्छाउ“दै श्रीमान र डाइभर दुवैले मलाई दुईतिरबाट उचालेर गाडीमा हाल्न खोज्दै थिए ।
‘नाइ“ म जान्न ।’ कहालिदै कराए“ म । तर पनि तिनीहरूले मलाई गाडीमा थेचारिदिए । चालकले ढोका ढ्याम्म लगायो । ताल्चा पनि मारिदियो क्यारे र गाडी कुदायो । पछिल्लो गाडीमा रामजी पनि रै’छ । रामजी चढेको गाडी त पछि प¥याप¥यै कता लाग्यो कुन्नि ! मलाई त अर्कै ठाउ“मा ल्याएछन् र एउटा कोठामा थुनिदिए पो ! त्यो घर एकलासमा रहेछ । जाडोको याम थियो । राति मलाई खाना त्यहीं ल्याइदिए । अब के होला भन्ने डरले मैले खाना पनि खान सकिन, सुत्न पनि सकिन । जाग्रामै रात काटें । बिहानीपख कतिखेर निदाए“छु । उठ्दा त कोठामा र अगाडिको ओसारामा झलमल्ल घाम लागेको रहेछ । एकजना अधवैंसे उमेरको मान्छे ओसारामा बसेर पत्रिका पढिरहेको थियो । मैले झ्यालबाट चिहाएर हेरें । त्यो मानिस त पत्रिका उल्टोबाट पढ्दै रै’छ । सायद ऊ पढ्न जान्दैनथ्यो होला । पत्रिकाको ठूलो मोटो अक्षरमा मेरो आ“खा अडिए । त्यसमा लेखिएको रहेछ– अदालत परिसरबाट सिरीको अपहरण, श्रीमान्हरू पनि अपहरणमा संलग्न, प्रहरी प्रशासन मौन ।
म त छा“गाबाट खसेजस्ती भए“ । रामजीलाई झुक्याएका हुन् कि, न ऊ पनि पैसामा पो बिक्यो कि ! नत्र यतिञ्जेलसम्म त रामजी ले कत्रो उपद्रो गरिसक्थ्यो होला । हुन त ऊ पनि अपहरणमा प¥यो कि के ठेगान ? स्थिति बुझ्नका लागि मैले त्यस मानिसलाई बोलाए“ । झ्यँलमा ढ्याकढ्याक पारें । झ्याल खोल्न खोजें तर खुलेन । त्यो मान्छे पिठ्यू“ फर्काएरै बसिरह्यो । तैपनि त्यसको ध्यान आफूतिर पार्ने प्रयास गरिरहें मैले । धेरै बेरपछि बल्ल उसले मतिर हे¥यो । अधरमा हा“सो खेलाउ“दै मैले उसलाई नमस्कार गरेंं । दा“त देखाउ“दै त्यो फिसिक्क हा“स्यो मात्र, केही बोलेन बरु दङ्ग परेर मलाई हेरिरह्यो ।
‘ढोेका खोलिदेऊ’ भन्दै मुस्कान छर्दै म त्यसको अनुहारमा हेरिरहें । ऊ पनि
दङ्ग परेर मलाई हेर्दै हा“सिरह्यो । टाढा कतै मोटरको आवाज सुनियो । आवाज क्रमशः नजिकिंदै थियो । एकछिन पछि त दुइटी महिला र एक जना पुरुष ओसारामा देखिए । तिनीहरू त्यहा“ देखिनु अगावै हातको पत्रिका ओसाराको मेचमा थपक्क राखेर त्यो आ“गनको डिलमा पर पुग्यो ।
‘यिनै त हुन् सिरी । यिनलाई सञ्चो छैन । त्यसैले श्रीमानले यिनको रेखदेख सेवा स्याहारको जिम्मा मलाई सुम्पिनु भा’छ ।’ अधवैंशे आइमाईले ती दुई नारी पुरुषस“ग भनी, ‘यिनलाई राम्ररी जा“चिदिनु प¥यो डाक्टरसाहेब ।’ उसले बाहिरबाट दुइटा मेच ल्याई र ती दुईलाई बस्न अनुरोध गरी अनि मप्रति सहानुभूति प्रकट गर्दै भन्न थाली, ‘यो केटीले साह्रै दुःख पाई । पहाडकी केटी । श्रीमान्कहा“ सानैदेखि बसी, हुर्की । यसको बिहादान पनि गरिदिइबक्स्यो श्रीमानले । पछि त्यो केटो फटाहा निस्क्यो र यसलाई अलपत्र पारिदियो । बरा दुई जिउकी छे । यस्तो स्थितिमा श्रीमानको कमलो मन पग्ल्यो, भनिस्यो, ‘हेर, सानैदेखि हाम्रै घरमा हुर्की बढी । अहिले आफ्नै ठान्या त्यो केटोले यसलाई यस्तो विलखबन्दमा पारिदियो । तिमीले स्याहार देऊ, धर्म लाग्छ, गरिब दुःखीको आसिक लाग्छ...।’
मलाई जा“च्न खोज्दै तिनीहरूमध्ये एकजनाले सोधे, ‘के नाम हो ?’
‘सिरी ।’ मलाई उछिन्दै उसैले भनी ।
‘मलाई केही भा’छैन्ँ...केही भा’ छैन...। रामजी खोई ?’ मैले अत्तालिदै सोधें ।
‘रामजी त भागिगो नि डरले । के के न पाउ“छु भन्ठान्याथ्यो होला ।’ उसैले भनी ।
‘न आत्तिऊ, डराउ“नु पर्दैन । हामी तिम्रँे दुःख घटाउन आएका हौं, बढाउनका लागि होइन । तिमीलाई सहयोग गर्न आएका हौं । यहा“ पल्ट त...।’ ती मध्यकी आइमाईले अह्राइन । मैले उसलाई याचनापूर्ण दृष्टिले हेरें । ‘सर्पका खुट्टा सर्पले नै देख्छन्, आइमाईका दुःख आइमाईले नै बुझ्छन्’ भन्ने लागेर तिनीउपर अलिकति भरोसा गर्न सकिन्छ कि जस्तो लाग्यो ।
‘तपाईंहरू एकछिन बाहिर जानुस् त ।’ ती महिलाले भनिन् ।
‘पहिला म हेरिहाल्छु अनि तपाईं हेर्नुहोला ।’ भन्दै पुरुषले घा“टीमा झुण्ड्याएको ‘आला’ (स्टेथिस्कोप) मेरो पिठ्यू“मा चप्प टा“सेझैं गरे । ‘लामो लामो सास फेर’ भन्दै उनले त्यो आला ठाउ“ठाउ“मा सार्दै पिठ्यू“ र छाती जा“चे । त्यसपछि पाखुरामा पट्टी बा“धेजस्तो गरी त्यसमा घडीजस्तो मेसिन सिउरे अनि भाण्टाजस्तो एउटा डल्लो थिचथाच पार्दै थिए । मेरो पाखुरा कस्सिन थाल्यो । उनी घडीतिर हेरिरहे । खल्तीबाट झिकेको एउटा पानामा के–केजाति लेखे । अनि भने, ‘सब ठीक छ... अब तपाई हेर्नुस्...।’ अनि उनी बाहिर निस्के ।
उनीहरू बाहिरिएपछि उनले ढोका ढप्काइन र मेरो पिठ्यू“मा मुसार्दै भनिन्, ‘अब तिमी खतरामुक्त छ्यौ । ढुक्क होऊ । डराउनु पर्दैन ।’ अनि उनले मेरो शरीर जा“च गरिन् । बेलाबेलामा तल्लो पेट, माथ्लो पेट सुम्सुम्याउ“दै सोधी पनि रहिन्– महिना नाघेको कति भयो ? के के खान मन लाग्छ ? वाकवाकी कत्तिको लाग्छ ? बच्चा कत्तिको चलेजस्तो लाग्छ ? आदि । त्यसपछि भनिन्, ‘तिमी धेरै कमजोर भएकी रैछ्यौ । शरीरमा चाहिने जति रगत छैन । अहिलेलाई तागतको सुई लाइदिन्छु । पोसिलो खाने कुराको आवश्यकता छ । श्रीमान्कहा“ त खानपिनको दुःख त थिएन होला नि !’
‘म त नोकर्नी न थिए“ हजुर...। फेरि मेरो बिहे त रामजीस“ग गरिदिएका थिए ।’ सु“क्कसु“क्क रु“दै मैले दुःखेसो पोखें, ‘श्रीमान्स“ग लटपट भएर मेरो पर सर्ने रोकिएको थियो । त्यही निहु“मा दुइटै दिदी मिलेर मलाई थङ्थिलो पारेर कुटेका थिए । कसो मरिन“ म । अनि त्यसपछि रामजीस“ग जबर्जस्ती बिहे गराइदिएका...।’
‘ह“ !!!’ अचम्म मानेझैं गरिन् तिनले । ‘तर तिम्रो लोग्नेको छा“टछन्द निको छैन । मोलतोल गरिरहेको छ भन्ने सुनेको छु ।’ उनले भनिन् ।
‘मलाई त मायै गर्नुहुन्छ । निसाफ दिलाउ“छु भन्नुहुन्थ्यो । घरिघरि श्रीमानलाई र दिज्युहरूलाई खर्च चाहियो भनेर फोन गरिरहनुहुन्थ्यो । त्यसो भन्दाभन्दै एक दिन मलाई अदालतजस्तो कठघरामा उभ्याइदिनुभयो र यस्तो बिल्लिबाठमा परें ।’ अचानक भक्कानो फुटेर डा“को छोडेर रुन थालें ।
त्यसैबेला ढोका ढ्याङ्ग खुल्यो र मलाई स्याहार्ने जिम्मा पाएकी आइमाई अत्तालिदै भित्र छिरी ।
‘एक छिन....एक छिन...’ भन्दै थिइन ती दिदी तर उसले भनी, ‘मलाई ढिलो भैसक्यो हजुर । केटाकेटीलाई स्कूल जान ढिला भैसक्यो ...छिटो घर जानुपर्छ मैले... । अनि यल्लाई के भो ? किन डा“को छाडेकी ? कति राम्रो बसेकी थी, खाएकी थी ।’
‘ल ल भैहाल्यो, एकै छिन ।’ उनले आग्रह गरिन् ।
‘नाइ“ हजुर, मलाई एकदम ढिला भैसक्यो । बरु हजुर अर्को दिन फेरि जा“चिसेला । आजलाई जाऊ“ ।’ भन्दै उसले हात तान्दै उनलाई पनि बाहिर निकाली ।
‘रामरी नजा“ची कसरी औषधी लेख्नु ?’ जा“दाजा“दै उनले सान्त्वना दिदै भनिन्, ‘पीर गर्नुपर्दैन । सबै ठिकै छ, अनि नातागत छ । समय समयमा खाना खाइरहनु । औषधि बेलाबेलामा खानु ।’ र मलाई फेरि कोठामा थुनेर गए तिनीहरू ।
‘किन थुनेको ? घुमफिर गर्न दिनु नि ।’ भन्दै भुइ“को पत्रिका टिपेर पढ्दै हिंडिन् ।
‘किन हुन्थ्यो हजुर ? रामजीले खोज्याखोज्यै छ । त्यसको त भर छैन नि हजुर ।’ उसले साउती गरेझैंं गरी भनेकी थिई तर त्यतिचाहिं मैले नि सुन्न भ्याए“ ।
आज भोलि गर्दै धेरै दिन बित्यो । रामजीको अत्तोपत्तो थिएन । के मान्छे होला त्यो ! वा“ भने चाटु“लाजस्तोे गथ्र्यो...! आफैस“ग गन्थन गरिरही । लाटो फेरि झ्यालमा देखियो । ऊ आफैमा दङ्ग देखिन्थ्यो । सायद मलाई देखेर होला, अधरभरि हा“सो खेलाइरहेको थियो ।
कैदी बनाइएर कोठामा कु“ज्याइएकी श्रीबारे कसैलाई थाहा नभएको हो र ! किन थाहा नहुनु ? अदालत परिसरमा त्यतिका मान्छे थिए । कालाकोटे सिरीहरू थिए । सत्य र खरा खबर लेख्ने पत्रकारहरू थिए । अन्यथाप्रति सचेत अधिकारकर्मीहरू थिए । नागरिक समाजका अगुवाहरू थिए । नारी हक अधिकारप्रति सचेत नारी अभियन्ताहरू थिए । अनि अरुहरू पनि थिए । आखिर श्रीमान्कै सेवा टहलमा लागेको एउटा टहलुवाले उनलाई हा“क दिंदै निसाफ दिलाउन उनलाई नै प्रतिवादी बनाएर मलाई कठघरामा उभ्याइन्थ्यो । संभवतः इतिहासमै आजसम्म कुनै डिठ्ठा, विचारी र श्रीमान्हरूविरुद्धको यो पहिलो नालिस थियो ।
तर पनि किन यतिञ्जेलसम्म म गुप्तबास बसाइएकी छु । के म यही भोग्नका लागि जन्मेकी हु“ ? के मेरो लेखन्त यही हो ? गरिब परिवारकी र त्यसमा पनि छोरी भएकीले आमाबाबुले मलाई सानैमा पराइघरको जिम्मा लाइदिएका थिए र त्यसपछि म सिरी भइरथें । त्यहा“देखि मैले आफ्ना आमाबाबुलाई कहिल्यै देख्न÷भेट्न पाएकी होइन । कहा“ होलान् ? के गर्दै होलान् बिचरा आमाबाबुहरू ? उनीहरूलाई पनि त मेरो न्यास्रो नलाग्दो हो त ? तर, यो गरिबीले मान्छेलाई सधैं पीडा सहन बाध्य पारिदिएको छ । कति टाढा छ होला मेरो जन्म गाउ“ यहा“बाट ? पखेटा हाल्न पाए नि सरर्र उडी जान पाइन्थ्यो होला । कस्तो सकसमा पारिदिए मलाई यी श्रीमान् र रामजीले । दुनिया“लाई निया“निसाफ दिने यी श्रीमान्हरू आफू भने कत्ति अन्यायी हु“दा रछन् । बर्बाद पारिदिए मलाई । यो बर्बादीको भासबाट कसरी उम्कने होला ? नोटको बिटाका भरमा अपराधीलाई साधु र साधुलाई अपराधी ठहर गरिदिन खप्पिस यस्ता श्रीमान्बाट न्यायको के आशा गर्नु र ? निसाफ दिलाउ“छु भन्ने रामजीको पनि के भर विश्वास भयो र ?’ सिरी गम्न थाली, ‘त्यसले गर्न खोज्या के हो ? बुझिनसक्नु छ ।’
‘वो... वा“....’ लाटोको अप्रत्यासित बोलीले मेरो सोचको शृंखला चु“डियो । ‘के
भो ?’ को शान गर्दै मैले लाटोतिर हेरें । लाटोले परतिर इशारा ग¥यो । सायद कोही आउ“दै थियो ।
‘चुरीफुरी खुब बढ्याथ्यो रामजीको । बल्ल स्वाद पाउने भयो । त्यसैका बलमा यो सिरी ताउरमाउर गर्थी । यल्ले नि चाल पाउ“छे अब ।’ स्वर कान्छी मैया“साहेबको जस्तो थियो । हो रहेछ । ओसारामा टेकेपछि तिनले कुरुवास“ग सोधिन्, ‘सब ठीकठाक छ नि ?’
दंग पर्दै उसले इशारामै सहमती जनायो । मैया“साहेबस“गै डाक्टरनी दिदी पनि आएकी रहिछन् ।
‘कठै बिचरी ! कस्तो चण्डाल रहेछ रामे ।’ मेरो कपाल सुम्सुम्याउ“दै मैया“साहेबले भन्न थालिन्, ‘गुनको वैरी रछ त्यो । हामीले त्यसको कत्रो उपकार ग¥यौं– श्रीमान्ले जागिर लाइदिइस्यो, बिहेबारी गरिदियौं । बेलाबेलामा खर्च पनि दिन्थ्यौं तर त्यो भने कोखामा लुकेको सर्पझैं भइदियो । अब डाक्टरनी साहेब, तपाईंले यो सिरीको उपकार उद्धार गरिदिनुप¥यो । गरिबको आसिक लाग्छ ।’
डाक्टरनी दिदीले मलाई जा“चिन् । उनको अनुहारमा खासै उज्यालो थिएन । तिनी मलाई जा“च्दै घरीघरी मैया“ साहेबतिर हेर्थिन् । जा“चिसकेपछि भनिन्, ‘यिनको अवस्था राम्रो छैन, अस्पतालमा भर्ना गर्नुपर्छ ।’
‘यही कोठालाई अस्पताल बनाए भै गो नि, डाक्टरसाहेब ।’
मैया“साहेबले चिप्लो बोलीमा भनिन् र उनलाई तान्दै बाहिर लगेर साउती गर्न लाइन् ।
डाक्टरनी दिदीले प्रयास गर्दागर्दै पनि चार पाच“ महिनाको मेरो जीवन बडो कष्टकर रह्यो । अन्ततोगत्वा मैले अस्पतालमा शिशुलाई जन्माए“ । डाक्टरनी दिदीले मोबाइलबाटै हामी दुवैको फोटो खिच्नुभयो । बच्चा दुरुस्तै श्रीमान् । तर, मरेको रहेछ । त्यसैले मलाई औडाहा भयो । यतिका दुःख कष्ट खपेर जन्माएको सन्तान मरेको हु“दा म आ“खाअगाडि अन्धकार मात्रै देख्न थालें । डाक्टरनी दिदीले मलाई सम्झाइबुझाइ गर्दै धैर्य गर्नु भन्नुभयो ।
अस्पतालमा आउने मान्छेहरू आपसमा कुरा गर्दै भन्दै थिए– को रहेछ श्री
भन्या ? बाहिर सडकमा नारा जुलुस चलिरहेको छ । अदालतअगाडि पनि धर्ना बसेका छन् रे । सबैतिर एउटै आवाज गुन्जिरहेको छ– सिरीको स्थिति सार्वजनिक गर । श्रीमान्लाई बर्खास्त गर । यस्तो श्रीमान् चाहिंदैन– न्याय मास्न पाइ“दैन ।
सडक झन्झन् तात्दै गएछ । श्रीको खोज गर्दै धर्नाकारीले सोधेछन्– हाम्रो श्री खोई ?
सुत्केरी अवस्थामै म अस्पतालबाटै प्रहरी हिरासतमा लगिए“ । डाक्टरनी दिदीले मेरो उद्दारका लागि निकै प्रयास गर्नुभएको रहेछ । अदातलमा मेरो पक्षबाट मुद्दा हाल्न लगाउने अनि पहिलेको ब्यु“ताउन लगाउने काम उहा“ले नै गराउनुभएको रहेछ । उहा“लाई सहयोग गर्ने धेरै जना कालाकोटे सिरीहरू पनि रहेछन् । उनीहरूले रामजीलाई पनि अदातलमा उभ्याएछन् । मेरो पक्षमा आन्दोलनको उभार बढ्दै गएछ । पत्रिकाहरूमा मेरो फोटो पनि छापिएछ, खबर लेखिएछ । लामो समयसम्म अदालतले मेरो पेशी सा¥यासा¥यै गरेपछि बल्लतल्ल फैसला दियो । मैले भरणपोषण र निर्वाहका लागि मानो भराइ पाए“ । रामजीले पनि निसाफ दिलाउने निहु“मा बदनियती गरेकाले जरिवाना तिर्नु पर्ने भयो । जरिवाना तिर्न नसकेबापत उसलाई कैद गरिने भयो ।
मलाई न्याय दिलाउन लागिपर्नेहरू उल्लासित भए । बाहिर निस्केर तिनले नारा लगाए– जीत कस्को, जनताको ! तिनले फैसला गर्ने श्रीमान्लाई धन्यवाद पनि दिए ।
‘सबै श्रीमान्हरू खराब छैनन् ।’ भीडमा एकजना बु्रजुकले भने ।
‘तर, धेरै श्रीमान्हरू असल छैनन् । त्यसैले त सिरीको हरिबिजोग भइराछ ।’ तिलचामले कपाल भएका अर्का बुज्रुकले भने ।
२०६९ वैशाख
पुष्पनगर, बानेश्वर, काठमाडौं
हलाहल
–झलक सुवेदी
नेपाली कविताको दुनियामा एउटी नवोदित कवयित्री त्यस दिनबाट औपचारिक रूपमा प्रवेश गरेकी थिई । उसको कविता सङ्ग्रह ‘जीवन एक इन्द्रेणी’ को विमोचन हु“दै थियो । शहरका नामी समालोचकहरू, चर्चित पत्रकारहरू र कविताप्रेमीहरूको जमघट थियो । कलेजका केही केटाहरू पनि थिए, जो कविताका बारेमा भन्दा केटीले लगाएको सिल्कको अर्ध पारदर्शी स्कर्टको चर्चा गरिरहेका थिए । गोलमाल प्रकाशन गृहका व्यापारिक मित्रहरू पनि जम्मा भएका थिए, जसले सा“झ केही छानिएका समालोचक र पत्रकारहरूका लागि कवयित्रीका तर्फबाट सानो डिनर प्रायोजन गरेको चर्चा चलेको थियो । विमोेचन कार्यक्रमका मुख्य अतिथिले कार्यक्रममा कवयित्रीको सुन्दरताको चर्चा गर्दागर्दै कविताका बारेमा बोल्नै बिर्सेका थिए । सबैभन्दा बढी ताली पनि उनैले पाएका थिए ।
म एउटा औसत दर्जाको पाक्षिक पत्रिकाको रिपोर्टर थिए“ । आफ्नै पत्रिकामा आक्कलझुक्कल मेरा कथा छापिने गरेका थिए । कहिलेकाहीं पत्रिकाका लागि पुस्तक समीक्षा लेखिदिने गर्थें । त्यही भएर नया“नया“ साहित्यकारहरू मलाई आफ्नो पुस्तक चर्चामा सामेल गराउन र हस्ताक्षर गरेको एक प्रति पुस्तक दिन छुटाउ“दैनथे । त्यसदिन भने म बोलाइएर होइन, सम्पादकको विशेष आग्रहमा रिपोर्टिङ गर्न उक्त कार्यक्रममा पुगेको थिए“ । अर्थात् कवयित्रीको प्रभाव कति बलशाली थियो भने कविताका पुस्तक छापिएर वन विनाश भएकाले कवितामाथि प्रतिबन्ध लगाउनु पर्छ भनेर जोडदार तर्क गर्ने सम्पादक स्वयं अतिथिको रूपमा उपस्थित थियो । कार्यक्रम भृकुटी मण्डपमा जारी पुस्तक प्रदर्शनीस“गै थियो ।
मेरो छेउको कुर्सी अझ नजिक सारेर झण्डै ढेपस्सिदै ऊ बोलेकी थिई, ‘सरोज दाइ नमस्ते ! म दाइका कथा र लेखहरू खुब पढ््छु, असाध्यै मनपर्छ ।’
मैले यस अगाडि उसलाई देखेको थिइन । उसका दन्तलहर पूरै खुलेका थिए र ओठ रसमय देखिएका थिए । शरीरबाट आएको अत्तर मिसिएको स्त्री शरीरको गन्धले म आकर्षित भएको थिए“ । धन्यवाद भन्न मलाई बडो सङ्कोच लागेर आउ“छ । धन्यवाद शब्दले आफ्ना ती फाल्तु कथा बारे आफैले घमण्ड गरेको अर्थ लाग्ला भनेर म सतर्क भएको हुन्छु । तर, यो केटीलाई यत्तिकै तर्कन दिन मन मान्दैन र भनिदिन्छु, ‘पहिलो पटक आफ्ना कथा बारे पाठकले यस्तो प्रतिक्रिया दिएको सुनेर एकदम खुशी लाग्यो ।’
उसले मेरो मोबाइल नम्बर मागेर मलाई मिसकल दिई । आफुले नम्बर सेभ गर्दै आ“खाको कोण मिलाएर हेर्दै भनी, ‘दाइस“ग भेटेर धेरै कुुरा गर्नु छ । दाइ मेरो कविता पढ्नु भयो, अस्ति सिटिजन दैनिकमा निस्केको ? ल, यो मेरो फोन सेभ गर्नुस् है ? अ“, मेरो नाम त थाहा छैन होला दाइलाई, म सरस्वती ।’ ऊ फटाफट बोलेकी थिई । मलाई मञ्चकी कवयित्री भन्दा यसको चञ्चलता मादक लाग्न थालेको थियो ।
यतिबेला सम्ममा उसका ती नरम हातले मेरा हातमा एकाध पटक स्पर्श गर्न भ्याइसकेका थिए । मलाई लाज, काउकुती र मजा एकैपटक लागेको थियो ।
कार्यक्रम सकिएपछि भृकुटीमण्डपको चिया खाजा पसलको लाइनमा साहित्यकारहरू नारायण ढकाल, हरि अधिकारी, विमल निभा, गोविन्द वर्तमान, श्यामल, नयनराज पाण्डेहरूस“गै म पनि मिसिन पुगेको थिए“ । उनीहरू पनि मलाई त्यति नै स्थान दिन्थे, जो सामान्यतः पत्रपत्रिकामा समीक्षा र पुस्तक परिचय लेख्ने लेखन्दासले पाउ“छ । केही पत्रकार मित्रहरूका साथमा यज्ञश, अनुप, आन्विका, बुद्धिसागर र सुरेशहरू पनि थिए । यहा“ पनि मिस सरस्वती मेरै छेउमा बसेकी थिई । तर, उसको ध्यान मतिरबाट ठूला लेखकतिर सल्केको जस्तो लाग्यो मलाई । हिंड्ने बेलामा हामी भोलिपल्ट फोनमा स्थान तय गरेर भेट्न राजी भएका थियौं ।
भोलिपल्ट
म अफिसमा नै थिए“ । करीब तिन बजे उसको नाम लेखिएको नम्बर आएर मेरो मोबाइलको स्क्रिनमा टा“सियो र पिलिकपिलिक गर्न थाल्यो । ‘तिमीलाई के देखें मन मेरो...’ भन्ने गीतको धुन रिङब्याक टोनका रूपमा उसको नम्बरमा सेट नगरेकामा एकछिन मनमा पछुुतो भयो मलाई । मन त हतारमा थियो तर बेपर्वाह भए जस्तो देखाउन खोज्दै मैले रिसिभ गरें, ‘हेलो !’
‘नमस्कार दाइ !’
‘को बोल्नुभयो ?’ मैले आफुलाई चोखो देखाउन प्रयास गरें ।
‘हेर न मेरो नम्बर सेभ नै ग¥या रैनछ दाइले त । म सरस्वती के ? कता भेटौं दाइ ?’
‘हिजैको ठाउ“मा ।’ म उसलाई तौलने प्रयासमा लाग्छु । उसलाई यत्तिकै कुनै राम्रो रेस्टुरेन्टमा लैजाने मेरो सुर पनि छैन । के थाहा, केटी कस्ती खाले पो हो ?
‘हैन दाइ, त्यहा“ त भिडभाड हुन्छ । अलि शान्त ठाउ“मा जान पाए हुन्थ्यो दाइ । मलाई अलि लामो कुरा गर्नु छ ।’
‘ठिकै छ नि त वल्र्ड ट्रेड सेन्टरमा भेटौं ।’ म सामान्य हुने प्रयासमा लाग्छु र खल्ती छाम्छु । जम्मा दुई सय मात्र रहेछ । एटिएममा बाह« सय मात्र छ । के झ्याउ आइलाग्यो । म मनमा आफैस“ग सम्वाद गर्छु । तर, म भित्रभित्र प्रायः अधवैंसे पुरुषको मनस्थितिमा छु ।
वल्र्ड ट्रेड सेन्टरको माथिल्लो तलाकोे बाहिरी भाग । काठमाडांैको उराठिलो वातावरण र त्रिपुरेश्वर क्रसिङमा लाम लागिरहेका गाडीहरू । म उसलाई प्रतिक्षा गर्दै छु । ऊ हतारमा भएझैं अलि चिन्तित मुडमा आइपुग्छे । अगाडि मेच खालि छ । तर ऊ मेरै छेउमा बस्छे र टेबलको नेप्किन झिकेर निधारका पसिना पुछ्छे ।
‘लौ त बताउनुस् कविजी मनका कुरा । कतै मेरो मरिसकेको काव्य चिन्तन ब्यु“झिन्छ कि तपैंका कुराले ।’ म एकछिन उसको अनुहारमा टोलाएर हेर्छु र प्रश्न सोधेर उत्तरको आशा गर्न थाल्छु ।
‘मलाई त भोक लाग्या छ दाइ, मम खाऊ“ है ।’ ऊ ह“सिली छ । भरखर देखिएको थकान र चिन्ता गायब भएको छ । वेटर दुई प्लेट चिकेन मम र दुई कप ब्ल्याक कफीको अर्डर टिपेर जान्छ । हामी गफिन थाल्छौं ।
‘मेरा केही कविता दाइलाई देखाउनु छ, तर त्यो पछि । अहिले चैं म जागिरको लागि तपैंको सहयोग पाउन सक्छु कि भनेर कुरा गर्न आएकी ।’ ऊ फटाफट भन्छे । उसका हात मेरा हात छुन आइपुग्छन् । मलाई यो केटीको बानी नै यस्तो होला जस्तो लाग्छ ।
यो शहरमा थुप्रै अवसर छन् । केहीलाई मेहनतले र कसैलाई बपौतीमा यी अवसर हात लागेको छ । उनीहरूलाई यो शहर अमरावती झैं छ । धेरैलाई यी अवसरसम्म पुग्ने बाटो नै थाहा छैन । कतिलाई थाहा भए पनि तिनले अवसर पछ्याउने डोरो नै भेट्दैनन् । तिनीहरू यो शहरलाई सराप हाल्दै दिनदिनै अलिअलि गरेर मर्दैछन् । म औसतमा पर्छु । बा“चेजस्तो र मरेजस्तो स“गस“ंगै । एउटा मध्यमस्तरको पत्रिकामा मलाई जागिर मिलेको छ । स“धै धरापमा रहने यो जागिरले मलाई जिउ“दै चपाइरहेको छ । मेरा आशा र सपना त पहिले नै मरिसके । शहरमा अवसर छाम्न नसकेर निम्छरो बा“चिरहेको मान्छेलाई यो केटी पनि जागिरको लागि सहयोग माग्न मिल्ने हैसियतको सोच्दिरहिछ । मलाई आफ्नो अवस्थास“ग हा“सो लागेर आउ“छ । अर्थशास्त्रमा पढेको सामाजिक पू“जीको व्याख्या गर्न त म पनि जान्दछु तर कसैका लागि काम पट्याउने, जागिर खोजिदिने, मन्त्री भेटाइदिने या प्रमोसनका लागि भनसुन गरिदिने हैसियत मैले बनाउन सकिन । सक्ने भए म यस्तो जाबो पत्रिकाको सहायक स्तरको लेखन्दास भएर यत्रै पनि बस्दिनथें ! मेरा हात अचानक टेबुलमा कुइनो टेकाएर खप्पर समात्न पुग्छन् ।
मेरो मौनतास“ग ऊ झस्किन्छे । मम आइपुग्छ । ऊ कपाकप खान थाल्छे । मलाई मम खान पनि मन लाग्दैन । दुई पिस झिकेर उसको प्लेटमा राखिदिन्छु । ऊ केही भन्दिन ।
म उसलाई अब धेरै आशामा अल्झाउन चाहन्न तर उसको समीपबाट भाग्न पनि चाहन्न । एउटा सन्ध्याकालीन भाषाको सहारा लिन्छु, ‘मैले सहयोग गर्न सक्ने स्थान भए मान्नुस् तपाईंको जागिर पक्का । ल, भन्नुस् त मैले गर्न सक्ने के सहयोग छ ?’
‘दाइ तपैंले भनिदिए तपाईंकै सम्पादकले काम मिलाइदिनु होला जस्तो लाग्या छ मलाई त । अस्ति मैले नै कुरा ग¥याथें । विचार गरौंला भन्नु भा’थ्यो ।’ उसको अनुहार र बोलीमा जागिर प्राप्ति उसको जीवनमा अत्यन्त महत्वको प्रश्न बनेको भाव पढ्न सकिन्छ ।
मलाई अब उसको निजी जीवनमा चासो उत्पन्न हुन्छ । कफी आइसकेको छ । म कफीमा दुई चम्चा चिनी हालेर फिट्दै उसको अनुहार र एकपाखो शरीर नियाल्छु र बाहिरबाटै उसको मनभित्र प्रवेश गर्ने द्वार खोज्न थाल्छु । ऊ उठेर मेरो अपोजिट साइडमा गएर बस्छे र कफी पिउन थाल्छे ।
‘के म तपाईंबारे थप जानकारी राख्ने आशा गर्न सक्छु ?’ म उसका आ“खाको भाका पढ्ने प्रयास गर्दै सोध्छु ।
‘मज्जाले दाइ । तर मस“ग तपैंलाई सुनाउन रुचि लाग्ने कथा केही छैन । बरु त्यो नाइजेरियन लेखकको उपन्यास छ नि केरे ‘हाफ अफ द एलो सन्’ दाइस“ग भए दिनुस् न । एकदम पढ्न मनला’छ ।’
‘तपार्इंले बेहोरेको जीवन तीतो होस् कि टर्रो तपाईंको अहिलेको परिचयस“ग गा“सिएकै हुन्छ भने मैले किन सुन्न अप्ठेरो मान्नु ।’
‘ठिकै छ दाइ मेरो कथाबारे म कुनै दिन बताउ“ला । मिल्छ भने भोलि बिहान मेरो कोठामा आउनुस्, कुरा पनि गरौंला मेरा कविता पनि सुनाउ“ला । बरु भन्नुस् न सम्पादकस“ग मेरो कुरा कहिले गरिदिनुहुन्छ ?’ ऊ कुरा बटारेर मूल विषयतिर फर्काउ“छे ।
‘लौ, आजै म उस“ग यस विषयमा कुरा गरौंला । तर, मेरो सम्पादक निकै छली र चाम्रो मान्छे छ । उसले जे भन्छ म तपाईलाई भोलि बिहान सुनाउ“ला । कहा“ बस्नुहुन्छ तपाई ?’
‘ताहचल । क्याम्पसअगाडि छाउनीतिर जाने बाटोमा छ मेरो डेरा । नजिक आएर फोन गर्नुस् म लिन निस्कु“ला ।’
त्यसभन्दा बढी कुरा हुन नपाउ“दै ऊ उठ्छे । घरमा लैनो छोर्छाेरी छाडेकी आमाझैं ऊ हतारमा देखिन्छे ।
म बिल तिर्छु । हामी फटाफट सिंढी ओर्लन्छौं र एलिभेटरमा पस्छौं । उसको शरीरबाट पसिना र अत्तर मिसिएको अनौठो गन्ध आइरहेको छ । मभित्रको पुरुष र कथाकार दुवै उसप्रति समान रूपले आकर्षित हुन थाल्छन् । ओर्लेपछि ऊ टेकुतिर हिंडेरै जान्छे, म बानेश्वरतिर जान बस कुर्न थाल्छु ।
तेस्रो दिन
केही जिज्ञासा र केही अनुराग बोकेर म बिहान आठ बजे ताहचल क्याम्पसको गेटनिर पुग्छु र ९७४११७९२८६ नम्बरमा फोन गर्छु । ऊ मोबाइल हातमा खेलाउ“दै आइपुग्छे । कपाल समेटेर डोरीले बा“धेर पछाडि फालेकी, टिसर्ट र एउटा हनुमान कट्टु लगाएकी यो केटी हिजो टप्स र जिन्समा देखिएकी मिस सरस्वतीभन्दा बिल्कुल भिन्न लाग्छे । न ओठमा रंग चढाएकी छे, न अनुहारमा कस्मेटिक्स । साधारण तर सुन्दर लाग्छे । मेरो मन बरालिन्छ । ऊ सडक छेउको एउटा घरमा मलाई लिएर जान्छे । भु“इतलामा पश्चिमोत्तर कुनामा उसको कोठा रहेछ ।
‘सरोजदाइ जुत्ता भित्रै ल्याउनुस् है, चोरी हुनसक्छ ह्या“ त ।’ उ मलाई पछि लगाउ“दै भित्र पस्छे ।
‘ममी.... मैले लेखिसकें !’
‘ममी, ममी यो दाइले मेरो पेन्सिलले लेखेको ।’
दुईवटा सानासाना बालकहरू उसलाई एकएकतिरबाट समातेर उभिन्छन् र म भएतिर हेर्छन् । अब थाहा भयो केटी कुनै अविवाहित कोरली होइन । सन्तान हुर्काउ“दै गरेकी जिम्मेवार आमा हो ।
‘म बाबुहरूलाई स्कुल पठाइहाल्छु, अनि कुरा गरौंला है दाइ । हेर्नु न, म त बिहानमा क्यै गर्नै पाउन्न क्या । यिनीहरूलाई तयार गरेर पठाउ“दैमा ठिक्क हुन्छ भन्या ।’
‘ल, ल अब कपडा लगाइहाल त ढिलो हुन्छ । मेरा छोराहरू कति ज्ञानी छन् । दाइ र भाइ को छिटो ल...।’
ऊ फटाफट बच्चाहरूलाई कपडा लगाइदिन थाल्छे ।
म खाटको छेउमा टुसुक्क बस्छु । खाटमा पातलो डसनालाई सुकिलो तन्नाले ढाकेको छ । नजिकै कागजको डप्mटीमा केही कपडाहरू कोचिएका छन् । भित्तामा दुईवटा छोराहरू दाया“बाया“ काखमा राखेकी सरस्वतीको सानो तस्विर फ्रेममा झुण्डिएको छ । एउटा ऐना छ स“गस“गै । एकसरो भा“डाकु“डा, एउटा ग्यास सिलिन्डर र चुलो । एकातिर मात्रै सानो झ्याल भएको चिसो सानो कोठा । म यो केटीलाई केही क्षण अगाडिसम्म अलग आ“खाले हेर्दै थिए“ । मेरो मन पखालिंदै छ । यो केटी कुन समयको गल्तीले दुईदुईवटा सन्तान एक्लै स्याहार्न बाध्य हुनेगरी झण्झटमा फसी होली ? मभित्र एउटा उट्पट्याङ प्रश्नले टाउको उठाउ“छ । उसकोे उमेर र यो जिम्मेवारीबीच म तालमेल नै देख्दिन“ ।
‘ल बाबु कपाकप खाऊ त.. ?’ ऊ दुवैलाई फकाइफुल्याई भात खुवाउ“दै छे । ‘यी केटाकेटीलाई भात खुवाउन असाध्यै गाह्रो दाइ हेर्नु न । ओहो आफुलाई कस्तो हतार भएको हुन्च, यिनीहरूचैं दालेर हैरान पार्छन् भन्या । काठमाडौंमा एक्लै सन्तान हुर्काउनु पनि एउटा महान् चुनौती रहेछ दाइ ।’ ऊ मलाई एक्लो हुन नदिन प्रयास पनि गर्दैछे ।
‘ल ल हिन बाबु हिन ।’ ऊ सानोचैंलाई काखमा राख्छे । ‘दाइ ल यो मेरो कविताको कपी हेर्दै गर्नुस् म यिनीहरूलाई पु¥याएर आइहाल्चु । बस् दुई मिनट है दाइ । के गर्नु यस्तै हो सधैं हतार क्या मलाई त ।’ उसको अनुहारमा पटक्कै तनाव छैन । ह“समुख केटीको जीवनप्रतिको सकारात्मक अनुभूति मलाई असाध्यै राम्रो लाग्न थाल्छ ।
म बिस्तारै कविताका पाना पल्टाउ“छु । सबैजसो कवितामा केही न केही विद्रोह र असन्तुष्टीका कुरा छन्– ‘के स्त्री एक्लै बा“च्न सक्दिन ? के बाबु नभएका सन्तान हुर्कन सक्दैनन् ? झोस आगोले यो परम्परा । झोस डढेलो यो पुरुष सत्तामा !’ कविता औसतमा राम्रा छन् अलिअलि माझिन बा“की । मलाई उसको साहित्यचेत र सौैन्दर्यबोध राम्रो लाग्छ ।
‘हे हे, दाइलाई मेरा कविता के राम्रा लागे होलान् र ? यसै मन बहलाउन र खासगरी आवेगमा आएको बेला लेख्छु दाइ म कविता ।’
‘हैन, तपैंको कवितामा बलशाली विद्रोहचेत छ र यी राम्रा पनि छन् । केही सम्पादनको खा“चो अवश्य छ । मैले विश्वासै गरेको थिइन, तपैं यतिका राम्रा कवित“ा लेख्नुहुन्छ भन्ने ।’ म दुई दिन अगाडि विमोचित कविता सङ्ग्रहका रुमानी कविता सम्झन्छु । त्यसले पाएको चर्चा र यस केटीका नछापिएका सार्थक कविताको मनमनमा तुलना गर्छु तर केही भन्दिन“ ।
ऊ एउटा दिउरीमा चिया बसाल्छे र कपडा लिएर बाहिर निस्कनु अगाडि भन्छे, ‘हेर्नु न दाइ यो काठमाडांैमा यही सा“घुरो कोठालाई अठार सय भाडा तिर्नुपर्छ । अर्को कोठा लिन पैसाले पुग्दैन । बा“च्नै गारो भन्या ।’
म सम्पादकस“ग भएको अघिल्लो दिनको सम्वाद सम्झन्छु, ‘त्यो साली सडकछाप केटीलाई यहा“ ल्यायो भने त पत्रकारले कामै गर्न छाड्लान् नि । मेरो पत्रिका डुब्यो भने तपाई जिम्मा लिनुहुन्छ सरोजजी ? केटीले मुहुनी लाई कि क्या हो एकै
भेटमा ? भन्दिम्ला नि घरमा भाउजुलाई !’
म उसलाई केही नभनी बाहिरिएको थिए“ । सम्पादकको अहम् देखेर मलाई वान्ता आउला जस्तो भएको थियो । पत्रिकालाई महिला र दलित बिट हेर्ने दुईजना रिपोर्टरको खा“चो रहेको कुरा उसले मलाई धेरैपटक सुनाइसकेको थियो ।
भित्रभित्रै म उसको चेतावनीबाट तर्सेको पनि थिए“ । मलाई त्यो केटीस“ग थप सङ्गत गर्न हुन्न भन्ने लाग्न थाल्यो । तर भोलिपल्ट बिहान उस“ग भेट्ने वचन दिइसकेकोले म यता आउन बाध्य भएको थिए“ ।
बाहिरबाट फर्किंदा उसले कपडा बदलेकी छ र हिजो अस्तिको गेटअपमा छ । दुईवटा स्टिलका गिलासमा चिया हाल्छे, एउटा कप मलाई दिन्छे र मेरो नजिकै बस्छे ।
‘कविता त हेरिहाल्नु भयो दाइ, कथा पनि सुनिहाल्नुस् । कुनै उत्साहजनक र लामो पनि छैन । म पश्चिम तराईमा औसत नेपाली किसान परिवारमा जन्मेकी हु“ । मेरा बाआमा दुवै असल विचारका हुनुहुन्छ, त्यसैले भाइहरूस“गै मैले स्वच्छन्द भएर पढ्न पाएकी थिए“ । आठ वर्ष अगाडि आईए पढ्न काठमाडौं पस्दा म एकदम स्वतन्त्र र जताततै सम्भावना मात्र देख्ने केटी थिए“ । बिए पढ्न थाल्दा एउटा केटोस“ग मेरो भेट भयो । बिस्तारै उस“ग म लहसिए“ । कलेजमा मभन्दा सिनियर थियो, राम्रो बोलीचालीको पनि । कविता र कथा लेख्न र पत्रिकामा छापिन थालेको थियो । भविष्यका बारेमा कुनै योजना नबनाउ“दै अचानकजस्तो म गर्भवती भए“ । उसले पन्छाउन खोजेको त थियो तर मेरो जिद्दीले बिहे गर्न राजी भयो । हामी बिहे गरेर बस्न थाल्यौं ।
बिस्तारै केटो निराश हुन थाल्यो । कमाउनभन्दा यसै बरालिन, झोक्रिन र रातिराति धोकेर आउन थाल्यो । म भने कलेजको पढाइ धान्दै, पेटमा बच्चा हुर्काउ“दै एउटा विद्यालयमा पढाउन थालें । बा“च्नै पथ्र्यो । लोग्ने कुनै दिन सप्रिएला र सहयोग गर्ला भन्ने आशा पनि थियो । छोरो जन्म्यो । केही समय उसले माया पनि ग¥यो । कहिलेकाहीं घरमा पुगेर खर्चपर्च पनि ल्याउ“थ्यो । उसले पढाइ पूरा गर्न सकेन । मैले बिए पास गरें ।
ऊ कलेजमा राजनीति पनि गथ्र्यो । विद्यार्थी युनियनमा सचिव भएको थियो । तर व्यवहार भने रद्दी रहेछ । मलाई अरुस“ग बोलेको देख्दा पनि रिसाउने । घरमा धन्दाफन्दामा सहयोग गर्न पनि नरुचाउने । उसले छोराको गुहुमुत कहिल्यै पनि स्याहारेन । म सुत्केरी हु“दाका दश पन्ध्र दिनबाहेक भान्सामा पनि कहिल्यै पसेन । मैले भने उसका हरेक चाहनाहरू ठिक समयमा पूरा गर्नै पथ्र्यो । ऊ यस्तो सिल्ली किसान जस्तो थियो, जो भैंसीलाई घा“सकु“डो त दिंदैनथ्यो तर बिहान चियाका लागि दुध चैं ठिक समयमा देओस् भन्ने माग गथ्र्यो । दुई वर्षमा दुईवटा छोरा भए । म एमए एन्थ्रोपोलोजीमा भर्ना भएकी थिए“ । सन्तान, स्कुल र पढाइ धान्न खोज्दा शिथिल हु“दै थिए“ । यस्तैमा ऊ घरतिर गयो । दुई महिनासम्म आएन । पछि थाहा भयो उसले गाउ“मा गएर अर्की केटी बिहे गरेछ र उतै पार्टी राजनीतिमा सक्रिय भएछ ।
म आवेगमा आए“ । मलाई उसदेखि र पुरुषहरूदेखि नै घृणा लाग्न थाल्यो । मैले उसलाई फोन गरें, ‘तिमीले मलाई जे धोका दिने हो दिइसक्यौ । अब म आफैलाई धोका दिन चाहन्न“ । तुरुन्त आऊ डिभोर्स गरौं । तिमी नै मेरो नभएपछि मलाई तिम्रो एक कौडी सम्पत्ति पनि चाहिएन ।’ त्यो सिल्ली तुरुन्तै काठमाडौं आयो र छोराहरूलाई एकपटक पनि नभेटी कागजमा सही गरेर फक्र्यो ।
त्यसदेखि यता म यी सन्तानस“गै साटिएर बा“चिरहेकी छु । पढाइ पूरा गरें । तर, हेर्नु न दाइ म एमए गरेको मान्छे । स्कुलमा जम्मा आठ हजार रूपैया“मा माविस्तरमा पढाउनु पर्छ । अठार सय भाडा छ, छोराको फी, कपी कलम, ड्रेस, खाना खाजा यो काठमाडौंको मह“गी । कस्तो सकस हुन्छ भने जिउन । कहिलेकाहीं आमाले घरबाट केही चामल तेल पठाइदिनुहुन्छ र धान्दैछु । के गरौं के गरौं हुन्छु र अत्तालिन्छु कहिलेकाहीं । र, पनि मैले रोजेको बाटो हो यो । म जुध्नुपर्छ र जुध्न सक्छु भन्ने आत्मविश्वास बा“की छ ।’
ऊ मतिर नफर्की बोलेकी थिई । मैले भित्ताको ऐनामा देखें केटीका गालाबाट दुई थोपा आ“सु खसे र उसको टप्समा झरेर बिलाए । उसले सुटुक्क आ“खाको चिसो पुछी र चियाका गिलास पखाली ।
‘खाना खाऊ“ है दाइ, नमिठो भए पनि ।’ उसले थालमा भात राख्न थालेकी थिई, आफ्नो गास बा“ड्न चाहन्थी । मैले नाइनास्ती गरें ।
मलाई सहानुभूति लिनेदिने कुरामा पटक्कै विश्वास छैन । तर, यसपटक मेरो त्यो अविश्वास पनि पराजित भयो । ‘हिजो सम्पादक अफिसमा नै आएन सरस्वतीजी । आज भने म उसलाई भेट्छु र अवश्य कुरा गर्छु । सायद भोलिसम्ममा केही जवाफ पाइएला कि ?’ म झुठ बोल्छु ।
ऊ जुठा भा“डा बा“टामा राख्छे र स्कुल जान तयार हुन्छे । ‘भरे छोराहरू आउनु अगाडि आफु आइपुग्नु पर्छ दाइ । जहिले पनि यस्तै हतार हुन्छ । अलि सजिलो ठाउ“मा काम गर्न पाए हुन्थ्यो । पचास ठाउ“मा ट्राई गरें पाइएन । सानोतिनो व्यापार गरौं भने पनि लगानी गर्न फुट्या कौडी छैन ।’ हामी स“गस“गै भिमसेनस्थानसम्म हि“डेर आइपुग्छौं । ‘बाइ !’ भनेर हात हल्लाउ“छे । उसको अनुहार फेरि सहज भएको छ । मुस्कानमा एउटा लोभलाग्दो आकर्षण छ र बोलीमा आशावाद झल्किन्छ । म एकछिन ऊ हि“डेको हेरिबस्छु ।
चौथो दिन
ठिक तिन बजे उसको फोन आयो ।
उसको फोन आउला र सा“चो कुरा बताउनु पर्ला भनेर मनमनमा आतङ्कित भइरहेको थिए“ । घरिघरि मलाई लाग्थ्यो, ‘यो शहरमा यतिका बेरोजगार र पीडित महिलाहरू छन् ती सबैको जिम्मा तंैले लिएर हुन्छ र ? एकीकृत माक्र्सवादी लेनिनवादी पार्टीका नेता कमरेड झलनाथ प्रधानमन्त्री छन् । समाज परिवर्तन गर्छु भनेर हि“डेका कमरेड घनश्याम भुसाल प्रधानमन्त्रीका पनि मन्त्री भएका छन् । के उनीहरूले यसको जिम्मेवारी लिनु पर्दैन ? क्रान्तिको आगो बाल्ने प्रचण्ड र बाबुरामले यिनीहरूको जिम्मा लिनु पर्दैन ? कमरेड पम्फा भुसाल या हिसिला यमि, उमा अधिकारी या कमला पन्तले यिनका बारेमा सोच्नु पर्दैन ? म नाथे आफ्नै जीवन भारी भएर घिसार्नु पर्ने बबुरो पत्रकार यसमा के गर्न सक्छु ?
तर जब त्यो केटीका गालाबाट अघिल्लो दिन बगेका आ“सु सम्झन्थें, म कामै गर्न नसक्ने गरी शिथिल बन्थें । मुख प्याक प्याक हुन्थ्यो र घरिघरि सम्पादकलाई लाठोले कुटु“ र यो जागिर छाडेर हि“डुजस्तो लाग्थ्यो ।
‘हेलो ? सरस्वतीजी आई एम भेरी सरी । सम्पादकले यतिखेर पत्रिका आर्थिक सङ्कटमा परेकाले थप जनशक्ति एडजस्ट गर्न नसक्ने भनेर जवाफ दिनुभयो । आई क्यान डु नथिङ । कुनै सम्भावना भेटियो भने म खबर गरु“ला ।’
‘....तपाईंको प्रयासका लागि धन्यवाद दाइ !’
फोनमा एउटा कर्कश र नमिठो टोन टु“....टु“....टु“...टु“.. गर्न थाल्छ ।
पा“चौ दिन
बिहानको चियास“गै पत्रपत्रिका पढन् थालेको छु । एउटा दैनिक पत्रिकाको समाचारमा भएको फोटो र समाचार शीर्षक देखेर म झस्कन्छु । ‘शिक्षिकाद्वारा आत्महत्याको प्रयास’ शीर्षकको तल उही सरस्वतीको फोटो छापिएको थियो । उसको नाडीमा स्लाइन दिने नली घुसारिएको थियो । नजिकै केही परिचित पत्रकार र एउटी नर्स उभिइरहेका थिए ।
मेरो कानमा अघिल्लो दिन फोनको लाइन काटिनु अगाडि उसले भनेका अन्तिम शब्दहरू घन झैं बजारिन थाल्छन् । मलाई धन्यवाद दिनु अगाडि उसले भनेकी थिई, ‘म यस्ता जवाफ पाउ“दा पाउ“दा अभ्यस्त भइसकेकी छु । आजको जवाफ चैं सम्भावनाहरू सकिएको घण्टीजस्तो लाग्यो दाइ । यो शहरमा मेहनत गरेर बा“च्न पनि पाइन्न भन्ने आभास हुन थालेको छ ।’ म जुरुक्क उठ्छु र अस्पतालतिर हानिन्छु ।
२०६८÷१२÷२६
भोटेओडार लमजुङ
औंला
–विवश वस्ती
सूर्य, निर्बन्ध डुलिरहेछ ।
आकाश भने केही निन्याउरो छ । तुवा“लोको सघन उपस्थितिले टाढा–टाढाका गाउ“हरु धमिला विम्बहरुभित्र लपेटिएका छन् । चुरेका होचा–पुड्का शृंखलाहरु पनि त्यति खुलेका छैनन् । यस्तै नै हुन्छ, हिउ“दले सत्ता ग्रहण गरेपछि । र, मधेसका मनहरु पनि बेखुसीमा कैद हुन्छन् यतिखेर ।
‘घाम पनि कति मधुरो !’ तपेश्वरले आकाशको परिधितिर नियाल्दै दुःखेसो छरे–‘आज त आकाश पनि धुम्म छ, पानी नै पर्छ कि कसो ? पानी प¥यो भने त जाडोले मार्छ ।’ हेरे त्यसपछि उनले निकै परपरसम्म । कुनै आत्मीय दृश्य पनि आ“खाको स“घारमा उभिन आएनन् । त्यसो त उनले आ“खा धमिला देख्न थालेको पनि थुप्रै वर्ष भइसक्यो । एकपटक लहानमा जचाउ“न जा“दा कालाविन्दु लागेको पत्तो लाग्यो । त्यसपछि औषधि हाल्न थालेका थिए, अहिलेसम्म औषधिले नै दृष्टि खुलाइरहेको छ, तर धमिलो देख्नुमा नै अभिसप्त छन् उनी ।
‘काका !†’ उनैलाई सम्बोधन गर्दै आ“गनमा दुई तीनजना उभिन आइपुगे । सुरुमा त उनले कसैलाई पनि ठम्याउन सकेनन्, कुनै अपरिचित अनुहारहरुको लर्को लागेको महसुस गरे । तर एकजनाको अनुहारतिर हेरेपछि भने उनले ठम्याउन सके, ती अनुहारलाई । ती अनुहार, पल्लो टोलको विल्टुको छोरा थियो, तर नाम भने उनको सम्झनामा रहेन ।
‘तिमी विल्टुका छोरा होइनौ, बाबु ?’ उनले प्रस्टैस“ग ठम्याए ।
‘हो, काका ।’
‘मैले नामचाहि“ सम्झिन सकिन“, थुप्रै भाइ छौ क्यार !’
‘अ“, थुप्रै छौं हामी । म कान्छा हु“ । मेरो नामचाहि“ दर्वेस हो ।’
‘कान्छो नै यति ठूला भइसकेछन्, कसरी चिन्नु ? पहिले–पहिले बाक्लै आउजाउ हुन्थ्यो र चिनिन्थ्यो पनि । अचेल कता छौ ? त्यति आउने पनि गर्दैनौं आजकल त ।’ तपेश्वरले अरुका पनि अनुहार नियाल्दै भने ।
‘हामी एउटा खबर भन्दै हि“डेका हौं काका !’ कुनै भूमिका नबा“धी दर्वेसले भने–‘यही आउने आइतबारका दिन गाविस भवनमा मतदाता नामावली संकलन गरि“दैछ । त्यसमा काका, काकी र उमेर पुगेका परिवारका सबै सदस्यहरु आउनु प¥यो । हामी त्यही भन्न आएका हौं ।’
तपेश्वर मौन रहे । तर धेरैबेर टिकेन उनको मौनता । उनी खुलिहाले–‘अब यो बूढेसकालमा, मर्ने बेलामा जे–जे बनाए पनि केही अर्थ देख्दिन म त । पहिला पनि यस्ता धेरै बनाइयो, धेरै गरियो । तर खै, केही पनि भएन । अब त म त्यति उत्साहित छैन, बाबुहरु हो ! जेजे बनाए पनि, जजसलाई चुनेर माथि पठाए पनि आफ्नो दुःख मेटेर नजा“दो रहेछ, दुःख नगरी केही नहु“दो रहेछ ।’ तपेश्वरको अनुहारभरि निराशाका बाक्ला धर्साहरु कोरिए ।
‘त्यसो भनेर हुन्न, काका † बा“चुन्जेल आफूले पाउने अधिकार लिन छाड्नु हु“दैन । हामी मधेसका मान्छे पछि परेका कारणै त्यही हो । तर अब त मधेस पनि जागरुक हुन थालेको छ । पहिलाजस्तो स्थिति छैन अब त । धेरै नै जाग्न थालेका छन्, मधेसका मान्छेहरु ।’ दर्वेस केही उत्तेजित देखियो–‘हामीले त्यत्रो आन्दोलन नगरेका भए बीस–बीस लाखले तराईमा नागरिकता पाउ“थे ? काठमाडौंमा बस्ने शासकहरुले हाम्रो कुरा सुन्थ्यो ? थर्काएरै लिइयो नागरिकता । अब हामी मधेसमा बस्नेहरुलाई कसरी गैरनागरिक भन्न सक्छन्, ती पहाडेहरुले ?’
तुवा“लो झनझन बाक्लो हु“दै थियो ।
‘पहाडे र मधेसीहरुबीचको कुरा नगर बाबु † यो हामीलाई फुटाउने षड्यन्त्र मात्र हो । अहिलेसम्म हामी मिलेर बस्दै आएका छौं । हामीबीचको भेदभावको रेखा त केही ठूलाबडाहरुले मात्र कोरिदिएका हुन् ।’ तपेश्वरले सम्झाउने प्रयासमा भने–‘पसिना बगाएर खाने, मधेसमा बस्ने ती पहाडे मुलका मानिसहरुको कुनै दोष छैन यसमा । दोष त ती ठूल्टाउकेहरुलाई दिनुपर्छ । उनीहरु नै हाम्रा सम्बन्धका बाधक हुन् ।’
दर्वेसले भन्यो– ‘.....तर काका, मतदाता परिचयपत्र बनाउनचाहि“ आउनुस् है । त्यस्तो निरास कुरा नगर्नुस् । तपाईजस्ता मानिसहरुले नै त्यस्तो कुरा गरेपछि हामीजस्ताले के भन्ने ?’ केहीबेर रोकि“दै फेरि भन्यो–‘यसपटक त सबै नै इलेक्ट्रोनिक सिस्टम छ । कम्प्युटरले फोटो खिच्छ र तपाईको हातको औंलाको छाप पनि कम्प्युटरमा नै रहन्छ ।’
कम्प्युटरको नाम उच्चारण हुने बित्तिकै तपेश्वर केही उद्देलित देखिए । कताकता नाम सुने पनि उनले कम्प्युटरको साक्षात दर्शन भने गर्न पाएका थिएनन् । जीवनको सम्पूर्णजसो हिस्सा अरुकै खेतखलिहान जोत्दै, अरुकै बालीनाली स्याहार्दै र अरुकै उत्थानमा जुट्दै आएका उनलाई कम्प्युटर–ज्ञान हुनु त के देख्न पाउनु पनि धेरै टाढाको विषय थियो । कहा“ जानु र कम्प्युटर देख्नु उनले ?
‘कस्तो हुन्छ त्यो कम्प्युटर भनेको ?’ तपेश्वरले सोधे ।
‘त्यही दिन, मतदाता नामावली संकलन गर्ने दिन, देखिइहाल्नु हुन्छ नि, काका !’ दर्वेसले भन्यो ।
००
तपेश्वरलाई गाविस भवनसम्म पुग्न पूरै एक घन्टा लाग्यो । पहिला–पहिला त बीस–पच्चीस मिनेटमा नै पुग्थे उनी । तर अहिले भने लाग्यो पूरै नै एक घन्टा । उनले मनमनै सोचे–‘बुढ्यौलीले च्याप्दै लगेछ अब त । हि“ड्नै नसकिने भइएछ । पहिला यही ठाउ“मा कति छिट्टै आइन्थ्यो ।’
सिसौंको रुखमुनि बाक्लो भीड थियो, जुन गाविस भवनको छेउमै टा“सिएको थियो । सिसौं भने नाङ्गो थियो, पतझडको याममा यस्तै हुन्छ । र, मानिसहरुको लामो लाइन पनि लागेको थियो । पुरानो र मक्किइसकेको गाविस भवनको पर्खालसम्मै थियो, लाइन पनि ।
तपेश्वरले चारैतिरका दृश्यहरु छामे । आ“खाले टिपुन्जेलसम्म सबैको अनुहार पनि पढे । र, मनमनै सोचे–‘कताबाट ओइरिए यति धेरै मानिसहरु ? पहिला–पहिला त यति धेरै मानिस हेर्न मेलैमा धाउनुपथ्र्यो, कि त सहर–बजारतिरै छिर्नु पथ्र्यो । तर अहिले भने...। मानिसहरु धेरै बढे । कसरी खान पुग्ला, यति धेरै मानिसहरुलाई ?’ तपेश्वर आफ्नै चिन्ताको सागरमा डुब्न थाले ।
तपेश्वर लहरमै उभिइरहेका थिए । एकजना बुजु्रकजस्ता देखिनेले आवाज उठायो–‘बूढाबूढी, अशक्तहरुलाई त लाइनमा लाग्नु नपर्ने व्यवस्था गर्नुपर्ने नि † खै, कसैको ध्यान जा“दैन ।’ तपेश्वरतिर औंल्याउ“दै उसले भन्यो–‘लौरो टेकेका, यस्ता बूढा मानिसलाई त लाइनमा उभिन बाध्य पार्नु नपर्ने नि † लाइनमा बस्नेले पनि यस्ता बूढापाकालाई पालो दिनुपर्ने नि †’
सम्भवतः ती व्यक्तिको आवाजको सुनुवाई भयो । र, तपेश्वर आफूलाई सम्हालिरहेका नातिस“गै अगाडि बढे ।
‘के यही हो कम्प्युटर भनेको ?’ धेरै दिनदेखि आफूलाई थिचिरहेको जिज्ञासाको गहु्रंगो भारीलाई उनले त्यही दिन, त्यही ठाउ“मा बिसाउन चाहे ।
‘हो, यही हो । यसैलाई कम्प्युटर भनिन्छ ।’ कम्प्युटर चलाइरहेका एकजना व्यक्तिले जवाफस्वरुप भन्यो ।
तपेश्वरले कम्प्युटरलाई राम्ररी नियाले र एक पटक सुम्सुम्याए पनि । उनीभित्र हर्षका रेखाहरु सल्बलाइरहेका थिए । बा“चिरहे जिन्दगीमा धेरै अनौठा वस्तु र क्षणहरुसित साक्षात्कार होइ“दो रहेछ भन्ने आत्मअनुभूति गरे उनले ।
‘के तपाईले अहिलेसम्म कम्प्युटर देख्नुभएको थिएन, बा ?’ ती व्यक्तिले सोध्यो ।
तपेश्वर शब्दविहिन देखिए, स्वीकृतिसूचक टाउको हल्लाए मात्र । क्रमैस“ग उनको फोटो खिचियो, सबै विवरणहरु चढाइयो ।
‘ल, अब तपाईको औंठाको छाप लिनुप¥यो बा †’ एउटा सानो मेसिनमा बूढी औंला राख्न निर्देशन दि“दै ती व्यक्तिले भन्यो–‘अब त्यो मेसिनमा औंला राख्नुस् त बा ।’
तपेश्वरले आज्ञापालक ढंगले औंला राखे ।
‘भएन । फिंगरप्रिन्टमा केही पनि देखिएन । फेरि राख्नुस् त ।’ ती व्यक्तिले फेरि आदेश दियो । तपेश्वरले मेसिनमा फेरि औंला राखे, तर औंलामा मसिना रेखाहरु देखिएनन् । ती मानिसले भन्यो–‘बा, तपाईको औंलाका रेखाहरु त देखिएनन्, पूरै मेटिइसकेछन् ।’
‘बाबु †’ तपेश्वर निकै उदास–मुद्रामा पेश भए–‘होलान्, मेटिए होलान्, यी औंला र हत्केलाका रेखाहरु... । यी औंलाहरु नचलेका भए, यी औंलाहरु नघोटिएका भए मैले आफ्नो पेट कसरी भर्थे“ ह“ुला र ? मैले आफ्ना जहान, छोराछोरी कसरी पाल्थे“ हु“ला र ? मलाई थाहा छ, दिनरात घोटि“दा–घोटि“दा यी औंलाका रेखाहरु मेटिइसकेका छन् ।’ उनी झनै भावुक भए–‘मेरो हात हेर्ने ज्योतिषले पनि मेरा दस वटा औंलामा दुइटामा शंख र अरुमा चक्र छन् भनेका थिए । मलाई लाग्छ, अब कुनै औंलामा पनि शंख छैनन्, चक्र छैनन् । सबै मेटिइसकेका छन् । एकै नासका भइसकेका छन्, सबै औंलाहरु ।’
तपेश्वरले आफ्नो हातका औंलाहरु नियाल्न थाले । एकोहोरो र एकनासले नियाल्न थाले । औंलाहरु नियाल्दानियाल्दै अनायासै उनको दृष्टि विशाल आकाशतिर पोखियो ।
त्यहा“........,
सूर्य, निर्बन्ध घुमिरहेको थियो ।
००
ऐजेरू
–टीकाराम उदासी
उम्रेपछि कुनै रुखको हाँगामा ऐजेरु
काट्नुपर्छ हाँगा निर्ममतापूर्वक
कसैले हाँगाको माया गर्नु हँुदैन
माया गरेपछि हाँगा
प्रष्ट छ
हुन्छ एकदिन रुख नै समाप्त
समयको यो जङ्गलमा
छैन कुनै ऐजेरु बिनाको रुख
सबैका हाँगाहाँगामा
फैलिरहेछन् ऐजेरु बेसरी
तर पनि कसैले
काटिरहेका छैनन्
ऐजेरु फैलिरहेका हाँगाहरु
फैलदै गएपछि ऐजेरु
प्रष्ट छ
हुन्छ एकदिन रुख नै समाप्त
फैलिदै फैलदै गएपछि ऐजेरु
दुरुस्त रहँदैन कुनै रुख
दुरुस्त रहँदैन कुनै आस्था
दुरुस्त रहँदैन कुनै विश्वास
दुरुस्त रहँदैन कुनै सपना
अन्ततः दुरुस्त रहँदैन कुनै देश
तर पनि अनवरत
फैलिइरहेछ चारैतिर ऐजेरु
र कसैले पनि काटिरहेका छैनन्
ऐजेरु फैलिइरहेका हाँगाहरु
प्रष्ट छ
यसरी केही रहँदैन सुरक्षित
न कुनै सुन्दर रुख, न कुनै सुन्दर सपना
न कुनै उज्यालो अनुहार, न कुनै उज्यालो भविष्य
र पनि आजभोलि
अनवरत फैलिइरहेछ
चारैतिर ऐजेरु
र हामीहरु हेरिरहेछौँ चुपचाप
ऐजेरु– विस्तार ।
गीतको सौन्दर्य
–जीवन शर्मा
सानै उमेरमा मैले एउटा गीत लेखेको थिए“ । त्यो गीत अझैसम्म कतै प्रकाशित भएको छैन । उमेर नपुग्दै लेखिएको हुनाले होला, त्यो त्यत्तिकै थिचिएर बसेको छ । सम्भवतः त्यो गीत मैले १६ वर्षको उमेरमा लेखेको थिए“ । मैले लेखेको पहिलो प्रगतिशील गीत त्यही नै थियो । त्यतिखेर मैले रेडियोबाट बज्ने गीत निकै सुन्थे“ । तर गीत के हो ? कस्तो गीतलाई राम्रो मानिन्छ ? आदि, इत्यादि केही थाहा थिएन । म जस्ताले लेखेर पनि गीत बन्छ होला र भन्ने भित्रभित्रै एकप्रकारको उत्सुकतापूर्ण उत्कण्ठा मेरो कलिलो मनमा खेलिरहन्थ्यो । अविश्वासै अविश्वासको मनोदशा बिचैबिच पनि मैले थुप्रै गीतहरू लेख्दै गए“ । तर ती कुनै पनि गीतहरू मैले कसैलाई पनि देखाइन“, सुनाइन“ । तीन÷चार वर्षसम्म मैले कति गीतहरू लेखे“ ? अहिले पनि म आफैलाई थाहा छैन । एउटा सानोसानो डायरी गीत र कविताजस्ता केकेले हो भरिएको थियो । हरियो गातो भएको त्यो डायरी काठमाडौ“ पढ्न आउ“दा खोपीभित्रको बाकसमा राखेर आएको थिए“ । १ वर्षपछि फर्केर घर जा“दा त्यो हराएछ । त्यसमा भएका गीतमध्ये एउटा गीतको थेगो मात्र अहिले मलाई सम्झना छ । २०३२ सालमा लेखिएको त्यो गीत यस्तो थियो ः
कति छन् यहा“ छटपटाइरहेका निशालाई देखेर
चा“डै नै आओस् बिहानी सुन्दर उषालाई चिरेर
पूर्वमा लाली चम्केको देख्न आत्तिने छन् कति
मानवको रगत पिएर दानव मात्तिने छन् कति
जानेजतिका अप्ठ्यारा शब्द प्रयोग गरेर मैले त्यो गीत तयार गर्न खोजेको थिए“, त्यतिखेर । निशा, उषा, दानव आदि शब्दहरू त्यतिबेला मेरा लागि ‘उच्च’ प्रकारका शब्द थिए । यस्ता शब्दहरूको प्रयोगबाट गीत स्तरीय हुन्छ भन्ने मलाई लाग्दथ्यो । काठमाडौ“ आएपछि मैले अर्को एउटा गीत लेखे“ । त्यो यस्तो थियो ः
अकण्टक जीवन सकण्टक भयो जालीको खेलले
दुःखीको कुरा बुझ्दैन कहिल्यै कण्टकी झेलले
‘अकण्टक’ भन्ने शब्द मैले नेपाली शब्दकोशमा देखेको थिए“ । का“डा नभएको, कुनै बाधाविरोध वा डर नभएको भन्ने त्यसको अर्थ रहेछ । गीतमा यो शब्द पारेपछि त्यो गीत राम्रो भयो भन्ने लागेको थियो । साथै त्यसको अर्थ पनि थाहा पाइराख्नुप¥यो भन्ने लाग्यो । किनकि कसैले अर्थ सोधिहाल्यो भने त भन्नुप¥यो, नत्र आफैले लेखेका शब्दको अर्थ आफैले भन्न नसके झन् ठूलो आफ्नै बेइज्जत होला भनेर बेलाबेलामा त्यसको अर्थ मनमनै सम्झिरहन्थे“ । यस्ता अप्ठ्यारा खालका शब्दले गीतको उचाइ उठ्छ भन्ने लाग्थ्यो र त्यस्तै शब्द खोजेर गीतमा राख्ने कोशिस गर्थें । पछि त्यो गीत मैले एक जना विद्वानलाई देखाए“ । ‘अकण्टक र सकण्टक शब्दका ठाउ“मा सजिला शब्द राख्न पाए अझै राम्रो हुन्थ्यो’ भनेर उनले मलाई सुझाव दिए । मलाई उनको सुझाव स्वीकार्न गाह««ो प¥यो । मैले आफ्नो पक्कर छाडिन“ । त्यो गीतका तिनै शब्दहरूमा भाका भरेर मैले सबैतिर सुनाउ“दै हिडे“ । गितारको झन्कारस“ग गीत सुनाउ“दै हिंड्दा प्रायजसोले राम्रै माने । ताली पनि बजाए । तर अलि बौद्धिक प्रकारका मानिसले भने ती शब्दहरूप्रति कतिपय अवस्थामा आपत्ति नै जनाए । पछि मैले बाध्य भएर ती शब्दहरूलाई हटाएर सरल शब्द राखेर गीत यस्तो बनाए“ ः
यो मेरो जीवन बर्बाद भयो जालीको खेलले
दुःखीको कुरा बुझ्दैन कहिल्यै यो बन्द झेलले
यसपछि गीतको रौनक फेरियो । गीतको लोकप्रियता ह्वात्तै बढ्यो । यो घटनाले गीत लेखनसम्बन्धी मेरो पुरानो धारणामा ठूलो परिवर्तन ल्याइदियो । त्यसपछि मैले गीत लेख्दा सकेसम्म सजिला शब्दहरू प्रयोग गर्न थाले“ । तर समस्या के रहेछ भने सजिलैसजिला शब्दहरू राखेर गीत तयार गर्न सारै गाह«ो हु“दो रहेछ । त्यो ‘गीत’ भयो कि ‘कुरा’ भनेर छुट्याउन आफैलाई मुस्किल † स्तरीयता र लोकप्रियताबीचको द्वन्द्वात्मक सम्बन्धलाई ठीकस“ग बुभ्mन नसक्दाको समस्या रहेछ यो । यो समस्या अझै पनि कायमै छ । तर पनि यसस“ग जुध्दै गीत÷सङ्गीतको सिर्जनामा लागिरहनु बाहेक अर्को विकल्प देखि“दैन ।
जीवन सानासाना घटनाहरूले भरिएको हुन्छ । साना कुराहरूलाई हेपेर ठूला कुराहरूको मात्र अपेक्षा गर्नु यथार्थबाट टाढा भाग्नु हो । यथार्थमा ससाना कुराहरूमा नै लोकप्रियता र महानता छिपेको हुन्छ । जीवनमा घटेका तिनै ससाना कुराहरूलाई टिपेर महान् अभियानस“ग जोड्न सकेमात्र कुनै पनि चिज लोकप्रिय र स्तरीय हुन सक्छ । सङ्गीतमा स्तरीयताको जति ठूलो महत्व छ, लोकप्रियताको पनि उत्ति नै ठूलो महत्व हुन्छ । यी दुवै कुराका बीचमा उचित तालमेल भएपछि मात्र कुनै पनि गीत या रचना राम्रो बन्न जान्छ । लोकप्रिय भएन भने कुनै साङ्गीतिक शब्द या रचना गीत ह“ुदैन । किनकि गीत भनेको गाउनका लागि हो । जुन गीत लोकप्रिय बन्न सक्दैन, त्यो गीत गाइ“दैन । भाका हालेर सुनाउन सकिएला तर सुन्ने मान्छेले त्यसलाई अनेकौ पटक गुनगुनाएनन् भने गीत गाउनुको औचित्य कमजोर हुन्छ । गीत सुनाउनकै लागि मात्र तयार गरि“दैन, त्यो त हजारौ“लाखौ“ मानिसले गुनगुनाउ“दै हिडून् भन्ने अभिप्रायले तयार गरिएको हुन्छ । त्यसैले गीत सरल, सहज र सुगम तरिकाले इन्द्रिय ग्राह्य हुनु जरुरी छ । सजिलैस“ग सर्वसाधारण मानिसको मुखमा झुण्डिनका लागि गीतका शब्दहरू सरल हुनु जरुरी हुन्छ । मैले सुरुमा लेखेजस्ता शब्दहरू प्रयोग गर्दा गीत क्लिष्ट हुन जान्छ । क्लिष्टता गीतलाई लोकप्रिय बन्न नदिने एउटा ठूलो अवरोधक तत्व हो । सरल शब्दहरूको प्रयोगले नै कुनै गीत लोकप्रिय बन्ने सम्भावना बोकेको हुन्छ । शब्दको सरलतामात्र हैन, सङ्गीतको सरलता पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । शब्दहरू सरल भएर पनि सङ्गीत जटिल भयो भने गीतको भाका सबैले टिप्न सक्दैनन् । त्यो अवस्थामा पनि त्यो गीत सामान्य मानिसको लागि सुग्राह्य हुन सक्दैन । यसरी सरल शब्द र सुगम सङ्गीतले गीतलाई लोकप्रिय बनाउन मुख्य भूमिका खेलेको हुन्छ ।
राम्रा गीतको अर्को पाटो स्तरीयता हो । गीत लोकप्रिय भएर पनि स्तरीय भएन भने त्यसको लोकप्रियता अल्पायुको हुन्छ । गीतभित्रको सन्देश र तदनुरूपको सङ्गीत संयोजनले गीतलाई स्तरीय बनाउ“छ । सरल शब्दहरू, कर्णप्रिय सङ्गीत र सशक्त सन्देशको त्रिकोणात्मक सम्बन्धभित्रबाट गीतको सौन्दर्य प्रकट हुन्छ । गीतको सौन्दर्यभित्र स्तरीयता र लोकप्रियताको सन्तुलन छिपेको हुन्छ । स्तरीयतामा सशक्त सन्देश अन्तरनिहित हुन्छ । गीतको सन्देश त्यतिबेला सशक्त बन्छ, जब त्यसले समकालीन युगको सबभन्दा शक्तिशाली र विकासशील वर्गको दृष्टिकोण बोक्दछ । यस अर्थमा वर्गीय पक्षधरता कुनै पनि सृजनालाई स्तरीय बनाउने पहिलो आधार हो ।
गीतले सम्प्रेषण गर्ने सन्देशले वर्गीय पक्षधरतालाई निर्धारित गर्दछ । वर्गीय समाजमा गीतको चरित्र वर्गीय नै हुन्छ । गीतमात्र हैन, सङ्गीतको चरित्रसमेत वर्गीय हुन्छ । तर सङ्गीत अत्यन्तै सुक्ष्म प्रकृतिको हुने हुनाले सङ्गीतको वर्गीय पक्षधरतालाई बुझ्न कठिन हुन्छ । हरेक कुरा एउटा वर्गका लागि लोकप्रिय र स्तरीय हुन्छ भने त्यो अर्को विरोधी वर्गका लागि ठीक उल्टो हुन्छ । गीत÷सङ्गीतको सन्दर्भमा पनि यही कुरा सत्य हो । गीतको लोकप्रियता र स्तरीयताको चर्चा गर्दा सर्वप्रथम त्यसको वर्गीय पक्षधरतालाई ख्याल गर्नु जरुरी हुन्छ । गीतको लोकप्रियता र स्तरीयता वर्गसापेक्ष हुने हुनाले पु“जीपति वगको लागि जुन गीत प्रिय हुन्छ, सर्वहारा वर्गका लागि त्यो घृणास्पद हुन जान्छ । क्रान्तिकारीहरूका लागि जुन गीतहरू मिठा लाग्छन्, ती गीत संशोधनवादी र प्रतिक्रियावादीहरूका लागि वेस्वादका र तिता लाग्छन् । गीत कुन वर्गका लागि भन्ने कुरा प्रष्ट भएपछि मात्र कुनै पनि गीतको परिकल्पना, विम्ब प्रयोग, प्रतीक सृजना, अनि तदनुरूपका शब्द चयन, सङ्गीत संयोजन र रस निर्धाणको निम्ति बाटो खुला हुन्छ । यसर्थ वर्गीय सचेतता कुनै पनि गीत÷सङ्गीतको स्तरीयताका लागि प्राथमिक महत्वको कुरा हो ।
उच्च कलात्मक प्रतिभा, घनिभूत अध्ययन र दृढ वर्गीय प्रतिबद्धता राम्रा सृजना उम्रने र हुर्कने महत्वपूर्ण आधारभूमि हुन् । यस्तो आधारभूमि भएका स्रस्टा तथा कलाकारहरूबाट मात्र सुन्दर गीत÷सङ्गीतको सृजना सम्भव हुन्छ । कलात्मक प्रतिभाले कला सृजनाका निम्ति उच्चप्रकारको उडान भर्छ । अध्ययन, अनुसन्धानबाट त्यसको सम्प्रेषणका निम्ति सरल र विश्वस्त बाटो तथा तरिका पत्ता लाग्छ । त्यसैगरी वर्गीय प्रतिबद्धताले सृजना र कलाकारितालाई ठीक दिशामा अघि बढाउन सम्भव बनाउ“छ । यो तथ्य रचनाकार, सङ्गीतकार, गायक तथा कलाकार सबैका लागि समानरूपमा लागु हुन्छ । यसरी कलात्मक प्रतिभा, यथोचित अध्ययन र दृढ वर्गीय प्रतिबद्धताको समुचित सन्तुलनबाट नै राम्रा गीत÷सङ्गीतहरू बन्दछन् । यस्ता सुन्दर गीत तयार गर्न स्रष्टा तथा कलाकारको अनवरत साधना एवम् प्रयत्न पनि उत्तिकै अपरिहार्य छ ।
घनश्याम ढकालको कथाकारिता ः प्रवृत्तिगत सर्वेक्षण र मूल्याङ्कन
–डा. गोपीन्द्र पौडेल
१. उठान ः साहित्यकार ढकालको सङ्क्षिप्त परिचय
घनश्याम ढकाल (२०१० माघ १४–२०६८ फागुन १) सङ्घर्षशील एवम् सिर्जनशील स्रष्टा हुन् र निष्ठावान् व्यक्तित्व हुन् । ५८ वर्ष सम्मको जीवनयात्राका क्रममा अनेक प्रकृतिका हुण्डरीस“ग जुझ्दै भविष्य प्राप्तिका निम्ति उद्यत रहेका ढकाल बहुआयामिक व्यक्तित्व हुन् । सात वर्षको उमेरमा बुबाको निधन अनि १९ वर्षको उमेरमा आमाको निधनले पितृवात्सल्य एवम् मातृवात्सल्य विहीन बनेका घनश्याम ढकाल सामाजिक जीवनका विभिन्न गतिविधिमा संलग्न हु“दै उत्तरोत्तर उन्नत विचारले दीक्षित भएको पाइन्छ । घनश्याम ढकाल आरम्भमा नेपाली काङ््ग्रेसको भातृ सङ्गठन ने.वि. सङ्घ र तरुण क्लबस“ग सम्बद्ध रहे पनि क्रान्तिकारी आदर्शलाई पछ्याउने क्रममा २०३६ सालमा नेकपा (माले) हु“दै २०३८ सालमा नेकपा (मशाल) र एकता केन्द्र हु“दै पछिल्लो समयमा नेकपा (माओवादी) को राज्य समिति सदस्य समेत रहेका हुन् । राजनीतिक आन्दोलनस“ग पनि जोडिंदै आएका घनश्याम ढकाल मूलतः माक्र्सवादी साहित्यकार हुन् ।
घनश्याम ढकाल कथाकार, उपन्यासकार, निबन्धकार, कवि, समालोचक तथा सौन्दर्यचिन्तक व्यक्तित्व हुन् तापनि उनको कथाकार व्यक्तित्व बढी प्रभावी रहेको छ । जनयुद्धका क्रममा आफ्नो एक मात्र छोरा (विजय ढकाल) लाई गुमाएका सहिद पिता पनि हुन् घनश्याम ढकाल । १६ वर्षको उमेरदेखि नै साहित्य सिर्जनामा सक्रिय हु“दै आएका ढकाल सम्पादन तथा प्रकाशनमा पनि उत्तिकै सक्रिय रहेका हुन् । ‘यथार्थवादी नेपाली समालोचना’ (२०६२), ‘पोखरेली समालोचना’ (२०६५), ‘कृष्ण सेन इच्छुक स्मृति ग्रन्थ’ (२०६६) तथा ‘माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य’ (२०६७) जस्ता महत्वपूण ग्रन्थको सम्पादन तथा प्रकाशनमा घनश्याम ढकालको महत्वपूर्ण भूमिका तथा योगदान रहेको छ । ०२६ सालदेखि आभ्यासिक लेखनमा सक्रिय रह“दै आएका (खड्का, २०६७ ः १७) घनश्याम ढकालले मूलतः ०४० को दशकस“गै वैचारिक परिपक्वता र सिर्जनात्मक सिप प्राप्त गर्दै साहित्य लेखनलाई सामाजिक, वैचारिक सौन्दर्यात्मक एवम् जिम्मेवारीपूर्ण कार्यका रूपमा आत्मसात गरेको पाइन्छ । कथा, उपन्यास, निबन्ध, कविता, सौन्दर्य चिन्तन र दर्शनस“ग सम्बद्ध १३ वटा कृतिका स्रष्टा घनश्याम ढकालले झण्डै चार दशकको समयावधि साहित्यिक गतिविधिमा समर्पित गरेका छन् । प्रस्तुत लेखमा भने घनश्याम ढकालको कथाकारिता सम्बन्धी अध्ययन–अनुशीलन गरिएको छ । त्यस क्रममा ढकालको कथायात्रा, कथा लेखनका प्रवृत्तिको निरूपण तथा साक्ष्य सर्वेक्षण अनि ढकालको समग्र कथाकारिताको मूल्याङ्कन गर्दै अन्त्यमा छोटो निष्कर्ष समेत प्रस्तुत गरिएको छ ।
२. ढकालको कथा यात्रा र सिर्जन परिवेश
घनश्याम ढकालले साहित्यका सबैजसो विधामा कलम चलाए पनि उनको विशेष सक्रियता कथा लेखनमा रहन गयो । कथाकार ढकालले अवलम्बन गरेको जीवनदृष्टि र समाजबोधका सन्दर्भमा पनि कथा विशेष रुचिको विधा बन्न पुग्यो । वर्गविभक्त समाजका बिब्ल्या“टा र वर्गीय अन्तरविरोधलाई पर्गेल्ने सन्दर्भमा कथा प्रभावकारी विधा हुनाले पनि कथा लेखनमा ढकालको विशेष चासो रहेको हुन सक्छ ।
कथाकार घनश्याम ढकालले २०३८ सालमा ‘हिमाली आवाज’ साप्ताहिक पत्रिकामा ‘वारुण यन्त्र’ शीर्षकको कथा छपाएर कथा लेखनमा प्रवेश गरेका हुन् । तीन दशकको कथा यात्राका क्रममा ढकालका पा“च वटा कथा सङ्ग्रह प्रकाशित भएका छन् । उनका पा“च वटा कथा सङ्ग्रहको सूचि यसरी प्रस्तुत गर्न सकिन्छ ः
कथा सङ्ग्रहको नाम प्रकाशन वर्ष कथा संख्या
१. भरिया र यात्री २०४६ ११
२. सहिद मानचित्रमा नपरेको सहिद २०४८ ७
३. समर्पणको बाटोमा २०५१ १७
४. आजको महाभारत २०५५ १५
५. सहिदको सालिक २०६६ ११
उपर्युल्लिखित पा“च वटा सङ्ग्रहमा प्रकाशित पा“च दर्जन बढी कथाले कथाकारका रूपमा ढकालको स्पष्ट पहिचान दिन्छन् । ढकालका कथा वैचारिक निष्ठा एवं सिर्जन कौशलका उपज हुन्, जसले वर्ग सङ्घर्षमय नेपाली समाजको प्रतिबिम्बन गर्छन् । अझ यसो भन्न सकिन्छ– ढकालका कथामार्फत् नेपाली समाजको तीन दशकको इतिहासको गति र प्रकृतिलाई बुझ्न सकिन्छ ।
०३८ सालदेखि ०६८ सालसम्मको समय भनेको नेपाली समाज द्रुत गतिमा
फड्को मार्दै गरेको समाज हो । अनुदार एवम् निरङ्कुश प्रकृतिको पञ्चायती व्यवस्था २०४६ सालको जनआन्दोलन र बहुदलीय व्यवस्थाको पुनःस्थापना, प्रजातन्त्रका नाममा क्रियाशील वितण्डा राजनीति र शासनशैली, २०५२ देखि माओवादी जनयुद्धको आरम्भ, दश वर्षको उथलपुथल र युद्ध, आ“धीमय जीवन परिवेश, माओवादी र सात दलबीच भएको बाह्रबु“दे समझदारी र उन्नाइस दिने जन आन्दोलन, संविधान सभाको निर्वाचन र राजतन्त्रको अन्त्य तथा गणतन्त्रको स्थापना जस्ता घटना यस बीचमा घटित भएका छन् । घनश्याम ढकाल माक्र्सवादी कथाकार हुनाले उपर्युल्लिखित घटना प्रक्रियाबाट असम्पृक्त रहनु सम्भव थिएन । समाज रूपान्तरणका पक्षमा कलम चलाउ“दै आएका कथाकार ढकालले वर्ग सङ्घर्षका बीचबाटै सिर्जनात्मक सम्बल प्राप्त गरेका हुन् । वस्तुतः सामाजिक जीवनमा आएको परिवर्तनस“गै ढकालको कथा लेखनमा पनि परिवर्तन आएको छ । ढकालका ०४६ पूर्वका कथामा निरङ्कुश पञ्चायती व्यवस्थाले सिर्जना गरेको कठोर सामाजिक–सांस्कृतिक वितण्डाको झझल्को पाइन्छ भने ०४७ देखि ०५१ सम्मको कथा लेखनको परिवेश केही खुकुलो, अस्थिर र अराजक देखिन्छ । त्यस्तै ०५२ सालयताका कथामा जनयुद्धले निर्माण गरेको नया“ यथार्थको प्रतिबिम्बन भएको छ । यस तात्पर्यमा ढकालको तीन दशकको कथा यात्रालाई मुख्यतया तीन चरणमा वर्गीकरण गर्न सकिने आधार रहेका छन् । देवी प्रसाद गौतमले ढकालको कथा यात्रालाई २०५२ सालपूर्व र २०५२ साल उत्तर गरी दुई चरणमा वर्गीकरण गर्न सकिने धारणा प्रस्तुत गरेका छन् (गौतम, २०६२ ः ४०२) । तापनि यो त्यति वस्तुगत देखिन्न । ०४६ सालपूर्व र त्यसपछिको ढकालको कथा लेखन उही र उस्तै होइन । फरक राजनीतिक–सामाजिक परिवेश, फरक विषयवस्तु तथा कथाको कथ्य र शिल्पमा समेत देखिएको परिवर्तनका आधारमा स्पष्टता उनको कथा यात्रालाई तीन चरणमा वर्गीकरण गर्न सकिन्छ । अथवा उनको समय सीमा सहितको वर्गीकरणलाई यसरी प्रस्तुत गर्न सकिन्छ ः
१. पहिलो चरण (२०३८–२०४६ सम्म)
२. दोस्रो चरण (२०४७–२०५१ सम्म)
३. तेस्रो चरण (२०५२–२०६८ सम्म) यहा“ तीनै चरणको कथा लेखन सम्बन्धी संक्षिप्त परिचय आवश्यक देखिन्छ ।
२.१. पहिलो चरण (२०३८–२०४६)
नेपाली राजनीतिक एवम् सामाजिक जीवन परिवेशका सन्दर्भमा यो समय भनेको निरङ्कुश पञ्चायती व्यवस्था उत्तरोत्तर सङ्कटग्रस्त बन्दै गरेको र नेपाली जनताले त्यसको विकल्प खोजिरहेको अवस्था हो । यस समयमा पञ्चायती व्यवस्थाका भरौटेहरूले गाउ“ गाउ“मा विपन्न जनतामाथि झम्टा मारेर अनेक प्रकारका उत्पीडन थोपर्ने काम गरे । निरङ्कुश पञ्चायती व्यवस्थाद्वारा पालित पोषितहरूबाट हुने थिचोमिचो मात्र होइन यसको आडभरोसामा मण्डलेहरूले चुनावी राजनीति र शिक्षा, स्वास्थ्य लगायत आजीविका सम्बन्धि गतिविधिमा एकाधिकार कायम राखे । यस समयमा प्रधानपञ्च, वडाध्यक्ष, पञ्च, बुद्धिजीवी, पञ्च पत्रकार मण्डले विद्यार्थी आदिको एकाधिकार रहेकै हो । वस्तुतः ढकालका यस समयावधिका कथाले पनि यही कठोर जीवनशैलीको प्रतिबिम्बन गर्छन् । खास गरी भरिया र यात्री सङ्ग्रहभित्रका ११ वटा कथा र सहिद मानचित्रमा नपरेको सहिद (२०४८) अन्तर्गतका चङ्खमान र जनआन्दोलनको पूर्वसन्ध्यामा गरी १३ वटा कथा ४६ सालसम्म लेखिएका हुन् । यस चरणका कथा मूलतः आभ्यासिक लेखनकै उपज हुनाले तिनमा शिल्पगत परिस्कारको अभाव खट्कने गर्छ । घटना सापेक्ष रुपमा परिवेशको प्रत्यङ्कन नहुनु, पात्र, परिवेश र घटनाको विन्यासमा परिपक्वता नदेखिनु, कार्यकार्यरण सम्बन्धको यथोचित विन्यास र बिस्तार हुन नसक्नु जस्ता कमजोरी यस चरणका कथामा देख्न सकिन्छ ।
२.२. दोस्रो चरण (२०४७–२०५१)
यो समय भनेको राष्ट्रियता र जनजीविकाका सवालमा एकपछि अर्को घात गर्दै संसदीय व्यवस्था बदनाम बनेको स्थिति हो । यति बेलाको अस्थिर राजनीतिक, सत्ता स्वार्थ र राजनीतिक दलहरूमा चुलिएको अनैतिकताले जनजीवन अत्यन्त कष्टकर बन्न पुग्यो । भद्दा चुनावी खेल, सरकार ढाल्ने र बनाउने अनि जसरी पनि सत्तामा टिकिराख्ने घृणित चिन्तन र क्रियाकलापले नेपाली जनता अवाक बनेका थिए । संसदीय व्यवस्थाका फोहरी खेलबाट अवाक भएको नेपाली जनमानसले त्यसको विकल्प खोज्नु स्वभाविकै थियो । वस्तुतः संसदीय व्यवस्थाभित्रका भद्दा चुनावी खेल, राजनीतिक दाउपेच, वामपन्थी भनिने राजनीतिक दल र नेतामा आएको विचलन, सामाजिक, सांस्कृतिक विरूपावस्था, आर्थिक शोषण र अनियन्त्रित भ्रष्टाचार आदिको प्रतिबिम्बन ढकालका यस चरणका कथामा भएको छ । त्यति मात्र होइन, यस चरणका कथाले तात्कालीन विसङ्गतिको चिरफारका साथै भावी वर्ग सङ्घर्षको आमन्त्रण समेत गरेका छन् । पहिलो चरणका कथाका तुलनामा यस चरणका कथाको कथ्य सघन बन्नुका साथै कथा कथनसम्बन्धी सिपमा समेत परिष्कार र परिवर्तन देख्न सकिन्छ । यस चरणका कथामा घटनाको तर्कसङ्गत विन्यास र केही मात्रामा कथानकको विस्तार भएको छ । ‘समर्पणको बाटोमा’ भित्रका १७ वटा कथाका साथै ‘सहिद मानचित्रमा नपरेको सहिद’ सङ्ग्रहका ‘एकादेशको प्रजातन्त्र’, ‘सहिद मानचित्रमा नपरेको सहिद’, ‘मुक्तिदाता, ‘बाघ र वामपन्थी’ अनि ‘प्रतिगामी’ शीर्षकका कथाले यस चरणको प्रतिनिधित्व गर्छन् । यस चरणका कथा भन्नु जनयुद्धको पूर्वसन्ध्यामा लेखिएका कथा हुन् । यसैले यिनमा संक्रमित समय परिवेशको प्रत्यङ्कन मात्र भएको छैन, अपितु उदात्त चेत र वर्ग सङ्घर्षको आमन्त्रण समेत भएको छ ।
२.३. तेस्रो चरण (२०५२–२०६८)
०५२ सालमा माओवादी जनयुद्ध सुरु भएपछि लेखिएका कथाहरू यस चरण अन्तर्गत पर्छन् । यो समय भनेको नेपालको इतिहासमा वर्ग सङ्घर्षको सघन प्रस्तुति भएको उथलपुथलकारी समय हो । जीवन सङ्घर्षका बीचमा अनन्त सम्भावना र गम्भीर चुनौती देखा पर्नु स“गै त्यसको प्रभाव सिर्जनामा पनि पर्न थाल्यो । जनयुद्धको भीषण प्रक्रियाबाट पुरातन मूल्यको अवसान तथा नया“ जीवन मूल्यको उपस्थापनस“गै नया“ यथार्थको जन्म भयो । वस्तुतः विरोधका साथै युद्ध उत्सर्गको प्रतिबिम्बन ढकालका यस चरणका कथामा भएको छ । यस समयावधिमा संविधान सभाको निर्वाचन, गणतन्त्रको स्थापना जस्ता महत्वपूर्ण उपलब्धी भए पनि एउटा क्रान्तिकारी पार्टीले विद्रोहको नारा अगाडि सारेर अन्त्यमा जनतालाई धोका दिएको स्थिति पनि हो । उत्तराद्र्धमा विकसित यस प्रकारको विचलनको प्रतिबिम्बन पनि ढकालका कथामा भएको छ । ढकालका यस चरणका कथा ‘आजको महाभारत’ (२०५५) र ‘सहिदको सालिक’ (२०६६) मा सङ्कलित छन् । यस चरणका कथामा विषयको विस्तारका साथै संरचनात्मक सुगठन पनि तुलनात्मक रूपमा राम्रो र स्तरीय रहेको छ । यस चरणमा आएर पात्र, घटना, परिवेश र विषयवस्तुको चयन र प्रारूपीकरणमा धेरै सावधानी अपनाइएको छ । त्यसैगरी कथानकको विकास र विस्तारमा पनि केही सुधार र परिष्कार देख्न सकिन्छ । वस्तुतः ढकालका कथा उत्तरोत्तर परिष्कृत एवम् कलाचेतले परितोषित बनेको पाइन्छ ।
३. प्रवृत्तिगत सर्वेक्षण ः कथा साक्ष्यका सन्दर्भमा
कथाकार ढकाल माक्र्सवादी सौन्दर्यचिन्तक समेत हुनाले उनका कथामा माक्र्सवादी चिन्तन र जीवनदृष्टि स्पष्ट रूपमा पाउन सकिन्छ । यथार्थको गतिशील प्रक्रियालाई आत्मसात् गर्दै लेखिएका ढकालका कथा एकरसताबाट मुक्त छन् र तिनले यथार्थका बहुआयामिक पक्षको प्रतिबिम्बन गरेका छन् । जीवन यथार्थका वैविध्यको प्रस्तुतिका साथै वर्ग सङ्घर्षका विभिन्न रूपको प्रतिबिम्बन ढकालका कथामा भएको छ । वस्तुतः २०३८ सालदेखि २०६८ सालसम्मका ढकालका कथामा विन्यस्त जीवन यथार्थ विषय प्रसङ्ग तथा कथाले सम्वहन गर्ने कथ्य वा सन्देशका आधारमा उनका सम्पूर्ण कथालाई आठ वटा प्रवृत्तिमा समेटिएको छ । यहा“ उल्लेख्य प्रवृत्तिस“ग एकाध कथाको हुबहु मेल नखाने भए पनि सकेसम्म कुनै न कुनै एक प्रवृत्तिमा अनुकूलित हुने गरी प्रत्येक कथालाई साक्ष्यका रूपमा समेट्ने प्रयत्न गरिएको छ । तलका उपशीर्षकमा उल्लेख्य प्रवृत्तिका सापेक्षतामा कथा साक्ष्यको प्रस्तुति र तिनको संक्षिप्त विश्लेषण यहा“ गरिएको छ ।
३.१. पलायनमुखी एवम् अवसरवादी प्रवृत्तिको आलोचना तथा विचार चिन्तनप्रधान कथा लेखनमा रुचि
ढकालका धेरै कथा विचार चिन्तन प्रधानको स्थितिमा रहेका छन् । माक्र्सवादी स्रष्टाहरू विचार चिन्तनलाई सर्वोपरि स्थान दिन्छन् नै । त्यसमा ढकाल स्वयं कथाकार मात्रै नभएर माक्र्सवादी सौन्दर्यचिन्तक समेत हुनाले कथा लेखनमा त्यसको प्रभाव हुनु स्वाभाविकै थियो । उनका तीनै चरणका कथा विचार चिन्तन प्रधानको स्थितिमा रहेका छन् । यद्यपि ढकाल स्वयम्ले जीवनका अन्तिम कालखण्डमा अवलम्बन गरेको वैचारिक स्थिति र अभिव्यक्ति आलोच्य नबनेको होइन (क्रमभङ्ग १ ः २ र लालरक्षक (२०६८) का लेखन सन्दर्भमा) । तापनि कथा लेखनका सन्दर्भमा भने ढकालले वैचारिक निष्ठालाई अन्तिमसम्म कायमै राखेको पाइन्छ । यसको सटिक दृष्टान्तका रूपमा ‘सहिदको सालिक’ मा सङ्ग्रहित ‘पीडा प्रतिक्षाको’ कथालाई प्रस्तुत गर्न सकिन्छ । आरम्भदेखि नै ढकालले कथामार्फत् राजनीतिक पार्टी, नेता, कार्यकर्ता, लेखक, बुद्धिजीवी, समाजसेवी, मानव अधिकारवादी, न्यायालय तथा समाजका लब्धप्रतिष्ठित भनिने संस्था र व्यक्तिहरूमा देखिएको विचलन, पलायन र भ्रष्टीकरणको कटु आलोचना गर्दै क्रान्तिकारी दर्शन, विचार, राजनीति र कला साहित्यको खुलेर प्रशंसा गरेका छन् । यस परिप्रेक्ष्यमा ढकाल चिन्तनका क्षेत्रमा समेत सचेत र सक्रिय रहेकाले वैचारिकता उनका कथाको केन्द्रीय तत्वका रूपमा देखा पर्छ (पाण्डेय, २०५३ ः १३१) भन्ने ताराकान्त पाण्डेयको कथन वस्तुवादी देखिन्छ । समाज र युग जीवन अनि विचार र चिन्तनस“ग सम्बद्ध पक्षको निरीक्षण गर्दै जा“दा प्राप्त अनुभूतिलाई ढकालले कथात्मक बान्की दिएका छन् । यस प्रवृत्ति प्रतिबिम्बन गर्ने उनका कथाहरूमा ‘मुक्तिदाता’, ‘रेलको इन्जिन’, ‘श्री लाल नेता नारायण’, ‘भरिया र यात्री’, ‘अनावरण’, ‘कायरता’, ‘चक्रवर्ती अदालतको फैसलाविरुद्ध’, ‘बाघ र वामपन्थी’, ‘सुललित लेखक’, ‘ब्रह्म सत्य जगत् मिथ्या’, ‘छोरास“गको भेट’, ‘खेल र खेलाडी’, ‘बहुला बा“सुरी वादक’, ‘कमरेड मुखिया’ आदि रहेका छन् ।
‘भरिया र यात्री’ कथाले एकातिर जनताको बुइ चढेर श्रम स्वार्थमा निर्लिप्त हुने प्रवृत्तिको भण्डाफोर गर्छ भने अर्कोतिर क्रान्तिकारी आदर्श र सङ्घर्षशील जीवनको प्रवाहलाई परित्याग गरेर सुख सुविधाका पछि लाग्ने संशोधनवादी रुझानको लेथ्नो काड्ने काम गरेको छ । भरियारूपी जनताको बुइ चढ्न पल्केपछि यात्रीरूपी नेताहरू कसरी पलायनमुखी र सुविधाभोगी हुन्छन् भन्ने कुरा यस कथाका पहिलो, दोस्रो र तेस्रो यात्री (नेता) भरिया (जनता) का ढाकरमा चढ्नुले स्पष्ट पार्छ । विशेषतः नेपाली कम्युनिस्ट आन्दोलनको झझल्को दिने यस कथामा नेताहरूले गन्तव्य बिर्सेको अनि सुविधाभोगी र विलासी जीवन अवलम्बन गरेको यथार्थप्रति कटाक्ष गरिएको छ । त्यसैगरी ‘श्री लाल नेता नारायण’ शीर्षकको कथामा पनि संशोधनवादी प्रवृत्तिप्रति कटु आलोचना एवं सशक्त व्यङ्गय गरिएको छ । क्रान्तिकारीहरूलाई सधैं उग्रवादी तथा जडसुत्रवादी ठान्ने र आफूचाहिं लाल क्रान्तिकारी ठहरिने नेपाली कम्युनिस्ट आन्दोलनको एउटा प्रवृत्तिप्रति यस कथाले व्यङ्ग्य गरेको छ । ठीक यस्तै स्थिति रहेको छ यस कथाको मुख्य पात्र नेता नारायणमा पनि । ‘मुक्तिदाता’ कथामा पनि माथि उल्लेख्य दुई कथामा जस्तै संशोधनवादी विचारमाथि प्रहार गरिएको छ । संशोधनवाद र सामन्तवादका पृष्ठपोषक प्रशान्त जस्ता भ्रष्टहरू जनतासामू मुक्तिदाता बनेर कसरी संसदीय चुनाव जित्ने ध्याउन्नामा लाग्छन् भन्ने दृष्टान्त ‘मुक्तिदाता’ कथाबाट प्राप्त गर्न सकिन्छ ।
यसै प्रवृत्तिको प्रतिबिम्बन गर्ने ‘रेलको इन्जिन’ शीर्षकको कथा अलि फरक शैली र बान्कीमा प्रस्तुत भएको छ । रेलको इन्जिनलाई कम्युनिस्ट पार्टीको प्रतीकका रूपमा प्रस्तुत गरेर स्वैरकल्पनात्मक शैलीको प्रयोग गरिएको यस कथामा नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान टुटफुट, विभाजन अनि विभिन्न क्रान्तिबाट पछि हट्ने प्रवृत्तिको भण्डाफोर भएको छ । विशेषतः ०५२ सालपूर्व नेपालमा दर्जनौं कम्युनिस्ट पार्टीहरू भए पनि अथवा क्रान्तिकारी पार्टीभित्र विद्यमान दार्शनिक÷सैद्धान्तिक विचलनका कारण भट्टी (इन्जिन) तातिएको बेला रेल गुडाउनु हुन्न भन्ने तर्क पनि यसमा देखिन्छ । यसको तात्पर्य वस्तुगत परिस्थिति तयार भएको अवस्थामा पनि वर्ग सङ्घर्षका प्रक्रियामा जानु हुन्न भन्ने संशोधनवादी तर्क कथामा विन्यस्त हुनुले नेपाली कम्युनिस्ट आन्दोलनको यथार्थपरक स्थिति यसमा देखिन्छ । खासगरी तात्कालिन नेकपा एकता केन्द्र विभाजनपूर्व पार्टीमा चलेको बहसतर्फ यस कथाको विशेष चासो देखिन्छ । ‘ब्रह्म सत्य जगत् मिथ्या’ कथामा पनि संशोधनवादी चरित्र र सत्तालिप्साप्रति कटाक्ष गरिएको छ । चतुरानन्दजस्ता पलायनवादी, अवसरवादी एवं सत्तालिप्सा भएका व्यक्तिले क्रान्तिकारी आदर्शलाई कसरी भुत्ते बनाउने प्रयत्न गर्छन् भन्ने कुरा यस कथाको खलपात्र हो । चतुरानन्दले जनयुद्धका समयमा बाबुआमाको हत्या गराउनु, बैनी निरूपाका हातखुट्टा भा“चेर आ“खा फुटाइ जिउ“दै आगोमा जलाउन उत्प्रेरित गर्नुले कम्युनिस्टको खोल ओडेका चतुरानन्दजस्ता भ्रष्टको भण्डाफोर यसमा भएको छ ।
उपर्युल्लिखित कथाका तुलनाामा अलि फरक विषय प्रसङ्गमा आधारित सशक्त कथा हो ‘बहुला बा“सुरी वादक’ । अवसरवादी चरित्रको चरम तथा निकृष्ट दृष्टान्त यसमा पाइन्छ । पञ्चायतकालमा भक्ते (भक्तमान) नामको फटाहाले भीमे (भीमकान्त) को खेतबारी खाएर पनि नपुगी उसका विरुद्ध अनेक षडयन्त्र गरेर बहुला सावित गर्ने प्रयत्न गर्छ । त्यतिले पनि नपुगेर राजाको सवारी भएका बखत न्याय माग्न जा“दा उल्टै भक्तेका भाटहरूले बहुलाको आरोप लगाएर भीमेलाई लखेट्न खोज्नु, भीमेले प्रतिरोध स्वरूप ‘अत्याचारी पालक मुर्दावाद’ भनेर नारा लगाउ“दा राजद्रोहको मुद्दा लगाएर उसलाई जेल हालिनु र बहुदल आएपछि जेलबाट छुटेको भीमकान्त न्याय पाइने विश्वासले गाविसमा उजुरी गर्न जा“दा उही भक्ते अध्यक्षको कुर्चीमा आसिन हुनुले भीमकान्त सा“च्चिकै विक्षिप्त हुन पुगेको छ । अवसरवादी फटाहाहरू जहा“ पनि अनुकुलित हुन सक्ने तर जनसामान्य भने जुनसुकै व्यवस्था र अवस्थामा दपेटिनु पर्ने नियतिको प्रस्तुति अत्यन्तै मार्मिक रूपमा भएको छ । यो भनेको षडयन्त्र र अवसरवादको चरम रूप हो भन्न सकिन्छ । पात्रको प्रारूप फरक प्रकृतिको भए पनि अवसरवादकै सजीव दृष्टान्त हो ‘सुललित लेखक’ । क्रान्तिलाई लहडका रूपमा बुझ्ने निम्न पु“जीवादी मनोवृत्तिका लेखकहरू अन्ततः क्रान्तिको दिशाबाट विमुख कसरी अराजक र पलायन हुन पुग्छन् भन्ने कुरा यस कथाको ऊ पात्र कलानाथको चरित्रले स्पष्ट पारेको छ । गाउ“मा बस्दा क्रान्तिकारी आदर्शका कुरा गर्ने कलानाथ काठमाडौं पुगेपछि क्रान्ति सम्भव नभएको ढिपी गर्दै पार्टी प्रतिबद्धताको समेत विरोध गर्छ । अर्थात् आफूलाई माक्र्सवादी भन्न रुचाउने अराजक एवं पलायनवादी लेखकको प्रतिनिधि हो यस कथाको मुख्य पात्र कलानाथ । यसको तात्पर्य के पनि हो भने अवसरवादी एवं अराजक प्रवृत्ति राजनीतिक वृत्तमा मात्र भएर साहित्यिक सांस्कृतिक क्षेत्रमा पनि विद्यमान छ भन्ने यथार्थबोध यस कथामार्फत् हुने गर्छ । ‘छोरास“गको भेट’ कथाले पार्टी र क्रान्तिप्रति सैद्धान्तिक, वैचारिक एवम् भावनात्मक निष्ठा प्रस्तुत गर्छ भने ‘कायरता’ शीर्षकको कथाले वस्तुगत परिवेश तयार हुनु अघि क्रान्तिका कुरा गर्ने र क्रान्तिका समयमा त्यसबाट पलायन हुने प्रवृत्तिको खोलुवा दिएको छ । त्यस्तै वैचारिक चिन्तनमा आधारित कथा ‘अनावरण’ले कम्युनिस्टहरू धर्म मान्दैनन् भन्ने कुराको अभिव्यञ्जना गर्छ भने ‘कामरेड मुखिया’ कथाले स्वार्थी एवं अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्दछ । त्यसै गरी ‘चक्रवर्ती अदालतको फैसलाविरुद्ध’ कथाले साम्राज्यवादी हस्तक्षेपका विरुद्ध सङ्घर्षरत हुनु पर्ने विचार सम्प्रेषण गरेको छ । ढकालका उपर्युल्लिखित कथामा विभिन्न विषय प्रसङ्ग र भाव सम्प्रेषण भए पनि तिनमा सैद्धान्तिक एवं वैचारिक निष्ठाको प्रस्तुतिका साथै अवसरवादी चरित्रको भण्डाफोर भएको छ ।
३.२. वर्ग सङ्घर्ष, युद्ध उत्सर्ग र उन्मुक्तिको अभिव्यञ्जना
कथाकार घनश्याम ढकाल वर्ग सङ्घर्षका माध्यमबाट मात्रै उन्मुक्ति सम्भव छ भन्ने वैचारिक मान्यता राख्ने स्रष्टा हुनाले उनका कथामा वर्गीय अन्तरविरोधका विभिन्न रूपको प्रस्तुतिका साथै वर्ग सङ्घर्षको प्रक्रिया पनि अत्यन्त पेचिलो बनेर अभिव्यञ्जित भएको पाइन्छ । वस्तुतः विगतको दश वर्षे जनयुद्ध वर्ग सङ्घर्षको उच्चतम अभिव्यक्ति हुनाले त्यस क्रममा भएका युद्ध उत्सर्ग सम्बन्धी घटनाको अभिव्यञ्जना पनि उनका कथामा भएको पाइन्छ । अर्थात् उन्मुक्तिका लागि वर्ग सङ्घर्षको प्रक्रिया अनिवार्य भएको दार्शनिक एवम् वैचारिक मान्यताको प्रतिबिम्बन यस वृत्तका कथामा भएको छ । यस प्रवृत्तिको अभिव्यञ्जना दिने कथाहरूमा ‘फलामे किल्ला’, ‘आखिरी बाटो’, ‘मनभित्र फुलेको लालीगुरा“स’, ‘समर्पणको बाटोमा’, ‘बिग्रेको छोरो’, ‘वीरेन हाम्रो पारिवारिक सदस्य बनिसकेछ’, ‘जीवनयात्रा’, ‘जीवन मूल्यको खोजी गर्दै’ आदि उल्लेख्य हुन सक्छन् ।
‘मनभित्र फुलेको लालीगुरा“स’ शीर्षकको कथामा उन्मुक्तिका लागि युद्धकौशल र त्याग आवश्यक छ भन्ने सन्देश प्रस्तुत गरिएको छ । गाउ“घर र वनपाखामा समेत पुलिसको विगविगी भएको अवस्थामा घरमा सेल्टरका लागि आएका छापामारको संरक्षण गर्ने कुरो चुनौतीपूर्ण हुने नै भयो । यसो भए तापनि त्यस्तो चुनौतीको सामना यस कथामा विनिता र सन्ध्या दुई नन्द भाउजुले गरेका छन् । उनीहरूले देखाएको साहस र चातुर्य प्रशंसनीय रहेको छ । रातको समयमा सन्ध्याको लोग्ने सहित चार जना छापामार योद्धाहरू घरमा आएर सुत्ने बित्तिकै पुलिसले घर घेरा हालेको चाल पाएर विनिता र सन्ध्याले छापामारहरूलाई एकापट्टीबाट भगाएर आफूहरू पुलिसस“ग भिड्न गएका छन् । आफूहरूले बेसरी पुलिसको कुटाइ खाएर पनि छापामारहरूलाई बचाउन सफल भएका छन । अर्थात् उन्मुक्तिका खातिर जस्तासुकै कार्य गर्न जनताको पंक्ति पछि पर्दैन भन्ने सार सन्देश यस कथा मार्फत् प्राप्त गर्न सकिन्छ । त्यसरी नै ‘फलामे किल्ला’ कथामा तात्कालीन शाही सेनाले माओवादी छापामारलाई घेराबन्दीमा पारेको भन्ने अफवाहस“ग सम्बन्धित विषय प्रसङ्गमा आधारित छ । यस कथाले माओवादी जनयुद्धको समयमा रोल्पाको होलेरीमा शाही सेनाले माओवादीलाई घेराबन्दीमा पारेको भन्ने भ्रामक घटना प्रसङ्गको सम्झना गराउ“छ । एकातिर उन्मुक्तिका खातिर युद्धमा संलग्न भएका छापामारहरू शाही सेनाका सामु झुक्नु सम्भव नभएको यथार्थबोध गराइएको छ भने अर्कोतिर माओवादी छापामारलाई शाही सेनाले घेराबन्दीमा पारेको भन्नु निराधार प्रचार भएको धारणा यस कथामा प्रस्तुत गरिएको छ । त्यसरी नै ‘बिग्रेको छोरो’ कथामा गम्भीरमानको छोरो पुनम उन्मुक्तिका खातिर कम्युनिस्ट पार्टीको कार्यकर्ता बनेर आम जनतामा चेतनाको सम्पे्रषण गर्दै हिंड्दा उसलाई अरुहरूले बिग्रेको भन्ने आरोप लगाएका छन् तर त्यसबाट ऊ रत्तिभर पनि विचलित भएको छैन बरु आफ्नो बाबु गम्भीरमानलाई अरुका कुरा नसुन्न समेत आग्रह गरेको छ । पुलिसबाट पक्राउ पर्दा र अनेक तरहका यातना खेप्दा पनि ऊ विचलित नभै उन्मुक्तिका खातिर आन्दोलनमा समर्पित भएको छ । केही निम्छराहरूले उसलाई बिग्रिएको भने पनि यथार्थतः जनताको उन्मुक्तिका खातिर समर्पित हुनुलाई उसले सत्य, न्याय र निष्ठाका पक्षमा लागेको र सप्रेको ठानेको छ, जुन वस्तुगत आवश्यकताको उपज पनि हो ।
‘आखिरी बाटो’ कथाले सबै प्रकारका अन्याय र उत्पीडनका विरुद्ध जुझ्दै उन्मुक्तिका लागि युद्धमा सामेल हुनुपर्ने सन्देश सम्वहन गरेको छ । स्वार्थी एवम् सामन्ती प्रवृत्तिको खिमचन्द्रले आफ्नी विवाहिता पत्नी कमलालाई परित्याग गरेर दोस्रो बिहे गरेपछि कमला समग्र उन्मुक्तिका लागि जनयुद्धमा संलग्न हुनुका साथै उसले खिमचन्द्रस“ग बदला पनि लिएकी छ । अन्याय सहनुभन्दा अन्यायबाट उन्मुक्ति पाउ“नु सर्वथा श्रेष्ठ प्रक्रिया हो भन्ने ठानेर नै ऊ युद्धमा सामेल भएकी छ । त्यसै गरी ‘वीरेन हाम्रो पारिवारिक सदस्य बनिसकेछ’ कथा पनि वर्गीय प्रेम र उन्मुक्तिको अभिव्यञ्जना दिने सुन्दर कथा हो । वीरेन जनताका बीचमा भिज्न सक्ने कुशल एवम् इमान्दार पार्टी कार्यकर्ता हो, जसले जनताको अपार विश्वास जित्न सफल भएको छ । जनताको बुझाइमा वीरेन सा“च्चिकै मुक्तिदाता हो भन्ने कुरा हिमा लगायतका पात्रबाट उसले पाएको सहानुभूति र न्यानो मायाले स्पष्ट पार्छ ।
२.३. जनहत्या र राज्य आतङ्कको विरोध
घनश्याम ढकाल सत्य र न्यायको वकालत गर्ने जनपक्षीय कथाकार हुन । त्यसैले जनयुद्धका समयमा राज्यद्वारा सञ्चालन गरिएको जनहत्या र राज्यआतङ्कका शृङ्खलाको विरोध र भण्डाफोर उनका कथामा भएको छ । तत्कालीन आततायी सत्ताले जनताले चलाएको न्यायपूर्ण आन्दोलन दबाउन जुन श्वेत आतङ्क सिर्जना ग¥यो त्यसको कटु आलोचना र निन्दा घनश्याम ढकालका कथामा हुनु स्वाभाविकै थियो । जनयुद्धका समयमा फासिस्ट सत्ताले सर्वसाधारण जनतालाई विभिन्न वहानामा आतङ्कित गराउने, बेपत्ता बनाउने तथा वीभत्स हत्या गर्ने जस्ता अत्यन्त घृणित र पाशविक क्रियाकलाप सञ्चालन ग¥यो । यी यस्ता क्रियाकलापलाई एउटा सचेत कथाकारले कथामा प्रतिबिम्बित गर्नु आवश्यकताको नियमानुसार थियो । ढकालको ‘आजको महाभारत’ ‘आतङ्कवादीे’, ‘छापामारको खोजीे’, ‘विकासभित्रको गोलीे’,‘टाउकाको मूल्य खोज्दा’, ‘पछुतो’, ‘अछामे’ आदि कथामार्फत जनहत्या र राज्य आतङ्कको विरोध गरिएको छ ।
‘आजको महाभारत’ कथामा तत्कालीन सत्ताका चाटुकार र दलालहरूले घरमै पुलिस पाल्ने वा प्रहरी चौकी राख्ने अनि निरीह गाउ“लेहरू माथि झम्टा मार्ने गरेको कठोर वास्तविकताको प्रतिबिम्बन भएको छ । दुर्गासिंहजस्ता सत्ताका चाटुकारले जाली तमसुक गरेर जनताको उठिबास लगाउने, आफ्नै गाउ“की चेली बिशाखालाई बलात्कार गर्ने र त्यसको दोष अरुमा थोपर्ने, पुलिस लगाएर विशाखाको बाबु सुनन्दाको हत्या गराउने जस्ता घोर अमानवीय क्रियाकलाप सञ्चालन गरेको छ । बाबुको हत्या हु“दा पनि छोरी बिशाखा भने कत्ति विचलित भएकी छैन । त्यही आतङ्कका बीचमा एमाले बान्कीको सूर्यनाथले आफ्नो पार्टीमा लाग्नका लागि विशाखालाई ललाइफकाइ गरेपनि उसले त्यस हर्कतको डटेर सामना गरेकी छ । विशाखा जस्तोसुकै आतङ्कबाट पछि हट्ने स्थितिमा देखिन्न, यो उसको अदम्य साहस हो । ‘आतङ्कवादी’ शीर्षकको कथा पनि झण्डै यस्तै प्रकारको छ जसमा शान्तिध्वज नामको पुरानो सत्ताको चाटुकार क्रान्तिमा लागेको गुप्तमान र क्रान्तिको समर्थन गर्ने शिक्षक मणिन्द्रलाई सके आफ्नो मुठ्ठीमा पार्ने नसके सिध्याउने ध्याउन्नमा लागेको छ । यसै कारण शान्तिध्वजले पुलिस लगाएर शिक्षक मणिन्द्रलाई पक्राएको छ । गाउ“ बस्तीलाई आतंकित पार्ने क्रममा मूलतः स्थानीय सामन्त तथा सत्ताका चाटुकार र सुराकीको हात थियो भन्ने कुरा यस्ता क्रियाकलापबाट सहजै बुझ्न सकिन्छ । ‘छापमारको खोजीे’ कथामा पनि पुलिस प्रशासनबाट गाउ“लाई आतङ्कित पार्ने कार्यको विरोध गरिएको छ । माओवादी छापमारले नील बहादुर नामक फटाहालाई कार्वाही गरेपछि गाउ“भरि पुलिसको आतङ्क छाउनु, छापामार फेला नपर्नु जस्ता घटना कथामा विन्यस्त छन् ।
‘टाउकाको मूल्य खोज्दा’ पछिल्लो समयको कथा हो । सरकारले प्रताप नामको आतङ्ककारीको टाउको ल्याउने व्यक्तिलाई झोलाभरि पैसा दिने घोषणा गर्नु, शाही सेनाको जागिरे हर्के हौसिनु र प्रतापजस्तै लाग्ने अरु कुनै व्यक्तिको टाउको लिएर हाकिमकहा“ पुग्नु तर हाकिमले नपत्याउनु जस्ता घटना कथामा घटित भएका छन् । त्यसो त शाही सेनाको श्वेत आतङ्कका विरुद्ध छापामारको लाल आतङ्क पनि यस कथामा देख्न सकिन्छ । अन्त्यमा हर्के र उसका साथीहरू छापामारको एम्बुसमा पर्नुले त्यसको पुष्टि मिल्छ । त्यसरी नै ‘विकास भित्रको गोली’ कथाले पनि सरकारी सुरक्षा फौज गाउ“मा पसेर विकास निर्माणका नाममा जनतालाई बिना पारिश्रमिक चौकी निर्माणको काममा लगाउने अनि भट्टी पसल लगाउने जस्ता कुकृत्यको उजागर गरेको छ । त्यति मात्र होइन जनताका घर घरमा गएर अप्रेसन र गिरपm्तारीका घटना पनि सुरक्षा फौजले घटाउने गरेको यथार्थबोध यस कथामार्फत हुने गर्छ । ‘पछुतो’ कथा अलि फरक प्रकृतिको भएपनि राज्य आतङ्कको प्रतिबिम्बन गर्ने कथा हो । यस कथाको मुख्य पात्र गोपालले असारको महिना खेत रोेप्न लाग्दा राइफलधारी सुरक्षाफौजले सामुहिक खेती गर्न पाइन्न भनेर गोपाललाई गिरफ्तार गरी बेपत्ता बनाउनु, उसको लास जङ्गलमा भेटिनु, गोपालकी दुलही बुद्धिकलालाई सम्बन्धित निकायले पूर्णतः उपेक्षा गर्नुले यसमा राज्य आतङ्कको चरम रूप देख्न सकिन्छ । अर्थात् जनयुद्धका समयमा आफ्नो नित्य कर्म गर्ने किसान पनि सुरक्षित थिएनन् भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । देशभित्र मात्र होइन विदेशिएका नेपाली पनि आतङ्कको चपेटामा परेको दृष्टान्त ‘अछामे’ कथाबाट पाउन सकिन्छ । भारतमा बसेर चिया बेच्ने काममा लागेको अछामे नामको पात्र नेपालको हालखबर सुनाएकै भरमा गिरफ्तारीमा परेर नेपालमा सुपुर्दगी गरिएको घटनाले त्यसको पुष्टी मिल्छ ।
३.४. पुरातन सामाजिक, सांस्कृतिक मूल्य एवम् शोषण वृत्तिको आलोचना र नवीन जीवन मूल्यको आमन्त्रण
माक्र्सवादी स्रष्टाहरू पुरातन सामाजिक, सांस्कृतिक मूल्यकोे विस्थापन गरी उन्नत एवम् समतामूलक समाजको उपस्थापनका निम्ति उद्यत रहन्छन् । घनश्याम ढकाल पनि माक्र्सवादी स्रष्टा हुनाले उनका कथामा सामन्ती एवम् पु“जीवादी चिन्तन र शैलीमा विद्यमान रुढी, अन्धविश्वास, फोस्रा आडम्बरप्रति कटु आलोचना गरिएको छ । ग्रामीण एवम् शहरीया जीवन परिवेशमा व्याप्त गरिबी एवम् अज्ञानताका कारण अवलम्बन गरिने संस्कारगत मूल्यका साथै नियतवश अवलम्बन गरिने अवैज्ञानिक एवम् अवस्तुवादी क्रियाकलापको आलोचना पनि ढकालका कथामा भएको पाइन्छ । वर्ग विभक्त समाजमा शोषणका विविध रूपको पहिचान तथा तिनको चिरफार समेत यस वृत्तका कथामा भएको छ । यस वृत्तमा पर्ने कथाहरू आर्थिक, सामाजिक, राजनीतिक एवम् सांस्कृतिक गरी विभिन्न विषय प्रसङ्गमा विस्तारित भएका छन् । त्यस्ता कथाको सूचीमा ‘कुलीन घर’, ‘चङ्खमान’, ‘तयारी’, ‘सहरको अ“ध्यारो बस्तीभित्र’, ‘ठेक’, ‘ठेला’, ‘पर्यटन नगरमा आखिरी दिन’, ‘दसैंको खुसियाली’, ‘पागल करोडपति, ‘उपचार’, ‘जीवन मूल्यको खोजी गर्दै’, ‘एउटा विद्रोह’ आदि रहेका छन् ।
नेपाली समाजमा विद्यमान दाइजो जस्तो आडम्बरी प्रथाले निम्त्याएको चरम आपराधिक क्रियाकलापको प्रस्तुति ‘कुलाीन घर’ कथामा भएको छ । आडम्बरी स्वभावको दातारामले छोरी सावित्रीको बिहेका लागि कुलीन घर परिवारका नाममा एउटा भ्रष्ट एवम् यौन पिपासु केटोलाई छोरी दिन राजी हुनु तथा दाइजो भन्दा मरिहत्ते गर्ने नरपिचास छविलालले पा“च जोर गाग्री ख“डकुलाको लोभमा दातारामकी छोरीस“ग छोरो भोलाको बिहे गर्ने प्रसङ्ग उठाएको छ । त्यति मात्र होइन सावित्री माइतबाट आएकै दिन लोग्ने र सासू मिलेर सावित्रीको हत्या समेत गरेका छन् । सावित्रीले थोरै विद्रोह गर्ने साहस त गरेकी छ तर त्यो अपेक्षा अनुरूप हुन सकेन । उसले विद्रोह गर्ने आ“ट गरेकी भए कथाले पनि बेग्लै मोड लिन सक्थ्यो र सावित्रीको हत्या नहुन पनि सक्थ्यो । ‘तयारी’ कथामा पनि दाइजो सम्बन्धी विषय प्रसङ्गले केन्द्रीय महत्व पाएको छ । दाइजो प्रथादेखि आक्रान्त भएको टुकलालले बाध्यतावश छोरीको बिहेका लागि भनेर दुध बेच्ने गरेको छ तर आफू बिरामी पर्दा उपचार गर्न सकेको छैन । सतहमा दाइजो प्रथाको विरोध हुने गरे पनि व्यवहारतः त्यस्तो स्थितिको निर्माण हुन नसकेको स्थितिले टुकलाल कष्टकर जीवन बिताउन बाध्य भएको छ । सिद्धान्ततः दाइजो प्रथाको विरोध भए पनि व्यवहारतः त्यो लागू हुन नसक्नुले कथनी र करनीका बिचमा कथामा विरोधाभास यहा“ देखिन्छ । यसको मुख्य कारण भनेकै अल्प ज्ञान र निम्न पु“जीवादी चरित्र हो भन्ने धारणा कथामा व्यक्त भएको छ । तर त्यति सचेत पात्र टुकलाल दाइजोका निम्ति त्यति धेरै चिन्तित हुनु स्वाभाविक मान्न सकिन्न । ‘चङ्खमान’ नारी समस्या प्रधान कथा हो । नाम अनुसारको काम गर्ने चङ्खमानले एउटी अवला चेली दीपालाई सहयोग गर्ने नाममा उसको सम्पत्ति स्वाहा पार्नु अनि उसलाई यौन शोषण गरी बम्बैमा लगेर बेच्नुले चङ्खमानको पशुवत एवम् निकृष्ट प्रवृत्ति छर्लङग भएको छ । यो भनेको अज्ञानताका कारण उत्पन्न समस्या हो र नेपाली समाजको गम्भीर समस्या पनि हो भन्ने यथार्थबोध यस कथा मार्फत् हुने गर्छ । ‘एउटा विद्रोह’ कथामा नेपाली समाजमा विद्यमान जातीय एवम् छुवाछुत प्रथाको अवज्ञा गरिएको छ । व्यवहारतः नेपाली समाजमा जातीय प्रथा अत्यन्त कठोर तगारो बनिरहेका अवस्थामा यस कथाको नायक पुष्करले एउटी कामीकी छोरी लतास“ग प्रेम विवाह गरेको छ । जात, कुल, घरान आदिमा विश्वास गर्ने आफ्ना बाबुको विमति विना नै उनीहरूले विवाह गर्नुलाई विद्रोहका रूपमा प्रस्तुत गरिएको छ । पुष्करले देखाएको साहस प्रशंनीय भएपनि कथाको स्वाभाविक विकास हुन नसक्नुका साथै सामाजिक प्रभाव शून्य देखिनु यसको गम्भीर कमजोरी हो ।
उपर्युल्लिखित कथा भन्दा ‘सहरको अ“ध्यारो बस्तीभित्र’ अलि फरक विषय प्रसङ्गमा आधारित कथा हो । सुखी जीवन जिउने रहरमा गाउ“ छोडेर सहरमा घर बनाएर बस्न थालेको हेमन्तको परिवार पहिलेदेखि बसोबास गर्दै आएको भण्डारी परिवारले बिछ्याएको अन्धविश्वासको जालोमा जकडिएको अवस्था नै कथाको केन्द्रीय विषय होे । भण्डारी बुढीले झा“क्रीको त्रास देखाएर हेमन्तको परिवारलाई हायल कायल पारेकी छ । हेमन्त आधुनिक विचारको मानिस हुनाले उसले धामी, झा“क्री र बोक्सीमा विश्वास गर्ने स्थिति छैन तापनि ऊ फन्दामा फसेको छ । अन्त्यमा यही विधाका सन्दर्भमा पञ्चायत बसेर भण्डारी परिवारको विचारलाई समर्थन गर्नुले त्यसको पुष्टी मिल्छ । गाउ“मा जस्तै सहरमा पनि रुढी र अन्धविश्वास व्याप्त छ भन्ने आशयका सन्दर्भमा कथा ठिकै भएपनि आधुनिक विचारको हेमन्तको पराजय र भण्डारी परिवारको जय देखाइनु माक्र्सवाद सम्मत धारणा होइन । भण्डारी परिवारले बिछ््याएको अन्धविश्सासको जालोलाई प्रभावी देखाएर हेमन्तका प्रति खुच्चिङ् भन्नुपर्ने जुन स्थिति निर्माण भएको छ, त्यो भनेको माक्र्सवादी सिर्जन धर्मका विपरीत मान्यता हो । साहुको रिन, महङ्गी र अभावका कारण आफ्नो जग्गा जमिन साहुकोमा बन्धकी राखेर बसाइ सर्नुपर्ने बाध्यताको प्रतिबिम्बन ‘पर्यटन नगरमा आखिरी दिन’ कथामा भएको छ । त्यस्तै गरिबी, अभाव र शोषणको भुमरीमा पिल्सिएको ‘ठेक’ कथाको रामसदनले बाबुको उपचार गर्न नसक्नु, जीविकोपार्जनको लागि पूर्णदत्तको खेत ठेक्कामा लिनु तथा ठेक बुझाउन नसक्दा पूर्णदत्तले गोठका गाई भैंसी फुकाउनु र रामसदनको बिचल्ली हुनुको यथार्थवोध गराउने यस कथामा आर्थिक, सामाजिक शोषणको राम्रो दृष्टान्त पाउन सकिन्छ । त्यसरी नै ‘उपचार’, ‘दसैंको खुसियाली’ र ‘ठेला’ जस्ता कथामा पनि आर्थिक, सामाजिक शोषण र विसङ्गत जीवन मूल्यको आलोचना भएको छ । यी कथा भनेका खस्क“दो सामाजिक सांस्कृतिक जीवन मूल्य तथा वर्गीय विभेद र शोषणका दृष्टान्त हुन् ।
३.५. सहिद एवम् बेपत्ता योद्धाको सम्मान र महिमागान
प्रत्येक न्यायप्रेमी र परिवर्तनकामी स्रष्टाहरू सहिदप्रति सम्वेदनशील हुन्छन्, नतमस्तक हुन्छन् । कथाकार घनश्याम ढकाल स्वयम् सहिद पिता हुनाले त्यस्तो सम्वेदना अझ तीव्र हुनु स्वाभाविक हो । जनयुद्धका समयमा आफ्नो एक मात्र बहादुर छोरा विजय ढकाललाई गुमाएका घनश्याम ढकाल राज्य र पार्टी समेत सहिदहरूप्रति उदासीन भएको अवस्थाप्रति अत्यन्त सम्वेदनशील बनेका छन् र आक्रोशित पनि । यसको तात्पर्य आफ्नो छोरा सहिद भएकै कारण उनले सहिदहरूप्रति सम्मान गारत अर्पण गरेका हुन् भन्ने होइन, बरु न्यायसङ्गत विचार कथामार्फत प्रस्तुत गरेका छन् भन्ने हो । त्यसो त आफ्नो छोरा सहिद हुनुपूर्व नै सहिदहरूप्रतिको सम्मान र महिमागान उनका कथामा देख्न सकिन्छ । जनयुद्धका समयमा जनविरोधी राज्यसत्ताले हजारौं हजार योद्धालाई बेपत्ता बनाउने काम ग¥यो जसको पत्तोफा“ट अहिलेसम्म पनि छैन । पटक पटक क्रान्तिकारी पार्टीको नेतृत्वमा सरकार बन्दा पनि क्रान्तिकारी पार्टीको सरकार समेत ती योद्धाका बारेमा बेखबर हुनुले एउटा सम्वेदनशील स्रष्टालाई उद्वेलित र आक्रोशित बनाएको छ । परिणामतः कथाकार घनश्याम ढकालले बेपत्ता जन र उनका परिवार जनको पीडालाई पनि कथा कलामा अभिव्यञ्जित गरेका छन् । यसरी सहिद एवम् बेपत्ता जनप्रति सम्मान र तिनको महिमा गान गरिएका कथाको सूचीमा– ‘सहिद मानचित्रमा नपरेको सहिद’, ‘प्रतिगामी’, ‘सहिदको सालिक’, ‘छेलिएको मोर्चा’, ‘पीडा प्रतिक्षाको’ आदि उल्लेख्य हुन सक्छन् ।
‘सहिद मानचित्रमा नपरेको सहिद’ कथा ०४६ सालको घटना प्रक्रियास“ग सम्बन्धित छ । ०४६ साल चैत्र २४ गते आन्दोलन उत्कर्षमा पुग्दा आम मुक्तिकामी योद्धाहरूले जुन रूपमा बलिदान गरे त्यसप्रति प्रजातान्त्रिक भनिने सरकार (जसमा वामपन्थी भनिनेहरूको पनि संलग्न थियो) ले सहिदको उपेक्षा गरेको यथार्थपरक चित्रण यस कथामा भएको छ । चैत्र २४ गते दरबारमार्गको सालिकमा झण्डा फहराउन खोज्दा फासिस्ट सत्ताका पुलिसले गोली ठोकेर हत्या गरिएका बहादुर योद्धा सिजनका प्रति सरकारको उपेक्षा अनि सिजनलाई सहिदमा नदरिएको अवस्थाप्रति कथाकारको आक्रोश र घृणा पनि यस कथामा व्यक्त भएको छ । अर्थात् जनआन्दोलनपछि बनेको सरकारले पनि सिजन जस्ता सहिदको सम्मान गर्न नसकेको देखेपछि पञ्चायती सरकार र बहुदलीय सरकारमा मौलिक भिन्नता नभएको वास्तविकताबोध यस कथामार्फत् हुने गर्छ । त्यसरी नै ‘प्रतिगामी’ शीर्षकको कथा पनि २०४६ सालको जनआन्दोलनस“ग सम्बन्धित रहेको छ । माधवजस्ता आन्दोलनविरोधी सुराकीलाई कार्वाहीको माग गर्दै सदरमुकाम पुगेको आन्दोलनकारी गोपाललाई पुलिसले उल्टै गोली ठोकेर हत्या गर्नु, ऊ प्रतिगामीमा दरिनु, सहिद परिवारलाई सम्मान र सहयोग गरिने कार्यक्रममा गोपालका बाबु पनि पुग्नु, गोपाल आन्दोलनका समयमा नमरेको भनी गोपालका बाबुलाई पागलको आरोप लगाएर गलहत्याउनु जस्ता घटना प्रसङ्ग यस कथामा विन्यस्त छन् । यी यस्ता घटना प्रक्रियाले आन्दोलनपछि बनेको सरकार पनि यथार्थतः प्रतिक्रियावादी चरित्रको थियो भन्ने पुष्टि यस कथामार्फत् भएको छ ।
०४६ सालको जनआन्दोलनस“ग सम्बन्धित उपर्युल्लिखित दुई कथाका तुलनामा ‘सहिदको सालिक’ भन्ने जनयुद्धपछिको परिवेशमा आधारित कथा हो । यस कथामा जनयुद्धमा सक्रिय रहेको मणिराज जेल परेपछि छोराको हत्या हुनु, शान्ति सम्झौतापछि मणिराज छुटनु, सम्पूर्ण गाउ“लेहरूले मणिराजको अध्यक्षतामा एउटा समिति गठन गरी सहिद पार्क बनाउने निधो गर्नु, सरकारी सहयोगका लागि मणिराज काठमाडौ आएर सिंहदरबार र मन्त्री क्वार्टर छिरे पनि मन्त्री र उनीहरूका पिएबाट उपेक्षा मात्रै पाइनु र मणिराज निरास भएर फर्कनु जस्ता घटना प्रसङ्ग देखिन्छन् । सरकारमा क्रान्तिकारी पार्टीको संलग्नता भएपनि सहिदप्रतिको यो उपेक्षा भावले मणिराजलाई अत्यन्त मर्माहत बनाएको स्थिति कथामा देख्न सकिन्छ । तिनै सहिदको बलिदानका कारण सरकारमा विराजमान भएका मन्त्रीहरूले देखाएको यस कथाको उपेक्षाको आलोचना प्रस्तुत कथामा भएको छ । त्यस्तै ‘छेलिएको मोर्चा’ कथा पनि जनयुद्धकै परिवेशमा आधारित छ । यसमा मोहन सर (शिक्षक) लाई क्रान्तिकारी पार्टीमा लागेको अभियोगमा तात्कालीन शाही सेनाले विभत्स हत्या गर्नु, लोग्नेको हत्यापछि पत्नी सरलाको पार्टीमा झनै क्रियाशीलता बढ्दै जानु बाबुको हत्यापछि बदलाभावले चुलिएको जेठो छोरो शैलेस जनमुक्ति सेनामा भर्ती हुनु, कान्छो छोरो सन्दीपलाई बेपत्ता बनाइनु, उता सरलालाई पनि सेनाले दुःख दिनु, पार्टी शान्ति प्रक्रियामा आएपछि पार्टीका मान्छे आउन छोड्नु जस्ता पीडादायक अनुभूतिले सरला अन्तद्र्वन्द्वमा रुमल्लिएको स्थिति कथामा देखिन्छ । लोग्ने सहिद, जेठो छोरो पनि बेनीको मोर्चामा सहिद र कान्छो छोरो बेपत्ता भएको स्थितिमा क्रान्तिकारी पार्टी भने यत्रो सम्वेदनशील अवस्थाप्रति बेखबर रहेको छ । यसै तात्पर्यमा कथाको शीर्षक ‘छेलिएको मोर्चा’ अत्यन्त सार्थक छ र कलात्मक बान्की तथा यथार्थको चयनका दृष्टिले कथा सुन्दर बनेको छ । यस कथामा सहिद र बेपत्ताजनप्रति कथाकारको गहिरो चिन्ता र सहानुभूति व्यक्त भएको छ र यसले पाठकलाई पनि सम्वेद्य तुल्याउछ ।
खासमा बेपत्ता परिवारको जनको पीडालाई केन्द्रीय विषय प्रसङ्गका रूपमा प्रस्तुत गरिएको ‘पीडा प्रतीक्षाको’ कथा पनि अत्यन्त मार्मिक र सम्वेद्य रहेको छ । जसले पाठकलाई उद्वेलित गराउ“छ । ढकालको यो कथा शीर्षकले सङ्केत गरेझैं पीडादायक छ र मर्मभेदी छ । जनयुद्धका क्रममा होनहार योद्धाहरूलाई बेपत्ता बनाइयो जसको पीडा परिवारजनलाई कस्तो हुन्छ भन्ने कुरा अनुमान लगाउन गाह्रो छ । अर्थात् यो स्थिति भनेको ‘अचानोको पीडा खुकुरीलाई थाहा हु“दैन’ भनेजस्तै हो । यस कथाकी मुख्य पात्र मोतीमायाको छोरो पूर्ण कालीमाटीबाट बेपत्ता बनाइनु र त्यसको पत्तोफा“ट नहुनुले वात्सल्यमयी आमाको हृदय कति उद्वेलित होला ? उनले छोराको खोजी नगरेकी पनि होइनन्, गरिन् । अड्डा अदालत पुगिन् । बेपत्ता परिवार जनको जुलुसमा गइन् र बेसरी पुलिसको कुटाइ पनि खाइन् । त्यसको कुनै हिसाबकिताब भएन, अनि विव्हल बनेकी छन् । त्यसो त छोरो बेपत्ता हुनुको कारणले मात्र मोतिमाया चिन्तित छैनन्, अपितु उनी परिवर्तनकी आकाङ्क्षी आमा समेत हुनाले पार्टीको यो रवैयाले विद्रोह होला र क्रान्ति सम्पन्न होला भन्ने आशङ्का र चिन्ताले उनी व्याकुल छिन् । अतः छोराको चिन्ताले मात्रै उनी व्याकुल नभएर पार्टीले विद्रोह गर्दैन कि भनेर चिन्ताले सताइएको स्थिति कथामा देख्न सकिन्छ । अन्त्यमा अत्यन्त विव्हल भएकी र आक्रोशित बनेकी मोतिमायाले कथा वाचक म पात्रस“ग ‘कि मेरो पूर्ण चाहिन्छ कि सबै अपराधीलाई बढार्ने विद्रोह’ (सहिदको सालिक, पृष्ठ ६२) भन्ने कठोर तर कटु सत्य वाणी प्रस्तुत गरेकी छन् । वस्तुतः करुणा र आक्रोश मिश्रित भाव सम्प्र्रेषण गर्ने यो कथा वर्तमान समयको प्रतिनिधि कथा हो (पौडेल, २०६७ ः १२०) भन्नु अत्युक्ति हु“दैन ।
३.६. राष्ट्रिय स्वाभिमानप्रतिको चिन्ता र बिदेसिनुपर्ने बाध्यताको चित्रण
ढकालको कथामा राष्ट्रिय स्वाभिमानप्रति पनि गहिरो चिन्ता व्यक्त गरिएको छ । निश्चितै रूपमा एउटा सम्वेदनशील कथाकार राष्ट्रिय जीवनका घात प्रतिघातप्रति मौन बस्न सक्दैन । विशेषतः साम्राज्यवादी एवम् विस्तारवादी मुलुकबाट हुने अतिक्रमणको सामना नेपाली जनताले गर्दै आएका छन् । खासगरी नेपालका सन्दर्भमा भारतीय शासक वर्गको मिचाहा प्रवृत्ति नै टड्कारो रूपमा अनुभूत हुने गरेको छ । एकातिर खुल्ला सिमाना र सामाजिक, सांस्कृतिक सम्बन्धका कारण जनस्तरमा परस्परको सम्बन्ध र अर्कोतिर भारतीय शासक वर्गको हेपाहा एवम् मिचाहा प्रवृत्तिले नेपाली जनतालाई आक्रान्त बनाएको छ । यी यस्ता प्रवृत्तिको अभिव्यञ्जनाका साथै नेपालभित्रै जीविकोपार्जनसम्बन्धी समस्याका कारण विदेसिनुपर्ने बाध्यताको चित्रण पनि ढकालका कथामा भएको छ । आफ्नै मुलुकभित्र विद्यमान चरम शोषण अनि जिवीकोपार्जन सम्बन्धि जटिलताका कारण काम र मामको खोजीमा विदेशिनुपर्ने र त्यहा“ पनि उही उत्पीडनको सामना गर्नुपर्ने नियति नेपाली युवा युवतीले भोगेकै छन् । वस्तुतः वर्तमानका अनेक जटिलतास“गै विदेशिनुपर्ने बाध्यताको चित्रण पनि ढकालका कथामा भएको छ । यस प्रवृत्तिको प्रतिबिम्बन गर्ने कथा दृष्टान्तका रूपमा ‘माटोको खोजी गर्दा’, ‘देशभित्र देशबाहिर’, ‘राष्ट्रियताको खोजीमा’, ‘पट्टामा अनुवाद भएको जिन्दगी’, ‘निर्वासित भविष्य’, ‘अन्धकार’ आदिको उल्लेख गर्न सकिन्छ ।
पञ्चायकालीन परिवेशमा लेखिएको ‘राष्ट्रियताको खोजीमा’ कथाले पञ्चायतकालीन अन्धराष्ट्रवादको पक्षपोषण गर्छ । पञ्चायती व्यवस्थाद्वारा पालित पोषित भाट बुद्धिजीवीको अन्धराष्ट्रवादको दृष्टान्त यस कथामा पाउन सकिन्छ । भारतले नाकाबन्दी गर्दाको समयमा वक्तव्यबाजी गरेर आफूलाई खा“टी व्यवस्थाभक्त र राष्ट्रभक्तका रूपमा प्रचार–प्रसार गराउने अक्कलसिंह जस्ता ढोंगी बुद्धिजीवीको चरित्रलाई यसमा उदाङ्गो पारिएको छ । विशेषतः प्राध्यापन पेसामा संलग्न यस्ता भ्रष्ट बुद्धिजीवीले भ्रष्टीकरणको खेती गर्ने गरेको सन्दर्भमा यो कथा निकै सार्थक बनेको छ । ‘देशभित्र देशबाहिर’ शीर्षक कथा पनि ०४५ सालतिर भारतले नाकाबन्दी गर्दाको परिवेशमा आधारित छ । यस कथाको मुख्य पात्र जयलाल आफ्नै गाउ“ठाउ“मा उत्पीडनको मारमा परेपछि विदेशिन बाध्य भएको छ । जीविकोपार्जनका लागि जयलाल भारतको सिलाङमा गएर गाई पाल्न थाल्यो र त्यहा त्यहा“ पनि ऊ लुटियो, गाई समेत लुटिएपछि बाध्य भएर ऊ स्वदेश फर्कन्छ । स्वदेश फर्के पनि भारतीय नाकाबन्दीका कारण जहान केटाकेटी पाल्न उसलाई हम्मेहम्मे पर्छ । त्यसो त जयलाल भौतिक रूपमा मात्र लुटिएको छैन, अपितु ऊ बजार गएका बखत भारतीय नागरिक बिजुलखनद्वारा उसकी स्वास्नीकोे इज्जत समेत लुटिएको छ । उसले त्यस कुकृत्यको विरोध र प्रतिकार ग¥यो, त्यो अनर्थ थिएन तर ऊ सार्वजनिक अपराधीका रूपमा गिरफ्तारीमा प¥यो । यसरी भारतीयहरूबाट दपेटिनुको पीडाले उसको कन्तबिजोग भएको छ ।
आफ्नै मुलुकमा मुखियाहरूले चुस्नुसम्म चुसेपछि उनीहरूको रिन तिर्ने हेतुले जितबहादुर गुरुङ चीन–भारत लडाइ“का बेला भारतीय पल्टनमा भर्ती भएको र ज्यान जोखिममा पर्ने भएपछि फर्केर घर आउ“दा उही शोषणको मारमा परेको स्थिति ‘पट्टामा अनुवाद भएको जिन्दगी’ कथामा देख्न सकिन्छ । जित बहादुर घरमा आए पनि उसको छोरो पूर्ण बहादुर गुरुङ पल्टनमा भर्ती भएको छ । छोरो छुट्टीमा घर आउला र विवाह गरी दिउ“ला भन्ने बेलामा पेन्सन पट्टाको लोभले छोरो आउन नसक्नु बरु लङ्काको लडाइ“मा जानुपर्ने भएको कारण सहितको चिठी आउनुले जित बहादुर गुरुङको छोरो पूर्ण बहादुर गुरुङको जिन्दगी पट्टामा अनुवाद भएको अनुमान सहजै गर्न सकिन्छ । यो भनेको आफ्नै मुलुकभित्रको थातथलो खोसिएपछि विदेशिन बाध्य नेपालीहरूको कहालीलाग्दो कथा हो । त्यसरी नै आफ्नै मुलुकमा बसेर एक पेट पाल्न, एक हर ढाक्न र सामान्य लेखपढ गर्न नपाएपछि नेपालीहरू कलिलो उमेरमै विदेशिन बाध्य भएको स्थितिको प्रतिबिम्बन ‘निर्वासित भविष्य’ कथामा भएको छ । विचरा कर्मवीरको चाहना आफ्नै गामठाममा बसेर जहान परिवार पालौं र सक्दो शिक्षा पनि दिलाऊ“ भन्ने थियो, तर परिस्थिति चाहेजस्तो हु“दो रहेनछ र भएन पनि । परिणामतः स्कुलमा भर्ना गरेको छोरो बलविरको फिस तिर्न नसक्दा ऊ उपहासको पात्र बनेको छ । आखिरमा पढ्ने अभ्यन्तर चाहनालाई कुल्चेर दस वर्से बलवीर विदेशिन बाध्य भएको छ । बलवीर जस्ता नेपाली बालकहरू समेतको स्थिति यस्तै कारुणिक र सम्वेद्य रहेको छ भन्ने भाव सम्प्रेषण यस कथा मार्फत् भएको छ ।
३.७. पञ्चायत कालीन वितण्डा शैली र प्रवृत्तिको भण्डाफोर
ढकालका पहिलो चरणका कथा पञ्चायतकालीन राजनीतिक सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित छन् । त्यसैले यतिबेलाका प्रायजसो कथामा निरङ्कुश पञ्चायती शासन व्यवस्थाले थोपरेका विसङ्गतपूर्ण क्रियाकलाप र वितण्डा शैलीको कटु आलोचना एवम् भण्डाफोर भएको छ । पञ्चायतकालीन भाट बुद्धिजीवीका चर्तिकला, मण्डले गुण्डाहरूको हर्कत, भद्दा चुनावी शैली र पञ्चायती व्यवस्थालाई टिकाइराख्ने उद्देश्य अनुरूप सबै प्रकारका परिवर्तनधर्मी आन्दोलनलाई दबाउन गरिएका षड्यन्त्र र उत्पीडनको प्रतिबिम्बन यस कित्ताका कथामा भएको छ । त्यस्ता कथा साक्ष्यहरूमा ‘चुनाव’, ‘जन सहभागिता’, ‘डा.चण्डिकाको दैनिकी’, ‘देशद्रोही’, ‘जनआन्दोलनको पूर्व सन्ध्यामा’ आदि रहेका छन् ।
‘देशद्रोही’ शीर्षकको कथा भारतीय नाकाबन्दीको विषय प्रसङ्गमा आधारित भए पनि मूलतः अन्याय र उत्पीडनको विरोध गर्ने विपन्न वर्गीय व्यक्तिलाई देशद्रोहीको आरोप लगाएर गलहत्याउने निकृष्ट प्रवृत्तिको भण्डाफोर यसमा भएको छ । घरमा चार दिनकी सुत्केरीलाई छोडेर मट्टीतेलको लाइनमा बसेको एक बहादुरले मट्टीतेल आएन भनेपछि वडाध्यक्षस“ग सोधनी गर्नु, एक बहादुरले आफन्तलाई मात्र तेल बा“डिएको भनेर सामान्य विरोध जनाउ“दा वडाध्यक्ष रिसले मुर्मुरिनु र एक बहादुरलाई पुलिस लगाएर सडकमा पछार्नुजस्ता घटना यस कथामा घटित भएका छन् । एक बहादुरले मट्टीतेल त पाएन नै, मट्टीतेल किन्न लिएको पैसा समेत लुटिंदा उसको बिचल्ली भएको छ । घरमा सुत्केरी स्वास्नी, मजदुरी गर्नका लागि काम छैन, घरमा खानको लागि वस्तु छैन, वस्तु केही भए पनि पकाउने मट्टीतेल छैन । अर्थात् एक बहादुर सम्पूर्णतः अभावै अभावले आक्रान्त बनेको छ । यस्तो हु“दा पनि वडाध्यक्षको मनपरीतन्त्र चलेकै छ, घोर अपमान र उत्पीडन पनि यथावत छ भन्ने कटु यथार्थको प्रतिबिम्बन यस कथामा भएको छ । त्यस्तै पञ्चायती शासन शैली र चुनावी वितण्डाको उदेकलाग्दो दृष्टान्त हो ‘चुनाव’ कथा । संयोगवश मास्टर रुद्रबहादुर र पत्रकार नामको छट्टु पञ्च (जसले आफूलाई प्रजातन्त्रवादी पनि भन्ने गर्छ) ले एउटै घरमा डेरा लिएर बस्नु, ‘विडम्बना’ नामको पत्रिका मार्फत पीत पत्रकारिता गर्ने पर्वतराजले पत्रिकामार्फत कालो धन्दा गरेर पैसा र पुत्र समेत आर्जन गरेको छ । सोझो मास्टर रुद्र बहादुरलाई छट्टु पर्वतराजले स्कुल स्वीकृति गरिदिने, मन्त्रालयको जागिर मिलाइदिने जस्ता प्रलोभन देखाएर उसलाई चुनावमा भरपुर उपयोग गरी चुनाव पनि जितेको छ । त्यसपछि पर्वतराज मन्त्री बन्नु, स्कुलको स्वीकृति र जागिरका लागि रुद्र बहादुर फुर्तीका साथ काठमाडौ जानु र धुर्त पर्वतराजले नगठ्ठाएपछि रुद्र बहादुर जिल्लाराम पर्नु जस्ता घटना कथामा विन्यस्त छन् । पञ्चायती चुनावको बेलामा यस्तै पर्वतराजजस्ता छट्टु पञ्चले चतु¥याइ“, धुत्र्याइ“ र षड्यन्त्रबाट मात्र चुनाव जित्ने गर्थे भन्ने यथार्थबोध यस कथा मार्फत् भएको छ । छट्टु पञ्चहरूको चुनावी चर्तिकला प्रस्तुत गर्ने यो कथा विषयवस्तु, परिवेश अनि पात्रको चयन र चारित्रिकरणका दृष्टिल सुन्दर मानिन्छ । त्यसै गरी ‘जनसहभागिता’ शीर्षकको कथामा पनि पञ्चहरूको हैकमवादी प्रवृत्ति र विकास विरोधी चरित्रको भण्डाफोर भएको छ । सम्पूर्ण गाउ“लेहरू मिलेर स्कुल भवन बनाउ“दा विकास विरोधी र शिक्षा विरोधी पञ्चहरू मिलेर विध्वंस मच्चाउने गरेको परिदृष्य यस कथामा देखिन्छ । चुनावका समयमा भोट माग्ने माध्यम स्कुल भएपनि चुनाब जितेपछि विकास निर्माण नचाहिने पञ्चायतकालका भाटहरूको विचित्रको रवैया यस कथामा प्रस्तुत भएको छ । प्रधानपञ्च पञ्चायतको निर्णय बिना सरकारी जग्गामा स्कुल बनाउन नपाइने तर्क गर्छ, जिम्माल स्कुलै नचाहिने हठ गर्छ अर्थात् यो स्कुल व्यवस्थाविरोधीले बनाएका हुन् भन्ने त्रास दुवैमा विद्यमान छ । त्यसैले स्कुल भत्काउने सहमति हुन्छ, स्कुल भत्काइन्छ र स्कुल बनाउने जनतालाई वन फ“डानीमा मुद्दा हालिन्छ । यस प्रकारको विध्वंसमा जिल्ला शिक्षा अधिकारी, जिल्ला सभापति, निरीक्षक, आयोग सबैको एक मत भएको स्थिति कथामा देखिन्छ । वस्तुतः पञ्चायती शासन व्यवस्थामा यस प्रकृतिका विकास विरोधी वितण्डा शैली निकै मौलाउने गर्थे भन्ने तथ्यको यथार्थपरक दृष्टान्त यसमा प्रस्तुत भएको छ । ‘डा.चण्डिकाको दैनिकी’ पनि पञ्चायती व्यवस्थाद्वारा पालित पोषित भाट एवम् बेसारे बुद्धिजीवीहरूको चर्तिकला प्रस्तुत गर्ने कथा हो । पञ्चायतकालमा एकाध बुद्धिजीवीहरू यस्ता पनि हुन्थे जो शासकहरूको चाकडी त गर्थे तर पेसाप्रति इमान्दार थिएनन् भन्ने बुझिन्छ । प्राध्यापन पेशामा संलग्न त्यस्ता बुद्धिजीवीहरूले विद्यार्थीले पढाइ भएन भन्ने गुनासो गर्दा उनीहरूलाई काङ्ग्रेस या कम्युनिस्टको आरोप लगाउ“थे । यस्तै बुद्धिजीवीको सजीव दृष्टान्त हो प्रस्तुत कथाको ‘ऊ’ पात्र डा.चण्डिका । चण्डिका ‘म’ पात्रको पुरानो साथी, पीएचडी डाक्टर, बकम्फुसे अनुसन्धाता हो, जसले शैक्षिक स्तर खस्कनुको मूल कारण राजनीति हो भन्ने निष्कर्ष निकाल्थ्यो । उसले प्राप्त गरेका डिग्री उसका आफ्नै मौलिक नभएर चोरीका वस्तु हुने गर्थे, त्यही चोरीलाई उसले अनुसन्धान पद्धति भन्ने गर्छ । वस्तुतः यस कथाले पञ्चायती व्यवस्थाको रक्षकका रूपमा रहेका बोक्रे बुद्धिजीवीका क्रियाकलाप, दिनचर्या र नियति माथि कटाक्ष गरेको छ ।
‘जनआन्दोलनको पूर्वसन्ध्यामा’ पञ्चायती व्यवस्थाको अस्ताउ“दो परिवेशको झझल्को दिने कथा हो । ०४६ सालको जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा पञ्चायती फासिस्ट सत्ताले पीएन क्याम्पस पोखरामा विद्यार्थी माथि गरेको बर्बरतापूर्ण दमनको झझल्को प्रस्तुत गर्छ । अर्थात् पञ्चायतलाई टिकाइराख्न क्याम्पसमा पुलिस प्रशासनको ताण्डव नृत्य गराएर न्यायप्रेमी विद्यार्थीमाथि गरिएको दमनचक्रको भण्डाफोर यस कथामा गरिएको छ । क्याम्पसभित्रै पुलिस प्रवेश गराएर घटाइएका यसप्रकारका घटना आकस्मिक वा स्वतस्फूर्त नभएर सुनियोजित प्रकृतिका थिए भन्ने यथार्थबोध यस कथा मार्फत् हुने गर्छ । क्याम्पसमा अध्ययनरत छात्रा अस्मिताको ज्यानै लिने गरी भएको उक्त घटना पञ्चायत कालीन मण्डलेतन्त्र र पुलिसतन्त्रको पराकाष्ठा थियो भन्ने यथार्थपरक अभिव्यक्ति यस कथामा भएको छ । यसले पञ्चायतको अवसान र बहुदलीय व्यवस्थाको पुनस्र्थापनाको सङ्केत पनि गरेको छ ।
३.८. संसदीय व्यवस्थाभित्रका राजनीतिक दाउपेच र विसङ्गतिको चिरफार
०४६ सालको जनआन्दोलनको उभारलाई सम्झौतामा टुङ्ग्याएर पुनस्र्थापना भएको संसदीय व्यवस्था छोटो समयमै बदनाम भयो । राजनीतिक पार्टीहरूमा विद्यमान दिशाहीनता र नेताहरूले अवलम्बन गरेको भ्रष्ट संस्कृतिका कारण राष्ट्रियता र जनजीविकास“ग सम्बन्धित महत्वपूर्ण सवाल ओझेलमा पर्दै गए । राजनीतिक दाउपेच र वितण्डा, चुनावी शैली, पार्टीगत एवम् गुटगत स्वार्थ, प्रजातन्त्रको नाममा भ्रष्ट तन्त्रको अभ्यास, अनि षडयन्त्रको बिगबिगी भएपछि एउटा सचेत स्रष्टाले त्यसप्रति कर्के दृष्टि लगाउनु स्वाभाविक थियो । वस्तुतः यी यस्तै गतिविधिमाथि कथाकार घनश्याम ढकालले छेडखान गरेका छन् । यस्ता कथाहरूको सूचीमा ‘एकादेशको प्रजातन्त्र’ ‘मृगतृष्णा’, ‘विजयोत्सव’ र ‘एक नम्बर’ रहेका छन् ।
संसदीय व्यवस्था अन्तर्गत सम्पन्न गरिने चुनाव यथार्थमा विधिसम्मत चुनाव नभएर त्यो षडयन्त्र र धोका मात्रै हो भन्ने राम्रो दृष्टान्त ‘मृगतृष्णा’ कथामा पाउन सकिन्छ । यस कथाको मुख्य पात्र बल बहादुरलाई मेयरको चुनाव लड्दै गरेको मानसिंहले भरपुर उपयोग गरेको छ । सुकुम्बासी बस्तीमा विपन्न जीवन भोग्दै गरेको कङ्गाल बलबहादुरले मानसिंह मेयर भएपछि सिङ्गो बस्तीको उद्धार होला भन्ने विश्वासमा अङ्गभङ्ग हुनेगरी सहयोग गरेको छ । शारीरिक रूपमा खाइलाग्दो देखिने बलेले चुनावी झडपका क्रममा आफ्नो खुट्टा समेत गुमाएको छ । मानसिंह मेयर भएपछि जब सुकुम्बासी बस्तीमाथि बुल्डोजर लगाएको छ, त्यतिबेला बलेको आशामा तुषारापात भएको छ । वस्तुतः आर्थिक रूपमा त बलबहादुर घायल थियो नै, भौतिक रूपमा समेत ऊ घायल भएको छ । निचोडमा भन्दा यस कथाले संसदीय व्यवस्थाभित्र हुने चुनावी शैलीको सजीव दृष्टान्त प्रस्तुत गर्छ । यथार्थततः संसदीय व्यवस्थाभित्रको चुनाव भन्नु फोहरी खेल मात्रै हो (पौडेल, २०५९ ः ६६) भन्ने कटु सत्यको पुष्टि ढकालको यस कथाले गरेको छ । त्यसैगरी ‘विजयोत्सव’ कथामा संसदीय व्यवस्थामा पार्टीहरूले हरेक व्यक्तिलाई आफ्नो प्रभावमा पार्न जस्तासुकै नीच हर्कत गर्छन् भन्ने दृष्टान्त प्रस्तुत गरिएको छ । यस कथाको मुख्य पात्र भद्रमान कुनै पार्टी र कार्यकर्ताको प्रलोभनमा नपरी आफ्नै बुता र श्रमले जीवन धान्ने प्रयत्न गर्छ । त्यसो गर्दा उसलाई पार्टी सम्बद्ध व्यक्तिहरूले बहिष्कार समेत गर्छन् । त्यसो भए तापनि भद्रमानले त्यस्ता क्रियाकलापको वास्ता नगरी आफ्नो खेतीपातीको काम एक्लै सम्पन्न गर्छ र त्यसमा उसले विजयको महशुस पनि गर्छ । तर भद्रमानको यस्तो एकलकाटे जीवन शैली भने स्वाभाविक देखिन्न । यसले पाठकमा विश्वास पैदा गराउन्न । मान्छे सामाजिक प्राणी हुनाले ऊ एक्लै बा“च्न सक्दैन । यहा“ उसले कुनै पनि पार्टीका पछि नलाग्ने जुन एकलकाटे रवैया देखाएको छ त्यो माक्र्सवाद सम्मत क्रियाकलाप मानिन्न । त्यस्तै ‘एकादेशको प्रजातन्त्र’ नामक कथामा बहुदलीय व्यवस्था अन्तर्गतका वितण्डा शैली र प्रवृत्तिको आलोचना गरिएको छ । स्वैरकल्पनात्मक शैलीमा लेखिएको प्रस्तुत कथामा मान्छेलाई आफ्नो विवेक प्रयोग गर्ने अधिकारसम्म छैन भन्ने कुरा चुनावको समयमा किसानलाई भोट हाल्नका लागि घोक्र्याउनु र उसले विमति जनाउ“दा राजद्रोहीको आरोप लगाएर हत्कडी सहित गिरफ्तार गर्नुले स्पष्ट पार्छ । अर्थात् नेपालका सन्दर्भमा सक्कली प्रजातन्त्रको यो राम्रो दृष्टान्त हो । तर कथा कलाका दृष्टिमा यो कमजोर कथा हुनाले यसमा पाठकीय प्रभाव भने न्यून देखिन्छ । ढकालको ‘एक नम्बर’ शीर्षकको कथा पनि संसदीय व्यवस्थाभित्रका विसङ्गति र अवसरवादी चरित्रको उद्घाटन गर्ने कथा हो ।
४. ढकालको कथाकारिता सम्बन्धी मूल्याङ्कन
स्रष्टाको सृजनाका बारेमा मूल्याङ्कन गर्ने विभिन्न आधार र विधि हुन सक्छन् । ती त्यस्ता आधार र विधि यही वा यत्ति नै हुनुपर्छ भन्ने ठोकुवा गर्नुभन्दा पनि के कस्ता विधि र आधारको अवलम्बन गर्दा एउटा स्रष्टा र उसका सृजनाको वस्तुवादी मूल्याङ्कन हुनसक्छ भन्ने सवाल महत्वपूर्ण मानिन्छ । वस्तुतः कथाकार ढकालको कथाकारिताको मूल्याङ्कनका सन्दर्भमा दुई आधारको अवलम्बन गरिएको छ । खास गरी वैचारिक मूल्यबोधका सन्दर्भमा ढकालको कथाकारिता र कथाकलाका सन्दर्भमा ढकालको कथाकारिता भनेर यिनै दुई कोणबाट मूल्याङ्कन गर्नु उपयुक्त देखिन्छ । यस अतिरिक्त मूल्याङ्कनका अन्य आधार पनि हुनसक्छन् र यिनै दुई आधारलाई पनि अझ सूक्ष्म रूपमा वर्गीकरण गरेर अनुशीलन गर्न पनि सकिन्छ । सामान्यतः उपशीर्षक तिनमा गरिएको प्रवृत्तिगत सर्वेक्षण र विश्लेषणलाई केन्द्रमा राखेर यिनै दुई आधारमा ढकालको कथाकारिता सम्बन्धी मूल्याङ्कन गरिएको छ ।
४.१ वैचारिक मूल्य बोधका सन्दर्भमा ढकालको कथाकारिता
कथामा विचार भन्नु केन्द्रीय तत्व हो र पाठकीय प्रभावको समुच्चय हो । कथामार्फत कथाकार के भन्दैछ ? र पाठक के बुझ्दैछ ? भन्ने प्रश्नका उत्तरस“ग विचारको गहिरो सम्बन्ध रहने गर्छ । खासमा कथामा व्यक्त दर्शन, चिन्तन, जीवन यथार्थ, विषयवस्तु, भाव, कथ्य, सन्देश तथा क्रान्तिकारी भविष्यदृष्टि समेतको समुच्चय विचार हो । कथामा विचारको विन्यास आद्योपान्त हुने हु“दा यसका संरचक घटकहरू कथानक, पात्र, परिवेश, दृष्टिविन्दु, भाषा आदिमा पनि विचारको उपस्थिति वा अस्तित्व विद्यमान हुन्छ । कथा रचनाको कुरा गर्दा गैह्रमाक्र्सवादी सर्जक तथा चिन्तकहरू विचारको पक्षमा बहस गर्दैनन्, गर्न रुचाउन्नन् । विचारको कुरा गर्दा कतै माक्र्सवादी पो भइन्छ कि भन्ने मनोवैज्ञानिक त्रास उनीहरूमा देखिन्छ ।
ढकाल माक्र्सवादी स्रष्टा हुनाले उनका कथामा वस्तुगत, वैज्ञानिक, उन्नत एवम् परिवर्तनधर्मी विचारको सम्प्रेषण भएको छ । यसको तात्पर्य ढकालका सबै कथा वैचारिक दृष्टिले पूर्णतः निखरा छन् र कञ्चन छन् भन्ने होइन । विषयवस्तु, पात्र, कथानक, परिवेश र घटनाको चयन र प्रारूपीकरण अनि पात्रका हकमा तिनको चारित्रीकरण समेतको तार्किक सुगठन र समुचित गुम्फन भएमा मात्र वैचारिक दृष्टिले सबल कथाको रचना हुन्छ । प्रतिनिधि यथार्थ, प्रतिनिधि विषयवस्तु, प्रतिनिधि पात्र अनि प्रतिनिधि परिवेशको तर्कसङ्गत विन्यास भएमा सुन्दर कथाको जन्म हुनसक्छ । वस्तुतः विचार सम्प्रेषणका दृष्टिले तुलनात्मक रुपमा सबल र स्तरीय कथाहरूमा–‘पीडा प्रतीक्षाको’, ‘बौलाहा बा“सुरी बादक’, ‘छेलिएको मोर्चा’, ‘मृगतृष्णा’, ‘सहिदको सालिक’, ‘मनभित्र फुलेको लालीगुरा“स’, ‘जीवनयात्रा’, ‘निर्वासित भविष्य’, ‘कुलीन घर’, ‘चुनाव’, ‘वीरेन हाम्रो पारिवारिक सदस्य बनिसकेछ’, ‘टाउकाको मूल्य खोज्दा’ आदि रहेका छन् । तुलनात्मक रूपमा राम्रा र स्तरीय मानिएका कतिपय कथाहरूमा वैचारिक समस्या पनि रहेका छन् । दृष्टान्त स्वरूप भन्नुपर्दा ‘कुलीन घर’ राम्रो कथा हो तर अपेक्षा अनुरूप दाइजो नपाएको झोंकमा जसरी सावित्रीको हत्या गरिएको छ, त्यो त्यति स्वाभाविक मानिन्न । सावित्रीलाई मनग्गे विद्रोही बन्न दिएको भए त्यो दुर्घटना हुने थिएन । त्यसैले सावित्रीको अन्त्य माक्र्सवादी दुःखान्तक अवधारणाका प्रतिकूल छ (पाण्डेय २०५३ ः १८४) भन्ने ताराकान्त पाण्डेयको अभिव्यक्ति वस्तु तथ्यात्मक रहेको छ । यसतर्फ कथाकारको ध्यान पुग्न नसकेको हो भन्ने लाग्छ । त्यस्तै ‘जीवनयात्रा’ कथाको मुख्य पात्र (अझ नायक नै भन्न सकिने) विमानेको अन्त्य पनि विश्वसनीय छैन । विमानेजस्तै प्रत्येक न्यायप्रेमी र सङ्घर्षशील मान्छे उत्कर्षबाट अपकर्षमा धकेलिने हो भने हामीले अबलम्बन गरी आएको क्रान्तिकारी आदर्श औचित्य नै समाप्त हुन्छ । अन्य केही कथामा पनि यस्तो स्थिति देख्न सकिन्छ तापनि अधिकांश कथाले उन्नत विचार सहित क्रान्तिकारी भविष्य दृष्टिलाई पछ्याएका छन् ।
विचार विन्यासका दृष्टिले ‘रेलको इञ्जिन’, ‘देशद्रोही’, ‘डा.चण्डिकाको दैनिकी’, ‘जनआन्दोलनको पूर्व सन्ध्यामा’, ‘छापामारको खोजी’, ‘आजको महाभारत’, ‘आखिरी बाटो’, ‘सहरको अ“ध्यारो बस्तीभित्र’, ‘समर्पणको बाटोमा’, ‘पर्यटन नगरमा आखिरी दिन’, ‘पट्टामा अनुवाद भएको जिन्दगी’, ‘छोरास“गको भेट’, ‘आतङ्कवादी’, ‘विकासभित्रको गोली’, ‘फलामे किल्ला’, ‘देशभित्र देशबाहिर’ आदि कथा मध्यम स्तरीय रहेका छन् । उपर्युल्लिखित कथामा वैचारिक आग्रह त देखिन्छ तर कथामा गुम्फन र तार्किक सुगठन अनि विश्वसनीयताको अभाव यी कथामा देख्न सकिन्छ । कथामा सम्प्रेषण गर्न खोजिएको विचार अनुरूप कथानक, पात्र, दृष्टिविन्दु, परिवेश आदिको तार्किक विन्यास हुनसकेको छैन । जस्तो ‘छोरास“गको भेट’ कथाकी आमा भविसरा युद्धमा होमिएको छोरालाई भेट्न जा“दा धेरै निरीह रूपमा प्रस्तुत भएकी छन् । एकातिर छोरो युद्धमा होमिएकोमा सन्तुष्टि व्यक्त गरेपनि अलि बढी निरीहता उनमा देखिन्छ, त्यो स्वाभाविक लाग्दैन । त्यस्तै ‘आजको महाभारत’ कथामा शीर्षकले सङ्केत गरेअनुरूपको भाव सम्प्रेषण भएको छैन । कथाको आरम्भ र मध्य जति सबल छ अन्त्यतिर कथा शिथिल बन्दै गएको छ । त्यसैगरी ‘उपचार’, ‘प्रतिगामी’, ‘श्रीलाल नेता नारायण’, ‘विजयोत्सव’, ‘कायरता’, ‘पागल करोडपति’, ‘बाघ र वामपन्थी’, ‘भरिया र यात्री’, ‘अछामे’ जस्ता केही कथाहरूमा विचार दर्शन, चिन्तनको आग्रह भएपनि प्रभावान्विति देखिन्न । अर्थात् कलात्मक मूल्य सहितको विचारको गुम्फन हुन नसक्दा यी कथा कमजोर बनेका छन् । यी मध्य ‘विजयोत्सव’, ‘तयारी’, ‘पागल करोडपति’ कथामा त विषयको गाम्भीर्य पनि देखिन्न । जस्तो ‘विजयोत्सव’ कथाको मुख्य पात्र भद्रमान समाजबाट बहिष्कृत भएर पनि एक्लै आफ्नो खेतीपाती गरेको भरमा विजयको महसुस गर्नुमा कनै औचित्य देखिन्न । त्यस्तै ‘देशभित्र देशबाहिर’ कथामा जयलालकी स्वास्नीलाई बलात्कार गर्ने बिजु लखन अन्य भारतीय नागरिकमा समेत आरोपित हुनु न्यायसङ्गत ठहर्दैन । अर्थात्् सबै भारतीय नागरिक बिजु लखन हुन सक्दैनन् । खास गरी पात्रको चयन, प्रारुपीकरण र चारित्रिकरणका दृष्टिले उपर्युल्लिखित पछिल्ला कथा कमजोर रहेका छन् । यसो भए तापनि तिन दशकको समयावधिको प्रतिविम्वन गर्ने ढकालका कथा भनेका सबै प्रकारका अन्यायी उत्पीडनकारी एवम् विभेदकारी प्रवृत्तिको लेथ्नो काढ्ने र सुन्दर भविष्यको आमन्त्रण गर्ने कथा हुन् ।
४.२. कथा कलाका सन्दर्भमा ढकालको कथाकारिता
खास गरी कथा कसरी भनिएको छ ? भन्ने सवालका सन्दर्भमा शिल्प संरचनागत गठन र गुम्फन जस्ता पक्षहरू आरोपित हुन्छन् । कथामा उन्नत विचारको प्रस्तुति अपरिहार्य मानिन्छ तर कथाबिनाको विचारको खासै अर्थ हु“दैन । त्यसैले कथा बन्नको लागि पहिलो सर्त हो आख्यान । आख्यान नै भएन भने विषयवस्तुको गन्टेउनाले मात्रै कथा बन्दैन । कथामा आख्यान तत्वको समावेश हुनका लागि कालक्रममा व्यवस्थित घटनाको कार्यकारणयुक्त अनि अन्वितिपूर्ण शृङ्खला अर्थात् कथानकको अपरिहार्यता रहन्छ । कथाको प्रसङ्ग उठाउनेबित्तिकै पात्र पनि अनिवार्य टुप्लुकिन्छ । अर्थात्, कस्को कथा भनिएको छ ? भन्ने प्रश्नको उत्तरमा स्वभावैले पात्र उपस्थित हुन्छ । तर, नामधारी कच्चा पात्रको औचित्य कथामा देखिन्न बरु कामयावी एवम् पुनर्सिजनात्मक पात्र हुनु जरुरी छ । त्यसनिम्ति पात्रको चयन, प्रारूपीकरण र चारित्रीकरण प्रक्रिया प्रभावकारी हुनु आवश्यक छ । कथा पुनःसिर्जनात्मक तथा प्रतिबिम्बात्मक कला हुनाले पात्रमा पनि त्यही गुण र प्रक्रिया अपरिहार्य मानिन्छ । ढकालका कथाका पात्र सम्पूर्णतः प्रारुपित र पुनःसिर्जित हुन सकेका छैनन् । प्रारूपीकरणको प्रक्रियामा सङ्गति नहु“दा ‘कुलीन घर’ कथाकी सावित्री सबल नायिका बन्ने सम्भावना हु“दाह“ुदै बिचमा थचारिएकी छ र उसको जीवन नै अवसान भएको छ । ‘एउटा विद्रोह’ कथामा पुष्कर र लताले अन्तर्जातीय विवाह गरेका छन् तापनि उनीहरूको चारित्रिक विकास ठिकस“ग हुन नसक्दा त्यसको सामाजिक प्रभाव अत्यन्त न्यून छ । पात्रको चयन, प्रारूपीकरण र चारित्रीकरण प्रभावकारी हुन नसक्दा अन्य कतिपय कथाका पात्र पनि पत्यारिला बन्न सकेका छैनन् । त्यस्तै कथा रचनाका सन्दर्भमा परिवेश, दृष्टिबिन्दु र भाषाको पनि महत्वपूर्ण भूमिका रहने गर्छ । कथामा स्थानगत, कालगत र पात्रगत (मनोगत) परिवेशको प्रत्यङ्कन तर्कसङ्गत हुनुका साथै परिवेशले कथामा घटित हुने घटनाको पूर्व सूचना र परिणतिजन्य सूचना दिनु आवश्यक छ । ढकालका कथामा परिवेशको प्रत्यङ्कन आवश्यकता अनुरूप भएको छैन । हतारमा पात्रलाई कुदाउने तथा अपरिपक्व अवस्थामै घटना र परिणति पस्कने प्रवृत्ति अधिक देखिन्छ । ढकालका प्रायजसो कथा बाह्य दृष्टिबिन्दुमा संरचित छन् । ‘जनआन्दोलनको पूर्वसन्ध्यामा’, ‘सुललित लेखक’, ‘वीरेन हाम्रो पारिवारिक सदस्य बनिसकेछ’, ‘पीडा प्रतीक्षाको’, ‘डा.चण्डिकाको दैनिकी’ आन्तरिक परिधीय दृष्टिबिन्दुमा संरचित छन् भने ‘राष्ट्रियताको खोजीमा’ शीर्षकको कथा आन्तरिक केन्द्रीय दृष्टिविन्दुमा संरचित छ । ढकालका कथामा रागात्मक एवम् कोमल भाषिक प्रयोग अपेक्षाकृत हुन नसकेको महशुस हुन्छ । कतिपय कथाको भाषिक बुनोटमा यान्त्रिकताको आभास पाइन्छ तापनि ढकालका कथाको भाषा दुरुह र जटिल भने छैन, बरु सहज सम्पे्रष्य छ । प्रायः तृतीय पुरुष शैलीको प्रयोग भएका केही कथा स्वैरकल्पनात्मक पनि रहेका छन् ।
कथा कलाका दृष्टिले स्तरीय रहेका कथाहरूमा ‘छेलिएको मोर्चा’, ‘बौलाहा बा“सुरी वादक’, ‘सुललित लेखक’, ‘पीडा प्रतीक्षाको’, ‘पट्टामा अनुवाद भएको जिन्दगी’, ‘वीरेन हाम्रो पारिवारिक सदस्य बनिसकेछ’, ‘मनभित्र फुलेको लालीगुरा“स’, ‘कुलीन घर’, ‘सहिद मानचित्रमा नपरेको सहिद’, ‘जीवन यात्रा’, ‘उपचार’, ‘आखिरी बाटो’, ‘सहिदको सालिक’, ‘टाउकाको मूल्य खोज्दा’, ‘पर्यटन नगरमा आखिरी दिन’, ‘छापामारको खोजी’ आदि रहेका छन् भने ‘बाघ र वामपन्थी’ ‘एउटा विद्रोह’, ‘फलामे किल्ला’, ‘विकासभित्रको गोली’, ‘प्रतिगामी’, ‘मुक्तिदाता’ जस्ता केही कथा कमजोर रहेका छन् । यी यस्ता कथा कला चेतनाका दृष्टिले कमजोर हुनका मूल कारण हतारको अभिव्यक्ति हो, पोखिनुको हतार हो भन्ने लाग्छ । यही कारण परिवेशको यथोचित प्रत्यङ्कन हुन नसक्नु, पात्रका बिचको क्रियाव्यापारमा पनि हतारो देखिनु, आदि, मध्य र अन्त्यका बिचमा कार्यकारणयुक्त सङ्गतिको अभाव हुनु जस्ता कमजोरी रहन गएका छन् । त्यसैगरी पात्र भनेका कथाकारको विचारलाई थाप्लोमा बोकेर पाठक समक्ष पुग्ने शक्तिशाली माध्यम हुनाले तिनलाई अफ्नो बनिबनाउ विचार र धारणा अनुरूप नत्थी लगाउनुभन्दा उसको विचार, चिन्तन, स्वभाव आनीबानी आदिका आधारमा मनग्य फुक्न र विचरण गर्न दिनुपर्छ । त्यसो भएपछि मात्रै पात्र पाठकसम्म पुग्न सक्छ, पाठकभित्र अन्तर्घुलित हुन सक्छ र पात्र पत्यारिलो बन्न सक्छ । यी केही कमी कमजोरी रहे पनि कथाकार ढकालका अधिकांश कथा कला चेतनाका दृष्टिले राम्रा छन् र सुन्दर छन् । ढकालले प्राप्त गरेको कला चेतनाका कारण उनको सिर्जनात्मक सिप र कौशल पनि राम्रो देखिन्छ । खास गरी ढकालले आफ्नो सिर्जन कर्मलाई रहर वा लहडका रूपमा अङ्गीकार नगरी सामाजिक उत्तरदायित्वबोधका साथ कलात्मक एवम् सौन्दर्यात्मक कार्यका रूपमा ग्रहण गरेका छन् ।
५. निष्कर्ष
घनश्याम ढकालको कथाकारिताको बारेमा गरिएको समग्र अध्ययन अनुशीलनबाट प्राप्त निष्कर्षलाई तलका बु“दामा प्रस्तुत गरिएको छ ः
१. झण्डै चार दसक जति साहित्य साधनामा संलग्न रहेका घनश्याम ढकाल कथाकार, उपन्यासकार, निबन्धकार, कवि, समालोचक एवम् सौन्दर्य चिन्तक व्यक्तित्व हुन् तापनि उनको कथाकार व्यक्तित्व बढी प्रभावी रहेको छ ।
२. तिन दसकको समयावधिमा पा“च दर्जन बढी कथा लेखेका ढकालको कथा यात्रालाई २०३८–२०४६, २०४७–२०५१ र २०५२–२०६८ गरी तिन चरणमा वर्गीकरण गर्न सकिन्छ ।
३. घनश्याम ढकालका कथा सङ्क्रमित नेपाली समाजका सौन्दर्यात्मक एवम् विचारधारात्मक निधिका साथै उत्तरोत्तर घनीभूत बन्दै गरेको वर्ग सङ्घर्षका साक्षी समेत हुन् ।
४. निरङ्कुश पञ्चायती व्यवस्था तथा बहुदलीय व्यवस्थाले सिर्जना गरेका राजनीतिक–सामाजिक तथा सांस्कृतिक वितण्डा शैली र प्रवृत्तिको यथार्थपरक प्रतिबिम्बन घनश्याम ढकालका कथामा भएको छ ।
५. दस बर्से जनयुद्धका क्रममा आततायी राज्यसत्ताले सिर्जना गरेको श्वेत आतङ्क र जनताको पङ्क्तिले सिर्जना गरेको लाल आतङ्कको अभिव्यञ्जना ढकालका कथामा भएको छ ।
६. घनश्याम ढकाल माक्र्सवादी सौन्दर्यचिन्तक पनि हुनाले उनका अधिकाङ्श कथामा सैद्धान्तिक चासोका साथै विचार, दर्शन तथा चिन्तनको प्रभाव पनि देख्न सकिन्छ ।
७. ढकालका प्रायजसो कथामा वर्गीय संरचना, वर्गीय पक्षधरता, वर्गीय अन्तर्विरोधका साथै युद्ध उत्सर्ग र उन्मुक्तिको अभिव्यञ्जना भएको छ ।
८. ढकालका सबै कथामा सबै प्रकारका शोषण उत्पीडनको विरोधका साथै विदेशिनु पर्ने पीडा र राष्ट्रिय स्वाभिमानप्रति चिन्ता व्यक्त भएको छ ।
९. घनश्याम ढकाल जनपक्षीय कथाकार हुनाले उनका कथामा दुश्मनप्रति घृणा, मित्रजनप्रति सहानुभूति तथा सहिद एवम् बेपत्ता योद्धा र उनीहरूका परिवार जनप्रति सम्मान भाव व्यक्त भएको छ ।
१०. ढकालका केही कथा कमजोर पनि छन् तर अधिकांश कथा राम्रा र सुन्दर छन् । ती मध्य पनि–‘छेलिएको मोर्चा’, ‘बौलाहा बा“सुरी वादक’, ‘निर्वासित भविष्य’, ‘मृगतृष्णा’ ‘पीडा प्रतीक्षाको’, ‘जीवन यात्रा’, ‘मनभित्र फुलेको लालीगुरा“स’, ‘सहिदको सालिक’ आदि विशेष राम्रा कथा हुन् । कथा कला र वैचारिक मूल्यको उचित संयोजन भएका सुन्दर एवं प्रतिनिधि सिर्जना हुन् ।
११. कथा मार्फत वैचारिक निष्ठाको अभिव्यक्ति, समाज पर्यवेक्षण र भविष्य प्राप्तिको चेष्टा, शिल्प सचेतता, विषयगत विविधता र सघन भावको प्रस्तुति तथा समय सापेक्ष सिर्जना कथाकार ढकालका प्राप्ति हुन् भने आख्यानको विस्तार र परिष्कारको कमी, पात्रको चयन, प्रारूपीकरण र चारित्रीकरणमा देखिएको उदासीनताका कारण कतिपय कथाका पात्र पत्यारिला हुन नसक्नु तथा निचोडमा भन्दा पोखिनुको हतार ढकालका अप्राप्ति हुन् ।
प्रमुख सन्दर्भ ग्रन्थ सूची
– खडका, नारायण बहादुर (२०६६), ‘साहित्यकार घनश्याम ढकालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’, स्नातकोत्तर शोध पत्र त्रि.वि.
– गौतम, देवी प्रसाद (२०६२), ‘कथाकार घनश्याम ढकालका कथाहरूको भावभूमि’, घनश्याम ढकालद्वारा सम्पादित ‘यथार्थवादी नेपाली समालोचना’ पोखराः गण्डकी साहित्य सङ्गम ।
– ढकाल, घनश्याम (सम्पा., २०६७), माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौः अखिल नेपाल लेखक सङ्घ ।
– ढकाल, वन्दना (२०६५), पचासको दसकका प्रगतिवादी नेपाली कथाहरूको अध्ययन, स्नातकोत्तर शोध पत्र, त्रि.वि. ।
– पाण्डेय, ताराकान्त (२०५३), कला साहित्य ः भूमिका र मूल्याङ्कन, काठमाडौः चिन्तन प्रकाशन प्रा.लि. ।
– पौडेल, गोपिन्द्र (२०५९), सौन्दर्य बोध र समीक्षा विविध, काठमाडौ ः उर्मिला पौडेल ।
– (२०६५), कथाको सौन्दर्यशास्त्र, काठमाडौ ः उर्मिला पौडेल ।
– (२०६७), ‘समकालीन कथामा जनयुद्धको प्रभाव’, प्रर्वतक (१ ः १), पृ.१०५–१२६
– (२०६८), ‘जनयुद्ध प्रभावित कथाका नारी पात्र ः बहिरङ्ग सर्वेक्षण अन्तरङ्ग विश्लेषण’ प्रवर्तक (२ ः २) पृ.९२–१०० ।
– (२०६८), ‘स्मृतिका तरेलीमा कथाकार ढकाल’, प्रतिभा प्रवाह(२ ः ५) पृ.९–१२ ।
समय र घोडाहरू
–विष्णु भण्डारी
प्रत्येक दिन
समयको लगाम खिँच्दा खिँच्दै
जब ऊ स्वयम् घोडा बन्ने छ
समय मुस्कुराउने छ ।
जब ऊ समयभन्दा महान्
समयभन्दा उँचो
अथवा बह्माण्डको सर्वश्रेष्ठ वस्तु भएको
अहङ्कारले
कालो अङ्गार बन्नेछ
समयले अरबी नश्लका
दमदार घोडामाथि सवार गराएर
उसलाई निस्फिक्री कुदाउँने छ ।
उसले दुत्कार्ने छ समयलाई
र स्वयम् समय भएको घोषणा गर्ने छ ।
घोडा हिनहिनाउँदै
बेतोडले भाग्ने छन् टाढा टाढा
ऊ समय बन्दा बन्दै
स्वयम् समयको बन्दी बन्नेछ
र लम्पसार पर्ने छ चौबाटोमा ।
ऊ लादीको तकिया हालेर
लादी बनेर पल्टिने छ ।
ऊ अजीर्ण मनहरूमा
डकारेर
अभिमानका तिलस्मी पहाडहरू
जब बन्नेछ दिशाविहीन घोडा
सुदूर क्षितिजहरूमा मडारिने
गृष्मका प्रचण्ड घनघटाद्वारा सिर्जित
अग्नि पुञ्जलाई
महाप्रलयको दृष्टि भ्रम पालेर
विक्षिप्त बरबराउने छ
र फेरि पनि
एकनास कुद्ने छन् घोडाहरू ।
निरन्तर
कहिले असैह्य चोटहरूमा दुख्दा दुख्दै
कहिले बेप्रबाह बेहोशीमा
घोडा बनेर भाग्दा भाग्दै
थकित र परजित उसले
जब भेट्ने छ आप्mनै छातीमा
आँशु मिसिएको तातो बलेसी
ऊ टापको असैह्य पीडाले
यसरी कहराउने छ कि
सयौं उन्मत्त घोडाहरू टक्क अडिने छन् ।
ऊ बुरुक्क उफ्रिने छ चितुवा झैं
र उन्मत्त घोडाको जगरमा झुण्डिएर
उसले ललकार्ने छ अहङ्कारलाई
घोडा फेरि पनि कुद्ने छन् उसैगरि
समय फेरि पनि घुम्ने छ उसैगरि
तर यस पटक
न मान्छे घोडा बन्ने छ
न समय मान्छे बन्ने छ ।
माघ, २०६८
कवि अधिकारीको सुरुङ खन्दैछन् मुसाहरू
तेजविलास अधिकारी
उठान
सुरुङ खन्दैछन् मुसाहरू (२०६८) रचनाकार कृष्णराज अधिकारीको नया“ कविता सङ्ग्रह हो । २०१९ साल माघ १८ गते कास्की बैदाममा जन्मेका अधिकारी औपचारिक शिक्षा आर्जनमा एमए, बिएल र नेपाली विषयमा विद्यावारिधि उपाधि लिएका प्रतिभा हुन् र नेपाली साहित्यमा २०३० को दशक देखि नै क्रियाशिल छन् । उनी सिर्जना, समालोचना र सम्पादनमा उत्तिकै सक्रिय छन् । साहित्यिक संस्थास“गको उनको आबद्धता समकालीन प्रतिभाहरूलाई समेत लोभ्याउने खालका छन् । गण्डकी साहित्य सङ्गम, प्रगतिशील लेखक सङ्घ र साहित्य शृङ्खला जस्ता गतिशील र वैचारिक साहित्यिक संस्थास“गको उनको यात्राबाट ‘स्मृतिका बिम्बहरू’ (नियात्रा २०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य’ (समालोचना २०६६), ‘सुरुङ खन्दैछन् मुसाहरू’ (कविता सङ्ग्रह २०६८) प्रकाशित हुन सकेका छन् ।
०३० को दशकदेखि साहित्य यात्रा थालेका भए पनि अधिकारीका पुस्ताकाकार कृति तीन दशकपछि २०६३ देखि मात्रै प्रकाशनमा आउन थालेका हुन् । समालोचना, नियात्रा र त्यसपछि कविता विधामा प्राथमिकताको पहिचान बनाएका अधिकारीको लेखनी वस्तुवादी र प्रमाण दिंदै पुष्टि गर्न सकिने खालका छन् । ‘यथार्थवादी नेपाली समालोचना’ समालोचना ग्रन्थमा प्रकाशित ‘वधुशिक्षा.....’ भन्ने उनको समालोचनाले आग्रह पूर्वाग्रहभन्दा पनि प्रमाण र साक्ष्यका आधारमा रचनाको धरातललाई प्रष्ट पार्ने चेष्टा गरेको छ । ‘स्मृतिका बिम्बहरू’ उनको प्रथम सिर्जनात्मक कृति हो । यस कृतिले जीवन यात्रामा भोगिएका पीडा र यात्राका सिकाइहरूलाई प्रस्तुत गरेको छ ।
आलोच्य ‘सुरुङ खन्दैछन् मुसाहरू’ कविता सङ्ग्रह भित्र जम्मा ४० वटा कविता सङ्कलित छन् । सङ्ग्रहको भूमिका सौन्दर्य चिन्तक तथा समालोचक घनश्याम ढकालले लेखेका छन् । सङ्ग्रह वैचारिक कविताहरूको पुञ्ज हो । नेपाली समाजमा देखापरेको गति र यस भित्रका दृश्यलाई कविले यथार्थवादी आ“खाबाट हेर्न पुगेका छन् । समालोचक डा. कृष्णराज अधिकारी कवि कृष्णराज अधिकारीका रूपमा यस सङ्ग्रहमा पोखिएकाले पनि उनको सिर्जनधर्मिताको परीक्षा राम्रोस“ग भएको छ । छन्दमा समेत सुन्दर भाव पोख्न सक्ने कवि अधिकारी नेपाली समाजका तमाम खाले विकृति र विसङ्गतिलाई गद्य र पद्य दुवै भाव र लयमा प्रस्तुत गर्न पुगेका छन् ।
कवितामा समाज र राजनीति
कवि अधिकारीको कविता सङ्ग्रहको शीर्षकले नै प्रष्ट पार्दछ अघिल्लो दशकको मुलुकको अवस्थाप्रतिको उनको चिन्ता र चासो नै कविता सिर्जनाको पीठिका हो । सामान्य भन्दा सामान्य नागरिक जीवन कष्टप्रद पारेर शोषण अन्याय मौलाउन सहज बनाउने परिवेश अनुकुल बन्दै गइरहेको थियो । सङ्ग्रहका कविताको आधारमा कविले आप्mनो सिर्जनालाई ३० को दशकबाटै जनताप्रति समर्पित गरेको साक्ष्य र प्रमाण हामी पाउन सक्छौं । २०३९ सालमा लेखिएको कवितादेखि २०६७ सालसम्मका कविताहरू निरन्तर उत्कर्षतिर यात्रारत छन् । २०४६ सालमा नै लेखिएको ‘आऊ सशस्त्र बनौं’ कविताले नियमित रूपमा चेतनाको तुफानी यात्रा अगाडि बढाउन आह्वान गरेको छ–
आहाल आहाल रात बगाएर
अन्धकारमा शासन गर्नेहरू
अझै अ“ध्यारो.... खोज्दैछन् ।
सूर्यलाई बादलले ढाकी
बत्ती र बिजुलीमा लोभ्याउन खोज्दैछन् सावधान † (पृ.४३)
समय परिवर्तित भए पनि दुस्साहस गर्नेहरू अझै आ“ट गर्दैछन् । इतिहाससले फड्को मारे पनि नागरिक अझै अचेतनामा डुबुल्की मार्न बाध्य छन् । निरन्तर उज्यालोको खोजीमा लाग्नु पर्ने र जीवन र जगतलाई मैनबत्ती जस्तै जलेर योगदान दिनु पर्ने समर्थक भाव कविताले उठाएको छ ।
कविता सङ्ग्रहको शीर्ष कविता ‘सुरुङ खन्दैछन् मुसाहरू’ ले नेपालको वर्तमान राजनीतिमा हाम्रै सम्पत्तिको नास गर्ने परजीवीहरू सक्रिय भएको तथ्य उद्घाटन गरेको छ–
पुस्तकहरू धुजा धुजा पारी मिल्काउ“छन्
कहिले दराजभित्र गु“ड लगाउ“दै
नया“ नया“ कपडाहरूमा
ठूलाठूला प्वाल पार्दै रमाउ“छन् । (पृ.५२)
मुसाहरू को हुन् ? तिनीहरू के गर्दै छन् ? देशरूपी घरलाई काट्ने र कमजोर बनाउने मुसाहरू देशभित्र मात्र होइन, बाहिर पनि क्रियाशील छन् । आप्mनो धर्म निर्वाह गर्न उनीहरू भाइचारा सङ्गठन मार्फत आफैं बलियो हुन चाहन्छन् । हाम्रा घरका हुस्सु अभिभावकहरूको गतिले यस्तो भएको हो । अब सचेत बन्दै मुसाहरूको सङ्ख्या र गुणमा अवरोध ल्याउनुपर्छ भन्दै कवि समाज सापेक्ष प्राकृतिक विम्ब र प्रतीकको सहायताबाट देशको बिग्र“दो राजनीतिको विश्लेषण र उपायका बाटो सुझाउ“छन् ।
‘अमेरिका’ शीर्षकको कविता कविले नेपाल र नेपाल जस्ता अभावमा बा“चेका देशहरूको मानव शक्तिलाई कमजोर बनाउने र आप्mनो स्वार्थपूर्ति गर्नका लागि अरुको स्वार्थ वा अपनत्वलाई विनाश पार्ने एउटा शक्ति दुरूपयोगी ठेकेदारको सङ्ज्ञा दिएका छन् अमेरिकालाई–
शान्त र स्थिर गाउ“लाई भा“ड्दै
सन्त्रास र आतङ्क मच्चाउ“दै
घरिघरि बन्दुकको फायर चलाउ“दै
बस्तीबस्ती घुमिरहेछ
गाउ“को जेठो मुखिया । (पृ.५)
एउटा क्रान्तियोद्धा, जो निरन्तर देशको परिवर्तन खातिर लागिरह“दा सहादत प्राप्त ग¥यो । ‘उसको सहादत’ शीर्षकमा कविले काव्यवाणी ओकलेका छन् । सहिद विजय ढकाल, जो नेपाली क्रान्तिको बलिदानीको चरण जनयुद्धको सिलसिलामा २०६१ पुस २९ गते शाही शासनको पञ्जामा परे, उनलाई सम्झिएर यो कविता सिर्जना भएको छ–
ऊ रोज्दथ्यो नया“ दिशा नया“ विचारका कवि
ऊ खोज्दथ्यो सधंै सधैं प्रभातमा नया“ रवि
ऊ भन्दथ्यो स्वदेशमा चिराग ली म झर्दछु
छ मर्नु नै भने यहा“ पिएर गोली भर्दछु । (पृ.९३)
हो, विजय र विजय जस्ता हजारौंले यो देशमा बलिदानी दिएर राजनीतिक परिवर्तन भएको हो । जसको सही सदुपयोग नहु“दा देश आज पनि उत्तिकै अराजकतामा बा“चिरहेको छ । कवि कृष्णराज अधिकारी नेपाली समाजमा उत्साहजनक पक्ष र पाटाहरू मात्र नकेलाई एउटा गलत प्रवृत्तिप्रति पनि अत्यन्त आक्रामक बन्दै अगाडि बढ्छन् । हलियाजस्ता प्रथाको राजनीतिक भाषण यतिबेला भए पनि उनी २०५० सालमा नै यसलाई सतहमा ल्याउन सफल रहेका छन् । हेरौं–
ब“धुवा यौटा पशु झैं भई दाम्लामा बाँधिए“,
गोरुको साथ हलो र जुवा खेतमा नारिए“ । (पृ.९२)
यो देशका गरिब, दुःखी र श्रमिकको आवाजको सही सम्बोधन हुन नसक्दा देश झन्झन् पीडा र विद्रोहको भुमरीमा जाकिन खोजेको तथ्यलाई कविले पूर्व सूचना गरेका छन् । तमाम खाले विसङ्गतिक पक्ष पखाल्न राजनीति बलियो हुनु पर्ने तर राजनीतिमा लागेकाहरू बढी व्यापारी, दलाल, अपराधी भई पैसामा विवेकले देश अझै मुसाहरूको खन्ने र खोस्रने अड्डा बनेको विचार उनले प्रकट गरेका छन् ।
कविले नेपाली समाजका निम्न आय भएका वर्गप्रतिको सहानुभूति र देशको उपरी संरचनाप्रतिको आक्रोशलाई हरेक कवितामा विषयवस्तु बनाएका छन् ।
रा“को बल्दछ पेटमा घरिघरी भारी नबोकेको दिन्
आगो जल्दछ दनदनी हृदयमा सम्झी सधैंको यो रिन् ।
मादी उर्लिरहन्छ नित्य दिलमा त्यो धैर्यको बा“धमा
आ“धी कुर्लिरहन्छ भित्र मनमा खोज्दै उज्यालो नया“ ।।
कवि साउने भेल र चैते नेता होइनन्, उनी त आस्था र वास्ताका एक सशक्त सिपाही हुन् । २०४२ सालमा नै लिखित ‘भरिया’ शीर्षकको कविताले कवि कृष्णराज अधिकारीको कवित्व र त्यसको भावभूमिलाई अत्यन्त गम्भीर कवि व्यक्तित्वका रूपमा चिनाएको छ । लाग्नु र निरन्तर लागिरहनु नै यात्रीको गुण हो । साहित्यका माध्यमले चेतनाको बिजारोपणमा तल्लीन कविले श्रम गर्न नपाउने, श्रमको उचित मूल्य नपाउने र श्रमिकले इज्जतसाथ बा“च्न पाउने प्रवृत्तिको अन्त्य अवश्य हुनुपर्दछ भन्ने दृढभाव व्यक्त गरेका छन् ।
निष्कर्ष
नेपाली कविता यात्राका इमान्दार साधक कृष्णराज अधिकारी वैचारिक कवि हुन् । उनको ‘सुरुङ खन्दैछन् मुसाहरू’ कविता सङ्ग्रह रहर र लहडको उपज नभई जिम्मेवारीबोधको लेखन हो । नेपाली साहित्य यात्रामा यो सङग्रह एक महत्वपूर्ण प्राप्ति हो । प्रतिनिधि समालोचकका रूपमा आप्mनो बौद्धिक धरातललाई उचाइमा पु¥याएका अधिकारी काव्यिक यात्रामा पनि प्रतिनिधि कविका रूपमा आप्mनो उपस्थिति बलियो बनाएका छन् ।
चर्चा र पर्चाले मात्र कवि या साहित्यकार हुने यस समयमा आप्mनो लेखनीका माध्यमबाट मात्र चिनिन खोज्ने कवि कृष्णराज समाजभित्रका समस्याका सर्जक हुन् । राजनीतिले एक दशकपछि देख्ने एजेन्डा कवि धेरै अगाडि देख्छन्, कविको स्वभाव, साहित्यिक यात्रा र जीवनशैलीले पनि वैचारिकता र व्यवहारिकताको कसीमा कविहरूका समाजका एक प्रतिनिधि स्रष्टा हुन भन्न सकिन्छ । प्रतिनिधि कविताहरूको अध्ययनबाट कवि कृष्णराज सङ्ख्याभन्दा गुण र गद्य र पद्य दुवै शैलीमा कवित्व प्रदर्शन गर्न सक्ने काव्यिक चिन्तक हुन् ।
ब्रतोल्त ब्रेख्तसित कुराकानी
१९२६
बर्नार्ड गुलेमिन
० मैले तपाईंलाई कविका रूपमा र नाटककारका रूपमा आदर गरें भने के म गलत हुन्छु ?
मेरा कविताहरूको बढी नै निजी चरित्र छ । ती बेन्जो वा पियानोका लागि निर्दिष्ट गरिएका छन् र तिनले अनुकरणात्मक निकासको माग गर्दछन् । अर्कातिर मेरा नाटकहरूले मेरा निजी अनुभूतिहरूलाई प्रतिबिम्बन गर्दैनन्, संसारको अनुभूतिलाई प्रतिबिम्बन गर्दछन् । अर्का शब्दमा वस्तुगत रूपमा लिइएका भौतिक तत्वहरू, स्वाभाविक र कवितात्मक अर्थमा विरोधी भावनाहरू ।
० तपाईंका नाटकको उत्पादनमा सधैं त यस्तो पाइ“दैन नि ?
कुनै पनि कुरा अपेक्षा गरिएजस्तो हु“दैन । ती अधिकांशतः एकदम गलत रूपले खेलिएका छन् । उनीहरूले त्यस्तो कविलाई उत्पादन गरेका छन् जसलाई उनीहरू ममा छ भन्ने सोच्तछन्, उनीहरू ममा त्यस्तो देख्तछन् जुन म विरलैले मेरा नाटक बाहिर छु र निश्चत रूपमा नाटकहरूभित्र त छ“दै छैन ।
० त्यसो हो भने तपाईं आप्mना पात्रहरू र घटनाहरूमा र नाटकमा अभिव्यक्त गरिने सम्बन्धित सबै कुरामा लेखकको काव्यात्मक सहभागितालाई अस्वीकार गर्नु हुन्छ हैन ?
म थिएटर सम्बन्धी कुनै पनि कुराभित्र मेरा भावनाहरू प्रवाहित हुन अनुमति दिन्न । त्यसले संसारलाई विकृत पार्दछ । म अत्यधिक मात्रामा बौद्धिकतामा आधारित चित्रणको शास्त्रीय, खरो विधि अपनाउने प्रयास गर्दछु । म त्यस्ता वाहियात मानिसहरूका लागि लेख्तिन जो आप्mना हृदयका तारलाई झङ्कृत पार्नुलाई बढी मूल्यवान् ठान्दछन् ।
० अनि तपाईं कसका लागि लेख्नु हुन्छ त ?
त्यस खालका मानिसका लेख्तछु जो आफुलाई आनन्दित बनाउन थिएटरमा आउ“छन् र आप्mना टोपीहरू थिएटरभित्र बिर्सेर हि“ड्न हिचकिचाउ“दैनन् ।
० तर अधिकांश मानिसहरू त आप्mनो हृदयलाई पोख्न चाहन्छन् हैन र ?
दर्शकहरूलाई सम्मान गर्ने एक मात्र तरिका उनीहरूको बोधको स्तरलाई सम्भव भएसम्म उच्च रूपमा अनुमान गर्नु हो । सत्र वर्षे ठिटाहरूमा हुने सरलता जनतामा हुन्छ भन्ने विश्वास गर्नु एकदमै गलत हो । म दिमागलाई सम्बोधन गर्दछु ।
० म तपाईंका सामग्रीहरूमा कहिलेकाही“ बौद्धिक गहनताको अभाव पाउ“छु । तपाईं घटनाहरूलाई पारदर्शी बनाउनु हुन्न ?
म नग्न घटनाहरू प्रदान गर्छु त्यसो भयो भने जनसाधारण आफैंले सोच्न सक्छन् । यही कारण तीक्ष्ण इन्द्रिय सहितका दर्शक मेरा आवश्यकता हुन् जो अवलोकन गर्न जान्दछन् र आप्mनै बुद्धि उपयोग गरेर आनन्दित हुन सक्छन् ।
० तपाईं दर्शकहरूलाई आप्mनो सामग्री सहज बनाउन चाहनु हुन्न त ?
दर्शक मैले उनीहरूलाई प्रदान गरेको सामग्रीमा स्वयम् प्रवेश गर्न सक्षम मनोवैज्ञानिक हुन आवश्यक छ । म मेरा नाटकमा घट्ने सबै कुरा समग्र र पूर्ण रूपमा यथार्थ हुन् र ती सही छन् भनेर सुनिश्चित गर्दछु । म मानव प्रकृति सम्बन्धी आप्mनो ज्ञानका बारेमा जुनसुकै बाजी लगाउन पनि तयार छु । तर म व्याख्याका लागि व्यापकतम अवसर भने छाडिदिन्छु । अर्थ मेरो नाटकमा अन्तर्निहित हुन्छ, त्यसलाई खोजेर निकाल्नु पर्ने हुन्छ ।
० तपाईंको विधिका विपरीत आप्mना सामग्रीलाई बोधगम्य बनाउने कलाकारहरूका विरुद्ध केही भन्नु पर्ने त छैन नि ?
त्यस्ता लेखकहरू हुन्छन् जसले खालि घटनाहरू प्रस्तुत गर्दछन् । म यस्तै लेखकहरू भित्र पर्दछु । मेरो सामग्री बोधगम्य हुन्छ । त्यसकारण मैले तिनलाई बोधगम्य बनाउने आवश्यकता नै पर्दैन । घटनाहरूबाट टाढा, तात्विक रूपले घटनाहरूबाट विभाजित लेखकहरू पनि हुन्छन् जसले सिद्धान्त प्रदान गर्दछन् । यस्तो मामिलामा सिद्धान्तलाई घटनाहरूका आधारमा परीक्षण गर्नुपर्ने हुन्छ । अन्तिममा कार्य गर्ने तेस्रो विधि पनि छ, जसले विश्लेषण र जीवन्त सामग्रीको पारस्परिक अन्तर्वेधन प्रदान गर्दछन् । म पहिलो विधि मात्र नाटकका लागि पूर्णतया अनुकूल हुन सक्छ भन्ने विश्वास गर्दछु ।
निश्चय नै । तर विशिष्ट मामिलामा यसले दर्शकलाई अन्यौलमा पार्दछ ः उसले सामग्रीमा आप्mनो बाटै फेला पार्न सक्तैन । त्यस्तो हो भने यसका लागि समकालीन थिएटर उत्तरदायी छ । यसले अनुसन्धान लायक हरेक कुरालाई अस्पष्ट र रहस्यमय रूपमा प्रस्तुत गर्दछ ।
० नाटकका घटनाहरूलाई बोधगम्य बनाउने काम निर्देशकको हो, लेखकको होइन भन्न खोज्नु भएको हो तपाईंले ?
जुन युगमा नाटकको मञ्चन गरि“दैछ त्यस युगका लागि यसको उत्तर हो हुन्छ । वास्तविक थिएटरका नाटकहरू उत्पादन गरिएपछि नै बुझिन्छन् । तर चिरस्थायी धूमिलपन लगायत प्रभुत्वमा रहेका शासकीय धूमिलपनहरूबाट मुक्त हुन आवश्यक छ । अहिलेको सर्वाधिक धूमिल कुरो भनेको खराब पोस्टर (विज्ञापन सामग्री) हो । म एपिक थिएटरको पक्षपाती हु“ । घटनाहरूलाई निर्देशकले असाध्यै गम्भीरताका साथ यथातथ्य रूपले अनावरण गर्नै पर्दछ । हिजोआज सामान्यतया नाटकको अर्थ मुख्यतः अभिनयकर्ताले आप्mनै तरिकाले दर्शकको हृदयमा खेल्ने कारणले गर्दा अस्पष्ट हुने गरेको छ । नाटकमा प्रस्तुत गरिएका पात्रहरू आफैं दर्शकबाट अनुग्रृहित हुने गर्दछन् र यसरी ती विकृत हुन्छन् । अहिलेको अभ्यासका विपरीत दर्शकका सामु तिनलाई एकदमै खरो रूपमा, वस्तुगत र शास्त्रीय तरिकाले प्रस्तुत गरिनु पर्दछ । ती भावनाका विषय होइनन्, तिनलाई बुझ्नु पर्ने हुन्छ । भावनाहरू निजी सामग्री हुन् र यस कारण सङ्कीर्ण मानसिकताका हुन्छन् । जे जस्तो भए पनि दिमाग इमानदार र सापेक्ष रूपले सबैलाई ग्रहण गर्न सक्षम हुन्छ ।
० यो त पूर्णतया बुद्धिवाद हो । मेरो दृष्टिमा भर्खरैको गत युगको बुद्धि विरोधी प्रवाहको सिकार नबन्नु महान् उपलब्धि हो ।
सम्भवतः । मानिसहरूले कहिलेकाही“ सोच्ने गरेजस्तो त्यस्तो डरलाग्दो रूपले अस्थिर र गडबड मानिस म होइन । म आप्mना नाटकहरूमा आफुलाई यसको विशुद्ध सामग्रीमा सीमित राख्तछु । तर म मात्र प्रारूपित (त्थउष्अब)ि को चित्रण गर्दछु । म चयन गर्दछु जुन व्यवस्थित र क्रमबद्ध हुन्छ । यदि मेरा पात्रहरूमध्ये कोही अन्तर्विरोधमा प“mस्तछ भने पनि त्यो किन हुन्छ भने एउटा व्यक्ति दुइ फरक स्थितिमा कहिल्यै पनि उस्तै हुन वा रहन सक्तैन । बाह्य परिवर्तनहरूले उसलाई निरन्तर रूपले आन्तरिक पुनर्निर्माणका लागि बाध्य पार्दछन् । निरन्तरको अहम् एउटा मिथ वा अति कल्पना हो । मानिस निरन्तर विनास र निर्माण भैरहेको, स्वयम्लाई नया“मा रूपान्तरित गरिरहेको एउटा परमाणु हो । जे अस्तित्वमा छ त्यसैलाई चित्रण गर्नु पर्दछ ।
० तपाईंले हासिल गरेको यस निष्कर्षमा जहा“ यथार्थको अशान्त स्थितिलाई दिमागले स्वीकार्दछ ?
हो, एक मात्र दिमागले । अस्थिरता र अशान्तिको के कारणले मात्र अस्तित्व छ भने हाम्रा दिमागहरू त्रुटिपूर्ण छन् । संसार बाहिर जे छ हामी त्यसलाई अतार्किक भन्दछौं ।
० मैले नसोधी नहुने प्रश्न के हो भने अहिले तपाईं के काम गर्दै हुनु हुन्छ ?
म दुइटा काममा लागेको छु । पहिलो हो साम्सन कोर्नरको जीवनी ।
० तपाईंलाई यसमा काम गर्न केले प्रेरित गरेको थियो ?
साम्सोन कोर्नर भव्य र महत्वपूर्ण मानिस हुन् । उनका बारेमा जान्ने सहजतम उपाय उनको जीवनी भन्नु हो । म यथार्थलाई अति नै मूल्य दिन्छु । जे होस्, साम्सन कोर्नर जस्ता मानिसहरूका बारेमा गरिने कार्य हातमा गन्न लायक काम हो ः यो खुसीको विषय हो । उनका बारेमा मलाई प्रभावित गर्ने कुरो के थियो भने उनी फिल्म क्षेत्रमा एकदमै गैर जर्मन तरिकाबाट प्रकट भए । उनले वस्तुगत रूपले काम गरे । यसको महान् सुकोमल सौन्दर्य छ । उदाहरणका लागि साधारण बसको टिकटलाई उनी आप्mनो गोजीमा यसरी राख्छन् कि त्यो तरिका साधारणतया एकदमै अनुकरण गर्न नसकिने खालको छ । यही कारण उनी अति उल्लेखनीय फिल्म अभिनेता हुन् ।
० काम कस्तो छ त ?
अति आनन्ददायी । मैले उनलाई मसित कुराकानी गर्न आग्रह गरेको छु, म उनका मतहरूलाई असाध्यै महत्व दिन्छु । मानिसका भावनाहरूमा भन्दा बढी उनीहरूका विचारहरूमा मेरो बढी चाख छ । विचारहरूबाट नै मुख्यतः भावनाहरू जन्मन्छन्, ती सह उत्पादन हुन् । जे होस्, विचारहरू निर्णयात्मक हुन्छन् । कहिलेकाही“ मात्र भावनाहरूले उच्च तहको प्राथमिक महत्व हासिल गर्दछन् । तर हामीलाई के थाहा छ भने विचारहरू सधैं अनुभवमा आधारित हु“दैनन् ।
यो पनि यथार्थमा भन्दा बुद्धिवाद हो ।
हरेक कारबाही अन्तर्दृष्टिबाट उत्पन्न हुन्छ । यथार्थपरक ढंले भन्ने हो भने आवेगमा आधारित कार्य कतै पाइ“दैन । यहा“ पनि पृष्ठभागमा दिमाग नै हुन्छ ।
० तपाईंले गर्दै गरेको अर्काे काम चाहि“ के हो नि ?
ःबल ष्क ःबल मा काम गर्दैछु, यो सुखान्तक नाटक हो । यो विशेष उद्देश्यका लागि एउटा मान्छेबाट अर्काे मान्छेमा प्राविधिक पुनर्जागृतीकरणको विषयसित सम्बन्धित छ ।
० पुनर्जागृतीकरणको कामको जिम्मा कसले लिएको छ नि ?
तीनजना संवेग–इन्जिनियरहरूले ।
० के प्रयोग सफल भयो त ?
सफल भयो, हरेकले आनन्दको सास फेरे ।
० सम्भवतः यसको निष्कर्ष–आदर्श मानिस त होला ?
– विशेष रूपले त होइन ।
अनुवादक :निनु चापागाईं